Friday, July 20, 2018

pramod mainali: शाखा अधिकृतको राज्य र शासनका सम्भावित प्रश्नोत्तरहरु

शाखा अधिकृतको राज्य र शासनका सम्भावित प्रश्नोत्तरहरु
प्रश्न नं:१. शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।
उत्तर :                                                               शासनको अवधारणा
** सामान्य अर्थमा राज्यसंचालनका क्रममा सरकारले जे गर्दछ, त्यो नै शासन हो । राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधी, प्रक्रिया, मापदण्ड र कार्यशैलीको समग्रतालाई शासन भनिन्छ ।
** शाब्दिक रुपमा ग्रीक भाषाको Kobernao शब्दबाट आएको शासन (governance) शब्दको अर्थ राज्य प्रणाली र स्रोतसाधनको "परिचालन र दिशानिर्देश गर्नु" भन्ने बुझिन्छ ।
** परम्परागत मान्यतामा शासन राज्यको भयशक्तिको प्रयोग गर्दै नागरिकहरुलाई आफूप्रति बफादार राख्दै नियन्त्रण र निर्देशन गर्ने प्रणालीका रुपमा बुझिन्थ्यो । आधुनिक राज्यप्रणालीमा शासन शब्दले नागरिक प्रतिनिधीहरुद्वारा जनहितका लागि सर्वजनिक स्रोतहरुको परिचालन, सार्वजनिक मामिलाहरुको ब्यवस्थापन क्रियाकलापहरुलाई समेट्दछ ।
** समग्रमा राज्यको नियमन गर्ने, ब्यवस्थापन गर्ने, जनहितका लागि जनपरिचालन र सेवाप्रवाह गर्ने सरकारका तिनवटै अंगहरुको कार्यप्रणालीको एकिकृत र ब्यवहारिक रुप नै शासन हो ।

शासनका आधारभूत पक्षहरु
शासन प्रणालीका अभिन्न अंगका रुपमा रहेका विविध पक्षहरुलाई शासनका आधारभूत पक्षका रुपमा लिईन्छ ।
मुख्य पक्षहरु बुँदागत रुपमा यसप्रकार छन् :–
–    नागरिक सर्वोच्चता :– नागरिकहरु नै राज्यका सर्वोच्च शक्ति भएकोले शासन उनीहरुको इच्छामा मात्र संचालन हुन सक्दछ । साथै नागरिक हक अधिकारको प्रत्याभूति शासन प्रणालीको आधारभूत पक्षका रुपमा रहेको हुन्छ ।
–    शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन :– शासन सरकारका अंगहरुमा कार्यविभाजन भई संचालन हुने र हरेक अंगका परिभाषीत अधिकार अन्र्तगत संचालन हुने गर्दछ । साथै, अंगहरुवीचमा संविधान र कानसनद्वारा नै नियन्त्रण र सन्तुलनको ब्यवस्था मिलाईएको हुन्छ ।
–    कानुनको शासन :– कानुनलाई आत्मसात गर्दै शासन संचालन गरिने भएकोले कानुनको पालना र प्रयोग शासनको महत्वपूर्ण पक्ष हो ।
–    बहुपात्र, समन्वय र वहुपक्षीय सम्बन्ध :– शासन प्रणालीको अभिन्न पक्षका रुपमा राज्य वाहेकका राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका पात्रहरुसंगको समन्वय तथा सुमधुर सम्बन्ध र सहकार्य रहेको हुन्छ ।
–    दुरदृष्ट्रियुक्त कार्यशैली :– शासनले राज्यसंचालन संगसंगै राज्यको गन्तब्य समेत निर्धारण गर्ने भएकोले शासनले दुरदृष्टियुक्त कार्यशैली तय गरेको हुन्छ ।
यसका साथै सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा र अमनचयन आदि जस्ता पक्षहरुसमेत शासनका आधारभूत पक्षका रुपमा रहेका हुन्छन्
शासनका विशेषताहरु
शासन वा शासन प्रणालीका मुख्य विशेषताहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ :–
–    शासन राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अंग सरकार र यसका अंगहरु मार्फत संचालन गरिन्छ ।
–    सार्वभौमसत्ता सम्पन्न नागरिक प्रतिनिधिद्वारा नागरिक सर्वोच्चता र हित अनुकुल सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।
–    शासन राज्यको अस्त्तिव संगै निरन्तर चलिरहने प्रणाली हो ।
–    राज्य प्रणालीको जीवित मस्तिष्क, आत्मा र नेतृत्वको रुपमा शासन रहेको हुन्छ ।
–    शासन बहुक्षेत्र, वहुपात्र र वहुविधासंग सरोकार राख्ने वहुल उद्धेश्य र अपेक्षाहरु भएको विषय हो ।
–    शासनको कार्यक्षेत्र राज्यको क्षेत्र, दायरा र शक्तिसंग जोडिएको हुन्छ ।
    यसप्रकार शासन सरकारको गुण, राज्यको आदर्श त्तव र राज्यशक्तिको प्रयोग गर्ने शैलीका रुपमा उल्लेखित आधारभूत पक्ष र विशेषतायुक्त प्रणालीका रुपमा रहेको हुन्छ ।


प्रश्न नं : २. सुशासनका विभिन्न पक्षहरु उल्लेख गर्दै नेपालको शासन ब्यवस्थालाई ती पक्षहरुको आधारमा विश्लेषण गर्नुहोस्
उत्तर :
सुशासन
    सरकारद्वारा राज्यको संचालन एवं ब्यवस्थापनका लागि गर्ने कार्य तथा अपनाउने कार्यशैली शासन हो । शासन संचालनको प्रकृयामा संलग्न शासकीय पात्रहरुमा निहित शक्ति, अधिकार र दायित्वको प्रयोग नागरिक सन्तुष्टी सापेक्ष गर्ने शासन प्रणाली नै सुशासन हो ।
सुशासनका पक्षहरु
    सुशासन शासन प्रणालीसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यसले वहुआयमिकता र बहुपक्षीयता अंगालेको हुन्छ । यसका प्रमुख पक्षहरु निम्न छन् :–
–    राजनैतिक पक्ष :– राजनैतिक रुपमा बैधानिक शासन, प्रजातान्त्रिक मूल्य,मान्यता, बहुलवाद, जनसहभागीता जस्ता पक्षहरु सुशासनका राजनैतिक पक्ष हुन् ।
–    सामाजिक पक्ष :– सामाजिक न्याय र समानता, समावेशीकरण सशक्तिकरण, नागरिक अधिकार र मानव विकास जस्ता पक्षहरु सुशासनका सामाजिक पक्ष अन्र्तगत पर्दछन् ।
–    कानूनी पक्ष :– कानुनको शासन, न्यायिक सर्वोच्चता, सरल र सक्षम न्यायप्रणाली, जनमुखी कानूनी ब्यवस्था आदि सुशासनका कानूनी पक्ष हुन् ।
–    आर्थिक पक्ष :– आर्थिक विकास, स्रोतसाधनको वितरणात्मक न्याय, वित्तीय अनुशासन, सदाचार, पारदर्शीता र जवाफदेहिता जस्ता विषयहरु सुशासनका आर्थिक पक्ष हुन् ।
–    ब्यवस्थापकीय पक्ष :– जनउत्तरदायी प्रशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, निर्णय प्रक्रियामा सरोकारवालाहरुको सहभागीता, प्रतिस्पर्धात्मक क्षमता आदि सुशासनका ब्यवस्थापकीय पक्ष अन्र्तगत पर्दछन् ।
सुशासनका पक्षहरु र नेपालको शासन ब्यवस्था
    नेपालको शासन ब्यवस्था मूलतः लोकतान्त्रिक, गणतन्त्रात्मक, संसदीय शासन प्रणाली हो । संबैधानिक रुपमा संघीय गणतन्त्रको रुपमा स्थापित हुनखोजेको र यसले मूर्तता पाइनसकेको संक्रमणकालिन स्थितिमा वर्तमान शासन प्रणाली संचालित छ । प्रस्तुत पृष्ठभूमीमा सुशासनका पक्षहरुका आधारमा नेपालको शासन ब्यवस्थालाई निम्नानुसार बँुदागत रुपमा विश्लेषण गर्न सकिन्छ :–
क) राजनैतिक पक्ष :– नेपालको शासन ब्यवस्था राजनैतिक रुपमा बैधानिक शासनयुक्त, लोकतान्त्रिक चरित्र बोकेको शासन ब्यवस्था हो । यद्यपी शासकीय प्रकृयामा जनसहभागीता, बहुलवाद जस्ता मान्यताहरुलाई पूर्णतः आत्मसात गर्न र राजनैतिक स्थिरता प्राप्त गर्नसकेको छैन ।
ख) सामाजिक पक्ष :– शासन ब्यवस्थाले सामाजिक रुपान्तरणका लागि सामाजिक न्याय, समावेशीता, नागरिक हक अधिकारको प्रत्याभूति, समन्याय जस्ता पक्षहरुलाई विभिन्न माध्ययमहरुद्वारा अख्तियार गरेको छ । तथापी नेपालको सामाजिक क्षेत्र अझसम्म रुपान्तरण कै पर्खाइमा रहेकोले सुशासनको सामाजिक पक्ष दह्रो बन्न सकेको छैन ।
ग) कानूनी पक्ष :– कानूनी शासन र स्वतन्त्र न्यायपालिका संवैधानिक एवं कानूनी प्रत्याभूति गरिएको छ  नेपालको शासन ब्यवस्था कानुनको परिपालना र सही कार्यान्वयनमा पूर्णतया सफल बन्नसकेको भने छैन ।
घ) आर्थिक पक्ष :– वित्तीय अनुशासन, पारदर्शीता र जवाफदेहिताको सुनिश्चित्ताका लागि नेपालमा पर्याप्त नीतिगत, संस्थागत र कार्यगत ब्यवस्थाहरु गरिएको छ । यसमा केही सुधारहरु देखिएका पनि छन् । यद्यपी नेपालको आर्थिक शासन सुशासनयुक्त बन्नसकेको स्थिति भने छैन ।
ङ) व्यवस्थापकीय पक्ष:– सार्वजनिक सेवा प्रवाहको स्थिति र सार्वजनिक सेवाप्रदायक सरकारी अंगको स्थिति सुशासनको कसीमा खरो उत्रिन सकेको छैन । ब्यवस्थापकिय पक्षमा नेपालको शासन ब्यवस्थाको सुधारका लागि विगत देखि नै विभिन्न प्रयासहरु हुँदै आएका छन् ।
यसप्रकार नेपालको शासन ब्यवस्थालाई सुशासनका विविध पक्षहरुको कसीमा राखेर विश्लेषण गर्दा यसको मिश्रित अवस्था पाउन सकिन्छ । सुशासन देशले अबलम्बन गरको शासन ब्यवस्थाको गन्तब्य समेत भएकोले यस दिशामा देशको पर्याप्त ध्यान जान जरुरी देखिन्छ ।


प्रश्न नं:३ शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।
उत्तर:
शासन भन्नाले राजनीति र प्रशासनको मिश्रित स्वरूप हो । राजनैतिक र प्रशासनिक संरचनाको समष्टिगत शासकीय संरचनाद्वारा शासन संचालन हुन्छ । राजनैतिक संरचना र प्रशासनिक संरचनालाई निम्नानुसार उल्लेख गरिएको छः
राजनैतिक संरचना:
राज्यको नीति निर्माण गर्ने, राज्य संचालनको दुरदृष्टि राख्ने, प्रशासनिक संरचनाको संचालन गर्ने, आदि शासनको राजनैतिक संरचना हो । प्रजातान्त्रिक पद्दतिमा जननिर्वाचित प्रतिनिधिहरूद्वारा राजनैतिक संरचना बन्दछ र यसैद्वारा शासन संचालन गरिन्छ । राजनीतिक संरचनाको आधार दलीय घोषणापत्र, दलीय प्रतिनिधित्व र संवैधानिक व्यवस्थामा आधारित हुन्छ ।
एकात्मक राजनैतिक संरचना:
**    केन्द्रीय राज्य व्यवस्था र केन्द्र नै शक्तिशाली हुने    ब्यवस्था ।
**    केन्द्रीय नीति,योजना लागू हुने ।
**   राजनैतिक क्षेत्रमा समेत केन्द्रीय प्रभाव ।
**    केन्द्रीय सरकार र केन्द्रको मात्र संसद ।
**    केन्द्रीय प्रशासन र केन्द्रका संबैधानिक निकायले नै देशभर कार्य गर्ने ।
संघात्मक राजनैतिक संरचना :
**    राज्यमा विभिन्न प्रदेश रहने ।
**    केन्द्र, प्रदेश, स्थानीय निकायको संरचना हुने ।
**    प्रदेश र स्थानीय स्तरमा बढी अधिकार हुने ।
**    प्रदेशमा कार्यकारिणी, व्यवस्थापकीय, न्यायिक अधिकारको विभाजन हुने,
**    प्रादेशिक भाषा, प्रशासन र संबैधानिक निकाय रहन सक्ने । अध्यक्षात्मक प्रणाली:
राष्ट्रप्रमुखको रूपमा कार्यकारी अधिकार सहितको निर्वाचित राष्ट्रपति रहने व्यवस्था जसमा शासन संचालनको सम्पूर्ण बागडोर राष्ट्र«पतिमा रहन्छ । मन्त्रिपरिषदको गठन राष्ट्रपतिले गर्छन् । मन्त्रिपरिषद राष्ट्रपतिप्रति जवाफदेही हुन्छ । संसदीय नियन्त्रण कार्यकारिणी तथा राष्ट्र«पति माथि नगन्य रहन्छ । यस्तो व्यवस्था अमेरिकामा छ ।
संसदीय प्रणाली :
जनप्रतिनिधिमूलक संस्था संसदमा सरकार बनाउने फेरबदल गर्ने अधिकार रहने, सरकार संसदप्रति उत्तरदायी हुने व्यवस्थानै संसदीय प्रणाली हो । यस्तो शासन प्रणालीमा जनप्रतिनिधिहरूको बहुमतको निकैठूलो महत्व हुन्छ । तर कतिपय अवस्थामा सांसदहरूको किनवेचको खेल समेत यसै प्रणालीले निम्त्याएको पाइन्छ । नेपालको अन्तरिम संविधानले संसदीय प्रणालीमा आधारित लोकतान्त्रिक व्यवस्था अपनाएको छ ।
शासनको राजनैतिक स्वरूप भित्र राष्ट्र« प्रमुख, सरकार प्रमुख, मन्त्रिपरिषद, संसद, स्थानीय निकायहरू पर्दछन् । राजनैतिक दलहरू, मतदाताहरू शासकीय प्रणालीमा अप्रत्यक्ष रूपमा संलग्न रहेका हुन्छन् ।
शासनको प्रशासनिक संरचना
शासन प्रणालीमा राजनैतिक नेतृत्वले लिएको राज्यसंचालनको नीति र उद्देश्यलाई कार्यरूपमा उतार्ने र त्यसको प्रतिफल जनतासम्म पु¥याउने संयन्त्रनै प्रशासन हो ।
प्रशासनिक संरचनामा त्यसका निकायहरू रहन्छन् । त्यसका पात्रहरू हुन्छन् र प्रशासनिक कार्यविधिद्वारा संचालन गरिन्छन् । प्रशासनिक संरचनामा केन्द्रीय, क्षेत्रीय र स्थानीय प्रशासनिक संरचना रहन्छन् ।
केन्द्रीय प्रशासनिक संरचना :
केन्द्रीय राजनैतिक नेतृत्वलाई सहयोग गर्न, प्रशासनिक संरचनाको नेतृत्व प्रदान गर्न निर्मित संरचना । यसमा विभाग, मन्त्रालय, समिति, आयोगका केन्द्रीय निकाय रहन्छन् ।
क्षेत्रीय प्रशासनिक संरचना :
विकास कार्यलाई क्षेत्रीय रूपमा समन्वय, सहयोग र अनुगमन गर्न स्थापित निकायहरू, पछिल्लो समय नेपालमा स्थानीय प्रशासन समेतको समन्वयका लागि विकास गरिएको ।
स्थानीय प्रशासनिक संरचना :
जिल्ला देखि गा.वि.स., नगरपालिका र तिनका वडा स्तरमा सेवा प्रवाहका लागि तथा केन्द्रीय नीतिलाई स्थानीय स्तरमा कार्यान्वयनका लागि स्थापित निकायहरू नै स्थानीय प्रशासनिक संरचनामा पर्दछन् ।
अन्तमा :
शासन प्रणाली राजनीति र प्रशासनको समन्वित रूप हो । चालकको सिटमा राजनैतिक नेतृत्व रहे पनि यसलाई सहयोग गर्ने मेशिनरी र प्राविधिक पक्षको काम प्रशासनले गर्दछ । दुवै संयन्त्रको उत्तिकै महत्व छ । शासन प्रणालीको स्वरूप संघीय होस वा एकात्मक, संसदीय होस वा अध्यक्षात्मक राजनैतिक र प्रशासनिक संरचना दुवै आवश्यक छन् । दुवै एक अर्कोको सहयोगी हुन र परिपुरक सम्बन्ध राख्दछन् ।


प्रश्न नं: ४ सूचनाको हक भन्नाले के बुझ्नुहुन्छ ?अन्तरिम संविधान २०६३ मा व्यवस्था गरिएको सूचनाको हकको कार्यान्वयनको अवस्था कस्तो रहेको पाउनुहन्छ ? उल्लेख गर्नुहोस् ।
उत्तर:
सूचनाको हकको परिचय :
सार्वजनिक महत्व वा सरोकारका कुनै पनि सूचनाहरू माग्न सक्ने र पाउन सक्ने गरी स्थापित अधिकारलाई सूचनाको हक भनिन्छ । कानुनद्वारा गोप्य राख्न आवश्यक ठानिएका सूचनाहरू वाहेक सबै नागरिकलाई सार्वजनिक सूचना पाउने अधिकार स्थापित गरिएको छ । यस्तो अधिकारलाई लोकतान्त्रिक मुलुकहरूमा समेत संविधानमै मौलिक हकको रूपमा स्थापित गरेको पाइन्छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा १६ मा सूचनाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ ।
अन्तरिम संविधान २०६३ मा सूचनाको हक सम्बन्धी व्यवस्था :
अन्तरिम संविधान २०६३ को धारा २७ मा सूचनाको हक सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार,
"प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ ।
तर कानुनद्वारा गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई कर लगाएको मानिने छैन ।"
अन्तरिम संविधान २०६३ मा भएको सूचनाको हकको कार्यान्वयनको अवस्था :
**    सूचनाको हक सम्बन्धी ऐन २०६४ तर्जुमा गरी लागु गरिएको छ ।
**    सूचना आयोग स्थापना गरी संचालनमा आएको, (प्रमुख सूचना आयुक्त र अन्य दुई आयुक्तहरूको व्यवस्था)
**    सरकारका महत्वपूर्ण निर्णयहरू नेपाल राजपत्रमा प्रकाशन गर्ने व्यवस्था,
**    सूचना अधिकारीहरूको व्यवस्था गरिएको छ ।
**    मन्त्रालयहरूमा प्रवक्ताको व्यवस्था गरिएको छ ।
**    सार्वजनिक संचार माध्यमहरू मार्फत निर्णयहरू÷कार्यहरू सार्वजनिक गरिने गरिएको जस्तो सरकारी संचार माध्यमको रूपमा रहेका गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन मार्फत सार्वजनिक जानकारी गराइने,
**    सरकारी कार्यको प्रगति प्रतिवेदन सार्वजनिक गरिने,
       -- सूचना टाँस गरी
       -- वेभसाईडमा राखेर
       -- पत्रकार सम्मेलन गरेर
**    खर्चको फाँटबारी सार्वजनिक गरिने गरिएको आदि । यी विविध पक्षबाट हेर्दा अन्तरिम संविधान २०६३ मा भएको व्यवस्था केही हदसम्म कार्यान्वयन भएको पाइन्छ ।
निष्कर्ष:
सार्वभौम अधिकारका मालिक जनता हुन । जनताले आफुलाई शासन गर्न पठाएका प्रतिनिधि र तिनको मेशिनरी (सार्वजनिक प्रशासन) बाट भए गरेका काम कारवाहीको जानकारी पाउनु जनताको अधिकार हो र सार्वजनिक पदाधिकारीको कर्तव्य हो । सूचनाले सार्वजनिक निकायलाई जवाफदेही हुने प्रक्रियाको थालनी गर्छ । यो लोकतन्त्रको मेरुदण्ड हो । नेपालमा संविधानत ः सूचनाको हकलाई संरक्षण गरिएको छ । कानुनी र संरचनात्मक व्यवस्था मजबुत पारिएको छ । सूचनाको अधिकार बारे बोध गराउनु र सूचनाको हकको लोकतन्त्रमा अहम महत्व रहने बारे जनचेतना विकास गर्नुनै आजको आवश्यकता हो ।







प्रश्न नं:५ पारदर्शिता र सार्वजनिक जवाफदेहिता बीच के कस्तो सम्वन्ध रहेको पाउनुहुन्छ ? नेपालमा सार्वजनिक जवाफदेहितालाई व्यवस्थित गर्न के कस्तो व्यवस्था गरिएकोछ ? उल्लेख गर्नुहोस ।
उत्तर:
पारदर्शिता भन्नाले सरोकारवाला व्यक्तिले सूचना पाउन सक्ने अवस्थालाई बुझिन्छ । कुनै पनि निकाय वा संगठनका क्रियाकलापहरूका बारेमा त्यसका सदस्यहरू, सेवाग्राहीहरू, दाताहरू वा अन्यलाई जानकारी दिने अवास्था वा जानकारी लिन सक्ने अवस्थालाई बुझिन्छ । तर कतिसम्म पारदर्शि रहने भन्ने विषय संस्था संचालन सम्बन्धी कानुन, नीति, नियम अनुसार हुने हुन्छ ।
जवाफदेहिता भन्नाले कुनै पनि संगठनका काम कारवाहीका विषयमा कसैलाई जवाफ दिनुपर्ने बाध्यात्मक अवस्थालाई बुझिन्छ । सार्वभौमसत्ता सम्पन्न जनताले चुनेर पठाएका प्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुन्छन् । दाता राष्ट्र« वा प्राप्त सहयोगका सम्बन्धमा सहयोग पाउने राष्ट्र«ले जवाफ, प्रतिवेदन वा माग बमोजिमको जानकारी पठाउनुपर्ने हुनसक्छ । यस्तो अवस्थालाई जवाफदेहिता भनिन्छ । सार्वजनिक संस्थाहरू जनताको करबाट र जनताकै अधिकारबाट चल्ने हुँदा जनता प्रति जवाफदेहिता हुनुपर्ने अवस्थालाई सार्वजनिक जवाफदेहिता भनिन्छ ।
पारदर्शिता र उत्तरदायित्व वीचको सम्बन्ध
**    पारदर्शिताले सार्वजनिक जवाफदेहितालाई मजबुत बनाउँछ । सार्वजनिक जवाफदेहिताको पहिलो चरण नागरिकहरूलाई सूचनामा स्वतन्त्र रूपमा पहुँच पु¥याउनु नै हो ।
**    पारदर्शिताले सार्वजनिक साधन स्रोतको प्रयोगको अवस्था देखाउछ जसले गर्दा जिम्मेबारी पदाधिकारीसँग जवाफ माग्ने आधार तयार गर्छ ।
**    सार्वजनिक पदाधिकारीहरूले सूचना दिने कार्यवाट स्वभाविक रूपमा जवाफदेहि पनि हुन्छन ।
जेहोस् सबै सूचना पारदर्शी बनाउनु मात्र सार्वजनिक जवाफदेहिता होइन, जोगाउनु पर्ने, गोपनियता राख्नु पर्ने र परेको समयमा पस्किन सक्नुपर्ने पनि सार्वजनिक जवाफदेहिताको विषय हो । जस्तो प्रहरी प्रधान कार्यालयले अपराधीहरूको खोजबिन गरेको घटना पारदर्शी हुनु होइन कि त्यसलाई गोप्य राखी आवश्यक पर्दा जानकारी गराउनु सार्वजनिक जवाफदेहिता हो ।
सार्वजनिक जवाफदेहिताको अवस्था
कानुनी संवैधानिक प्रावधान


