Monday, August 9, 2021

Gorkhapatra online loksewa whole one year GK.. FROM 2077 ASAR TO 2078 SHRAWAN

 १. सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)मा कसलाई नियुक्त ग¥यो ?

 शैलेश थापा क्षेत्री ।

– २०७७ असार २३ को मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापा क्षेत्रीलाई महानिरीक्षकमा नियुक्त गरेको ।

– भक्तपुर सूर्यविनायक नगरपालिका–६, कटुन्जेका थापा क्षेत्री प्रहरी सङ्गठनको २८औँ महानिरीक्षक बन्नुभएको ।

– उहाँ २०४९ वैशाख १८ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको ।

– प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा अवाधिका कारण असार २४ बाट अनिवार्य अवकाश पाउनुभएको ।


२. कृषि बालीलाई सर्वाधिक क्षति पु्¥याउन सक्ने फट्याङ्ग्रा आकारको कीरालाई के भनी चिनिन्छ ?

 सलह ।

– २०७७ असार १३ मा नेपालमा सलह कीरा भित्रिएको । २०७७ वैशाखमा भारतको मध्यप्रदेश, गुजरात, राजस्थानलगायतका राज्यमा सलहले छोटो समयमै ५० हजार हेक्टरभन्दा बढीको बालीमा क्षति पु्¥याएको थियो । नेपालमा नभित्रिने अनुमान गरिए पनि सलहको प्रवेशले अन्नबालीमा ठूलो क्षति पु¥याउने जोखिम बढेको ।

– मरुभूमिमा पाइने सलहको प्रजाति ‘डेजर्ट लोकस्ट’ नै हाल पाकिस्तान र भारतमा ठूलो क्षति पु¥याउँदै नेपाल प्रवेश गरेको ।


३. विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिकाले औपचारिक रूपमै बाहिरिएको घोषणा कहिले ग¥यो ?

 सन् २०२० जुलाई ६ ।


४. ‘एन एकाउन्ट अफ किङडम अफ नेपाल’का लेखक विलियम कर्क पेट्रिक हुन् भने ‘एन एकाउन्ट अफ किङडम अफ हिमालयज’का लेखक को हुन् ?

 टोनी हेगन ।


५. मनोरम हात्ती छहरा कहाँ रहेको छ ?

 दोलखा ।


६. पर्यटक आकर्षित गर्ने उद्देश्यसहित ‘सिटी अन द हिल’का रूपमा ब्रान्डिङ गर्न थालिएको नेपालकै पहिलो सहर कुन हो ?

 कीर्तिपुर ।

– कीर्तिपुरलाई ‘सिटी अन द हिल’ अर्थात् पहाडमा रहेको सहरका रूपमा ब्रान्डिङ गर्न थालिएको ।

– कुनै पनि सहरको ब्रान्डिङ गरिएको यो नेपालमै पहिलोपटक हो । २०७७ असारमा उक्त ब्रान्डको लोगो सार्वजनिक गरिएको ।


७. कोभिड–१९ सङ्क्रमितको सघन उपचारमा प्रयोग हुने अत्यावश्यकीय उपकरणहरू सहज र सुलभ तरिकाले उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा हालै सञ्चालनमा ल्याउन थालिएको सेवा कुन हो ?

 नेपाल भेन्टिलेटर बैङ्क ।

– परोपकारी संस्थाका रूपमा स्थापित ‘नेपाल भेन्टिलेटर सर्भिस’ नामक संस्थाले नेपालका सरकारी, सामुदायिक र निजी अस्पतालहरूमा भेन्टिलेटरलगायत सघन उपचारका उपकरण सर्वसुलभ रूपमा उपलब्ध गराउने बताएको ।

– संस्थाका अनुसार कोभिड–१९ महामारीको अवस्थामा सरकारसँगको सहकार्य आवश्यक परेका स्थानहरू तथा अस्पतालहरूमा संस्थाका भेन्टिलेटरहरू परिचालन गर्न सकिने गरी संस्थाले समन्वय गर्ने भएको ।

– संस्थाले हाल वाग्मती प्रदेशमा भेन्टिलेटरलाई केन्द्रित गर्ने र पछि नेपालका सातवटै प्रदेशमा शाखा विस्तार गरी आवश्यक भेन्टिलेटर सोही प्रदेशकै शाखाबाट उपलब्ध गराउने व्यवस्था गरिने जनाएको ।


८. खाडी मुलुकमा घरेलु कामदारमा जाने महिलाको उमेर हद कति तोकिएको छ ?

 २४ वर्ष ।


९. कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दाबन्दी गरिएसँगै बन्द गरिएको सार्वजनिक यातायात कहिलेदेखि सञ्चालन गर्न दिनेगरी सरकारले निर्णय ग¥यो ?

 विक्रम संवत् २०७७ असार २६ ।

– कोरोना सङ्क्रमणको खतरा कायम रहेकाले सरकारले सिट क्षमताभन्दा आधामात्र यात्रु राखेर यातायात सञ्चालन गर्ने व्यवस्था गरेको ।


१०. सन् २०२० जुलाई ११ मा मनाइएको विश्व जनसङ्ख्या दिवसको नारा के हो ?

 कोभिड–१९ सङ्क्रमणको पूर्ण अन्त्य गरौँ, महिला र किशोरीहरूको स्वास्थ्य र अधिकार सुरक्षित गरौँ ।


११. विश्व सैनिक खेलकुद प्रतियोगिताको सातौँ संस्करण कहिले र कहाँ सम्पन्न भयो ?

 सन् २०१९ अक्टोबर १८–२७ (चीनको वुहान) ।

– प्रतियोगितामा ११० मुलुकका ९ हजार ३०८ सैनिक खेलाडीको सहभागिता रहेको ।

– २७ खेलमा प्रतिस्पर्धा भएको सो प्रतियोगितामा चीन, रूस र ब्राजिल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका ।

– सो प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी भएको ।

– खेलकुदको माध्यमबाट विश्व शान्ति स्थापनाको अवधारणाका साथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्द्वारा विश्व सैनिक खेलकुद प्रतियोगिता आयोजना गरिएको ।


१२. सन् २०१९ सेप्टेम्बर २० नोभेम्बर २ सम्म योकोहामा (जापान)मा आयोजित विश्वकप रग्वीको उपाधि कसले जित्यो ?

 दक्षिण अफ्रिका

– दक्षिण अफ्रिका तेस्रोपटक विश्व च्याम्पियन बनेको । यसअघि दक्षिण अफ्रिका सन् १९९५ र सन् २००७ मा उपाधि विजेता बनेको । दक्षिण अफ्रिकाले सर्वाधिक तीनपटक रग्वी विश्वविजेता न्युजिल्यान्डको समकक्षमा आफूलाई उभ्याएको ।


१३. सन् २०१९ अक्टोबर १७ मा मनाइएको अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको नारा के हो ?

 गरिबी निवारणका लागि बालबालिका, उनीहरूको परिवार र समुदायको सशक्तीकरणका लागि सहकार्य ।


१४. १२४ घण्टा तीस मिनेट निरन्तर पुस्तक पढी विश्व कीर्तिमान कायम गर्ने नेपाली प्रतिभा को हुन् ?

 मुकेशराज जोशी

– बझाङका जोशीले २०७६ असोज ५–१० गतेसम्म लगातार ६ दिन पुस्तक पढी सो रेकर्ड राखेका ।

– यसअघि यो रेकर्ड नाइजेरियाका नागरिकको नाममा रहेको । उनले लगातार १ सय २० घण्टा अध्ययन गरी रेकर्ड

राखेका थिए ।


१५. प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद् सचिवालयलाई एक आपसमा गाभी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कहिले बनाइएको हो ?

 विसं २०६० असोज २


१६. प्रहरी सङ्गठनमा महŒवपूर्ण योगदान पु¥याउने अवकाशप्राप्त प्रहरीलाई दिइने लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७६ कसलाई प्रदान गरियो ?

 यादव अधिकारी ।


१७. असंलग्न राष्ट्रहरूको १८औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 सन् २०१९ अक्टोबर २५–२६, अजरवैजानको राजधानी वाकु ।


१८. असंलग्न आन्दोलन (नन एलाइनमेन्ट मुभमेन्ट–नाम)द्वारा कुन वर्षलाई ‘अन्तर्राष्ट्रिय शान्ति तथा विश्वासको वर्ष’का रूपमा मनाइने भएको छ ?

 सन् २०२१


१९. नेपाल राजपत्रलाई सरल एवम् सुलभ बनाउन ल्याइएको मोबाइल एप कुन हो ?

 नेपाल गजेट ।


२०. पाश्चात्य राजनीतिका कौटिल्यका रूपमा कसलाई चिनिन्छ ?

 मेकियाबेली ।


२१. सन् २०१९ को १००औँ नोवल शान्ति पुरस्कारबाट सम्मानित व्यक्तित्व को हुन् ?

 इथियोपियाका प्रधानमन्त्री आबी अहमद अली ।

– शान्ति प्राप्ति एवम् अन्तर्राष्ट्रिय समन्वय जुटाउन उल्लेखनीय भूमिका निर्वाह गरेका कारण उनलाई सो पुरस्कार प्रदान गरिएको ।

– सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धसँगै सुरु भएको २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच सन् २०१८ जुलाईमा शान्ति सम्झौता भएको र त्यसमा आबीको महŒवपूर्ण भूमिका रहेको ।

– सन् २०१८ अप्रिलमा प्रधानमन्त्री भएयता आबीले इथियोपियामा धेरै सुधारका कार्यहरू गरिसकेका ।


२२. माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

 २१६ मेगावाट ।

– नेपालको जलविद्युत् क्षेत्रमा हालसम्मकै ठूलो परिमाणको प्रत्यक्ष वैदेशिक लगानीका रूपमा लिइएको यो जलविद्युत् आयोजनाका लागि प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी र ऋण लगानी गर्ने नौवटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबीच विसं २०७६ कात्तिक १५ मा ५१ अर्ब रुपियाँको लगानी सम्झौता सम्पन्न भएको ।

– सो जलविद्युत् आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमार्फत वित्तीय व्यवस्थापन गरिने जनाइएको ।


२३. सरकारले गरिब घरपरिवारलाई परिचयपत्र वितरण गर्ने कार्य कहिलेदेखि थालेको हो ?

 विसं २०७५ असार २९

– कपिलवस्तुको मायादेवी–६, डुमराबाट पहिलोपटक परिचयपत्र वितरण सुरु गरिएको ।

– गरिब घरपरिवार सहयोग समन्वय बोर्डले विसं २०७० मा विभिन्न २६ जिल्लामा सर्वेक्षण गरी तथ्याङ्क सङ्कलन गरेको र सोही तथ्याङ्कका आधारमा ती जिल्लामा परिचयपत्र वितरण कार्य अघि बढाइएको ।

– ती जिल्लाका साथै बाँकी जिल्लामा पनि गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण कार्यलाई जारी राखिने ।

– पहिचान गरिएका गरिब परिवारलाई गरिबीको अवस्थाअनुसार अति, मध्यम र सामान्य गरिबमा वर्गीकरण गरिएको र प्रत्येकलाई फरक–फरक रङ (क्रमशः रातो, पहेँलो र नीलो)को प्रमाणपत्र दिने व्यवस्था गरिएको ।


२४. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?

 राजवंशी


२५. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?

