Thursday, May 5, 2022

3.2

अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य, आवश्यकता र महत्व अभिलेखः Record is a formal writing of any facts of information that created for possible future use. कार्यसम्पादनको सिलसिलामा सिर्जना भएका, भविष्यमा प्रयोगमा ल्याउन सकिने तथा प्रमाणका रुपमा रहने, तथ्य वा सूचनाहरुको औपचारिक लेखोटलाई अभिलेख भनिन्छ । सबै प्रकारका सूचनामूलक दस्तावेजहरु, जसका कानूनी आधारहरु हुन्छन् र जो निर्णय प्रक्रियामा उपयोगी हुन सक्छन्, तिनैलाई अभिलेख भनिन्छ । जस्तैः पुस्तक, कागजात, नक्सा, ध्वनी, संकेत, फिल्म, भिडियो, कम्प्युटीकृत कपी आदि । अभिलेख लिखित, सांकेतिक र रेकर्डेड हुनसक्छ । यो श्रव्य-दृश्य पनि हुन सक्छ। अभिलेख व्यवस्थापनः कार्यालयमा सिर्जना भएका वा प्राप्त भएका चिठ्ठी पत्र, फिल्म भिडियो, कागजात आदिलाई तिनको विषय, प्रकृति, समय, र महत्वका आधारमा सङ्कलन, वर्गीकरण, प्राथमिकीकरण गरी व्यवस्थित गर्ने कार्यलाई अभिलेख व्यवस्थापन भनिन्छ । अभिलेख प्राप्ती र सिर्जनादेखि आवश्यक कागजातलाई व्यवस्थित रुपमा राख्ने र अनावश्यक कागजातलाई धुल्याउने सम्मका सम्पूर्ण कार्यहरुको समष्टि अभिलेख व्यवस्थापन हो । अभिलेख व्यवस्थापनको शुरुवात बाह्य कार्यालय तथा स्रोतबाट प्राप्त सूचना तथा चिठ्ठी पत्रको दर्ताबाट हुन्छ । दर्ताले अभिलेख व्यवस्थापनको आधारको रुपमा कार्य गर्दछ । त्यस्तै, कार्य सम्पन्‍न भएका विवरण वा अन्य कार्यालय तथा क्षेत्रमा पठाइएका सूचीबद्ध अभिलेख चलानीको माध्यमबाट गरिन्छ । उत्पादन भएका कागजात तथा सूचना अभिलेखलाई व्यवस्थित रुपमा फाइलिङ्ग गरेर दराज, र्‍याक वा अन्य सजिलै र सबैले देख्न र पाउन सक्ने स्थानमा राखिन्छ । अभिलेखलाई हाल कम्प्युटरमा राख्ने प्रचलन रहेको छ । यसरी कार्यालयमा ‍कार्य सम्पादनका सिलसिलामा उत्पादन तथा सिर्जना भएका वा अन्यत्रबाट प्राप्त भएका लिखत, कागजात, प्रमाण तथा निर्णयहरु व्यवस्थित, सुरक्षित र भविष्यमा चाहिएको बखत सजिलै भेट्न सकिने गरी राख्ने कार्यलाई अभिलेख व्यवस्थापन भनिन्छ । अभिलेख व्यवस्थापनका विधि/तरिकाः फाइलिङ प्रतिवेदन तथा रजिस्टर माइक्रो फिल्म संग्रहालय, अभिलेखालय वेब पेज कम्प्युटर अभिलेखका प्रकारहरुः अति महत्वपूर्णः कहिल्यै पनि नष्ट नगरिने कागजात । Never replaced and destroyed. सन्धि, सम्झौता, नक्सा, सीमाना सम्बन्धी कागजात । शान्ती सुरक्षा, हातहतियार सम्बन्धी कागजात । अदालती फैसलाहरु। महत्वपूर्ण अभिलेखः १० देखि २० वर्षसम्म सुरक्षित राख्नुपर्ने कागजात । निश्चित समयसम्म राख्नुपर्ने, हस्तान्तरण गर्नुपर्ने सूचना, खरिद, ठेक्कापट्टा, महत्वपूर्ण प्रतिवेदन । उपयोगी अभिलेखः १ देखि १० वर्षसम्म सुरक्षित राख्नुपर्ने परिपत्र, निर्देशन, बिल, भरपाई, विजक, लेखापरीक्षण आदि । अनावश्यक अभिलेखः समान्यतया १ वर्षसम्म सुरक्षित राख्नुपर्ने । भविष्यमा कुनै पनि मूल्य नभएका कागजातहरु, सामान्य निर्देशन, विदाका फाराम, निमन्त्रणा कार्ड, शुभकामना कार्ड आदि । असल अभिलेख कस्तो हुनुपर्छ ? Specific, Updated, Reliable, Precise, Relevant, Informative, Spontaneous, Evidential, Scientific अभिलेख विशिष्ट हुनुपर्छ । समय समयमा अद्यावधिक गरिएको हुनुपर्छ । भरपर्दो तथा विश्वसनिय हुनुपर्छ । समय सान्दर्भिक हुनुपर्छ । संक्षिप्त हुनुपर्छ । सूचनामूलक हुनुपर्छ । प्रमाणको रुपमा प्रयोग गर्न सकिने हुनुपर्छ । अभिलेख स्वाभाविक हुनुपर्छ । असम्भव हुनुहुँदैन । विषय र महत्वको आधारमा वर्गीकृत हुनुपर्छ । खोजेको समयमा सजिलै पाइने हुनुपर्छ । कम खर्चिलो, वैज्ञानिक तथा आधुनिक रुपमा व्यवस्थापन गरिएको । विद्युतीय वा डिजिटल माध्यमको प्रयोग भएको । अभिलेख व्यवस्थापन चक्रः कार्यालयमा अभिलेखको उत्पादन, सिर्जना तथा प्राप्ती, प्राथमिकीकरण, वर्गीकरण र प्रशोधन देखि आवश्यक कागजातको सुरक्षित व्यवस्थापन र अनावश्यक कागजातको धुल्याई गर्ने सम्मको समष्टिगत प्रक्रियालाई अभिलेख व्यवस्थापन चक्र भनिन्छ । Creation, Administration, Retention and Disposal ( CARD) अभिलेख सिर्जना अभिलेखको वर्गीकरण, प्राथमिकीकरण र प्रयोग अभिलेखको उचित भण्डारण अभिलेखको प्रवाह अनावश्यक सूचना र तथ्यांक धुल्याउने कार्यालयमा अभिलेख व्यवस्थापनको आवश्यकता/महत्व/फाइदाः कार्यालयका सिर्जना भएका तथा अन्यत्रबाट प्राप्त भएका कागजात, प्रमाण, लिखत, तथा निर्णयहरुलाई तिनको महत्व, प्रकृति तथा आवश्यकताका आधारमा वर्गीकरण र प्राथमिकीकरण गरी सुरक्षित रुपमा राख्न। कार्यालयको दैनिक प्रशासनिक कार्यमा सरलता ल्याई कार्यबोझ घटाउन । अभिलेखको वैज्ञानिक व्यवस्थापन । अभिलेख खोजीमा लाग्ने समय, लागत, र स्थान घटाउन । संस्थागत संस्मरणका लागि अभिलेखलाई भविष्यसम्म सुरक्षित राख्न । प्रमाणिकताको सुरक्षा गर्न । अनावश्यक कागजातहरुलाई समयमै धुल्याउन । आवश्यक नीति तर्जुमा, कार्यान्वयन, विश्लेषण गर्न तथा कार्यान्वयन र मूल्याङ्कनमा आवश्यक सूचना उपलब्ध गराउन । नीति र निर्णय प्रक्रियालाई सरल, सहज, एकरुप र प्रभावकारी बनाउन । संगठनको विगतको अभ्यास तथा कार्य प्रगतिको जानकारी हासिल गर्न । समय व्यवस्थापनलाई प्रभावकारी बनाउँछ । सूचनाको भरपर्दो स्रोत । सरोकारवालको सूचनामा पहुँच र पार्दर्शिता गर्दै सूचनाको अधिकारको प्रवर्द्धन गर्छ। अध्ययन अनुसन्धानको लागि सूचना उपलब्ध गराउँछ । कार्यालयको रुपाङ्कन सुन्दर, आकर्षक तथा व्यवस्थित हुन्छ । अभिलेख व्यवस्थापन सम्बन्धमा नेपालमा भएका व्यवस्थाः संवैधानिक तथा कानूनी सूचनाको हक सूचनाको हक सम्बन्धी कानून, २०६४ तथा नियमावली । सरकारी कागजात धुल्याउने नियमावली, २०२७ संस्थागत केन्द्रिय तथ्याङ्क विभाग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निजामता/प्रहरी/सैनिक/शिक्षक किताबखाना राष्ट्रिय अभिलेखालय वित्तीय अभिलेखः महालेखा परीक्षक, महालेखा नियन्त्रकको कार्यालय, आन्तरिक राजस्व कार्यालयहरु भूमिसम्बन्धी अभिलेखः मालपोत कार्यालयहरु, नापी कार्यालयहरु, भूमिव्यवस्था मन्त्रालय कानूनी अभिलेखः सर्वोँच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, महान्यायाधिवक्तको कार्यालय, कानून मन्त्रालय कुटनीतिक नियोग सम्बन्धीः परराष्ट्र, रक्षा मन्त्रालय पुरातात्त्विक अभिलेखः राष्ट्रिय अभिलेखालय, पुरातत्व विभाग, पर्यटन मन्त्रालय आर्थिक अभिलेखः अर्थ मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र विभिन्न विषयगत मन्त्रालयहरु, तथा कार्यालयहरु । नेपालमा अभिलेख व्यवस्थापनमा देखापरेका समस्याहरुः भौतिक संरचनको अपर्याप्तता । कार्यालयमा अभिलेख भण्डारण र सुरक्षाको उचित प्रबन्ध गर्न नसकिनु । फलस्वरुप धमीरा, कीरा , पानी र आगलागीबाट अभिलेख नष्ट हुने गरेको । परम्परागत शैलीमा अभिलेख व्यवस्थापन गरिनु । अभिलेख व्यवस्थापन सम्बन्धी ज्ञानको कमी रहनु । अभिलेख व्यवस्थापनको लागि पर्याप्त स्रोत साधनको कमी । अभिलेखको आवश्यकता र महत्वका आधारमा वर्गीकरण र प्राथमिकीकरण गरी समय-समयमा अद्यावधिक नगरिनु । सूचना लुकाउने तथा दुरुपयोग गर्ने प्रवृत्ति । महाशाखा, शाखा र फाँटहरुबीच समन्वयको कमीले अभिलेख हराउने गरेको । कर्मचारीहरुले अभिलेख प्रयोग गरी यथास्थानमा नराख्ने । पूर्ण रुपमा IT based छैन । भएको ठाउँमा पनि फेरि कागज र ढड्डाको प्रयोग नरोकिनु । निश्चित विधि, मापदण्डको आधारमा अभिलेख नराखिनु । अभिलेख व्यवस्थापन राष्ट्रिय प्राथमिकताको विषय बन्न नसकेको । समस्याहरुको निकास के हुनसक्छ ? कार्यालयले प्रदान गर्ने सेवा, सेवाग्राहीको चाप, कर्मचारीको संख्यालाई सहज रुपमा धान्न सक्ने भौतिक संरचनाको व्यवस्था गर्ने । वैज्ञानिक विधि तथा मापदण्डका आधारमा अभिलेख व्यवस्थापन गर्ने । जसको लागि सम्बन्धित कर्मचारीलाई जिम्मेवारी तोकी तालिम तथा प्रशिक्षण प्रदान दिने । सार्वजनिक प्रशासनमा अभिलेख व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, मितव्ययी र प्रभावकारी बनाउन अभिलेख व्यवस्थापक/स्टोर किपरको पद सिर्जना गरी सोही बमोजिमको पाठ्यक्रमको निर्माण गरी प्रतिस्पर्धात्मक परीक्षाको माध्यमले दक्ष जनशक्ति भित्र्याउने । हरेक कार्यालयमा व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने । अभिलेख व्यवस्थापनको लागि पर्याप्त स्रोत साधन तथा बजेटको व्यवस्था गर्ने । अभिलेखको समय समयमा निरीक्षण गरी सुरक्षामा जोड दिने । सम्बद्ध निकायहरुबीच Networking गर्ने । फारामहरुलाई परिमार्जन गरी Electronised गर्ने । दीर्घकालीन महत्वका अभिलेखहरुको प्रतिवेदन तयार गरी प्रकाशन गर्ने । राष्ट्रिय अभिलेखायलाई व्यवस्थित, सुदृढ र आधुनिक बनाउने । सूचना केन्द्रहरुको स्थापना गर्ने । नेपालको सार्वजनिक प्रशासनमा अभिलेखको वर्गीकरणः सरकारी कागजात धुल्याउने ऐन, २०२७ ले गरेको व्यवस्था १. अति महत्वपूर्ण अभिलेखः कहिल्यै धुल्याउन नहुने वा नष्ट नगरिने अभिलेखहरु । वैदेशिक सन्धि सम्झौता । देशको नक्सा र सीमा सम्बन्धी कागजात । अदालती फैसला । लालमोहर लागेका कागजात । मन्त्रिपरिषदका निर्णयहरु । २. महत्वपूर्ण अभिलेखः निश्चित अवधि १० देखि २० वर्षसम्म राख्नुपर्ने । वित्तीय विवरण, ठेक्कापट्टा सम्बन्धी कागजात । बोलपत्र सम्बन्धी । राहदानी मूल किताब । ३. उपयोगी अभिलेख १ देखि १० वर्षसम्म राखिने । दैनिक कार्यसञ्चालनमा पत्राचार गरिएका कागजपत्रहरु । वार्षिक प्रतिवेदन, बिल, भर्पाई । ४. अनावश्यक/साधारण अभिलेख: भविष्यमा खासै महत्व नराख्ने । सामान्यतया १ वर्षपछि धुल्याउन सकिने । ऐन, नियम, आदेश, सूचनाको मस्यौदा पत्र र सो तयार गर्दा गरिएका लेखापढी, निमन्त्रणा कार्ड, शुभकामना कार्ड दैनिक तथा मासिक प्रतिवेदनहरु विदा फारामहरु आदि ।

3.1

कार्यालय र कार्यालय व्यवस्थापनको अवधारणा र महत्त्व
अवधारणा :
कुनै व्यक्ति, संस्था वा राज्यका लागि कुनै निश्चियत उद्देश्य प्राप्त गर्नका लागि उपयुक्त विधि प्रक्रिया मार्फत मानवीय, भौतिक तथा आर्थिक स्रोतहरूको परिचालनको लागि निश्चियत सङ्गठन आवश्यक हुन्छ । यसरी राज्यका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह तथा व्यक्ति र संस्थाका उद्देश्य प्राप्तिका लागि निश्चियत समय, स्थानमा सम्पर्क विन्दु स्थापित गर्न आवश्यक हुने भई कार्यालय र त्यस्तो कार्यालयका आर्थिक, भौतिक र मानवीय स्रोत उचित संयोजन गर्न कार्यालय व्यवस्थापनको अवधारणा विकास भएको हो ।
कार्यालय OFFICE

O = Open (कुनै कार्य सम्पादन तथा निश्चियत लक्ष्य हासिल गर्नका लागि खोलिएको )
F = Finance (आर्थिक स्रोत साधनको व्यवस्था गरिएको)
F = Fixed Time (निश्चियत कार्य समय तोकिएको)
I = Institution (संस्था/ सङ्गठन)
C = Controlling mechanism, Consistency (नियन्त्रण नियमनको व्यवस्था भएको, निरन्तर)
E = equipment (भौतिक, मानवीय तथा अन्य उपकरणहरूको व्यवस्था भएको)कुनै निश्चियत उद्देश्य प्राप्तिका लागि निश्चियत स्थानमा आर्थिक, भौतिक र मानवीय स्रोतको संयोजन सहित स्थापित सङ्गठन कार्यालय हो ।

व्यवस्थापन MANAGEMENT = POSDCORB

P = Planning कार्य सञ्चालनको लागि योजना बनाउने
O = Organizing सङ्गठन निर्माण गर्ने
S = Staffing ‍ कार्यालयमा जनशक्तिको प्रबन्ध गर्ने
D = Directing कर्मचारीलाई नियन्त्रण र निर्देशन दिने
CO = Coordinating कार्यालय भित्र कर्मचारीबिच र वाह्यय सङ्गठन तथा सेवाग्राहीसँग समन्वय कायम गर्ने
R = Reporting समय र कार्यअनुसार प्रतिवेदन तयार गर्ने
B= Budgeting लागत अनुमान तयार तथा मितव्ययी र प्रभावकारी उपयोग गर्ने


कार्यालय व्यवस्थापन :
कुनै निश्चियत उद्देश्य प्राप्तिका लागि कानुनद्धारा स्थापित निकाय सङ्गठन कार्यालय हो । यसको उचित सञ्चालनका लागि कुशल रूपमा भौतिक स्रोतहरू (यन्त्र उपकरण, फर्निचर, भवन) मानवीय स्रोत(कर्मचारी), अभिलेख(कागजातहरू) उपयोग र सेवा प्रवाहको तरिका, माध्यम जस्ता समग्र पक्षको उचित व्यवस्था गर्ने प्रक्रियालाई कार्यालय व्यवस्थापन भनिन्छ ।

मितव्ययी, प्रभावकारी र कुशल तरिकाले कार्यालय सञ्चालनका लागि योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने, मूल्याङ्कन तथा समय समयमा सुधार गर्ने, सङ्गठन निर्माण गर्ने, नियन्त्रण, समन्वय लगायतका कार्य प्रक्रियाहरूको समष्टि कार्यालय व्यवस्थापन हो ।

कार्यालय व्यवस्थापनका तत्त्वहरू

 कर्मचारी : कर्मचारीहरूको प्राप्ति, विकास, उपयोग तथा सम्भार सम्बद्ध समग्र क्रियाकलापहरू
 स्रोत साधनहरू: कार्यालयको कामका लागि प्रयोग हुने भवन, उपकरण, अभिलेख लगायतका स्रोत साधनहरूको कुशल तथा मितव्ययी उपयोग ।
 कार्य वातावरण : सामाजिक सांस्कृतिक अवस्था अनुसारको कर्मचारी कार्यालय र सेवाग्राही तथा उपभोक्ताहरूको सम्बन्ध तथा समन्वय सम्बद्ध कार्यहरू ।
 उद्देश्य : कार्यालयको उद्देश्य निर्धारण तथा सो प्राप्तिका लागि गरिने समग्र क्रियाकलापहरू
 कार्यालय विन्यास : कार्यालयलाई सेवाग्राही मैत्री बनाउन तथा कार्य प्रक्रिया सहज तुल्याउन कार्यालयका शाखा, फाँट, सहायता कक्ष, Waiting कक्षको उपयुक्त संयोजन तथा Layout निर्माण ।


कार्यालय व्यवस्थापनको महत्त्व

 सङ्गठनको लक्ष्य र उद्देश्य प्राप्ति गर्न
 स्रोत साधनको कुशल प्रयोग गर्न
 मितव्ययिता कायम गर्न
 सेवा प्रवाहलाई प्रभावकारी बनाउन
 कार्यालयको प्रभावकारिता र दक्षता अभिवृद्धि गर्न
 नयाँ विधि तौर तरिकाको प्रयोग गर्न
 नेतृत्व विकास गर्न
 कर्मचारीहरूलाई सङ्गठनमा उपयोग गरी रहन र अधिकतम लाभ लिन
 नागरिक सम्बन्ध सुमधुर बनाउन
 सङ्गठनमा आउने परिवर्तन व्यवस्थापन गर्न
 नियन्त्रण, समन्वय कायम राख्न ।


कार्यालय र कार्यालय व्यवस्थापन
कार्यालय (Office)
सामान्य अर्थमा कार्यालय भन्ने बित्तिकै काम (job) गर्ने ठाउँ (place) भनेर बुझिन्छ । तर, हामीद्वारा दैनिक जीवनमा सम्पादन गरिने विभिन्न कृयाकलापकहरू कुनै न कुनै ठाउँमा नै सम्पादन गरिएको भएता पनि व्यवस्थापनमा ती ठाउँहरूलाई कार्यालय भनेर बुझिँदैनन् । अर्थात्, कार्यसम्पादन गरिने हरेक ठाउँलाई कार्यालय भन्न सकिन्न । कार्यालय हुनका लागि कार्यहरू सङ्गठित रूपमा गर्नुपर्ने हुन्छ, भने सम्पादन गरिने कार्यहरू कुनै उद्देश्य प्राप्तिसँग जोडिएको हुनु पर्दछ । त्यस्तै सार्वजनिक होस् वा निजी कार्यालय सञ्चालनका लागि सङ्गठन(organization) हुनु पूर्वशर्तको रूपमा रहेको हुन्छ भने कार्यालय नभईकन सङ्गठनबाट उपलब्ध गराइने वस्तु तथा सेवा उपभोक्ता वा ग्राहक सम्म पुर्‍याउन सम्भव हुँदैन । तसर्थ कार्यालयलाई कुनै पनि सङ्गठनको मुटु (“Office is the heart of an organization.”) मानिन्छ ।

साङ्गठनिक उद्देश्य तथा लक्ष्य हासिल गर्नका लागि व्यवस्थापकीय र प्रशासनिक कार्यहरू (functions) सम्पादन गर्न तोकिएको क्षेत्र वा स्थान नै कार्यालय हो, जहाँ आवश्यक मानवीय तथा भौतिक श्रोत साधनहरूको व्यवस्था गरिनुका साथै सम्पादित कार्यहरूको अभिलेख राखिन्छ । यस अन्तर्गत कार्य सम्पादन गर्ने सम्पूर्ण संयन्त्र र प्रक्रिया पर्दछ । सङ्क्षेपमा बुझ्नु पर्दा कार्यालय सङ्गठनका क्रियाकलापहरूको POSDCORB अर्थात् Planning, Organizing, Staffing, Directing, Coordinating, Reporting र Budgeting सम्बन्धी काम गर्ने स्थान हो ।

जर्ज आर. टेरीका अनुसार “कार्यालय भन्नाले त्यस्तो स्थानलाई बुझाउँछ जहाँ संगठनलाई नियन्त्रण गर्ने संयन्त्र रहेको हुन्छ ।

Oxford Dictionary ले कार्यालयलाई “A room, department, or building used to provide a particular service.” भनी परिभाषित गरेको छ ।

कार्यालय सार्वजनिक अख्तियारीको उपयोग गर्ने ठाउँ हो । विश्वमा व्यवस्थित रूपमा कार्यालयको निर्माण तथा विस्तार १८औँ शताब्दी देखि भएको पाईन्छ । यसको स्थापना जनसङ्ख्या, भूगोल, स्थानीस्तरमा सेवाको आवश्यकता तथा सान्दर्भिकता हेरेर गरिन्छ ।

कार्यालयका कार्यहरू (Functions of Office)
कार्यालयका कार्यहरूलाई मुख्यतया दुई प्रकारमा विभाजन गर्न सकिन्छ:

1. प्राथमिक/नियमित कार्यहरू (Basic or Routine Functions)- प्राथमिक कार्यहरू कार्यालयका सञ्चालन तह (Operational Level) द्वारा सम्पादित गरिन्छ । जस अन्तर्गत निम्न कार्यहरू पर्दछन्:
i. सूचनाको सङ्कलन गर्ने,
ii. सूचनाको अभिलेखन गर्ने,
iii. सूचना प्रशोधन गर्ने,
iv. सूचनाको सञ्चार गर्ने,
v. माग अनुसार सूचना
vi. माग अनुसार सूचनाको आपूर्ति गर्ने ।


2. द्वितीय/व्यवस्थापकीय/प्रशासकीय कार्यहरू (Secondary/Managerial/Administrative Functions)- व्यवस्थापकीय कार्य प्राय कार्यालयका Middle तथा Top level बाट सम्पादन गरिन्छ । जस अन्तर्गत निम्नबमोजिमका कार्यहरूलाई लिन सकिन्छ:

i. नीति, योजना तथा कार्यक्रम तर्जुमा र सोको कार्यान्वयन सम्बन्धी कार्य,
ii. मानव संसाधन व्यवस्थापन सम्बन्धी कार्य,
iii. कार्यालयलाई आवश्यक पर्ने साधन श्रोत, उपकरण, मेसिन, फर्निचर, आदिको व्यवस्थापन सम्बन्धी कार्य,
iv. सङ्गठनका सम्पत्तिको सुरक्षाको कार्य,
v. अभिलेख व्यवस्थापन सम्बन्धी कार्य,
vi. बजेट तथा लेखा सम्बन्धी कार्य,
vii. न्याय सम्बन्धी कार्य,
viii. सुरक्षा व्यवस्थापन सम्बन्धी कार्य,
ix. आयोजना व्यवस्थापन सम्बन्धी कार्य,
x. अनुगमन, मूल्याङ्कन, नियन्त्रण तथा निर्देशन सम्बन्धी कार्य,
xi. सूचना तथा प्रविधि सँग सम्बन्धी कार्य,
xii. सहकार्य, समन्वय एवं उत्प्रेरणा सम्बन्धी कार्य, आदि ।


कार्यालयको महत्त्व (Importance of Office)
कार्यालय बिना कुनै पनि सङ्गठन अस्तित्वमा रहन सक्दैन । सार्वजनिक वा निजी, ठुलो वा सानो हरेक सङ्गठनका लागि कार्यालय अभिन्न अङ्गको रूपमा रहेको हुन्छ । कार्यको प्रकृति र विविधतालाई सही तवरले व्यवस्थापन गर्न कार्यालयले निम्न भूमिकाहरू निर्वाह गर्नुपर्ने यसको महत्वलाई यसरी उल्लेख गर्न सकिन्छ:

  सूचना केन्द्रको रूपमा (As an Information Centre)- कार्यालय सङ्गठनको तथ्याङ्क बैङ्कको रूपमा रहेको हुन्छ । कार्यद्वारा प्रदत्त सूचनाको आधारमा योजना तथा नीतिहरूको निर्माण गरिन्छ ।
  सञ्चार माध्यमको रूपमा (As a Channel of Communication)- कार्यालयको माध्यमबाट सङ्गठनमा तल्लो तह (Bottom Level) बाट माथिल्लो तह (Top Level) सम्म सूचनाको तथा माथिल्लो तहबाट तल्लो तहसम्म आदेशको प्रवाह हुन्छ ।
  समन्वय केन्द्रको रूपमा (As a Coordinating Centre)- कार्यालयले सङ्गठनका विभिन्न विभागहरूलाई जोड्ने काम गर्दछ । कार्यालय विना सङ्गठन भित्र समन्वयको प्रक्रिया सञ्चालन गर्न सकिँदैन ।
  व्यवस्थापकीय नियन्त्रकको रूपमा (As a Managerial Controller)- नियन्त्रण व्यवस्थापनको प्रमुख कार्यमध्येको एक हो । प्रभावकारी नियन्त्रण प्रक्रियाको लागि आवश्यक तथ्याङ्क सङ्कलन गर्ने, कागजात तयार गर्ने र प्रस्तुत कार्य कार्यालयद्वारा गरिन्छ ।
  सेवा केन्द्रको रूपमा (As a Service Centre)- कार्यालयले सेवाग्राही सँग साक्षात्कार गर्ने, सेवा प्रवाह गर्ने तथा सेवाग्राहीको गुनासो सुन्ने कार्य गर्दछ ।
  मध्यस्थकर्ताको रूपमा (As an Intermediary)- कार्यालयले सेवा प्रदायक र सेवा प्राप्तकर्ताबीच सम्बन्ध स्थापित गर्दछ । यसले सेवा प्रवाह सँग सम्बन्धित विभिन्न सरोकार बालाहरूबिच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दछ ।


कार्यालयका प्रकार (Types of Office)
कार्यालय यति नै प्रकारका हुन्छ भनी यकिनका साथ किटान गरी जानकारी दिने हालसम्म व्यवस्थापनमा कुनै पनि किसिमको अवधारणा वा विचारधारा(school of thought) भेटिँदैन । तथापि, राष्ट्रिय, अन्तर्राष्ट्रिय र वर्तमानमा प्रचलनमा रहेका कार्यालयलाई विभिन्न आधारमा निम्नानुसार विभाजन गरी अध्ययन गर्न सकिन्छ:
१. शासकीय संरचनाको आधारमा (On the basis of Administrative Structure)

 स्थानीय कार्यालय (Local Office)
 प्रादेशिक कार्यालय (Federal Office)
 केन्द्रीय कार्यालय (Central Office)

२. साङ्गठनिक संरचनाको आधारमा (On the basis of Organizational Structure)

             अग्र कार्यालय (Front Office)

 मध्य कार्यालय (Middle Office)
 पृष्ठ कार्यालय (Back office)

३. उपस्थितिको आधारमा (On the basis of Presence)

 अप्रत्यक्ष/परोक्ष कार्यालय (Virtual Office)
 प्रत्यक्ष कार्यालय (Real Office)

४. स्वामित्वको आधारमा (On the basis of Ownership)

 सार्वजनिक/सरकारी कार्यालय (Public/Government Office)
 निजी कार्यालय (Private Office)

कार्यालय व्यवस्थापन (Office Management)
निर्धारित उद्देश्य हासिल गर्नका लागि उपलब्ध मानवीय तथा भौतिक श्रोत साधनहरूको अधिकतम उपयोग गर्दै कार्यालयको नियमित तथा आकस्मिक कार्यहरू सम्पादन गर्ने प्रक्रिया नै कार्यालय व्यवस्थापन हो । यसद्वारा सङ्गठनमा Men, Methods, Money र Material (4M) को परिचालन तथा नियन्त्रण गरिन्छ । यो नेतृत्वको भूमिकासँग सम्बन्धित एक व्यवस्थापकीय कार्य हो ।

तोकिएको समयमा साङ्गठनिक लक्ष्य प्राप्त गर्नका लागि कार्यालयका कर्मचारीहरूलाई मार्गदर्शन, निर्देशन, समन्वय तथा नियन्त्रण गर्ने कला हो कार्यालय व्यवस्थापन । कार्यालयका कार्यहरूलाई छिटो, छरितो, सरल, मितव्ययी, प्रभावकारी एवम् पारदर्शी बनाउनका लागि यो अवधारणाको विकास भएको हो । उचित कार्यालय व्यवस्थापनले कुनै पनि सङ्गठनको उत्पादकत्व (Productivity) बढाउनुका साथै यसले कार्यालयका कामहरूलाई नियमित र व्यवस्थित गराई कार्यालय सञ्चलानलाई सन्तुलित बनाउँदछ ।


कार्यालय व्यवस्थापन सङ्गठनमा गरिने व्यवस्थापकीय क्रियाकलापकै एउटा पक्ष हो । त्यसैले यसका कार्यहरू पनि व्यवस्थापनका सामान्य सिद्धान्तमा नै आधारित हुन्छन् । सार्वजनिक तथा निजी दुवै तिरका सङ्गठनहरूमा यिनै सिद्धान्तहरूलाई अवलम्बन गरिएको हुन्छ । नेपालको सार्वजनिक कार्यालयहरूमा दर्ता चलानी देखि नीति निर्माण सम्मका कार्यहरू गरिन्छ ।

कार्यालय व्यवस्थापनका तत्त्वहरू (Elements of Office Management)
कार्यालय व्यवस्थापनका तत्त्वहरू सङ्गठनका आधार स्तम्भ (Pillar) हुन् । स्तम्भ मजबुत भए मात्र सङ्गठन मजबुत हुन्छ । जुन निम्नानुसार छन्:
१. कर्मचारी (Personnel)
२. उपकरण (Means/Tools)
३. वातावरण (Environment)
४. लक्ष्य (Purpose)
कार्यालय व्यवस्थापनको महत्त्व (Importance of Office Management)
सङ्गठन एउटा सामाजिक तत्त्व हो । यसले गर्ने गतिविधिले समाजका विभिन्न पक्षहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ । कुनै पनि सङ्गठनले मातहतका कार्यहरूको व्यवस्थापन सही ढङ्गले गर्दा यसले सङ्गठनका साथै समाजलाई पनि फाइदा पुर्‍याइ रहेको हुन्छ । अर्थात्, कार्यालय व्यवस्थापनका महत्त्व बहु आयामिक हुन्छन् । जुन निम्नानुसार छन्:
– तोकिएको समयमा निर्धारित लक्ष्य प्राप्त गर्न मद्दत गर्न,
– उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गर्न,
– सेवाको लागत (Cost) तथा समय घटाउन,
– कार्यालयका कार्य सम्पादनमा कुनै व्यवधान सृजना हुन नदिन,
– कार्यालयगत दक्षता हासिल गर्न,
– सङ्गठनको अस्तित्व कायम राख्न,
– सङ्गठनको आन्तरिक तथा बाह्य वातावरणबिच तादात्म्य मिलाउन,
– परिवर्तनशीलता (Innovation) लाई प्रवर्द्धन गर्न,
– नेतृत्व क्षमताको विकास गर्न,
– कार्य सम्पादनलाई समन्वयात्मक रूपमा अगाडी बढाउन,
– निर्णय प्रकृयालाई सरल, सहज तथा भरपर्दो बनाउन,
– अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन,
– सङ्गठनको ख्याति (Goodwill) अभिवृद्धि गर्न ।

नेपालमा कार्यालय व्यवस्थापनमा देखिएका समस्याहरू (Problems in Office Management in Nepal)
नेपालमा सार्वजनिक प्रशासनको विकास क्रम सँगै विभिन्न समयमा आयोगहरू गठन भई प्रशासन सुधारका लागि प्रयास भएको देखिन्छ । खास गरी सन् १९९० पश्चात् नेपालले अवलम्बन गरेको खुला तथा उदारवादी अर्थतन्त्रको नीतिका कारण निजी क्षेत्रका संरचनात्मक क्रियाकलापहरूमा वृद्धि भई बैङ्किङ तथा वित्तीय क्षेत्रका सङ्घ संस्थाका कार्यालयहरू व्यवस्थापनमा आधुनिकपन देख्न सकिए तापनि सार्वजनिक कार्यालयहरूको सन्दर्भमा अझै पनि सर्वसाधारणहरूमा नयाँपनको अनुभूति हुन सकेको छैन । अर्थात् सार्वजनिक क्षेत्रका कार्यालय व्यवस्थापनमा देखिएका समस्याहरूलाई निम्नानुसार औँल्याउन सकिन्छ
– नेपालको संविधान जारी भए पश्चात् गठित स्थानीयह तहरूमध्ये अधिकांशको प्रशासकीय भवन निर्माण हुन नसक्नु,
– कार्यालय व्यवस्थापन सम्बन्धी एकीकृत कानुनको अभाव रहनु,
– सार्वजनिक कार्यालयहरूको layout र design कस्तो हुने भन्ने सन्दर्भमा पर्याप्त अध्ययन हुन नसक्नु,
– कार्यालयमा व्यवस्थापन सूचना प्रणाली (MIS) को प्रयोग प्रभावकारी रूपमा हुन नसक्नु,
– विद्युतीय शासनको अवधारणा अझै पनि सम्पूर्ण कार्यालयहरूमा लागू नहुनु,
– अभिलेख व्यवस्थापनमा परम्परागत कार्यशैली नै कायम रहनु,
– कार्यालय व्यवस्थापनलाई कार्यालय प्रमुखको कार्यसम्पादन सँग नजोड्नु,
– कार्यालय व्यवस्थापनमा परिवर्तनशीलता (Innovation) लाई प्रोत्साहन नदिइनु,
– निर्णय प्रक्रिया complex र time consuming रहनु,
– प्रत्येक कार्यालयहरूको स्पष्ट वार्षिक लक्ष्य किटान नगरिनु,
– निजी क्षेत्रका राम्रा सीपहरूलाई सार्वजनिक कार्यालयहरूमा आत्मसात् नगरिनु,
– कार्यस्थलमा आदर्श (optimum) कार्य वातावरणको सृजना हुन नसक्नु,
– कर्मचारीहरूको मनोबल तथा उत्प्रेरणा वृद्धि गर्न पर्याप्त ध्यान नदिइनु, आदि ।

कार्यालय व्यवस्थापनमा नव प्रवृत्तिहरू (New Trends in Office Management)
बहुराष्ट्रिय कम्पनीहरूको उत्पत्ति र विश्वका हरेक कुनामा विस्तार पश्चात् विगतका दशकहरूमा कार्यालय व्यवस्थापनमा प्रविधिमैत्री नव प्रवृत्तिहरू देखा परेका छन् । यी प्रवृतिहरूमध्ये केही प्रवृतिहरूलाई नेपालको सार्वजनिक कार्यालयहरूमा सजिलै अपनाई सार्वजनिक सेवाप्रवाहलाई विकसित देशहरूकोस्तरमा पुर्‍याउन सकिन्छ ।
– स्वचालित कार्यप्रकृया (रो-बोट लगायत विभिन्न विद्युतीय उपकरणहरूको प्रयोग मार्फत सेवा प्रवाह र निर्णय निर्माण)
– Computer Aided Facility Management (CAFM) software को प्रयोग (space allocation र tools को अधिकतम उपयोगका लागि)
– Activity-based Working (ABW) (कर्मचारी मार्फत खास प्रकृतिका कार्य सम्पादन तथा अध्ययन अनुसन्धान गर्न गराउन)
– SMART Office को अवधारणा, आदि ।
कार्यालय व्यवस्थापन प्रभावकारी भए मात्र सेवा प्रवाह सहज, सुलभ र सरल हुन सक्नुका साथै सार्वजनिक निकायहरू नागरिक मैत्री बन्न सक्छन् । यसद्वारा सरकार तथा कर्मचारीतन्त्रप्रतिको सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याउनुका साथै कम लागतमा बढी सेवा (maximum services in minimum cost) प्रदान गरी सेवाग्राही र कार्यालयको समय बचत गर्न सकिन्छ । तसर्थ कार्यालय व्यवस्थापनमा आएका नवीनतम प्रवृत्तिहरू र निजी क्षेत्रका उदाहरणीय व्यवस्थापकीय सीपलाई अङ्गाली सार्वजनिक कार्यालयहरूको गुणस्तरीय व्यवस्थापन गर्नु वर्तमान समयको माग देखिन्छ ।

Thursday, March 31, 2022

GorkhaPatra GK ASAR - CHAITRA 2078

 

  •  असार २, २०७८ बुधबार
  •   

    १. ‘युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ?
     २४ ।
    – युईएफएले चार वर्षअघि नै सहभागी देशको सङ्ख्या १६ बाट २४ पु-याउने निर्णय गरेको ।
    – ११ देशका ११ सहरमा युरोकप २०२० सञ्चालन भएको ।

    २. मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?
     एन्ड्रिया मेजा (मेक्सिको) ।
    – ६९औँ संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि पार्दै २६ वर्षीया सफ्टवेयर इन्जिनियर एन्ड्रियाले सो उपाधि जितेकी ।
    – सन् २०२१ मे १६ मा सम्पन्न प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएका ।

    ३. चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कार एकेडेमी अवार्डको ९३औँ संस्करणमा सर्वोत्कृष्ट चलचित्र कुन घोषित भयो ?
     नोम्याडल्यान्ड ।
    – सर्वोत्कृष्ट घोषित अन्य विधा÷कलाकार
    – सर्वोत्कृष्ट अभिनेता ः एन्थनी हकिन्स (द फादर)
    – सर्वोत्कृष्ट अभिनेत्री ः फ्रान्सेस म्याक डोरम्यान्ड (नोम्याडल्यान्ड)
    – सर्वोत्कृष्ट निर्देशक ः लो झाओ ( नोम्याडल्यान्ड)
    – सर्वोत्कृष्ट सहअभिनेता ः डेमियल कलुया (जुडस एन्ड द ब्ल्याक मसिह)
    – सर्वाेत्कृष्ट सहअभिनेत्री ः युन यु जङ (मिनारी)
    – सर्वोत्कृष्ट गीत ः ‘फाइट फर यु’ बोलको गीत (जुडास एन्ड द ब्ल्याक मसिह)
    – सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड ः एनोदर राउन्ड
    – सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म ः सोल
    – सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म ः इफ एनिथिङ ह्यापन आई लभ यू
    – सर्वोत्कृष्ट लाइभ एक्सन आर्ट फिल्म ः टु डिस्टेन्ट स्ट्रेन्जर्स
    – सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट ः कोलेट
    – सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म ः माई अक्टोपस टिचर
    – सर्वोत्कृष्ट एडप्टेड स्क्रीन प्ले ः द फादर
    – सर्वोत्कृष्ट छाँयाकार ः एरिक मेसेर्स मिडट (चलचित्र ः म्याक)
    – सर्वोत्कृष्ट भिजुअल इफेक्ट ः चलचित्र टेनेट
    – सर्वोत्कृष्ट सम्पादन एवम् ध्वनि ः चलचित्र साउन्ड अफ मेटल

    ४. साइप्रसमा पहिलो महिला सभामुख बन्न सफल राजनीतिज्ञ को हुनुहुन्छ ?
     अन्निटा डिमेट्रिओ ।

    – सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा डिमेट्रिओ चयन भएकी ।
    – बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो ।

    ५. पत्रकारिता क्षेत्रमा अमेरिकाकै सबैभन्दा सम्मानित मानिने पुलित्जर पुरस्कार २०२१ कसलाई प्रदान गरियो ?
     मेघाराजागोपालन (भारतीयमूलकी पत्रकार), एलिसन किल्लङ र क्रिस्टो बस्चेक
    (सन् २०२१ का लागि अन्तर्राष्ट्रिय समाचार लेखन विधातर्फ जुन ११ मा पुलित्जर बोर्डले सो पुरस्कार घोषणा गरेको ।)

    ६. ललितपुर गोदावरीमा निर्मित अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन कहिले गरिएको हो ?
     विक्रम संवत् २०७८ वैशााख ३१ ।
    – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारी निवास बालुवाटारबाट स्वीच थिचेर भर्चुअल रूपमा सम्मेलन केन्द्रको उद्घाटन गरिएको ।
    – एउटै हलमा एकैपटक तीन हजार मानिस बसेर सभा–सम्मेलन गर्न सकिने यो सम्मेलन केन्द्र देशकै ठूलो सम्मेलन केन्द्र रहेको जनाइएको ।

    ७. गण्डकी प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त हुनुभएको छ ?
     कृष्णचन्द्र नेपाली पोखरेल (२०७८ जेठ २९) ।

    – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको ।
    – यसअघि पोखरेल गण्डकी प्रदेशसभामा विपक्षी दलको नेता ।
    – तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७८ जेठ २७ मा गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलद्वारा बहुमत प्राप्त गर्ने आधारसहित मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको । विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा पोखरेलको दाबी परेको थियो ।

    ८. नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?
     जेठ ३० ।
    (नेपाल विज्ञापन सङ्घ (आन)ले सङ्घको स्थापना दिवसको अवसर पारी जेठ ३० लाई एड–डे का रूपमा मनाउन थालेको ।)

    ९. ‘शमशेर’ उपाधि लिने पहिलो व्यक्ति को हुनुहुन्थ्यो ?
     वीरशमशेर ।

    १०. कुन सन्धिपश्चात् नेपालको सिमाना पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कायम भएको हो ?
     सुगौली सन्धि ।

    ११. गौतम बुद्धको सारथिको नाम छन्क हो भने घोडाको नाम के हो ?
     कन्थक ।

    १२. नेपालमा वैदेशिक सहयोगको संस्थागत सुरुवात कहिलेदेखि भएको हो ?
     सन् १९५१ ।
    १३. इन्फ्ल्यासन भन्नाले के बुझिन्छ ?
     लगातार मूल्यवृद्धि हँुदै जानेक्रम वा अवस्था ।

    १४. राष्ट्र बैङ्कद्वारा विक्रम संवत् २०७८ वैशाख ८ मा प्रकाशित प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदनअनुसार हाल नेपालमा कुल वैदेशिक लगानी कति छ ?
     एक खर्ब ८२ अर्ब ९१ करोड ९६ लाख ।
    – कुल विदेशी लगानीमध्ये चुुक्ता पुँजी ८८ अर्ब (४८.२ प्रतिशत), सञ्चितीका रूपमा ७८ अर्ब (४२.८ प्रतिशत) तथा ऋणका रूपमा १६ अर्ब (९ प्रतिशत) रहेको ।
    – प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा धेरै हिस्सा (३० प्रतिशत) भारतको रहेको । भारतपछि चीनको हिस्सा १५ प्रतिशत रहेको । मुलुकमा विदेशी लगानी भित्रिने तेस्रो ठूलो मुलुक ‘ट्याक्स हेवन’ सेन्ट किट्स एन्ड नेभिस रहेको । नेपालमा हालसम्म त्यस मुलुकको लगानी २४ अर्ब ९३ करोड (कुल विदेशी लगानीको १३.६ प्रतिशत) रहेको । सोपश्चात् नेपालमा लगानी हुने प्रमुख मुलुकमा आयरल्यान्ड, सिङ्गापुर, अस्ट्रेलिया, युएई, बङ्गलादेश, दक्षिण कोरिया, अमेरिकालगायतका मुलुक रहेका । तर, कुल वैदेशिक लगानीमा ती कुनैको पनि हिस्सा १० प्रतिशतभन्दा माथि नरहेको ।
    – प्रतिवेदनअनुसार मुलुकमा हालसम्म ५३ मुलुकबाट विदेशी लगानी भित्रिएको ।

    १५. पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?
     विसं २०५० जेठ २५ ।

    १६. सन् १९८७ मा ब्रुटल्यान्ड आयोगद्वारा पेस गरिएको प्रतिवेदनको नाम के हो ?
     हाम्रो साझा भविष्य ।

    १७. नेपाल विश्व संरक्षण सङ्घ (आईयूसीएन) को सदस्य कहिले भएको हो ?
     सन् १९७३ ।

    १८. फाउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन् ?
     ओरभिल राइट र विलभर राइट ।

    १९. टाइटानिक नामक समुद्री जहाज कहिले दुर्घटनाग्रस्त भएको थियो ?
     सन् १९१२ अप्रिल १४ ।
    (सन् १९१२ अप्रिल १० मा बेलायतको साउथ ह्याम्पटनबाट न्युयोर्कका लागि प्रस्थान गरेको सो जहाज चार दिनको यात्रापछि १४ अप्रिलमा एक ठूलो हिमशिलामा ठोक्किएर डुब्दा १५ सयभन्दा बढी यात्रुको निधन भएको थियो । टाइटानिक त्यो बेलाका समुद्री जहाजमध्ये सबैभन्दा सुविधासम्पन्न र विलासी रहेको बताइन्छ । चीनमा अहिले सोही विश्वविख्यात जहाज ‘टाइटानिक’को प्रतिकृति बनाउन थालिएको छ ।)

    २०. चितवनको माडीस्थित अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति कहिले स्थापना गरिएको हो ?
     विसं २०७८ वैशाख ८ ।
    – ती मूर्ति रामनवमीको दिन पारेर वैशाख ८ मा प्राणप्रतिष्ठा गरिएको ।
    – भरतपुरदेखि झन्डै ४५ किलोमिटर दक्षिण–पश्चिममा रहेको माडी नगरपालिका–९ स्थित गणेशगुञ्जमा मन्दिर निर्माण गरी मूर्ति राखिएको ।

    २१. सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहाँ हुने भएको छ ?
     बेइजिङ, चीन ।

    २२. सूर्यदेखि पृथ्वी कति किलोमिटर टाढा रहेको छ ?
     १४ करोड ८८ लाख किमि ।

    २३. विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना कहाँ
    रहेको छ ?
     दक्षिण अमेरिकाको भेनेजुयला ।

    २४. विश्वको सबैभन्दा गहिरो सागर कुन हो ?
     क्यारेबियन सागर ।

    २५. विसं २०७८ वैशाखमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय फिचर फिल्मको अवार्ड कुन चलचित्रले जित्यो ?
     आमाखान्डो ।
    (पुरस्कार राशि ः रु. १ लाख) ।
    – त्यसैगरी, गौतम बुद्ध अवार्ड १५ सय डलरसहित भारतीय फिल्म डिक्सनेरीले जितेको ।

    २६. ‘मरुभूमिको हीरा’ भनेर चिनिने राष्ट्र कुन हो ?
     लिबिया ।

    २७. टाई लगाउने चलन कुन देशबाट सुरु भएको हो ?
     फ्रान्स ।

    २८. सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?
     मन्त्रिपरिषद् ।

    २९. सूचनाको हकसम्बन्धमा अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?
     स्वीडेन
    – स्वीडेनले सन् १७६६ मा सूचना पहुँचका लागि संविधानमै व्यवस्था गरेको ।
    – संयुक्त राष्ट्रसङ्घले स्थापनाको दोस्रो वर्षमै सन् १९४६ मा पारित गरेको प्रस्ताव ५९ (१) मा सूचनाको हकसम्बन्धी व्यवस्था रहेको ।
    – संयुक्त राज्य अमेरिकाले सन् १९६६ मा सूचनाको हकको कानुन बनाई लागू गरेको ।
    – सूचनाको अधिकारमा युरोपेली सङ्घले सन् १९८० को दशकमा सदस्य राष्ट्रलाई तिनीहरूका सार्वजनिक संस्थालाई निर्देश गरेको ।

    ३०. राजधानीमा आयोजित नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ मा उत्कृष्ट वृत्तचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
     सहायक श्रीमान् (को हजबेन्ड) ।
    – गणेश पाण्डेद्वारा निर्देशित तथा शारदा गैरेनिर्मित बहुपतिप्रथामा आधरित वृत्तचित्र सहायक श्रीमान् उत्कृष्ट ठहरिएको ।
    – कथानक फिल्मतर्फ आमा (हिमाल उप्रेतीनिर्देशित तथा भूपेन् कुमार खड्का निर्मित) उत्कृष्ट घोषित भएको । फिल्म वृद्ध आमाबुवालाई वृद्धाश्रममा राख्नेको कथामा आधारित रहेको ।
    प्रस्तुतकर्ता : टङ्क केसी

    १. प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुन मितिमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ?
     असार १ ।
    – यस प्रावधानअनुसार सातवटै प्रदेश सरकारद्वारा आव २०७८/०७९ का लागि २०७८ असार १ गते सम्बन्धित प्रदेशसभासमक्ष बजेट प्रस्तुत गरिएको ।
    – कोभिड–१९ को महामारीबीच अर्थतन्त्रमा आएको सङ्कुचनका कारण प्रदेश सरकारको बजेट प्रभावित भएको ।
    – सबै प्रदेश सरकारद्वारा कोभिडको रोकथाम र उपचार तथा खोप व्यवस्थाका लागि बजेटको व्यवस्था गरिएको ।
    – खर्चका स्रोतमा भएको सङ्कुचनका कारण बजेटको आकार पनि केही प्रदेशमा घटेको ।
    – कुन प्रदेशले कति रकमको बजेट प्रस्तुत गरे (कुल बजेट)
    – प्रदेश १ ः रु. ३२ अर्ब ४६ करोड ९२ लाख
    – प्रदेश २ ः रु. ३३ अर्ब ७९ करोड १४ लाख
    – बागमती प्रदेश ः रु. ५७ अर्ब ७२ करोड ९ लाख
    – गण्डकी प्रदेश ः रु. ३० अर्ब ३ करोड ९४ लाख
    – लुम्बिनी प्रदेश ः रु. ४० अर्ब ९५ करोड
    ९७ लाख
    – कर्णाली प्रदेश ः रु. ३६ अर्ब ५४ करोड ६६ लाख
    – सुदूरपश्चिम प्रदेश ः रु. ३० अर्ब ३३ करोड ९४ लाख

    २. नेपाल नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश कहिले जारी भएको हो ?
     विसं २०७८ जेठ ९

    ३. चिकित्सा शिक्षाको अध्ययन/अनुसन्धान गर्नका लागि प्रस्तावना दर्ता गर्नेसम्बन्धमा के व्यवस्था गरिएको छ ?
     नेपालमै दर्ता गर्न पाउने ।
    – सन् २०१९ नोभेम्बर २७ मा मलेसियामा भएको अन्तर्राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई नै अनुसन्धानका लागि प्रस्तावना दर्ता गर्न आधिकारिक निकाय तोक्ने निर्णय गरेको ।
    – यो व्यवस्थाले नेपालमा वर्षाैंदेखि हुँदै आएका अनुसन्धानको प्रस्तावना दर्ता विदेशी संस्थामा गर्नुपर्ने खर्चिलो र झन्झटिलो प्रक्रियाको अन्त्य भएको ।

    ४. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ?
     मे १२ ।
    – यस वर्ष (सन् २०२१) को नारा ‘नर्स :अ भ्वाइस टु लिड : अ भिजन फर फ्युचर हेल्थ केयर’ रहेको ।
    – मानवताकी पुजारी फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा उनको जन्मदिनका अवसरमा हरेक वर्ष यो दिवस मनाउने गरिएको ।

    ५. नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?

