Tuesday, December 29, 2015

alcoholic

Alcoholic कसलाई भन्ने ?
यदी तपाईं कुनैपनि खुसियाली (जस्तै: बिबाह, शुभ-समारोह, भोज-भतेर, जन्मदिन...), वा कुनैपनि दुखद छण (जस्तै: असफल सम्बन्ध, आत्मियको देहान्त, भौतिक तथा मानसिक पिडा....), वा अरुको लह-लहैमा (peer pressure) मा लागेर रक्सी (Alcohol) खान सुरु गर्नु हुन्छ तर रोक्न सक्ने क्षमता (will power) तपाइमा छैन भने तपाइलाई Alcoholic भनिन्छ l Alcoholic हुनको लागि दिनदिनै रक्सि सेवन गर्नु जरुरी छैन l
तपाइलाई माथिको व्याख्याले झन् भ्रमित (confused) पार्यो भने यो तलको चार मापदण्ड (criteria) पढ्नुहोस् l यसलाई CAGE Criteria भनिन्छ l
१. C = Cut Down = कम्तिमा १ पटक, अब देखि कम रक्सि खानुपर्छ जस्तो लाग्नु
२. A = Annoyed = कम्तिमा १पटक, अरुले आफ्नो रक्सि खाने बानी देखेर रिसाउनु/गाली गर्नु
३. G = Guilty = कम्तिमा १ पटक, रक्सि खाएकोमा खेद ब्यक्त गर्नु
४. E = Eye Opener = कम्तिमा १ पटक, रक्सि खाएर सुतेर उठ्ने भित्तिकै hangover हटाउनको लागि रक्सि खानु वा खान मन लाग्नु
**
--यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला--
**
रक्सीले शरीरमा कस्तो असर गर्छ?
-- लामो समय सम्मको रक्सीको प्रयोगले शरीरमा पार्न सक्ने समस्याहरु :
१. कलेजो (Liver) : Steatosis or fatty liver, Alcoholic hepatitis, Fibrosis, Cirrhosis
२. दिमाग (Brain) : रक्सि खाएको केहि छिनमै पार्ने समस्याहरु
**शरीरमा रक्सीको मात्रा लगभग BAC 0.2% भन्दा तल भएमा :
----दृष्टिमा समस्या, नजिक र टाढा छुट्याउन गाह्रो, उठेर राम्रोसंग हिड्न गाह्रो l आवस्येक सहि निर्णय गर्ने वा इच्छा, चाहना, मुर्ख्याई आदिलाई नियंत्रणमा राख्ने दिमागको भागले कामगर्न छाड्ने (loss of inhibition);
**शरीरमा रक्सीको मात्रा लगभग BAC 0.2% भन्दा माथि भएमा :
----- उभिन नसक्ने, कपडामै पिसाब फेर्ने, बान्ता गर्ने र बान्ता फोक्सो (lung) मा पस्ने, स्वासप्रस्वासमा समस्या, Low Blood Sugar, Low B.P, अचेतन अवस्था (Coma), मृतु (death)
**दिमागमा हुने रक्सीका दिर्घ समस्याहरु :
----पुराना कुरा बिर्सने समस्या, नया कुरा (new memory) दिमागमा राख्न नसक्नु, मानसिक समस्याहरुको उत्पत्ति (जस्तै निन्द्रामा गडबडी, झर्केने, आतिने, झट्टै उदाशीन हुने समस्याहरु, मनोविकृति अथवा psychosis)
३. मुटु (Heart): Cardiomyopathy, Arrhythmias, High blood pressure
४. अन्य समस्याहरु : Pancreatitis, Gout, Gastritis, Impotence, रोग संग लड्न सक्ने क्षमतामा कमि (weak immune system) जसले गर्दा निमोनिया वा अरु रुखाखोकी जस्ता सामान्य धेरै रोगहरुले लामो समय ग्रस्त पार्ने समस्या; क्यान्सर आदि
५. गर्वभति महिलाले रक्सि खाएको खण्डमा बच्चामा पर्ने असर : Fetal Alcohol Syndrome लगाएत अन्य समस्या (यो बारेमा अर्को पोस्टमा बिस्तृत प्रस्ट्याउनेछु)