**    मन्त्रिपरिषदः संसदप्रति उत्तरदायित्व हुने,
**    संवैधानिक निकायले संसद समक्ष प्रतिवेदन दिनुपर्ने,
**   सरकारका नीति कार्यक्रम र विगतको कार्यक्रमको समीक्षा संसदमा हुने,
**    स्थानीय निकायमा स्थानीय परिषद समक्ष जानकारी दिनुपर्ने व्यवस्था,
**    नियामक निकाय संचालन सम्बन्धी ऐन कानुनहरू,
**    सूचनाको हक सम्बन्धी ऐन,
**    सुशासन ऐन, आदिको व्यवस्था छ ।


संरचनागत प्रावधान:


**    व्यवस्थापिका संसद,जनउत्तरदायी निकाय,सरकारलाई उत्तरदायी बनाउने माध्यम,
**    प्रधानमन्त्री कार्यालय,अन्य निकायलाई जवाफदेही बनाउने भूमीका,
**    अन्तरगत निकायहरूको लागि माथिल्लो निकायहरूको नियन्त्रण,
**    प्रतिवेदन प्रणाली,
**    लेखा परीक्षण प्रणालीको माध्यमबाट सम्बमबाट सम्बन्धित निकायलाई जिम्मेवार बनाउने ।
संस्थागत ब्यवस्थाहरूः
**    नागरिक समाज, गैर सरकारी संस्था आदिको अनुगमन,
**    FATF को निगरानी, UN Agencies को अनुगमन,
**    WTO लगायतका निकायसँग समेत जवाफदेही हुनुपर्ने अवस्था आदि ।



प्रश्न नं: ६ राष्ट्र निर्माण भनेको के हो? राष्ट्र निर्माण र राज्य निर्माण वीच केकस्तो फरक तथा अन्तर सम्बन्ध रहेको पाउनु हुन्छ चर्चा गर्नुहोस ।
उत्तर:
राष्ट्र निर्माण
कुनै पनि राष्ट्र का नागरिक हरूवीच राष्ट्रिय भावना जागृत भई एकताको सुत्रमा आवद्धता भएको अवस्था नै राष्ट्र हो ।
कुनै पनि मुलुकले आफ्नो राष्ट्र«को इज्जत, मान, प्रतिष्ठाको अभिवृद्धी गर्दै मुलुकको संवेदनशिलतालाई महसुश गरी हरेक व्यक्तिले गर्व महशुस गर्न सक्ने अवस्थाको सृजना गर्नुलाई राष्ट्र निर्माण भनिन्छ ।
राज्यका प्रति आम नागरिकको माया ममता र अपनत्व कायम गर्दै समग्र मुलुकाको प्रगति र उन्नतीका निमित्त एकिकृत रूपमा राष्ट्र«ीय सम्मान अभिवृद्ध गर्ने दिशामा गरिएको ऐक्यबद्धता नै राष्ट्र निर्माण हो ।
नेपालको अन्तरिम संविधान २०६३ मा व्यवस्था भएअनुसार "नेपाल एक वहु जातिय वहुधार्मिक वहुसांस्कृतिक विशेषतायुक्त एकताको सुत्रमा आवद्ध नेपाली जनता नै राष्ट्र« हो भनि परिभाषित गरिएको छ ।"
राष्ट्र निर्माण र राज्य निर्माण वीच रहेको फरक
भिन्नताको आधार

राष्ट्र निर्माण

राज्य निर्माण
अर्थ

सवै जात जाति,भाषा,धर्मवीच अन्तरसम्बन्ध स्थापित गर्नु,

मुलुक लाई आर्थिक, सामाजिक, राजनैतिक, सास्कृतिक लगायत मानविय जीवनका सम्पुर्ण पक्षमा सुधारगरि सम्वृद्धिको दिशा तर्फ अगाडी वढाउनु
क्षेत्र

यसको क्षेत्र व्यापक र मनोभावनात्मक हुन्छ ।

राष्ट्रिय सीमा भित्र रहेको हुन्छ ।
तत्वहरू

भौगोलिक सिमाना जनसंख्या, सरकार र सार्वभौम सत्ता जस्ता बिषयले नियन्त्रण गर्दैन ।

भौगोलिक सिमाना जनसंख्या, सरकार र सार्वभौम सत्ता जस्ता तत्व हरू आवश्यक रहने ।
अनुभूति

आपसी सहकार्यात्मक भावना,

राजनैतिक, कानुनी, आर्थिक सम्बन्ध ।
मान्यता

अन्तराष्ट्रिय मान्यता आवश्यक छैन।

अन्तराष्ट्रिय मान्यता आवश्यक छ ।


अन्तर सम्वन्ध:
राज्य र राष्ट्र दुई अन्तर सम्वन्धित विषय वस्तुहरू हुन । राज्य विनाको राष्ट्र तथा राष्ट्र वीनाको राज्यले शासन प्रणाली अधुरो हुन जान्छ । यस पृष्ठभूमिमा यि दुई वीचको अन्तरसम्वन्धलाई देहाय वमोजिम उल्लेख गर्न सकिन्छ ।
--    राष्ट्र« र राज्य निर्माण दुवै  शासकीय प्रणाली तथा देशको अस्तित्व कायम र प्रवद्र्धन गर्ने आधारभूत पक्षहरू हुन ।
--    यी दुवै मध्ये एकको सक्षमता प्रवर्दनले अर्कोको सवलतालाई वढोत्तरी गर्दछ ।
--    एकविना अर्कोको अस्तित्व खतरामा पर्छ ।
--    राष्ट्रिय भावले ओत प्रोत भएको जनता दुवैको लागि आवश्यक हुन्छ ।
--    राष्ट्र निर्माण आन्तरिक प्रयास भएकोले राज्य संयन्त्रको प्रवद्र्धनद्वारा मात्र सम्भव हुन्छ ।
--    राष्ट्रिय भावनाको प्रबद्र्धनले राज्यको विकासमा सहयोग गर्दछ ।
निष्कर्ष :
राष्ट्र निर्माण र राज्य निर्माण शासन प्रणालीको दुई महत्वपुर्ण अवयवहरू हुन यिनीहरू वीचमा सैद्धान्तीक भिन्नता रहेता पनि व्यवहारिक रूपमा परिपुरकको अन्तर सम्वन्धले गर्दा छुट्टिनै नसकिने नङ्ग र मासुको सम्वन्ध झै रहेका हुन्छन् । नेपालको सन्दर्भमा राष्ट्र« निर्माणका लागि राज्यमा वसोवास गर्ने आम नागरिकको सहिष्णुता र भाईचाराको संस्कृतिलाई प्रसंसनीय मान्नु पर्छ ।


प्रश्न नं: ७ राष्ट्र निर्माणका लागि नेपालमा भएका प्रयासहरू उल्लेख गर्दै राष्ट्र निर्माणका सन्बन्धमा देखा परेका चुनौतीहरू बारेमा संक्षिप्त टिप्पणी गर्नुहोस ।
उत्तर :
राष्ट्र निर्माण
राष्ट्र भनेको जनता भएकोले जनताको सन्तुष्टि, क्षमता विकास, भाईचाराको वृद्धि, सामाजिक सम्बन्धमा बढोत्तरी गर्ने कार्य नै राष्ट्र निर्माण हो ।
**    राष्ट्र निर्माण राष्ट्रको पहिचान, स्वतन्त्रता, राष्ट्रिय मर्यादा र सकारात्मक दृष्टिकोणसँग पनि सम्बन्धित छ ।
**    अन्तराष्ट्रिय मान्यता र सम्मान राष्ट्र निर्माणका विभिन्न सम्मान राष्ट्रिय एकता, बहुलवादको संरक्षण, राष्ट्रिय सम्पदाको संरक्षण, राष्ट्रिय मूल्य, मान्यता, संस्कृतिको जगेर्ना गर्ने कार्य समेत राष्ट्र« निर्माणको विषय हो ।
नेपालमा राष्ट्र निर्माणका लागि भएका प्रयासहरू :
**    नेपालको एकिकरण सँगै जातिय, भाषिक आत्मियताको वृद्धि भएको,
**    संविधानमा नै राष्ट्र भनेको जनताकै हो भन्ने स्पष्ट पारिएको,
**    जनताको लागि लड्ने, त्याग गर्नेको सम्मान, शहिद घोषणा, राष्ट्रिय विभुतीहरूको घोषणा र सम्मान,
**    विभिन्न चाड पर्व, भाषाभाषि, जातजाति आदिलाई राष्ट्रिय मान्यता,
**    नेपाल एक वहुजातिय, बहुभाषिय स्वतन्त्र राष्ट्रको रूपमा संवैधानिक प्रत्याभूती ।
**    राष्ट्रिय चिन्हहरू,राष्ट्रिय गान, राष्ट्रिय दिवस लगायत राष्ट्रको महत्व र आत्म सम्मान झल्किने कुराहरूलाई ब्यवस्थित गरिएको छ ।
नेपालमा राष्ट्र निर्माणका चुनौतीहरू :
**    नागरिकता र परिचयपत्र जस्ता विषयमा विवाद सिर्जना हुनु ।
**    जातीय,भाषिक,धार्मिक विवादहरू रहनु ।
**    सांस्कृतिक पलायन र आयातित संस्कृतिको अन्ध अनुकरण,
**    भाषिक विचलनको अवस्था,
**    सामाजिक सम्बन्धमा मनोवैज्ञानिक द्वन्द्व रहनु ।
**    वास्तविक सहिदको अपमान हुने गरी जथाभावी सहिद घोषणा,राष्ट्रिय झण्डाको दुरूपयोग र विवाद,
**    ऐतिहासिक शालिक,मठ मन्दिर र धरोहर उपर प्रहार, आदिले राष्ट्र निर्माणको पक्षलाई कमजोर बनाएका छन् ।
अन्तमा :
    राष्ट्र निर्माण जनताको क्षमता, सम्बन्ध, भाईचारा र सशक्तिकरणसँग सम्बन्धित विषय हो । राज्यको क्षमता विकास हुने, आर्थिक समृद्धि पनि हासिल हुने तर जनताको सन्तुष्टी, अपनत्व, सम्बन्ध आदिको खडेरी हुन थाल्यो भने राज्यको समृद्धिबाट प्राप्त उपलब्धीको अर्थ रहँदैन् । नेपालको एकिकरण पश्चात फरक फरक भाषा, संस्कृति र मूल्य मान्यताबाट सामाजिक एकताको सूत्रमा ल्याउन पक्कै पनि लामो समय लागेको थियो तर आज भएका सामाजिक संरचना खल्वल्याउने, जातीय, भाषिक विखण्डन ल्याउने गरी राज्यको पुनसंरचना प्रयास भएको  वर्तमान अवस्थाको हिसाबले यो प्रमुख चुनौती नै रहेको हुँदा जिम्मेवार पक्षद्वारा त्यत्तिकै महत्वका साथ यसलाई हेरिनुपर्छ ।
प्रश्न नं. ८ नेपालको शासन प्रणालीका सन्दर्भमा उल्लेख गर्दै संघात्मक र एकात्मक शासन प्रणाली वीचका भिन्नताहरू औल्याउनुहोस् ।
उत्तर:
शासन संरचनाका लागि स्थापित पद्दती, पात्र, संरचनात्मक व्यवस्था सहितको प्रणालीलाई नै शासन प्रणाली भनिन्छ । शासन प्रणालीमा शासन व्यवस्थाको संचालन, अधिकारको बाँडफाँड, उत्तरदायित्वको सिमाकंन आदि गरिएको हुन्छ ।
नेपालको शासन प्रणाली:
नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष लोकतान्त्रिक मुलुक हो । यहाँको शासन प्रणालीमा प्रत्यक्ष जननिर्वाचित जनप्रतिनिधिहरूको अहं भूमिका हुन्छ । त्यसै गरी योग्यताको कसिमा जाँचीएका दक्ष प्रशासकहरूको प्रशासनिक संरचनाले लोकतन्त्रिक संरचनालाई अझ मजबुत गराएको छ । बुँदागत रूपमा नेपालको शासन प्रणालीमा निम्न विषेशताहरू पाउन सकिन्छ:
**    संसदिय लोकतान्त्रिक व्यवस्था,
**    गणतन्त्रात्मक पद्दती,
**    वालिग मताधिकारको प्रयोग,
**    हालसम्म एकात्मक राज्य व्यवस्था तर संघात्मकता तर्फको प्रतिवद्धता,,
**    विकेन्द्रीत संघियताको लक्ष्य,
**    प्रशासनिक संरचनामा योग्यता मुलक प्रणाली,
**    सार्वभौमिक अधिकारले सम्पन्न र स्वतन्त्र (औपनीवेशिकता नभएको),
**    मानवाधिकार, लैगिक समानता, सामाजिक समावेशिकरण जस्ता पक्षलाई महत्व दिइएको आदि ।
संघात्मक र एकात्मक शासन प्रणाली वीचका भिन्नताहरू:
एकात्मक शासन प्रणाली

संघात्मक शासन प्रणाली
**    केन्द्रीय नीति कानुन योजना अनुसार संचालन हुने
**    एकल केन्द्रीय संसद, सरकार, न्यायपालिका
**    स्वायत्त प्रान्तीय शासनको अवधारणा
**    जातीय भाषिक भौगोलिक एकता
**    केन्द्र प्रशासनले नै देशभर कार्य गर्ने

**    विभिन्न प्रान्तीय राज्यलाई अधिकार दिईने,
**    प्रान्तीय, नीति योजना अनुसार संचालन
**    बहुल संसद, सरकार र न्यायपालिका प्रान्त पिच्छे फरक फरक
**    स्थानीय स्वायत्त शासनको रूपमा विकेन्द्रीकरणलाई मान्यता
**    जातीय, भाषिक भौगोलिक रूपमा राज्यको विभाजन
**    प्रान्तीय प्रशासनको व्यवस्था गरिने
अन्तमा:
शासन प्रणाली एकात्मक वा संघिय जे भएपनि त्यसले आर्थिक विकास, गरिबी निवारण, समावेशिता, मानव अधिकार, बाल अधिकार र जनअधिकारको सम्मान गरिनुपर्छ । नेपालमा २०६२।६३ को जनआन्दोलन पश्चात स्थापित संसदीय लोकतान्त्रिक व्यवस्थाले धेरै हदसम्म माथिका कुराहरू समेटेको पाइन्छ । यसलाई व्यवहारिक रूपमा कार्यान्वयनको भने खाँचो रहेको छ ।
प्रश्न नं ९: नेपालको शासन प्रणालीमा प्रशासनिक निकायहरूलाई कसरी उत्तरदायी बनाउन खोजिएको छ, उल्लेख गर्दै थप सुधारका लागि सुझाव दिनुहोस् ।
उत्तरः
'उत्तरदायित्व विनाको जिम्मेवारी स्वेच्छचारी हुन्छ भने जिम्मेवारी विनाको उत्तरदायित्व अपांग हुन्छ ।'
प्रशासनिक उत्तरदायित्वको परिचयः–
प्रशासनिक पद वा ओहदा धारण गरेको पदाधिकारीले सार्वजनिक चासो वा सरोकारको काम , कर्तव्य र अधिकारको पालनाका सम्बन्धमा सरोकारवालामाझ नतिजाको जिम्मेवारी लिने, आवश्यक सवालहरूको जवाफ दिने जुन दायित्व रहन्छ त्यो  नै प्रशासनिक उत्तरदायित्व हो ।
विद्वानं MM.E.Loe भन्दछन्,
"प्रशासनिक पदाधिकारीको निर्णय कार्यको लेखाजोखा गर्ने अवसर जनतालाई उपलव्ध गराउने र सो सम्वन्धी जिज्ञासाको स्पष्टिकरण दिने दायित्व नै प्रशासनिक उत्तरदायित्व हो ।"
उत्तरदायित्व सुशासनका महत्वपूर्ण चार Pillars मध्ये एक हो जसले पदाधिकारीलाई स्वेच्छाचारी र स्वाविवेकी हुन नदिइ नागरिक हकको संरक्षण गर्दछ ।    कुनै प्रशासनिक निर्णय किन , कहिले , कहाँ र कसरी गरियो र सो को नतिजा के प्राप्त भयो उत्तर दिने कार्य नै साँचो अर्थमा प्रशासनिक उत्तरदायित्व हो ।
नेपालमा प्रशासनिक उत्तरदायित्व अभिवृद्धिका लागि भएका प्रयासहरूः–
नेपालमा प्रशासनिक उत्तरदायित्व अभिवृद्धिका लागि निम्नानुसार विभिन्न प्रयासहरू गरिएका छन् ।
**हाल उत्तरदायित्व सम्वन्धी प्रवधान एउटै कानुनले व्यवस्थित गरेको नभई विभिन्न कानुन तथा संविधानमा छरिएर रहेको अवस्था छ ।
    ++    नेपालको अन्तरिम संविधान–२०६३–
        -- राज्यको दायित्व अन्तरगत भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारी लाभको पदमा रही गैर कानुनी सम्पत्ति आर्जन गर्ने उपर कडा कारवाही गर्ने व्यवस्था ,
        -- धारा ३८(६) बमोजिम प्र.म.र अन्य मन्त्रीहरू सामूहिक रूपमा व्यव्स्थापिका संसद प्रति र मन्त्रीहरू आफ्ना मन्त्रालयका कामका सम्वन्धमा व्यक्तिगत रूपमा प्र.म.र व्यवस्थापिका संसद प्रति उत्तरदायि हुनुपर्ने व्यवस्था गरिएको,
    ++    निजामती सेवा ऐन २०४९ :
    --    निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने उद्देश्य,
    --    कर्मचारीको आचरण सम्बन्धी व्यवस्था,
    --    कर्मचारी आफ्ना कार्यका सम्बन्धमा सुपरिवेक्षक समक्ष उत्तरदायी हुने,
    --    व्यवस्थापन परीक्षणको व्यवस्था,
    --    विभागिय प्रमुख र कार्यालय प्रमुखहरूले आफु मातहतका कार्यालयहरूको निरीक्षण, अनुगमन गर्नुपर्ने व्यवस्था आदि ,
**    सुशासन (संचालन तथा व्यवस्थापन) ऐन, २०६४
    ++    प्रचलित कानुन बमोजिम आफूले गर्नुपर्ने कार्य निर्धारित शर्त र अवधिभित्र सम्पादन गर्नुपर्ने,
    ++   नगरिक वडापत्र सम्बन्धी व्यवस्था,
    ++   सार्वजनिक सुनुवाई सम्वधी व्यवस्था,
**    लेखापरीक्षण ऐन, २०४८ लागू भइ अर्थिक जिम्मेवारी र जवाफदेहिता निर्धारण,
**    सार्वजनिक खरिद ऐन २०६३, तथा नियमावली २०६४ लागू गरी खरिद प्रणालीमा जिम्मेवार पदाधिकारीलाई उत्तरदायी बनाउने प्रयास गरिएको,
**    बिभिन्न निकायहरूको स्थापना प्रशासनिक उत्तरदायित्व निर्वाहका लागि नै गरिएको,
       ++ कार्यालयहरूमा Focal point, Nodal officer आदिको व्यवस्था ,
      ++  भ्रष्ट्राचार र अनुचित कार्य नियन्त्रणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सक्रियता बढेको ।
     ++   संसदीय समितिहरूले विभिन्न मन्त्रालयका कार्यलाई जवाफदेही बनाउन निर्देशित गर्ने ।
    ++    अन्य ब्यवस्थाहरूःप्रेस–संचार जगत ,दातृ निकाय आदि ।
उत्तरदायित्व अभिवृद्धिका लागि गरिनुपर्ने कार्यहरूः–
नेपालमा उत्तरदायित्व प्रवद्र्धन गर्न थुप्रै प्रयासहरू गरिएको भए तापनि नेपालको सार्वजनिक प्रशासन उत्तरदायित्वको अभावमा स्वेच्छाचारी बन्दै गएको, गोपनियतामा रमाउँदा पारदशिता धुमिल हुन पुगेको जस्ता आरोपहरू लाग्ने गरेका छन् । समग्रमा, उत्तरदायित्व अभिवृद्धिका लागि देहायका कार्यहरू अवलम्वन गर्नुपर्दछ ः–
**    सार्वजनिक कार्यमा जनताको पहुँच बढाउने(सचेतना कार्यक्रम,स्थानीय निर्वाचन,तल्लो तहसम्म बिकेन्द्रीकरण आदि जस्ता माध्यम हुन सक्छन)
**    जनताको स्तरवाट अनुगमन मूल्यांकनमा सहभागि हुने अवस्थाको सिर्जना गर्ने,
**    प्रशासनिक कार्यक्रमको जनस्तरवाट अनुमोदनको संरचना निर्माण गर्ने,
**    स्थानीय आवश्यकता र समस्यालाई कार्यक्रममा प्राथमिकता दिने जस्ले गर्दा स्थानीय पहुँच र सहयोग निर्माणमा सहयोग मिलि जवाफदेहितालाई मद्दत गर्दछ ।
**     जनस्तरमा नै थाहा पाउने गरी सरकारी कार्यमा Transparancy कायम गर्ने, पारदर्शी निर्णय प्रकृया अनलम्वन गर्नु पर्ने,
**     राजनैतिक इच्छाशक्ति र प्रतिवद्धता बिकास गरिनु पर्छ,
**     सचेत नागरिक समाजको विकास गरिनुपर्ने,
**     प्रभावकारी छानविन तथा अनुसन्धान व्यवस्था लागु गर्ने,
**     आधुनिक लेखाप्रणाली, लेखापरीक्षण र वित्तीय योजना लागु गर्ने,
**     खुला सूचना प्रणाली अवलम्बन गर्ने,
कार्यमा पारदर्शीता, खर्चमा मितव्ययिता, वितरणमा समानता, धारणमा परिवर्तनका साथसाथै प्रशासनिक कटिवद्धता, राजनैतिक प्रतिवद्धता, श्रोत–साधनको पर्याप्तता र सचेत नागरिक समाजको विकास भएमा प्रशासनिक उत्तरदायित्व अभिवृद्धि हुने कुरामा सुनिश्चित हुन सकिन्छ ।


