Wednesday, January 10, 2018

शाखा अधिकृत प्रथम पत्र GK ५० अङ्कका लागी च्याप्टर्वाइज ४५० प्रश उत्तर

शाखा अधिकृत प्रथम पत्र GK ५० अङ्कका लागि च्याप्टर्वाइज ७०० (सातसय) बस्तुगत प्रश्न उत्तर
(साथमा विभिन्न विषयका  थप ८५० बस्तुगत प्रश्न-उत्तर)
जम्मा = १५५०बस्तुगत  प्रश्न

[ सङ्कलक: शंकर निरौला ]

भाग १ सौर्यमण्डल सम्वन्धी जानकारी:

१.. सुर्यबाट सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हो।
२..चम्कीलो र तातो ग्रह भनेर शुक्र,रातो ग्रह भनेर मंगललाइ,ग्रहहरुको राजा भनेर बृहस्पतिलाइ र असफल तारा भनेर अरुण ग्रहलाई चिनिन्छ।
३.. गेनिमेड बृहस्पतीको,टिटान शनिको,मिराण्डा अरुणको,फोबोस र डिमोस मंगलको र चन्द्रमा पृथ्वीको उपग्रह हुन ।
४.. हाम्रो सौर्यमण्डलमा 1 सुर्य,8 ग्रह,5पुड्के ग्रहहरु,173 उपग्रह(IAU अनुसार) रहेका छन ।
५.. यम ग्रहलाई सन २००६ को अगस्टबाट ग्रहको सूचिबाट हटाइएको हो ।
६.. सूर्यको नजिकबाट क्रमश टाढा रहेको ग्रहहरु बुध,शुक्र,पृथ्वी,मंगल,बृहस्पती
,शनि,अरुण,बरुण हुन ।
७.. सुर्यबाट पृथ्वी १४ करोड ८८ लाख कि.मी टाढा छ, सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ ।
८.. सुर्यले आपm्नो अक्षमा परिभ्रमण गर्न २५ दिन लाग्दछ ।
९.. International Astronomical union को स्थापना सन १९१९ मा भएको,यसको मूख्यालय फा्रन्सको पेरिसमा रहेको छ ।
१०..सुर्यबाट सबमा पृथ्वीको उपग्रह हुन ।
१२.. प्रायजसो शिशुग्रहहरु मंगल र बृहस्पतिको कक्षबीचमा घुमिरहेका हुन्छन ।
१३... हेलिको पुच्छेतारालाइ खुल्ला आखाले देख्न सकिन्छ ।
१४.. सन १९९८ मा टेम्पल टटल नामको धूमकेतु देखिएको थियो ।
१४.. कालपुरुष शरद क्रृतुमा देखिने तारामण्डल हो ।
१५.. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा सिरिअस हो,यसलाई Dog star पनि भनिन्छ ।
१६.. प्रकाशले एक वर्षमा पुरा गर्ने दूरीलाई प्रकाश वर्ष भनिन्छ ।
१७.. सूर्य र पृथ्वीको बिचमा चन्द्रमा आाएर चन्द्रमाको छाया पृथ्वीमा परेको अवस्था सुर्यग्रहण हो ।
१८.. डाइनोसरको विनास मध्यजीव महाकल्पको क्रिटेसीयस कालमा भएको थियो ।
२०.. पृथ्वीको केन्दबाट सबैभन्दा बढी दूरीमा रहेको स्थान इक्वेडरको चिम्बोराजो ज्वालामुखी क्षेत्र हो ।
२१.. पृथ्वी १६०० कि.मी प्रतिघण्टाको दरले आफ्नो अक्षमा पश्चिमबाट पूर्वतर्फ घुम्ने गर्दछ ।
२२.. पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो अमेरिकाका हुन ।
२४.. अन्तरिक्षमा मानव पठाउने पहिलो राष्ट रुस हो,उसले सन १९६१ मा भोस्तक १ बाट युरी गागरिनलाई अन्तरिक्षमा पठाएको थियो ।
२५... हेलिको पुच्छेतारालाई सूर्यको परिक्रमा गर्न ७६ वर्ष लाग्दछ ।
२६... चन्द्रमाको गुरुत्ववल पृथ्वीको गुरुत्ववल भन्दा ६ गणा कम छ ।
२७.. ताराको जिवनको अन्त्य तिरको अवस्थालाई न्यूटन स्टार भनिन्छ ।
२८...सुर्यको चुम्बकीय क्षेत्र ११ बर्षमा उल्टने गर्दछ ।
२९..Early Bird भूउपग्रह संग सम्बन्धीत छ ।
३०.. सन १९९४ मा बृहस्पती ग्रहसंग ठोक्कीएर चकनाचुर बनेको पुच्छतारा सुमेकर लेभि हो ।
३१.. पृथ्वी गोलो छ भनेर सवैभन्दा पहिला घोषण गर्ने पाइथागोरस हुन ।
३२.. मार्स वान सन २०११ मा नेदरल्याण्डमा स्थापित संस्था हो यसले मंगलग्रहमा सन २०२५ सम्म वस्ती बसाउने लक्ष्य राखेको छ ।

 भाग 2...विश्वको भूगोल:
३४.. आधुनिक भूगोल विधाका संस्थापक कार्ल रिटर हुन भने वर्तमान मानव भूगोलका जनक Friedrich Ratzel हुन ।
३५.. भूगोल शव्दको प्रयोग गर्ने,पृथ्वीको प्रथम र बैज्ञानिक नक्सा निर्माण गर्ने,अधिक वर्षको अवधारण ल्याउने,पृथ्वीको परिधी पत्तालगाउने, सुर्य र पृथ्वी वीचको दुरी पत्ता लगाउने काम भुगोलका पिता इराटेस्थानिजले गरेका हुन ।
३६.."क्षेत्रफलका हिसावले विश्वका ५ ठूला देश क्रमश रसिया,क्यानडा,अमेरिका,चिन र ब्राजिल हुन ।
३७.. एसिया महादेश सबैभन्दा ठूलो र विषमताको महादेश जहा ४८ राष्ट,अफ्रिका महादेश अध्यारो महादेश जहा ५४ राष्ट,उत्तर अमेरिका महादेश नया संसार जहा २३ राष्ट,दक्षिण अमेरिकामा १२ राष्ट,युरोप महादेश प्रायदीपको प्रयादीप जहा ५० राष्ट,अस्टेलिया महादेश एक देश एक महादेश जहा १४ राष्ट छन ।
३८.. एसियामा—सर्वाधिक होचो भाग मृत सागर,विश्वकै अग्लो पठार पामिर पठार,विश्वकै सबैभन्दा अग्लो स्थानको ताल तिलिचो ताल,विश्वकै सबैभन्दा गहिरो ताल बैकाल ताल,विश्वमा सबैभन्दा वढी टापु भएको देश इन्डोनेसिया,विश्वकै सवैभन्दा अग्लो पर्खाल The great wall of china र १२ भूपरिबेष्टत राष्ट पर्दछन ।
३९.. अफ्रिकामा —भुमध्य रेखाले झण्डै वीचबाट काटेको,सवैभन्दा वढी भाषा बोलिने महादेश,विश्वको सर्वाधिक लामो नदी नाइल,सबैभन्दा ठूलो मरुभूमि सहारा,एटलास पर्वत,१६ भूपरिवेष्टत राष्ट पर्ने गर्छ ।
४०... उत्तर अमेरिका— क्रीष्टोफर कोलम्बसले सन १४९२ मा पत्ता लगाएका,विश्बको सबैभन्दा ठूलो ताजा पानीको ताल सुपेरिएर ताल, एस्ट्रोडोम गुम्बज, पर्ने ।
४१... दक्षिण अमेरिका—विश्वकै सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनास(चिली), सबैभन्दा लामो एन्डीज पर्वतमा,पाटागोनिया मरुभूमि पर्ने ।
४२.. अन्टार्कटिका—सवैभन्दा पछि पत्ता लागेको महादेश,विश्वको ९० प्रतिशत हिउ यहि पाइने ।
४३.... युरोप —मरुभूमि नभएको महादेश,स्क्यान्डे नेभियन क्षेत्र यहि पर्ने,१८ भूपरिबेष्टीत राष्ट पर्ने ।
४४... अष्ट्रेलिया—जेम्स कुकले नामाकरण गरेका,पुरैभाग दक्षिण गोलाद्घमा रहेको,ऐवेल तस्मानले सन १६४२ मा पत्ता लगाएका,टापुको महादेश,कंगारुको महादेश नामले समेत चिनिने ।
४५.. विश्वमा ५ वटा महासागर रहेका,सबैभन्दा ठूलो र गहिरो महासागर प्रशान्त हो भने दोस्रो गहिरो महासागर हिन्द महासागर हो ।
४६... दक्षिणी ध्रुव नर्वेका एमन्डसेनले सन १९११ मा र उत्तरी ध्रुव अमेरिकाका रर्वट पियरीले सन १९०९ मा पत्ता लगाएका हुन ।
४७.. सवैभन्दा लामो अक्षांस रेखा भूमध्यरेखा हो,यो ० डिग्री अक्षांस रेखा हो ।
४९.. १८० डिग्री देशान्तर रेखा अन्तराष्टिय तिथी रेखा हो ।
५०.. सहारा मरुभूमि अफ्रिकामा,गोबी मरुभूमि मंगोलियामा,अटाकामा चिलीमा,काराकुम तुर्कमेनिस्तानमा,पाटागोनिया मरुभूमि अर्जेन्टीना र चिलीमा,थार भारत र पाकिस्तानमा,कालाहारी बोस्वानामा,भिक्टोरिया अष्टेलियमा पर्दछन ।
५१..सियुम वायु अरविय क्षेत्रमा,सिरेटो सहारा मरुभूमिमा,पम्पेरो दक्षिण अमेरिकामा,टाइफुन पश्चिम प्रशान्त क्षेत्रमा,विलीविली अष्टेलियमा वहने बायुका नाम हुन ।
५३.. निप्पन जापानको, पर्सिया इरानको,गोल्डकोष्ट घानाको,बर्मा म्यानमाको,बाटामिया जाकार्ताको पुराना नाम हुन ।
५४.. भुकम्पको देश जापान,चट्याङको देश भूटान,हजारौ हात्तीको देश लाओस,युरोपको बिरामी टर्कि,नाइल नदीको बरदान इजिप्ट,चिनीको भाडो क्यूवा,आसुको ढोका जेरुसेलम,हराएको शहर पेरु नामले चिनिन्छ ।

बोनस :- १०० प्रश्न उत्तर बिस्वको भूगोल सम्बन्धि:
१. महादेशले पृथ्वीको कति प्रतिशत भुभाग ओगटेको छ ? → २९ प्रतिशत
२. हाम्रो पृथ्वीमा कति वटा महादेश रहेका छन् ?→ सात वटा
३. क्षेत्रफल र जनसंख्याका दृष्टिकोणले विश्वको सबै भन्दा ठूलो महादेश कुन हो ?→ एसिया
४. एसिया महादेशमा कति वटा देश पर्दछन् ?→ ४९ वटा
५. भुगोलका पिता को हुन ? वा जियोग्राफी शब्द पहिलो पटक कसले प्रयो गरेका हुन् ?→ इराटोस्थेनिज
६. एसिया महादेशमा विश्वको कति जनसंख्या रहेको छ ?→ ५४ प्रतिशत
७. विश्वको सबै भन्दा अग्लो पठार पामिर कुन महादेशमा पर्छ ?→ एसिया
८. विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?→ क्याप्सियन सागर(एसिया)
९. विश्वको सबै भन्दा चिसो ठाउँ बरखोयान्सक कुन महादेशमा पर्छ ?→ एसिया
१०. एसिया महादेशलाई के नामले चिनिन्छ ?→ बिषमताको महादेश
११. एसिया महादेशमा सबै भन्दा बढी चिया उत्पादन हुने देश कुन हो ?→ भारत
१२. एसिया महादेशमा सबै भन्दा बढी हुलाक घर कुन देशमा छन् ?→ भारत
१३. विश्वको दोस्रो ठूलो महादेश कुन हो ?→ अफ्रिका महादेश
१४. कालो÷अध्यारो महादेश उपनामले चिनिने महादेश कुन हो ?→ अफ्रिका महादेश
१५. विश्वको सबै भन्दा ठूलो मरुभुमि कुन हो ?
→सहारा(अफ्रिका महादेश)
१६. विश्वको सबै भन्दा ठूलो स्वर्ण उतपादक नगर कुन हो ?→ जोहान्सवर्ग(अफ्रिका महादेश)
१७. विश्वको सबै भन्दा लामो नदि कुन हो ?→ नाईल(अफ्रिका महादेश)
१८. विविधताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?→ अफ्रिका महादेश
१९. विश्वको तेस्रो ठूलो महादेश कुन हो ?→ उत्तर अमेरिका
२०. उत्तर अमेरिका महादेश कसले पत्ता लगाएका हुन् ?→ क्रिस्टोफर कोलम्बस(सन् १४९२)
२१. नयाँ संसार उपनामले कुन महादेशलाई चिनिन्छ ?→ उत्तर अमेरिका
२२. उत्तर अमेरिका महादेशको नामाकरण कसरी गरिएको हो ?→ अमेरिकी विस्पुक्कि नामक साहसी यात्रीको नामबाट
२३. विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो→ सुपेरियर ताल(उत्तर अमेरिका महादेश)
२४. विश्को सबै भन्दा ठूलो नेसनल पार्क बुड बफेली नेसनल पार्क हो भने, त्यो कुन महादेशमा पर्छ ?→ उत्तर अमेरिका
२५. उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?→ पेयसी
२६. उत्तर अमेरिका महादेशमा पर्ने सबैभन्दा उच्च पर्वत कुन हो ?→ माउण्ट मेकिल्ने
२७. उत्तर अमेरिकाको दक्षिण–पूर्वी किनारामा बहने आँधीलाई के भनिन्छ ?→ हरिकन/टोरनेडो
२८. विश्वको चौथो ठूलो महादेश कुन हो ?→ दक्षिण अमेरिका
२९. विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?→ टिटिकाका(दक्षिण अमेरिका)
३०. उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?→ पनामा नहर
३१. विश्वको सबैभन्दा ठूलो पर्वत माला कुन हो ?→ एण्डिज पर्वतमाला(अफ्रिका महादेश)
३२. दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?→ पेम्पाज
३३. विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन हो ?→ बोलिभियाको राजधानी लापाज
३४. दक्षिण अमेरिका महादेशमा रहेका दुई वटा भुपरिवेष्ठित राष्ट्रहरु के–के हुन ?→ बोलिभिया र पराग्वे
३५. विश्वको ठूलो अमेजन नदि कुन महादेशमा पर्दछ ?→ दक्षिण अमेरिका
३६. विश्वको पाँचौ ठूलो महादेश कुन हो ?→ अन्टार्कटिका
३७. सबै भन्दा कान्छो महादेश कुन हो ?→ अन्टार्कटिका
३८. युरोप महादेश विश्वको कतिऔँ ठूलो महादेश हो ?→ छैटौँ
३९. युरोप महादेशमा कति देश पर्दछन् ?→ ५० वटा
४०. युरोप महादेशको सबै भन्दा ठूलो देश कुन हो ?→ रसिया
४१. भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले कुन महादेशलाई बुझिन्छ ?→ युरोप
४२. लामो समुद्र किनार भएको महाद्धीप भन्नाले युरोप महादेशलाई बुझिन्छ भने प्रायद्धीपको प्रायद्धीप भन्नाले कुन महादेशलाई चिनिन्छ ?→ युरोप
४३. 'Bread Basket of the world' भन्नाले कु देशलाई चिनिन्छ ?→ युक्रेन
४४. विश्वको सबै भन्दा सानो महादेश कुन हो ?→ अष्ट्रेलिया
४५. कंगारुको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?→ अष्ट्रेलिया
४६. अस्टे«ेलिया महादेशको खोज कसले गरेका हुन् ?→ ऐबेल तस्मान र जेम्स कुक
४७. बिचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?→ अष्ट्रेलिया
४८. अष्ट्रेलिया महादेशको कति भाग मरुभुमि छ ?→ आधा
४९. पृथ्वीको कति भागमा जल सतह रहेको छ ?→ ७१ प्रतिशत
५०. पृथ्वीमा कति वटा महासागर रहेका छन् ?→ पाँच वटा(शुत्र–प्रआहिकुसु)
बोनस: थप ५०
१. शून्य डिग्री देशान्तरलाई के भनिन्छ ?→ प्रधान मध्यान्ह रेखा
२. एक देशान्तरको स्थानिय समयलाई देशभर मानिन्छ भने त्यसलाई के भन्निछ ?→ प्रमाणिक समय
३. नेपालको प्रमाणिक समय के को आधारमा निर्धारण गरिएको छ ?→ गौरीशंकर हिमाल(दोलखा)
४. नेपालको प्रमाणिक समय कहिले देखी निर्धारण गरिएको हो ?→ वि.स.२०४२ बैशाख १
५. नेपालको प्रमाणिक समय अन्तराष्ट्रिय, प्रमाणिक समय(ग्रिनबिच) मिनटाइम) भन्दा कति फरक छ ?→ ५ घण्टा ४५ मिनेट चलाख
६. स्थानिय सयम निकाल्ने हो भने झापामा साढे १ बज्दा कञ्चनपुरमा कति बज्छ ?→ १ बज्छ(८ डिग्री फरक छ)
७.उचाई वा गहिराई बिचको दुरीलाई के भनिन्छ ?→ लम्बवत(Vertical)
८. समतलका दुई स्थान बिचको दुरीलाई के भनिन्छ ?→ क्षैतिज(Horizental)
९. विश्वका सर्वाधिक उच्च १०९ पर्वतहरु मध्ये कतिवटा हिमालय पर्वतमालामा पर्छन् ?→ ९६
१०. समुद्र भित्रको सबैभन्दा लामो पर्वतमाला कुन हो ?→ कर्डिलेरा पर्वत
११. विश्वको सबैभन्दा लामो पर्वत माला कुन हो ?→ एण्डिज
१२. विश्वको सर्वाधिक उच्च टापु(पर्वत शिखर) कु हो ?→ जाजा पिक
१३. विश्वको सबैभन्दा ठूलो ज्वालामुखि पहाड कुन हो ?→ मौनालोआ
१४. हिन्दु देवीदेवताहरुको बासस्थान भएको पर्वत कुन हो ?→ सुमेरु पर्वत
१५. हिन्दु ऋषिमुनीहरुको बासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ ?→ बिन्ध्याचल पर्वत
१६. युरोपेली महादेशको एक मात्र सक्रिय ज्वालामुखि पहाड कुन हो ?→ विसुवियम
१७. समुद्रको पिँधबाट सर्वाधिक उच्च पहाड कुन हो ?→ मौनाकी
१८. विश्वको सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन हो ?→ फुजी(जापान)
१९. ग्रीक देवीदेवताहरुको घर भनेर केलाई चिनिन्छ ?→ माउण्ट ओलम्पस
२०. अमेरिकाका चार जना राष्ट्रपतिहरुको मुखाकृति अंकित हपाड कुन हो ?→ माउण्ट रसमोर
२१. विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्ने पहिलो सफल महिला को हुन ?→ जुन्को तावेई(सन् १९७५ मे १६,जापान)
२२. विश्वको सर्वोच्च चुचुरो सगरमाथाको अहिले सम्म कति महिलाले सफल आरोहण गरेका छन् ?→ पाँच
२३. विश्वको सबै भन्दा ठूलो उष्ण प्रदेशीय मरुभुमि कुन हो ?→ सहारा मरुभुमि
२४. विश्वको सबैभन्दा ठूलो बलौटे मुरुभुमि कुन हो ?→ अेरेवियन मरुभुमि
२५. मरुभुमि नभएको महादेश कुन हो ?→ युरोप
२६. भु–कम्प नाप्ने यन्त्रलाई भे भनिन्छ ?→ सिस्मोग्राफ
२७. भु–कम्प कुन एकाईमा नापिन्छ ?→ रेक्टर स्केल
२८. भु–कम्प उत्पन्न हुने पृथ्वीको भित्री केन्द्रलाई के भनिन्छ ?→ हाईपो सेन्टर
२९. हईटीमा २ लाख भन्दा बढकिो ज्यान जाने गरी ७ रेक्टर स्केलको भु–कम्प कहिले गएको थियो ?→सन् २०१० जनवरी १३
३०. नेपालमा भुकम्प सुरक्षा दिवस कहिले मनाईन्छ ?→ हरेक बर्ष माघ २ गते
३१. भुकम्पीय जोखिमका हिसावले नेपाल विश्वको कतिऔँ स्थानमा छ ?→ ११ औँ
३२. विश्वमा अहिले सम्म भएका भुकम्प मध्ये सबै भन्दा ठूलो भुकम्प कहाँ गएको छ ?→ भ्याल्डिभिया, चिली(९.५ रेक्टर स्केल,सन् १९६०)
३३. ज्वालामुखी निस्कने मुखलाई के भनिन्छ ?→ क्रेटर
३४. प्रशान्त महासागरको वरीपरी फैलिएको ज्वालामुखिको क्षेत्रलाई के भनिन्छ ?→ प्रशान्त अग्निको घेरा
३५. बुनै समयमा चालु हुने र कुनै समयमा बन्द हुने जवालामुखिलाई के भनिन्छ ?→ सुषुप्त ज्वालामुखि
३६. विश्वको सबैभन्दा सक्रिय ज्वालामुखि कुन हो ?→ मौनालोआ
३७. विश्वको सवोच्च स्थानमा रहेको ज्वालामुख िकुन हो ?→ ओजोस डेल
३८. दुई नदीको मिलन बिन्दुलाई के भनिन्छ ?→ दोभान
३९. तीन नदी मिल्ने ठाउँलाई के भनिन्छ ?→ त्रिबेणी
४०. विश्वको सबैभन्दा लामो नदी कुन हो ?→ नाईल(इजिप्ट)
४१. संसारका सबैभन्दा बढी जलराशि भएको नदी कुन हो ?→ अमेजन नदी
४२. नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ?→ च्छो रोल्पा(गौरी शंकर हिमालको कोखमा)
४३. विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?→ क्याप्सियन सागर
४४. संसारको सबैभन्दा अग्लो स्थानबाट झर्ने झरना कुन हो ?→ एञ्जल झरना
४५. शुद्ध वायुमा नाईट्रोजनको मात्रा कति हुन्छ ?→ ७८.०९ प्रतिशत
४६. शुद्धवायुमा अक्सिजनको मात्रा कति हुन्छ ?→ २०ं.९५ प्रतिशत
४७. भारतको थार मरुभुमिबाट ग्रिष्म ऋतुमा वहने तातो वायुलार्य के भनिन्छ ?→ लु
४८. सहारा मरुभुमिबाट उत्पत्ति भई सिसिली हुँदै ईटाल ितिर बहने वायुलार्य के भनिन्छ ?→ पिसरेक्टो
४९. विश्वमा भु–परिवेष्ठित राष्ट्रको संख्या कति छ ?→ ४८
५०. सबै भन्दा बढी भूपरिवेष्गिठत राष्ट्र भएको महादेश कुन हो ?→ युरोप(१८ वटा)
भाग ३ नेपालको भूगोल:

५५.. दुन क्षेत्रले नेपालको कुल भूभागको ८.५ प्रतिशत ओगटेको छ ।
५६... महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा शैलुङ्ग हो,जुन दोलखा जिल्लामा पर्दछ ।
५७.. चुरे क्षेत्रले ठिक दुइ भागमा विभाजन गरेको जिल्ला नवलपरासि हो ।
५८..नेपालको सिमानाबाट बंगलादेश २७ कि.मी टाढा छ भने भूटान ३२ कि.मी टाढा पर्दछ ।
५९..क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो अञ्चल महाकाली हो भने सबैभन्दा ठूलो अञ्चल कर्णाली हो ।
६०..नेपाल र चीन सीमानको सबैभन्दा नजिकको बस्ती शेरावस्ती हो ।
६१.. हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला रसुवा हो।
६२..धरातलिय विविधताको कारणले सबैभन्दा बढी सकारात्मक प्रभाव पारेको नेपालको व्यवसाय पर्यटन हो।
६३.. गण्डकीबाट धौलागिरीमा सरिएको जिल्ला पर्वत हो।
६४..अञ्चल सिमाना नछुने तिन जिल्ला भक्तपुर,नुवाकोट र लमजुङ हुन।
६५..ओलाङचुङगोलाबाट नेपाल प्रवेश गरेका्े एकमात्र नदी तमोर हो।
६६..नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलासय इन्द्रसरोवर हो जुन मकवानपुरमा पर्दछ।
६७..ह्वाङहो नदी पछि संसारकै सबैभन्दा बढी बालुवा बोक्ने नदी कोशी हो
६८..कोशी व्यारेजमा ५६ ढोका रहेका छन।
६९..रोशी नदी काभ्रे जिल्लामा पर्दछ।
७०..नेपालले सन १९८७ डिसेम्बर १७ मा सिमसार महासन्धीमा हस्तक्षर गरेको हो।
७१..नेपालको जनकपुर शहरलाई पोखरीहरुको शहर भनेर चिनिन्छ।
७२..इन्द्रावती र सुनकोशी नदी दोलालघाटमा एकैठाउमा मिसिन्छन।
७३.. शुलिगाड झरना डोल्पामा,टोड्के झरना इलाममा,टिपताल झरना ताप्लेजुङ,बैकुण्ठे झरना पाल्पामा पर्दछन ।
७४.. कल्छमन ताल गोरखामा,सत्यवती ताल पाल्पामा,रानी ताल कञ्चनपुरमा,छायानाथ दह मुगुमा,शान्ती कुण्ड कास्कीमा,गजुली दह चितवन मा पर्दछन।
७५..इन्द्रवतिको पौराणीक नाम सत्यवाहिनी,मादीको रत्नधारा,झिमरुकको धर्माबती,राप्तीको अचिरावती,धोविखोलाको रुद्रमति,तादीको सूर्यवती हो।
७६.. करूवाको लागी पाल्पा,तरकारीको लागि भक्तपुर,अलैचिको लागि इलाम,अदुवाको लागि मालनेटा,सावर छालाको लागि दैलेख,ताप्केको लागि विरगंज,नासपातीका लागि फर्पिङ,सख्खरको लागि बैतडी प्रख्यात छन ।
७७..नेपालमा पर्वतारोहणको लागि खुल्ला गरिएका हिमालको संख्या ४१४ ओटा रहेका छन।
७८...५२ पोखरी ५३ तालको जिल्ला भनेर रुकुमलाइ चिनिन्छ भने १२ वण्डाल १८ खण्डालको जिल्ला भनेर सुर्खेतलाइ चिनिन्छ।
७९...मुस्ताङमा पाइने जङ्गली भुस्याहा कुकुरलाइ त्यहाका मानिसहरुले लाक भन्दछन।
८०.. कञ्चनजंघा हिमालको पहिलो सफल आरोहण गर्ने व्यक्ती जर्ज वेन्ड बेलायतका हुन।