उपचार बिधि :
१. Medical Treatments:
**Treatment for acute withdrawal phase: लामो समयसम्म ठुलो मात्रामा रक्सीको सेवन गरेको मानिसले झट्ट रक्सी रोक्दा उसको ज्यानै जाने खतरा हुन्छ l त्यसैले यो बेलामा alcohol withdrawal बारेमा जानकार स्वास्थ्यकर्मी (Health Care professionals) को प्रतक्ष निगरानीमा उपचार गर्नु पर्छ l यस उपचारको अबधि ५-७ दिन सम्म हुन सक्छ l यस्तो alcohol withdrawal को उपचार गर्दा विभिन्न किसिमको benzodiazapines औषधिको प्रयोग गरिन्छ l यो औषधि डाक्टरको prescription बिना पाइदैन l 
**Treatment for remission: यो बेलामा यस्तो औषधिको प्रयोग गरिन्छ जसले रक्सि खान मन नलाग्ने, वा खाएपनि रक्सीको पूर्ण मजा लिन नसक्ने वा रक्सि खाँदा शारीरिक समस्या आउने कारणले थप रक्सि खान नसक्ने खालको स्थितिको सिर्जना गर्छ l साथै व्यक्तिले लामो समयसम्म रक्सि खाएर मुटु, दिमाग, कलेजो, प्रतिरक्षा प्रणाली आदिमा गरेको हानी नोक्सानीको उपचार पनि साथै गरिन्छ l लामो समयसम्म ठुलो मात्रामा रक्सी खाने मानिसले (alcoholic ले) समयमा खाना खाएका हुँदैनन् l खानाबाट पाउने पौष्टिक तत्व (calories, electrolytes, vitamins, etc) रक्सीको calories ले पूर्ति गर्छन् l यस कारणले शरीरको सम्पूर्ण अंग सुक्दै जान्छ l मांशपेशी र हाड/जोर्नी खिइएर कम्जोर हुँदा शरीरका महत्वपुर्ण अंगहरु थाक्दै जान्छन्, राम्रो संग काम गर्दैनन् l मुटुले राम्रो संग रगत संचालन गर्न नसक्ने, सानो उचाई बाट लड्दा पनि हात खुट्टा भाँचिने आदि समस्या देखिन्छ l यदी तपाइले रक्सीको लत छुटाउन औषधोपचार गर्दै गर्दा ज्यान गएको सुन्नु भएको छ भने (खासगरी उपचार शुरु गरेको ५-७ दिन पछि), त्यसको कारण रक्सी खाईरहेकाले खान छोडेकोले भन्दा पनि पहिलेनै रक्सीले शरीरलाई धमिराझैं खोक्रो बनाई सकेको कारणले हुनसक्छ l
उपचारविधि :
*Electrolytes, Vitamins, Calories Replacement; Rehydration
*Naltrexone : यो औषधिको प्रयोगको उदेश्य रक्सी खाएको त्यति मज्जा लिन नसक्ने बनाउनु हो(lessening euphoric or rewarding effects)l यो औषधि ट्याब्लेट (दैनिक खानु पर्ने), इन्जेक्सन (महिनाको एक पटक) वा Implant ( एक बर्षमा १-२ सानो implant) को रुपमा उपलब्ध छ l यो औषधिको प्रयोग अगाडी कम्तिमा एक हप्ता रक्सी प्रयोग गर्नु हुँदैन l
*Disulfiram (Antabuse) : यो औषधिको प्रयोग गर्नु १२-२४ घण्टा अगाडी र प्रयोग गर्न छाडेको दुई हप्ता पछाडीसम्म कुनै पनि किसिमको रक्सी वा Vinegar (or Acetic acid) (चटपट, tomato sauce र धेरै बजारमा पाइने अमिलो खाले खानामा यसको प्रयोग गरिन्छ) वा alcohol (ethanol) containing substance जस्तै perfumes, खोकीको औषधि (cough medicine), after shaves आदिको प्रयोग गर्नु हुँदैन l यो औषधि खाएको बेलामा थोरै मात्रामा भएपनि रक्सी खायो भने शरीरमा निकै पिडा (असहज) महसुस हुन्छ l सहनै नसकिने खालको टाउको दुख्ने, वाक-वाक्ति हुने, वान्ता हुने, आँखाको गेडी दुख्ने, सास फेर्न गाह्रो भएको जस्तो हुने, मुटुको धड्कन बढ्ने, अनुहार रातो हुने, रिंगटा लाग्ने, निकै छटपट्टि हुने हुन्छ l यस्तो समस्या हुने हुँदा यो औषधि प्रयोग गर्नेले रक्सी खान मन गर्दैनन् l
*अन्य औषधिको प्रयोग : Campral (Acamprosate), Topamax (Topiramate), Antidepressants, Antipsychotics etc