     डा. राजेन्द्र प्रसाद (भारत) ।

    ६. राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?
     विसं २०६५ वैशाख २२ ।
    (सूचनाको हकसम्बन्धी ऐन–२०६४ मा सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गराउन एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था भएबमोजिम सो आयोग गठन गरिएको ।

    ७. केन्द्रीय तथ्याङ्क विभागद्वारा विसं २०७८ वैशाख ३१ मा सार्वजनिक प्रादेशिक अर्थतन्त्रसम्बन्धी विवरणअनुसार राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा कति रहेको छ ?
     ३७.७ प्रतिशत (रु. १६ खर्ब सात अर्ब) ।
    – आव २०७७÷०७८ मा राष्ट्रिय अर्थतन्त्र (वार्षिक कुल गार्हस्थ उत्पादन) मा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहने अनुमान विभागको रहेको,
    – त्यस्तै, राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत (एक खर्ब ७२ अर्ब) रहने अनुमान ।
    – आव २०७६/७७ मा जस्तै आव २०७७/७८ मा पनि बागमती प्रदेशपछि कुल गार्हस्थ उत्पादनमा बढी हिस्सा रहनेमा क्रमशः प्रदेश १, लुम्बिनी प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका ।

    ८. राजपरिषद्को खारेजी कहिले भएको हो ?
     विसं २०६३ जेठ ४ ।

    ९. हात्तीमा चढी लामो स्टिकको सहायताले बल हानी खेलिने हात्तीपोलो खेल कहिले र कहाँबाट खेल्न थालिएको हो ?
     सन् १९८२ नेपाल ।

    १०. नेपाली सिक्काको इतिहासमा पहिलोपटकअङ्गे्रजी र नेपाली दुवै भाषा भएको सिक्का कहिले निकालियो ?
     विसं २०६३ साउन (एक रुपियाँको सिक्का) ।

    ११. आव २०७७/७८ मा सबैभन्दा बढी आर्थिक वृद्धिदर कुन प्रदेशको रहने अनुमान छ ?
     बागमती प्रदेश (४.७ प्रतिशत) ।
    सात प्रदेशको आर्थिक वृद्धिदर (आव २०७७/७८, अनुमानित)
    – प्रदेश १ ः ३.६ प्रतिशत
    – प्रदेश २ ः ३.५ प्रतिशत
    – बागमती प्रदेश ः ४.७ प्रतिशत
    – गण्डकी प्रदेश ः ३.६ प्रतिशत
    – लुम्बिनी प्रदेश ः ३.९ प्रतिशत
    – कर्णाली प्रदेश ः ३.६ प्रतिशत
    – सुदूरपश्चिम प्रदेश ः ३.४ प्रतिशत

    १२. विसं २०७८ वैशाख/जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
     काठमाडौँ रेजर्स (उपविजेता ः धनगढी एफसी)
    (उपाधिसँगै काठमाडौँ रेजर्सले ३५ लाख रुपियाँ र उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ प्राप्त गरेका ।)

    १३. नेपालमा साइकल सिटी घोषणा भएको पहिलो नगरपालिका कुन हो ?
     धरान उपमहानगरपालिका ।

    १४. नेपाल सरकारद्वारा नेपाल संवत्लाई राष्ट्रिय मान्यता कहिले प्रदान गरिएको हो ?
     विसं २०६५ कात्तिक ८ ।

    १५. नेपालको नयाँ निशाना छाप कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?
     विसं २०६३ पुस १५ ।

    १६. एसएलसीमा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द गरिएको हो ?
     विसं २०६२ ।

    १७. स्थानीय तहमा न्यायिक समिति गठन गर्नेसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?
     धारा २१७ ।
    (संविधानको धारा २१७ मा कानुनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र पर्ने विवाद निरूपण गर्न गाउँपालिकाले गाउँपालिका उपाध्यक्ष र नगरपालिकाले नगरपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था रहेको साथै समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित दुईजना सदस्य रहने प्रावधान रहेको ।)

    १८. नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?
     उत्तरी गोलाद्र्ध ।

    १९. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
     चितवन राष्ट्रिय निकुञ्ज

    २०. नेपालमा वन्यजन्तु सङ्ग्रहालयको स्थापना कहिले र कहाँ गरियो ?
     विसं २०६३ जेठ १३, वनविज्ञान अध्ययन संस्थान, हेटौँडा ।

    २१. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?
     सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा) ।
    – नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको ।
    – यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको । सन्धि अनुमोदन गर्ने नेपाल १०१औँ राष्ट्र भएको ।

    २. राणाकालीन समयमा कर्मचारीलाई खुसी पार्न दिइने दस्तुरलाई के भनिन्थ्यो ?
     पानफुल ।

    २३. नेपालमा -याफ्टिङको सुरुवात कहिलेदेखि भएको हो ?
     विसं २०२७ ।
    (विसं २०३२ देखि व्यावसायिक रूपमा सञ्चालन हुन थालेको ।)

    २४. एसियाली राष्ट्रहरू जोड्ने ‘आइरन सिल्क रोड’ सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
     सन् २००६ नोभेम्बर १० ।

    २५. कानुनी रूपमा जातिपाती छुवाछूतको व्यवस्था अन्त्य गर्ने कानुन कुन हो ?
     मुलुकी ऐन–२०२० ।

    २६. नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा कहाँ स्थापना गरिएको छ ?
     जुम्ला (२०७८ वैशाख) ।
    – एक लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधासम्पन्न स्याउ बगैँचा निर्माण गरिएको । बगैँचामा एक दिनमा डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगारी पाएका ।
    – बगैँचामा करिब ३० हजार स्याउका बिरुवा एकैपटक रोप्ने अभियान सुरु गरिएको ।

    २७. ‘प्रोक्सिमा बी’ के हो ?
     पछिल्लो समयमा वैज्ञानिकद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवम् जीवन अनुकूल रहेको ठानिएको एक ग्रह
    (प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

    २८. हनुमानढोका दरबार कसले बनाउन लगाएका हुन् ?
     प्रताप मल्ल ।

    २९. दोक्लाम घटनालाई लिई भारत र चीनबीच उत्पन्न विवाद समाधानका लागि सहमतिपत्रमा कहिले हस्ताक्षर गरिएको हो ?
     सन् २०१७ अगस्ट ।

    ३०. इरानको राष्ट्रपतिमा को निर्वाचित हुनुभएको छ ?
     इब्राहिम राइसी (सन् २०२१ जुन)
    – इस्लामिक कट्टरपन्थी विचारधाराका पूर्वप्रधानन्यायाधीश राइसी इरानको राष्ट्रपति चयन भएका ।
    – इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको समर्थन प्राप्त राइसीले अत्यधिक मत प्राप्त गरी विजयी बनेका ।
    – सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा धेरै राजनीतिक बन्दीलाई मृत्युदण्ड दिनेगरी फैसला गरेको आरोप उनीमाथि रहेको ।

    १. जापानबाट प्रदान गरिने छैटौँ कोबासायी फाउन्डेसन पुरस्कार–२०२० बाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?
     डा. सुदीप श्रेष्ठ
    – नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबासायी फाउन्डेसनले डा. श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेको ।
    – थाइल्यान्डका डा. अरूनी देचाफुनकुल र हङकङका प्रा.डा. टोनी मोक पनि सो पुरस्कारबाट सम्मानित भएका ।
    – पुरस्कारको राशि पाँच लाख जापानीयन रहेको ।

    २. विक्रम संवत् २०७८ असार ९ मा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ?
     कविता राई (भोजपुर), (कविता ः देशको नक्सा)
    – नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा राईको ‘देशको नक्सा’ शीर्षकको कविता प्रथम भएको ।
    – त्यसैगरी, अमृता स्मृति (धादिङ)को कविता ‘डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय र सविता बराल (ताप्लेजुङ)को कविता ‘आमा म आएँ अब’, निरञ्जनाकुमारी चन्द (बर्दिया)को कविता ‘युगीन प्रतिध्वनि’ र प्रकाश सिलवाल (नुवाकोट)को कविता ‘वोधिसत्वको खोप’ तृतीय भएका ।
    – प्रथम द्वितीय र तृतीय हुने कविकवयित्रीलाई क्रमशः ५० हजार, ४० हजार र ३०÷३० हजार रुपियाँ नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिएको । महोत्सवमा प्रतियोगिताका लागि नेपालसहित नौ मुलुकका ७६४ जना कविकवयित्रीका कविता प्राप्त भएकामा ४१ जनाको कविता वाचनका लागि छनोट गरिएको ।
    – विसं २०२२ देखि नेपाल प्रज्ञाप्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष असार ९ गते राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको ।
    – प्रतिष्ठानको प्रथम कविता महोत्सवमा भैरव अर्याल प्रथम भएका ।

    ३. दोस्रो लहरको कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान कहिलेदेखि खुला गर्ने निर्णय गरियो ?
     अन्तर्राष्ट्रिय उडान ः विसं २०७८ असार १० र आन्तरिक उडान विसं २०७८ असार १७ ।

    ४. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
     जुन २१ ।
    (यो दिवस सन् २०१५ देखि मनाउन थालिएको ।)

    ५. मानव शरीरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ?
     कान ।
    (सबैभन्दा लामो हाड ः तिघ्रा)

    ६. नेपालमा पाइने गुराँसको प्रकार कति रहेको छ ?
     ३२ ।

    ७. आइफेल टावरका डिजाइनर को हुन् ?
     अलेक्जेन्डर गुस्ताफ आइफेल ।

    ८. एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?
     दोहोरो कर मुक्ति सम्झौता ।
    (एक आय वर्षमा आफू बासिन्दा रहेको देशमा बसोवासका आधारमा तथा लगानी गरेको देशमा आयस्रोतका आधारमा कर तिर्नुपर्ने हुन सक्छ । यस्तो परिस्थितिमा करदातालाई दोहोरो करको भारबाट मुक्ति दिलाउन र मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न सम्बन्धित देशको आयकर कानुनद्वारा अर्को देशमा तिरेको कर मिलान गर्न पाउने वा त्यस्तो कर खर्च लेख्न पाउनेजस्ता व्यवस्था गरिएको हुन्छ । करदातालाई दोहोरो करबाट मुक्ति दिलाउन घरेलु आयकर ऐनमै कानुनी व्यवस्था गरी दुई देशबीच दोहोरो करमुक्ति सम्झौता गर्ने विश्वव्यापी प्रचलन रहेको छ ।)

    ९. हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ ?
     मेघौली, चितवन ।

    १०. चार वेदअन्तर्गत कुन–कुन वेद पर्छन् ?
     ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद ।
    (चार उपवेद ः धनुर्वेद, आयुर्वेद, गन्धर्ववेद र स्थापत्यवेद)

    ११. सबैभन्दा पहिले दौत्यसम्बन्ध कायम भएको आसियान राष्ट्र कुन हो ?
     मलेसिया (सन् १९६० जनवरी १)

    १२. पेन इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
     सन् १९२१ ।
    – पेनको पूरा रूप एयभतक, भ्ककबथष्कतक बलम ल्यखभष्कितक रहको ।
    – यस संस्थाको स्थापनामा योगदान गर्ने क्याथेरिन एमी डाउसन स्कट र जोन गयाल्सवर्दी रहेका ।
    – यसको मुख्यालय लन्डनमा रहेको ।
    – यस संस्थाले लेखकहरूबीच सहयोग र सामिप्यता बढाउने कार्य गर्ने ।

    १३. लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?
     सन् १९७२ ।
    – पर्यटन क्षेत्रसँग सम्बन्धित यस संस्थाको संस्थापक टोनी ह्वीलर र मौरिन ह्वीलर रहेका ।
    – हरेक वर्ष पर्यटकीय क्षेत्रको सूची प्रकाशन गर्ने यस संस्थाले पर्यटनसम्बन्धी पुस्तक, गाइड बुक तथा श्रव्यदृश्य सामग्रीको उत्पादन तथा बिक्री–वितरण गर्ने ।
    – यसको मुख्यालय अस्ट्रेलियाको मेलवर्न (शाखा कार्यालय : लन्डन, बेइजिङ र नयाँदिल्ली)मा रहेको ।

    १४. नेपालमा ओलम्पिक सङ्ग्रहालय कहाँ रहेको छ ?
     त्रिपुरेश्वर (काठमाडौँ) ।

    १५. दक्षिण अमेरिकामा भूपरिवेष्ठित राष्ट्र कति रहेका छन् ?
     २ । (बोलिभिया र पाराग्वे) ।

    १६. नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो ?
     विसं १९०८ ।
    – राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्किंदा यो प्रेस ल्याएका ।
    – प्रेसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्धे प्रेस भनिएको ।
    – यस प्रेसलाई थापाथली दरबारमा स्थापना गरिएको ।

    १७. उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुनुहुहुन्छ ?
     रोल्ड एमन्डसेन, नर्वे ।

    १८. गाउँपालिकामा अधिकतम कति वडा रहन्छन् ?
     २१ ।

    १९. सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका कुन हो ?
     पोखरा महानगरपालिका (३३ वडा) ।

    २०. ‘राना थारू’लाई आदिवासी जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ?
     विसं २०७७ जेठ ५ (राजपत्रमा प्रकाशित) ।
    – योसँगै आदिवासी जनजातिको सङ्ख्या ६० पुगेको ।
    – मन्त्रिपरिषदको विसं २०७६ माघ २० को बैठकले राना थारूलाई सो सूचीमा सूचीकृत गर्ने निर्णय गरेको ।
    – राना थारू विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने ।

    २१. स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपालको कुन निकायले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (आईएसओ ः १५८१९ः२०१२) प्राप्त गरेको हो ?
     राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ।

    २२. सार्कमा कतिवटा भूपरिवेष्ठित राष्ट्र छन् ?
     ३ (नेपाल, भुटान र अफगानिस्तान) ।

    २३. नेपालमा नयाँ स्रेस्ता प्रणाली कहिलेदेखि लागू भएको हो ?
     विसं २०१८ चैत २

    २४. मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन कहिले गरिएको हो ?
     विसं २०७६ भदौ २४ ।
    – करिब दुई दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाले साकार रूप लिएको । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको सो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा गरिएको । प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्सन रुम’बाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नयाँदिल्लीस्थित हैदरावाद भवनबाट ‘हाइटेक’ प्रविधिबाट स्वीच थिचेर उक्त पाइपलाइन परियोजनाको उद्घाटन गरिएको ।
    – पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने ।
    – मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित डिपोसम्मको ३६.२८ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याइएको । भारत विहारको पट्नादेखि अमलेखगन्जसम्मको पाइपलाइन २६८ किलोमिटर रहेको ।
    – नेपालमा खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखन्जबाट आपूर्ति हुँदै आएको ।
    – यस परियोजनाको सुरुवातसँगै भारतबाट नेपालमा हुने गरेको पेट्रोलियम पदार्थ ढुवानीमा समयको बचत, सवारी यातायातमा कमी तथा वायु प्रदूषण कम हुने विश्वास गरिएको ।
    – पाइपलाइनको नेपालतर्फको करिब ३६.२८ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको ।

    २५. ‘अर्थ वाच’ भनेको के हो ?
     विश्वका विभिन्न मुलुकको वातावरणसम्बन्धी खोज अनुसन्धान कार्यमा सहयोग पु¥याउँदै आएको एक गैरसरकारी संस्था ।

    २६. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?
     छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।
    – सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीहरूले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।
    – तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एड्विन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।
    – यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।
    – एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
    – सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहलायमा प्रदर्शनीमा राखिएको छ ।

    २७. राशि १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ?
     २७ ।

    २८. अण्डा पार्ने स्तनधारी जीव कुन हो ?
     प्लेटिपस ।

    २९. सबैभन्दा लामो दिन कहिले हुन्छ ?
     २१ जुन ।
    (सबैभन्दा छोटो दिन ः डिसेम्बर २२) ।

    ३०. कुन ग्रहलाई ‘किङ अफ द प्लानेट’ भनी चिनिन्छ ?
     वृहस्पति ।
    प्रस्तुतकर्ता : टङ्क केसी


    १. बहुप्रतीक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत्् आयोजनाको उद्घाटन कहिले गरियो ?
     विक्रम संवत् २०७८ असार २१ ।
    – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रमनिवास बालुवाटारबाटै भर्चुअल रूपमा टर्बाइनको ‘स्वीच अन’ गरेर आयोजना उद्घाटन गरिएको ।
    – कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको असार २१ मा पहिलो टर्बाइनबाट ७६ मेगावाट विद्युत्् उत्पादन थालिएको ।
    – सो आयोजनाका ७६ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहेका । बाँकी टर्बाइन क्रमिक रूपले सञ्चालन गरिने कम्पनीले जनाएको ।
    – ३५ अर्ब रुपियाँ निर्माण खर्च र १२ अर्ब रुपियाँ निर्माण अवधिको व्याजलागत सँगै ६ वर्षमा आयोजना तयार हुने प्रक्षेपण थियो । तर, विविध कारणले गर्दा आयोजना निर्माण खर्च ५२ अर्ब रुपियाँ र निर्माण अवधिको व्याज ३२ अर्ब रुपियाँ पुगी कुल लगानी ८४ अर्ब रुपियाँ नाघेको ।

    २. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?
     ०.६०२ (अघिल्लो वर्ष ः ०.५७९)

    ३. आर्थिक सर्वेक्षण २०७७/०७८ अनुसार २०७७ फागुनसम्म आधारभूत खानेपानी सुविधा पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?
     ९१.५ प्रतिशत ।
    (उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या २३.० प्रतिशत रहेको । आर्थिक वर्ष ०७७/७८ को फागुनसम्म थप एक लाख ५५ हजार आठ सय आठ जनसङ्ख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भई काठमाडौँमा पानी वितरण गर्न थालिएको ।)

    ४. आर्थिक वर्ष ०७७/७८ मा कुल मूल्य अभिवृद्धिमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
     २५.८ प्रतिशत ।
    (गैरकृषि क्षेत्रको योगदान ७४.२ प्रतिशत रहने अनुमान रहेको । आर्थिक वर्ष ०७६÷७७ मा यस्तो योगदान क्रमशः २६.२ प्रतिशत र ७३.८ प्रतिशत रहेको ।)

    ५. नेपालको इतिहासमा ‘आदर्श शासक’का रूपमा चिनिने राजा को हुन् ?
     अंशुवर्मा ।

    ६. युरोपको सबैभन्दा ठूलो र लामो नदी
    कुन हो ?
     भोल्गा ।

    ७. विश्वको सबैभन्दा ठूलो जलविद्युत्् आयोजना कुन हो ?
     थ्री गर्जेज (चीन) ।
    (चीनको याङ्जे नदीमा निर्मित यस जलविद्युत्् उत्पादन केन्द्रको विद्युत् उत्पादन क्षमता २२,५०० मेगावाट रहेको छ । विश्वको दोस्रो ठूलो जलविद्युत्् आयोजना ब्राजिल र पाराग्वेको सिमानामा बग्ने पराना नदीमा निर्मित इटाइपी हाइड्रो इलेक्ट्रिक पावर प्लान्ट (१४,००० मे. वा.) हो ।)

    ८. कुनै भौतिक परिमाण मापनका लागि बनाइएको स्टान्डर्ड परिमाण (स्ट्यान्डर्ड क्वालिटी)लाई के भनिन्छ ?
     एकाइ (युुनिट) ।
    (भौतिक परिमाणका एकाइलाई आधारभूत एकाइ र तत्जन्य एकाइ गरी दुई भागमा विभाजन गरिएको ।)

    ९. सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
     ब्रह्माण्ड वर्ष (कम्मिक इयर) ।

    १०. सरकार प्रमुखका रूपमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् ?

     बीपी कोइराला ।

    ११. फ्रान्सको राज्य क्रान्तिपछि शासन सत्ता कसले सम्हालेका थिए ?
     नेपोलियन बोनापार्ट ।

    १२. मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रथम महिला साहित्यकार को हुन् ?
     पारिजात ।

    १३. “पुनर्बल एउटा उद्दिपक हो, जसको प्रस्तुतीकरणले प्रतिक्रियाको सम्भावनालाई बढाँउछ” भन्ने भनाइ कसको हो ?
     थर्नडाइक ।
    १४. मन्त्रिपरिषद् बैठकले नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय कहिले गरेको हो ?
     विसं २०७३ वैशाख ७ ।

    १५. प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो भने आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?
     प्युर्टोरिको ट्रेन्च ।
    १६. कुन हावापानीलाई शीत मरुभूमि तथा तेस्रो ध्रुवको हावापानीका रूपमा लिइन्छ ?
     टुन्ड्रा हावापानी ।
    (५००० मिटरभन्दा माथिको उच्चहिमाली क्षेत्रमा पाइने हावापानी)

    १७. कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल हुन् भने भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
     रणजित मल्ल ।

    १८. भारतपछि दक्षिण एसियामा सबैभन्दा बढी भाषा भएको देश कुन हो ?
     नेपाल ।

    १९. हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन् ?
     रेडक्रस ।

    २०. नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ का रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
     विसं २०५३ ।
    (विसं २०७३ वैशाख पहिलो साता ‘वन्यजन्तुको भविष्यहाम्रो हातमा’ भन्ने नारासाथ २१औँ वन्यजन्तु सप्ताह मनाइएको ।)

    २१. एसियाको नोबल पुरस्कार भनी चिनिने म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
     महेशचन्द्र रेग्मी ।

    २२. नेवारी भाषा कुन भाषा परिवारअन्तर्त पर्छ ?
     भोटबर्मेली ।

    २३. जलवायु परिवर्तनको अनुकूूलनमा नवीनतम समाधानका कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ अप्रिलमा घोषणा गरिएको पुरस्कार कुन हो ?
     अनुकूूलन व्यापकता प्रवद्र्धन पुरस्कार ।
    (बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी) को आर्थिक सहयोग एवम् आईएमसी वल्र्डवाइडको व्यवस्थापकीय सहकार्यमा आइडियाज टु इम्प्याक्ट नामक संस्थाद्वारा सो पुरस्कार घोषणा गरिएको हो । यस पुरस्कारअन्तर्गत दुई छुट्टाछुट्टै पुरस्कार रहेका छन् । पहिलो चरणको प्रोत्साहन पुरस्कारको राशि एक लाख ५० हजार पाउन्ड स्टर्लिङ र दोस्रो चरणको कार्यान्वयन पुरस्कारको राशि तीन लाख २५ हजार पाउन्ड स्टर्लिङ रहेको छ । यो पुरस्कारमा छनोट हुन सङ्घ संस्थाले दुई चरणमा आपूmलाई योग्य प्रमाणित गर्नुपर्नेछ ।)

    २४. स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसाथ ट्राफिक मोबाइल एपको शुभारम्भ कहिले गरियो ?
     विसंं २०७३ वैशाख २० ।
    – एपमा ट्राफिकसम्बन्धी विविध जानकारी उपलब्ध गराइएको । यसको प्रयोग गरी तत्समयमा भइरहेको ट्राफिक गतिविधि, सूचना, दुर्घटनालगायतका बारेमा मोबाइलमै नोटिफिकेसनका रूपमा थाहा पाउन सकिने ।
    – एपमा अस्पताल, प्रहरी, एम्बुलेन्सलगायतका अत्यावश्यक फोन नम्बरसमेत उपलब्ध रहेको ।
    – नेपाल भरका विभिन्न स्थानमा यात्रा गर्दा लाग्ने भाडाको विवरण पनि उपलब्ध हुने ।
    – एपमा ट्राफिक सङ्केत रहेको ।
    – एपमा प्रहरीलाई गोप्य सूचना पठाउन सकिने सुविधा पनि रहेको ।
    – ट्राफिकसँग सम्बधित जनचेतनामूलक भिडियो, गीत तथा अन्य गतिविधिबारे डकुमेन्ट्री तथा तस्बिर पनि उपलब्ध ।

    २५. प्राचीन ओलम्पिक खेलकुदको सुरुवात कहाँबाट भएको हो ?
     ग्रीसको ओलम्पिया ।

    २६. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?
     सारनाथ ।

    २७. मनोविज्ञानका प्रवर्तक को हुन् ?
     सिग्मन्ड फ्रायड ।

    २८. आर्थिक वर्ष २०७७÷७८ अनुसार नाफामा रहेका सार्वजनिक संस्थानको सङ्ख्या कति रहेको छ ?
     २४ ।
    (२४ नाफामा र १८ नोक्सानीमा सञ्चालित छन् भने दुुई संस्थानको कारोबार शून्य रहेको छ ।)

    २९. सन् २०२० मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुक कुन–कुन हुन् ?
     क्रमशः भारत १७.५ प्रतिशत, म्यानमार ९.१ प्रतिशत, थाइल्यान्ड ९.० प्रतिशत, चीन ८.४ प्रतिशत र अमेरिका ७.७ प्रतिशत रहेका ।

    ३०. साइप्रसमा पहिलो महिला सभामुख बन्ने राजीतिज्ञ को हुन् ?
     अन्निटाडिमेट्रिओ ।

    ३१. विश्वकै सबैभन्दा सानो राष्ट्र कुन हो ?
     भ्याटिकन सिटी (०.४ वकिमि) ।
    (यो राष्ट्र इटालीको राजधानी रोम सहरभित्र अवस्थित छ । यो क्षेत्रफल र जनसङ्ख्या दुवै हिसाबले विश्वको सानो राष्ट्रका रूपमा रहेको छ ।)


    •    असार ३०, २०७८ बुधबार
    •  

      १. हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्या कहिले भयो ?
       सन् २०२१ जुलाई ७ ।
      – पोर्ट–एयु प्रिन्सस्थित राष्ट्रपतिनिवासमा हतियारधारी समूहले आक्रमण गरी हत्या गरेको ।
      – सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा आउनुभएका ५३ वर्षीय जोभेनेलले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनावमा ढिलाइ भएपछि राष्ट्रपतिको विशेषाधिकार प्रयोग गरी हाइटीमा शासन गर्दै आउनुभएको थियो ।

      २. २०७८ असारसम्म मुलुकका कति जिल्ला साक्षर घोषित भएका छन् ?
       ५४ (२०७८ असार २३) ।
      (अछाम साक्षर घोषित हुने ५४औँ जिल्ला रहेको ।)

      ३. देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ?
       विक्रम संवत् २०७८ असार २३ ।
      – ६ वर्षअघि (२०७२ साउन २५) मालपोत कार्यालय कलङ्कीबाट सुरु भएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली असार २३ देखि एक सय २६ वटै मालपोत कार्यालयमा लागू भएको । यसअघि एक सय १८ कार्यालयमा सुरु भइसकेकोमा सो दिन बाँकी आठ कार्यालयमा पनि अनलाइन प्रणाली कार्यान्वयन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको ।
      – कागजी प्रक्रियामा चल्दै आएको मालपोत कार्यालय अनलाइन प्रणालीमा गएसँगै मालपोत प्रशाासन डिजिटल युगमा प्रदेश गरेको ।
      – यो प्रणली सुरु भएपश्चात् नै सर्वसाधारणले आफ्नो घर–जग्गाको विवरण (क्षेत्रफल, सँधियार रोक्का, राजस्वलगायत) मोबाइल एपमै हेर्न सक्ने ।
      – देशभरका मालपोत कार्यालयमा लागू गरिएका अनलाइन सेवा प्रणालीबाट अब यस कार्यालयको सेवा छिटो, छरितो, पारदर्शी र विश्वसनीय हुने ।

      ४. २०७८ सालमा प्रदान गरिने उत्कृष्ट साझेदारी वन पुरस्कारबाट पुरस्कृत हुने साझेदारी वन समूह कुन हो ?
       सवैया साझेदारी वन व्यवस्थापन समूह (पर्सा)े, पुरस्कार राशि ः रु. ५४ हजार ।

      ५. नेपाल सरकारले कुन दिनलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने निर्णय गरेको छ ?
       जेठ १६ ।

      ६. नेपालको कुन हिमाललाई ‘म्याटरहर्न अफ हिमालयज’ उपनामले चिनिन्छ ?
       माछापुच्छ«े ।

      ७. ‘रातो र चन्द्र सूर्य....’ नामक गीतका सर्जक को हुन् ?
       गोपालप्रसाद रिमाल ।

      ८. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?
       नेपाल ।

      ९. पोषणसम्बन्धी पाँचौँ विश्व सम्मेलन कहाँँ सम्पन्न भएको हो ?
       काठमाडौैँ (सन् २०१९ नोभेम्बर) ।

      १०. व्यापार व्यवसायसँग सम्बन्धित ‘एमएफएन’ को पूरा रूप के हो ?
       मोस्ट फेवर्ड नेसन ।

      ११. सन् २०२१ जुुन, जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलको उपाधि कसले जित्यो ?
       अर्जेन्टिना (उपविजेता ः ब्राजिल) ।
      (सो प्रतियोगितामा कोलम्बिया तृतीय भएको ।)
      (दक्षिण अमेरिकी राष्ट्रबीको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा आयोजक तथा साबिक विजेता ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले सो महŒवपूर्ण उपाधि जितेको ।)

      १२. गण्डकी प्रदेश सरकारले प्रदेशको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा श्वेतपत्र कहिले जारी ग¥यो ?
       विसं २०७८ असार २७ ।
      (अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले श्वेतपत्र जारी गर्नुभएको ।)

      १३. पारवहनका लागि नेपाली रेलले वीरगन्ज र विराटनगरदेखि कोलकाता÷हर्दियासम्म रेल सेवा दिन सक्नेसम्बन्धी सम्झौतामा कहिले सहमति भएको हो ?
       विसं २०७८ असार २५ ।
      (नेपाल र भारतबीच संशोधित रेलसेवा सम्झौताअनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेलसेवासमेत उपयोग गर्न सकिने भएको । यसअघि निश्चित कम्पनीबाट सञ्चालित रेलसेवामात्र ढुवानीका लागि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब भने धेरै विकल्प खुला भएको ।)

      १४. सर्वोच्च अदालतले वर्तमान संविधानअनुसार दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला कहिले ग¥यो ?
       विसं २०७८ असार २८ ।
      – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, किशोरप्रसाद खतिवडा एवम् डा. आनन्द मोहन भट्टराईको संवैधानिक इजलासले प्रधानमन्त्री नियुक्तिको प्रक्रिया समाप्त नभएको, धारा ७६ (५) को पूर्वावस्था कायम रहेको, विश्वासको मत प्राप्त गर्ने अवस्था कायम रहेको भन्दै विघटन बदर गरेको । इजलासले उक्त विघटन यसअघि २०७७ फागुन ११ गते भएको मुद्दाको फैसला प्रतिकूूल रहेको पनि उल्लेख गरेको ।
      – विघटन बदरसँगै अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दुुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको ।
      – मन्त्रिपरिषद्को सिफारिसमा २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन भएको थियो । राष्ट्रपति कार्यालयमा देउवाका पक्षबाट १४९ सदस्यको हस्ताक्षर परेको देखिँदा त्यसलाई विश्वासको मत लिन सक्ने आधारका रूपमा लिनुपर्ने फैसलामा उल्लेख रहेको । बहुमत सदस्यको हस्ताक्षर नै विश्वासको मत प्राप्त गर्न सक्ने आधार भएको उल्लेख फैसलामा रहेको । संशय भएमा त्यस्तो हस्ताक्षरको परीक्षण स्वाभाविक हुने पनि फैसलामा भनिएको ।
      – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनलाई अमान्य गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना र सात दिनभित्र बैठक बोलाउने व्यवस्था मिलाउन पनि परमादेश दिएको ।
      – पहिलो विघटन (२०७७ पुस ५ गते) पछि पुनःस्थापित प्रतिनिधिसभाले वैकल्पिक बहुमतको सरकार दिन नसकेकाले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलका नेताको हैसियतमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

      १५. सन् २०२१ जुुन, जुलाईमा सम्पन्न युरोकप फुुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
       इटाली ।
      – इटालीले फाइनल खेलमा इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको ।
      – इटालीका गोलरक्षक गियान लुगी डोनारोमा प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित भएका ।
      – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका ।

      १६. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सन् २०२१ जुलाई १२ को बैठकले १४औँ साग खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ?
       सन् २०२३ मार्च ।
      (१४औँ साग पाकिस्तानका पाँच सहर लाहोर, फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा हुने निर्णय भएको ।)

      १७. सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७८ मा) कसलाई प्रदान ग¥यो ?
       ख्यातिप्राप्त हास्यव्यङ्ग्य अभिनेता मदनकृष्ण श्रेष्ठ ।
      (२०५१ सालदेखि राष्ट्रिय प्रतिभा पुरस्कार स्थापना गरी चार विधागत क्षेत्रका प्रतिभालाई सम्मान र कदर गर्दै आएकोमा २०७५ सालदेखि जनही एक लाख रुपियाँको राष्ट्रिय प्रतिभा पुरस्कार र सातै प्रदेशबाट चार विधागत क्षेत्रका प्रतिभालाई जनही ५० हजार रुपियाँसहित प्रादेशिक पुरस्कार र सम्मानपत्र प्रदान गरिँदै आएको ।)

      १८. २०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत कति रहेको छ ?
       ६५.९ प्रतिशत ।
      (पुरुष साक्षरता दर ः ७५.१ प्रतिशत एवम् महिला साक्षरता दर ः ५७.४ प्रतिशत रहेको ।)

      १९. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ?
       धारा ३१ (२) ।

      २०. जनजाति समुदायमा सबैभन्दा धेरै प्रतिशत साक्षरता भएको जाति कुन हो ?
       थकाली ।

      २१. विश्व नवप्रवर्तन सूचकाङ्क २०२० अनुसार पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ?
       स्वीट्जरल्यान्ड ।
      – विश्व नवप्रवर्तन सूचकाङ्क २०२० मा वल्र्ड इन्टलेक्चुअल प्रोपर्टी अर्गनाइजेसनद्वारा प्रकाशित सो सूचीमा नेपाल ९५औँ स्थानमा रहेको ।
      – सूचीमा भारत ४८औँ, श्रीलङ्का १०१औँ, पाकिस्तान १०७औँ तथा बङ्गलादेश १०६औँ स्थानमा रहेका ।
      – नवप्रवर्तनका साथै वैज्ञानिक लेख एवम् अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित सामग्रीका आधारमा सो सूची तयार पारिएको ।

      २२. वल्र्ड जस्टिस प्रोजेक्टद्वारा प्रकाशित रुल अफ ल इन्डेक्स २०२० अनुसार कानुनी शासन राम्रो भएका राष्ट्रमा पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो ?
       डेनमार्क ।
      – सो सूचीमा नेपाल ६१औँ (१२८ देशमध्ये) स्थानमा रहेको ।
      – सार्क राष्ट्रमध्ये श्रीलङ्का ६६औँ, भारत ६९औँ, बङ्गलादेश ११५औँ, पाकिस्तान १२०औँ तथा अफगानिस्तान १२२औँ स्थानमा रहेका ।
      – सूचीको सबैभन्दा अन्तिम स्थानमा भेनेजुएला रहेको ।

      २३. ६२औँ ग्रामी अवार्ड २०२० मा सर्वश्रेष्ठ गायनको उपाधि कसले जित्नुभयो ?
       लिज्जो ।
      – लिज्जो अर्थात् वास्तविक नाम मेलिसाभिभियेना जेफर्सनले ‘कुच आइ लभ यूू’÷ ट्रुुथ हर्टस्’ नामक गीत गायनका लागि सो उपाधि जित्नुभएको ।
      – यो अवार्ड गीत, सङ्गीत तथा गायनका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने कलाकारलाई प्रदान गर्ने गरिएको ।

      २४. २५औँ पटक सगरमाथा आरोहण गरी सर्वाधिक सगरमाथाको आरोहणको कीर्तिमान कायम गर्ने पर्वतारोही को हुनुहुहुन्छ ?
       कामिरिता शेर्पा ।
      (विसं २०७८ वैशाख २४ मा उनले सो आरोहण गरेका ।)

      २५. राष्ट्र बैङ्कमा पहिलो महिला डेपुटी गभर्नरका रूपमा नियुक्त हुने महिला को हुनुहुन्छ ?
       नीलम तिम्सिना ढुङ्गाना ।
      – विसं २०७७ फागुन २५ को मन्त्रिपरिषद् बैठकले राष्ट्र बैङ्कमा नीलम तिम्सिना ढुङ्गाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरका रूपमा नियुक्त गर्ने निर्णय गरेको ।
      – राष्ट्र बैङ्कमा दुईजना डेपुटी गभर्नर हुने व्यवस्था रहेको ।

      २६. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक, रेललगायत यातायात विकासका लागि कति वर्षे रणनीतिक योजना बनाएको छ ?
       पाँचवर्षे ।

      २७. जिका भाइरस कुन प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ ?
       एडिस एजिप्टाई ।

      २८. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले कुन अन्तर्राष्ट्रिय संस्थासँग स्मृतिपत्रमा हस्ताक्षर गरी पहिलो सम्झौता गरेको थियो ?
       ‘युुनाइटेड नेसन कन्फ्रेन्स अन टे«ड एन्ड डेभलपमेन्ट’ ।

      २९. नेपालमा पहिलोपटक निर्यात दिवस कहिले मनाइयो ?
       विसं २०७३ पुुस २२ ।
      (निजी क्षेत्रको पहलमा नेपाल निर्यात परिषदद्वारा नेपाल निर्यात परिषद् स्थापना भएको मितिलाई आधार मान्दै सो दिवस मनाइएको ।)

      ३०. नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
       विसं २०७३ फागुन १५ ।

    •   श्रावण ६, २०७८ बुधबार
    •  

      १. जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?
       ३३ ।
      – टोकियो ओलम्पिक्स सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने ।
      – यसअघि टोकियो ओलम्पिक्स सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने मिति तय गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण प्रत्येक चार वर्षपछि हुने ओलम्पिक्स यसपटक पाँच वर्षपछि हुन लागेको ।
      – विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो ।
      – टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका (सुटिङ, जुडो, एथ्लेटिक्स र पौडी) पाँच खेलाडी सहभागी हुने ।

      २. विक्रम संवत् २०७८ असार १५ गते मनाइएको १८औँ राष्ट्रिय धान दिवसको नारा के हो ?
       धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि ।

      ३. नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?
       विसं २०७८ असार २९ ।
      – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई सोही दिन पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको ।
      – नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको ।
      – सर्वोच्च अदालतको २०७८ असार २८ गतेको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई सो पदमा नियुक्त गर्नुभएको ।

      ४. प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत कहिले लिनुभएको हो ?
       विसं २०७८ साउन ३ ।
      – प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको । साउन ३ मा प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा १६५ मत, विपक्षमा ८३ र तटस्थ मत एक रहेको ।
      – प्रतिनिधिसभामा मताधिकार प्राप्त सांसद सङ्ख्या २६६ रहेकोमा २४९ सांसदको उपस्थिति रहेको ।

      ५. नेपालमा सर्वप्रथम प्रतिनिधिसभाको बैठक कहिले बसेको थियो ?
       विसं २०१६ असार १ गते ।

      ६. सरकारद्वारा गठित विद्यापति पुरस्कार कोषले मैथिली भाषा साहित्य क्षेत्रको विद्यापति पुरस्कार कसलाई प्रदान ग-यो ?
       सप्तरीको मैथिली साहित्य परिषद् (पुरस्कार राशि ः रु. दुुई लाख)
      – त्यसैगरी, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट साहित्यकार वृशेषचन्द्र लाल, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारबाट पत्रकार एवम् साहित्यकार सुजित झा, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कारबाट अमरेन्द्र यादव र नेपाल विद्यापति मैथिली कला–संस्कृति पुरस्कारबाट अजितकुमार र सुनिताकुमारी साहलाई पुरस्कृत गरिएको ।
      – यी चारवटै पुरस्कारको राशि जनही रु. एक लाख रहेको ।

      ७. नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कहिलेदेखि कार्यान्वयनमा ल्याएको छ ?
       विसं २०७८ साउन १ ।
      – सङ्गठनको चेन अफ कमान्डलाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुुनःसंरचना कार्यान्वयनमा ल्याइएको ।
      – नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्डको व्यवस्था लागू गरिएको । कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काडमाडौँ उपत्यकाका लागि एक गरी जम्मा चारवटा कमान्ड लागू गरिएको ।
      – यस संरचनालाई ‘तीन जोड एक केन्द्रीय कमान्ड’ नामकरण गरिएको ।
      – नयाँ संरचना लाग भएसँगै यसअघि सातवटै प्रदेशका सातवटा र काडमाडौँ उपत्यकाको एउटा गरी आठवटा पृतना साउन १ गतेदेखि खारेज भएका ।
      – राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना र नेपाली सेनाको दीर्घकालीन सोच २०८७ लाई आधार मानेर सङ्गठनको पुुनःसंरचना गरिएको ।
      – नयाँ संरचनाअनुसार पूर्वमा धनकुटा हिले, मध्यमा पोखरा, पश्चिममा सुुर्खेत र उपत्यकामा एउटा सैनिक कमान्ड स्थापना गरिएको ।
      – उपत्यका कमान्डको मुख्यालय नारायणहिटीपरिसरमा कायम गरिएको ।
      – नयाँ कमान्डको स्थापनासँगै कमान्डको नेतृत्वमा बाहिनीहरू र बाहिनीमातहतमा गण तथा गुुल्म रहने ।
      – सैनिक कमान्डको स्थापनापछि जङ्गी अड्डाका केही अधिकार कमान्ड हेडक्वार्टरमा प्रत्यायोजन हुने ।
      – आर्मी मुख्यालयले रणनीतिक र राष्ट्रिय महŒवका सुरक्षाका विषयमा ध्यान केन्द्रित गर्ने, सैनिक कमान्ड मुख्यालयले अपरेसनल कार्य गर्ने र बाहिनीअन्तर्गतका गण र गुल्मले ‘ट्याक्टिकल’ काम गर्नेगरी नेपाली सेनाको काम अगाडि बढ्ने ।

      ८. सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका हुन् ?
       डा. फुहरर ।

      ९ नेपालका चारधाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?
       वराहक्षेत्र, मुक्तिक्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र ।

      १०. नेपालमा भारोपेली परिवारअन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
       नेपाली ।

      ११. नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी सम्झौता कहिले गरेको हो ?
       विसं २०७७ फागुन ।
      – नेपालले वन संरक्षण गर्दै कार्बन न्यूनीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
      – नेपाल प्रशान्त एसिया क्षेत्रमा कार्बन सम्झौता गरेर लाभ लिने पाँचौँ मुलुक हो । विश्वमा भने नेपाल १२औँ मुलुक हो ।
      – विश्वका औद्योगिक मुलुकले बढी कार्बन उत्सर्जन गर्दा कम उत्सर्जन गर्ने तथा उत्सर्जन नै नगर्ने मुलुकले पनि उत्तिकै प्रदूूषणको हानि बेहोर्नुपरेको छ । त्यो असन्तुलनलाई कम गर्न औद्योगिक मुलुकले नेपाल जस्ता कार्बन कम उत्सर्जन गर्ने र वन तथा वातावरण संरक्षणमा योगदान दिने मुलुकलाई क्षतिपूर्ति वा पुरस्कारबापतको रकम तिर्नुपर्ने अवधारणाको विकास भएको छ । सोहीअनुसार विश्व बैङ्कमार्फत नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी रकम पाउने भएको ।

      १२. ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस)को सुरुवात कुन देशबाट भएको हो ?
       अमेरिका ।
      – यो प्रविधि पहिलोपटक सन् १९७३ मा अमेरिकी रक्षा विभागमा प्रयोगमा ल्याइएको । पूर्ण क्षमतासाथ यो प्रविधि सन् १९९५ देखि प्रयोगमा आएको ।
      – आकाशबाट लिइएको चित्रबाट सम्बन्धित ठाउँका बारेमा जानकारी लिन सकिने यो प्रविधिको विकासमा बाडफोर्ड पार्किन्सन, रोजर एल एस्टोन र इभान ए गेटिङको योगदान रहेको ।
      – यो स्पेस–बेस्ड स्याटेलाइट नेभिगेसन सिष्टम हो ।

      १३. “सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?
       गौतम बुद्ध ।

      १४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा महान्यायाधिवक्तामा कसलाई नियुक्त गरियो ?
       खम्मबहादुर खाती (विसं २०७८ असार ३१) ।
      (नेपाल बार एसोसिएसनका पूर्वमहासचिव खाती स्थापित कानुन व्यवसायी हुनुहुन्छ ।)

      १५. विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?
       एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया) ।
      – डब्लूूटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुनुहुन्छ ।
      – ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुभएको । उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।

      १६. विसं २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?
       पुरुषतर्फ ः मन्डेकाजी श्रेष्ठ र महिलातर्फ ः गौरिका सिंह

      १७. बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?
       म्यारिक लुकास रिज्नेभेल्ड ।

      १८. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरियो ?
       सन् २०१८ जनवरी २६ ।
      – साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको ।
      – सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।

      १९. बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कहिले भएको हो ?
       विसं २०७७ फागुन २१ ।

      २०. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?
       बाग्लुङ (१३७ किमि) ।

      २१. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नारासाथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ?
       विसं २०७७ माघ २ ।

      २२. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
       विसं २०७७ पुुस ६ ।
      – खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने ।
      – यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने ।

      २३. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?
       १३ ।

      २४. हरित् जलवायु कोषको मुुख्यालय कहाँ रहेको छ ?
       दक्षिण कोरिया ।
      (विश्वमा बढ्दो तापमान वृद्धिदरलाई २ डिग्री सेल्सियसभन्दा तल राख्नेगरी विविध कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसाथ यो कोष स्थापना गरिएको ।)

      २५. नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?
       चिनियाँ प्रोफेसर वाङ हङवेई ।
      – प्रतिष्ठानको ३५औँ प्रज्ञासभाले भाषा, साहित्य एवम् कूटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पु¥याएबापत हङवेईलाई सो विशिष्ट पुरस्कारबाट सम्मानित गरेको ।
      – यसैगरी, सभाले दुई लाख राशिको नेपाल सामाजिक शास्त्र÷संस्कृति÷ दर्शनशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र र दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरेको ।
      – त्यस्तै, एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतर्भुजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गरेको ।
      – सभाले दुुई÷दुुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार आसाम (भारत)का लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरेको ।

      २६. आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
       सन् २०२० नोभेम्बर ११–१५, हनोई (भियतनाम) ।
      (यस संस्थाको ३६औँ सम्मेलन पनि हनोईमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।)

      २७. नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?
       विसं २०७७ साउन ३० ।

      २८. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?
       एक ।

      २९. जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?
       विसं २०७७ असोज ३ ।

      ३०. ‘बेइजिङ +५’ सम्मेलन केसँग सम्बन्धित छ ?
       महिला विकास ।

    •  श्रावण १३, २०७८ बुधबार
    •  

    १. ३२औँ संस्करणको टोकियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडी को हुन् ?

     हेन्ड जाजा (सिरियाकी टेबलटेनिस खेलाडी)
    (ओलम्पिकमा पहिलो पटक सहभागी जाजाको उमेर १२ वर्ष मात्र रहेको । गत वर्ष जोर्डनमा सम्पन्न ओलम्पिक छनोटमा जाजाले स्थान सुरक्षित गर्दा ११ वर्ष मात्र थिइन् ।)

    २. हाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा को रहेका छन् ?
     थोमस बाख

    ३. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?
     प्लुटो

    ४. प्रसिद्ध पुस्तक ‘एनिमल फार्म’का लेखक को हुन् ?
     जर्ज अर्वेल

    ५. नेपालबाटै लोप भएको भनिएको सिरीगाई कहाँ फेला परेको छ ?
     ताप्लेजुङमा
    (करिब तीन वर्षअघि नै लोप भइसकेको भनिएको सिरीगाई ताप्लेजुङको साब्लाखु, सिनाम र आंँखोपमा फेला परेका छन् । त्यहाँ फेला परेका गाई, गोरु र बाच्छालाई अनुसन्धान एवं संरक्षणका लागि कृषि अनुसन्धान परिषद् (नार्क)मा लगिएको छ । यसअघि मुस्ताङबाट लिली जातको गाई र अछामबाट अछामी जातको गाई तथा गोरु नार्कले खुमलटार लगेको छ । लोपोन्मुख प्रजातिका गाईको संरक्षण तथा थप उत्पादनका लागि नार्कले सङ्कलन तथा पहिचानको अभियान चलाएको जनाइएको छ ।)

    ६. मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका तराई–मधेसका स्थानीय तहमा तराई–मधेस समृद्धि कार्यक्रम कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?
     आ.व. २०७५÷७६
    – तराई–मधेस समृद्धि कार्यक्रमले भौतिक पूर्वाधार विकास गरी सार्वजनिक क्षेत्रमा पहुँच वृद्धिका साथै रोजगारी र आय आर्जनमा जोड दिएको ।
    – सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा सञ्चालित यो कार्यक्रममा सङ्घीय सरकारको अधिकतम ९० प्रतिशत र स्थानीय सरकारको न्यूनतम १० प्रतिशत हुनुपर्ने प्रावधान रहेको ।
    – कार्यक्रमअन्तर्गत सामूहिक आवास भवन, सामुदायिक पूर्वाधार, सडक, कृषि विकास, खानेपानी तथा सरसफाइ, सिँचाइ तथा नदी नियन्त्रण, ऊर्जा, विपत् न्यूनीकरण पूर्वाधार आयोजना सञ्चालन गरिएको ।

    ७. पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ ?
     देशान्तर
    – देशान्तर रेखाहरू एक–एक डिग्री फरकमा पूर्वी गोलाद्र्धमा १८० र पश्चिमी गोलाद्र्धमा १८० गरी ३६० वटा हुन्छन् । हरेक १ डिग्री देशान्तरमा चार मिनेट समय फरक पर्छ ।
    – कुनै स्थानको स्थानीय समय पत्ता लगाउन देशान्तर रेखाको सहयोग लिइन्छ ।

    ८. नेपालको पहिलो कलेज ‘त्रिचन्द्र कलेज’को स्थापना कहिले भएको हो ?
     वि.सं. १९७५
    – वि.सं. १९७६ मा त्रि–चन्द्रमा आई. ए. तथा आई.एस्सी., वि.सं. १९८१ मा बी.ए. तथा वि.सं. २००४ मा बी.एस्सी.को पठनपाठन सुरु भएको हो ।
    – वि.सं. २०३० मा नयाँ शिक्षा लागू गरिएपश्चात् यसलाई त्रि–चन्द्र कलेजबाट त्रि–चन्द्र क्याम्पस नामकरण गरिएको ।

    ९. आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्तिक शुक्ल एकादशीलाई के भनिन्छ ?
     हरिवोधिनी एकादशी

    १०. विभिन्न किसिमका जीवजन्तु, पशुपन्छी, कीटपतङ्गको वासस्थानका लागि सीम, घोल, पोखरी, नदी किनारमा सधैँ पानीले भिजिरहने ओसिलो भूमिलाई के भनिन्छ ?
     सिमसार

    ११. “हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ, सफलता प्राप्त गर्ने सबैभन्दा सुनिश्चित उपाय भनेको अर्को एक पटक प्रयत्न गर्नु मात्र हो” भन्ने विचारक को हुन् ?
     थोमस अल्वा एडिसन, वैज्ञानिक

    १२. ‘सङ्गीत शिरोमणि’ भनी यज्ञराज शर्मालाई चिनिन्छ भने ‘वाद्य शिरोमणि’ भनी कसलाई चिनिन्छ ?
     उस्ताद गणेशलाल

    १३. नेपालमा धामी–झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?

     ढ्याङ्ग्रो

    १४. कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ?
     पिण्ड
    (वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ । अन्तर्राष्ट्रिय नापतौल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई एक किलोग्राम मानिन्छ ।)

    १५. पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ?
     उत्परिवर्तन
    – एउटै जातिका सजीवहरूको बीचमा देखा पर्ने असमानतालाई परिवृत्ति (मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नता) भनिन्छ ।
    – एकै खाले वंशाणु भएर पनि फरक–फरक किसिमको वातावरणमा हुर्कंदै जाँदा विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ ।

    १६. मुटुबाट शरीरका विभिन्न भागमा रगत पु-याउने रक्त नलीलाई के भनिन्छ ?
     धमनी (ब्चतभचष्क)
    (शरीरका विभिन्न भागबाट रगत मुटुसम्म पु-याउने रक्तनलीलाई शिरा (खभष्लक) भनिन्छ ।)

    १७. महान् दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?
     ग्रिसको एथेन्स सहरमा

    १८. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा एवं झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
     काष्ठकला

    १९. नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?
     बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१६)

    २०. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
     धर्म कचहरी

    २१. ‘ऊ मरी अरे’ नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने ‘ऊ मरेकी छैन’ नामक कृतिका रचनाकार को हुन् ?
     बालकृष्ण सम

    २२. झाँगड भाषा कुन भाषिक परिवारभित्र पर्दछ ?
     द्रविड

    २३. नेपालमा दिगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ?
     कृषि

    २४. दुई हात प्रयोग गरी बजाइने आवाजलाई ताली भनिन्छ भने दुई औँला प्रयोग गरी बजाइने आवाजलाई के भनिन्छ ?
     चुट्की

    २५. नोबल पुरस्कार प्राप्त गर्ने विश्वको पहिलो महिला म्याडम म्यारी क्युरीको जन्म कहाँ भएको थियो ?

     पोल्यान्डको वार्सा

    २६. मानव शरीरमा कति किसिमका जोर्नीहरू हुन्छन् ?
     तीन (अचल जोर्नी, अर्धचल जोर्नी र चल जोर्नी ।)

    २७. दुग्ध विकास संस्थान (डीडीसी)को स्थापना कहिले भएको हो ?
     वि.सं. २०२६ साउन १
    – संस्थान ऐन, २०२१ अन्तर्गत यो संस्थानको स्थापना भएको ।
    – ग्रामीण क्षेत्रका दुध उत्पादक कृषकलाई दूधको उचित मूल्यका साथै निश्चित बजारको व्यवस्था गर्ने एवं सहरी उपभोक्तालाई गुणस्तरयुक्त प्रशोधित दूध तथा दुग्ध पदार्थहरू सर्वसुलभ तरिकाले नियमित रूपमा आपूर्ति गर्ने उद्देश्यका साथ यस संस्थानको स्थापना भएको ।

    २८. टेलिप्रम्टर भनेको के हो ?
     सार्वजनिक सम्बोधनका क्रममा वक्तालाई आफ्नो लिखित मन्तव्यको प्रस्तुतिमा सहजता पु-याउने प्रविधि
    – टेलिप्रम्टरमा पोडियमको नजिक आवश्यकताअनुसार एक वा दुईवटा पारदर्शी स्क्रिन राखिएको हुन्छ । आममानिसले यसलाई सहजै देख्न सक्दैनन् तर केही गहिरो गरी हेरेमा देख्न सकिने हुन्छ । यसमा वक्तालाई सहज हुने गरी वक्ताको नजिकै कतै बसेर वक्ताको गतिसँगै अक्षरहरू सार्दै गइन्छ । वक्ताले स्क्रिनमा सहजै ती अक्षरहरू पढ्न सक्छन् । यसबाट वक्ताले श्रोतातर्फ हेर्दै प्रभावकारी रूपमा आफ्नो लिखित मन्तव्य स्वतःस्फुर्त रूपमा व्यक्त गर्न सक्छन् ।
    – नेपालमा पहिलो पटक वि.सं. २०७५ जेठ १६ मा यो प्रविधिको प्रयोग गरिएको ।

    २९. जयतु संस्कृतम् आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?
     वि. सं. २००४ असार १
    (संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीले सरकारसमक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका थिए । तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले संस्कृत भाषालाई मृत भाषा भनेकोमा चर्किएको सो आन्दोलन खासगरी शैक्षिक र राजनीतिक उद्देश्यबाट प्रेरित थियो ।)

    ३०. नेपाली आधुनिक कलाका वरिष्ठ कलाकार उत्तम नेपाली (कर्माचार्य)को निधन कहिले भएको हो ?
     वि.सं. २०७८ साउन ६ (८४ वर्षको उमेरमा)
    – वि.सं. १९९४ मा काठमाडौँ किलागलमा जन्मनुभएका नेपालीको शिक्षादीक्षा भारतको लखनऊमा भएको । केही समय सूचना विभाग, हुलाक सेवा विभाग तथा रेडियो नेपालमा समेत जागिर खाएका नेपाली तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा २०५२ देखि २०५६ सम्म प्राज्ञ परिषद्का सदस्यका रूपमा सक्रिय रहनुभएको ।
    – उहाँले आधुनिक अमूर्त चित्रकलाको विकासमा ठूलो योगदान दिनुभएको । कला साहित्यमा समेत दख्खल राख्ने नेपालीको मुख्य पेसा भने आधुनिक चित्रकला नै रहेको ।
    – यसबाहेक नेपाली कुशल अभिनेता पनि हुनुहुन्थ्यो । उहाँले नेपाली कलाकारलाई लिएर नेपालमै बनेको पहिलो नेपाली फिल्म आमामा खलनायकका रूपमा अभिनय गरी पहिलो नेपाली खलनायकको परिचय पनि बनाउनुभएको । नेपालीले यसबाहेक मनको बाँध, परिवर्तनजस्ता फिल्ममा पनि विभिन्न भूमिकामा अभिनय गर्नुभएको ।
    – २०६१ सालमा उहाँको कृति ‘उत्तम नेपालीका कविताहरू’ प्रकाशित भएको ।
    – उहाँका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।


    •  श्रावण २०, २०७८ बुधबार
    •  

      १. सरकारले राष्ट्रिय योेजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त ग-यो ?
       डा. विश्व पौडेल (२०७८ साउन १२)

      २. सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन कहिले गरियो ?
       वि.सं. २०७८ साउन १३
      – नेपाल–अङ्गे्रज युद्धमा नेपालीले १८२४ सालमा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा सङ्ग्रहालयको निर्माण गरिएको ।
      – सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको निर्माण ऐतिहासिक सम्पदाहरूको संरक्षणका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसमेत मद्द्त पुग्ने जनाइएको ।
      – नेपाली सेनाको नागरिक सहयोग अभियानअन्तर्गत २०७६ साल भदौ महिनादेखि सङ्ग्रहालय बनाउन सुरु गरिएको ।

      ३. विश्व रेन्जर दिवस कहिले मनाइन्छ ?
       जुलाई ३१

      ४. दक्षिण एसियाकै पहिलो सुरुङमार्ग चुरियामाई सुरुङमार्गको पुनर्निर्माणको शिलान्यास कहिले गरियो ?
       वि.सं. २०७८ साउन १४
      – सुरुङमार्ग निर्माण भएको १०४ वर्षपछि सम्पदाहरूको संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले जीर्णोद्धार सुरु गरिएको । मर्मत सम्भारको अभावमा जीर्ण ऐतिहासिक एवं पुराताìिवक महìवको सो सुरुङमार्ग वि.सं. १९७४ मा निर्माण
      भएको थियो ।
      – सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा निर्मित सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष
      लागेको थियो ।
      – मकवानपुर र बारा जिल्लाको सिमानामा अवस्थित चुरे पहाडलाई खोपेर सुरुङमार्ग निर्माण गरिएको छ ।
      – वि.सं. २०२०–२१ सम्म यही सुरुङमार्ग भएर जिपलगायतका साना सवारी आवतजावत गर्थे ।
      – साढे दुई मिटर चौडा र तीन मिटर उचाइको सो सुरुङमार्गको लम्बाइ ५०० मिटर छ ।

      ५. ‘टापु महादेश’ तथा ‘कङ्गारूको महादेश’ भनी चिनिने महादेश कुन हो ?
       अस्ट्रेलिया

      ६. युरोप महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो ?
       आल्पस पर्वत

      ७. ओजोन तह संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?
       सन् १९८७, क्यानडाको मन्ट्रियल

      ८. काठमाडौँ उपत्यकामा सवारी प्रदूषण जाँच गर्न कहिलेदेखि थालिएको हो ?
       वि.सं. २०५१ वैशाख १

      ९. साइटिस (ऋक्ष्त्भ्क्)को पूरा रूप के हो ?
       ऋयलखभलतष्यल यल क्ष्लतभचलबतष्यलब ितचबमभ ष्ल भ्लमबलनभचभम क्उभअष्भक या धयचमि ँबगलब बलम ँयिचब (कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज अफ वल्र्ड फौना एन्ड फ्लोरा)
      – दुलर्भ एवं सङ्कटग्रस्त वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्ने उद्देश्यले यो महासन्धि सन् १९७५ जुलाई १ देखि लागू भएको ।
      – नेपालले सन् १९७५ मा नै यस सन्धिमा हस्ताक्षर गरेको ।

      १०. नेपालमा केन्द्रीय बैङ्क तथा वाणिज्य बैङ्कहरूको सुधारका लागि सञ्चालन गरिएको कार्यक्रम कुन हो ?
       वित्तीय क्षेत्र सुधार कार्यक्रम

      ११. नेपालमा सबैभन्दा धेरै कर्मचारी कार्यरत रहेको संस्थान कुन हो ?
       नेपाल विद्युत् प्राधिकरण

      १२. नेपालमा सर्वप्रथम स्थापना भएको उद्योग अर्थात् संस्थान कुन हो ?
       विराटनगर जुट मिल (वि.सं. १९९३)

      १३. नेपालमा निकासी वृद्धि गर्ने उद्देश्यले द्वयविनिमय दर प्रणाली कहिलेदेखि लागू गरियो ?
       वि.सं. २०३४

      १४. नेपाली सेनाको कायममुकायम प्रधानसेनापति कसलाई चयन गरियो ?
       प्रभुराम शर्मा
      – (वि.सं. २०७८ साउन २६ गतेबाट लागू हुने गरी बलाधीकृत रथी शर्मालाई कायममुकायम प्रधानसेनापति चयन गरिएको ।)

      १५. म्यानमारमा त्यहाँको सेनाले कहिलेसम्म सङ्कटकाल जारी रहने घोषणा गरेको छ ?
       सन् २०२३ अगस्ट
      – निर्वाचित सरकारलाई अपदस्थ गरी सैनिक शासन लागू गरेको म्यानमार सेनाले सन् २०२१ अगस्ट १ मा सङ्कटकाल दुई वर्ष थपिएको घोषणा गरेको ।
      – सन् २०२१ फेब्रुअरीमा सेनाका प्रमुख जनरल मिन आङ ह्लेयङले आपूmलाई प्रधानमन्त्री घोषणा गरेका थिए । सैनिक शासन लागू गरेकै दिन सेना प्रमुख मिन आङले एक वर्षको सङ्कटकाल घोषणा गरेका थिए ।

      १६. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?
       मोहन कोइराला

      १७. झर्रोवादी आन्दोलनको उद्देश्य के थियो ?
       विदेशी तथा अन्य भाषाका आगन्तुक शब्दहरूलाई रोकी आफ्नैपनका चोखो नेपाली भाषा बनाउने

      १८. मन्त्रिपरिषद्ले देशभरका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
       वि.सं. २०७५ मङ्सिर ३

      १९. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?
       सन् २०१७–२०२१

      २०. काठमाडौँलाई आधुनिक नेपालको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
       वि.सं. १८२६ चैत १०

      २१. नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?
       जयस्थिति मल्ल

      २२. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?
       दोलखा
      – सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सातवटा अद्भूत र आकर्षक कुण्ड रहेको ।
      – सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागु पूर्णिमाजस्ता पर्वमा ठूलो मेला लाग्ने गरेको ।

      २३. ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?
       रणबहादुर शाह
      – राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिने ।
      – भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महìवका कार्यालयहरूको सुरक्षाका लागि खटाएका ।
      – चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका ।

      २४. विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?
       सन् २०१२
      – नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको । यसैगरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने ।
      – डब्लूटीओमा अल्पविकसित सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको ।

      २५. दुई फरक गुण भएका जीवबीच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?
       हाइब्रिडाइजेसन

      २६. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?
       वि.सं. २०७४ साउन १२
      – (यूएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसद्को बैठक प्रत्यक्ष रूपमा हेर्न र सुन्न सकिने ।)

      २७. पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?
       कालीगण्डकी र त्रिशूली
      – चितवन, नवलपुर र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित यो ठाउँ नारायणगढ बजारदेखि करिब सात कि.मि. उत्तरमा रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायतका नदी पनि मिसिएर यहाँ आइपुग्छन् । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पुराणहरूमा उल्लेख छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको विmंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । रामचन्द्र वनवास बस्दा असली सीताको रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास गरिन्छ ।
      – यहाँ स्नान गर्नाले ठूलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेकोभन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको छ ।
      – माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूलो एकादशी, बालाचतुर्दशीलगायत पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ ।