प्रश्न नं :१० राष्ट्रिय सुरक्षाको अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू बारेमा चर्चा गर्नुहोस ।
उत्तर: राष्ट्रिय सुरक्षा भन्नाले कुनैपनि राष्ट्रको राजनीतिक भौगोलिक सिमानाभित्र शान्ति, अमनचयन कायम गर्दै डर त्रासको अवस्थाबाट उन्मुक्तिका लागि अपनाइने समस्त पक्षहरूलाई राष्ट्रिय सुरक्षा भनिन्छ । यसमा राष्ट्रको सुरक्षा नीति, कानुन, सुरक्षा निकाय र आम नागरिकहरूको सुरक्षा सम्बन्धमा सचेतना जस्ता विषय समावेश हुन्छन् ।
राष्ट्रिय सुरक्षाको अवधारणा:
कुनै पनि देशको सरकारले आम नागरिकलाई सरक्षित रूपले बाच्न पाउने, कुनै पेशा रोजगार गर्न पाउने, लगायतका मानव अधिकारको संरक्षण सँग राष्ट्रिय सुरक्षा जोडिएको हुन्छ । राज्यको उत्पत्ति तथा विकास नै असुरक्षाबाट उन्मुक्ति पाउन र नियमन गर्नु भएको भन्ने राज्यको उत्पत्ति सम्बन्धि सामाजिक सम्झौता सिद्धान्तका पक्षधरहरूका धारणा पाइन्छ । उपनिबेशवाद, विस्तारवाद, आतंकबाद जस्ता प्रवृतिहरूको विस्तारले राष्ट्रिय सुरक्षाको अवधारणालाई अझ महत्वपूर्ण बनाएको छ । प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध पश्चात स्थापित संयुक्त राष्ट्र«संघ र विश्वव्यापी सुरक्षा एकताको मान्यताले राष्ट्रिय सुरक्षाको धारणामा परिवर्तन आएको छ । राष्ट्रिय सुरक्षा व्यवस्थामा बाह्य सुरक्षा प्रणालीको महत्वपूर्ण स्थान रहने भएकाले यस सम्बन्धमा विश्वव्यापी साझेदारीताको आवश्यकता अझ बलियो बन्दै गएको छ ।
राष्ट्रिय सुरक्षाको क्षेत्र:
कुनै पनि राष्ट्र«को सुरक्षा सम्बन्धी विषयले समेट्ने दायरा नै यसको क्षेत्र हो । जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
क)     नीतिगत तथा कानुनी क्षेत्र: सुरक्षा सम्बन्धी सरकारी नीति, नियम कानुनको व्यवस्था ।
ख)     संस्थागत क्षेत्र: राष्ट्रिय सुरक्षा कायम गर्नका लागि तयार गरिने विभिन्न संस्थागत संयन्त्रहरू । जस्तै ः नेपालमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, सुरक्षा परिषद् आदि ।
ग)     कार्यगत क्षेत्र: देशमा तथा विदेशमा बसोबास गर्ने नागरिकहरूका प्रत्येक क्रियाकलापलाई कानुन अनुरूप भयमुक्त रूपमा कार्य सम्पादनका लागि वातावरण सुनिश्चित्ता गराउने कामहरू । जस्तै ः चोरी, डकैति हुन नदिन निगरानी राख्ने, झगडा मिलाउने आदि ।
घ)     बाहृय सुरक्षा सम्बन्ध: देशभित्र र देश बाहिर सुरक्षाका सम्बन्धमा गरिने समन्वय, सहयोग र एकताका लागि विकास गरिने सम्बन्ध । जस्तै: अन्तर्राष्ट्रिय आतंकवाद, अन्तर्राष्ट्रिय आक्रमण, राज्यको सीमा सुरक्षा आदिका सम्बन्धमा ।
ङ)     व्यवस्थापकीय क्षेत्र:     यसमा सुरक्षा व्यवस्थापनका सम्बन्धमा योजना, निर्देशन, नेतृत्व, निरीक्षण अनुगमन र मुल्यांकन जस्ता पक्षहरू पर्दछन् ।
च)     अन्य:राष्ट्रिय सुरक्षा व्यवस्थापनका लागि राज्यको आन्तरिक सुरक्षा अन्तर्गत गृहयुद्ध, संगठित तथा सामाजिक हिंसा र अपराधलाई नियन्त्रण गर्ने विषयहरू ।
नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू:
नेपालमा राष्ट्रिय सुरक्षा सम्बन्धमा देहाय बमोजिम नीतिगत तथा कानुनी, संस्थागत र कार्यगत प्रावधानहरू छन् ः
क)     नीतिगत र कानुनी प्रावधानहरू :
    **    नेपालको अन्तरिम संविधान २०६३ ले शान्ति सुरक्षा कायम गरी समाजमा सम्मानपूर्वक जीवनयापन गर्न जोड दिएको ।
    **   चालु आवधिक त्रिवर्षीय योजना (२०७०।७१ – ०७२।७३) ले आन्तरिक र वाह्य सुरक्षा प्रणालीमा सुधार ल्याउने उद्घोष गरेको,
    **    चालु आ.व. २०७०।७१ को बजेटमा शान्ति सुव्यवस्थालाई मजबुत बनाउन जोड दिइएको,
    **    विश्व सुरक्षा (Global Security) लाई जोड दिइएको ।
    **    नागरिकहरूको जीउ, धन र स्वतन्त्रताको सुरक्षामा सरकारले जोड दिने गरेको ।
ख) संस्थागत प्रावधानहरू :
**    प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक सुरक्षा परिषद्को व्यवस्था,
**    केन्द्रिय सुरक्षा समिति (गृहमन्त्रिको अध्यक्षतामा), क्षेत्रीय सुरक्षा समिति
(क्षेत्रीय प्रशासकको अध्यक्षतामा) र जिल्ला सुरक्षा समिति (प्र.जि.अ.को अध्यक्षतामा) रहने व्यवस्था,
**    नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनालाई ७५ जिल्लामा आन्तरिक र वाह्य सुरक्षा सम्बन्धी जिम्मेवारी पुरा गर्नका लागि व्यवस्था गरिएको ।
**    अपराधिक क्रियाकलापको अनुसन्धानको लागि राष्ट्रिय अनुसन्धान विभाग र अन्तर्गतका निकायहरूको व्यवस्था रहेको,
**    लागु औषध नियन्त्रण, मानव बेचविखन नियन्त्रण आदिको लागि संस्थागत व्यवस्था रहेको ।
ग) कार्यगत व्यवस्था:
**    राष्ट्रिय सुरक्षा व्यवस्थापनका लागि सम्बन्धित निकायले कार्य जिम्मेवारी अनुरूप कार्य सम्पादन गर्ने व्यवस्था रहेको,
**    राष्ट्रिय सुरक्षा सम्बन्धमा अन्तर निकायगत समन्वय र समय समयमा छलफल हुने गरेको,
**    अपराधिक क्रियाकलाप नियन्त्रणका लागि न्यायिक निकाय मार्फत दण्ड, सजाय तथा पुरस्कार प्रणालीलाई अनाइएको,
**    अन्तर्राष्ट्रिय अपराध, सीमाक्षेत्रका अपराधलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा समन्वय कायम गरी सूचना प्रणालीलाई व्यवस्थित गर्ने प्रयत्न गरिएको,
**    धार्मिक, जातीय, लिङ्गीय रूपमा उत्पन्न अपराधका सम्बन्धमा आम नागरिकहरूका वीचमा सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने गरिएको,
**    साना हातहतियार व्यवस्थापन सम्बन्धी कार्यवीधिको व्यवस्था ।
    छिमेकी मित्रराष्ट्र«हरूका सुरक्षा निकायका विभिन्न तहमा सुरक्षा सम्बन्धमा नियमित छलफल हुने गरेको ।
अन्तमाः
व्यक्ति, समाज र सिंगो राष्ट्र«मा सुरक्षित प्रणालीको सुनिश्चित्ताले समग्र पक्षमा सकारात्मकता सिर्जना गर्दछ । राष्ट्रिय सुरक्षाले आन्तरिक र वाह्य सुरक्षा व्यवस्थाको प्रत्याभूतिमा जोड दिन्छ । नेपालमा यस सम्बन्धमा गरिएका प्रावधानहरू प्रशंसनीय छन् । बढदो सुरक्षा संकटको चुनौती तथा दण्डहीनताको अन्त्य गरी शान्ति र अमन चयन कायम गर्नु आजको आवश्यकता हो ।
प्रश्न नं: ११ वहुस्तरीय शासन भन्नाले के बुझ्नुहुन्छ ? अनौपचारिक शासनका पात्रहरू र ती पात्रहरूद्वारा सिर्जीत चुनौतीहरू के के हुन् ? उल्लेख गर्नुहोस ।
उत्तर:
बहुस्तरीय शासन:
आजको आधुनिक शासन प्रणालीमा सरकार एकमात्रले शासन गर्दैन । प्रत्यक्ष र परोक्ष रूपमा शासन प्रणालीका अनेक पात्रहरूको उदय भएको छ । ती पात्रहरूको प्रभाव पनि छ । त्यसरी शासनमा बहुपात्रहरूको उपस्थिति हुनुलाई बहुस्तरीय शासन भनिन्छ ।

    शासनमा बहुपात्रको अवस्थाको सिर्जना स्थानीयकरण र विश्वव्यापिकरणबाट सिर्जित भएको छ । जस्तो आन्तरिक शासनमा ध्त्इ, ग्ल् तथा अन्य पात्रको सहयोग, दबाव, निगरानी हुने अवस्थाको सिर्जना भएको छ । उदारिकरणको अवधारणाले निजी क्षेत्र निकै अगाडी आएको छ । राष्ट्रिय नीतिको निर्माणमा होस वा निजी क्षेत्रलाई प्रभाव पार्ने कानुनको तर्जूमामा होस उसको सहयोग लिनु परेको छ । त्यसैगरी स्थानीय समुदाय, धार्मिक समुदाय, सहकारी संस्था, स्थानीय निकाय आदिको समेत शासन प्रणालीमा प्रभाव परेको छ ।
अनौपचारिक शासनका पात्रहरू:
१.    UN अन्तरगतका बिभिन्न संस्थाहरू,
२.    राष्ट्रिय/अन्तराष्ट्रिय संगठनहरू,
३.    राष्ट्रिय/अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरू,
४.    अन्तर्राष्ट्रिय कुटनीतिक नियोगहरू
पात्रहरूद्वारा सिर्जित चुनौतीहरू:
अनौपचारिक शासनको पूर्ण विकल्प अब हुन सक्दैन । अनौपचारिक शासनका पात्रहरूद्वारा बेला बेलामा चुनौतीहरू भने सिर्जना हुने गरेका छन् जस्तो:
**    आन्तरिक राजनीतिमा दबाब,
**    सरकारको प्राथमिकताले महत्व नपाउने अवस्था सिर्जना (नीति, योजना र कार्यक्रममा प्रभाव)
**    विभिन्न अन्तराष्ट्रिय सम्झौताका लागि दवाव हुने गरेको ।
**    आन्तरिक भर्ना नियुक्ति पदस्थापना समेत दवाब पर्ने गरेको ।
**    सार्वभौमिकतामा असर पुगेको  ।
समष्टिमा:
बहुस्तरिक शासनको पूर्ण विकल्प छैन, शासन प्रणालीलाई लोकतान्त्रिक बनाउने हेतु नागरिक समाजको उपस्थिति, शासन प्रणालीमा प्रतिस्पर्धात्मक र उदार बनाउने हेतु निजी क्षेत्रको उपस्थिति, विश्वव्यापिकरण मार्फत सिर्जित अन्तर्राष्ट्रिय निकायहरूको उपस्थिति आदिको कारण बहुपात्रको उपस्थिति अनिवार्य जस्तै बनेको छ । यसले सरकारलाई सहयोग, दबाव तथा समन्वय गर्नमा अझ मद्दत पुग्ने नै देखिन्छ। राष्ट्रिय आवश्यकता, प्राथमिकतालाई बढावा दिदै सरकारलाई थप बलियो बनाउने तर्फ बहुस्तरिय पात्रको उपयोग गरिनु पर्ने आवश्यकता देखिएको छ ।
प्रश्न नं: १२ संयुक्त राष्ट्र संघ र आवद्ध संस्थाहरूको नेपालको शासन व्यवस्थामा के कस्तो प्रभाव (सकारात्मक/नकारात्मक ) रहेको पाउनुहुन्छ ? नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय संस्था तथा वैदेशिक सहयोग बारेमा उल्लेख गर्नुहोस ।
उत्तर:
सन् १९४५ अक्टुवर २४मा स्थापित संयुक्त राष्ट्र« संघमा नेपाल सन् १९५५डिसेम्बर १४मा प्रबेश गरे पश्चात बिभिन्न सहयोग, सहकार्य हुन थालेको हो । हाल संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक कार्यक्रमहरू UNO अन्तरगतका बिशिष्टिकृत संस्थाहरू मार्फत संचालन भएका छन् । UNO र बिशिष्टिकृत संस्थाहरूको नेपालको शासन ब्यवस्थामा परेको प्रभावलाई सकारात्मक र नकारात्मक दुवै पक्षवाट हेर्न सकिन्छ ।
सकारात्मक प्रभावः
**    UNO ले अन्तराष्ट्रिय शान्ति स्थापनामा खेलेको महत्वपूर्ण भूमीकाबाट नेपालले लाभ लिएको छ । बिकसित तथा बलिया राष्ट्र«ले शासनमा गर्न सक्ने प्रत्यक्ष आक्रमणबाट जोगाएको छ ।
**    आन्तरिक द्वन्द समाधान÷ब्यवस्थापनमा सहयोग प्राप्त भएको छ । जस्तो अनमिनको सहयोग ।
**    नागरिक अधिकार,मौलिक हक र मानवाधिकारका पक्षमा आवाज उठाउने गरेको छ ।
**    अन्तराष्ट्रिय सन्धि सम्झौताको पालनामा कुनै अवरोध भएमा अन्तराष्ट्रिय न्यायालय मार्फत न्याय दिलाउने कार्य गरेको छ ।
**    आर्थिक सामाजिक बिकासका लागि UNDP, World Bank, IDA आदि संस्था मार्फत कार्य गरिरहेको छ ।
नकारात्मक प्रभावः
**    अनावश्यक दवावको सिर्जना गराएको छ ।
**    शक्ति राष्ट्रकै आडमा बिकास गतिबिधि संचालन गरिएको आरोप लाग्ने गरेको छ ।
**    बिकसित देशको तुलनामा नेपाल जस्ता बिकासशील देशलाई हेर्ने दृष्ट्रिकोण फरक रहेको जनगुनासो छ ।
**    नेपालको आफ्नो प्राथमिकता र आवश्यकतामा नभै UNO को आफ्नै प्राथमिकतामा कार्यसंचालन गरेको आरोप लाग्ने गरेको छ ।
नेपालको शान्ति स्थापनामा अन्तर्राष्ट्रिय निकाय तथा विदेशी राष्ट्रहरूको सहयोग:
ऐतिहासिक समय देखि नै नेपालको आन्तरिक मामलामा पनि विदेशी राष्ट्र« तथा अन्तर्राष्ट्रिय निकायद्वारा सहयोग हुँदै आएको पाईन्छ । मल्लकाल, शाहकालमा तत्कालिन शासनको विरुद्धमा अंग्रेजी फौज (किनलक मिसन जस्ता) आउनु) ।
**    पछिल्लो सम्मको शान्ति प्रक्रियामा अनमिनको सहयोग उल्लेखनिय रहेको,
**    हतियार व्यवस्थापनमा र आम निर्वाचनमा विभिन्न देशहरूको सहयोग प्राप्त भएको,
**    नेपालको बिकास प्रक्रियामा सहयोग,
**    बिभिन्न मानवीय सहयोगहरू प्राप्त भएका छन् ।
अन्तमा,
द्वितीय बिश्वयुद्ध पश्चात आगामी दिनमा यस्तो भयावह स्थिति आउन नदिन र अन्तराष्ट्रिय शान्ति र स्थायित्व कायम गर्नका लागि स्थापित संस्था संयुक्त राष्ट्रसंघको बिश्वब्यापि महत्वबाट नेपाल पनि उत्तिकै लाभान्वित भएको छ । शासन संचालनको क्रममा आइपर्ने अप्ठेरोमा सहयोग मात्र नभै नागरिक अधिकारको रक्षाका लागि सरकारलाई दिशानिर्देश गर्ने कार्य समेत संयुक्त राष्ट्रसंघले गर्दै आएको छ । पछिल्लो समयमा अनमिनले नेपालको शान्ति स्थापनामा गरेको सहयोगबाट ग्ल् प्रति नेपाली जनमानसमा थप बिश्वास र श्रद्धाभाव जागृत भएको पाइन्छ ।


प्रश्नः १३ नेपालको सन्दर्भमा राष्ट्रिय सूरक्षा सम्बन्धमा देखा परेका चुनौतीहरू,समाधानार्थ गरिएका प्रयासहरू,अवलम्बन गर्नु पर्ने थप उपायहरू वारेमा उल्लेख गर्नुहोस ।
उत्तरः
कुनैपनि राष्ट्रको राजनीतिक भौगोलिक सिमानाभित्र शान्ति, अमनचयन कायम गर्दै डर त्रासको अवस्थाबाट उन्मुक्तिका लागि राष्ट्रिय सुरक्षाका उपायहरू अवलम्बन गरिन्छ । यसका लागि सुरक्षा संयन्त्रहरू, सुरक्षा नीति, कानुनहरू, संरचनाहरू आदिको तर्जुमा गरिएको हुन्छ । नेपालको राष्ट्रिय सुरक्षा सम्बन्धमा नीतिगत,संस्थागत तथा कार्यगत ब्यवस्था गरिदा गरिदै पनि देहाय वमोजिमका चुनौतीहरू समेत बिद्यमान रहेको पाइन्छ ।
राष्ट्रिय सुरक्षा ब्यवस्थापनमा देखा परेका चुनौतीहरूः
**    लामो समयदेखिको आन्तरिक द्वन्द्वको अवस्थालाई दिगो शान्तिमा रूपान्तरण गर्नु,
**    जातिय,वर्गिय,लैंगिक समस्यालाई राष्ट्रिय सुरक्षाको पक्षसंग तालमेल हुने गरी समाधान गर्नु,
**    बाह्य हस्तक्षेप, सीमा अतिक्रमण जस्ता विषयलाई सहमतीमा टुंगोमा पु¥याउनु,
**    धार्मिक संप्रदाय र क्षेत्रको आडमा हुनसक्ने बिवाद र सामाजिक द्वन्द्वलाई (Win-Win) मोडलमा समाधान गर्नु ।
**    विश्वब्यापि रूपमा बढ्दै गएको शक्ति संघर्ष वाट राष्ट्रलाई सुरक्षित राख्नु ।
**    साइवर अपराध नियन्त्रण गरी साइवर आक्रमणको खतरावाट बच्न जोखिम केन्द्रीत रणनीति र कार्यनीति निर्माण गर्नु
**    जलवायु परिवर्तनबाट सिर्जना हुन सक्ने ताल विष्फोट,हिउँपहिरो आदिबाट सूरक्षामा चुनौती सिर्जना भएको आदि जस्ता चुनौतिहरू विद्यमान रहेका छन्
चुनौती समाधानका लागि गरिएका प्रयासहरूः
**    नेपालको सुरक्षा ब्यवस्थापनका लागि विभिन्न नीतिगत र संस्थागत प्राबधान राखिएको जस्तैः—
-- संबिधानमा नै राष्ट्रिय सुरक्षा परिषद,नेपाली सेना लगायतका सुरक्षा निकायका ब्यवस्था, संकटकालिन अधिकार, बिशिष्ट अवस्थामा बजेट ब्यवस्थाका लागि उधारो खर्च आदिको ब्यवस्था गरिएको छ ।
-- स्थानीय प्रशासन ऐन, संगठित अपराध नियन्त्रण ऐन, लागू औषध नियन्त्रण ऐन, सुपुर्दगि ऐन आदि कानुन मार्फत सुरक्षा ब्यवस्थालाई नियमन तथा अपराध नियन्त्रणका कार्य गरिएको ।
      --  सूरक्षाका बिभिन्न निकायहरू जस्तो नेपाली सेना,जनपद प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग आदि मार्फत सूरक्षा कार्यमा समन्वयात्मक प्रयास गरिएको ।
**    राष्ट्रिय सुरक्षालाई अन्तराष्ट्रिय सुरक्षा चासो मुताविक बिश्व शान्ति, पञ्चशीलका सिद्धान्तको पालना,संयुक्त राष्ट्र संघका मान्यताहरूको परिपालना आदि कार्य गरिएको ।
**    क्षेत्रीय संगठनहरू SAARC, BIMSTEC आदिका फोरममा समेत आतंवाद नियन्त्रण, निशस्त्रिकरणमा मुद्दा उठाएको ।
**    मानव वेचविखन नियन्त्रण, लागू औषध नियन्त्रणमा विश्वव्यापी साझेदारी ।
**    सीमा विवाद, खुला सीमाका कारण हुने अपराध नियन्त्रण आदिका छिमेकी राष्ट्रसँग बहस, पैरवी र वार्ता गरिएको ।
**    राष्ट्रिय महत्वका सूचनालाई भैपरी आउने दुर्घटनावाट सुरक्षित राख्ने उद्धेश्यले हेटौडामा Data Backup Center निर्माणका लागि तयारी गरिएको । आदि जस्ता महत्वपूर्ण प्रयासहरू भएका छन् ।
सुझावहरूः
नेपालको राष्ट्रिय सुरक्षा ब्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि देहाय अनुसारको सुझाव कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।
**    खुला सीमाका कारण आईपर्ने मानव बेचविखन, आतंकबाद, सीमा अतिक्रमणलाई नियन्त्रण गर्न छिमेकी राष्ट्रसँग समन्वयात्मक पहल गरी सीमा सुरक्षा बल, सीमा सम्मको पुनर्निमाण, अपराधी सुपुर्दगीमा कडाई आदि गरिनुपर्छ ।
**    सुरक्षा अंगहरूमा स्पष्ट कार्य क्षेत्र निर्धारण गरी राष्ट्रिय सुरक्षाका विषयमा समन्वयात्मक प्रयास गर्ने ।
**    राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा अंगहरूलाई स्रोत, साधन, जनशक्ति र प्रविधिले युुक्त गराई आधुनिक प्रविधि मार्फत हुनसक्ने अपराधको नियन्त्रणमा लगाउनु पर्ने ।
**    राष्ट्रिय सुरक्षा चासो तथा राष्ट्रिय सुरक्षा नीतिमा सहमति र प्रतिवद्धता जनाउने । आदि
अन्तमा,
नेपाल भौगालिक हिसावले भूपरिवेष्ठित भएता पनि एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो । अतःसन्तुलित र समन्वयात्मक राष्ट्रिय सुरक्षा पद्धतिको अवलम्बन गर्दै यस क्षेत्रमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नु नै नेपालका लागि श्रेयस्कर ठहरिन्छ ।




