Thursday, December 31, 2015

आदरणिय पाठक बन्धु,
 यहाँलाई स्वागत छ । 

मैले लामो समयदेखी लोक्सेवा सङ्ग सम्बन्धित सामाग्रीहरू सन्कलन गर्दै यो ब्लगमा उपलब्ध गराउने गरेको त यहाँहरूलाई अवगत नै छ , मेरो यो प्रयास के कस्तो भाईरहेको छ् कृपया प्रतिकृया दिनुहोला । 
साथै यहाँहरू के कस्ता जानकारी छै सन्कलन गरियुन भन्ने चाहनु हुन्छ मलाई बताउनुस् । 
म् यहाँको सेवामा तत्पर छु । 

मलाई फेसबूकमा प्रतिकृया दिन यहाँ क्लिक गर्नुहोस्-  https://www.facebook.com/niraulanirakshar

सार्वजानिक सेवा प्रवाह भनेको के हो ?

सार्वजानिक सेवा प्रवाह भनेको के हो ?
=========================
सरकार वा यसका आधिकारिक संगठनले जनसाधरणको हित र कल्याणका लागि उपलब्ध गराउने सेवालाई सार्वजानिक सेवा भनिन्छ ।
सरकारले नागरिकहरूलाई विभिन्न सेवाहरू उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको हुन्छ । सरकारले त्यही प्रतिबद्धता पूरा गर्न राज्यका तर्फबाट प्रदान गरिने सेवाहरूलाई सार्वजानिक सेवा भनिन्छ ।
औद्यगिक क्रान्तिले ल्याएको परिवर्तनको लहरसँगै १९औँ शताब्दीतिर सार्वजनिक सेवाको अवधारणाको विकास भएको हो ।
सरकारले शिक्षा स्वास्थ्य खानेपानी विद्युत् सञ्चार हुलाक यातायात सुरक्षाजस्ता जनतालाई उपलब्ध गराउने सेवा सार्वजनिक सेवा हो । सरल एवं छिटो जनतासमक्ष पुर्‍याउनु सार्वजनिक सेवा प्रवाह हो ।
के गरेमा सार्वजानिक सेवाको प्रभावकारिता विस्तार हुन्छ ? सार्वजनिक सेवाका सिद्धान्त (९ सिद्धान्त)
सरकार र यसका निकायबाट प्रदान गरिने सेवामा यी गुणहरू रहनु पर्दछ जुन कुरा प्रत्येक सेवाग्राहीले अपेक्षा गरेको हुन्छ¸ जसलाई हामी सार्वजनिक सेवाका नौ सिद्धान्त भन्छौं ।
1. सेवाको गुणस्तर निर्धारण (Set standard of services)
2. खुला र पूर्ण सूचनाको प्रवाह (Be open and provide full information)
3. छलफल र संलग्नता विस्तार (Consult and involve)
4. निष्पक्ष व्यवहार (Treat all fairly)
5. पहुँच र चयन विस्तार (Encourage Access and Promote Choices)
6. गल्ती कमजोरीको शीघ्र सुधार (Put thing right when they go wrong)
7. साधन स्रोतको अत्युत्तम प्रयोग (Use Resource Wisely)
8. सुधार र अग्रसरता विस्तार (Innovate & Improve)
9. अरू प्रदायकसँग सिक्ने र साझेदारी गर्ने (Work with Other Providers)
सरकारले के कस्ता प्रकारका सार्वजानिक सेवा प्रवाह गर्दछ ?
1. आधारभूत आवश्यकता परिपूर्ति सम्बन्धी सेवाहरू
2. क्षमता अभिवृद्धिसम्बन्धी सेवाहरू
3. कल्याणकारी सेवाहरू
4. मनोरञ्जनसम्बन्धी सेवाहरू
5. पूर्वाधार विकास सम्बन्धी सेवाहरू
सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन नसक्नुका कारणहरू पहिल्याउनुहोस् ।
1. सेवा सुविधाको स्पष्ट व्याख्या एवं गुणस्तरको मापदण्ड निर्धारण नगरिनु¸
2. राजनैतिक स्तरमा स्वार्थ भाव बढ्नु¸
3. भ्रष्टाचार एवं दण्ड हीनता¸
4. प्रशासकीय स्तरमा मनोबल खस्कनु¸
5. सशक्त नागरिक समाजको अभाव¸
6. केन्द्रमुखी प्रशासकीय व्यवस्था¸
7. सेवा प्रदायकको कामको मूल्याङ्कन गरी पुरस्कृत एवं दण्डित नगरिनु¸
8. प्रक्रियामूखी कार्य शैलीको विद्यमानता
9. सेवा सुविधाको प्रकार¸ स्वरूप र कार्यविधि जनताको अपेक्षा अनुरूपको नहुनु (सेवा माग उन्मुख नभइ आपूर्ति उन्मुख हुनु)
10. सेवा प्रवाह पारदर्शी¸ प्रतिस्पर्धी¸ सहभागी मूलक एवं जबाफदेही नहुनु
11. सेवा लक्षित समूह सम्म नपुग्नु ।

