Saturday, January 18, 2014

19

नेपालका संग्रहालयहरू:-

१. लेप्चा संग्रहालय :- इलाम
२. सर्प संग्रहालय :- झापा
३. तामाङ संग्रहालय रसुवा
४. चेपाङ संग्रहालय :- चितवन
५. थारू संग्रहालय :- चितवन र बर्दिया
६. जनजाति संग्रहालय :- भृकुटिमण्डप
७. जुद्द जातिय कला संग्रहालय :- छाउनी काठमाडौँ
८. राष्ट्रिय मुद्रा संग्रहालय :- छाउनी काठमाडौँ
९. राष्ट्रिय फुटबल संग्रहालय :- सानेपा ललितपुर
१०. राष्ट्रिय काष्ठकला संग्रहालय :- पुजारी मठ भक्तपुर
११. राष्ट्रिय धातुकला संग्रहालय :- पाटन दरवार स्क्वायर
१२. राष्ट्रिय कला संग्रहालय :- भक्तपुर दरबार स्क्वायर
१३. राष्ट्रिय संग्रहालय :- छाउनी काठमाडौँ
१४. सैनिक संग्रहालय :- छाउनी काठमाडौँ
१५. प्राकृतिक विज्ञान संग्रहालय :- स्वयम्भु काठमाडौँ
१६. राष्ट्रिय लोकबाजा संग्रहालय :- त्रिपुरेश्वर काठमाडौँ
१७. गुरूङ संग्रहालय :- घलेगाउँ लमजुङ/कास्की
१८. पुतली संग्रहालय :- पृथ्वीनारायण क्याम्पस पोखरा
१९. माछा संग्रहालय :- फेवाताल पोखरा
२०. गोर्खा संग्रहालय :- कास्की पोखरा
२१. अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय :- कास्की पोखरा
२२. जटायु रेष्टुरेन्ट :- नवलपरासीको पिठौली गाविस19

18

केहि जानकारीहरु: (लाईक तथा शेयर गर्न नभुल्नुहोला ।)
---------------------------------------------
सभापोखरी नेपालको कुन जिल्लामा पर्दछ ?
उत्तर :- संखुवासभा
दुई फरक स्थानमा बग्ने एउटै नदि कुन हो ?
उत्तर :- सेती
ढुङ्गा हान्ने ताल भनेर कुन ताललाई चिनिन्छ ?
उत्तर :- मैदी ताल
हयातुंग झरनाको बास्तविक नाम के हो ?
उत्तर :- हिङ्गुवा
उत्तरबाहिनी भनेर कुन नदीलाई बुझाउछ ?
उत्तर :- कर्मनशा
बिहारको दुख भनेर चिनिने नेपालको कुन नदि हो ?
उत्तर :- कोशी
ओलाङ्गचंगोला घांटीबाट नेपाल प्रवेश गर्ने (एक मात्र) नदि कुन हो ?
उत्तर :- तमोर
विश्वकै उत्कृस्ट १० वटा एतिहासिक जलयात्रा नदिको सुचिमा पर्ने नेपालको दुईवटा नदि कुन-कुन हो ?
उत्तर :- कर्णाली र सुनकोशी
नेपालको सर्वोच्च हिमश्रोत भएको नदि कुन हो ?
उत्तर :- दुधकोशी
ढुम्बा ताल कहाँ पर्दछ ?
उत्तर :- मुस्ताङ्ग

16

केहि जानकारीहरु: (लाईक तथा शेयर गर्न नभुल्नुहोला ।)
---------------------------------------------
• विश्वमा सबभन्दा बढी औसत आयु भएको देश कुन हो ?
– जापान

• एसियावाच पत्रिका विशेषगरी के सगँ सम्बन्धित रहेका छ ?
– मानव अधिकार

• दक्षिणको रानी भनेर कुन शहरलाई चिनिन्छ ?
– सिडनी
• संसारमा सबभन्दा कम बेरोजगार भएको देश कुन हो ?
–स्वीट्जरल्याण्ड

• धर्तीको कवि भनेर कसलाई चिनिन्छ :?
– जोन किट्स

• महात्मा गान्धी पहिलोपटक सत्याग्रह कहाँ बसेका थिए ?
– चम्पारन

• कुन भारत रत्न सम्मान प्राप्त व्यक्तिलाई अमेरिकाले सम्मानार्थ नागरिकता प्रदान गरेको थियो ?
– मदर टेरेसा

• भारतका सम्राट अशोकले जीवनमा एउटा मात्र युद्द लडेका थिए त्यो कुन थियो ?
– कलिङ्गको युद्द

• प्रथम विश्वयुद्दमा प्रयोग गरिएको विषालु ग्याँस कुन थियो ?
– मस्र्टड

• बुढासुब्बामा के को बली दिइन्छ ?
– सुगुँरको

15

अधिकार पृच्छा (Quo-Warranto) भनेको के हो?
कुनै न्यायिक अर्धन्यायिक वा सार्वजनिक जबाफदेहीको पदमा कार्यरत व्यक्ति वा निकायले अधिकार क्षेत्रको अभावमा कुनै काम कारबाही र निर्णय गर्ने अधिकार कसरी र कुन कानुन अन्तर्गत प्राप्त भएको हो भन्ने निर्णय कर्तासँग जबाफ माग गर्न जारी गरिएको रिटलाई अधिकार पृच्छा भनिन्छ। अनधिकृत रूपमा कसैको पद, स्वतन्त्रता र अधिकार खोसिएको अवस्थामा जारी गरिने यो रिट सार्वजनिक अधिकार प्राप्त अधिकारीको नाममा मात्र जारी गरिन्छ।

15

त्रिपिटक र त्यसमा उल्लेखित कुराहरु निम्न छन् :–
क) सुक्तिपिटक – बुद्धले धर्मसम्बन्धमा दिएका उपदेशको संग्रह,
ख) विनयपिटक – बौद्ध धर्मका अनुयायी भीसुहरुको संघ निर्माण, भीक्षुभीक्षुणीको आचरण सम्बन्धी नियमहरुको संग्रह ।
ग) अविधम्वपिटक – बौद्धधर्म तथा दर्शन सम्बन्धी विवेचनाहरुको संग्रह,

