Thursday, June 25, 2015

सामान्य जानकारी_64

सामान्य जानकारी
1. नेपाल मा मानव अधिकार
आयोगको स्थापना कहिले भएको हो ??
उत्तर = वि:स २०५७ जेठ १३
2. नेपाल लाई धर्म निरपेक्ष राष्ट्र कहिले घोषणा गरिएको हो ?
वि:स २०६३ जेठ ४
3. निलगिरी हिमाल कुन
हिमश्रृङ्खलामा पर्दछ ? (नायब
सुब्बा २०६९)
उत्तर = अन्नपूर्ण
4. डकार सम्मेलनले कहिले सम्म लैङिक समानता हासिल गर्ने लक्ष्य
लिएको हो ? (विनि/प्रास/नासु
शिक्षाशास्त्र)
उत्तर = सन २०१५
5. कफिका लागि प्रसिद्ध जिल्ला कुन हो ?
उत्तर = गुल्मी
6. Grainary of Nepal भनी नेपालको कुन प्रदेशलाई चिनिन्छ ??
उत्तर = तराई
7. नेपालमा पहिलो पञ्चवर्षियो योजना कहिले सुरु भएको थियो ?
उत्तर = बि. सं. २०१३ साल

GK _63

१. सबैभन्दा पहिले मर्ज भएको वाणिज्य बैँक कुन हो ?
→ एन आई सि एशिया
२.क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो ग्रह कुन हो ?
→ वृहस्पति
३.पृथ्बी दिवस कहिले मनाइन्छ ?
→ अप्रिल २२
४.दोस्रो बिश्व युद्धमा नेपालले कसलाई सहयोग गरेको थियो ?
→ बेलायत
५.इमेलको सर्वप्रथम अमेरिकाले कहिले सुरुवात गरेको थियो ?
→ सन् १९७६
६.हाल नेपालमा कतिवटा गाउँ बिकास समिती रहेका छन् ?
→ ३९१५
७.लोक सेवा आयोगको काम,कर्तब्य र अधिकार सम्बन्धी ब्यबस्था संबिधानको कुन धारामा गरिएको छ ?
→ धारा १२६
८.नेपालमा निर्वाचन आयोग कति छन् ?
→ १
९.गाई र भैसी के अर्थमा समान छन् ?
→ दुबै पोथी हुन्
१०.रु ३५० लाई यसको ५० प्रतिशतले घटाउँदा कति हुन्छ ?
→ १७५
११.ईसाई धर्मका प्रबर्तक को हुन् ?
→ जीजसस क्राइष्ट
१२.प्रोटोजोवा कति कोषिय जिव हो ?
→ १
१३.टाइफाइड जिबाणु पत्ता लगाउने बैज्ञानिक को हुन् ?
→ एवर्थ
१४.नेपाल राष्ट्र बैङकको स्थापना कहिले भएको हो ?
→ बि.स.२०१३ बैशाख १४
१५.नेपालको सबै भन्दा पुरानो उद्योग कुन हो ?
→ बिराटनगर जुट मिल
Note : ज्ञान बाड्नु नै धर्म हो । त्यसैले लाईक र शेरयर गर्न नभुल्नु होला

सामान्य जानकारी_62

सामान्य जानकारी
1. माथिल्लो सगरमाथा भन्नाले कुन कुन जिल्लाई बुझाउँछ ?
- सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ
2. नेपालको सबैभन्दा ठुलो बन्यजन्तु आरक्ष कुन हो ?
- पर्सा बन्यजन्तु आरक्ष
3. नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?
- दुधकोशी
4. रारा तालमा कुन हिमालको छाँया प्रतिबिम्बित हुन्छ ?
- सिस्ने र कान्जिरोवा
5. नेपालमा शिखार खेल्न प्रतिबन्ध लगाईएका जिल्लाहरु कति छन ?
- 19 वटा
6. नेपालमा ज्वालामुखीको चिन्ह कहाँ छ ?
- दैलेखको दुल्लुमा
7. नेपालको प्रमाणिक समय कुन जिल्लासंग संबन्धित छ ?
- दोलखा
8. समुन्द्रि सतहदेखि नेपाल कति टाढा छ ?
- 1127 कि.मि
9. सबैभन्दा कम जनघनत्व भएको जिल्ला कुन हो ?
- मनाङ
10. देउती बजैको मन्दिर कहाँ पर्छ ?
- सुर्खेत

नेपाल विद्युत प्राधिकरण_61

सम्भाव्य प्रस्नोत्तर
१. एउटा गा.वि.समा कतिवटा वडा हुन्छन् ?
– ९ वटा
२. नगरपालिकामा कम्तीमा ९ वटा वडा हुन्छन् भने बढीमा कतिवटा वडा हुन्छन् ?
– कुनै सीमा तोकिएको छैन(हाल बढीमा ३५ ओटा कामनपा मा रहेको छ ।)
३. एसिया महादेशको सबैभन्दा ठूलो देश चीन
हो भने युरोप महादेशको सबैभन्दा ठूलो देश कुन
हो?
-रुस
४. तीन तिरबाट नदिले
सिमाना छुट्टाएको जिल्ला कुन हो?
ओखलढुङ्गा
५. सप्तकोशी नदिको सबैभन्दा ठूलो र
लामो सहायक नदि कुन हो?
अरुण
६. नेपालको कुन जिल्लालाई सात ताल
जिल्ला भनेर चिनिन्छ?
कास्की
७. नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्ज हो भने यसको कुल
क्षेत्रफल कति वर्ग कि.मी छ?
९३२ वर्ग कि.मी
८. संसारको सबैभन्दा पुरानो महासागर कुन हो?
प्रशान्त महासागर
९. अङ्ग्रेजी अक्षरको Y जस्तो आकारको देखिने शे-
फोक्सुण्डो ताल समुन्द्र
सतहदेखि कति उचाईमा अवस्थित छ?
३,९००मिटर(कतै कतै ३६१३ मि पनि भेटिने गरेको)