 किलिमन्जरो

– अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटकीय गन्तव्य पनि हो ।

– यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको छ ।

– यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्छ ।


२६. नेपालमा पहिलोपटक सरकारी तवरबाट राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?

 विसं २०७५ असार २० ।

– (‘नसर्ने रोगमा प्राकृतिक चिकित्सा’ भन्ने मूल नारासहित पहिलोपटक सो दिवस मनाइएको ।)


२७. ‘०’ डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ भने ‘०’ डिग्री अक्षांश रेखालाई के भनिन्छ ?

 भूमध्येरेखा


२८. नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?

 कतार (सन् २००५ अप्रिल २१) ।


२९. नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ?

 बाग्लुङ


३०. अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र पाउने नेपालको वायुसेवा कुन हो ?

 राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम

– निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमिसेवा)बापत सो प्रमाणपत्र प्राप्त गरेको ।


प्रस्तुतकर्ता : टङ्क केसी




१. नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीद्वारा आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?

 विक्रम संवत् २०७७ साउन २ ।

– कोभिड–१९ को प्रभावबाट अर्थतन्त्रको जोखिम कम गर्ने प्राथमिकतालाई ध्यान दिँदै मौद्रिक नीति सार्वजनिक भएको ।

– आव २०७७÷७८ को नेपाल सरकारको बजेटमा व्यवस्था भएबमोजिम स्थापना हुने रु. ५० अर्बको पुनर्कर्जा कोष परिचालनमार्फत निश्चित मापदण्डका आधारमा कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यमलगायतका व्यवसायको सञ्चालन एवम् निरन्तरता, ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशीलता विकासको अवसर दिन बैङ्क तथा वित्तीय संस्थाबाट पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने मौद्रिक नीतिमा उल्लेख  ।

– २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिटलगायतका अल्पकालीन प्रकृतिका चालु पुँजी कर्जालाई बैङ्क तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने व्यवस्था मिलाइने ।

– नयाँ लघुवित्त वित्तीय संस्थाको इजाजत दिने कार्य स्थगन गरिएको ।

– प्रदेशस्तरमा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले तोकिएको प्रदेशबाहेकका क्षेत्रमा सञ्चालनमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कारोबार एउटै प्रदेशमा सीमित गर्नुपर्ने समयसीमा २०७७ असार मसान्तबाट बढाई २०७८ असार मसान्त कायम गरिएको ।

– लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गरिने ।

– बैङ्क तथा वित्तीय संस्थाको पुँजीको आधार दरिलो बनाई जोखिम वहन क्षमता सुदृढ तुल्याउन वाणिज्य बैङ्क आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियालाई थप प्रोत्साहित गरिने ।

– कृषि उत्पादनमा आत्मनिर्भर बनाउन वाणिज्य बैङ्कले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको ।

– २०८१ असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने ।

– वाणिज्य बैङ्कले २०८१ असार मसान्तसम्म लघु, सान एवम् मझौला उद्यमका क्षेत्रमा १ करोडभन्दा कम रकमका कर्जा आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुनेगरी प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको ।

– भुक्तानी सेवाप्रदायकका रूपमा अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तीमा ३ लाख ग्राहक नपु¥याएमा र मासिक औसत कारोबार सङ्ख्या कम्तीमा ६ लाख नपुगेमा त्यस्ता संस्थाको अनुमति खारेज गर्न सकिने ।

– मुद्रास्फीति औसत ७ प्रतिशतभित्र सीमित हुनेगरी मौद्रिक व्यवस्थापन गरिने भएको ।


२. चौँरी प्रजनन तथा स्रोत केन्द्रको स्थापना कहाँ गरिएको छ ?

 भीमेश्वर नपा–१, दोलखा ।

– वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोड रुपियाँको लागतमा चौँरी प्रजनन तथा स्रोत केन्द्र स्थापना गरिएको ।

– उन्नत जातका चौँरीका बाच्छाबाच्छी उत्पादन गर्ने तथा भविष्यमा याकको वीर्य सङ्कलन गरी कृत्रिम गर्भाधानसमेत गर्ने उद्देश्यसाथ स्रोत केन्द्र स्थापना गरिएको ।


३. “हामी आफ्नो लोभ र मूर्खताका कारण स्वयम्लाई नष्ट गर्ने खतरा मोलिरहेका छौँ” भन्ने भनाइ कसको हो ?

 स्टेफन हकिङ ।


४. २०७७ सालको डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?

 राष्ट्रिय आविष्कार केन्द्र ।

– (त्यस्तै, नमुना सामुदायिक पुस्तकालय स्थापनामार्फत गरेको योगदानको कदर गर्दै रिड नेपालका संस्थापक डा. एन्टोनिया न्युबरलाई डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिएको ।)


५. नेपालमा हाल लागू राष्ट्रिय खनिज नीति कुन हो ?

 राष्ट्रिय खनिज नीति–२०७४ ।


६. स्वीस व्यावसायिक विद्यालय इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले सन् २०२० जुलाईमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी प्रतिस्पर्धात्मक वरियतामा प्रथम पाँच स्थानमा रहन सफल राष्ट्र कुन–कुन हुन् ?

 क्रमशः सिङ्गापुर, डेनमार्क, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र हङकङ ।

– सर्वेक्षणअनुसार सिङ्गापुरको अर्थतन्त्र लगातार दास्रो वर्ष पनि सबैभन्दा प्रतिस्पर्धात्मक बनेको ।

– दुई देशबीचको व्यापार युद्धका कारण अमेरिका र चीनको प्रतिस्पर्धात्मक क्षमतामा कमी आएको । यस वर्ष अमेरिका सात स्थान तल झरेर १०औँ स्थानमा र चीन ६ स्थान तल ओर्लिंदै २०औँ स्थानमा पुगेको । सन् २०१८ यता दुवै देश व्यापार युद्धमा मुछिएका ।

– बेलायत सूचीमा ४ स्थान माथि उक्लिँदै १९औँ स्थानमा पुगेको । त्यस्तै, जापान ४ स्थान तल झरेर ३४औँ स्थानमा आउँदा भारत ४३औँ स्थानमा यथावत् रहेको ।


७. २०७७ असार ५ को लगानी बोर्ड बैठकले स्वीकृत गरेको पाँच जलविद्युत् परियोजना कुन–कुन हुन् ?

 माथिल्लो मस्र्याङ्दी–२ (३२७ मेगावाट), कालीगण्डकी गर्ज (१६४ मेवा), इसुवाखोला (९७.२ मेवा), म्याग्दीखोला (५७.३ मेवा) र आँखुखोला जलविद्युत् आयोजना (४२.९ मेवा) ।

– बोर्ड बैठकले पाँचवटा जलविद्युत् र दुईवटा सिमेन्टसम्बन्धी परियोजनाको लगानी स्वीकृत गरेको ।

– स्वीकृत परियोजना र लगानी


माथिल्लो मस्याङ्दी–२ ७८ अर्ब ६५ करोड

कालीगण्डकी गर्ज २८ अर्ब ६ करोड

इसुवाखोला १३ अर्ब ५७ करोड

म्याग्दीखोला १० अर्ब ३१ करोड

आँखुखोला ६ अर्ब ३० करोड

दाङ सिमेन्ट इन्डस्ट्रिज ३२ अर्ब ५० करोड

सम्राट सिमेन्ट इन्डस्ट्रिज १५ अर्ब ५ करोड



– बोर्डले स्वीकृत गरेका पाँचवटा जलविद्युत् आयोजनाको उत्पादन क्षमता ६८८.४ मेगावाट रहेको ।


८. बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट भई पुरस्कृत हुने स्थानीय तह कुन हो ?

 थाहा नपा (मकवानपुर) ।

(आव २०७५÷७६ को लेखा परीक्षणबाट २.५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको ।)


९. नेपालकै पहिलो फलाम उद्योग “धौवादी फलाम खानी लिमिटेड” को स्थापना कहिले भएको हो ?

 विसं २०७६ पुस १६ गते ।

– गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा सो कम्पनी स्थापना गरिएको ।

– मन्त्रिपरिषद्बाट २०७६ भदौ ८ मा निर्णय भएअनुरूप धौवादी फलामखानी स्थापना गरिएको ।

– खानी तथा भूगर्भ विभागद्वारा आव २०६६÷६७ मा उक्त फलामखानी पत्ता लगाइएको ।


१०. नेपालमा भौगर्भिक अध्ययन एवम् खानी अन्वेषणका लागि सर्वप्रथम नहर तथा जियोलोजी अड्डाको स्थापना कहिले गरियो ?

 विसं १९८६ ।

– नहर तथा जियोलोजी अड्डा विसं १९९९ मा खानी अड्डामा रूपान्तरण भएको ।

– खानी अड्डालाई विसं २०२४ मा भौगर्भिक सर्वेक्षण विभाग बनाइएको ।

– सो विभागलाई विसं २०३३ मा खानी तथा भूगर्भ विभाग नामकरण गरिएको ।


११. संसद्मा राष्ट्रिय मान्यता प्राप्त दल कति रहेका छन् ?

 ३ (नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी) ।

(निर्वाचन आयोगबाट २०७७ असार २४ गते राजनीतिक दलसम्बन्धी ऐन २०७६ को दफा १० को उपदफा (४) बमोजिम राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टी एक आपसमा एकीकरण भई जनता समाजवादी पार्टी नेपाल दल दर्ता भएको ।)


१२. राष्ट्रिय बाघ गणना–२०१८ अनुसार नेपालमा बाघको सङ्ख्या कति पुगेको छ ?

 २३५ ।

– विसं २०७५ असोज ७ मा सो गणनाको नतिजा सार्वजनिक गरिएको । बाघ गणना सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म सञ्चालन गरिएको ।

– सो गणनाअनुसार विभिन्न निकुञ्जमा रहेका बाघको सङ्ख्या ः

– चितवन रा.नि.–९३

– बर्दिया रा.नि. –८७

– बाँके रा.नि. – २१

– पर्सा रा.नि. – १८

– शुक्लाफाँटा रा.नि.– १८


१३. ५२ कुटी ७२ कुण्ड भनेर जनकपुर क्षेत्रलाई चिनिन्छ भने ५२ पोखरी ५३ ताल भनी कुनलाई चिनिन्छ ?

 रुकुम ।


१४. हाल विश्वमा अतिकम विकसित राष्ट्रहरूको सङ्ख्या कति रहेको छ ?

 ४७ ।


१५. नेपालमा इन्टरनेटको सुरुवात कहिलेदेखि भएको हो ?

 सन् १९९४ ।


१६. नेपालमा राष्ट्रिय महिला आयोगको गठन कहिले भएको हो ?

 विसं २०५८ फागुन २३ ।


१७. वेदव्यासको जन्मस्थल एवम् तपोभूमि दमौली (तनहुँ) हो भने पाणिनि ऋषिको जन्मस्थल कहाँ हो ?

 पणेना (अर्घाखाँची) ।


१८. नेपालमा पहिलोपटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो ?

 वीर अस्पताल (२०७३ साउन १३) ।

– विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको ।

– जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोेमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो ।


१९. विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ?

 इसाबेल पेरोन, अर्जेन्टिना ।


२०. नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा पहिलो राष्ट्रिय गजल महोत्सव कहिले आयोजना गरियो ?

 विसं २०७६ माघ १५–१६  ।

(पहिलोपटक आयोजित राष्ट्रियस्तरको गजल महोत्सवले पाँचबुँदे घोषणापत्र जारी गरेको ।)


२१. रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो ?

