Tuesday, December 29, 2015

माइग्रेन सम्बन्धी जानकारी

१. Migraine Headache का लक्षणहरु के के हुन् ?
--खप्नै नसकिने खालको टाउको दुख्ने l प्राय टाउकाको एक पट्टिको भाग मात्र दुख्ने
-- बिस्तारै आँखा, कन्चट, घाँटी, कान आदि पनि दुख्ने
-- चल्न, हिंड्न वा सामान्य काम गर्न खोज्दा, वा चर्को आवाज र प्रकाशले दुखाई झन् बढ्ने
-- बान्ता होला जस्तो वाक्वाक्ति हुने, कहिले काहीं बान्ता पनि हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ)
-- रिंगटा लाग्ला जस्तो हुने, आँखामा बादल लागेजस्तो गरी केहीबेर दृष्टिमा समस्या हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ)
-- थकित हुने, शरीर गल्ने र अंध्यारो र एकान्त ठाउँमा सुत्न मन लाग्ने
-- दुखाई केहि घण्टा देखि केहि दिनसम्म रहने र बेला बेलामा यी लक्षणहरु फर्किने र बर्षौंसम्म रहने
(यहाँ लेखिएका प्राय लक्षणका उदाहरणहरु मलाई मेरा बिरामीहरुले भनेको आधारमा लेखेको हुँ l यदि तपाईंमा हुने समस्याहरु यहाँ दिइएको छैन भन्दैमा Migraine भएको छैन भन्न मिल्दैनl)
-------------------------------
**यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला**
------------------------------

कसै-कसैमा मुख्य Migraine Headache का लक्षणहरु देखिनु ठिक केहि मिनेट (वा केहि घण्टा) अगाडी Aura (अर्थात्: पुर्वलक्षणहरु) देखा पर्छन् l ती पुर्वलक्षणहरु व्यक्ति अनुसार फरक हुन्छन् l केहि लक्षणहरु यस प्रकारका छन्:
-- दृष्टिमा समस्या : आँखाले हेर्दा आँफु अगाडिको ठिक बिचको केहि भाग देख्न गार्हो पर्ने वा आधा भाग नै देख्न नसकिने वा पुरै आँखा तिरमिर हुने वा केहिबेर सब अँध्यारो हुने l
-- हात खुट्टा निकै गरुङ्गो भएको जस्तो वा निकै कम्जोर भएको जस्तो महशुस हुने
-- बोल्न अक्मक्कीने, स्मरण शक्ति गुमेको जस्तो लाग्ने, अत्तालिने आदि

2. Migraine Headache का Triggers हरु के के हुन्? : Migraine Headache आउने र जाने जिन्दगी भर भैराख्छ l केहि समय हराएको Migraine Headache कहिले काँही कुनै कुराले बिउँताउने गर्छ l सबै व्यक्तिमा triggers हरु हुँदैनन् र हुनेमा पनि सबैका एकै किसिमका हुँदैनन् र Triggers हरु जे पनि जस्तो पनि हुन सक्छन् l यस्ता Triggers पत्ता लगाउन व्यक्ति आँफैले खाएको, भोगेको, वा गरेको दैनिकी (खासगरी Migraine Headache भएको दिनको) डायरी तयार पार्नुपर्छl याद गर्नुहोस् Triggers (बिउँताउने कुरा) र Cause (रोगको कारण) फरक कुरा हुन्l Triggers हरु प्राय यस प्रकारका हुन्छन्:
-- खानेकुरा = सुख्खा नुनिला खानेकुरा, चिया, कफी, रक्सि आदि
-- कुनै पनि किसिमका गन्ध वा सुगन्ध
-- कामको थकान वा तनाब, र अन्य जीवनका दैनिकी चिन्तित तुल्याउने समस्याहरु
-- तापक्रम = चिसो, तातो, ओस्सिलो/मक्किएको बाताबरण
-- र अन्य धेरै 

3. उपचार के के हुन् ?: म पहिले यो कुरा तपाईंलाई सम्झाउन चाहन्छु कि मेरो उपचार गराउने उदेश्य होइन l यो पोष्ट migraine को बारेमा जनचेतनाको लागि मात्र हो l यदि तपाईंलाई माथि भनेको जस्तोगरी टाउको दुखेको केहि दिन वा केहि महिना मात्र भएको छ भने तुरुन्त neurologist संग भेट्नुहोस् किनकि दिमागमा रगतको नली फुटेर वरिपरिको मस्तिष्क कोषमा धकेल्दा पनि यस्तै खाले लक्षणहरु देखा पर्न सक्छन् जसले ज्यानै लिन पनि सक्छ l यहाँ दिइएका कतिपय औषधिहरु खाँदा तपाईंले अरु कुनै औषधि खाई रहनु भएको छ भने तपाईंको स्वास्थमा झन् घातक पनि हुन सक्छ l त्यसैले डाक्टरको सल्लाह बिना औषधि खानु भयो र तपाईंलाई केहि भयो भने म जिम्मेबार हुने छैन l यी मध्ये कुनै औषधि बच्चाबच्चीले र गर्भवतिले खान नहुने पनि हुन सक्छन् l 