2072.02.29 को नासुको प्रथम पत्र को उत्तर_60

2072.02.29 को नासुको प्रथम पत्र को उत्तर
हरु (शेयर गर्न नभुल्नुस् है )
१. USB- pendrive
२. ८५०० मि. माथिका नेपालका
हिमाल-३ वटा
३. साप्टा अनुमोदन गर्ने अन्तिम
राष्ट्र- बंगलादेश
४. आठौँ साफ गेम विजेता-अफगानिस्
तान
५. धेरै धान उत्पादन हुने जिल्ला-झापा
६. ल्होत्से हिमालको उचाई-८५१६ मि.
७. क्षेत्रफलका आधारमा तेस्रो ठूलो
महादेश-उत्तर
अमेरिका
८. Hottest & Brightest planet - शुक्र
९. Goddess of love & beauty - शुक्र
१०. उराव भनिने जाति - किसान
११. २०७० सालको मदन पुरस्कार -
राधा पौडेल
१२. दास क्यापिटल - कार्ल मार्क्स
१३. टेनिन केमा पाइन्छ? - चिया
१४. भन्सार दिवस - जनवरी २६
१५. योजनामा आर्थिक वृध्दि पुर्याउने
लक्ष -६.०%
१६.औद्योगिक क्रान्ति शुरुवात- संयुक्त
अधिराज्य
१७.
क. विद्युतका पिता - माइकल फाराडे
ख. टेलिफोनका आविष्कारक - ग्राहमवेल
ग. प्रयोगात्मक विज्ञानका पिता-
आर्किमिडिज
घ. आविष्कारका पिता- थोमस एल्वा
एडिसन
१८. चूरे श्रृंखलाको उच्च पर्वत - गार्वा
१९. गा.वि.स. विहिन जिल्ला -
काठमाण्डौ र भक्तपुर
२०. पाल्पाका अन्तिम राजा- पृथ्वीपाल
सेन
२१. हिन्दु धर्मका वेद -४ वटा
२२. नेपालमा पाइने गुराँसका प्रकार -
३२
२३. पूर्वाञ्चलको सानो जिल्ला: तेह्रथुम
२४. २००७ साल अघि दौत्यसम्बन्ध
कायम नभएको- चीन (दिइएकामध्ये)
२७. मन्त्रिपरिषदले मनोनित गर्ने
सभासद संख्या-२६
२८. वातावरण संरक्षण ऐन, २०५३
बमोजिम जैविक
विविधता भन्नाले- दिइएका सबै
२९. पर्यटन वर्ष -सन् २०११
३०. वायुमण्डल - अक्सिजन ग्याँसबाट
निर्मित

ने.बि.प्रा. को लागि संभावित प्रश्नोत्तर-58

ने.बि.प्रा. को लागि संभावित प्रश्नोत्तर
1. २०७० सालको मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?? (ASI--२०७१)
उत्तर = राधा पौडेल
2. शालिग्रामका लागि नेपालको प्रसिद्ध नदी कुन हो ?? (ASI--२०७१)
उत्तर = कालीगण्डकी
3. नेपालले विश्वको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छ ??(ASI २०७१)
उत्तर = 0.03%
4. नेपालमा कहिले ऐतिहासिक जनमत संग्रह सम्पन्न भएको हो ??
(ASI--२०७१)
उत्तर = २०३७
5. हरेक बर्ष मानव अधिकार दिवस कुन दिन मनाइन्छ ?? (ASI -- २०७१)
उत्तर = December 10
6. प्रहरी सेवाको निम्न मध्ये कुन पदको पदपूर्ती बढुवाद्वारा मात्र गरिने व्यवस्था छ ??(ASI -- २०७१)
उत्तर = हवल्दार
7. विद्युत् का पिता भनेर कसलाई चिनिन्छ ??(ASI -- २०७१)
उत्तर = माइकल फराडे
8. सन् २०१३ मा काठमाडौँमा भएको आठौँ साफ च्याम्पियनसिप कुन राष्ट्रले जितेको हो ??(ASI -- २०७१)
उत्तर = अफगानस्थान
9. नेपाल टेलिकमले CDMA प्रविधिको टेलिफोन सेवा कुन सालदेखि सुरुगरेको हो ??(ASI -- २०७१)
उत्तर = २०६२
10. डाइनामाइटको आविष्कारक को हुन् ??(ASI -- २०७१)
त्तर = अल्फ्रेड बनार्ड नोवल
11. सन् २०१३ को नोवल शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो ??(ASI -- २०७१)
उत्तर = OPCW
12. सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षबाट कतिजना महिला उम्मेद्दार विजयी भएका थिए ??
उत्तर = 10 जना
13. १६ अत्यावश्यक क्षेत्रमा हडताल गर्न नपाईने निर्णय नेपाल सरकारले कहिले गर्यो ??
उत्तर = २०७० बैशाख २ गते
14. जग्गा धितो राखी रिण दिने चलन
कुन मल्ल राजाले चलाएका हुन् ??
उत्तर = जयस्थिति मल्ल
15. धोवीघाट एक्प्रेस निबन्ध संग्रहका लेखक रोशन शेरचन हुन् भने
मलाया एक्सप्रेस उपन्यासका लेखक को हुन् ??
उत्तर = अखण्ड भण्डारी
16. जनगणना २०६८ अनुसार नेपालको जनसंख्या बृद्दिदर कति प्रतिशत रहेको छ ??
उत्तर = १.३५
17. वैशाख २ गतेलाई कहिलेबाट व्यक्तिगत घटना दर्ता दिवशका रुपमा मनाउन थालिएको हो ??
उत्तर = २०६७
18. नेपाल समुद्रि सतहबाट कति किमि टाढा छ ??(ASI २०७१)
उत्तर= ११२७ कि मि
19. गौतम बुद्ध ले सर्वप्रथम कहाँ उपदेश
दिएका थिए ??(ASI २०७१)
उत्तर = सारनाथ
20. ट्रान्सपरेन्सि ईन्टरनेशनल द्वारा सन 2013 मा सार्वजनिक भ्रष्टाचार सुचकांकमा नेपाल कतिऔँ स्थानमा परेको छ ??(ASI २०७१)
त्तर = 117
21. आल्पस पर्वतमाला कुन महादेशमा पर्दछ ??(ASI २०७१)
उत्तर = युरोप
ज्ञान जति बाँड्यो उति बढ्छ ,त्यसैले शेयर गर्न नभुल्नुहोला !!