 कोसी टप्पु (सन् १९८७) ।


– अन्तर्राष्ट्रिय महŒव बोकेको सिमसार क्षेत्रलाई संरक्षण गर्न रामसार सहरमा भएको महासन्धिलाई रामसार महासन्धिको नाम दिइएको ।

– महासन्धि सन् १९७१ मा भएको ।

– कोसी टप्पुलाई रामसारमा सूचीकृत गर्ने सफलतासँगै नेपाल सो महासन्धिको पक्षराष्ट्र बनेको ।

– सन् २०१६ मा पोखरा उपत्यकाका विभिन्न ताल क्लस्टरलाई रामसार सूचीमा सूचीकृत गरिएसँगै नेपालका १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृृत भएका ।


२२. नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको ‘नेपालीपोर्ट’ को शुभारम्भ कहिले गरिएको हो ?

 विसं २०७६ माघ १३ ।

(त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयमा जडान गरिएको बायोमेट्रिक्स ‘नेपालीपोर्ट’ सूचना तथा सुरक्षा प्रणालीबाट भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा प्रदान गर्न सकिने विश्वास गरिएको ।)


२३. नेपालमा पहिलोपटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने वाणिज्य बैङ्क कुन हो ?

 नबिल बैङ्क ।

(बैङ्कले २०७४ भदौ २३ मा यो सेवाको सुरुवात गरेको ।)


२४. सेता रक्तकोष आवश्यकभन्दा बढी भएमा कुन रोग लाग्दछ ?

 ल्युकेमिया ।


२५. ‘रोमको एउटा पूmल’ र ‘पेरिसको एउटा काँडा’का लेखक को हुन् ?

 लैनसिंह बाङ्देल ।


२६. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?

 सन् २०१७–२०२१ ।


२७. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन–कुन हुन् ?

 लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर ।


२८. ‘जैविक विविधता शैक्षिक उद्यान’को स्थापना कहाँ गरिएको छ ?

 ललितपुर (विसं २०७३ असोज ३) ।


२९. कछुवा संरक्षण केन्द्र कहाँ रहेको छ ?

 झापाको सुखानी सिमसार क्षेत्र ।


३०. प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ स्थापना हुने भएको छ ?

 पाँचखाल ।

(पाँचखाल नगरपालिका वडा नं. ७ मा प्रथम हरित महिला उद्यमी औद्योगिक ग्राम स्थापना गरिने भएको ।)


१. विश्व बैङ्कद्वारा २०७७ साउन ८ मा जारी ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा नेपालको आर्थिक वृद्धिदर कति रहेको उल्लेख छ ?

 १.८ प्रतिशत ।

– तीन वर्षमा निरन्तर ६.५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको बन्दाबन्दीका कारण गत आवमा वृद्धिदर प्रभावित भएको विश्व बैङ्कले जनाएको ।

– बैङ्कले चालु आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको ।


२. चीनले मङ्गल ग्रहको अध्ययनका लागि तियानवेन–१ अन्तरीक्ष यान कहिले प्रक्षेपण गरेको हो ?

 सन् २०२० जुलाई २३ ।

– सो यानलाई हेनान प्रान्तस्थित अन्तरीक्ष प्रक्षेपण केन्द्रबाट लङमार्च ५ मार्फत प्रक्षेपण गरिएको ।

– पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि सन् २०२१ फेब्रुअरीमा पृथ्वीमा फर्कने जनाइएको ।

– यस मिसनमा एउटा मार्स अर्विटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको ।

– यी उपकरणको मद्दतबाट मङ्गल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकले बताएका ।


३. आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको छ ?

 काठमाडौँ उपत्यका ।

– पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा आव २०७७÷७८ देखि यो प्रणाली सुरु गरिएको ।

– हाललाई विपान (व्यावसायिक स्थायी लेखा नम्बर) उपलब्ध गराउँदामात्र यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको ।

– बायोमेट्रिक प्रणाली बिस्तारै देशैभरका करदाता सेवा कार्यालयमा लागू गरिने ।


४. ३२औँ ओलम्पिक खेल कहिले र कहाँ आयोजना गरिने भएको छ ?

 सन् २०२१ जुलाई २३–अगस्ट ८, जापान ।


५. भन्सार विभागद्वारा २०७७ साउन ११ मा सार्वजनिक आव २०७६÷७७ को व्यापार तथ्याङ्कअनुसार नेपालको व्यापार घाटा कति रहेको छ ?

 रु. ११ खर्ब ६४ करोड ।

– विभागका अनुसार आव २०७५÷७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा कोरोनाका कारण आयात निर्यात प्रभावित हुन पुग्दा आव २०७६÷७७ मा ११ खर्ब ६४ करोड कायम भएको ।

– समग्र आयात १५.६३ प्रतिशतले घटेर समीक्षा अवधिमा ११ खर्ब ९६ अर्ब रुपियाँ पुगेको । अघिल्लो आवमा नेपालले १४ खर्ब १८ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।

– नेपालले आव २०७६÷७७ मा ९६ अर्ब १५ करोड रुपियाँको वस्तु निर्यात गरेको, जुन अघिल्लो आबको तुलनामा ०.९८ प्रतिशतले कम रहेको ।

– नेपालबाट निर्यात हुने वस्तुको ठूलो हिस्सा पाम तेलले ओगटेको । नेपालले मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम ल्याएर प्रशोधित गरेर भारतमा बिक्री गर्दै आएको ।

– विभागको तथ्याङ्कअनुसार नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा १४.६९ प्रतिशतको ह्रास आएको ।


प्रमुख पाँच व्यापार साझेदार

– भारत, चीन, इन्डोनेसिया, अमेरिका, युएई

प्रमुख पाँच आयातित वस्तु

– डिजेल, अप्रशोधित फलाम तथा स्टिल, पेट्रोल, एलपी ग्यास, चामल

प्रमुख पाँच निर्यातित वस्तु

– पाम तेल, भटमासको तेल, गलैँचा, ऊनी कपडा, जुट


६. सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी (लकडाउन) कहिलेदेखि अन्त्य गरिएको हो ?

 विक्रम संवत् २०७७ साउन ७ (विसं २०७६ चैत ११ देखि जारी) ।

– २०७६ चैत ११ गतेदेखि गरिएको बन्दाबन्दी पछिल्लोपटक साउन ६ गते मध्यरातसम्मका लागि जारी थियो ।

– सङ्क्रमण नियन्त्रणमा रहेको भए पनि जोखिम कायमै रहेकाले औपचारिक बन्दाबन्दी अन्त्य गरिए पनि कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी व्यवस्था यथावत् राखिएको ।

– चार महिना लामो बन्दाबन्दी अन्त्यको घोषणासँँगै सर्वसाधारणलाई राहत महसुस भएको ।

– विश्वव्यापी प्रभावजस्तै नेपालमा पनि कोरोनाका कारण हरेक क्षेत्र असहज बन्न पुगेको ।

– सरकारले अन्य देशको अनुभव तथा नेपालमा सङ्क्रमणको विद्यमान अवस्था मूल्याङ्कन गरी बन्दाबन्दी अन्त्य गरेकाले अर्थतन्त्र र नागरिक जीवनमा यो निर्णयले सकारात्मक परिणाम दिने अपेक्षा गरिएको ।


७. उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको गठन कहिले गरिएको हो ?

 विसं २०७६ फागुन १७ ।


८. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विभिन्न मुलुकमा शान्ति सेना पठाउने राष्ट्रहरूमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 चौथो (विसं २०७६ फागुन २३ देखि, यसभन्दा अघि नेपाल पाँचौँ स्थानमा रहेको ।)


९. कोरोना भाइरसबारे छलफल गर्न विश्व स्वास्थ्य सङ्गठनले स्वीट्जरल्यान्डको जेनेभामा स्वास्थ्य विशेषज्ञ वैज्ञानिकहरूको सम्मेलन कहिले गरेको हो ?

 सन् २०२० फेब्रुअरी १२ ।

(सम्मेलनले कोरोना भाइरस महामारीको औपचारिक नाम कोभिड–१९ तय गरेको ।)


१०. कोभिड–१९ महामारीविरुद्ध लड्नका लागि सार्क आपतकालीन कोषको घोषणा कहिले गरिएको हो ?

 सन् २०२० मार्च १५ ।


११. लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गर्न नेपाल प्रहरीद्वारा प्रयोगमा ल्याइएको उपकरण ‘एमएआरडी’को पूरा रूप के हो ?

 मल्टी फङ्सनल अरेस्ट एन्ड रेस्क्यु डिभाइस ।


१२. चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण नेपालमा पहिलोपटक कहिले देखिएको हो ?

 विसं २०७६ माघ १० ।


१३. ‘विपत्तिले मानव बनाउँछ भने सम्पत्तिले दानव’ भन्ने विद्वान् को हुन् ?

 भिक्टर ह्युगो ।


१४. नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड एक–आपसमा मर्ज भई ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’को स्थापना कहिले भएको हो ?

 विसं २०७६ साउन २८ ।


१५. नेपालमा पहिलोपटक ऐतिहासिक संविधानसभाको निर्वाचन कहिले भएको हो ?

 विसं २०६४ चैत २८ ।


१६. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?

 आव २०७६÷७७ ।


१७. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ?

 नेपाल (सन् २०२० मार्च) ।


१८. सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?

 सिमसार र जैविक विविधता ।


१९. आप्रवासी कामदारको मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँमा कहिले गरियो ?

 विसं २०७६ कात्तिक २६–२८ ।


२०. नेपाल राष्ट्र बैङ्कले व्याजदर करिडोर कहिलेदेखि लागू हुनेगरी कार्यान्वयनमा ल्याएको हो ?

 विसं २०७४ कात्तिक २९ ।


२१. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?

 गोपालप्रसाद रिमाल ।


२२. नारायणहिटी दरबार सङ्ग्रहालयमा श्रीपेचको अवलोकन सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?

 विसं २०७५ कात्तिक ४ ।

(विसं २०७५ असोज २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेसँगै नयाँ व्यवस्थाअन्तर्गत कात्तिक ४ गतेबाट श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुला गरिएको ।)


२३. सत्यनिरूपण तथा मेलमिलाप आयोगको स्थापना कहिले गरिएको हो ?

 विसं २०७१ माघ २६ ।

(बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको स्थापना पनि २०७१ माघ २६ मा नै भएको ।)


२४. सार्वजनिक खरिद नियमावली–२०६४ को नवौँ संशोधन कहिले भएको हो ?

 विसं २०७६ पुस १४ ।


२५. नेपालमा औद्योगिक गणनाको थालनी कहिलेदेखि भएको हो ?

 विसं २०२२ ।

– नेपालमा प्रथम औद्योगिक गणना विसं २०२२ मा गरिएको ।

– औद्योगिक गणना प्रत्येक पाँच–पाँच वर्षमा गरिने ।

– २०७६ फागुन १५ देखि ११औँ औद्योगिक गणना सुरु भएको ।


२६. नेपालमा कहिलेसम्म दादुरा–रुबेला रोग उन्मूलन गर्ने सरकारी योजना रहेको छ ?

 सन् २०२३ भित्र ।


२७. पेट्रोलियम अर्थात् खनिज तेलको मूल्यका सम्बन्धमा रूस र साउदी अरबबीच चलेको युद्धलाई के भनी चिनिन्छ ?