घरेलु उपचार : प्राय Chronic migraine का बिरामीलाई घरेलु उपचारले भेट्दैन l कसै-कसैलाई migraine जस्तै अन्य headache जस्तै tension headache (शारीरिक र मानसिक तनाब अनि आसन नराम्रो भएका कारण भएको headache) छ भने काम पनि गर्न सक्छ l सामान्यतय घरेलु उपचार यस्तो हुन्छ:
* पहिले migraine trigger पत्ता लगाउने र त्यस बाट बँच्ने (migraine trigger को बारेमा माथि लेखिएको छ)
* अंध्यारो, शान्त र चिसो (ओसिलो होइन) ठाउँमा गएर बस्ने 
* दुखेको भागमा ICE pack (रुमालमा ice/बरफ) राखेर सेक्ने
*कसै-कसैले lavender oil, basil oil, mint oil (सन्चो) आदि प्रयोग गर्छन् l यो प्राय tension headache को लागि बढी उपयोगी हुन्छ l 
* Meditation, Acupuncture र Massage ले पनि फाइदा गर्न सक्छ l
* yoga र ब्यामको पनि फाइदा छ तर यो migraine headache शुरु भैसकेपछि गर्दा झन् headache बल्झन सक्छ l यो प्राय tension headache को लागि बढी उपयोगी हुन्छ l 
* बजारमा transcranial magnetic stimulator (TMS) पनि उपलब्ध छ l कसैलाई यसले पनि काम गर्न सक्छ l 

दोस्रो चरणको उपचार: माथिको घरेलु उपचारबाट भएन भने सामान्य खालको नदुख्ने औषधि जुन डाक्टरको prescription चाहिंदैन र सजिलै फार्मेसी (Over the Counter) मा उपलब्ध हुन्छ सोहि औषधिको प्रयोग गर्ने गरिन्छ l यस्ता औषधिहरु तपाईं यो पोष्ट जुन देशबाट हेर्दै हुनुहुन्छ त्यो देशमा फरक नामले बेचेको हुन सक्छ l (पहिलेको पोष्टमा मलाई नेपाल बाहेक बिभिन्न देशमा बस्नु भएकाबाट २०० भन्दा बढी प्रश्नहरु आएका थिए)l कुनै पनि औषधिको दुई नाम हुन्छ: एउटा chemical name (जुन देशमा गएपनि यो नाम उही हुन्छ र अलि सानो अक्षरमा लेखिएको हुन्छ l) अर्को Trade Name (यो जुन कम्पनीले बनायो उसले आफ्नो brand name बनाउछ)l मैले यहाँ सबैको सजिलोको लागि chemical name मात्र लेख्न गएको छु l 
-- Ibuprofen, Acetaminophen/Paracetamol, Aspirin, Caffeine आदि 
--अथवा माथिकोले नभए, Ibuprofen + Acetaminophen/Paracetamol + Caffeine combo (सबै मिसिएर एउटा tablet मा बनेको)
-- र अन्य 

तेस्रो चरणको उपचार: यहाँ दिइने सम्पूर्ण औषधिहरु डाक्टरको prescription नै चाहिन्छ l यी औषधिहरु डाक्टरले दिंदा तपाईंको उमेर, तपाईंमा भएका अन्य रोग, अन्य औषधिको प्रयोग, र शारीरिक अवस्था ध्यान दिएका हुन्छन् l मैले प्राय prescribe गर्ने हरु यस प्रकारका छन् l 
-- Topiramate : ( यो दिमाग संबन्धि अन्य रोग जस्तै seizure /छारे रोग आदिमा पनि प्रयोग गरिन्छ l यसले शरीरको तौल बढाउँदैन बरु घटाउन सक्छ) 
-- Atenolol र Propranolol : ( यी औषधिहरु मुटु संबन्धि धेरै रोगहरुमा पनि प्रयोग गरिन्छ l BP high हुँदा, Anxiety वा अन्य कारण हातखुट्टा काँप्दा पनि प्रयोग गरिन्छ)
-- Sumatriptan: (यो nasal spray को रुपमा पनि पाइन्छ)
-- Valproic acid: (यो दिमाग संबन्धि अन्य रोग जस्तै bipolar (mania), seizure /छारे रोग आदिमा पनि प्रयोग गरिन्छ l कसै-कसैमा यसले शरीरको तौल बढाउन सक्छ l यो औषधि नियमित प्रयोग गर्नेले नियमित कम्तिमा प्रत्येक ६ महिना रगत जंचाई रहनु पर्छ l) 
-- Butalbital + acetaminophen + caffeine को combo (सबै मिसिएर एउटा बनेको tablet ) 
-- Amitryptyline, Nortryptyline (यी औषधिहरु depression, निदाउन नसक्ने समस्या, शरीर झमझम्याउने समस्या आदिमा पनि प्रयोग गरिन्छ)
-- Ergotamine + Caffeine 
-- र अन्य धेरै 