२. Psychological Treatments: माथि भनिएको औषधिको प्रयोग गर्दैमा रक्सीमा गहिरो लत लागेकाले लत छाडदछन् भन्ने छैन l दिर्घ उपचारको लागि मनोबैज्ञानिक परामर्श (Motivational enhancement therapy, AA meeting, CBT Therapy, र Skill learning courses अवास्येक पर्छ l यस्तो परामर्श र अन्य औषधि उपचारको प्रयोग एकै पटक गर्नु पर्छ l उपचारको लागि In-patient treatment (drug rehab type) को आवस्येक पर्छ l

यस्तो In-patient उपचार कति लामो हुनुपर्छ भन्ने कुरा व्यक्तिको मानसिक स्वास्थ, शारीरिक स्वास्थ, इच्छाशक्ति आदिमा भरपर्छ l सामान्य तय ३-१२ महिनासम्म लाग्न सक्छ l केहि therapy sessions हरुमा घरका परिवारले पनि भाग लिनु पर्छ l

माइग्रेन सम्बन्धी जानकारी

१. Migraine Headache का लक्षणहरु के के हुन् ?
--खप्नै नसकिने खालको टाउको दुख्ने l प्राय टाउकाको एक पट्टिको भाग मात्र दुख्ने
-- बिस्तारै आँखा, कन्चट, घाँटी, कान आदि पनि दुख्ने
-- चल्न, हिंड्न वा सामान्य काम गर्न खोज्दा, वा चर्को आवाज र प्रकाशले दुखाई झन् बढ्ने
-- बान्ता होला जस्तो वाक्वाक्ति हुने, कहिले काहीं बान्ता पनि हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ)
-- रिंगटा लाग्ला जस्तो हुने, आँखामा बादल लागेजस्तो गरी केहीबेर दृष्टिमा समस्या हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ)
-- थकित हुने, शरीर गल्ने र अंध्यारो र एकान्त ठाउँमा सुत्न मन लाग्ने
-- दुखाई केहि घण्टा देखि केहि दिनसम्म रहने र बेला बेलामा यी लक्षणहरु फर्किने र बर्षौंसम्म रहने
(यहाँ लेखिएका प्राय लक्षणका उदाहरणहरु मलाई मेरा बिरामीहरुले भनेको आधारमा लेखेको हुँ l यदि तपाईंमा हुने समस्याहरु यहाँ दिइएको छैन भन्दैमा Migraine भएको छैन भन्न मिल्दैनl)
-------------------------------
**यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला**
------------------------------

कसै-कसैमा मुख्य Migraine Headache का लक्षणहरु देखिनु ठिक केहि मिनेट (वा केहि घण्टा) अगाडी Aura (अर्थात्: पुर्वलक्षणहरु) देखा पर्छन् l ती पुर्वलक्षणहरु व्यक्ति अनुसार फरक हुन्छन् l केहि लक्षणहरु यस प्रकारका छन्:
-- दृष्टिमा समस्या : आँखाले हेर्दा आँफु अगाडिको ठिक बिचको केहि भाग देख्न गार्हो पर्ने वा आधा भाग नै देख्न नसकिने वा पुरै आँखा तिरमिर हुने वा केहिबेर सब अँध्यारो हुने l
-- हात खुट्टा निकै गरुङ्गो भएको जस्तो वा निकै कम्जोर भएको जस्तो महशुस हुने
-- बोल्न अक्मक्कीने, स्मरण शक्ति गुमेको जस्तो लाग्ने, अत्तालिने आदि

2. Migraine Headache का Triggers हरु के के हुन्? : Migraine Headache आउने र जाने जिन्दगी भर भैराख्छ l केहि समय हराएको Migraine Headache कहिले काँही कुनै कुराले बिउँताउने गर्छ l सबै व्यक्तिमा triggers हरु हुँदैनन् र हुनेमा पनि सबैका एकै किसिमका हुँदैनन् र Triggers हरु जे पनि जस्तो पनि हुन सक्छन् l यस्ता Triggers पत्ता लगाउन व्यक्ति आँफैले खाएको, भोगेको, वा गरेको दैनिकी (खासगरी Migraine Headache भएको दिनको) डायरी तयार पार्नुपर्छl याद गर्नुहोस् Triggers (बिउँताउने कुरा) र Cause (रोगको कारण) फरक कुरा हुन्l Triggers हरु प्राय यस प्रकारका हुन्छन्:
-- खानेकुरा = सुख्खा नुनिला खानेकुरा, चिया, कफी, रक्सि आदि
-- कुनै पनि किसिमका गन्ध वा सुगन्ध
-- कामको थकान वा तनाब, र अन्य जीवनका दैनिकी चिन्तित तुल्याउने समस्याहरु
-- तापक्रम = चिसो, तातो, ओस्सिलो/मक्किएको बाताबरण
-- र अन्य धेरै 