 प्राइस वार ।


२८. वैदेशिक व्यापारमा भन्सार विभागद्वारा लागू गरिएको निकासी पैठारीका लागि पहिचान हुने नम्बरलाई के भनिन्छ ?

 एक्जिम कोड ।


२९. स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?

 प्रदीप परियार ।


३०. राष्ट्रपतिको कार्यकाल लम्ब्याउन सकिने प्रावधानसहित रूसको संसद्ले संविधान संशोधन प्रस्तावलाई कहिले स्वीकृति प्रदान गरेको हो ?

 सन् २०२० मार्च ११ ।

– संशोधित प्रावधानअनुसार राष्ट्रपति भ्लादमिर पुटिनको कार्यकाल अरू १२ वर्ष थपिन सक्ने भएको ।

– राष्ट्रपति पुटिनको कार्यकाल सन् २०२४ मा समाप्त हुँदै छ । नयाँ प्रस्तावअनुरूप सन् २०२४ पश्चात् अरू १२ वर्ष राष्ट्रपति हुन पाउने

बाटो खुलेको ।

– दुईपटक चारवर्षे कार्यकाल राष्ट्रपति भएपछि सन् २००८ मा प्रधानमन्त्री बनेको र राष्ट्रपतिमा उहाँकै विश्वासपात्र दिमित्री मेद्भेदेव छनोट भएका । तत्कालीन राष्ट्रपति मेद्भेदेवको कार्यकालमा राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको । सन् २०१२ मा पुटिन पुनः राष्ट्रपति चयन भएका र सन् २०१८ मा उनी फेरि ६ वर्षका लागि राष्ट्रपति बनेका ।

– रूसको तल्लो सदन डुमाले गरेको संशोधन प्रस्तावले सरकारको कार्यकारी शक्ति अरू मजबुत गर्ने तथा राष्ट्रपतिको अधिकार क्षेत्र थप व्यापक बन्ने भएको ।


१. बाग्मती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा कसलाई नियुक्त गरियो ?

 प्रा.डा. विश्वराज जोशी

– वाग्मती प्रदेशको २०७७ साउन १४ को मन्त्रिपरिषद् बैठकले जोशीलाई चार वर्षका लागि प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको ।

– २०७६ जेठमा प्रदेशसभाले प्रतिष्ठान सञ्चालनसम्बन्धी विधेयक पारित गरेसँगै प्रतिष्ठान स्थापनाको बाटो खुलेको थियो ।


२. स्टेफेन टाटाव कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?

 फुटबल

(सन् १९९० मा भएको फिफा विश्वकपमा क्यामरुनलाई क्वार्टर फाइनलसम्म पु¥याएका टोलीका पूर्वकप्तान टाटावको ५७ वर्षको उमेरमा सन् २०२० अगस्टमा निधन भएको । सो विश्वकपमा टाटावको कप्तानीमा क्यामरुनले शानदार खेल प्रस्तुत गरेको । अर्जेन्टिना, रोमानिया र कोलम्बियालाई हराएर सो विश्वकपमा क्यामरुनले सनसनी मच्चाएको थियो ।)


३. आर्थिक वर्ष २०७६÷०७७ सम्म प्रत्येक नेपालीको भागमा सरकारी ऋण कति पुगेको छ ?

 रु. ४२ हजार छ सय

– नेपाल सरकारको ऋण दायित्व पौने १३ खर्ब रुपैयाँ पुगेको । सरकारको २०७७ असार मसान्तसम्ममा आन्तरिक ऋण छ खर्ब ६७ अर्ब रुपैयाँ र बाह्य ऋण छ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो । सरकारले गत आर्थिक वर्षसम्म प्राप्त ऋण तथा भुक्तान गरेको साँवासमेत हिसाब गर्दा तिर्न बाँकी कुल ऋण १२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको ।

– तथ्याङ्क विभागका अनुसार हाल नेपालको जनसङ्ख्या तीन करोड ३८ हजार पुगेको छ । कुल ऋणलाई जनसङ्ख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार छ सय रुपैयाँ सरकारी ऋण पुगेको छ । यसखालको ऋणमा सरकारद्वारा हरेक वर्ष बजेटमै व्यवस्था गरेर ऋणको साँवा–व्याज भुक्तानी गर्ने गरिन्छ ।

प्रत्येक नेपालीको भागमा सरकारी ऋण

पछिल्लो पाँच आवमा जीडीपी आकार तथा कुल ऋण


४. राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार कक्षा ११ मा लिइने परीक्षालाई के नामकरण गरिएको छ ?

 माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई)

– कार्यविधिअनुसार विद्यालयले दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने उल्लेख ।

– अब कक्षा ११ को परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्नुपर्नेछ ।


५. इन्डोनेसियाको हालको राजधानी परिवर्तन गरी कहाँ सार्ने निर्णय भएको छ ?

 बोर्नियो

(सन् २०१९ अगस्ट १८ मा राजधानी सार्ने प्रस्ताव गरिएको र सन् २०१९ अगस्ट २७ मा प्रस्तावउपर निर्णय भएको ।)


६. मन्त्रिपरिषद्को २०७७ साउन १९ को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा कसलाई नियुक्त गर्ने निर्णय ग¥यो ?

 सुशील भट्ट


७. हाल नेपालमा पिछडिएको क्षेत्रमा सूचीकृत स्थानीय तह कति रहेका छन् ?

 ५७


८. ललितपुर महानगरपालिकामा साइकल लेनको शुभारम्भ कहिले गरिएको हो ?

 विक्रम संवत् २०७६ मङ्सिर १५


९. अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट अलग हुने घोषणा कहिले गरेको हो ?

 सन् २०१८ जुन १९


१०. कान्तिपुर टेलिभिजनबाट प्रसारित रियालिटी शो कमेडी च्याम्पियनको पहिलो संस्करणको उपाधि जित्ने प्रतिभा को हुन् ?

 धादिङका हिमेश पन्त


११. नेपालमा निर्वाचन दिवस कहिले मनाइन्छ ?

 फागुन ७

– विसं २०७६ फागुन ७ गते चौथो निर्वाचन दिवस मनाइएको ।

– विसं २०१५ मा पहिलो बहुदलीय संसदीय निर्वाचन सुरु भएको दिनको सम्झनामा निर्वाचन दिवस मनाउन थालिएको ।


१२. संयुक्त राष्ट्रसङ्घद्वारा शरणार्थी र आप्रवासीसम्बन्धी पहिलो सम्मेलन कहिले आयोजना गरियो ?

 सन् २०१६ सेप्टेम्बर


१३. राष्ट्रिय योजना आयोग र युनिसेफद्वारा संयुक्त रूपमा गरिएको अध्ययनअनुसार नेपालमा हाल उत्पादनशील अर्थात् १४ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्याको हिस्सा कति रहेको छ ?

 ६२.६८ प्रतिशत


१५. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सबै मन्त्रीहरूसँग पहिलोपटक कार्यसम्पादन सम्झौता कहिले गरिएको हो ?

 विसं २०७६ साउन १५

– सम्झौताको आधार वार्षिक बजेट र सरकारको नीति तथा कार्यक्रम रहेको ।

– करारअनुसार काम भए नभएको अनुगमन प्रधानमन्त्री कार्यलयले गर्ने ।


१६. इन्डो–प्यासिफिक रणनीति कुन देशको नेतृत्वमा सञ्चालित कार्यक्रम हो ?

 अमेरिका

(विश्व अर्थराजनीतिमा चीनको उदय भएसँगै एसियाली अर्थ राजनीतिमा अमेरिकी प्रभुत्व कायम गर्ने उद्देश्यसाथ अमेरिकाद्वारा अवलम्बन गरिएको वैदेशिक नीति ।)


१७. समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हिर्काएर मार्न सकिने कडा व्यवस्थासहितको नयाँ इस्लामिक (सरिया) कानुन लागू गर्ने राष्ट्र कुन हो ?

 ब्रुनाई, सन् २०१९ अप्रिल ३


१८. चर्चित अनलाइन गेम ‘पब्जी’ का डिजाइनर को हुन् ?

 ब्रेन्डन ग्रिन

– यो खेल सन् २०१७ मार्चदेखि सुरु भएको । पीयुबीजी (पब्जी) को पूरा रूप ‘प्लेयर अननोन्स् ब्याटल ग्राउन्ड’ हो ।


१९. संयुक्त राष्ट्रसङ्घीय वातारणसम्बन्धी ‘पृथ्वी’ पुरस्कार प्राप्त गर्ने नेपाली प्रतिभा को हुन् ?

 सोनिका मानन्धर

(सन् २०१९ सेप्टेम्बर २६ मा न्युयोर्कमा आयोजित ‘पृथ्वी समारोह’को अवसरमा प्रदान गरिएको ।)


२०. प्रथम एसियाली सभ्यता संवाद सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?

 सन् २०१९ मे, बेइजिङ (चीन)


२१. कुन चरालाई पत्नीव्रता चरा भनी चिनिन्छ ?

 राजधनेश

– संरक्षित पक्षीको सूचीमा रहेको यो चराको सङ्ख्या नेपालभर १५० जति रहेको अनुमान ।

– गुँड निर्माण तथा ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेशले ठूला, बूढा रूखको टोड्कामा गुँड बनाउँछ ।

– अण्डा पारेपछि पोथीलाई भाले राजधनेशले बच्चा नहुर्कुञ्जेलसम्म टोड्कोभित्र रहेको गुँडमा नै थुनेर राख्छ । ओथारो अवधिभर पोथीलाई र बच्चा निस्केपछि बच्चालाई समेत भालेले नियमित रूपमा बाहिरबाट आहारा खुवाउने गर्छ ।


२२. ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्यको सिद्धान्तमा आधारित हुनेछ’ भनी संविधानको कुन धारामा उल्लेख छ ?

 धारा २३२


२३. प्रस्तावित चराङ विमानस्थल कहाँ पर्दछ ?

 मुस्ताङ


२४. विश्वमै देशको राजधानी सहरबाट सबैभन्दा निकटमा अवस्थित राष्ट्रिय निकुञ्ज कुन हो ?

 शिवपुरी राष्ट्रिय निकुञ्ज


२५. ‘एक नर्स, एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

 बाग्मती प्रदेश


२६. विश्व टे«ड युनियनको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन–२०१९ कहाँ सम्पन्न भएको हो ?

 नेपाल (सन् २०१९ सेप्टेम्वर २४–२५)

– विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालद्वारा आयोजित सो सम्मेलनमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, दक्षिण कोरिया, भियतनाम, लाओस, कम्बोडिया, इन्डोनेसिया, इरान, काजिकिस्तानलगायत १४ वटा मुलुकका २८ वटा ट्रेड युनियनका तीन दर्जनभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको । हरेक वर्ष आयोजना हुने यो सम्मेलन नेपालमा यसअघि सन् २००७ मा आयोजना गरिएको थियो ।

– ‘श्रमिकहरूको आधारभूत आवश्यकता र सामाजिक सुरक्षा सुनिश्चित गर, उत्पादन रोजगारको क्षेत्रमा लगानी गर’ भन्ने मूल नारासहित आयोजित सो सम्मेलनले नौबुँदे घोषणापत्र जारी गरेको ।

– सम्मेलनले अक्टोबर ३ लाई एसियाव्यापी ‘एक्सन डे’का रूपमा मनाउने र विश्वव्यापी रूपमा नै श्रमिक परिचालन अभियान सञ्चालन गर्ने तथा नोभेम्बर ७ का दिन श्रमिकलाई शिक्षा, स्वास्थ्य, आवासलगायत सामाजिक सुरक्षाको प्रत्याभूति गर भन्ने अभियान विश्वव्यापी रूपमा नै सञ्चालन गर्ने निर्णय गरेको ।


२७. सार्क साँस्कृतिक सम्पदा वर्ष २०१६÷१७ का लागि साँस्कृतिक राजधानीका लागि छनोट गरिएको सहर कुन हो ?