      २८. राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला कहाँ रहेका छन् ?
       गोदावरी, ललितपुर
      – वि.सं. २०१९ कात्तिक १२ मा शाही वनस्पति उद्यानका रूपमा स्थापित यो उद्यान २०६२/६३ को जनआन्दोलनपश्चात् राष्ट्रिय वनस्पति उद्यानका रूपमा नामाङ्कित भएको ।
      – दशकौँ पुराना रुख र वनस्पतिको साझा भण्डारका रूपमा रहेको यो उद्यान वैज्ञानिकका लागि उपयुक्त अनुसन्धान केन्द्र रहेको ।
      – यहाँ रहेको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा फूल फुल्ने र नफुल्ने गरी एक लाख ६५ हजारभन्दा बढी वनस्पतिका नमुना राखिएको ।

      २९. एक वडा, एक कालोपत्रे सडक योजना ल्याउने स्थानीय तह कुन हो ?
       फुङलिङ न.पा., ताप्लेजुङ
      – (ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङले आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयनमा ल्याउने गरी उक्त योजना अघि बढाएको ।)

      ३०. इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
       सन् १९६७ सेप्टेम्बर २७
      प्रस्तुतकर्ता :टङ्क केसी


    • श्रावण २७, २०७८ बुधबार
    •  

        १. नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले
        अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा कहिले गरेका हुन् ?
         वि.सं. २०७८ साउन १९ गते
        – उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेको ।
        – उनको नेतृत्वमा नेपाली टोलीले एकदिवसीय मान्यता पाउनुका साथै टी–२० विश्वकपसम्म पुगेको ।

        २. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?
         प्रकाशको आवर्तन
        – (फरक माध्यममा प्रकाशको गति फरक–फरक हुने भएकाले प्रकाशको आवर्तन हुन्छ ।)

        ३. सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा कहिले सार्वजनिक ग-यो ?
         वि.सं. २०७८ साउन २३ गते
        – विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा प्रकाशित गरिएको ।
        – सो नतिजाअनुसार कुल चार लाख ८४ हजार २७८ जनाले ११ कक्षा पढ्ने अवसर प्राप्त गरेको ।
        – राष्ट्रिय परीक्षा बोर्डका अनुसार बोर्डमा पाँच लाख १७ हजार १२२ जना विद्यार्थीले आवेदन दिएकोमा ३२ हजार ८४४ जना विद्यार्थी प्रमाणीकरणमा छुटेका । ती विद्यार्थी परीक्षामा सहभागी नभएको या बीचमै पढाइ छाडेको हुनसक्ने आकलन बोर्डको रहेको ।
        – गत वर्ष पनि कोरोना भाइरसका कारण विद्यालयले नै गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर परीक्षाफल निकालिएको थियो ।

        ४. प्रदेश खेलकुद विकास परिषद् गठन गर्ने पहिलो प्रदेश कुन हो ?
         प्रदेश ३ (वि.सं. २०७६ असार २४)

        ५. लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?
         तमहिग

        ६. कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमका लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ कहिले
        गरियो ?
         वि.सं. २०७६ भदौ ३१ गते
        – कोषले वि.सं. २०७६ साउन १ गतेयता स्थायी नियुक्ति हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्मेवारी पाएसँगै सञ्चालनको तयारीकै सन्दर्भमा सो कम्प्युटर प्रणाली बनाएको । यसका साथै आवश्यक अन्य संरचनागत, प्रक्रियागत एवं प्रणालीगत तयारी पनि पूरा भएको कोषले जनाएको ।
        – कोषमा सञ्चय भएको रकमबाट कोषले सञ्चयकर्ताको आवश्यकता पूर्ति गर्नका लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जाजस्ता सापटी सुविधा प्रदान गर्ने गरेको ।
        – त्यस्तै मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसूति स्याहार, किरिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चय कोषकर्ता स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिँदै आएको ।
        – कोषले मुलुकको पूर्वाधार विकासका लागि विभिन्न जलविद्युत् कम्पनी माथिल्लो तामाकोसी, चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित विभिन्न जलविद्युत् आयोजनामा ऋण लगानी गरेको छ । त्यस्तै नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्नका लागि ऋण लगानी गरेको ।
        – कोषले अधिकांश सेयर स्वामित्व सञ्चयकर्ताको रहने गरी वेतन–कर्णाली जलविद्युत् आयोजना निर्माण प्रक्रियाको सुरुवातसमेत गरेको ।
        – कर्मचारी सञ्चय कोष ऐन, २०१९ अनुसार वि.सं. २०१९ भदौ ३१ मा यो संस्थाको स्थापना भएको ।

        ७. मदर टेरेसाको जन्म कहिले र कहाँ भएको हो ?
         सन् १९१० अगस्ट २६, उत्तरी मेसेडोनिया (उनी अल्बानियन मूलकी हुन्)
        – (निधन ः सन् १९९७ सेप्टेम्बर ५, भारतमा)

        ८. भूउपयोग ऐन, २०७६ अनुसार कृषि क्षेत्र भन्नाले के बुझिन्छ ?
         कृषि बाली उत्पादन, पशुपन्छीपालन, फार्म हाउस, मत्स्यपालन, माहुरीपालन, रेशम खेतीलगायत कृषिजन्य उत्पादन, वागवानी वा वनवाटिका, जडीबुटी र कृषि वनका लागि प्रयोग भएको वा हुन सक्ने जग्गा ।

        ९. प्रसिद्ध रामधुनी मन्दिर कहाँ रहेको छ ?
         सुनसरी
        – पूर्व–पश्चिम राजमार्गको झुम्का बजारबाट सात किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी लगायतका महìवपूर्ण पर्वमा मेला लाग्ने गर्छ ।
        – त्रेता युगमा भगवान् राम यही स्थानमा आएर वनवास बसेको किंवदन्ती रहेको छ । त्यो बेला भगवान् रामले बालेको मानिएको आगो (धुनी) अहिलेसम्म पनि बलिरहेको छ । साथै, मन्दिर परिसरमा रथको पाङ्ग्रा, इनार, सीताले प्रयोग गरेको जाँतोलगायत महìवपूर्ण ऐतिहासिक वस्तुसमेत यहाँ देख्न सकिन्छ ।

        १०. नेपालका आदिवासी जनजातिको भाषा संरक्षण गर्ने उद्देश्यका साथ विश्वव्यापी अभियानको थालनी कहिलेदेखि गरिएको हो ?
         वि.सं. २०७६ असार १५ (थाइल्यान्डबाट)

        ११. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
         प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम ।

        १२. वृहस्पति र मङ्गल ग्रहको बीचमा फेला परेको धातुयुक्त छुद्र ग्रह कुन हो ?
         साइकी
        – (यो ग्रह इटालीको नेपल्सका खगोलशास्त्री एनिबल डी गेस्परिसले पत्ता लगाएका हुन् । यस छुद्र ग्रहमा प्रशस्त मात्रामा सुन रहेको अनुमान गरिएको ।)

        १३. विदेशीका लागि गोल्डकार्ड भिसा योजना सुरु गर्ने राष्ट्र कुन हो ?
         संयुक्त अरब इमिरेट्स (यूएई)

        १४. विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?
         सन् २०१८ जनवरी २६
        – साइबर अपराधसम्बन्धी गतिविधिलाई निरुत्साहित गर्दै सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ सो संस्था स्थापना गरिएको ।
        – यो संस्थाको मुख्यालय स्विजरल्यान्डको जेनेभामा रहेको ।

        १५. विश्वकै सबैभन्दा अग्लो उचाइबाट गरिने बञ्जी जम्पको निर्माण कहाँ गरिएको छ ?
         चीन
        – यो बञ्जी जम्प सन् २०२० को उत्तराद्र्धमा सञ्चालनमा आएको ।
        – चीनको हुनान प्रान्तस्थित दुई पहाडका टाकुराबीचको काँचको पिँधयुक्त ४३० मिटर लामो पुलमा सो बञ्जी जम्प निर्माण गरिएको छ । झाङ्गजियाजिय ग्राउन्ड क्यान्योन ग्लास ब्रिजमा आउने आगन्तुकहरूले आङ नै सिरिङ्ग हुने गरी २६० मिटर उचाइबाट बञ्जी जम्पिङ गरेर मनोरञ्जन लिन सक्ने ।

        १६. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
         प्रकाश विच्छेदन

        १७. भित्री ग्रह (क्ष्ललभच उबिलभतक) अर्थात् सूर्यको नजिकका ग्रह भनेर कुन–कुन ग्रहलाई चिनिन्छ ?
         बुध, शुक्र, पृथ्वी, मङ्गल
        – (वृहस्पति, शनि, अरुण र वरुणलाई बाहिरी ग्रह (इगतभच एबिलभतक) अर्थात् सूर्यबाट टाढा रहेका ग्रह भनेर चिनिन्छ ।)

        १८. प्लास्टिक तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्ने उद्देश्यका साथ ‘हिमालदेखि तराईसम्म प्लास्टिकरहित समाज निर्माण अभियान’ रारा तालबाट कहिले सुरुवात भएको हो ?
         वि.सं. २०७५ मङ्सिर २६

        १९. सन् २०३० सम्म नेपालमा कुपोषणको दरलाई कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
         १४ प्रतिशत (सन् २०२५ सम्म २४ प्रतिशत)

        २०. पूर्वको ग्रेट ब्रिटेन भनी जापानलाई चिनिन्छ भने दक्षिणको ग्रेट ब्रिटेन भनी कुनलाई चिनिन्छ ?
         न्युजिल्यान्ड

        २१. वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
         शुक्र

        २२. बीबीसी नेपाली सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
         सन् १९६९ को जुन ७
        – पहिले साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन, पाँच दिन हुँदै हाल दैनिक रूपमा देशभरका दर्जनौँ एफएम फ्रिक्वेन्सीहरूमा देश–विदेशका समाचार, विचार एवं विश्लेषणका साथ प्रस्तुत हुने गर्दछ ।
        – वस्तुपरक समाचारका साथसाथै तिनको पृष्ठभूमि र त्यसबारे गहन विश्लेषणहरू प्रस्तुत गर्दै आएको बीबीसी नेपाली सेवा नेपाल तथा विश्वभरिका नेपाली भाषी श्रोतामाझ लोकप्रिय रहिआएको छ ।

        २३. ऋजचयलययिनथ भन्नाले कालक्रमसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई बुझिन्छ भने ऋयकmययिनथ भन्नाले के बुझिन्छ ?
         ब्राण्डको उत्पत्तिसम्बन्धी अध्ययन गर्ने विज्ञान

        २४. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
         माल्दिभ्स
        – (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)

        २५. २६. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटना दर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्दछ ?
         सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

    • भाद्र २, २०७८ बुधबार
    •  

      १. नेपाल राष्ट्र बैङ्कद्वारा आ.व. २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
       वि.सं. २०७८ साउन २९
      – गभर्नर महाप्रसाद अधिकारीद्वारा भर्चुअल रूपमा सार्वजनिक गरिएको नीतिमा मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको,
      – मौद्रिक नीतिमा कोभिड प्रभावित प्याकेजको निरन्तरता,
      – आगामी दुई वर्षसम्म मर्जरमा जाने बैङ्कहरूले
      सहुलियत पाउने,
      – मौद्रिक नीतिले विकास बैङ्क र फाइनान्स कम्पनीको अस्तित्व बचाउन वाणिज्य बैङ्कमा गाभिने नीतिलाई निरुत्साहित गरेको,
      – विस्तृत मुद्रा प्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशत हुने,
      – सहवित्तीयकरण कर्जाको सीमा एक अर्बबाट दुई अर्ब पु¥याइने,
      – स्थानीय तहमा कम्तीमा एक शाखा र एक एटीएम
      अपाङ्गमैत्री बनाउनुपर्ने,
      – वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूको दोहोरो लगानी (क्रस होेल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र मर्जरमा जानुपर्ने,
      – मौद्रिक नीतिमा केन्द्रीय बैङ्क विद्युतीय मुद्रा (सेन्ट्रल बैङ्क डिजिटल करेन्सी–सीवीडीसी)को सम्भाव्यता अध्ययन
      गरिने उल्लेख ।

      २. सन् २०२१ मा सम्पन्न ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने राष्ट्र कुन कुन हुन् ?
       क्रमशः अमेरिका, चीन र जापान
      – अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ कांस्य गरी ११३ पदक, चीन ३८ स्वर्ण, ३२ रजत र १८ कांस्य गरी ८८ पदक र जापान २७ स्वर्ण, १४ रजत र १७ कांस्य गरी ५८ पदक प्राप्त गर्न सफल भएका ।
      – प्रतियोगितामा तेस्रोदेखि दसौँ स्थानसम्म रहन सफल भएका राष्ट्र क्रमशः बेलायत, रुस, अस्ट्रेलिया, इटाली, जर्मनी, नेदरल्यान्ड र फ्रान्स रहेका ।
      – यस खेलकुद प्रतियोगितामा ३३ खेल समावेश गरिएको ।

      ३. सरकारले वीर योद्धा भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?
       वि.सं. २०७८ असार १४
      – उनलाई राष्ट्रिय विभूति घोषणा गरिएसँगै नेपालमा राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको ।
      – देउथलको युद्धमा ७३ वर्षको उमेरमा थापाले वीरगति प्राप्त गरेका ।

      ४. राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?
       वि.सं. २०७८ वैशाख २
      – (नयाँबानेश्वरमा प्रधान कार्यालय रहेको राष्ट्रिय खाद्य बैङ्कको नारा ‘पोषिलो आहारका लागि दिगो कृषि’ रहेको ।)

      ५. पशुपतिमा ‘क्युआर कोड’ प्रणालीमार्फत भेटी चढाउन सकिने कार्यको सुरुवात कहिले भएको हो ?
       वि.सं. २०७७ फागुन १४
      – (मोबाइलको प्रयोग गरी अनलाइन पे–सिस्टमबाट पशुपति क्षेत्र विकास कोषको खातामा भेटी चढाउन सकिने ।)

      ६. देशभर एकैपटक १६५ वटा सडकको शिलान्यास कहिले गरिएको हो ?
       वि.सं. २०७७ चैत २१

      ७. नेपालमा कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ कहिले भएको हो ?
       वि.सं. २०७७ माघ १४

      ८. नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कहिलेदेखि लागू गरिएको हो ?
       वि.सं. २०७८ साउन १

      ९. ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?
       सन् २०१८ जनवरी २६
      – साइबर अपराधीसम्बन्धी गतिविधिलाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम)द्वारा यस संस्थाको
      स्थापना गरिएको ।
      – यसको मुख्यालय स्विजरल्यान्डको जेनेभामा रहेको ।

      १०. लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य बासस्थान कहाँ हो ?
       बाटुलेचौर, कास्की

      ११. फोब्र्स अन्डर थर्टी एसिया २०२१ मा पर्न सफल नेपाली प्रतिभा को हुन् ?
       गौरिका सिंह (पौडी खेलाडी)

      १२. नास्टद्वारा विज्ञान प्रविधिको विकास गर्ने उद्देश्यका साथ युवा वैज्ञानिक फोरम (वाईएसएफएन)को उद्घाटन कहिले
      गरिएको हो ?
       वि.सं. २०७७ असोज ९

      १३. इजरायल र युएईबीच शान्ति सम्झौता कहिले भएको हो ?
       सन् २०२० सेप्टेम्बर १५

      ४. भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र भास्को डि गामाले प्रयोग गरेको नक्साको निर्माण गर्ने व्यक्ति को हुन् ?
       मुहम्मद अल–इद्रिसी

      १५. अन्तर्राष्ट्रिय वन दिवस कहिले मनाइन्छ ?
       मार्च २१
      – (सन् २०२१ को नारा ः फरेस्ट रेस्टोरेसन ः ए पाथ टु रिकभरी एन्ड वेल विइङ)

      १६. जी–सेभेन राष्ट्रहरूको ४७औँ सम्मेलन कहिले सम्पन्न भएको हो ?
       सन् २०२१ जुन ११–१३

      १७. तेक्वान्दोका तीनै विधा (गेरोगी, पुम्से र पारा)मा अन्तर्राष्ट्रिय निर्णायक बन्न सफल नेपाली को हुन् ?
       अशोक खड्का

      १८. लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षी दल (सुडान पिपल्स लिबरेसन मुभमेन्ट–एसपीएलएम)बीच शान्ति सम्झौताको खाकामा कहिले हस्ताक्षर भएको हो ?
       सन् २०२० जनवरी २४
      – सम्झौतामा सुरक्षा र शासन प्रणालीका विषय समावेश गरिएको ।
      – विपक्षी दल एसपीएलएम दक्षिणी क्षेत्रले ब्लु नाइल क्षेत्रमा सशस्त्र विद्रोहको नेतृत्व गरेको । सो समूह दक्षिण सुडानको सीमा क्षेत्रमा सन् २०११ देखि सक्रिय रहेको ।

      १९. एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?
       फुङलिङ न.पा., ताप्लेजुङ

      २०. एसियाको नोबल पुरस्कार भनी चिनिने रेमन म्यागासेसे पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
       सन् १९५८
      – हाससम्म यो पुरस्कार प्राप्त गर्ने नेपाली
      – १. महेशचन्द्र रेग्मी सन् १९९७
      – २. भारतदत्त कोइराला सन् २००२
      – ३. डा. सन्दुक रुइत सन् २००६
      – ४. महावीर पुन सन् २००७
      – ५. शक्ति समूह सन् २०१३

      २१. इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
       सन् १९६७ सेप्टेम्बर २७
      – सन् १९२३ सेप्टेम्बरमा स्थापित यो संस्थाको प्रधान कार्यालय फ्रान्सको लियोनमा रहेको ।
      – यस सङ्गठनको आधिकारिक भाषा चारवटा– अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस र अरेविक रहेका ।
      – यस सङ्गठनको नारा ऋयललभअतष्लन एयष्अिभ ँयच ताभ कबाभच धयचमि रहेको ।
      – इन्टरपोलले आठ प्रकारका नोटिस जारी गर्ने ।
      – यसको सदस्य सङ्ख्या १९४ रहेको ।

      २२. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?
       नेपालगञ्ज, बाँके
      – जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका ः जनकपुर ।
      – सबैभन्दा बढी वडा सङ्ख्या भएको उपमहानगरपालिका ः कलैया (बारा, २७ वडा) ।

      २३. कोसी सम्झौता वि.सं. २०११ वैशाख १२ मा भएको थियो भने गण्डक सम्झौता कहिले भएको थियो ?
       वि.सं. २०१६ मङ्सिर १९

      २४. अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानमा रहेका अमेरिकी सेना सन् २०२१ मे १ बाट फिर्ता गर्ने घोषणा कहिले गरेका हुन् ?
       सन् २०२१ अप्रिल १४

      २५. गहना सङ्ग्रहालय भद्रकाली (काठमाडौँ)मा रहेको छ भने बागमती सभ्यता सङ्ग्रहालय कहाँ रहेको छ ?
       गुह्येश्वरी (काठमाडौँ)

      २६. नापी विभागद्वारा धरातलीय स्वरुपबारे जानकारी हासिल गर्नका लागि लाइडर सर्भेको सुरुवात कहिले गरिएको हो ?
       वि.सं. २०७८ वैशाख २१

      २७. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि ‘मन्ट्रियल महासन्धि, १९९९’ नेपालको संसद्बाट कहिले पारित गरिएको हो ?
       वि.सं. २०७५ भदौ ७
      – उक्त महासन्धि पारित भएसँगै नेपाल यस महासन्धिको पक्ष राष्ट्र बनेको ।
      – महासन्धि पारित भएको जानकारीसहित अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)मा दर्ता गराएको ६० दिनपछि यो महासन्धि कार्यान्वयनमा आउने प्रावधान ।
      – यस महासन्धिको पक्षराष्ट्र भएसँगै अब नेपाली हवाई यात्रुले पनि अन्तर्राष्ट्रिय उडानका क्रममा हुनसक्ने विभिन्न घटनामा विदेशी यात्रुसरह बीमा सुविधा पाउने भएका । अब अन्तर्राष्ट्रिय वायुसेवामार्फत यात्रा गर्दा यात्रुको ज्यानमा क्षति भए करिब पौने दुई करोड रुपियाँ क्षतिपूर्ति प्राप्त हुने ।
      – यसअघि नेपाल ‘वार्सा महासन्धि १९२९’ र सोको हेग प्रोटोकल १९५५ को मात्र पक्षराष्ट्र रहेको । सोअनुसार हवाई दुर्घटनामा ज्यान गुुमाउने नेपालीले केवल २० हजार अमेरिकी डलर मात्र पाउने गरेका ।

      २८. संयुक्त अरव इमिरेट्स (युएई)ले देश विकासका लागि योगदान गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिन सक्ने घोषणा कहिले गरेको हो ?
       सन् २०२१ जनवरी ३०

      २९. नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?
       ८३

      ३०. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारालगायतका खगोलीय पिण्डहरू एवं धुलकण र ग्यासीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?
       तारापुञ्ज
      – (सौर्यमण्डलमा रहेको तारापुञ्जलाई आकाशगङ्गा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको छ ।)

      प्रस्तुतकर्ता : टङ्क के.सी.

      •  भाद्र ९, २०७८ बुधबार
      •  
    • १. न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उद्देश्यका साथ निर्मित न्यायिक सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ?
       वि.सं. २०७८ भदौ १ गते
      – सर्वोच्च अदालत परिसरमा निर्मित सो सङ्ग्रहालयमा न्याय क्षेत्रको चरणबद्ध इतिहास झल्किने दस्तावेज सङ्ग्रहित गरिएको ।
      – भोजपत्रको नमुना, ताडपत्रको नमुना, वि.सं. १९४५ मा जारी भएको मुलुकी ऐन, वि.सं. १९९१ सम्मको संशोधन, २०२० को मुलुकी ऐन, वि.सं. २००८ को नेपाल गजेटलगायतका सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको ।
      – उक्त सङ्ग्रहालयमा न्याय र कानुनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरिएको ।

      २. नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल राजनीतिकर्मी को हुनुहुन्छ ?
       अष्टलक्ष्मी शाक्य
      (नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको ।)

      ३. सार्वजनिक यातायातलाई नियमन गर्ने उद्देश्यका साथ अनलाइन मनिटरिङ सिस्टम कहिलेदेखि लागू गरिएको हो ?
       वि.सं. २०७७ मङ्सिर ४

      ४. १२ वटा अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराई विश्व कीर्तिमान कायम गर्ने नेपाली सर्जक को हुन् ?
       डा. डीआर उपाध्याय

      ५. वि.सं. २०७७ फागुनमा नगरविकास कोषद्वारा सार्वजनिक प्रतिवेदनअनुसार आयोजनाको कार्यान्वयन तथा व्यवस्थापनका हिसाबले उत्कृष्ट बन्न सफल नगरपालिका कुन हो ?
       लालबन्दी नगरपालिका (सर्लाही)

      ६. गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलनको आयोजना कहिले हुने भएको छ ?
       वि.सं. २०७८ कात्तिक ६–८ (काठमाडौँ)
      – नेपाल सरकारले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल एवं पहुँचबाट नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई प्राथमिकता दिएको ।
      – हरेक दुई वर्षको अन्तरालमा हुँदै आएको सम्मेलनको समन्वय परराष्ट्र मन्त्रालयले गर्दै आएको ।
      – सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली आफ्नो मातृभूमिमा जम्मा हुने गर्छन्, जहाँ विश्वमा नेपालीको पहिचान उच्च बनाउन आवश्यक नयाँ कार्यदिशाको खोजी गरिने साथै सङ्घको सुधार र परिमार्जनसँगै नयाँ नेतृत्वको चयन हुने गर्छ ।

      ७. कोरोना सङ्क्रमण उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा हालै सिफारिस गरिएको नयाँ औषधि कुन हो ?
       इन्टरलेउकिन–६ (आईएल–६)
      – डब्लुएचओले सन् २०२१ जुलाई ६ मा यो औषधि सिफारिस गरेको ।
      – प्रतिरक्षा बढाउन यो औषधि प्रभावकारी हुने विश्वास गरिएको ।

      ८. वल्र्ड हेल्थ अवार्ड २०२० बाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?
       डा. पशुपति महत र डा. अरूणराज कुँवर

      ९. पुनर्निर्मित धरहराको उद्घाटन कहिले गरिएको हो ?
       वि.सं. २०७८ वैशाख ११
      – नवनिर्मित धरहरा जमिनको सतहबाट गजुरसम्म ८३.८५ मिटर अग्लो रहेको ।
      – बाहिरबाट हेर्दा ११ तलाको देखिने धरहरामा भित्र २२ तला रहेको ।
      – ४२.२ रोपनी क्षेत्रफलमा निर्मित यस धरहराको २० औँ तलामा बार्दली एवं २२ औँ तलामा शिवलिङ्ग रहेको ।
      – मुगल शैलीमा निर्मित यस धरहराको डिजाइन विष्णु पन्थीले गरेका ।
      – धरहराको पुरानो नाम मिनार रहेको ।
      – पुरानो धरहराको निर्माण भीमसेन थापाद्वारा भएको ।
      – पुनः निर्मित धरहराको शिलान्यास वि.सं. २०७५ पुस १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भएको । धरहरा निर्माणका लागि वि.सं. २०७२ फागुन ४ मा ‘मै बनाउँछु मेरो धरहरा’ अभियानको घोषणा (तत्कालीन प्रम केपी शर्मा ओलीद्वारा) गरिएको ।

      १०. नेपालका सरकारी सञ्चार माध्यमहरूको परिवर्तित नारा के हो ?
       समद्धिका लागि सञ्चार
      – यसअघिको नारा ‘विकासका लागि सञ्चार’ रहेको ।
      – नेपालका सरकारी सञ्चार माध्यमका रूपमा नेपाल टेलिभिजन, रेडियो नेपाल, रासस र गोरखापत्र रहेका ।

      ११. देशमा सबैभन्दा पहिले स्थापित लिक्विड अक्सिजन प्लान्ट कहाँ रहेको छ ?
       सिमरहवा (रूपन्देही)
      – यसको उद्घाटन वि.सं. २०७८ जेठ ३० मा भएको ।
      – यस प्लान्टमा दैनिक ६० मेट्रिकटन अक्सिजन उत्पादन हुने ।

      १२. नेपालकै पहिलो महिला फिफा रेफ्री को हुन् ?
       कल्पना शर्मा

      १३. विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ?
       मार्च २४
      (सन् २०२१ को नारा : सङ्केत समयको क्षयरोग अन्त्यको (त्जभ अयिअप ष्क त्ष्अपष्लिन)

      १४. राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?
       जेठ १६
      – वि.सं. २०७८ जेठ १६ मा ‘महिलाको सुरक्षा र अधिकारः सङ्कटकालीन व्यवस्थापन हाम्रो सरोकार’ नाराका साथ तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइएको ।
      – महिलाको हक अधिकार सम्बन्धमा प्रतिनिधि सभामा पेस भएको प्रस्ताव वि.सं. २०६३ जेठ १६ मा तत्कालीन प्रतिनिधि सभाबाट पारित भएको दिनलाई विशेष रूपमा स्मरण गर्दै प्रत्येक वर्ष जेठ १६ का दिन यो दिवस मनाउन सुरु गरिएको ।
      – लैङ्गिक समानता, महिला अधिकार, सशक्तीकरण र हिंसा न्यूनीकरण, आमा वा बाबुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्ने विषय, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरामा ध्यान दिई कम्तीमा एकतिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको ग्यारेन्टी, विभेदकारी कानुनको खारेजी एवं महिलाप्रति हुने हिंसाको अन्त्यसम्बन्धी विषय सो प्रस्तावमा समेटिएको ।

      १५. आ.व. २०७८/७९ को बजेटमार्फत ज्येष्ठ नागरिक भत्ता कति पु-याइएको छ ?
       रु. चार हजार
      – आ.व. २०७६/७७ को बजेटले सो भत्ता दुई हजार रुपियाँबाट तीन हजार रुपियाँ पु¥याएको थियो ।
      – हाल ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक भत्ता दिने गरिन्छ ।
      – आ.व. २०५१/५२ देखि ज्येष्ठ नागरिक भत्ता प्रदान गर्न थालिएको । सुरुआतमा ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक एक सय रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरिएको ।

      १६. साहित्यकार डा. वानीरा गिरिको निधन कहिले भएको हो ?
       वि.सं. २०७८ जेठ ९
      – (डा. गिरिका कारागार (उपन्यास), शब्दातीत सान्तनु (उपन्यास), एउटा अर्को जङ्गबहादुर (कविता सङ्ग्रह) लगायतका चर्चित कृति प्रकाशित छन् ।)

      १७. सर्वोच्च अदालतले पातलो प्लास्टिक (४० माक्रोनभन्दा कम) को झोलाको प्रयोग पूर्ण रूपले प्रतिबन्ध लगाउने घोषणा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई ६ बुँदे आदेश कहिले जारी गरेको हो ?
       वि.सं. २०७८ साउन २८

      १८. साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी कहिलेदेखि हटाएको हो ?
       सन् २०२१ जनवरी ५
      – (साउदी अरबद्वारा ३ वर्षअघि कतारमाथि प्रतिबन्ध लगाइएको थियो ।)

      १९. २००७ सालअघि नेपालको कति राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम भएको थियो ?
       चार (बेलायत, अमेरिका, भारत र फ्रान्स)

      २०. विश्वकै अग्लो होटल कहाँ खुलेको छ ?
       चीन (जे होटल)
      – चीनको साङ्घाइमा निर्मित सो होटल सन् २०२१ जुन १९ देखि सञ्चालनमा आएको ।
      – होटलको उचाइ ६३२ मिटर रहेको ।

      २१. विश्वमा सबैभन्दा धेरै शरणार्थी हुन बाध्य भएको देश कुन हो ?
       सिरिया

      २२. विश्व कछुवा दिवस कहिले मनाइन्छ ?
       मे २३

      २३. नेपालको इतिहासमा पहिलो दलित सचिव बन्न सफल व्यक्ति को हुनुहुन्छ ?
       डा. मानबहादुर वि.क.

      २४. दश हजार किशोरी र महिलालाई डिजिटल साक्षरता एवं वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्य अनुरूप ‘स्मार्ट छोरी’ नामक अभियान कहिले सुरु गरिएको हो ?
       वि.सं. २०७५ फागुन ११

      २५. कृषि विकास बैङ्कद्वारा किसान क्रेडिट कार्ड र किसान एपको शुभारम्भ कहिले गरिएको हो ?
       वि.संं २०७७ माघ ७

      २६. जनकपुर–जयनगर रेल–वेमा रेल सेवा पुनः सञ्चालन कहिलेदेखि भएको हो ?
       वि.सं. २०७७ असोज ३ (२ वटा रेलबाट सेवा सञ्चालन भएको ।)

      २७. चिया श्रमिकको सम्मानमा प्रतिमाको निर्माण कहाँ गरिएको छ ?
       इलाम (अनावरणः वि.सं. २०७७ मङ्सिर २५)

      २८. संयुक्तराष्ट्र सङ्घले कुन वर्षलाई उपचारात्मक वर्ष बनाउन आह्वान गरेको छ ?
       सन् २०२१

      २९. दार्चुला जिल्लाको कालापानी सीमाक्षेत्र (व्यास गाउँपालिका–१, छाङरु) मा सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा चौकी (बिओपी) को स्थापना कहिले गरिएको हो ?
       वि.सं. २०७७ वैशाख ३१

      ३०. लिच्छविकालमा राजस्व सङ्कलन, जग्गा खरिद–बिक्री तथा भूमिसम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?
       कुथेर अधिकरण
      प्रस्तुतकर्ता : टङ्क के.सी.

    •  भाद्र १६, २०७८ बुधबार
    •  

      १. नेपाली सेनाको प्रधानसेनापतिमा हालै कसलाई नियुक्त गरियो ?
       बलाधिकृत रथी प्रभुराम शर्मा (२०७८ भदौ २४ देखि कार्यकाल सुरु)
      – नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका बलाधिकृत रथी शर्मालाई सो पदमा नियुक्त (२०७८ भदौ ११ गते) गरिएको ।
      – नेपाली सेनामा ३७ वर्ष बिताउनुभएका शर्मा ब्राह्मण जातिबाट सो पदमा पुग्ने पहिलो सेनापति हुनुहुन्छ ।
      – उहाँले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गर्नुभएको ।
      २. जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन कहिले भएको हो ?
       वि.सं. २०७८ भदौ १०
      ३. माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता कहिले प्रदान गरिएको हो ?
       वि.सं. २०७८ भदौ ९
      – (नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल पक्षद्वारा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको ।)
      ४. अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्ने सम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ?
       १५ बुँदे
      – विभिन्न चौध अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा जात, धर्म, सम्प्रदाय र राजनीतिक दलका आधारमा नभई अन्तर्राष्ट्रिय स्वीकृत सिद्धान्तका आधारमा जवाफदेही र निष्पक्ष रूपमा पारदर्शी तथा समावेशी सहयोग गर्ने भन्दै कार्यक्रम सञ्चालनका लागि सन् २०१९ जुनमा १५ बुँदे आधारभूत मार्गदर्शन जारी गरेका ।
      – संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, डानिडा प्रोग्राम सपोर्ट युनिट नेपाल, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी), नर्वेजियन दूतावास, आईएनजीओहरूको सङ्घ, अस्ट्रेलियन एड, कोरियन विकास संस्था (कोइका), फिनल्यान्ड दूतावास, जर्मन सहयोग नियोग, नेदरल्यान्ड विकास सङ्गठन, अमेरिकी दूतावास, यूके एड तथा जाइकाले आधारभूत मार्गदर्शन जारी गरेका ।
      – कार्य सञ्चालनसम्बन्धी आधारभूत मार्गदर्शन पहिलो पटक सशस्त्र द्वन्द्वका बेला सन् २००२ मा र त्यसपछि सामान्य परिमार्जनसहित सन् २००७ मा जारी गरिएको ।
      ५. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ?
       वि.सं. २०७७ फागुन २२
      – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै अभियान थालनी गरिएको ।
      – सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको ।
      – युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन नभएको ।
      ६. राष्ट्रिय योजना आयोगले कतिवटा औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको छ ?
      – तीनवटा । (कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता र मकवानपुरको मयूरधाप)
      – आयोगको २०७७ चैत ९ को बैठकद्वारा ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिँदै स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयको सहमति माग गर्ने निर्णयसमेत गरिएको ।
      – यी औद्योगिक क्षेत्र आयोगको आयोजना बैङ्कमा समेत समावेश भएका ।
      – आयोगले बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ अनुसार ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको ।
      – ५० करोड रुपियाँभन्दा बढी लागत अनुमान भएका तथा निर्माण सम्पन्न गर्न दुई वर्षभन्दा बढी समय लाग्ने आयोजनालाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने मापदण्डमा उल्लेख रहेको ।
      ७. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
       भीमशमशेर
      ८. नवीकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यका साथ इन्टरनेसनल रिन्युएबल इनर्जी एजेन्सी (आइरेना)को स्थापना कहिले भएको हो ?
       सन् २००९ जनवरी २९
      – २०७४ असोज २५ को संसद् बैठकले यसबारेको विधानलाई सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नेपाललाई सो निकायको सदस्य बन्ने बाटो सहज भएको । संसद्बाट अनुमोदन भएको दस्तावेज आइरेना मुख्यालय यूएई पठाएपछि नेपाल सो निकायको औपचारिक रूपमा सदस्य बन्ने । सन् २००९ मा जर्मनीको बोनमा सम्पन्न फाउन्डिङ कन्फ्रेन्समा सहभागी नेपालले यसबारेको विधानमा हस्ताक्षर गरेर सदस्य बन्ने प्रतिबद्धता जनाए पनि औपचारिक प्रक्रिया भने अघि बढ्न सकेको थिएन ।
      – यससँगै नेपाल दक्षिण एसियाबाट आइरेनाको सदस्य बन्ने कान्छो मुलुक बनेको ।
      – सार्कका सबै सदस्य राष्ट्रसहित कुल १६५ मुलुक सो नियोगको सदस्य बनेका ।
      ९. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?
       वि.सं. २०७४ भदौ ५
      १०. पाटनको सुन्दरी चोक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
       वि.सं. २०७४ कात्तिक १२
      ११. दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगीरथ भन्नाले के बुझिन्छ ?
       परिश्रमी
      १२. अर्बुद रोगको उपचारमा प्रयोग हुने विधि केमोथेरापी÷रेडियम थेरापी हो भने कुष्ठ रोगको उपचारमा प्रयोग हुने विधि कुन हो ?
       मल्टी ड्रग थेरापी
      १३. बारुदी सुरुङमुक्त घोषित हुने पहिलो एसियाली राष्ट्र कुन हो ?
       नेपाल

       बालमजदुरी उन्मूलन

      १५. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले भएको हो ?
       वि.सं. १९३८

      १६. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना कहिले भएको हो ?
       वि.सं. २०६८ साउन २०

      १७. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?
       वि.सं. २०७६ माघ २६
      – (राष्ट्रिय आयोजना बैङ्क कार्यान्वयनमा आएपश्चात् यसमा समाहित भएका आयोजनाहरूले मात्र बजेटमा प्रवेश पाउने ।)

      १७. एसिया प्रशान्त आर्थिक सहयोगको स्थापना कहिले भएको हो ?
       सन् १९८९
      – स्थापनाकालमा १२ देश मात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन् ।
      – यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।
      – यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।

      १८. सरकारले सवारीचालक अनुमति–पत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?
       वि.सं. २०७२ मङ्सिर १४

      १९. चीनले निर्माण गरेको विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) महिला समाचारवाचकलाई के नामकरण गरिएको छ ?
       शिन शाओमेग
      – शाओमेगले २४ घण्टासम्म समाचार पढ्न सक्ने साथै प्रोफेसनल न्युज एङ्करले जस्तै समाचार वाचन गर्ने ।
      – शाओमेगलाई सन् २०१९ फेब्रुअरी २० मा सार्वजनिक गरिएको । á
      प्रस्तुतकर्ता : टङ्क के.सी.

    • भाद्र २३, २०७८ बुधबार
    • १. नेसनल जिओग्राफिक एक्सप्लोर अवार्ड–२०२१ प्राप्त गर्ने नेपाली को हुन् ?
       उत्तमबाबु श्रेष्ठ
      – वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता श्रेष्ठले ४३ हजार डलर (करिब ५५ लाख रुपियाँ)को सो अवार्ड प्राप्त गरेका ।
      – अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले विशेषगरी नेपालको संरक्षण क्षेत्रको अनुसन्धानका लागि अनुसन्धान वृत्ति प्रदान गरेको । कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताको क्षेत्र र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको छ ।

      २. राष्ट्र बैङ्कद्वारा वि.सं. २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भएको अनुमान छ ?
       ४.०१ प्रतिशत
      – प्रतिवेदनअनुसार कृषि क्षेत्रको वृद्धिदर २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको ४.४३ प्रतिशत रहेको ।
      – कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको ।
      – आ.व. २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब पाँच करोड रुपियाँ पुगेको ।

      ३. टोकियोमा आयोजित पाराओलम्पिकमा नेपालबाट सहभागी हुने एक मात्र खेलाडी को हुन् ?
       पलेशा गोवर्धन

      (गृष्मकालीन ओलम्पिक समाप्त भएको १५ दिनपछि ओलम्पिक आयोजक सहरले नै पाराओलम्पिक गर्नुपर्ने परिपाटी रहेको ।)

      ४. संयुक्त राज्य अमेरिकाले झन्डै २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सेना पूर्ण रूपमा कहिले फिर्ता गरेको हो ?
       सन् २०२१ अक्टोबर ३०
      – अफगानिस्तानमा बाँकी रहेका केही सेना अक्टोबर ३० सम्म सबै फिर्ता गएको बताइएको । केही दिन अघिदेखि नै अमेरिकाले सेना फिर्ता गर्ने प्रक्रिया सुरु गरिसकेको ।
      – अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ लगत्तै अफगानिस्तान मिसन सुरु गरेको थियो । अमेरिकी ट्विन टावरमा हमला गराएको भनी अलकायदा सङ्गठनका प्रमुख ओसामा विन लादेनको खोजीका लागि अमेरिकाले सो मिसन सुरु गरेको ।

      ५. विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसियाको ७४औँ वार्षिक बैठक आयोजना कहाँ भएको छ ?
       काठमाडौँमा (वि.सं. २०७८ भदौ २१–२५)
      (नेपालले ११ वर्षपछि पुनः आयोजक राष्ट्रका रूपमा बैठक गर्ने अवसर प्राप्त गरेको ।)

      ६. पहिलोपल्ट विश्व साइकल दिवस कहिले मनाइयो ?
       सन् २०१८ जुन ३
      (संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१८ अप्रिल १२ मा यो दिवस मनाउने निर्णय गरिएको ।)

      ७. नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सीधा बससेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के नामले चिनिन्छ ?
       बीबीआईएन इनिसिएटिभ
      (भुटानको थिम्पुमा सन् २०१५ जुन १५ मा सम्झौता भएको थियो ।

      ८. रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलोपटक कुन आवधिक योजनामा ल्याइएको हो ?
       १५औँ
      – सरकारले २०७६ फागुन १९ मा १५औँ आवधिक योजना (२०७६/७७–२०८०/८१) पारित गरेको ।
      – पन्ध्रौँ पञ्चवर्षीय योजना अवधिमा गरिबीको दरलाई ११ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको ।
      – यस आवधिक योजनाका लागि आर्थिक क्षेत्रका ३९, सामाजिक क्षेत्रका ३४, पूर्वाधार क्षेत्रका ४०, लोकतन्त्र र सुशासनका १०, अन्तरसम्बन्धित दुई, रूपान्तरणकारी १८ र राष्ट्रिय गौरवका २२ आयोजनालाई अनुमोदन गरिएको ।
      – यस योजनामा रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलोपटक अङ्गीकार गरिएको ।
      – यस योजनामा सुख र समृद्धिका छुट्टाछुट्टै सूचकसमेत निर्धारण गरिएको; जसमा सुखका छ र समृद्धिका चार सूचक तय गरिएको ।
      – पञ्चवर्षीय योजनाले २५ वर्षे दीर्घकालीन सोचसहितका लक्ष्यसमेत निर्धारण गरेको ।

      ९. लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?
       विषयपति

      १०. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ?
       समृद्ध मुलुकका लागि स्वस्थ नागरिक
      (मन्त्रालयले वि.सं. २१०० सम्मको दीर्घकालीन आधारपत्र तयार गरेको ।)

      ११. नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
       धारा १८ (४)

      १२. लिच्छवि काल र मल्ल कालमा शिक्षाको माध्यम भाषा कुन थियो ?
       संस्कृत

      १३. नेपाल एकीकरण अभियानताका त्रिशक्ति भनी कुन–कुन राज्यलाई चिनिन्थ्यो ?
       पाल्पा, लमजुङ र तनहुँ

      १४. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?
       राजेन्द्रविक्रम शाह

      १५. जग्गाधनीलाई तल्सिङ र जग्गा कमाउनेलाई मोही भन्ने चलन चलाउने राजा को हुन् ?
       जयस्थिति मल्ल
      १६. नेपालको प्रमुख खाद्यान्न बाली धान हो भने दोस्रो प्रमुख खाद्यान्न बाली कुन हो ?
       मकै

      १७. भिक्टोरिया फल्स कुन–कुन देशको सीमामा पर्दछ ?
       जिम्बाबे र जाम्बिया

      १८. धान नाच लिम्बू जातिमा प्रचलित छ भने लट्ठी नाच र तरबार नाच कुन जातिमा प्रचलित छ ?
       थारू

      १९. सम्पूर्ण सरकारी कार्यालयमा निशान छापको प्रचलन कहिलेदेखि लागू भएको हो ?
       वि.सं. २०१९ पुस १
      (हाल प्रचलनमा रहेको नयाँ निशान छाप वि.सं. २०६३ पुस १५ देखि कार्यान्वयनमा ल्याइएको ।)

      २०. बेवी नोबल भनी चिनिने जोन विट्स क्लार्क अवार्ड २०२१ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
       इर्सेया एन्ड्र्युज

      २१. आई–फेमिलिया भन्नाले के बुझिन्छ ?
       पारिवारिक डीएनएको माध्यमबाट हराइरहेको व्यक्तिको पहिचान गर्नका लागि इन्टरपोलद्वारा २०२१ जुनदेखि सञ्चालनमा ल्याइएको डाटावेस ।

      २२. जेनेटिक इन्जिनियरिङलाई के पनि भनिन्छ ?
       डीएनए टेक्नोलोजी

      २३. नेपालको पूर्वी तराईमा बोलिने झाँगडभाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?
       द्रविड

      २४. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
       मल्ल कालमा

      २५. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
       वि.सं. २००२ असोज १

      – नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।
      – पहिलो पटक १००, १० र पाँच दरका कागजी नोट जारी गरिएको थियो ।
      – सदर मुलुकीखानाबाट जारी गरिएका ती नोटमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।

      २६. गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?
       सन् १९५५ अगस्ट २७

      (विश्वमा भएका विविध कीर्तिमानहरू उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्र्ड रेकडर््सको पहिलो प्रकाशन सन् १९५५ अगस्ट २७ मा बेलायतको लन्डनमा भएको ।)

      २७. कुन सङ्गठनलाई युद्धको बच्चा भनी चिनिन्छ ?
       लिग अफ नेसन्स

      २८. एवेल अवार्ड २०२१ कसलाई प्रदान गरियो ?
       ऐवी विग्डरसन –हङ्गेरी)

      – प्रखर क्षमता भएका गणितज्ञलाई प्रदान गरिने सो पुरस्कारको राशि झन्डै छ लाख युरो रहेको ।
      – यो पुरस्कार नर्वे सरकारद्वारा प्रदान गरिएको ।
      – सन् २००१ मा स्थापित यो पुरस्कार सन् २००३ देखि प्रदान गर्न थालिएको ।
      – पहिलोपल्ट यो पुरस्कार फ्रान्सका जिन पियरे सिरेलाई प्रदान गरिएको ।

      २९. चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ?
       सन् २०२१ जुलाई ८
      – छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका ।
      – गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको ।
      – पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने ।

      ३०. अन्तर्राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?
       जुलाई महिनाको पहिलो शनिबार
      (सन् २०२१ को नारा : रिविल्ड बेटर टुगेदर)

    •    भाद्र ३०, २०७८ बुधबार
    •  

    १. अर्थमन्त्री जनार्दन शर्माद्वारा वि.सं. २०७८ भदौ २५ मा सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरिएको बजेट (प्रतिस्थापन बजेट)को राशि कति रहेको छ ?
     रु. १६ खर्ब ३२ अर्ब ८३ करोड
    – अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटभन्दा यो बजेट करिब १५ अर्ब रुपियाँले कमी रहेको ।
    – २०७८ जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत बजेटको राशि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँ रहेको ।
    आय–व्यय विवरण
    – चालू खर्च :छ खर्ब ७७ अर्ब ९९ करोड (४१.५२ प्रतिशत)
    – पुँजीगत खर्च : तीन खर्ब ७८ अर्ब १० करोड (२३.१६ प्रतिशत)
    – वित्तीय व्यवस्थापन : एक खर्ब ८९ अर्ब ४४ करोड (११.६ प्रतिशत)
    – वित्तीय हस्तान्तरण : तीन खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत)
    स्रोत व्यवस्थापन
    – राजस्व :१० खर्ब ५० अर्ब ८२ करोड
    – वैदेशिक अनुदान : ५९ अर्ब ९२ करोड
    – वैदेशिक ऋण : दुई खर्ब ८३ अर्ब नौ करोड
    – आन्तरिक ऋण :दुई खर्ब ३९ अर्ब
    – वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेटमध्ये चालू खर्चमा समानीकरण अनुदानसहित रु. ३ खर्ब २५ अर्ब ७५ करोड (८४.११ प्रतिशत) र पुँजीगततर्फ रु. ६१ अर्ब ५५ करोड (१५.८९ प्रतिशत) रहेको ।
    बजेटका उद्देश्य
    – विद्यमान बहुआयामिक गरिबी न्यूनीकरण गर्ने ।
    – अर्थतन्त्रको पुनरुत्थान गरी उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्ने ।
    – संविधानले परिकल्पना गरेअनुरूप समावेशी र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने ।
    बजेटका विशेषता
    – बजेटमार्फत सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको ।
    – मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको ।
    – मिर्गाैला प्रत्यारोपण गरेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजार रुपियाँ उपलब्ध गराइने ।
    – राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्तिबापत मासिक तीन हजार प्रदान गरिने ।
    – कोभिड महामारीमा रोजगारी गुमाएका पाँच लाख परिवारलाई १० हजार रुपियाँका दरले (राहतस्वरूप प्रतिपरिवार एक पटक) सहयोग प्रदान गर्ने । यो सहयोग २०७८ असोज महिनाभित्र वितरण गरिसक्ने सरकारी लक्ष्य ।
    – प्रत्येक स्थानीय तहमा पाँच सय जनालाई बिनाधितो ऋण प्रदान गर्ने कार्यक्रम ।
    – प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमुनाका रूपमा सुरुवात गरिने ।
    – तीन सयभन्दा बढीलाई रोजगारी दिने उद्योगलाई राहत प्रदान गरिने ।
    – कृषि बीमाको प्रिमियमको अनुदान वृद्धि गरी ८० प्रतिशत कायम गरिएको ।
    – निरन्तर घाटामा गएका सार्वजनिक संस्थानलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी सञ्चालन गर्ने, खारेज गर्ने वा अन्य विधिबाट व्यवस्थापन गर्ने नीति लिइने ।
    – २०० मेगावाट माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले व्यापारिक कारोबार सुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको छ वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने ।
    – २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने ।
    – प्रत्येक प्रदेशमा कम्तीमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने ।
    – काठमाडौँ उपत्यकामा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने ।
    – धार्मिक सङ्ग्रहालय स्थापना गरिने ।

    २. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
     सेप्टेम्बर ८
    – (सन् २०२१ को नारा : मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता

    ३. राष्ट्रिय जनगणना–२०७८ का लागि संशोधित कार्यतालिकाअनुरूप तय गरिएको मिति कुन हो ?
     वि.सं. २०७८ कात्तिक २६–मङ्सिर ९
    – (वि.सं. २०७८ भदौ २१ को मन्त्रिपरिषद् बैठकले सो मिति तय गरेको ।)

    ४. सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
     वि.सं. २०७८ भदौ २१ गते

    ५. अठारौँ निजामती सेवा दिवस, २०७८ को नारा के रहेको छ ?
     व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन
    – वि.सं. २०१३ भदौ २२ गते नेपालमा पहिलो पटक निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा हरेक वर्ष भदौ २२ गतेका दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने गरिएको ।
    – यो दिवस वि.सं. २०६१ देखि मनाउन थालिएको ।

    ६. गिनीमा सेनाले विद्रोह गरी सत्ता कब्जा कहिले गरेको हो ?
     सन् २०२१ सेप्टेम्बर ५

    ७. ग्रिन डिल अफ द इयर २०२१ को उपाधि प्राप्त गर्ने नेपाली बैङ्क कुन हो ?
     एनएमबी बैङ्क
    – (सिङ्गापुरको एसियन बैङ्किङ एन्ड फाइनान्स पत्रिकाले पुरस्कृत गर्ने कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैङ्किङ अवार्ड श्रेणीअन्तर्गत एनएमबी बैङ्कले सो उपाधि प्राप्त गरेको ।)

    ८. भारतको कलिङ लिटररी फेस्टिबलले २०२०÷२१ का लागि प्रदान गरेको केएलएफ बुक अवार्डस् प्राप्त गर्ने नेपाली को हुन् ?
     वसन्त चौधरी (उद्योगपति तथा साहित्यकार)

    ९. निजामती सेवा दिवस २०७८ को अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने निजामती कर्मचारी कोको हुन् ?
     १. विमल पौडेल (सहरजिस्ट्रार, सर्वोच्च अदालत)
    २. डा. किरण रुपाखेती (सहसचिव, राष्ट्रिय योजना आयोग)
    ३. राजेन्द्रकुमार के.सी. (सहसचिव, अ.दु.अ.आ.)
    ४. विष्णुदत्त गौतम (सहसचिव, सङ्घीय मामिला तथा सा.प्र. मन्त्रालय)
    ५. डा. भीमसिं तिङ्करी (निर्देशक, स्वास्थ्य सेवा विभाग)
    ६. हरिशङ्कर ज्ञवाली (उपन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय)
    ७. नेत्रप्रसाद पौडेल (निर्देशक, महालेखा परीक्षकको कार्यालय)
    ८. सुमना अर्याल वाग्ले (निर्देशक, भूमि व्यवस्थापन तथा अभिलेख विभाग)
    ९. छविलाल सुवेदी (प्रमुख प्रशासकीय अधिकृत, बेनी नगरपालिका, म्याग्दी)
    १०. कमला ढकाल काफ्ले (नायब सुब्बा, महिला तथा बालबालिका विभाग)
    – त्यस्तै सो अवसरमा निजामती सेवा पुरस्कारबाट सम्मानित हुने ३० जना निजामती कर्मचारीमा – लक्ष्मीकुमारी बस्नेत (सहसचिव), ज्ञानराज सुवेदी (सहसचिव), कोशलचन्द्र सुवेदी (सहसचिव), विष्णुप्रसाद शर्मा (सहसचिव), दिलीपकुमार गौतम (उपसचिव), भोलाप्रसाद चापागार्इं (उपसचिव), शान्ता नेपाल मरासिनी (उपसचिव), डा. भोजराज शर्मा (काफ्ले) (उपसचिव), गुरुप्रसाद वाग्ले (उपन्यायाधिवक्ता), विपुलकुमार लाल दास (सिनियर डिभिजनल इन्जिनियर), सूर्यप्रसाद सापकोटा (उपसचिव), केदारप्रसाद नेपाल (सिनियर डिभिजनल इन्जिनियर), विज्ञान बन्जारा (नापी अधिकृत), प्रमिला वाग्ले (कृषि विकास अधिकृत), कुलशेखर अर्याल (शाखा अधिकृत), शिला ज्ञवाली (सहायक वन अधिकृत), सुजितकुमार सिंह (कर अधिकृत), महेशविक्रम लागेजु (शाखा अधिकृत), भक्तिप्रसाद भट्टराई (लेखा अधिकृत), भेषराज पन्थ (प्रमुख प्रशासकीय अधिकृत), विन्ध्या कार्की (लेखा अधिकृत), जलेश्वर राम (शाखा अधिकृत), जिज्ञासा राई याङ्खुरुङ (इन्जिनियर), भरतप्रसाद तिमल्सिना (टा.ना.सु.), उत्तम खनाल (वरिष्ठ मुद्रण सहायक), खडानन्द पौडेल (कम्प्युटर अपरेटर), के.आई.सिं. गलान (नायब सुब्बा), रामनरेश साह (नायब सुब्बा), अमरसिंह लामा (कार्यालय सहयोगी), पूर्णप्रसाद अगस्ती (कार्यालय सहयोगी)

    १०. अन्तर्राष्ट्रिय प्रकृति संरक्षरण कोष (आईयूसीएन)को रेड डाटा बुक लिस्टमा संवेदनशील सूचीमा समावेश (सन् २०२१ जनवरी) नेपालका दुई चरा प्रजाति कुन कुन हुन् ?
     राग महाचिल र कुरारी फ्यालफ्याले

    ११. नेपालमा चराको स्वर्ग भनी कुन ठाउँलाई चिनिन्छ ?
     कोसी टप्पु वन्यजन्तु आरक्ष

    १२. विश्वको सबैभन्दा लामो टे«किङ रुट ‘द ग्रेट हिमालयन टे«ल’ कुन देशमा रहेको छ ?
     नेपाल

    १३. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
     १४ प्रतिशत
    – कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दो क्रममा रहेको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।
    – नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कमतौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।
    – पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।
    – राष्ट्रिय सूक्ष्म पोषकतìव सर्वेक्षण २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर–किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।
    – कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको ।
    – पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।

    १४. गुराँसे पोखरी कहाँ रहेको छ ?
     ताप्लेजुङको मेरिङदेन गाउँपालिका

    १५. वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न सरकारले ‘कल सेन्टर’को सञ्चालन कहिलेदेखि गरेको हो ?
     वि.सं. २०७५ चैत १८

    १६. नेपाल र म्यानमारबीच व्यापार र लगानीसम्बन्धी सम्झौता कहिले भएको हो ?
     वि.सं. २०७५ मङ्सिर १४ (सन् २०१८ नोभेम्बर ३०)

    १७. नेपालमा मन्ट्रियल सन्धि १९९९ कहिलेदेखि लागू भएको हो ?
     वि.सं. २०७५ मङ्सिर २९

    १८. काठमाडौँ उपत्यकाको कुन ठाउँलाई ‘अशोकपतन’ पनि भनिन्थ्यो ?
     पाटन

    १९. सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कहिलेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ?
     वि.सं. २०७५ भदौ २५

    २०. प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?
     मनसुन कमजोर भई न्यून वर्षा हुने

    २१. नेपाल सरकारले विदेशी मुलुकसँग लगानीका लागि ‘द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (विप्पा)’को सट्टा कुन ढाँचा लागू गर्न थालेको छ ?
     द्विपक्षीय लगानी सम्झौता (बीआईए)

    २२. नेपालको कुन ठाउँमा सारस प्रजनन केन्द्र रहेको छ ?
     कपिलवस्तु

    २३. नेपालमा आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो जलविद्युत् कम्पनी कुन हो ?
     चिलिमे हाइड्रोपावर
    – (आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय रुपन्देही, विभागमा राहदानी विभाग र वाणिज्य बैङ्कमा नबिल बैङ्क रहेको ।)

    २४. जी–२० को स्थापना कहिले भएको हो ?
     सन् १९९९ सेप्टेम्बर २६
    प्रस्तुतकर्ता : टङ्क केसी

    • आश्विन ६, २०७८ बुधबार
    •  

      १. नेपालमा भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गो रेल कहिले भित्रिएको हो ?
       वि.सं. २०७८ भदौ ३०
      – भारतलाई आधार बनाएर विभिन्न देशमा कार्गो रेल सेवा सञ्चालन गर्दै आएको हिन्द टर्मिनल्सको उक्त रेल वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा प्रवेश गरेको ।
      – यसअघि भारत सरकारको स्वामित्व रहेका भारतीय रेलवे कम्पनी र कन्टेनर कर्पोरेसन लिमिटेड (कनकोर) ले मात्र नेपालमा कार्गो रेलसेवा उपलब्ध गराउँदै आएका ।
      – नेपाल–भारतबीच गत असार २५ गते भएको रेल सेवा सम्झौताको व्यवस्थाअनुसार भारतबाट निजी क्षेत्रको कार्गो रेलले प्रवेश पाएको ।
      – निजी क्षेत्रको समेत कार्गो रेल ढुवानी सेवाको सुरुवातले नेपालको व्यापार प्रक्रियामा थप सहजीकरण हुने विश्वास गरिएको ।

      २. मन्त्रिपरिषद्को २०७८ भदौ २९ को बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा कसलाई नियुक्त ग-यो ?
       केशव निरौला
      – आयोगको उपाध्यक्षमा नेमेन्द्रहादुर खड्कालाई नियुक्त गरिएको ।
      – यसअघि देवी ज्ञवालीको नेतृत्वमा गठित आयोगलाई सरकारले २०७८ साउन १९ मा खारेज गर्ने निर्णय गरेको ।

      ३. राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि न्यूनतम उमेर हदको प्रावधान कति रहेको छ ?
       ४५ वर्ष (राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि ५ वर्षको हुने ।)

      ४. न्यायपरिषद् र न्यायसेवा आयोग कति सदस्यीय हुने संवैधानिक प्रावधान छ ?
       ५/५ सदस्यीय

      ५. नेपाल र मौरिससबीच श्रम सम्झौता कहिले भएको हो ?
       सन् २०१९ जुन ११
      – मौरिसस नेपालसँग श्रम सम्झौता गर्ने पहिलो अफ्रिकी राष्ट्र रहेको ।
      – सम्झौता–पत्रमा नेपालको तर्फबाट गोकर्ण विष्ट र मौरिससको तर्फबाट सुदेश एस क्यालिर्चनले हस्ताक्षर गरेका ।
      – हालसम्म नेपालसँग श्रम सम्झौता गर्ने राष्ट्रको सङ्ख्या ९ (कतार, बहराइन, युएई, मलेसिया, दक्षिण कोरिया, इजरायल, जापान, जोर्डन र मौरिसस) पुगेका ।

      ६. विश्व बैङ्कद्वारा प्रकाशित ‘डुइङ विजनेस रिपोर्ट–२०२०’ अनुसार उद्योग व्यवसाय सञ्चालनको सहजताको हिसाबले नेपाल कतिऔँ स्थानमा रहेको छ ?
       ९४औँ

      ७. विश्व बैङ्कले कहिलेदेखि ‘डुइङ विजनेस रिपोर्ट’ प्रकाशित नगर्ने भएको छ ?
       सन् २०२१
      – विश्वभरका प्रायः सबै देशको आर्थिक तथा व्यावसायिक सूचक समेटेर प्रकाशित गरिने उक्त प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठेपछि बैङ्कले प्रकाशन स्थगित गरेको ।
      – खासगरी विश्व बैङ्कले सन् २०१८ र २०२० मा प्रकाशित गरेको डुइङ विजनेश प्रतिवेदनमा तथ्याङ्क तोडमोडको आरोप लागेको छ । सोही आरोपमाथि आन्तरिक अनुसन्धान गर्दै विश्व बैङ्कले अर्को प्रतिवेदन प्रकाशनमा रोक लगाउने निर्णय गरेको हो ।
      – भविष्यमा व्यवसाय र लगानीको वातावरण पहिचान गर्न फरक किसिमले काम अगाडि बढाउने बैङ्कले स्पष्ट पारेको छ ।

      ८. टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन–२ को उपाधि जित्ने प्रतिभा को हुन् ?
       भरतमणि पौडेल (ताप्लेजुङ)
      – पौडेलले उपाधिसहित कार र २५ लाख नगद प्राप्त गरेका ।
      – सो प्रतियोगितामा भारतको सिक्किमका विक्की अग्रवाल फस्ट रनर्सअप तथा गोरखाका सन्तोष थापा सेकेन्ड रनर्सअप भएका ।

      ९. हेनेली पासपोर्ट इन्डेक्स–२०२१ अनुसार शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
       १०९औँ
      – विश्वकै बढी बलियो (प्रभावशाली) पासपोर्ट भएका राष्ट्रहरूमा क्रमशः जापान (१९३ गन्तव्य), सिङ्गापुर (१९२ गन्तव्य), जर्मनी, दक्षिण कोरिया (१९१ गन्तव्य), फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग, स्पेन (१९० गन्तव्य), अष्ट्रिया, डेनमार्क (१८९ गन्तव्य) ।
      – कमजोर पासपोर्र्टको सूचीमा रहेका राष्ट्रहरूमा अफगानिस्तान (२६ गन्तव्य), इराक (२८ गन्तव्य), सिरिया (२९ गन्तव्य), पाकिस्तान (३२ गन्तव्य), यमन (३३ गन्तव्य) ।

      १०. नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?
       फर्पिङ (काठमाडौँ)

      ११. संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?
       सन् २०२० अक्टोबर १३
      – नेपाल सन् २०२१–२०२३ सम्मको कार्याकालका लागि निर्वाचित भएको ।
      – यसअघि नेपाल सन् २०१८–२०२० सम्मको कार्यकालका लागि निर्वाचित भएको ।
      – यस परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेवियन क्षेत्रबाट ८, पश्चिम युरोप र अन्यबाट ७ राष्ट्र गरी ४७ सदस्य रहने प्रावधान ।
      – यस संस्थाको स्थापना सन् २००६ मार्च १५
      मा भएको ।
      – यसको प्रधान कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।

      १२. विश्व व्यापार सङ्गठनको पहिलो महिला महानिर्देशक को हुन् ?
       एन्गोजी ओकोन्जो (नाइजेरिया)


      – सन् २०२१ फेब्रुअरी १५ मा नियुक्त ओकोन्जोले सन् २०२१ मार्च १ देखि कार्यभार सम्हालेकी ।
      – डब्लुटीओ महानिर्देशकको कार्यकाल ४ वर्षको हुने ।

      १३. असंलग्न आन्दोलनको प्रथम शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
       सन् १९६१ सेप्टेम्बर १–६, वेलग्रेड (युगोस्लाभिया)
      – यसको १९आँै सम्मेलन सन् २०१९ अक्टोबर २५–२६ सम्म अजरवैजानको बाकुमा सम्पन्न भएको ।
      – हाल यस संस्थाका सदस्य राष्ट्रको सङ्ख्या १२० रहेको । त्यसैगरी, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संस्था रहेका छन् ।

      १४. ब्रिक्सको १३औँ सम्मेलन कहिले कहाँ सम्पन्न भएको हो ?
       सन् २०२१ मार्च २७, भारत
      – (ब्रिक्सको १२औँ सम्मेलन सन् २०२० जुलाई २१–२३ सम्म रुसमा (भिडियो कम्फरेन्सद्वारा) सम्पन्न भएको ।)

      १५. दुई दिनसम्म लगातार नृत्य गरी गिनिज बुकमा नाम लेखाउन सफल नेपाली दिदी–बहिनी को हुन् ?