3. उपचार के के हुन् ?: म पहिले यो कुरा तपाईंलाई सम्झाउन चाहन्छु कि मेरो उपचार गराउने उदेश्य होइन l यो पोष्ट migraine को बारेमा जनचेतनाको लागि मात्र हो l यदि तपाईंलाई माथि भनेको जस्तोगरी टाउको दुखेको केहि दिन वा केहि महिना मात्र भएको छ भने तुरुन्त neurologist संग भेट्नुहोस् किनकि दिमागमा रगतको नली फुटेर वरिपरिको मस्तिष्क कोषमा धकेल्दा पनि यस्तै खाले लक्षणहरु देखा पर्न सक्छन् जसले ज्यानै लिन पनि सक्छ l यहाँ दिइएका कतिपय औषधिहरु खाँदा तपाईंले अरु कुनै औषधि खाई रहनु भएको छ भने तपाईंको स्वास्थमा झन् घातक पनि हुन सक्छ l त्यसैले डाक्टरको सल्लाह बिना औषधि खानु भयो र तपाईंलाई केहि भयो भने म जिम्मेबार हुने छैन l यी मध्ये कुनै औषधि बच्चाबच्चीले र गर्भवतिले खान नहुने पनि हुन सक्छन् l 

घरेलु उपचार : प्राय Chronic migraine का बिरामीलाई घरेलु उपचारले भेट्दैन l कसै-कसैलाई migraine जस्तै अन्य headache जस्तै tension headache (शारीरिक र मानसिक तनाब अनि आसन नराम्रो भएका कारण भएको headache) छ भने काम पनि गर्न सक्छ l सामान्यतय घरेलु उपचार यस्तो हुन्छ:
* पहिले migraine trigger पत्ता लगाउने र त्यस बाट बँच्ने (migraine trigger को बारेमा माथि लेखिएको छ)
* अंध्यारो, शान्त र चिसो (ओसिलो होइन) ठाउँमा गएर बस्ने 
* दुखेको भागमा ICE pack (रुमालमा ice/बरफ) राखेर सेक्ने
*कसै-कसैले lavender oil, basil oil, mint oil (सन्चो) आदि प्रयोग गर्छन् l यो प्राय tension headache को लागि बढी उपयोगी हुन्छ l 
* Meditation, Acupuncture र Massage ले पनि फाइदा गर्न सक्छ l
* yoga र ब्यामको पनि फाइदा छ तर यो migraine headache शुरु भैसकेपछि गर्दा झन् headache बल्झन सक्छ l यो प्राय tension headache को लागि बढी उपयोगी हुन्छ l 
* बजारमा transcranial magnetic stimulator (TMS) पनि उपलब्ध छ l कसैलाई यसले पनि काम गर्न सक्छ l 

दोस्रो चरणको उपचार: माथिको घरेलु उपचारबाट भएन भने सामान्य खालको नदुख्ने औषधि जुन डाक्टरको prescription चाहिंदैन र सजिलै फार्मेसी (Over the Counter) मा उपलब्ध हुन्छ सोहि औषधिको प्रयोग गर्ने गरिन्छ l यस्ता औषधिहरु तपाईं यो पोष्ट जुन देशबाट हेर्दै हुनुहुन्छ त्यो देशमा फरक नामले बेचेको हुन सक्छ l (पहिलेको पोष्टमा मलाई नेपाल बाहेक बिभिन्न देशमा बस्नु भएकाबाट २०० भन्दा बढी प्रश्नहरु आएका थिए)l कुनै पनि औषधिको दुई नाम हुन्छ: एउटा chemical name (जुन देशमा गएपनि यो नाम उही हुन्छ र अलि सानो अक्षरमा लेखिएको हुन्छ l) अर्को Trade Name (यो जुन कम्पनीले बनायो उसले आफ्नो brand name बनाउछ)l मैले यहाँ सबैको सजिलोको लागि chemical name मात्र लेख्न गएको छु l 
-- Ibuprofen, Acetaminophen/Paracetamol, Aspirin, Caffeine आदि 
--अथवा माथिकोले नभए, Ibuprofen + Acetaminophen/Paracetamol + Caffeine combo (सबै मिसिएर एउटा tablet मा बनेको)
-- र अन्य 