 महास्थानगढ (बङ्गलादेश)


२८. विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?

 सतार

(विषखेला पर्व चौर वा खेलमैदानवरिपरि १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्रमार्फत बाजागाजासहित आफूतिर विष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् । यसरी जसले आफूतिर तानेर विष झार्न सक्छ त्यो समूह वा समूहका धामी विजेता बन्ने चलन रहेको छ ।

– सतारहरूको मौलिक परम्परा र संस्कारका रूपमा रहेको यो पर्व विशेषगरी झापा जिल्लामा प्रचलनमा रहेको छ ।)


२९. साउदी अरकले पहिलोपटक पर्यटकलाई प्रवेशाज्ञा दिने घोषणा कहिले गरेको हो ?

 सन् २०१९ सेप्टेम्बर २७

(तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अबदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोका रूपमा विकास गर्न लागिएको बताइएको छ । घुम्नका लागि विदेशी नागरिकलाई खुला गरिए पनि केही सर्त भने कडा बनाइएको छ । विशेषगरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरूले जनाएका छन् । विश्व पर्यटन दिवसकै दिन आएको साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको दायरा थप फराकिलो भएको महसुस गरिएको छ ।)


३०. नेपालमा ‘ऊर्जा तथा जलस्रोत दशक’ भनी कुन अवधिलाई घोषणा गरिएको छ ?

 विसं २०७५–२०८५



१. लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको गोदामघरमा शक्तिशाली विस्फोट कहिले भयो ?

 सन् २०२० अगस्ट ४ ।

– शक्तिशाली विस्फोटमा परी १३५ भन्दा बढीको ज्यान जानुका साथै चार हजारभन्दा बढी घाइते भएका ।

– सो गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।


२. सबैभन्दा बढी उमेर (९९ वर्ष) मा विमान उडाएर गिनिज वल्र्ड रेकर्ड कायम गर्ने महिला को हुनुहुन्छ ?

 रोबिना आस्टी (अमेरिका) ।

– उहाँले विमान उडाएर र आकाशमै उडान निर्देशन दिएर दुईवटा गिनिज वल्र्ड रेकर्ड कायम गर्नुभएको ।

– यसअघि ९८ वर्षको उमेरमा विमान उडाएको कीर्तिमान थियो ।


३. फ्राइडे फर फ्युचर कार्यक्रमको अभियन्ता को हो ?

 ग्रेटा थनवर्ग (स्वीडेन) ।


४. आर्थिक सर्वेक्षण २०७६÷७७ अनुसार नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको सङ्ख्या कति रहको छ ?

 ४३ ।

– आर्थिक वर्ष २०७६÷०७७ मा नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड गाभिई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड स्थापना भएको ।

– कृषि सामग्री कम्पनी लिमिटेडमा राष्ट्रिय बीउविजन कम्पनी लिमिटेड गाभिएको ।

– दी टिम्बर कर्पोरेसन अफ नेपाल र वन पैदावर विकास समिति गाभिई नेपाल वन निगम लिमिटेड स्थापना भएको ।

– त्यस्तै, धौवादी फलाम कम्पनी लिमिटेड र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड आव २०७६÷०७७ मा स्थापना भएका ।

– आर्थिक सर्वेक्षण २०७६÷०७७ अनुसार २६ संस्थान नाफामा र १३ संस्थान नोक्सानीमा रहेका छन् भने बाँकी संस्थानको कारोबार शून्य रहेको ।


५. आर्थिक सर्वेक्षण २०७६÷०७७ अनुसार हाल नेपालमा हुलाक बचत बैङ्कका कार्यालयहरू कति रहेका छन् ?

 ६५ ।


६. आर्थिक सर्वेक्षण २०७६÷०७७ अनुसार नेपालमा नवीकरणीय ऊर्जा स्रोतबाट प्राप्त विद्युत् पहँुच पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?

 १० प्रतिशत ।


७. विश्वमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्रदान गर्ने पहिलो राष्ट्र नेदरल्यान्ड हो भने पहिलो एसियाली राष्ट्र कुन हो ?

 ताइवान ।


८. संयुक्त राष्ट्रसङ्घद्वारा प्रत्येक वर्ष सार्वजनिक सेवा दिवस कहिले मनाउने गरिन्छ ?

 जुन २३ ।


९. अन्तर्राष्ट्रिय अणु शक्ति आयोगको प्रधान कार्यालय कहाँ छ ?

 भियना (अस्ट्रिया) ।


१०. ग्लोबल–५०० पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हो ?

 डा. कृष्णकुमार पाण्डे ।


११. विसं २०७५ भदौ १ बाट लागू भएको देवानीसंहितामा कति भाग रहेका छन् ?

 ६ भाग ।


१२. मदन पुरस्कार २०७६ का लागि मदन पुरस्कार गुठीद्वारा छनोट गरिएका पुस्तक के–के हुन् ?

 जोकरको बन्दुक (विमल निभा), धर्सैधर्साको चक्रव्यूह (तीर्थ श्रेष्ठ), परित्यक्ता (भुवन ढुङ्गाना), महारसनिघण्टु (खण्ड १–३) (योगी धर्ममहारस), महारानी (चन्द्रप्रकाश बानियाँ), मोहपथ (ललित विष्ट) र यात्रामा (शारदा शर्मा) ।


१३. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने प्रथम सार्क राष्ट्र कुन हो ?

 माल्दिभ्स, (नेपालद्वारा सन् २०१६ अक्टोबर २४ मा अनुमोदन) ।


१४. नेपालमा पर्यटन सूचना केन्द्रको स्थापना कहिले र कहाँ गरियो ?

 विसं २०७६ असार १८, ठमेल (काठमाडौँ)


१५. हाल नेपालमा सङ्घ, प्रदेश र स्थानीय तह गरी कतिवटा सरकार रहेका छन् ?

 ७६१ (सङ्घ–१, प्रदेश–७ र स्थानीय तह–७५३)


१६. विसं २०७३ असोज १० मा नेपालको पहिलो योग जिल्ला भनी कसलाई घोषणा गरियो ?

 भक्तपुर ।

(यहाँ ५० देखि ६० प्रतिशत जनता कुनै न कुनै रूपमा योगमा आबद्ध भएको आँकलन गरिएको ।)

१७. नेपाल सरकारद्वारा आयात–निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल

कुन हो ?

 नेपाल टे«ड ।


१८. सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकको रक्षार्थ सञ्चालित स्वयम्सेवी सङ्गठनलाई के भनी चिनिन्छ ?

 ह्वाइट हेल्मेट्स ।


१९. नेपालले पर्यटन दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?

 सन् २०२०÷२०३० ।


२०. फोब्र्स म्यागजिनद्वारा सार्वजनिक सर्वाधिक मूल्यवान स्पोटर््स टिमको सूचीमा पहिलो स्थानमा पर्न सफल खेलकुद क्लब कुन हो ?

 अमेरिकाको रग्वी क्लब ‘डलास काउब्वाएज’ ।


२१. भिक्टोरिया ताल अफ्रिकामा पर्छ भने भिक्टोरिया नदी कहाँ पर्छ ?

 अस्टे«लिया ।


२२. राष्ट्रिय सतर्कता केन्द्र कुन मन्त्रालयअन्तर्गत पर्छ ?

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

(प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल ट्रस्टको कार्यालय, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग रहेका ।)


२३. ‘डीएफआईडी’ को पूरा रूप के हो ?

 डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट ।

– बेलायती अन्तर्राष्ट्रिय सहयोगदाता संस्थाका रूपमा रहेको यसलाई पहिले युके एड भनिन्थ्यो ।

– बेलायतबाट प्रदान गरिने सहयोग फरेन एन्ड कमन वेल्थ अफिसबाट हुँदै आएकोमा सन् १९९७ देखि डीएफआईडी गठन गरी सोसम्बन्धी कार्य यसमार्फत गर्न थालिएको ।

– नेपालमा डीएफआईडीको कार्यालयको स्थापना सन् १९९९ अप्रिलमा भएको ।


२४. नेपालमा विज्ञान दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

 विसं २०७० (असोज १) ।

– विसं २०६९ मङ्सिर ८ को मन्त्रिपरिषद् बैठकले असोज १ गतेका दिनलाई विज्ञान दिवसका रूपमा मनाउने निर्णय गरेको ।

– विसं २०७६ असोज १ मा सातौँ विज्ञान दिवस मनाइएको ।

– सातौँ विज्ञान दिवसको नारा ‘विज्ञान प्रविधि र नवप्रवर्तन ः सामाजिक आर्थिक रूपान्तरण’ रहेको ।


२५. विश्व वन्यजन्तु कोषको स्थापना कहिले भएको हो ?

 सन् १९६१ अप्रिल २९ ।

– कोषको आदर्श वाक्य फर अ लिभिङ प्लानेट रहेको ।

– वन्य जीवजन्तुको संरक्षण कार्यमा सक्रिय यस संस्थाको मुख्यालय स्वीट्जरल्यान्डको ग्यान्डमा रहेको ।

– यसको प्रतीक चिह्नमा दुर्लभ प्राणी रेडपान्डा रहेको ।


२६. नेपालमा ‘एल्लो लिभिङ गोल्ड’ भनेर चिनिने बहुमुल्य जडीबुटी कुन हो ?

 यार्सागुम्बा ।


२७. विश्वको सबैभन्दा अग्लो मूर्ति कुन हो ?

 स्ट्याचु अफ युनिटी ।

– भारतका लौहपुरुष एवम् स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री सरदार बल्लभभाइ पटेलको सो मूर्तिको उचाइ १८२ मिटर (५९७ फिट) रहेको ।

– गुजरात राज्यमा रहेको सो मूर्तिको निर्माणकार्य सन् २०१३ मा सुरु गरी सन् २०१८ मा सम्पन्न भएको ।

– मूर्तिका डिजाइनर जोसेफ मेना रहनुभएको ।


२८. विश्व मौसम सङ्गठनका अनुसार सामान्यतया कति अवधिको औसत मौसमी अवस्थालाई जलवायु भनिन्छ ?

 ३० वर्ष ।


२९. नेपालका सरिसृप विशेषज्ञ भनी करणबहादुर शाहलाई चिनिन्छ भने गैँडा विशेषज्ञ भनी कसलाई चिनिन्छ ?

 कमलजङ्ग कुँवर ।


३०. नेपालमा ऐतिहासिक जनमतसङ्ग्रह कहिले भएको थियो ?

 विसं २०३७ वैशाख २० ।

– विसं २०३६ जेठ १० गते तत्कालीन राजा वीरेन्द्रबाट ‘बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत’ भन्ने विषयमा राष्ट्रिय जनमतसङ्ग्रह गरिने घोषणा भएको थियो ।

– विसं २०३७ वैशाख २० मा भएको जनमतसङ्ग्रहमा पञ्चायतको पक्षमा ५४.७९ प्रतिशत र बहुदलको पक्षमा ४५.२१ प्रतिशत मत प्राप्त भएको थियो ।


१. नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म राष्ट्रिय ग्रिडमार्फत कति प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ ?