13

१. नेपालको कुन ठाउमा बाख्राको दुध बाट 'चिज' उत्पादन गरिन्छ?
- मकवानपुरको चित्लाङ्ग मा
२. 'लाटिकोइली' मन्दिर कुन जिल्लामा पर्छ?
- सुर्खेत
३.पोखराको महेन्द्र गुफा कहिले पत्ता लागेको हो ?
- बि. सं. २०१२
४. पशुपतिनाथका प्रथम पुजारी को हुन्?
- स्वामी शेखारनन्द
५. बेलायती महारानीले जय पृथ्वी बहादुर सिंहलाइ कुन पदवी प्रदान गरेकीथिन ?
- कर्णेल
६. नेपालमा सर्बप्रथम नगरपालिका कहिले गठन गरियो?
- बि. सं. १९७६ पौष, २
७. नेपालको इतिहासमा कुन मल्ल राजाले आफ्ना बाबुलाई सत्ताच्युत गरि जेल हालेका थिए ?
- प्रताप मल्ल (लक्ष्मीनर सिह लाइ जेल हालेका )
८. नेपालको निर्वाचन कानुन अनुसार जमानत जफत हुन नदिन सदर मतको कति प्रतिसत भोट अनिवार्य छ ?
- १० प्रतिसत
९. सन् १९८८ मा नेपालमा HIV संक्रमित व्यक्ति कति थिए?
- ४ जना
१०. २६ औं एड्स दिवसको नारा के थियो? (२०१३ डिसेम्बर १ मा मनाइएको)
- एच. आइ. भी.को नया संस्करण, भेदभाब र एड्सबाट हुने मृत्युलाई सुन्यमा पुर्याउ

12

परीक्षामा बढी अङ्क ल्याउन यसरी अध्ययन गरौं.....