तेस्रो चरणको उपचार: यहाँ दिइने सम्पूर्ण औषधिहरु डाक्टरको prescription नै चाहिन्छ l यी औषधिहरु डाक्टरले दिंदा तपाईंको उमेर, तपाईंमा भएका अन्य रोग, अन्य औषधिको प्रयोग, र शारीरिक अवस्था ध्यान दिएका हुन्छन् l मैले प्राय prescribe गर्ने हरु यस प्रकारका छन् l 
-- Topiramate : ( यो दिमाग संबन्धि अन्य रोग जस्तै seizure /छारे रोग आदिमा पनि प्रयोग गरिन्छ l यसले शरीरको तौल बढाउँदैन बरु घटाउन सक्छ) 
-- Atenolol र Propranolol : ( यी औषधिहरु मुटु संबन्धि धेरै रोगहरुमा पनि प्रयोग गरिन्छ l BP high हुँदा, Anxiety वा अन्य कारण हातखुट्टा काँप्दा पनि प्रयोग गरिन्छ)
-- Sumatriptan: (यो nasal spray को रुपमा पनि पाइन्छ)
-- Valproic acid: (यो दिमाग संबन्धि अन्य रोग जस्तै bipolar (mania), seizure /छारे रोग आदिमा पनि प्रयोग गरिन्छ l कसै-कसैमा यसले शरीरको तौल बढाउन सक्छ l यो औषधि नियमित प्रयोग गर्नेले नियमित कम्तिमा प्रत्येक ६ महिना रगत जंचाई रहनु पर्छ l) 
-- Butalbital + acetaminophen + caffeine को combo (सबै मिसिएर एउटा बनेको tablet ) 
-- Amitryptyline, Nortryptyline (यी औषधिहरु depression, निदाउन नसक्ने समस्या, शरीर झमझम्याउने समस्या आदिमा पनि प्रयोग गरिन्छ)
-- Ergotamine + Caffeine 
-- र अन्य धेरै 

4. अन्य प्रश्नहरुका समग्र जवाफ ?
-- यो रोग chronic (दिर्घ) खाले हुन्छ l यसको कुनै छिटो समाधान छैन l कसै-कसैमा migraine headache शुरु भएको २०-३० बर्षमा आँफै कम भएर जान सक्छ l 
-- यदि तपाईंले औषधि खाँदा पनि कम भएको छैन भने पून सोहि डाक्टरकोमा जानुहोस् l तपाईंको औषधिको मात्रा बढाउनु पर्ने वा अन्य औषधि थप्नु पर्ने वा सम्पूर्ण नयाँ औषधिको प्रयोग गर्नु पर्ने हुन सक्छ l
-- बारम्बार डाक्टर नफेर्नुहोस् l तपाईंको कुनै नयाँ लक्षणहरु नदेखिंदासम्म र डाक्टरले ति लक्षणहरुको समाधान खोज्दासम्म अन्य डाक्टरकोमा नजानुहोस् l
-- यसको उपचार गर्न (मिल्छ भने सकेसम्म) neurologist वा psychiatrist को मा जानुहोस् तर कुनैपनि डाक्टरले यसको उपचार गर्ने खुबी राख्दछन् l 
-- यो रोगमा कुनै पनि स्वस्थकर खानेकुराको रोकावट छैन l यदि कुनै खाना नै migraine trigger हो भने त्यो बाट पर हुनु पर्छ l 
-- टाउको दुखाई बाहेक अन्य समस्या नभए, "बरु दुखाई सहन्छु तर यसको उपचार नगराई बस्छु" भन्नु हुन्छ भने migraine को उपचार नगराउँदा खासै केहि फरक नपर्न सक्छ तर ध्यान दिनुहोस् migraine जस्तै लक्षणहरु भएका अन्य पनि खतरनाक रोगहरु छन् l त्यस्तो निर्णय लिनु भन्दा पहिले डाक्टरको सल्लाह लिनुहोस् l
-- सबै टाउको दुख्ने समस्या migraine नै हुँदैनन् l Migraine प्राय अचानक कुनैपनि समयमा आउने र केहि समय पछि जाने गर्छ र यो प्रक्रिया सालौं-साल चलिरहन्छ l दिन रात लामो समयसम्म लगातार दुख्ने समस्या भएमा त्यो migraine नहुन पनि सक्छ l
-- कोहिले "ह्या त्यस्तो migraine त मलाई नि थियो; २-३ महिनामै च्वाट्टै भो l यो ठुलो कुरो होइनl" भन्यो भने बुझ्नुस् उसलाई तपाईंको पिडा बारे केहि थाहा छैन l
-- यो रोग लाग्नुको मुख्य कारण ठ्याक्कै यहि हो भनेर अझैपनि पत्ता लागिसकेको छैन; थाहा पाएका दिन यसको पूर्ण निदानको उपाय पनि पत्ता लाग्ला l तर अहिले सम्म थाहा पाए अनुसार बिभिन्न कारणबश टाउकाको (माथि चित्रमा देखिएको) nerve endings बाट बिभिन्न neurochemicals हरु असामान्य रुपमा निस्कनु र ति nerve endings नजिकै भएका रक्त नलीलाई असर गर्नु (केहि समयको लागि रक्त नली ठुलो बनाउनु वा सुन्याई दिनु ) र उक्त रक्त नली सुकेर पुरानै अवस्थामा नाफर्कंदासम्म बिभिन्न लक्षणहरु देखा पर्छन् l 