 ८६.४४ प्रतिशत ।

– सौर्य, लघु जलविद्युत््लगायतबाट गरिएको विद्युतीकरणसमेत गर्दा अहिले ९० प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले जनाएको ।

– सन् २०२२ भित्र प्रत्येक घरधुरीमा विद्युत्् सेवा पु¥याउने र प्रतिव्यक्ति विद्युत्् खपत ७ सय युनिट पु¥याउने सरकारको लक्ष्य रहेको । हाल प्रतिव्यक्ति ऊर्जा खपत २ सय ६० युनिट रहेको ।


२. भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा कहिले गर्नुभयो ?

 सन् २०२० अगस्ट १५ ।

– धोनी नेतृत्व र सफलताको दृष्टिकाणले भारतको सर्वाधिक सफल कप्तानमा पर्नुहुन्छ । भारतीय राष्ट्रिय टोलीको नेतृत्व गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को तीन ठूला प्रतियोगिताको उपाधि जितेका छन् । उहाँले आफ्नै नेतृत्वमा भारतलाई आईसीसीको टेस्ट वरियताको शीर्षस्थानमा समेत पु¥याउनुभएको थियो ।

– धोनीलाई सीमित ओभरको क्रिकेटमा उत्कृष्ट ‘फिनिसर’ र तीक्ष्ण दिमाग भएका खेलाडीका रूपमा लिइन्छ ।

– राँचीका धोनीले सन् २००४ मा भारतीय टोलीमा पहिलोपटक पर्नुभएको थियो ।

– धोनीसँगै अर्का भारतीय खेलाडी सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा (१५ अगस्ट २०२०) गर्नुभएको ।


३. आख्यान एवम् गीत लेखनका विभिन्न १७ विधामा विश्व कीर्तिमान कायम गर्न सफल नेपाली प्रतिभा को हुनुहुन्छ ?

 डा. डीआर उपाध्याय ।

(डीआर म्युजिक एन्ड क्रिएसनद्वारा विक्रम संवत् २०७७ साउन २५ मा राजधानीमा आयोजित १७ वटा कीर्तिमान हस्तान्तरण एवम् एल्बम विमोजन कार्यक्रममा डा. उपाध्यायद्वारा प्राप्त कीर्तिमानबारे जानकारी गराइएको ।)


४. सन् २०२० अगस्ट १२ मा मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसको नारा के हो ?

 युथ इन्गेजमेन्ट फर ग्लोबल एक्सन ।

(राष्ट्रिय नारा ः विश्व अभियानका लागि युवा सहभागिता, रोजगार, प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता)


५. नेपालको कुन ठाउँमा सुनौला रङको कछुवा फेलापरेको छ ?

 जनकपुर ।

(सन् २०१८ अप्रिल १४ का दिन जनकपुरमा यो कछुवा पहिलोपटक देखिएको थियो । विश्वव्यापी अध्ययन गर्न र पुष्टि गर्न भने दुई वर्ष लागेको । नेपालमा सुनौलो रङ भएको कछुवा पहिलोपटक अभिलेख भएको पुष्टि गर्दै हर्पेटो नोट्समा २०२० अगस्ट ६ मा अध्ययन प्रतिवेदनका रूपमा छापिएको ।)


६. चेपाङ सङ्ग्रहालयको निर्माण कहाँ गरिने भएको ?

 राक्सिराङ, मकवानपुर ।


७. नेपालको अद्यावाधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

 विसं २०७७ साउन ३० ।

– नापी विभागद्वारा तयार पारिएको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालद्वारा स्वीकृत गरिएको ।

– अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसङ्घ, कूटनीतिक नियोग तथा समग्र अन्तर्राष्ट्रिय जगत्मा पठाउन बाटो खुलेको ।

– विगतमा विभिन्न कारणले छुट्न पुगेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा २०७७ जेठमा प्रकाशन गरिएको थियो ।


८. कोरोना भाइरसविरुद्धको खोप तयार पारिएको घोषणा गर्ने पहिलो राष्ट्र कुन हो ?

 रूस (सन् २०२० अगस्ट ११) ।

– रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकै पहिलो कोरोना भाइरसविरुद्धको खोप रूसले बनाएको घोषणा (सन् २०२० अगस्ट ११ मा) गरेको ।

– सो खोपलाई ‘स्पुतनिक भी’ (रूसको पहिलो उपग्रह स्पुतनिकबाट) नामकरण गरिएको ।

– मस्कोस्थित गेमेलिया रिसर्च इन्स्टिच्युटले एडेनोभाइरसलाई आधार बनाई यो खोप विकास गरेको ।


९. अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार बन्ने भारतीयमूलको महिला को हुन् ?

 कमला हैरिस ।


१०. अस्टिम्की चाड कुन जातिमा प्रचलनमा रहेको छ ?

 थरू ।

– महिला व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अस्टिम्की चाड मनाउने परम्परा थारू समुदायमा रहेको ।

– चाडको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरमा बहरी (बैठक कोठा)का भित्ता लिपपोत गरी चुनले रङ्ग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्रहरू कोर्ने परम्परा रहेको ।

– चाडको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गरिने । पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी–खोलामा सेलाउने गरिन्छ । नदी–खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, खरियालगायतका परिकार खाने गरिन्छ । खानुअघि प्रत्येक परिकारबाट केही भाग निकालेर राखिन्छ, जसलाई फरहार भनिन्छं । सो परिकारलाई विवाहिता छोरीचेलीलाई अग्रासन (कोसेली) का रूपमा दिने चलन छ ।


११. सन् २०२० अगस्टमा श्रीलङ्काको प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ को हुन्ुहुन्छ ?

 महिन्दा राजापाक्षे ।

– उहाँले सन् २०२० अगस्ट ९ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको ।

– श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका नेता एवम् राष्ट्रपति महिन्दा राजापाक्षे योसहित चौथोपटक प्रधानमन्त्री पदको शपथ लिएको ।

– राजापाक्षेको दल पोदुजाना पेरामुनाले सन् २०२० अगस्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसद्मा १४५ स्थानमा जित हासिल गरेको ।

– श्रीलङ्काको इतिहासमा भाइ गोटावाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकैपटक मुलुकको दुई सर्वाेच्च राजनीतिक पदमा पुग्न सफल भएको ।


१२. विश्वकै सबैभन्दा अग्लो जिराफ कहाँ रहेको छ ?

 अस्टे«लिया ।

– अस्टे«लियाको किन्सल्यान्डस्थित चिडियाखानामा रहेको सो जिराफ विश्वकै सबैभन्दा अग्लो भएको गिनिज वल्र्ड रेकर्डले घोषणा (सन् २०२० अगस्ट) गरेको ।

– सो जिराफको उचाइ १८ फिट ८ इन्च रहेको ।


१३. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ?

 एकराज शमशेर र ब्रह्मशमशेर ।


१४. नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ?

 विसं १९६१ माघ ।


१५. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?

 पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली ।


१६. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?

 एक ।


१७. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

 सुवानन्द दास ।


१८. टिमको सबैभन्दा लोकप्रिय र सिपालु खेलाडीलाई के भनी चिनिन्छ ?

 मार्की खेलाडी ।


१९. सरकारले सात प्रदेशका कति स्थानमा एकीकृत बस्ती निर्माण गर्ने भएको छ ?

 ८ ।

– अव्यवस्थित सहरी विकासले सहरको सौन्दर्य गुम्नुको साथै बस्ती बसिसकेपछि पूर्वाधार निर्माण गर्न पनि खर्चिलो र झन्झटिलो हुने भन्दै सो कुरालाई व्यवस्थित गर्ने उद्देश्यसाथ एकीकृत बस्ती विकास गरिने भएको ।

– सहरी विकास तथा भवन निर्माण विभागका अनुसार एकीकृत बस्तीका लागि छानिएका स्थानमा पहिलो चरणमा सडक र ढल निर्माणका साथै केही स्थानमा हाटबजार पनि विकास गरिने भएको ।

– पहिलो चरणमा निर्माण गरिने हाटबजार, सडक र ढल निर्माण गर्नका लागि र २ अर्ब ६७ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको ।

– एकीकृत बस्ती विकासका लागि छनोट गरिएका आठ स्थानहरू ः

– प्रदेश १ – ओखलढुङ्गाको रामपुर

– प्रदेश २ – रौतहटको भवानीपुर

– बागमती प्रदेश – सिन्धुलीको कपिलाकोट

– गण्डकी प्रदेश – बागलुङको बलेवा

– प्रदेश ५ – रोल्पाको माडीचौर

– कर्णाली प्रदेश – मुगुको गमथा

– सुप प्रदेश ः बझाङको चौरजहारी र बाजुराको मार्तडी

– सरकारले दिनुपर्ने सार्वजनिक सेवाका आधारभूत पूर्वाधार एकै स्थानमा निर्माण गरी त्यस स्थानमा बस्ती विकास गर्ने प्रणाली नै एकीकृत बस्ती विकास हो ।

– सरकारले बनाएको योजनाअनुसार एकीकृत बस्तीमा सडक, ढल, खानेपानी, विद्युत््, हेल्थपोस्ट, अस्पताल, विद्यालय, सेवाकेन्द्र, बैङ्क तथा वित्तीय संस्था, उद्योग, कलाकारखानालगायतका १५ देखि २० किसिमका सामाजिक, आर्थिक, साँस्कृतिक पूर्वाधारहरू निर्माण गरिने ।


२०. सर्वोच्च अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु गरेको हो ?

 विसं २०७१ मङ्सिर १४ ।

– सर्वोच्च अदालतमा दर्ता गरी तारेखमा बसेका मुद्दाका पक्षहरूलाई सुविधा प्रदान गर्ने उद्देश्यले सर्वोच्चमा नआईकनै आपूmलाई पायक पर्ने नजिकको जिल्ला अदालत वा पुनरावेदन अदालतबाट अनलाइन तारेख लिन सक्ने व्यवस्था गरिएको ।

– तत्काल देशभरिका ३१ जिल्ला अदालत तथा नौ पुनरावेदन अदालतमा लागू गरिएको यो सेवापश्चात् तारेखपिच्छे राजधानी आउनुपर्ने र अनावश्यक खर्च हुने पीडाबाट सर्वसाधारणलाई राहत हुने ।

– यसका साथै मुद्दाको दर्ता नम्बर, दर्ता मिति, पेसी मिति, आदेश वा फैसलाको जानकारी मोबाइल एसएमएसबाटै उपलब्ध हुने व्यवस्था गरिएको ।


२१. व्यावसायिक कफी खेती सर्वेक्षण (२०७५) अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो ?

 काभ्रेपलाञ्चोक ।

– सो सर्वेक्षणअनुसार दोस्रो र तेस्रो स्थानमा क्रमशः स्याङ्जा र सिन्धुपाल्चोक रहेका ।

– सर्वेक्षणमा ५० बोटभन्दा धेरै खेती गर्ने कृषकहरूलाई व्यावसायिक खेती गर्ने कृषकका रूपमा सूचीकृत गरिएको ।

– सर्वेक्षणअनुसार कफी खेती गर्ने किसान ६,३४६ रहेका ।

– कफी उत्पादनमा प्रदेश नं. ३ पहिलो स्थनमा रहेको ।

– तथ्याङ्क विभागका अनुसार ७७ जिल्लामध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदै आएको ।


२२. इनर्जी बैङ्किङको अवधारणाअनुरूप नेपालमा उत्पादित बिजुली भारत निकासीको सुरुवात कहिले गरियो ?