बोनस प्रश्न:-२५० नेपालको भूगोल:
नेपालको भूगोलसम्बन्धी सम्पुर्ण प्रश्न-उत्तरहरु (खरिदार तथा स‍ुब्बार अधिकृतको तयारीका लागी अति उपयोगी)
Ø  नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.
Ø  नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
Ø  नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
Ø  नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
Ø  नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५
Ø  नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५
Ø  नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
Ø  नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
Ø  नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?–८०°४ु पूर्वी देशान्तरदेखि ८८°१२ु पूर्वी देशान्तरमा
Ø  नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? –२६°२२ुउत्तरी अक्षांसदेखि ३०°२७ु उत्तरी अक्षांसमा
Ø  नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा
Ø  चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६
Ø  भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा
Ø  क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
Ø  क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
Ø  क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
Ø  क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
Ø  नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट
Ø  नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? –८६°१५ु देशान्तर रेखालाई
Ø  नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल
Ø  कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
Ø  नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
Ø  नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल
Ø  ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
Ø  ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
Ø  महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा
Ø  गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा
Ø  सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट
Ø  चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला
Ø  सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ? –जलेश्वर
Ø  ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी
Ø  सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
Ø  अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान
Ø  नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला
Ø  नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा
Ø  भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? –२४
Ø  चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? –१५ वटा
Ø  दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग
Ø  काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.            
Ø  नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –नेपालगञ्ज
Ø  नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –कास्की
Ø  नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? –मुस्ताङ्ग
Ø  नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? – ८ वटा
Ø  मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? –महालंगुर
Ø  सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ? –इलाम
Ø  महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की
Ø  हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक
Ø  महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? –खुम्वु
Ø  भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी
Ø  काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? –जुगल
Ø  काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु
Ø  काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले
Ø  चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर
Ø  झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग
Ø  कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन
Ø  महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा
Ø  सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर (खुम्वु)
Ø  दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुरØ  कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –गुल्मी
Ø  नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? –इन्द्र सरोवर
Ø  अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? –संखुवासभा
Ø  क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? –महाकाली
Ø  नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग
Ø  नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? –पोखरा
Ø  च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? –दोलखा
Ø  म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा
Ø  नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान र डोटी
Ø  विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? –८,५८६ मिटर
Ø  पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? –३९ वटा
Ø  हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –१६ वटा
Ø  तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२० वटा
Ø  काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? –पूर्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी
Ø  धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश
Ø  हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१५५
Ø  पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –६८५
Ø  तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१७५
Ø  नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत
Ø  पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४४.३ प्रतिशत
Ø  तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४८.४ प्रतिशत
Ø  नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? –केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर
Ø  भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? –भु–परिवेष्ठित
Ø  नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली
Ø  नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.
Ø  फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? –५०० किलोवाट
Ø  हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म
Ø  पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म
Ø  तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म
Ø  चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)
Ø  नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती
Ø  पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ? –धनकुटा
Ø  पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ? –१६ वटा
Ø  पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ? –कास्की
Ø  धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ? –गण्डकी
Ø  महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? –१०३४ कि.मि.
Ø  ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? –तमोर
Ø  दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? –कर्मनाशा
Ø  नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट
Ø  जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? –नेपाल
Ø  सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? –माइकल कर्ग
Ø  सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले
Ø  मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? –सुर्खेत
Ø  मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला रहेकाछन् ? –१९ वटा
Ø  सप्तगण्डकीका प्रमुख सहायक नदी कुन हो ? –काली गण्डकी
Ø  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत परियोजना कुन हो ? –थामे जलविद्युत परियोजना
Ø  नेपाललाई कति सालमा चार विकास क्षेत्रमा विभाजन गरियो ? –वि.सं. २०२९
Ø  सबभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल
Ø  सबभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ? –सगरमाथा राष्ट्रिय निकुञ्ज
Ø  राष्ट्रिय जनगणना कति कति वर्ष लिने गरिन्छ ? –प्रत्येक १० वर्षमा
Ø  राष्ट्रिय मान्यता पार्टी हुनको लागि प्रतिनिधि सभाको निर्वाचनमा खसेको जम्मा मतको कति प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ ? –३ प्रतिशत
Ø  नेपालमा मात्र पाइने चरा कुन हो ? –काँडे भ्याकुर
Ø  महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ? –वि.सं. २०१९ बैशाख १ गते
Ø  महानगरपालिका हुनको लागि कति जनसंख्या र वार्षिक आयश्रोत हुनुपर्छ ? –३ लाख जनसंख्या र ४० करोड बार्षिक आयश्रोत (स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार)
Ø  ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ? –गोरखा
Ø  माछापुच्छे हिमाल कुन हिमशृंखलामा पर्छ ? –अन्नपूर्ण
Ø  सार्क गरिबी निवारण कार्यक्रम नेपालको कुन जिल्लामा लागू भएको छ ? –मकवानपुर
Ø  सबैभन्दा बढी जिल्लाका सीमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
Ø  कर्णाली पुलको लम्बाइ कति हो ? – ५०७ मी.
Ø  सगरमाथा दिवस कहिले मनाइन्छ ? – २९ मे
Ø  बाह्रकुने ताल कहाँ पर्छ ? – दाङ
Ø  नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ? –पटना, भारत
Ø  स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? –४३%
Ø  ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ? –रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।
Ø  सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? –काली गण्डकी
Ø  राष्ट्रिय तथ्यांक आयोगका अध्यक्ष को हुन्छ ? –रा.यो.आ.का उपाध्यक्ष
Ø  सप्तकोशीमा पर्ने सबैभन्दा सानो नदी कुने हो ? –लिखु
Ø  धरान–धनकुटा राजमार्गलाई के भनिन्छ ? –मदनभण्डारी राजमार्ग
Ø  सार्क उपक्षेत्रीय चतुष्कोणमा कुन कुन राष्ट्र पर्दछन् ? –नेपाल, भारत, बंगलादेश र भुटान
Ø  डोल्पा जिल्लाभन्दा महाकाली अञ्चल कति वर्ग कि.मि. सानो छ ? – ९०० वर्ग कि.मि.
Ø  काकडभिट्टा–बङ्गलाबन्ध मार्ग कहिलेदेखि सुरु गरिएको हो ? –२०५४ भाद्र १६
Ø  नेपाल पिक कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ
Ø  सुर्खेत जिल्लाको पुरानो नाम के हो ? –दोभाने चौर
Ø  चन्द्रनहर कुन नदीबाट बनाइएको छ ? –त्रियुगा
Ø  नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि विभाजन गरियो ? –२०३७ सालमा
Ø  नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? –चितवन राष्ट्रिय निकुञ्ज
Ø  पनेरवा दरबार कुन ठाउँमा पर्दछ ? –रौतहट
Ø  नेपालमा हावापानीलाई कति भागमा बाँड्न सकिन्छ ? –५ भाग
Ø  नेपालको सबैभन्दा ठूलो नदी कुन हो ? –कोशी
Ø  नेपालमा ७५ जिल्लाहरुमध्ये हिमाली भेगमा रहेका जिल्ला कति छन् ? – १६
Ø  जि.वि.स. का सदस्य निर्वाचनको प्रयोजनको लागि जिल्लाहरुलाई कति इलाकामा विभाजन गरिएको छ ? – ९ देखि १७ सम्म
Ø  गण्डक सम्झौता कहिले भएको थियो ? – २०१६ मंसिर १९
Ø  नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ? – २०१८
Ø  महेन्द्र राजमार्गले तलका मध्ये कुन दुवै पहाडी जिल्लालाई छुन्छ ? – अर्घाखाँची र मकवानपुर
Ø  नेपालको १२०० देखि २१०० मिटरसम्मको उचाइमा कुन हावापानी पाइन्छ ? – न्यानो समशितोष्ण
Ø  धरान–धनकुटा राजमार्गलाई के नामाकरण गरिएको छ ? – मदन भण्डारी
Ø  त्रिशुली नदीको मुहान कुन हो ? – गोसाइँकुण्ड
Ø  टिंकर भञ्ज्याङ कुन जिल्लामा छ ? – दार्चुला जिल्लामा
Ø  च्छो–रोल्पा हिमतालको उचाइ कति हो ? – ४५८० मी.
Ø  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? –होटल एभरेष्ट भ्यू
Ø  महाकाली नदी भारतमा पुगेपछि के नामले चिनिन्छ ? –शारदा
Ø  पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ? –२६४ हेक्टर
Ø  संसारकै सबैभन्दा गहिरो गल्छी कुन हो ? –धवलागिरी र अन्नपूर्ण हिमालबीमा कालीगण्डकी नदीले बनाएको गल्छी जसको गहिराई ६,९६७ मिटर छ ।
Ø  नेपालको हिमनदीहरुमा सबैभन्दा लामो तथा ठूलो हिमनदी कुन हो ? –सबैभन्दा लामो–खुम्वु हिमनदी, ठूलो हिमनदी–लाङटाङ
Ø  भित्री मधेशमा पर्ने जिल्लाहरु कुन कुन हुन् ? –उदयपुर, सिन्धुली, चितवन, नवलपरासी, दाङ्ग, मकवानपुर, कैलाली, डोटी र सुर्खेत
Ø  नेपालको प्रमुख वाली धान हो भने दोस्रो तेस्रो प्रमुख वाली कुन कुन हो ? –मकै र गहुँ
Ø  नेपालमा मनसुनी वर्ष कति अवधिसम्म रहन्छ ? – ४ महिना
Ø  नेपालभित्रै बग्ने सबैभन्दा लामो नदी कुन हो ? –कर्णाली, ५०६ किलोमिटर
Ø  काञ्जिरोवा हिमश्रृंखला कुन अञ्चलमा पर्दछ ? –कर्णाली
Ø  माछापुच्छे हिमालको उचाई कति छ ? –६९९६ मिटर
Ø  फोक्सुण्डो तालको निकासबाट बनेको झरनाको नाम के हो ? –सुलिगाँड झरना
Ø  लार्के भञ्ज्याङ्ग गोरखामा पर्छ भने टिपताल भञ्ज्याङ कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ्ग
Ø  नेपालमा सबैभन्दा अघि कुन राजमार्ग बनेको हो ? –त्रिभुवन राजपथ
Ø  प्रसिद्ध नारद कुण्ड गोरखामा पर्छ भने दामोदर कुण्ड कुन जिल्लमा पर्छ ? –मुस्ताङ्ग
Ø  ५२ पोखरी ५३ तालको जिल्ला भनेर प्रसिद्धि कमाएको जिल्ला कुन हो ? –रुकुम
Ø  नेपालको सबैभन्द बढी वर्षा हुने स्थल कास्कीको लुम्ले हो भने कम वर्षा हुने स्थल कुन हो ? – ल्होमन्थाङ्ग, मुस्ताङ्ग
Ø  नेपालको प्रामाणिक समय जुन गौरीशंकर हिमाललाई काटिगएको ८६°१५ु देशान्तर रेखालाई कहिले देखि मान्यता दिएको हो ? –विं.स. २०४२ बैशाख १ गतेदेखि
Ø  नेपालको सबैभन्दा ठूलो नगरपालिका कुन हो ? –त्रियुगा नगरपालिका
Ø  नेपालको सबैभन्दा सानो नगरपालिका कुन हो ? –बनेपा नगरपालिका
Ø  धेरै जनसंख्या भएको नगरपालिका काठमाण्डौ महानगरपालिका हो भने सबैभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल नगरपालिका
Ø  नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ? –समुद्रसतहदेखि १२०० मिटरको क्षेत्रमा
Ø  समशितोष्ण पतझर जंगल कतिदेखि कति समुद्रसतहमा पाइन्छ ? –१२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा
Ø  समशितोष्ण कोणधारी जंगल पाइने उचाई कति हो ? –समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई
Ø  लेकाली वनस्पती पाइने उचाई कति हो ? –समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई ।
Ø  नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा पाइन्छ ? –समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा
Ø  नेपालमा पाइने माटोलाई कुन कुन भागमा वर्गीकरण गरिएको छ ? –५ प्रकारमा (पाँगो, बलौटे, पहाडी, हिमाली, टुन्ड्रा)
Ø  नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ? –३ भागमा
Ø  नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? यो कुन जिल्लामा रहेको छ ? –रारा, मुगु
Ø  नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोको गहिराई कति रहेको छ ? –६५० मिटर
Ø  फेवाताल, वेगनास ताल, रुपाताल कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ? –कास्की
Ø  सबैभन्दा उचाईमा रहेको ताल कुन हो ? –तिलिचो, ४९१९ मिटर
Ø  घोडाघोडी ताल कैलालीमा पर्छ भने सुके ताल कहाँ पर्छ –चितवन
Ø  नन्दभाउजु ताल चितवनमा पर्छ भने सत्यवती ताल कहाँ पर्छ –पाल्पा
Ø  नेपाललाई धरातलीय स्वरुपको आधारमा कति भागमा विभाजन गरिएको छ ? – ३ भागमा
Ø  हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ ? – करिब ४००० मिटरदेखि माथि
Ø  पहाडी प्रदेशले कति उचाइसम्मको भू–भाग ओगटेको छ ? – समुन्द्र सतहबाट ७० मि.देखि ६०० मि.सम्म
Ø  हिमाली प्रदेशले नेपालको कुल भू–भागको १५ प्रतिशत भू–भाग ओगटेको छ भने यस प्रदेशमा कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ७.५ प्रतिशत
Ø  पहाडी प्रदेशले नेपालको कुल भू–भागको ६८ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४५.५ प्रतिशत
Ø  तराई प्रदेशले नेपालको कुल भू–भागको १७ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्यको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४६.७ प्रतिशत
Ø  सगरमाथाको नामाकरण ‘एभरेष्ट’ भनी कसको नामबाट राखिएको हो ? – ब्रिटिस नागरिक सर्भेयर जर्ज एभरेष्ट नामबाट
Ø  डा. बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई ‘सगरमाथा’ भनि नामाकरण कहिले गरेका हुन् ? – सन् १९९५
Ø  नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीका सातवटा सहायक नदीहरुमा सबैभन्दा सानो नदी कुन हो ? – लिखु
Ø  नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ? – करिब ३३८ कि.मि.
Ø  नेपालको सबैभन्दा लामो नदी कुन हो ? – कर्णाली
Ø  नेपालको सबैभन्दा गहिरो ताल राराताल हो भनेर कहिलेदेखि पत्ता लागेको हो ? – वि.सं. २०६१ ज्येष्ठ २७ देखि ३० सम्मको सर्भेले
Ø  नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो ? – रारा
Ø  नेपालका ७५ जिल्लामध्ये हिमाली भेगमा १६ वटा पर्दछन् भने पहाडी र तराई भेगका कति कति जिल्लाहरु पर्दछन् ? – क्रमशः पहाडी ३९ र तराई २० जिल्ला (२०७२ को संबिधानले प्रदेशमा बिभाजन गरेता पनि जिल्लाहरु कायमै छन र प्रदेशको ब्यवस्थित कार्यन्वयन हालसम्म भएको छैन। )
Ø  नेपालको भारतसँग मात्र जोडिएको जिल्लाहरु २४ वटा छन् चीनसँग मात्र जोडिएका जिल्ला १३ वटा छन् भने चीन भारत दुवैसँग जोडिएका जिल्लाहरु कति वटा छन् ? – २ वटा
Ø  नेपालको उत्तरी सिमा हिमालदेखि दक्षिण महाभारत पर्वतसम्म फैलिएको जिल्ला कुन हो ? – धादिङ्
Ø  विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? – नेपालको अन्नपूर्ण र धवलागिरी बीचको गल्छी
Ø  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका ताल कुन हो ? –तिलिचो ताल
Ø  विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ? – अरुण उपत्यका (संखुवासभा)
Ø  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? – नेपालको सोलुखुम्बुस्थित होटल एभरेष्ट भ्यू (१२,७१३ फिट)
Ø  नेपालको सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१ व्र्ग कि.मि) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ? – महाकाली (६९८९ वर्ग कि.मि.)
Ø  नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा (७८८९ वर्ग कि.मी.) छ हो भने सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ ? – ११९ वर्ग कि.मि.
Ø  नेपालको सबैभन्दा लामो पुल कुन हो ? – कन्काई नदीको पुल (७०३ मिटर)
Ø  नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो ? – खुम्बु हिमनदी
Ø  दक्षिण एसियाको कुल भू–भागमध्ये नेपालले कति प्रतिशत भू–भाग ओगटेको छ ? – ३.२७९ प्रतिशत
Ø  नेपालको पूर्वी विन्दु झापाको काँकडभिट्टामा पर्दछ भने पश्चिम विन्दु कहाँ पर्दछ ?  – कन्चनपुरको दोधारा
Ø  विश्वमा नेपालभन्दा ठूला देशहरु कतिवटा छन् ? – ८९ वटा
Ø  नेपालभन्दा भारत २२ गुणा ठूलो छ भने चीन कति गुणा ठूलो छ ? – ६५ गुणा
Ø  नेपालको कुन नदीलाई उत्तरवाहिनी नदी भनेर चिनिन्छ ? – कर्मनाशा
Ø  नेपालको सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ? कैलाली
Ø  नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? – कालीकोट
Ø  नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ? – खुम्बु
Ø  नेपालमा कति प्रकारका गुराँसहरु फुल्दछन् ? – ३२ प्रकार
Ø  सर्वाेच्च शिखर सगसमाथा नेपालको कुन गा.वि.स. मा पर्दछ ? – खुम्जुङ्ग
Ø  नेपालको सबैभन्दा उच्चस्थानमा रहेको बस्ती कुन हो ? – छार्का भोट र ताराप गाउँ डोल्पा
Ø  सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? – विहारको करसेला
Ø  हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउँछ ? – मनाङ र मुस्ताङ.
Ø  नेपालको भित्री मधेशमा पर्ने जिल्लाहरु कति वटा छन् ? – ७ वटा
Ø  नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदसमुकाम कुन हो ? – हुम्लाको सिमिकोट
Ø  प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी नेपालको कुन जिल्लामा पर्दछ ? – प्यूठान
Ø  काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ? – ५०० कि.मि.
Ø  नेपालको कुन नदीको किनारमा शालीग्राम पाइन्छ ? – कालीगण्डकी
Ø  नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमापर्ने स्थान कुन हो ? – पोखरा
Ø  बूढीगण्डकीको उद्गम स्थल कुन हो ? – गणेश हिमालØ  बाग्मती नदीको उद्गम स्थल कहाँ हो ? – बागद्वार
Ø  विश्वको सर्वाेच्च स्थानमा रहेको तिलिचो ताल समुन्द्र सतहदेखि कति उचाइमा रहेको छ ? – ४९१९ मिटर
Ø  नेपालमा उत्तर गंगा भनेर कुन नदीलाई चिनिन्छ ? – सानी भेरी
Ø  महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरु कुन कुन हुन् ? – अर्घाखाँची र मकवानपुर
Ø  हिमालकी रानी भनेर कसलाई चिनिन्छ ? – स्व. पासाङ्ग ल्हामु शेर्पा
Ø  नेपालको सबैभन्दा पूर्व विन्दुसम्म पुगेको जिल्ला कुन हो ? – ताप्लेजुङ्ग
Ø  बराबर क्षेत्रफल भएका अञ्चलहरु कुन कुन हुन् ? – कोशी र जनकपुर (९६६९ वर्ग कि.मि.)
Ø  सप्तकोशी नदीको औसत जलप्रभाव कति छ ? – १५६४ क्यूविक मिटर प्रति सेकेण्ड
Ø  नेपालको कुल भू–भागको कति प्रतिशत भू–भाग पानीले ओगटेको छ ? – ३.९५%
Ø  नेपालका नदीहरुको कुल विद्युत उत्पादन क्षमता कति छ ? – ८ करोड ३ लाख किलोवाट
Ø  अरुण नदीको संस्कृत नाम के हो ? – महाप्रभा
Ø  विष्णुमति नदीको उद्गम स्थल कहाँ हो ? – सपन तिर्थ
Ø  माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ? – राराताल
Ø  फेवातालको बीचमा कसको मन्दिर अवस्थित छ ? – वराहको मन्दिर
Ø  नेपालको कुन तालको आकार गुलेली जस्तो छ ? – शे–फोक्सुण्डो ताल
Ø  नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ? – च्छोरोल्पा हिमताल (४५८० मि.)
Ø  नेपालको सबैभन्दा अग्लो स्थानमारहेको भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग कति उचाइमा अवस्थित छ ? – ५९७९ मिटर
Ø  नेपालमा केबुलकार सेवा कहाँ संचालित छ ? – चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म
Ø  नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? – वि.सं. २०५४ जेष्ठ २७ गते
Ø  काठमाडौं–हेटौडा रोपवे (रज्जु मार्ग) को लम्बाइ कति छ ? – सरदर ४२.३ कि.मि
Ø  नेपालको कति उचाइको क्षेत्रफललाई हिमरेखा घोषित गरिएको छ ? – सरदर ५००० मिटर
Ø  गण्डकी नदीको विद्युत क्षमता कति छ ? – २१,००० मे.वा.
Ø  भारतमा पुगेपछि कर्णाली नदीलाई कुन नामले चिनिन्छ ? – घाघरा
Ø  कर्णाली नदीको जलप्रवाह कति छ ? – औसत १३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड
Ø  नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ ? – बागलुङ, चिसापनी र फूलचौकी
Ø  विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा के भनिन्छ ? – फुङ्चु नदी
Ø  बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ कति छ ? – करिब ४५७ मिटर
Ø  स्थानीय किवदन्तीअनुसार पार्वतीको नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी कुन हो ? – दूधकोशी
Ø  सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी कुन हो ? – अरुण
Ø  महाकाली नदीलाई भारतमा पुगेपछि के का नामले चिनिन्छ ? – शारदा नदी
Ø  नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी कुन जिल्लामा पर्दछ ? – झापा जिल्लामा
Ø  कन्काई नदीको उद्गम स्थान कुन हो ? – महाभारत पर्वत
Ø  सुनकोशी नदीको पौराणिक नामके हो ? – शुभश्रवा
Ø  महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ? – महाकाली
Ø  मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगढी हो भने गमगढी कुन नदीको किनारमा अवस्थित छ ? – मुगु कर्णाली
Ø  जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ? – नारदखोला
Ø  नेपालको प्रसिद्ध ताल ‘रारा’ कुन जिल्लामा अवस्थित छ ? – मुगु
Ø  रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो ? – वि.सं. २०२० चैत्र १३ गते
Ø  अंग्रेजी अक्षरको थ जस्तो आकारको देखिने शे–फोक्सुण्डो ताल कति उचाइमा अवस्थित छ ? – समुन्द्र सतहदेखि ३९०० मिटर
Ø  नेपालको मानव निर्मित तालहरुमध्ये सबैभन्दा ठूलो ताल कुन हो ? – इन्द्रसरोवर ताल
Ø  नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेका छन् ? – १९
Ø  गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ ? – सप्तरी
Ø  वराह क्षेत्र कुन जिल्लामा पर्दछ ? – सुनसरी
Ø  मस्र्याङ्दी नदीको उद्गम स्थल कहाँ हो ? – अन्नपूर्ण हिमाल
Ø  रारा ताल कति उचाईमा रहेको छ ? – ३२०० मी.
Ø  शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ ? – कञ्चनपुर
Ø  नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो भने विश्वको तेस्रो अग्लो हिमाल कुन हो ? – कञ्चनजंघा
Ø  नेपालको कुन जिल्लाको सिमाना चारैतिर पानीले छुट्टाइएको छ ? – कैलाली
Ø  अमलेखगञ्जको पुरानो नाम के हो ? – भिच्छाखोरी
Ø  बढी विमानस्थल भएको जिल्ला कुन हो ? – सोलुखुम्बु
Ø  नेपाल पिक ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत कहाँ पर्दछ ? – ताप्लेजुङ
Ø  नेपालको प्रमाणिक समय ग्रिनविच समयभन्दा कति छिटो छ ? – ५ घण्टा ४५ मिनेट
Ø  शे–फोक्सुण्डो तालको गहिराई ६५० मि. छ भने रारा तालको गहिराई कतिछ ? – १६७
Ø  ७ कुण्डको जिल्ला रसुवा हो भने ७ तालको जिल्ला कुन हो ? – कास्की
Ø  करुवाको लागि पाल्पा प्रख्यात छ भने जुनारको लागि कहाँ प्रख्यात छ ? – सिन्धुली
Ø  चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत कहाँ पर्दछ ? – सोलुखुम्बु
Ø  बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष कुन हो ? – शुक्ला फाँट वन्यजन्तु आरक्ष
Ø  सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाइला टेक्ने महिला को हुन् ? – ल्हाक्पा शेर्पा
Ø  कञ्चनजंघा एफ.एम. कुन जिल्लामा पर्दछ ? – झापा, बिर्तामोड
Ø  हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो ? – रसुवा
Ø  सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज
Ø  क्षेत्रफलको आधारमा सबैभन्दा सानो नगरपालिका बनेपा (५.५६ वर्ग कि.मी) हो भने सबैभन्दा ठूलो नगरपालिका कुन हो ? – त्रियुगा नगरपालिका (३१९.८८ वर्ग कि.मी)
Ø  पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल कुन जिल्लामा पर्दछ ? – रसुवा
Ø  संयुक्तराष्ट्रसंघीय पार्क कहाँ बनाउने योजना छ ? – शंखमुलदेखि टेकु दोभानसम्म
Ø  रुकुम जिल्लाको सदरमुकाम मुसीकोटको पुरानो नाम के हो ? – जुम्ली खलंगा
Ø  चुरे पर्वत श्रृंखलाको सबैभन्दा अग्लो टाकुरा कुन जिल्लामा पर्दछ ? – कैलाली
Ø  पिरामिड हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? – कञ्चनजंघा
Ø  तिलखुवा झरना कुन जिल्लामा पर्दछ ? – अर्घाखाँची
नको भाग ४ ...विश्वको इतिहास