तपाईं अहिलेसम्म आफ्नै तरिकाले पढिरहनुभएको छ । प्रत्येक विद्यार्थी आफ्नै तरिकाले पढिरहेका छन् । तर पढाइका यी तरिकाहरूमध्ये केही खास यस्तो तरिका पनि हुन्छ, जसलाई वैज्ञानिक तरिका भन्न सकिन्छ । यस आलेखमार्फत् म तपाईंलाई यस्तै केही व्यावहारिक तरिकाहरूबारे बताउँदै छु । म यहाँ जुन तरिकाको चर्चा गर्न गइरहेको छु, त्यो विद्यालय, क्याम्पस वा लोकसेवा आयोग जस्ता परीक्षाको तयारी गर्ने विद्यार्थीहरूका लागि पनि महत्त्वपूर्ण हुनेछ । अर्थात् यो त्यस्ता विद्यार्थीहरूका लागि हो, जो विषयलाई याद राख्ने र समय आएपछि त्यसको उपयोग गर्ने उद्देश्यले पढिरहेका छन् । म यहाँ अध्ययनको तीन तहको बारेमा चर्चा गर्नेछु, जसलाई जान्नु त्यस्ता विद्यार्थीहरूका लागि धेरै महत्त्वपूर्ण हुनेछ ।
पहिलो तह हो, सूचना । जुनबेला हामी कुनै पनि विषयलाई पहिलोपटक पढ्छौं त्यो सूचनाको रूपमा हाम्रो दिमागमा प्रवेश गर्छ । हरेक प्रकारको जानकारी पहिला सूचना नै हुन्छ चाहे त्यो जानकारी पढेर, सुनेर, हेरेर वा गरेर प्राप्त किन नहोस् । हामी पढ्दै जान्छौं र हाम्रो मस्तिष्कमा सूचनाहरूको थुप्रो लाग्दै जान्छ । यसलाई नै हामीले पढ्नु बुझ्दछौं । वास्तवमा भन्ने हो भने यो सही होइन । यहींनिर हामीले ठूलो गल्ती गर्ने गरेका छौं । जुनबेला हामी सामाजिक अध्ययन विषय पढ्छौं, त्यसको तथ्य धेरै कठिन नभएको हुनाले हाम्रो मस्तिष्कले त्यसलाई सजिलै बुझ्न थाल्छ । यस स्थितिमा हामीलाई के लाग्दछ भने यो त सजिलो विषय हो, अनि हामी सरसर्ती पढ्दै जान्छौं । किनभने विषयवस्तु सरल थियो र नयाँ पनि थियो ।
यस कारण तत्काल त्यो हाम्रो स्मृतिमा रहन्छ । तर, तपाईंले अनुभव गर्नुभएको होला केही दिनपश्चात् विस्तारै तपाईंको स्मृतिमा बादल लाग्न थालेको छ वा कुराहरू एकअर्कामा घुलमिल हुन थालेको छ वा हराइसकेको छ । अध्ययन गर्ने तरिका नजान्दा यस प्रकारको सड्ढट आउँछ । यस्तो सड्ढट आउनुको कारण के हो भने तपाईंले पढेका कुराहरूलाई सूचनाको रूपमा मात्र थुपार्नुभयो । तपाईंले त्यसलाई बुझ्ने कोशिश गर्नुभएन ।
सूचनालाई बुझ्नुको अर्थ त्यसलाई ज्ञानमा परिवर्तन गर्नु हो । प्राय: विद्यार्थीहरूले सूचनालाई नै ज्ञान ठान्ने गल्ती गर्छन् । बीउलाई बिरुवाको रूप दिन त्यसको हेरचाह गर्नुपर्छ, त्यसमा समयानुसार मलजल गर्नु जरुरी हुन्छ । त्यसैगरी सूचनालाई पनि ज्ञानमा परिवर्तन गर्न पढेका कुराहरूलाई दोहोर्‍याउने, त्यसलाई सम्झने र त्यसमाथि चिन्तनमनन गर्नु जरुरी हुन्छ । त्यसबारे साथीहरूमाझ चर्चा परिचर्चा गर्नुपर्छ । अनि मात्र बिरुवा जस्तै त्यो सूचना पनि ज्ञानमा परिवर्तन हुन्छ । ज्ञानमा परिवर्तन हुनासाथ त्यो विषय हाम्रो दिमागको गहिराइमा बस्दछ । यसलाई यसरी बुझ्न सकिन्छ, सूचनाको अर्थ बालुवामाथि खुट्टाको छाप जस्तै हो, जुन छिट्टै हराएर जान्छ । ज्ञानको अर्थ ढु·ामाथि खुट्टाको छाप हो, जुन रही रहन्छ ।
यहाँ तपाईंलाई के खुल्दुली भइरहेको होला भने सूचनालाई ज्ञानमा कसरी परिवर्तन गर्ने ? यो काम न त कठिन छ, न त जटिल नै । यो मात्र हलुका श्रमले सम्भव हुन्छ । यहाँ श्रमको अर्थ त्यस विषयलाई पटक–पटक सतर्कतापूर्वक दोहोर्‍याउनु हो । सतर्कतापूर्वक दोहोर्‍याउनुको अर्थ हो, तपाईंंले विषयलाई पहिलोपटक पढिरहनुभएको छ भन्ने ठान्नु हो । यदि दोहोर्‍याउँदा यसो गरिएन भने तपाईं भ्रममा पर्न सक्नुहुन्छ । दोहोर्‍याउनुको अर्थ एक प्रकारले बढार्नु पनि हो । एकपटक बढारेको कोठालाई पुन: बढार्दा फोहोर निस्किंदैन ? तेस्रो वा चौथोपटक पनि बढार्दा के फोहोर निस्किंदैन ? अवश्य निस्कन्छ तर हरेकपटक त्यसमा कमी आउँदै जान्छ । दोहोर्‍याउनु भनेको दिमागको अध्ययन कक्षमा पटक–पटक बढार्नु हो ।
यहाँनिर विद्यार्थीहरूको मनमा प्रश्न उठ्न सक्छ धेरै कुरा पढ्नुछ । कुन विषयलाई, कुन बेला र कतिपटक दोहोर्‍याउने ? तपाईंको जिज्ञासा सही हो तर दोहोर्‍याउनु यस कारण पनि आवश्यक छ कि तपाईं त्यसलाई नबिर्सनुहोस् र त्यस विषयप्रति तपाईंको बुझाइ बलियो होस् । जहाँसम्म बिर्सने कुरा छ, यस सम्बन्धमा वैज्ञानिक एपिंग हासले गरेको एक अध्ययनले के देखाएको छ भने हामी कुनै कुरालाई निम्न प्रतिशतमा बिर्सदैं जान्छौं । २० मिनेट पछि ४७ प्रतिशत, एक घण्टापछि ५३ प्रतिशत, एक दिनपछि ६६ प्रतिशत, ७ दिनपछि ७५ प्रतिशत, एक महिनापछि ७९ प्रतिशत र एक वर्षपछि ९५ प्रतिशत बिर्संदै जान्छौं । त्यसपछि स्मृतिशेष मात्र रहन्छ तर विद्यार्थीहरूले बुझ्नु के पर्छ भने यो बिर्सने प्रतिशत सूचनाको हो, ज्ञानको होइन । यदि तपाईंले सूचनालाई ज्ञानमा परिवर्तन गर्नुभयो भने बिर्सने यो प्रतिशत न्यून भएर जान्छ । वैज्ञानिक एपिंगका अनुसार कुनै पनि पढेका, याद गरिएका वा बुझिएका विषयलाई एक दिनमा त्यस विषयलाई कम्तीमा चारपटक पढ्नुपर्छ । २४ घण्टापछि दोहोर्‍याउनुपर्छ । बिहान त्यसै विषयलाई ध्यानपूर्वक छिटोछिटो पढ्न सकिन्छ र एक महिनापछि पुन: त्यस विषयलाई ध्यानपूर्वक दोहोर्‍याउनुपर्छ ।
यसरी गर्दा तपाईंलाई त्यो सूचना ज्ञानमा परिवर्तित भएको महसुस हुनेछ । एक महिनाभित्र त्यो बीउ बिरुवामा परिवर्तित भइसकेको हुनाले धेरै हेरचाहको आवश्यकता पर्दैन । तर, यसको अर्थ त्यस विषयलाई त्यसै छाडिदिनु पनि होइन । त्यस विषयलाई दुई, तीन वा चार महिनापछि दोहोर्‍याउने भन्ने कुरा अब तपाईंको क्षमतामाथि निर्भर गर्दछ । तर, मेरो सुझाव के छ भने त्यसलाई बीच–बीचमा दोहोर्‍याउँदै जानुपर्छ । यहाँ दोहोर्‍याउनु भनेको सरसर्ती पढ्नु नै पर्याप्त हुनेछ । यस क्रमलाई विद्यार्थीहरूले परीक्षा नहुन्जेलसम्म कायम राख्नुपर्छ ।
अध्ययनको अन्तिम तह हो, प्रज्ञा अर्थात् विजडम । पढाइको तत्कालिक उद्देश्य परीक्षामा बढी अड्ढ ल्याउनु हो । तर, यसको व्यापक उद्देश्य हाम्रो जीवनलाई सुखमय बनाउनका लागि मदत गर्नु पनि हो । उदाहरणका लागि केमिस्ट्री, फिजिक्स पढ्नुको अन्तिम उद्देश्य इन्जिनियर वा वैज्ञानिक बन्नु हो भने बायोलोजी पढ्नुको अन्तिम उद्देश्य डाक्टर बन्नु हो । यसैगरी हरेक विषय पढ्नुको पछाडि फरक उद्देश्य हुन्छ । आइन्स्टाइनको रुचि गणितमा थियो । यस कारण उहाँले समय र ऊर्जाको सिद्धान्त स्थापित गर्नुभयो । एडिसनलाई फिजिक्सको केही सामान्य सिद्धान्त मात्र थाहा थियो । त्यसैको आधारमा उहाँले धेरै आविष्कार गर्नुभयो । एकपटक आइन्स्टाइनले विद्यार्थीहरूलाई के भनेका थिए भने,“विद्यार्थीहरू, तिमीहरू के ध्यान दिनु भने आफ्नो विद्यालयमा जे नयाँ कुरा सिक्छौं, त्यो पूर्वजहरूको देन हो । यो यस कारण कि तिमीहरूलाई जे सिकाइन्छ त्यसबारे बुझ, त्यसको सम्मान गर र त्यसमा केही बढी नै थप ।”
यसबाट के स्पष्ट हुन्छ भने विद्यालय वा क्याम्पसमा हामी जे कुरा पढ्छौं, त्यो एक प्रकारले कच्चा सामग्री हो । चिनी कारखानामा चिनी उत्पादन हुन्छ, त्यसको कच्चा पदार्थ उखु हो । उखुलाई हेरेर त्यसबाट चिनी उत्पादन हुन्छ वा हुँदैन भन्ने अनुमान गर्न सकिंदैन । यहाँ उखु भनेको सूचना हो, ज्ञान भनेको कारखाना र त्यसबाट निस्कने चिनी भनेको प्रज्ञा हो । यस प्रकार सूचना र ज्ञानको आधारमा जुनबेला हामी कुनै नयाँ वस्तु उत्पादन गर्छौं, त्यो नै प्रज्ञा हो । एउटा विद्यार्थीको रूपमा प्रज्ञाको खास आवश्यकता पर्दैन ।
यसको आवश्यकता त्यसबेला पर्दछ, जुनबेला हामी विद्यालय र क्याम्पसबाट निस्केर व्यावहारिक जीवनमा प्रवेश गर्छौं ।
यस कारण विद्यार्थीहरूले प्रज्ञा सम्बन्धमा चिन्तित हुनुपर्ने आवश्यकता छैन । तर, स्वयंलाई सूचनामा मात्र सीमित राख्नु तपाईंको लागि कुनै पनि हालतमा उचित हुँदैन । यदि तपाईंले त्यसलाई ज्ञानको तहसम्म पुर्‍याउनुभएन भने जुनबेला तपाईं क्याम्पसबाट बाहिर आउनुहुन्छ, त्यसबेला त्यो सूचना दिमागबाट हराइसकेको हुन्छ । यस्तो स्थितिमा प्रज्ञाको कल्पना गर्नु निरर्थक हुनेछ । त्यसैले अध्ययन कलाको पहिलो चरण सूचनालाई ज्ञानमा परिवर्तित गर्नु हो । मलाई के विश्वास छ भने तपाईंले मैले भनेको कुरा राम्ररी बुझ्नुभएको होला । बुझ्नुभएको छ भने तपाईंले अवश्य पनि परीक्षामा बढी अड्ढ हासिल गर्नुहुनेछ । विस्टन चर्चिलले एकपटक भनेका थिए,“निराशावादीले प्रत्येक अवसरलाई कठिनाइको रूपमा हेर्दछ भने आशावादीले प्रत्येक कठिनाइलाई अवसरको रूपमा हेर्दछ ।”