नोट: यसको कुनै दिर्घकालिन समाधान छैन l उपचारको उदेश्य भनेको भएको समस्या बल्झन नदिन र अर्को migraine attack झट्टै हुन नदिनु हो l

स्वाइन फ्लू एक जानकारी

Swine Flu लागेको खण्डमा तुरुन्त नजिकैको स्वास्थ कार्यालयमा सम्पर्क गर्नुहोस्। उपचार गर्न ढिलो गर्दा ज्यान समेत जान सक्छ।
1. कसलाई सबै भन्दा बढी Swine Flu ले ग्रस्त पार्छ?
--जो संग Immunity कम छ अर्थात् जोसंग सामान्य जिंवाणु संग पनि लड्न सक्ने छमता कम छ, उसलाई Swine Flu को असर बढी देखिन्छ।
- बुढा-बुढी (खासगरी ६५ बर्ष भन्दा माथिका)
- बच्चा-बच्ची (पांच बर्ष भन्दा मुनिका)
- गर्भवती महिला
- विभिन्न किसिमका दिर्घ रोगि ( थला परेर घरमै बस्नु परेका बिरामी/ धेरै लामो समयका sugar का रोगि / श्वास-प्रश्वाश सम्बन्धिका बिरामी/ kidney failure का बिरामी र अन्य धेरै)

2. Swine Flu लाग्न नदिन के–के गर्नु पर्छ?
--अरुलाई (खासगरी रुघा खोकीका बिरामीलाई) छोएपछि तुरुन्त साबुन पानीले राम्रोसंग हात धुनुपर्छ।
-- हात नधोइकन मुखमा, आँखामा, वा नांकमा हात लैजानु हुँदैन ।
--भिड भाडमा सकेसम्म जानु हुँदैन। जानै परे mask लगाएर जानुपर्छ।
--आंफुले खोक्दा वा हाच्छ्यु गर्दा कागजको रुमाल प्रयोग गर्नुपर्छ। एउटा रुमाल एक पटक भन्दा बढी (सकेसम्म) प्रयोग गर्नु हुँदैन।

3. Swine Flu का लक्षणहरु:
--Swine Flu र सामान्य रुघा खोकीका लक्षणहरु प्राय उस्ता-उस्तै हुन्छन। तर Swine Flu ले आक्रमण छिट्टो गर्छ। लामो समयसम्म शरीरलाई कम्जोर बनाउछ। सामान्य रुघा खोकिमा जस्तै ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी खस-खस पार्ने भएपनि Swine Flu मा त्यहि समस्या अलिक कडा देखिन्छ। कसै-कसैलाई बान्ता र झाडा पखाला पनी संगै हुन्छ। अधिकाम्स case हरुमा बिरामीले Swine Flu र सामान्य रुघा खोकीमा फरक छुट्याउन सक्दैनन्।
--यदि तपाइलाई swine flu को जस्तो लछण देखिएको छ भने परिवारको अरु सदस्यबाट टाढा बस्नु राम्रो हुन्छ।