       रुविशा र एलिशा श्रेष्ठ

      १६. ‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
       बागमती प्रदेश

      १७. पशुपन्छीका लागि खोप उत्पादन गर्ने हेस्टर वायोसाइन्सेज प्रा.लि. को स्थापना कहाँ गरिएको छ ?
       काभ्रेपलाञ्चोक

      १८. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
       अर्थमन्त्री

      १९. बी–३ डब्लू ९द्यगष्मि द्यबअप द्यभततभच ध्यचमि० कुन देशद्वारा ल्याइएको योजना हो ?
       अमेरिका
      – सन् २०२१ जुन २१ मा बेलायतमा भएको जी–७ को बैठकमा अमेरिकाले पहिलोपल्ट यो अवधारणा अघि सारेको ।
      – न्यून तथा मध्यम आय भएका मुलुकमा पूर्वाधारको विकास गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको ।
      – चिनियाँ राष्ट्रपति सी जिन पिङद्वारा सन् २०१३ मा सार्वजनिक गरिएको बिआरआइ (द्यभति बलम च्यबम क्ष्लष्तष्बतष्खभ) को प्रतिस्पर्धी योजनाका रूपमा यो अवधारणा ल्याइएको ।

      २०. संयुक्त राष्ट्रसङ्घको बडापत्रमा १११ धारा रहेका छन् भने सार्क बडापत्रमा कति धारा रहेका छन् ?
       १०

      २१. नेपाल र बङ्गलादेशबीच द्विपक्षीय इनर्जी–कोअपरेसनसम्बन्धी समझदारी–पत्र (एमओयु)मा हस्ताक्षर कहिले भएको हो ?
       वि.संं. २०७५ साउन २५
      – सम्झौता–पत्रमा नेपाल र बङ्गलादेशबीच जलविद्युत्मा लगानी गर्ने, दुई देशका ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटी, सह–सचिवस्तरीय ज्वाइन्ट वर्किङ ग्रुपजस्ता संयन्त्र बनाउने विषय समेटिएको ।
      – समझदारी–पत्रमा नेपालका तर्फबाट तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदद्वारा हस्ताक्षर भएको ।

      २२. संयुक्त राष्ट्रसङ्घअन्तर्गत जलवायु परिवर्तन सम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपीसीसी) को गठन कहिले गरिएको हो ?
       सन् १९८८

      २३. नेपालमा आमनिर्वाचन दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
       वि.सं. २०७३
      – नेपालमा वि.सं. २०१५ फागुन ७ मा पहिलो आमनिर्वाचन भएको सम्झनामा हरेक वर्ष फागुन ७ का दिन यो दिवस मनाउन थालिएको ।
      – वि.सं. २०७७ फागुन ७ मा मनाइएको पाँचौँ निर्वाचन दिवसको नारा ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ रहेको । वि.सं. २०७६ मा ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ नाराका साथ यो दिवस मनाइएको ।

      २४. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
       प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा
      सञ्चालित कार्यक्रम

      २५. सूचना प्रविधि केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह कुन हो ?
       साँफेबगर नगरपालिका (अछाम)

      २६. फाइनान्सियल एक्सन टाक्स फोर्सको पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?
       साउदी अरब

      २७. विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई कतिऔँ कलानगरीका रूपमा घोषणा गरेको छ ?
       ३५औँ

      २८. इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ भने मलेसियाको मुद्रालाई के भनिन्छ ?
       रिङ्गिट

      २९. ‘माड्साव’ उपनामले चिनिने नेपाली साहित्यकार को हुन् ?
       मदनमणि दीक्षित

      ०. मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्यहरू थिए भने मध्यक्षेत्रमा कस्ता राज्य थिए ?
       चौबीसे राज्य
      प्रस्तुतकर्ता : टङ्क केसी

    •  आश्विन १३, २०७८ बुधबार
    • १. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
       भदौ २०
      – ‘मानव बेचबिखनमुक्त समाज, हाम्रो प्रतिबद्धता : सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने नाराका साथ २०७८ भदौ २० मा यो दिवस मनाइएको ।
      – सन् २००२ मा काठमाडौँमा सम्पन्न ११औँ सार्क शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई वि.सं. २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष भदौ २० गतेलाई मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको ।

      २. युरोपकै पहिलो महिला बहुमत संसद्युक्त मुलुक कुन हो ?
       आइसल्यान्ड
      – हालै सम्पन्न निर्वाचनमा कुल ६३ सिटमध्ये ३३ (५२ प्रतिशत) सिटमा महिला निर्वाचित ।
      – सन् २०१७ को निर्वाचनको तुलनामा महिलाले नौवटा बढी सिट जितेर नयाँ कीर्तिमान कायम गरेको ।

      ३. वि.सं. २०७८ को संविधान दिवसका अवसरमा नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ कसलाई प्रदान गर्ने घोषणा गरियो ?
       पूर्वप्रम कृष्णप्रसाद भट्टराई (मरणोपरान्त)
      (यसैगरी, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव मानपदवी प्रदान गरिएको ।)

      ४. नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?
       वि.सं. २०७६ जेठ ६
      – ‘डिजिटल पूर्वाधार समृद्धिको आधार ः हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको ।
      – अप्टिकल फाइबरमार्फत उच्च गतिको व्यान्डविथ प्रवाह गर्न सकिने ।

      ५. युरोपेली आयोगको अध्यक्षमा चयन हुने पहिलो महिला को हुन् ?
       उर्सुला भन डर लियोन
      – जर्मनीको रक्षामन्त्रीको कार्यभार सम्हालेकी उर्सुला ईयूको अध्यक्षमा चयन हुने पहिलो महिला ।
      – उनको कार्यकाल सन् २०१९ नोभेम्बर १ बाट सुरु भएको ।
      – ईयू आयोगका अध्यक्षको कार्यकाल पाँच वर्षको हुने
      प्रावधान रहेको ।

      ६. नेपालमा आमनिर्वाचन दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
       वि.सं. २०७३
      – नेपालमा वि.सं. २०१५ फागुन ७ मा पहिलो आमनिर्वाचन भएको सम्झनामा हरेक वर्ष फागुन ७ का दिन यो दिवस मनाउन थालिएको ।
      – वि.सं. २०७७ फागुन ७ मा मनाइएको पाँचाँै निर्वाचन दिवसको नारा ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ रहेको । वि.सं. २०७६ मा ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ नाराका साथ यो दिवस मनाइएको ।

      ७. संस्कृत भाषाको पहिलो चलचित्र ‘गुरु दक्षिणा’ हो भने नेपाली भाषाको पहिलो चलचित्र कुन हो ?
       सत्य हरिश्चन्द्र

      ८. इन्द्र सरोवर ताल कहाँ पर्छ ?
       मकवानपुर
      – मकवानपुर जिल्लामा पर्ने कुलेखानी जलविद्युत्् परियोजनाका लागि निर्मित सात किलोमिटर लामो जलाशयलाई नै इन्द्र सरोवर भनिन्छ ।
      – युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी शाहको स्मृतिमा ‘इन्द्र सरोवर नामकरण गरिएको यो नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो ।
      – यो ताल मत्स्यपालन र पर्यटकीय दृष्टिले आकर्षक स्थल बन्न पुगेको छ ।

      ९. ‘अर्थ आवर’ भन्नाले के बुझिन्छ ?
       डब्लूडब्लूएफद्वारा वातावरण र पृथ्वीको संरक्षणबारे सञ्चालित अभियान ।

      १०. संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?
       सन् २०२० अक्टोबर १३
      – नेपाल सन् २०२१–२०२३ सम्मको कार्यकालका लागि निर्वाचित भएको ।
      – यसअघि नेपाल सन् २०१८–२०२० सम्मको कार्यकालका लागि निर्वाचित भएको थियो ।
      – यस परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट छ, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट आठ, पश्चिम युरोप र अन्यबाट सात राष्ट्र गरी ४७ सदस्य रहने प्रावधान ।
      – यस संस्थाको स्थापना सन् २००६ मार्च १५ मा भएको ।
      – यसको प्रधान कार्यालय स्विजरल्यान्डको जेनेभामा रहेको ।

      ११. विश्व व्यापार सङ्गठनको पहिलो महिला महानिर्देशक को हुन् ?
       एन्गोजी ओकोन्जो (नाइजेरिया)
      – सन् २०२१ फेब्रुअरी १५ मा नियुक्त ओकोन्जोले सन् २०२१ मार्च १ देखि कार्यभार सम्हालेकी ।
      – डब्लूटीओ महानिर्देशकको कार्यकाल चार वर्षको हुने ।

      १२. दुई दिनसम्म लगातार नृत्य गरी गिनिज बुकमा नाम लेखाउन सफल नेपाली दिदीबहिनी को हुन् ?
       रुविशा र एलिशा श्रेष्ठ

      १३. असंलग्न आन्दोलनको प्रथम शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
       सन् १९६१ सेप्टेम्बर १–६, बेलग्रेड (युगोस्लाभिया)
      – यसको १९औँ सम्मेलन सन् २०१९ अक्टोबर २५–२६ सम्म अजरवैजानको बाकुमा सम्पन्न भएको ।
      – हाल यस संस्थाका सदस्य राष्ट्रको सङ्ख्या १२० रहेको । त्यसैगरी १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक संस्था रहेका छन् ।

      १४. ब्रिक्सको १३औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
       सन् २०२१ मार्च २७, भारत
      – (ब्रिक्सको १२औँ सम्मेलन सन् २०२० जुलाई २१–२३ सम्म रुसमा (भिडियो कम्फरेन्सद्वारा) सम्पन्न भएको ।)

      १५. हेनेली पासपोर्ट इन्डेक्स–२०२१ अनुसार शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
       १०९औँ
      – विश्वकै बलियो (प्रभावशाली) पासपोर्ट भएका राष्ट्रहरू क्रमशः जापान (१९३ गन्तव्य), सिङ्गापुर (१९२ गन्तव्य), जर्मनी, दक्षिण कोरिया (१९१ गन्तव्य), फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग, स्पेन (१९० गन्तव्य), अस्ट्रिया, डेनमार्क (१८९ गन्तव्य) ।
      – कमजोर पासपोर्र्टको सूचीमा रहेका राष्ट्रहरू ः अफगानिस्तान (२६ गन्तव्य), इराक (२८ गन्तव्य), सिरिया (२९ गन्तव्य), पाकिस्तान (३२ गन्तव्य), यमन (३३ गन्तव्य) ।

      १६. ‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
       प्रदेश ३

      १७. पशुपक्षीका लागि खोप उत्पादन गर्ने हेस्टर वायोसाइन्सेज प्रा.लि.को स्थापना कहाँ गरिएको छ ?
       काभ्रेपलाञ्चोक

      १८. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
       अर्थमन्त्री

      १९. बी३डब्लू ९द्यगष्मि द्यबअप द्यभततभच ध्यचमि० कुन देशद्वारा ल्याइएको योजना हो ?
       अमेरिका
      – सन् २०२१ जुन २१ मा बेलायतमा भएको जी–७ को बैठकमा अमेरिकाले पहिलोपल्ट यो अवधारणा अघि सारेको ।
      – न्यून तथा मध्यम आय भएका मुलुकमा पूर्वाधारको विकास गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको ।
      – चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा सन् २०१३ मा सार्वजनिक गरिएको बीआरआई (द्यभति बलम च्यबम क्ष्लष्तष्बतष्खभ)को प्रतिस्पर्धी योजनाका रूपमा यो अवधारणा ल्याइएको ।

      २०. राष्ट्रसङ्घको बडापत्रमा १११ धारा रहेका छन् भने सार्क बडापत्रमा कति धारा रहेका छन् ?
       १०

      २१. नेपाल र बङ्गलादेशबीच द्विपक्षीय इनर्जी–कोअपरेसन सम्बन्धी समझदारी–पत्र (एमओयू)मा हस्ताक्षर कहिले भएको हो ?
       वि.संं. २०७५ साउन २५
      – सम्झौता–पत्रमा नेपाल र बङ्गलादेशबीच जलविद्युत्मा लगानी गर्ने, दुई देशका ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटी, सहसचिवस्तरीय ज्वाइन्ट वर्किङ ग्रुपजस्ता संयन्त्र बनाउने
      विषय समेटिएको ।
      – समझदारी–पत्रमा नेपालका तर्फबाट तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदद्वारा हस्ताक्षर भएको ।

      २२. संयुक्त राष्ट्रसङ्घअन्तर्गत जलवायु परिवर्तनसम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आईपीसीसी)को गठन कहिले गरिएको हो ?
       सन् १९८८

      २३. नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?
       फर्पिङ (काठमाडौँ)

      २४. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
       प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम

      २५. सूचना प्रविधि केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह कुन हो ?
       साँफेबगर नगरपालिका (अछाम)

      २६. ‘फाइनान्सियल एक्सन टाक्स फोर्स’को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?
       साउदी अरब

      २७. विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई कतिऔँ कला नगरीका रूपमा घोषणा गरेको हो ?
       ३५औँ

      २८. इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ भने मलेसियाको मुद्रालाई के भनिन्छ ?
       रिङ्गिट

      २९. मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्य थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?
       चौबीसे राज्य

      ३०. गुल्मीमा पहिलोपटक ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषित स्थानीय तह कुन हो ?
       मालिका गाउँपालिका (वि.सं. २०७८ असोज ७)
      – नेपाल सरकारको स्थानीय तह स्वास्थ्य कार्यक्रम सञ्चालन निर्देशिका बमोजिमका मापदण्ड पूरा गरेपश्चात् गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषणा गरिएको ।
      – यस गाउँपालिकाका सबै वडामा वर्थिङ सेन्टर रहेका ।
      प्रस्तुतकर्ता : टङ्क केसी

    •   आश्विन २०, २०७८ बुधबार
    •  

    १. कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?
     वि.सं. २०७८ असोज १२
    – कसुरजन्य सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गृह मन्त्रालयअन्तर्गत रहने गरी सो विभाग गठन भएको ।
    – यसअघि अदालतले नै यससम्बन्धी कार्य गर्दै आएको ।
    – कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि वि.सं. २०७० मा संसद्बाट ऐन पास भएको साथै करिब सात महिनाअघि नियमावली बनिसकेको । त्यस्तै वि.सं. २०७७ साउन १५ मा कसुरजन्य सम्पत्ति व्यवस्थापन एकाइ गठन गरिएको थियो ।
    – विभागले अपराधमा प्रयोग भएका तथा लुकाइएका र अदालतले जफत गर्न फैसला गरेका सम्पत्तिको समेत खोजी गरी नियन्त्रणमा लिनसक्ने ।
    – नियन्त्रणमा लिइएका सम्पत्ति बिग्रने अवस्था भएमा अदालतको आदेश लिएर सरकारले बिक्री–वितरणसमेत गर्न सक्ने । साथै रोक्का राखिएको तथा नियन्त्रणमा लिइएको सम्पत्ति तथा साधनबाट आयस्ता हुने देखिएमा इच्छुक व्यक्ति तथा संस्थासँग सरकारी सम्पत्ति लिजमा दिनेसम्बन्धी कानुनअनुसार लिजमा दिन सक्ने ।
    – अदालतको आदेशअनुसार धरौटी लिने र अन्तिम फैसलापछि फिर्ता गर्ने काम पनि विभागकै हुने ।
    – कसुरजन्य सम्पत्ति लिलाम बिक्री गर्ने अधिकार पनि विभागलाई रहेको । यसका लागि विभागको महानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय मूल्याङ्कन समिति गठन हुने प्रावधान रहेको ।

    २. ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत ‘सोसियल कन्ट्रिव्युसन अवार्ड क्राइसिस रेस्पोन्स अवार्ड’ प्राप्त गर्ने नेपाली सञ्चार क्षेत्रको कम्पनी कुन हो ?
     एनसेल

    ३. मोबाइल एप्स, कम्प्युटर सफ्टवेयरलगायतका डिजिटल उत्पादनमा रहेका ‘बग’ अर्थात् सुरक्षा कमजोरी पत्ता लगाउन र ठूलो क्षतिबाट बच्न कम्पनीहरूले सञ्चालन गर्ने प्रोग्रामलाई के भनी चिनिन्छ ?
     बग बाउन्टी प्रोग्राम
    – कमजोरी पत्ता लगाउन ती कम्पनीले बग बाउन्टी प्रतियोगिता राख्ने गर्छन् र त्यसका लागि निमन्त्रणा दिने गर्छन् ।
    – यस कार्यमा साइबर सुरक्षामा दिग्गज इथिकल ह्याकरदेखि भर्खर यस क्षेत्रमा रुचि राख्ने जोसुकैले सहभागिता जनाउन सक्छन् ।
    – यसरी डिजिटल उत्पादनमा रहेका छिद्र वा कमजोरी भेटिएमा त्यस कम्पनीलाई खबर गरिन्छ र त्यस्तो कमजोरी भेट्टाउने पहिलो व्यक्ति बन्न सक्नेलाई सो कम्पनीले घोषणा गरेको रकम प्रदान गर्छ, जसलाई ‘बग बाउन्टी रिवार्ड’ भनिन्छ ।
    – गुगल, फेसबुक, माइक्रोसफ्टलगायतका टेक कम्पनीहरूले नियमित रूपमा यस्तो प्रोग्राम सञ्चालन गर्ने गर्छन् ।

    ४. ‘स्मार्ट गोरखापत्र–२०१८’को औपचारिक शुभारम्भ कहिले गरिएको हो ?
     वि.सं. २०७४ फागुन २

    ५. सरकारले उपभोक्ताको स्वास्थ्यमा हुने गरेको विभिन्न समस्यालाई ध्यान दिँदै दूधमा कति प्रकारको मापदण्ड निर्धारण गरेको छ ?
     चार
    – प्रशोधित दूधको पूर्ण फ्याटयुक्त, कम फ्याटयुक्त, फ्याटरहित र सुगन्धित गरी चार प्रकारका मापदण्ड कार्यान्वयनमा ल्याइएको । यसअघि पाश्चराइज्ड दूधको मात्रै मापदण्ड कार्यान्वयनमा रहेको ।
    – मापदण्डअनुसार पूर्ण फ्याटयुक्त दूधमा फ्याट कम्तीमा ५ प्रतिशत र चिल्लोबाहेक ठोसको मात्रा घटीमा ८ प्रतिशत, कोलिफर्मको उपस्थिति शून्य र जीवाणुरहित हुनुपर्ने, कम फ्याटयुक्त प्रशोधित दूधमा फ्याट कम्तीमा १.५ प्रतिशत र फ्याटबाहेक ठोस दूधको मात्रा ८ प्रतिशत, कोलिफर्म शून्य र जीवाणुरहित, फ्याटरहित प्रशोधित दूधको हकमा फ्याटको मात्रा बढीमा ०.५ प्रतिशत र फ्याटबाहेकको ठोसको मात्रा ८ प्रतिशत, कोलिफर्मको उपस्थिति शून्य र जीवाणुरहित तथा प्रशोधित सुगन्धित दूधको हकमा दूध वा दुग्धजन्य पदार्थ वा दुवैको मिश्रणमा चिनी र अन्य खानयोग्य सुगन्धित खाद्यपर्दाथ (नट्सको टुक्रा र धुलो, चक्लेट आदि) मिसाई बनाएको दूध समावेश गरिएको ।

    ६. विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
     सन् १९०१
    – अर्थशास्त्रतर्फको नोबल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको ।
    – नोबल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्विडेनको राजधानी स्टकहोममा प्रदान गरिन्छ ।
    – यो पुरस्कार संयुक्त रूपमा तीन जनासम्मले पाउन सक्ने ।

    ७. विश्व अहिंसा दिवस कहिले मनाउने गरिन्छ ?
     अक्टोबर २

    ८. चीनको ग्वान्जाओमा नेपालको महावाणिज्य दूतावासको स्थापना कहिले गरिएको हो ?
     वि.सं. २०७४ भदौ २५ (१० सेप्टेम्बर २०१७)

    ९. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ रहेको छ ?
     जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा
    (दुर्गम एवं पिछडिएको क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन, स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन वि.सं. २०६८ मा यस प्रतिष्ठानको स्थापना गरिएको ।)

    १०. तीनजुरे–मिल्के–जलजलेलाई लालीगुराँसको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
     वि.सं. २०५५

    ११. बेल्ट एन्ड रोड साहित्यिक सञ्जालको स्थापना कहिले गरिएको हो ?
     सन् २०२१ सेप्टेम्बर ७
    – चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सह–संस्थापक रहेको बेल्ट एन्ड रोडसँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एन्ड रोड’ (बेल्ट एन्ड रोड साहित्यिक सञ्जाल) स्थापना भएको ।
    – साहित्य, संस्कृति र सभ्यताको अध्ययन–अनुसन्धान, अनुवाद, प्रतिलिपि अधिकारको संरक्षण, प्रकाशन, साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान आदि गर्ने उद्देश्यका साथ यो सञ्जाल स्थापना गरिएको ।
    – बेल्ट एन्ड रोडसँग जोडिएका दर्जनौँ देशका सरकारी प्रज्ञा–प्रतिष्ठान समेटी उक्त सञ्जाल स्थापना भएको ।
    – सन् २०२१ सेप्टेम्बर ७ तारिखका दिन बेइजिङमा बेविनारका माध्यमबाट आयोजित एक समारोहबीच उक्त बृहत् सञ्जाल स्थापनाको घोषणा गरिएको ।
    – सञ्जालको सचिवालय बेइजिङस्थित चिनियाँ लेखक सङ्घको कार्यालयमा रहेको ।

    १२. हालै पूर्वी नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग कुन हो ?
     मुन्धुम पदमार्ग
    – (नेपाल पर्यटन बोर्डको सहयोग तथा मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको सक्रियतामा विज्ञसहितको टोलीद्वारा खोटाङ, भोजपुर, सङ्खुवासभा एवं सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो पदमार्गको अवधारणा अघि सारिएको ।)

    १३. द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?
     वि.सं. १६१६ भदौ २५

    १४. नेपाली साहित्यका प्रथम शहीद भनी कसलाई चिनिन्छ ?
     सुब्बा कृष्णलाल अधिकारी

    १५. स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ट्राफिक मोबाइल एपको शुभारम्भ कहिले गरियो ?
     वि.संं. २०७३ वैशाख २०

    १६. मङ्गल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने नेपाली वैज्ञानिक लुजेन्द्र ओझा हुन् भने नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?
     सुमन सत्याल

    १७. नेपालको संविधान (२०७२)को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?
     धारा ३१

    १८. नेपालको वर्तमान संविधानअनुसार प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था छ ?
     आधारभूत तह

    १९. आबाल ब्रह्मचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए ?
     वि.सं. १९३२

    २०. तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचारमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
     भीमशमशेर

    २१. दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता (साउथ एसियन फुटबल फेडरेसन–साफ) २०२१ कहिले र कहाँ आयोजना गरिएको छ ?
     सन् २०२१ अक्टोबर १–१६, माले (माल्दिभ्स)

    २२. गोश्वारा हुलाक कार्यालयद्वारा काठमाडौँ उपत्यकामा घुम्ती हुलाक सेवाको सुरुवात कहिले गरिएको हो ?
     वि.सं. २०७४ वैशाख १५

    २३. ‘बौद्धिकताको वास्तविक मुहान ज्ञान होइन, कल्पना हो’ भन्ने विचारक को हुन् ?
     अल्बर्ट आइन्स्टाइन

    २४. बराबर क्षेत्रफल भएका नगरपालिका धुलिखेल र बनेपा (५५ व.कि.मि.) हुन् भने बराबर क्षेत्रफल भएका गाउँपालिका कुन–कुन हुन् ?
     ओखलढुङ्गा जिल्लाका चम्पादेवी र चिशङ्खुगढी (१२६.९१ व.कि.मि.)

    २५. नेपालको संविधान (२०७२) अनुसार प्रदेशको कार्यकारिणी कार्य कसको नाममा हुने प्रावधान छ ?
     प्रदेश सरकार

    २६. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकारसमेतलाई के भनिन्छ ?
     राज्यशक्ति

    २७. महिला र पुरुषबीच समानता कायम गर्न सार्वजनिक साधन स्रोतको न्यायोचित विनियोजन गर्ने प्रकृतिको बजेटलाई के भनी चिनिन्छ ?
     लैङ्गिक बजेट
    – नेपालमा आ.व. २०६४/६५ देखि लैङ्गिक बजेट लागू गरिएको ।
    – महिला र पुरुषबीच समानता कायम गर्न सहयोग पु-याउनु, बजेट कार्यक्रम र आयोजनाबाट महिलाको क्षमता अभिवृद्धि गर्नु, महिला र पुरुषका भिन्न–भिन्न आवश्यकतालाई भिन्न–भिन्न प्रकारले सम्बोधन गर्नु, आयोजना चक्रका सबै प्रक्रियामा महिलाको सक्रिय एवं सार्थक सहभागिता गराउनु, लाभको बाँडफाँटमा महिलाको हिस्सा वृद्धि गर्नु, सार्वजनिक स्रोतसाधनको न्यायोचित वितरण गर्नु लैङ्गिक बजेटको उद्देश्य रहेको ।

    २८. नदीमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको मुख्य बसोबास कहाँ रहेको छ ?
     बर्दिया, कैलाली र कञ्चनपुर
    (झन्डै एक हजार २४० को सङ्ख्यामा रहेको सोनाहा जाति सूचीकृत नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको ।)

    २९. स्काइल्याब भन्नाले के बुझिन्छ ?
     पृथ्वीका बारेमा विविध प्रकारका अनुसन्धान गर्न अन्तरिक्षमा स्थापित प्रयोगशाला

    ३०. मानव शरीरको सबैभन्दा ठूलो ग्रन्थी कुन हो ?
     कलेजो
    प्रस्तुतकर्ता :टङ्क केसी


    •  आश्विन २७, २०७८ बुधबार
    •  

    १. यस वर्ष (सन् २०२१)को अमूर्त सम्पदा पुरस्कार कसलाई प्रदान गरियो ?
     दिलकुमार बाराही
    – रातो मत्स्येन्द्रनाथको रथ बनाउन ५५ वर्षदेखि संलग्न बाराही नाइके दिलकुमारलाई सो अवार्ड प्रदान गरिएको ।
    – त्यस्तै ताजिकिस्तानका डा. सिरिन्वेक दाभ्लाटमामाडोभ र इटलीका एल फेल्ज पनि सो अवार्डबाट सम्मानित ।

    २. विश्व बैङ्कद्वारा सन् २०२१ अक्टोबर ७ मा प्रकाशित दक्षिण एसियाली ‘इकोनोमिक फोकस’ अनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
     ३.९ प्रतिशत
    आ.व. २०७८÷७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्य रहेको ।
    इकोनोमिक फोकसअनुसार दक्षिण एसियाली राष्ट्रहरूको स्थिति ः
    – माल्दिभ्स ः ११ प्रतिशत
    – भारत ः ७.५ प्रतिशत
    – बङ्गलादेश ः ६.४ प्रतिशत
    – नेपाल ः ३.९ प्रतिशत
    – भुटान ः ३.६ प्रतिशत
    – पाकिस्तान ः ३.४ प्रतिशत
    – श्रीलङ्का ः २.१ प्रतिशत

    ३. सन् २०२१ अक्टोबर ४ मा जापानको प्रधानमन्त्रीमा नियुक्त हुने व्यक्तित्व को हुन् ?
     फुमिओ किशिदा

    (जापानको १००औँ प्रधानमन्त्रीमा नियुक्त ।)

    ४. सन् २०२१ को नोबल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
     पत्रकारद्वय मारिया रेसा (फिलिपिन्स) र दिमित्री मुरातोभ (रुस)
    (अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि ।)

    ५. सन् २०२१ को चिकित्सातर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
     डेविड जुलियर्स (अमेरिका) र आर्डेम पाटापोसियन (लेवनान)
    (मानव शरीरले कसरी सूर्यको किरणको न्यानोपना र प्रिय व्यक्तिको अङ्कमालको स्पर्श महसुस गर्छ भन्ने विषय अर्थात् तातो, चिसो र स्पर्श थाहा पाउने मानिसको क्षमताबारे शोधकर्ताको खोज जीवनयापनका लागि निकै महìवपूर्ण रहेको नोबेल समितिले जनाएको ।)

    ६. सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
     अब्दुल राजाक गुर्नाह (तान्जानियाली उपन्यासकार)
    – औपनिवेशिकवादको असरमाथि साहित्यमार्फत व्यक्त गरिएका अडान र करुणा भावको उत्कृष्ट प्रशस्तिका लागि गुर्नाहलाई सो अवार्ड प्रदान गरिएको ।
    – ७३ वर्षीय गुर्नाहले ‘प्याराडाइज एन्ड डिसर्सन’, ‘डेलिकेसन टु ट्रुथ’लगायत झन्डै एक दर्जन उपन्यास लेखेका छन् ।

    ७. सन् २०२१ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
     बेन्जामिन लिस्ट (जर्मनी) र डेभिड म्याकमिलन (अमेरिका)
    (अणु बनाउने नयाँ तरिका (जसले औषधि क्षेत्रमा अनुसन्धानका लागि सहायता पुग्न सक्ने) विकास गरेबापत ।)

    ८. प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा वि.सं. २०७८ असारमा गठित मन्त्रिपरिषद्ले पूर्णता कहिले पाएको हो ?
     वि.सं. २०७८ असोज २२
    – राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको ।
    – मन्त्रिपरिषद्मा अब प्रधानमन्त्री, मन्त्री २१ र राज्यमन्त्री तीन गरी कुल २५ जना रहेका । पूर्णता पाएको यस मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री छैनन् भने छ जना महिलाले मन्त्रीको जिम्मेवारी पाएका छन् ।
    – प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद् चौथो पटक विस्तार भएको । सरकार गठन भएकै दिन (असार २९) काँग्रेस र माओवादी केन्द्रको तर्फबाट दुई÷दुई जना मन्त्री भएका । त्यसपछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र पछिल्लोपटक परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरिएको थियो ।
    – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र ब. हमालले भने मन्त्री पदबाट राजीनामा दिइसक्नुभएको छ ।

    २०७८ आश्विन २२ मा विस्तारित मन्त्रिपरिषद्
    क्र.स. नाम, थर कार्यविभाजन
    १. शेरबहादुर देउवा प्रधानमन्त्री
    २. बालकृष्ण खाँण गृह
    ३. ज्ञानेन्द्र ब. कार्की सञ्चार तथा सूचना प्रविधि
    ४. पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ
    ५. राजेन्द्र प्र्र. श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन
    ६.
    ७. विरोध खतिवडा
    जनार्दन शर्मा स्वास्थ्य तथा जनसङ्ख्या
    अर्थ
    ८. डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा
    ९. उमाकान्त चौधरी खानेपानी
    १०. डा. नारायण खड्का परराष्ट्र
    ११. रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात
    १२. प्रेम ब. आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    १३. दिलेन्द्रप्रसाद वडू कानुन, न्याय तथा संसदीय मामिला
    १४. देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि
    १५. महेन्द्रराय यादव कृषि तथा पशुपन्छी
    १६. उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    १७. शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    १८. रामकुमारी झाँक्री सहरी विकास
    १९. रामसहायप्रसाद यादव वन तथा वातावरण
    २०. कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    २१. महेश्वरजङ्ग गहतराज युवा तथा खेलकुद


    राज्यमन्त्री
    २२. उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    २३. भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या
    २४. बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि


    ९. सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न तथा आउँदो पुस्तालाई धूमपानमुक्त गर्ने उद्देश्यका साथ सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति कहिले सार्वजनिक गरेको हो ?
     वि.सं. २०७४ पुस २८
    (नेपालमा २०६८ सालमा आएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनका लागि यो रणनीति तर्जुमा गरिएको । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनलाई २०७२ जेठ १ देखि संशोधनसहित कार्यान्वयनमा ल्याइएको । उक्त ऐनअनुसार सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश तथा चित्र छाप्नुपर्ने व्यवस्था गरिएको ।)

    १०. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?
     वि.सं. २०६४

    ११. रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
     वि.सं. २०७६ मङ्सिर ४
    साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सो बन्दरगाह निर्माणका लागि एक अर्ब ९८ करोड रुपियाँ लाग्ने अनुमान रहेको ।
    – यो बन्दरगाह निर्माणसम्बन्धमा नेपाल र चीनबीच वि.सं. २०७६ वैशाख २९ मा समझदारी–पत्रमा हस्ताक्षर भएको ।

    १२. एफटीटीएचको पूरा रूप के हो ?
     फाइबर टु द होम
    – नेपाल टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा (एफटीटीएच)को शुभारम्भ वि.सं. २०७६ भदौ २३ गते रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा गरेको ।
    – एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने जनाइएको ।

    १३. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा इन्टरनेटबाट अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन एवं प्रसारणमा बन्देज कहिले लगाइएको हो ?
     वि.सं. २०७५ असोज ५

    १४. फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?
     सिङ्गापुर

    १५. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
     वि.सं. २०७४ मङ्सिर १

    १६. जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको हो ?
     वि.संं. २०७४ चैत २९
    (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २८ मा सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालय स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो । मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई नै उक्त कार्यालयको प्रमुख रहेर काम गर्ने व्यवस्था गरेको छ । देशभर २०१८ सालदेखि जिल्ला शिक्षा कार्यालय रहँदै आएका थिए ।)

    १७. नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?
     त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा
    – यो संस्था भाषा विज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्म–संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको ।
    – वि.सं. २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई वि.सं. २०३४ भदौमा तत्कालीन त्रिवि ऐनअनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)मा रूपान्तरण गरिएको ।
    – सिनासले प्रकाशन गर्ने जर्नल विश्वका ११२ मुलुकका विश्वविद्यालयसम्म पुग्ने गरेकोमा हाल ५८ विश्वविद्यालयमा मात्रै पुग्ने गरेको ।
    – त्रिविअन्तर्गत सिनाससहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा रहेका ।

    १८. विश्वकै सबैभन्दा अग्लो जिराफ कहाँ रहेको छ ?
     अस्टे«लिया
    – अस्टे«लियाको किन्सल्यान्डस्थित चिडियाखानामा रहेको सो जिराफ विश्वकै सबैभन्दा अग्लो भएको गिनिज वल्र्ड रेकर्डद्वारा घोषणा (सन् २०२० अगस्ट) गरेको ।
    – सो जिराफको उचाइ १८ फिट ८ इन्च रहेको ।

    १९. एसियाली विकास बैङ्कको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा प्रदान गरिएको लिडिङ पार्टनर बैङ्कको अवार्ड जित्ने नेपाली बैङ्क कुन हो ?
     नबिल बैङ्क लि.

    २०. ६६औँ प्रहरी दिवस (२०७८) का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित महिला प्रहरी को हुनुहुन्छ ?
     चैतमाया डङ्गोल
    – लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने डङ्गोल पहिलो महिला प्रहरी हुनुहुन्छ ।
    – त्यस्तै प्रहरीको प्रतिष्ठित पूर्ण शान्ति पुरस्कार डीएसपी धर्मराज भण्डारीलाई प्रदान गरिएको ।
    – योगेन्द्र स्मृति पुरस्कार सई सुमेश पाण्डेलाई प्रदान गरिएको ।
    – सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फको पुरस्कार प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङलाई प्रदान गरिएको ।
    – त्यसैगरी उत्कृष्ट अनुसन्धानकर्तातर्फको पुरस्कार प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईं, प्रहरी निरीक्षक मणिराम थापा, प्रहरी नायब निरीक्षकद्वय सन्तोष थापामगर र कृष्णराज सेढार्इंलाई प्रदान गरिएको ।

    २१. प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?
     पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली

    २२. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
     सुवानन्द दास

    २३. इनर्जी बैङ्किङको अवधारणाअनुरूप नेपालमा उत्पादित बिजुली भारत निकासीको सुरुवात कहिले गरियो ?
     वि.सं. २०७६ असार २७

    २४. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठाान (नाष्ट)ले विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ युवा वैज्ञानिक फोरम (वाईएसएफएन)को स्थापना कहिले गरेको हो ?
     वि.संं. २०७७ असोज ९
    – स्वदेश तथा विदेशमा रहेका नेपाली अनुसन्धानकर्ताबीच समन्वय र सहकार्य विस्तार गर्दै विज्ञान क्षेत्रको विकास गर्ने उद्देश्यले फोरमको स्थापना भएको ।
    – यो संस्था सरकारी संयन्त्रद्वारा गठित एक मात्र युवा वैज्ञानिक फोरम रहेको नाष्टले जनाएको ।
    – फोरमले विश्व युवा वैज्ञानिक प्रतिष्ठानको नेपाल च्याप्टरको पनि मान्यता प्राप्त गरेको ।

    २५. वि.सं. २०७५ भदौ १ बाट लागू भएको देवानी संहितामा कति भाग रहेका छन् ?
     भाग ६

    २६. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने प्रथम सार्क राष्ट्र कुन हो ?
     माल्दिभ्स (नेपालद्वारा अनुमोदन ः सन् २०१६ अक्टोबर २४)

    २७. सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठनलाई के नामले चिनिन्छ ?
     ह्वाइट हेल्मेट्स

    २८. विश्व मौसम सङ्गठनका अनुसार सामान्यतया कति अवधिको औसत मौसमी अवस्थालाई जलवायु भनिन्छ ?
     ३० वर्ष

    २९. विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?
     सेप्टेम्बर २७
    (सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपश्चात् सोही दिनको संस्मरणमा सन् १९८० देखि यो दिवस मनाउन थालिएको ।)

    ३०. नेपालमा बालदिवस कहिले मनाइन्छ ?
     भदौ २९
    – वि.सं. २०७८ भदौ २९ मा ५७औँ राष्ट्रिय बालदिवस मनाइएको ।
    – यस वर्षको नारा ‘सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ रहेको ।

    •   कार्तिक १०, २०७८ बुधबार
    •  

      १. नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
       काठमाडौँ रेजर्स
      – उपाधि विजेता काठमाडौँ रेजर्सले पुरस्कारस्वरूप ३५ लाख रुपियाँ हात पारेको ।
      – उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ
      हात पारेको ।
      – प्रतियोगिताको फाइनल खेल २०७८ जेठ १ मा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ।

      २. संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभा (सन् २०२१ सेप्टेम्बर)मा नेपालले कहिलेसम्ममा गैरजलवायु परिवर्तनजन्य कार्य शून्य प्रतिशतमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ?
       सन् २०५०
      – परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा सन् २०२१ सेप्टेम्बर २८ मा महासभालाई सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गरिएको ।
      – त्यस्तै सन् २०२६ सम्ममा अल्पविकसित देशको सूचीभन्दा माथि उठ्ने नेपालको लक्ष्य
      रहेको जनाइएको ।

      ३. संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१६–२०३० सम्मका लागि दिगो विकास र समृद्धिका सम्बन्धमा तय गरिएका लक्ष्य कति रहेका छन् ?
       १७
      – (त्यस्तै १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचकाङ्क निर्धारण गरिएको ।)

      ४. २०७८ मा प्रदान गरिएको उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
       सरिता अर्याल (‘मेरो अपहरण’ नामक कृतिका लागि ।)
      – उक्त कृतिमार्फत नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई प्रस्तुत गरिएको उत्तम कुँवर स्मारक पुरस्कार गुठीले जनाएको ।
      – पुरस्कारको राशि एक लाख रुपियाँ रहेको ।
      – गुठीले वि.सं. २०४४ देखि आख्यानेतर गद्य विधामा रचना गरिएका कृतिहरूलाई पुरस्कारद्वारा सम्मान
      गर्दै आएको ।

      ५. विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ ?
       जुलाई १५

      ६. इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीवी)द्वारा प्रदान गरिएको भिजन एक्सिलेन्स अवार्ड २०२० बाट सम्मानित हुने नेपाली व्यक्तित्व को–को हुनुहुन्छ ?
       डा. सन्दुक रुइत, प्रा.डा. रामप्रसाद पोखरेल र डा. गोपालप्रसाद पोखरेल

      ७. विश्व हात धुने दिवस कहिले मनाइन्छ ?
       अक्टोबर १५
      – ‘हाम्रो भविष्य हाम्रै हातमा छ– हामी सबै एकसाथ अगाडि बढौँ’ भन्ने नाराका साथ विश्व हात धुने दिवस २०२१ म मनाइएको ।
      – नेपालमा यो दिवस सन् २००८ देखि
      मनाउन थालिएको ।

      ८. स्विट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फुलका प्रकार हुन् ?
       सयपत्री

      ९. सहरलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पोस्टरलगायतका सामग्री हटाउने निर्णय सरकारले कहिले गरेको हो ?
       वि.सं. २०७६ पुस १०

      १०. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ?
       नेदरल्यान्डको हेग
      – यो अदालत औपचारिक रूपमा सन् २००२ जुलाई १ मा स्थापना भएको ।
      – हाल (सन् २०१८ अप्रिल) यो संस्थामा १२२ सदस्य राष्ट्र रहेका ।

      ११. असंलग्न आन्दोलन ९ल्ब्ः० मा आबद्ध सार्क राष्ट्र कुन कुन हुन् ?
       सबै आठ राष्ट्र

      १२. सन् २०२१ मा जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा स्वर्ण पदक जित्ने राष्ट्र कुन हो ?
       ब्राजिल
      – ब्राजिलले स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको ।
      – सन् २०१६ को रियो ओलम्पिकमा पनि पुरुष फुटबलतर्फको उपाधि ब्राजिलले नै जितेको ।
      – टोकियो ओलम्पिकमा महिला फुटबलको उपाधि क्यानडाले जितेको । क्यानडाले फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै स्वर्ण पदक
      हात पारेको ।

      १३. अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?
       अप्रिल २९
      – यसपटक (सन् २०२१) अन्तर्राष्ट्रिय नृत्य दिवस कोभिड–१९ का कारण भर्चुअल रूपमा मनाइएको ।
      – संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि यो दिवस मनाउन थालिएको ।

      १४. बूढानीलकण्ठ कुन पहाडको फेदमा अवस्थित छ ?
       शिवपुरी

      १५. नेपाल आयल निगमले इन्धन चुहावट नियन्त्रण गर्ने उद्देश्यले इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) सफ्टवेयर कहिलेदेखि लागू गर्ने गरी निर्णय गरेको हो ?
       वि.सं. २०७८ वैशाख २
      – देशभरका सबै डिपोमा ईआरपी लागू गर्न केन्द्रीय कार्यालयबाट उच्च स्तरका कर्मचारीको नेतृत्वमा टिम परिचालन गरिएको ।
      – ईआरपी सफ्टवेयर लागू भएपछि इन्धन ढुवानी, वितरण र लेखा प्रणालीलाई सुधार गरी चुहावट नियन्त्रणमा सघाउ पुग्ने विश्वास गरिएको ।
      – देशभरका डिपोमा रहेको तेलको मौज्दात, बाटोमा ढुवानी हुँदै गरेको तेलको परिमाण, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले दिएको तेलको परिमाणलगायत सबै तथ्याङ्क सफ्टवेयरमार्फत सजिलै जानकारी
      पाउन सकिने ।
      – पम्प व्यवसायीले सफ्टवेयरमार्फत नै तेलको माग गर्ने हुँदा कुन ठाउँमा तेल कम वा बढी गएको छ भन्ने सजिलैसँग हेरेर माग र आपूर्तिको तालमेलसमेत मिलाउन सकिने ।
      – व्यवसायीले घर बसेरै तेलको डिमान्ड गर्न र पैसा तिर्न सक्ने, त्यस्तै ढुवानी व्यवसायीले पनि घरमै बसेर इन्धन ओसारेबापतको भाडा प्राप्त गर्न सक्ने ।

      १६. मेरो कित्ता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
       वि.सं. २०७८ वैशाख २
      – (नक्सा, प्लट रजिस्ट्रर, फिल्ड रेखाङ्कन निवेदन लगायतका सेवा अनलाइनबाट पाउने गरी यो प्रणाली सञ्चालनमा ल्याउन लागिएको । यो प्रणाली कृषि, उत्पादन र उत्पादकत्व लगायतका पक्षसँग पनि सम्बन्धित रहेको जनाइएको ।)

      १७. मानव न्यायशास्त्रका लेखक को हुन् ?
       जयस्थिति मल्ल

      १८. सन् २०२१ अक्टोबरमा माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले कुन स्थान हासिल ग-यो ?
       द्वितीय
      – हालसम्मका साफ च्याम्पियनसिपमध्ये यस च्याम्पियनसिपमा नेपालले उत्कृष्ट खेल प्रस्तुत गरेको ।
      – २०७८ कात्तिक १ को मन्त्रिपरिषद् बैठकले उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई पुरस्कारस्वरूप जनही पाँच लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको । त्यसैगरी नेपाली टोलीका प्रशिक्षकलाई पनि जनही तीन लाख रुपियाँ दिने
      निर्णय भएको ।
      – मालेको राष्ट्रिय रङ्गशालामा भारतले नेपाललाई ३–० ले पछि पार्दै उपाधि जितेको ।

      १९. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ?
       वि.सं. २०७७ चैत २५

      २०. नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?
       लिच्छवि काल

      २१. कम्प्युटरमा प्रयोग हुने इन्टलको पूरा रूप के हो ?
       इन्टिगे्रटेड इलेक्ट्रोनिक्स

      २२. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्यूआई) कति हुनुपर्छ ?
       ५० एक्यूआईभन्दा तल
      – (विश्व स्वास्थ्य सङ्गठनले ५० एक्यूआईभन्दा तल भएको अवस्थालाई स्तरीय मानेको । नेपाल सरकारले भने त्यसलाई एक सयमुनि निर्धारण गरेको अर्थात् एक्यूआई एक सयसम्मको अवस्थालाई
      सामान्य मानेको ।)

      २३. सबैभन्दा पहिले दौत्य सम्बन्ध कायम भएको आसियान राष्ट्र कुन हो ?
       मलेसिया (सन् १९६० जनवरी १)

      २४. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?
       ३५५५ व.कि.मि.
      – (डोल्पा र मुगु जिल्लामा अवस्थित यस राष्ट्रिय निकुञ्जभित्र फोक्सुन्डो ताल रहेको ।)

      २५. दक्षिण अमेरिकामा भूपरिवेष्टित राष्ट्र कति रहेका छन् ?
       दुई (बोलिभिया र पाराग्वे)

      २६. मैथिली साहित्यका प्रथम गद्यकार एवं नाटककार कसलाई मानिन्छ ?
       ज्योतिरेश्वर

      २७. ‘मरुभूमिको हीरा’ भनेर चिनिने राष्ट्र कुन हो ?
       लिविया

      २८. राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?
       वि.सं. २०७८ वैशाख २
      – (नयाँबानेश्वरमा प्रधान कार्यालय रहेको राष्ट्रिय खाद्य बैङ्कको नारा ‘पोसिलो आहारका लागि दिगो
      कृषि’ रहेको ।)

      २९. संयुक्त अरब इमिरेट्स (यूएई)ले देश विकासका लागि योगदान गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिन सक्ने घोषणा कहिले गरेको हो ?
       सन् २०२१ जनवरी ३०

      ३०. लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?
       सन् १९७२
      – पर्यटन क्षेत्रसँग सम्बन्धित यस संस्थाको संस्थापक टोनी ह्विलर र मौरिन ह्विलर रहेका ।
      – हरेक वर्ष पर्यटकीय क्षेत्रहरूको सूची प्रकाशन गर्ने यस संस्थाले पर्यटनसम्बन्धी पुस्तकहरू, गाइडबुकहरू तथा श्रव्यदृश्य सामग्रीहरूको उत्पादन तथा बिक्री–वितरण गर्ने । यसको मुख्यालय अस्ट्रेलियाको मेल्वर्न (शाखा कार्यालयहरू ः लन्डन, बेइजिङ र
      नयाँदिल्ली)मा रहेको ।
      प्रस्तुतकर्ता : टङ्क केसी

    •  कार्तिक १७, २०७८ बुधबार
    •  

    . विद्यालयको पढाइपछि विद्यार्थीलाई दिइने अत्यधिक गृहकार्यको चापलाई घटाउने उद्देश्यले हालै शिक्षासम्बन्धी कानुन पारित गर्ने देश कुन हो ?
     चीन
    – शिक्षासम्बन्धी सो नयाँ विधेयक राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति र मुलुकको स्थायी विधान सभाबाट पारित (सन् २०२१ अक्टोबर २३ मा) गरिएको ।
    – सरकारी निकायद्वारा अभिभावकलाई आफ्ना बालबालिकाका लागि आराम र व्यायाम गर्न यथेष्ट समय रहे, नरहेको सुनिश्चित गर्न र तिनीहरूलाई अनलाइन अध्ययनमा धेरै समय बिताउन नदिन निर्देशन पनि दिइएको ।
    – सन् २०२१ अगस्टमा चीनले छ र सात वर्ष उमेरका बालबालिकाको लिखित परीक्षामाथि प्रतिबन्ध लगाएको । गत वर्ष चीन सरकारले बालबालिकाको इन्टरनेट र अन्य लोकप्रिय संस्कृतिप्रतिको लत नियन्त्रणका लागि थुप्रै उपाय अपनाएको ।
    – यस कानुनले अभिभावकलाई आफ्ना सन्तानको नैतिकता, बौद्धिक विकास र सामाजिक बानीबेहोरासहित हुर्काउन प्रोत्साहित गर्ने विश्वाससमेत गरिएको ।
    – स्थानीय सरकारलाई कानुन कार्यान्वयनको जिम्मेवारी दिइने बताइएको ।

    २. सबैभन्दा छिटो सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ?
     साङ यी हङ (हङकङ), सन् २०२१ मे २३
    – उनले २५ घण्टा ५० मिनेटमा सो आरोहण पूरा गरेकी ।
    – यसअघि यो कीर्तिमान फुन्जो झ्याङ्जु लामा (३९ घण्टा ६ मिनेट)को नाममा रहेको । उनले सन् २०१९ मे १५ मा सो आरोहण गरेकी ।

    ३. पशु सुत्केरी भत्ता उपलब्ध गराउने स्थानीय निकाय कुन हो ?
     जलजला गााउँपलिका (पर्वत)
    – व्यावसायिक कृषि प्रवद्र्धनका लागि कृत्रिम गर्भाधान गराएर पाडाबाच्छा हुकाउने किसानलाई पशु सुत्केरी भत्ता दिन थालिएको । जन्मनासाथ पाडापाडी बध गर्ने प्रचलनको अन्त्य गर्दै पाडाबाच्छा हुर्काउन प्रोत्साहन दिन, साथै नश्लसुधार गरी दूध उत्पादन बढाएर कृषकलाई व्यावसायिक बनाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताइएको ।
    – कृत्रिम गर्भाधान गरेका गाईभैँसी व्याएपछि तिनीहरूका पाडाबाच्छा हुर्काएमा गाउँपालिकाले एउटा पशुलाई दुई हजार पाँच सय रुपियाँ भत्ता दिने गरेको । पालिकाले विगत तीन वर्ष (२०७६) देखि यो कार्यक्रम लागू गरेको ।

    ४. एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)को उद्घाटन कहिले भयो ?
     सन् २०१६ जनवरी १६
    – (विश्व बैङ्क र एसियाली विकास बैङ्कको प्रतिस्पर्धीका रूपमा हेरिएको एआईआईबी चीनको अग्रसरतामा स्थापना भएको नयाँ अन्तर्राष्ट्रिय विकास साझेदार संस्था हो । यो बैङ्क एक खर्ब अमेरिकी डलर पुँजीमा स्थापना गरिएको छ । एसिया र युरोप हुँदै दीर्घकालमा अफ्रिकासम्म जोड्ने लक्ष्यका साथ चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा अघि सारिएको सिल्करोड परियोजनामा लगानी जुटाउन चीनले यो बैङ्कको स्थापना गरेको विश्लेषण पश्चिमा अर्थशास्त्रीहरूले गरिरहेका छन् ।)

    ५. संयुक्त राष्ट्रसङ्घ (यूएनओ)को प्रमुख प्रशासनिक अङ्ग कुन हो ?
     सचिवालय

    ६. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को स्थापना कहिले भएको हो ?
     सन् १९४९ अप्रिल ४
    – यस संस्थामा हाल ३० सदस्य राष्ट्र रहेका ।
    – पछिल्लो सदस्य राष्ट्र (३०औँ) उत्तरी म्यासेडोनिया रहेको ।
    – स्थापनाकालमा यसका सदस्य राष्ट्रहरूको सङ्ख्या
    १२ रहेको ।
    – नेटोको प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको ।
    – यसको प्रथम शिखर सम्मेलन सन् १९५७ मा सिङ्गापुरमा भएको ।

    ७. अन्तर्राष्ट्रिय श्रम सङ्गठन (इन्टरनेसनल लेबर अर्गनाइजेसन–आईएलओ)ले नोबेल शान्ति पुरस्कार कहिले प्राप्त गरेको थियो ?
     सन् १९६९

    ८. सरकारी रूपमा वा सङ्घ–संस्थाद्वारा निकालिने सङ्क्षिप्त समाचारपत्रलाई के भनिन्छ ?
     बुलेटिन

    ९. नन्दभाउजू ताल चितवन जिल्लामा पर्छ भने घोडाघोडी ताल कहाँ पर्छ ?
     कैलाली

    १०. गुरुìवाकर्षणसम्बन्धी विश्वव्यापी नियमका प्रणेता
    को हुन् ?
     सर आइज्याक न्युटन

    ११. फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनाढ्यहरूको सूची २०२१ अनुसार पहिलो स्थानमा रहन सफल धनाढ्य को हुन् ?
     जेफ बेजोस (अमेरिका)
    – सो सूचीअनुसार सर्वाधिक धनाढ्य पाँच व्यक्ति
    – सो सूचीअनुसार सबैभन्दा कान्छो धनाढ्य केन डेभिड लेहमान (जर्मनी ः ९२५औँ स्थान) रहेका ।
    – सबैभन्दा धनी महिला– फ्रान्कोइस वेटेनर्कोट मेयर्स एन्ड फेमिली (फ्रान्स, १२औँ धनी) ।
    – सबैभन्दा ज्येष्ठ धनी ९९ वर्षीय जर्ज जोसेफ (अमेरिका, १५८०औँ स्थान) रहेका ।
    – सो सूचीमा नेपालका विनोद चौधरी (२१४१औँ स्थान) रहेका ।

    १२. महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा कुन हो ?
     शैलुङ (दोलखा)

    १३. नेपालको तराई, भावर, दुन, भित्री मधेस, टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?
     उष्ण मनसुनी हावापानी

    १४. नेपालको उत्तर–दक्षिण अधिकतम चौडाइ २४१ किलोमिटर रहेको छ भने न्यूनतम चौडाइ कति छ ?
     १४५ कि.मि.
    – (उत्तर–दक्षिण औसत चौडाइ १९३ कि.मि.)