कस्तो लाग्यो , कृपया सुझाव दिनु होला है त ... अनि शेयर गर्ने कुरा त थाहा नै छ नि यहाँ हरु लाई ।

11

► श्री ३ चन्द्र शमशेरले आफ्नो मृत्यु हुनुअघि कुन अंग्रेज लेखकलाई अंग्रेजी भाषामा "नेपाल" शीर्षकमा नेपालको ईतिहास लेख्न लगाएका थिए?
उत्तर: पर्सिवल ल्याण्डन

► पर्यटक भिसामा आउने विदेशि एक बढिमा कति दिन नेपाल बस्न पाउने प्रावधान रहेको छ ?
उत्तर: १५० दिन

► अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी भएको देश कुन हो ?
उत्तर: मोरक्को

► अफ्रिकाको कुन शहरमा जथाभावि पिसाव गरेमा ६ महिना कैद वा ५ देखि १४ हजार डलर जरिवाना तिर्नुपर्छ ?
उत्तर: नैरोबि (केन्याको राजधानी)

► काठमाण्डौको कुल जनसंख्यामध्ये कति प्रतिशत कोठाभाडामा बस्दै आएका छन् ?

उत्तर: ४८ %

► 'मारिया नोउर्डेस सेरिनो' कुन आसियान मुलुककी बर्तमान महिला प्रधानन्याधिस हुन् ?

उत्तर: फिलिपिन्स

►एड्स (AIDS) सर्वप्रथम कुन देशमा पत्ता लागेको हो ? --
संयुक्त राज्य अमेरीका

►नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ?
उत्तर: सुशाङ्ख्य

►विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई
तिब्बती भाषामा के भनिन्छ ?
उत्तर: फुङ्चु

एक सौर्यदिनमा कति सेकेण्ड समय हुन्छ ?
उत्तर: 86400

काठमाण्डौ–निजगढ द्रुत मार्गको लम्बाई कति रहेको छ ?
उत्तर: 76km

► नेपालको पहिलो फोटोग्राफर कसलाई मानिन्छ ?
उत्तर: डम्मर शमशेर राणा

► सन् २०१३ को बालशान्ति पुरस्कार प्राप्त गर्ने १६ बर्षिया बालिका मलाला युसुफजाई कुन देशकी नागरिक हुन् ?
उत्तर: पाकिस्थान

► "लेखककी स्वास्नी" नामक उपन्यासकी लेखिका को हुन्?
उत्तर: प्रगति राई

कृपया बढी भन्दा बढी शेयर गर्नुहोला मित्रहरु ..धन्यवाद

10

ණ २०६४/८/६ मा स्व.राजा विरेन्द्रको सम्पती राष्ट्रियकरण गर्न नेपाल ट्रष्टको स्थापना भएको थियो ।

ණ २०६८ मा सरकारले गणतन्त्र दिवस जेठ १५ लाई राष्ट्रिय दिवशको रुपमा घोषणा गरेको हो ।

ණ सन् २०१२ मा विश्वको उत्कृष्ट कर्मचारीतन्त्र सिंगापुर र खराब कर्मचारीतन्त्र भारतको रहेको थियो ।
ණ संयुक्त राष्ट्र संघले २०१२ लाई अन्तराष्ट्रिय सहकारी वर्षको रुपमा घोषणा गरेको हो ।
ණ नेपालले सन् २०१३ मा लगानी वर्ष र कृषी वर्षको रुपमा मनाउने निर्णय गरेको थियो ।

9

सजिला गाऊँखाने कथाहरु
१.अक्षर छ किताब हैन,गहिरो छ इनार हैन,संसारभरि डुल्छ खुट्टा छैन के हो?
उत्तर-पैसा
२.पुड्के बाहुनको सुड्के चन्दन के हो?
उत्तर-मास
३.शीरमा मेरो खरानी छ जोगी नभने,पेट मेरो कराउँछ रोगी नभने के हो?
उत्तर-तमाखु खाएको
४.हिड्दै छ पाईला मेट्दै छ के हो?
उत्तर-जहाज हिडेको(अरु पनि हुन्छन है)
५.सेती गाई पानी खान गई,पानी खाएर आएर रात्तै भई,के हो?
उत्तर-सेल रोटी पकाएको

8

Photo: चालु वर्षको वजेटसम्वन्धि जानकारि

7

कृपया आमाको माया गर्नेहरुले मात्र पढनु होला

मष्तिस्कमा भएको ब्रेन ट्युमरका कारण डाक्टरहरुले आमाको मृत्यु हुने कुरा घोषित गरिसकेका थिए । अब केहि क्षणमात्रै आमा हाम्रो माझ रहनेछिन भन्नेकुरा सबै ईष्टमित्र , आफन्त र स्वयं आमालाई पनि जानकारी थियो । तसर्थ सबैजना उनको वरीपरि रुवाबासी गर्दे घेरा हालेर बसिरहेका थिए। आमाको बोली (वाक्य) पुर्ण रुपले बसिसकेको थियो । उनको... बोली बन्द भैसकेको भएपनि उनका आँखाले पटक पटक सामुन्नेको दराजतिर ईशारा गरिरहेका थिए । दराजतिरै ईशारा गर्दागर्दे उनका आँखा हमेशाको लागि बन्द भए । त्याहाँ ठुलो कोलहाल र रुवावासी मच्चियो । भोलिपल्ट बातावरण केहि शान्त भैसकेको थियो । अनि आमाले ईशारा गरेको त्यो दराज खोलेर हेर्ने कौतुहलता उनको सानो छोरालाई भयो र उसले उक्त दराज खोलेर हेर्यो। उसले उक्त दराजभित्र एऊटा कागजमा बेरेर राखिएको केहि ट्याबलेट(औषधि ) थियो र उक्त औषधि बेरिएको कागजमा तिनै आमाले यस्तो लेखेकि थिईन "कान्छो बाबु तिमिलाई रुघाखोकि र चिसोले धेरै सताएको छ तसर्थ यहाँ केहि औषधिहरु छ त्यसलाई नियमित रुपले खानु अनि पानी पनि उमालेर खानु, अस्वस्थताका कारण मैले पानिचाही उमालेर राख्न सकिन ।आफ्नो ख्याल राख्नु।"