4. अन्य प्रश्नहरुका समग्र जवाफ ?
-- यो रोग chronic (दिर्घ) खाले हुन्छ l यसको कुनै छिटो समाधान छैन l कसै-कसैमा migraine headache शुरु भएको २०-३० बर्षमा आँफै कम भएर जान सक्छ l 
-- यदि तपाईंले औषधि खाँदा पनि कम भएको छैन भने पून सोहि डाक्टरकोमा जानुहोस् l तपाईंको औषधिको मात्रा बढाउनु पर्ने वा अन्य औषधि थप्नु पर्ने वा सम्पूर्ण नयाँ औषधिको प्रयोग गर्नु पर्ने हुन सक्छ l
-- बारम्बार डाक्टर नफेर्नुहोस् l तपाईंको कुनै नयाँ लक्षणहरु नदेखिंदासम्म र डाक्टरले ति लक्षणहरुको समाधान खोज्दासम्म अन्य डाक्टरकोमा नजानुहोस् l
-- यसको उपचार गर्न (मिल्छ भने सकेसम्म) neurologist वा psychiatrist को मा जानुहोस् तर कुनैपनि डाक्टरले यसको उपचार गर्ने खुबी राख्दछन् l 
-- यो रोगमा कुनै पनि स्वस्थकर खानेकुराको रोकावट छैन l यदि कुनै खाना नै migraine trigger हो भने त्यो बाट पर हुनु पर्छ l 
-- टाउको दुखाई बाहेक अन्य समस्या नभए, "बरु दुखाई सहन्छु तर यसको उपचार नगराई बस्छु" भन्नु हुन्छ भने migraine को उपचार नगराउँदा खासै केहि फरक नपर्न सक्छ तर ध्यान दिनुहोस् migraine जस्तै लक्षणहरु भएका अन्य पनि खतरनाक रोगहरु छन् l त्यस्तो निर्णय लिनु भन्दा पहिले डाक्टरको सल्लाह लिनुहोस् l
-- सबै टाउको दुख्ने समस्या migraine नै हुँदैनन् l Migraine प्राय अचानक कुनैपनि समयमा आउने र केहि समय पछि जाने गर्छ र यो प्रक्रिया सालौं-साल चलिरहन्छ l दिन रात लामो समयसम्म लगातार दुख्ने समस्या भएमा त्यो migraine नहुन पनि सक्छ l
-- कोहिले "ह्या त्यस्तो migraine त मलाई नि थियो; २-३ महिनामै च्वाट्टै भो l यो ठुलो कुरो होइनl" भन्यो भने बुझ्नुस् उसलाई तपाईंको पिडा बारे केहि थाहा छैन l
-- यो रोग लाग्नुको मुख्य कारण ठ्याक्कै यहि हो भनेर अझैपनि पत्ता लागिसकेको छैन; थाहा पाएका दिन यसको पूर्ण निदानको उपाय पनि पत्ता लाग्ला l तर अहिले सम्म थाहा पाए अनुसार बिभिन्न कारणबश टाउकाको (माथि चित्रमा देखिएको) nerve endings बाट बिभिन्न neurochemicals हरु असामान्य रुपमा निस्कनु र ति nerve endings नजिकै भएका रक्त नलीलाई असर गर्नु (केहि समयको लागि रक्त नली ठुलो बनाउनु वा सुन्याई दिनु ) र उक्त रक्त नली सुकेर पुरानै अवस्थामा नाफर्कंदासम्म बिभिन्न लक्षणहरु देखा पर्छन् l 