जसलाई हामीले गुमायौं : २०७१

जसलाई हामीले गुमायौं : २०७१
 
विक्रम संवत् २०७१ सालमा देशले विभिन्न क्षेत्रमा योगदान गरेका र ख्याति कमाएका दुई दर्जनभन्दा बढी व्यक्तित्व गुमाउनुपर्यो । जसमध्ये केही प्रमुख पात्र :
‪#‎नन्दप्रसादअधिकारी‬
आफ्ना छोराको हत्याराविरुद्ध कारबाहीको माग गर्दै ३ सय ३३ दिनदेखि आमरण अनशनमा रहेका गोरखा, फुजेलका ५६ वर्षीय नन्दप्रसाद अधिकारीको असोज ६ गते निधन भयो ।
‪#‎साहनाप्रधान‬
कम्युनिस्ट आन्दोलनकी अगुवा तथा एमाले नेतृ साहना प्रधानको ८७ वर्षको उमेरमा असोज ६ गते निधन भयो । पुष्पलाल श्रेष्ठकी धर्मपत्नी प्रधान तीन वर्षदेखि नशाको समस्याबाट पीडित थिइन् ।
‪#‎जनकविकेशरीधर्मराजथापा‬
छरिएर रहेका लोकगीतलाई संकलित रूपमा नेपाली जनमानससम्म पुर्याउन अथक योगदान गरेका जनकवि केशरी धर्मराज थापाको ९२ वर्षको उमेरमा असोज २७ गते निधन भयो ।
‪#‎जगदीशघिमिरे‬
चर्चित साहित्यकार जगदीश घिमिरेको ६८ वर्षको उमेरमा कात्तिक १३ गते निधन भयो । २०६४ सालमा मदन पुरुस्कारका साथै उत्तम शान्ति पुरस्कारसमेत पाएका घिमिरे लामो समयदेखि समाजसेवामा सक्रिय थिए ।
‪#‎श्रीकृष्णश्रेष्ठ‬
दर्जनौं नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको ४७ वर्षको उमेरमा साउन २४ गते निधन भयो । क्यान्सर र निमोनियाँग्रस्त श्रेष्ठको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
‪#‎डीबीलामा‬
पञ्चायतकालका विवादास्पद तथा पछिल्लो समय नेपाली कांग्रेससँग आबद्ध पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) डीबी लामाको ८५ वर्षको उमेरमा चैत ११ गते निधन भयो ।
‪#‎सिद्धराजओझा‬
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सिद्धराज ओझाको ७० वर्षको उमेरमा असोज ९ गते निधन भयो । ओझा नेपाली प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि आबद्ध थिए ।
‪#‎पोष्टबहादुरबोगटी‬
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष पोष्टबहादुर बोगटीको ६१ वर्षको उमेरमा भदौ ३० गते निधन भयो ।
‪#‎हरिखड्का‬
सवारी दुर्घटनामा परेर घाइते भएका नेपाली कांग्रेसका सभासद हरि खड्काको ५१ वर्षको उमेरमा मंसिर २० गते निधन भयो । खड्का २०७० सालको संविधानसभाको निर्वाचनमा बाग्लुङ-१ बाट विजयी भएका थिए ।
‪#‎डा‬.अन्जनीकुमारशर्मा
नेपालका वरिष्ठ शल्यचिकित्सक डा. अन्जनीकुमार शर्माको ८६ वर्षको उमेर असोज २१ गते निधन भयो । डा. शर्मा रक्त क्यान्सरबाट पीडित थिए ।
‪#‎गणेशबहादुरप्रसाईं‬
प्रसिद्ध साहित्यकार तथा समालोचक गणेशबहादुर प्रसाईंको ८५ वर्षको उमेरमा असार १९ गते निधन भयो ।
‪#‎सरोजगोपालबज्राचार्य‬
'नक्कलीलाई भगाई..' जस्तो चर्चित गीतका गायक सरोजगोपाल बज्राचार्यको ६४ वर्षमा साउन २९ गते निधन भयो ।
‪#‎सन्तकुमारजोजिजू‬
प्रसिद्ध बेन्जोबादक सन्तकुमार जोजिजूको ९२ वर्षको उमेरमा असार ३० गते निधन भयो ।
#डा.अरुणकोइराला
नेपाली कांग्रेस बाँके जिल्ला सभापति तथा प्रजान्तत्रवादी नेता डा. अरुण कोइरालाको ७३ वर्षको उमेरमा मंसिर २ गते निधन भयो ।
‪#‎रामदेवभट्टराई‬
नेपाल राष्ट्रिय पुस्तकालयका संस्थापक एवम्'रूपरेखा' साहित्यक पत्रिकाका सम्पादक रामदेव भट्टराईको फागुन १० गते निधन भयो ।
‪#‎महेन्द्रयादव‬
पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता महोत्तरीका महेन्द्र यादवको चैत १७ गते ६३ वर्षको उमेरमा निधन भयो । यादव ब्रेनट्युमरबाट पीडित थिए ।
‪#‎रामनाथढकाल‬
नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधान सभा-१ का सभासद रामनाथ ढकालको चैत २२ गते आइतबार उपचारका क्रममा काठमाडौंमा निधन भयो । ५२ वषर्ीय ढकाल स्वाइनफ्लु लगायत विभिन्न रोगबाट पीडित थिए ।
===
S.P
===