6

• अमेरिकी कानुनले कति बर्षमुनिका बालबालिकालाई फेसबुक चलाउन दिदैन ?
– १३ बर्ष मुनिका
• पृथ्वीमा भएको अक्सिजनमध्ये कति प्रतिशत अक्सिजन ब्राजिलको अमेजन जंगलमा उत्पादन हुन्छ ?
– ३० प्रतिशत
• क्यासिनो व्यवस्थापन नियमावली ०७१ ले पहिलेपटक क्यासिनोमा जितेको रकमबाट कति प्रतिशत आयकर लाग्ने प्रावधान लागू रहेको छ ?
– २५ प्रतिशत
• सन् १९५६ मा गठन भएको इन्टरपोलको सदस्यता नेपालले १०० औ सदस्यका रुपमा कहिले लिएको हो ?
– वि.सं २०२४
• नेपालमा सर्वप्रथम निजीकरण गरिएको संस्थान कुन हो ?
– चण्डेश्वरी टेक्सटायल
• विदेशी दक्ष जनशक्तिले उद्दोगमा कमाएका कुल कति प्रतिशत रकम विदेशी मुद्रामा स्वदेश लैजान सक्छ ?
– ७५ प्रतिशत
• वैदेशिक रोजगार सल्लाहकार समितिको अध्यक्ष को हुन्छ ?
– श्रममन्त्री
• कर्मचारी सञ्चय कोषको स्थापना कहिले भएको हो ?
– वि.सं २०१७
• नेपाल सरकारले कुटनीतिक आचारसहिता कहिले जारी गर्यो ?
– वि.सं २०६८ भदौ १
• खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनेपछि सर्वोच्च अदालतका कार्यकारी प्रधान न्यायाधीश को बने ?
– दामोदर शर्मा
• नेपाल संयुत्त राष्ट्र संघको सदस्य हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
– टंकप्रसाद आचार्य
• सन् २०१३ जुलाई २१ तारिख बेल्जियमका राजा अल्बर्ट द्दितीयले गद्दी त्यागेपछि त्यहाँ को राजा भए ?
– राज कुमार फिलिप
• फिलिप बेल्जियमका कतिऔ राजा हुन् ?
– सातौं
• काठमाडौ टुँडिखेलको घोडेजात्रा जस्तो जात्रा हिमालपारि मनाङ्मा मनाइने जात्राको नाम के हो ?
– यार्तुङ
• काठमाडौंमा सर्वप्रथम टिकट काटेर मुत्तक सुनाउने साहित्यिक कार्यक्रम कहिले आयोजना भएको थियो ?
– वि.सं २०७० साल साउन ५ गते
• नेपालको प्रसिद्द कुन साहित्यकारको जन्मघरलाई २०७० साल साउन ५ गते संग्राहलयमा रुपान्तरण गरियो ?
– चित्तधर हृदय
• नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा वामपन्थी आन्दोलनमा पहिलो पुस्ताका अगुवा नरबहादुर कर्माचार्यको ८९ बर्षको उमेरमा कहिले निधन भयो ?
– वि.सं २०७० साल साउन ९

5

१.हाल नेपाल मा २१ वटा भुकुम्प मापन केन्द्र रहेका छन् .

२.दुवै हात नभैइकन पनि सगरमाथा को सफल आरोहण गर्ने व्यक्ति सुदर्शन गौतम हुन र उनले सो काम २०१३ मे २० मा गरेका थिए .

३.पाचौं राष्ट्रिय पर्यटन मेल काठमाडौँ मा २०७० बैसाख २७ - २९ गतेसम्म सम्पन्न भयो .

४. साझा यातायात ले काठमाडौँ मा पुन यातायात संचालन २०७० बैसाख १ गते बाट गरेको हो .

५. नेपाल सरकार ले नेपाली सेनाका रथी गौरव सम्सेर ज बा रा लाई प्रधानसेनापतिमा २०६९ श्रावण १७ गते नियूक्त गरेको हो

६.नेपाल प्रहरी को २३ औं महानिरिक्षक पदमा कुवेरसिंह राना २०६९ भाद्र २८ गते नियूक्त भए .

७.मन्त्रि परिसद ले बहारइन र ओमन मा नेपाली दुतावास खोल्ने निर्णय २०६९ फाल्गुन १० गते गरेको हो

८. मन्त्रि परिसद को सिफारिसमा रास्ट्रपति ले महान्याधिबकता मा द्रोणराज रेग्मी लाई २०६९ चैत्र ११ गते निउक्त गरेको हो .

९. २०६८ को जनगणना अनुसार नेपाली भाषा लाई मात्रिभासाको रुपमा ४४.६ प्रतिसत ले बोल्दछन .

4

• अमेरिकी कानुनले कति बर्षमुनिका बालबालिकालाई फेसबुक चलाउन दिदैन ?
– १३ बर्ष मुनिका
• पृथ्वीमा भएको अक्सिजनमध्ये कति प्रतिशत अक्सिजन ब्राजिलको अमेजन जंगलमा उत्पादन हुन्छ ?
– ३० प्रतिशत
• क्यासिनो व्यवस्थापन नियमावली ०७१ ले पहिलेपटक क्यासिनोमा जितेको रकमबाट कति प्रतिशत आयकर लाग्ने प्रावधान लागू रहेको छ ?
– २५ प्रतिशत
• सन् १९५६ मा गठन भएको इन्टरपोलको सदस्यता नेपालले १०० औ सदस्यका रुपमा कहिले लिएको हो ?
– वि.सं २०२४
• नेपालमा सर्वप्रथम निजीकरण गरिएको संस्थान कुन हो ?
– चण्डेश्वरी टेक्सटायल
• विदेशी दक्ष जनशक्तिले उद्दोगमा कमाएका कुल कति प्रतिशत रकम विदेशी मुद्रामा स्वदेश लैजान सक्छ ?
– ७५ प्रतिशत
• वैदेशिक रोजगार सल्लाहकार समितिको अध्यक्ष को हुन्छ ?
– श्रममन्त्री
• कर्मचारी सञ्चय कोषको स्थापना कहिले भएको हो ?
– वि.सं २०१७
• नेपाल सरकारले कुटनीतिक आचारसहिता कहिले जारी गर्यो ?
– वि.सं २०६८ भदौ १
• खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनेपछि सर्वोच्च अदालतका कार्यकारी प्रधान न्यायाधीश को बने ?
– दामोदर शर्मा
• नेपाल संयुत्त राष्ट्र संघको सदस्य हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
– टंकप्रसाद आचार्य
• सन् २०१३ जुलाई २१ तारिख बेल्जियमका राजा अल्बर्ट द्दितीयले गद्दी त्यागेपछि त्यहाँ को राजा भए ?
– राज कुमार फिलिप
• फिलिप बेल्जियमका कतिऔ राजा हुन् ?
– सातौं
• काठमाडौ टुँडिखेलको घोडेजात्रा जस्तो जात्रा हिमालपारि मनाङ्मा मनाइने जात्राको नाम के हो ?
– यार्तुङ
• काठमाडौंमा सर्वप्रथम टिकट काटेर मुत्तक सुनाउने साहित्यिक कार्यक्रम कहिले आयोजना भएको थियो ?
– वि.सं २०७० साल साउन ५ गते
• नेपालको प्रसिद्द कुन साहित्यकारको जन्मघरलाई २०७० साल साउन ५ गते संग्राहलयमा रुपान्तरण गरियो ?
– चित्तधर हृदय
• नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा वामपन्थी आन्दोलनमा पहिलो पुस्ताका अगुवा नरबहादुर कर्माचार्यको ८९ बर्षको उमेरमा कहिले निधन भयो ?
– वि.सं २०७० साल साउन ९