नोट: यसको कुनै दिर्घकालिन समाधान छैन l उपचारको उदेश्य भनेको भएको समस्या बल्झन नदिन र अर्को migraine attack झट्टै हुन नदिनु हो l

स्वाइन फ्लू एक जानकारी

Swine Flu लागेको खण्डमा तुरुन्त नजिकैको स्वास्थ कार्यालयमा सम्पर्क गर्नुहोस्। उपचार गर्न ढिलो गर्दा ज्यान समेत जान सक्छ।
1. कसलाई सबै भन्दा बढी Swine Flu ले ग्रस्त पार्छ?
--जो संग Immunity कम छ अर्थात् जोसंग सामान्य जिंवाणु संग पनि लड्न सक्ने छमता कम छ, उसलाई Swine Flu को असर बढी देखिन्छ।
- बुढा-बुढी (खासगरी ६५ बर्ष भन्दा माथिका)
- बच्चा-बच्ची (पांच बर्ष भन्दा मुनिका)
- गर्भवती महिला
- विभिन्न किसिमका दिर्घ रोगि ( थला परेर घरमै बस्नु परेका बिरामी/ धेरै लामो समयका sugar का रोगि / श्वास-प्रश्वाश सम्बन्धिका बिरामी/ kidney failure का बिरामी र अन्य धेरै)

2. Swine Flu लाग्न नदिन के–के गर्नु पर्छ?
--अरुलाई (खासगरी रुघा खोकीका बिरामीलाई) छोएपछि तुरुन्त साबुन पानीले राम्रोसंग हात धुनुपर्छ।
-- हात नधोइकन मुखमा, आँखामा, वा नांकमा हात लैजानु हुँदैन ।
--भिड भाडमा सकेसम्म जानु हुँदैन। जानै परे mask लगाएर जानुपर्छ।
--आंफुले खोक्दा वा हाच्छ्यु गर्दा कागजको रुमाल प्रयोग गर्नुपर्छ। एउटा रुमाल एक पटक भन्दा बढी (सकेसम्म) प्रयोग गर्नु हुँदैन।

3. Swine Flu का लक्षणहरु:
--Swine Flu र सामान्य रुघा खोकीका लक्षणहरु प्राय उस्ता-उस्तै हुन्छन। तर Swine Flu ले आक्रमण छिट्टो गर्छ। लामो समयसम्म शरीरलाई कम्जोर बनाउछ। सामान्य रुघा खोकिमा जस्तै ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी खस-खस पार्ने भएपनि Swine Flu मा त्यहि समस्या अलिक कडा देखिन्छ। कसै-कसैलाई बान्ता र झाडा पखाला पनी संगै हुन्छ। अधिकाम्स case हरुमा बिरामीले Swine Flu र सामान्य रुघा खोकीमा फरक छुट्याउन सक्दैनन्।
--यदि तपाइलाई swine flu को जस्तो लछण देखिएको छ भने परिवारको अरु सदस्यबाट टाढा बस्नु राम्रो हुन्छ।

4. पांच बर्ष भन्दा सानो बच्चा-बच्ची जो आँफुलाई गाह्रो भएको कुरा राम्रोसंग भन्न सक्दैनन्; उनीहरुमा देखिने लक्षणहरु:
--छिटो-छिटो सास फेर्ने वा सास फेर्न गाह्रो भएजस्तो गर्ने। ज्वरो आउने। अलि बढी झगडा गर्ने, रोइ कराई गर्ने र फकाउंदा झट्टै नफ़क्किने। थकित जस्तो देखिने। राम्रो संग खान र खेल्न मन नगर्ने। रुघा-खोकीको लक्षण देखिने।

5. यसको उपचार के छ?
--Swine Flu को औषधि छ। यदि समयमै खाए, औषधिले पूर्ण रुपमा निको पार्छ।
--"सामान्य रुघा लाग्या हो; रुघा त पाक्न दिनुपर्छ" भनेर गल्ति नगर्नुहोस्।
--खासगरी स-सानो बच्चा-बच्ची, बुढा-बुढी, गर्भवती, विभिन्न रोगका कारण थला परेर बसेका रोगि र अन्य रोगबाट ग्रसित भैराखेकाहरुको सकेसम्म छिट्टो उपचार गर्नु पर्छ। यस्ता समुहका बिरामीहरुलाई लक्षण देखिएको ४८ घण्टा भन्दा बढी उपचार नगरी घरमै राख्दा ज्यान समेत जान सक्छ।