    १५. द्वितीय चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
     बोल्सेभिक क्रान्ति÷अक्टोबर क्रान्ति

    १६. शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?
     गुणकामदेव

    १७. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?
     राजा त्रिभुवन

    १८. कुन सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ?
     आर्य सभ्यता

    १९. संसारमा सबैभन्दा बढी विस्तार भएको भाषा परिवार
    कुन हो ?
     भारोपेली

    २०. नेपालको पूर्वी भेगको सभ्यताको थालनी भएको जनकपुरलाई प्राचीन कालमा के भनी चिनिन्थ्यो ?
     विदेह

    २१. नेपालमा उपलब्ध माटोलाई कति भागमा विभाजन गरिएको छ ?
     पाँच
    – (पाँगो माटो, बलौटे–पत्थरिलो माटो, रातो–फुस्रो माटो, तलैया माटो र हिमाली माटो)

    २२. नेपालको संविधान (२०७२) अनुसार सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठित अन्तरप्रदेश परिषद्को अध्यक्ष को हुने
    व्यवस्था छ ?
     प्रधानमन्त्री
    – (अध्यक्षसहित चार सदस्यीय अन्तरप्रदेश परिषद्का अन्य सदस्यमा नेपाल सरकारका गृहमन्त्री, अर्थमन्त्री र सम्बन्धित प्रदेशका मुख्यमन्त्री रहने व्यवस्था छ ।)

    २३. प्रशान्त महासागर त्रिभुज आकारको छ भने आन्ध्र महासागर कुन आकारको छ ?
     अङ्ग्रेजी वर्णमालको ‘एस’

    २४. तीन आयाम भन्नाले केलाई बुझिन्छ ?
     लम्बाइ, चौडाइ र उचाइ

    ५. मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति भनिन्छ भने तल भासिएको भागलाई के भनिन्छ ?
     सन्नति

    २६. हालै उड्ने बाइक निर्माण गर्ने राष्ट्र कुन हो ?
     जापान
    – जापानस्थित अलि टेक्नोलोजिजले सो बाइक निर्माण गरी सन् २०२१ अक्टोबर २७ देखि बजारमा ल्याएको ।
    – छ लाख २८ हजार डलर पर्ने सो होभरबाइक एक सय प्रतिघण्टाको वेगमा ४० मिनेटसम्म उड्न सक्ने ।
    – परम्परागत इन्जिन जडित यस बाइकमा ब्याट्रीबाट चल्ने चारवटा मोटर राखिएको ।

    २७. विश्व खाद्य दिवस कहिले मनाइन्छ ?
     अक्टोबर १६
    – संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य तथा कृषि सङ्गठनको पहलमा बर्सेनि अक्टोबर १६ का दिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिएको ।
    – यस वर्ष (सन् २०२१)मा मनाइएको विश्व खाद्य दिवसको विश्वव्यापी नारा ‘आवर एक्सन्स् आर फ्युचर । बेटर प्रोडक्सन, बेटर न्युट्रिसन, अ बेटर इन्भाइरनमेन्ट एन्ड अ बेटर लाइफ’ रहेको ।
    – त्यस्तै ‘हाम्रो पहल ः उत्पादन र पोषणमा वृद्धि ः पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि’ राष्ट्रिय नारा
    तय गरिएको ।

    २८. हाल विश्वकै होचो (जीवित) व्यक्ति को हुन् ?
     एडवार्ड निनो हेर्नन्डेज (कोलम्बिया)
    – हाल गिनिज बुकमा रेकर्ड भएका जीवित विश्वका होचा व्यक्ति हेर्नन्डेज रहेका ।
    – उनको उचाइ ७२.१ सेन्टिमिटर रहेको ।
    – हालै सिन्धुली जिल्लाका १७ वर्षीय डोरबहादुर खपाङ्गी विश्वकै सबैभन्दा होचो व्यक्ति भएको दाबी गरिएको ।
    – उनको उचाइ ७१ सेन्टिमिटर र तौल १३ केजी रहेको ।
    – यसअघि विश्वको होचो व्यक्तिका रूपमा दाङका चन्द्रबहादुर डाँगी र सोभन्दा पहिलो पोखराका खगेन्द्र थापामगरले गिनिज बुकमा रेकर्ड राखिसकेका ।

    २९. निरन्तर विद्यार्थी मूल्याङ्कन कस्तो प्रकारको
    मूल्याङ्कन हो ?
     निर्माणात्मक मूल्याङ्कन
    प्रस्तुतकर्ता : टङ्क के.सी


    •  कार्तिक २४, २०७८ बुधबार
    •  

    १. जापानबाट प्रदान गरिएको द अर्डर अफ राइजिङ सन् २०२१ पदक पाउने नेपाली को हुन् ?
     हिमालयशमशेर जबरा

    २. हाल नेपालको कुल वैदेशिक ऋण (आ.व. २०७७÷७८ सम्म)मध्ये सबैभन्दा बढी कुन संस्थाको रहेको छ ?
     विश्व बैङ्क (५४ प्रतिशत)
    – विश्व बैङ्क ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)को मात्रै ५०.४४ प्रतिशत रहेको ।
    – कुल वैदेशिक ऋणमा दोस्रो, तेस्रो र चौथो ऋणदाताका रूपमा क्रमशः एडीबी (३१.३६ प्रतिशत), जापान (४.४१ प्रतिशत) र आईएमएफ (३.५१ प्रतिशत) रहेको ।
    – कुल वैदेशिक ऋणमा बहुपक्षीय दातृ निकायको हिस्सा ८७.८८ प्रतिशत रहेको । बाँकी १२.११ प्रतिशत दुईपक्षीय रहेको ।

    ३. वल्र्ड बुक अफ रेकर्डस्बाट सम्मानित हुने नेपाली को हुन् ?
     अभिषेकविक्रम शाह (चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक)
    – (बेलायतस्थित वल्र्ड बुक अफ रेकर्डस्द्वारा हस्पिटालिटी र पर्यटन क्षेत्रमा पु¥याएको योगदानका लागि सो सम्मान प्रदान गरिएको ।)

    ४. जलवायु परिवर्तनसँग सम्बन्धित विश्व सम्मेलन कोप–२६ कहिले र कहाँ सम्पन्न भयो ?
     सन् २०२१ अक्टोबर ३१–नोभेम्बर १२, ग्लास्गो, स्कटल्यान्ड
    – बेलायतको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलनसँगै नोभेम्बर १ र २ मा वल्र्ड लिडर समिट आयोजना गरिएको ।
    – कोप शिखर सम्मेलनमा जलवायुसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रहरूले सहभागिता जनाएका ।
    – सन् १९९४ मा भएको सन्धिको नेपाल पनि एक पक्ष राष्ट्रका रूपमा रहेको ।
    – जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २५औँ संस्करण सन् २०१९ मा स्पेनमा सम्पन्न भएको ।

    ५. जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा नेपालले कहिलेसम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ?
     सन् २०४५

    ६. सन् २०२१ मा ग्लास्गोमा सम्पन्न जलवायुसम्बन्धी शिखर सम्मेलनमा विश्वका नेताहरूले कहिलेसम्ममा वन फँडानी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ?
     सन् २०३० (सन् २०२१ नोभेम्बर २ मा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको ।)

    ७. मिस युनिभर्स नेपाल २०२१ को उपाधि जित्ने युवती को हुन् ?
     सुजिता बस्नेत
    – उनले १० लाख नगदसहित हीराजडित ताज पहिरिन सफल भएकी ।
    – उपाधि विजेता बस्नेतले सन् २०२१ डिसेम्बर १२ मा इजरायलमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने ।
    – प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनर्सअप, रक्षा उप्रेती सेकेन्ड रनर्सअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनर्सअप र डा. केशु खड्का फोर्थ रनर्सअप घोषित भएका ।

    ८. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६) मा भाग लिने सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा कहिले लन्डन प्रस्थान गर्नुभएको थियो ?
     वि.सं. २०७८ कात्तिक १२

    ९. विश्वका आर्थिक रूपमा सम्पन्न २० ठूला देश सम्मिलित समूह जी–२० को सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
     सन् २०२१ अक्टोबर ३०–३१, रोम, इटाली
    – सम्मेलनमा कोभिड–१९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामना गर्नका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरिएको ।
    – जी–२० राष्ट्रहरूले ऊर्जा मूल्यसम्बन्धी मुद्दामा उत्पादक र उपभोक्ता राज्यबीचको घनिष्ठ समन्वयमा सहमति जनाएका ।
    – ग्यास र तेलको मूल्यमा भएको उल्लेखनीय वृद्धि र अस्थिरताले विश्वव्यापी वृद्धिलाई कमजोर बनाएको भन्दै उत्पादक र उपभोक्ता राज्यबीच समन्वयको आवश्यकतामा
    जोड दिइएको ।


    १०. नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्ने अनुमति कहिले पाएको हो ?
     वि.सं. २०७८ कात्तिक १५ (सन् २०२१ नोभेम्बर १)
    – पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालनमा रहेको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित कुल ३९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)लाई बिक्री गर्न
    अनुमति दिइएको ।
    – विद्युत् निर्यातको सुरुवात थोरै परिमाणबाट भए पनि चाँडै नै माथिल्लो तामाकोसीलगायतका अन्य आयोजनाको विद्युत् पनि भारतीय बजारमा निर्यात हुने विश्वास गरिएको ।
    – प्राधिकरणले २०७८ कात्तिक १७ गतेबाट ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गरेको ।
    – कात्तिक १७ देखि भारत निर्यात गर्न थालिएको विद्युत्को औसत मूल्य प्रतियुनिट नेपाली चार रुपियाँ ३३ पैसा रहेको ।
    – प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्ने ।
    – नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स)मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको । प्राधिकरणले २०७८ वैशाख १७ बाट आवश्यक परेका बेला आईईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको ।
    – निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको ।
    – भारतीय ऊर्जा बजारमा विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो मुलुक बनेको ।

    ११. नेपालको गर्विलो इतिहास बोकेका हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने पदमार्गलाई के नामकरण गरिएको छ ?
     एकीकरण पदमार्ग
    – (दुई गढीलाई पदमार्गले जोड्ने योजना बनेपश्चात् ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय गतिविधि बढ्ने भएको ।)

    १२. प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को नतिजा कहिले सार्वजनिक गरिएको हो ?
     वि.सं. २०७६ असार १६
    – (सो गणनाको प्रारम्भिक प्रतिवेदन वि.सं. २०७५ भदौ २८ मा सार्वजनिक गरिएको थियो ।)

    १३. मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार गम्भीर कसुर भन्नाले के बुझिन्छ ?
     तीन वर्षभन्दा बढी दस वर्षसम्म कैद सजाय हुने कसुर

    १४. मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार जघन्य कसुर भन्नाले के बुझिन्छ ?
     जन्मकैद वा दस वर्षभन्दा बढी कैद सजाय हुने कसुर

    १५. नेपालका लियोनार्दो दा भिन्ची भनी अरनिकोलाई चिनिन्छ भने नेपालका माइकल एञ्जेलो भनी कसलाई चिनिन्छ ?
     वेखाराज

    १६. शिक्षा ऐन, २०२८ अनुसार सामुदायिक विद्यालय भन्नाले के बुझिन्छ ?
     नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउने गरी अनुमति वा स्वीकृतिप्राप्त विद्यालय
    – सो ऐनअनुसार संस्थागत विद्यालय भन्नाले नेपाल सरकारबाट नियमित रूपमा अनुदान नपाउने गरी अनुमति वा स्वीकृतिप्राप्त विद्यालय बुझिने ।
    – त्यस्तै विद्यालय शिक्षा भन्नाले आधारभूत र माध्यमिक शिक्षालाई बुझिने ।

    १७. आधारभूत तह (कक्षा १–८)को परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी कसलाई प्रदान गरिएको छ ?
     स्थानीय तह

    १८. नेपालको संविधानअनुसार माध्यमिक तहको विद्यालय व्यवस्थापन गर्ने एकल अधिकार कुन तहलाई दिइएको छ ?
     स्थानीय तह

    १९. राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना कहिले गरिएको हो ?
     वि.सं. २०७६ असार १८
    – (सो केन्द्रले संवेदनशील सूचना तथा सञ्चार पूर्वाधारमा हुन सक्ने सुरक्षा चुनौती तथा खतरासम्बन्धी सूचना, सरकारी वेबसाइट, वेब एप्लिकेसन तथा वेब सर्भिसेज माथि हुन सक्ने सुरक्षाको अनुगमन गरी पूर्वसूचना दिने काम गर्ने । साथै उक्त केन्द्रको स्थापनाले बढ्दै गइरहेको साइबर जोखिम नियन्त्रण हुने विश्वास गरिएको ।)

    २०. सरकारले भानुभक्त प्राणी उद्यानको निर्माण कहाँ गर्न थालेको हो ?
     तनहुँ
    – वि.सं. २०७३ फागुन ११ गतेको मन्त्रिपरिषद्को निर्णय र २०७४ वैशाख १८ गते राजपत्रमा प्रकाशित गरी राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाममा भानुभक्त प्राणी उद्यान निर्माण कार्य अघि बढाइएको ।
    – व्यास नगरपालिका ११ र १२ तथा भानु नगरपालिकाका ५ र ६ वडालाई समेट्ने गरी उद्यान निर्माण गरिने ।
    – उद्यानमा बालबालिकाको मनोरञ्जनात्मक चिल्ड्रेन पार्क, आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने ।
    – हात्ती, गैँडा, बाघ, भालु, जिराफजस्ता जनावर देश तथा विदेशबाट ल्याएर सो प्राणी उद्यानमा छोडिने बताइएको ।

    २१. उपत्यकाको चौडा सडकमा सवारीसाधनको गति मापनका लागि हालै प्रयोगमा ल्याइएको प्रविधि कुन हो ?
     लेजर स्पिड गन
    – लेजर स्पिड गन राडारभन्दा अत्याधुनिक रहेको बताइएको ।
    – लेजर स्पिड गनबाट सवारीसाधनको गति नाप्ने कार्य २०७६ जेठ २० बाट सुरु गरिएको ।

    २२. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा ‘एक्सन फर पिस किपिङ’को थालनी कहिलेदेखि भएको हो ?
     सन् २०१८ मार्च २८

    २३. नेपालमा पुतलीविज्ञ भनी कसलाई चिनिन्छ ?
     प्रा.डा. भैया खनाल
    – खनालले बेलायती पुतलीविज्ञ कलिन पी स्मिथसँगको सहकार्यमा ‘बटरफ्लाइज अफ काठमाडौँ भ्याली’ नामक पुस्तक लेखेका ।
    – उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय म्यागेजिन र पत्रपत्रिकामा पुतलीका बारेमा १५० भन्दा बढी लेख तथा अनुसन्धान रिपोर्ट
    प्रकाशित गरेका ।
    – पुतलीका बारेमा अध्ययन गर्ने सिलसिलामा देशका अधिकांश जिल्ला पुगेका खनाल यो क्षेत्रमा करिब चार दशकदेखि सरिक हुँदै आएका ।

    २४. राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ?
     बडाकाजी
    – (राणाकालीन समयमा दज्र्यानी क्रममा माथिबाट तल क्रमशः बडाकाजी, काजी, सरदार, मिरसुब्बा, सुब्बा, नायबसुब्बा, खरिदार, डिट्ठा, मुखिया, बहिदार र नौसिन्दा रहेका ।)

    प्रस्तुतकर्ता : टङ्क के.सी.

    •  मंसिर १, २०७८ बुधबार
    •  

    १. चीनद्वारा सन् २०२१ मा मङ्गल ग्रहको अध्ययनका लागि पठाइएको झुरोङ रोभर कहिले मङ्गल ग्रहको सतहमा अवतरण भएको हो ?
     सन् २०२१ मे १४
    – करिब सात महिनाको अन्तरिक्ष यात्रापश्चात् सो रोभर मङ्गल ग्रहमा पुगेको ।
    – पौराणिक अग्नि र युद्ध देवताको नामबाट नामकरण गरिएको झुरोङ रोभरको तौल २४० केजी रहेको ।
    – चीनले यसअघि मङ्गल ग्रहको अध्ययनका लागि सन् २०२० जुलाई २३ मा तियान्वेन–१ अन्तरिक्ष यान त्यसतर्फ
    प्रक्षेपण गरेको ।
    – हालसम्म ईयू, अमेरिका, यूके, रसिया, यूएई, जापान र चीनले मङ्गल अभियानका लागि यान पठाएका ।

    २. भारतको प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सन् २०२१ मा सम्मानित हुनुहुने भारतका नेपालीभाषी साहित्यकार को हुन् ?
     लीलबहादुर क्षेत्री
    – भारतको आसाम राज्यस्थित गुवाहटीमा बस्दै आएका नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा सन् २०२१ नोभेम्बर ८ मा सो सम्मान
    प्रदान गरिएको ।
    – आख्यानकार, नाटककार, निबन्धकार, समालोचकका रूपमा समेत चर्चित क्षेत्रीको नेपाली भाषा साहित्यमा ठूलो योगदान रहेको ।
    – उनले लेखेको उपन्यास ‘बसाइँ’ नेपालका विश्वविद्यालयमा समेत पठनपाठन हुने गरेको ।

    ३. विद्युतीय राहदानीको परीक्षण वितरणको थालनी कहिलेदेखि गर्ने निर्णय भएको हो ?
     वि.सं. २०७८ मङ्सिर १
    – सन् २०२२ को सुरुवातसँगै नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएको विद्युतीय राहदानीको तयारी स्वरूप परीक्षण वितरण सुरु गरिएको राहदानी विभागले जनाएको ।
    – विभागका अनुसार मङ्सिर १ गतेदेखि केही हप्ता विभागबाटै वितरण गरिने र सोपश्चात् प्रदेश तथा जिल्लास्तरमा विद्युतीय राहदानी वितरण गर्ने योजना रहेको ।
    – गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरी विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो ।
    – आईएसओ १९०३ मान्यताप्राप्त विश्वस्तरको तेस्रो जेनेरेसनको राहदानीका रूपमा विद्युतीय राहदानी रहेको ।
    – नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुञ्जेल त्यही राहदानीलाई नै
    मान्यता दिइने ।

    ४. २०७७ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
     भगीराज इङनाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि)

    ५. २०७७ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो ?
     नृत्यशास्त्री भैरवबहादुर थापा

    ६. विश्व मधुमेह दिवस कहिले मनाइन्छ ?
     नोभेम्बर १४
    – (सन् २०२१ को नारा ः मधुमेह उपचारमा पहुँच)

    ७. हिमालपारिको जिल्ला मुस्ताङमा तीन दशकयताकै ठूलो हिमपहिरो कहिले गयो ?
     वि.सं. २०७८ कात्तिक २८
    – मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा पर्ने टुकुचे हिमालमा सो हिमपहिरो गएको । हिमपहिरो करिब पाँच किलोमिटर तलसम्म आएको ।
    – हिमपहिरो थासाङ गाउँपालिका–२, कोवाङसम्म आइपुग्ने डरमा भागदौड मच्चिँदा विद्यार्थी र स्थानीय गरी ११ जना घाइते भएका ।
    – झन्डै आधा घण्टासम्म बगेको पहिरोले हिउँका चट्टान उर्लिएर तलसम्म खस्दा पहिरोमा परेर आधा दर्जन चौँरीगोठमा क्षति पुगेको साथै १५० भन्दा बढी चौँरी पुरिएको जनाइएको ।

    ८. पद्मकण्ठगिरि कुन ठाउँको पौराणिक नाम हो ?
     स्वयम्भू

    ९. नेपालमा सामाजिक सुधार ऐन कहिलेदेखि लागू भएको हो ?
     वि.सं. २०३३

    १०. सूर्यको किरणमा सात रङ हुन्छन् भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?
     सर आइज्याक न्युटन (बेलायत)

    ११. प्राथमिक रङमा कुन–कुन रङ पर्दछन् ?
     रातो, नीलो र हरियो

    १२. प्यागोडा शैलीको सबैभन्दा पुरानो मन्दिर कुन हो ?
     चाँगुनारायण

    १३. नवदुर्गा नाच कसले चलाएका हुन् ?
     सुवर्ण मल्ल

    १४. व्यासीहरूले माघ महिनामा भैलो खेली मनाउने पर्व कुन हो ?
     धवला

    १५. नइ प्रकाशनले आफ्नो रजत महोत्सवको अवसरमा ‘महासमालोचक’को उपाधि र नइ रजत महोत्सव पुरस्कार कसलाई प्रदान ग-यो ?
     प्रा.डा. वासुदेव त्रिपाठी
    – त्रिपाठीलाई पाँच लाख रुपियाँ राशिसहित ‘महासमालोचक’ उपाधि र नइ रजत महोत्सव पुरस्कार प्रदान गरिएको ।
    – सोही अवसरमा त्रिपाठीलाई एक लाख रुपियाँ राशिको नइ ईश्वर बराल पुरस्कार पनि प्रदान गरिएको ।
    – त्यस्तै नइ रजत महोत्सव पदक शताब्दी पुरुष सत्यमोहन जोशी, प्रा.डा. महादेव अवस्थी, प्रा. केशव सुवेदी, प्रा.डा. लक्ष्मणप्रसाद गौतमलगायत ५० जनालाई समर्पण गरिएको ।
    – भारतीय नेपाली साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई नइ देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार (दुई लाख रुपियाँ राशिसहित) प्रदान गरिएको ।
    – चिकित्सक डा. गौरीशङ्करलाल दासलाई नइ भावी पुरस्कार, शङ्करनाथ रिमाललाई नइ कीर्तिनिधि पुरस्कार, मनिषा कोइरालालाई नइ भूपाल दुर्गा पुरस्कार, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नइ देरुनिख सुकीर्ति पुरस्कार एवं प्रा.डा. सोमप्रसाद पाण्डेलाई नइ चन्द्रधन पुरस्कार प्रदान गरिएको ।

    १६. सार्कको लोगो कुन देशका कलाकारले बनाएका हुन् ?
     नेपाल (शैलेन्द्र महर्जन)

    १७. कालो अक्षर कृतिका लेखक को हुन् ?
     कमलमणि दीक्षित

    १८. पृथ्वी प्रज्ञा पुरस्कार पाउने प्रथम साहित्यकार को हुन् ?
     बालकृष्ण सम

    १९. मेट्रिक प्रणाली कुन देशबाट सुरु भएको हो ?
     फ्रान्स

    २०. उधौली र उभौली कुन जातिले मनाउने पर्व हुन् ?
     राई

    २१. छन्त्याल जातिको मुख्य बसोबास रहेको जिल्ला कुन हो ?
     म्याग्दी

    २२. कुन ग्रहलाई रातो ग्रह भनी चिनिन्छ ?
     मङ्गल

    २३. रामेछाप जिल्लाको ठोसे भन्ने ठाउँ कुन धातुका लागि प्रसिद्ध छ ?
     फलाम

    २४. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा पाँचवटा प्रदेशमा इम्बोस्ड नं. प्लेट कहिलेदेखि अनिवार्य गर्ने निर्णय गरियो ?
     वि.सं. २०७८ मङ्सिर १
    – वि.सं. २०७८ मङ्सिर १ देखि नयाँ दर्ता हुने सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको ।
    – त्यस्तै २०७८ फागुन १ देखि सवारी नामसारी गर्दा अनिवार्य इम्बोस्ड नम्बर लगाउनुपर्ने ।
    – २०७९ जेठ १ देखि भने सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट लगाउनुपर्ने ।
    – मन्त्रालयका अनुसार इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन सार्वजनिक सवारी, पर्यटन सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारीलाई अनिवार्य गरिएको ।
    – अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो कार्यान्वन हुने । प्रदेश १ र २ मा प्रदेशको नाम निश्चित नभएसम्मका लागि स्थगित गरिएको ।
    – सङ्घीय व्यवस्थाअनुसार इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम प्रदेशको कार्यक्षेत्रमा पर्ने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ को क्रमसङ्ख्या १४ ले दिएको अधिकार प्रयोग गरी प्रदेशअन्तर्गतका कार्यालयमा कार्यान्वयन हुने गरी राजपत्रमा सूचना प्रकाशित गरिएको ।

    २५. हावामा सबैभन्दा बढी पाइने तìव (ग्यास) कुन हो ?
     नाइट्रोजन

    २६. सुर्तीमा निकोटिन पाइन्छ भने कफीमा के पाइन्छ ?
     क्याफिन

    २७. नेपालको मरुभूमि भन्नाले मुस्ताङलाई चिनिन्छ भने नेपालको श्रीलङ्का भन्नाले कुन ठाउँलाई चिनिन्छ ?
     कोसीटप्पु

    २८. आर्थिक म्याग्नाकार्टा भनेर पनि चिनिने विश्व प्रसिद्ध कृति कुन हो ?
     दी वेल्थ अफ नेसन

    २९. नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ?
     खड्गशमशेर

    ३०. विश्वकप टी–२० प्रतियोगिता (२०२१)को उपाधि कुन देशले जित्यो ?
     अस्ट्रेलिया
    – अस्ट्रेलियाले छिमेकी देश न्युजिल्यान्डलाई ८ विकेटले हराएर सो उपाधि हात पारेको ।
    – सबैभन्दा बढी पाँच पटक एकदिवसीय विश्वकप जितिसकेको अस्ट्रेलियाले टी–२० संरचनाको विश्वकप भने पहिलो पटक जितेको ।
    – विश्वकप टी–२० को सातौँ संस्करणको फाइनलमा टस हारेर पहिले व्याटिङ गर्न पुगेको न्युजिल्यान्डले चार विकेटको क्षतिमा १७२ रन बनाएको थियो । अस्ट्रेलियाले सात बल बाँकी छँदै दुई विकेटको क्षतिमा १७३ रन बनाएर लक्ष्य हासिल गरेको ।
    – टी–२० विश्वकप च्याम्पियन
    प्रस्तुतकर्ता : टङ्क के.सी.


    •    मंसिर ८, २०७८ बुधबार
    •  

    १. कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनेर पनि चिनिन्छ ?
     राइट लिभ्लिहुड पुरस्कार
    – यो पुरस्कारको स्थापना सन् १९८० मा जर्मन–स्विडिस नागरिक ज्याकोव भन मुक्सकुलद्वारा भएको ।
    – वातावरण संरक्षण, दिगो विकास, मानव अधिकार, शान्ति, शिक्षालगायतका क्षेत्रमा महìवपूर्ण योगदान पु-याउने (चार व्यक्ति/संस्था)लाई यो पुरस्कार
    प्रदान गरिने ।
    – यो पुरस्कार सन् १९८० देखि प्रदान गर्न थालिएको ।
    – सन् २०२१ मा यो पुरस्कार मार्थ वान्डोउ, भ्लादिमिर स्लिवजाक, फ्रेडा हुसोन र लेगल इनिसिएटिभ फर फरेस्ट एन्ड इन्भाइरन्मेन्ट (एलआईएफई)लाई प्रदान गरिएको ।
    – यस पुरस्कारको राशि दुई लाख युरो रहेको ।

    २. नेपालको पहिलो बैङ्क ‘नेपाल बैङ्क लिमिटेड’को स्थापना कहिले भएको हो ?
     वि.सं. १९९४ कात्तिक ३० गते
    – वि.सं. २०७८ कात्तिक ३० मा यो बैङ्क ८४ वर्ष पूरा गरी ८५औँ वर्षमा प्रवेश गरेको ।
    – यस बैङ्कमा हाल नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर हिस्सा रहेको ।

    ३. विश्व एन्टिमाइक्रोवियल सचेतना सप्ताह कहिले मनाइन्छ ?
     नोभेम्बर १८–२४
    – संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन र विश्व पशु स्वास्थ्य सङ्गठनको संयुक्त आह्वानमा विश्वभरि नै सचेतना सप्ताह मनाउने गरिएको ।
    – एन्टिमाइक्रोवियल रेजिस्टेन्सको विश्वव्यापी चुनौतीलाई सामना गर्न सङ्क्रमण रोकथाम तथा एन्टिमाइक्रोवियल औषधिहरूको समुचित प्रयोगका विषयमा चेतना फैलाउन सन् २०१५ देखि यो दिवस मनाउन थालिएको ।
    – पछिल्लो ३० वर्षयता कुनै पनि नयाँ समूहका प्रभावकारी एन्टिवायोटिक्स औषधिहरू आविष्कार नहुनुसमेत चुनौतीका रूपमा रहेकाले हामीसँग रहेको विद्यमान एन्टिमाइक्रोवियल औषधिहरूको प्रभावकारितालाई कायम राख्न यसको समुचित प्रयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको ।
    – सचेतना फैलाउँदै प्रतिरोध रोकौँ (स्प्रिड अवेरनेस, स्टप रसिस्टेन्स) विषयमा आधारित रही ‘एन्टिमाइक्रोवियलको प्रयोग सावधानीपूर्वक गरौँ (एन्टिमाइक्रोवियल : ह्यान्डल विथ केयर)’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको ।

    ४. सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो ?
     वि.सं. २०७८ मङ्सिर १ गते
    – हाल प्रचलनमा रहेको मेसिन रिडेवल पासपोर्ट (एमआरपी)लाई विस्थापन गर्ने लक्ष्यसहित ई–पासपोर्ट प्रयोगमा ल्याइएको ।
    – शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट प्रदान गरिएको ।
    – सन् २०३० सम्ममा सबैको हातमा ई–पासपोर्ट पु¥याउने राहदानी विभागको लक्ष्य रहेको ।

    ५. कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक कहिले नियुक्त भएका हुन् ?
     वि.सं. २०७८ साउन १५ गते

    ६. संयुक्त राष्ट्रसङ्घले कुन दिनलाई महामारी तयारी दिन (एपिडेमिक प्रिपेयर्ड डे)का रूपमा मनाउने निर्णय अनुमोदन गरेको छ ?
     डिसेम्बर २७

    ७. राष्ट्रिय कर दिवस, २०७८ का अवसरमा सबैभन्दा बढी कर तिरेर सम्मानित हुने कम्पनी कुन हो ?
     सूर्य नेपाल
    – व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरी सम्मानित हुने उद्यमी सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर जबरा रहेका ।
    – राष्ट्रिय कर दिवस २०७८ को नारा ः स्वैच्छिक कर सहभागितामा अभिवृद्धि ः सुशासन, विकास र समृद्धि ।
    – दसौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित व्यक्ति÷संस्था

    ८. हाम्रो शरीरका सम्पूर्ण क्रियाकलापको नियन्त्रण तथा समन्वय गर्ने प्रणालीलाई के भनिन्छ ?
     स्नायु प्रणाली

    ९. सार्क फाइनान्सको अध्यक्षमा चयन हुने व्यक्तित्व को हुनुहुन्छ ?
     ने.रा. बैङ्कका गभर्नर महाप्रसाद अधिकारी
    – सार्क फाइनान्स गभर्नर्स ग्रुपको २०७८ कात्तिक २९ गते भर्चुअल माध्यमबाट आयोजित ४२औँ बैठकले उहाँलाई अध्यक्ष चयन गरेको ।
    – माल्दिभ्स मनिटरी अथोरिटीद्वारा आयोजित बैठकमा नेपाल राष्ट्र बैङ्कलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैङ्कका गभर्नर, डेपुटी गभर्नर तथा सम्बद्ध अधिकारीहरूको सहभागिता रहेको ।
    – बैठकमा दक्षिण एसियाली आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, शोधनान्तर स्थिति, कुल विदेशी विनिमय सञ्चिति, मुद्रास्फीति, कर्जा प्रवाह, विकास, जलविद्युत्, पर्यटनलगायतका साझा चासो र सहकार्यका विषयमा छलफल भएको ।

    १०. नेपालको सबैभन्दा ठूलो मानपदवी ‘नेपाल रत्न’ मरणोपरान्त कसलाई प्रदान गर्ने निर्णय (वि.सं. २०७८ आश्विन २ मा) गरियो ?
     पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

    ११. अफगानिस्तानमा तालिबानले मुल्लाह मोहम्मद हसन अखुन्दको प्रधानमन्त्रित्वमा अन्तरिम सरकारको घोषणा कहिले गरेको हो ?
     सन् २०२१ सेप्टेम्बर ७

    १२. अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युवेटर कार्यक्रममा नेपालको कुन नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्न सफल भएको हो ?
     चाँगुनारायण न.पा. (भक्तपुर)

    १३. नेपालको पहिलो महिला मुख्यमन्त्री को हुन् ?
     अष्टलक्ष्मी शाक्य (वि.सं. २०७८ भदौ २ देखि कात्तिक १०, बागमती प्रदेश)

    १४. माइक्रो क्रेडिट र माइक्रोफाइनान्सका सफल प्रयोगकर्ता मानिने मोहम्मद युनुस कुन देशका नागरिक हुन् ?
     बङ्गलादेश
    – बङ्गलादेशमा ग्रामीण बैङ्कको स्थापना गरी सो बैङ्कमार्फत विपन्न लाखौँ बङ्गलादेशीलाई ऋण प्रदान गरी स्वरोजगारको माध्यमबाट उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सफल युनुस अर्थशास्त्री एवं बैङ्कर हुन् ।
    – युनुस र यिनले स्थापना गरेको ग्रामीण बैङ्कलाई सन् २००६ मा नोबल पुरस्कार प्रदान गरिएको ।
    – सन् १९८४ मा यिनी रोमन म्यागासेसे पुरस्कारबाट पनि सम्मानित भएका ।
    – ढाकास्थित ग्रामीण बैङ्कको प्रधान कार्यालयमा युनुस सेन्टर स्थापना गरिएको ।

    १५. विश्वमा धेरै दूध उत्पादन गर्ने देश कुन हो ?
     भारत

    १६. अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ‘आदर्श वाक्य’ (मोट्टो) के तय गरेको छ ?
     फास्टर, हाइअर, स्ट्रङ्गर – टुगेदर
    – सन् २०२१ जुलाई २० मा नयाँ आदर्श वाक्य
    तय गरेको ।
    – यसअघिको आदर्श वाक्य ‘फास्टर, हाइअर,
    स्ट्रङ्गर’ रहेको ।

    १७. ट्राभल गाइडबुक लोन्ली प्लानेटले प्रकाशित गरेको सूचीअनुसार सन् २०२२ मा विश्वमा घुम्नैपर्नै मुलुकहरूको सूचीको शीर्ष १० स्थानमा पर्न सफल स्थान÷मुलुकहरू कुन–कुन हुन् ?
     क्रमशः कुक आइल्यान्ड, नर्वे, मौरिसस, बेलिज, स्लोभेनिया, एङ्गुइला, ओमान, नेपाल, मलावी, इजिप्ट

    १८. अमेरिकास्थित स्पेसएक्सले विग फाल्कन रकेट (वीएफआर) प्रयोग गरी चन्द्रमामा पर्यटक लैजाने नयाँ योजना कहिले सार्वजनिक गरेको हो ?
     सन् २०१८ सेप्टेम्बर १२

    १९. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?
     भण्डारखाल पर्व

    २०. हरित पेटिका अभियान (ग्रिनवेल्ट मुभमेन्ट)का संस्थापक को हुन् ?
     वाङ्गारी माथाई

    २१. विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि स्वयम्भूसम्मको २.२ किलोमिटर पदमार्गलाई कुन पदमार्गका रूपमा विकास गरिने भएको छ ?
     हेरिटेज ट्रेक अर्थात् सम्पदा पदमार्ग

    २२. खमेर रुज कम्बोडियाको विद्रोही समूह हो भने हमास कुन देशको विद्रोही समूह हो ?
     प्यालेस्टाइन

    २३. महिलाको मानव अधिकार संरक्षणको अन्तर्राष्ट्रिय दस्तावेजका रूपमा रहेको ‘ऋयलखभलतष्यल यल भ्ष्mिष्लबतष्यल या ब्िि ँयचmक या म्ष्कअचष्mष्लबतष्यल ब्नबष्लकत ध्यmभल’ ९ऋभ्म्ब्ध्०लाई नेपालले कहिले अनुमोदन गरेको हो ?
     सन् १९९१

    २४. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
     प्रकाश विच्छेदन

    २५. प्रतिसेकेन्डमा उत्पन्न हुने जम्मा तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?
     आवृत्ति (फ्रिक्वेन्सी)

    २६. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
     सेन्सस गोश्वारा
    – नेपालमा जनगणना वि.सं. १९६८ देखि सुरु भएको ।
    – नेपालमा चौथो जनगणना (वि.सं. १९९८)सम्म व्यक्ति गणनाका रूपमा गणना गर्ने गरिएकोमा पाँचाँै (२००९÷११) बाट वैज्ञानिक गणना सुरु गरिएको ।
    – नेपालमा सुरुवाती चरणमा सेन्सस गोश्वाराले जनगणना लिने गरेकोमा वि.सं. २०१८ बाट केन्द्रीय तथ्याङ्क विभागले लिँदै आएको ।
    – वि.सं. २०२८ बाट जनगणनामा कम्प्युटरको प्रयोग
    गर्न थालिएको ।

    •    मंसिर १५, २०७८ बुधबार
    •  

    १. संयुक्त राष्ट्रसङ्घ महासभाले नेपाललाई कहिलेसम्म अल्पविकसितबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ?
     सन् २०२६
    – राष्ट्रसङ्घको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले सन् २०२६ मा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि गरेको सिफारिस महासभाले सन् २०२१ नोभेम्बर २४ मा अनुमोदन गरेको ।
    – नेपालसँगै बङ्गलादेश र गणतन्त्र लाओसलाई पनि विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव
    अनुमोदन भएको ।
    – स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी
    अवधि दिइएको ।
    – विकासशील देशमा स्तरोन्नति गर्ने निर्णयसँगै मुलुकका लागि वैदेशिक व्यापारमा चुनौती (नेपालले अहिले अतिकम विकसित मुलुकको हैसियतमा धेरै मुलुकबाट व्यापारमा सहयोग लिँदै आएकोमा विकासशील भएपछि सुविधा कटौती हुने) थपिने ।
    – विकासशील मुलुक भएपछि दातृ निकाय र विदेशी मुलुकले दिँदै आएको सहुलियतपूर्ण कर्जा, अनुदान घट्ने । अन्तर्राष्ट्रिय व्यापारमा पाएको सहुलियत र सुविधा पनि कटौती हुने । यी विविध सहुलियत सुविधा कटौती हुने भएकाले नेपालले अब थप तयारी गर्नुपर्ने । आयात प्रतिस्थापन गरेर निर्यात बढाउन निर्यातजन्य उद्योगका लागि औद्योगिक पूर्वाधार निर्माण गर्नुपर्ने ।
    – आन्तरिक स्रोत वृद्धि गर्नुपर्ने भएकाले राजस्व सङ्कलन स्रोत बढाउन जोड दिनुपर्ने ।

    २. अष्टिम्की पर्व कुन जातिमा प्रचलनमा रहेको छ ?
     थारू
    – महिला व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अष्टिम्की पर्व मनाउने परम्परा थारू समुदायमा रहेको ।
    – पर्वको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरमा बहरी (बैठक कोठा)का भित्ता लिपपोत गरी चुनले रङ्ग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्र कोर्ने परम्परा रहेको ।
    – पर्वको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गरिने । पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी खोलामा सेलाउने गरिन्छ । नदी, खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, खरियालगायतका परिकार खाने गरिन्छ । खानुअघि प्रत्येक परिकारबाट केही भाग निकालेर राखिन्छ, जसलाई फरहार भनिन्छ । सो परिकारलाई विवाहिता छोरीचेलीलाई अग्रासन (कोसेली)का रूपमा दिने चलन छ ।

    ३. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ?
     एकराज शमशेर र ब्रह्म शमशेर

    ४. नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ?
     वि.सं. १९६१ माघ

    ५. प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?
     पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली

    ६. नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ ?
     एक

    ७. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
     सुवानन्द दास

    ८. रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
     वि.सं. २०७६ मङ्सिर ४
    – यो बन्दरगाह निर्माण सम्बन्धमा नेपाल र चीनबीच २०७६ वैशाख २९ मा समझदारीपत्रमा हस्ताक्षर भएको ।

    ९. एफटीटीएचको पूरा रूप के हो ?
     फाइबर टू द होम
    – नेपाल टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा (एफटीटीएच)को शुभारम्भ २०७६ भदौ २३ गते रुपन्देही जिल्लाको गैडहवा गाउँपणलिकास्थित सूर्यपुरा बजारमा गरेको ।
    – एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न
    सकिने जनाइएको ।

    १०. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?
     काठमाडौँ
    – (पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदी किनारमा रहेको ।)

    ११. कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा कहिले गरिएको हो ?
     वि.सं. २०७६ माघ ४
    – (सो प्रदेशलाई वेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको ।)

    १२. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?
     सन् १९२९
    – (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलो पटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो । हालसम्म ‘बेनहुर’ र ‘टाइटानिक’ चलचित्रले सर्वाधिक ११÷११ विधामा ओस्कार अवार्ड जित्न सफल भएका छन् ।)

    १३. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
     वि. सं. २००२ असोज १
    – नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।
    – पहिलो पटक रु. १ सय, रु. १० र रु. ५ दरका कागजी नोट जारी गरिएको थियो ।
    – सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।

    १४. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

     वि.सं. २०७४ मङ्सिर १

    १५. नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?
     त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा
    – यो संस्था भाषा विज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्मसंस्कृति अध्ययन अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको ।
    – वि.सं. २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई वि.सं. २०३४ भदौमा तत्कालीन त्रि.वि. ऐनअनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)मा
    रूपान्तरण गरिएको ।
    – सिनासले प्रकाशन गर्ने जर्नल विश्वका ११२ मुलुकका विश्वविद्यालयसम्म पुग्ने गरेकोमा हाल ५८ विश्वविद्यालयमा मात्रै पुग्ने गरेको ।
    – त्रि.वि. अन्तर्गत सिनाससहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा रहेका ।

    १६. नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण कहिले गरिएको हो ?
     वि.सं. २०७३ मङ्सिर २२

    १७. नेपालको कुन ठाउँमा अटोभिलेज रहेको छ ?
     बुटवल

    १८. बुद्ध थिम पार्क कुन देशमा निर्माण गरिने भएको छ ?
     श्रीलङ्का

    १९. यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भञ्ज्याङ कहाँ पर्छ ?
     मुगु

    २०. गहना सङ्ग्रहालय भद्रकाली (काठमाडौँ)मा रहेको छ भने बागमती सभ्यता सङ्ग्रहालय कहाँ रहेको छ ?
     गुह्येश्वरी (काठमाडौँ)

    २१. नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?
     ८३
    – (सबैभन्दा पछि पत्ता लागेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेला परेको उडुवा लहरे सर्प (सुकेको लहरोजस्तै देखिने) हो ।)

    २२. विश्वमा क्रेडिट कार्ड प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
     अमेरिका

    २३. वन ऐन, २०७६ अनुसार ‘वन’ भन्नाले के बुझिन्छ ?
     पूर्ण वा आंशिक रूपमा रुख वा बुट्यानले ढाकिएको क्षेत्र
    – सो ऐनअनुसार निजी वन भन्नाले प्रचलित कानुनबमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गामा लगाई हुर्काएको वा संरक्षण गरिएको वनलाई बुझिने ।
    – राष्ट्रिय वन भन्नाले सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कबुलियती वन, प्रदेशभित्रको राष्ट्रिय वन वा अन्तरप्रादेशिक वन बुझिने ।

    २४. नेपालको कुन ठाउँमा हाब्रे (रेडपान्डा) प्रजनन केन्द्र रहेको छ ?
     इलाम

    २५. अण्डा पार्ने स्तनधारी जीव कुन हो ?
     प्लेटिपस

    २६. काठमाडौँमा विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको शुभारम्भ कहिले गरिएको हो ?
     वि.सं. २०७६ फागुन ५

    २७. नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
     वि.सं. २०५५ पुस १६ गते
    – वि.संं. २०१८ मा स्थापित पर्यटन विभागलाई खारेज गरी सरकार र निजी क्षेत्रको सहभागितामा सो बोर्ड
    स्थापना गरिएको ।
    – वि.सं. २०३३ फागुन १२ मा पर्यटन मन्त्रालयको स्थापना भएको । उक्त मन्त्रालययमा वि.सं. २०३९ मा हवाई विभाग गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरिएको । त्यस्तै संस्कृतिको कार्यसमेत थप गरी वि.सं. २०५७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइएको ।
    – राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिको गठन वि.सं. २०७२ जेठ ३१ मा गरिएको । यसको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने ।
    – पर्यटन बोर्डको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव रहने प्रावधान रहेको ।
    – पर्यटन परिषदको अध्यक्ष प्रधानमन्त्री रहने ।
    – नेपालमा पहिलोपल्ट पर्यटन नीति–२०५२ तर्जुमा गरिएको । सो नीतिलाई प्रतिस्थापन गरी पछि पर्यटन नीति–२०६५
    तर्जुमा गरिएको ।
    – नेपालमा सर्वप्रथम वि.सं. २०२९ मा पर्यटन गुरुयोजना
    तर्जुमा गरिएको ।
    – सन् १९७८ मा जापानी नागरिक केन्जो टाँगेद्वारा लुम्बिनी गुरुयोजना तर्जुमा गरिएको ।
    – पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन विकास दूरदृष्टि, २०२० तर्जुमा गरिएको ।
    – पर्यटकीय हिसाबले नेपाललाई विश्वमा पहिचान गराउने ब्रान्ड रहेका ।
    – ‘भिजन २००५’ नामक पर्यटनसम्बन्धी अवधारणा प्रस्तुत गर्ने व्यक्ति जापानका ताकासी मियाहारा रहेका ।
    – नेपालमा वातावरण पर्यटनसम्बन्धी अवधारणा छैटौँ योजनादेखि अवलम्बन गरिएको ।
    – नेपालमा आधुनिक पर्यटनको सुरुवात सन् १९५३ मे २९ (सगरमाथाको आरोहणसँगै) देखि भएको मानिने ।
    – नेपाल आगमन गर्ने पहिलो पर्यटक भारतका सम्राट् अशोक (इ.पू. २५०) मानिने ।
    प्रस्तुतकर्ता :टङ्क केसी

    •  मंसिर २२, २०७८ बुधबार
    •  

      १. सन् २०२१ को बालोन डि’अर अवार्ड जित्न सफल फुटबलर को हुन् ?
       लियोनल मेसी
      – अर्जेन्टिनी कप्तान तथा पीएसजीका स्ट्राइकर लियोनल मेसी कीर्तिमानी रूपमा सातौँपटक सो अवार्ड जित्न सफल भएका ।
      – बालोन डि’अरअन्तर्गत महिलातर्फको उपाधि बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितेकी ।
      – वायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की ‘स्ट्राइकर फर द इयर’ घोषित भएका ।
      – वार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्री गोन्जालेज सन् २०२१ को उत्कृष्ट युवा खेलाडी घोषित भएका ।
      – इटालीका गोलरक्षक जियानलुगी डोनारुमा यासिन ट्रफी प्राप्त गर्न सफल भएका ।
      – वर्षको उत्कृष्ट क्लब चेल्सी घोषित भएको ।

      २. हाल विश्वकै सबैभन्दा अग्ली महिलाका रूपमा गिनिज बुकमा वल्र्ड रेकडर््स राख्न सफल महिला को हुन् ?
       रुमेस्या गेल्गी (टर्की)
      – २४ वर्षीया गेल्गीको उचाइ ७.०७ फिट रहेको ।
      – उनी अहिलेसम्मकै विश्वको सबैभन्दा अग्ली जीवित महिला भएको बताइएको ।
      – यसअघि यो उपाधि चीनकी ७ फिट ७ इन्च अग्ली याओ देफेनको नाममा रहेको । उनको ४० वर्षको उमेरमा निधन भएको ।

      ३. बेलायतको लन्डनबाट प्रकाशित हुने प्रशिद्ध म्यागजिन द बैङ्करद्वारा प्रदान गरिएको ‘द बैङ्कर अफ द इयर एसिया २०२१’बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?
       एनएमबी बैङ्क
      – चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता देशका प्रतिस्पर्धीलाई पछि पार्दै एनएमबी एसियाकै उत्कृष्ट बैङ्क
      घोषित भएको ।
      – एनएमबी बैङ्कले ‘द बैङ्क अफ द इयर २०२१ अवार्ड पनि जितेको ।

      ४. १२औँ राष्ट्रिय जनगणनाको नारा के रहेको छ ?
       मेरो गणना, मेरो सहभागिता (२०७८ कात्तिक २५–मङ्सिर ९)
      – देशभर कात्तिक २५ देखि सुरु भएको १२औँ शृङ्खलाको राष्ट्रिय जनगणनामा लिपुलेक, लिम्पियाधुरा कालापानी र छिटपुट घरपरिवारबाहेक शतप्रतिशत जनसङ्ख्या जनगणनामा सहभागी भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको ।
      – करिब दुई महिनाभित्रै जनगणनाको प्रारिम्भक नतिजा सार्वजनिक गर्ने, त्यस्तै एक वर्षभित्र जनगणनाको मुख्य तथ्याङ्क समेटिएको राष्ट्रिय प्रतिवेदन तयार गर्ने साथै विषयगत प्रतिवेदन भने राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरिएको वर्ष दिनभित्र सार्वजनिक गर्ने विभागले जनाएको ।

      ५. इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (आईएसओ)बाट आईएसओ २७००१ः२०१३ मापदण्डको प्रमाणपत्र पाउने नेपाली बैङ्क कुन हो ?
       एनआईसी एसिया बैङ्क
      – (आईएसओ २७००१ मापदण्डको आवश्यकताअनुसार बैङ्कले आफ्ना ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणको सुरक्षाको सुनिश्चितता देखाएबापत प्रमाणपत्र प्राप्त गरेको ।)

      ६. रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्मित लिखु–४ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
       ५२.४ मे.वा. (२०७८ मङ्सिरमा राष्ट्रिय प्रसारण
      लाइनमा जोडिएको)
      – रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजी र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई विमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ कि.मि. लामो भूमिगत सुरुङमार्फत खिजिदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको ।
      – उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको ।
      – उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली न.पा.–६ खिम्तीमा निर्मित न्यु खिम्ती सबस्टेसनमा जोडिएको ।

      ७. २०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
       तामाङ

      ८. ‘व्यवसायका दुई भाग छन् ः बजारीकरण र नवप्रवर्तन’ भन्ने भनाइ कसको हो ?
       पिटर ड्रकर

      ९. प्रशासकीय अदालत ऐन, २०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुङ्गो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवाबाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदनसम्बन्धमा के व्यवस्था रहेको छ ?
       पुनरावेदन खारेज नहुने (अन्तिम किनारा गर्नुपर्ने)

      १०. ‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ नामक कृतिका लेखक को हुन् ?
       ली क्वान यु

      ११. नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?
       सन् २०२५

      १२. प्रदेश–१ ले तय गरेको प्रादेशिक मूल नारा के हो ?
       स्वच्छ, सुखी र समुन्नत प्रदेश

      १३. लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको हो ?
       वि.सं. २००८

      १४. पुरादित्य गढी महोत्तरी जिल्लामा पर्छ भने दुगुनागढी कहाँ पर्छ ?
       सिन्धुपाल्चोक

      १५. विश्वको कुन घटनापश्चात् सरकार र निजी क्षेत्रबीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन थालियो ?
       सन् १९३० को आर्थिक मन्दी

      १६. ‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
       शेक्सपियर

      १७. नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजनाअनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्म रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ?
       १५ वर्ष

      १८. तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ कहिले जारी गरिएको हो ?
       वि.सं. २०७७ आश्विन १२
      – अध्यादेशमा एसिड आक्रमण गरेमा २० वर्षसम्म कैद सजायसहितका प्रावधान रहेका ।
      – एसिड आक्रमण गर्नेको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति उपलब्ध गराउने एवं अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुगेमा पीडकलाई २० वर्षसम्म कैद सजायको व्यवस्था अध्यादेशमा रहेको ।
      – शरीरको कुनै पनि भागमा एसिड परे मात्रै पनि १० वर्ष सजाय भुक्तान गर्नुपर्ने व्यवस्था अध्यादेशमा रहेको ।
      – एसिड बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने, हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्नुपर्ने, अन्य पेय पदार्थको बोतलमा एसिड राख्न नपाइने व्यवस्था पनि अध्यादेशमा रहेको । सिल गरिएको बोतलमा मात्र एसिड बेच्न पाइने र खुला रूपमा बिक्री–वितरणमा पूर्ण बन्देज गर्ने अध्यादेशले व्यवस्था गरेको ।
      – बिक्रेताले आफूले ल्याएको एसिडको परिमाण खुल्ने परिचयपत्रको फोटोकपीसमेत राख्नुपर्ने, एसिड आक्रमण गर्नेको सजाय मिनाहा गर्न नपाइने, एसिड आक्रमणका मुद्दालाई अदालतले प्राथमिकतामा राखेर किराना लगाउनुपर्ने, आक्रमणकारीबाट उपचार खर्च गराउनुपर्ने, जरिबानाबापतको रकम अदालतबाट फैसला भएको मितिले ३५ दिनभित्र दाखिला नगेर अपराधीको सम्पत्तिबाट असुल गर्नुपर्ने व्यवस्था अध्यादेशमा रहेको ।

      १९. नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?
       नबिल बैङ्क

      २०. लोकसेवा आयोगले कहिलेबाट लागू हुने गरी अप्राविधिकतर्फका राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) र द्वितीय श्रेणी (खरिदार) पदका लागि प्रवेश परीक्षाको व्यवस्था गरेको हो ?
       आ.व. २०७२÷७३
      – (लोकसेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत (अप्राविधिक) पदका लागि यसअघि नै दुई चरणमा परीक्षा सञ्चालन गर्दै आएको छ ।)

      २१. ‘विजार्ड अफ नर्थ’ भनी क्यानाडाका सर वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?
       हो चि मिन्ह (भियतनाम)

      २२. मुलुकबाट सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्यअनुरूप बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) कहिलेदेखि लागू गरिएको छ ?
       वि.सं. २०७५ श्रावण १
      – (वि.सं. २०७५ असार २४ को मन्त्रिपरिषद्ले स्वीकृत गरी श्रावण १ देखि लागू भएको यो गुरुयोजनाले वि.सं. २०७९ सम्ममा अमर्यादित र निकृष्ट बालश्रम र योजना अवधिमा सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य लिएको ।)

      २३. केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलो पटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?
       रु. २०,५४३
      – प्रतिवेदनअनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घसंस्थामा तलब पाउने गरी संलग्न रहेका ।
      – संस्थाको प्रकृतिअनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ, मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय तथा साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक औसत तलब १६ हजार ७६८ रुपियाँ रहेको । ठूला संस्था र लघु प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै १० हजार रुपियाँभन्दा बढी रहेको ।
      – प्रतिवेदनअनुसार वार्षिक चार खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको देखिएको । यद्यपि अध्ययनमा समेटिएका त्यस्ता संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबकोे हिस्सा निकै कम रहेको । देशैभर गरी प्रतिवेदनले समेटेका दुई लाख १९ हजार तीन सय संस्थाले वार्षिक २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेको पाइएको । त्यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी सात खर्ब दुई अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन गरेको प्रतिवेदनले औँल्याएको । कुल आर्जनमध्ये नाफाको हिस्सा २८.३ प्रतिशत रहेको । त्यस्तै तलबबापतको खर्च भने १६.९ प्रतिशत मात्र रहेको । अर्थात् कर्मचारीको तलबभन्दा यस्ता संस्थाले गरेको नाफा दुई खर्ब ८१ अर्ब रुपियाँ बढी रहेको ।
      – अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरी त्यसैअनुसार तथ्याङ्क सङ्कलन गरिएको । त्यसमध्ये दर्ता भएर सञ्चालनमा आएका संस्थाले वार्षिक चार खर्ब छ अर्ब र दर्ता नभई सञ्चालनमा रहेका उद्योग÷संस्थाले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।

      २४. नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘अमरकोश’को प्रथम संस्करण कहिले प्रकाशित भएको हो ?
       वि.सं. २०२६
      – (ऐतिहासिक महìवको अमरग्रन्थ ‘अमरकोश’को दोस्रो संंस्करण २०७७ (प्रथम संस्करण प्रकाशित भएको ५१ वर्षपछि) मा प्रकाशित भएको ।)

      २५. पछिल्लोपटक प्रकाशित एक प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो ?
       चीन

      २६. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा इन्टरनेटबाट अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन एवं प्रसारणमा बन्देज कहिले लगाइएको हो ?
       वि.सं. २०७५ आश्विन ५

      २७. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?
       ३५५५ व.कि.मि.
      – (डोल्पा र मुगुमा अवस्थित यस राष्ट्रिय निकुञ्जभित्र फोक्सुन्डो ताल रहेको ।)
      प्रस्तुतकर्ता :टङ्क केसी