सम्भाव्य प्रस्नोत्तर_58

सम्भाव्य प्रस्नोत्तर
1. नेपालको पहिलो साहित्यिक पत्रिका सुधासागर हो।
2. नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने 4 जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाबीर पुन हुन्। र संस्था तर्फ शक्ति समुह हो ।
3. भारतिय राष्ट्रिय फुटबल टिमका पुर्व कप्तानहरु श्याम थापा र भाईचुङ् भुटिया साथै हालका कप्तान सुनिल क्षेत्री सबै नेपाली भाषी भारतिय हुन्।
4. सर्बप्रथम साहित्यमापिएचडि गर्ने महिला डा. बानिरा गिरी हुन्।
5. नेपालको पहिलो धार्मिक शहिद स्व. पं नारायण प्रसाद पोखरेल हुन्। उनलाई वाचन शिरोमणी भनेर चिनिन्छ । हाल उनका छोरा पं. दिनबन्धु पोखरेलले पिताको कार्यलाई निरन्तरता दिदै हुनुहुन्छ । उहाँलाई बाचन प्रविण भनेर चिनिन्छ ।
6. “THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक शिवशकंर मेनन हुन्।
7. नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ।
8. नेपाल UNO मा शान्ति सेना पठाउने 5 औँ ठुलो राष्ट्र हो।
9. राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एक मात्र ब्यत्ति हुन्।
10. महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने दुई पहाडका जिल्ला अर्घाखाँची र मकवानपुर हुन्।
11. नेपालमा चिया खेतिको सुरुवात बि.सं. 1920 देखि भएको हो।
12. बिश्वमा सबैभन्दा छोटो समय राजा हुने राजा लुइ सोह्रौँ हुन्। उनी 17 मिनेट सम्म मात्र राजा भएका थिए।
13. घरमा उपलब्ध हुने बिधुतको क्षमता 220 भोल्ट हुन्छ।
14. पाल्पाको रानीमहलको निर्माण खड्खशमशेर गरेका हुन्।
15. पासाङ् ल्हामु शेर्पा नेपालकी पहिलो सगरमाथा आरोहण गर्ने महिला हुन् भने बिश्बकी 17 औँ महिला हुन्।

सम्भाव्य प्रस्नोत्तर -57

सम्भाव्य प्रस्नोत्तर
1.. नेपाल बिधुत प्राधिकरणको स्थापना कहिले भएको हो ?
- 1968 मा बिजुलि अड्डाको रुपमा र वि.स. 2042 भाद्र 1 मा ने.बि.प्रा मा परिणत
2. हाल नेपाल बिधुत प्राधिकरणको अधिकृत पुँजी कति छ ?
- 5 अर्ब
3. 1000 गिगा वाट वराबर के हुन्छ ?
- 1 टेरा वाट
4. नेपालको जलविधुत उत्पादन क्षामता 83 हजार मेगावाट भनेर पत्ता लगाउने व्याक्ति को हुन ?
- डा हरिमान श्रेष्ठ
5. PTA को पुरा रुप के हो ?
- Power Trade Agreement
6. नेपालको पहिलो जलबिधुत आयोजना कुन हो ?
- फर्पिङ पावर हाउस
7. मर्स्याङ्दी जलविधुत परियोजनाको उत्पादन क्षामता कति छ ?
- 69 मेगावाट
8. भोटेकोशी जलबिधुत आयोजना कुन जिल्लामा अबस्थित छ ?
- सिन्धुपाल्चोक
9. नेपालको सबैभन्दा ठुलो जलबिधुत आयोजना कुन हो ?
- कालि गण्डकी ए
स्रोत - नेपाल विद्युत प्राधिकरण