................................
----Swine Flu लागेकाले सबैले Antiviral औषधिनै खानु पर्छ l अरुका कुरा नसुन्नुहोस् Swine Flu लागेको जस्तो लागेमा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् l Swine Flu लागेकाको सबैको ज्यान जाँदैन l राम्रो Immunity भएका र पहिले (६ महिना भित्र) सोहि Virus बाट expose भै सकेकाहरुलाई Swine Flu ले सुरुमा असर गरेपनि पछि आँफै निको हुन सक्छ l हामी सबैमा रोगसंग लड्ने छमता एकै नाशको हुँदैनl त्यसैले कुनै व्यक्ति Swine Flu लागेर निको भएको छ भने, उसको सल्लाहमा पनि भर नपर्नुहोस् l बजारमा यो खाएर निको हुन्छ र त्यो खाएर निको हुन्छ भनेर अनेक तर्क गरिन्छ; त्यसको पछि नलाग्नुहोस् l गलत सल्लाहमा आँफुलाई प्रयोग गर्दा ज्यान जान सक्छ l
-----कोहि निमको पात खाए निको हुन्छ; कोहि तुलसीको पत्ता त कोहि अरु कुनै जडीबुटी भन्ने गर्छन्l यदि तपाईको शरीरमा Swine Flu संग लड्ने छमता (Immunity) छ भने Lollipop खाएपनि निको हुन्छ l त्यसैले अरुको कुरामा नलाग्नुहोस l डाक्टरको कुरा मात्र सुन्नुहोस l

Monday, December 28, 2015

नेपालका वरिष्ठ साहित्यकारहरुका प्रथम प्रकाशित कृतिहरु:

नेपालका वरिष्ठ साहित्यकारहरुका प्रथम प्रकाशित कृतिहरु:

१. भानुभक्त आचार्य - बालकाण्ड 
२. मोतिराम भट्ट - गजेन्द्रमोक्ष 
३. जयपृथ्विबहादुर सिह - अक्षराङ्क शिक्षा 
४. लेखनाथ पौडेल - शिशुबोधिनी 
५. बालकृश्न सम - मुटुको ब्यथा 
६. माधव प्रसाद देवकोटा - नवमन्जरी 
७. भवानी भिक्षु - गुनकेशरी 
८. सिद्धिचरण श्रेष्ठ - उर्वशी 
९. भिमनिधी तिवारी - मेरो बयालिस

लेखक र तिनका पहिलो कृति ।।
भानुबाजे बालकाण्ड, गजमोक्ष मोती ।
मनलहरी महानन्द, अशेष बिसंगती ।
मुटुको ब्यथा लेख्ने गुरु बालकृष्ण सम।
केदरमान ब्यथितको कृति हो संगम।
कमलमणि दिक्षितको कृति य्स्तो पनि।
लेखनाथजिको शिशुबोधनी।
शिरिषको फुल लेख्ने दिदी परिजात।
परषमणी प्रधान को यात्रा बेलायत ।
पुर्णिमाको जलाधी हो महाकवि जि को।
सिद्धिचरनका उर्वशी सबैसँग निको।
हृदयसिंह प्रधानको चिन्ह परिचय ।
आलोचक र आलोचना भिक्षु जय जय।
मेरो बयासी गजल भिमनिधी तिवारी ।
माधवप्रसाद घिमिरेको नव मन्जरी ।

केही जानकारी

केहि जानकारी
===========
1. नेपालको सबैभन्दा कान्छो उप-महानगरपालिका कुन हो ? 
-धनगढी
2. नेपालकै कान्छो गाविस अध्यक्ष को हुन् ? 
-महेश बस्नेत
3. नेपालकै कान्छो सभामुख को हुन् ? 
-ओनसरी घर्ती मगर [©~~~NBT]
4. विश्वकै कान्छो चलचित्र निर्देशक को हुन् ? 
-सौगात विष्ट (निर्देशित चलचित्रः लभ यु बाबा)
5. विश्वकै कान्छो ड्रमसेट वादक को हुन् ? 
-नेपालका उत्प्रेम जोजिजू
6. विश्वकै कान्छो पहाड कुन हो ? 
-चुरे पहाड (नेपाल)
7. नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो ? 
-कालिकोट [©~~~NBT]
8. नेपालको सबैभन्दा कान्छो विकास क्षेत्र कुन हो ? 
-सुदूरपश्चिमाञ्चल विकास क्षेत्र
9. सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने नेपाली को हुन् ? 
-जंगबहादुर राणा [©~~~NBT]
10. नेपालकै कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ? 
-बाँके राष्ट्रिय निकुञ्ज [©~~~NBT]
11. सार्कको कान्छो सदस्य राष्ट्र कुन हो ? 
-अफगानिस्तान
12. विश्वकै कान्छो मुलुक (संयुक्त राष्ट्रसंघको सदस्य) कुन हो ? 
-द. सुडान
13. विश्वकै कान्छो अर्बपति को हुन् ? 
-इभान थोमस स्पाइगल, २४ वर्ष (सन् २०१५)
14. विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी को हुन् ? 
-पेले
.‪#‎Copied‬
======शेयर गर्नुहोला=======