    • मंसिर २९, २०७८ बुधबार
    •  

    १. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएस)को पठनपाठन कहिलेदेखि सुरुवात भएको हो ?
     वि.सं. २०७८ मङ्सिर १९
    – यस वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्सा शास्त्रतर्फ एमबीबीएस अध्ययन गर्न स्वीकृति प्रदान गरेको ।
    – पहिलो पटक एमबीबीएससहित बी फर्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको ।
    – आयोगले प्रतिष्ठानलाई एमबीबीएसमा अध्ययन गर्न २० जनाको कोटा तोकिदिएको । पूर्ण छात्रवृत्तिमा १५ र सशुल्कमा पाँच कोटा कायम गरिएको । फार्मेसीमा पनि २० जनाको कोटा निर्धारण गरिएको ।
    – प्रतिष्ठानले हाल तीन सय शøया क्षमताको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको ।
    – प्रतिष्ठानमा गत वर्षदेखि पोस्ट ग्राजुएसन (एमडी) तहमा पाँच जनाले अध्ययन गरिरहेका । यसअघि प्रतिष्ठानमा प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ हेल्थ असिस्टेन्ट, एनेस्थेसिया असिस्टेन्ट, एमडीएमएस, बालरोग विशेषज्ञ र एमडीजीपीको अध्यापन पनि हुँदै आएको ।

    २. राष्ट्रिय बाघ गणना २०७८ को सुरुवात कहिलेदेखि गरिएको हो ?
     वि.सं. २०७८ मङ्सिर १९
    – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनसहित देशभर बाघ भएका जङ्गलमा मङ्सिर १९ देखि सर्वेक्षण सुरु गरेको ।
    – वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवद्वारा बुट्यानमा जडान गरिएको क्यामरा अन गरेर सर्वेक्षणको शुुभारम्भ गरिएको ।
    – नेपालमा सन् २००९ मा १२१ वटा, सन् २०१३ मा १९८ वटा र सन् २०१८ मा २३५ वटा बाघ रहेको अनुमान गरिएको ।
    – नेपालले सन् २०१० मा रसियाको सेन्ट पिटसवर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो ।

    ३. म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीलाई म्यानमारको सैनिक सरकारले कति वर्षको जेल सजाय तोकेको हो ?
     चार
    – सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन भूमिका निर्वाह गरेको लगायतका आरोपमा उहाँलाई चारवर्षे जेल सजाय गर्न लागिएको ।
    – सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्तलाई पनि चारवर्षे जेल सजाय तोकिएको ।
    – नोबल पुरस्कार विजेता ७६ वर्षीया नेत्री सुकीलाई त्यहाँको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ । उहाँलाई कारागार चलान गर्नुपर्ने फैसला सन् २०२१ डिसेम्बर ६ मा गरिएको ।
    – यसका साथै नेत्री सुकीलाई आर्थिक अनियमितता गरेको, शक्ति र स्रोत साधनको दुरुपयोग गरेकोलगायतका दर्जनौँ मुद्दा सैनिक सरकारले लगाएको ।

    ४. सन् २०२१ डिसेम्बरमा जर्मनीको चान्सलरमा नियुक्त व्यक्तित्व को हुन् ?
     ओलाफ स्कोल्ज
    – ६३ वर्षीय स्कोल्ज मर्केलको सरकारमा उपचान्सलर रहेका ।
    – जर्मन संसद् वुन्डेस्टागमा स्कोल्जको पक्षमा ३९५ र विपक्षमा ३०३ मत खसेको ।

    ५. वि.सं. २०७८ मङ्सिरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनले अध्यक्षमा कसलाई चयन ग-यो ?
     राजेन्द्र लिङ्देन
    – अध्यक्षसहित १४९ कार्यसमिति चयनका लागि मङ्सिर १८ मा भएको मतदानबाट प्रतिस्पर्धी कमल थापालाई दुई सय मतान्तरले पछि पार्दै लिङ्देन अध्यक्ष निर्वाचित भएका ।
    – २०४९ मा राप्रपाको विद्यार्थी सङ्गठनको संस्थापक अध्यक्ष बनेका लिङ्देन २०७४ सालको संसदीय चुनावमा झापा–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका ।
    – त्यस्तै महामन्त्रीमा धवलशमशेर राणा, भुवनकुमार पाठक र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही
    निर्वाचित भएका ।

    ६. नेपालको दोस्रो गौतम बुद्ध भनी कसलाई चिनिन्छ ?
     जयपृथ्वीबहादुर सिंह

    ७. तामाङ भाषाको लिपि रोङ हो भने लिम्बू भाषाको लिपि कुन हो ?
     सिरिजङ्गा

    ८. पाटन दरबारलाई पहिले के भनी चिनिन्थ्यो ?
     मनिगल

    ९. ओजन तह पत्ता लगाउने व्यक्ति जे.सी. फारम्यान हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ?
     शेरउड रोल्यान्ड

    १०. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ?
     श्री ५ राजेन्द्र

    ११. विश्वमै देशको राजधानी सहरबाट सबैभन्दा नजिक रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?
     शिवपुरी राष्ट्रिय निकुञ्ज

    १२. नेपाललाई कहिलेसम्म डिजिटल नेपाल बनाउने लक्ष्य रहेको छ ?
     सन् २०२५

    १३. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने प्रावधान छ ?
     अर्थमन्त्री

    १४. काभ्रेपलाञ्चोकपछि कुन जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने घोषणा गरिएको हो ?
     चितवन

    १५. पूर्वको ग्रेट ब्रिटेन भनी जापानलाई चिनिन्छ भने दक्षिणको ग्रेट ब्रिटेन भनी कुनलाई चिनिन्छ ?
     न्यूजिल्यान्ड

    १६. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ऊर्जामूलक उद्योगअन्तर्गत कुन–कुन उद्योग पर्दछन् ?
     जलस्रोत, सौर्यशक्ति, कोइला, प्राकृतिक तेल र इन्धन वा ग्यास, वायोग्यास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोेग गरिने मेसिन/उपकरण निर्माण गर्ने उद्योग, विद्युत् प्रसारण लाइन, विद्युत् वितरण प्रणाली, वायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सह–उत्पादनका रूपमा उत्पादन हुने विद्युतीय ऊर्जा, ऊर्जाको सम्भाव्यता अध्ययन
    गर्ने उद्योग ।

    १७. संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)द्वारा प्रकाशित प्रतिवेदनअनुसार सबैभन्दा बढी बालविवाह हुने राष्ट्र कुन हो ?
     मध्य अफ्रिकी गणतन्त्र

    १८. नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?
     वि.सं. २०६९ माघ

    १९. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?
     जापान

    ०. शिक्षा एउटा निरन्तर गतिशील तथा विस्तृत प्रक्रिया हो । यस भनाइले शिक्षाको कुन अर्थलाई सङ्केत गर्दछ ?
     शिक्षाको व्यापक अर्थ

    १. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ‘बौद्धिक सम्पत्ति’ भन्नाले के बुझिन्छ ?
     पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्केत चिह्न, व्यापारिक गोपनीयतालगायतका बौद्धिक सम्पत्तिका साथै प्रचलित कानुनले प्रतिलिपि अधिकारका रूपमा परिभाषित गरेको विषय ।

    २२. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई ‘इन्टरनेसनल इयर अफ क्रिएटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा मनाउने निर्णय ग-यो ?
     सन् २०२१

    २३. प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्दछ ?
     पाँचथर

    २४. सिस्टर रोबर्ट केसँग सम्बन्धित छ ?
     कोभिड–१९ लगायत सङ्क्रामक रोगका बिरामीको सहयोग
    – बागमती प्रदेशको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा निर्मित यो रोबर्ट कोभिड–१९ लगायत रोग सङ्क्रमण भएका एवं आइसोलेसनमा रहेका बिरामीबाट स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न प्रयोग
    गर्न सकिने ।
    – रिमोट कन्ट्रोलमार्फत बिरामीलाई औषधि, खाना, खाजा पु¥याउन यो रोबर्ट प्रयोग गर्न सकिने ।

    २५. बहुमुखी प्रतिभाका धनी एवं महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म कुन देशमा भएको हो ?
     इटाली
    – उनको जन्म सन् १४५२ अप्रिल १५ मा इटालीमा भएको र निधन सन् १५१९ मे २ मा फ्रान्समा भएको ।
    – मोनालिसा, द लास्ट सपर, द भर्चुभियन मेन, लेडी विथ एन इरमाइन उनका विश्वविख्यात चित्रहरू हुन् ।

    २६. एसिया प्रशान्त आर्थिक सहयोग ‘एपेक’को स्थापना कहिले भएको हो ?
     सन् १९८९
    – स्थापनाकालमा १२ देश मात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन् ।
    – यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको छ ।
    – यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको हो ।

    २७. सरकारले एसएलसी परीक्षा (हाल एसईई)मा ग्रेडिङ प्रणाली (प्राविधिकतर्फ) कहिलेदेखि लागू गरेको हो ?
     २०७१ सालको एसएलसी परीक्षादेखि
    – (२०७२ सालदेखि साधारणतर्फ पनि ग्रेडिङ प्रणाली
    लागू गरिएको ।)

    २८. हिन्द महासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?
     साइक्लोन
    – (थार तथा गोवी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।)

    २९. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?
     स्नातक तह

    ३०. इन्डोप्यासिफिक रणनीति कुन देशको नेतृत्वमा सञ्चालित कार्यक्रम हो ?
     अमेरिका (विश्व अर्थ राजनीतिमा चीनको उदय भएसँगै एसियाली अर्थ राजनीतिमा अमेरिकी प्रभुत्व कायम राख्ने उद्देश्यका साथ लिइएको अमेरिकी वैदेशिक नीति ।)
    प्रस्तुतकर्ता : टङ्क केसी

    • पुष ७, २०७८ बुधबार
    •  

      १. अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस कहिले मनाउने गरिन्छ ?
       डिसेम्बर १८
      – संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८, १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ बाट यसलाई कार्यान्वयनमा ल्याएको र संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेपश्चात् नेपालमा पनि यो दिवस मनाउँदै आइएको ।
      – ‘सचेत, सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार’ भन्ने मूल राष्ट्रिय नाराका साथ यस वर्ष (सन् २०२१ मा) यो दिवस मनाइएको ।

      २. बेलायतमा विद्युतीय विमानको सफल परीक्षण उडान कहिले गरिएको हो ?
       सन् २०२१ नोभेम्बर २३

      ३. चीनद्वारा पृथ्वी विज्ञान उपग्रहको प्रक्षेपण कहिले गरिएको हो ?
       सन् २०२१ नोभेम्बर ५

      ४. सन् २०२१ को बुकर पुरस्कार कसलाई प्रदान गरियो ?
       डामोन गाल्गोट (दक्षिण अफ्रिकी लेखक)

      ५. गोरखापत्रको कोहलपुर प्रकाशनको परीक्षण छपाइ कहिले गरिएको हो ?

       वि.सं. २०७८ मङ्सिर ४
      – परीक्षण प्रकाशनपश्चात् (फागुन ७ भित्रै) नियमित प्रकाशन सुरु गर्ने योजना रहेको ।
      – पश्चिम नेपालका तीनवटा प्रदेशका सबै जिल्लामा सहज र छिटो गोरखापत्र पुगोस् भन्ने उद्देश्यअनुरूप कोहलपुर प्रकाशन
      सुरु गरिएको ।

      ६. बेलायतद्वारा पहिलोपटक कोरोनाविरुद्धको खाने औषधि स्वीकृत कहिले गरिएको हो ?
       सन् २०२१ नोभेम्बर ३

      ७. नेपालमा पहिलो पटक रेम्डेसिभिर उत्पादनको थालनी कहिलेदेखि भएको हो ?
       वि.सं. २०७८ असार १३

      ८. एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?
       फुङलिङ न.पा., ताप्लेजुङ
      – (ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङले आर्थिक वर्ष (२०७७/७८) देखि कार्यान्वयनमा ल्याउने गरी उक्त योजनाको तयारी थालेको ।)

      ९. बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
       जापान
      – बनेपा–बर्दिवाससम्मको यो सडक १६० कि.मि. लामो रहेको ।
      – वि.सं. २०५२/५३ देखि निर्माण सुरु भई २०७१ मा सम्पन्न भएको यो सडक २०७२ असार १८ मा नेपाल सरकारलाई
      हस्तान्तरण गरिएको ।

      १०. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा कृषिसम्बन्धी विवादास्पद तीनवटा कानुन खारेज कहिले गरिएको हो ?
       सन् २०२१ नोभेम्बर १९

      ११. वायो फ्लोक प्रविधि केसँग सम्बन्धित छ ?
       माछापालन

      १२. जिल्ला समन्वय समिति बढीमा कति सदस्यीय हुने व्यवस्था छ ?
       ९

      १३. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?
       नेपालगञ्ज, बाँके
      – जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका : जनकपुर ।
      – सबैभन्दा बढी वडा सङ्ख्या भएको उपमहानगरपालिका : कलैया (बारा, २७ वडा) ।

      १४. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
       डग स्टार

      १५. नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?
       वि.सं. २०१८ (हरेक १०/१० वर्षमा हुने)

      १६. कैलालीको धनगढीमा निर्माण गरिएको वायुयान सङ्ग्रहालय (एयरक्र्याफ्ट म्युजियम) कहाँ सारिएको छ ?
       नेपालगञ्ज
      – सुदूरपश्चिमको पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यका साथ धनगढीका क्याप्टेन वेद उप्रेतीद्वारा सो सङ्ग्रहालय निर्माण गरिएको थियो ।
      – जग्गा अभावका कारण सो सङ्ग्रहालय नेपालगञ्ज सार्नुपरेको जनाइएको ।
      – कस्मिक एयरको फोकर–१०० ग्राउन्डेड जहाज खरिद गरी निर्माण गरिएको उक्त सङ्ग्रहालयमा राइट दाजुभाइका पालादेखि हालसम्म बनेका एयरक्र्याफ्टका पाइलटरहित ड्रोन मोडेल प्रदर्शनीका लागि राखिएको ।
      – क्याप्टेन उप्रेतीले काठमाडौँमा पनि एभिएसन एयरक्र्याफ्ट म्युजियम सञ्चालन
      गर्नुभएको छ ।

      १७. अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड हात पार्न सफल चलचित्र कुन हो ?
       गड्ज बफ्यालो
      – सिन्धुपाल्चोकको चनौटेमा उर्लिएको बाढीले बगाएको भैँसीको कथालाई समेटेर सो चलचित्र निर्माण गरिएको । बगाएको भैँसी भेट्टाउनुमा अति नै दुःखकष्ट झेल्नुपरेको कथाव्यथा त्यसमा समेटिएको ।
      – गड्ज बफेलोले एक हजार अमेरिकी डलर पुरस्कारसमेत हात पारेको ।
      – १९औँ संस्करणको सो महोत्सवमा नेपाल पानोरमा खण्डअन्तर्गत किरण श्रेष्ठ निर्देशित चलचित्र ‘येट एनादर विन्टर’ उत्कृष्ट आख्यान चलचित्र बन्न सफल भएको । जितसहित फिल्मले एक लाख रुपियाँ नगद पुरस्कार हात पारेको ।
      – अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो फिल्म ‘एभरेस्ट : द हार्ड वे’ सर्वोत्कृष्ट बन्दै दुई लाख रुपियाँ पुरस्कार प्राप्त गरेको ।
      – महोत्सवमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ फिल्म नेपाली पानोरमा विधामा संलग्न रहेका ।

      १८. विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा प्रतिजैविक सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?
       सन् २०१५
      – संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन र विश्व पशु स्वास्थ्य सङ्गठनको संयुक्त आह्वानमा विश्वभरि नै नोभेम्बर १८ देखि २४ गतेसम्म प्रतिजैविक सचेतना सप्ताह मनाउने गरिएको ।
      – हाल विश्वभर प्रतिजैविक (एन्टी वायोटिक) औषधिले काम नगरेका कारण बर्सेनि सात लाख मानिसको मृत्यु भइरहेको अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको । पछिल्ला दुई तीन दशकदेखि जीवाणुले प्रतिजैविक औषधिविरुद्ध प्रतिरोध विकास गर्दै गइरहेको देखिएको । जीवाणुले यसरी प्रतिजैविक औषधिविरुद्ध प्रतिरोध विकास गर्नमा चिकित्सक र पशु चिकित्सकको सिफारिसबिना मानिस र पशुपन्छीमा आवश्यकताभन्दा बढी प्रतिजैविक औषधिको प्रयोग, चाहिनेभन्दा कम वा बढी मात्रामा प्रयोग, अस्पतालमा सङ्क्रमण रोकथामसम्बन्धी अपर्याप्त व्यवस्थापन, अस्पतालबाट उत्पादन हुने फोहोरको उचित व्यवस्थापन नहुनु एवं पछिल्लो तीन दशकयता कुनै पनि नयाँ समूहका प्रभावकारी प्रतिजैविक औषधि आविष्कार हुन नसक्नु मुख्य
      कारण रहेका ।

      १९. व्यावसायिक कफी खेती सर्वेक्षण २०७५/७६ अनुसार व्यावसायिक कफी खेती गरिएका प्रदेश कुन–कुन हुन् ?
       प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश
      – केन्द्रीय तथ्याङ्क विभागद्वारा गरिएको सो सर्वेक्षणअनुसार सबैभन्दा बढी व्यावसायिक कफी उत्पादन बागमती प्रदेशमा गरिएको ।
      – व्यावसायिक रूपमा कफी खेती गरिएका जिल्ला ३५ रहेका ।
      – सबैभन्दा बढी कफी उत्पादन हुने जिल्ला काभ्रे र दोस्रोमा स्याङ्जा रहेका ।

      २०. ‘रोमको एउटा पूmल’ र ‘पेरिसको एउटा काँडा’का लेखक को हुन् ?
       लैनसिंह बाङ्देल

      २१. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?
       सन् २०१७–२०२१

      २२. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन–कुन हुन् ?
       लुम्बिनी, बोधगया, सारनाथ र कुशिनगर

      २३. राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला कहाँ रहेका छन् ?
       गोदावरी, ललितपुर
      – वि.सं. २०१९ कात्तिक १२ मा शाही वनस्पति उद्यानका रूपमा स्थापित यो उद्यान २०६२/६३ को जनआन्दोलनपश्चात् राष्ट्रिय वनस्पति उद्यानका रूपमा नामाङ्कित भएको ।
      – दशकौँ पुराना रुख र वनस्पतिको साझा भण्डारका रूपमा रहेको यो उद्यान वैज्ञानिकका लागि उपयुक्त अनुसन्धान
      केन्द्र रहेको ।
      – यस उद्यानमा हाल ५७५ प्रजातिका फूल, २९० प्रजातिका पन्छी, २५० प्रजातिका पुतली एवं अनगिन्ती वनस्पति पाइने ।
      – यहाँ रहेको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला (सन् १९६१ मा स्थापित)मा फूल फुल्ने र नफुल्ने गरी एक लाख ६५ हजार वनस्पतिका नमुना राखिएको ।
      प्रस्तुतकर्ता : टङ्क केसी

    •  पुष १४, २०७८ बुधबार
    •  

    १. होन्डुरसमा पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित महिला नेत्री को हुनुहुन्छ ?
     सियोमरा क्यास्ट्रो
    – सियोमरा होन्डुरसको लिबर्टी एन्ड रिफाउन्डेसन पार्टीका नेता हुनुहुन्छ ।
    – उहाँको कार्यकाल सन् २०२२ जनवरी २७ देखि सुरु हुने ।
    – उहाँ होन्डुरसका पूर्वराष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुनुहुन्छ ।

    २. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘एसएमएस गेटवे’ सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?
     वि.सं. २०७८ पुस ७
    – सेवाग्राही र सेवा प्रदायकलाई सूचना प्रविधिसँग जोड्दै सरकारी सेवा प्रदायकले प्रदान गर्ने सेवाबारे समयमै सुसूचित गर्ने उद्देश्यले सरकारले यो सेवा सुरुवात गरेको ।
    – हाल महान्यायाधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग र बागमती प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त सेवा प्रदान गर्ने सम्झौता भएको ।
    – क्रमशः अन्य कार्यालयमा यो सेवा विस्तार
    गरिने भएको ।

    ३. थामी सङ्ग्रहालय कहाँ निर्माण गर्न थालिएको छ ?
     दोलखा
    – थामी जातिको उद्गम थलोका रूपमा मानिएको दोलखाको राङराङथलीमा सो सङ्ग्रहालय निर्माण गर्न थालिएको ।
    – सङ्ग्रहालयसँगै अत्याधुनिक थिएटर, भूमेस्थान, ध्यान केन्द्र, ओपेरास्थल, पाहुना घर, बगैँचा, फाउन्टेन पार्कलगायत संरचना पनि बनाइने ।
    – सङ्ग्रहालय परिसरमा आकर्षक पोखरीसमेत निर्माण गरिएको ।

    ४. ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा कान्छो राष्ट्रपतिका रूपमा निर्वाचित राजनीतिकर्मी को हुन् ?
     गेब्रियल बोरिक
    – कम्युनिस्ट नेताका रूपमा चर्चित ३५ वर्षीय विद्यार्थी नेता त्यहाँको राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका । उनी चिलीको इतिहासमै सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका ।
    – उनले कुल मतको ५६ प्रतिशत मत ल्याई विजयी । उनका प्रतिद्वन्द्वी जोस एन्टेनियो कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका ।
    – विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११÷१२ मा विद्यार्थीले गरेको आन्दोलनमा उनले अहं भूमिका निर्वाह गरेका । त्यसपछि सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका । त्यसैगरी सन् २०१७ मा पनि उनी सबैभन्दा धेरै मतसहित विजयी बनेका ।

    ५. भारतीय कृषकद्वारा एक वर्ष लामो आन्दोलन कहिलेदेखि रोक्ने निर्णय गरिएको छ ?
     सन् २०२१ डिसेम्बर ११
    – सरकारले तिनीहरूका मागमाथि छलफल गर्ने र उत्पादनको सही मूल्यको ग्यारेन्टी गर्ने वचन दिएपछि कृषकले प्रदर्शन रोक्ने निर्णय गरेका ।
    – सरकारले विवादास्पद कृषि सुधार कार्यक्रम त्याग्ने बताएको करिब एक सातापछि भारतीय किसानले एक वर्ष लामो सामूहिक विरोध प्रदर्शन रोकेका ।
    – राजधानी दिल्लीको सीमा क्षेत्रमा शिविरै स्थापना गरेर प्रदर्शनरत हजारौँ कृषकमध्ये दर्जनौँको गर्मी, चिसो र कोभिडका कारण निधन भएको ।
    – सन् २०२१ नोभेम्बर १९ मा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले ती कानुन फिर्ता लिने घोषणा गरेका थिए ।

    ६. नेपालका कुन संरक्षणविद्लाई डल्फिन सेलिब्रेटी भनेर चिनिन्छ ?
     भोजराज श्रेष्ठ

    ७. सामाजिक अभियानका सन्दर्भमा आमा घर भन्नाले के बुझिन्छ ?
     जोखिममा परेका सडक बालबालिकाका लागि कर्णाली प्रदेशले सञ्चालनमा ल्याएको घर

    ८. गुरिल्ला अफ टाइम भनी केलाई बुझिन्छ ?
     फिडेल क्यास्ट्रोको जीवनीमा आधारित पुस्तक

    ९. प्रदेश १ को प्रादेशिक मूल नारा के हो ?
     स्वच्छ, सुखी र समुन्नत प्रदेश

    १०. अमेरिकामा जातीय विभेदविरुद्ध १९५०/६० को दशकमा सञ्चालित अभियानलाई के भनी चिनिन्छ ?
     सिभिल राइट्स मुभमेन्ट
    – अमेरिकामा गोरा जाति र काला जातिबीच विभेद रहेको, गोरा जातिको तुलनामा काला जातिले मौलिक अधिकार कम पाएको साथै गोरा र कालाबीच आर्थिक असमानता बढ्दै गएको भनी यसको अन्त्य गर्नका लागि सन् १९५४–१९६८ को अवधिमा सञ्चालित अभियान ।
    – यस अभियानका प्रमुख अभियन्ता मार्टिन लुथर किङ जुनियर, रोजा पाक्र्स, मालकोम एक्स, क्यासियल क्ले (मोहम्मद अली) आदि रहेका ।
    – यस आन्दोलनका क्रममा मार्टिन लुथर किङ जुनियर र माल्कम एक्सको हत्या भएको ।
    – क्यासियल क्लेले जातीय विभेदप्रति विरोध जनाउँदै क्रिश्चियन धर्म त्यागेर इस्लाम धर्मबाट दीक्षित भई आपूmलाई मोहम्मद अलीका
    रूपमा चिनाएका ।

    ११. सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने (वि.सं. २०१३ मा) स्रष्टा कोको हुनुहुन्छ ?
     सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र
    बलराम जोशी
    – मदन पुरस्कारको स्थापना वि.सं. २०१२ मा भएको ।
    – मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यास ः मन (२०१४)
    – हालसम्म यो पुरस्कारबाट सम्मानित हुने चार महिला ः पारिजात (२०२२), झमक घिमिरे (२०६७), राधा पौडेल (२०७०), निलम कार्की निहारिका (२०७४) ।
    – सबैभन्दा धेरै पटक मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्व ः सत्यमोहन जोशी ।
    – सुरुमा यस पुरस्कारको राशि ः रु. चार हजार, हाल ः रु. चार लाख ।
    – मदन पुरस्कार पुस्तकालयमा रहेका पुस्तकको सूचीलाई मदन सौरभ र पत्रिकाको सूचीलाई मदन गौरव भनिने । त्यस्तै लेखकको सूचीलाई मदन पौरख भनिने ।

    १२. विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको कुन खोपलाई सर्वप्रथम आपत्कालीन प्रयोग गर्न अनुमति प्रदान ग¥यो ?
     फाइजर

    १३. आ.व. २०७५/७६ मा वायु प्रदूषणको औसत मात्रा ५० माइक्रोग्राम प्रतिघनमिटर रहेकोमा १५औँ आवधिक योजनाले कतिमा झार्ने लक्ष्य लिएको छ ?
     ४० माइक्रोग्राम प्रतिघनमिटर

    १४. मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?
     डा. क्रिश्चियन वर्नाड (दक्षिण अफ्रिका)
    – मृत व्यक्तिको मुटु जीवित व्यक्तिमा प्रत्यारोपण गर्ने चिकित्सक कुमुद धिताल हुन् ।
    – मुटु प्रत्यारोपण प्राप्त पहिलो व्यक्ति लुई वास्कान्स्की हुन् ।
    – कृत्रिम मुटु प्राप्त पहिलो व्यक्ति वार्नी क्लार्फ हुन् ।

    १५. ‘सङ्गीत शिरोमणि’ भनी यज्ञराज शर्मालाई चिनिन्छ भने ‘वाद्य शिरोमणि’ भनी कसलाई चिनिन्छ ?
     उस्ताद गणेशलाल

    १६. मुटुबाट शरीरका विभिन्न भागमा रगत पु-याउने रक्त नलीलाई के भनिन्छ ?
     धमनी(Arteris)


    – (शरीरका विभिन्न भागबाट रगत मुटुसम्म पु-याउने रक्तनलीलाई शिरा (veins)भनिन्छ ।)

    १७. “प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तत्र्रिmया तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ” भनी कुन ऐनमा परिभाषित गरिएको छ ?
     वातावरण संरक्षण ऐन, २०५३

    १८. बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
     कुलवीर थापा (प्रथम विश्वयुद्धमा वीरता प्रदर्शन गरेका ।)

    १९. सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?
     एक
    – (माल्दिभ्सकी फथिमाथ धियना शैयद)

    २०. नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?
     बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१६)
    २१. २०१५ सालको आमनिर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?
     १०९

    २२. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
     धर्म कचहरी

    २३. ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?
     ‘०’ डिग्री

    २४. नेपालमा धामी–झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?
     ढ्याङ्ग्रो

    २५. ‘माधवी’ कसले लेखेको कुन विधाको रचना हो ?
     मदनमणि दीक्षितको उपन्यास

    २६. नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरेका थिए ?
     कीर्तिपुर

    २७. भन्सार विभागद्वारा निकासी पैठारी सङ्केत नम्बर (एक्जिमकोड) अनिवार्य गर्ने व्यवस्था कहिले भएको हो ?
     वि.संं. २०७४ साउन १
    प्रस्तुतकर्ता : टङ्क केसी

    • पुष २१, २०७८ बुधबार
    •  

    १. प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७८) को उपाधि कसले जित्यो ?
     एपीएफ क्लब
    – धनगढीमा सम्पन्न सो प्रतियोगितामा च्याम्पियन बन्दै ट्रफीसहित नगद पाँच लाख रुपियाँ प्राप्त गरेको ।
    – उपविजेता बनेको प्रदेश १ ले तीन लाख रुपियाँ र ट्रफी प्राप्त गरेको ।
    – नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजना र सुदूरपश्चिम क्रिकेट सङ्घको सहआयोजनामा २०७८ पुस ३–११ सम्म सो प्रतियोगिता सञ्चालन भएको ।
    – प्रतियोगितामा सात प्रदेशका सात टिम र विभागीय टिम एपीएफ क्लबको सहभागिता रहेको ।

    २. दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न अहं भूमिका निर्वाह गरेका डेसमन्ड टुटुको निधन कहिले भएको हो ?
     सन् २०२१ डिसेम्बर २६
    – नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीति अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व रहनुभएको ।
    – नोबल शान्ति पुरस्कार विजेता टुटुले रङ्गभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर अहं भूमिका निर्वाह गर्नुभएको ।
    – अश्वेत जातिका टुटु आफ्नो विचार र कार्यका कारण सधैँ दक्षिण अफ्रिकामा अल्पमत श्वेत शासकहरूसँग सङ्घर्षमा रहनुभएको ।

    ३. बङ्गलादेशको ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि कसले जित्यो ?
     नेपाल
    – नेपालले ढाकामा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ सेटले हराई उपाधि हात पारेको ।
    – योसँगै नेपालले लगातार दोस्रो पटक यो उपाधि जित्न सफल भएको । नेपालले बङ्गलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर उपाधि जितेको थियो ।
    – दोस्रो संस्करणको च्याम्पियनसिपमा श्रीलङ्काले तेस्रो स्थान हासिल गरेको ।
    – च्याम्पियनसिपमा बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी छ राष्ट्रको सहभागिता रहेको ।
    – पुरुष भलिबल टिमतर्फ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भने चौथो स्थान हासिल गरेको । यो विधाको फाइनलमा श्रीलङ्काले घरेलु टिम बङ्गलादेशलाई हराएर उपाधि जितेको ।

    ४. हिमाली जिल्ला मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ती घोषणा कहिले गरिएको हो ?
     वि.सं. २०७८ पुस १५
    – जिल्लामा रहेको एक मात्र छायाँनाथ रारा नगरपालिकाअन्तर्गत देउवाडा, नाउर, झापागाड र चैनलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको ।

    ५. ठूली रात पर्व कुन ठाउँमा प्रचलनमा रहेको छ ?
     सुदूरपश्चिम
    – पुस १५ गतेको रात सबैभन्दा लामो हुने मान्यताका साथ यो रातलाई ठूली रात मानी राति मिठोमिठो खानेकुरा खाएर रमाइलो गरेर जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको ।
    – पन्नरी रातका रूपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकार खाने चलन रहेको ।
    – तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट यही दिन कुन्क्यौली (वनभोज) खाने चलनसमेत रहेको ।
    – डिसेम्बर २२ तारिखलाई विश्वभर नै सबैभन्दा छोटो दिन भनिए पनि यहाँ भने पुस १५ लाई छोटो दिन
    मान्ने गरिन्छ ।
    – भारतमा पुस १५ लाई लोहरी पर्वका रूपमा
    मनाउने गरिन्छ ।

    ६. तनहुँको व्यास र बर्दियाको ठाकुरबाबा नगरपालिकाबीच मितेरी सम्बन्ध कहिले कायम गरिएको हो ?
     वि.सं. २०७८ पुस
    – समृद्धिका लागि सँगसँगै भन्ने नारासहित दुई पालिकाबीच मितेरी सम्बन्ध कायम गरिएको ।
    – रीति, संस्कृति र परम्परा साटासाट गरी पर्यटक आकर्षित गर्न, विकासको मोडलमा छलफल र साझेदारीका रूपमा काम गर्न सम्बन्ध स्थापित गरिएको ।
    – पहाड र समथर क्षेत्रको खानपिन एवं उत्पादित वस्तुको आदानप्रदानमा सहजता हुने साथै व्यापारिक समन्वयमा मितेरी सम्बन्धले महìवपूर्ण भूमिका निर्वाह गर्ने
    विश्वास गरिएको ।

    ७. मिसेस नेपाल वल्र्ड, २०२१ को उपाधि चुम्न सफल युवती को हुन् ?
     दीक्षा केसी (वाफल, काठमाडौँ)
    – दीक्षाले उपाधिसहित सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने । यसै वर्षदेखि मिसेस नेपाल वल्र्डको विजेतालाई मिसेस वल्र्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएको सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागिता हुने ।
    – प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इन्टरनेसनल र पविता एमएस इन्टरनेसनल भएका । उनीहरूले उपाधिसहित सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गरेका ।
    – रिवन इन्टरटेन्मेन्टको आयोजना तथा कि एडभर्टाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनिता लामा मिसेस नेपाल वल्र्ड फस्र्ट रनर्स–अप, राजश्री थापा मिसेस नेपाल वल्र्ड सेकेन्ड रनर्सअप र मनिता प्याकुरेल मिसेस नेपाल वल्र्ड थर्ड रनर्सअप भएका ।

    ८. नेपालमा UNMIN ले कहिलेदेखि कहिलेसम्म कार्य गरेको हो ?
     वि.सं. २०६३ माघ ९ देखि २०६७ पुस ३०

    ९. संयुक्त राष्ट्रसङ्घका लागि नेपालको पहिलो स्थायी प्रतिनिधि को हुन् ?
     ऋषिकेश शाह (सन् १९५५–१९६१)
    – (हाल UNO का लागि नेपालको स्थायी प्रतिनिधि अमृत राई रहेका ।)

    १०. नीलगाईलाई अर्को के नामले चिनिन्छ ?
     घोडगधा

    ११. मानिसजस्तै रुने जनावर भालु हो भने मानिसजस्तै हाँस्ने जनावर कुन हो ?
     हाइना

    १२. पोइन्ट फोर प्रोग्राम केसँग सम्बन्धित छ ?
     वैदेशिक सहायता

    १३. नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक कहिले सम्पन्न भएको थियो ?
     वि.सं. २०७३ असार २०–२१ (काठमाडौँमा)

    १४. विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?
     बेलायत

    १५. कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
     स्थिति शक्ति ९एयतभलतष्ब िभ्लभचनथ०
    – (तन्किएको रबरमा जम्मा भएको शक्ति, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दबाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात् पोटेन्सियल शक्तिका उदाहरण हुन् ।)

    १६. चाल शक्ति ९प्ष्लभतष्अ भ्लभचनथ० भन्नाले के बुझिन्छ ?
     वस्तुमा हुने चालका कारणले उत्पन्न हुने शक्ति अर्थात् चाल अवस्थामा रहेको वस्तुमा सञ्चित शक्ति
    – (बन्दुकबाट निस्केको गोली, बगिरहेको पानी, गुडिरहेको मोटर, उडिरहेको चरा आदिमा चाल शक्ति
    निहित हुन्छ ।)

    १७. मानव न्यायशास्त्रका लेखक को हुन् ?
     जयस्थिति मल्ल

    १८. जङ्गबहादुरलाई राणाको पदवी कसले प्रदान गरेका थिए ?
     श्री ५ सुरेन्द्र (वि.सं. १९०५ मा)

    १९. गंकी–धुस्वाँ–वसुन्धरा पुरस्कार २०७८ कसलाई प्रदान गरियो ?
     उपन्यासकार नीलम कार्की निहारिका
    – त्यसैगरी यस वर्षको धुस्वाँ सायमी सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिंह डङ्गोललाई प्रदान गरिएको ।
    – दुवै पुरस्कार ५०÷५० हजार रुपियाँ राशिको रहेको ।

    २०. क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?
     उत्तर अमेरिका

    २१. चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्मको केबुलकार कति किलोमिटर दूरीमा सञ्चालित छ ?
     २.८ किलोमिटर

    २२. विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ सेवा कहाँ सुरु भएको छ ?
     कुस्मा, पर्वत (वि.सं. २०७८ पुस १३)
    – कालीगण्डकीनदीमाथिको भीरमा उक्त सेवा सञ्चालनमा आएको ।
    – २२८ मिटर उचाइमा रहेको साइक्लिङको लम्बाइ दुईतर्फ गरी छ सय मिटर रहेको ।
    – विश्वकै दोस्रो अग्लो बञ्जी सञ्चालन गरिरहेको द क्लिफले सो सेवा सञ्चालनमा ल्याएको ।

    २३. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?
     बुचो

    २४. देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ?
     वि.सं. २०७१ चैत ८ (सरकारले २०७१ असोज ३० गते विभाग स्थापना गर्ने निर्णय गरेको ।)

    २५. सम्राट् अशोकद्वारा निर्माण गरिएको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका थिए ?
     डा. फुहरर

    २६. महर्षि वाल्मीकिद्वारा रचित रामायणमा कति काण्ड छन् ?
     सात

    २७. नेपालका चारधाम भनी कुन–कुन धार्मिक क्षेत्रलाई बुझिन्छ ?
     बराह क्षेत्र, मुक्ति क्षेत्र, हरिहर क्षेत्र र रुरु क्षेत्र ।

    २८. कवि शिरोमणि लेखनाथ पौड्याल साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?
     साहित्यकारद्वय सरुभक्त र रमेश खकुरेल
    – सरुभक्तलाई २०७७ साल र खकुरेललाई २०७८ सालको पुरस्कारबाट सम्मान गरिएको ।
    – कोरोनाका कारण गत वर्ष पौड्यालको जन्मजयन्ती नमनाएका कारण गत वर्षसँगै यस वर्षको पुरस्कार एकै पटक प्रदान गरिएको ।
    – पुरस्कारको राशि ५०/५० हजार रुपियाँ रहेको ।

    २९. महाभारतको युद्ध भएको ठाउँलाई के भनिन्छ ?
     कुरु क्षेत्र


    •  पुष २८, २०७८ बुधबार
    •  

    १. विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टलाई के नामकरण गरिएको छ ?
     ओमिक्रोन
    – डब्लूएचओले सन् २०२१ नोभेम्बर २६ मा सो भाइरसलाई ओमिक्रोन नामकरण गरेको ।
    – डब्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’ ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामै भेटिएको भेरियन्ट (यसअघि)लाई ‘विटा’, भारतमा भेटिएको भेरियन्ट (बी–१.६१७.२)लाई ‘डेल्टा’ एवं भारतमै भेटिएको अर्को भेरियन्ट (बी–१.६१७.१) लाई कप्पा नामकरण गरेको ।
    – जुन देशमा भेरियन्टको पहिचान भयो, त्यही देशको नामका आधारमा कोभिड–१९ को भेरियन्ट नामकरण हुन थालेपछि विवाद बढेपश्चात् सो विवादलाई दृष्टिगत गरी विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मे ३१ देखि ग्रिक अल्फाबेटका आधारमा अर्थात् नयाँ तरिकाले नामकरण गर्न थालेको ।
    – भाइरसको आनुवंशिक संरचनाका आधारमा परीक्षण गरी खोप र औषधिको उत्पादनका लागि नामकरण गर्ने गरिएको ।
    – भाइरोलोजिस्ट र वैज्ञानिकहरूको समूहले निण्कालेको निष्कर्षका आधारमा इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरस (आईसीटीभी)द्वारा नामकरण गर्ने गरिएको ।

    २. विश्वको दोस्रो लामो जिपलाइन कहाँ निर्माण गरिएको छ ?
     कुश्मा, पर्वत
    – सुपरम्यान शैलीमा निर्मित सो जिपलाइन वि.सं. २०७८ पुस २४ देखि सञ्चालनमा आएको ।
    – कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने सो जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० कि.मि.को गतिमा चलेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ ।
    – १४८० मिटरको दूरी पार गरिसक्दा कम्पनी (हार्नेस प्रा.लि.)ले नै निर्माण गरेको एडभेन्चर रिसोर्टमा पुगेर जिपलाइन ल्यान्डिङ हुन्छ ।
    – सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो जिपलाइन दुबईमा रहेको छ ।

    ३. काठमाडौंँमा आयोजित एचआर मिट नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ मा उत्कृष्ट महिला अवार्ड कसलाई प्रदान गरियो ?
     अनुपमा खुञ्जेली (सीईओ, मेगा बैङ्क नेपाल)
    – बैङ्किङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सीईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको ।
    – सीईओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैङ्कको प्रथम महिला सीईओ हुनुहुन्छ ।
    – एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१ को वित्तीय सेवाको वर्गमा मुक्तिनाथ विकास बैङ्क सम्मानित भएको ।

    ४. मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल बन्न सफल युवती को हुन् ?
     उर्मिला उप्रेती सिलवाल (भैरहवा)
    – (रिवन इन्टरटेन्मेन्टद्वारा आयोजित सो प्रतियोगिताको उपाधि विजेता उर्मिलाले विवाहित महिलाबीच म्यानमारको मान्डलेमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस ग्रान्ड इन्टरनेसनल २०२२ मा नेपालको तर्फबाट सहभागी हुनेछन् ।)

    ५. सन् २०२१ नोभेम्बरमा लन्डनमा आयोजित द रिमेम्वरेन्स सन्डे समारोह केसँग सम्बन्धित छ ?
     प्रथम विश्वयुद्ध
    – (प्रथम विश्वयुद्ध समाप्त भएको १०३ वर्ष पुगेको अवसरमा सो समारोह आयोजना गरिएको ।)

    ६. प्रसिद्ध वैज्ञानिक थोमस अल्भा एडिसनको जन्म कहिले भएको हो ?
     सन् १८४७ फेब्रुअरी ११
    – उनको जन्म अमेरिकाको ओहायो राज्यमा भएको ।
    – ग्रामोफोन, विद्युत् बल्ब, चलचित्र क्यामरा, प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक थोमस अल्भा एडिसन हुन् ।
    – टेलिफोनबाट सर्वप्रथम हेलो शब्द प्रयोग गर्ने वैज्ञानिक एडिसन हुन् ।
    – हालसम्म सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिकका रूपमा एडिसनलाई चिनिन्छ ।
    – थोमस अल्भा एडिसनको मृत्यु सन् १९३१ अक्टोबर १८ मा भएको हो ।

    ७. संयुक्त राष्ट्रसङ्घका आधिकारिक भाषा कति छन् ?
     ६
    – यूएनओले अफिसियल रूपमा मान्यता प्रदान गरेका छ भाषा ः अङ्ग्रेजी, फ्रेन्च, चिनियाँ, रुसी, स्पेनिस र अरबी ।
    – यूएनओले अफिसियल रूपमा मान्यता प्रदान गरेको पछिल्लो भाषा अरबी हो ।
    – यूएनओको कार्यालय सञ्चालनमा प्रयोग हुने दुई भाषा अङ्ग्रेजी र फ्रेन्च हुन् ।

    ८. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा विद्युतीय शासन अवस्थाको लेखाजोखा मूल्याङ्कनमा पहिलो बन्न सफल स्थानीय तह कुन हो ?
     चौरजहारी नगरपालिका (रुकुम पश्चिम)
    – सातवटा विषयलाई १०० पूर्णाङ्कमा समेटी मूल्याङ्कन गरेर तयार पारिएको सो प्रतिवेदनअनुसार चौरजहारी नगरपालिकाले ८० अङ्कका साथ पहिलो स्थान हासिल गरेको ।
    – प्रतिवेदनअनुसार उत्कृष्ट १५ स्थानीय तहमा आठ नगरपालिका, तीन गाउँपालिका, तीन उपमहानगरपालिका र एक महानगरपालिका रहेका ।
    – प्रतिवेदनअनुसार उत्कृष्ट १५ स्थानीय तह
    स्थानीय तह प्राप्ताङ्क
    चौरजहारी नगरपालिका (पश्चिम रुकुम) ८०
    वालिङ नगरपालिका (स्याङ्जा) ७८
    कीर्तिपुर नगरपालिका (काठमाडौंँ) ७८
    खैरहनी नगरपालिका (चितवन) ७६
    धनगढी उपमहानरपालिका (कैलाली) ७६
    ज्वालामुखी गाउँपालिका (धादिङ) ७५
    कन्काई नगरपालिका (झापा) ७४
    गौर नगरपालिका (रौतहट) ७३
    पोखरा महानगरपलिका (कास्की) ७१
    तुलसीपुर उपमहानगरपालिका (दाङ) ७१
    शारदा नगरपालिका (सल्यान) ७०
    गुर्भाकोट नगरपालिका (सुर्खेत) ६८
    सखुवान्करकट्टी गाउँपालिका (सिराहा) ६८
    नेपालगञ्ज उपहानगरपालिका (बाँके) ६८
    मेल्लेख गाउँपालिका (अछाम) ६८

    ९. सार्क सचिवालय काठमाडौंँमा राख्ने निर्णय कति औँ शिखर सम्मेलनले गरेको हो ?
     दोस्रो
    – अङ्ग्रेजी अल्फाबेटका आधारमा प्रत्येक राष्ट्रबाट महासचिव नियुक्त गर्ने निर्णय दोस्रो सम्मेलनमा गरिएको हो ।
    – दोस्रो शिखर सम्मेलन सन् १९८६ नोभेम्बर १७–१८ मा भारतको बैङ्लोरमा भएको थियो ।

    १०. विभिन्न उत्पादकले आफ्ना सामग्रीमा प्रयोग गर्ने क्यू.आर. कोडको पूरा रूप के हो ?
     क्विक रेस्पोन्स कोड

    ११. गैरआवासीय नेपाली सङ्घको स्थापना कहिले भएको हो ?
     सन् २००३ अक्टोबर ११

    १२. ‘लस्ट इन ट्रान्जिसनु’ नामक कृतिका लेखक को हुन् ?
     कुलचन्द्र गौतम

    १३. भीमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो भने राणाकालीन समयमा कति जिल्लामा विभाजन गरिएको थियो ?
     ३५
    – (राणाकालीन समयमा नेपालमा ३५ (तराईमा १२ र पहाडमा २३) जिल्ला कायम गरिएको ।)

    १४. ‘किरोवो’ भनेको के हो ?
     अन्तरिक्षबाट बोलेर सूचना दिने पहिलो रोबोट
    – जापानस्थित टोकियो विश्वविद्यालयबाट निर्मित यो रोबोटले पहिलोपल्ट सन् २०१३ अगस्ट २१ मा बोलेर सूचना प्रदान गरेको ।
    – किरोवोद्वारा पहिलोपल्ट उच्चारित भनाइ ब् च्यदयत तययप यलभ कmबिि कतभउ तयधबचम ब दचष्नजतभच ागतगचभ ायच बिि रहेको ।

    १५. ‘पुतली घर’ नामक कृतिका सर्जक को हुन् ?
     पुष्पा बस्नेत

    १६. बेलायतको ग्रीनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?
     ० डिग्री
    – (बेलायतस्थित ग्रिनविच (० डिग्री देशान्तर रेखा)लाई आधार मानी अन्तर्राष्ट्रिय समयको निर्धारण गरिएको छ । ग्रिनविच मिनटाइमभन्दा नेपालको समय ५ घण्टा ४५ मिनेट चलाख रहेको छ ।)

    १७. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?
     प्याक्रियाज

    १८. वि.सं. २०७८ पुसमा काठमाडौँमा सम्पन्न नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा कसलाई चयन गरेको हो ?
     पुष्पकमल दाहाल ‘प्रचण्ड’
    – (आठौँ महाधिवेशनले चयन गरेको केन्द्रीय समितिको पहिलो बैठकले पुस १९ मा अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको ।)

    १९. बदुरी यात्रा भन्नाले के बुझिन्छ ?
     परम्परागत रूपमा भेडा, च्याङ्ग्रामार्फत नुन, चामलका साथै अन्य आवश्यक सामग्री ढुवानी गराउन जाने चलन ।
    – बदुरी यात्राका क्रममा खुला आकाशमुनि बास बस्नुलाई बदुरी पाटा भनिन्छ ।
    – यो चलन साबिकको कर्णालीमा अझै पनि कायमै रहेको छ ।
    – भेडा, च्याङ्ग्राको बथानलाई कर्णालीको खस भाषामा बहकर भनिन्छ भने तिनको गोठालालाई बदुरी भन्ने गरिन्छ । सडक पुगेर दैनिक यातायातका साधन चले पनि बदुरीले आफ्नो परम्परालाई छाडेका छैनन् ।

    २०. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?
     नवीकरणीय

    २१. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
     अनवीकरणीय

    २२. नेपालको इतिहासमा पिस्कर काण्डका रूपमा चिनिने पिस्कर घटना कहिले भएको थियो ?
     वि.सं. २०४० माघ १
    – (वि.सं. २०४० को माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लास्थित पिस्कर गाउँको महादेवस्थानमा माघे सङ्क्रान्ति मेलाको अवसरमा रातको समयमा प्रहरीले घेरा हाली अन्धाधुन्ध गोली चलाउँदा इली थामी, वीरबहादुर थामीको घटनास्थलमै निधन भएका साथै सयौँ घाइते र गिरफ्तार भएका थिए । यसै घटनालाई पिस्कर काण्डका
    रूपमा चिनिन्छ ।)

    २३. विश्वको कुन सहरलाई साइकलको अधिराज्य अर्थात् किङ्डम अफ साइकल भनी चिनिन्छ ?
     बेइजिङ (चीन)
    – साइकल प्रयोगले वातावरण प्रदूषणलाई न्यूनीकरण गर्ने साथै साइकल चलाउँदा हुने शारीरिक व्यायामले मानव स्वास्थ्यलाई तन्दुरुस्त राख्ने ।
    – छवटा चक्रपथ रहेको बेइजिङमा साइकलका लागि सडकमा छुट्टै लेन छ ।
    प्रस्तुतकर्ता :टङ्क केसी

    •  माघ ५, २०७८ बुधबार
    •  

    १. प्रदेश २ को नामकरण के तय गरियो ?
     मधेस प्रदेश
    – वि.सं. २०७८ माघ ३ को प्रदेश सभाले प्रदेशको नाम मधेस प्रदेश तय गरेको ।
    – त्यसैगरी सोही सभाबाट प्रदेशको स्थायी राजधानी जनकपुर तय भएको ।

    २. उत्कृष्ट फिफा वर्ष खेलाडी, २०२१ घोषित हुन सफल खेलाडी को हुन् ?
     पुरुषतर्फ : रोबर्ट लेवान्डोस्की, महिलातर्फ : एलेक्सिया पुटेलास
    – ३३ वर्षीय लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सलाह तथा पेरिस सेन्ट जर्मेनका लियोनेल मेसीलाई पछि पार्दै लगातार दोस्रो पटक उपाधि रक्षा गरेका ।
    – विभिन्न विधामा उत्कृष्ट घोषित खेलाडी
    – फिफा उत्कृष्ट पुरुष खेलाडी :रोबर्ट लेवान्डोस्की
    – फिफा उत्कृष्ट महिला खेलाडी :एलेक्सिया पुटेलास (बार्सिलोना)
    – फिफा उत्कृष्ट पुरुष गोलकिपर : एडवर्ड मेन्डी
    (चेल्सी)
    – फिफा उत्कृष्ट महिला गोलकिपर : क्रिस्टियन एन्डलर
    – फिफा स्पेसल अवार्ड : क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)
    – फिफा उत्कृष्ट पुरुष प्रशिक्षक :थोमस टुचेल (चेल्सी)
    – फिफा उत्कृष्ट महिला प्रशिक्षक : एम्मा हेस
    – फिफा फेयर प्ले अवार्ड : डेनमार्क
    – फिफा उत्कृष्ट फ्यान अवार्ड :डेनमार्क र फिनल्यान्डका फ्यानहरू
    – पुस्कास अवार्ड : एरिक लामेला

    ३. अमेरिकामा सम्पन्न विवाहित महिलाको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड २०२२ को उपाधि जित्ने महिला को हुन् ?
     शेलिन फोर्ड (अमेरिका)
    – मिसेस अमेरिकन २०२१ कि विजेता अमेरिकाकी शेलिनले अन्य देशका ५७ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेकी । सन् २०२० को मिसेस वल्र्ड विजेता तथा मिसेस आयरल्यान्ड केट स्नाइडरले उनलाई मिसेस वल्र्डको ताज पहिराएकी ।
    – प्रतियोगितामा यूएईकी देवाञ्जली कामास्त्रले फस्ट रनर्सअप र मिसेस जोर्डन ज्याकलिन स्टाप सेकेन्ड रनर्सअप भएका ।
    – मिसेस वल्र्ड प्रतियोगिता सन् १९८४ देखि आयोजना हुँदै आएको विवाहित महिलाको प्रतिस्पर्धा हो ।

    ४. द भ्वाइस किड्स, २०७८ को उपाधि जित्ने प्रतिभा को हुन् ?
     जेनिस उप्रेती

    ५. फिल्म तथा टेलिभिजन जगत्को चर्चित अन्तर्राष्ट्रिय अवार्ड गोल्डेन ग्लोब अवार्ड (२०२२) को उपाधि जित्ने फिल्म कुन हो ?
     द पावर अफ द डग
    – सन् २०२२ जनवरीमा अमेरिकाको लस एन्जल्समा सम्पन्न प्रतियोगितामा ‘द पावर अफ द डग’ सर्वोत्कृष्ट फिल्म घोषित भएको ।
    – मोसन पिक्चरअन्तर्गत किङ रिचर्डले उत्कृष्ट फिल्मको अवार्ड चुमेको ।
    – उत्कृष्ट विदेशी भाषाको फिल्मको उपाधि जापानी फिल्म ‘ड्राइभ माइ कार’ले जितेको ।
    – त्यस्तै एनिमेटेड फिल्मको अवार्ड ‘इन्क्यान्टो’ एवं बेस्ट ओरिजिनल स्कोरको अवार्ड फिल्म डुनले जितेका ।

    ६. पहिलोपल्ट मानवमा सुँगुरको मुटुको सफल प्रत्यारोपण कहिले गरियो ?
     सन् २०२२ जनवरी ७
    – अमेरिकास्थित मेरिल्यान्ड निवासी ५७ वर्षीय डेभ वेनेटको अस्वस्थ मुटु झिकेर सुँगुरको मुटु प्रत्यारोपण गरिएको ।
    – मेरिल्यान्ड विश्वविद्यालय मेडिकल सेन्टरमा चिकित्सक वार्टली ग्रिफिथको नेतृत्वमा सात जना चिकित्सकद्वारा सो शल्यक्रिया सम्पन्न गरिएको ।

    ७. महिला अधिकारको सम्मान गर्ने आश्वासन दिएको केही दिनपछि तालिबानले अफगानिस्तानमा सहशिक्षामाथि प्रतिबन्ध कहिले लगाएको हो ?
     सन् २०२१ अगस्ट

    ८. सन् २०२२ को शीतकालीन ओलम्पिक (Winter Olympics) को आयोजक राष्ट्र कुन हो ?
     चीन
    – (यस ओलम्पिकको नारा Together for a shared future रहेको ।)

    ९. कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्ट पहिलो पटक कुन देशमा फेला परेको हो ?
     दक्षिण अफ्रिका
    – ओमिक्रोन ९द्य।ज्ञ।ज्ञ।छद्दढ० भेरियन्ट दक्षिण अफ्रिकामा सन् २०२१ नोभेम्बर २६ मा भेटिएको ।
    – नेपालमा यो भेरियन्ट वि.सं. २०७८ मङ्सिर २० मा भेटिएको ।

    १०. कमला ह्यारिस अमेरिकाको कार्यवाहक राष्ट्रपति (पहिलो महिला कार्यवाहक राष्ट्रपति) कहिले बनिन् ?
     सन् २०२१ नोभेम्बर १९

    ११. सेभिङ एसियाज् भल्चर्स फ्रम एक्स्टिन्सन (सेभ)ले गिद्धका लागि विश्वकै सुरक्षित क्षेत्रका रूपमा कुन देशलाई घोषणा गरेको छ ?
     नेपाल
    – बासस्थानका साथै आसपासको चरन एवं विचरण गर्न अनुकूल रहेको क्षेत्रलाई नै सुरक्षित क्षेत्र मानिने ।
    – खतरामा परेका गिद्धको संरक्षणका लागि सहकार्य गर्ने झन्डै दुई दर्जन साझेदारको ‘कन्सोर्टियम’ नै सेभ हो ।

    १२. सर्वोच्च अदालतमा गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने कार्यको सुरुवात कहिलदेखि गरिएको हो ?
     वि.सं. २०७८ मङ्सिर १५

    १३. विश्व कम्प्युटर साक्षरता दिवस कहिले मनाइन्छ ?
     डिसेम्बर २

    १४. विश्वकै पहिलो तैरने सहर कुन देशले निर्माण गर्ने भएको छ ?
     दक्षिण कोरिया
    – दक्षिण कोरियास्थित वुसानको समुद्र तटीय क्षेत्रमा निर्माण गरिने सो सहर हावाहुरी बाढी प्रतिरोधात्मक हुने जनाइएको ।
    – कङ्क्रिटभन्दा तीन गुणा कडा चुन ढुङ्गाको कोटिङ प्रयोग गरी हेक्जागोनल अर्थात् षट्कोण प्लेटफर्ममा सो परियोजना निर्माण गरिने ।
    – परियोजना सन् २०२५ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको ।

    १५. अमेरिकास्थित म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) विश्वविद्यालयद्वारा कुन नेपाली मूलकी चेलीको सम्मानमा उनको नामबाट एक सूक्ष्म ग्रहको नामकरण गरिएको छ ?
     देविना थापा
    – (विज्ञान प्रविधिको क्षेत्रमा देविनाले गरेको अनुसन्धान कार्यको सम्मान गर्दै विश्वविद्यालयले सन् २०१८ अप्रिलमा सूक्ष्म ग्रहको नाम ‘देविना थापा’ राख्ने निर्णय गरेको ।)

    १६. ‘टाइम्स अप अभियान’ केसँग सम्बन्धित छ ?
     यौनहिंसा (सन् २०१८ जनवरीमा सुरुवात भएको)
    – हलिउड अभिनेत्री, लेखिका तथा निर्देशकद्वारा यौनजन्य हिंसाविरुद्ध लड्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको ।
    – यौनहिंसामा परी पीडित भएकाहरूको कानुुनी उपचारका लागि अभियानले डेढ करोड डलरको कोष बनाउने जनाएको ।

    १७. विश्वका विदेश महिलामन्त्रीको सम्मेलन पहिलोपल्ट कहिले आयोजना गरियो ?
     सन् २०१८ सेप्टेम्वर २१–२२

    १८. मिस युनिभर्स २०२१ को उपाधि जित्ने युवती को हुन् ?
     हरनाज सिन्धु (भारत)
    – भारतले २१ वर्षपछि (सन् २००० मा लारा दत्त) यो उपाधि जित्न सफल भएको ।
    – यस प्रतियोगितामा पाराग्वेकी नादिया फेरेइरा फस्र्ट रनर्सअप र दक्षिण अफ्रिकाकी लालेला स्वान सेकेन्ड रनर्सअप घोषित भएका ।

    १९. बायोभिलेज नमुना कार्यक्रम सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो ?
     तनहुँ

    २०. सेता रक्तकोष आवश्यकभन्दा बढी भएमा कुन रोग लाग्दछ ?
     ल्युकेमिया

    २१. नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकारी को हुने व्यवस्था छ ?
     मुख्यसचिव

    २२. सार्कद्वारा सन् २०१०–२०२० लाई कुन दशकका रूपमा मनाइयो ?
     सार्क अन्तरक्षेत्रीय सम्पर्क दशक

    २३. उद्योग दिवस २०७८ को नारा के हो ?
     स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान
    – नेपालमा हरेक वर्ष मङ्सिर ९ मा यो दिवस मनाउने गरिएको ।
    – वि.सं. १९९३ मङ्सिर ९ मा उद्योग परिषद् स्थापना भएको दिनको अवसर पारी यो दिवस मनाउन थालिएको ।
    – वि.सं. २०७१ चैत २० को मन्त्रिपरिषद् बैठकले यो दिवस मनाउने निर्णय गरेको ।

    २४. क्यारेवियन टापु राष्ट्र वार्वाडोसले बेलायतकी महारानी एलिजावेथलाई आफ्नो देशको राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक कहिले बनेको हो ?
     सन् २०२१ नोभेम्बर ३०
    – डेम स्यान्ड्रा मेसन वार्वाडोसको राष्ट्रपति बनेकी ।
    – बेलायतकी महारानीको ठाउँमा उनी वार्वाडोसको राष्ट्रप्रमुख बनेकी ।

    २६. सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका कुन हो ?
     पोखरा महानगरपालिका
    प्रस्तुतकर्ता : टङ्क के.सी.