लोकसेवा बिशेष सम्भाव्य प्रस्नोत्तर- 57

सम्भाव्य प्रस्नोत्तर
१ पोखरिको शहर भनेर जनकपुरलाइ चिनिन्छ
भने तालै तालको नगर भनेर कुनलाइ चिनिन्छ ?
-- लेखनाथ
२ हवाइजहाज चलाउनेलाइ पाइलट भनिन्छ भने
घोडाको स्याहार गर्ने व्यक्तिलाइ के भनिन्छ ?
-- सयस
३ आसियान को दशौ सदस्य राष्ट्र कुन हो ?--
कम्बोडिया
४ कान्तिपुर शहरको स्थापना कसले
गरेको हुन् ?-- गुणकामदेव
५ नेपाल सरकारको मिति २०६६ असार ४
को निर्णयानुसार धार्मिक शहिद
घोषणा गरिएका व्यक्ती को हुन्?-- पं नारायण
पोखरेल
६ चन्द्रमा बाट देख्न सकिने
पृथ्वीको एकमात्र भाग कुन हो ?--ग्रेटवाल
चाइना
७ यदि ४०३५१ ले SPAIN लार्इ जनाउँछ भने
०३५१ ले केलार्इ जनाउँछ ?-- PAIN
८ नेपालमा जनगणना लीन कहिलेबाट सुरू
गरीएको हो ?-- बि.सं १९६८
९ १ देखि १०० सम्मको अंक लेख्दा १ लाई
तपाइँ कति पटक लेख्नुहुन्छ ?--२१
१० विश्वको सबैभन्दा बढी रेमिट्यान्स
भित्र्याउने देश कुन हो ?-- भारत
स्रोत = नेपाल विद्युत प्राधिकरण

मान्य जानकारी_56

सामान्य जानकारी
1. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ?
- ईन्फ्रा रेड रे
2. खुर्सानी कुन तत्वका कारण पिरो हुन्छ ?
- क्याप्टाईसिन
3. चालकले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ ?
- ब्रेथलाईजर
4. रेडियोका अबिष्कारक को हुन ?
- गुग्लिल्मो मार्कोनी
5.What is fullform of CDMA ?
- Code Division Multiple Access
6. सार्वजनिक बिदाको घोषणा कुन मन्त्रालयले गर्दछ ?
- गृह मन्त्रालय
7 What is full form of ROBERT
- Rocket Borne Emergency Radio Transmeter
8. सम्भोगपश्चात आफ्नो भालेलाई मारेर खाने जिव कुन हो ?
- माकुरो
9. पानीजहाज चलाऊने चालकलाई के भनिन्छ ?
- सि क्याप्टेन
10. बिश्वको कुन नदीमा माछा पाँईदैन ?
- जोर्डन
11. मोबाईल फोनमा प्रयोग गरीने SIM Card को पुरा रूप के हो ?
- Subbscriber Identification Modules
12. चिनलाई सार्क संगठनमा आवद्द गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
- नेपाल
13. संसारमा सबैभन्दा धेरै मानिसहरूलाई रोजगार दिने संस्थान कुन हो ?
- भारतीय रेलसेवा
14. सिंह र बघिनीबाट जन्मेका बच्चालाई के भनिन्छ ?
- लाईगर
15. नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्गको नाका कुन हो ?
- सुनौली
16. 1 सेन्टीमिटर माटोको तह बन्न सामान्यतया कति बर्ष लाग्छ ?
- करिब 400 बर्ष
12. सबैभन्दा बढी क्रियासिल धातु कुन हो ?
- फ्रान्सियम
13. प्रकाशले 1 सेकेण्डमा कति दुरी पार गर्छ ?
- 3 लाख किलोमिटर
14. सूर्यको प्रकाश पृथ्वीमा आईपुग्न कति समय लाग्छ ?
- 8 मिनेट 20 सेकेण्ड
15. सबैभन्दा मंहगो धातु कुन हो ?
- रेडियम
16. ऊड्न सक्ने एकमात्र स्तनधारी जीव कुन हो ?
- चमेरो
17. ECG नामक यन्त्र कुन अङगको परीक्षणका लागी प्रयोग गरीन्छ ?
- मुटु
18. काठमाँडौबाट सबभन्दा नजिक पर्ने सार्क राष्ट्रको राजधानी कुन हो ?
- थिम्पु
20. नेपालको एकीकरण हुनु अगाडि नेपाल भन्नाले कुन ठाँऊलाई मात्र बुझिन्थ्यो ?
- काठमाडौं ऊपत्यका

सामान्य प्रस्नोत्तर_55

सामान्य प्रस्नोत्तर
1. नेपाल मा मानव अधिकार
आयोगको स्थापना कहिले भएको हो ??
उत्तर = वि:स २०५७ जेठ १३
2. नेपाल लाई धर्म निरपेक्ष राष्ट कहिले घोषणा गरिएको हो ?
वि:स २०६३ जेठ ४
3. निलगिरी हिमाल कुन
हिमश्रृङ्खलामा पर्दछ ? (नायब
सुब्बा २०६९)
उत्तर = अन्नपूर्ण
4. डकार सम्मेलनले कहिले सम्म लैङिक समानता हासिल गर्ने लक्ष्य
लिएको हो ? (विनि/प्रास/नासु
शिक्षाशास्त्र)
उत्तर = सन २०१५
5. रारा ताल कुन जिल्लामा पर्छ ?
उत्तर =मुगु
6. Grainary of Nepal भनी नेपालको कुन प्रदेशलाई चिनिन्छ ??
उत्तर = तराई
7. नेपालमा पहिलो पञ्चवर्षियो योजना कहिले सुरु भएको थियो ?
उत्तर = बि. सं. २०१३ साल

बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु_54

मिति २०७२ जेष्ठ २० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु !!
• सन् २०१५ मे २९ मा फिफाको अध्यक्षमा चयन हुने व्यक्ति को हुन् ?
– सेप ब्लाटर , स्विटजरल्यान्ड
• गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अस्टेलियाका धनाढ्यको सूचीमा कतिऔ स्थानमा पर्न सफल भएका छन् ?
– ९९ औं
• जापानमा हालै ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प कहिले गयो ?
– सन् २०१५ मे ३०
• नेपालको कुन स्थानमा सन् १९९२ मा तत्कालिन राजा जय बर्माको पूर्ण कदको शालिक उत्खनन गरिएको थियो ?
– काठमाडौंको मालीगाउँ क्षेत्र
• जिरेल जातिको मुख्य बसोबास रहेको ठाउँ कहाँ हो ?
– दोलखा,रामेछाप
• अन्तराष्ट्रिय सगरमाथा दिवस कहिले मनाउने गरिन्छ ?
– मे २९
• रु दुई लाख राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– धर्मेन्द्र झा
• नेपालमा २०७२ वैशाख १२ मा आएको विनासकारी भूकम्पपछिको पुननिर्माणको लागि दातृ निकायको सम्मेलन कहिले गरिने भएको छ ?
– वि.सं २०७२ असार १०
• प्रसिद्ध पुस्तक एनिमल फार्मका लेखक को हुन् ?
– जर्ज अवैल
• लिच्छविकालमा प्र्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
– सर्वदण्डनायक
• प्रथम विश्व महिला सम्मेलन कहिले र कहाँ भएको थियो ?
– सन् १९७५, मेक्सिको

परीक्षार्थीले ध्यान दिनुपर्ने कुराहरू

लोकसेवा आयोगले आज देखि सञ्चालन गर्न लागेको नायव सुब्बाको परीक्षामा सहभागी हुन लाग्नुभएका हाम्रा सम्पुर्ण फ्यानहरुलाइ परीक्षाको सफलताको लागि शुभकामना व्यक्त गर्दछौ ।
परीक्षार्थीले ध्यान दिनुपर्ने कुराहरू !!
- परीक्षा केन्द्रमा एक घण्टा अगावै पुग्नुहोला ।
- परीक्षामा कालो मसि मात्रै प्रयोग गर्नुहोला ।
- आफ्नो प्रवेशपत्र अनिवार्य साथमा लिएर लैजानुहोला।
- परीक्षा केन्द्रमा मोबाइल , क्याल्कुलेटर लगायतका विद्युतिय उपकरण निषेधित छन ।
- प्रश्नपत्र प्राप्त भैसकेपछी आफ्नो प्रश्नपत्र को "कि" उत्तर पुस्तिकामा लेख्न नभुल्नुहोला ।

विश्वको भुगोलसंबन्धी जानकारी_53

विश्वको भुगोलसंबन्धी जानकारी... 

1. विश्वको सबैभन्दा ठुलो महादेश कुन हो ?
- एसिया महादेश
2. अँध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
- अफ्रिका महादेश
3. प्रशान्त महासागर कस्तो आकारको रहेको छ ?
- त्रिभुज
4. विस्वको सबैभन्दा गहिरो ताल कुनलाइ मानिन्छ ?
- बैकाल ताल
5. नाईल नदी कुन महादेशमा पर्दछ ?
- अफ्रिका
6. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो?
- तिलिचो ताल
7. लास्कार ज्वालामुखी कुन देशमा पर्दछ ?
- चिली
8. विश्वको सर्बाधिक उच्च टापु कुन हो ?
- जाजापिक
9. जापानको प्रसिद्ध पहाड कुन हो ?
- फुजि
10. भुगोलको पिता भनेर कसलाई चिनिन्छ ?
- इरेटस्थिनिज

general knowledge about nepal_52


3. नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?
- दुधकोशी
4. रारा तालमा कुन हिमालको छाँया प्रतिबिम्बित हुन्छ ?
- सिस्ने र कान्जिरोवा
5. नेपालमा शिखार खेल्न प्रतिबन्ध लगाईएका जिल्लाहरु कति छन ?
- 19 वटा
6. नेपालमा ज्वालामुखीको चिन्ह कहाँ छ ?
- दैलेखको दुल्लुमा
7. नेपालको प्रमाणिक समय कुन जिल्लासंग संबन्धित छ ?
- दोलखा
8. समुन्द्रि सतहदेखि नेपाल कति टाढा छ ?
- 1127 कि.मि
9. सबैभन्दा कम जनघनत्व भएको जिल्ला कुन हो ?
- मनाङ
10. देउती बजैको मन्दिर कहाँ पर्छ ?
- सुर्खेत