८०...औधौगिक क्रान्तीको परिणम स्वरुप समाजवादको जन्म भएको हो
नेपोलियन लाइ क्रान्तीको पुत्र भनिन्छ।
८२..फ्रान्सका किसानले आफ्रनो आम्दानीको ८० प्रतिशत करको रुपमा बुझाउनु पर्दथ्यो।
८३..अमेरिकी स्वन्त्रताको क्रममा महत्वपुर्ण योगदान पुर्याउने व्यक्ती सेमुअल एडम्स,जोन एडम्स,थोमस पेन थिए।
८४..प्रथम विश्वयुद्घको परिणम स्वरुप रुसमा लेलिनको साम्यवाद,जर्मनीमा हिटलरको नाजीवाद,इटालिमा मुसोलिनीको अत्याचारी शासन,स्पेनमा फ्राङ्कोको सैनिक शासन को उदय भएको थियो।
८५..सन १९४९ मा उत्तर अटलान्टीका सन्धिसंगठन को स्थापना भएको हो
भारतमा प्रथम व्रिटिस भायसराय लर्ड क्यानिङ थिए।
८६..प्राचिन सभ्यताहरुको विकाश नदी कीनारामा भएको पाइन्छ
८७..म्याग्नाकार्टाको परिणम स्वरुप प्रचलनमा आएको रिट बन्दीप्रत्यक्षीकरण हो।
८८..म्याग्नाकार्टा सन १२१५ जुन १५ मा जारी भएको हो।
८९.. यान्त्रीक क्रान्ती औधौगिक क्रान्तीको अर्को नाम हो।
९०.. भ्रष्ट्र चर्चलाइ नष्ट गरिदेउ यो भनाइ भोल्तेयरको हो।
९१.. फ्रान्सको राज्यक्रान्तीको नारा समानता,स्वतन्त्रता र बन्धुत्व थियाे।
९२.. म नै राज्य हु भन्ने राजा लुइ १४ औ हुन।
९३.. अमेरिकी स्वन्त्रत संग्रम सन १७७५ बाट १७८३ सम्मको अवधिमा भएको थियो।
९४.. अमेरिकी स्वतन्त्रताको घोषणपत्रलाइ मान्यता दिने पहिलो राष्ट फ्रान्स हो।
९५.. रुसका अन्तिम राजा निकोलस द्घितिय थिए।
९६.. रुसको अक्टोवर क्रान्ती लेलिनको नेतृत्वमा भएको थियो।
९७..प्रथम विश्वयुद्घमा नेपालले वेलायतलाइ सहयोग गरेको थियो।
९८..हिटलरको चर्चित आत्मकथाको नाम मेरो संर्घष हो।
९९..प्रथम विश्वयुद्घमा सबैभन्दा नराम्रोसंग प्रभावित भएको राष्ट जर्मनी हो।
१००..भर्सायलको सन्धीमा १५ भाग ४३९ धारा रहेका थिए।
१०१..द्घितिय विश्वयुद्घ ६ वर्ष सम्म चलेको थियो।
१०२..अमेरिकाले जापानको नागासाकिमा अणु वम सन १९४५ अगष्ट ९मा खसालेको थियो।
१०३.. हालसम्म १३ नेपाली सैनिकले भिक्टोरीया क्रस पाएका छन।
१०४..द्घीतीय विश्वयुद्घमा सर्बैभन्दा पछि आत्मसर्मपण गर्ने राष्ट जापान हो।
१०५.जलियाबाला बाग हत्याकाण्ड सन १९१९ अप्रिल मा भएको थियो।
१०६..विश्वको सबैभन्दा पुरानो सभ्यता मिश्रको सभ्यता मानिन्छ।
१०७..इतिहासका पिता हेरोडोटस हुन।
१०८..फ्रान्सको संसद स्टेट जनरल ३ सदनात्मक थियो।

बोनस ३० प्रश्न: 
बिश्वको इतिहासबाट हालसम्म सोधिएका प्रश्नहरू:-
1) प्रथम बिश्वयुद्दमा भिक्टोरिया क्रस पाउने नेपाली को हुन ? = कुलबिर थापा (शा.अ.प्रा 2067 ,2062)
2) बेलायतका राजा र तत्कालीन संसदबिच भएको अधिकार पत्र(megncarta) मा कहिले हस्ताक्षर भएको हो ? - स.न 1215 जुन 15( शा.अ.2067)
3) रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ती हुने थिएन भन्ने ब्याक्ती को हुन ? - नेपोलियन (शा.अ.2063,2067)
4) लिओनार्दा भिन्ची कुन कालसङ्ग संबंधित छ्न ? -पुनर्जागरण (शा.अ.प्रा-2066)
5) युरोपमा कला साहित्यको बिकास कुन कालमा भएको हो ? – पुनर्जागरण काल (शा.अ.प्रा 2066)
6) दोस्रो बिश्वयुद्दमा जापानीहरुले पर्लहावरमा कहिले हमला गरेका थिए ? – स.न 1941 (शा.अ.प्रा-2066)
7) भारतमा चर्खा आन्दोलन कहिले भएको थियो ? – स.न 1920 (शा.अ.प्रा-2066)
8) shinning patha कुन देशको आतंककारी संगठन हो ? - पेरु (शा.अ.प्रा2066)
9)दोस्रो बिश्वयुदताका बेलायताका प्रधानमन्त्री को थिए ? – चर्चिल (शा.अ.प्रा 2065)
10) बिश्वमा पहिलोपल्ट परमाणुबम कहिले खसालियो ? – 1945 जापान (शा.अ.प्रा-2065)
11) म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक को हुन ? – लुइ चौधौं (शा.अ.प्रा2065)
12) बिश्वका सात आश्चर्यमध्य सबैभन्दा बढी मत कसले पाएको थियो ? =ताजमहल (शा.अ.प्रा-2064)
13) पुनर्जागरण कालमा छापाखानाको सुरुवात कुन देशबाट भएको हो ? -चीन (शा.अ.प्रा 2064)
14)म्याग्नाकार्टा भन्नाले कुन काललाइ बुझाउछ ? -मध्यकालको अन्त्य र आधुनिक कालको सुरुवात (शा.अ.2063)
15)म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?– स.न 1215 मा जारी भएको बेलायती नागरिकको स्वतन्त्रता को प्रथम बडापत्र (शा.अ.प्रा 2058,2063)
16) सबैभन्दा पुरानो मानव सभ्यता कुनलाइ मानिन्छ ? – मिश्रको सभ्यता (शा.अ.प्रा 2062)
17)प्रथम बिश्वयुद्दपश्चात् …… नाम गरेको विश्व सस्था स्थापना भएको थियो ? =रास्टसङ्घ (शा.अ.प्रा-2058)
18)प्राचीन मिश्रका राजा को थिए ? =रामासेस दितिय (शा.अ.प्रा 2058)
19)फ्रान्समा राज्यक्रान्ती हुदा त्यहाको संसदको नाम के थियो ? -स्टेट जनरल (शा.अ .प्रा 2061)
20) भारतीय रास्टिय आन्दोलनलाई तीन चरण मा बाडिन्छ ,कुन क्रम ठिक छ ? 
=उदारबादि युग ,उग्रवादी र गान्धीबादी युग (नासु 2069)
21) रुसको सन 1917 को अक्टोबर क्रान्ती कुन पार्टी / नेताको नेतृत्वमा भएको हो ? =बोल्सेभिक /लेलेनी (नासु 2070)
22)अ्मेरिकाले औपचारिक रुपमा इराक युद्द अन्त्य भएको घोषणा कहिले गर्यो ? = 2011 डिसेम्बर 15 (नासु 2070)
23) फ्रान्सको राज्यक्रान्तिका समयमा त्यहा राजा को थिए ? = लुइ सोह्रौ (शा.अ.प्रा 2062, पाटन सङ्ग्रालय सहायक 2071)
24)महात्मा गान्धिको हत्या कहिले भएको हो ??
 -सन 1948 जनवरि 30 (खरिदार 2068)
25) बहाइ धर्म कसले ,कहिले ,कहाबाट सुरु गरेका थिए ? =बहुउल्लाहले 19औ शताब्दी मा पर्सियाबाट ,
26) भारत छोड आन्दोलन गान्धी को नेतृत्वमा कहिले भयो ? =सन 1942 (नासु 2070)
27) विश्व इतिहासमा मानबधिकारको सम्बन्धमा पहिलो लिखित दस्ताबेज केलाइ मानिन्छ ?
– मानबधिकारको बिश्वब्यापी घोषणा पत्र (शा.अ.प्रा 2070)
28) दोस्रो बिश्व युद्दको अन्त्यसङ्गै बिभाजन भएको कुन मुलुक शीत युद्दको अन्त्यसङ्गै पुन :एकीकरण भयो ? = जर्मनी (शा.अ.प्रा 2070)
29) सत्ताका लागि कस-कसका बिचमा संघर्ष भएपस्चात सन 1215 मा बेलायत स्वतन्त्रता को अधिकार पत्र उत्त्पन्न भयो ?
=राजा र धर्मगुरु (शा.अ.प्रा 2068)
30) युरोपमा पुनर्जागरण कहाबाट सुरु भयो ? -इटाली (शा.अ.प्रा. 2068)
31) जापानको नागासाकी र हिरोसिमामा बम कहिले खसालिएको थियो ?
= हिरोसिमामा 1945 अगस्ट 6 र नागासाकिमा अगस्ट 9(सा.अ प्रा 2060)

 भाग ५ नेपालको इतिहास:-

१०९..हिन्दुधर्म अनुसार भुक्तमान नेपालको पहिलो राजा मानिन्छन भने बौद्घ धर्म अनुसार पहिलो राजा धर्माकर हुन।
११०..गोपालराज बंशावली जयस्थिती मल्लको पालामा तयार गरिएको हो।
१११.. ३ जना आभिरवंशी राजा वर सिंह,जय सिंह,भुवन सिंहले १११ वर्ष शासन गरे।
११२..गोदावारीको १२ वर्षे मेला राजा निमिषले चलाएका हुन।
११३..नेवारी भाषामा च्यासलको अर्थ आठ सय हुन्छ।
११४..बोधिसत्वको अवतार मानिने राजा अंशुवर्मा हुन।
११५..बैरागी जात्रा जुम्लामा प्रचलित छ भने सिकाली जात्रा ललितपुरमा प्रचलित छ।
११६..नेपालमा द्घैध शासनको थालनी बसन्तदेवको पालामा भएको थियो।
११७..राजाको उत्तराधिकारी घोषणा गर्ने नियम राजा अंशुवर्माले चलाएका हुन।
११८..लिच्छविकालीन आकाशको पूर्णचन्द्र भनेर नरेन्द्रदेवलाइ चिनिन्छ।
११९..लाखे जात्रा,कृष्ण जात्रा,हिले जात्रा,श्रृङ्गाभेरी जात्राको चलन चलाउने राजा गुणकामदेव हुन।
१२०.. अंशुवर्माको बहिनीको नाम भोगदेवि हो।
१२१..लिच्छविकालमा ललितपुरलाइ युपग्राम भनिन्थ्यो।
१२३.. रातो मच्छीन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा वरदेव हुन।
१२४.. किर्तीपुरमा शिवदेव प्रथमले,कान्तीपुरमा गुणकामदेवले,भक्तपुरमा आनन्ददेवले,ललितपुरमा वरदेवले बस्ती बसालेका हुन।
१२५..लिच्छवीकालमा अमात्य भनेर मन्त्रीलाइ,सामन्त भनेर प्रशासकलाइ,गौल्मिक भनेर सेनानायकलाइ,भट भनेर सिपाहिलाइ,प्रधान भनेर ग्राम प्रशासकलाइ चिनिन्थ्यो । मल्लकालमा देवानी र फौजदारी सुरु मुद्दा हेर्ने न्यायिक निकायलाइ कोटलिङ्ग भिनिन्थ्यो।
१२६.. बलाजुको २१ धारा जयप्रकाश मल्लले बनाएका हुन।
१२७.. पाल्पाका अन्तिम राजा पृथ्वीपाल सेन हुन भने तनहुका अन्तिम राजा हर कुमार दत्त सेन हुन।
१२८..साखुको बज्रयोगिनीको मन्दिर प्रताप मल्ले बनाएका हुन।
१२९..तीर्थ जादा बाटैमा मर्ने राजा भूपालेन्द्र मल्ल हुन भने प्रजा मर्दा छाक छाड्रने राजा महिन्द्र मल्ल हुन।
१३०..भुङ्गती मल्लकालको प्रशासकिय एकाइ हो।
१३१..रुद्रमल्ले शासन गर्ने दरबारलाइ युथुनियम भनिन्थ्यो।
१३२..संहिता पाठ नामक हस्तलिखित ग्रन्थका रचनाकार यक्ष मल्ल हुन।
" शरणको मरण गर्नु हुदैन "भन्ने राजा रणजित मल्ल हुन।
१३३.." जबसम्म मेरो शालिक माथि रहेको चरा उडेर जादैन तबसम्म मलाइ जीवीत नै सम्झनु" भन्ने राजा योगनरेन्द्र मल्ल हुन।
१३४..मल्लकालमा चौतारा भनेर प्रधानमन्त्रीलाइ चिनिन्थ्यो।
१३५..अभागी राजा भनेर जयप्रकाश मल्ललाइ चिनिन्छ भने अयोग्य राजा भनेर राजेन्द्रलाइ चिनिन्छ।
१३६..विजय जात्राको चलन मानदेवले चलाएका हुन भने सेतो मछिन्द्रनाथको रथयात्रा प्रताप मल्लले चलाएका हुन।
१३७..सम्यक पुजा पृथ्वीनारायण शाह ले चलाएका हुन।
१३८..युद्घमा गएका सेनका मृत्यु भएमा तिनका छोराछोरीलाइ योग्य नहुञ्जेसम्म" जीबन निर्वाहको लागि जग्गा जमिन दिने पृथ्वीनारायण शाहको नितीलाइ मरमट नीती भनिन्।
१३९.. कालुपाण्डेले किर्तीपुरमा,तुलाराम पाण्डेले कान्तिपुरमा,नयनसिंह थापा ले अल्माडामा विरगती प्राप्त गरेको थिए।
१४०.. राणाहरुलाइ ए,बी र सी क्लासमा विभाजन गर्ने राणा प्रधानमन्त्री चन्द्रसम्सेर गरेका हुन।
१४१..राणाकालमा सुन,चादी,आभूषण सम्बन्धी कार्य कलेड चोक ले गर्दथ्यो।
सुगौलि सन्धि भीमसेन थापाको भएको थियो।
१४२.. "म मरे भने केही हुन्या छैन तर भिमसेन मर्यो भन्या देश डुबन्या छ "यो भनाई रणबहादुर शाहको हो।
१४३.. नेपालमा राणा शासनको विरोधमा जयन्तु संस्कृतम आन्दोलन वि.स २००४ आषढ १ शुरु भएको थियो।
१४४.. नेपाली सेना तथा ने.क.पा माओवादीका सेना तथा हतियार व्यवस्थापनका संयुक्त राष्टसंघको सहभागीता सम्बन्धमा नेपाल सरकार ने.क.पा माओवादी र संयुक्तराष्ट संघ बीच त्रिपक्षीय सम्झौता वि.स २०६३ मसिर २२ मा भएको हो।

 ...भाग ६ नेपालको सामाजिक सास्कृतिक अवस्था:

१४५..दास प्रथाको अन्त्यपछि करियाबाट अमलेख पाएकालाइ भुजेल थर दिइएको थियो।
१५६..पशुपतिमा शिवलाइ बुद्धको मुकुट पहिर्‍याउने चलन छ।
१४७..भूमि सम्बन्धी ऐन २०२१ जग्गालाइ ४ भागमा बाडेको छ।
१४८..मोहियानी हकको अन्त्य २०५३ पौष २४ गते भएको हो।
१४९..जन्मकैद २० वर्षको हुन्छ।
१५०.. अनुलोम र प्रतिलोम बिवाहसंग सम्बन्धीत छन।
१५१..पाल्की बोक्ने जाती भनेर झागडलाइ चिनिन्छ।
१५२..चौध वर्षसम्म भरतले राज्य गरेको ठाउ नन्दी ग्राम हो।
१५३.. गाइजात्रालाइ नेपाल भाषामा सापारु भनिन्छ।
१५३..रामचन्द्रका मित सुग्रिव थिए।
१५५.. योगशास्त्रका प्रवर्तक पतन्जली हुन।
१५६..गणगौर पुजाको अर्को नाम सौभाग्य सुन्दरी व्रत हो।
१५६.. धवला चाड व्यासी जातीसंग सम्बन्धीत छ।
१५७..मुस्लीमहरुको सबैभन्दा ठूलो तीर्थस्थल मक्का र मदिना साउदी अरवमा छन
१५८..गौरा पर्वमा विरुडा खाने चलन छ।
१५९.. हिन्दु धर्ममा ४ आश्रमहरु रहेका छन।
१६०..सबैभन्दा धेरै श्लोक भएको पूराण स्कन्धपुराण हो।
१६१..गायत्री मन्त्रमा सुर्य देवताको प्रशंसा गरिएको छ।
१६२..पञ्चकन्या अन्तर्गत अहिल्या,द्रौपदी,कुन्ती,तारा,मन्दोदरी पर्दछन।
१६४..मुस्ताङी राजा जिग्मे परवल विष्ट ल्होपा जातिका थिए।
१६५..हुक्का हुक्की पर्व राजवंशी ले मनाउदछन।
१६६..थारु जातीका गाउका प्रमुखलाइ भलमन्सा भनिन्छ।
१६७..सपथ खादा दुबो र ढुङ्गो लिएर सपथ खाने चलन लिम्बु जातीमा छ।
१६८.. झर्रोवादी आन्दोलन २०१३ सालमा भएको थियो।
१६९.. मैथली भाषको लिपी तिरहुता लिपी हो।
१७०..नेपाली भाषकोृ भाषा साहित्यमा अध्ययन गर्ने पहिलो विदेसी जोन विम्स हुन।
१७१.. झागड भाषा द्रविड भाषा परिवारमा पर्दछ।
१७२..नेपालका माइकल एन्जेलो भनी बेखाराज शाक्य लाइ चिनिन्छ
१७३..पुरातात्विक संग्रहलय कपिलवस्तुमा रहेको छ।
१७४..गुरुङहरुको घरको भित्तामा कोर्ने विभिन्न प्रकारका चित्रहरुलाइ पुराती चित्र भनिन्छ।
१७५..ग्रन्थ चित्रको उत्कृष्ट नमुना प्रज्ञा पारमिता हो।
१७६..नेपालमा काष्ठकलाको उच्चतम विकास मल्लकालमा भएको हो।
१७७..नेपालमा प्यागोडा शैलिको शुरुवात १३ औ शताव्दी मा भएको हो।
१७८..महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको एकमात्र उपन्यास चम्पा हो।
१७९..पुरातत्व विभागको स्थापना २००८ सालमा भएको हो।

 भाग ७ नेपालको आर्थिक अवस्था:-

१८०..नेपालमा सबैभन्दा धेरै कृर्षि उत्पादन पूर्वाञ्चल विकासक्षेत्रमा हुन्छ।
१८१..राष्टिय कृर्षि नीति २०६१ ले कृषि कार्यक्रमहरुको सञ्चालनमा महिला संलग्नता ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ।
१८२..धनकुटामा एभोकाडो फलको व्यवसायिक खेति गरिएको छ।
१८३..एक विगाहमा १३.३१ रोपनी हुन्छ।
१८४..नेपालमा यार्सागुम्बा सर्वप्रथम सन १९५२ बाट जुम्लामा टिपीएको थियो।
१८५..नेपालमा कृषि पर्यटन कार्यक्रम कास्कीको लेखनाथमा कार्यान्वयन गरिएको छ।
एक गाउ एक उत्पादन कार्यक्रम जापानबाट शुरु भएको हो भने थोपा सिंचाइ प्रणालीको शुरुवात इजरायल वाट भएको हो।
१८६..No work No pay निती औधोगिक नितीसंग सम्बन्धी छ।
१८७..एकद्घार समितीको संयोजक उधोग विभागको महानिर्देशक हुने व्यवस्था छ।
१८८..उदयपुर सिमेन्ट कारखानाको निर्माण जापान को सहयोगमा भएको हो।
१८९..पब्लिक कम्पनी स्थापनको लागि कम्तीमा ७ जना संस्थापक हुनुपर्ने व्यवस्था छ।
१९०..नेपालमा सर्वप्रथम निजी क्षेत्रलाइ विक्री गरिएको सस्थान चण्डेश्वरी टेक्साटयल हो।
१९१.. नेपालमा हाल वाणिज्य नीती २०७२ लागू भएको छ।
१९२.. नेपालको तयारी पोशाकको सबैभन्दा ठूलो अन्तराष्टीय बजार अमेरिका हो।
१९३..नेपालसंग विप्पा सम्झौता गरेको पहिलो राष्ट फ्रान्स हो।
१९४..नेपाल एकिकृत व्यापार रणनीतीले तुलनात्मक लाभका वस्तु भनि १९ वस्तु तोकेको छ।
१९५..नेपाल विश्व व्यापार संगठनको सदस्य सन २००४ अप्रिल २३ मा भएको हो।
१९६..नेपालमा हाइ अल्टिच्युड स्पोर्टस् ट्रेनिङ सेन्टरको स्थापना दोलखामा गरिएको छ।
१९७.. सन १९९८ लाइ नेपाल भ्रमण वष,सन २००२ लाइ गन्तव्य नेपाल वष,सन २०११ लाइ नेपाल पर्यटन वर्ष, र सन २०१२ लाइ लुम्वीनी भ्रमण वर्षको रुपमा मनाइयो।
१९८..पर्यटन मन्त्रालयको स्थापन २०३३ सालमा भएको हो।
१९९..त्रिभूवन राजमार्गले २१ जिल्लालाइ छोएको छ।
२००..पुर्व पश्चिम राजमार्गको सबैभन्दा अग्लो भाग बाकेको पुस्मा हो भने सबैभन्दा होचो भाग सुनसरीको इटहरी हो।
२०१.. नेपालमा रेल विभागको स्थापना वि.स २०६७÷६८ मा भएको हो।
२०२.. क्याट आइ भन्नाले राजमार्गमा राती टल्किने बत्तीलाइ बुझिन्छ।
२०३..नेपाल राजपत्रमा ६ भाग छन।
२०४..नेपालमा प्राथमिक शिक्षा निशुल्क गर्ने निर्यण २०३१ फागुन १२ मा भएको हो।
२०५.. पुस्तक चिताई तहबिल गीवार्णयुद्धको पालामा भएको हो।
२०६..नेपालमा झाडापखला रोग नियन्त्रण २०४० देखि सञ्चालन भएको हो।
२०७..नेपाल सरकारले आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको पहिलो जलविधुत आयोजना सुन्दरीजल हो।
२०८..सान्जेन जलविधुत आयोजना रसुवा जिल्लमा पर्दछ।
२०९..राष्टिय योजना आयोगको माताहतमा रहेको एकमात्र विभाग केन्द्रिय तथ्याङ्रक विभाग हो।
२१०..वैदेशिक सहयोगमा सञ्चालनमा सञ्चालन पहिलो कार्यक्रम त्रिभूवन ग्रामिण विकास कार्यक्रम हो।
२११..प्रथम योजनामा सबभन्दा बढी रकम यातायात तथा सञ्चार क्षेत्रमा विनियोजन गरिएको थियो।
२१२..नवौ र दशौ योजनामा दोहोरिएको एकमात्र उद्धेश्य गरिबी निवारण हो।
२१३..नेपाल राष्ट बैङ्कको स्थापना हुनुभन्दा पहिले सदर मुलुकी खानाले नोट निष्काशनको काम गर्र्दथ्यो।
२१४..विश्वको सबैभन्दा सफा नोट अमेरिका को छ भने सबैभन्दा भद्दा नोट ताईवानको रहेको छ।
२१५..नेपालमा हाल सञ्चालित शासकिय कार्यक्रम एसीयाली विकाश वैङ्कको सहयोगमा सञ्चालित कार्यक्रम हो।
२१६..राष्टिय गौरवका आयोजनाहरु २१ रहेका छन।

 भाग 8 विज्ञान प्रविधि र स्वास्थ्य सम्बन्धी:

२१७.. आइस्टाइनले भौतिकशास्त्र तर्फको नोवल पुरस्कार सन १९२१ म प्राप्त गरे।
२१८..सूर्यमा ७ रंग हुन्छन भन्नेकुरा इन्द्रेणी र वर्णपटबाट प्रस्ट पार्ने बैज्ञानिक न्यूटन हुन।
२१९..सर्वप्रथम सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका पत्ता लगाउने वैज्ञानिक आर्किमिडिज हुन।
२२०..चन्द्रमाको आफ्नै प्रकाश हुदैन भनी ग्यालिलियो ले पत्ता लगाएका थिए।
२२१..अपूर्ण चापको सिद्धान्त जोन डाल्टनको हो।
२२२..चाल्र्स डार्विनले ग्याला पागोस टापुमा वसी जीवहरुको अध्ययन गरेका थिए।
२२३..वैज्ञानिकका पनि वैज्ञानिक भनेर थोमस एल्वा एडिसनलाइ चिनिन्छ।
२२४..म्याडम क्यूरीको जन्म सन १८३७ मा पोल्याण्डमा भएको थियो उनले सन १९११ मा रसायन शास्त्रको नोवल पुरस्कार जितेकि थिइन।
२२६..क्लोरीन माइकल फाराडेले पत्ता लगाएका हुन।
२२७..वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व राडन हो।
२२८..हामिले खाने नुनको रसाएनिक नाम सोडियम क्लोराइड हो।
२२९..व्लड ग्रुप ए,वी,एवी,र ओ गरी चार प्रकारका हुन्छन।
२३०..सूर्यमूखि फूल अक्सिन को कारणले गर्दा सूर्यतिर फर्केर फुल्छ।
२३१..अश्रुग्यासमा क्लोरोपिक्रिन रसायन हुुन्छ।
१ हर्स पावर मा ७४६ वाट हुन्छ।
२३२..चिकित्साशस्त्रका पिता भनेर हिपोक्राईटिस लाइ चिनिन्छ।
२३३..स्टिम इन्जीनका आविश्कारक जेम्सवाट हुन।
२३४..समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाइ फाथोमिटर भनिन्छ।
२३५..नेपालमा सर्वप्रथम टेलिफोनको शुरुवात वि.स १९७० वाट भएको हो।
२३६..नेपालमा जिरो इनर्जी हाउस पुल्चोक ललितपुरमा रहेको छ।
२३७..नेपालमा गोवर ग्यास प्लान्टका लागि जर्मनी ले अनुदान सहयोग उपलव्ध गराउदै आएको छ।
२३८..कसैको हातमा छ ओटा औला हुनु नवजात शिशुमा हात नहुनु उत्परिवर्तनको कारणले हो।
२३८..शरीरका आंग प्रयोगमा नल्याएमा लोप हुदै र परिर्वन हुदै जान्छन भन्ने सिद्धान्त लेमार्क को हो।
२३९..दादुरा मिजल्स भाइरसको कारणले लाग्दछ।
२४०.. पानीमा घुल्ने र धेरै तातोमा नष्ट हुने भिटामिन सी हो।
२४१..फुकेनास रोग प्रोटिनको कमिले लाग्ने गर्दछ।
२४२..ब्ल्याक बक्स हवाइजहाजको उडानको तथ्याङ्रक र आवाजलाइ ग्रहण गर्ने यन्त्र हो।
२४३..नेपालको पहिलो टेष्टट्युव बेबी ओममणी तामाङको जन्म २०६१ फागुन २० मा भएको हो।
२४४..भिटामिन ए को रसाएनिक नाम रेटिनोल हो भने भिटामिन सी को रसाएनिक नाम एस्कर्विक एसिड हो
२४५..ध्वनीको तिव्रतालाइ डेसिवलमा नापिन्छ।
२४६..अन्तरीक्षमा बसाइने प्रस्तावित शहरको नाम ओल्गा हो।
२४७..टुकिमारा घरेलु सौर्य विद्युत प्रणालीसंग सम्बन्धीत छ।
२४८..इवोला भाइरसले कलेजोमा सबैभन्दा बढी असर गर्दछ।
२४९..नेपाल रेडक्रस सोसाइटीको स्थापना वि.स २०२० सालमा भएको हो।
२५०..फ्रिजमा एमोनिया ग्यास हुन्छ।
२५१..टेलिभीजनको आविश्कार जे.एल.वेर्यडले गरेका हुन।