वर्षका पुरस्कृतहरू : २०७१

वर्षका पुरस्कृतहरू : २०७१
========================
मदन पुरस्कार-जगदम्बाश्री पुरस्कार
राधा पौडेलले जुम्ला आक्रमणका बारेमा लेखेको संस्मरण 'खलंगामा हमला' (एउटी नर्सको डायरी) लाई २०७० सालको मदन पुरस्कार प्रदान गरियो । त्यसैगरी २०७० सालको जगदम्बाश्री पुरस्कार साहित्यकार शिव रेग्मीले पाए ।
छिन्नलता गीत पुरस्कार
यो वर्षगीत, संगीत क्षेत्रमा लागेका चार प्रतिभालाई छिन्नलता गीत पुरस्कार प्रदान गरियो । पुरस्कार प्राप्त गर्नेमा गीत रचनातर्फ डा. रामविक्रम सिजापति, संगीततर्फ राजु सिंह, गायनतर्फ उदय सोताङ, नवप्रतिभातर्फ रेजिना रिमाल छन् ।
डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय पुरस्कार
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो ।
प्रतिभा पुरस्कार-२०७१
समालोचक डा. गोपाल भण्डारीलाई उनको समालोचना संग्रह 'भिन्न भिन्न दृष्टिकोण' का लागि प्रतिभा पुरस्कार-२०७१ प्रदान गरियो ।
जयतु संस्कृतम पुरस्कार
यस वर्षको जयतु संस्कृतम पुरस्कार टीकादत्त बराललाईर् प्रदान गरियो भने साहित्य साधना पुरस्कार तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो ।
गोपालदास पत्रकारिता पुरस्कार
पे्रस काउन्सिल नेपालले दिंदै आएको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई प्रदान गरियो ।
सफाइ अभियानलाई अन्तर्राष्ट्रिय पुरस्कार
जापानको फुकुओका एसियन अर्वन रिसर्च सेन्टर तथा एसिया टाउनस्केप डिजाईन सोसाईटीले बाग्मती नदी सफाई अभियानमा संलग्न डा. राजु अधिकारी, भरतबहादुर केसी एवं काठमाडांै महानगरपालिकाका रविनमान श्रेष्ठलाई संयुक्त रूपमा पुरस्कृत गर्यो ।
भीमनिधि तिवारी पुरस्कार
यो वर्षको भीमनिधि तिवारी साहित्यिक पुरस्कार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई एवं नाट्यसाहित्य पुरस्कार नृत्य तथा नाट्यकर्मी भैरवबहादुर थापालाई प्रदान गरियो ।
भवानी भिक्षु साहित्य पुरस्कार
यो वर्षको भवानी भिक्षु साहित्य पुरस्कार अवधि साहित्यकार राघवेन्द्र श्रीवास्तवलाई प्रदान गरियो ।
चोरीशिकारी नियन्त्रण अन्तर्राष्ट्रिय पुरस्कार
स्वीजरल्यान्डको जेनेभामा सम्पन्न विश्व वन्यजन्तु कोषको सम्मेलनले लोपोन्मुख वन्यजन्तुको चोरी-सिकारी नियन्त्रणमा प्राप्त गरेको दुईवर्षे सफलताका लागि नेपाललाई अन्तर्राष्ट्रिय चोरी-सिकारी नियन्त्रण पुरस्कार प्रदान गर्यो ।
अन्तर्राष्ट्रिय नायक
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा कानुन कार्यान्वयन क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरले अमेरिकी (टीआईपी) संस्थाको छनौटमा परेपछि मानव बेचविखन तथा ओसारपसार विरुद्धको नायकको उपाधि पाए ।
रिपोर्टस् क्लबका पत्रकारिता पुरस्कारहरू
रिपोर्टस क्लब नेपालले यस वर्षको बाबुछिरी शेर्पा स्मृति फोटो पत्रकारिता पुरस्कार विकास कार्कीलाई प्रदान गर्यो । यसैगरी कुलप्रसाद-चेतकु
मारी धमला मोफसल पत्रकारिता पुरस्कार सुनसरीबाट प्रकाशित हुने 'प्रतिक्षण दैनिक'का सम्पादक-प्रकाशक शशि कोइरालालाई, उत्कृष्ट क्रियाशील युवा पत्रकारिता पुरस्कार हिमालयन टाइम्स्का टीकाराम प्रधानलाई, तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका तीर्थ कोइरालालाई, सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार काठमाण्डु पोष्टका अनिल गिरीलाई र उमासिंह स्मृति महिला पत्रकारिता पुरस्कार वीणा सिन्हा तथा कृष्णा पौडेललाई संयुक्त रुपमा प्रदान गरेको छ ।
उग्रतारा स्मृति पुरस्कार
यस वर्षको उग्रतारा स्मृति पुरस्कार पत्रकार नवराज सुवेदीलाई प्रदान गरियो ।
चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार
कलाकार संघले यस वर्षको चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार निर्देशक तथा कलाकार रमेश बुढाथोकीलाई प्रदान गर्योभने चलचित्र कलाकार संघ- शान्ति मास्के पुरस्कार भीम बहादुरलाई थापालाई प्रदान गर्यो । त्यसैगरी संघले नेपाल चलचित्र कलाकार संघ पत्रकारिता पुरस्कार-२०७१ पत्रकार विजय सुवेदी आवाजलाई प्रदान गर्यो ।
राष्ट्रिय युवा प्रतिभा पुरस्कार
यो वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कार युवा अपाङ संगठन नेपाललाई प्रदान गरियो ।
राष्ट्रिय प्रतिभा पुरस्कार
यो वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार संस्कृति विधामा प्राध्यापक श्रीराम उपाध्याय, भाषासाहित्य विधामा कपिलदेव लामिछाने, नाट्य क्षेत्रमा अशेष मल्ल तथा ललितकला विधामा गेहेन्द्रमान प्रधानलाई प्रदान गरियो ।
शताब्दी पुरुष घोषणा
त्रिमूर्ति निकेतनले नेपाली साहित्य एवं संस्कृति क्षेत्रका बहुआयामिक व्यक्तित्व सत्यमोहन जोशीलाई 'शताब्दी पुरुष' घोषणा गर्यो ।
नारायणगोपाल युवा संगीत पुरस्कार
नारायणगोपाल युवा संगीत पुरस्कार यो वर्ष गायिका माण्डवी त्रिपाठीलाई तथा अरनिको युवा कला पुरस्कार गणेशकुमार जिसी एवं रोशन प्रधानलाई संयुक्त रूपमा प्रदान गरियो ।
वासु-शशि स्मृति पुरस्कार
यो वर्षको 'वासु-शशि स्मृति पुरस्कार' कवि एवम् कथाकार कणाद महषिर्लाई प्रदान गरियो ।
अरनिको युवा पुरस्कार
हरेक वर्ष ४० वर्षमुनिका कलाकारलाई प्रदान गरिँदै आएको अरनिको युवा पुरस्कार यो वर्ष पर्वतका कलाकार गणेशकुमार जिसी तथा काठमाडांैका रोशन प्रधानलाई संयुक्त रुपमा प्रदान गरियो ।
नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान गरेबापत नेपालले १ लाख डलरसहितको 'ग्लोबल टोबाको कन्ट्रोल एवार्ड'अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्यो । स्वास्थ्यक्षेत्रमा काम गर्ने ब्लुमबर्ग फिलान्थ्रोपिजले सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्ने व्यवस्था गरे वापत उक्त पुरस्कार प्रदान गरेको हो ।
चलचित्र पत्रकारिता पुरस्कार
चलचित्र पत्रकार संघले यो वर्षको चलचित्र पत्रकारिता पुरस्कार साप्ताहिकका कृष्ण भट्टराई र राज श्रेष्ठलाई संयुक्त रूपमा प्रदान गर्यो भने 'चलचित्र पत्रकारिता सम्मान' विदुर गिरीलाई दिइयो ।

बिभिन्न रोगहरु र ती रोग गराउने किटाणु

 
बिभिन्न रोगहरु र ती रोग गराउने किटाणु :-
 
1. धनुष्टंकार >>> क्लाष्टिडियम टिटानी
2. क्षयरोग >>> माईक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस
3. हैजा >>> भिब्रियो कलेरा
4. लहरेखोकी >>> बोर्डिटेला पर्टुसिस
5. भ्यागुते रोग >>> कोरिने ब्याक्टेरियन डिप्थेरी
6. दादुरा >>> मिजल्स भाईरस
7. हेपाटाईटिस-बी >>> हेपाटाईटिस-बी भाईरस
8. पोलियो >>> एन्टेरो भाईरस
9. टाईफाईड >>> साल्मोनेला टाईफी
10. HIV AIDS >>> रेट्रो भाईरस

Full List of Miss World Winners (1990-2015)


 
Full List of Miss World Winners (1990-2015)
 