प्रश्नः १४ शासनका प्रमुख आयामहरू के के हुन् ? नेपालको समकालीन शासन प्रणालीका चुनौतीहरूबारे चर्चा गर्दै समाधानका उपायहरू समेत चर्चा गर्नुहोस् ।
उत्तर:
शासनका प्रमुख आयामहरूः
राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधि, प्रक्रिया, मापदण्ड र कार्यशैलीको समग्रता शासन हो । शासनका आयामहरू भन्नाले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा शासन पद्दतिलाई हेर्ने साझा दृष्टिकोणहरूलाई बुझिन्छ । अतः शासन पद्दतिका निम्न साझा दृष्टिकोणहरूनै शासनका प्रमुख आयामहरू हुन् ।
क)     राजनीतिक आयाम: मूलभूत रूपमा शासन राजनीतिक विषयवस्तु हो । सरकारको स्वरूप, संविधान, राज्य शक्तिको प्रयोग जस्ता विषयवस्तुहरू शासनको राजनीतिक आयाम अन्तर्गत पर्दछन् ।
ख)    प्रशासनिक आयाम: राज्य संचालनका क्रममा सरकारले अंगालेको प्रशासनिक परिपाटीलाई शासनको प्रशासनिक आयाम भनिन्छ । सार्वजनिक सेवाको व्यवस्थापन, सेवामा जनताहरूको पहुँचको अवस्था आदि यस भित्र पर्दछन् ।
ग)     वित्तीय/आर्थिक आयाम: शासनले वहन गर्नुपर्ने वित्तीय जवाफदेहिताको पक्ष शासनको वित्तीय आयाम हो । शासन संचालनका क्रममा गरिने गतिविधिहरूमा वित्तीय उत्तरदायित्वको पक्षलाई वित्तीय आयामको रूपमा लिन सकिन्छ । साथै अर्थतन्त्रको स्वरूप समाजवादी, पूँजीवादी, मिश्रित आदि आर्थिक आयाम भित्र पर्दछन् ।
घ)     समन्वयात्मक आयाम: शासन संचालनका क्रममा बहुक्षेत्र र बहुपात्रसँगको समन्वय र सहकार्यको पाटो शासनको समन्वयात्मक आयाम अन्र्तगत पर्दछन् । शासन प्रक्रियामा निजी, सामाजिक क्षेत्र एवं सामुदायिक क्षेत्रको पहुँच, आवाज र सहभागिताको मापन यस आयाम मार्फत  गरिन्छ ।
नेपालको समकालीन शासन प्रणालीका चुनौतीहरू :
नेपालको वर्तमान शासकीय प्रणाली केही चुनौतीहरूबाट गुज्रिरहेको छ । शासन प्रणालीका चुनौतीहरूलाई निम्न बुँदाहरूमा उल्लेख गर्न सकिन्छ ः
**    हालै सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनबाट निर्माण भएको संविधानसभाबाट संविधान जारी गरी प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै लामो समयको राजनैतिक संक्रमणकालबाट राष्ट्रलाई मुक्त गर्नु,
**    राज्यको पुनर्संरचनाका लागि संघीय स्वरूपको सर्वमान्य आधारहरू, अधिकारको बाँडफाड तथा संघीय प्रणालीको व्यवस्थापन गर्नु,
**    द्वन्द व्यवस्थापनलाई निष्कर्षमा पु¥याई शान्ति,सुरक्षा तथा अमनचयनको प्रत्याभुति गर्नु,
**    राष्ट्र निर्माण र सामाजिक आर्थिक रूपान्तरणको राष्ट्रिय लक्ष्यलाई मूर्त रूपमा उतार्नु,
**    जनआन्दोलन तथा संविधानसभा सदस्य निर्वाचनका क्रममा दिइएका आश्वासन, घोषणापत्र, प्रतिवद्धता पत्रलाई कार्यरूपमा परिणत गरी आम नागरिकहरूको अपेक्षालाई मूर्तरूप प्रदान गर्नु,
**    शासकीय सक्षमता कायम राख्दै सुशासन, नयाँ सार्वजनिक सेवा, उत्तरदायी शासन तथा विद्युतीय शासन जस्ता शासकीय अवधारणहरूको कार्यान्वयन र शीघ्र व्यवस्थापन गर्नु,
**    बहुस्तरीय शासन प्रणालीका अवधारणात्मक पक्षहरूलाई परिवर्तित सन्दर्भ अनुसार अनुकूल बनाउनु ।
नेपालको शासन प्रणालीमा रहेका चुनौतीहरू समाधानका उपायहरूः
**    शासकीय व्यवस्थामा आवश्यक पर्ने नीति, योजना तथा कार्यक्रमलाई कार्यान्वयनयोग्य तथा गतिशील बनाउँदै सुशासन कायम गर्न जोड दिने,
**    संविधानसभाबाट जनताको Voice र Choice लाई सम्बोधन हुनेगरी जनमैत्री संविधान यथासमयमै जारी गर्ने,
**    विभिन्न राजनीतिक दलहरूमा राष्ट्रिय स्वार्थका विषयमा ऐक्यवद्धता र समझदारी कायम गर्न प्रतिवद्ध हुने,
**    विकेन्द्रीकरणको मूल्य र मान्यतालाई आत्मसात गर्दै एकात्मक केन्द्रीय शासन प्रणालीको अन्त्य गर्ने,
**    आम नागरिक र सरकार बीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै राष्ट्रिय स्वार्थलाई ओझेलमा पार्ने गरी अनावश्यक रूपमा उत्पन्न द्वन्दलाई सहकार्य मूलक ढङ्गबाट समाधान गर्ने,
**    शासन प्रणालीको नीति तर्जुमा, कार्यान्वयन, मुल्याकंन जस्ता पक्षहरूमा देशमा विद्यमान सबै वर्ग, क्षेत्र, लिङ्गको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने,
**    शासन प्रणाली संचालन गर्ने सरकार अन्तर्गतका निकायहरूलाई समयानुकूल बनाउन सुधारका कार्यक्रमहरूलाई वढावा दिने,
**    विश्वव्यापी रूपमा शासन प्रणालीका सन्दर्भमा विकसित अवधारणालाई नेपालको शासन प्र्रणाली सँग आवद्धता गराउने ।
नेपालको शासन प्रणालीमा देखिएका माथि उल्लिखित अल्पकालीन तथा दीर्घकालीन चुनौतीहरूको उचित संबोधन सहित सुधारका कार्यसूचीहरूलाई कार्य रूपमा परिणत गर्नुपर्ने आवश्यकता देखिएको छ । यसबाट नै नेपालको शासकीय सक्षमताको अभिवृद्धि भई समृद्ध, आधुनिक, न्यायपूर्ण नयाँ नेपाल निर्माणको मार्गप्रशस्त हुन सक्दछ ।
Posted by pramod mainali at 8:03 PM Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest

संघीयता के हो ? - Dainik Nepal

 

संघीयता के हो ?
दैनिक नेपाल २०७२ भदौ ७ गते १०:०९

Dr. Ghanashyam Parishrameeनेपाल अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गर्ने मुलुकका रुपमा अगाडि बढ्दै छ । संविधान सभाबाट संविधान जारी गर्ने अवस्थामा यहाँ पुनः आन्दोलनले चर्को रुप लिँदै छ । वस्तुतः शासन पद्धतिको पुरानो परम्परालाई भत्काएर एकात्मक शासन प्रणालीबाट संघात्मक शासन प्रणालीतर्फ मुलुकलाई लैजाने अवस्थामा प्रदेशहरुको विभाजनका क्रममा सीमा विवादले गर्दा नै अहिले आन्दोलन चर्किएको हो । खास गरी संघीयता के हो भन्ने बारेमा हामीकहाँ सर्वसाधारण जनता त अन्योलमा छन् नै, पार्टी र पार्टीका केही नेताहरुमा समेत यसबारे अन्योलताको प्रभाव देखिन्छ ।

    मुलुकलाई विभिन्न प्रदेशमा विभाजन गर्नु भनेको गाउँ, जिल्ला, अञ्चल र विकास क्षेत्रमा विभाजन गरेजस्तै विभाजनको एउटा प्रक्रिया मात्र हो । अतः प्रदेशको विभाजन गर्नु भनेको एउटा सिङ्गो राज्यलाई विभिन्न राज्यमा टुक्रा टुक्रा गर्नु हो अर्थात देशलाई नै टुक्य्राउनु हो भन्ने भ्रमबाट सर्वप्रथम हामी मुक्त हुनु जरुरी छ ।

संघीयता भन्ने बित्तिकै अधिकांश जनता र केही नेतामा हुनुपर्ने गुण नभएका नेता (कुनेता/अनेता)हरुले समेत यो देश टुक्य्राउने नीति हो भन्ने बुझेका छन् र यस्तो हल्ला चलाएका पनि छन् । अर्थात यसको गलत व्याख्या र विश्लेषण गरेका छन् । वस्तुतः संघीयता देश टुक्य्राउने नीति वा परिपाटी पटक्कै होइन । यो त शासन प्रणालीको एउटा प्रक्रिया हो । राज्यको शासन केन्द्रबाट मात्र हुँदा सिङ्गो देशको सर्वतोमुखी विकास हुन सक्दैन । सामान्यतया हामीले देखेको, बुझेको वा भोगेको कुरा नै छ- गाउँ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति, अञ्चल, विकास क्षेत्र आदि शासनको बाँडफाँड र देश विकासका लागि नै छुट्याइएका हुन् । जसरी गाविस, जिल्ला, अञ्चल, विकास क्षेत्र भनेर छुट्याइएको छ त्यही क्रममा अर्को एउटा प्रक्रिया हो प्रदेशको विभाजन । जसरी गाउँ विकास समितिको विभाजनले देश टुक्रिएको हुँदैन, त्यसरी नै प्रदेश राज्यको विभाजनले पनि देशलाई टुक्य्राएको हुँदैन । देशको विकासमा यस प्रकारको विभाजन उपयुक्त हुन्छ पनि र यो मूलतः विकेन्द्रीकरणको सिद्धान्तका आधारमा हुने गर्दछ । त्यसैले मुलुकलाई विभिन्न प्रदेशमा विभाजन गर्नु भनेको गाउँ, जिल्ला, अञ्चल र विकास क्षेत्रमा विभाज गरेजस्तै विभाजनको एउटा प्रक्रिया मात्र हो । अतः प्रदेशको विभाजन गर्नु भनेको एउटा सिङ्गो राज्यलाई विभिन्न राज्यमा टुक्रा टुक्रा गर्नु हो अर्थात देशलाई नै टुक्य्राउनु हो भन्ने भ्रमबाट सर्वप्रथम हामी मुक्त हुनु जरुरी छ ।

संसारमा एकात्मक शासन प्रणाली भएका र संघात्मक शासन प्रणाली भएका मुलुकहरु छन् । एकात्मक शासन प्रणाली केन्द्रीय सरकारको अधिनमा संगठित हुन्छ । केन्द्रीय सरकारद्वारा प्रशासित क्षेत्रान्तर्गत विकास क्षेत्र, अञ्चल, जिल्ला, नगरपालिका, गाउँ विकास समिति आदि रहेको हाम्रो वर्तमान अवस्थासम्मको शासन प्रणाली मूलतः एकात्मक छ । एकात्मक शासन प्रणाली भएका क्षेत्रहरुमा माथिदेखि तलसम्म केन्द्र सरकारका नै नीति नियमहरु लागू हुन्छन् । केन्द्रीय सरकार नै सर्वोच्च हुन्छ । अतः एकात्मक राज्यमा राज्यको शक्ति एक व्यक्ति वा संस्था (राजा, राष्ट्रपति वा संसदर)का हातमा केन्द्रित हुन्छ । स्थानीय सरकारहरुले केन्द्रले दिएको अधिकारका अधिनमा रहेर अर्थात केन्द्रमुखी भएर काम गर्न बाध्य हुनुपर्दछ । केन्द्रले तोकेका प्रशासकहरु र केन्द्रीय नीति अनुरुप बनेका स्थानीय सरकारका पदाधिकारीहरु स्वभावतः केन्द्रप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ । वास्तवमा क्षेत्रीय वा स्थानीय सरकार केन्द्रीय सरकारको नियन्त्रणमा हुन्छन् । उनीहरुले स्वायत्त ढङ्गले शासन गर्ने मौलिक प्रकारको शक्ति पाएका हुँदैनन् । खासगरी विविधता भएका लोकतान्त्रिक मुलुकहरुमा एकात्मक शासन प्रणाली लोकप्रिय हुन सकेको देखिँदैन ।

nepal-7-pardesh-mapसंघात्मक शासन भनेको एकात्मक शासन पद्धतिको विलोम हो । यसमा शासनको सत्ता मुलुकको संविधानद्वारा नै केन्द्रीय र प्रान्तीय सरकारमा विभाजित गरिएको हुन्छ । केन्द्रीय सरकारले स्वेच्छाले प्रान्तीय सरकारलाई प्रदत्त अधिकार एवम् शक्ति माथि हस्तक्षेप गर्न, परिवर्तन गर्न वा समाप्त गर्न सक्तैन । यस्तो काम गर्न संविधानमा नै परिवर्तन गर्नुपर्ने हुन्छ ।

संघात्मक शासन प्रणाली अन्र्तगत एउटा राज्यमा धेरै राज्यहरु समाविष्ट हुन्छन् । यस्ता राज्यलाई प्रदेश, राज्य, संघ, प्रान्त आदि भन्न सकिन्छ । यस्ता स–साना प्रदेश वा राज्यहरुमा मुलुकको मूल कानुनको दायरामा रहेर स्वायत्त ढङ्गले आफ्नो तोकिएको भूभागमा आफ्नै प्रकारले त्यहाँको सरकारले शासन र प्रशासन चलाएको हुन्छ । विशेषतः संघात्मक शासन प्रणाली भएका राष्ट्रमा केन्द्रीय सरकार एवं प्रान्तीय सरकारमा शासनको शक्ति विभाजित गरिएको हुन्छ । विशेष परिस्थिति बाहेक सामान्य अवस्थामा प्रान्तीय सरकारका नीति तथा क्रियाकलाप माथि केन्द्रीय सरकारले हस्तक्षेप वा दमन गर्न वा अवरोध पुर्‍याउन पाउँदैन ।

संघात्मक शासन प्रणाली भएका मुलुकहरुलाई हामीले दुई किसिमले हेर्न सक्छौँ । (१) विभिन्न स्वतन्त्र अस्तित्व भएका देशहरु मिलेर बनेका संयुक्त राज्य, (२) एउटा देश भित्रका भूभागहरुलाई विभाजन गरेर बनाइएका प्रदेश वा प्रान्त । उदाहरणका लागि संयुक्त राज्य अमेरिका, स्वीस संघ, विगतको सोभियत संघ आदि पहिलो तहका संघात्मक प्रणाली भएका मुलुक हुन् भने भारत, पाकिस्तान लगायतका केही मुलुकहरु दोस्रो तहका संघात्मक शासन प्रणाली भएका मुलुक हुन् । अब हाम्रो मुलुक पनि आफ्नै देश भित्रका विभिन्न भूभागलाई प्रान्तहरुमा विभाजन गरी संघात्मकतातिर जाँदै छ । संघात्मक शासन प्रणाली वस्तुतः आधुनिक युगमा राजनीतिक शासन प्रणालीका रुपमा विकसित भएको एक नवीन प्रयोग हो । सिद्धान्त एवं व्यवहारिक रुपमा सन् १७७९मा अमेरिकी संघीय व्यवस्था सहित यसको प्रारम्भ भएको हो । खासगरी दोस्रो विश्व युद्ध पश्चात् उपनिवेशका रुपमा रहेका राष्ट्रहरु मुक्त हुन थालेपछि क्रमशः संघात्मक शासन व्यवस्थाको महत्व बढेको हो । आजको युगमा संघात्मक शासन प्रणालीलाई बढी लोकतान्त्रिक र समावेशी शासन व्यवस्थाका रुपमा लिने गरिन्छ ।

संघात्मक शासन प्रणाली भएको मुलुकमा विभिन्न भाषाभाषी, धर्मावलम्बी तथा आ-आफ्नो परम्परा र संस्कृति भएका जाति, जनजाति सबैको सहभागिता हुन्छ वा हुनुपर्छ भन्ने मान्यता छ । हाम्रो मुलुकको अब घोषणा हुने संविधानमा यी कुराहरु अन्तर्भूत छन् । नेपाल अहिलेको परिप्रेक्ष्यमा संघीयतामा जाने कान्छो राष्ट्र हो । हाम्रो संघीयता अन्य संघीय राष्ट्रहरुको भन्दा बढी आधुनिक र वैज्ञानिक ढंगको हुनुपर्दछ । प्रदेश विभाजनका बारेमा जातीय, क्षेत्रीय र साम्प्रदायिक विषयलाई अगाडि बढाएर हाम्रो जस्तो मुलुकको संचालन शासन प्रणाली सफल हुन सक्दैन । तर मिलेसम्म र हुन सकेसम्म यस दिशामा पनि उदारतापूर्वक दृष्टि पुर्‍याउनु आवश्यक छ । यस्तो उदारतापूर्ण दृष्टिमा राष्ट्रिय अखण्डता र सार्वभौमिकता माथि असर पर्ने वा पार्ने खालको आत्मघाती निर्णयमा भने जानु हुँदैन । यसका लागि कठोर कानुन बनाउनुपर्ने आवश्यकता हुन्छ । जुन संघात्मक शासन व्यवस्थाको गुण वा विशेषता भित्र पर्दछ ।

(लेखक डा. परिश्रमी त्रिवि भैरहवा बहुमुखी क्याम्पसको प्रमुख हुनुहुन्छ ।) 

तुलना नेपाल र विश्वका सङ्घीय शासन प्रणाली


तुलना नेपाल र विश्वका सङ्घीय शासन प्रणाली

prem raj silwalप्रेमराज सिलवाल




वि.सं. २०७२ साल असोज ३ गते संविधानसभा मार्फत नेपाललाई इतिहासमा पहिलो पटक लोकतान्त्रिक सङ्घीय गणतन्त्रको घोषणा गरियो । संयुक्त राष्ट्रसङ्घका १९२ सदस्य राष्ट्रमध्ये नेपालसहित केही मुलुकले  सङ्घीय राज्य व्यवस्था प्रणाली अपनाएका छन् । विश्वमा सङ्घीयता पनि थरिथरिका छन्, आफ्नाआफ्नो मुलुक सुहाउँदो सङ्घीयता उनीहरूको प्राथमिकतामा छन् । स्वीट्जरल्याण्डको सङ्घीय प्रणाली अमेरिकाको भन्दा फरक छ भने भारतको सङ्घीयता र नर्वेको सङ्घीयता पनि मेल खाँदैनन् । स्वीट्जरल्याण्डमा केन्द्रदेखि स्थानीय तहसम्म समानुपातिक निर्वाचन प्रणाली अपनाएको सङ्घीयता छ भने अमेरिका तथा भारतमा जस्तो पूर्ण गणतान्त्रिक सङ्घीयताको प्रचलन छ । अस्ट्रेलिया र युरोपको नर्वेको जस्तो संवैधानिक राजतन्त्र सहितको सङ्घीयता, संयुक्त अरब इमिरेटस्को जस्तो सक्रिय राजतन्त्रसहितको सङ्घीयता जस्ता विभिन्न मोडेल रहेका छन् । विश्वमा प्रचलनमा रहेका  सङ्घीयाको केही मोडेल, विशेषता, सफलता र असफलताबारे यहाँ केही चर्चा गरिएको छ ।