 भाग ९ पारिस्थतिक पद्धति र वातावरण:-

२५२..सर्वप्रथम ईकोलजी शव्दको प्रयोग अनेष्ट ह्याकेलले गरे भने इको सिस्टमको प्रयोग ए.जी टान्स्लीले गरेका हुन।
२५३..माटोमा रहेको नाइट्रोजन नाश हुने प्रक्रियालाइ सेडिमेन्टेसन भनिन्छ।
२५४..सन १९८७ मा प्रस्तुत ब्रुटल्याड आयोगको प्रतिवेदनको शिर्षकको नाम हाम्रो साझा भविष्य रहेको थियो।
२५५..एजेण्डा २१ मा १२० बटा कार्ययोजना समेटिएका थिए।
२५६..विश्व संरक्षण संघको स्थापना सन १९४८ मा भएको हो।
२५७..नेट नेपाल भनेको नेपालको दिगो विकास सम्बन्धमा सूचना प्रवाह गर्ने उद्धेश्यले .इसिमोडले इन्टरनेट मार्फत सञ्चालन गरेको कार्यक्रम हो।
२५९..दिगो विकाश को अवधारणालाइ नेपालले आठौ योजना देखि लागू गरिएको छ।
२६०..नेपालमा कवुलिएती वनको अवधारणा २०४९/५० बाट आएको हो।
२६१..नेपालमा सबैभन्दा बढी घासेमैदान हिमाली क्षेत्रमा रहेको छ।
२६२..सदर चिडियाखानाको स्थापन वि.स १९९८ मा भएको हो।
२६३..सन २०२२ सम्ममा नेपालमा वयस्क वाघको संख्या २५० पु¥याउने लक्ष्य छ।
२६४..विश्वमा नपाइने ८ प्रकारका पुतली नेपालमा पाइन्छन।
२६५..छाडा गाइ थुन्ने घरलाइ काञ्जी हाउस भनिन्छ।
२६६..नेपालमा सबैभन्दा वढी हाब्रे पाइने जिल्ला ताप्लेजुङ हो।
२६७..पार्क एण्ड पिपुल प्रोजेक्ट कार्यक्रम आरक्ष नजिकका मानिसलाइ जंगली जीवजन्तुवाट हुनसक्ने हानी कम गर्नु संग सम्वन्धीत रहेको छ।
२६९..विश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यका मकालु बरुण राष्टिय निकुञ्जमा पर्दछ।
२७०..वातावरण विदका अनुसार वातावरणीय सन्तुलन कायम राख्न कम्तीमा ४३ प्रतिशत भूमि वनजंगलले ढाकेको हुनु पर्दछ।
२७१...जलवायू परिवर्तन सम्बन्धी ग्रेजुएट सम्मेलन २०६७ मा काठमाण्डौ मा सम्पन्न भयो।
२७२..अम्ल वर्षा भएको भनि पत्ता लगाउने वैज्ञानिक रर्वट राङ्गस स्मिथ हुन।
२७३..कोप २२ सम्मेलन मोरक्कोको मर्राकेसमा सन २०१६ मा सम्पन्न भयो ।नेपालबाट वातावरण मन्त्री जयदेव जोशी सहभागी भएका थिए।
२७४..मानव तथा जिव समूह नामक कार्यक्रम चलाउने संस्था युनेस्को हो।
२७५..केन्यामा ग्रिनबेल्ट मोभमेन्ट चलाएबापत नोवल पुरस्कार प्राप्त गर्ने महिला बाङ्मारी माथाइ हुन।
२७६..रातदिन अक्सीजन दिइरहने विरुवा तुलसी हो।
२७७..हेल्सिन्कीमा वातावरणीय भविष्य सम्बन्धी अन्तराष्टिय सम्मेलन सन १९७१ मा भएको थियो।
२७८..युएन इपी को स्थापना सन १९७२ डिसेम्वर १५ मा भएको हो।
२७९.. अर्थ वाच वातावरण संग सम्वन्धीत छ।
२८०..मेघा पाटेकार नर्मदा बचाउ आन्दोलनकी अगुवा हुन।
२८१..वातावरण क्षेत्रको नोवल पुरस्कार भनेर गोल्डम्यान पुरस्कारलाइ चिनिन्छ।
२८२..वि.स २०१३ मा निजी वनलाइ राष्टियकरण गरियो।
२८३..नेपालमा छैठौ योजना देखि वातावरण र भूउपयोग नितीलाइ अंगिकार गरिएको छ।
२८४..पृथ्वी दिवश हरेका वर्ष अप्रिल २२ मा मनाइन्छ।
२८५..जैविक विविधता सूचना केन्द्र टिकौली चितवनमा रहेको छ भने अन्तराष्टिय पर्वतिय उद्यान नुवाकोटको ककनी मा रहेको छ।
२८७..रुखका पातहरु हल्लीदा १० डेसिवलको ध्वनी उत्पन्न हुन्छ।
२८८..विश्बको जनसंख्या सन २०११ अक्टोवर ३१ म ७ अर्व पुगेको हो।
२८९..नेपालमा शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता बनाउनु पर्ने कानूनी व्यवस्था रहेको छ।

बोनस:- पारिस्थितिक पद्दती र वातावरण सम्बन्धी (१०० वटा प्रश्नोत्तर)
१ जैबिक बिबिधता सम्बन्धी सन्धी कुन सम्मेलनमा प्रस्तुत गरियो ? – रियो सम्मेलन (नासु २०७०)
२ पातहरु हल्लिदा कति डेसिबल ध्वानी उत्पन्न हुन्छ ? -१० डेसिबल (नासु २०७०)
३ जटाँयु रेष्टुराँ भनेको के हो ? – गिद्ध संरक्षण र सम्बर्द्दन गर्ने कार्य (नासु २०६९)
४ सन १९८७ मा ब्रुट्ल्याण्ड कमिसनले पेस गरेको प्रतिबेदनको नाम के हो ?- हाम्रो साझा भविष्य (नासु २०६९)
५ जैबिक बिबिधतामा नेपाल बिश्वको कतिऔ स्थानमा छ ? -२५ औ (खरिदार २०७०)
६ नेपालमा कति प्रजातिका चराहरु संरक्षित गरिएका छन ? – ९ प्रजाती (खरिदार २०६८)
७ सर्बप्रथम एडस कुन महादेशमा पत्ता लागेको हो ?– अफ्रीका (खरिदार २०६८)
८ जनगणना २०५८ अनुसार नेपालमा महिला र पुरुषको अन्तर कति थियो ? -२३,५८१ (खरिदार २०६८)
९ ग्रीन पिसको स्थापना कहिले भएको हो ?– सन १९७१ (खरिदार २०६८)
१० ओजन तह पृथ्विको सतहबाट कति माथी रहेको छ ? -२५ देखी ४० किमि सम्म(खरिदार २०६८)
११ पृथ्वी दिवस कहिले मनाइन्छ ? – अप्रील २२ (खरिदार २०६८)
१२ सबैभन्दा पछि स्थापना गरिएको राष्ट्रीय निकुञ्ज कुन हो ? – बाँके राष्ट्रीय निकुञ्ज (शाखा अधिकृत २०७०)
१३ जैविक विविधतालाई कति भागमा बिभाजन गरिएको छ ? – ३ (खरिदार २०६९)
१४ नेपालको राष्ट्रीय जनगणना कति कति वर्षमा लिने गरिन्छ ? – प्रत्येक १० वर्षमा ( खरिदार २०७०)
१५ मानव शरिरमा रातो रक्तकोषको कमिले कुन रोग लाग्दछ ? – रक्तअल्पत्ता (खरिदार २०६९)
१६ भिजन २००५ के संग सम्बन्धित छ ?– पर्यटन (नासु २०७१)
१७ युरो -१ के संग सम्बन्धित छ ?– सवारिसाधन (नासु २०७१)
१८ नेपालमा संरक्षित,स्तनधारि,बन्यजन्तुको सङ्ख्या कति छ ? -२७ (नासु २०७१)
१९ तलका मध्ये कुन चाँहि दिगो विकासको अबधारणा होइन ?
क गुणस्तरिय विकास/ख अन्तरपुस्ता समन्याय/ ग टिकाउ विकास/घ सहस्राब्दी विकास ..= उत्तर:- सहस्राब्दी विकास (नासु २०७१)

पारिस्थितिक पद्धति
:
२० कुनै पनि वातवरणमा रहेने विभिन्न समुदाय तथा वातावरणवीचको अन्तरसम्बन्धलाई के भनिन्छ ?– पारिस्थिक पद्धति
२१ पारिस्थितिक पद्धतिका ३ प्रमुख जैविक तत्वहरु:-– उत्पादक/– उपभोक्ता– विच्छेदक
२२ कुनै पनि पारिस्थितिक पद्धतिमा भएका सम्पुर्ण हरिया वनस्पतिहरु, जसले आफुलाई चाहिने खाना आफैं बनाउछन, त्यस्ता वनस्पतिलाई के भनिन्छ ? -उत्पादक
२३ उत्पादक तथा अन्य जीवहरुलाई आफ्नो खाद्य पदार्थको रुपमा प्रयोग गर्ने सम्पुर्ण साकाहारी तथा मांसाहारी जनवारलाई के भनिन्छ ? – उपभोक्ता
२४ उत्पादक र उपभोक्ताको मृत शरिरलाई कुहाएर माटोमा मिलाउने कार्य गर्ने सुक्ष्म जीवाणुलाई के भनिन्छ ?– विच्छेदक
२५ जलिय र स्थलिय पारिस्थितिक पद्धति गरि २ भागमा वर्गिकरण गरिन्छ ।
२६ उपभोक्ता कति प्रकारका हुन्छन ?-३
२७ सुक्ष्म जिवाणुहरुले के प्रक्रीयाद्धरा विच्छेदनको कार्य गर्दछन ?– नाईट्रीफिकेसन र डिनाईट्रीफिकेसन
२८ नाइट्रोजनका यौगिकहरुलाई माटोमा पाइने जिवाणुहरुले विखण्डन गरि बोटविरुवाले लिन सक्ने नाइट्रेटमा परिवर्तन गर्ने प्रक्रीयालाई के भनिन्छ ? -नाईट्रीफिकेसन
२९ जीवाणुहरुले माटोमा भएका नाइट्रेटहरुलाई वायुमण्डलिय नाइट्रोजन, नाइट्रस अक्साइड, एमोनिया अक्सिजन आदिका रुपमस विच्छेदन गर्ने प्रक्रीयालाई के भनिन्छ ?– डिनाइट्रीफिकेसन
३० ब्रहामण्डमा रहेका सम्पुर्ण मानिस , जिव , निर्जिव बस्तुहरु, पशुपंक्षि, रुख विरुवा, माटो , पानी , पहाड, भुमी आदिको समष्टिगत रुप के हो ?– पर्यावरण

दिगो विकास र जैविक विविधता
:
३१ मानिसको वर्तमान आवश्यकता र चाहनाको परिपुर्तिका लागी भविष्यका पुस्ताको आवश्यकतासँग सम्झौता नगरी श्रोत साधनको सन्तुलित र बुद्धिमत्तापुर्ण उपयोग गर्नु नै…… हो ?– दिगो विकास
३२ दिगो विकासका सिद्धान्तहरु:- ® पारिस्थितिक पद्धतिको संरक्षण ® समाजको दिगो विकास ® मानविय श्रोतको विकास ® जैविक विविधताको संरक्षण ® जनसंख्या नियन्त्रण ® पृथ्विको बहन क्षमतामा ध्यान दिने ® सांस्कृतिक सम्पदाको संरक्षण ® जनसहभागितामा वृद्धी…………
३३ वातावरण तथ विकास सम्वन्धि विश्व आयोग(ब्रुटल्याण्ड आयोग) कहिले गठन भयो ?– सन १९८३
३४ जैविक विविधता कायम गर्नको लागी नेपाल सरकारले लिएको ३ महत्वपुर्ण निति हरु के-के हुन ?– वन जंगलको संरक्षण– कृषिको विविधता– सिमसार क्षेत्रको संरक्षण
३५ जैविक विविधताका प्रकारहरु:– पारिस्थितिक प्रणाली विविधता– प्रजाती विविधता– आनुवंशिक विविधता
३६ जैविक विविधताको हिसावले विश्वको सबैभन्दा सम्पन्न मुलुक कुन हो ?– इन्डोनेसिया( दोश्रोमा ब्राजिल)
३७ जैविक विविधताको दृष्टिले नेपाल विश्वको कतिऔं स्थानमा पर्दछ ?– २५ औं ( एसियाको ११ औं)
३८ विश्वमा पाईने कुल वनस्पतिको कति प्रतिशत नेपालमा पाईन्छ ?– ३%
३९ प्रकृतिको कुचिकार भन्नाले कुन जिवलाई चिनिन्छ ?– गिद्धलाई
४० नेपाल कृषि अनुसन्धान परिषद (नार्क),को राष्ट्रीय कृषी आनुवंशिक केन्द्र(जिन बैंक) को कहिले स्थापना भएको हो ?– वि•सं• २०६७ असोज २१ ( खुमलटार)

राष्ट्रीय निकुञ्ज, दुर्लभ पशुपंक्षि र वनस्पतिहरु:
४५ नेपालको सबैभन्दा ठुलो घाँसे मैदान कुन हो ? – शुक्लाफाँटा घाँसे मैदान
४६ सबैभन्दा ठुलो आरक्ष कुन हो ?– ढोरपाटन
४७ नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र कुन हो ?– मकालु वरुण संरक्षण क्षेत्र
४८ नेपालमा सर्वप्रथम स्थापना भएको राष्ट्रीय निकुञ्ज कुन हो ?– चितवन राष्ट्रीय निकुञ्ज
४९ नेपालको सबैभन्दा ठुलो राष्ट्रीय निकुञ्ज कुन हो ?– शे-फोक्सुण्डो राष्ट्रीय निकुञ्ज
५० नेपालको सबैभन्दा सानो राष्ट्रीय निकुञ्ज कुन हो ?– रारा राष्ट्रीय निकुञ्ज
५१ विश्वको सर्वच्चो स्थानमा रहेको राष्ट्रीय निकुञ्ज कुन हो ?– सगरमाथा राष्ट्रीय निकुञ्ज
५२ विश्वमा सबैभन्दा बढी गैडा कुन देशमा रहेका छन ?– दक्षिण अफ्रीका(७३%)
५३ विश्वमा लोप हुन लागेका वन्यजन्तुहरुको सूची प्रकासन गरिने प्रतिवेदनलाई के भनिन्छ ?– रेड डाटा बुक
५४ संसारको सबैभन्दा सानो चरा कुन हो ?– बी हमिङ बर्ड
५५ नेपालमा सबैभन्दा बढी प्रजातिका चरा, पुतली र माछा पाइने उपत्यका कुन हो ?– अरुण उपत्यका
५६ विश्वको कुन नदिमा माछा पाइदैन ?– जोर्डन
५७ विश्वमा हाल कति प्रजातिका बाघहरु रहेका छन ?-६ प्रजातिका
५८ वन्यजन्तुको अवैध व्यापर सम्बन्धी महासन्धी CITES को पुरा रुप के हो ?-Convention on International Trade in Endangered Species of Flora and Fauna
५९ हाँसलाई के को प्रतिक मानिन्छ ?– न्यायको
६० नेपालमा हाल कति किसिमका लाटकोसेराहरु पाईन्छन ?-१९ प्रजातिका
६१ नेपालमा पहिलो बाघ गणना कहिले गरिएको थियो ?– सन २००९ मा

जलवायु मौसम परिवर्तन:

६२ पृथ्विको वायुमण्डलको तापक्रमको वृद्धिले जल तथा वायु अर्थात वातावरणमा हुने नकारात्मक परिणामलाई …… भनिन्छ ।– जलवायु परिवर्तन
६३ जलवायु परिवर्तन ’bout विश्वको ध्यानकर्षण गराउन सगरमाथाको आधार शिविरमा कालापत्थर बैठक कहिले बसेको थियो ?– वि •सं• २०६६ मंसिर १९
६४ जलबायु परिवर्तन सम्बन्धी कोप-१९ कहाँ सम्पन्न भयो ?– पोल्याण्डको वार्सामा
६५ सिसाको बाकसभित्र सूर्यको ताप प्रवेश गर्ने तर भित्रको ताप बाहिर जान नसक्ने अबस्थालाई हरितगृह प्रभाव भनिन्छ भनेर अवधारणा कसले र कहिले ल्याएका हुन ?– बेरिन जीन फेरिएर – सन १९२६ मा

ओजन तह- वातवरण प्रदुषण- वातवरण व्यबस्थापन

६६ ओजन तह कसले पत्ता लगाएका हुन ?– जे सी फारम्यान
६७ ओजन तहले पृथ्विबाट आउने परवैजनी किरणहरुको कति प्रतिशत हिस्सा सोसेर पृथ्विमा आउन जोगाउँ छ ?-९९%
६८ ओजन तहको सुरक्षाको लागि पहिलो अन्तराष्ट्रीय सम्झौता कहिले भयो ?– सन १९८७ डिसेम्बर २४ ( मन्ट्रीयल, क्यानडा)
६९ पृथ्विमा रहेका सम्पुर्ण जैविक तथा अजैविक वस्तुहरुको सन्तुलन बिग्रन गइ मानिस, जीबजन्तु, पशुपक्षीं, वनस्पती आदिलाई बस्न तथा बाँच्न अप्ठायारो हुने अवस्थालाई नै…… भनिन्छ ।– वातवरण प्रदुषण
७० वातवरण क्षेत्रमा PPP अर्थ के हो ?-Polluter Pays Principle
७१ नेपालमा सवारी प्रदुषण मापदण्ड कहिले निर्धारण गरिएको हो ?– वि•सं• २०५६ मा
७२ संयुक्त राष्ट्र संघले कति डेसिबल सम्मको आवाजलाई सामन्य मानेको छ ?– ४० डेसिबल
७३ वातवरणिय तापक्रमको घट्दो नियम भन्नाले के लाई बुझाउछ ?– हरेक १०० मिटरको उचाँईमा ०•६° तापक्रम घटदै जाने
७४ वातवरण क्षेत्रको नोबेल पुरस्कार मानिने”गोल्डम्यान पुरस्कार” कहिले स्थापना भएको हो ?– सन १९९०
७५ एउटा वयस्क रुखले दैनिक औसत कति अक्सिजन दिन्छ ?-२•७ किलो
७६ नेपालमा औसधिजन्य वनस्पतिहरु कति उचाँईभन्दा माथी पाईन्छ ?-३,३०० मिटर
७७ कुन वनस्पतिको तेललाई हरियो तेल भनिन्छ ?– अडिर
७८ क्योटो प्रोटोकल कहिले देखी कार्यन्वयनमा आएको हो ?-सन २००५ फेब्रुवरी १६
७९ ग्लोबल-५०० पुरस्कार पाउने पहिलो नेपाली को हुन ?– डा• कृष्णकुमार पाण्डे
८० पहिलो पटक गिद्ध महोत्सव कहाँ भयो ?– तिलकपुर, नवलपरासी

जनसङ्ख्या

८१ कुनै खास स्थानमा निश्चित समयमा बसोबासरत मानिसको सम्पुर्ण सङ्ख्यालाई …… भनिन्छ ।– जनसङ्ख्या
८२ नेपालको जनगणना कहिले देखी सुरुवात भएको हो ?– वि स १९६८ देखी
८३ वि स २०६८ को जनगणनामा सबैभन्दा बढी जनसङ्ख्या कुन भौगोलिक क्षेत्रमा थियो ?– तराई(५०•२७%)
८४ जनगणना २०६८ अनुसार नेपालमा कति भाषा बोलिन्छ ?-१२३ भाषा
८५ भु-बनोट, हावापानी, माटो, वनस्पती, सेवा सुविधाहरुको उपलव्धता जस्ता कारणहरुले देशको जनघनत्वमा ठुलो प्रभाव पार्दछ ।
८६ जनगणना २०६८ अनुसार हालको वृद्धिदर कायम रहेमा नेपालको जनसङ्ख्या कति वर्षमा दोब्बर हुन्छ ?-५२ वर्ष
८८ नेपालको जनगणना इतिहासमा १०० बर्षको जनगणना भनेर कुन गणनालाई बुझिन्छ ?– २०६८ को जनगणना
# बृहत उमेर समुह अनुसार जनसङ्ख्या:—
८९ १४ बर्ष वा सो भन्दा कम :- ३४•९१%
९० १५ देखी ५९ वर्ष उमेर समुहको:- ५६•९६%
९१ ६० वर्ष वा सो भन्दा बढी :- ८•१३%

शहरिकरण

९२ सुविधा सम्पन्न ठाँउहरु सहर हुनु र सहरको मात्रा बढ्ने प्रकियालाई…… भनिन्छ – सहरिकरण
९३ जनगणना २०६८ अनुसार सहरमा बसोबास गर्ने जनसङ्ख्या कति रहेको छ ? -१७•०२% ( नगरपालिका विस्तार पश्चात हाल सहरको जनसङ्ख्या ३६•८% पुगेको छ )

अन्य थप:-
९४ प्रदुषित वातवरणबाट मानव जातिलाई बचाउन जोड दिएको हेग घोषणा कहिले भएको थियो ?-सन १९८९ मार्च ११
९५ शे- फोक्सुण्डो राष्ट्रीय निकुञ्ज कुन-कुन जिल्लामा फौलिएको छ ?– मुगु र डोल्पा
९६ वि•सं• २०६८ को जनगणना अनुसार नेपालको जनसङ्ख्या कति रहेको छ ? -२,६४,९४,५०४
९७ नेपालमा कति प्रकारका पारिस्थितिक पद्धती रहेको पाईन्छ ?– ११८
९८ हालसम्म नेपालमा कति वटा सिमसार क्षेत्र रामसार सूचिमा सूचिकृत छन ?-९
९९ अ्म्ल वर्षाको नामाकरण कसले गरेका हुन ?– रबर्ट ए• स्मिथ
१०० नेपालको जडिबुटिको भण्डार मानिने अञ्चल कुन हो ?– कर्णाली
अधिकारमा आधारित २० सवालहरु:-
➢ मानव अधिकार सम्वन्धि संयुक्त राष्ट संघीय घोषणा पत्र कहिले जारी भएको हो - सन् १९४८ डिसेम्वर १०
➢ मानव अधिकार दिवश कहिले मनाइन्छ ? - डिसेम्वर १०
➢ नागरिक तथा राजनीतिक अधिकार सम्वन्धि मानव अधिकारलाई कुन पुस्ताको अधिकार अन्तर्गत राखिन्छ ? - पहिलो पुस्ताको अधिकार
➢ आर्थिक तथा सामाजिक अधिकारलाई कुन पुस्ताको अधिकार अन्तर्गत स्विकार गरिएको छ ? - दोश्रो पुस्ताको अधिकार
➢ मानव अधिकार आयोग ऐन, २०५३ कहिले प्रकाशन भएको हो ? - २०५३ पौष २४
➢ राष्ट्रिय मानवअधिकार आयोगको गठन कहिले भएको हो ? - बि.सं. २०५७ जेठ १३ गते
➢ हाल मानव अधिकार आयोगको अध्यक्ष को रहेका छन् ? - केदारनाथ उपाध्याय
➢ राष्ट्रिय मानवअधिकार आयोगको प्रथम अध्यक्ष हुने व्यक्ति को हुन् ? - नयन बहादुर खत्री
➢ राष्ट्रिय मानवअधिकार आयोगमा कति जना सदस्य हुन्छन् ? - ५ जना
➢ सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा न्यायाधीश पदबाट अवकाश प्राप्त व्यक्ति कुन संवैधानिक निकायको अध्यक्ष बन्न पाउने संवैधानिक व्यवस्था रहेको छ ?  - राष्ट्रिय मानवअधिकार आयोग
➢ समावेशीकरणको शुरुवात सर्वप्रथम कुन देशबाट भएको हो ? - स्वीजरल्याण्ड
➢ स्वीटजरल्याण्डले समावेशीकरणको शुरुवात कहिलेबाट शुरु गरेको हो ? - सन् १८४८
➢ समावेशी प्रजातन्त्रको पक्षमा वकालत गर्ने प्रथम व्यक्ति को हुन् ? - टाकिस फोटो पाउलस (सर्वप्रथम सन् १९९७ मा)
➢ नेपालमा समावेशीकरणको सर्वप्रथम औपचारिक रुपमा चर्चा गर्ने व्यक्ति को हुन् ? - डेभिड एन गेल्नर (वेलायत) ले सन् २००० मा
➢ नेपाल हालसम्म कतिवटा मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र बनिसकेको छ ? - २२ वटा
➢ दासत्व महासन्धिको निर्माण कहिले भएको हो ? - २५ सेप्टेम्बर १९२६
➢ दासत्व महासन्धि कहिलेबाट लागू भएको हो ?  - ९ मार्च १९२७
➢ दासत्व महासन्धिको नेपाल कहिले पक्ष राष्ट्र बनेको हो ? - ७ जनवरी, १९६३
➢ दासत्व महासन्धिलाई संशोधन गर्ने आलेख १९५३ को नेपाल कहिले पक्ष राष्ट्र बनेको थियो ? - ७ जनवरी, १९६३
➢ मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र सन् १९४८ मा कति धाराहरु छन् ? - ३० धारा
➢ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ मा कति धारा छन् ? - ३१ धारा