Miss World 1990 – Gina Marie Tolleson, USA
Miss World 1991 – Ninebeth Jiminez, Venezuela
Miss World 1992 – Julia Kourotchkina, Russia
Miss World 1993 – Lisa Hanna, Jamaica
Miss World 1994 – Aishwariya Rai, India ◄
Miss World 1995 – Jacqueline Aquilera, Venezuela
Miss World 1996 – Irene Skliva ,Greece
Miss World 1997 – Diana Hayden, India ◄
Miss World 1998 – Linor Abargil, Israel
Miss World 1999 – Yukta Mookhey, India ◄
Miss World 2000 – Priyanka Chopra, India ◄
Miss World 2001 – Ibiagbanidokibubo Asenite Darego—Nigeria Miss World 2002 – Azra Akin—Turkey
Miss World 2003 – Rosanna Davidson, Ireland
Miss World 2004 – Maria Julia Mantilla Garcia, Peru
Miss World 2005 – Unnur Birna Vilhjalmsdottir, Iceland
Miss World 2006 – Tat’ana Kucharova, Czech Republic
Miss World 2007 – Zhang Zhi Li, China PR
Miss World 2008 – Ksenia Sukhinova, Russia
Miss World 2009 – Kaiane Aldorino, Gibraltar
Miss World 2010 – Alexandria Mills, USA
Miss World 2011 – Ivian Sarcos, Venezuela
Miss World 2012 – Wen Xia Yu, China PR
Miss World 2013 – Megan Young, Philippines
Miss World 2014 – Rolene Strauss, South Africa
Miss World 2015 - Mireia Lalaguna, Spain

यसरी गरौ लोक्सेवा तयारी

परीक्षामा बढी अङ्क ल्याउन यसरी अध्ययन गरौं.....
 