विश्वका विभिन्न सङ्घीय शासन प्रणाली
सङ्घीय शासन भएका देशमा गणतान्त्रिक मुलुक स्वीट्जरल्याण्ड लाई उत्तम नमुनाको रूपमा लिइन्छ । दुवै विश्व युद्धमा कुनै पनि समूहबाट युद्धमा भाग नलिएको सिधा प्रजातन्त्र, विधिको शासन, मानवअधिकार, नागरिक समाज, प्रेस स्वतन्त्रता, पारदर्शिता, सुशासन जस्ता आधुनिक लोकतन्त्रका मान्यतामा पूर्ण विश्वास गर्ने उक्त देशले सबै जनताको शासनमा पूर्ण प्रतिनिधित्व गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली समेत लागू गरेको छ । विभिन्न २७ क्यान्टोनहरूमा विभाजित शासनमा निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउनेसम्मको अधिकार जनतालाई रहेको छ । विकास तथा समृद्धिका दृष्टिकोणले समेत यो मुलुक निकै उन्नत मानिन्छ ।
अर्जेन्टिना प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासन भएको मुलुक हो । राष्ट्रपति संसद््प्रति जवाफदेही बन्नु पर्दैन, ऊनी संविधान अनुसार आफ्ना कार्य गर्न पूर्णतः स्वतन्त्र रहन्छन् । २३ सङ्घीय प्रदेश र एक सङ्घीय  शहर ब्यूनर्स आयर्स रहेको छ ।
अस्ट्रेलिया संवैधानिक राजतन्त्र भएको अलग्गै महादेशको मुलुक हो । ( बेलायतका राजा वा रानी ) आलंकारिक राजतन्त्र भएकोले शासनमा भने कुनै हस्तक्षेप गर्दैनन् र संविधान अनुसार निर्वाचित संसद््ले बहुमतको आधारमा प्रधानमन्त्रीको चयन गर्र्ने गर्दछ । भूगोलमा ठूलो राष्ट्र भए पनि विकास, उन्नत्ति, सुशासन, लोकतन्त्र, विधिको शासन, मानवअधिकार जस्ता कुरामा यो मुलुक अत्यन्त सजग देखिन्छ । शिक्षा, पर्यटन, कृषि, उद्योगका कारण मुलुक धनी रहेको छ । यहाँ छ राज्य र तीन भौगोलिक क्षेत्र रहेका छन् । उता सङ्घीय प्रणाली अपनाएको युरोपेली राष्ट्र अस्ट्रियामा निर्वाचित राष्ट्रपति रहने भए पनि कार्यकारी अधिकार भने प्रधानमन्त्रीमा रहेको छ । सेरेमोनियल राष्ट्रपतिले संविधान बमोजिम बाहेक शासनमा कुनै हस्तक्षेप गर्दैनन् । प्रधानमन्त्री संसद्को बहुमतबाट चयन हुन्छ ।  
बेल्जियम मा संवैधानिक राजतन्त्र रहेको छ भने राजा आलंकारिक रहेका कारण प्रधानमन्त्रीको चयन निर्वाचित संसद्को बहुमतबाट चयन गरिन्छ ।   यहाँ भूगोलको आधारमा तीन क्षेत्र र भाषाको आधारमा तीन क्षेत्रको विभाजन गरिएको सङ्घीय व्यवस्था लागू गरिएको छ । त्यस्तै सङ्घीय शासन भएको बोस्निया हर्जगोभिना गणतन्त्र भए पनि राष्ट्रपति आलंकारिक हुन्छन् र कार्यकारी प्रधानमन्त्री संसद्को विश्वासबाट चयन हुन्छन् । सानो मुलुक भएकाले यहाँ दुई स्थानीय निकाय र एक जिल्लाको सङ्घीय शासन रहेको छ ।
गणतन्त्रात्मक मुलुक ब्राजिल   भूगोलमा ठूलो भएका कारण त्यहाँ २६ राज्य र एक जिल्लाको सङ्घीय शासन रहेको छ ।  
उत्तर अमेरिकाको समृद्ध मुलुक क्यानडा मा पनि बेलायतकै राजा वा रानी आलंकारिक प्रमुखका हैसियतमा हुन्छन् ।  निर्वाचित संसद्बाट विश्वासप्राप्त प्रधानमन्त्री नै कार्यकारी पदमा रहने गरेका छन् । १० प्रदेश र तीन भूगोलको सङ्घीय शासनमा यो मुलुक चलेको छ ।  
 इथियोपिया गणतन्त्र भएको मुलुक भए पनि गरिबी, चरम द्वन्द्व, अशिक्षा, भोकमरी जस्ता समस्याले आक्रान्त देखिन्छ । यस मुलुकमा नौं भौगोलिक क्षेत्र र दुईवटा विशेष शहरलाई सङ्घीय शासनले विभाजित गरेको छ ।
युरोपको सबैभन्दा ठूलो, विश्वको दर्शनको इतिहासमा सधैँ नाम आउने, दोस्रो विश्व युद्धमा आक्रामक नीति लिए पनि पराजय भोग्नु परेको मुुलुक जर्मनी १६ सङ्घीय राज्यमा विभाजित छ । उद्योग, पर्यटन तथा समग्र विकास तथा सुशासनमा अग्रणी मुलुक जर्मन गणतन्त्र भए पनि राष्ट्र प्रमुख आलंकारिक हुन्छन् भने संसद्बाट निर्वाचित चान्सलर कार्यकारी भूमिकामा हुन्छन् ।
भारत सन् १९४७ देखि गणतन्त्र भएको मुलुक हो । उसले पूर्ण सङ्घीयता अपनाएको छ । संसदीय प्रजातन्त्र मान्दै आएको भारतीय लोकसभाका ५४३ सदस्य मध्येबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीले शासन सञ्चालन गर्ने गर्दछन् भने सङ्घीय संसद् र प्रान्तीयसभाका सदस्यले राष्ट्रपति चयन गर्दछन् जो संवैधानिक हुन्छन् । सवाअर्ब  जनसंख्या तथा भूगोल र जनसंख्यामा सिङ्गो युरोप जत्रो ठूलो भारत शुरुमा जम्मा ११ राज्यको सङ्घीयता थियो भने हाल ३१ राज्य र ७ संयुक्त भूभागको देश भएको छ ।
त्यस्तै सन् २००९ देखि हिंस्रक द्वन्द्वमा फसेको मुलुक इराक तेलको भण्डार मानिएको छ । तर अमेरिकाले तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई मारी शासन आफ्नो हातमा लिएपछि राजनीतिक र धार्मिक हिंसाका कारण लाखौंलाखले ज्यान गुमाइसकेका छन् । सङ्घीय शासनमा प्रजातन्त्र देखाइएको भए पनि जनताले कुनै सुरक्षा र सुविधाको अनुभूति गर्न पाएका छैनन् । यो मुलुक १८ गोभनोरेटस् र एक भौगोलिक क्षेत्र कुर्दिस्तानमा शासन विभाजित रहेको छ ।
 मलेसिया उद्योग, पर्यटन, कृषि जस्ता पूर्वाधारमा लगानी गरी उच्च आर्थिक हैसियत बनाएको कार्यकारी राष्ट्रपति भएको अर्को सङ्घीय गणतान्त्रिक मुलुक हो । १३ राज्य र तीन सङ्घीय भूभागमा विभाजित मलेसिया राजतन्त्रात्मक मुलुक हो ।  अर्काे गणतान्त्रिक कार्यकारी राष्ट्रपति भएको सङ्घीय मुलुक मेक्सिको हो ।   भूगोलमा पनि ठूलो भएका कारण ३१ राज्य र एक सङ्घीय जिल्ला मेक्सिको शहरको सङ्घीयता त्यहाँ देखिन्छ ।
 नाइजेरिया अफ्रिकाको ठूला देश मध्येमा पर्ने मुुलुक हो । राजनीतिक द्वन्द्व, गरिबी, अशिक्षा, भोकमरी जस्ता समस्याबाट ग्रस्त यो सङ्घीय मुलुकमा ३७ राज्य र एक सङ्घीय भूभाग सङ्घीय राजधानी रहेका छन् ।
पाकिस्तान सन् १९४७ मा भारतबाट अलग भई बनेको इस्लामिक राष्ट्र हो । इतिहासदेखि नै राजनीतिक द्वन्द्व, कमजोर गणतान्त्रिक प्रजातन्त्र, सेनाको सत्तामाथि सधैँजसो हस्तक्षेप, हत्या र हिंसा, आतङ्कारीको आश्रयस्थल, गरिबी, धार्मिक अन्धविश्वास तथा अतिवाद जस्ता समस्याबाट आक्रान्त भएको मुलुकको परिचय यसले बनाएको छ । संसद्बाट निर्वाचित सेरेमोनियल राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी पाकिस्तानमा चार प्रदेश र दुई स्वायत्त क्षेत्र र दुई भूभाग रहेका छन् ।
विश्वकै  ठूलो मुलुक तथा शक्तिशाली मुलुक रुस  संयुक्त राष्ट्रसङ्घमा भिटो प्रयोग गर्ने पाँच स्थायी मुलुक मध्येको एक हो । सङ्घीय शासन प्रणाली लागू भएको यस मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था छ भने ४६ ओब्लेस, २२ गणराज्य, नौ किरिस, चार स्वायत्त ओकुर्ग, तीन सङ्घीय राज्य र एक स्वायत्त ओब्लेल्र्स रहेका छन् ।
गरिबी, अस्थिरता, भोकमरी, धार्मिक अन्धविश्वासको मुलुक दक्षिणी सुडानको सङ्घीयतामा १० राज्य रहेका छन् ।   त्यस्तै अफ्रिकी मुलुक सुडान अर्काे चरम द्वन्द्वग्रस्त, हिंसा, गरिबी भएको गणतान्त्रिक मुलुक हो जहाँ १७ सङ्घीय गणराज्य रहेका छन् ।   सक्रिय राजतन्त्र भएको संयुक्त अरब इमिरेट्स सात इमिरेट्स रहेका छन् । समुन्द्री पर्यटन, उद्योग आदिका कारण सानो मुलुक भएर पनि विकसित छ ।
 सन् १७७६ मा स्वतन्त्रता पाएको विश्वको शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिकामा शुरुमा १३ राज्य रहेकोमा हाल ५० राज्य तथा एक विशेष भूभाग रहेको छ । राज्य आफैले पनि आफ्नो कानुन बनाउने अधिकार भएको अमेरिकामा जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति रहन्छन् । उनलाई संसद्को आदेश नमानेर शासन गर्नेसम्मको अधिकार रहेको हुन्छ । सङ्घीयतामा पनि पूर्ण सङ्घीयता भएको अमेरिकामा एकसङ्घीय जिल्ला कोलम्बिया समेत रहेको छ ।
तेल भण्डारको देश भनेर चिनिने भेनेजुएला गणतान्त्रिक मुलुक भए पनि अमेरिकामा जस्तो राष्ट्रपतिलाई शासनको अधिकार छैन् । संसद् शक्तिशाली रहेको छ र प्रधानमन्त्री संसद्को विश्वासबाट चयन हुन्छ । विश्वमा हाल तेलको मूल्यमा चरम गिरावट आएका कारण बेरोजगारी, गरिबी, राजनीतिक द्वन्द्व झेल्दै आएको भेनेजुएलामा हालैका दिनमा राजनीतिक द्वन्द्व थप चर्किएको देखिन्छ । यहाँको सङ्घीय प्रणाली अन्तर्गत २३ राज्य, एक राजधानी जिल्ला भेनेजुएलामा देशलाई विभक्त गरिएको छ । संयुक्त अधिराज्य बेलायत मा भूगोलको हिसाबले चार  क्षेत्र राज्य रहेका छन्, जसमा आफ्नै प्रकारका कानुन लागू गरिएका छन् ।

नेपालको सङ्घीयता र तुलना
संविधानको भाग ७ मा सङ्घीय कार्यपालिका र भाग ८ मा सङ्घीय व्यवस्थापिकाको व्यवस्था गरिएको छ । संविधान अनुसार संसद्को बहुमतबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्को बहुमतबाटै निर्वाचित संवैधानिक राष्ट्रपति रहने व्यवस्था गरिएको छ । सङ्घ, प्रदेश तथा स्थानीय तहसहित सात प्रदेशको सङ्घीय शासन संविधानमा उल्लेख गरिएका छन् । भारतमा जस्तै संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री रहेका छन् । तीन तहको निर्वाचित सङ्घ, प्रदेश र स्थानीय तहलाई संविधानले अधिकार दिएको छ । दुई करोड ८४ लाख मात्र जनता पुगेको देशमा सात प्रदेशको व्यवस्था गरिएको छ  कतिपय मुलुकमा जस्तो संसद्बाट निर्वाचित राष्ट्रपति पूर्ण सेरेमोनियल छैनन्, संवैधानिक छन् ।
सङ्घीय राज्यप्रणाली अवलम्बन गरेर कार्यकारी राष्ट्रपतीय शासन भएका देशहरूमा अमेरिका, अफगानिस्तान, अंगोला, अर्जेन्टिना, बोलिभिया, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, नाइजेरिया, पाराग्वे, फिलिपिन्स, सेचिलिस, सियेरा लियोन, सोमालिया, दक्षिणी सुडान, तुर्कमिनिस्तान, उरुग्वे, भेनेजुएला, जाम्बिया, जिम्बाबे आदि रहेका छन् । त्यसैगरी प्रधानमन्त्री कार्यकारी भएका देशहरूमा बेलारुस, बेनिन, भारत, क्यामरुन, सेन्ट्रल अफ्रिका रिपब्लिकन, चाड, टिवली, गावान, गुइना, इक्वेइटेरियल गुइना, आइवेरी कोष्ट, काजाकिस्तान, दक्षिण कोरिया, रुवाण्डा, सुडान, तान्जानिया, टोटो, युगाण्डा, उज्वेकिस्तान रहेका छन् । युक्रेनमा भने राष्ट्रपति कार्यकारी भने पनि प्रधानमन्त्रीले नै शासन सत्ताको कार्य गर्ने गर्दछन् ।

निष्कर्ष
विश्वको राजनीतिक इतिहासमा सङ्घीय शासन राजतन्त्रात्मक, एकात्मक र संसदीय शासनको तुलनामा कान्छो शासन व्यवस्था हो । नेपालको सङ्घीयता त्यसमा पनि सबैभन्दा कान्छो हो । संविधानले सात प्रदेशसहितको सङ्घीय शासन व्यवस्था उल्लेख गरेको भए पनि जाति, भाषा, भूगोल, क्षेत्र जस्ता विषय प्रदेशसभाबाट टुङ्गो लगाउनु पर्ने कुराहरू लागू गर्दै जाँदा आइपर्ने राजनीतिक अप्ठेरालाई हल गनु पर्ने देखिन्छ । विश्वको सङ्घीयताको अनुभव हेर्दा समृद्धिको सहायक यो शासन व्यवस्था अचुक हुने कुनै ग्यारेन्टी छैन् । नर्वे जस्ता देशमा राजतन्त्र सहितको सङ्घीयता रहेको छ, जहाँ सन् २०१२ मा एक सय वर्षमा बल्ल संविधानको संशोधन भएको भए पनि कुनै राजनीतिक द्वन्द्व छैन्, बरु राष्ट्र विकसित रहेको छ । अर्कोतिर सङ्घीय शासन प्रणाली अपनाइरहेका सुडान, दक्षिणी सुडान, नाइजेरिया, इथियोपिया जस्ता देश सबै दृष्टिले तन्नम भइसकेका छन् । त्यसैले सङ्घीय शासन प्रणालीबाट जादुले छुमन्तर गरे जस्तो गरेर सबै समस्याको हल हुँदैनन् । यो त मुलुकको दलका प्रतिबद्धता, राजनीतिक संस्कार, जनताका आचरण जस्ता विषयहरूमा निर्भर हुने कुरा हुन् ।



प्रकाशित मिति: २०७४/७/२५
 

कानुनको शासन | Mohan Banjade

कानुनको शासन
पृष्ठभूमि

    परिवारतन्त्र (Oligarchy), कूलीनतन्त्र (aristocratic) र निरङ्कुशतन्त्र (autocracy) मा कानुनको शासनको अभाव
    व्यापक जनसहभागिता र जनस्वीकृति विनाको शासन प्रणाली, शासितको हक आधिकारभन्दा शासकको सनक र अधिकार रहेको शासन व्यवस्थामा कानुनको शासन नहुने ।
    कानुन बनाएर शासन गर्दैमा कानुनी शासन हुँदैन । कानुन पनि Just, Resonable and Rational हुनुपर्ने ।
    सिमित सरकार

सिंहावलोकन

    पूर्वीय धर्मशास्त्रको धर्मिक अनुशासनलाई कानुनको शासनको रुपमा ग्रहण गर्न सकिने आधार भेटिन्छन्: – शासकलाई असीमित अधिकार नदिने, शासितको इच्छानुरुप शासक चल्नुपर्ने ।
    ग्रीक: – Law made by the people is the supreme law हुने, त्यस्तो कानुनको पालना सबैले गर्नुपर्ने ।

१. बेलायत: –

    Bracton: The King should not be under the men but under God and Law. १२१५ को म्याग्नाकार्टाले राजाका अधिकार सीमित, कानुन र न्यायिक निर्णय विना वैयक्तिक स्वतन्त्रता अपहरण नहुने, न्याय बिक्री, इन्कार र ढिला नगरिने एवं अनुचित कर नलगाइने व्यवस्था ।
    Edward Coke: राजा व्यक्ति अधिनस्थ रहनु हुँदैन तर इश्वर र कानुनको अधिनमा रहनु पर्छ । न्याय सम्पादनको कार्य राजाले गर्नु हुँदैन, न्यायाधीशले गर्नुपर्छ ।
    १६२८ को Petition of Rights ले संसदको स्वीकृति बेगर कर/ऋण नउठाउने, मनोमानी तरिकाले गिरफ्तार गर्न नपाउने, राजामा रहेको सार्वभौमसत्ता जनतामा सार्ने, शान्तिकालमा सैनिक कानुन प्रयोग गर्न नहुने व्यवस्था गर्‍यो ।
    Bill of Rights ले अदालतको अधिकार कटौती नगर्ने, निर्वाचन स्वतन्त्र हुनुपर्ने, संसदको विशेषाधिकार हुने, कठोर र निर्दयी सजाय गर्न नहुने, दोषी प्रमाणित हुनुपूर्व सजाय नहुने जस्ता व्यवस्था गर्‍यो ।

२‍. संयुक्त राज्य अमेरिका: –

    No Taxation without Representation
    स्वतन्त्रता सङ्ग्राम कानुनको शासनको लागि ।
    संविधानमा Separation of Power, Independence of Judiciary, Due process of Law, Fundamental Rights का व्यवस्था थप्दै ।

अवधारणा
A.V. Dicey
a) Supremacy of Law

    व्यापक, स्वविकेकी र स्वेच्छाचारी शक्ति प्रयोग गर्न नहुने ।
    मानिस कानुन र कानुनबाट मात्र शासित हुने
    कानुन उल्लंघन गरेमात्र दण्ड हुने
    दण्डसजाय कानुनी प्रक्रिया अनुरूप र सामान्य अदालतबाट हुने ।

b) Equality before law (कानुनका अगाडि समानता)

    कानुनका अगाडि सबै व्यक्ति र वर्ग समान हुने,
    कानुन सबैलाई समान रुपमा लागु हुने,
    कानुन सामान्य अदालतबाट प्रशासित हुनुपर्ने,
    पदीय आधारमा भेदभाव गर्न नहुने,
    कोही पनि कानुनभन्दा माथि नहुने,
    असमान व्यवहार विरुद्ध न्यायिक उपचारको हक हुने ।

c)Constitution: Result of Ordinary Law

    कानुन संसद र अदालती व्यवस्थाको उपज, वैयक्तिक अधिकार बारेको न्यायिक व्याख्याबाट संविधान विकसित हुँदैजाने ।

H.W.R. Wade

    सरकारले सबै कार्य कानुन बमोजिम गर्नुपर्ने ।
    सरकार सञ्चालन मान्य कानुनी आधारमा गर्नुपर्ने र विवेकाधिकार माथि नियन्त्रण हुनुपर्ने ।
    सरकारी कार्यको वैधता स्वतन्त्र न्यायपालिकाबाट निरूपित हुनुपर्ने ।
    कानुन सरकार र नागरिकका बीचमा निष्पक्ष (fair) हुनुपर्ने ।
    कानुनले अपराध तोकेको विषयमा बाहेक दण्ड गर्न नहुने ।
    विना सुनुवाई दण्ड गर्न नहुने ।
    आफ्नो मुद्दामा आफैँ न्यायाधीश हुन नहुने ।

Report of International Congress of Jurist 1955

    राज्य स्वयं कानुनको विषयवस्तु हो, सरकारले कानुनको सर्वोपरिता स्विकार्दै काम गर्नुपर्ने ।
    व्यक्तिको अधिकार र स्वतन्त्रताको संरक्षण गर्न सरकार दृढ र कार्यान्वयन गर्न ऊ सक्षम हुनुपर्ने ।
    वैयक्तिक स्वतन्त्रता र अधिकारको संरक्षणका निम्ति अदालत स्वतन्त्र हुनुपर्छ र न्यायाधीश माथि त्रास/भय हुनुहुँदैन ।
    कानुन व्यवसाय स्वतन्त्र र स्वच्छ सुनुवाइको  पालनार्थ प्रयतन्नशील रहनुपर्ने ।

राज्य शक्तिको प्रयोग गर्ने प्रत्येक व्यक्ति, निकाय र संस्थाले कानुन अधिनस्थ भई व्यवहार, आचरण र क्रियाकलापको सञ्चालन गर्नु, कानुनी अख्तियारी विपरित कसैले कार्य नगर्नु, सनक र निरङ्कुशताको लागि कुनै स्थान नरहनु, व्यक्तिको नभई कानुनको सर्वोच्चता रहनु, शासक र शासितको सम्बन्ध कानुनद्वारा सुनिश्चित हुनु, सरकारले के गर्न सक्ने र कसरी गर्ने भन्ने कुरा कानुनबाट तोकिनु, स्वविवेकी अधिकारको अनियन्त्रित प्रयोगमा अंकुश लगाउनु, राज्यले प्रदान गर्ने मौका, सुविधा र अवसरहरू कानुन बमोजिम प्रदान गरिनु, कानुनी राज्यको राज्यकेन्द्रित पक्ष हो ।

नागरिकहरूको व्यवाहरलाई कानुनद्वारा समायोजन गरी कानुनद्वारा निर्देशित गर्नु तथा नागरिकलाई हक अधिकार प्रदान गरी तिनको रक्षाको वातावरण, अवसर र संस्थागत व्यवस्थाको सुनिश्चित गर्नु, नागरिकका हक अधिकारमा खलल गर्ने गरी सरकारी निकाय र पदाधिकारीलाई विशेषाधिकार, छुट, उन्मुक्ति, स्वविवेकाधिकार प्रदान नगर्नु कानुनी राज्यको नागरिक केन्द्रित अवधारणा हो ।

मुलुकको संविधान र कानुन एवं अदालती नजीर तथा व्याख्या just, rationale र reasonable हुनु, शक्ति पृथकीकरण एवं शक्तिको शन्तुलन र नियन्त्रणलाई समुचित अवलम्बन गर्नु, सीमित सरकारको मान्यताका आधारमा शासन सञ्चालन हुनु, कानुनी शासनको गुण केन्द्रित पक्ष हो ।
कानुनको शासनका पूर्वशर्त

    प्रजातान्त्रिक शासन व्यवस्था
    प्रतिस्पर्धात्मक अर्थव्यवस्था
    सामाजिक न्यायमा आधारित सामाजिक सन्तुलन
    स्वतन्त्र न्यायपालिका
    कानुनको अगाडि समानता र कानुनको समान प्रयोग तथा न्याय र तर्क पूर्ण वर्गिकरण
    लिखित संविधान भए संवैधानिक सर्वोच्चता
    कानुनको उचित प्रक्रिया

नेपालको सन्दर्भमा कानुनको शासन

    नेपाल लामो समयसम्म Positive law बाट भन्दा धर्मशास्त्र, धर्मशास्त्रमा आधारित राजकीय आदेश, तिनमै आधारित कानुनबाट शासित रह्यो ।
    किँरातकालीन मुन्धुम, लिच्छवीकालीन अभिलेख, मल्लकालीन मानव (धर्म) न्यायशास्त्र, रामशाहका थिति बन्देज, र पृथ्वीनारायण शाहका दिव्य उपदेश त्यसपछिका कानुनी शासनका आधार बिन्दुको रुपमा रहेका छन् ।
    तदुपरान्त रुक्का, सनद, सवाल, इस्तिहार, लालमोहरलाई कानुनको शासनलाई थोरबहुत टेवा ।
    १९१० सालको मुलुकी ऐन ।

नेपाल सरकार वैधानिक कानुन २००४

    स्वतन्त्रता, समानता, न्यायपालिकाको व्यवस्था ।
    यो कानुन लागु भने भएन ।

अन्तरिम शासन विधान, २००७

    समानता, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, ऐन विरुद्ध काम गरे बाहेक अपराधी नठहराइने, अपराध गर्दा तोकिए भन्दा बढी सजाय नगरिने, दोहोरो खतराबाट मुक्ति ।

नेपाल अधिराज्यको संविधान, २०१५

    स्वतन्त्र न्यायपालिका, मौलिक हक, कार्यकारिणी अधिकार राजामा भएपनि संविधान बमोजिम प्रयोग, कानुन बमोजिम मात्र सजाय, दोहोरो खतराबाट मुक्ति, न्यायिक पुनरावलोकन ।

नेपालको संविधान, २०१९

    सीमित मौलिक अधिकार, न्यायपालिका ।

नेपाल अधिराज्यको संविधान, २०४७

    मौलिक हक, स्वतन्त्र न्यायपालिका, सीमित सरकार, जननिर्वाचित संस्थामा अधिकार, कार्यकारिणी विधायिका प्रति उत्तरदायी ।

नेपालको अन्तरिम संविधान
प्रस्तावना:

    मानव अधिकार, स्वतन्त्र न्यायपालिका एवं कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यता प्रति प्रतिवद्ध, आफ्नो संविधान जनताले आफैं बनाउन पाउने ।

प्रारम्भिक:

    संविधान देशको मूल कानुन हुने, संविधानसँग बाझिएको कानुन बाझिएको हदसम्म अमान्य हुने र संविधानको पालना प्रत्येक व्यक्तिले गर्नुपर्ने