नेपालको शैक्षिक इतिहासः
•••••••••••••••••••••••••••••••••
➤ प्राचीन शिक्षा व्यवस्था — २
➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१०
➤ आधुनिक शिक्षा सुरु — १९१०
➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२
➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७
➤ संस्कृत पाठशाला स्था.— १९३२
➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४
➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२
➤ वीर पुस्तकालय स्था.— १९५७
➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९
➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२
➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९
➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८०
➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५
➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७
➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७
➤ SLC बोर्ड गठन — १९९०/७/१६
➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४
➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३
➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९
➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १०
➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९
➤ प्रथम SLC को पूर्णाङ्क — ८००
➤ प्रथम SLC को उत्तीर्णाङ्क — २८८
➤ सर्वप्रथम ओभरसियर पढाइ — १९९९
➤ श्रेस्ता पाठशालाको स्था.— १९६२
➤ शिक्षा सम्बन्धि पहिलो बोर्ड गठन — १९९३
➤ प्रथम शिक्षा बोर्डमा सदस्य — २२
➤ शिक्षा सम्बन्धि पहिलो इस्तिहार जारी — १९९६/१०/८
➤ आधार शिक्षक प्रशिक्षण केन्द्र स्था.— २००४/२/१०
➤ नेपाल शिक्षा नामक पत्रिका प्रकाशन — २००५/६/१५
➤ प्रथम विश्वविद्यालय योजना कमिसन गठन — २००५/५/१०
➤ साझा प्रकाशन स्था.— २०२१/८/२५
➤ उच्च शिक्षा परीक्षा नेपालमै दिन पाउने व्यवस्था — १९९२
➤ नेपाल आर्ट स्कुल स्था.— १९९१
➤ नेपाल आर्ट स्कुलको नाम परिवर्तन — १९९५
➤ स्कुल गोस्वारा स्था. — १९५२
➤ स्कुल-कलेज गोस्वारा स्था. — १९७६
➤ आधार शिक्षा गोस्वारा स्था.— २००३
➤ अङ्ग्रेजी र संस्कृत शिक्षाको छुट्टाछुट्टै डाइरेक्टर व्यवस्था — १९८९
➤ २००७ अघि नेपालको साक्षरता — २%
➤ कृषि स्कुल स्था.— १९८९
➤ काठमाडौंमा मन्टेश्वरी पूर्व प्राथमिक विद्यालय स्था.— २००५
➤ वीरगञ्जमा SLC परीक्षा केन्द्र — २००१
➤ कन्या पाठशाला स्था.— १९८०/३/२२
➤ काठमाडौंमा पद्मकन्या विद्याश्रम — २००४
➤ पाठशाला बन्दोवस्त इन्स्पेक्टरी अफिस स्था.— १९७६
➤ भाषानुवाद परिषद स्था.— १९९७/६/१८
➤ चक्रपाणि चालिसेद्वारा रचित राष्ट्रिय गान स्वीकृत — १९८२/२/१८
➤ त्रिभुवन चन्द्र कलेजमा विज्ञान विषयको पढाइ सुरु — १९७७
➤ त्रिचन्द्र कलेजमा BSC को पढाइ सुरु — २००४
➤ पूरक परीक्षाको सुरुआत — २००३
➤ विद्यालय निरीक्षणको सुरुआत — १९९८
➤ उद्योग परिषद स्था.— १९९३
➤ शिक्षा मन्त्रालय स्था.— २००७
➤ नेपाल राष्ट्रिय शिक्षा योजना आयोग गठन — २०१०/१२/९
➤ नेपाल राष्ट्रिय शिक्षा योजना आयोगमा सदस्य — ४६
➤ नेपाली शिक्षा परिषद गठन — २००७/४/३२
➤ प्राथमिक तथा मिडिल स्कुलको पाठ्यक्रम प्रकाशित — २०१०/१०/१६
➤ शिक्षा विद्यान,२०१० लागू — २०११/१/१
➤ राष्ट्रिय शिक्षक शिक्षण केन्द्र स्था.— २०११/५/२४
➤ शिक्षा व्यवहार विधि प्रकाशन — २०१०/१०/१६
➤ कलेज अफ एजुकेशन स्था.— २०१३/५/२४
➤ सर्वाङ्गिण राष्ट्रिय शिक्षा समिति गठन — २०१८/१/२५
➤ सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिमा सदस्य — १२
➤ राष्ट्रिय शिक्षा सल्लाहकार परिषद गठन — २०२४/३/१४
➤ पाठ्यक्रम विकास केन्द्र स्था.— २०२८/५/५
➤ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) स्था.— २०३९/८/२०
➤ दूर शिक्षा केन्द्र स्था.— २०५०/४/१
➤ निजीस्तरबाट क्याम्पस खोल्न स्वीकृति — २०३७
➤ प्राथमिक शिक्षा निःशुल्क गर्ने घोषणा — २०३१/११/१२
➤ प्राथमिक शिक्षामा पाठ्यपुस्तक निःशुल्क व्यवस्था — २०३५
➤ जिल्ला शिक्षा निरीक्षकको कार्यालय स्था.— २०१८
➤ अञ्चल शिक्षा अधिकारी कार्यालय खारेज — २०२७/७/१
➤ शाही उच्च शिक्षा आयोग गठन — २०३९/५/१
➤ प्राथमिक शिक्षा परियोजना लागू — २०४१/१०/१०
➤ BPEP लागू — २०४९
➤ राष्ट्रिय शिक्षा आयोग गठन — २०४७/११/१४
➤ २०११ र २०१८ को साक्षरता% — ४.४% र ८.९%
➤ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन — २०५४/१/१२
➤ उच्चस्तरीय कार्य समिति गठन — २०५८/१/२९
➤ लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्री — २०१४
➤ बाल दिवस मनाउन सुरु — २०१६
➤ त्रि.वि. को पहिलो दीक्षान्त समारोह — २०१६/१२/९
➤ राष्ट्रिय सेवादलको गठन — २०२२/६/११
➤ २०४८ मा नेपालको साक्षरता — ३९.६%
➤ २०४८ मा पुरुष साक्षरता % — ५४.५%
➤ २०४८ मा महिला साक्षरता — २५.१%
➤ २०६८ मा नेपालको साक्षरता — ६५.९%
➤ २०६८ मा पुरुष साक्षरता % — ७५.१%
➤ २०६८ मा महिला साक्षरता —५७.४%
➤ प्रौढ शिक्षाको सुरुवात — २०१२
➤ विशेष शिक्षाको सुरुवात — २०२१
➤ विशेष शिक्षा नीति पारित — २०३५
➤ शेर्पा भाषाको पहिलो विद्यालय स्था.— २०५०
➤ सेमेस्टर प्रणालीको सुरुवात — २०३०
➤ विद्यालयलाई शान्ति क्षेत्रका रूपमा घोषणा — २०६८/२/११


समाप्त 


समसामयिक २५० प्रश्न: (२०७४ पुस २७ सम्म)

समसामयिक २५० प्रश्न: (२०७४ पुस २७ सम्म)

.
शाखा अधिकृत समसामयिक विशेष:

१... नेपाल र जोर्डनबीच श्रम सम्झौता कैले भो ? - 2017 अक्टोवर 18 मा
२...हाल स्वस्थ्य विमा कार्यक्रम 22 जिल्लामा लागु रहेको
३...नायोगा अभिसन्धी नेपालको संसदवाट 2017 सेप्टेम्वर 4 मा पारित भएको
४... नेपाल भ्रमण वर्ष 2020 अनुसार 15 लाख पर्यटक भित्राउने लक्ष्य लिईएको
५.. नेपालको सवैभन्दा अग्लो झरना कालिकोटको पचाल(381 मिटर) हो
६...नेपाललाई वर्डफ्लु मुक्त घोषणा 2074 जेठ 28 मा गरियो
७...नेपालको राष्टिय दिवस असोज 3 लाई मनाउने निर्णय 2073 वैसाख 7 मा भएको थियो
८... विश्वका 100 शक्तिशाली महिला को सुचि 2017 मा जर्मन चान्सलर एन्जेला मार्केल पहिलो स्थानमा छिन
९... साउदी अरवले सन 2018 देखि फिल्म हल खुल्ला गर्ने निर्णय 2017 डिसेम्वर 11 मा गरेको छ
१०... हाल सवैभन्दा वढी स्थानीय तह भएको जिल्ला सर्लाही हो जहा 20 वटा स्थानिय तह छन
११... स्थानीय सरकार संन्चालन एेन 2074 राष्ट्रपतीवाट 2074 असोज 29 मा प्रमाणिकरण भएको हो
१२... चालु वजेटले आगामी 3 वर्षभित्र सवै नेपालीको स्वास्थ्य विमा गर्ने उल्लेख गरेको छ
१३... ईको टुरिजमको अवधारणा सातौ योजनावाट ल्याईएको हो
१४....द ल्यानसेट जर्नलमा प्रकाशित प्रतिवेदन 2017 अनुसार नेपाल वढी प्रदुषित देशको सुचिमा छैटौ स्थानमा रहेको छ
१५...जी टु जी अवधारणा वैदेशिक रोजगार संग सम्वन्धित छ।
१६... नेपालमा पछिल्लो वाघ गणना 2074 मंसिर 14 देखि शुरु भएको छ
१७... हाल एन. आर. एन का अध्यक्ष भवन भट्ट (उनी 5 औ हुन)
१८...मिलानकोलि नामक वातावरण सम्वन्धी गित 2074 भाद्र 17 मा सार्वजनिक भएको
१९... निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन 2074 भदौ 14 मा सरकार समक्ष वुझाएको
२०... हालका महान्याधिवक्ता वसन्तराम भण्डारी हुन
२१...नागढुङ्गा- नौविसे सुरुङ्गमार्ग जापान सरकार को सहयोगमा वन्न लागेको छ
२२... चुरे संरणक्षको लागि 20 वर्षे गुरुयोजना मन्त्रिपरिषदवाट 2074 जेठ 4 मा स्वीकृत भएको हो
२३.. वान वेल्ट वान रोडको समझदारी पत्रमा नेपालले 2074 वैसाख 29 मा हस्ताक्षर गरेको हो
२४... नेपालको संसदले 2016 अक्टोवर 4 मा पेरिस सम्झौता अनुमोदन गरेको छ
२५...2074 पुस 1 देखि चितवनको सौराह हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ
२६..2074 मा गोतम वुद्धको 2561 औ जन्मजयन्ती मनाईयो
२७...प्याराडाईज पेपर्स 2017 नोभेम्वर 5 मा सार्वजनिक भएको हो
२८...नागरिकता पाउने विश्वकै पहिलो रोवर्ट सोफिया का डिजाईनर डेभिड हन्सन हुन
२९....नेपाल भारत प्रवुद्व समुहको पछिल्लो वैठक 2074 असोज 21-22 मा काठमाण्डौमा भएको हो
३०.....नेपालले सन 2020 सम्म बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेको छ

३१....✪ वि.स.२०७४ मंसिर ८ मा लोकसेवा आयोगले ५८ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको हो ।
३२....✪ आ.व. २०७३/७४ मा सवैभन्दा बढी कर तिरी सम्मानित हुने मझौला आयकरदाता गोर्खा डेभलेपमेन्ट बैँक हो ।
३३....✪ राष्ट्रपतिद्धारा चिकित्सा शिक्षा अध्यादेश जारी वि.स.२०७४ कार्तिक २४ मा भएको हो ।
३४....✪ नेपालको दोस्रो विमान संग्रहालय वि.स.२०७४ कार्तिक १८ देखी सञ्चालनमा आएको हो ।
३५....✪दोस्रो बहुपक्षीय पोषण आयोजनाले सन् २०२२ सम्म कुपोषणलाई २४% मा झार्ने लक्ष्य लिएको छ ।
३६....✪ हेलो कल सेन्टरको शुरुवात वि.स.२०७४ मंसिर २८ देखी शुरुवात भएको हो ।
३७....✪ जिम्बाबेका नयाँ राष्ट्रपति इमर्सन मनंगवाले सन् २०१७ नोभेम्बर २४ मा राष्ट्रपतिको सपथ लिएका छन् ।
३८....✪ कतारले सन् २०१७ नोभेम्बर १६ मा विदेशी कामदारको लागी न्युनतम तलवमान तोकेको छ ।
३९....✪ इजरायलले युनेस्कोबाट बाहिरिने घोषणा सन् २०१७ अक्टुबर १३ मा गरेको हो ।
४०....✪ फोब्र्सले सन् २०१७ नोभेम्बर १ मा प्रकाशित गरेको विश्वका शक्तिशाली महिलाको सुचीमा दोस्रो स्थानमा बेलायती प्रधानमन्त्री थेरेसा मे रहेकी छन् ।
४१...✪ हाल नेपालमा हिमालमा २० जिल्ला, पहाडमा ३६ जिल्ला र तराईमा २१ जिल्ला रहेका छन् ।
४२....✪ धिमाल जातिलाई फस्र्ट सिटिजनसिपको दर्जा झापाको दमक नगरपालिकाले वि.स.२०७४ असोज ३० गते दिने निर्णय गरेको हो ।
४३....✪ ब्रेक्जिटको सम्बन्धमा पहिलो चरणको अन्तिम तथा सातौँ बैठक सन् २०१७ डिसेम्बर ४ मा भएको हो ।
४४....✪ रुपान्तरिक संसदको कार्यकाल वि.स.२०७४ असोज २८ देखी समाप्त भएको हो ।
४५....✪टाइम पर्सन अफ द इयर, २०१७ साइलेन्स ब्रेकर समुह घोषित भएको छ ।
४६...✪ नेपालमा सन् २०२१ सम्म गैँडाको संख्या ८०० पुर्याउने लक्ष्य लिइएको छ ।
४७....✪ रसुवागढी–केरुङ नाकालाई चिनले वि.स.२०७४ भदौ १४ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो ।
४८....✪ चितवनको सौरहामा वि.स.२०७४ पुस १ देखी हर्न निषेध गरिएको हो ।
४९....✪ अमेरिकाले इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिने घोषण २०१७ डिसेम्बर ६ मा गरेको हो ।
५०...✪ जापानी सम्रोट अकिहितोले सन् २०१९ अप्रिल ३० देखी राजगद्दी त्याग्ने भएका छन्
५१.... सन 2017 मा दौत्यसम्वन्धमा नेपालको सनसनी..!! (पछिल्लो मुलुक वुर्किनाफासो,
सन 2017 डिसेम्वर 29 मा (नेपालसंग दौत्यसम्वन्ध कायम गर्ने यो 156 मुलुक होयससंगै सन 2017 मा मात्रै नेपालले 12 मुलुकसंग दौत्यसम्वन्ध कायम गरिसकेको छ)
५२.... प्रतिनीधि र प्रदेश सभाको निर्वाचन २०७४ को नतिजा
- पहिलो चरण बि.सं. २०७४ मंसिर १० मा सम्पन्न
- दोस्रो चरण बि.सं. २०७४ मंसिर २१ मा सम्पन्न
- एकल बहुमतिय निर्वाचन प्रणाली अपनाइएको
- जम्मा उम्मेदवार ११,२७८ जना रहेका
- जम्मा मतदान स्थल १०,६४० वटा रहेका
- जम्मा मतदान केन्द्र १८, ५७२ वटा रहेका
- जम्मा मतदाता १,५४,२७,०३६ जना रहेका
- पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन भएको
- दोस्रो चरणमा ४५ जिल्ला निर्वाचन भएको
- प्रत्यक्ष तर्फ प्रतिनीधि सभा १६५ वटा सिट रहेका
- प्रत्यक्ष तर्फ प्रदेशसभा ३३० वटा सिट रहेका
- पहिलो बिजयी हुने पोल्देन छेपाङ गुरुङ
- पहिलो महिला बिजयी कमला रोका
- धेरै मतान्तर ३०,१५३ मतले पार्वत गुरुङ बिजयी
- थोरै मतान्तर ५ ले आशा कोइराला
- धेरै ५७,१३९ मत ल्याएर केपी ओली बिजयी
- प्रतिनीधि सभा तर्फ ६ जना महिला विजयी
- प्रदेश सभा तर्फ १७ जना महिला विजयी
- पहिलो चरणमा प्रतिनीधि सभा ३७, प्रदेशसभा ७४ सिटका लागि निर्वाचन
- दोस्रो चरणमा प्रतिनिधि सभा १२८, प्रदेशसभा २५६ सिटका लागि निर्वाचन
- प्रतिनीधि सभा तर्फ पहिलो बिजयी स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा(हुम्ला)
- प्रदेश सभा तर्फ पहिलो बिजयी स्वतन्त्र उम्मेदवार राजिव गुरूङ(मनाङ)

प्रतिनीधि सभाका १६५ सिट कुन दलले कति जिते:-
- नेकपा एमाले ८० सिट
- नेकपा माओवादी केन्द्र ३६ सिट
- नेपाली कांग्रेस २३ सिट
संघिय समाजवादी फोरम १० सिटर राष्ट्रिय जनता पार्टी ११ सिट
- राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट, राष्ट्रिय जनमोर्चा १ सिट, नेपाल मजदुर किसान पार्टि १ सिट,नयाँशक्ति पार्टी १ सिट, स्वतन्त्र १ सिट

प्रदेश सभाका ३३० सिट कुन दलले कति जिते:-
- नेकपा एमाले १६८ सिट
- नेकपा माओवादी केन्द्र ७३ सिट
- नेपाली कांग्रेस ४१ सिट
संघिय समाजवादी फोरम २४ सिट र राष्ट्रिय जनता पार्टी १६ सिट
- राष्ट्रिय जनमोर्चा २ सिट,नयाँशक्ति पार्टी २ सिट, नेपाल मजदुर किसान पार्टि १ सिट, स्वतन्त्र ३ सिट
५३.... क गरिबी सूचक प्रतिवेदन २०७४..!!
वि.स. २०७४ पौष ५ मा सार्वजनिक भएको
नेपालको गरिबि २८.५% (चालु योजना आनुसार २१.६% रहेको)
प्रदेश स्तरमा गरिबी:-
प्रदेश नम्वर १ मा १९.६७%
प्रदेश नम्वर २ मा ४७.८९%
प्रदेश नम्वर ३ मा १२.२४% (सवैभन्दा कम गरिवी%)
प्रदेश नम्वर ४ मा १४.१९%
प्रदेश नम्वर ५ मा २९.९२%
प्रदेश नम्वर ६ मा ५१.२२%(सवैभन्दा वढी गरिवी%)
प्रदेश नम्वर ७ मा ३३.५६%
अक्सफोर्ड विश्व विद्यालयको सहकार्यमा राष्ट्रिय योजना आयोगले तयार पारेको

५३.....इ

न्टिग्रीटि आइडल नेपाल २०१७ 

शेषनारायण पौडेल ले जिते

(उनी मोरङ का सहायक प्रमुख जिल्ला अधिकारी हुन, इन्टिग्रिटी आइडलको शुरुवात सन् २०१४ वाट भएको, 
हरेक वर्ष एकाउन्ट्याविलिटी ल्यावले आयोजना गर्दछ, उ

दाहरणीय काम गरेका राष्ट्रसेवक कर्मचारीलाई प्रदान गरिने



५४.
विश्वव्यापी शान्ति सुचकाङ्क २०१७ मा पहिला तीन देशहरु क्रमश: आईसल्याण्ड, न्युजिल्यान्ड र पोर्चुगल 
नेपाल ९३ औ स्थानमा रहेको, १६३ वटा देशलाई सुचिकृत गरि अध्ययन गरिएको, अन्तिम स्थान १६३ मा सिरिया रहेको)

सार्क देशहरुमा भुटान (१३औ) स्थानका साथ पहिलो रहेको, श्रीलंका (८०औ), बंगलादेश (८४औ), भारत (१३७औ), पाकिस्तान (१५२औ) स्थानमा रहेका, अफगानिस्तान (१६२ औ) स्थानका साथ सार्कमा अन्तिम रहेको , पहिला ५ मुलुक क्रमश: नर्वे, न्युजिल्यान्ड, फिनल्यान्ड, स्विजरल्याण्ड र स्विडेन
नेपाल ८९ औं स्थानमा रहेको
विश्वका १४८ राष्ट्रको र एक चिनको क्षेत्र हङकङ गरि १४९ को अध्ययन गरिएको, अन्तिम १४९ औ स्थानमा यमन रहेको
छिमेकी राष्ट्र चीन ९०औ स्थानमा रहेको र अर्को छिमेकी राष्ट्र भारत १०० औं स्थानमा रहेको
५५.... विश्व समृद्धि सूचकांक २०१७ मा पहिलो स्थानमा रहेको मुलुक नर्वे
पहिलो
- ( ५ मुलुक क्रमश: नर्वे, न्युजिल्यान्ड, फिनल्यान्ड, स्विजरल्याण्ड र स्विडेन, नेपाल ८९ औं स्थानमा रहेको, विश्वका १४८ राष्ट्रको र एक चिनको क्षेत्र हङकङ गरि १४९ को अध्ययन गरिएको, अन्तिम १४९ औ स्थानमा यमन रहेको, छिमेकी राष्ट्र चीन ९०औ स्थानमा रहेको र अर्को छिमेकी राष्ट्र भारत १०० औं स्थानमा रहेको )
५६....'बालोन डि ओर' उपाधि 2017- पोर्चुगलका 'क्रीस्टियानो रोनाल्डो'ले जिते
- (यो उपाधी हरेक वर्ष फ्रान्सेली फुटबल संघले प्रदान गर्छ । Cristiano Ronaldo ले 2008,2013,2014,2016 र 2017 गरी 5 पटक जिते। यो भन्दा अघि Lionel Messi ले 2009 ,2010,2011,2012 र 2015 गरी 5 पटक जिती सकेका छन )

५७.. टाइम पर्सन अफ दि इयर 2017 'द साइलेन्स ब्रेकर' समूहलाई 
- (यौन हिंसा बिरुद्ध आवाज उठाउने समूह, घोषणा २०१७ डिसेम्बर ६, घोषणा गर्न थालिएको सन् १९२७, घोषणा गर्ने टाइम साप्ताहिक, अमेरिका
प्रकाशन शुरु सन् १९२३ (गत वर्षका टाइम वर्ष ब्यक्ती डोनाल्ड ट्रम्प) यस लिस्टको दोश्रो र तेश्रो स्थानमा क्रमश: डोनाल्ड ट्रम्प र सि जिन पिङ परेका छन् भने भ्लादिमिर पुटिन मनोनयनमै परेका थिएनन् )
५८.. संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल पहिलो पटक निर्वाचित
- ( UNO को ७२औँ महासभाले निर्वाचित गरेको, २०१८ जनावरी १ देखि जिम्मेवारी वहन गर्ने, ३ वर्ष सम्म कार्यकाल समय रहेको, परिषदका जम्मा सदस्य ४७ देश रहेका, एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका )
५९ Bank of the year 2017- एनएमबी बैंक
- (‘बैंक अफ दी इयर २०१७ बाट’ सम्मानित भएको,बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने, यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो )
६०...'

मदर टेरेसा मेमोरियल अवार्ड 2017 

भारतकी प्रीयंका चोपडालाई

- ('हार्मोनी फाउन्डेसन' ले प्रदान गरेको, 
उनले सामाजिक न्यायमा कार्य गरेबापत उक्त सम्मान प्राप्त गरेकी, 

उनी यूनिसेफको गुडविल एम्बेसडर समेत रहेकी, 
उनी पछिल्लो समय शरणार्थी र विस्थापित व्यक्तिहरूको अधिकारको लागि समेत लड्दै आएकी छन् )



६१....