3

अन्तरिम संविधान, २०६३ मा समावेशीकरणलाई कसरी आत्मसात गरिएको छ ?

– धारा २१ मा “सामाजिक न्यायको हक” अन्तर्गतः– आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी समुदाय उत्पिडित वर्ग, गरिब किसान र मजदुरलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागि हुने हक हुने उल्लेख गरिएको छ ।
– राज्यको दायित्व अन्तर्गत वर्गीय, जातिय, लैगिक, सांस्कृतिक, धार्मिक रक्षेत्रिय भेदभावको अन्त गर्दै राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनसंरचना गर्ने उल्लेख गरिएको ।
– संविधानसभामा समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचनका लागि उमेदवारी दिँदा ३३% महिला अनिवार्य गरिएको छ ।
प्रश्नः– निजामती सेवामा समावेशीकरण सम्वन्धी व्यवस्थाः–
उत्तरः– समावेशी निजामती सेवाको निम्ति खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदहरुमध्ये पैतालिस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी देहाय बमोजिमका उमेद्वार वीचमा मात्र छुटाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने व्यवस्था छः–
वर्ग प्रतिशत
-- महिला ----------------------- ३३ प्रतिशत
-- आदिवासी/जनजाति----------- २७ प्रतिशत
-- मधेशी ------------------------ २२ प्रतिशत
-- दलित------------------------- ९ प्रतिशत
-- अपाङ्ग------------------------ ५ प्रतिशत
-- पिछडिएको क्षेत्र--------------- ४ प्रतिशत

2

केही जानकारीहरु: :(लाइक तथा शेयर गर्न नभुल्नुहोला ।)
• स्वर किन्नरी भनेर चिनिने गायिका को हुन् ?
– तारा देवी
• नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
– सिलु
• काठमाडौं तराई जोड्ने फास्ट ट्रयाकको लम्बाई
कति कि.मी रहेको छ ?
– ७६ कि.मी
• विश्वको जनसंख्या ७ अर्ब कहिले पुगेको हो ?
– सन् २०११ अक्टोबर ३१
• जनकपुर चुरोट कारखाना लिमिटेडको खारेजी नेपाल सरकारले
कहिले गरेको हो ?
– वि.सं २०७० असार २० गते
• नेपाल सरकारद्दारा सार्वजनिक स्थलमा धुम्रपान निषेध
कहिलेबाट गरेको हो ?
– वि.सं २०६८ श्रावण २२ गते
• वि.बी.सीले कहिलेबाट नेपाली बिहानी प्रसारण सेवा सुरु
गरेको हो ?
– सन् २०१३ अगस्ट १ ( वि.सं २०७० श्रावण १७ गते )
• झोलुङ्गे पुलको जिल्ला भनेर नेपालको कुन जिल्लालाई
चिनिन्छ ?
– बाग्लुङ
• क्षेत्रफल तथा जनसंख्या दुवै हिसाबमा सार्क
मुलुकमा सबैभन्दा ठूलो सार्क मुलुक कुन हो ?
– भारत

1

नेपालमा DOTS बिधिको थालनी सुरुमा कती जिल्लामा गरिएको थियो ?
उत्तर :- ४ जिल्ला
नेपालको अन्तरिम संबिधान,२०६३ को प्रथम सन्सोधन कहिले भयो ?
उत्तर :- २०६३ फागुन ३०
गणतन्त्र दिवस कहिले मनाइन्छ ?
उत्तर :- जेष्ठ १५
संबिधान सभाद्वारा गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा डा. रामबरण यादवलाई कहिले निर्वाचित गरियो ?
उत्तर :- २०६५/०४/०६
विश्वको सबैभन्दा बढी ग्राहक भएको सेटेलाइट फोन नेट्वर्क अपरेटर कम्पनी कुन हो ?
उत्तर :- Iridium
विश्वको सबैभन्दा बढी ग्राहक भएको मोबाइल फोन नेट्वर्क अपरेटर कम्पनी कुन हो ?
उत्तर :- China Mobile
विश्वको सबैभन्दा पहिलो VOIP सफ्टवेयर निर्माता कम्पनी कुन हो ?
उत्तर :- Vocaltec,Inc.
इन्टरनेटमा प्रयोग हुने WAN को पुरा रुप के हो ?
उत्तर :- Wide Area Network
विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको पहिलो बेस स्टेसन टावर कुन कम्पनी द्वारा स्थपना गरिएको छ ?
उत्तर :- Ncell
नेपालको पहिलो सर्च इन्जिन कुन हो ?
उत्तर :- ebuzzasia

कृपया लाइक तथा शेयर गर्न नभुल्नुहोला !