4. पांच बर्ष भन्दा सानो बच्चा-बच्ची जो आँफुलाई गाह्रो भएको कुरा राम्रोसंग भन्न सक्दैनन्; उनीहरुमा देखिने लक्षणहरु:
--छिटो-छिटो सास फेर्ने वा सास फेर्न गाह्रो भएजस्तो गर्ने। ज्वरो आउने। अलि बढी झगडा गर्ने, रोइ कराई गर्ने र फकाउंदा झट्टै नफ़क्किने। थकित जस्तो देखिने। राम्रो संग खान र खेल्न मन नगर्ने। रुघा-खोकीको लक्षण देखिने।

5. यसको उपचार के छ?
--Swine Flu को औषधि छ। यदि समयमै खाए, औषधिले पूर्ण रुपमा निको पार्छ।
--"सामान्य रुघा लाग्या हो; रुघा त पाक्न दिनुपर्छ" भनेर गल्ति नगर्नुहोस्।
--खासगरी स-सानो बच्चा-बच्ची, बुढा-बुढी, गर्भवती, विभिन्न रोगका कारण थला परेर बसेका रोगि र अन्य रोगबाट ग्रसित भैराखेकाहरुको सकेसम्म छिट्टो उपचार गर्नु पर्छ। यस्ता समुहका बिरामीहरुलाई लक्षण देखिएको ४८ घण्टा भन्दा बढी उपचार नगरी घरमै राख्दा ज्यान समेत जान सक्छ।

................................
----Swine Flu लागेकाले सबैले Antiviral औषधिनै खानु पर्छ l अरुका कुरा नसुन्नुहोस् Swine Flu लागेको जस्तो लागेमा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् l Swine Flu लागेकाको सबैको ज्यान जाँदैन l राम्रो Immunity भएका र पहिले (६ महिना भित्र) सोहि Virus बाट expose भै सकेकाहरुलाई Swine Flu ले सुरुमा असर गरेपनि पछि आँफै निको हुन सक्छ l हामी सबैमा रोगसंग लड्ने छमता एकै नाशको हुँदैनl त्यसैले कुनै व्यक्ति Swine Flu लागेर निको भएको छ भने, उसको सल्लाहमा पनि भर नपर्नुहोस् l बजारमा यो खाएर निको हुन्छ र त्यो खाएर निको हुन्छ भनेर अनेक तर्क गरिन्छ; त्यसको पछि नलाग्नुहोस् l गलत सल्लाहमा आँफुलाई प्रयोग गर्दा ज्यान जान सक्छ l
-----कोहि निमको पात खाए निको हुन्छ; कोहि तुलसीको पत्ता त कोहि अरु कुनै जडीबुटी भन्ने गर्छन्l यदि तपाईको शरीरमा Swine Flu संग लड्ने छमता (Immunity) छ भने Lollipop खाएपनि निको हुन्छ l त्यसैले अरुको कुरामा नलाग्नुहोस l डाक्टरको कुरा मात्र सुन्नुहोस l

Monday, December 28, 2015

नेपालका वरिष्ठ साहित्यकारहरुका प्रथम प्रकाशित कृतिहरु:

नेपालका वरिष्ठ साहित्यकारहरुका प्रथम प्रकाशित कृतिहरु:

१. भानुभक्त आचार्य - बालकाण्ड 
२. मोतिराम भट्ट - गजेन्द्रमोक्ष 
३. जयपृथ्विबहादुर सिह - अक्षराङ्क शिक्षा 
४. लेखनाथ पौडेल - शिशुबोधिनी 
५. बालकृश्न सम - मुटुको ब्यथा 
६. माधव प्रसाद देवकोटा - नवमन्जरी 
७. भवानी भिक्षु - गुनकेशरी 
८. सिद्धिचरण श्रेष्ठ - उर्वशी 
९. भिमनिधी तिवारी - मेरो बयालिस

लेखक र तिनका पहिलो कृति ।।
भानुबाजे बालकाण्ड, गजमोक्ष मोती ।
मनलहरी महानन्द, अशेष बिसंगती ।
मुटुको ब्यथा लेख्ने गुरु बालकृष्ण सम।
केदरमान ब्यथितको कृति हो संगम।
कमलमणि दिक्षितको कृति य्स्तो पनि।
लेखनाथजिको शिशुबोधनी।
शिरिषको फुल लेख्ने दिदी परिजात।
परषमणी प्रधान को यात्रा बेलायत ।
पुर्णिमाको जलाधी हो महाकवि जि को।
सिद्धिचरनका उर्वशी सबैसँग निको।
हृदयसिंह प्रधानको चिन्ह परिचय ।
आलोचक र आलोचना भिक्षु जय जय।
मेरो बयासी गजल भिमनिधी तिवारी ।
माधवप्रसाद घिमिरेको नव मन्जरी ।