भाग-३: विभिन्न मौलिक हकको व्यवस्था
समानताको हक

    सबै नागरिक कानुनको दृष्टिमा समान,
    सबैलाई कानुनको समान संरक्षण,
    सामान्य कानुनको प्रयोगमा नागरिक माथि भेदभाव नगरिने,
    राज्यले धर्म, वर्ण, लिङ्ग, उत्पति भाषाका आधारमा भेदभाव नगर्ने,
    समान काम समान पारिश्रमिक र सामाजिक सुरक्षा ।

छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक

    जातीय भेदभाव तथा छुवाछुत नगरिने, गर्नु दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने,
    सार्वजनिक सेवा सुविधाको उपयोग गर्न जातजातिको आधारमा वञ्चित नगरिने,
    जातीय विभेद प्रोत्साहित गर्न नपाइने ।

न्याय सम्बन्धी हक

    विना कारण पक्राउ नगरिने,
    पक्राउ पछिको प्रक्रिया अवलम्बन गर्ने,
    कानुनले सजाय नहुने काम गरे बापत सजाय नगरिने र कसुर गर्दाको अवस्थाको कानुनले तोकेभन्दा बढी सजाय नगरिने,
    कसुरदार प्रमाणित नभएसम्म कसुरदार नमानिने,
    एक कसुरमा एकपटक भन्दा मुद्दा नचलाइने र सजाय नगरिने,
    आफू विरुद्ध गरिएको कारबाहीको जानकारी,
    सक्षम अदालतबाट स्वच्छ सुनुवाई,
    असमर्थ पक्षलाई नि:शुल्क कानुन सहायता ।

यातना विरुद्धको हक

    थुनामा रहेको व्यक्तिलाई यातना नदिइने र अमानवीय/अपमानजनक व्यवहार नगरिने ।

शोषण विरुद्धको हक

    प्रथा, परम्परा र प्रचलनका नाममा शोषण गर्न नपाइने,
    मानिस बेचबिखन गर्न, दास, बाँधा बनाउन नपाइने,
    कसैलाई पनि इच्छा विरुद्ध काममा लगाउन नपाइने ।

संवैधानिक उपचारको हक

    मौलिक हक हनन गरी कानुनको शासन उल्लङ्घन गर्न खोजिए पीडितले सिधै सर्वोच्च अदालतबाट उपचार प्राप्त गर्न सक्ने व्यवस्था ।

भाग ४: राज्यको दायित्व, निर्देशक सिद्धान्त र नीति
दायित्व

    आधारभूत मानव अधिकार, संवैधानिक सन्तुलन र नियन्त्रण, कानुनको शासन, जनताको सर्वोच्चता, सामाजिक न्याय र समानता स्वतन्त्र न्यायपालिका, भ्रष्टाचार र दण्डहिनताको अन्त्य, विभेदकारी कानुनको अन्त्य ।

विविध

    शक्ति पृथकीकरणको सिद्धान्तको संरचनात्मक व्यवस्था गर्दै शक्ति केन्द्रीकरणबाट जनताको स्वतन्त्रतामा पर्ने नकारात्मक प्रभावको न्यूनता
    शक्ति सन्तुलन र नियन्त्रण मार्फत शक्तिको एकाधिकारमा अङ्कुश लगाई कानुनको शासनलाई प्रोत्साहन, संरक्षण
    स्वतन्त्र न्यायपालिका मार्फत उपचार
    संवैधानिक संरचनाको कार्यबाट कानुनको शासनको जगेर्ना

कमजोरी

    अनिर्वाचित व्यक्ति विधायिकामा
    कार्यकारिणी र विधायिका भन्दा "राजनीतिक सहमति" संयन्त्र शक्तिशाली

व्यावहारिकता

    कागजमा लेखेर मात्र कानुनी राज्य/शासन हुँदैन ।
    राजनीतिज्ञ, प्रशासक र प्रहरीको सोच र व्यवहारमा परिवर्तन
    जनताले आफ्नो अधिकार खोज्न दवाब सिर्जना गर्नु पर्ने

शाखा अधिकृतको राज्य र शासनका सम्भावित प्रश्नोत्तरहरुः

शाखा अधिकृतको राज्य र शासनका सम्भावित प्रश्नोत्तरहरुः
प्रश्न नं:१. शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।
उत्तर : शासनको अवधारणा
** सामान्य अर्थमा राज्यसंचालनका क्रममा सरकारले जे गर्दछ, त्यो नै शासन हो । राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधी, प्रक्रिया, मापदण्ड र कार्यशैलीको समग्रतालाई शासन भनिन्छ ।
** शाब्दिक रुपमा ग्रीक भाषाको Kobernao शब्दबाट आएको शासन (governance) शब्दको अर्थ राज्य प्रणाली र स्रोतसाधनको "परिचालन र दिशानिर्देश गर्नु" भन्ने बुझिन्छ ।
** परम्परागत मान्यतामा शासन राज्यको भयशक्तिको प्रयोग गर्दै नागरिकहरुलाई आफूप्रति बफादार राख्दै नियन्त्रण र निर्देशन गर्ने प्रणालीका रुपमा बुझिन्थ्यो । आधुनिक राज्यप्रणालीमा शासन शब्दले नागरिक प्रतिनिधीहरुद्वारा जनहितका लागि सर्वजनिक स्रोतहरुको परिचालन, सार्वजनिक मामिलाहरुको ब्यवस्थापन क्रियाकलापहरुलाई समेट्दछ ।
** समग्रमा राज्यको नियमन गर्ने, ब्यवस्थापन गर्ने, जनहितका लागि जनपरिचालन र सेवाप्रवाह गर्ने सरकारका तिनवटै अंगहरुको कार्यप्रणालीको एकिकृत र ब्यवहारिक रुप नै शासन हो ।
शासनका आधारभूत पक्षहरुः-
शासन प्रणालीका अभिन्न अंगका रुपमा रहेका विविध पक्षहरुलाई शासनका आधारभूत पक्षका रुपमा लिईन्छ ।
मुख्य पक्षहरु बुँदागत रुपमा यसप्रकार छन् :–
– नागरिक सर्वोच्चता :– नागरिकहरु नै राज्यका सर्वोच्च शक्ति भएकोले शासन उनीहरुको इच्छामा मात्र संचालन हुन सक्दछ । साथै नागरिक हक अधिकारको प्रत्याभूति शासन प्रणालीको आधारभूत पक्षका रुपमा रहेको हुन्छ ।
– शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन :– शासन सरकारका अंगहरुमा कार्यविभाजन भई संचालन हुने र हरेक अंगका परिभाषीत अधिकार अन्र्तगत संचालन हुने गर्दछ । साथै, अंगहरुवीचमा संविधान र कानसनद्वारा नै नियन्त्रण र सन्तुलनको ब्यवस्था मिलाईएको हुन्छ ।
– कानुनको शासन :– कानुनलाई आत्मसात गर्दै शासन संचालन गरिने भएकोले कानुनको पालना र प्रयोग शासनको महत्वपूर्ण पक्ष हो ।
– बहुपात्र, समन्वय र वहुपक्षीय सम्बन्ध :– शासन प्रणालीको अभिन्न पक्षका रुपमा राज्य वाहेकका राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका पात्रहरुसंगको समन्वय तथा सुमधुर सम्बन्ध र सहकार्य रहेको हुन्छ ।
– दुरदृष्ट्रियुक्त कार्यशैली :– शासनले राज्यसंचालन संगसंगै राज्यको गन्तब्य समेत निर्धारण गर्ने भएकोले शासनले दुरदृष्टियुक्त कार्यशैली तय गरेको हुन्छ ।
यसका साथै सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा र अमनचयन आदि जस्ता पक्षहरुसमेत शासनका आधारभूत पक्षका रुपमा रहेका हुन्छन्
शासनका विशेषताहरु
शासन वा शासन प्रणालीका मुख्य विशेषताहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ :–
– शासन राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अंग सरकार र यसका अंगहरु मार्फत संचालन गरिन्छ ।
– सार्वभौमसत्ता सम्पन्न नागरिक प्रतिनिधिद्वारा नागरिक सर्वोच्चता र हित अनुकुल सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।
– शासन राज्यको अस्त्तिव संगै निरन्तर चलिरहने प्रणाली हो ।
– राज्य प्रणालीको जीवित मस्तिष्क, आत्मा र नेतृत्वको रुपमा शासन रहेको हुन्छ ।
– शासन बहुक्षेत्र, वहुपात्र र वहुविधासंग सरोकार राख्ने वहुल उद्धेश्य र अपेक्षाहरु भएको विषय हो ।
– शासनको कार्यक्षेत्र राज्यको क्षेत्र, दायरा र शक्तिसंग जोडिएको हुन्छ ।
यसप्रकार शासन सरकारको गुण, राज्यको आदर्श त्तव र राज्यशक्तिको प्रयोग गर्ने शैलीका रुपमा उल्लेखित आधारभूत पक्ष र विशेषतायुक्त प्रणालीका रुपमा रहेको हुन्छ ।

संघीय शासन प्रणालीमा सरकारहरुको अन्तरसम्बन्ध - प्रशासन.pdf

सुशासन भनेको के हो ? नेपालमा सुशासन कायम हुन नसक्नुको कारणहरू उल्लेख गरि सुशासन कायम गर्ने उपयाहरू लेख्नुहोस् ???{२+४+४=१०}

सुशासन भनेको के हो ? नेपालमा सुशासन कायम हुन नसक्नुको कारणहरू उल्लेख गरि सुशासन कायम गर्ने उपयाहरू लेख्नुहोस् ???{२+४+४=१०}

#प्रश्न : सुशासन भनेको के हो ? नेपालमा सुशासन कायम हुन नसक्नुको कारणहरू उल्लेख गरि सुशासन कायम गर्ने उपयाहरू लेख्नुहोस् ???{२+४+४=१०}
#उत्तर :-
राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।
सुशासन एउटा यस्तो व्यवस्था हो ,जहाँ :-
》कानुनको पुर्ण परिपालना हुन्छ ,
》दण्डहीनताको अन्त्य हुन्छ ,
》जनमुखी एवं पारदर्शी सरकार हुन्छ ,
》भ्रष्टाचाररहित समाजको निर्माण हुन्छ ,
》विकासले गति लिएको हुन्छ ,
》अनुशासनको पुर्ण पालना हुन्छ ।
यी र यस्तै कार्य हुँदै जाँदा राजनीतिक र प्रशासनिक विकृति विनाको शासन कायम भई शासन व्यवस्था सुव्यवस्थित हुन्छ ।
नेपालमा सुशासन कायम हुन नसक्नुको मुल कारण अस्थिर राजनीतिमा अस्थिर नीति नियम भए नि थप कारणहरू यसप्रकार छन् :-
○सुशासन सम्बन्धि स्पष्ट ऐन कानुन नहुनु तथा भएको ऐन नियमको पुर्ण पालना नहुनु
○सुशासन कायम गर्ने संस्थाहरू सवल सक्षम तथा जनमुखी हुन नसक्नु तथा ती संस्थाहरू बीच कार्यगत समन्वय नहुनु
○विकेन्द्रीकरण कार्य प्रभावकारी हुन नसक्नु
○भ्रष्टाचार एवं अनियमित कार्यमा कमी नआउनु तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा संलग्न निकायहरू थप प्रभावकारी हुन नसक्नु
○नागरिक समाजका कार्य प्रभावकारी बन्न नसक्नु
○साधन स्रोतको अभाव तथा उपलब्ध साधन स्रोतको उचित प्रयोग र परिचालन हुन नसक्नु
○निजी क्षेत्र सबल सक्षम एवं उत्तरदायी हुन नसक्नु
○सेवाग्राही नागरिकमा चेतनाको अभाव हुनु
○अनुगमन कार्य प्रभावकारी हुन नसक्नु इत्यादी ।

यी माथि उल्लेखित विद्यामन कारणहरूले गर्दा नेपालमा सुशासन कायम हुन सकेको छैन तसर्थ नेपालमा सुशासन कायम गर्नका लागि देहायबमोजिमको उपयाहरू अपानउन सकिन्छ :-
●सुशासन सम्बन्धि स्पष्ट ऐन नियम बनाई त्यसको पुर्ण लागु तथा परिपालना गर्ने गराउने
●सुशासन कायम गर्ने संस्थाहरूबीच कार्यगत समन्वय गरि सबल सक्षम र जनमुखी बनाउने
●विकेन्द्रीकरणलाई प्रभावकारी बनाउने
●भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरू सशक्त रुपमा प्रस्तुत भई भ्रष्टाचारलाई निराकरण गरि सदाचार कायम गर्ने
●नागरिक समाजको कार्यलाई प्रभावकारी बनाउने
●उपलब्ध साधन स्रोतको उचित परिचालन र प्रयोग गर्ने
●निजी क्षेत्र सबल सक्षम एवं उत्तरदायी बन्ने
●सेवाग्राही नागरिकलाई चेतना जगाउने इत्यादी ।
नेपालमा सुशासन कायम गर्न नेपालको वर्तमान संविधानको साथ साथै विभिन्न संस्थागत तथा नीतिगत ऐन नियमको व्यवस्था गरि केन्द्र देखि अञ्चल ,जिल्ला एवं गाविस हुँदै वडासम्म संस्थागत संयन्त्रको व्यवस्था गरिएको छ र आगामी दिनमा आम नागरिकमा सुशासनको पुर्ण अनुभुति हुने आशा गर्न सकिन्छ ।

के हो समानुपातिक प्रतिधिनित्व ? यसका सवल र दर्बल पक्ष ।


के हो समानुपातिक प्रतिधिनित्व ? यसका सवल र दर्बल पक्ष ।


राज्य प्रणालीका सबै अंगमा विभिन्न जातजाती, वर्ग, समुदायलाई संख्याका आधारमा सहभागी गराउने कार्यलाई समानुपातिक प्रतिनिधित्व भनिन्छ। यसले राज्य संचालनको कार्यमा आफ्नो हैसियतअनुसार सबैलाई सहभागी गराउन मद्दत गर्दछ । यो समावेशीकरणको एक तरिका पनि हो । यो बढी मात्रामा राजनीतिमा प्रचलित(सुबोधघिमिरे डट कम डट एनपी) भए पनि प्रशासनिक, आर्थिक, समाजिक लगायतका अरु क्षेत्रमा पनि लागू गर्न सकिने विषय हो ।यसले समावेशी लोकतन्त्रको मान्यता राख्दछ । निर्वाचनमा बहुमत ल्याउने मात्र नभई धेरै मत ल्याउनेको पनि उचित प्रतिनिधित्व हुनेहुँदा यसमा बहुमतको तानाशाही नहुने सम्भावना रहन्छ । यसले सुशासनको अवधारणालाई थप बलिलयो बनाउन समेत सहयोग गर्दछ ।

सवल पक्षहरु

    राज्य संयन्त्रमा सबैबो प्रतिनिधत्व हुने
    विविधतायुक्त समाजमा सउपयुक्त हुने
    अल्पसंख्यकको प्रतिनिधित्व हुने
    साना दलको प्रतिनिधित्व हुने
    मत खेर नजाने
    बहुमत निरङ्कुश हुने सम्भावना कम हुने

दुर्बल पक्ष

    सबैको सहभागिताले निर्णयमा अवरोध हुनसक्ने
    एक दलले बहुमत ल्याउन कठिन हुने गठबन्धनमा सरकार अस्थिर हुनसक्ने
    जातीय एवम् साप्रदायिक भावनाले बढी महत्व पाउन सक्ने
    जातीय एवम् साम्प्रदायिक भावनाले बढी महत्व पाउन सक्ने
    मतदाताले प्रतिनिधि प्रत्यक्ष छनौट गर्न नपाउने
    प्रक्रिया जटिल, सर्वसाधारणलाई बुझाउन कठिन

२०७१ पुस ३० को गोरखापत्र दैनिकबाट साभार

चुस्त प्रशासनका लागि इ–गभर्नेन्स


चुस्त प्रशासनका लागि इ–गभर्नेन्स BY उमेश दाहाल
Subodh Ghimire


संयुक्त राष्ट्र संघको इ–गभर्नेन्ट सर्वेक्षण २०१२ अनुसार विश्वका १९० मुलुकमा गरिएको सर्वेक्षणमा इ–गभर्नेन्ट सूचकाङ्कमा नेपाल १६४ औं स्थानमा रहेको पाइएको छ।

विश्व औसत सूचकाङ्क ०.४९६ रहँदा नेपालको सूचकाङ्क ०.२६६४ मात्र छ। सार्कका ८ राष्ट्रमध्ये इ–गभर्नेन्सको प्रयोगमा माल्दिभ्स सबैभन्दा अग्रस्थानमा छ भने अफगानिस्तान सबैभन्दा कम स्थानमा छ। त्यसपछि नेपाल अफगानिस्तानभन्दा मात्र अगाडि छ। सार्कका ८ मुलुकमध्ये ७ औं स्थानमा रहेको सर्वेक्षणबाट देखिन्छ। इ–गभर्नेन्स सार्वजनिक प्रशासनका क्षेत्रमा प्रभावकारिता हासिल गरी प्रशासकीय विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार र यी जस्तै जनाउने अन्य पक्षको न्युनीकरण गर्ने लोकप्रिय अवधारणा हो। प्रशासनिक काम कारबाही छिटोछरितो, मितव्ययी, गुणस्तरीय, पारदर्शी ढंगले प्राप्त गर्नु कुनै पनि सर्वसाधारण नागरिकको नैसर्गिक अधिकार हो। राज्यमा उपलब्ध स्रोत साधनको समुचित परिचालन गरी नागरिकको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न न्यायमूलक, समृद्ध, समुन्नत एवं समतामूलक समाज स्थापना गरिनु आवश्यक छ। सर्वसाधारण नागरिकका जन्मदेखि मृत्युपर्यन्त सबै काम गर्ने राज्य सञ्चालनको मेरुदण्डरूपी राज्यको स्थायी संरचना भनिने कर्मचारीतन्त्र समयानुसार परिवर्तनमुखी हुनु आवश्यक छ।

नागरिकको जीवनस्तरलाई सहज, सरल तुल्याई अपेक्षा र आवश्यकता चुस्तरूपमा सम्बोधन गर्न सूचना प्रविधिको प्रबर्द्धनस्वरूप इ–गभर्नेन्स प्रयोग गरिनुपर्छ। सीमाबिहीन विश्वको परिकल्पनासँगै विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतर विकासबाट नेपालको सार्वजनिक प्रशासन पनि अछुतो रहन सक्दैन। प्रशासनलाई जनपक्षीय र जनमैत्री बनाइ सर्वसाधारणको आकर्षण केन्द्रित तुल्याउन इ–गभर्नेन्सको प्रयोग आवश्यक छ। जसको सफल सञ्चालनबाट सवल, सक्षम, प्रभावकारी एवं विकासमूलक प्रशासन कहलिन सक्छ। इ–गभर्नेन्सको प्रबर्द्धन गरी कुशल र प्रभावकारी प्रशासन सञ्चालनका लागि सरकारले विद्युतीय सरकार गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ। सरकार केन्द्रीय स्तरदेखि स्थानीय स्तरका निकायसम्म प्रविधिको सञ्जाल विकास गरी सरकारी कार्यालयलाई कम्प्युटरीकृतरूपमा परिमार्जन गर्न इ–गभर्नेन्सको परिकल्पनालाई साकार तुल्याउन लागिपरेको छ। इ–गभर्नेन्स प्रबर्द्धनका लागि सूचना प्रविधि नीति २०६७, सुशासन ऐन एवं नियमावली, विद्युतीय कारोबार ऐन एवं नियम तर्जुमा भई कार्यान्वयनकै चरणमा छन्। तथापी तीव्ररूपमा अवलम्बन हुन सकिरहेको छैन।

नेपालको भौगोलिक धरातलीय अवस्था, आर्थिक परनिर्भरता, बढ्दो गरिबी र बेरोजगारी जस्ता पक्षले इ–गभर्नेन्सको महत्व र आवश्यकता बढिरहेको देखिन्छ। वास्तवमा प्रविधि परिवर्तनको अत्युत्तम आधार हो। जनप्रेरित र जनमुखी बन्न नसकेको प्रशासन सुधार्नका लागि इ–गभर्नेन्स पद्धति अचुक उपाय हुनसक्छ। त्यसका लागि प्रशासनका जनशक्तिलाई कुशल र क्षमतावान बनाउन प्रविधिउन्मुखता गराउनु जरुरी छ। प्रायजसो कर्मचारीले उपयोग गर्दै आएका महत्वपूर्ण प्रविधिको साधन कम्प्युटरलाई कार्यालयमा मनोरञ्जनका अब्बल माध्यम बनाएका छन्। व्यक्तिवादी महत्वाकांक्षी बढ्दो छ। प्रविधिमा आधारित रही प्रशासन सुधार गर्ने कुरालाई विभिन्न सामाजिक सञ्जालमार्फत कर्मचारी वर्गसमक्ष ओकलिइयो भने आदर्शवान बन्छ भनेर खिस्सी गर्ने जमात पनि छ। प्रविधि प्रबर्द्धन गर्ने नाममा कार्यालयका कामकारबाहीको सामाजिक सञ्जालहरुमा दुरुपयोग भएको पनि स्पष्ट देखिन्छ। बढुवा र भत्ताका लागि क्षमता अभिवृद्धिसम्बन्धी तालिम लिने र पारदर्शितालाई ओझेल पार्न सक्ने मनसाय राखी प्रविधिको प्रयोग नगर्ने देखिन्छ। यसबाट के बुझ्न सकिन्छ भने इ–गभर्नेन्सको अवधारणा र गुरुयोजनाको कार्यान्वयन एकल कर्मचारी क्षमतावान बनाउने हैन पद्धति नै सुधार्नेतर्फ प्रेरित गरिनु आवश्यक छ। तबमात्र इ–गभर्नेन्सले हासिल गरेका लक्ष्यहरु सेवालाई प्रभावकारी, पारदर्शी, उत्तरदायी बनाउने, आपसमा सूचना आदान–प्रदान गराउने, सेवाको तथ्यांकीय जानकारी उपलब्ध गराउनेलगायत पूरा हुन सक्छन्।

प्रशासनिक सेवा प्रक्रियारहित तुल्याउन नेपालमा भएका कानुनी प्रावधान अवस्था र समयअनुसार परिवर्तन हुनु पनि जरुरी छ। परिवर्तन प्रविधि उन्मुख हुनुपर्छ। सेवा प्रवाह विद्युतीय सामग्रीको प्रयोगबाट गरिनुपर्छ। त्यसका लागि नेपालमा वैधानिकता अभाव छ। यसबाट सरकारी क्षेत्र इ–गभर्नेन्समा पछाडि छ भन्ने स्पष्ट बुझिन्छ। वि. सं. १९१० मा जंगबहादुरका पालामा बनेको मुलुकी ऐन शाब्दिकरूपमा परिमार्जन हुँदै आवश्यकता, स्वभाव, क्षमताअनुसार विश्लेषण गर्दै हालसम्म पनि प्रचलनमा आएको हाम्रासामु छर्लंग छ। विश्व एउटा सानो गाउँमा परिणत भएको आभाष सँगसँगै नेपाल सार्वजनिकरूपमा हुने शासकीय गतिविधि विद्युतीय माध्यमबाट गरी देशको आर्थिक समृद्धि, सामाजिक परिवर्तन र रूपान्तरणलाई सुनिश्चित तुल्याउन इ–गभर्नेन्स नै अवलम्वन गर्नु जरुरी छ। इ–गभर्नेन्सलाई व्यावहारिकरूपमा प्रयोगमा ल्याई सेवाको पहुँच नागरिकसमक्ष सरल र सहजरूपमा पुर्‍याउन तर्जुमा भएको ऐन, नियम, नीति, योजना समयसापेक्ष परिवर्तन गर्दै कार्यान्वयनमा ल्याउनु आवश्यक छ। त्यसका लागि सुरुवात माथिल्लो स्तरका निकाय र प्रशासनिक नेतृत्व तहबाट नै गर्ने हो। एक्काइसौं शताब्दीका जनतालाई खुसी तुल्याउन र जीवनस्तर उचो बनाउन राजनीतिक वर्गले पनि प्रशासनिक अभियानलाई सघाउन इच्छाशक्ति र प्रतिबद्धता जनाई इ–गभर्नेन्स प्रबर्द्धन र प्रयोग गर्नमा तदारुकता देखाउनु आवश्यक छ।

तसर्थ, मूलरूपमा प्रशासनमा भएका जनशक्तिले नै बढी संलग्न रही इ–गभर्नेन्स प्रवर्द्धन गर्ने हो। त्यसका लागि उनीहरुमा भएको आर्थिक, भौतिक समस्या पहिचान गरी क्षमतावान बनाएर मात्र इ–गभर्नेन्सको परिकल्पना सार्थक तुल्याउन सकिन्छ। सार्वजनिक जवाफदेहिता अभिवृद्धि गर्न, कम लागतमा कार्य सम्पन्न गर्न, अपराध निरुत्साहित गर्न, सार्वजनिक खर्च घटाउन इ–गभर्नेन्स नै अब्बल पद्धति हो भन्ने सोचसहितका खाका र कार्यक्रम बनाई कार्यान्वयनमा ल्याउनुपर्छ। विद्युतीय सेवासहितको एकीकृत सेवा केन्द्र व्यवस्था गरी जनघनत्व बढी भएको स्थानमा सेवाग्राहीलाई अवसर प्रदान गरिनुपर्छ। प्राविधिक, कानुनी, आर्थिक तथा संस्थागत संरचना तर्जुमा गरी सूचना प्रविधिमा जनचेतना अभिवृद्धि गराई इ–गभर्नेन्सको व्यवस्थापन पद्धति विकास गरिनुपर्छ। अनिमात्र अमेरिकी प्रशासनविद एपलवाइले प्रशासन सुधारका क्रममा लेखेअनुसार "कुशल प्रशासन बिरलै पाइने चरो हो" भन्ने भनाइलाई गलत साबित गर्न सकिन्छ। प्रशासनिक सुधारको नयाँ आयाम अवलम्बन गर्न सकिन्छ। तबमात्र कुशल र सक्षम प्रशासन कहलिन सक्छ। हामी पनि गौरवान्वित बन्न सक्छौं।

भक्तपुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत

कस्तो छ विभिन्न मुलुकमा शासन प्रणाली



कस्तो छ विभिन्न मुलुकमा शासन प्रणाली ?
 