केही ज्ञानक कुरा:

1. पेट्रोलको मूल्य बढेको कारण आर्थिक संकटमा परेका मुलुकलाई के भनिन्छ?
उत्तर-चौथो विश्व
2. नेपालमा सडकमार्ग भएर सर्वप्रथम कुन निजी कम्पनीले पेट्रोलियम पदार्थ आयात गर्यो?
उत्तर-विराट पेट्रोलियम प्रा.लि
3. अन्तर्राष्ट्रिय टोपी दिवश कहिले मनाइन्छ?
उत्तर-जनवरी1
4. 'साईनाई पहाड'कुन देशमा पर्दछ?
उत्तर-इजिप्ट
5. चेपे नदीको मुहान कहाँ पर्दछ?
उत्तर-दुध पोखरी
6. चन्द्र धरातलमा उत्रने प्रथम ब्यक्ति निल आर्मस्टर्‌ङ हुन्‌ भने दोस्रो ब्यक्ति को हुन्‌ ?
उत्तर-एडविन एलड्रिन
7.1 डिग्री अक्षांश बराबर कति कि.मी दुरी फरक पर्छ ?
उत्तर-111कि.मी
8."कलिस्टो" कुन ग्रहको उपग्रह हो ?
उत्तर-वृहस्पती
9. पृथ्वीनारायण शाहले भक्तपुर बिजय कहिले गरे ?
उत्तर-1826मंसीर1
10. पहिलोपल्ट कुन दलित नेताको फोटो टिकटमा सार्वजनिक गरिएको हो?
उत्तर-बाग्लुङका भगत सर्वजीत विश्वकर्मा
11. हाल सार्कका महासचिव को हुन्‌ र उनी कुन देशका कति औँ महासचिव हुन्‌ ?
उत्तर-अर्जुनबहादुर थापा,नेपाल,12औँ(1मार्च2014मा नियुक्त)
12. सहिद तथा निजामती पार्क कहाँ बनाउने गुरुयोजना प्रस्ताव गरिएको छ?
उत्तर-गोकर्णको जगडोल
13. न्यूजिल्याण्डका बासिन्दालाई किवी भनिन्छ भने त्यहाँ बसोवास गर्ने मूल बासिन्दालाई के भनिन्छ?
उत्तर-माओरिज
14. "कम्युनिष्ट पिक"कुन देशमा पर्दछ?
उत्तर-तान्जिनिया
15. "डच इष्ट इन्डिज"कुन देशको पुरानो नाम हो?
उत्तर-इन्डोनेशिया