तपाईं अहिलेसम्म आफ्नै तरिकाले पढिरहनुभएको छ । प्रत्येक विद्यार्थी आफ्नै तरिकाले पढिरहेका छन् । तर पढाइका यी तरिकाहरूमध्ये केही खास यस्तो तरिका पनि हुन्छ, जसलाई वैज्ञानिक तरिका भन्न सकिन्छ । यस आलेखमार्फत् म तपाईंलाई यस्तै केही व्यावहारिक तरिकाहरूबारे बताउँदै छु । म यहाँ जुन तरिकाको चर्चा गर्न गइरहेको छु, त्यो विद्यालय, क्याम्पस वा लोकसेवा आयोग जस्ता परीक्षाको तयारी गर्ने विद्यार्थीहरूका लागि पनि महत्त्वपूर्ण हुनेछ । अर्थात् यो त्यस्ता विद्यार्थीहरूका लागि हो, जो विषयलाई याद राख्ने र समय आएपछि त्यसको उपयोग गर्ने उद्देश्यले पढिरहेका छन् । म यहाँ अध्ययनको तीन तहको बारेमा चर्चा गर्नेछु, जसलाई जान्नु त्यस्ता विद्यार्थीहरूका लागि धेरै महत्त्वपूर्ण हुनेछ ।
पहिलो तह हो, सूचना । जुनबेला हामी कुनै पनि विषयलाई पहिलोपटक पढ्छौं त्यो सूचनाको रूपमा हाम्रो दिमागमा प्रवेश गर्छ । हरेक प्रकारको जानकारी पहिला सूचना नै हुन्छ चाहे त्यो जानकारी पढेर, सुनेर, हेरेर वा गरेर प्राप्त किन नहोस् । हामी पढ्दै जान्छौं र हाम्रो मस्तिष्कमा सूचनाहरूको थुप्रो लाग्दै जान्छ । यसलाई नै हामीले पढ्नु बुझ्दछौं । वास्तवमा भन्ने हो भने यो सही होइन । यहींनिर हामीले ठूलो गल्ती गर्ने गरेका छौं । जुनबेला हामी सामाजिक अध्ययन विषय पढ्छौं, त्यसको तथ्य धेरै कठिन नभएको हुनाले हाम्रो मस्तिष्कले त्यसलाई सजिलै बुझ्न थाल्छ । यस स्थितिमा हामीलाई के लाग्दछ भने यो त सजिलो विषय हो, अनि हामी सरसर्ती पढ्दै जान्छौं । किनभने विषयवस्तु सरल थियो र नयाँ पनि थियो ।
यस कारण तत्काल त्यो हाम्रो स्मृतिमा रहन्छ । तर, तपाईंले अनुभव गर्नुभएको होला केही दिनपश्चात् विस्तारै तपाईंको स्मृतिमा बादल लाग्न थालेको छ वा कुराहरू एकअर्कामा घुलमिल हुन थालेको छ वा हराइसकेको छ । अध्ययन गर्ने तरिका नजान्दा यस प्रकारको सड्ढट आउँछ । यस्तो सड्ढट आउनुको कारण के हो भने तपाईंले पढेका कुराहरूलाई सूचनाको रूपमा मात्र थुपार्नुभयो । तपाईंले त्यसलाई बुझ्ने कोशिश गर्नुभएन ।
सूचनालाई बुझ्नुको अर्थ त्यसलाई ज्ञानमा परिवर्तन गर्नु हो । प्राय: विद्यार्थीहरूले सूचनालाई नै ज्ञान ठान्ने गल्ती गर्छन् । बीउलाई बिरुवाको रूप दिन त्यसको हेरचाह गर्नुपर्छ, त्यसमा समयानुसार मलजल गर्नु जरुरी हुन्छ । त्यसैगरी सूचनालाई पनि ज्ञानमा परिवर्तन गर्न पढेका कुराहरूलाई दोहोर्याउने, त्यसलाई सम्झने र त्यसमाथि चिन्तनमनन गर्नु जरुरी हुन्छ । त्यसबारे साथीहरूमाझ चर्चा परिचर्चा गर्नुपर्छ । अनि मात्र बिरुवा जस्तै त्यो सूचना पनि ज्ञानमा परिवर्तन हुन्छ । ज्ञानमा परिवर्तन हुनासाथ त्यो विषय हाम्रो दिमागको गहिराइमा बस्दछ । यसलाई यसरी बुझ्न सकिन्छ, सूचनाको अर्थ बालुवामाथि खुट्टाको छाप जस्तै हो, जुन छिट्टै हराएर जान्छ । ज्ञानको अर्थ ढु·ामाथि खुट्टाको छाप हो, जुन रही रहन्छ ।
यहाँ तपाईंलाई के खुल्दुली भइरहेको होला भने सूचनालाई ज्ञानमा कसरी परिवर्तन गर्ने ? यो काम न त कठिन छ, न त जटिल नै । यो मात्र हलुका श्रमले सम्भव हुन्छ । यहाँ श्रमको अर्थ त्यस विषयलाई पटक–पटक सतर्कतापूर्वक दोहोर्याउनु हो । सतर्कतापूर्वक दोहोर्याउनुको अर्थ हो, तपाईंंले विषयलाई पहिलोपटक पढिरहनुभएको छ भन्ने ठान्नु हो । यदि दोहोर्याउँदा यसो गरिएन भने तपाईं भ्रममा पर्न सक्नुहुन्छ । दोहोर्याउनुको अर्थ एक प्रकारले बढार्नु पनि हो । एकपटक बढारेको कोठालाई पुन: बढार्दा फोहोर निस्किंदैन ? तेस्रो वा चौथोपटक पनि बढार्दा के फोहोर निस्किंदैन ? अवश्य निस्कन्छ तर हरेकपटक त्यसमा कमी आउँदै जान्छ । दोहोर्याउनु भनेको दिमागको अध्ययन कक्षमा पटक–पटक बढार्नु हो ।
यहाँनिर विद्यार्थीहरूको मनमा प्रश्न उठ्न सक्छ धेरै कुरा पढ्नुछ । कुन विषयलाई, कुन बेला र कतिपटक दोहोर्याउने ? तपाईंको जिज्ञासा सही हो तर दोहोर्याउनु यस कारण पनि आवश्यक छ कि तपाईं त्यसलाई नबिर्सनुहोस् र त्यस विषयप्रति तपाईंको बुझाइ बलियो होस् । जहाँसम्म बिर्सने कुरा छ, यस सम्बन्धमा वैज्ञानिक एपिंग हासले गरेको एक अध्ययनले के देखाएको छ भने हामी कुनै कुरालाई निम्न प्रतिशतमा बिर्सदैं जान्छौं । २० मिनेट पछि ४७ प्रतिशत, एक घण्टापछि ५३ प्रतिशत, एक दिनपछि ६६ प्रतिशत, ७ दिनपछि ७५ प्रतिशत, एक महिनापछि ७९ प्रतिशत र एक वर्षपछि ९५ प्रतिशत बिर्संदै जान्छौं । त्यसपछि स्मृतिशेष मात्र रहन्छ तर विद्यार्थीहरूले बुझ्नु के पर्छ भने यो बिर्सने प्रतिशत सूचनाको हो, ज्ञानको होइन । यदि तपाईंले सूचनालाई ज्ञानमा परिवर्तन गर्नुभयो भने बिर्सने यो प्रतिशत न्यून भएर जान्छ । वैज्ञानिक एपिंगका अनुसार कुनै पनि पढेका, याद गरिएका वा बुझिएका विषयलाई एक दिनमा त्यस विषयलाई कम्तीमा चारपटक पढ्नुपर्छ । २४ घण्टापछि दोहोर्याउनुपर्छ । बिहान त्यसै विषयलाई ध्यानपूर्वक छिटोछिटो पढ्न सकिन्छ र एक महिनापछि पुन: त्यस विषयलाई ध्यानपूर्वक दोहोर्याउनुपर्छ ।
यसरी गर्दा तपाईंलाई त्यो सूचना ज्ञानमा परिवर्तित भएको महसुस हुनेछ । एक महिनाभित्र त्यो बीउ बिरुवामा परिवर्तित भइसकेको हुनाले धेरै हेरचाहको आवश्यकता पर्दैन । तर, यसको अर्थ त्यस विषयलाई त्यसै छाडिदिनु पनि होइन । त्यस विषयलाई दुई, तीन वा चार महिनापछि दोहोर्याउने भन्ने कुरा अब तपाईंको क्षमतामाथि निर्भर गर्दछ । तर, मेरो सुझाव के छ भने त्यसलाई बीच–बीचमा दोहोर्याउँदै जानुपर्छ । यहाँ दोहोर्याउनु भनेको सरसर्ती पढ्नु नै पर्याप्त हुनेछ । यस क्रमलाई विद्यार्थीहरूले परीक्षा नहुन्जेलसम्म कायम राख्नुपर्छ ।
अध्ययनको अन्तिम तह हो, प्रज्ञा अर्थात् विजडम । पढाइको तत्कालिक उद्देश्य परीक्षामा बढी अड्ढ ल्याउनु हो । तर, यसको व्यापक उद्देश्य हाम्रो जीवनलाई सुखमय बनाउनका लागि मदत गर्नु पनि हो । उदाहरणका लागि केमिस्ट्री, फिजिक्स पढ्नुको अन्तिम उद्देश्य इन्जिनियर वा वैज्ञानिक बन्नु हो भने बायोलोजी पढ्नुको अन्तिम उद्देश्य डाक्टर बन्नु हो । यसैगरी हरेक विषय पढ्नुको पछाडि फरक उद्देश्य हुन्छ । आइन्स्टाइनको रुचि गणितमा थियो । यस कारण उहाँले समय र ऊर्जाको सिद्धान्त स्थापित गर्नुभयो । एडिसनलाई फिजिक्सको केही सामान्य सिद्धान्त मात्र थाहा थियो । त्यसैको आधारमा उहाँले धेरै आविष्कार गर्नुभयो । एकपटक आइन्स्टाइनले विद्यार्थीहरूलाई के भनेका थिए भने,“विद्यार्थी
हरू, तिमीहरू के ध्यान दिनु भने आफ्नो विद्यालयमा जे नयाँ कुरा सिक्छौं, त्यो पूर्वजहरूको देन हो । यो यस कारण कि तिमीहरूलाई जे सिकाइन्छ त्यसबारे बुझ, त्यसको सम्मान गर र त्यसमा केही बढी नै थप ।”
यसबाट के स्पष्ट हुन्छ भने विद्यालय वा क्याम्पसमा हामी जे कुरा पढ्छौं, त्यो एक प्रकारले कच्चा सामग्री हो । चिनी कारखानामा चिनी उत्पादन हुन्छ, त्यसको कच्चा पदार्थ उखु हो । उखुलाई हेरेर त्यसबाट चिनी उत्पादन हुन्छ वा हुँदैन भन्ने अनुमान गर्न सकिंदैन । यहाँ उखु भनेको सूचना हो, ज्ञान भनेको कारखाना र त्यसबाट निस्कने चिनी भनेको प्रज्ञा हो । यस प्रकार सूचना र ज्ञानको आधारमा जुनबेला हामी कुनै नयाँ वस्तु उत्पादन गर्छौं, त्यो नै प्रज्ञा हो । एउटा विद्यार्थीको रूपमा प्रज्ञाको खास आवश्यकता पर्दैन ।
यसको आवश्यकता त्यसबेला पर्दछ, जुनबेला हामी विद्यालय र क्याम्पसबाट निस्केर व्यावहारिक जीवनमा प्रवेश गर्छौं ।
यस कारण विद्यार्थीहरूले प्रज्ञा सम्बन्धमा चिन्तित हुनुपर्ने आवश्यकता छैन । तर, स्वयंलाई सूचनामा मात्र सीमित राख्नु तपाईंको लागि कुनै पनि हालतमा उचित हुँदैन । यदि तपाईंले त्यसलाई ज्ञानको तहसम्म पुर्याउनुभएन भने जुनबेला तपाईं क्याम्पसबाट बाहिर आउनुहुन्छ, त्यसबेला त्यो सूचना दिमागबाट हराइसकेको हुन्छ । यस्तो स्थितिमा प्रज्ञाको कल्पना गर्नु निरर्थक हुनेछ । त्यसैले अध्ययन कलाको पहिलो चरण सूचनालाई ज्ञानमा परिवर्तित गर्नु हो । मलाई के विश्वास छ भने तपाईंले मैले भनेको कुरा राम्ररी बुझ्नुभएको होला । बुझ्नुभएको छ भने तपाईंले अवश्य पनि परीक्षामा बढी अड्ढ हासिल गर्नुहुनेछ । विस्टन चर्चिलले एकपटक भनेका थिए,“निराशावादीले प्रत्येक अवसरलाई कठिनाइको रूपमा हेर्दछ भने आशावादीले प्रत्येक कठिनाइलाई अवसरको रूपमा हेर्दछ ।”
by_ kb
===
S.P
===