नयाँ संविधान निर्माणका सन्दर्भमा मुलुकको शासकीय स्वरूप कस्तो हुने भन्ने महत्त्वपूर्ण विषय हो । दलहरूका आ-आफ्ना फरक फरक धारणा छन् र विश्वका विभिन्न मुलुकका शासकीय स्वरूप पनि भिन्न भिन्न छन् । केही मुलुकका शासन प्रणालीबारे यहाँ प्रस्तुत गरिएको छ:

बेलायत

संसदीय व्यवस्थाको प्रचलन बेलायतबाट भएकोले यसलाई हामी संसदीय व्यवस्थाको जननीको रूपमा लिने गर्दछौं । राजा वा रानी र मन्त्रिपरिषद्को संयुक्त स्वरूपलाई कार्यकारिणीको रूपमा लिइन्छ । राष्ट्रप्रमुखको रूपमा राजा वा रानी रहेका हुन्छन् भने प्रधानमन्त्री सरकारप्रमुख हुन्छ । सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहेको हुँदा प्रधानमन्त्री नै वास्तविक रूपमा कार्यकारीप्रमुख मानिन्छन् र राष्ट्रप्रमुख वैधानिक राष्ट्रप्रमुखको रूपमा रहेको हुन्छ । वेलायतमा लिखित संविधान नभए पनि त्यहाँको संवैधानिक परम्पराअनुसार राजा वा रानीले गर्ने समस्त कार्यहरू प्रधानमन्त्री वा मन्त्रिपरिषद्को सल्लाह र सम्मतिमा गरिन्छन् । वास्तविक रूपमा निर्णय लिने र त्यसको कार्यान्वयन गर्ने कार्य मन्त्रिपरिषद्ले गर्दछ भने राजा वा रानीलाई त्यसबारेमा जानकारी गराइन्छ । राजा वा रानीमा खासगरी जानकारी पाउने प्रोत्साहन दिने सचेत गराउने जस्ता अधिकारहरू मात्र रहेका हुन्छन् । संसद्को तल्लो सदनमा बहुमत प्राप्त राजनैतिक दलको नेतालाई राजा वा रानीले (Copied from 

) प्रधानमन्त्री पदमा नियुक्त गर्दछन् र प्रधानमन्त्रीले संसद्का सदस्यहरूमध्येबाट मन्त्रिमण्डलको गठन गर्दछ । मन्त्रीहरू, संसद्का सचिवहरू, कमनवेल्थमा रहने गभर्नरहरू, उच्च अदालतका न्यायाधिशहरू आदि महìवपूर्ण नियुक्तिहरू प्रधानमन्त्रीकै सिफारिसमा हुने गर्दछन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को अध्यक्षता गर्दछ र मन्त्रिपरिषद् बैठकको कार्यसूची प्रधानमन्त्रीद्वारा तय हुन्छ । सामान्यतया मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको विचार वा प्रस्ताव नै मान्य हुने गर्दछ ।

मन्त्रिपरिषद् निर्णयको सामूहिक जिम्मेवारी मन्त्रिपरिषद्का सबै सदस्यहरूले लिनु पर्दछ । यदि कुनै मन्त्रिपरिषद्को सदस्य मन्त्रिपरिषद्को निर्णयसँग असहमत हुन्छ भने उसले आफ्नो पदबाट राजीनामा दिनु पर्दछ वा प्रधानमन्त्रीले नै उसलाई हटाउन सक्छ । प्रधानमन्त्री सरकारको प्रमुख हुनका साथसाथै आफ्नो दलको नेता समेत हुने हुँदा दलको चुनावी घोषणा पत्र तयार गर्ने, दलको बैठकहरूलाई सम्बोधन गर्ने र आफ्नो घोषणापत्रलाई अघि सारेर जनतासँग मत माग्ने र जनताले बहुमतद्वारा जिताएमा जनस्वीकृत उक्त घोषणापत्रलाई प्रधानमन्त्रीको हैसियतले कार्यान्वयन गर्ने उसको कर्तव्य हुन्छ । प्रधानमन्त्रीले आवश्यक ठानेमा संसद्को तल्लो सदनलाई भङ्ग गरी मध्यावधि निर्वाचनका लागि राजा वा रानी समक्ष सिफारिस गर्न सक्दछ । प्रधानमन्त्रीले संसद्को तल्लो सदनको अधिवेशनको समयावधि तय गर्दछ र अधिवेशन कहिले सुरु भई कहिले अन्त्य हुने र कति समय सरकारी मामिलामा र कति समय गैर सरकारी विधेयकहरूमा लगाउने भन्ने कुराको निरोपण गर्दछ । संसदमा हुने शाही सम्बोधनको मस्यौदा प्रधानमन्त्रीद्वारा तयार गरिन्छ । कुन मन्त्रीले संसद्समक्ष विधेयक प्रस्तुत गर्ने र सरकारको तर्फबाट कुन मन्त्रीलाई जवाफ दिन लगाउने भन्ने कुरा प्रधानमन्त्रीले निर्धारण गर्दछ । सरकारी नीतिसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल गर्न कति समय दिने भन्ने कुराको निर्णय पनि प्रधानमन्त्रीले नै गर्दछ । यदि कुनै विधेयकले दुई वा सो भन्दा बढी विभागलाई असर गर्ने रहेछ भने ती दुई मन्त्रालयबीचको विवादलाई प्रधानमन्त्रीले समाधान गर्दछ । देशको शासन व्यवस्थाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीमा रहन्छ । समस्त मन्त्रालय र विभागहरूको कार्यमा समन्वय कायम गर्नु तथा देशको शासन व्यवस्थाको सञ्चालन, नियन्त्रण र रेखदेख गर्नु प्रधानमन्त्रीको कर्तव्य हो । देशको प्रतिरक्षा, परराष्ट्र एवं सामरिक नीतिको प्रमुख निर्धारक प्रधानमन्त्री नै हुन्छ । समग्रमा भन्नु पर्दा बेलायतमा शासन प्रणालीको मियो नै प्रधानमन्त्री हुन्छ ।

अमेरिका

राष्ट्रपतीय शासन प्रणालीलाई अवलम्बन गर्ने मुलुकहरूमध्ये संयुक्त राज्य अमेरिका एक प्रमुख मुलुक हो । त्यहाँको राष्ट्रपति जनताले बालिग मताधिकारको आधारमा चुनेका निर्वाचक मण्डलहरूद्वारा चार वर्षका लागि निर्वाचित हुने गर्दछ र दुई पटक भन्दा बढी कुनै एक व्यक्ति सो पदमा कार्यरत रहन सक्दैन । अमेरिकी राष्ट्रपतिले राष्ट्रप्रमुख तथा सरकारप्रमुख दुबैको भूमिका निर्वाह गर्दछ । कार्यकारिणी अधिकार पूर्ण रूपमा राष्ट्रपतिमा निहित रहेको हुन्छ । अमेरिकाको राष्ट्रपतिले देशको कार्यपालिकाको नेतृत्व गर्नुका अतिरिक्त देशको सशस्त्र सेना तथा निजामती सेवाको प्रमुखको हैसियतमा कार्य गर्दछ । उसले देशको वैदेशिक मामिला सञ्चालन तथा सरकारी विधेयक प्रस्तुत गर्ने कार्य समेत सरकारप्रमुखको हैसियतले सम्पन्न गर्दछ । राष्ट्रपति एकपटक निर्वाचित भएपछि खराब आचरणका आधारमा महाभियोगको माध्यमबाट बर्खास्त नभएसम्म आˆनो पदमा बहाल रहन्छ । संसद्ले उसलाई संसदीय व्यवस्थाको प्रधानमन्त्रीलाई जस्तो सामान्य रूपले हटाउन सक्दैन । राष्ट्रपतिले मन्त्रिमण्डलको गठन विधायिकाका सदस्यहरू भन्दा बाहिरका व्यक्तिमध्येबाट गर्दछ । यसरी नियुक्त मन्त्रीहरू राष्ट्रपतिप्रति नै जवाफदेही हुन्छन् र उनीहरू संसद्को बैठकमा भाग लिने गर्दैनन् ।

अमेरिकी राष्ट्रपतिको कार्यकारिणी अधिकार संविधानद्वारा निर्देशित छ । मुलुकका कानुन इमान्दारीपूर्वक कार्यान्वयन भएका छन् वा छ्रैनन् भनी हेर्नु उसको कर्तव्य रहेको पाइन्छ । (Copied from 

) उसले अमेरिकी संविधानको संरक्षण र रक्षा गर्ने र त्यसलाई जोगाइराख्ने कुराको शपथ लिएको हुन्छ । राष्ट्रपति नै देशको प्रशासनको प्रमुख निर्देशक पनि हो । सम्पूर्ण विभागका प्रमुखहरूलाई राष्ट्रपतिले निर्देशन दिन्छ । महìवपूर्ण पदहरूमा नियुक्ति पनि उसले नै गर्दछ तर यस्ता नियुक्तिहरूको उपयुक्तताको परिक्षण सिनेटले गर्दछ । अमेरिकी राष्ट्रपति अमेरिकी जल, थल र वायु सेनाको पनि प्रमुख हुन्छ । देशको प्रतिरक्षा नीतिको निर्माता हुनुको अतिरिक्त सेनाका सर्वोच्च पदहरूको नियुक्ति पनि राष्ट्रपतिबाटै हुने गर्दछ । उसले युद्धको घोषणा गर्न सक्दछ तर त्यसो गर्नुपूर्व कङ्ग्रेसको सहमति लिनु आवश्यक छ । यद्यपि कतिपय अवस्थामा विधायिकाले स्पष्ट रूपमा युद्धको घोषणा नगरे तापनि राष्ट्रपतिले आˆनो अधिकारको प्रयोग गरेर यस्तो कार्यसमेत गर्नसक्दछ । यसका अतिरिक्त प्रशासन यन्त्रको सुचारु रूपले सञ्चालन र कानुनको कार्यान्वयन गर्न गराउन राष्ट्रपतिले आवश्यक आदेश एवं निर्देशन जारी गर्न सक्दछ ।

अमेरिकी राष्ट्रपतिले राजदूतको नियुक्ति गर्ने र विदेशी राजदूतहरूद्वारा प्रस्तुत ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने गर्दछ । अमेरिकी विदेश नीतिको सञ्चालन राष्ट्रपतिले राजदूतहरू वा विशेष प्रतिनिधिहरू मार्फत गर्दछ । विदेशी सरकार वा देशहरूसँग सन्धि सम्झौता गर्ने अधिकार राष्ट्रपतिलाई छ, तर त्यस्ता सन्धिसम्झौताहरू सिनेटको दुई तिहाई बहुमतद्वारा अनुमोदित हुनुपर्दछ । सामान्यतया यस्ता सन्धिसम्झौताहरू सिनेटबाट अस्वीकृत हुँदैनन् । कुनै नयाँ राज्य वा कुनै देशको सरकारलाई मान्यता दिने नदिने पूर्ण अधिकार राष्ट्रपतिलाई हुन्छ । अमेरिकी राष्ट्रपतिलाई कुनै अदालतद्वारा गरिएको दण्ड सजायलाई माफी, मुल्तवी वा घटाउने अधिकार छ तर कुनै महाभियोग लागेको व्यक्तिलाई राष्ट्रपतिले माफी दिन भने सक्दैन र कुनै अपराधमा अदालतद्वारा दोषी प्रमाणित भएको व्यक्तिलाई महान्यायाधिवक्ताको सिफारिसमा मात्र क्षमादान दिन सक्दछ । साथै सङ्घीय कानुन उल्लङ्घन गरेबापत सजायभागी भएको व्यक्तिले मात्र क्षमादान पाउन सक्दछ । कुनै राज्यको कानुन उल्लङ्घन गरेबापत दोषी प्रमाणित भएको व्यक्तिलाई भने राष्ट्रपतिले माफी दिन सक्दैन । अमेरिकी संविधान शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित भएकाले विधायिका र राष्ट्रपति आ-आˆनो कामको सन्दर्भमा विल्कुलै अलग र स्वतन्त्र भए पनि राष्ट्रपतिको विधायिकी भूमिका पनि महìवपूर्ण मानिन्छ । यद्यपि अमेरिकी राष्ट्रपतिले कङ्ग्रेसको विशेष अधिवेशन बोलाउनु परेमा बाहेक अन्य नियमित अधिवेशनको आहृवान गर्दैन र उसले कङ्ग्रेसको अधिवेशन स्थगित गर्ने, लम्ब्याउने वा कङ्ग्रेसलाई भङ्ग गर्ने अधिकार राख्दैन । साथै कङ्ग्रेस समक्ष कुनै पनि विधेयक राष्ट्रपतिद्वारा प्रस्तुत हुँदैनन् र कङ्ग्रेसको बैठकमा भाग लिने वा त्यसको कार्यसञ्चालन गर्नमा राष्ट्रपतिले कुनै भूमिका निर्वाह गर्दैन । यद्यपि हरेक अधिवेशनको सुरुमा राष्ट्रपतिले कङ्ग्रेसलाई सन्देश पठाउँछ । यस्तो सन्देशमा राष्ट्रपतिले आˆना नीति तथा कार्यक्रमको बारेमा उल्लेख गर्दछ र त्यसै अनुकूलका विधेयक पारित हुने अपेक्षा गर्दछ । यस्तो सन्देश माथि विस्तृत रूपमा छलफल गरी सोही सन्देशको भावनाबाट अभिप्रेरित भई विधेयक समितिले कङ्ग्रेस समक्ष विधेयकहरू प्रस्तुत गर्ने गर्दछ । सामान्यतया राष्ट्रपतिको सन्देशलाई अवज्ञा गर्न मिल्दैन । कङ्ग्रेसद्वारा निर्मित कानुनहरूमा रहेका बाधा अड्काउ फुकाउन राष्ट्रपतिले आवश्यक आदेश जारी गर्न सक्दछ । विधायिकी शक्तिका सन्दर्भमा अमेरिकी राष्ट्रपतिले सस्पेन्सन भिटो र पकेट भिटो गरी दुई प्रकारका भिटो प्रयोग गर्ने अधिकार राख्दछ ।

फ्रन्स

फ्रान्समा राष्ट्रपतिलाई राष्ट्रप्रमुखका रूपमा राखिएको छ तर ऊ बेलायतको जस्तो नाममात्रको प्रमुख भने होइन । राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष रूपमा बालिग मताधिकारको आधारमा हुने गर्दछ । संसद्को गठन र राष्ट्रपतिको निर्वाचनबीच परस्परमा कुनै अन्तरसम्बन्ध हुँदैन । राष्ट्रपतिले महाभियोग बाहेक अरू अवस्थामा संसद्को सामना गर्नुपर्दैन र संसद्प्रति उसले कुनै उत्तरदायित्व निर्वाह गर्नु पनि पर्दैन । यसको विपरीत मुलुकको दैनिक शासनको अभिभारा लिएको मन्त्रिपरिषद्ले भने संसद्को विश्वासको मत प्राप्त गर्नसक्नु पर्दछ । मन्त्रीहरू संसद्को सदस्य नभए पनि आˆनो प्रस्तावका सम्बन्धमा संसदीय कारबाहीमा भाग लिने गर्दछन् । त्यहाँ कार्यकारिणी अधिकारलाई राष्ट्रपति र प्रधानमन्त्री अर्थात् मन्त्रिपरिषद्का बीचमा बाँडिएको छ । प्रधानमन्त्री संसद्को बहुमत पाएर नियुक्ति हुने गर्दछ भने उसलाई संसद्ले अविश्वासको प्रस्ताव मार्फत पदबाट हटाउन सक्दछ । प|mान्सको उदाहरण हेर्ने हो भने सामान्यतया वैदेशिक नीतिको जिम्मेवारी राष्ट्रपतिमा रहन्छ भने आन्तरिक नीतिको जिम्मेवारी भने प्रधानमन्त्रीमा रहेको पाइन्छ । संविधानमा नै यस प्रकारले जिम्मेवारी बाँडफाँड भएको नपाइए पनि प्रचलन र परम्पराका आधारमा यस्तो प्रकारको शासन व्यवस्था चल्दै आएको छ ।

संविधानबमोजिम फ्रान्सका राष्ट्रपतिले प्रधानमन्त्रीलगायत विभिन्न महìवपूर्ण पदहरूमा नियुक्ति गर्ने, क्याबिनेट बैठकको अध्यक्षता गर्ने, सन्धि सम्झौता गर्ने, सशस्त्र सेनाको नेतृत्व गर्ने, राष्ट्रियसभालाई भङ्ग गर्न सक्ने, विधेयकमा स्वीकृति दिने, माफी दिने तथा राजदूतहरूको नियुक्ति गर्ने तथा राजदूतहरूबाट ओहदाको प्रमाणपत्र बुझ्ने जस्ता अधिकारहरूको प्रयोग गर्दछन् । तर राष्ट्रपतिबाट हुने कतिपय कार्यहरूमा प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीहरूको समेत हस्ताक्षर आवश्यक पर्ने व्यवस्था संविधानले गरेको छ । राष्ट्रपति देशको दैनिक प्रशासन भन्दा पृथक् रहन्छ भने सरकारको सञ्चालन प्रधानमन्त्रीले गर्दछ । प्रधानमन्त्रीबाट हुने कार्यहरूमा सम्बन्धित मन्त्रीको हस्ताक्षर आवश्यक पर्दछ ।

फ्रान्सको राष्ट्रपतिले संसदीय कारबाहीमा भाग लिने गर्दैन । उसले संसद्बाट पारित विधेयकलाई अस्वीकार गर्न पाउँदैन तापनि जनमत संग्रहका लागि आदेश जारी गर्न भने सक्दछ । (Copied from 

) आवश्यकता अनुसार संकटकालको घोषणा गर्न वा संसद्लाई भङ्ग समेत गर्न सक्ने हुँदा त्यहाँको राष्ट्रपतिको स्थिति संसदीय पद्धतिको प्रधानमन्त्री र राष्ट्रपतीय पद्धतिको राष्ट्रपति दुवैको जस्तो हुनगएको पाइन्छ ।

फ्रान्सका मन्त्रीहरू विधायिकाको सदस्य बन्न नसक्ने गरेर एकातिर सरकारका अङ्गहरूबीच व्यक्तिगत पृथकता कायम गर्न खोजिएको पाइन्छ भने अर्कोतिर विधायिका प्रतिको जवाफदेही कायम गराउन खोजेर नियन्त्रण राख्न खोजेको पनि पाइन्छ । त्यहाँ राष्ट्रपतीय र संसदीय दुबै प्रणालीका विशेषताहरूलाई समावेश गरिएकाले त्यहाँको शक्ति पृथकीकरण र नियन्त्रण एवं सन्तुलनको स्थिति विलक्षण एवं जटिल बन्न गएको पाइन्छ ।