इतिहास सङ्ग सम्बन्धी १०० प्रश्नहरू

#1. सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? -मेजर ब्राडशा
2. नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ? -राणाकाल
3. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ? -बि.सं १८४६
4. भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ? -बिरध्वज बस्नेत
5. पाण्डिकी अड्डा काहाँ थियो ? -सिंहदरवार
6. गोरखा राज्यको स्थापना कहिले भयो ? -बि.सं.१६१६ भाद्र २५
7. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ? -राघवदेव
8. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ? -देवशमशेर
9. नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ? -मानदेव
10. सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ? -रणबहादुर शाह
11. शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ? -वि.स. १९९७ माघ १४ गते
12. काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ? -माथवरसिंह थापा
13. नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ? -राजा ज्ञानेन्द्र
14. जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ? -१ वर्ष २९ दिन
15. सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ? -श्री ५ त्रिभुवन
16. नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ? -श्री ५ रणवहादुर
17. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ? -वि.स. १९८१
18. धर्म कचहरीको स्थापना कसले गरेका थिए ? -जंगबहादुर राणा
19. नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ? -राजेन्द्र लक्ष्मी
20. नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ? -वि.स. १८२२
21. शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ? -वि.स. १९९७ माघ १२
22. नेपालमा राणाशासनको विरोधमा \”जयतु संस्कृतम\” आन्दोलन कहिले प्रारम्भ भएको थियो ? – वि.स.२००४
23. राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ? -वि.सं. २०११
24. निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ? -वि.सं. २०१७
25. हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ? -प्रताप मल्ल
26. गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ? -गुणाङ्क
27. मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ? -दिगबन्धन सेन
28. श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ? -कला बहादुर
29. नरहरि शाह कहाँका राजा थिए ? -लमजुङ
30. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ? -पाली
31. लिक्ष्छवीकालमा \’कुथेर\’ अड्डाको मुख्य कार्य के थियो ? -राजस्व उठाउने
32. लिच्छवीकालिन समयमा लगाइने \”त्रिकर\” भित्र कुन कुन कर पर्छन ? -भाग भोग कर
33. यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ? -लिंङंवल
34. पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ? -भोग
35. विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ? -माप्चोक
36. मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ? -चौतारिया
37. लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ? -शुल्ली
38. राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ? –छेभडेल
39. राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ? -१२ जिल्ला
40. सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ? -भिम शमशेर
41. राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ? -वि.सं २०३१फाल्गुन १३
42. फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ? -चन्द्र शमसेर
43. द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ? -जुद्धशमशेर
44. काल भैरवलाई हसाउने राजा को हुन् ? -प्रताप मल्ल
45. कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ? -फत्तेजंग शाह
46. पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ? -वि.स. १८२५ असोज १३
47. काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए? -पूर्वतर्फ
48. प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ? -वाइसे राज्य
49. जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ? -वि.सं. १९०५
50. निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ? -रणबहादुर शाह
51. राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ? -कोत पर्व
52. काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ? -वि.स.१९१४
53. The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ? -अमरसिंह थापा
54. स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ? -मानदेव
55. मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था थियो ? -पञ्च कचहरी र पञ्च समुच्चय
56. राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ? -सुब्बा
57. कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ? -मातृका प्रसाद कोइराला
58. लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ? -सर्वदण्डनायक
59. राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो? -चाँदतोडा
60. नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ? -बलभद्र कुँवर
61. किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो? -बिषय
62. न्याय विकासिनी कसको दस्तावेज हो ? -जयस्थिति मल्ल
63. पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ? -इन्द्रजात्रा
64. अन्तिम किराती राजा को हुन् ? -गस्ती
65. किरात वंशपछि कुन वंशले शासन गरेका थिए ? -सोमवंशी
66. भूकम्पमा परी मर्ने राजा को हुन् ? -अभय मल्ल
67. लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ? -लिच्छविकाल
68. आफुलाई \”विद्या पारंगत\” भनी लेख्ने राजा को हुन् ? -जितामित्र मल्ल
69. लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर लगाइन्थ्यो ? -मनोरञ्जन
70. लाइव्रेरी पर्व कसको पालामा भएको थियो ? -भिम शमशेर
71. “सिमसिमे राजा” भन्नाले कसलाई जनाउँछ ? -शिवसिंह मल्ल
72. सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ? -योगनरेन्द्र मल्ल
73. सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ? -रत्न मल्ल
74. नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? -मानदेव
75. नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ? -जंगबहादुर राणा
76. पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ? -यक्ष मल्ल
77. अरुण नदीको पौराणिक नाम के हो ? -महाप्रभा
78. लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ? -काठमाडौं
79. आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ? -नरेन्द्रदेव
80. मल्लपुरी कसले विजय गरेका थिए ? -मानदेव
81. गा‌‌‌ईजात्राको चलन कसले चलाएका हुन् ? -प्रताप मल्ल
82. नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ? -गीर्वाणयुद्ध विक्रम शाह
83. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? -रणजीत मल्ल
84. काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? -जयप्रकाश मल्ल
85. पाटनका अन्तिम मल्ल राजा को हुन् ? -तेजनरसिंह मल्ल
86. पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ? -सिद्धिनरसिंह मल्ल
87. आफूलाई”गन्धर्व विद्या पारंगत” भनेर चिनाउने राजा को थिए ? –जगतप्रकाश मल्ल
88. पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ? -प्रचण्डदेव
89. भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ? -नरेन्द्रदेव
90. मानगृह कसले निर्माण गरेका थिए ? -मानदेव
91. न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ? -भुपतीन्द्र मल्ल
92. नेपालको इतिहासमा ऐतिहासिक “प्रमाणिक राजा” भनेर कसलाई भनिन्छ ? -मानदेव
93. मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ? -चन्द्र शमशेर
94. रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ? -नरेन्द्रदेव
95. घोडेजात्राको चलन कसले चलाएका हुन् ? -जयप्रकाश मल्ल
96. विष्केट जात्राको चलन कसले चलाएका हुन् ? -जगज्योती मल्ल
97. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ? -विश्वजित मल्ल
98. गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? -शिवदेव तृतीय
99. शिलालेखामा “श्वस्ति नेपालभ्य” अर्थात नेपालको कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ? -वसन्तदेव
100. नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् ? -मानदेव

अध्ययन गर्नुभसो खुसीलाग्यो “कृपया सक्दो शेयर गर्नुहोला है” !