कृपया लाइक तथा शेयर गर्न नभुल्नुहोला !
1. यदी प्रवाशि भन्नाले हरीभक्त कटुवाललाई बुझिन्छ भने
सरुभक्त
भन्नाले कसलाई बुझिन्छ ??
उत्तर = भक्तबहादुर श्रेष्ठ
2. अक्षांस रेखाहरु वटा हुन्छन ।
उत्तर = 180
3. कृष्ण सागर विस्वको कतिऔँ ठुलो समुद्र हो ??
उत्तर = 10 औँ
4. 'पर्थ' नामक शहर कुन महादेश मा पर्दछ ?
उत्तर = अस्ट्रेलिया
5. दक्षिण अमेरिकाका २ भुपरिवेस्ठित देश मध्य एक
बोलिभिया हो भने अर्को कुन हो ??
उत्तर = पाराग्वे
6. चन्द्र ग्रहण १ बर्षमा बढीमा कतिपटक लाग्न सक्छ ??
उत्तर = 2 पटक
7. चन्द्रमामा खेलिएको एकमात्र खेल कुन हो ??
उत्तर = गल्फ
8. नेपालमा एउटै ब्यक्ती २ पटक राजा हुने ब्यक्ती ______ हुन

उत्तर = ज्ञानेन्द्र शाह
9. अल्बर्ट आइन्स्टाइनको जन्म कुन देश मा भएको थियो ??
उत्तर = जर्मनी
10. भुकम्प सुरक्षा दिवश 2070 को मुल
नारा के हो ??
उत्तर = नबोलि नभनि आउछ बिपत्ति आजै देखि लागौ बचाउन
सम्पदा र
संस्कृति
11. Which one is not the element of the state ?
(नमुना प्रश्न-शाखा अधिकृत~ Political Science)
उत्तर = Political Party
12. A student on her first 4 tests received an
average score of N points. If she
exceeds her previous average score by 20
points on her fifth test, then what is the
average score for the first 5
tests ?? (नमुना प्रश्न-शाखा अधिकृत)
उत्तर = N+4
13. विकिपेडिया डे कहिले मनाइन्छ ??
उत्तर = जनवरी १५
14. स्वर्ण मुद्रा कुन कालमा प्रकाशित
थियो ??
उत्तर = लिच्छबी काल
15. हालसम्म विश्वका सबैभन्दा धेरैदेशले
हस्ताक्षर गरेको महासन्धि कुन हो ?
उत्तर = विश्व सम्पदा महासन्धि
16. गाँडु भनेको के हो ??
उत्तर = गधाको बच्चा
17. नेपलमा रेडक्रस सोसाईटीको स्थापना कहिले
भएको थियो....?
उत्तर = 2020 साल भदौ 19 गते
18. इजरायलमा बुलडोजरका रुपमा चिनिने इजयरालका पूर्व
प्रधानमन्त्री को हुन ??
उत्तर = एरियल शेरोन
19. दक्षिण एशियाली क्षेत्रीय सहयोग
संगठन सार्कका वाणिज्य मन्त्रीहरुको पाचौँ बैठक
कहाँ भैरहेको छ ??
उत्तर = भारतको नयाँदिल्ली
20. प्रथम विस्वविद्यालय योजना कमिसन कहिले
खडा गरिएको थियो ? (विनि/ प्रास/नासु शिक्षासास्त्र)
उत्तर = भाद्र १०,२००५
कृपया सबैले शेयर गरि ज्ञान बाँड्न सहयोग गर्नुहोला !

इन्द्रणीका सातै रंग मिसायो भने कुन रंग वन्छ?

१. इन्द्रणीका सातै रंग मिसायो भने कुन रंग वन्छ? --सेतो
२.भगवान शिवको धनुलाई पिनाक भनिन्छ भने रामको धनुलाई के
भनिन्छ? --अजगव
३.स्वयम्भु महाविहार नेपालमा छ भने त्रिपिटक महाविहार
कहाँ छ?-- तिव्वत
४.पानी कति डिग्री फरेनहाइटमा उम्लन्छ? --२१२
डिग्री फरेनहाइट
५. सन् १९९२ जुन ३ देखि १४ सम्म
व्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी शिखर
सम्मेलनमा पृथ्वीको सुस्वास्थ्यको लागि विश्वभरि कति समय
मौनधारण गरिएको थियो? --२ मिनेट
६.नेपालमा प्रथम पटक औद्योगिक नीति कहिले वनेको हो? --
वि.सं. २०१७
७. म्यागासासे पुरस्कार पाउने प्रथम नेपाली महेशचन्द्र रेग्मीले
के काम गरेवापत सो पुरस्कार पाएका हुन? --
भूमि व्यवस्थाको वृहत्त अध्ययनका लागि
. काठमाण्डौ नेपालको राजधानी कहिले भयो? --वि.सं.
११२९(पृथ्वीनारायण शाहको पालामा)
९.सार्क महासचिवको पदावधी ३ वर्ष वनाउने निर्णय कुन
सम्मेलनले गरेको हो? --नवौं सम्मेलन

- उपरदाङ गढी चितवनमा पर्दछ ।

- २०६८/६/१ मा पुर्वी ताप्लेजुङ र सिक्किम केन्द्रविन्दु पारी नेपालमा ६.८ रेक्टर स्केल भुकम्प गएको थियो ।
- नेपालको पहिलो नगरपालिका ललितपुर नगरपालिका बि.सं. १९७५ हो ।
- सगरमाथा स्वर्ण महोत्सव २०६० जेठ १०-१७ सम्म मनाइयो ।
- उपरदाङ गढी चितवनमा पर्दछ ।
- रामकी बहिनीको नाम शान्ती हो ।

जानकारी

अरूको जानकारीको लागि सक्दो Like तथा Share गर्नुहोला ।

► सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?-- कछुवा
► फोटोमिटर के नाप्नको लागी प्रयोग गरिन्छ ?--प्रकासको तिब्रता
►प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी.कोइरालाकी धर्मपत्नीको नाम के हो ?-- सुशिला कोइराला
► रामले एउटा सामान किनेर 15 प्रतिशत नाफा खाई 750 मा बेचेछन भने सामानकौ क्र मू कति थियो होला ?-- 652
► प्रचण्डको मासिक आय 7500 छ बार्षिक 50000 आयमा आयकर लाग्दैन भने 15 प्रतिशतका दरले कति आयकर तिर्नुपर्ला ?-- ६०००
► सुर्य को प्रकाश पृथ्वी सम्म आईपुग्न औसत कति समय लाग्दछ ?--८ मिनेट २० सेकेन्ड
► शाही नेपाली सेनालाई कहिले नेपाली सेनामा रुपान्तरण गरिएको हो ?-- मिति २०६३ जेठ ४ गते
► टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि को हुन ?-- मुथैया मुरलीधरन
► उदयपुर सिमेन्ट कारखाना कुन देशको सहयोगमा स्थापना भएको हो ?-- जापान
► विकिलिक्सका संस्थापक जुलियस अन्साज कुन देशका नागरिक हुन् ?-- अस्टेलिया
► प्रसिद्ध पर्यटकीय स्थल फेवाताल पोखरामा पर्छ भने प्रसिद्ध पर्यटकीय स्थल सौराहा कुन जिल्लामा अवस्थित छ ?-- चितवन
► विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा कुन देशमा रहेको छ ?-- दुवही
► कुन रोगको समस्यालाइ Scilent Killer पनि भनिन्छ ?--ग . उच्च रक्तचाप
► आयुर्वेदका प्रर्वतक को हुन्‌ ?--धवन्तरी
► "परिश्रम सबै माथि विजय हुन्छ"यो भनाई कसको हो ?-- महात्मा गान्धी
► अमिलो मह पाइने देश कुन हो ? -- ब्राजिल
► सबैभन्दा धेरै आँखा हुने जीव कुन हो --- पुतली
► साईकल को सुरुवात कुन देशबाट भयको हो ?-- चिन
► फ्लोरेन्स नाईटीङगल को जन्म कुन देशमा भयको थियो ?--ईटलिको फ्लोरेन्स शहरमा
► गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्ट कहाँ स्थापना गरिएको छ ?-- नवरपरासीमा
► क्यान्सर रोग सजिलै पत्ता लगाउने प्रविधि र उपकरणलाई के भनिन्छ ?-- इमटेक
► हाल विश्वमा अतिकम विकसित राष्टको सूचिमा कति राष्ट सूचिकृत रहेका छन् ?-- ४८ राष्ट कतै ४९ पनि भेटिन्छ
► नेपालमा सर्वप्रथम डि एन ए परिक्षण गरिएको बनस्पतिको नाम के हो ?-- चिराइतो