दक्षिण अफ्रिका

दक्षिणअफ्रिकामा राष्ट्रिय कार्यकारिणीको प्रमुख राष्ट्रपतिलाई मानिन्छ । राष्ट्रपतिले संविधानको पालना, संरक्षण र सम्बर्द्धन गर्नुपर्ने र उसलाई राष्ट्रिय एकताको प्रतिक मानिनेछ भन्ने व्यवस्था संविधानले गरेको छ । त्यहाँको राष्ट्रपतिले दोहोरो भूमिका निर्वाह गरिरहेको हुन्छ । एकातिर उसले राष्ट्र प्रमुखको रूपमा संसदीय व्यवस्थाको राष्ट्रपतिको जस्तो भूमिका निर्वाह गर्दछ भने अर्कोतिर प्रधानमन्त्री जस्तो कार्यकारी प्रमुखको रूपमा समेत कार्य गर्दछ । कार्यकारी प्रमुखको रूपमा कार्य गर्न उसको सहयोगीको रूपमा मन्त्रिमण्डल रहेको हुन्छ । कार्यकारी प्रमुखको रूपमा राष्ट्रपतिले संविधान र कानुनले अन्यथा व्यवस्था गरेकोमा बाहेक राष्ट्रिय कानुनको कार्यान्वयन गर्ने, राष्ट्रको नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने, राष्ट्रका विभिन्न मन्त्रालय, विभाग र प्रशासनिक निकायहरूबीचको काम कारबाहीमा समन्वयात्मक भूमिका निर्वाह गर्ने, विधेयकहरू तयार पारी संसद्समक्ष पेस गर्ने र संविधान र कानुनबमोजिमका अन्य कार्यकारी काम गर्ने गर्दछ भने राष्ट्रप्रमुखको रूपमा उसले विधेयकमा स्वीकृति प्रदान गर्ने वा विधेयकलाई पुनर्विचारका लागि संसद् समक्ष फिर्ता गर्ने वा संवैधानिकता परीक्षणका लागि संवैधानिक अदालतमा पठाउने, संसद्को साधारण तथा विशेष अधिवेशनको आहृवान गर्ने, महìवपूर्ण नियुक्तिहरू गर्ने, जाँचबुझ समितिहरू गठन गर्ने, आवश्यकता अनुसार जनमत संग्रहको आहृवान गर्ने, राजदूत तथा प्रतिनिधिहरूको नियुक्ति र विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने, माफी दिने वा सजाय घटाउने तथा उपाधि सम्मान इत्यादि प्रदान गर्ने कार्य समेत गर्दछ ।

संसद्को निर्वाचन पश्चात् बसेको संसद्को पहिलो बैठकले चुनेको व्यक्ति राष्ट्रप्रमुख हुन्छ र ऊ नै सरकारप्रमुख समेत हुने गर्दछ । राष्ट्रपतिको निर्वाचनका लागि बसेको संसद्को बैठकको अध्यक्षता संवैधानिक अदालतको अध्यक्ष वा उसले तोकेको न्यायाधीशले गर्ने प्रावधान रहेको छ । संसद्को महिला वा पुरुष सदस्य राष्ट्रपतिको रूपमा निर्वाचित हुन सक्दछ तर राष्ट्रपतिको रूपमा निर्वाचित भइसकेपछि भने उसले संसद् सदस्यबाट राजीनामा दिनुपर्दछ । संसदबाट अर्को राष्ट्रपति निर्वाचित नभएसम्मका लागि राष्ट्रपति आफ्नो पदमा बहाल रहन्छ र एकजना व्यक्तिले बढीमा दुई पटकसम्मका लागि राष्ट्रपतिको रूपमा कार्य गर्न सक्दछ । संसद्को दुई तिहाई बहुमतले संविधानको गम्भीर उल्लङ्घन वा खराब आचरण वा पदीय कार्य गर्न असमर्थ भएको आधारमा महाभियोगको प्रस्ताव पारित गरी राष्ट्रपतिलाई पदमुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

राष्ट्रपति -जो क्याबिनेटको प्रमुख पनि हो) ले संसद् -राष्ट्रिय सभा- तल्लो सदन) को सदस्यलाई उप राष्ट्रपतिको रूपमा नियुक्त गर्न सक्दछ । संसद्का सदस्यमध्येबाट नै अन्य मन्त्रीहरूको नियुक्ति गर्नुपर्ने व्यवस्था संविधानले गरेको भए पनि संसद्को सदस्य बाहेकका अन्य दुईजना व्यक्तिलाई भने राष्ट्रपतिले मन्त्रीको रूपमा नियुक्त गर्न सक्दछ । संसद्मा सरकार तर्फबाट नेतृत्वदायी कार्य गर्नका लागि राष्ट्रपतिले मन्त्रिमण्डलको एकजना सदस्यलाई प्रमुखको रूपमा तोक्नुपर्ने व्यवस्था संविधानले गरेको पाइन्छ । राष्ट्रपतिले तोकिदिएको कार्यप्रति उपराष्ट्रपति र मन्त्रीहरू नै जिम्मेवार हुन्छन् र उनीहरू आफूले सम्पादन गरेको कार्यप्रति सामूहिक र व्यक्तिगत रूपमा संसद्प्रति उत्तरदायी हुन्छन् । यदि संसद्ले राष्ट्रपति बाहेक मन्त्रिमण्डलविरुद्ध मात्र अविश्वासको प्रस्ताव पारित गरेमा राष्ट्रपतिले मन्त्रिमण्डलको पुनर्गठन गर्नु पर्नेछ । यसैगरी संसद्ले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्‍यो भने राष्ट्रपति तथा मन्त्रिमण्डलका सबै सदस्यहरूले राजीनामा दिनुपर्ने व्यवस्था संविधानमा गरिएको पाइन्छ । यसरी यहाँको संविधानले राष्ट्रपति पदमुक्त हुने सम्बन्धमा दुईथरी व्यवस्था गरेको देखिन्छ ।

यसरी हेर्दा दक्षिण अफ्रिकामा संसद् प्रधान रहने व्यवस्थालाई नै अंगिकार गरिएको पाइन्छ । यद्यपि राष्ट्रप्रमुख र सरकारप्रमुख अलग अलग व्यक्ति रहने खालको अन्य संसदीय पद्धति अपनाउने मुलुकहरूको भन्दा भिन्न व्यवस्था त्यहाँ रहेको पाइन्छ ।

इजरायल

इजरायल पनि संसदीय प्रणाली अपनाउने देशहरूमध्येको एउटा देश हो । यहाँ राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति र कार्यकारिणी अधिकारसम्पन्न प्रधानमन्त्री सरकार प्रमुखको रूपमा रहेका छन् । राष्ट्रपति अन्य संसदीय व्यवस्था अपनाउने मुलुकहरूमा जस्तै नाम मात्रको राष्ट्रप्रमुखको रूपमा रहन्छ । राष्ट्रपतिले संसद्बाट पारित विधेयकमा स्वीकृति दिने, विधायिकामा प्रतिनिधित्व गर्ने दलहरूसँगको परामर्शमा नेसेट -विधायिका) को कुनै सदस्यलाई सरकार गठनका लागि आमन्त्रण गर्ने, सिफारिस समितिको सिफारिसमा सर्वोच्च न्यायालयका न्यायाधिशहरूको नियुक्ति गर्ने, प्रधानमन्त्रीको सिफारिसमा नेसेटलाई भङ्ग गरी मध्यावधि निर्वाचनको घोषणा गर्ने, राजदूतको नियुक्ति गर्ने र विदेशी राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने, गभर्नर तथा अन्य प्रशासनिक प्रमुखहरूको नियुक्ति गर्ने, माफी दिने जस्ता कार्यकारिणी अधिकारहरूको प्रयोग गर्दछ । इजरायलमा उप राष्ट्रपतिको व्यवस्था गरिएको छैन । यदि कुनै कारणवश राष्ट्रपतिले कार्य गर्न असक्षम भएमा नेसेटको सभामुखले कार्यवाहक राष्ट्रप्रमुखको रूपमा कार्य सञ्चालन गर्दछ ।

इजरायली प्रधानमन्त्री सबैभन्दा शक्तिशाली राजनैतिक पद हो । कार्यकारी अधिकारको प्रयोग सम्पूर्ण रूपमा त्यहाँको प्रधानमन्त्रीले गर्दछ । सरकारप्रमुखको रूपमा रहने प्रधानमन्त्री प्रत्यक्ष रूपमा संसद्प्रति उत्तरदायी रहन्छ र नेसेटको विश्वास कायम रहेसम्म आˆनो पदमा बहाल रहन्छ । संसद्का सदस्यहरूमध्येबाट प्रधानमन्त्रीले मन्त्रिमण्डलको गठन गर्दछ । इजरायलमा समानुपातिक रूपमा संसद्को निर्वाचन हुने व्यवस्थाले गर्दा धेरैवटा राजनैतिक दलहरूले संसद्मा प्रतिनिधित्व गर्दछन् । तसर्थ धेरैजसो अवस्थामा त्यहाँ राजनैतिक गठबन्धनहरूबीचको मिलिजुली सरकार बन्ने गर्दछ । युद्धग्रस्त मुलुक भएकोले पनि हुनसक्छ त्यहाँको प्रधानमन्त्रीलाई बढी शक्तिशाली बनाउने र धेरै अस्थिर सरकारको सम्भावनालाई कम गर्ने उद्देश्यले प्रधानमन्त्री संसद्बाट निर्वाचित हुने व्यवस्थालाई परित्याग गरी सन् १९९६ मा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्थालाई अंगिकार गरेको पाइन्छ ।

प्रधानमन्त्री पदको प्रत्यक्ष निर्वाचनमा पछिल्लो पटकको संसद्मा कम्तीमा दश जना सदस्य भएको दल वा कम्तीमा दश जना सदस्यहरू भएको गठबन्धन दलहरूले नाम प्रस्तावित गरेको व्यक्ति वा कम्तीमा पचासहजार मतदाताले प्रस्तावित गरेको व्यक्ति प्रधानमन्त्री पदका लागि उम्मेदवार हुन सक्ने व्यवस्था गरिएको थियो । प्रधानमन्त्री प्रत्यक्ष रूपमा निर्वाचित भए तापनि उसले संसद्बाटै सरकारको गठन गर्नुपर्ने बाध्यता रहेको थियो । यसले गर्दा प्रधानमन्त्री संसद्प्रति नै प्रत्यक्ष रूपमा उत्तरदायी रहेको थियो । कूल मन्त्रीहरूको कम्तीमा आधा संख्या संसद्का सदस्यहरूमध्येबाट नियुक्ति गर्नुपर्ने तथा कम्तीमा आठ र बढीमा अठार जना रहेको मन्त्रिमण्डल गठन गर्नुपर्ने व्यवस्था गरिएको थियो । प्रधानमन्त्रीले नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय पाएको अवस्थामा संसद्को बहुमतले प्रधानमन्त्रीलाई पदबाट हटाउन सक्ने र कुनै अभियोग नलगाई पदबाट हटाउनु परेमा संसद्का एक तिहाई सदस्यले राखेको प्रस्तावमा संसद्को दुई तिहाई सदस्यहरूको बहुमत आवश्यक पर्ने व्यवस्था अवलम्बन गरिएको थियो ।

यसका अतिरिक्त संसद्ले साधारण बहुमतद्वारा अविश्वासको प्रस्ताव पारित गरी वा प्रधानमन्त्रीले पेस गरेको बजेट असफल पारेर पनि सरकार अर्थात् प्रधानमन्त्रीलाई पदमुक्त गर्न सक्ने तर यसबाट संसद् स्वयंको पनि पदावधि समाप्त हुने व्यवस्था त्यहाँ रहेको थियो । यस्तै प्रधानमन्त्रीलाई पनि संसद् भङ्ग गर्न सक्ने अधिकार रहे पनि संसद् भङ्ग गरेको खण्डमा संसद्को साथसाथै स्वयं प्रधानमन्त्रीको समेत निर्वाचन हुनु आवश्यक थियो । यसरी प्रधानमन्त्रीको निर्वाचन प्रत्यक्ष रूपमा हुने भए तापनि प्रधानमन्त्री र संसद् परस्परमा अभिन्न रूपमा राखिएकाले प्रधानमन्त्रीको निर्वाचन र संसद्को लागि हुने निर्वाचन एकैपटक हुने व्यवस्था त्यहाँ गरिएको थियो । अमेरिकामा जस्तो कङ्ग्रेसको र राष्ट्रपतिको निर्वाचनबीच कुनै सम्बन्ध नहुने व्यवस्था इजरायलमा अपनाइएको थिएन । यसले गर्दा कुनै एउटाको पदावधि जुनसुकै कारणबाट समाप्त भएको स्थितिमा दुवैको निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था तत्कालमा अवलम्बन गरिएको पाइन्छ ।

यो व्यवस्था अन्तर्गत त्यहाँ दुईपटक प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन सम्पन्न भएको थियो । तर जुन अस्थिरताका कारण यस्तो व्यवस्थालाई अवलम्बन गर्नु परेको थियो सो कुराको समाधान हुन नसेको र सरकार सञ्चालनमा समेत थप जटिलता देखिन थालेकोले सन् २००३ देखि पुनः पुरानै व्यवस्था अर्थात् संसद्बाटै प्रधानमन्त्री निर्वाचित हुने संसदीय पद्धतिलाई नै अवलम्बन गरेको हामी पाउँछौं ।

फिनल्याण्ड

फिनल्याण्डको संविधानले कार्यकारिणी अधिकारको प्रयोग राष्ट्रपति र सरकारले गर्न सक्नेछ र सरकारको सदस्यले संसद्को विश्वास हासिल गर्नुपर्नेछ भन्ने व्यवस्था गरेको छ । प्रत्यक्ष रूपमा निर्वाचित राष्ट्रपतिको व्यवस्था भए पनि व्यवहारमा फिनल्याण्डको शासन पद्धति संसदीय प्रकारको रहेको पाइन्छ । राष्ट्रपतिले स्वविवेकमा प्रयोग गर्नसक्ने थोरै अधिकार मात्र संविधानले तोकिदिएको र सो बाहेकका अन्य अधिकारको प्रयोग राष्ट्रपतिले सरकारको सिफारिसमा मात्र गर्नसक्ने व्यवस्था रहेको छ । राष्ट्रपतिले प्रधानमन्त्री र अन्य मन्त्रीहरूको नियुक्ति र उनीहरूको राजीनामाको स्वीकृति, माफीलगायतका प्रचलित कानुनले राष्ट्रपतिले प्रयोग गर्न सक्ने भनी निर्दिष्ट गरिदिएका अधिकारहरू, प्रधानमन्त्रीको सिफारिमा मध्यावधि निर्वाचनको घोषणा जस्ता कार्यहरू सरकारको सिफारिसविना पनि गर्न सक्दछ ।(Copied from 

)  सरकारको तर्फबाट हुने सिफारिसहरू सम्बन्धित मन्त्रीले राष्ट्रपति समक्ष प्रस्तुत गर्दछ ।

राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष रूपमा बहुमतीय प्रणालीको आधारमा हुने गर्दछ । राष्ट्रपतिको उम्मेदवार हुनका लागि संसद्को पछिल्लो निर्वाचनमा कम्तीमा एउटा मात्र सिटमा भए पनि प्रतिनिधित्व गराउन सफल दलको वा बीसहजार मतदाताले मनोनयन गरेको व्यक्ति हुनु अनिवार्य हुन्छ । प्रथम चरणको निर्वाचनमा कुनै पनि सदस्यले बहुमत हासिल गर्न नसकेमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारहरूबीच निर्वाचन हुने र बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छ । राष्ट्रपतिको पदावधि छ वर्षको हुन्छ र एउटै व्यक्ति दुई पटक भन्दा बढी राष्ट्रपति पदको लागि योग्य मानिदैन ।

संसद्ले चुनेको व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्रीको रूपमा नियुक्ति गर्दछ र प्रधानमन्त्रीको सिफारिसमा अन्य मन्त्रीहरू नियुक्त हुन्छन् । यसरी प्रधानमन्त्री चुनिनु भन्दा अगाडि संसद्मा प्रतिनिधित्व गर्ने समूह -दल) हरूबीच भावी राजनैतिक कार्यक्रम र सरकारको गठनका सम्बन्धमा वार्ता हुने गर्दछ । यस्ता वार्तापश्चात् राष्ट्रपतिले सभामुखलगायत संसदीय समूहहरूसँगको सरसल्लाहमा प्रधानमन्त्रीको मनोनयनका सम्बन्धमा संसद्लाई सूचना दिनेछ र संसद्का आधा भन्दा बढी सदस्यहरूले खुल्ला रूपमा समर्थन गरी चुनेको व्यक्ति नै प्रधानमन्त्री पदमा नियुक्त हुन्छ । संसद्को विश्वास कायम छैन भन्ने लागेमा राष्ट्रपतिले सरकारलाई वा कुनै पनि मन्त्रीलाई पदबाट हटाउन सक्नेछ ।

सरकारको नामबाट हुने निर्णयहरू मन्त्रिमण्डलको पूर्ण बैठकबाट वा सम्बन्धित मन्त्रालयबाट हुने गर्दछ । प्रधानमन्त्रीले यस्तो बैठकको अध्यक्षता गर्दछ । अत्यधिक महìवका विषयहरू, नीति निर्देशनसँग सम्बन्धित महìवपूर्ण विषयहरू तथा अन्य आवश्यक ठानिएका विषयहरू भने मन्त्रिमण्डलको पूर्ण बैठकमा पेस गरी निर्णय गर्ने गरिन्छ । यस्तो बैठकमा सम्बन्धित मन्त्रालयबाट र आवश्यकताअनुसार मन्त्रिमण्डलले गठन गरेका सम्बन्धित समितिहरूले प्रस्ताव लैजाने गर्दछन् । पूर्ण बैठकमा भएका निर्णयहरूका सम्बन्धमा कुनै सदस्यले लिखित रूपमा असहमति जनाएको अवस्थामा

बाहेक सरकारले गरेको निर्णयमा सबै मन्त्रीहरू सामूहिक रूपमा जिम्मेवार हुने गर्दछन् । यसरी हेर्दा फिनल्याण्डको शासन व्यवस्थाको आˆनै प्रकारको विशेषता रहेको देखिन्छ । प्रत्यक्ष रूपमा निर्वाचित राष्ट्रपतिको व्यवस्था भए पनि शासन सञ्चालन पद्धति राष्ट्रपतीय प्रणालीको जस्तो नभई संसदीय व्यवस्थाको जस्तो देखिन्छ । संवैधानिक राष्ट्रपतिको भूमिका त्यहाँका राष्ट्रपतिले निर्वाह गर्ने गर्दछन् ।

चीन

चीनको संविधानबमोजिम त्यहाँको शासकीय अधिकार राज्य परिषद् नामक निकायमा रहनेछ । राज्य परिषद् अर्थात् चीनको केन्द्रीय जनसरकार राज्य शक्तिको सर्वोच्च अङ्ग तथा मुलुकको दैनिक प्रशासन समेत सञ्चालन गर्ने अङ्गको रूपमा रहने व्यवस्था गरिएको पाइन्छ । राज्य परिषद्मा प्रधानमन्त्री, उप प्रधानमन्त्रीहरू, काउन्सिलरहरू, विभिन्न आयोग तथा मन्त्रालय हेर्ने मन्त्रीहरू, सर्वोच्च लेखापरीक्षक एवं महासचिव रहने व्यवस्था गरिएको छ । राज्य परिषद्को तर्फबाट हुने सम्पूर्ण कार्यका लागि प्रधानमन्त्री उत्तरदायी हुने र आ-आˆनो मन्त्रालय तथा आयोगको कामका लागि सम्बन्धित मन्त्रीहरू उत्तरदायी हुने व्यवस्था संविधानमा गरिएको छ । यसरी जनवादी गणतन्त्र चीनको कार्यकारी अधिकार त्यहाँको राज्यपरिषद् अर्थात् मन्त्रिमण्डलमा रहने संवैधानिक व्यवस्था रहेको पाइन्छ ।

यद्यपि राष्ट्र प्रमुखको रूपमा चीनमा राष्ट्रपतिलाई राखिएको छ । राष्ट्रिय जनकङ्ग्रेस -व्यवस्थापिका) ले राष्ट्रपति र उपराष्ट्रपतिलाई निर्वाचित गर्नेछ । ३५ वर्ष उमेर पूरा गरेको र मतदान गर्ने अधिकार प्राप्त कुनै पनि चिनियाँ नागरिक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि योग्य मानिनेछ र कुनै पनि व्यक्ति बढीमा दुई कार्यकालका लागि मात्र सो पदमा निर्वाचित हुन सक्नेछन् ।

संविधान अनुसार राष्ट्रपतिलाई राष्ट्रिय जन कङ्ग्रेस र यसको स्थायी समिति -व्यवस्थापिका) को निर्णयबमोजिम ऐन जारी गर्ने, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, काउन्सिलरहरू, मन्त्रालय तथा आयोगका मन्त्रीहरू, महालेखा परीक्षक र राज्य परिषद्को महासचिवको नियुक्ति गर्ने, राज्यको तर्फबाट उपाधि, सम्मान तथा विभूषणहरू प्रदान गर्ने, माफीको आदेश जारी गर्ने, सैनिक कानुन लागू गर्ने तथा युद्धको घोषणा गर्ने जस्ता कार्यहरू गर्ने अधिकार चीनको राष्ट्रपतिलाई प्रदान गरिएको पाइन्छ । यसैगरी विदेशी कूटनैतिक प्रतिनिधिहरूको ओहोदाको प्रमाणपत्र प्राप्त गर्ने, राष्ट्रिय जनकङ्ग्रेस र यसको स्थायी समिति -व्यवस्थापिका) को निर्णयबमोजिम विदेशी राजदूत तथा विशेष प्रतिनिधिहरूको नियुक्ति र बर्खासी तथा विदेशी राष्ट्रहरूसँग भएका सन्धि सम्झौताहरूको अनुमोदन तथा सम्मिलन गर्ने कार्यहरू समेत राष्ट्रपतिले गर्दछ । यसरी हेर्दा चीनको राष्ट्रपतिलाई उसको स्वविवेकमा गर्नसक्ने अधिकारहरू रहेको पाइँदैन । तर यथार्थमा कम्युनिष्ट पार्टीको प्रमुख व्यक्ति नै राष्ट्रपति हुने र एउटा मात्र पार्टीको प्रतिनिधित्व रहेको व्यवस्थापिकाले पार्टीको निर्णयको अनुमोदन मात्र गर्ने हुनाले वास्तविक रूपमा राष्ट्रपति नै शक्तिशाली रहेको हुन्छ ।

उपराष्ट्रपतिलाई भने संविधानले स्वतन्त्र रूपमा गर्नसक्ने गरी कुनै काम कर्तव्य तोकेको पाइँदैन । उसको दायित्व भनेको राष्ट्रपतिलाई सहयोग गर्ने र राष्ट्रपतिले सुम्पिदिए बमोजिमको (Copied from 

) कार्यसम्पादन गर्नेमा नै सीमित रहेको देखिन्छ । यदि तोकिएको समयावधि भित्र कुनै कारणवश राष्ट्रपतिको पद रिक्त भएको खण्डमा भने उपराष्ट्रपतिले राष्ट्रपतिको उत्तराधिकारीको रूपमा कार्य गर्दछ । यसैगरी उपराष्ट्रपतिको पदरिक्त भएको अवस्थामा चाँहि व्यवस्थापिकाले अर्को उपराष्ट्रपतिको निर्वाचन गर्दछ । यदि दुवै पद रिक्त भएको अवस्थामा व्यवस्थापिकाबाट अर्को निर्वाचनद्वारा दुबै पदपूर्ति नभए सम्मका लागि भने जनकङ्ग्रेसको स्थायी समितिको अध्यक्षले अस्थायी रूपमा राष्ट्रपतिको रूपमा कार्य गर्दछ । á

– संविधानसभा राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रारम्भिक मस्यौदा प्रतिवेदन