 विसं २०७६ असार २७ ।


२३. डीएएनआइडीए (डानिडा)को पूरा रूप के हो ?

 डेनिस इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी ।

– प्रजातन्त्र, मानवअधिकार, सामाजिक विकास, पर्यावरण एवम् दिगो विकासका क्षेत्रमा विभिन्न राष्ट्रलाई सहयोग प्रदान गर्दै आएको यो संस्थाको स्थापना सन् १९६२ मा भएको ।

– यसको मुख्यालय डेनमार्कको कोपनहेगनमा रहेको ।


२४. नेपालको इतिहासमा हालसम्मकै लामो संसद् अधिवेशन कति दिन सञ्चालन भएको थियो ?

 ३८१ दिन (विसं २०७३ वैशाख २१–२०७४ जेठ ४ सम्म) ।


२५. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले विदेशमा रहेका नेपाली वैज्ञानिकको ज्ञान र सीपलाई स्वदेशमा सदुपयोग गर्ने उद्देश्यसाथ सञ्चालन गर्न थालेको कार्यक्रम कुन हो ?

 ब्रेन पुलिङ ।

– विदेशमा रहेर विभिन्न विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकलाई नेपालमा आएर नयाँ खोज र अनुसन्धानका लागि प्रेरित गर्न ब्रेन पुलिङ कार्यक्रम सञ्चालन गर्न थालिएको ।

– सो कार्यक्रमअन्तर्गत जलवायु परिवर्तन, ऊर्जा, वातावरण, पूर्वाधार विकास, प्राकृतिक प्रकोप, जनस्वास्थ तथा औषधिविज्ञान, जैविक विविधता, संरक्षण एवम् सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान हुने नास्टले जनाएको ।

– नास्टले यसअघि ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रम सञ्चालन गरेको ।


२६. नेपालमा पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो ?

 सन् १९९६ ।

– नेपालमा सन् २०१६ मा पाँचौँ राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण सम्पन्न भएको ।

– नेपालमा प्रत्येक पाँच वर्षमा स्वास्थ्य सर्वेक्षण गरिँदै आएको ।


२७. सरकारले २० वर्ष पुराना सवारीसाधनलाई कहिलेदेखि सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ?

 विसं २०७४ चैत १ ।

– सरकारको निर्णयअनुसार चैत १ देखि २० वर्ष पुराना सवारीलाई कुनै पनि रुटमा चल्न इजाजत नदिइने यातायात व्यवस्था विभागले जनाएको ।

– गत वर्ष फागुनदेखि काठमाडौँ उपत्यकामा २० वर्ष पुराना सवारीसाधनको सार्वजनिक प्रयोगमा रोक लगाइएको थियो । यस निर्णयले केही पुराना सवारीसाधन हटे पनि धेरैजसो सवारीसाधन काठमाडौँ उपत्यकाबाहिर लगेर सञ्चालन भए भने केही सवारीसाधन विद्यालयलगायतले निजी सवारीसाधनका रूपमा प्रयोग गरेका थिए तर यसपटक भने सरकारले मुलुकभर नै २० वर्षभन्दा पुराना सवारीसाधनलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको ।

– पुराना सवारीसाधन हटाएर वायु प्रदूषण केही कम गर्न सकिने बताइएको ।

– चीन, भारत, बेलायत, फ्रान्स, नर्वेलगायतका मुलुकले सन् २०३० सम्म सबै सवारी साधनलाई विद्युतीय बनाउने घोषणा गरेका ।


२८. सरकारले ‘सुरक्षित मातृत्वसम्बन्धी विशेष अभियान सञ्चालन वर्ष’ का रूपमा कुन वर्षलाई घोषणा गरेको हो ?

 विसं २०७५ (वैशाख पहिलो सातादेखि अभियान प्रारम्भ गरिएको ।)


२९. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्नेसम्बन्धमा व्यवस्था भएको महासन्धि ‘मन्ट्रियल महासन्धि’ कहिलेदेखि लागू भएको हो ?

 सन् २००३ नोभेम्बर ४ ।

– सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको सुरक्षा सम्बन्धमा क्यानडाको मन्ट्रियलमा पारित महासन्धि सन् २००३ नोभेम्बर ४ देखि कार्यान्वयनमा आएको ।

– हवाई यात्राका सिलसिलामा उत्पन्न हुने जोखिमबाट यात्रीलाई सुरक्षित बनाउन, हवाई यात्राको विश्वसनीयता बढाउन र अन्तर्राष्ट्रिय यात्राका क्रममा हुने क्षतिबापत सुनिश्चित क्षतिपूर्ति दिलाउन यस महासन्धिले सहयोग पुग्ने ।

– यो महासन्धि व्यक्ति, ब्यागेज तथा कार्गोको पारिश्रमिक लिई हवाईजहाजबाट गरिएका सबै अन्तर्राष्ट्रिय यात्रामा लागू हुने ।

– यस महासन्धिमा आइकाओका १९१ सदस्य राष्ट्रमध्ये १३१ राष्ट्र पक्षराष्ट्र रहेका ।


३०. विश्वको सबैभन्दा लामो रेल कहाँ रहेको छ ?

 अस्ट्रेलिया ।

– अस्ट्रेलियास्थित फलाम तथा स्टिल उत्पादक कम्पनी बीएचपी बिलिसनद्वारा आफ्नो मालसामान ओसारपसारका लागि सञ्चालनमा ल्याइएको यो रेलमा ६८२ बोगी (डिब्बा) रहेका ।

– एक पटकमा ८२ हजार टन भार बोक्न सक्ने क्षमतायुक्त यो रेलको लम्बाइ ७.३५३ किलोमिटरबराबर रहेको ।


१. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको हो ?

 वि.सं. २०७७ भदौ २ ।

– वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गर्नुभएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो ।

– वि.सं. १९९४ देखि नेपाली साहित्यिक फाँटमा सक्रिय राष्ट्रकवि घिमिरेका गौरी, मालतीमुङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत, घामपानी, नयाँ नेपाल, विषकन्या, शकुन्तलालगायतका दर्जनौँ कृति नेपाली समाजमा लोकप्रिय छन् ।

– राष्ट्रकवि घिमिरेका ‘नेपाली हामी रहौँला कहाँ’, ‘गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राती के देखेँ सपनी, झमझम पानी पर्यो असारको रात, सारङ्गी त रेटे पनि बज्छ मिठो धुन’लगायत दर्जनौँ कालजयी गीत नेपालीको मनमनमा गुञ्जिएका छन् । उहाँका कृतिहरू राष्ट्रिय भावनाले ओतप्रोत छन् ।

– नेपाल प्रज्ञा प्रतिष्ठनका आजीवन सदस्य घिमिरेले दुई कार्यकाल उपकुलपति तथा दुई वर्ष कुलपतिका रूपमा रहेर कार्य गर्नुभएको थियो ।

– उहाँका छ जना छोरी र दुई छोरा हुनुहुन्छ । पहिलो श्रीमती गौरीको २००४ सालमा निधनपछि महाकालीसँग दोस्रो विवाह गर्नुभएको थियो ।


२. वल्र्ड बुक अफ रेकर्ड, युके अवार्डबाट सम्मानित नेपाली बाल कराँते खेलाडी को हुन् ?

 आर्यन रञ्जित ।

– (सानो उमेरमै खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै आर्यनलाई उक्त अवार्डबाट सम्मान गरिएको ।)


३. भाषा साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७७ मा) कसलाई प्रदान गरियो ?

प्रा.डा. दयाराम श्रेष्ठ ।

– त्यस्तै, ललितकलातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको ।

– सङ्गीत तथा नाट्य विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार सत्यनारायण चौधरीलाई प्रदान गरिएको । राष्ट्रिय प्रतिभा पुरस्कारको राशि जनही एक लाख र प्रादेशिक प्रतिभा पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको ।


४. २०७६ सालको महाकवि देवकोटा पुरस्कार कसलाई प्रदान गरियो ?

 कवितातर्फः मोहन सिटौला, निबन्धतर्फः प्रा. केशव सुवेदी, नाटकतर्फः पद्मावती सिंह, बाल÷लोकसाहित्यतर्फः डा. मधुसूदन गिरी र भाषासाहित्यतर्फ ः भैरव रिसाल ।


५. २०७६ सालको गोपालप्रसाद रिमाल राष्ट्रिय प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ?

 अभि सुवेदी (नाटकतर्फ) र घनश्याम उपाध्याय कँडेल (कवितातर्फ) ।


६. २०७६ सालको सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार कसलाई प्रदान गरियो ?

 नवराज विक (समाजसुधार अभियानतर्फ, मरणोपरान्त), त्रिभुवनचन्द्र वाग्ले (मानवअधिकारतर्फ) र तिलक परियार (सीप, कला, शिक्षा, साहित्यलेखन तथा अनुसन्धानतर्फ) ।


७. रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा सुख्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?

 वि.सं. २०७६ मङ्सिर ४ ।

– साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सो बन्दरगाह निर्माणका लागि एक अर्ब ९८ करोड रुपियाँ लाग्ने अनुमान रहेको ।

– यो बन्दरगाह निर्माण सम्बन्धमा नेपाल र चीनवीच वि.सं. २०७६ वैशाख २९ मा समझदारीपत्रमा हस्ताक्षर भएको ।


८. एफटीटीएचको पूरा रूप के हो ?

 फाइबर टु द होम ।

– नेपाल टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा एफटीटीएचको आरम्भ वि.सं. २०७६ भदौ २३ गते रूपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा गरेको ।

– एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने जनाइएको ।


९. विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?

 अमेरिका ।


१०. चीनका राष्ट्रपति सी चिनफिङले वान बेल्ट वान रोड (ओबीओआर) को अवधारणा कहिले प्रस्तुत गर्नुभयो ?

 सन् २०१३ ।

– नेपालले वि.सं. २०७४ वैशाख २५ मा ओबीओआरमा हस्ताक्षर गर्ने निर्णय गरेको । सो अनुरूप २०७४ वैशाख २९ मा नेपालका तर्फबाट हस्ताक्षर भएको ।

– ओबीओआरसम्बन्धी साझेदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी एवं चीनका तर्फबाट राजदूत यु होङले हस्ताक्षर गर्नुभएको ।


११. पारदर्शिताको प्रवद्र्धन गरी प्रभावकारी सरकार बनाउने उद्देश्यका साथ ‘ओपन गभर्नमेन्ट पार्टनरसीप’ (ओजीपी) को स्थापना कहिले गरिएको हो ?

 सन् २०११ सेप्टेम्बर २० ।

– ओजीपीको संस्थापक राष्ट्रहरूमा अमेरिका, मेक्सिको, ब्राजिल, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र नर्वे रहेका ।

– यस संस्थामा हाल १५ उपक्षेत्रीय सरकारी संयन्त्रसहित ७५ सदस्य राष्ट्र रहेका ।


१२. अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?