केही जानकारी

केहि जानकारी
===========
1. नेपालको सबैभन्दा कान्छो उप-महानगरपालिका कुन हो ? 
-धनगढी
2. नेपालकै कान्छो गाविस अध्यक्ष को हुन् ? 
-महेश बस्नेत
3. नेपालकै कान्छो सभामुख को हुन् ? 
-ओनसरी घर्ती मगर [©~~~NBT]
4. विश्वकै कान्छो चलचित्र निर्देशक को हुन् ? 
-सौगात विष्ट (निर्देशित चलचित्रः लभ यु बाबा)
5. विश्वकै कान्छो ड्रमसेट वादक को हुन् ? 
-नेपालका उत्प्रेम जोजिजू
6. विश्वकै कान्छो पहाड कुन हो ? 
-चुरे पहाड (नेपाल)
7. नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो ? 
-कालिकोट [©~~~NBT]
8. नेपालको सबैभन्दा कान्छो विकास क्षेत्र कुन हो ? 
-सुदूरपश्चिमाञ्चल विकास क्षेत्र
9. सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने नेपाली को हुन् ? 
-जंगबहादुर राणा [©~~~NBT]
10. नेपालकै कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ? 
-बाँके राष्ट्रिय निकुञ्ज [©~~~NBT]
11. सार्कको कान्छो सदस्य राष्ट्र कुन हो ? 
-अफगानिस्तान
12. विश्वकै कान्छो मुलुक (संयुक्त राष्ट्रसंघको सदस्य) कुन हो ? 
-द. सुडान
13. विश्वकै कान्छो अर्बपति को हुन् ? 
-इभान थोमस स्पाइगल, २४ वर्ष (सन् २०१५)
14. विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी को हुन् ? 
-पेले
.‪#‎Copied‬
======शेयर गर्नुहोला=======

केही ज्ञानक कुरा:

1. पेट्रोलको मूल्य बढेको कारण आर्थिक संकटमा परेका मुलुकलाई के भनिन्छ?
उत्तर-चौथो विश्व
2. नेपालमा सडकमार्ग भएर सर्वप्रथम कुन निजी कम्पनीले पेट्रोलियम पदार्थ आयात गर्यो?
उत्तर-विराट पेट्रोलियम प्रा.लि
3. अन्तर्राष्ट्रिय टोपी दिवश कहिले मनाइन्छ?
उत्तर-जनवरी1
4. 'साईनाई पहाड'कुन देशमा पर्दछ?
उत्तर-इजिप्ट
5. चेपे नदीको मुहान कहाँ पर्दछ?
उत्तर-दुध पोखरी
6. चन्द्र धरातलमा उत्रने प्रथम ब्यक्ति निल आर्मस्टर्‌ङ हुन्‌ भने दोस्रो ब्यक्ति को हुन्‌ ?
उत्तर-एडविन एलड्रिन
7.1 डिग्री अक्षांश बराबर कति कि.मी दुरी फरक पर्छ ?
उत्तर-111कि.मी
8."कलिस्टो" कुन ग्रहको उपग्रह हो ?
उत्तर-वृहस्पती
9. पृथ्वीनारायण शाहले भक्तपुर बिजय कहिले गरे ?
उत्तर-1826मंसीर1
10. पहिलोपल्ट कुन दलित नेताको फोटो टिकटमा सार्वजनिक गरिएको हो?
उत्तर-बाग्लुङका भगत सर्वजीत विश्वकर्मा
11. हाल सार्कका महासचिव को हुन्‌ र उनी कुन देशका कति औँ महासचिव हुन्‌ ?
उत्तर-अर्जुनबहादुर थापा,नेपाल,12औँ(1मार्च2014मा नियुक्त)
12. सहिद तथा निजामती पार्क कहाँ बनाउने गुरुयोजना प्रस्ताव गरिएको छ?
उत्तर-गोकर्णको जगडोल
13. न्यूजिल्याण्डका बासिन्दालाई किवी भनिन्छ भने त्यहाँ बसोवास गर्ने मूल बासिन्दालाई के भनिन्छ?
उत्तर-माओरिज
14. "कम्युनिष्ट पिक"कुन देशमा पर्दछ?
उत्तर-तान्जिनिया
15. "डच इष्ट इन्डिज"कुन देशको पुरानो नाम हो?
उत्तर-इन्डोनेशिया