नेपालमा निजामती सेवाको विकास

नेपालमा निजामती सेवाको विकास
१. लिच्छविकालमा महासचिवलाई के भनि चिनिन्थ्यो ? – महासर्वप्रतिहार
२. राणाकालमा राजश्व हिनामिना गर्ने कर्मचारिको कति पुस्तासम्म सजाँय हुने व्यवस्था थियो ? – ७ पुस्ता
३. राणाकालमा सैनिकहरुले सैनिक कार्यको साथै कस्तो प्रकृतिका कार्यहरु गर्थे ? – निजामती
४. राणाकालमा कर्मचारीहरुको मुख्य कार्य के हुन्थ्यो ? – शान्ति सुरक्षा कायम गरि राजश्व संकलन गर्नु
५. राणाकालमा कर्मचारीलाई तलब कुन आधारमा प्रदान गरिन्थ्यो ? – प्रधानमन्त्रीले तोकेबमोजिम
६. नेपालमा कर्मचारी भर्नासम्बन्धी कार्य पब्लिक सर्भिस कमिसनमार्फत गर्ने भनी कहिले निर्णय गरियो ? – वि.सं. २००७ मा
७. राणाकालमा जिल्लाको प्रमुख शासक को हुन्थ्यो ? – सुब्बा
८. निजामती सेवाको सुरुवात कुन देशबाट भएको मानिन्छ ? –चीन
९. नेपालमा निजामती सेवा ऐन तथा नियमावली कहिले आएको हो ? – वि.सं. २०१३
१०. नेपालमा कुन प्रशासन सुधार आयोगको सुझावअनुसार निजामती सेवा ऐन लागु भएको हो ? – प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३
११. निजामती सेवा ऐन कतिपटकसम्म संशोधन भएको थियो ? -४ पटक
१२. निजामती सेवा नियमावली, २०१३ लाई खारेज गरी नयाँ निजामती नियमावली कहिले ल्याईयो ? – वि.सं. २०२१
१३. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भयो ? – वि.सं. २०३९
१४. नेपालको अन्तरिम संविधान, २०६३ को कुन धारामा सरकारी सेवाको गठनसम्बन्धमा उल्लेख गरिएको छ ? – धारा १५३
१५. नेपालमा हाल प्रचलनमा रहेको लोकसेवा आयोग (कार्यविधि) ऐन कुन हो ? - लोकसेवा आयोग (कार्यविधि) ऐन, २०४८
१६. निजामती प्रशासनलाई प्रभावकारी बनाउन व्यवस्थापन परीक्षण (Management Audit) को व्यवस्था कहिलेदेखि भएको हो ? – आ.व. २०५५/५६
१७. नेपाल सरकारद्वारा संचालित शासकीय सुधार कार्यक्रम (Governance Reform Program-GRP) कहिलेदेखि सुरु गरिएको हो ? – आ.व. २०५८/५९
१८. “दरखास्त परिषद्” को व्यवस्था नेपालको कुन कानुनले गरेको थियो ? – नेपाल सरकारको वैधानिक कानुन, २००४
१९. कुन प्रधानमन्त्रीको पालादेखि कर्मचारीलाई पेन्सन दिने व्यवस्था गरिएको हो ? – जुध्दशमसेर
२०. निजामती सेवा ऐन, २०६४ अनुसार पिछडिएको क्षेत्र अन्तरगत पर्ने जिल्लाहरु कुनकुन हुन् ? – अछाम, कालिकोट, जाजरकोट, हुम्ला, डोल्पा, बझाङ, बाजुरा, जुम्ला, मुगु
२१. हालको निजामती सेवा ऐनमा कति परिच्छेद र दफा रहेका छन् ? – १० परिच्छेद र ७६ दफा
२२. पहिलोपटक निजामती सेवा दिवस कहिले मनाइयो ? – २०६१ भाद्र २२
२३. निजामती कर्मचारीको वैयक्तिक विवरं तथा अन्य अभिलेख कहाँ राखिन्छ ? – निजामती किताबखाना
२४. नेपालमा सरकारको प्रशासनिक संरचनलाई कति भागमा वर्गीकरण गरिएको छ? २(केन्द्रिय र स्थानीय)
२५. राष्ट्रीय प्रकृति संरक्षण कोष कुन मन्त्रालय अन्तरगत पर्छ ? – वन तथा भू संरक्षण मन्त्रालय
२६. नेपालमा शान्ति सचिवालयको स्थापना कहिले भएको हो ? – २०६१ भाद्र २५
२७. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना कहिले भएको हो ? – वि.सं. २०४७ माघ २६
२८. हालको मुख्य सचिव पदलाई वि.सं. २०२३ भन्दा अघि के भनिन्थ्यो ? – क्याविनेट सेक्रेटरी

बजेट तर्जुमा प्रक्रियाका चरणहरु

बजेट तर्जुमा प्रक्रियाका चरणहरु
1.अर्थ मन्त्रालयमा Micro Economic Framework को निर्धारण
2.श्रोत अनुमान समितिबाट साधान श्रोत र खर्चको प्रारम्भिक अनुमान
3.श्रोत अनुमान समितिबाट क्षेत्रगत सिमांक निर्धारण
4.अर्थ मन्त्रालयको सहयोगमा राष्ट्रिय योजना आयोगबाट मन्त्रालयलाई मार्गदर्शन,सीमा र परिपत्र पठाउने
5.मन्त्रालयहरुबाट सम्बन्धित बिभागहरुलाई मार्गदर्शन,सीमा र परिपत्र पठाउने
6.सम्बन्धित बिभागहरुबाट मातहत कार्यालयहरुलाई मार्गदर्शन,सीमा र परिपत्र पठाउने
7.इकाइगत कार्यालयहरुबाट सम्बन्धित बिभागमा बजेट प्रस्ताब
8.बिभाग र अर्न्तगतको बजेट सम्बन्धित मन्त्रालयमा प्रस्ताब
9.सम्बन्धित मन्त्रालयबाट राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा बजेट प्रस्ताब
10.राष्ट्रिय योजना आयोगमा नीतिगत छलफल
11.अर्थ मन्त्रालायमा कार्यक्रमगत र खर्च शीर्षगत छलफल
12.अर्थ मन्त्रालयमा मस्यौदा तय