    •  माघ १२, २०७८ बुधबार
    •  

    १. प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि (२०७८) कसले जित्यो ?
     एपीएफ क्लब, वि.सं. २०७८ पुस १६ देखि
    माघ ५ सम्म
    – नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २१ रनले हराएर सो उपाधि जितेको हो ।
    – एपीएफले उपाधि जितसँगै ट्रफी र पाँच लाख रुपियाँ हात पारेको छ । उपविजेता नेपाल पुलिसले तीन लाख रुपियाँ हात पारेको छ । सेमिफाइनलसम्मको यात्रा तय गर्ने नेपाल आर्मी क्लब र बागमती प्रदेश ५०–५० हजार रुपियाँका हकदार बनेका छन् ।

    २. अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७८ मा) कसलाई प्रदान गरियो ?
     साहित्यकार हरि अधिकारी
    – गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिद्वारा हरेक वर्ष यो पुरस्कार प्रदान गरिन्छ ।
    – पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ ।

    ३. संयुक्त राष्ट्रसङ्घद्वारा कुन अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’का रूपमा मनाउने निर्णय गरिएको छ ?
     सन् २०२१–२०३०

    ४. २०७८ सालमा प्रदान गरिने उत्कृष्ट साझेदारी वन पुरस्कारबाट पुरस्कृत हुने साझेदारी वन समूह कुन हो ?
     सवैया साझेदारी वन व्यवस्थापन समूह (पर्सा), पुरस्कार राशि रु. ५४ हजार

    ५. पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/हर्दियासम्म रेल सेवा दिन सक्नेसम्बन्धी सम्झौतामा कहिले सहमति भएको हो ?
     वि.सं. २०७८ असार २५
    – (नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताअनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेल सेवासमेत उपयोग गर्न सकिने भएको । यसअघि निश्चित कम्पनीबाट सञ्चालित रेल सेवा मात्र ढुवानीका लागि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब भने धेरै विकल्प खुला भएको ।)

    ६. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सन् २०२१ जुलाई १२ को बैठकले १४औँ साग खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ?
     सन् २०२३ मार्च
    – (१४औँ साग पाकिस्तानका पाँच सहर लाहोर, फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा हुने निर्णय भएको ।)

    ७. व्यापार व्यवसायसँग सम्बन्धित एमएफएनको पूरा रूप के हो ?
     मोस्ट फेवर्ड नेसन

    ८. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?
     नेपाल

    ९. राष्ट्र बैङ्कमा पहिलो महिला डेपुटी गभर्नरका रूपमा नियुक्त हुने महिला को हुन् ?
     निलम तिम्सिना ढुङ्गाना
    – वि.सं. २०७७ फागुन २५ को मन्त्रिपरिषद् बैठकले राष्ट्र बैङ्कमा निलम तिम्सिना ढुङ्गाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    – राष्ट्र बैङ्कमा दुई जना डेपुटी गभर्नर हुने व्यवस्था रहेको छ ।

    १०. नेपालमा नयाँ स्रेस्ता प्रणाली कहिलेदेखि लागू भएको हो ?
     वि.सं. २०१८ चैत २ गते

    ११. देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ?
     वि.सं. २०७८ असार २३ गते
    – छ वर्षअघि (२०७२ श्रावण २५) मालपोत कार्यालय कलङ्कीबाट सुरु भएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली असार २३ देखि १२६ वटै मालपोत कार्यालयमा लागू भएको । यसअघि ११८ कार्यालयमा सुरु भइसकेकोमा सो दिन बाँकी आठ कार्यालयमा पनि अनलाइन प्रणाली कार्यान्वयन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको ।
    – कागजी प्रक्रियामा चल्दै आएको मालपोत कार्यालय अनलाइन प्रणालीमा गएसँगै मालपोत प्रशाासन डिजिटल युगमा प्रवेश गरेको ।
    – यो प्रणली सुरु भएपश्चात् नै सर्वसाधारणले आफ्नो घरजग्गाको विवरण (क्षेत्रफल, सँधियार रोक्का, राजस्वलगायत) मोबाइल एपमै हेर्न सक्ने ।
    – देशभरका मालपोत कार्यालयमा लागू गरिएका अनलाइन सेवा प्रणालीबाट अब यस कार्यालयको सेवा छिटो, छरितो, पारदर्शी र विश्वसनीय हुने ।

    १२. सबैभन्दा लामो दिन कहिले हुन्छ ?
     २१ जुन
    – (सबैभन्दा छोटो दिन ः डिसेम्बर २२)

    १३. मानव निर्मित पहिलो तìव कुनलाई मानिन्छ ?
     पोलोनियम

    १४. विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
     सन् १९०१
    – अर्थशास्त्रतर्फको नोबल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको ।
    – नोबल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्विडेनको राजधानी स्टकहोममा प्रदान गरिन्छ ।
    – यो पुरस्कार संयुक्त रूपमा तीन जनासम्मले
    पाउन सक्ने ।

    १५. कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
     स्थिति शक्ति
    – (तन्किएको रबरमा जम्मा भएको शक्ति, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दबाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात् पोटेन्सियल शक्तिका उदाहरण हुन् ।)

    १६. चाल शक्ति भन्नाले के बुझिन्छ ?
     वस्तुमा हुने चालको कारणले उत्पन्न हुने शक्ति अर्थात् चाल अवस्थामा रहेको वस्तुमा
    सञ्चित शक्ति
    – (बन्दुकबाट निस्केको गोली, बगिरहेको पानी, गुडिरहेको मोटर, उडिरहेको चरा आदिमा चाल शक्ति निहित हुन्छ ।)

    १७. इन्टरनेसनल रिन्युऐबल इनर्जी एजेन्सी (आइरेना)को विधानलाई नेपालको संसद्द्वारा कहिले अनुमोदन भएको हो ?
     वि.सं. २०७४ असोज २५
    – संसद्द्वारा अनुमोदन भएपछि नेपाललाई सो निकायको सदस्य बन्ने बाटो सहज भएको । सन् २००९ मा जर्मनीको बोनमा सम्पन्न फाउन्डिङ कन्फ्रेन्समा सहभागी नेपालले यसबारेको विधानमा हस्ताक्षर गरेर सदस्य बन्ने प्रतिबद्धता जनाए पनि औपचारिक प्रक्रिया भने अघि बढ्न सकेको थिएन ।
    – यससँगै नेपाल दक्षिण एसियाबाट आइरेनाको सदस्य बन्ने कान्छो मुलुक बनेको छ ।
    – यसअघि नेपालबाहेक सार्कका सबै सदस्य राष्ट्र सो नियोगको सदस्य बनेका छन् ।
    – नवीकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यका साथ आइरेनाको स्थापना सन् २००९ जनवरी २९ मा भएको हो ।

    १८. नेपाल सरकारका मन्त्रालय स्तरका निकायमध्ये सर्वोच्च निकाय कुन हो ?
     प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    १९. अत्यधिक सन्तान उत्पादन, बाँच्नका लागि सङ्घर्ष, प्राकृतिक छनोट, परिवृत्ति र वंशज, नयाँ जातिको उत्पत्तिसम्बन्धी क्रम विकासको सिद्धान्तका प्रतिपादक को हुन् ?
     चाल्र्स डार्विन

    २०. लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?
     सन् १९७२
    – पर्यटन क्षेत्रसँग सम्बन्धित यस संस्थाको संस्थापक टोनी ह्विलर र मौरिन ह्विलर रहेका छन् ।
    – हरेक वर्ष पर्यटकीय क्षेत्रको सूची प्रकाशन गर्ने यस संस्थाले पर्यटनसम्बन्धी पुस्तक, गाइडबुक तथा श्रव्यदृश्य सामग्रीको उत्पादन तथा बिक्री–वितरण गरिन्छ ।
    – यसको मुख्यालय अस्ट्रेलियाको मेल्बर्न (शाखा कार्यालयहरू ः लन्डन, बेइजिङ र नयाँदिल्ली)मा रहेको छ ।

    २१. नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?
     वि.सं. २०१८
    – नेपालमा वि.सं. २०६८ मा छैटौँ कृषि गणना गरिएको ।
    – छैटौँ कृषि गणनाअनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार रहेका छन् ।
    – यस गणनाअनुसार प्रतिनेपाली खेतीयोग्य जमिन ०.६८ हेक्टर रहेको ।
    – सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला ः मोरङ, झापा, सर्लाही, सिराहा र सुनसरी रहेका ।

    २२. छैटौँ राष्ट्रिय कृषि गणना (२०६८/६९)को नतिजा कहिले सार्वजनिक गरियो ?
     वि.सं. २०७० पुस ९ गते
    – छैटौँ राष्ट्रिय कृषि गणनाअनुसार कृषक परिवारको चलनमा रहेको जग्गाको क्षेत्रफल २५ लाख २५ हजार हेक्टर रहेको सो क्षेत्रफल दस वर्षअघिको तुलनामा एक लाख २९ हजार हेक्टरले कम हो ।

    २३. टेनिसका चार महìवपूर्ण स्पर्धामध्ये पहिलो ग्रान्डस्लाम कुन हो ?
     अस्ट्रेलियन ओपन
    – (हरेक वर्ष जनवरीमा आयोजना हुने गर्छ ।)

    २४. उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुन् ?
     रोल्ड एमन्डसेन, नर्वे

    २५. संयुक्त राष्ट्रसङ्घद्वारा कुन अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’का रूपमा मनाउने निर्णय गरिएको छ ?
     सन् २०२१–२०३०

    २६. हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ ?
     मेघौली, चितवन

    २७. हालको निजामती किताबखानाले गर्ने काम पहिला कुन अड्डाले गथ्र्यो ?
     कमान्डरी किताबखाना

    २८. नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो ?
     वि.सं. १९०८
    – राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्किंदा यो प्रेस ल्याएका थिए ।
    – प्रेसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्दे प्रेस भनिएको हो । यो कोलम्बियन प्रिन्टिङ
    प्रेस थियो ।
    – यस प्रेसलाई थापाथली दरबारमा स्थापना गरियो ।
    प्रस्तुतकर्ता : टङ्क के.सी.

    • माघ १९, २०७८ बुधबार
    • १. राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या कति पुगेको छ ?
       २,९१,९२,४८०
      – २०६८ सालको जनगणनाभन्दा २०७८ को जनगणनामा कुल जनसङ्ख्या १०.१८ प्रतिशतले बढेको ।
      – २०७८ कोे जनगणनाअनुसार जनसङ्ख्या वृद्धिदर (सरदर वार्षिक) ०.९३ प्रतिशत रहेको ।
      – २०६८ सालकोे जनगणनाअनुसार नेपालको जनसङ्ख्या २,६४,९४,५०४ थियो भने जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो ।
      – केन्द्रीय तथ्याङ्क विभागले २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरेको जनगणनाको प्रारम्भिक नतिजा २०७८ माघ १२ गते सार्वजनिक गरेको ।
      – जनगणना २०७८ को संक्षिप्त झलक
      – कुल जनसङ्ख्या : २,९१,९२,४८०
      – पुरुष जनसङ्ख्या: १,४२,९१,३११ (४८.९६ प्रतिशत)
      – महिला जनसङ्ख्या: १,४९,०१,१६९ (५१.०४ प्रतिशत)
      – जनसङ्ख्या वृद्धिदर: ०.९३ प्रतिशत
      – सहरी जनसङ्ख्या: ६६.०८ प्रतिशत
      – ग्रामीण जनसङ्ख्या: ३३.९२ प्रतिशत
      – जनघनत्व:१९८ प्रति व.कि.मि.
      – घरपरिवार सङ्ख्या: ६७,६१,०५९
      – घरसङ्ख्या: ५६,४३,९४५
      – प्रतिपरिवार औसत सदस्य: ४.३२ (सहरी क्षेत्र:४.२५ र ग्रामीण क्षेत्र ४.५५)
      – विदेशमा अक्सर बसोवास गर्ने जनसङ्ख्या: २१,६९,४७८
      – (पुरुष: १७,६३,३१५ अर्थात् ८१.२८ प्रतिशत, महिला: ४,०६,१०३ अर्थात् १८.७२ प्रतिशत)
      – भौगोलिक क्षेत्रगत आधारमा जनसङ्ख्या हिस्सा
      – हिमाली क्षेत्र: ६.०९ प्रतिशत
      – पहाडी क्षेत्र: ४०.२५ प्रतिशत
      – तराई क्षेत्र: ५३.६६ प्रतिशत
      – प्रदेशगत जनसङ्ख्या
      – प्रदेश १: ४९,७२,०२१ (१७.०३ प्रतिशत)
      – मधेस प्रदेश ः ६१,२६,२८८ (२०.९९ प्रतिशत)
      – बागमती प्रदेश ः ६०,८४,०४२ (२०.८४ प्रतिशत)
      – गण्डकी प्रदेश ः २४,७९, ६४५ (८.४९ प्रतिशत)
      – लुम्बिनी प्रदेश ः ५१,२४,२२५ (१७.५५ प्रतिशत)
      – कर्णाली प्रदेश ः १६,९४,८८९ (५.८१ प्रतिशत)
      – सुदूरपश्चिम प्रदेश ः २७,११,२७० (९.२८ प्रतिशत)
      – सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश ः मधेस (६१,२६,२८८ (२०.९९ प्रतिशत)
      – सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश ः कर्णाली (१६,९४,८८९ (५.८१ प्रतिशत)
      – सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला ः काठमाडौँ (२०,१७,५३२)
      – सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला ः मनाङ (५,६४५)
      – सबैभन्दा धेरै जनसङ्ख्या भएका प्रमुख ५ जिल्ला ः क्रमशः काठमाडौँ, मोरङ, रूपन्देही, झापा र सुनसरी
      – सबैभन्दा कम जनसङ्ख्या भएका पाँच जिल्ला ः क्रमशः मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला
      – सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर रहेको जिल्ला ः भक्तपुर
      – जनसङ्ख्या वृद्धिदर नेगेटिभ रहेको जिल्ला सङ्ख्या ः ३२
      – नगरपालिकाको आधारमा सबैभन्दा बढी जनसङ्ख्या ः काठमाडौँ म.न.पा (८,६५,९०६)
      – नगरपालिकाको आधारमा सबैभन्दा कम जनसङ्ख्या ः डोल्पाको ठुलीभेरी न.पा. (१०,१८७ जना)
      – गाउँपालिकागत हिसाबले सबैभन्दा बढी जनसङ्ख्या भएको गाउँपालिका ः वैजनाथ गा.पा. (बाँके, ७०,३१५)
      – गाउँपालिकागत हिसाबले सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिका ः मनाङको नर्पाभूमि गा.पा.
      (४२२ जना)
      – नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसङ्ख्यालाई सहरी क्षेत्रको जनसङ्ख्या र ४६० गाउँपालिकामा रहेको जनसङ्ख्यालाई ग्रामीण क्षेत्रको जनसङ्ख्या मानी ग्रामीण तथा सहरी जनसङ्ख्याको वर्गीकरण गरिएको ।
      – २०७८ को जनगणनाअनुसार तराईमा जनसङ्ख्या ३.९ प्रतिशतले वृद्धि भएको । २०६८ मा तराईमा कुल जनसङ्ख्या ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा ५३.६६ प्रतिशत पुगेको ।
      – पहाडमा २०६८ मा ४३.०१ प्रतिशत रहेकोमा २०७८ मा ४०.२५ प्रतिशतमा झरेको ।
      – हिमाली क्षेत्रमा २०६८ मा ६.७३ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा ६.०९ प्रतिशत रहेको ।
      – भौगोलिक क्षेत्रको आधारमा प्रतिपरिवार औसत सदस्य
      – हिमाली क्षेत्र ः ४.२७ जना
      – पहाडी क्षेत्र ः ३.९५ जना
      – तराई क्षेत्र ः ४.६५ जना
      – प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या सबैभन्दा कम ः गण्डकी प्रदेश (३.६६ जना)
      – प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या सबैभन्दा बढी ः मधेस प्रदेश (५.१५ जना)
      – जिल्लागत आधारमा औसत सदस्य सङ्ख्या सबैभन्दा कम ः दोलखा जिल्ला (३.४१ जना)
      – जिल्लागत आधारमा औसत सदस्य सङ्ख्या सबैभन्दा बढी ः रौतहट, बारा, र कपिलवस्तु (५.५० जना)

      २. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?
       जनवरी २६
      – सन् २०२२ मा मनाइएको ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवस ‘स्केलिङ अप कस्टमस् डिजिटल ट्रान्सफर्मेसन वाइ इम्ब्रेसिङ ए डाटा इकोसिस्टम (क्अबष्लिन गउ ऋगकतयmक म्ष्नष्तब ित्चबलकायचmबतष्यल दथ भ्mदचबअष्लन ब म्बतब ऋगतिगचभ बलम द्यगष्मिष्लन ब म्बतब भ्अयकथकतझ) नाराका साथ मनाइएको ।

      ३. अमेरिकाका पाँच राज्यमा हालै आएको ठूलो हिमआँधी कुन हो ?
       बम साइक्लोन (सन् २०२२ जनवरी)
      – अमेरिकाको इस्ट कोस्ट क्षेत्रमा हिमआँधी भयानक बन्दा त्यहाँका पाँचवटा (न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, रोड आइल्यान्ड र भर्जिनिया) राज्यमा आपत्कालीन स्थिति घोषणा गरिएको ।
      – यस आँधीलाई मध्य अक्षांशीय चक्तपातका रूपमा
      समेत चिनिने ।

      ४. संयुक्त राष्ट्रसङ्घीय बालकोषको नोबल पुरस्कार कहिले प्राप्त गरेको हो ?
       सन् १९६५

      ५. विश्व मानचित्रमा नेपालको जस्तो आकृति गएको देश कुन हो ?
       पोर्चुगल

      ६. देश र महादेशको नाम एउटै भएको देश कुन हो ?
       अस्ट्रेलिया

      ७. नेपालको चीनसँग दौत्य सम्बन्ध कहिले कायम भएको हो ?
       सन् १९५५ अगस्ट १
      – नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि सन् १९६० अप्रिल २८ मा भएको ।
      – नेपाल र चीनबीच सीमासम्बन्धी सम्झौता सन् १९६१ मा भएको ।
      – नेपाल र चीनबीच सीमासम्बन्धी प्रोटोकलमा सन् १९७९ मा हस्ताक्षर भएको ।
      – काठमाडौँ उपत्यकामा बस्ती बसाउने मञ्जुश्री चीनबाट आएका ।
      – नेपालको बारेमा यात्रा वृत्तान्त लेखी प्रचारप्रसार गर्ने पहिलो चिनियाँ नागरिक हुयान साङ रहेका ।
      – चिनियाँ झाङ जियानले पहिलोपल्ट सन् ४०६ मा लुम्बिनीको भ्रमण गरेका ।
      – प्राचीनकालमा नेपालको भ्रमण गर्ने दुई चिनियाँ यात्री : हुयान साङ र फाहियान रहेका ।

      ८. प्रशासनमा ह (एक्स) र थ् (वाइ) को सिद्धान्त केसँग सम्बन्धित छ ?
       उत्प्रेरणा

      ९. गोस्वारा हुलाकको पुरानो नाम के हो ?
       नेपाल हुलाक घर

      १०. भित्ते पात्रोको प्रचलन कुन देशबाट सुरु भएको हो ?
       इजिप्ट

      ११. चाल शक्तिलाई विद्युत् शक्तिमा परिवर्तन गर्ने यन्त्र कुन हो ?
       डायनामो

      १२. विद्युत् शक्तिलाई चाल शक्तिमा परिवर्तन गर्ने यन्त्र कुन हो ?
       मोटर

      १३. मिस इको नेपाल २०२२ को उपाधि जित्ने युवती को हुन् ?
       सोफिया भुजेल
      – भुजेलले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी ।
      – यसअघि अनुष्मा रायमाझीले ‘मिस इको इन्टरनेसनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी ।
      – पर्यटन र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टमा सन् २०१५ देखि यो प्रतियोगिता सुरु भएको ।

      १४. नेपालबाहिर बनेको पहिलो नेपाली चलचित्र कुन हो ?
       सत्य हरिशचन्द्र
      – (यो नेपाली भाषाको पहिलो चलचित्र हो ।)

      १५. नेपालको प्रामाणिक समय कुन हिमाललाई आधार मानेर कायम गरिएको छ ?
       गौरीशङ्कर
      – दोलखा जिल्लामा पर्ने गौरीशङ्कर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानेर नेपालको प्रामाणिक समय निर्धारण गरिएको,
      – नेपालको प्रामाणिक समय वि.सं.२०४२ वैशाख १ गतेदेखि लागू भएको,
      – नेपालको समय ग्रीनविचको समयभन्दा ५ घन्टा ४५ मिनेट छिटो रहेको,
      – बेलायतको ग्रीनविच हुँदै गएको ० डिग्री देशान्तर रेखालाई आधार मानी सन् १८८४ नोभेम्बर १ मा विश्वको प्रामाणिक समय निर्धारण गरिएको ।

      १६. ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२२ जनवरी २५ मा प्रकाशित गरेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनअनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?
       ११७ औँ
      – सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डले कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको अग्रस्थान ओगटेका ।
      – दक्षिणी सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा परेको ।
      – भ्रष्टाचारसम्बन्धी सूचकाङ्कमा दुईतिहाइ मुलुकले ५० भन्दा कम अङ्क (स्कोर) प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकका रूपमा रहेका ।
      – ४३ अङ्कलाई औसत ग्लोवल स्कोर मानिएको । यो भन्दा कम अङ्क पाउनेलाई भ्रष्टाचार व्याप्त भएको मुलुकका रूपमा दर्ज गरिएको ।
      दक्षिणी एसियाली राष्ट्रहरूको स्थिति

      राष्ट्र प्राप्ताङ्क स्थान
      भुटान ६८ २५ औँ
      माल्दिभ्स ४० ८५ औँ
      भारत ४० ८५ औँ
      श्रीलङ्का ३७ १०२ औँ
      नेपाल ३३ ११७ औँ
      पाकिस्तान २८ १४० औँ
      वङ्गलादेश २६ १४७ औँ
      अफगानिस्तान १६ १७४ औँ


      – ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् १९९५ देखि हरेक वर्ष भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने गरेको ।
      – ट्रान्सपरेन्सीले यो सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरेको ।
      सन् २००४ देखि नेपालको भ्रष्टाचार सूचकाङ्क

      वर्ष (सन्) स्थान वर्ष
      (सन्) स्थान
      २००४ १३९ २००५ ११६
      २००६ १२६ २००७ १३०
      २००८ १३१ २००९ १२२
      २०१० १२४ २०११ ११३
      २०१२ १३९ २०१३ ११६
      २०१४ १२६ २०१५ १३०
      २०१६ १३१ २०१७ १२२
      २०१८ १२४ २०१९ ११३
      २०२० ११७ २०२१ ११७

      प्रस्तुतकर्ता : टङ्क के.सी.

    •  माघ २६, २०७८ बुधबार
    •  

      १. नेपाल टेलिकमले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको व्यावसायिक सुरुवात कहिलेदेखि गरेको हो ?
       वि.सं. २०७८ माघ २२
      – फोरजी/एलटीई नेटवर्कमा आधारित यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न पाउने । साथै भ्वाइस कलमार्फत नै भिडियो कलको सुविधा लिन सक्ने ।
      – टेलिकमले गत जेठ ३ गते नै यसको परीक्षण सुरु गरेको थियो ।
      – फोरजी सेवामार्फत भ्वाइस कल गर्दा आवाजको गुणस्तर एचडीस्तरको हुने, व्यक्ति–व्यक्तिबीच भेटेरै कुराकानी गरेजस्तो गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने, कल सम्पर्क हुने दर छिटो हुने, आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने टेलिकमले जनाएको ।
      – टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनुपर्ने ।

      २. सन् २०२२ जनवरीमा मेलबर्नमा सञ्चालित अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्ने टेनिस खेलाडी को हुन् ?
       राफेल नाडाल (स्पेनिस टेनिस स्टार)
      – मेलबर्नमा जनवरी ३० मा भएको फाइनल खेलमा सो उपाधि जित्दै ३५ वर्षीय नाडालले पुरुष खेलाडीको
      कीर्तिमान बनाएका ।
      – खेलमा नाडालले दोस्रो बरीयताका रुसी खेलाडी डानियल मेडेभेदेभमाथि उत्कृष्ट जित निकालेका ।
      – अस्ट्रेलियन ओपन च्याम्पियन बनेसँगै नाडालले २१औँ ग्रान्डस्लामको उपाधि जितेका । नाडाल सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररसँग बराबरी थिए । जोकोभिच र फेडेररले २० वटा ग्रान्ड स्लामको उपाधि जितेका ।

      ३. वि.सं. २०७८ माघ १७ को मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गर्ने निर्णय गरेको हो ?
       शिलु मानन्धर
      – मानन्धर खुला विश्वविद्यालयकै व्यवस्थापन सङ्कायका पूर्वडिन हुनुहुन्छ ।
      – खुला विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. लेखनाथ शर्माको चारवर्षे कार्यकाल जेठ १८ गते सकिएको थियो ।

      ४. नेपालमा उत्पादित अर्गेली सबैभन्दा बढी कुन देशमा निर्यात हुने गरेको छ ?
       जापान
      – अर्गेलीबाट उच्चस्तरको कागज बनाउन सकिने ।
      – यसबाट बनाइएको मुद्रा बलियो र पानीमा भिजाउँदासमेत
      केही नहुने ।
      – जापानी मुद्रा (येन) बनाउन जापानले यसको आयात
      गर्ने गरेको ।
      – नेपालमा अर्गेली तीन श्रेणीमा उत्पादन हुने ः ‘ए’ श्रेणीको प्रतिकिलोको ५५० रुपियाँ, ‘बी’ श्रेणीको दुई सय र ‘सी’ श्रेणीको एक सय रुपियाँँ किलोसम्ममा बिक्री हुने गरेको । यसलाई वाफमा पकाएर विभिन्न श्रेणीमा प्रशोधन गर्ने गरिएको ।
      – नेपालको दोलखा, रामेछाप, इलाम, पाँचथर र ताप्लेजुङमा यसको उत्पादन गर्ने गरिएको ।

      ५. विश्वकै अग्लो स्थानमा छायाङ्कन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस् कायम गर्न सफल म्युजिक भिडियो कुन हो ?
       सुन्दर हिमाल
      – पत्रकारिता र कलाकारितामा संलग्न पाँच युवाले विश्वकै अग्लो स्थानमा ‘सुन्दर नेपाल’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरेर सो रेकर्ड कायम गरेका ।
      – पाँच हजार २० मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर सो म्युजिक भिडियो
      छायाङ्कन गरिएको ।
      – गीतकार बुद्धिराज राई, गायक टेक नाछिरिङ र शिखरजङ्ग श्रेष्ठ, गायिका माया गुरुङ, मोडेल तथा डान्सर सिर्जना किराँतीले सो भिडियो छायाङ्कन गरेर कीर्तिमान राखेका ।
      – यसअघि उच्च स्थानमा म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुकमा ‘हाइएस्ट अल्टिच्युड म्युजिक भिडियो अन ल्यान्ड’ शीर्षकमा नेपाली युवा सञ्चबहादुर राई, पुष्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलले ४८१४ मिटर उचाइमा रहेको गोक्यो ताल आसपासमा छायाङ्कन गरी कायम कीर्तिमान ‘सुन्दर हिमाल’ ले तोडेको ।

      ६. नेपालमा शहीद दिवस कहिले मनाइन्छ ?
       माघ १६
      – प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी हरेक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको ।
      – त्यस्तै माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाइँदै आएको ।

      ७. विन्टर ओलम्पिक–२०२२ को आयोजक राष्ट्र कुन हो ?
       चीन (बेइजिङ)
      – मिति: २०२२ फेब्रुअरी ४–२०
      – खेलाडी: २८७१
      – पुरुष: १५८१
      – महिला: १२९०
      – सहभागी राष्ट्र : ९१
      – संलग्न खेल सङ्ख्या : ७ (इभेन्ट्स :१०९)
      – अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडाले बेइजिङ ओलम्पिकमा आफ्ना खेलाडी पठाए पनि कूटनीतिक बहिष्कार गरेका ।
      – कूटनीतिक बहिष्कार घोषणा नगरे पनि जापानले यो ओलम्पिकमा कुनै पनि उच्च अधिकारी नपठाएको ।
      – शीत र ग्रीष्मकालीन ओलम्पिक खेलकुद आयोजना गर्ने बेइजिङ एक्लो सहर बन्न पुगेको ।
      –Motto : Together for a shared future

      ८. बाघ संरक्षणमा उत्कृष्ट कार्य गरेबापत अन्तर्राष्ट्रिय संरक्षण पुरस्कार प्राप्त गर्ने नेपालको राष्ट्रिय निकुञ्ज कुन हो ?
       बर्दिया राष्ट्रिय निकुञ्ज
      – विश्वमै दुर्लभ मानिएको पाटेबाघको संरक्षण गर्दै बाघको सङ्ख्या दोब्बर वृद्धि गरेको भन्दै सो निकुञ्ज
      पुरस्कृत भएको ।
      – सो पुरस्कार सन् २०२२ को सेप्टेम्बरमा रुसमा आयोजित दोस्रो बाघ सम्मेलनका अवसरमा प्रदान गरिने ।
      – संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु संरक्षण कोषलगायतका विश्वभर संरक्षणका क्षेत्रमा काम गर्ने नौवटा अन्तर्राष्ट्रिय संस्थाको समूहले बर्दिया राष्ट्रिय निकुञ्जलाई सो पुरस्कार प्रदान गरेको ।
      – सन् २००९ मा बर्दियामा बाघको सङ्ख्या १८ थियो भने सन् २०१८ को बाघको गणनामा ८७ वटा बाघ रेकर्ड
      गरिएका थिए ।
      – सन् २०१० मा रुसको सेन्ट पिटस्वर्गमा बाघ पाइने देशको पहिलो बाघ सम्मेलनमा नेपालले प्रतिबद्धता गरेअनुसार बाघको सङ्ख्या सन् २०२२ सम्म दोब्बर हुने स्थिति देखिएको ।
      – सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२१ रहेको थियो ।
      – सन् २०१८ को बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटा रा.नि.मा १६ गरी कुल २३५ वटा पाटेबाघ रेकर्ड गरिएका ।

      ९. २०७८ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ?
       व्यङ्ग्यकार नरनाथ लुइँटेल
      – यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको ।
      – दुवै पुरस्कारको राशि एक लाख एक हजार १११ रुपियाँ रहेको ।
      – भैरव पुरस्कार गुठीले ५५ हजार ५५५ रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरेको ।

      १०. बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्ने खेलाडी को हुन् ?
       थेरिज जोहाग (नर्वे)
      – (उनले महिला १५ किलोमिटर स्कियाथलनमा सो उपाधि हात पारेकी ।)

      ११. अरुण तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?
       ९०० मे.वा.
      – सङ्खुवासभा जिल्लामा निर्माण गर्न थालिएको यस जलविद्युत् आयोजनाको शिलान्यास वि.सं. २०७५ वैशाख २८ गते तत्कालीन प्र.म. केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा स्विचमार्फत काठमाडौँबाट भएको ।
      – २०८० सालभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको हाल (२०७८ पौष)सम्म ५४ प्रतिशत कार्य सम्पन्न भएको ।
      – यस परियोजनाको एक खर्ब चार अर्ब रुपियाँ लागत अनुमान गरिएको ।

      १२. पेगासस भन्नाले के बुझिन्छ ?
       जासुसी सफ्टवेयर प्रोग्राम
      – यसको प्रयोगबाट कुनै पनि व्यक्तिको गोप्य कुरा थाहा पाउन सकिने ।
      – पेगाससलाई कुनै स्मार्टफोनमा सेट गरिदियो भने ह्याकरले उक्त स्मार्टफोनको माइक्रोफोन, क्यामरा, अडियो, टेक्स्ट म्यासेज, इमेलका साथै लोकेसनसमेतको जानकारी लिन सक्ने ।
      – सन् २०२२ जनवरी २८ मा अमेरिकी अखवार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाइवेयर पेगासस खरिद गरको एक रिपोर्ट प्रकाशित गरेपश्चात् त्यहाँको राजनीतिमा तरङ्ग पैदा हुन पुगेको ।
      – सन् २०२१ मा पेगासस जासुसी सफ्टवेयरको माध्यमबाट कैयौँ देशका नेता, पत्रकार तथा सामाजिक अभियन्ताको कल रेकर्ड गरेको विषय सार्वजनिक भएको थियो ।

      १३. नेपालमा हाल आर्थिक हिसाबले पालिने मौरी कति प्रकारका छन् ?
       २ (एपी सेरेना र मेला फेरा)

      १४. अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक ह्याट्रिक विकेट लिने पहिलो नेपाली महिला खेलाडी को हुन् ?
       रुविना क्षेत्री

      १५. नेपाल सरकारद्वारा कहिलेसम्ममा निकृष्ट बालश्रम अन्त्य गर्ने घोषणा भएको छ ?
       वि.सं. २०७९
      – (त्यस्तै वि.सं. २०८२ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्ने घोषणा भएको ।)

      १६. नेपालको कुन ठाउँमा अटोभिलेज निर्माण गरिएको छ ?
       बुटवल

      १७. बागवानीका एन्टिभाइरस भनी कसलाई चिनिन्छ ?
       बागवानीविज्ञ मुकुन्द रञ्जित

      १८. वि.सं. २०७८ माघमा सञ्चालित २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
       एपीएफ क्लब
      – सहारा क्लब पोखराको आयोजना र हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि हात पारेको ।
      – एपीएफ पहिलो पटक उपाधि उचाल्दै इतिहास रच्न सफल भएको । २०६४ सालमा फाइनल पुगेर पनि नेपाल पुलिस क्लबसँग पराजित हुँदै उपाधि विमुख भएको एपीएफले १४ वर्षपछि उपाधि हात पार्न सफल भएको ।
      – एपीएफले उपाधिसँगै १० लाख एक हजार र मनाङले उपविजेता बन्दै पाँच लाख एक हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको ।
      – यस संस्करणमा एक विदेशीसहित १० टिमको सहभागिता रहको ।
      – प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी एपीएफका राजन गुरुङ एवं उत्कृष्ट गोलरक्षक एपीएफकै युया कुरियामा घोषित भएका ।

      १९. सामुदायिक बीउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?
       माछापुच्छे गा.पा. (कास्की)

      २०. युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा गरिएको स्थान कुन हो ?
       रियो द जेनिरियो (ब्राजिल)

      २१. नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?
       सिंहदरबार वैद्यखाना
      – राजा प्रताप मल्लका पालामा यो निकाय वैद्यखानाका रूपमा स्थापना भएको ।
      – शाहकालमा हनुमानढोका दरबारमा रहेको वैद्यखाना जङ्गबहादुर राणाको पालामा थापाथलीमा सारिएको थियो ।
      – सोपश्चात् चन्द्रशमशेर प्रधानमन्त्री भएपछि सिंहदरबारमा वैद्यखाना सारेर सिंहदरबार वैद्यखाना नामकरण गरिएको ।
      – वि.सं. २०५१ बाट सिंहदरबार वैद्यखाना विकास समितिमार्फत सिंहदरबार वैद्यखाना सञ्चालन हुँदै आएको ।
      – कुनै समय १८५ प्रकारका औषधि उत्पादन भइरहेको वैद्यखानामा हाल ३५ प्रकारका औषधि मात्र उत्पादन भइरहेको ।

      २२. नेपालमा मन्ट्रियल सन्धि–१९९९ कहिलेदेखि लागू भएको हो ?
       वि.सं. २०७५ मङ्सिर २९

      २३. विश्वको पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ?
       अनुसेह अन्सारी

      २४. युरोपेली सङ्घको सर्वोच्च अङ्ग कुन हो ?
       युरोपेली परिषद्
      प्रस्तुतकर्ता :टङ्क केसी

    • फाल्गुन ४, २०७८ बुधबार
    •  

    १. सरकारले रामसार सूचीमा सूचीकृत फेवाताल र वरिपरिको जलाधार क्षेत्रलाई समेटेर संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय कहिले गरेको हो ?
     वि.सं. २०७८ माघ २४
    – वि.सं. २०७८ माघ २४ को मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको ।
    – बैठकले फेवातालको प्राकृतिक संरचना यथावत् राखी संरक्षण गर्ने उद्देश्यका साथ सो निर्णय गरेको जनाएको ।
    – वि.सं. २०७८ माघ २५ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सो जानकारी दिइएको ।

    २. निजामती सूचना केन्द्र कहाँ निर्माण गर्न थालिएको छ ?
     निजामती किताबखाना (काठमाडौँ)
    – सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गर्दै निजामती किताबखानालाई निजामती सूचना केन्द्रका रूपमा निर्माण गर्न लागिएको ।
    – सूचना केन्द्र निर्माण भएपछि कर्मचारीको विगतदेखि हालसम्म सबै विवरण सहज र सर्वसुलभ रूपमा प्राप्त गर्न सकिने ।
    – अहिले कर्मचारीको नियुक्तिपत्र, नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, जोडिएको सेवा अवधि, कर्मचारीले पाएको पुरस्कार र विभागीय कारबाहीलगायत (नियुक्तिदेखि अवकाशसम्मको अभिलेखीकरणका) दस्तावेजलाई डिजिटलाइजेसन कार्य भइरहेको । सबै कर्मचारीको व्यक्तिगत विवरणको अभिलेख डिजिटलाइजेसन भएपछि कर्मचारीको विस्तृत विवरण कम्प्युटरमा निश्चित कोर्ड नम्बर हानेपछि प्राप्त गर्न सकिने ।
    – अहिले सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा ८७ हजार दरबन्दीमा मात्र कर्मचारी रहेको र बाँकी दरबन्दी रिक्त रहेको ।
    – वि.सं. १९०५ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरको पालामा निजामती, प्रहरी, जङ्गी र मिलिसियाका कर्मचारीको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखानाको नाममा किताबखाना कार्यालय स्थापना गरिएको थियो ।

    ३. स्वर साम्राज्ञी लता मङ्गेशकरको निधन कहिले भएको हो ?
     सन् २०२२ फेब्रुअरी १
    – गायन क्षेत्रमा प्रख्यात भारतीय कलाकार लता मङ्गेशकरले तीन दर्जन भाषामा झन्डै ५० हजार गीत रेकर्ड गराउनुभएको । यसमा नेपाली भाषाका गीत पनि पर्छन् ।
    – सन् १९८४ मा वल्र्ड रेकर्डमा ३० हजारभन्दा बढी गीत गाउनुभएकी गायिकाका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा लता मङ्गेशकरको नाम लेखिएको थियो ।
    – भारतका प्रसिद्ध सङ्गीतकार पण्डित दीनानाथ मङ्गेशकरका पाँच सन्तानमध्ये पहिलो सन्तान हुनुहुन्थ्यो– आवाजका जादुगर लता मङ्गेशकर । उहाँको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतको इन्दोरमा भएको थियो ।
    – आशा भोसले, उषा मङ्गेशकर, मीना मङ्गेशकर एवं हृदयनाथ मङ्गेशकर उहाँका भाइबहिनीहरू साङ्गीतिक क्षेत्रमै संलग्न हुनुभएको ।
    – थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित लताले सन् १९८९ मा सर्वोच्च सम्मान दादा साहेब फाल्के अवार्ड पाउनुभएको । यस्तै भारतको सर्वोच्च राष्ट्रिय सम्मान ‘भारत रत्न’बाट पनि सुशोभित हुनुभएको ।
    – ‘जिन्दगी प्यारका गीत है, दिदी तेरा देवर दिवाना, तुझे देखा तो ये जाना समन’जस्ता लोकप्रिय गीत उहाँले गाउनुभएको ।

    ४. सरकारले प्रतिस्थापन बजेट ल्याएको पाँच महिनापश्चात् बजेटको आकार घटाई कति कायम गरेको छ ?
     रु. १५ खर्ब ४६ अर्ब २८ करोड
    – आ.व. २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्याङ्कन सार्वजनिक गर्दै ८६ अर्ब ५५ करोड रुपियाँले बजेट घटाएको जनाइएको ।
    – यसअघि अर्थमन्त्री जनार्दन शर्माद्वारा वि.सं. २०७८ भदौ २५ मा प्रतिस्थापन बजेट प्रस्तुत गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपियाँको खर्च अनुमान सार्वजनिक गरिएको थियो ।
    – संशोधित बजेटअनुसार चालूतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड रुपियाँ बजेट खर्च हुने अनुमान गरिएको ।
    – त्यस्तै पुँजीगत खर्च कुल विनियोजनको करिब ३८ अर्ब घटाउँदै तीन खर्ब ४० अर्ब ३२ करोड रुपियाँ खर्च हने अनुमान गरिएको ।
    – वित्तीयतर्फ पनि १९ अर्ब घटाउँदै एक खर्ब ७० अर्ब ४९ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान रहेको ।
    – बजेट खर्चका लागि सरकारले राजस्व र आन्तरिक ऋण गरेर १२ खर्ब ८९ अर्ब ८२ करोड र वैदेशिक अनुदानतर्फ ५० अर्ब तथा वैदेशिक ऋणतर्फ दुई खर्ब छ अर्ब ४६ करोड रुपियाँ स्रोत जुटाउने संशोधित अनुमान गरेको ।
    – आर्थिक वृद्धिदर र राजस्वको लक्ष्य यथावत् नै रहेको ।

    ५. हाल विश्वकै सबैभन्दा अग्ली महिलाको रूपमा गिनिज बुकमा वल्र्ड रेकडर््स राख्न सफल महिला को हुन् ?
     रुमेस्या गेल्गी (टर्की)
    – २४ वर्षीया गेल्गीको उचाइ ७.०७ फिट रहेको ।
    – उनी अहिलेसम्मकै विश्वको सबैभन्दा अग्ली जीवित महिला भएको बताइएको ।
    – यसअघि यो उपाधि चीनकी ७ फिट ७ इन्च अग्ली याओ देफेनको नाममा रहेको । उनको ४० वर्षको उमेरमा निधन भएको ।

    ६. रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्मित लिखु–४ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
     ५२.४ मे.वा. (२०७८ मङ्सिरमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको ।)
    – रामेछापको उमाकुण्ड गाउँपालिका–७, भुजी र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई विमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ कि.मि. लामो भूमिगत सुरुङमार्फत खिजिदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको ।
    – उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको ।
    – उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली न.पा.–६, खिम्तीमा निर्मित न्यु खिम्ती सबस्टेसनमा जोडिएको ।

    ७. प्रशासकीय अदालत ऐन, २०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुङ्गो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवाबाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदन सम्बन्धमा के व्यवस्था रहेको छ ?
     पुनरावेदन खारेज नहुने (अन्तिम किनारा गर्नुपर्ने)

    ८. नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजनाअनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्म रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ?
     १५ वर्ष

    ९. प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव गर्नेसम्बन्धी सूचना कहिले दर्ता गरियो ?
     वि.सं. २०७८ फागुन १
    – सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदद्वारा सूचना दर्ता गरिएको ।
    – विभिन्न २१ आरोप लगाई दर्ता गरिएको सूचनामा प्रस्तावकसहित ९८ सांसदको हस्ताक्षर रहेको ।
    – महाभियोग सूचना दर्ताका लागि प्रतिनिधि सभाको एक चौथाइ सदस्य भए पुग्ने संवैधानिक व्यवस्था रहेको ।
    – महाभियोग सूचना दर्तासँगै प्रधानन्यायाधीश जबरा स्वतः
    निलम्बनमा पर्नुभएको ।
    – महाभियोग सूचना दर्तापछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको ।
    – यसअघि पनि नेपाली काँग्रेस र माओवादी केन्द्रको सत्ता गठबन्धन रहेका बेला तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग दर्ता भएको थियो तर राजनीतिक विवादका कारण पछि फिर्ता लिइएको थियो ।

    १०. नेपालको कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ?
     अमादब्लम


    ११. साहित्य लोकहितमा सिर्जित कलापूर्ण विषय एवं स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रभावकारी चिन्तन हो भन्ने साहित्यकार को हुन् ?
     घटराज भट्टराई

    २. परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई केको प्रतीक मानिन्छ ?
     न्याय (ढुकुरलाई प्रेमको प्रतीक मानिने)

    १३. नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट कुन हो ?
     सानो स्याट–१
    – यो स्याटेलाइटलाई वि.सं. २०७८ पौष २९ (सन् २०२२ जनवरी १३)मा स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत (अमेरिकाको केप क्यार्निभल फ्लोरिडा स्पेस सेन्टरबाट) प्रक्षेपण गरिएको ।
    – यो स्याटेलाइटलाई भक्तपुरको ओरियन स्पेसले निर्माण गरेको ।

    १४. मेचे जातिको मुख्य बसोवास रहेको जिल्ला कुन हो ?
     झापा
    – (सिउँडीको बोटलाई कुल देवता मान्ने यस जातिको पुरोहितलाई ‘दिउसी भनिन्छ ।)

    १५. प्रशासन क्षेत्रको अध्ययन र अनुसन्धान गरी सरकारलाई सल्लाह सुझाव दिने प्रयोजनका लागि सरकारले कुन कार्य अघि बढाउने निर्णय (२०७८ माघ) गरेको छ ?
     प्रशासनविज्ञको नाम सूचीकृत गर्ने
    – यसमा सार्वजनिक निकायबाट सह–सचिवस्तरको सेवाबाट अवकाश भएका व्यक्तिले नाम सूचीकृत गराउन सक्ने ।
    – त्यस्तै विश्वविद्यालयका जनप्रशासन, नीति व्यवस्थापन विषयमा स्नातकोत्तर वा सोभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरी सार्वजनिक प्रशासनका क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थामा अनुसन्धानकर्ताका रूपमा न्यूनतम सात वर्ष काम गरी प्रशासनसम्बन्धी पुस्तक प्रकाशन तथा अनुसन्धानमूलक लेख प्रकाशन गरेका व्यक्तिलाई प्रशासनविज्ञका रूपमा लिन सकिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको ।

    १६. देशको पहिलो विद्युत् चुहावटमुक्त घोषित नगरपालिका कुन हो ?
     कन्काई नगरपालिका, झापा

    १७. दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बीओपीको स्थापना कहिले भएको हो ?
     वि.सं. २०७७ वैशाख ३१

    १८. नेपालमा जिरो हङ्गर च्यालेन्ज अभियान औपचारिक रूपमा कहिले सुरु भएको हो ?
     वि.संं. २०७१ पौष ४

    १९. संयुक्त राष्ट्रसङ्घको महासभाका पहिलो अध्यक्ष को हुन् ?
     बेल्जियमका पाउल हेनरी स्पार्क
    – (यूएनओ महासभाको पहिलो महिला अध्यक्ष भारतकी विजयालक्ष्मी पण्डित हुन् ।)

    २०. फाइनान्सियल एक्सन टाक्स फोर्स (FATF)को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरव मुलुक कुन हो ?
     साउदी अरव

    २१. ‘हाइवे अफ स्पेसियल प्रोग्राम’ केसँग सम्बन्धित छ ?
     One Village One Product (OVOP)

    २२. नेपालमा औद्योगिक गणनाको थालनी कहिलेदेखि भएको हो ?
     वि.सं. २०२२
    – नेपालमा प्रथम औद्योगिक गणना वि.सं. २०२२ मा गरिएको ।
    – औद्योगिक गणना प्रत्येक पाँच–पाँच वर्षमा गरिने ।

    २३. नेपालको कुन ठाउँमा सुनौला रङको कछुवा फेला परेको हो ?
     जनकपुर
    – (सन् २०१८ अप्रिल १४ का दिन जनकपुरमा यो कछुवा पहिलो पटक देखिएको थियो । विश्वव्यापी अध्ययन गर्न र पुष्टि गर्न भने दुई वर्ष लागेको । नेपालमा सुनौलो रङ भएको कछुवा पहिलो पटक अभिलेख भएको पुष्टि गर्दै हर्पेटो नोट्समा २१ अगस्त २०२० मा अध्ययन प्रतिवेदनका रूपमा छापिएको ।)

    २४. अष्टिम्की पर्व कुन जातिमा प्रचलनमा रहेको छ ?
     थारू
    – महिला व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अष्टिम्की पर्व मनाउने परम्परा थारू समुदायमा रहेको ।
    – पर्वको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरमा बहरी (बैठक कोठा) का भित्ता लिपपोत गरी चुनले रङ्ग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्र कोर्ने परम्परा रहेको ।
    – पर्वको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गरिने । पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी खोलामा सेलाउने गरिन्छ । नदी, खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, खरियालगायतका परिकार खाने गरिन्छ । खानुअघि प्रत्येक परिकारबाट केही भाग निकालेर राखिन्छ, जसलाई फरहार भनिन्छ । सो परिकारलाई विवाहिता छोरीचेलीलाई अग्रासन (कोसेली)का रूपमा दिने चलन छ ।

    २५. नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
     धारा १८ (४)
    प्रस्तुतकर्ता : टङ्क केसी

    •  फाल्गुन ११, २०७८ बुधबार
    •  

      . कोहलपुरमा निर्माण भएको गोरखापत्र संस्थानको प्रकाशन गृहको उद्घाटन कहिले गरिएको हो ?
       वि.सं. २०७८ फागुन ७
      – सो प्रकाशन गृहको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा काठमाडौँबाट भर्चुअल रूपमा गरिएको ।
      – दुई वर्षअघि भाडाको पूर्वाधारबाट प्रकाशन सुरु भए पनि विविध कठिनाइका कारण प्रकाशनको काम अवरुद्ध बन्न पुगेको थियो ।

      २. भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान कहिले सुरुवात गरियो ?
       वि.सं. २०७८ फागुन ६
      – करिब एक हप्ताको क्यालिब्रेसन फ्लाइटपश्चात् परीक्षण
      उडान गरिने ।
      – वि.सं. २०७९ वैशाख १ गते विमानस्थल उद्घाटन गरिने ।

      ३. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ?
       छिमेकी चरा
      – सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको ।
      – सो एपमार्फत चराको सङ्ख्या, जिल्लाअनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको ।
      – यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वनजङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने । एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने । चराको फोटोसँगै नम्बर पनि राखिएको । चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आफूले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग माग्न सकिने ।
      – विदेशमा यस्तो अभ्यास धेरै अघिदेखि हुँदै आएको ।
      – सङ्घका अनुसार हाल (२०७८ फागुन)सम्म नेपालमा ८८८ प्रजातिका चरा पहिचान भएका ।

      ४. रोलेक्स कन्जर्भेसन अवार्ड, २०२१ बाट सम्मानित हुने नेपाली को हुन् ?
       रिन्जिन फुन्डोक लामा

      ५. नेपाल धितोपत्र बोर्डको अध्यक्षमा कसलाई नियुक्त गरियो ?
       रमेश हमाल
      – (वि.सं. २०७८ फागुन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।)

      ६. दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी बन्ने राष्ट्रसेवक कर्मचारी को हुनुहुन्छ ?
       उपसचिव सीता परियार
      – गृह मन्त्रालयले उहाँलाई हुम्ला जिल्लाको सीडीओको जिम्मेवारी दिएको ।
      – कास्कीको रूपा गाउँपालिका–६ की स्थायी बासिन्दा परियार २०६८ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएको ।

      ७. सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?
       नेपाल पिक

      ८. साहित्यकार तारानाथ शर्मा (ताना)को निधन कहिले भएको हो ?
       वि.सं. २०७८ फागुन ३
      – घोत्ल्याइँहरू (२०२१), भानुभक्तदेखि तेस्रो आयामसम्म (२०२७), सम र समका कृति (२०२९) उहाँका चर्चित समालोचना कृति हुन् । बेलायततिर बरालिँदा (२०२६) र पाताल प्रवास (२०४२) प्रसिद्ध नियात्रा हुन् । नमस्ते (२०४४), जीवनका छाल (२०३०), श्रद्धाका सुमन (२०४४) प्रसिद्ध निबन्ध सङ्ग्रह एवं सुली (२०३०), मेरो कथा (२०२३), झझल्को (२०२३), ओझेल पर्दा (२०३५) उनका औपन्यासिक कृति हुन् ।
      – वि.सं. १९९१ असार ९ गते इलामको बरबोटेमा जन्मनुभएका शर्मा ‘ताना शर्मा’को नामबाट परिचित हुनुहुन्थ्यो ।
      – नेपाली भाषाको झर्रोवादी आन्दोलनका अभियन्ता ।
      – शर्माले बेलायततिर बरालिँदा निबन्ध सङ्ग्रहका लागि २०२६ सालमा मदन पुरस्कार, २०२९ सालमा ‘सम र समका कृति’का लागि साझा पुरस्कार पाउनुभएको थियो । २०२३ सालमा रत्नश्री स्वर्णपदक पाउनुभएका उहाँ २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारबाट पनि सम्मानित हुनुभएको थियो ।

      ९. नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा देशकै ठूलो चार सय केभी सबस्टेशन कहाँ निर्माण गरिएको छ ?
       धनुषा

      १०. हाउस अफ रिप्रिजेन्टेटिभमा दोस्रो पटक महाभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ?
       डोनाल्ड ट्रम्प

      ११. ल्यान्ड अफ क्रिकेट भनी कुन देशलाई चिनिन्छ ?
       इङ्गल्यान्ड

      १२. महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार बेरुजु फस््र्योटमा उत्कृष्ट बनेको विश्वविद्यालय कुन हो ?
       लुम्बिनी बौद्ध विश्वविद्यालय (लगातार तेस्रो पटक उत्कृष्ट बनेको)
      – बेरुजु फस्र्योट मूल्याङ्कन तथा अनुगमन समितिले बेरुजु फस्र्योटमा निर्धारण गरेका लक्ष्य पूरा गर्दै विश्वविद्यालय उत्कृष्ट बनेको ।
      – सो विश्वविद्यालयको आ.व. २०७६÷७७ को लेखापरीक्षणमा ०.४ प्रतिशत मात्रै बेरुजु देखिएको ।

      १३. ड्रोन निर्माण गरी उडाउने १५ वर्षीय विद्यार्थी को हुन् ?
       किरण अधिकारी (लमजुङ)
      – लमजुङस्थित यशोब्रह्म माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत अधिकारीले ड्रोन बनाई उडाएका ।
      – सो ड्रोनले तीन कि.मि.को दूरी र उचाइमा पनि तीन कि.मि. उड्न सक्ने बनाएका ।
      – डेढ केजीसम्मको तौल बोक्न सक्ने सो ड्रोनले औषधि बोक्ने, सभा समारोहमा पूmलको वर्षा गराउने, राष्ट्रिय झन्डाको प्रदर्शन गर्नेजस्ता कार्य गर्न सक्ने गरी बनाइएको ।
      – उनले कक्षा ९ मा पढ्दै गर्दा आपूmले बनाएको रिमोट कन्ट्रोल गाडीमा चढेर एक किमिको यात्रा गरेका ।
      १४. आसियानका वर्तमान महासचिव को हुन् ?
       लिम जाक होइ (ब्रुनाई)

      १५. नेपालकै पहिलो स्काइ क्याफे कहाँ सञ्चालनमा ल्याइएको छ ?
       पर्वत (वि.सं. २०७८ माघ)
      – कालीगण्डकीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जीबराबरकै उचाइमा सो क्याफे सञ्चालन गरिएको ।
      – स्काइ साइक्लिङका लागि राखिने तारजस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा तार टाँगेर बेन्च टेबलसहितको क्याफेलाई घिर्नीको माध्यमबाट सोही तारमा झुन्ड्याइएको । घिर्नीको माध्यमबाट डरलाग्दो भीरमाथि तारमा क्याफे बिस्तारै हिँडिरहेको हुन्छ । त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्दा अर्डर गरेको खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न सक्ने ।
      – झन्डै ९५ लाख रुपियाँको लगानीमा बनेको उक्त क्याफेमा प्रतिव्यक्ति २५ सय शुल्क राखिएको ।

      १६. यस वर्ष (सन् २०२२) को ओस्कार अवार्डका लागि विभिन्न विधामा मनोनयनमा परेका उत्कृष्ट चलचित्र कुन कुन हुन् ?
       क्ेल फास्ट, कोडा, डन्ट लुक अप, ड्राइभ माइ कार, ड्युन, किङ्ग रिचर्ड, लिकोराइस पिज्जा, नाइटमेयर एली, द पावर अफ डग, बेस्ट साइड स्टोरी
      – मनोनयन सूचीमा नेटफ्लिक्सको द पावर अफ द डग सर्वाधिक १२ विधामा मनोनयन भएको ।
      – त्यस्तै फिल्म ड्युन उत्कृष्ट चलचित्र र निर्देशकसहित १० विधामा मनोनयन भएको । फिल्म वेल फास्ट र साइड स्टोरीले उत्कृष्ट चलचित्रसहित सात विधामा मनोनयन सुरक्षित गरेका ।