नेपालीलाई अन्तर्राष्ट्रिय अवार्ड..
प्रकाश कोइराला लाई (निर्देशक फिन्लिट नेपाल)
- (‘फाइनान्सियल इनोभेसन अवार्ड २०१७’ बाट सम्मानित, 
वित्तीय साक्षरताको क्षेत्रमा योगदान गरेबापत, 

प्रदायक लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके फाइनान्स )
६२...GDP का आधारमा 2017 मा विश्वकै धनी राष्ट
कतार भएको
- (प्रतीव्यक्ती GDP $1,24,930 रहेको
यो सुचि अन्तर्राष्ट्रिय मुद्रा कोषले शुचि तयार पारेको, 

नेपालको प्रतिव्यक्ती GDP $2690, 
पाँच धनि देशहरु क्रमश:- कतार, लक्जेम्वर्ग, मकाउ, सिंगापुर र ब्रुनाई )
६३.....पछिल्लो समयका केही आँधीहरु ..!!
2017 नोभेम्बर, भियतनाममा गएको डाम्रे
2017 सेप्टेम्बर, अमेरिकामा गएको इर्मा
2017 अगस्ट, चीनमा गएको हाटो
2017 सेप्टेम्बर, चीनमा गएको तलिम
2017 सेप्टेम्बर, जापानमा गएको लायन रक
६४....BBC अफ्रीकन फुटबलर अफ दि ईयर 2017 
मोहम्मद सालहले जितेका
- (सालह ईजिप्ट का हुन भनो उनि(क्लव-लिवरपुल)वाट खेल्छन, 
सन् २०१६ को यो अवार्ड रियाद महरेजलाई प्रदान गरिएको थियो, 

अवार्ड पाउने पहिलो खेलाडी अविदी पेले हुन )
६५...
सयुक्त सैनिक तालिम:
- (नेपाली सेना र चिनका जनमुक्ति सेना बिच भएको, 
२०७४ बैशाख ३-१२ सम्म, 

उक्त सैनिक तालिमलाई ,, सगरमाथा फ्रेन्डसिप-सन २०१७ ,नाम दिइएको )
६६...बिश्वकै लामो गाडी यात्रा:
-  ( काठमाडौ देखि जर्मनी सम्म 
करिव १४ हजार किलोमीटर, क

रिव डेढ महिनामा,;
नेपाल स्थित पुर्व जर्मन राजदुत माथियस मायाले गर्नु भएको )
६७... मुस्ताङमा हावाबाट बिजुली
- ( २०७४ साउन २८, 
पुर्व प्रधानमन्त्री केपि ओलि बाट उद्घाटन, 

३ किलोवाट, 
स्पेनिस लगानिकर्ता रोफेल भेनस र गैर आवासिय नेपालीकि सयुक्त पहलमा )
६८....इजिप्टमा सङ्कटकाल 
२०१७ अप्रिल १० मा
- (त्याहाका रास्ट्रपति अब्दुलह फताह अल सिसिले देशभर ३ महिने सङ्कटकालको घोषण गर्नुभएको )
६९...जापानी आकाशमा उत्तर कोरियाको क्षेप्यास्त्र.
 सन२०१७ सेप्टेम्बर १५ मा
- ( जापानको उत्तरी होकाइडो टापुको करिव ३ हजार किमि सम्म पुगेको )
७०....सुवागडी अन्तर्राष्ट्रिय नाका 

२०७४ भाद्र १४ गते
- ( ७२ सालको भुकम्प पछी तातोपानी नाका बन्द रहेको अवस्थामा रसुवागडीलाई अन्तर्राष्ट्रिय नाकाको रुपमा प्रयोग गर्ने सहमति भएको )
७१... नेपाल अन्तर्राष्ट्रिय सहकारी महासङ्घ ( ICA ) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित..!!
- (२०१७ नोभेम्बर १७, म
लेसियाको क्वालालम्पुरमा सम्पन्न सम्मेलन बाट: ओ

मदेवी मल्ल निर्वाचित, 

ICA विश्व सहकारी अभियानको छाता सङ्गठन हो यसमा नेपाल सन १९९७ देखि सदस्य छ )




७३.. अमेरिका र डोनाल्ड ट्रम्प विशेष :-
# डोनाल्ड ट्रम्पको ११ दिने एसिया भ्रमण सन २०१७ नोभेम्बर ५ देखि १५ सम्म जापान,दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स गरी जम्मा ५ देशको भ्रमण गरेका
# २५ औ स्पेक सम्मेलनमा नोभेम्बर १० देखी ११ भियतनाममा सहभागी
# ट्रम्प द्वारा जेरुसेलमलाई इजरायलको राजधानी घोषणा सन २०१७ डिसेम्बर ६ मा गरेका तर अरब र मुस्लिम देशको माग बमोजिम १९३ सदस्य महासभाको आपतकालीन सत्र बोलाइएको, नेपाल सहित १२८ देशले जेरुसेलम राजधानी नहुने पक्षमा र ९ मुलुकले विपक्षमा मतदान सन २०१७ डिसेम्बर २१ मा गरेका
# ट्रम्प द्वारा जनस्वास्थ्य संकटकाल घोषणा
सन २०१७ अक्टोबर २७ मा गरेका
ट्रम्पको पहिलो बिदेश भ्रमण भएको देश
साउदी अरब हो
अमेरिका पेरिस सम्झौता बाट बाहिरिने घोषणा
सन २०१७ मे १ मा डोनाल्ड ट्रम्पले घोषणा गरेका हुन
अमेरिका द्वारा ३ देश (उत्तर कोरिया रूस र इरान) माथी नाकाबन्दी लगाउने बिध्यक पारित सन २०१७ जुलाई २५ मा
६ देशका (इरान , लिबिया , सोमालिया , सुडान , सिरिया र यमन) नागरिकलाई अमेरिका जान प्रतिबन्ध सन २०१७ जुन २९ बाट कार्यान्वयन
अमेरिकाले हालसम्मकै शक्तिशाली गौरपरमाणु बम सन २०१७ अप्रिल १४ मा खसाल्यो जसको नाम GBU-43 हो जसलाई Mother of all Bombs ( MOAB ) भनिन्छ, उक्त बम अफगानिस्तानको नागरहर राज्यमा खसालेको हो


Sunday, January 7, 2018

शाखा अधिकृतको दोश्रो पत्र एकाई एक: "राज्य र शासन" (३० अङ्कभार) का सम्भावित प्रश्नोत्तर:

शाखा अधिकृतको दोश्रो पत्र एकाई एक: "राज्य र शासन" (३० अङ्कभार) का सम्भावित प्रश्नोत्तर:
[ सङ्कलक:शंकर निरौला ]

प्रश्न नं:१. शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।
उत्तर : 
 शासनको अवधारणा:
** सामान्य अर्थमा राज्यसंचालनका क्रममा सरकारले जे गर्दछ, त्यो नै शासन हो । राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधी, प्रक्रिया, मापदण्ड र कार्यशैलीको समग्रतालाई शासन भनिन्छ ।
** शाब्दिक रुपमा ग्रीक भाषाको Kobernao शब्दबाट आएको शासन (governance) शब्दको अर्थ राज्य प्रणाली र स्रोतसाधनको “परिचालन र दिशानिर्देश गर्नु” भन्ने बुझिन्छ ।
 ** परम्परागत मान्यतामा शासन राज्यको भयशक्तिको प्रयोग गर्दै नागरिकहरुलाई आफूप्रति बफादार राख्दै नियन्त्रण र निर्देशन गर्ने प्रणालीका रुपमा बुझिन्थ्यो । आधुनिक राज्यप्रणालीमा शासन शब्दले नागरिक प्रतिनिधीहरुद्वारा जनहितका लागि सर्वजनिक स्रोतहरुको परिचालन, सार्वजनिक मामिलाहरुको ब्यवस्थापन क्रियाकलापहरुलाई समेट्दछ ।
** समग्रमा राज्यको नियमन गर्ने, ब्यवस्थापन गर्ने, जनहितका लागि जनपरिचालन र सेवाप्रवाह गर्ने सरकारका तिनवटै अंगहरुको कार्यप्रणालीको एकिकृत र ब्यवहारिक रुप नै शासन हो ।

शासनका आधारभूत पक्षहरु
शासन प्रणालीका अभिन्न अंगका रुपमा रहेका विविध पक्षहरुलाई शासनका आधारभूत पक्षका रुपमा लिईन्छ ।
मुख्य पक्षहरु बुँदागत रुपमा यसप्रकार छन् :–
–    नागरिक सर्वोच्चता :– नागरिकहरु नै राज्यका सर्वोच्च शक्ति भएकोले शासन उनीहरुको इच्छामा मात्र संचालन हुन सक्दछ । साथै नागरिक हक अधिकारको प्रत्याभूति शासन प्रणालीको आधारभूत पक्षका रुपमा रहेको हुन्छ ।
–    शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन :– शासन सरकारका अंगहरुमा कार्यविभाजन भई संचालन हुने र हरेक अंगका परिभाषीत अधिकार अन्र्तगत संचालन हुने गर्दछ । साथै, अंगहरुवीचमा संविधान र कानसनद्वारा नै नियन्त्रण र सन्तुलनको ब्यवस्था मिलाईएको हुन्छ ।
–    कानुनको शासन :– कानुनलाई आत्मसात गर्दै शासन संचालन गरिने भएकोले कानुनको पालना र प्रयोग शासनको महत्वपूर्ण पक्ष हो ।
–    बहुपात्र, समन्वय र वहुपक्षीय सम्बन्ध :– शासन प्रणालीको अभिन्न पक्षका रुपमा राज्य वाहेकका राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका पात्रहरुसंगको समन्वय तथा सुमधुर सम्बन्ध र सहकार्य रहेको हुन्छ ।
–    दुरदृष्ट्रियुक्त कार्यशैली :– शासनले राज्यसंचालन संगसंगै राज्यको गन्तब्य समेत निर्धारण गर्ने भएकोले शासनले दुरदृष्टियुक्त कार्यशैली तय गरेको हुन्छ ।
यसका साथै सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा र अमनचयन आदि जस्ता पक्षहरुसमेत शासनका आधारभूत पक्षका रुपमा रहेका हुन्छन्
शासनका विशेषताहरु
शासन वा शासन प्रणालीका मुख्य विशेषताहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ :–
–    शासन राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अंग सरकार र यसका अंगहरु मार्फत संचालन गरिन्छ ।
–    सार्वभौमसत्ता सम्पन्न नागरिक प्रतिनिधिद्वारा नागरिक सर्वोच्चता र हित अनुकुल सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।
–    शासन राज्यको अस्त्तिव संगै निरन्तर चलिरहने प्रणाली हो ।
–    राज्य प्रणालीको जीवित मस्तिष्क, आत्मा र नेतृत्वको रुपमा शासन रहेको हुन्छ ।
–    शासन बहुक्षेत्र, वहुपात्र र वहुविधासंग सरोकार राख्ने वहुल उद्धेश्य र अपेक्षाहरु भएको विषय हो ।
–    शासनको कार्यक्षेत्र राज्यको क्षेत्र, दायरा र शक्तिसंग जोडिएको हुन्छ ।
    यसप्रकार शासन सरकारको गुण, राज्यको आदर्श त्तव र राज्यशक्तिको प्रयोग गर्ने शैलीका रुपमा उल्लेखित आधारभूत पक्ष र विशेषतायुक्त प्रणालीका रुपमा रहेको हुन्छ ।

प्रश्न नं : २. सुशासनका विभिन्न पक्षहरु उल्लेख गर्दै नेपालको शासन ब्यवस्थालाई ती पक्षहरुको आधारमा विश्लेषण गर्नुहोस् ।

उत्तर :
~ सुशासन 
    सरकारद्वारा राज्यको संचालन एवं ब्यवस्थापनका लागि गर्ने कार्य तथा अपनाउने कार्यशैली शासन हो । शासन संचालनको प्रकृयामा संलग्न शासकीय पात्रहरुमा निहित शक्ति, अधिकार र दायित्वको प्रयोग नागरिक सन्तुष्टी सापेक्ष गर्ने शासन प्रणाली नै सुशासन हो । 
सुशासनका पक्षहरु
    सुशासन शासन प्रणालीसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यसले वहुआयमिकता र बहुपक्षीयता अंगालेको हुन्छ । यसका प्रमुख पक्षहरु निम्न छन् :–
–    राजनैतिक पक्ष :– राजनैतिक रुपमा बैधानिक शासन, प्रजातान्त्रिक मूल्य,मान्यता, बहुलवाद, जनसहभागीता जस्ता पक्षहरु सुशासनका राजनैतिक पक्ष हुन् । 
–    सामाजिक पक्ष :– सामाजिक न्याय र समानता, समावेशीकरण सशक्तिकरण, नागरिक अधिकार र मानव विकास जस्ता पक्षहरु सुशासनका सामाजिक पक्ष अन्र्तगत पर्दछन् । 
–    कानूनी पक्ष :– कानुनको शासन, न्यायिक सर्वोच्चता, सरल र सक्षम न्यायप्रणाली, जनमुखी कानूनी ब्यवस्था आदि सुशासनका कानूनी पक्ष हुन् । 
–    आर्थिक पक्ष :– आर्थिक विकास, स्रोतसाधनको वितरणात्मक न्याय, वित्तीय अनुशासन, सदाचार, पारदर्शीता र जवाफदेहिता जस्ता विषयहरु सुशासनका आर्थिक पक्ष हुन् ।
–    ब्यवस्थापकीय पक्ष :– जनउत्तरदायी प्रशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, निर्णय प्रक्रियामा सरोकारवालाहरुको सहभागीता, प्रतिस्पर्धात्मक क्षमता आदि सुशासनका ब्यवस्थापकीय पक्ष अन्र्तगत पर्दछन् । 
सुशासनका पक्षहरु र नेपालको शासन ब्यवस्था
    नेपालको शासन ब्यवस्था मूलतः लोकतान्त्रिक, गणतन्त्रात्मक, संसदीय शासन प्रणाली हो । संबैधानिक रुपमा संघीय गणतन्त्रको रुपमा स्थापित हुनखोजेको र यसले मूर्तता पाइनसकेको संक्रमणकालिन स्थितिमा वर्तमान शासन प्रणाली संचालित छ । प्रस्तुत पृष्ठभूमीमा सुशासनका पक्षहरुका आधारमा नेपालको शासन ब्यवस्थालाई निम्नानुसार बँुदागत रुपमा विश्लेषण गर्न सकिन्छ :– 
क) राजनैतिक पक्ष :– नेपालको शासन ब्यवस्था राजनैतिक रुपमा बैधानिक शासनयुक्त, लोकतान्त्रिक चरित्र बोकेको शासन ब्यवस्था हो । यद्यपी शासकीय प्रकृयामा जनसहभागीता, बहुलवाद जस्ता मान्यताहरुलाई पूर्णतः आत्मसात गर्न र राजनैतिक स्थिरता प्राप्त गर्नसकेको छैन ।
ख) सामाजिक पक्ष :– शासन ब्यवस्थाले सामाजिक रुपान्तरणका लागि सामाजिक न्याय, समावेशीता, नागरिक हक अधिकारको प्रत्याभूति, समन्याय जस्ता पक्षहरुलाई विभिन्न माध्ययमहरुद्वारा अख्तियार गरेको छ । तथापी नेपालको सामाजिक क्षेत्र अझसम्म रुपान्तरण कै पर्खाइमा रहेकोले सुशासनको सामाजिक पक्ष दह्रो बन्न सकेको छैन । 
ग) कानूनी पक्ष :– कानूनी शासन र स्वतन्त्र न्यायपालिका संवैधानिक एवं कानूनी प्रत्याभूति गरिएको छ  नेपालको शासन ब्यवस्था कानुनको परिपालना र सही कार्यान्वयनमा पूर्णतया सफल बन्नसकेको भने छैन ।
घ) आर्थिक पक्ष :– वित्तीय अनुशासन, पारदर्शीता र जवाफदेहिताको सुनिश्चित्ताका लागि नेपालमा पर्याप्त नीतिगत, संस्थागत र कार्यगत ब्यवस्थाहरु गरिएको छ । यसमा केही सुधारहरु देखिएका पनि छन् । यद्यपी नेपालको आर्थिक शासन सुशासनयुक्त बन्नसकेको स्थिति भने छैन । 
ङ) व्यवस्थापकीय पक्ष:– सार्वजनिक सेवा प्रवाहको स्थिति र सार्वजनिक सेवाप्रदायक सरकारी अंगको स्थिति सुशासनको कसीमा खरो उत्रिन सकेको छैन । ब्यवस्थापकिय पक्षमा नेपालको शासन ब्यवस्थाको सुधारका लागि विगत देखि नै विभिन्न प्रयासहरु हुँदै आएका छन् ।
यसप्रकार नेपालको शासन ब्यवस्थालाई सुशासनका विविध पक्षहरुको कसीमा राखेर विश्लेषण गर्दा यसको मिश्रित अवस्था पाउन सकिन्छ । सुशासन देशले अबलम्बन गरको शासन ब्यवस्थाको गन्तब्य समेत भएकोले यस दिशामा देशको पर्याप्त ध्यान जान जरुरी देखिन्छ ।

प्रश्न नं:३ शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।
उत्तर: 
शासन भन्नाले राजनीति र प्रशासनको मिश्रित स्वरूप हो । राजनैतिक र प्रशासनिक संरचनाको समष्टिगत शासकीय संरचनाद्वारा शासन संचालन हुन्छ । राजनैतिक संरचना र प्रशासनिक संरचनालाई निम्नानुसार उल्लेख गरिएको छः
राजनैतिक संरचना:
राज्यको नीति निर्माण गर्ने, राज्य संचालनको दुरदृष्टि राख्ने, प्रशासनिक संरचनाको संचालन गर्ने, आदि शासनको राजनैतिक संरचना हो । प्रजातान्त्रिक पद्दतिमा जननिर्वाचित प्रतिनिधिहरूद्वारा राजनैतिक संरचना बन्दछ र यसैद्वारा शासन संचालन गरिन्छ । राजनीतिक संरचनाको आधार दलीय घोषणापत्र, दलीय प्रतिनिधित्व र संवैधानिक व्यवस्थामा आधारित हुन्छ ।
एकात्मक राजनैतिक संरचना:
**    केन्द्रीय राज्य व्यवस्था र केन्द्र नै शक्तिशाली हुने    ब्यवस्था ।
**    केन्द्रीय नीति,योजना लागू हुने । 
**   राजनैतिक क्षेत्रमा समेत केन्द्रीय प्रभाव ।
**    केन्द्रीय सरकार र केन्द्रको मात्र संसद । 
**    केन्द्रीय प्रशासन र केन्द्रका संबैधानिक निकायले नै देशभर कार्य गर्ने । 
संघात्मक राजनैतिक संरचना :
**    राज्यमा विभिन्न प्रदेश रहने ।
**    केन्द्र, प्रदेश, स्थानीय निकायको संरचना हुने ।
**    प्रदेश र स्थानीय स्तरमा बढी अधिकार हुने ।
**    प्रदेशमा कार्यकारिणी, व्यवस्थापकीय, न्यायिक अधिकारको विभाजन हुने,
**    प्रादेशिक भाषा, प्रशासन र संबैधानिक निकाय रहन सक्ने । अध्यक्षात्मक प्रणाली:
राष्ट्रप्रमुखको रूपमा कार्यकारी अधिकार सहितको निर्वाचित राष्ट्रपति रहने व्यवस्था जसमा शासन संचालनको सम्पूर्ण बागडोर राष्ट्र«पतिमा रहन्छ । मन्त्रिपरिषदको गठन राष्ट्रपतिले गर्छन् । मन्त्रिपरिषद राष्ट्रपतिप्रति जवाफदेही हुन्छ । संसदीय नियन्त्रण कार्यकारिणी तथा राष्ट्र«पति माथि नगन्य रहन्छ । यस्तो व्यवस्था अमेरिकामा छ ।
संसदीय प्रणाली :
जनप्रतिनिधिमूलक संस्था संसदमा सरकार बनाउने फेरबदल गर्ने अधिकार रहने, सरकार संसदप्रति उत्तरदायी हुने व्यवस्थानै संसदीय प्रणाली हो । यस्तो शासन प्रणालीमा जनप्रतिनिधिहरूको बहुमतको निकैठूलो महत्व हुन्छ । तर कतिपय अवस्थामा सांसदहरूको किनवेचको खेल समेत यसै प्रणालीले निम्त्याएको पाइन्छ । नेपालको अन्तरिम संविधानले संसदीय प्रणालीमा आधारित लोकतान्त्रिक व्यवस्था अपनाएको छ ।
शासनको राजनैतिक स्वरूप भित्र राष्ट्र« प्रमुख, सरकार प्रमुख, मन्त्रिपरिषद, संसद, स्थानीय निकायहरू पर्दछन् । राजनैतिक दलहरू, मतदाताहरू शासकीय प्रणालीमा अप्रत्यक्ष रूपमा संलग्न रहेका हुन्छन् ।
शासनको प्रशासनिक संरचना
शासन प्रणालीमा राजनैतिक नेतृत्वले लिएको राज्यसंचालनको नीति र उद्देश्यलाई कार्यरूपमा उतार्ने र त्यसको प्रतिफल जनतासम्म पु¥याउने संयन्त्रनै प्रशासन हो ।
प्रशासनिक संरचनामा त्यसका निकायहरू रहन्छन् । त्यसका पात्रहरू हुन्छन् र प्रशासनिक कार्यविधिद्वारा संचालन गरिन्छन् । प्रशासनिक संरचनामा केन्द्रीय, क्षेत्रीय र स्थानीय प्रशासनिक संरचना रहन्छन् ।
केन्द्रीय प्रशासनिक संरचना :
केन्द्रीय राजनैतिक नेतृत्वलाई सहयोग गर्न, प्रशासनिक संरचनाको नेतृत्व प्रदान गर्न निर्मित संरचना । यसमा विभाग, मन्त्रालय, समिति, आयोगका केन्द्रीय निकाय रहन्छन् ।
क्षेत्रीय प्रशासनिक संरचना :
विकास कार्यलाई क्षेत्रीय रूपमा समन्वय, सहयोग र अनुगमन गर्न स्थापित निकायहरू, पछिल्लो समय नेपालमा स्थानीय प्रशासन समेतको समन्वयका लागि विकास गरिएको ।
स्थानीय प्रशासनिक संरचना :
जिल्ला देखि गा.वि.स., नगरपालिका र तिनका वडा स्तरमा सेवा प्रवाहका लागि तथा केन्द्रीय नीतिलाई स्थानीय स्तरमा कार्यान्वयनका लागि स्थापित निकायहरू नै स्थानीय प्रशासनिक संरचनामा पर्दछन् ।
अन्तमा :
शासन प्रणाली राजनीति र प्रशासनको समन्वित रूप हो । चालकको सिटमा राजनैतिक नेतृत्व रहे पनि यसलाई सहयोग गर्ने मेशिनरी र प्राविधिक पक्षको काम प्रशासनले गर्दछ । दुवै संयन्त्रको उत्तिकै महत्व छ । शासन प्रणालीको स्वरूप संघीय होस वा एकात्मक, संसदीय होस वा अध्यक्षात्मक राजनैतिक र प्रशासनिक संरचना दुवै आवश्यक छन् । दुवै एक अर्कोको सहयोगी हुन र परिपुरक सम्बन्ध राख्दछन् ।
 
प्रश्न नं: ४ सूचनाको हक भन्नाले के बुझ्नुहुन्छ ?अन्तरिम संविधान २०६३ मा व्यवस्था गरिएको सूचनाको हकको कार्यान्वयनको अवस्था कस्तो रहेको पाउनुहन्छ ? उल्लेख गर्नुहोस् ।
उत्तर: 

सूचनाको हकको परिचय :
सार्वजनिक महत्व वा सरोकारका कुनै पनि सूचनाहरू माग्न सक्ने र पाउन सक्ने गरी स्थापित अधिकारलाई सूचनाको हक भनिन्छ । कानुनद्वारा गोप्य राख्न आवश्यक ठानिएका सूचनाहरू वाहेक सबै नागरिकलाई सार्वजनिक सूचना पाउने अधिकार स्थापित गरिएको छ । यस्तो अधिकारलाई लोकतान्त्रिक मुलुकहरूमा समेत संविधानमै मौलिक हकको रूपमा स्थापित गरेको पाइन्छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा १६ मा सूचनाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ ।
अन्तरिम संविधान २०६३ मा सूचनाको हक सम्बन्धी व्यवस्था :
अन्तरिम संविधान २०६३ को धारा २७ मा सूचनाको हक सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार,
“प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ ।
तर कानुनद्वारा गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई कर लगाएको मानिने छैन ।”
अन्तरिम संविधान २०६३ मा भएको सूचनाको हकको कार्यान्वयनको अवस्था :
**    सूचनाको हक सम्बन्धी ऐन २०६४ तर्जुमा गरी लागु गरिएको छ ।
**    सूचना आयोग स्थापना गरी संचालनमा आएको, (प्रमुख सूचना आयुक्त र अन्य दुई आयुक्तहरूको व्यवस्था) 
**    सरकारका महत्वपूर्ण निर्णयहरू नेपाल राजपत्रमा प्रकाशन गर्ने व्यवस्था, 
**    सूचना अधिकारीहरूको व्यवस्था गरिएको छ ।
**    मन्त्रालयहरूमा प्रवक्ताको व्यवस्था गरिएको छ ।
**    सार्वजनिक संचार माध्यमहरू मार्फत निर्णयहरू÷कार्यहरू सार्वजनिक गरिने गरिएको जस्तो सरकारी संचार माध्यमको रूपमा रहेका गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन मार्फत सार्वजनिक जानकारी गराइने,
**    सरकारी कार्यको प्रगति प्रतिवेदन सार्वजनिक गरिने,
       -- सूचना टाँस गरी
       -- वेभसाईडमा राखेर
       -- पत्रकार सम्मेलन गरेर
**    खर्चको फाँटबारी सार्वजनिक गरिने गरिएको आदि । यी विविध पक्षबाट हेर्दा अन्तरिम संविधान २०६३ मा भएको व्यवस्था केही हदसम्म कार्यान्वयन भएको पाइन्छ ।
निष्कर्ष:
सार्वभौम अधिकारका मालिक जनता हुन । जनताले आफुलाई शासन गर्न पठाएका प्रतिनिधि र तिनको मेशिनरी (सार्वजनिक प्रशासन) बाट भए गरेका काम कारवाहीको जानकारी पाउनु जनताको अधिकार हो र सार्वजनिक पदाधिकारीको कर्तव्य हो । सूचनाले सार्वजनिक निकायलाई जवाफदेही हुने प्रक्रियाको थालनी गर्छ । यो लोकतन्त्रको मेरुदण्ड हो । नेपालमा संविधानत ः सूचनाको हकलाई संरक्षण गरिएको छ । कानुनी र संरचनात्मक व्यवस्था मजबुत पारिएको छ । सूचनाको अधिकार बारे बोध गराउनु र सूचनाको हकको लोकतन्त्रमा अहम महत्व रहने बारे जनचेतना विकास गर्नुनै आजको आवश्यकता हो ।

प्रश्न नं:५ पारदर्शिता र सार्वजनिक जवाफदेहिता बीच के कस्तो सम्वन्ध रहेको पाउनुहुन्छ ? नेपालमा सार्वजनिक जवाफदेहितालाई व्यवस्थित गर्न के कस्तो व्यवस्था गरिएकोछ ? उल्लेख गर्नुहोस ।
उत्तर:

पारदर्शिता भन्नाले सरोकारवाला व्यक्तिले सूचना पाउन सक्ने अवस्थालाई बुझिन्छ । कुनै पनि निकाय वा संगठनका क्रियाकलापहरूका बारेमा त्यसका सदस्यहरू, सेवाग्राहीहरू, दाताहरू वा अन्यलाई जानकारी दिने अवास्था वा जानकारी लिन सक्ने अवस्थालाई बुझिन्छ । तर कतिसम्म पारदर्शि रहने भन्ने विषय संस्था संचालन सम्बन्धी कानुन, नीति, नियम अनुसार हुने हुन्छ । 
जवाफदेहिता भन्नाले कुनै पनि संगठनका काम कारवाहीका विषयमा कसैलाई जवाफ दिनुपर्ने बाध्यात्मक अवस्थालाई बुझिन्छ । सार्वभौमसत्ता सम्पन्न जनताले चुनेर पठाएका प्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुन्छन् । दाता राष्ट्र« वा प्राप्त सहयोगका सम्बन्धमा सहयोग पाउने राष्ट्र«ले जवाफ, प्रतिवेदन वा माग बमोजिमको जानकारी पठाउनुपर्ने हुनसक्छ । यस्तो अवस्थालाई जवाफदेहिता भनिन्छ । सार्वजनिक संस्थाहरू जनताको करबाट र जनताकै अधिकारबाट चल्ने हुँदा जनता प्रति जवाफदेहिता हुनुपर्ने अवस्थालाई सार्वजनिक जवाफदेहिता भनिन्छ ।
पारदर्शिता र उत्तरदायित्व वीचको सम्बन्ध
**    पारदर्शिताले सार्वजनिक जवाफदेहितालाई मजबुत बनाउँछ । सार्वजनिक जवाफदेहिताको पहिलो चरण नागरिकहरूलाई सूचनामा स्वतन्त्र रूपमा पहुँच पु¥याउनु नै हो । 
**    पारदर्शिताले सार्वजनिक साधन स्रोतको प्रयोगको अवस्था देखाउछ जसले गर्दा जिम्मेबारी पदाधिकारीसँग जवाफ माग्ने आधार तयार गर्छ । 
**    सार्वजनिक पदाधिकारीहरूले सूचना दिने कार्यवाट स्वभाविक रूपमा जवाफदेहि पनि हुन्छन ।
जेहोस् सबै सूचना पारदर्शी बनाउनु मात्र सार्वजनिक जवाफदेहिता होइन, जोगाउनु पर्ने, गोपनियता राख्नु पर्ने र परेको समयमा पस्किन सक्नुपर्ने पनि सार्वजनिक जवाफदेहिताको विषय हो । जस्तो प्रहरी प्रधान कार्यालयले अपराधीहरूको खोजबिन गरेको घटना पारदर्शी हुनु होइन कि त्यसलाई गोप्य राखी आवश्यक पर्दा जानकारी गराउनु सार्वजनिक जवाफदेहिता हो । 
सार्वजनिक जवाफदेहिताको अवस्था 
कानुनी संवैधानिक प्रावधान