samanya janakari सामान्य जानकारी_51

सामान्य जानकारी
1.नेपालको कुन जिल्ला हलो आकारको छ?
-रामेछाप
2.विश्व मानचित्रमा नेपालको जस्तै आकृती भएको देश कुन हो?
-पोर्चुगल
3.हालचालै प्रचलित उल्टो तरिकाको घडी र उक्त घडी उल्टै हेर्ने प्रचलन कुन देशबाट सुरु भएको छ?
-बोलिभिया
4.भारतको प्रथम महिला अन्तरिक्ष यात्री को हुन्‌?
-कल्पना चावला
5.शहिदगेटका डिजाइनर को हुन्‌?
-शंकरनाथ रिमाल
6.डाडु र पनियो एकै ठाँऊ भएको सामग्रीलाई के भनिन्छ?
-कर्चुलो
7."उदाउनु र अस्ताउनु नाम नै जीवन हो"यो कुन नेपाली साहित्यकारको भनाइ हो?
-शम्भुप्रसाद ढुङ्गेल
8.पुरुषहरु महिलाको वस्त्रहरु लगाएर नाचिने परम्परागत नृत्य कुन हो?
-मारुनी नाच(मगर जातिमा प्रचलित छ)
9.टेस्ट क्रिकेटको इतिहासमा आफ्नो करियरमा सबैभन्दा धेरै विकेट लिने खेलाडी को हुन्‌?
-श्रीलङ्काका स्पिनर मुथैया मुरली धरन
10.नेपालमा योजनाबद्ध विकाशको सुरुवाद कहिले भएको थियो?
-वि.सं2013
11. पृथ्वीको पहिलो मानिसलाई के संज्ञा दिईएको छ?
-रामापिथेकस(Ramapithecus)