      १७. अपराधीलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका थिए ?
       जयस्थिति मल्ल

      १८. मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्य थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?
       चौबिसे राज्य

      १९. पूर्वको गोसाइँकुण्ड भनेर चिनिने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुन हो ?
       तिम्बुपोखरी
      – पाँचथरको याङवरक गाउँपालिका–२ र ताप्लेजुङको सिदिम्बा गाउँपालिका–१ को सीमामा अवस्थित तिम्बुपोखरी पर्यटकीय र धार्मिक दृष्टिले महìवपूर्ण गन्तव्यका रूपमा चिनिएको ।
      – समुद्री सतहबाट ४४८० मिटरको उचाइमा रहेको तिम्बुपोखरी नेपालको नक्सा आकारमा फैलिएको ।
      – तिम्बुपोखरी आसपासमा हाडीपोखरी, रामलक्ष्मण, लक्ष्मी पोखरी, मयुरपोखरी, दुधपोखरी लगायतका पोखरी रहेका ।
      – कञ्चनजङ्घासहित अन्य हिमशृङ्खला दृश्यावलोकनका साथै यात्राका क्रममा हिमाली जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न सकिनेलगायतका आकर्षण यस क्षेत्रमा रहेको ।

      २०. व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
       वाणिज्यमन्त्री वा राज्यमन्त्री

      २१. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?
       सन् १९९८
      – संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।
      – हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका ।

      २२. स्वरसाम्राज्ञी लता मङ्गेशकरको निधन कहिले भएको हो ?
       सन् २०२२ फेब्रुअरी ६

      २३. चर्चित गायक तथा सङ्गीतकार बप्पी लहरीको निधन कहिले भएको हो ?
       सन् २०२२ फेब्रुअरी १५
      – सन् १९५२ मा पश्चिम बङ्गालमा जन्मिएका बप्पीको मातापिता दुवै बङ्गाली गायक गायिका तथा सङ्गीतकार थिए । किशोर अवस्थामा नै सङ्गीत क्षेत्रको बाटो तय गरेका उनले सन् १९७२ मा बङ्गाली फिल्म दादुमार्फत फिल्मी गीतमा सङ्गीत भर्न थालेका थिए भने सन् १९७३ मा आएको फिल्म नन्हा शिकारीमार्फत हिन्दी फिल्मका गीतमा समेत सङ्गीत भर्न सुरु गरेका थिए ।
      – फिल्म डिस्को डान्सरको आई एम ए डिस्को डान्सर बोलको गीतले उनलाई थप चर्चित बनाएको ।
      – करिब नौ हजार गीतका लागि सङ्गीत सिर्जना गरेका उनका याद आ रहा हे तेरा प्यार, तमा तमा लोगे, दिवाना दिवाना कर, आना आना, चलते चलतेलगायतका गीत निकै
      चर्चित रहेका ।

      २४. चीनले लङ मार्च टु एफ नामक रकेटमार्फत तीन अन्तरिक्ष यात्रीलाई कहिले आफ्नो नयाँ स्पेस स्टेसनमा पठाएको हो ?
       सन् २०२१ जुन १७

      २५. भूमिसम्बन्धी ऐन, २०२१ अनुसार ‘विभाग’ भन्नाले के बुझिन्छ ?
       भूमि व्यवस्थापन तथा अभिलेख विभाग

      २६. हाल (२०७८ फागुन) सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहमा गरी कति कर्मचारीको दरबन्दी रिक्त रहेको छ ?
       ४९ हजार
      – विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको ।
      – ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको कार्यमा असर पुग्न गएको ।

      २७. तरुनी छोरीका लेखक शङ्कर कोइराला हुन् भने तरुनी खेतीका लेखक को हुन् ?
       सरुभक्त

      २८. केन्द्रीय तथ्याङ्क विभागको स्थापना कहिले भएको हो ?
       वि.सं. २०१४

      २९. मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?
       छाउनी, काठमाडाँैं
      – (१८ हजारभन्दा बढी महìवपूर्ण एवं विश्वकै दुर्लभ कला तथा वस्तुको सङ्ग्रह रहेको यो सङ्ग्रहालय वि.सं. १९९५ फागुन १ देखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको ।)

      ३०. ग्लोबल इन्नोभेसन इन्डेक्स–२०२१ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
       १११औँ
      प्रस्तुतकर्ता : टङ्क केसी

      •  फाल्गुन १८, २०७८ बुधबार
      •  

        १. मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अमेरिकी अनुदान सहायता सम्झौता प्रतिनिधि सभाबाट कहिले अनुमोदन भएको हो ?
         वि.सं. २०७८ फागुन १५
        – सत्ता गठबन्धनमा रहेका नेपाली कांँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदनका लागि भएको समझदारीबमोजिम सम्झौता पारित भएको ।
        – अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा नेपालको संविधानको धारा २७९ र प्रतिनिधि सभा नियमावलीको नियम २३० बमोजिम सभाले सम्झौताको अनुमोदन गरेको ।
        – सम्झौताको संसदीय अनुमोदनसँगै अब सम्झौता कार्यान्वयनमा आउने ।
        – प्रतिनिधि सभामा दर्ता भएको ३१ महिनापछि सम्झौता अनुमोदन भएको । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा २०७६ असार ३० मा सम्झौता दर्ता गरिएको थियो ।
        – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको रायअनुसार संसद्मा दर्ता गरिएको थियो । कानुनकै रायअनुसार प्रतिनिधि सभाको साधारण बहुमतबाट अनुमोदन गरिएको । अन्य सन्धि भने सङ्घीय संसद्को दुवै सदनबाट अनुमोदनको अभ्यास रहेको ।

        २. महाशक्ति राष्ट्र रुस र युक्रेनबीच युद्ध कहिले सुरु भएको हो ?
         सन् २०२२ फेब्रुअरी २४
        – रुसले युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई सन् २०२२ फेबु्रअरी २१ मा स्वतन्त्र राज्यको मान्यता दिई त्यहाँ शान्ति स्थापनाको नाममा सन् २०२२ फेब्रुअरी २२ मा आफ्नो सेना पठाएसँगै युद्धको सुरुवात भएको हो ।
        – साथै युक्रेनले नेटोको सदस्यता लिने तयारी गरिरहेको कुरा पनि रुसलाई स्वीकार्य छैन ।
        – युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले फेब्रुअरी २२ मा राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी हस्तक्षेप अस्वीकार्य भएको बताएका ।
        – यसअघि सन् २०१४ मा युक्रेनको क्रिमिया प्रायद्वीपलाई रुसले बलपूर्वक आफुमा विलय गराएको थियो । सो घटनासँगै पूर्वी युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कमा स्वतन्त्रताका लागि विद्रोह सुरु भएको ।
        – युक्रेनको सीमा पश्चिममा युरोपेली देश र पूर्वमा रुससँग जोडिएको छ । युक्रेन पूर्व सोभियत सङ्घको सदस्य हो । युक्रेनले सन् २०१४ मा जब आफ्नो रुसी समर्थक राष्ट्रपतिलाई हटायो, यसबाट पनि रुस युक्रेनसँग बेखुस बन्न पुगेको थियो ।
        – सन् १९९१ को अगस्तमा युक्रेन सोभियत सङ्घबाट स्वतन्त्र भएको हो तर पछिल्लो समय युक्रेन युरोप र अमेरिकाको नजिक भएको छ, जुन कुरा रुसलाई मन परेको छैन ।
        – रुसको चाहना बेलारुसजस्तै युक्रेन पनि सधैँ आफ्नै पक्षधर देश बनोस् भन्ने रहेको ।
        – सन् २०१४ मा रुसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रुसविरोधी भावना बढ्यो । रुसविरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति बने । सन् २०१९ मा हास्य कलाकारसमेत रहनुभएका भ्लोदिमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमा देशसँग झनै नजिकियो ।
        – अहिले युक्रेनमा आफ्नो पक्षधर राष्ट्रपति पनि नभएको साथै ईयू र नेटोको सदस्यता लिन युक्रेनले तयारी गरेकाले रुसलाई यो सह्य भएको छैन ।
        – रुस र युक्रेनबीच करिब १२ सय माइल सीमा जोडिएको छ । युक्रेन पनि नेटोको सदस्य बने अमेरिकी नेतृत्वको सेना रुसको सीमामा पुग्न सक्नेछ । युक्रेनी नेतृत्व रुसविरोधी भए रुसको सुरक्षा खतरामा पनी रुसी अधिकारीको चिन्ता छ ।

        ३. नेपाललाई बर्खायाममा बढी हुने विद्युत् भारतले खरिद गर्ने सम्बन्धमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा कहिले सहमति भएको हो ?
         वि.सं. २०७८ फागुन १२
        – फागुन १२ मा काठमाडौंँमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी) बैठकमा सो सहमति भएको ।
        – ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको नवौँ बैठकले दुई देशबीच रहेका प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय विद्युत् आयात निर्यात लगायतका विषयमा छलफल गरी विभिन्न सहमति गरेको ।
        – सन् २०१४ मा सम्पन्न नेपाल–भारत विद्युत् व्यापार सम्झौताको दफा ५ मा व्यवस्था भएअनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यससम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय समितिको नवौँ बैठक बसेको ।

        ४. चर्चित Seven Rila Lakes कुन देशमा रहेको छ ?
         बुल्गेरिया

        ५. खानी तथा भूगर्भ विभागद्वारा गरिएको अध्ययनअनुसार नेपालमा युरेनियमका कणहरू कहाँ भेटिएको छ ?
         मुस्ताङ, मकवानपुर र दैलेख

        ६. सर्वप्रथम क्यासेट टेपको आविष्कार कसले गरेका हुन् ?
         लाउ ओटेन्स (सन् २०२१ मार्च ६ मा उनको निधन भएको ।)

        ७. किराँत राई समुदायमा प्रचालित पर्व उधौली र उभौलीमा नाचिने प्रमुख नृत्यलाई के भनिन्छ ?
         साकेला

        ८. संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित कति जना न्यायाधीश रहने व्यवस्था छ ?
         पाँच जना


        ९. नेपाल सरकारद्वारा कोभिड–१९ विरुद्धको खोप अभियान कहिलेबाट सुरु गरिएको हो ?
         वि.सं. २०७७ माघ १४

        १०.Templeton Prize–2021बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
         जेन गुडाल

        ११. सन् २०२३ को One Day International World Cup क्रिकेट प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
         भारत

        १२. गरिबी निवारण कोष कहिले खारेज भएको हो ?
         वि.सं. २०७८ (स्थापना ः वि.सं. २०६०)

        १३. लोकगायक तथा कलाकार जयनन्द लामाको निधन कहिले भएको हो ?
         वि.सं. २०७८ फागुन ११
        – लोकगायक, सङ्गीतकार, अभिनेता, निर्माता तथा निर्देशकका रूपमा आफ्नो परिचय बनाउनुभएका लामा पाँच दशकदेखि कलाकारितामा क्रियाशील रहँदै आउनुभएको थियो ।
        – २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गर्नुभएका लामाले लोकसङ्गीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आउनुभएको ।
        – लामाको आवाजमा रहेका कलकत्ते काइँयो, केस मेरो बाङ्ग्यो..., टेबलमा ऐना छ..., चट्ट परेको चुल्ठी..., हेर्दैमा राम्री..., चुइँचुइँ चुइँकने जुत्ता..., नाच्यो झिल्के नाच्यो..., मुलाको चाना..., सलल...लगायतका गीत निकै लोकप्रिय रहेका ।
        – सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा पछिल्लो समय हास्य टेलिशृङ्खला हल्का रमाइलोमा अभिनय गर्दै आउनुभएको थियो ।

        १४. Expect Amazing कुन खेल आयोजनासँग सम्बन्धित रहेको छ ?
         फिफा विश्वकप २०२२

        १५. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७८ अनुसार अस्तित्वमा रहेकामध्ये कति संस्थान नाफामा रहेका छन् ?
         २४ (घाटामा सञ्चालित ः १८ र शून्य कारोबार गरेका संस्थान ः २)

        १६. भैरव पुरस्कार गुठीले भैरव पुरस्कार–२०७८ कसलाई प्रदान ग-यो ?
         व्यङ्ग्यकार नरनाथ लुइँटेल (पुरस्कार राशि ः १,०१,१११÷–)
        – त्यस्तै पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार (राशिः रु. १,०१,१११÷–) संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको ।
        – भैरव प्रतिभा पुरस्कार (राशि ः रु ५१,१११÷–) साहित्यकार विमल भौकाजीलाई प्रदान गरिएको ।

        १७. पाठयक्रमको मूल्याङ्कन भन्नाले के बुझिन्छ ?
         उद्देश्य, विषयवस्तु, शिक्षण सिकाइ, कौशल र मूल्याङ्कनको लेखाजोखा

        १८. जितगढी रुपन्देहीमा पर्छ भने अमरगढी कहाँ पर्छ ?
         डडेलधुरा

        १९. ‘शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो’ भन्ने विद्वान् को हुन् ?
         मार्क भानडोरेन, अमेरिकी कवि

        २०. कुन जनावरलाई मरुभूमिको जहाज भनी चिनिन्छ ?
         ऊँट

        २१. विश्वमा सर्वप्रथम बजेट पेस गर्ने व्यक्ति को हुन् ?
         रबर्ट वालपोल (ब्रिटेनका तत्कालीन वित्तमन्त्री)

        २२. राजमाता वसन्तावतीले कुन नदीको किनारमा दूधको धारा बगाई सन्धि गराएकी थिइन् ?
         चेपे नदी

        २३. प्राचीन कालमा चोभारलाई कच्छपाल गिरि भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?
         दोलाद्री गिरी

        २४. ग्रेट ओक नामक उड्न नसक्ने प्रजातिको पन्छी पृथ्वीबाट कहिले लोप भएको अनुमान छ ?
         सन् १८५०
        – (यो पन्छी अन्तिम पटक सन् १८५० मा देखिएको ।)

        २५. प्रथम विश्वयुद्धमा बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
         कुलवीर थापा

        २६. चीनको ग्वान्जाओमा नेपालको महावाणिज्य दूतावासको स्थापना कहिले गरिएको हो ?
         वि.सं. २०७४ भदौ २५ (१० सेप्टेम्बर २०१७)

        २७. संयुक्त राष्ट्रसङ्घद्वारा बालअधिकार महासन्धि कहिले पारित गरिएको हो ?
         सन् १९८९

        २८. हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन् ?
         आङरिता शेर्पा
        – (अक्सिजनबिना नै सगरमाथाको सफल आरोहण गर्न सफल पर्वतारोही । चोयु, मनास्लु, ल्होल्से, अन्नपूर्ण, धौलागिरि, माउन्ट के टुलगायतका दर्जनौैँ हिमाल पनि बिनाअक्सिजन नै आरोहण गरी हिमालको हिरोका रूपमा चिनिने । आङरिताले आफ्नो नाममा हिमचितुवाको उपनाम थप्न सफल भएका ।)

        २९. झाँगडहरूको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ ?
         भाइजन

        ३०. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा भिटो ख्भ्त्इ प्रयोग गर्ने अधिकार कसलाई छ ?
         पाँच स्थायी सदस्य राष्ट्र
        – (अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन)
        प्रस्तुतकर्ता : टङ्क केसी

    • फाल्गुन २५, २०७८ बुधबार
    •  

      १. पश्चिम नवलपरासी बर्दघाट नगरपालिकास्थित दबिला क्षेत्रलाई के घोषणा गरिएको छ ?
       बुद्धकालीन हलिदावसन नगर
      – गौतम बुद्धको मावलीस्थल प्राचीन कोलीय गणराज्यअन्तर्गत पर्ने विभिन्न नगरमध्ये एउटालाई स्थानीय सरकारले सो घोषणा गरेको ।
      – प्राचीन कोलीय गणराज्यअन्तर्गत उत्तरक, ककरपत्त, हलिदावसन, संयोगा, रामग्राम, सज्जनेल एवं कुन्डीय नामका सात नगर रहेको इतिहासविद्ले उल्लेख गरेका ।
      – प्राचीन कोलीय राज्यको राजधानी हाल पण्डितपुरमा रहेको पुराताìिवक अध्ययनले देखाएको भए पनि अन्य प्राचीन नगर कहाँ थिए भन्ने अध्ययन अनुसन्धानको विषय बनेको ।

      २. नेपाल राष्ट्र बैङ्कले तर्जुमा गरेको चौथो रणनीतिक योजनाको अवधि कुन हो ?
       सन् २०२२–२०२६
      – राष्ट्र बैङ्कले पाँच वर्ष अवधिको रणनीतिक योजना तर्जुमा गरेको ।
      – केन्द्रीय बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनस्र्थापना गर्न, राष्ट्रले अपेक्षा गरेअनुसार अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग प्रभावकारी संयोजन गर्न र बैङ्किङ, वित्तीय र बाह्य क्षेत्रसँगको स्थायित्व कायम गर्न अवलम्बन गर्नुपर्ने विशेष र नवप्रवद्र्धनात्मक उपाय यो रणनीतिक योजनामा समेटिएको ।
      – रणनीतिले परिलक्षित गरेको आधारमा नै राष्ट्र बैङ्कले आगामी दिनमा आफ्ना कामकारबाही अगाडि बढाउने जनाएको ।
      – राष्ट्र बैङ्कले सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको ।
      – योजनाले सात रणनीतिक खम्बा र १८३ कार्ययोजना समेटेको ।

      ३. नेपालमा पहिलो पटक बिनाअप्रेसन मुटुको भल्भको सफल प्रत्यारोपण कहिले गरियो ?
       वि.सं. २०७८ फागुन १६
      – शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टीएभीआई) विधिबाट ८० वर्षीय महिलाको मुटुको भल्ब फेरेको ।
      – टीएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमको तार अर्थात् क्याथरेटरद्वारा मानवनिर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिने÷गरिएको ।
      – अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले भारतका मुटुरोग विशेषज्ञ डा. शाही सतीश नेतृत्वमा अस्पतालको टिमले सो सफल प्रत्यारोपण गरेको ।
      – बिरामीलाई बेहोस पारी छाती शल्यक्रिया गर्नुपर्ने भएकाले यो पद्धतिमा जटिलता पनि कम हुने र बिरामी चाँडै निको हुने अस्पतालले जनाएको ।

      ४. विश्व बैङ्कद्वारा प्रकाशित वुमन बिजनेस एन्ड ल–इन्डेक्स २०२२ अनुसार नेपालमा महिलाको आर्थिक अवसर र सशक्तीकरणको समग्र सूचकाङ्क कति रहेको छ ?
       ८०.६
      – सो प्रतिवेदनअनुसार सार्क राष्ट्रको अवस्था ः
      नेपाल– ८०.६
      भारत – ७४.४
      माल्दिभ्स – ७३.८
      भुटान – ७१.९
      श्रीलङ्का – ६५.६
      पाकिस्तान – ५५.६
      बङ्गलादेश – ४९.४

      – सो प्रतिवेदनअनुसार आर्थिक अवसर र सशक्तीकरणमा नेपाली महिला सार्क राष्ट्रमा अग्रस्थानमा रहेका पाइएको ।
      – सो प्रतिवेदनअनुसार अग्रस्थानमा रहेका दस राष्ट्र


      – प्रतिवेदनअनुसार वेस्ट बैङ्क एन्ड गाजा २६.३ अङ्कका साथै सूचीको अन्तिम स्थानमा रहेको । त्यस्तै सूचीको दोस्रो अन्तिम स्थानमा २६.९ अङ्कका साथ यमन रहन पुगेको ।

      ५. २०७८ फागुनमा राजधानीमा सम्पन्न मिस ब्युटिफुल नेपाल २०२२ प्रतियोगिताको उपाधि जित्ने युवती को हुन् ?
       यसिमा मल्ल ठकुरी
      – त्यस्तै विवाहित युवतीबीचको सौन्दर्य प्रतियोगिताको उपाधि ‘मिसेस ब्युटिफुल नेपाल २०२२’को उपाधि रोजिना अधिकारीले जितेकी ।

      ६. २४औँ शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो ?
       सन् २०२४ फेब्रुअरी ४–२०, बेइजिङ (चीन)
      – प्रतियोगितामा सहभागी राष्ट्र: ९१
      – प्रतियोगितामा सहभागी खेलाडी: २८७१ जना
      – प्रतियोगितामा समावेश खेल: सात
      – पहिलो स्वर्ण जित्ने खेलाडी: थेरेसा जोहाग (नर्वे)
      – सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडी: जोहानेस वोए (नर्वे), चार स्वर्ण र एक कांस्य
      – पदकका आधारमा उत्कृष्ट पाँचमा पर्न सफल राष्ट्र
      – ९१ राष्ट्रमध्ये पदक हासिल गर्न सफल राष्ट्र २७ वटा रहेका ।


      – प्रथम शीतकालीन ओलम्पिक खेलकुद सन् १९२४ मा फ्रान्समा सम्पन्न भएको ।
      – २५औँ शीतकालीन ओलम्पिक खेलकुद सन् २०२६ मा इटालीमा सञ्चालन हुने ।

      ७. विश्व सिमसार दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
       सन् १९९७
      – नेपालमा पनि यही वर्षदेखि मनाउन सुरु गरिएको ।
      – यो दिवस हरेक वर्ष फेब्रुअरी २ मा मनाउने गरिएको ।
      – सन् २०२२ को नारा: Wetlands Action for People and Nature.

      ८. अफ्रिका कप अफ नेसन २०२२ को उपाधि जित्ने राष्ट्र कुन हो ?
       क्यामरुन (उपविजेता: इजिप्ट)
      – सो प्रतियोगितामा २४ टिमको सहभागिता रहेको ।
      – प्रतियोगिता सन् २०२२ जनवरी ९ देखि फेब्रुअरी ६ सम्म वेस्ट इन्डिजमा आयोजना गरिएको ।
      – प्रतियोगितामा सर्वाधिक गोलकर्ता क्यामरुनका ख्ष्लअभलत ब्दयगदबपबच (आठ गोल) बनेका ।
      – बेस्ट प्लेयर सेनेगलका क्बमष्य ःबलभ घोषित भएका ।

      ९. प्रसिद्ध क्रिकेट खेलाडी सेन वार्नको निधन कहिले भएको हो ?
       सन् २०२२ मार्च ४ (अस्ट्रेलिया)
      – (वार्नले सन् १९९९ मा अस्ट्रेलियालाई विश्वकप क्रिकेटको उपाधि दिलाउन महìवपूर्ण भूमिका खेलेका ।)

      १०. जन्ती ढुङ्गा नामक स्थान कहाँ रहेको छ ?
       तुलसीपुर (दाङ)
      – जन्तीढुङ्गामा रहेका हजारौँ ढुङ्गा मानिसले नै कुँदेका जस्ता रहेका ।
      – झाँक्री ढुङ्गा सामुदायिक वन क्षेत्रमा रहेका यी ढुङ्गालाई स्थानीयले ‘जन्तीढुङ्गा’ नाम दिएका । परापूर्व कालमा यो ठाउँमा पुगेपछि जन्तीहरू बिलाएको भन्ने किंवदन्ती रहेको । कुँदिएकाजस्ता देखिने यी ढुङ्गा बिलाएका जन्ती, दुलहा दुलही भएको विश्वास रहेको ।
      – पछिल्लो समय यो ठाउँका ढुङ्गा हेर्न टाढा टाढाबाट सर्वसाधारण पुग्न थालेका ।

      ११. नेपालमै पहिलो पटक सिसैसिसाको पुल (स्काइ ब्रिज) कहाँ निर्माण गरिएको छ ?
       कुश्मा, पर्वत
      – कालीगण्डकी नदीको खोँचमा बनेको स्काइ ब्रिज वि.सं. २०७८ फागुन २३ देखि सञ्चालनमा आएको ।
      – कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ्ग देख्न सकिने ।
      – पुल ३५ फिट लामो र ११ फिट चौडा रहेको ।
      – स्काइ ब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन र विश्वकै दोस्रो अग्लो बन्जी तथा विश्वकै अग्लो स्विङसँगै रहेको ।

      १२. अन्तर्राष्ट्रिय महिला दिवस कहिले मनाइन्छ ?
       मार्च ८
      – सन् २०२२ मा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको ।
      – सन् २०२२ को अन्तर्राष्ट्रिय नारा:Gender Equality Today for a Sustainable Tomorrow.
      – राष्ट्रिय नारा: सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता ।

      १३. हाल निजामती सेवामा महिला प्रतिनिधित्व कति रहेको छ ?
       २६.५९ प्रतिशत (२०७८ फागुनसम्म)
      – निजामती सेवामा झन्डै एक दशकमा महिलाको प्रतिनिधित्व दोब्बरले बढेको ।
      – निजामती सेवामा आ.व. २०६७/६८ मा १३.८४ प्रतिशत महिला रहेकोमा आ.व. २०७७/७८ मा २६.५९ प्रतिशत पुगेको ।
      – निजामती किताबखानाबाट प्राप्त विवरणअनुसार हाल निजामती सेवामा ८८ हजार ५५८ कर्मचारी रहेका, जसमा २३ हजार ५५८ महिला कर्मचारी रहेका । जब कि ११ वर्षअघि महिलाको सहभागिता १० हजार ७७३ मात्र थियो ।
      – यो तथ्याङ्कमा प्रदेश लोकसेवाबाट निजामतीमा प्रवेश गरेका कर्मचारीको विवरण उल्लेख नभएको ।
      – आ.व. २०६७/६८ मा निजामती सेवामा कार्यरत ७७ हजार ८४८ कर्मचारीमध्ये पुरुषको सङ्ख्या ८६.१६ प्रतिशत अर्थात् ६६,०७५ थियो तर अहिले निजामतीमा पुरुषको प्रतिशत घटेर ७३.३५ प्रतिशतमा सीमित रहेको छ ।

      १४. नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्रका रूपमा घोषणा कहिले गरेको हो ?
       वि.सं. २०६८ जेठ ११

      १५. नेपालको कुन ठाउँलाई माटोको सहरका रूपमा चिनिन्छ ?
       ल्होमन्थाङ (मुस्ताङ)

      १६. विश्वको सबैभन्दा लामो टे«किङ रुट ‘द ग्रेट हिमालयन टे«ल’ कुन देशमा रहेको छ ?
       नेपाल

      १७. चक्राकार नदी भनी कुन नदीलाई चिनिन्छ ?
       कालीगण्डकी

      १८. नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए)द्वारा आयोजित १६औँ एनएनआईपीए अवार्डमा सर्वोत्कृष्ट घोषित हुने खेलाडी को हुन् ?
       विराज महर्जन (फुटबल) पुरुषतर्फ र अरुणा शाही (भलिबल) महिलातर्फ
      – राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा र राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्वकप्तान विराजलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको । दुवैले समान एक लाख रुपियाँ नगद प्राप्त गरेका ।

      १९. Spiny babbler भनेर कुन चरालाई भनिन्छ ?
       काँडे भ्याकुर

      २०. सर्वप्रथम बजेटको सुरुवात कुन देशबाट भएको हो ?
       सन् १७३३, बेलायत

      २१. अर्काको गुँडमा फुल पार्ने चरा कुन हो ?
       कोइली
      – (नेपालमा पाइने करिब १८ प्रजातिका कोइलीमध्ये चार प्रजातिले आफैँले बनाएको गुँडमा फुल पारेर चल्ला कोरल्छन् तर बाँकी प्रजातिका कोइलीले अरू चराको गुँडमा फुल पार्छन् । कोइली चरा निकै नै बाठो हुन्छ । कोइलीले आफ्नो फुल जसले सजिलै कोरल्न सक्छ, त्यही चराको गुँडमा फुल पार्छ ।)

      २२. विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाइन्छ ?
       मार्च १५

      २३. महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत) विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुन् ?
       डा. रमेशचन्द्र अधिकारी
      प्रस्तुतकर्ता : टङ्क केसी

      •  चैत्र २, २०७८ बुधबार
      •  

        १. दिगो विकास प्रतिवेदन, २०२१ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
         ९६औँ
        – दिगो विकास सम्बन्धमा विभिन्न १७ वटा लक्ष्य तय गरिएको ।
        – विभिन्न राष्ट्रले ती लक्ष्यमा हासिल गरेको उपलब्धिका आधारमा सो प्रतिवेदन तयार गरिएको ।
        – प्रतिवेदनअनुसार शीर्ष स्थानमा रहन सफल दस राष्ट्र क्रमशः
        १. फिनल्यान्ड
        २. स्विडेन
        ३. डेनमार्क
        ४. जर्मनी
        ५. बेल्जियम
        ६. अस्ट्रिया
        ७. नर्वे
        ८. फ्रान्स
        ९. स्लोभेनिया
        १०. स्टोनिया
        सार्क राष्ट्रहरूको अवस्था
        १. भुटान – ७५औँ
        २. माल्दिभ्स – ७९औँ
        ३. श्रीलङ्का – ८७औँ
        ४. नेपाल – ९६औँ
        ५. बङ्गलादेश – १०९औँ
        ६. भारत – १२०औँ
        ७. पाकिस्तान – १२९औँ
        ८. अफगानिस्तान – १३७औँ

        २. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा २०७८ फागुन १८ मा सार्वजनिक स्थानीय सरकारको कार्य सम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशकै पहिलो स्थानमा रहन सफल स्थानीय तह कुन हो ?
         हुम्लाको सिमकोट गाउँपालिका
        – कार्य सम्पादन मूल्याङ्कनसम्बन्धी प्रतिवेदनअनुसार सिमकोट गाउँपालिकाले ७५.३१ अङ्क ल्याई पहिलो स्थान ओगट्न सफल भएको ।
        – प्रतिवेदनअनुसार पहिलो पाँच स्थानमा रहेका स्थानीय तह :

        ३. किराँत समुदायमा सांस्कृतिक आस्थाको एक महìवपूर्ण केन्द्रका रूपमा रहेको ‘खुवालुङ’ कहाँ पर्छ ?
         भोजपुर, धनकुटा र उदयपुरको सीमा क्षेत्र

        ४.Father of Biodiversity भनी चिनिने प्रसिद्ध वैज्ञानिक इ.ओ. विल्सनको निधन कहिले भएको हो ?
         सन् २०२१ डिसेम्बर २६
        – सर्वप्रथम जैविक विविधता शब्दको प्रयोग गर्ने वैज्ञानिक डार्विनको जन्म सन् १९२९ जुन १० मा भएको ।
        – अमेरिकी वैज्ञानिक विल्सनलाई आधुनिक युगका डार्विन भनेर पनि चिनिने ।
        – The Future of Life (2002), The Leafcutter Ants : Civilization by instinct (2011), The Social conquest of Earth (2012), The meaning of human Exixtence (2014), Tales from the Ant World (2020) आदि यिनका प्रसिद्ध कृति हुन् ।

        ५. साहसिक महिला पुरस्कार–२०२२ बाट सम्मानित हुने सामाजिक अभियन्ता को हुन् ?
         भूमिका श्रेष्ठ
        – अमेरिकी विदेश मन्त्रालयले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा श्रेष्ठसहित विभिन्न देशका १२ जनालाई सो अवार्ड प्रदान गर्ने निर्णय गरेको ।
        – श्रेष्ठले सन् २००७ देखि नेपालमा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका सम्बन्धमा कार्य गर्दै आएकी ।

        ६. पहिलो पटक UNO मा भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
         रुस
        – रुसले सन् २०२२ फेब्रुअरी २५ मा भिटो प्रयोग गरेको ।
        – रुसद्वारा युक्रेनमाथि भएको आक्रमणको विरोध गर्दै रुसी फौज तत्काल फिर्ता लिन माग गरिएको सङ्कल्पमा सुरक्षा परिषद्को बैठकमा रुसले भिटो प्रयोग गरेको ।
        – रुसी आक्रमणको गम्भीर निन्दा गरिएको सो प्रस्तावका पक्षमा सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रमध्ये ११ राष्ट्रले मतदान गरेका थिए । प्रस्ताव पारित हुन नौ मुलुकले मतदान गरे पुग्ने तथापि रुसद्वारा भिटो प्रयोग गरिएकाले प्रस्ताव विफल हुन पुगेको ।
        – प्रस्तावउपरको मतदानमा चीन, भारत र युएई
        अनुपस्थित रहेका ।

        ७. कुनै पनि निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा कोसँग परामर्श लिनुपर्छ ?
         लोकसेवा आयोग

        ८. हाम्रो शरीरको कुन अङ्गलाई Blood Bank भनी चिनिन्छ ?
         Spleen

        ९. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?
         प्यांक्रियाज

        १०. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?
         नवीकरणीय ( Renewable)

        ११. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
         अनवीकरणीय (Non- renewable)

        १२. यू–१९ विश्वकप क्रिकेट २०२२ को उपाधि विजेता राष्ट्र कुन हो ?
         भारत
        – भारत पाँचौँपल्ट सो उपाधि जित्न सफल भएको ।
        – प्रतियोगितामा इङ्ग्ल्यान्ड उपविजेता बनेको ।
        – प्रतियोगितामा १६ टिमको सहभागिता रहेको ।
        – प्रतियोगिता सन् २०२२ जनवरी १४ देखि फेब्रुअरी ५ सम्म सञ्चालन भएको ।
        – प्रतियोगितामा प्लेयर अफ द सेरिजको उपाधि दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिसले जितेका ।

        १३. ज्ष्भचबचअजथ त्जभयचथ या ःयतष्खबतष्यल का प्रतिपादक को हुन् ?
         अब्राहम मास्लो

        १४. भाषा पाठशालाको निरीक्षण गर्न पाठशाला बन्दोबस्त इन्स्पेक्टरी अफिसको स्थापना कहिले गरियो ?
         वि.सं. १९७६

        १५. नन्दभाउजू ताल चितवन जिल्लामा पर्छ भने घोडाघोडी ताल कहाँ पर्छ ?
         कैलाली

        १६. नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी को हुन् ?
         जितबहादुर के.सी.
        – (धावक जितबहादुर के.सी.ले सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन फास्ट एन्ड ट्र्याक च्याम्पियनसिपमा नेपाललाई कांस्य पदक दिलाएका थिए । सो पदक नेपालकै पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।)

        १७. विश्वकै सबैभन्दा उचाइमा हुने एभरेस्ट म्याराथन कहिलेदेखि सुरु भएको हो ?
         सन् २००३
        – (सगरमाथा आरोहणको स्वर्ण महोत्सवको अवसर पारी सन् २००३ देखि यो म्याराथनको सुरुवात भएको)

        १८. GATT को सट्टामा जन्मिएको संस्थाको नाम के हो ?
         WTO

        १९. दिगो विकास भन्नाले के बुझिन्छ ?
         वर्तमान र भावी पुस्ताको आवश्यकता पूर्ति गर्न सक्ने गरी गरिएको विकास

        २०. कागतीको रसमा कुन एसिड हुन्छ ?
         साइट्रिक एसिड

        २१. नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?
         वि.सं. २०६९ माघ

        २२. Women in Development-WID अवधारणाले कुन पक्षमाथि जोड दिन्छ ?
         विकास प्रक्रियामा महिला सहभागिता बढाउने प्रयास

        २३. भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वको कति औँ स्थानमा रहेको छ ?
         ११औँ
        – पृथ्वीको धरातल तलमाथि वा दायाँबायाँ हल्लेर काँप्ने क्रियालाई भूकम्प (Earthquake) भनिन्छ । अर्थात् पृथ्वीको गर्भमा भएको प्रक्रियाले पृथ्वीको माथिल्लो सतहमा हुने कम्पन नै भूकम्प हो ।
        – भूकम्प एक प्राकृतिक प्रक्रिया हो । यसलाई न त रोक्न सकिन्छ न त छेक्न नै । यो कुनै पनि बेला जहाँ पनि आउन सक्छ, खासगरी भूकम्पीय क्षेत्रमा । भूकम्पीय क्षेत्र भन्नाले पृथ्वीमा रहेका भूखण्ड (प्लेट)हरू बीचमा हुने ठक्करको सिमाना भएका क्षेत्र हुन् ।
        – पृथ्वीको गर्भमा रहेका ठुल्ठुला चट्टानी प्लेटबीचको घर्षण तथा ज्वालामुखी विष्फोटका कारण भूकम्प
        जाने गर्छ ।
        – पृथ्वीको गर्भमा रहेका चट्टानी प्लेटबीच जति लामो घर्षण हुन्छ, उति नै शक्तिशाली भूकम्प आउने गर्छ तर पूरै संसारलाई विनाश गर्ने खालको प्रलयकारी महाभूकम्प ल्याउने चट्टान पृथ्वीको गर्भमा रहेको पाइँदैन ।
        – भूगर्भविद्हरूका अनुसार पृथ्वीको गर्भमा रहेका कुनै पनि चट्टानबीचको घर्षणले १०.५ रेक्टर स्केलभन्दा बढीको भूकम्प ल्याउने सामथ्र्य राख्दैन ।

        २४. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकारसमेतलाई के भनिन्छ ?
         राज्यशक्ति

        २५. कुन क्रान्तिलाई यान्त्रिक क्रान्ति पनि भनिन्छ ?
         औद्योगिक क्रान्ति

        २६. त्रिफला भन्नाले कुन–कुन फललाई बुझिन्छ ?
         हर्रो, बर्रो र अमला

        २७. “जोसँग सन्तोषरूपी धन छ, उही नै वस्तुतः धनी हो, जसको तृष्णा धेरै छ ऊ धनी भएर पनि परम निर्धनी हो” भन्ने विचारक को हुन् ?
         शङ्कराचार्य

        २८. पहिलो विश्वकप क्रिकेट प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको थियो ?
         सन् १९७५, इङ्ग्ल्यान्ड

        २९. सबैभन्दा गहिरो महासागर कुन हो ?
         प्रशान्त महासागर



        •  चैत्र ९, २०७८ बुधबार
        •  

          १. सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनअनुसार कति रुपियाँसम्मको लागत अनुमान भएको ठेक्कामा स्वदेशी बोलपत्रदाताबीच मात्र प्रतिस्पर्धा गराइने भएको छ ?
           तीन अर्ब रुपियाँ
          – यसअघि एक अर्ब रुपियाँसम्मको लागत अनुमान भएको ठेक्कामा मात्र स्वदेशी बोलपत्रदाताबीच प्रतिस्पर्धा गराउने व्यवस्था रहेको ।
          संशोधित नियमावलीले गरेका अन्य थप व्यवस्था
          – एउटा निर्माण कम्पनीले पाँचवटाभन्दा बढी ठेक्का
          लिन नपाइने ।
          – पूर्वयोग्यताका न्यूनतम तीनवटा योग्य आवेदक नभए पुनः सूचना निकाल्नुपर्ने ।
          – समुदायबीच प्रतिस्पर्धामार्फत पाँच करोड रुपियाँसम्मका काम गराउन सकिने ।
          – १० अर्ब रुपियाँसम्मको ठेक्कामा स्वदेशी कम्पनीसँगको संयुक्त उपक्रम अनिवार्य गरिएको ।
          – कुनै पनि निर्माण ठेक्काको सम्झौता गर्नुपूर्व ठेक्काको तीन महिनालाई पुग्ने रकमको बैङ्क ग्यारेन्टीको अनिवार्यतासम्बन्धी व्यवस्था हटाइएको ।

          २. साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद औपचारिक भ्रमणका क्रममा कहिले नेपाल आएका हुन् ?
           वि.सं. २०७८ फागुन ३० (सन् २०२२ मार्च १४,
          दुईदिने भ्रमण)

          ३. पोखराको फेवाताल किनारा र सराङकोट जोड्ने अन्नपूर्ण केबलकारको दूरी कति रहेको छ ?
           २.४ कि.मि.
          – वि.सं. २०७८ फागुन ६ मा सफ्ट ओपनिङ गरिएको सो केबलकार २०७८ चैत १ देखि पूर्ण रूपमा
          सञ्चालनमा आएको ।
          – केबलकार सञ्चालनमा आएपश्चात् सेदीबगरबाट सातदेखि आठ मिनेटमै सराङकोट पुग्न सकिने ।
          – हाल पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइटदेखि सराङकोट पुग्न गाडीमा करिब ४५ मिनेट लाग्ने ।
          – केबलकार सञ्चालनका लागि १८ वटा टावरसँगै यात्रु बोक्ने १७ र सामान बोक्ने एक गरी १८ वटा गोन्डला अर्थात् डिब्बा रहेका । डिब्बाको सङ्ख्या बढाएर ३५ वटा पु¥याउने योजना रहेको । प्रतिडिब्बामा आठ जनाको क्षमता रहेको ।

          ४. निर्वाचन आयोगका अनुसार महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारले स्थानीय तह निर्वाचनमा गर्न पाउने खर्चको सीमा कति निर्धारण गरिएको छ ?
           सात लाख ५० हजार रुपियाँ
          – स्थानीय तह निर्वाचनमा तोकिएको खर्च सीमा
          महानगरपालिका
          – मेयर/उपमेयर: सात लाख ५० हजार रुपियाँ
          – वडाध्यक्ष/सदस्य: तीन लाख रुपियाँ
          उपमहानगरपालिका
          – मेयर/उपमेयर: पाँच लाख ५० हजार रुपियाँ
          – वडाध्यक्ष/सदस्य: दुई लाख ५० हजार रुपियाँ
          नगरपालिका
          – मेयर/उपमेयर: चार लाख ५० हजार रुपियाँ
          – वडाध्यक्ष/सदस्य: दुई लाख रुपियाँ
          गाउँपालिका
          – प्रमुख/उपप्रमुख: तीन लाख ५० हजार रुपियाँ
          – वडाध्यक्ष/सदस्य : एक लाख ५० हजार रुपियाँ

          ५. २०७९ वैशाख ३० मा तय गरिएको स्थानीय तह निर्वाचनमा सहभागिताका लागि मान्यताप्राप्त दलको सङ्ख्या कति रहेको छ ?
           ७९
          – (निर्वाचन आयोगमा दल दर्ताका लागि ८० दलले आवेदन दिएकामा ७९ दलले मान्यता पाएका ।)

          ६. आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको छ ?
           काठमाडौँ उपत्यका
          – पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा आ.व. २०७७/७८ देखि यो प्रणाली
          सुरु गरिएको ।
          – हाललाई बिपान (व्यावसायिक स्थायी लेखा नम्बर) उपलब्ध गराउँदा मात्र यस्तो प्रणली कार्यान्वयनमा ल्याइएको ।
          – बायोमेट्रिक प्रणाली विस्तारै देशैभरका करदाता सेवा कार्यालयमा लागू गरिने ।

          ७. दार्चुलास्थित त्रिदेशीय सीमा क्षेत्र छाङ्रुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना कहिले गरिएको हो ?
           वि.सं. २०७७ वैशाख ३१

          ८. कम्बोडियाको पुरानो नाम के हो ?
           कम्पुचिया

          ९. सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन् ?
           मानदेव

          १०. कल्छुमन ताल गोरखा जिल्लामा रहेको छ भने सत्यवती ताल कहाँ रहेको छ ?
           पाल्पा

          ११. नेपालको कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ?
           अमादब्लम

          १२. फ्रान्सको राज्य क्रान्तिपछि शासनसत्ता कसले सम्हालेका थिए ?
           नेपोलियन बोनापार्ट

          १३. नेपालको पहिलो बर्ड सेञ्चरी (पन्छी अभयारण्य क्षेत्र) घोषित क्षेत्र कुन हो ?
           घोडाघोडी सिमासार क्षेत्र
          – १० हजार ५७० हेक्टरमा फैलिएको घोडाघोडी सिमसार क्षेत्रमा करिब छ हजार हेक्टर क्षेत्रफल समेटी घोडाघोडी चरा अभयारण्य क्षेत्र बनाइएको । त्यसमा घोडाघोडी ताल पूर्ण रूपमा समेटिएको ।
          – यहाँ पाइने चराको संरक्षण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ घोडाघोडीलाई चरा अभयारण्य क्षेत्र घोषणा गरिएको ।
          – चरा अभयारण्य क्षेत्र भन्नाले चराले भयरहित वातावरणमा निर्वाध रूपमा आहारविहार र प्रजननका लागि अनुकूल वातावरणलाई ध्यान दिइ निर्धारण गरिएको क्षेत्र भन्ने बुझिन्छ ।
          – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा जलचर र थलचर गरी ३६० प्रजातिका चरा पाइने अभिलेख रहेको । यस सिमसारमा ६४ प्रजातिका जलपन्छी पाइने गरेका ।

          १४. नेपालको सबैभन्दा कम उचाइमा रहेको नगरपालिका कुन हो ?
           जलेश्वर

          १५. चुम्बकले आफ्नो वरिपरि रहेको चुम्बकीय वस्तु वा अर्को चुम्बकलाई असर पार्नसक्नेसम्मको क्षेत्रलाई के भनिन्छ ?
           चुम्बकीय क्षेत्र
          – (शक्तिशाली चुम्बकको चुम्बकीय क्षेत्र ठूलो र कमजोर चुम्बकको चुम्बकीय क्षेत्र सानो हुन्छ ।)

          १६. समुद्रको पानीको स्वाद कस्तो हुन्छ ?
           नुनिलो

          १७. युरोपको सबैभन्दा ठूलो र लामो नदी कुन हो ?
           भोल्गा

          १८. सन् २०२२ मार्च १७ मा सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको उपाधि चुम्न सफल युवती को हुन् ?
           क्यारोलिना बेइलावस्का (पोल्यान्ड)
          – सो प्रतियोगितामा अमेरिकाकी श्री साइनी फस्र्ट रनर्स अप र कोट डे आइभोरकी ओलभिया एस सेकेन्ड रनर्सअप भएका ।
          – कोरोना प्रभावका कारण यस (७०औँ संस्करण) प्रतियोगितामा ४० सुन्दरीको मात्र सहभागिता रहेको ।

          १९. विश्वको सबैभन्दा टूलो टापु कुन हो ?
           ग्रिनल्यान्ड

          २०. सूर्यले आकाशगङ्गाको तारापुञ्जीय केन्द्रको एक पटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
           ब्रह्माण्ड वर्ष

          २१. विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाइन्छ ?
           मार्च १५
          – सन् २०२२ को नारा ः फेयर डिजिटल फाइनान्स
          – राष्ट्रिय नारा ः सुरक्षित र समावेशी विद्युतीय कारोबार ः उपभोक्ताको अधिकार ।
          – उपभोक्ता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘कन्जुमर इन्टरनेसनल’को आह्वानमा सन् १९८३ देखि यो दिवस मनाउन सुरु गरिएको ।
          – उपभोक्ताको हकसम्बन्धी विकासक्रमको सन्दर्भ हेर्दा सन् १९६२ मार्च १५ मा सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा अमेरिकी संसद्मा राष्ट्रपति जोन एफ केनेडीद्वारा घोषणा गरिएको थियो । सोही दिनको स्मरण गर्दै मार्च १५ मा यो दिवस विश्वभर मनाउने गरिन्छ ।
          – संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८५ मा उपभोक्ताका आठवटा अधिकारसहित उपभोक्ता अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मार्गदर्शन पारित भएको थियो ।
          – नेपालको संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने मौलिक हकको व्यवस्था गरिएको छ ।
          – संविधानको धारा (घ) (७) मा वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिको व्यवस्था गरिएको छ ।
          – उपभोक्ता हकहितको संरक्षण एवं प्रवद्र्धन गर्ने सन्दर्भमा उपभोक्ता संरक्षण ऐन, २०७५, उपभोक्ता संरक्षण नियमावली २०७६, बजार अनुगमन कार्यविधि, २०७७, बजार अनुगमन टोलीको आचारसंहिता, २०७७ कार्यान्वयनमा रहेका छन् ।

          २२. मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रथम महिला साहित्यकार को हुन् ?
           पारिजात

          २३. ‘सेतो बाघ’ र ‘बसन्ती’ उपन्यासका लेखक को हुन् ?
           डायमनशमशेर राणा

          २४. नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?
           मनको बाँघ
          – (पाश्र्व सङ्गीत दिइएको पहिलो नेपाली चलचित्र)

          २५. नेपालको पहिलो सिनेमा हल कुन हो ?
           मदन जनसेवा सिनेमा हल
          २६. साधुसन्तले बाल्ने अग्निलाई के भनिन्छ ?
           धुनी

          २७. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?
           द्रविड

          २८. काठमाडौँ उपत्यकामा सबैभन्दा बढी कुन शैलीका मन्दिर रहेका छन् ?
           प्यागोडा

          २९. जलविद्युत् क्षेत्रको विकासमा विदेशी लगानी भित्र्याउन अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्दा हुने जोखिम न्यूनीकरण गर्न स्थापना गरिएको फन्डलाई के भनी चिनिन्छ ?
           हेजिङ फन्ड
          – (फन्डको स्थापनापश्चात् विदेशी मुद्रा घटबढको जोखिम यही फन्डमार्फत बेहोरिने । फन्डले विदेशी लगानी बढाउन सहयोग पुग्ने विश्वास गरिएको ।)

          ३०. पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?
           ट्क्याक्स होलिडे
          प्रस्तुतकर्ता : टङ्क केसी

      •  चैत्र १६, २०७८ बुधबार
      •  
    • १. जनकपुरधामको नाट्यकला परिषद् (मिनाप)द्वारा होलीको अवसरमा प्रदान गरिँदै आएको महामूर्खको उपाधि यस वर्ष (वि.सं. २०७८) कसलाई प्रदान गरियो ?
       डा. भोगेन्द्र झा (मधेस प्रदेशको नीति आयोगका उपाध्यक्ष)
      – होली पर्वको पूर्वसन्ध्यामा हुने महामूर्ख सम्मेलनमा सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई मिनापद्वारा महामूर्खको उपाधि
      दिने गरिएको ।
      – मिनापले महामूर्खका साथै विभिन्न पदवीबाट समाजका अगुवालाई वि.सं. २०६१ देखि सम्मान गर्दै आएको ।

      २. चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीद्वारा तीनदिने नेपाल भ्रमण कहिले भएको हो ?
       वि.सं. २०७८ चैत ११–१३ (सन् २०२२ मार्च २५–२७)

      ३. प्रतिष्ठित इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो ?
       प्रमिला आचार्य रिजाल (नेपालस्थित दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष)
      – सार्क राष्ट्रका महिला उद्यमशीलता प्रवद्र्धनमा उत्कृष्ट महिलाको उपलब्धि हासिल गर्नेलाई यो पुरस्कार
      प्रदान गरिने ।

      ४. हाल (२०७८ फागुन) नेपालमा जीवन बीमा कम्पनी कति वटा रहेका छन् ?
       १९ वटा
      – (त्यसैगरी निर्जीवन बीमा कम्पनी २० र पुनर्बीमा कम्पनी दुईवटा रहेका ।)

      ५. सत्यमोहन जोशी लोकसाहित्य सङ्ग्रहालय उद्घाटन कहिले गरियो ?
       वि.सं. २०७८ फागुन २८
      – (पाटन वंखुबहालस्थित जोशीको घरमा सत्यमोहन जोशी लोक साहित्य सङ्ग्रहालय स्थापना गरिएको ।)

      ६. जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यका साथ विभिन्न क्षेत्रका ४० महिलाको समूहद्वारा १० बुँदे कालापत्थर घोषणापत्र कहिले जारी गरियो ?
       वि.सं. २०७८ फागुन २४
      – विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँबाट १३ दिने पदयात्रा गरी अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एक विशेष कार्यक्रम आयोजना गरी सो घोषणापत्र जारी गरेको ।
      – कार्यक्रम/अभियानको नारा वुमन युनाइटेड फर क्लाइमेट जस्टिस रहेको ।

      ७. बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनको आयोजना कहाँ तय गरिएको छ ?
       श्रीलङ्काको कोलम्बो (सन् २०२२ मार्च ३०)

      ८. लोकसेवा आयोगको दोस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?
       वि.सं. २०७८ फागुन २३–२४, रुपन्देही
      – (प्रथम सम्मेलन वि.सं. २०७७ फागुन २३–२४ मा काभ्रेको धुलिखेलमा भएको ।)

      ९. गान्धी पिस फाउन्डेसनद्वारा प्रदान गरिने अन्तर्राष्ट्रियस्तरको गान्धी नोबेल पिस अवार्ड २०२२ बाट सम्मानित हुने नेपाली को हुन् ?
       गणेशप्रसाद घिमिरे

      १०. विश्व दिगो विकास शिखर सम्मेलन २०२२ को आयोजना कहाँ तय गरिएको छ ?
       भारत

      ११. ग्लोबल फेमेली डे २०२२ को नारा के रहेको छ ?
       वान डे इन पिस

      १२. युरोपेली संस्था आईक्यू एयरले प्रकाशित गरेको विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन २०२१ अनुसार प्रदूषित राजधानीमा काठमाडौँ कति औँ (सन् २०२१ मा) स्थानमा परेको छ ?
       छैटौँ
      – प्रदूषित राजधानीको सूचीमा भारतको राजधानी नयाँदिल्ली पहिलो स्थानमा रहेको ।
      – नेपाल प्रदूषित मुलुकको १०औँ स्थानमा रहेको । यस सूचीमा बङ्गलादेश पहिलो स्थानमा रहेको ।
      – प्रदूषणबाट सन् २०२१ मा मध्य र दक्षिण एसिया सबैभन्दा बढी प्रताडित भएको आईक्यू एयरले उल्लेख गरेको ।
      – डब्लूएचओले सन् २०२१ मा वायु प्रदूषणको मापदण्ड पुनरवलोकन गर्दै पीएम २.५ को मानक वार्षिक १० बाट घटाएर ५ कायम गरेको ।
      – वायु प्रदूषणसम्बन्धी मापदण्ड, २०६९ ले पीएम २.५ को मात्र २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको तथापि हिउँदमा काठमाडौँ र तराईका सहरमा यो मात्र तीन सयदेखि चार सयसम्म पनि पुग्ने गरेको ।
      – डब्लूएचओले यो मापदण्ड पुनरवलोकन गरेर २५ प्रतिशतले घटाई १५ माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको ।

      १३. बाल ब्रह्मचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए ?
       वि.सं. १९३२

      १४. तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचारमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
       भीमशमशेर

      १५. स्काइल्याब भन्नाले के बुझिन्छ ?
       पृथ्वीका बारेमा विविध प्रकारका अनुसन्धान गर्न अन्तरिक्षमा स्थापित प्रयोगशाला

      १६. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्ध कहाँ रहेको छ ?
       काभ्रे
      – जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानीबाट ४३ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ ।
      – गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किंवदन्ती रहेको छ ।
      – बौद्ध धर्मावलम्बीले कार्तिक पूर्णिमामा विशेष मेला भर्ने यस स्थानमा साउन महिनामा गुँला पर्व एवं हरेक पूर्णिमा र औँसीमा पनि दर्शनार्थी जुट्ने गर्छन् ।

      १७. शारदा पत्रिका सर्वप्रथम कहिले र कसको सम्पादकत्वमा प्रकाशित भएको थियो ?
       वि.सं. १९९१ फागुन, रिद्धिबहादुर मल्ल

      १८. नेपालमा चिया खेतीको सुरुवात कहिले र कहाँबाट भएको हो ?
       वि.सं. १९२०, इलाम

      १९. नेपाली साहित्यिक क्षेत्रमा अस्वीकृत कवि उपनामले चिनिने स्रष्टा को हुन् ?
       डा. कविताराम श्रेष्ठ

      २०. सामरिक महìवको मैलुङ–स्याफ्रुबँेसी सडकखण्डको लम्बाइ कति रहेको छ ?
       १७ कि.मी.

      २१. नेपाली सेना कहिलेदेखि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सहभागी हुँदै आएको छ ?
       सन् १९५८
      – (संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनालाई ‘बल्यु हेल्मेट्स’ भनी चिनिने ।)

      २२. लुम्बिनी प्रदेशद्वारा कुन ठाउँलाई ढाकाको राजधानी घोषणा गरिएको हो ?
       पाल्पा (वि.सं. २०७८ चैत १२)
      – पाल्पाली ढाकालाई पहिचान दिन र आन्तरिक उत्पादनलाई स्वदेश तथा विदेशमा निर्यात गर्न जिल्लालाई ढाकाको राजधानी घोषणाले सहयोग पुग्ने विश्वास गरिएको ।
      – पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गर्दैै आएको ।
      – हाल पाल्पा जिल्लामा एक दर्जनभन्दा बढी ढाका
      उद्योग रहेका ।

      २३. नेपालमा कमलरी प्रथामुक्त घोषणा कहिले गरिएको हो ?
       वि.सं. २०७० साउन ३
      – (कमैया प्रथामुक्त घोषणा वि.सं. २०५७ साउन २ र हलिया प्रथामुक्त घोषणा २०६५ भदौ २१ मा गरिएको ।)

      २४. चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन् ?
       प्रताप मल्ल

      २५. वासुशशी साहित्य सम्मान–२०७८ कसलाई प्रदान गरियो ?
       साहित्यकार शैलेन्द्र साकार र मोमिला जोशी
      – वासुशशी साहित्य पुरस्कार २०७७ साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरिएको ।
      – त्यस्तै ध्रुव मधिकर्मीलाई कुमार सरस्वती पुरस्कार २०७८ प्रदान गरिएको ।

      २६. पल्सर स्पोर्टस् अवार्डमा दशककै उत्कृष्ट खेलाडी घोषित हुन सफल प्रतिभा को हुन् ?
       पारस खड्का (क्रिकेट) र सावित्रा भण्डारी (फुटबल)
      – टेबलटेनिसकी महिला खेलाडी एलिना महर्जन पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस बन्न
      सफल भएकी ।
      – धाविका पुष्पा भण्डारी स्पेसल अवार्ड पर्फमर अफ दि इयरबाट सम्मानित भएकी ।

      २७. नेपालमा जिरो हङ्गर च्यालेन्ज अभियान औपचारिक रूपमा कहिले सुरु भएको हो ?
       वि.संं. २०७१ पुस ४

      २८. विश्वका विदेश महिला मन्त्रीहरूको सम्मेलन पहिलोपल्ट कहिले आयोजना गरियो ?
       सन् २०१८ सेप्टेम्बर २१–२२

      २९. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरियो ?
       सन् २०१८ जनवरी २६
      – साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्था स्थापना गरिएको ।
      – सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको ।

      ३०. बेस्ट सीएसआर कमर्सियल बैङ्क नेपाल अवार्ड २०२२ बाट सम्मानित बैङ्क कुन हो ?
       मेगा बैङ्क
      – सिङ्गापुरको वल्र्ड बिजनेस आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत मेगा बैङ्क सो अवार्डबाट सम्मानित भएको ।
      – त्यस्तै मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेलीले वुमन बैङ्किङ सीईओ अफ दि इयर अवार्ड २०२२ उपाधि हासिल गरेकी ।
      प्रस्तुतकर्ता : टङ्क केसी