**    मन्त्रिपरिषदः संसदप्रति उत्तरदायित्व हुने,
**    संवैधानिक निकायले संसद समक्ष प्रतिवेदन दिनुपर्ने,
**   सरकारका नीति कार्यक्रम र विगतको कार्यक्रमको समीक्षा संसदमा हुने,
**    स्थानीय निकायमा स्थानीय परिषद समक्ष जानकारी दिनुपर्ने व्यवस्था,
**    नियामक निकाय संचालन सम्बन्धी ऐन कानुनहरू,
**    सूचनाको हक सम्बन्धी ऐन,
**    सुशासन ऐन, आदिको व्यवस्था छ ।

संरचनागत प्रावधान:
**    व्यवस्थापिका संसद,जनउत्तरदायी निकाय,सरकारलाई उत्तरदायी बनाउने माध्यम,
**    प्रधानमन्त्री कार्यालय,अन्य निकायलाई जवाफदेही बनाउने भूमीका,
**    अन्तरगत निकायहरूको लागि माथिल्लो निकायहरूको नियन्त्रण,
**    प्रतिवेदन प्रणाली,
**    लेखा परीक्षण प्रणालीको माध्यमबाट सम्बमबाट सम्बन्धित निकायलाई जिम्मेवार बनाउने । 
संस्थागत ब्यवस्थाहरूः
**    नागरिक समाज, गैर सरकारी संस्था आदिको अनुगमन,
**    FATF को निगरानी, UN Agencies को अनुगमन,
**    WTO लगायतका निकायसँग समेत जवाफदेही हुनुपर्ने अवस्था आदि ।


प्रश्न नं: ६ राष्ट्र निर्माण भनेको के हो? राष्ट्र निर्माण र राज्य निर्माण वीच केकस्तो फरक तथा अन्तर सम्बन्ध रहेको पाउनु हुन्छ चर्चा गर्नुहोस ।
उत्तर:
राष्ट्र निर्माण 
कुनै पनि राष्ट्र का नागरिक हरूवीच राष्ट्रिय भावना जागृत भई एकताको सुत्रमा आवद्धता भएको अवस्था नै राष्ट्र हो ।
कुनै पनि मुलुकले आफ्नो राष्ट्र«को इज्जत, मान, प्रतिष्ठाको अभिवृद्धी गर्दै मुलुकको संवेदनशिलतालाई महसुश गरी हरेक व्यक्तिले गर्व महशुस गर्न सक्ने अवस्थाको सृजना गर्नुलाई राष्ट्र निर्माण भनिन्छ ।
राज्यका प्रति आम नागरिकको माया ममता र अपनत्व कायम गर्दै समग्र मुलुकाको प्रगति र उन्नतीका निमित्त एकिकृत रूपमा राष्ट्र«ीय सम्मान अभिवृद्ध गर्ने दिशामा गरिएको ऐक्यबद्धता नै राष्ट्र निर्माण हो ।
नेपालको अन्तरिम संविधान २०६३ मा व्यवस्था भएअनुसार “नेपाल एक वहु जातिय वहुधार्मिक वहुसांस्कृतिक विशेषतायुक्त एकताको सुत्रमा आवद्ध नेपाली जनता नै राष्ट्र« हो भनि परिभाषित गरिएको छ ।”
राष्ट्र निर्माण र राज्य निर्माण वीच रहेको फरक:
अर्थ/क्षेत्र /अनुभुती र मान्यताका आधारमा  भिन्नता:

अर्थका आधारमा:
रास्ट्र निर्माण = सवै जात जाति,भाषा,धर्मवीच अन्तरसम्बन्ध स्थापित गर्नु,
राज्य निर्माण =मुलुक लाई आर्थिक, सामाजिक, राजनैतिक,  सास्कृतिक लगायत मानविय जीवनका सम्पुर्ण पक्षमा सुधारगरि सम्वृद्धिको दिशा तर्फ अगाडी वढाउनु।

क्षेत्र:
रास्ट्र निर्माण =सको क्षेत्र व्यापक र मनोभावनात्मक हुन्छ ।
राज्य निर्माण =राष्ट्रिय सीमा भित्र रहेको हुन्छ

तत्वहरू
रास्ट्र निर्माण=भौगोलिक सिमाना जनसंख्या, सरकार र सार्वभौम सत्ता जस्ता बिषयले नियन्त्रण गर्दैन ।
राज्य निर्माण = भौगोलिक सिमाना जनसंख्या, सरकार र सार्वभौम सत्ता जस्ता तत्व हरू आवश्यक रहने ।

अनुभूति
रास्ट्र निर्माण = आपसी सहकार्यात्मक भावना, 
राज्य निर्माण = राजनैतिक, कानुनी, आर्थिक सम्बन्ध।

मान्यता
रास्ट्र निर्माण =अन्तराष्ट्रिय मान्यता आवश्यक छैन।
राज्य निर्माण =अन्तराष्ट्रिय मान्यता आवश्यक छ ।

अन्तर सम्वन्ध:
राज्य र राष्ट्र दुई अन्तर सम्वन्धित विषय वस्तुहरू हुन । राज्य विनाको राष्ट्र तथा राष्ट्र वीनाको राज्यले शासन प्रणाली अधुरो हुन जान्छ । यस पृष्ठभूमिमा यि दुई वीचको अन्तरसम्वन्धलाई देहाय वमोजिम उल्लेख गर्न सकिन्छ ।
--    राष्ट्र« र राज्य निर्माण दुवै  शासकीय प्रणाली तथा देशको अस्तित्व कायम र प्रवद्र्धन गर्ने आधारभूत पक्षहरू हुन ।
--    यी दुवै मध्ये एकको सक्षमता प्रवर्दनले अर्कोको सवलतालाई वढोत्तरी गर्दछ ।
--    एकविना अर्कोको अस्तित्व खतरामा पर्छ ।
--    राष्ट्रिय भावले ओत प्रोत भएको जनता दुवैको लागि आवश्यक हुन्छ ।
--    राष्ट्र निर्माण आन्तरिक प्रयास भएकोले राज्य संयन्त्रको प्रवद्र्धनद्वारा मात्र सम्भव हुन्छ ।
--    राष्ट्रिय भावनाको प्रबद्र्धनले राज्यको विकासमा सहयोग गर्दछ । 
निष्कर्ष :
राष्ट्र निर्माण र राज्य निर्माण शासन प्रणालीको दुई महत्वपुर्ण अवयवहरू हुन यिनीहरू वीचमा सैद्धान्तीक भिन्नता रहेता पनि व्यवहारिक रूपमा परिपुरकको अन्तर सम्वन्धले गर्दा छुट्टिनै नसकिने नङ्ग र मासुको सम्वन्ध झै रहेका हुन्छन् । नेपालको सन्दर्भमा राष्ट्र« निर्माणका लागि राज्यमा वसोवास गर्ने आम नागरिकको सहिष्णुता र भाईचाराको संस्कृतिलाई प्रसंसनीय मान्नु पर्छ ।


प्रश्न नं: ७ राष्ट्र निर्माणका लागि नेपालमा भएका प्रयासहरू उल्लेख गर्दै राष्ट्र निर्माणका सन्बन्धमा देखा परेका चुनौतीहरू बारेमा संक्षिप्त टिप्पणी गर्नुहोस ।
उत्तर :
राष्ट्र निर्माण

राष्ट्र भनेको जनता भएकोले जनताको सन्तुष्टि, क्षमता विकास, भाईचाराको वृद्धि, सामाजिक सम्बन्धमा बढोत्तरी गर्ने कार्य नै राष्ट्र निर्माण हो ।
**    राष्ट्र निर्माण राष्ट्रको पहिचान, स्वतन्त्रता, राष्ट्रिय मर्यादा र सकारात्मक दृष्टिकोणसँग पनि सम्बन्धित छ ।
**    अन्तराष्ट्रिय मान्यता र सम्मान राष्ट्र निर्माणका विभिन्न सम्मान राष्ट्रिय एकता, बहुलवादको संरक्षण, राष्ट्रिय सम्पदाको संरक्षण, राष्ट्रिय मूल्य, मान्यता, संस्कृतिको जगेर्ना गर्ने कार्य समेत राष्ट्र« निर्माणको विषय हो ।
 नेपालमा राष्ट्र निर्माणका लागि भएका प्रयासहरू :
**    नेपालको एकिकरण सँगै जातिय, भाषिक आत्मियताको वृद्धि भएको,
**    संविधानमा नै राष्ट्र भनेको जनताकै हो भन्ने स्पष्ट पारिएको,
**    जनताको लागि लड्ने, त्याग गर्नेको सम्मान, शहिद घोषणा, राष्ट्रिय विभुतीहरूको घोषणा र सम्मान,
**    विभिन्न चाड पर्व, भाषाभाषि, जातजाति आदिलाई राष्ट्रिय मान्यता,
**    नेपाल एक वहुजातिय, बहुभाषिय स्वतन्त्र राष्ट्रको रूपमा संवैधानिक प्रत्याभूती ।
**    राष्ट्रिय चिन्हहरू,राष्ट्रिय गान, राष्ट्रिय दिवस लगायत राष्ट्रको महत्व र आत्म सम्मान झल्किने कुराहरूलाई ब्यवस्थित गरिएको छ ।
नेपालमा राष्ट्र निर्माणका चुनौतीहरू :
**    नागरिकता र परिचयपत्र जस्ता विषयमा विवाद सिर्जना हुनु ।
**    जातीय,भाषिक,धार्मिक विवादहरू रहनु ।
**    सांस्कृतिक पलायन र आयातित संस्कृतिको अन्ध अनुकरण,
**    भाषिक विचलनको अवस्था,
**    सामाजिक सम्बन्धमा मनोवैज्ञानिक द्वन्द्व रहनु ।
**    वास्तविक सहिदको अपमान हुने गरी जथाभावी सहिद घोषणा,राष्ट्रिय झण्डाको दुरूपयोग र विवाद,
**    ऐतिहासिक शालिक,मठ मन्दिर र धरोहर उपर प्रहार, आदिले राष्ट्र निर्माणको पक्षलाई कमजोर बनाएका छन् ।
अन्तमा :
    राष्ट्र निर्माण जनताको क्षमता, सम्बन्ध, भाईचारा र सशक्तिकरणसँग सम्बन्धित विषय हो । राज्यको क्षमता विकास हुने, आर्थिक समृद्धि पनि हासिल हुने तर जनताको सन्तुष्टी, अपनत्व, सम्बन्ध आदिको खडेरी हुन थाल्यो भने राज्यको समृद्धिबाट प्राप्त उपलब्धीको अर्थ रहँदैन् । नेपालको एकिकरण पश्चात फरक फरक भाषा, संस्कृति र मूल्य मान्यताबाट सामाजिक एकताको सूत्रमा ल्याउन पक्कै पनि लामो समय लागेको थियो तर आज भएका सामाजिक संरचना खल्वल्याउने, जातीय, भाषिक विखण्डन ल्याउने गरी राज्यको पुनसंरचना प्रयास भएको  वर्तमान अवस्थाको हिसाबले यो प्रमुख चुनौती नै रहेको हुँदा जिम्मेवार पक्षद्वारा त्यत्तिकै महत्वका साथ यसलाई हेरिनुपर्छ ।

प्रश्न नं. ८ नेपालको शासन प्रणालीका सन्दर्भमा उल्लेख गर्दै संघात्मक र एकात्मक शासन प्रणाली वीचका भिन्नताहरू औल्याउनुहोस् ।
उत्तर:

शासन संरचनाका लागि स्थापित पद्दती, पात्र, संरचनात्मक व्यवस्था सहितको प्रणालीलाई नै शासन प्रणाली भनिन्छ । शासन प्रणालीमा शासन व्यवस्थाको संचालन, अधिकारको बाँडफाँड, उत्तरदायित्वको सिमाकंन आदि गरिएको हुन्छ ।
नेपालको शासन प्रणाली:
नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष लोकतान्त्रिक मुलुक हो । यहाँको शासन प्रणालीमा प्रत्यक्ष जननिर्वाचित जनप्रतिनिधिहरूको अहं भूमिका हुन्छ । त्यसै गरी योग्यताको कसिमा जाँचीएका दक्ष प्रशासकहरूको प्रशासनिक संरचनाले लोकतन्त्रिक संरचनालाई अझ मजबुत गराएको छ । बुँदागत रूपमा नेपालको शासन प्रणालीमा निम्न विषेशताहरू पाउन सकिन्छ:
**    संसदिय लोकतान्त्रिक व्यवस्था,
**    गणतन्त्रात्मक पद्दती,
**    वालिग मताधिकारको प्रयोग,
**    हालसम्म एकात्मक राज्य व्यवस्था तर संघात्मकता तर्फको प्रतिवद्धता,,
**    विकेन्द्रीत संघियताको लक्ष्य,
**    प्रशासनिक संरचनामा योग्यता मुलक प्रणाली,
**    सार्वभौमिक अधिकारले सम्पन्न र स्वतन्त्र (औपनीवेशिकता नभएको),
**    मानवाधिकार, लैगिक समानता, सामाजिक समावेशिकरण जस्ता पक्षलाई महत्व दिइएको आदि ।
संघात्मक र एकात्मक शासन प्रणाली वीचका भिन्नताहरू:
 एकात्मक शासन प्रणाली:
**    केन्द्रीय नीति कानुन योजना अनुसार संचालन हुने
**    एकल केन्द्रीय संसद, सरकार, न्यायपालिका
**    स्वायत्त प्रान्तीय शासनको अवधारणा
**    जातीय भाषिक भौगोलिक एकता
**    केन्द्र प्रशासनले नै देशभर कार्य गर्ने

संघात्मक शासन प्रणाली:
**    विभिन्न प्रान्तीय राज्यलाई अधिकार दिईने, 
**    प्रान्तीय, नीति योजना अनुसार संचालन
**    बहुल संसद, सरकार र न्यायपालिका प्रान्त पिच्छे फरक फरक
**    स्थानीय स्वायत्त शासनको रूपमा विकेन्द्रीकरणलाई मान्यता
**    जातीय, भाषिक भौगोलिक रूपमा राज्यको विभाजन
**    प्रान्तीय प्रशासनको व्यवस्था गरिने
अन्तमा:
शासन प्रणाली एकात्मक वा संघिय जे भएपनि त्यसले आर्थिक विकास, गरिबी निवारण, समावेशिता, मानव अधिकार, बाल अधिकार र जनअधिकारको सम्मान गरिनुपर्छ । नेपालमा २०६२।६३ को जनआन्दोलन पश्चात स्थापित संसदीय लोकतान्त्रिक व्यवस्थाले धेरै हदसम्म माथिका कुराहरू समेटेको पाइन्छ । यसलाई व्यवहारिक रूपमा कार्यान्वयनको भने खाँचो रहेको छ ।

प्रश्न नं ९: नेपालको शासन प्रणालीमा प्रशासनिक निकायहरूलाई कसरी उत्तरदायी बनाउन खोजिएको छ, उल्लेख गर्दै थप सुधारका लागि सुझाव दिनुहोस् ।
उत्तरः 

‘उत्तरदायित्व विनाको जिम्मेवारी स्वेच्छचारी हुन्छ भने जिम्मेवारी विनाको उत्तरदायित्व अपांग हुन्छ ।’ 
प्रशासनिक उत्तरदायित्वको परिचयः–
प्रशासनिक पद वा ओहदा धारण गरेको पदाधिकारीले सार्वजनिक चासो वा सरोकारको काम , कर्तव्य र अधिकारको पालनाका सम्बन्धमा सरोकारवालामाझ नतिजाको जिम्मेवारी लिने, आवश्यक सवालहरूको जवाफ दिने जुन दायित्व रहन्छ त्यो  नै प्रशासनिक उत्तरदायित्व हो ।
विद्वानं MM.E.Loe भन्दछन्,
“प्रशासनिक पदाधिकारीको निर्णय कार्यको लेखाजोखा गर्ने अवसर जनतालाई उपलव्ध गराउने र सो सम्वन्धी जिज्ञासाको स्पष्टिकरण दिने दायित्व नै प्रशासनिक उत्तरदायित्व हो ।”
उत्तरदायित्व सुशासनका महत्वपूर्ण चार Pillars मध्ये एक हो जसले पदाधिकारीलाई स्वेच्छाचारी र स्वाविवेकी हुन नदिइ नागरिक हकको संरक्षण गर्दछ ।    कुनै प्रशासनिक निर्णय किन , कहिले , कहाँ र कसरी गरियो र सो को नतिजा के प्राप्त भयो उत्तर दिने कार्य नै साँचो अर्थमा प्रशासनिक उत्तरदायित्व हो ।
नेपालमा प्रशासनिक उत्तरदायित्व अभिवृद्धिका लागि भएका प्रयासहरूः–
नेपालमा प्रशासनिक उत्तरदायित्व अभिवृद्धिका लागि निम्नानुसार विभिन्न प्रयासहरू गरिएका छन् ।
**हाल उत्तरदायित्व सम्वन्धी प्रवधान एउटै कानुनले व्यवस्थित गरेको नभई विभिन्न कानुन तथा संविधानमा छरिएर रहेको अवस्था छ ।
    ++    नेपालको अन्तरिम संविधान–२०६३–
        -- राज्यको दायित्व अन्तरगत भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारी लाभको पदमा रही गैर कानुनी सम्पत्ति आर्जन गर्ने उपर कडा कारवाही गर्ने व्यवस्था ,
        -- धारा ३८(६) बमोजिम प्र.म.र अन्य मन्त्रीहरू सामूहिक रूपमा व्यव्स्थापिका संसद प्रति र मन्त्रीहरू आफ्ना मन्त्रालयका कामका सम्वन्धमा व्यक्तिगत रूपमा प्र.म.र व्यवस्थापिका संसद प्रति उत्तरदायि हुनुपर्ने व्यवस्था गरिएको,
    ++    निजामती सेवा ऐन २०४९ :
    --    निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने उद्देश्य,
    --    कर्मचारीको आचरण सम्बन्धी व्यवस्था,
    --    कर्मचारी आफ्ना कार्यका सम्बन्धमा सुपरिवेक्षक समक्ष उत्तरदायी हुने,
    --    व्यवस्थापन परीक्षणको व्यवस्था,
    --    विभागिय प्रमुख र कार्यालय प्रमुखहरूले आफु मातहतका कार्यालयहरूको निरीक्षण, अनुगमन गर्नुपर्ने व्यवस्था आदि ,
**    सुशासन (संचालन तथा व्यवस्थापन) ऐन, २०६४
    ++    प्रचलित कानुन बमोजिम आफूले गर्नुपर्ने कार्य निर्धारित शर्त र अवधिभित्र सम्पादन गर्नुपर्ने,
    ++   नगरिक वडापत्र सम्बन्धी व्यवस्था,
    ++   सार्वजनिक सुनुवाई सम्वधी व्यवस्था,
**    लेखापरीक्षण ऐन, २०४८ लागू भइ अर्थिक जिम्मेवारी र जवाफदेहिता निर्धारण,
**    सार्वजनिक खरिद ऐन २०६३, तथा नियमावली २०६४ लागू गरी खरिद प्रणालीमा जिम्मेवार पदाधिकारीलाई उत्तरदायी बनाउने प्रयास गरिएको,
**    बिभिन्न निकायहरूको स्थापना प्रशासनिक उत्तरदायित्व निर्वाहका लागि नै गरिएको,
       ++ कार्यालयहरूमा Focal point, Nodal officer आदिको व्यवस्था ,
      ++  भ्रष्ट्राचार र अनुचित कार्य नियन्त्रणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सक्रियता बढेको ।
     ++   संसदीय समितिहरूले विभिन्न मन्त्रालयका कार्यलाई जवाफदेही बनाउन निर्देशित गर्ने ।
    ++    अन्य ब्यवस्थाहरूःप्रेस–संचार जगत ,दातृ निकाय आदि ।
उत्तरदायित्व अभिवृद्धिका लागि गरिनुपर्ने कार्यहरूः–
नेपालमा उत्तरदायित्व प्रवद्र्धन गर्न थुप्रै प्रयासहरू गरिएको भए तापनि नेपालको सार्वजनिक प्रशासन उत्तरदायित्वको अभावमा स्वेच्छाचारी बन्दै गएको, गोपनियतामा रमाउँदा पारदशिता धुमिल हुन पुगेको जस्ता आरोपहरू लाग्ने गरेका छन् । समग्रमा, उत्तरदायित्व अभिवृद्धिका लागि देहायका कार्यहरू अवलम्वन गर्नुपर्दछ ः–
**    सार्वजनिक कार्यमा जनताको पहुँच बढाउने(सचेतना कार्यक्रम,स्थानीय निर्वाचन,तल्लो तहसम्म बिकेन्द्रीकरण आदि जस्ता माध्यम हुन सक्छन)
**    जनताको स्तरवाट अनुगमन मूल्यांकनमा सहभागि हुने अवस्थाको सिर्जना गर्ने,
**    प्रशासनिक कार्यक्रमको जनस्तरवाट अनुमोदनको संरचना निर्माण गर्ने,
**    स्थानीय आवश्यकता र समस्यालाई कार्यक्रममा प्राथमिकता दिने जस्ले गर्दा स्थानीय पहुँच र सहयोग निर्माणमा सहयोग मिलि जवाफदेहितालाई मद्दत गर्दछ ।
**     जनस्तरमा नै थाहा पाउने गरी सरकारी कार्यमा Transparancy कायम गर्ने, पारदर्शी निर्णय प्रकृया अनलम्वन गर्नु पर्ने,
**     राजनैतिक इच्छाशक्ति र प्रतिवद्धता बिकास गरिनु पर्छ,
**     सचेत नागरिक समाजको विकास गरिनुपर्ने,
**     प्रभावकारी छानविन तथा अनुसन्धान व्यवस्था लागु गर्ने,
**     आधुनिक लेखाप्रणाली, लेखापरीक्षण र वित्तीय योजना लागु गर्ने,
**     खुला सूचना प्रणाली अवलम्बन गर्ने,
कार्यमा पारदर्शीता, खर्चमा मितव्ययिता, वितरणमा समानता, धारणमा परिवर्तनका साथसाथै प्रशासनिक कटिवद्धता, राजनैतिक प्रतिवद्धता, श्रोत–साधनको पर्याप्तता र सचेत नागरिक समाजको विकास भएमा प्रशासनिक उत्तरदायित्व अभिवृद्धि हुने कुरामा सुनिश्चित हुन सकिन्छ ।

प्रश्न नं :१० राष्ट्रिय सुरक्षाको अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू बारेमा चर्चा गर्नुहोस ।