नेपालका वरिष्ठ साहित्यकारहरुका प्रथम प्रकाशित कृतिहरु:

नेपालका वरिष्ठ साहित्यकारहरुका प्रथम प्रकाशित कृतिहरु:
१. भानुभक्त आचार्य - बालकाण्ड
२. मोतिराम भट्ट - गजेन्द्रमोक्ष
३. जयपृथ्विबहादुर सिह - अक्षराङ्क शिक्षा 
४. लेखनाथ पौडेल - शिशुबोधिनी
५. बालकृश्न सम - मुटुको ब्यथा
६. माधव प्रसाद देवकोटा - नवमन्जरी
७. भवानी भिक्षु - गुनकेशरी
८. सिद्धिचरण श्रेष्ठ - उर्वशी
९. भिमनिधी तिवारी - मेरो बयालिस गलज

पुनर्निर्माण प्राधिकरण मा CEO नियुक्ति....!!!
===========================
#. CEO को नाम..... शुसिल ज्ञावली
#. नियुक्ति मिति..... 2072-09-10

सन्धिहरु बि: सं मा
=============
#. केरुङ सन्धि : १८४६
#. वेत्रावती १८४९
#. थापाथलि १९१२
#. सुगौली १८७२



नाच र संबंधित स्थान र समूदाय

नाच र संबंधित स्थान र समूदाय
====================
#. घाटु नाच :- गुरुङ
#. कार्तिके :- ललितपुर क्षेत्र
#. चण्डी :- किरात राई
#. झिझिया :- मैथिली समुदय
#. डेउडा :- सुदुर पश्चिम्
#. दशै :- सतार समुदाय
#. धिन्तमे :- ज्यापू समुदाय
#. बडा :-थारु
#. भुवो :- पश्चिम् पहाड
#. मारुनी :- तामाङ मगर
#. रुद्रायणी :- ललितपुर
#. रोदि :- गुरुङ मगर
#. लठ्ठी / तरबार :- थारु
#. स्याब्रु :- शेर्पा
#. सेलो :- तामाङ
#. हुड्के :- मध्य तथा सुदुर पश्चिम