अन्तरिक्ष सम्बन्धी विविध जानकारी

अन्तरिक्ष सम्बन्धी विविध जानकारी

- अन्तरिक्षमा पुग्ने पहिलो मानवनिर्मित यान स्पुतनिक १ हो जुन सोभियत संघले ४ अक्टोबर १९५७ मा प्रक्षेपण गरेको थियो ।

- अन्तरिक्षमा पाइला टेक्ने पहिलो व्यक्ति अमेरिकाका निल आर्मस्ट्रङ हुन् ।

- अन्तरिक्षमा पुग्ने प्रथम व्यक्ती रूसका युरी गागरिन हुन् ।

- विश्वको प्रथम महिला अन्तरिक्ष यात्री रूसकी भ्यालेन्टिना तेरेस्कोभा हुन् ।

- अन्तरिक्षमा हिड्ने प्रथम व्यक्ति रूसका अलेक्सी लियोनेभ हुन् । उनले सो काम सन् १९६५ मार्च १८ मा गरेका थिए ।

- अन्तरिक्षमा पुग्ने प्रथम पत्रकार जापानका तोयोहिरो आकिया हुन् ।

- अन्तरिक्षमा पुग्ने प्रथम भारतीय अन्तरिक्ष यात्री राकेश शर्मा हुन् ।

- प्रथम अन्तरिक्ष पर्यटक यात्री क्यालिफोर्नियाका ६० वर्षीय डेनिस टिटो हुन् ।

- वेलायतका प्रथम अन्तरिक्ष यात्री एरियल हुन् ।

- एसियाबाट अन्तरिक्षमा पुग्ने प्रथम अन्तरिक्ष यात्री भियतनामका थिए ।

- अन्तरिक्ष प्रवेश गर्ने प्रथम राष्ट्र सोभियत संघ हो, दोश्रो अमेरिका, तेश्रो फ्रान्स, चौथो जापान, पाचौ चीन र छैठौ राष्ट्र भारत हो ।

जानकारीहरु

जानकारीहरु
१. ब्राण्ड रिपोर्ट २०१३ का अनुसार
विश्वमा सबैभन्दा बहुमूल्य ब्राण्ड कुन हो ?
-एप्पल
२. शितल निवासलाई कहिलेदेखि राष्ट्रपति भवन बनाइएको हो ?
-असार 22,२०६५
३. महान्यायाधिवक्ताको पदावधि कति वर्ष रहन्छ ?
-प्रधानमन्त्रीको इच्छा अनुसारको अवधी
४. नेपालमा प्रत्यक वर्ष कति तापक्रम वढ्दै गएको छ?
-0.06 सेल्सियस
५. सार्कको लोगोमा कतिवटा परेवा रहेका छन् ?
-सात
६. महान्यायाधिवक्ताको कार्यालय नेपालको कुन संगठन
तालिकाअन्तर्गत
पर्दछ ?
-केन्द्रिय संगठन
७. चालु तेह्रौँ योजना (२०७०/७१-२०७२/
७३)मा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति पुर्याउने लक्ष्य
राखिएको छ ?
-US $ 902
८. हाल नेपालीको प्रतिव्यक्ति राष्ट्रिय
आय कति रहेको छ ?
-US $ 721
९. सरकारले 2070 कार्तिक 22 गते मनाएको पहिलो विश्व
सहरी योजना दिवसको नारा के थियो ?
-‘सहरी योजना र मापदण्ड,व्यवस्थित सहरको मेरुदण्ड’
१०. निजामती सेवाको पदमा नियुक्तिको निमित्त उम्मेदवार छनौट
गर्न परीक्षा कसले सञ्चालन गर्दछ ?
-लोकसेवा आयोग
११. हाल नेपालीको औसत आयु कति बर्ष
रहेको छ ?
-६९.१ बर्ष
१२. तेह्रौँ योजना (२०७०/७१-२०७२/७३) ले
नेपाली जनताको अपेक्षित औसत आयु कति बर्ष पुर्याउने लक्ष्य
राखेको छ ?
-७१ बर्ष
१३. सरकारले पहिलो विश्व सहरी योजना दिवस कहिले
मनाएको छ ?
-२०७० कार्तिक २२
१४. नेपालको अन्तरिम संविधान 2063
को कुन धारामा ‘संविधान सभा अदालत’
को गठन गर्न सकिने कुरा उल्लेख छ ?
-धारा 118
१५. मानव मुटुको पहिलो सफल प्रत्यारोपण कसले गरेका थिए ?
-क्रिष्टन एन बनार्ड
१६. मनोविज्ञानको आधुनिक परिभाषा कुन हो ?
-व्यवहार अध्ययन गर्ने विज्ञान
१७. जलविद्युत तथा पानी निर्यात गरेर
कमाएको विदेशी मुद्रालाइ के भनिन्छ ?
-White Dollar
१८. नेपाल सरकारको प्रमुख प्रशासकीय
अधिकारी को रहन्छ ?
-मुख्य सचिव
१९. कुन जातिको पुरोहितलाई ‘भुषाल’
भनिन्छ ?
-मगर
२०. नेपालमा कानुनी रुपमा छुवाछुत र जातीय विभेदको अन्त्य
कहिलेको मुलुकि ऐनले गरेको हो ?
-2020 को नयाँ मुलुकी ऐन
२१. रावणले सीतालाइ हरेर लगेर कुन बगैँचामा राखेको थियो ?
-अशोकवाटिका

2070 kartik 27