उत्तर: राष्ट्रिय सुरक्षा भन्नाले कुनैपनि राष्ट्रको राजनीतिक भौगोलिक सिमानाभित्र शान्ति, अमनचयन कायम गर्दै डर त्रासको अवस्थाबाट उन्मुक्तिका लागि अपनाइने समस्त पक्षहरूलाई राष्ट्रिय सुरक्षा भनिन्छ । यसमा राष्ट्रको सुरक्षा नीति, कानुन, सुरक्षा निकाय र आम नागरिकहरूको सुरक्षा सम्बन्धमा सचेतना जस्ता विषय समावेश हुन्छन् ।
राष्ट्रिय सुरक्षाको अवधारणा:
कुनै पनि देशको सरकारले आम नागरिकलाई सरक्षित रूपले बाच्न पाउने, कुनै पेशा रोजगार गर्न पाउने, लगायतका मानव अधिकारको संरक्षण सँग राष्ट्रिय सुरक्षा जोडिएको हुन्छ । राज्यको उत्पत्ति तथा विकास नै असुरक्षाबाट उन्मुक्ति पाउन र नियमन गर्नु भएको भन्ने राज्यको उत्पत्ति सम्बन्धि सामाजिक सम्झौता सिद्धान्तका पक्षधरहरूका धारणा पाइन्छ । उपनिबेशवाद, विस्तारवाद, आतंकबाद जस्ता प्रवृतिहरूको विस्तारले राष्ट्रिय सुरक्षाको अवधारणालाई अझ महत्वपूर्ण बनाएको छ । प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध पश्चात स्थापित संयुक्त राष्ट्र«संघ र विश्वव्यापी सुरक्षा एकताको मान्यताले राष्ट्रिय सुरक्षाको धारणामा परिवर्तन आएको छ । राष्ट्रिय सुरक्षा व्यवस्थामा बाह्य सुरक्षा प्रणालीको महत्वपूर्ण स्थान रहने भएकाले यस सम्बन्धमा विश्वव्यापी साझेदारीताको आवश्यकता अझ बलियो बन्दै गएको छ ।
राष्ट्रिय सुरक्षाको क्षेत्र:
कुनै पनि राष्ट्र«को सुरक्षा सम्बन्धी विषयले समेट्ने दायरा नै यसको क्षेत्र हो । जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
क)     नीतिगत तथा कानुनी क्षेत्र: सुरक्षा सम्बन्धी सरकारी नीति, नियम कानुनको व्यवस्था ।
ख)     संस्थागत क्षेत्र: राष्ट्रिय सुरक्षा कायम गर्नका लागि तयार गरिने विभिन्न संस्थागत संयन्त्रहरू । जस्तै ः नेपालमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, सुरक्षा परिषद् आदि ।
ग)     कार्यगत क्षेत्र: देशमा तथा विदेशमा बसोबास गर्ने नागरिकहरूका प्रत्येक क्रियाकलापलाई कानुन अनुरूप भयमुक्त रूपमा कार्य सम्पादनका लागि वातावरण सुनिश्चित्ता गराउने कामहरू । जस्तै ः चोरी, डकैति हुन नदिन निगरानी राख्ने, झगडा मिलाउने आदि ।
घ)     बाहृय सुरक्षा सम्बन्ध: देशभित्र र देश बाहिर सुरक्षाका सम्बन्धमा गरिने समन्वय, सहयोग र एकताका लागि विकास गरिने सम्बन्ध । जस्तै: अन्तर्राष्ट्रिय आतंकवाद, अन्तर्राष्ट्रिय आक्रमण, राज्यको सीमा सुरक्षा आदिका सम्बन्धमा ।
ङ)     व्यवस्थापकीय क्षेत्र:     यसमा सुरक्षा व्यवस्थापनका सम्बन्धमा योजना, निर्देशन, नेतृत्व, निरीक्षण अनुगमन र मुल्यांकन जस्ता पक्षहरू पर्दछन् ।
च)     अन्य:राष्ट्रिय सुरक्षा व्यवस्थापनका लागि राज्यको आन्तरिक सुरक्षा अन्तर्गत गृहयुद्ध, संगठित तथा सामाजिक हिंसा र अपराधलाई नियन्त्रण गर्ने विषयहरू ।
नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू:
नेपालमा राष्ट्रिय सुरक्षा सम्बन्धमा देहाय बमोजिम नीतिगत तथा कानुनी, संस्थागत र कार्यगत प्रावधानहरू छन् ः
क)     नीतिगत र कानुनी प्रावधानहरू :
    **    नेपालको अन्तरिम संविधान २०६३ ले शान्ति सुरक्षा कायम गरी समाजमा सम्मानपूर्वक जीवनयापन गर्न जोड दिएको ।
    **   चालु आवधिक त्रिवर्षीय योजना (२०७०।७१ – ०७२।७३) ले आन्तरिक र वाह्य सुरक्षा प्रणालीमा सुधार ल्याउने उद्घोष गरेको,
    **    चालु आ.व. २०७०।७१ को बजेटमा शान्ति सुव्यवस्थालाई मजबुत बनाउन जोड दिइएको,
    **    विश्व सुरक्षा (Global Security) लाई जोड दिइएको ।
    **    नागरिकहरूको जीउ, धन र स्वतन्त्रताको सुरक्षामा सरकारले जोड दिने गरेको ।
ख) संस्थागत प्रावधानहरू :
**    प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक सुरक्षा परिषद्को व्यवस्था,
**    केन्द्रिय सुरक्षा समिति (गृहमन्त्रिको अध्यक्षतामा), क्षेत्रीय सुरक्षा समिति
(क्षेत्रीय प्रशासकको अध्यक्षतामा) र जिल्ला सुरक्षा समिति (प्र.जि.अ.को अध्यक्षतामा) रहने व्यवस्था,
**    नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनालाई ७५ जिल्लामा आन्तरिक र वाह्य सुरक्षा सम्बन्धी जिम्मेवारी पुरा गर्नका लागि व्यवस्था गरिएको ।
**    अपराधिक क्रियाकलापको अनुसन्धानको लागि राष्ट्रिय अनुसन्धान विभाग र अन्तर्गतका निकायहरूको व्यवस्था रहेको,
**    लागु औषध नियन्त्रण, मानव बेचविखन नियन्त्रण आदिको लागि संस्थागत व्यवस्था रहेको ।
ग) कार्यगत व्यवस्था:
**    राष्ट्रिय सुरक्षा व्यवस्थापनका लागि सम्बन्धित निकायले कार्य जिम्मेवारी अनुरूप कार्य सम्पादन गर्ने व्यवस्था रहेको,
**    राष्ट्रिय सुरक्षा सम्बन्धमा अन्तर निकायगत समन्वय र समय समयमा छलफल हुने गरेको,
**    अपराधिक क्रियाकलाप नियन्त्रणका लागि न्यायिक निकाय मार्फत दण्ड, सजाय तथा पुरस्कार प्रणालीलाई अनाइएको,
**    अन्तर्राष्ट्रिय अपराध, सीमाक्षेत्रका अपराधलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा समन्वय कायम गरी सूचना प्रणालीलाई व्यवस्थित गर्ने प्रयत्न गरिएको,
**    धार्मिक, जातीय, लिङ्गीय रूपमा उत्पन्न अपराधका सम्बन्धमा आम नागरिकहरूका वीचमा सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने गरिएको,
**    साना हातहतियार व्यवस्थापन सम्बन्धी कार्यवीधिको व्यवस्था ।
    छिमेकी मित्रराष्ट्र«हरूका सुरक्षा निकायका विभिन्न तहमा सुरक्षा सम्बन्धमा नियमित छलफल हुने गरेको ।
अन्तमाः
व्यक्ति, समाज र सिंगो राष्ट्र«मा सुरक्षित प्रणालीको सुनिश्चित्ताले समग्र पक्षमा सकारात्मकता सिर्जना गर्दछ । राष्ट्रिय सुरक्षाले आन्तरिक र वाह्य सुरक्षा व्यवस्थाको प्रत्याभूतिमा जोड दिन्छ । नेपालमा यस सम्बन्धमा गरिएका प्रावधानहरू प्रशंसनीय छन् । बढदो सुरक्षा संकटको चुनौती तथा दण्डहीनताको अन्त्य गरी शान्ति र अमन चयन कायम गर्नु आजको आवश्यकता हो ।

प्रश्न नं: ११ वहुस्तरीय शासन भन्नाले के बुझ्नुहुन्छ ? अनौपचारिक शासनका पात्रहरू र ती पात्रहरूद्वारा सिर्जीत चुनौतीहरू के के हुन् ? उल्लेख गर्नुहोस ।
उत्तर:

बहुस्तरीय शासन:
आजको आधुनिक शासन प्रणालीमा सरकार एकमात्रले शासन गर्दैन । प्रत्यक्ष र परोक्ष रूपमा शासन प्रणालीका अनेक पात्रहरूको उदय भएको छ । ती पात्रहरूको प्रभाव पनि छ । त्यसरी शासनमा बहुपात्रहरूको उपस्थिति हुनुलाई बहुस्तरीय शासन भनिन्छ ।

    शासनमा बहुपात्रको अवस्थाको सिर्जना स्थानीयकरण र विश्वव्यापिकरणबाट सिर्जित भएको छ । जस्तो आन्तरिक शासनमा ध्त्इ, ग्ल् तथा अन्य पात्रको सहयोग, दबाव, निगरानी हुने अवस्थाको सिर्जना भएको छ । उदारिकरणको अवधारणाले निजी क्षेत्र निकै अगाडी आएको छ । राष्ट्रिय नीतिको निर्माणमा होस वा निजी क्षेत्रलाई प्रभाव पार्ने कानुनको तर्जूमामा होस उसको सहयोग लिनु परेको छ । त्यसैगरी स्थानीय समुदाय, धार्मिक समुदाय, सहकारी संस्था, स्थानीय निकाय आदिको समेत शासन प्रणालीमा प्रभाव परेको छ ।
अनौपचारिक शासनका पात्रहरू:
१.    UN अन्तरगतका बिभिन्न संस्थाहरू,
२.    राष्ट्रिय/अन्तराष्ट्रिय संगठनहरू,
३.    राष्ट्रिय/अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरू,
४.    अन्तर्राष्ट्रिय कुटनीतिक नियोगहरू
पात्रहरूद्वारा सिर्जित चुनौतीहरू:
अनौपचारिक शासनको पूर्ण विकल्प अब हुन सक्दैन । अनौपचारिक शासनका पात्रहरूद्वारा बेला बेलामा चुनौतीहरू भने सिर्जना हुने गरेका छन् जस्तो:
**    आन्तरिक राजनीतिमा दबाब,
**    सरकारको प्राथमिकताले महत्व नपाउने अवस्था सिर्जना (नीति, योजना र कार्यक्रममा प्रभाव)
**    विभिन्न अन्तराष्ट्रिय सम्झौताका लागि दवाव हुने गरेको ।
**    आन्तरिक भर्ना नियुक्ति पदस्थापना समेत दवाब पर्ने गरेको ।
**    सार्वभौमिकतामा असर पुगेको  ।
समष्टिमा:
बहुस्तरिक शासनको पूर्ण विकल्प छैन, शासन प्रणालीलाई लोकतान्त्रिक बनाउने हेतु नागरिक समाजको उपस्थिति, शासन प्रणालीमा प्रतिस्पर्धात्मक र उदार बनाउने हेतु निजी क्षेत्रको उपस्थिति, विश्वव्यापिकरण मार्फत सिर्जित अन्तर्राष्ट्रिय निकायहरूको उपस्थिति आदिको कारण बहुपात्रको उपस्थिति अनिवार्य जस्तै बनेको छ । यसले सरकारलाई सहयोग, दबाव तथा समन्वय गर्नमा अझ मद्दत पुग्ने नै देखिन्छ। राष्ट्रिय आवश्यकता, प्राथमिकतालाई बढावा दिदै सरकारलाई थप बलियो बनाउने तर्फ बहुस्तरिय पात्रको उपयोग गरिनु पर्ने आवश्यकता देखिएको छ ।

प्रश्न नं: १२ संयुक्त राष्ट्र संघ र आवद्ध संस्थाहरूको नेपालको शासन व्यवस्थामा के कस्तो प्रभाव (सकारात्मक/नकारात्मक ) रहेको पाउनुहुन्छ ? नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय संस्था तथा वैदेशिक सहयोग बारेमा उल्लेख गर्नुहोस ।
उत्तर: 
सन् १९४५ अक्टुवर २४मा स्थापित संयुक्त राष्ट्र« संघमा नेपाल सन् १९५५डिसेम्बर १४मा प्रबेश गरे पश्चात बिभिन्न सहयोग, सहकार्य हुन थालेको हो । हाल संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक कार्यक्रमहरू UNO अन्तरगतका बिशिष्टिकृत संस्थाहरू मार्फत संचालन भएका छन् । UNO र बिशिष्टिकृत संस्थाहरूको नेपालको शासन ब्यवस्थामा परेको प्रभावलाई सकारात्मक र नकारात्मक दुवै पक्षवाट हेर्न सकिन्छ ।
सकारात्मक प्रभावः
**    UNO ले अन्तराष्ट्रिय शान्ति स्थापनामा खेलेको महत्वपूर्ण भूमीकाबाट नेपालले लाभ लिएको छ । बिकसित तथा बलिया राष्ट्र«ले शासनमा गर्न सक्ने प्रत्यक्ष आक्रमणबाट जोगाएको छ ।
**    आन्तरिक द्वन्द समाधान÷ब्यवस्थापनमा सहयोग प्राप्त भएको छ । जस्तो अनमिनको सहयोग ।
**    नागरिक अधिकार,मौलिक हक र मानवाधिकारका पक्षमा आवाज उठाउने गरेको छ ।
**    अन्तराष्ट्रिय सन्धि सम्झौताको पालनामा कुनै अवरोध भएमा अन्तराष्ट्रिय न्यायालय मार्फत न्याय दिलाउने कार्य गरेको छ ।
**    आर्थिक सामाजिक बिकासका लागि UNDP, World Bank, IDA आदि संस्था मार्फत कार्य गरिरहेको छ ।
नकारात्मक प्रभावः
**    अनावश्यक दवावको सिर्जना गराएको छ ।
**    शक्ति राष्ट्रकै आडमा बिकास गतिबिधि संचालन गरिएको आरोप लाग्ने गरेको छ ।
**    बिकसित देशको तुलनामा नेपाल जस्ता बिकासशील देशलाई हेर्ने दृष्ट्रिकोण फरक रहेको जनगुनासो छ ।
**    नेपालको आफ्नो प्राथमिकता र आवश्यकतामा नभै UNO को आफ्नै प्राथमिकतामा कार्यसंचालन गरेको आरोप लाग्ने गरेको छ ।
नेपालको शान्ति स्थापनामा अन्तर्राष्ट्रिय निकाय तथा विदेशी राष्ट्रहरूको सहयोग:
ऐतिहासिक समय देखि नै नेपालको आन्तरिक मामलामा पनि विदेशी राष्ट्र« तथा अन्तर्राष्ट्रिय निकायद्वारा सहयोग हुँदै आएको पाईन्छ । मल्लकाल, शाहकालमा तत्कालिन शासनको विरुद्धमा अंग्रेजी फौज (किनलक मिसन जस्ता) आउनु) ।
**    पछिल्लो सम्मको शान्ति प्रक्रियामा अनमिनको सहयोग उल्लेखनिय रहेको,
**    हतियार व्यवस्थापनमा र आम निर्वाचनमा विभिन्न देशहरूको सहयोग प्राप्त भएको,
**    नेपालको बिकास प्रक्रियामा सहयोग,
**    बिभिन्न मानवीय सहयोगहरू प्राप्त भएका छन् ।
अन्तमा,
द्वितीय बिश्वयुद्ध पश्चात आगामी दिनमा यस्तो भयावह स्थिति आउन नदिन र अन्तराष्ट्रिय शान्ति र स्थायित्व कायम गर्नका लागि स्थापित संस्था संयुक्त राष्ट्रसंघको बिश्वब्यापि महत्वबाट नेपाल पनि उत्तिकै लाभान्वित भएको छ । शासन संचालनको क्रममा आइपर्ने अप्ठेरोमा सहयोग मात्र नभै नागरिक अधिकारको रक्षाका लागि सरकारलाई दिशानिर्देश गर्ने कार्य समेत संयुक्त राष्ट्रसंघले गर्दै आएको छ । पछिल्लो समयमा अनमिनले नेपालको शान्ति स्थापनामा गरेको सहयोगबाट ग्ल् प्रति नेपाली जनमानसमा थप बिश्वास र श्रद्धाभाव जागृत भएको पाइन्छ ।

प्रश्नः १३ नेपालको सन्दर्भमा राष्ट्रिय सूरक्षा सम्बन्धमा देखा परेका चुनौतीहरू,समाधानार्थ गरिएका प्रयासहरू,अवलम्बन गर्नु पर्ने थप उपायहरू वारेमा उल्लेख गर्नुहोस ।
उत्तरः

कुनैपनि राष्ट्रको राजनीतिक भौगोलिक सिमानाभित्र शान्ति, अमनचयन कायम गर्दै डर त्रासको अवस्थाबाट उन्मुक्तिका लागि राष्ट्रिय सुरक्षाका उपायहरू अवलम्बन गरिन्छ । यसका लागि सुरक्षा संयन्त्रहरू, सुरक्षा नीति, कानुनहरू, संरचनाहरू आदिको तर्जुमा गरिएको हुन्छ । नेपालको राष्ट्रिय सुरक्षा सम्बन्धमा नीतिगत,संस्थागत तथा कार्यगत ब्यवस्था गरिदा गरिदै पनि देहाय वमोजिमका चुनौतीहरू समेत बिद्यमान रहेको पाइन्छ ।
राष्ट्रिय सुरक्षा ब्यवस्थापनमा देखा परेका चुनौतीहरूः
**    लामो समयदेखिको आन्तरिक द्वन्द्वको अवस्थालाई दिगो शान्तिमा रूपान्तरण गर्नु,
**    जातिय,वर्गिय,लैंगिक समस्यालाई राष्ट्रिय सुरक्षाको पक्षसंग तालमेल हुने गरी समाधान गर्नु,
**    बाह्य हस्तक्षेप, सीमा अतिक्रमण जस्ता विषयलाई सहमतीमा टुंगोमा पु¥याउनु,
**    धार्मिक संप्रदाय र क्षेत्रको आडमा हुनसक्ने बिवाद र सामाजिक द्वन्द्वलाई (Win-Win) मोडलमा समाधान गर्नु ।
**    विश्वब्यापि रूपमा बढ्दै गएको शक्ति संघर्ष वाट राष्ट्रलाई सुरक्षित राख्नु ।
**    साइवर अपराध नियन्त्रण गरी साइवर आक्रमणको खतरावाट बच्न जोखिम केन्द्रीत रणनीति र कार्यनीति निर्माण गर्नु
**    जलवायु परिवर्तनबाट सिर्जना हुन सक्ने ताल विष्फोट,हिउँपहिरो आदिबाट सूरक्षामा चुनौती सिर्जना भएको आदि जस्ता चुनौतिहरू विद्यमान रहेका छन्
चुनौती समाधानका लागि गरिएका प्रयासहरूः
**    नेपालको सुरक्षा ब्यवस्थापनका लागि विभिन्न नीतिगत र संस्थागत प्राबधान राखिएको जस्तैः—
-- संबिधानमा नै राष्ट्रिय सुरक्षा परिषद,नेपाली सेना लगायतका सुरक्षा निकायका ब्यवस्था, संकटकालिन अधिकार, बिशिष्ट अवस्थामा बजेट ब्यवस्थाका लागि उधारो खर्च आदिको ब्यवस्था गरिएको छ ।
-- स्थानीय प्रशासन ऐन, संगठित अपराध नियन्त्रण ऐन, लागू औषध नियन्त्रण ऐन, सुपुर्दगि ऐन आदि कानुन मार्फत सुरक्षा ब्यवस्थालाई नियमन तथा अपराध नियन्त्रणका कार्य गरिएको ।
      --  सूरक्षाका बिभिन्न निकायहरू जस्तो नेपाली सेना,जनपद प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग आदि मार्फत सूरक्षा कार्यमा समन्वयात्मक प्रयास गरिएको ।
**    राष्ट्रिय सुरक्षालाई अन्तराष्ट्रिय सुरक्षा चासो मुताविक बिश्व शान्ति, पञ्चशीलका सिद्धान्तको पालना,संयुक्त राष्ट्र संघका मान्यताहरूको परिपालना आदि कार्य गरिएको ।
**    क्षेत्रीय संगठनहरू SAARC, BIMSTEC आदिका फोरममा समेत आतंवाद नियन्त्रण, निशस्त्रिकरणमा मुद्दा उठाएको ।
**    मानव वेचविखन नियन्त्रण, लागू औषध नियन्त्रणमा विश्वव्यापी साझेदारी ।
**    सीमा विवाद, खुला सीमाका कारण हुने अपराध नियन्त्रण आदिका छिमेकी राष्ट्रसँग बहस, पैरवी र वार्ता गरिएको ।
**    राष्ट्रिय महत्वका सूचनालाई भैपरी आउने दुर्घटनावाट सुरक्षित राख्ने उद्धेश्यले हेटौडामा Data Backup Center निर्माणका लागि तयारी गरिएको । आदि जस्ता महत्वपूर्ण प्रयासहरू भएका छन् ।
सुझावहरूः
नेपालको राष्ट्रिय सुरक्षा ब्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि देहाय अनुसारको सुझाव कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।
**    खुला सीमाका कारण आईपर्ने मानव बेचविखन, आतंकबाद, सीमा अतिक्रमणलाई नियन्त्रण गर्न छिमेकी राष्ट्रसँग समन्वयात्मक पहल गरी सीमा सुरक्षा बल, सीमा सम्मको पुनर्निमाण, अपराधी सुपुर्दगीमा कडाई आदि गरिनुपर्छ ।
**    सुरक्षा अंगहरूमा स्पष्ट कार्य क्षेत्र निर्धारण गरी राष्ट्रिय सुरक्षाका विषयमा समन्वयात्मक प्रयास गर्ने ।
**    राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा अंगहरूलाई स्रोत, साधन, जनशक्ति र प्रविधिले युुक्त गराई आधुनिक प्रविधि मार्फत हुनसक्ने अपराधको नियन्त्रणमा लगाउनु पर्ने ।
**    राष्ट्रिय सुरक्षा चासो तथा राष्ट्रिय सुरक्षा नीतिमा सहमति र प्रतिवद्धता जनाउने । आदि
अन्तमा,
नेपाल भौगालिक हिसावले भूपरिवेष्ठित भएता पनि एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो । अतःसन्तुलित र समन्वयात्मक राष्ट्रिय सुरक्षा पद्धतिको अवलम्बन गर्दै यस क्षेत्रमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नु नै नेपालका लागि श्रेयस्कर ठहरिन्छ ।

प्रश्नः १४ शासनका प्रमुख आयामहरू के के हुन् ? नेपालको समकालीन शासन प्रणालीका चुनौतीहरूबारे चर्चा गर्दै समाधानका उपायहरू समेत चर्चा गर्नुहोस् ।
उत्तर:

शासनका प्रमुख आयामहरूः
राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधि, प्रक्रिया, मापदण्ड र कार्यशैलीको समग्रता शासन हो । शासनका आयामहरू भन्नाले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा शासन पद्दतिलाई हेर्ने साझा दृष्टिकोणहरूलाई बुझिन्छ । अतः शासन पद्दतिका निम्न साझा दृष्टिकोणहरूनै शासनका प्रमुख आयामहरू हुन् ।
क)     राजनीतिक आयाम: मूलभूत रूपमा शासन राजनीतिक विषयवस्तु हो । सरकारको स्वरूप, संविधान, राज्य शक्तिको प्रयोग जस्ता विषयवस्तुहरू शासनको राजनीतिक आयाम अन्तर्गत पर्दछन् ।
ख)    प्रशासनिक आयाम: राज्य संचालनका क्रममा सरकारले अंगालेको प्रशासनिक परिपाटीलाई शासनको प्रशासनिक आयाम भनिन्छ । सार्वजनिक सेवाको व्यवस्थापन, सेवामा जनताहरूको पहुँचको अवस्था आदि यस भित्र पर्दछन् ।
ग)     वित्तीय/आर्थिक आयाम: शासनले वहन गर्नुपर्ने वित्तीय जवाफदेहिताको पक्ष शासनको वित्तीय आयाम हो । शासन संचालनका क्रममा गरिने गतिविधिहरूमा वित्तीय उत्तरदायित्वको पक्षलाई वित्तीय आयामको रूपमा लिन सकिन्छ । साथै अर्थतन्त्रको स्वरूप समाजवादी, पूँजीवादी, मिश्रित आदि आर्थिक आयाम भित्र पर्दछन् ।
घ)     समन्वयात्मक आयाम: शासन संचालनका क्रममा बहुक्षेत्र र बहुपात्रसँगको समन्वय र सहकार्यको पाटो शासनको समन्वयात्मक आयाम अन्र्तगत पर्दछन् । शासन प्रक्रियामा निजी, सामाजिक क्षेत्र एवं सामुदायिक क्षेत्रको पहुँच, आवाज र सहभागिताको मापन यस आयाम मार्फत  गरिन्छ ।
नेपालको समकालीन शासन प्रणालीका चुनौतीहरू :
नेपालको वर्तमान शासकीय प्रणाली केही चुनौतीहरूबाट गुज्रिरहेको छ । शासन प्रणालीका चुनौतीहरूलाई निम्न बुँदाहरूमा उल्लेख गर्न सकिन्छ ः
**    हालै सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनबाट निर्माण भएको संविधानसभाबाट संविधान जारी गरी प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै लामो समयको राजनैतिक संक्रमणकालबाट राष्ट्रलाई मुक्त गर्नु,
**    राज्यको पुनर्संरचनाका लागि संघीय स्वरूपको सर्वमान्य आधारहरू, अधिकारको बाँडफाड तथा संघीय प्रणालीको व्यवस्थापन गर्नु,
**    द्वन्द व्यवस्थापनलाई निष्कर्षमा पु¥याई शान्ति,सुरक्षा तथा अमनचयनको प्रत्याभुति गर्नु,
**    राष्ट्र निर्माण र सामाजिक आर्थिक रूपान्तरणको राष्ट्रिय लक्ष्यलाई मूर्त रूपमा उतार्नु,
**    जनआन्दोलन तथा संविधानसभा सदस्य निर्वाचनका क्रममा दिइएका आश्वासन, घोषणापत्र, प्रतिवद्धता पत्रलाई कार्यरूपमा परिणत गरी आम नागरिकहरूको अपेक्षालाई मूर्तरूप प्रदान गर्नु,
**    शासकीय सक्षमता कायम राख्दै सुशासन, नयाँ सार्वजनिक सेवा, उत्तरदायी शासन तथा विद्युतीय शासन जस्ता शासकीय अवधारणहरूको कार्यान्वयन र शीघ्र व्यवस्थापन गर्नु,
**    बहुस्तरीय शासन प्रणालीका अवधारणात्मक पक्षहरूलाई परिवर्तित सन्दर्भ अनुसार अनुकूल बनाउनु ।
नेपालको शासन प्रणालीमा रहेका चुनौतीहरू समाधानका उपायहरूः
**    शासकीय व्यवस्थामा आवश्यक पर्ने नीति, योजना तथा कार्यक्रमलाई कार्यान्वयनयोग्य तथा गतिशील बनाउँदै सुशासन कायम गर्न जोड दिने,
**    संविधानसभाबाट जनताको Voice र Choice लाई सम्बोधन हुनेगरी जनमैत्री संविधान यथासमयमै जारी गर्ने,
**    विभिन्न राजनीतिक दलहरूमा राष्ट्रिय स्वार्थका विषयमा ऐक्यवद्धता र समझदारी कायम गर्न प्रतिवद्ध हुने,
**    विकेन्द्रीकरणको मूल्य र मान्यतालाई आत्मसात गर्दै एकात्मक केन्द्रीय शासन प्रणालीको अन्त्य गर्ने,
**    आम नागरिक र सरकार बीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै राष्ट्रिय स्वार्थलाई ओझेलमा पार्ने गरी अनावश्यक रूपमा उत्पन्न द्वन्दलाई सहकार्य मूलक ढङ्गबाट समाधान गर्ने,
**    शासन प्रणालीको नीति तर्जुमा, कार्यान्वयन, मुल्याकंन जस्ता पक्षहरूमा देशमा विद्यमान सबै वर्ग, क्षेत्र, लिङ्गको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने,
**    शासन प्रणाली संचालन गर्ने सरकार अन्तर्गतका निकायहरूलाई समयानुकूल बनाउन सुधारका कार्यक्रमहरूलाई वढावा दिने,
**    विश्वव्यापी रूपमा शासन प्रणालीका सन्दर्भमा विकसित अवधारणालाई नेपालको शासन प्र्रणाली सँग आवद्धता गराउने ।
नेपालको शासन प्रणालीमा देखिएका माथि उल्लिखित अल्पकालीन तथा दीर्घकालीन चुनौतीहरूको उचित संबोधन सहित सुधारका कार्यसूचीहरूलाई कार्य रूपमा परिणत गर्नुपर्ने आवश्यकता देखिएको छ । यसबाट नै नेपालको शासकीय सक्षमताको अभिवृद्धि भई समृद्ध, आधुनिक, न्यायपूर्ण नयाँ नेपाल निर्माणको मार्गप्रशस्त हुन सक्दछ ।


- विभिन्न अन्लाइनहरुबाट सङ्कलन गरिएको)