केहि ६० प्रश्नोत्तर हरु

▶केहि ६० प्रश्नोत्तर हरु
१) अस्पतालबाट निस्कने फोहर अन्य फोहरसंग मिसायो
भने रु ३० हजार देखि रु १ लाख सम्म जरिवाना हुन्छ भने
कति वर्ष कैद हुन सक्छ ?
✔३ वर्ष
२) कौटिल्यको अर्थशास्त्रमा कतीश्लोकहरू रहेका छन् ?
✔६,००० श्लोक
३) कहिले देखि नेपालमा साधारण र विकास बजेट फरक
गरिएको हो ?
✔वि. स. २०१८साल
४) माउन्ट केटु सगरमाथा भन्दा कति होचो छ ?
✔२३७ मिटर
५) तेक्वाण्डोको पुर्व राष्ट्रीय खेलाडि संगिना बैधलाई
कहिले राष्ट्रपती रामवरण यादवले रु:-१५ लाख सहित
सम्मान गर्नुभयो ?
✔२०७१ फागुण २९ गते
६) प्रस्तावित माथिल्लो कर्णाली जलविद्युत
आयोजनाको उत्पादन क्षमता कति छ ?
✔९०० मेगा वाट
७) नील आम्रस्ट्रङले चन्द्रमा पहिलो पाईला टेकेको
स्थानलाई के भनिन्छ ?
✔सी अफ ट्रेन्किवलिटि
८) ग्रामी अवार्डमा(२०१४) वेलायाती गायक साम
स्मिथको कुन गितले Song of the year को अवार्ड प्राप्त
गर्यो ?
✔Stay with me
९) Theory of Natural selection डार्बिन सिद्दन्तको
नेपाली कुन वैज्ञानिकले पुष्टी गरे ?
✔डा• सगित लामिछने
१०) शाही नेपाली चलचित्र संस्थानले निर्माण गरेको
पहिलो चलचित्र कुन हो ?
✔मनको बाध
११) युहान इन्टरनेशनल इभेन्टले राजधानिमा आयोजना
गरेको मिस टिनएजर्स इन्टरनेशनल-२०१५ सौन्दर्य
प्रतियोगिताको उपाधि जित्ने किशोरी को हुन् ?
✔ एन्जल गुरुङ
१२) नेपाल सरकारको संघिय मामिल तथा स्थानिय
बिकास मन्त्रालयले निर्वाचन क्षेत्र पुर्वधार बिशेष
कार्यक्रम (सञ्चालन कार्यबिधी) नियमावली २०७१
कहिले सार्वजनिक गर्यो ?
✔२०७१ पुस ०९
१३) ओलम्पिकको मुख्य झन्डामा कुन आदर्श वाक्य
लेखिएको हुन्छ ?
✔'Faster, Higher, Stronger'
१४) जनसंख्या पिरामिड लाई कति प्रकारमा बिभाजन
गर्न सकिन्छ ?
✔२ प्रकार
१५) एउटा वयस्क रुखले दैनिक औसत कति अक्सिजन दिन्छ ?
✔२•७ केजि
१६) देशको आर्थिक अवस्था सुदृढ भएको अवस्थामा
विदेशी सहयोगको आवश्यकता पर्दैन, यस अवस्थालाइै के
भनिन्छ ?
✔zero net aud
१७) पूर्वि युक्रेनमा २९८ जना सवार मलेसियन जहाजलाई
कहिले खसालिएको थियो ?
✔सन २०१४ जुलाई १७
१८) रामसार अवार्ड कहिले देखि प्रदान गर्न थलिएको
हो ?
✔सन १९९६ देखि
१९) सन २०१५मा मनाइएको १०५ औ अन्तराष्ट्रीय नारी
दिवसको नारा के थियो ?
राष्ट्रीय▶लैङ्गिक मैत्री संविधान,महिला हिंसाको
निदान (
अन्तराष्ट्रीय▶Empowering Women ,Empowering
Humanities
२०) विश्वको सर्वच्चो स्थानमा रहेको घाँटि(पुर्विघ्य
ाच) कति उचाँईमा रहेको छ ?
✔६,५७१ मिटर
२२) निल आर्मस्ट्र्ङको निधन कहिले भयो ?
✔ सन २०१२ अगस्ट २६
२३) महेन्द्र राजमार्ग कतिओटा खण्डमा बनाइएको छ ?
✔५
२४) रकेट इन्जिन तथा जेट इन्जिन न्युटनको चालसम्बन्धी
कुन नियमको आधरमा निर्माण गरिएको हो ?
✔ तेश्रो नियम
२५) लुई पाश्चरले रेबिज रोग विरुद्दको सुईको आविष्कार
कहिले गरेका थिए ?
✔सन १८५५
२६) जीवाणुहरुले माटोमा भएका नाइट्रेटहरुलाई
वायुमण्डलिय नाइट्रोजन, नाइट्रस अक्साइड, एमोनिया
अक्सिजन आदिका रुपमस विच्छेदन गर्ने प्रक्रीयालाई के
भनिन्छ ?
✔ डिनाइट्रीफिकेसन
२७) सन २०१४ को द म्यान बुकर पुरस्कार कसलाई प्रदान
गरियो ?
✔Richard Flanagan
२८) यदि क्रीकेटलाई भकुण्डो, भकुण्डोलाई चेस, चेसलाई
टेनिस , टेनिसलाई गल्फ भनिन्छ भने "रोजर फेडेरर" कुन
खेलसग सम्बन्धित छन ?
✔गल्फ
२९) वि•सं• २०७० सालको चान्सलर स्वर्णपदक, रामप्रसाद
मानन्धर स्वर्णपदक र त्रीविको प्राध्यापक
स्वर्णपदकबाट बिभुषित हुने एकै व्याक्ती को हुन ?
✔ मिनबहादुर रानाभाट
३०) साठी बर्ष पुग्दा मनाईने उत्सवलाई के भनिन्छ ?
✔हिरक जयन्ति
३१) सन १९५९ मा भएको अन्टार्कटिका सन्धिमा
कतिवटा देशहरुले हस्ताक्षर गरेका छन ?
✔१२ देशले
३२) विश्वमा लोप हुन लागेका वन्यजन्तुहरुको सूची
प्रकासन गरिने प्रतिवेदनलाई के भनिन्छ ?
✔ रेड डाटा बुक
३३) संसारको सबैभन्दा सानो चरा कुन हो ?
✔बी हमिङ बर्ड
३४) नेपालमा सबैभन्दा बढी प्रजातिका चरा, पुतली र
माछा पाइने उपत्यका कुन हो ?
✔अरुण उपत्यका
३५) विश्वको कुन नदिमा माछा पाइदैन ?
✔जोर्डन
३६) विश्वमा हाल कति प्रजातिका बाघहरु रहेका छन ?
✔६ प्रजातिका
३७) भक्तपुर स्थित सँग्रहालयमा रहेको १५ औं शताब्दीको
रंगीन चित्रांकित मन्जुषालाई के भनिन्छ ?
✔ पेटारो
३८) धानको उत्पादन गर्न कति तापक्रम उत्तम हुन्छ ?
✔३२° सेन्टिग्रेड
३९) 'शेष घले'कुन देशका धनाड्यहरुको सूचिमा पर्ने नेपाली
हुन्?
✔अष्ट्रेलिया
४०) दुबै हात नभएका गैर आवसिय नेपालि सुदर्शन गौतमले
कहिले सगरमाथाको चुचुरोमा पुगे ?
✔२०१४ मे २१
४१) भारत सरकारको सहयोगमा आकस्मिक
विरामीहरुको उपचारका निम्ती निर्मित ट्रमा
सेन्टरको उद्घाटन कहिले भएको हो ?
✔ वि.सं २०७१ मंसिर ९ गते
४२) म्याग्नाकार्टामा कति धारा छन् ? ?
✔६३ धारा
४३) चर्चित उपन्यास ह्यारी पोर्टरकी लेखीका जेके
रोलिङ कहिले नेपाल आएकी थिइन ?
✔ २०७१ चेत्र ७ गते
४४) सूचना तथा सञ्चार प्रविधिको सेवा तथा
साधनश्रोतमा पहुँच भएका र नभएका समुहबिचको
अन्तरलाई के भनिन्छ ?
✔डिजिटल विभेद
४५) धातुबाट नामाकरण गरिएको देश कुन हो ?
✔अर्जेन्टिना
४६) चिन र नेपाल बिचको रसुवागढी नाकाको
सञ्चालन कहिलेबाट भएको हो ?
✔ २०७१ मंसिर १५ गते
४७) शंखरापुर नगरपालिका काठमाडौंमा पर्दछ भने
निलकण्ठ नगरपालिका कहाँ पर्दछ ?
✔धादिङ्ग
४८) रुपन्देहीमा देशकै पहिलो आर्थिक क्षेत्रको उदघाटन
कहिले भएको थियो ?
✔वि.सं २०७१ मंसिर २ गते
४९) नेपालमा कति प्रकारका संस्थानहरु रहेका छन ?
✔६
५०) नेपालको प्रमुख दलहन बाली कुन हो ?
✔मुसुरो
५१) मधु श्रावणी पर्व नेपालको कुन ठाँउमा मनाईन्छ ?
✔जनकपुर
५२) लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका
छन ?
✔ संस्कृत
५३) नेपालको निर्वाचन कानुन अनुसार कति प्रतिसत मत
नल्याउने उम्मेदवारको जमानत जफत हुन्छ ?
✔१०%
५४) कुटनितिक मर्यदा विपरित कार्य गरेको ठहर गरि
कार्य अवधी छदै पदमुक्त गरिएका नेपाली राजदुत को
हुन ?
✔मायाकुमारी शर्मा
५५) अदुवा उत्पादनमा विश्वमा पहिलो स्थानमा कुन
देश रहेको छ ?
✔भारत
५६) सन २०१५ को विश्वकप क्रीकेट प्रतियोगितामा
म्यान अफ द टुर्नामेन्ट कुन खेलाडी भए ?
✔मिचेल स्टार्स
५७) राजधानी काठमाण्डौलाई तराईसंग जोड्ने
(काठमाण्डौ-निजगढ) निर्माणाधिन फास्ट
ट्र्याकको लम्बाई कति किमि रहेको छ ?
✔ ७६ किमि
५८) द राईजिङ नेपालका प्रथम सम्पादक को थिए ?
✔वरुण शमशेर राणा
५९) बेलायाती सेनाको सर्वच्चो सम्मान भिक्टोरिया
क्रस पाउने नेपालीहरु कति जना छन ?
✔१३ जना
६०) "जङ्गबहादुर मेरो लाशसँगै सति जानेछ" कसले भनेका
थिए ?
✔लखन थापा
.