आजको बिशेष (२०७२ पौष ९ गते): समसामयिक जानकारी

आजको बिशेष (२०७२ पौष ९ गते): समसामयिक जानकारी

१) बायु प्रदुषण उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए?

– 7 Dec‬, 2015

२) राष्ट्रिय सदाचार सदाचार सम्मान-२०७२ बाट कसलाई सम्मानित गरियो?

– ‎डा‬.गोविन्द के.सी.

३)Go Go foundation (Good Governace) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?

– डा. भगवान कोइराला

४)नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो?

– २०७२ मंसिर १६ गते

५) रु.२ लाख राशीको विज्ञान तथा प्रविधि पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?

– डा. छविलाल गजुरेल

६)नेपालमा विकास सहायता नीति कहिले जारी भयो?

– २०७१/०२/०३

७)फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई घोषणा गर्योा?

– जर्मन‬ चाल्सलर एन्जेला मर्केल

८)CNN Hero-2015 बाट सम्मानित व्यक्ति को हुन्?

– म्यागी‬ डोयन, (अमेरिका)

९) टेष्ट क्रिकेटको इतिहासमा पहिलो पटक पिक बलमा डे/नाइट टेष्ट कहिले र कहाँ खेलियो?

– नोभेम्वर‬ २७, २०१५ (अष्ट्रेलियाको एडिलेडमा Aus vs NZ)

१०) रुसी विमान इजिप्टमा कहिले ISIS ले खसाल्दा २२४ यात्रीको ज्यान गयो ?

– अक्टोबर‬-३१, २०१५

११) ISIS ले कहिले फ्रान्समा निन्दनीय आक्रमण गरी १३० भन्दा बढीको ज्यान लियो?

– नोबेम्वर‬ १३, २०१५

१२) बैंक अफ दि इयर-२०१५ बाट सम्मानित हुने बैंक कुन हो?

– ‎स्टान्डर्ड‬ चार्टर बैंक

१३) अर्थ मन्त्री बिष्णु पौडेलले कहिले आर्थिक श्वेत पत्र जारी गरे ?

– २०७२/०८/०८ (२% आर्थिक वृद्धीदर खस्कने अनुमान)

१४) नेपाल सरकारले आ.व. ९७२/०७३ को मौद्रीक नीति कहिले सार्वजनिक गर्योर?

– २०७२ श्रावण ७

१५) भुकम्प पछिको पुन: निर्माणका लागि नेपाल सरकारले अन्तराष्ट्रिय सम्मेलन कहिले गर्यो ?

– २०७२ असार १०

१६) नेपाल सरकारले २० वर्षे कृषि विकास रणनीति कहिले सार्वजनिक गर्यो?

– २०७२ मंसिर ४ गते

१७) एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथुन-२०७२ को उपाधी कसले जित्यो?

– ‎नेपाली‬ सेनाका भीम बहादुर गुरुंङ

१८) उप- राष्ट्रपतिमा नन्द बहादुर पुन कहिले निर्वाचित हुनुभयो?

– २०७२।०७।१४ गते

१९) राष्ट्रपतिमा विद्या देवी भण्डारी कहिले निर्वाचित हुनु भयो?

– २०७२/०७/११

२०) ओन्सारी घर्ति कहिले सभामुखमा निर्वाचित भइन?

– २०७२/०६/२९

२१) नेपालको संविधान २०७२ को घोषणा कहिले भयो?

– २०७२/०६/३

२२)के.पि. शर्मा वली नेपालको ३८ औ प्र.म.को रुपमा कहिले निर्वाचित भए ?

– २०७२/०६/२४

२३) कर प्रणाली सुधार आयोगको गठन कहिले भयो?

– २०७१ कार्तिक ३०

२४) स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा निधन कहिले भयो?

– २०७२/०५/०४

२५)भारतिय ११ औ राष्ट्रपति APJ अब्दुल कलामको निधन कहिले भयो?

– २०१५, जुलाई २७

२६) डा. सोमलाल सुवेदी नेपालको २१ औ मुख्य सचिवमा कहिले नियुक्त भए?

– २०७२ श्रावण २०

२७) राजनितिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो?

– २०७२ श्रावण २५

अध्ययन गर्नुभसो खुसीलाग्यो “कृपया सक्दो शेयर गर्नुहोला है” !