तयारी कक्षा [लोकसेवा बिशेष ]- 51

सम्भावित २० वटा प्रश्नोत्तर
~~~~~~~~~~
१) अन्तराष्ट्रीय मुद्राकोषले २०१४ सेप्टेम्बरमा
सार्वजनिक गरेको आगमी दशकमा विश्व
अर्थतन्त्रलाई बाटो देखाउने ´प्रभावशाली २५
युवा अर्थशास्त्री` को सुचिमा नेपाली मुलका
कसलाई राखेको छ ?
✔ पराग पाठक
२) अष्ट्रेलियामा मृत व्याक्तिको मुटुको सफल
प्रत्यारोपण गर्ने नेपाली डाक्टर को हुन ?
✔ डा• कुमुद धिताल
३) वैदेशिक सहायता निति २०५९ लाई खारेज
गर्दै विकास सहायता निति कहिले
सार्वजनिक भयो ?
✔२०७१ जेष्ठ १३
४) क्यासिनो व्यावस्थापन नियमावली २०७१
ले पहिलोपटक क्यासिनोमा जितेको रकमबाट
कति प्रतिशत आयकर लाग्ने प्रावधान लागु
गरेको छ ?
✔ २५%
५) धान वा गहुँवाली कटानलाई बढवा दिने
उद्देश्यले प्रयोगमा ल्याइएको मेसिनलाई के
भनिन्छ ?
✔कम्बाईन्ड हार्वेस्टर
६) विश्व स्वास्थ्य संघठनले कहिले नेपाललाई
पोलियोमुक्त देश घोषणा गर्यो ?
✔२०७० चैत्र १३
७) महात्मा गान्धिलाई सवैभन्दा
जिवितरुपमा पर्दामा चित्रण गर्ने हलिउड
निर्देशक रिचर्ड एटेनबराको निधन कहिले
भयो ?
✔२०१४ अगष्ट २५
८) सन २०१४ को पुरुषतर्फको बिम्बल्डन
प्रतियोगिताको उपाधी कसले जित्यो ?
✔ नोभाक जोकोभिक
९) एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक स्थापना
गर्नेसम्बन्धी सम्झौतामा नेपाल सहित २१
एसियाली मुलुकका अर्थमन्त्रीले कहिले
हस्ताक्षर गरे ?
✔२०१४ अक्टोबर २४
१०) संयुक्त राष्ट्र संघका उप-महसचिव एवम
शान्ति सेना सञ्चालन विभागका प्रमुख हेरवे
लाडसौस कहिले २ दिने नेपाल भ्रमणमा आएका
थिए ?
✔ २०७१ साउन ५( २०१४ जुलाई २१)
११) सन २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप
फुटबल सम्म विश्वकप खेल्दा इतिहासमै सबैभन्दा
बढी गोल गर्ने खेलाडीको किर्तिमान कुन
खेलाडिको नाममा रह्यो ?
✔ मिरोस्लाभ क्लोस ( जर्मनी -१६ गोल)
१२) चुरे क्षेत्रको पहिलो भुक्षय मुक्त गाँउ कुन
हो ?
✔आलितालको सेरि गाँउ ( डडेलधुरा)
१३) मथिल्लो कर्णाली जलविद्युत आयोजना
(९०० मेगावाट) निर्माण गर्न भारतको GMR
कम्पनिसँग आयोजना विकास सम्झौता(PDA)
कहिले भयो ?
✔ २०७१ असोज ३
१४) २०१४ अक्टोबरमा बंगालको खाडिबाट उठेर
भारतको आन्ध्र प्रदेश, उडिसा राज्य हुदै
नेपालमा समेत प्रभाव पारेको आँधिको नाम के
हो ?
✔हुदहुद
१५)संविधानसभाका ज्येष्ठ सदस्य एवं पूर्व
प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन
कहिले भयो ?
✔वि.सं. २०७२ बैशाख २

तयारी कक्षा [लोकसेवा बिशेष ]- 51

१६) विद्यालयस्तरमा हुने हिंसा तथा यौन
दुर्रव्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान
२०७२ को नारा के रहेको छ ?
✔हिंसा‚ यौन दुर्रव्यवहार र विभेदमुक्त
विद्यालय बनाऔं बालबालिकालाई
विद्यालय पठाऔं
१७) खुलाबजार एवं उदार अर्थतन्त्रका
हिमायती भोलानाथ चालिसेको निधन
कहिले भयो ?
✔ वि.सं. २०७२ बैशाख १
१८) सरकारले वि.सं २०७१ मंसिर १६ मा कति
नगरपालिका उपमहानगरपालिकामा बढोतरी
गरेको छ ?
✔७
१९) सरकारले इबोला संकमित बिरामीको
उपचारमा संलग्न नेपाली स्वास्थ्यकर्मीलाई
इबोला संक्रमण भई मृत्यु भएमा आश्रित
परिवारलाई क्षतिपूर्तिस्वस्प कति रकम उपलब्ध
गराउने व्यवस्था गरेको छ ?
✔रु २५ लाख
२०) सर्वसाधारण सेवाग्राहीलाई सरल र सहज
ढगंबाट अधिकतम सेवा प्रदान गर्ने उद्येश्यले
सरकारी कार्यालयहरुमा बाह् घण्टे सेवा
कहिलेदेखि सञ्चालन गरियो ?
✔वि.सं २०७१ पुस १

Saturday, January 18, 2014

50

१) नेपालमा वि.सं १९६८ सालको प्रथम जनगणना लिने संस्था सेन्सस गोश्वारा थियो ।
२) नेपालमा सर्वोच्च हिमश्रोत भएको नदी दूधकोशी हो ।
३) बुटबल तिनाउ नदीको किनारमा अवस्थित छ ।
४) प्रसिद्ध ठाकुरद्धारको मन्दिर बर्दिया जिल्लामा पर्दछ ।
५) मानवनिर्मित नेपालको सबैभन्दा ठूलो ताल इन्द्र सरोबर हो ।
६) दैलेख जिल्ला सावर छालाको लागि प्रसिद्ध छ ।
७) केन्द्रिय बैंक नभएको देश पनामा हो ।
८) टाइटनिक जहाज सन् १९१२ मा समुद्रमा डुबेको थियो ।
९) सि एन् एन टेलिभिजनले सन् १९८० अप्रिल १ बाट आफ्नो प्रशारण थालेको हो ।
१०) अलेक्जेण्डर महान् त्यस्ता सम्राट हुन् जो युरोपमा जन्मिए, एशियामा मरे र उनको समाधी अफ्रिकामा गरिएको थियो ।

49

१) S आकारको महासागर भनेर आन्द्र महासागरलाई चिनिन्छ ।
२) विश्वको पहिलो टेस्ट्युव बेबी लुईस ब्राउन हुन ।
३) एउटा महादेश एउटा देश भनेर अस्टेलियालाई चिनिन्छ ।
४) फ्रान्सका लुई फिलिपलाई नागरिक राजा भनेर चिनिन्छ ।
५) आ.व २०३३/ ३४ मा नेपालमा नाफा बजेट प्रस्तुत भएको थियो ।
६) नेपालका नोटमा राजाको फोटो र श्रीपेचको सट्टा सगरमाथा राख्ने निर्णय वि.सं २०६३ माघ २५ मा भएको थियो ।
७) देवराज इन्द्रको घोडाको नाम उच्चैश्रवा हो ।
८ घाटा बजेटका प्रर्वतक प्रो. किन्स हुन् ।
९) ताओ धर्मका प्रर्वतक लाओत्से हुन ।
१०) २ जिल्लासँग सिमाना छुने जिल्ला झापा, दार्चुला, कञ्चनपुर हुन भने आफ्नै अञ्चल सिमा नछुने जिल्ला भक्तपुर,नुवाकोट,लम्जुगं हुन ।
११) नेपालका नयाँ निशाना छाप विस. २०६३ पौष १५ गतेबाट प्रचलनमा आएको थियो ।
१२) नेपाल सरकारले प्रसुती सेवालाई वि.सं २०६५ माघ १ गतेबाट निशुल्क गरेको थियो ।
मनपरे Like र प्रतिक्रिया भए Comment अवस्य गर्नु होला ।

48

• ज्याक्सन हाइट कथासंग्रहका लेखक को हुन् ?
– महेशविक्रम शाह
• विर अस्पतालले कहिलेबाट ज्येष्ठ नागरीकलाई निशुल्क उपचार सेवा प्रदान गर्न थालेको हो ?
– वि.सं २०७० वैशाख २ गते
• निजामती सेवाको तेस्रो संशोधन कहिले भएको हो ?
– वि.सं २०६९ चैत २९ गते
• नेपाल सरकारले मृगौला पीडित विपन्न नागरिकका लागि कहिलेबाट निशुल्क डायलासिस सेवा शुरु गरेको हो ?
– वि.सं २०६९ चैत १ गते
• संयुक्त राष्ट्रसंघले सन् २०१३ लाई के बर्षका रुपमा मनाउदैछ ?
– जल साझेदारी बर्ष
• उर्गेनको घोडा उपन्यासका उपन्यासकार को हुन् ?
– युग पाठक
• युरो मुद्रा प्रचलनमा ल्याउने अन्तिम राष्ट्र कुन हो ?
– इष्टोनिया
• युरोपेली युनियनको पूर्व नाम के थियो ?
– यूरोपेली आर्थिक समुदाय
• म्याष्ट्रिच सन्धिमा हस्ताक्षर गर्ने पहिलो राष्ट्र कुन हो ?
– आयरल्याण्ड

47

१ ) अनुराधा कोइराला पछि सिएनएन हिरो उपाधीबाट सम्मानित हुने पुष्पा बस्नेत दोस्रो नेपाली हुन ।
२) इन्दिरा गान्धी शान्ति पुरस्कार २०१२ लाइबेरियाका राष्टपति इलेन जोन्सन सरलिफलाई प्रदान गरियो ।
३) सन् २०१२ को ओस्कर अवार्ड द आर्टिस्ट नामक चलचित्रलाई प्रदान गरियो । जुन ८४ औं संस्करण को उपाधी हो ।
४) सन् २०१२ कि मिस बल्र्ड चिनियाँ सुन्दरी यू बेनजिया भएकी थिईन ।
५) सन् २०१२ कि मिस युनिभर्स अमेरिकाका कि ओलिभिया कुल्पो भएकी थिइन ।
६) सन् २०१२ मे १९ मा सगरमाथा चढी जापानी पर्वतारोही तमइ बाट्यान्वे ७३ बर्षले सगरमाथा आरोहण गर्नै सबै भन्दा बढी उमेरको सूचिमा किर्तीमान बनाइन् ।
७) सन् २०१२ को बुकर पुरस्कार बेलायती लेखिका हिलारीमेन्टललाई Brings up the Bodies कृतिका लागि प्रदान गरियो ।
८) सन् २०१२ कि मिस अर्थ चेक गणतन्त्रकी टेरेजा फजिस्कोभा लाई प्रदान गरियो ।
९) सन् २०१२ को टाइम्स म्यान अफ द इयर अमेरिकी राष्टपति बाराक ओबामा हुन सफल भएका थिए ।

46

१० जीवनोपयोगी भनाईहरु
1. "लाजको आकर्षण सौन्दर्य भन्दा पनि धेरै हुन्छ ।" -
विलियम शेक्सपियर
2. "अरूलाई सम्मान दिनाले आफूलाई सम्मान प्राप्त हुन्छ ।" -
गीता
3. "आफ्नो आन्तरिक शक्तिलाई समुद्र जस्तै
गहिरो बनाउनुहोस
4. "धैर्यवान पुरुषहरू जस्तो कष्टमा किन नपरोस् उसको धैर्य
कहिल्यै नष्ट हुदैन जस्तो कि प्रज्वलित अग्निलाई पल्टाइदिए
पनि त्यसको ज्वाला उँधोतिर फर्कदैन । " -भर्तृहरी
5. "शिष्टाचारले शारीरिक सुन्दरताको अभावलाई पुर्ण गराइ
दिन्छ, शिष्टाचारको अभावमा सौन्दर्यको कुनै मुल्य हुदैन ।" -
स्वेट मार्डन
6. "जुन व्यक्तिलाई बल प्रयोग द्धारा दमन गरीन्छ ,
त्यसको मन सदैव सत्रु हुन्छ तर जसको मन
प्रेमद्धारा जितिन्छ त्यो सदैव शुभचिन्तक रहन्छ ।" -
कन्फ्युसियस
7. "सुन्ने इच्छाको अभाव हत्पते स्वभाव र आत्म
प्रशंसा विद्याका शत्रु हुन् ।" -विदुरनिति
8. "प्रतिशोध लिनका लागि मानिसहरूले बितेको खराबीतिर
ध्यान नदिएर भावी असल कार्यतिर ध्यान दिनुपर्छ ।" -थोमस
हब्स
9. "आफ्नो आम्दानी भन्दा बढी खर्च गरेमा कुवेर पनि कङ्गाल
बन्छ ।" -कौटिल्य
10. "मुर्खलाई उपदेश दियो भने त्यहि कारणले ऊसँग
झगडा हुन्छ ।" -पञ्चतन्त्र

45

नेपाल नाम बारे केहि तर्क र अबधारणहारु ...
किराती भाषामा "ने " को अर्थ मध्य र " पा " को अर्थ ऊन हों । नेपालमा अत्याधिक ऊन उत्पादन भई ऊनबाट निर्मित सामाग्रीहरु प्रचिन्कालादेखी नै क्षिमेकी राष्ट्र हरुमा निर्यात गर्दै आएको र ऊनको प्रचुर उत्पादनले यसको नाम नेपाल (ऊनको घर ) रहनगएको हो ।
नेवारहरुले यस भूमिलाई "नेपा " भन्ने गर्थे पछी गएर नेपाल हुन गएको हो ।
लिम्बु भाषामा नेपालको अर्थ "समतल मैदान" हो । यहाँ कुनै-कुनै ठाउमा समतल फाट पनि भएको ले नेपाल भन्ने भन्ने पनि भनाइ छ
लेप्चा र लामा भाषामा "नेपाल " को अर्थ पबित्र गुफा वा पुण्यभूमि हुन्छ ..
संस्कृत शब्दमा नीप (पहाडको काखा ) मा आल (ठाउँ ) प्रत्यय जोडी नेपाल रहन गएको हो ।
यहाँ पहिला ने नाम गरेका ऋषि ले जनताको लालन पालन गरेकोले यस देश को नाम नेपाल रहन गएको हो । ने मुनि को आश्रम पहिले दुम्जामा र पछी चन्द्रचुड पर्बत मा तपस्या गरेका थिए भन्ने गरिन्छ ।
नेपालका प्राचिन शासक गोपालबंशमा नेप नाम गरेका प्रतापी राजा थिए ।उनकै नाम पछी एस को नाम नेपाल रहन गएको पनि भन्ने गरिन्छ..

यी बाहेक पनि अन्य तर्क हरु पनि सुन्न/पढ्न पाइन्छ नेपाल नाम को बारेमा , तर नेपाल नाम येही कारणले नै रहन गयो भनेर अहिले सम्म किटान गरेर भन्न सकिएको छैन ।