 बुरुन्डी (सन् २०१७ अक्टोबर २७) ।

– (सदस्यता त्याग्ने दोस्रो राष्ट्र फिलिपिन्स । फिलिपिन्सले सन् २०१८ मार्च १७ मा सदस्यता त्यागको घोषणा गरेको ।)


१३. कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडकमानव मुक्त घोषणा कहिले गरिएको हो ?

 वि.सं. २०७६ माघ ४ ।

– (सो प्रदेशलाई बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सहयोगापेक्षी सडकमानव मुक्त प्रदेश घोषणा गरिएको ।)


१४. सुदूर पश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ?

 वि.सं. २०७६ माघ २९ ।

– श्रव्यदृश्य सम्मेलन प्रविधिमार्फत प्रत्येक जिल्लाका समन्वय समिति एवं स्थानीय तहले छलफल गर्न सक्ने ।

– भिडियो कन्फेन्स प्रविधिले पहिलोपटक नौवटै जिल्लालाई जोडेको साथै यसले संसदीय खुलापन र कानुन निर्माणमा सहयोग पुग्ने जनाइएको ।


१५. प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरेको हो ?

वि.सं. २०७६ फागुन २ ।

– (सो मापदण्डअनुसार प्रदेशको गौरवको आयोजना हुनका लागि कम्तीमा ५० करोड रुपियाँ लगानी हुनुपर्ने र तीनदेखि पाँच वर्षभित्रमा आयोजनाको निर्माण सम्पन्न गरिसक्नु पर्ने । त्यस्तै सहरी क्षेत्रमा कम्तीमा ५० हजार, ग्रामीणक्षेत्रमा १० हजार र गरिबीको रेखामुनि वा सीमान्तकृत जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने भए १० हजार जनसङ्ख्याले लाभ लिन पाउने आयोजनालाई प्रदेश गौरवको आयोजनाका रूपमा लिइने व्यवस्था गरिएको ।)


१६. कुन स्थानीय तहमा एक वडा एक तालको अभियानलाई अघि बढाउन थालिएको छ ?

 घोराही उपमहानगरपालिका (दाङ) ।

– (घोराही उपमहानगरपालिकाले सिँचाइ र पर्यावरणका लागि विशेष योजना बनाई कृत्रिम ताल निर्माण अभियान सञ्चालन गर्न थालेको ।)


१७. ग्रामी अवार्ड २०२० मा चार अवार्ड जित्दै नयाँ इतिहास रच्ने गायिका को हुनुहुन्छ ?

 विली आइलिस ।

– सन् २०२० जनवरी २६ मा अमेरिकाको लस एन्जलसमा आयोजित ६२ औँ अवार्ड समारोहमा उहाँले उत्कृष्ट नवकलाकार, वर्षको उत्कृष्ट रेकर्ड, उत्कृष्ट एल्बम र पप भोकल एल्बमसहित चार ग्रामी अवार्ड जित्नुभएको । विली एकैपटक उपरोक्त चार अवार्ड हात पार्ने पहिलो युवती तथा समग्रमा दोस्रो कलाकार बन्नुभएको । यसअघि सन् १९८१ मा क्रिस्टोफर क्रसले यी विधाका अवार्ड हात पार्नुभएको ।

– समारोहमा अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाको गीत ‘बिकमिङले अडियो बुक विधामा अवार्ड चुमेको । त्यस्तै लेडी गागाको आई विल नेभर लभ अगेनले बेस्ट सङ फर भिजुअल मिडियाको अवार्ड, ट्रेडिसनल पप भोकल एल्बमको अवार्ड लुक नाउले, कन्ट्री सोलो पर्फर्मेन्स राइडको अवार्ड विली नेसनको मी ब्याकहोमले र र्याप एल्बमको अवार्ड टाइलरले जितेका ।


१८. नेपाल तथा एसियाली अध्ययन केन्द्र कहाँ छ ?

 त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा ।

– यो संस्था भाषाविज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्मसंस्कृति अध्ययन–अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको ।

– वि.सं. २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई वि.सं. २०३४ भदौमा तत्कालीन त्रि.वि. ऐन अनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) मा रूपान्तरण गरिएको ।

– सिनासले प्रकाशन गर्ने जर्नल विश्वका एक सय १२ मुलुकका विश्वविद्यालयसम्म पुग्ने गरेकोमा हाल ५८ विश्वविद्यालयमा मात्रै पुग्ने गरेको ।

– त्रि.वि.अन्तर्गत सिनाससहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा रहेका ।


१९. सामान्यतया वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लगाइने करलाई के भनी चिनिन्छ ?

 अन्तःशुल्क ।

– सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा विलासिताका वस्तुमा अन्तःशुल्क लगाउने गरिन्छ । अन्तःशुल्क कर खासगरी उत्पादकको तहमा र पैठारीमा लगाइन्छ । अन्तःशुल्क लाग्ने भनी तोकिएका स्वदेशी उत्पादन वा पैठारी हुने वस्तु वा प्रदान गरिने सेवामा त्यस्ता वस्तु वा सेवा उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी हुने मूल्यमा वा निष्कासन भएको परिमाणमा तोकिएको दर अनुसार निष्कासनका बेलामा लाग्ने कर नै अन्तः शुल्क हो ।


२०. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

 वि. सं. २००२ असोज १ ।

– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।

– पहिलो पटक रु. १००, रु. १० र रु. ५ दरका कागजी नोट जारी गरिएको थियो ।

– सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटहरूमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।


२१. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

 वि.सं. २०४७ चैत ४ ।

– नागरिक लगानी कोष ऐन, २०४७ अनुसार राष्ट्रको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहन गरी पूँजी वृद्धिका साथै लगानीका अवसर बढाउन तथा पुँजीबजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखी कोषको स्थापना भएको ।

प्रमुख उद्देश्य

– स्वदेश तथा विदेशस्थित नेपाली नागरिकलाई कोषको कार्यक्रममा आबद्ध गर्ने ।

– सामाजिक सुरक्षणसम्बन्धी थप कार्यक्रम सञ्चालन गर्ने ।

– प्राथमिकता प्राप्त क्षेत्रहरू (जलविद्युत् क्षेत्र, पूर्वाधार विकास, उत्पादनशील क्षेत्र, पर्यटन तथा निर्यात प्रवद्र्धन, पुँजीबजारका उपकरणहरू) मा लगानी गर्ने ।

– कोषको रकम न्यून जोखिमका क्षेत्रमा लगानी गर्ने ।

– बजार निर्माता तथा शेयरको थोक खरिद विव्रmी गर्ने ।

– पुँजीबजार सेवाका उपकरण÷औजारहरू प्रभावकारी बनाउने ।


२२. माथिल्लो अरूण अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति छ ?

 १०६१ मेगावाट ।

– जनताको जलविद्युत् कार्यक्रम अन्र्तगत आकर्षक परियोजनाको सूचीमा राखिएको सो आयोजना निर्माणका लागि सरकारले नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वको कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई सर्वेक्षण अनुमति प्रदान (२०७६ कात्तिक) गरेको ।

– मन्त्रिपरिषद्ले गतवर्ष असोजमा सो आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी कम्पनी मोडलमा निर्माण गर्न सहमति दिएको ।

– सङ्खुवासभामा पर्ने यो आयोजना अरुण तेस्रोभन्दा माथि रहेको ।

– वि.सं. २०८३ पुुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको निर्माण लागत एक खर्ब २० अर्ब रुपियाँ रहेको ।

– ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैङ्क, युरोपेली लगानी बैङ्कको सहुलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन हुने बताइएको ।


२३. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

 वि.सं. २०७४ मङ्सिर १ ।


२४. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?

 सेन्सस गोश्वारा ।

– नेपालमा जनगणना वि.सं. १९६८ देखि सुरु भएको ।

– नेपालमा चौथो जनगणना (वि.सं. १९९८) सम्म हेड काउन्ट(टाउको गन्ती) को रूपमा गणना गर्ने गरिएकोमा पाँचौँ (२००९÷११) बाट वैज्ञानिक गणना सुरु गरिएको ।

– नेपालमा सुरुआती चरणमा ‘सेन्सस’गोश्वाराले जनगणना लिने गरेकोमा वि.सं. २०१८ बाट केन्द्रीय तथ्याङ्क विभागले लिँदै आएको ।

– वि.सं. २०२८ बाट जनगणनामा कम्प्युटरको प्रयोग गर्न थालिएको ।


२५. नेपालमा कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि कति वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको थियो ?

 पाँचवर्षे ।

– (पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।)


२६. एसडीजी गोल इन्डेक्स–२०१९ मा नेपाल कतिऔँ स्थानमा छ ?

 १०३औँ

– एसडीजीमा निर्धारण गरिएका लक्ष्यहरूको प्रगतिका आधारमा तयार गरिने यो रेङ्किङमा नेपाल ६३.९ अङ्कका साथ सो स्थानमा रहेको ।

– अध्ययनमा १२६ देश समेटिएको सो सूचीको पहिलो पाँच स्थानमा क्रमशः डेनमार्क, स्वीडेन, फिन्ल्यान्ड, फ्रान्स र अस्ट्रिया रहेका । अन्तिम स्थानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, डोमिनिकन रिपब्लिक, कङ्गो र नाइजेरिया रहेका ।


२७. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ?

 सन् १९२९ ।

– (सन् १९२९मा स्थापित यो पुरस्कार पहिलोपटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो । हालसम्म ‘बेनहुर’ र ‘टाइटानिक’ चलचित्रले सर्वाधिक ११÷११ विधामा ओस्कार आवर्ड जित्न सफल भएका छन् ।)


२८. सरकारले शिक्षा विभागको नाम परिवर्तन गरी के बनाएको छ ?

 शिक्षा तथा मानव स्रोत विकास केन्द्र ।


२९. जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको हो ?

 वि.संं २०७४ चैत २९ ।

– (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २८ मा सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो । मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई नै उक्त कार्यालयको प्रमुख रहेर काम गर्ने व्यवस्था गरेको । देशभर २०१८ सालदेखि जिल्ला शिक्षा कार्यालय रहँदै आएका थिए ।)


३०. नेपालमा रामापिथेकसको् अवशेष कहाँ फेलापरेको हो ?

 तिनाउ –बुटवल) ।

– अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीका डा. जे. एच हट्चिसन सहित नेपालको त्रिभुवन विश्वविद्यालयका अन्वेषणकर्ताद्वारा सन् १९७९ देखि १९८२ सम्म गरिएको अन्वेषणअनुसार एक करोड दश लाख वर्ष पुरानो रामापिथेकसको बङ्गारा (दाँत) भेटिएको थियो । उक्त बङ्गाराको ‘डमी’ बनाएर सर्वसाधारणको प्रदर्शनका लागि त्रिभुवन विश्वविद्यालयकोे प्राकृतिक सङ्ग्रहालयमा राखिएको छ ।

– यो जीवाषशेषको पहिचानपश्चात् सन् २०१३ मा ‘नेपालका जीवावशेष’ भन्ने टिकटमाला जारी गरिएको । रामापिथेकसको प्रचारप्रसारका लागि तिनाउतट नजिकै रामापिथेकस पार्क निर्माण गरी प्रतीक स्थापना गरिएको छ । साथै पाल्पा जिल्ला र रूपन्देहीको सङ्गम मानिने सिद्धबाबा धामका दुवै समितिको पहलमा तल्लो सिद्धबाबा धाममा ‘रामापिथेकस वनस्पति उद्यान’ निर्माणको कार्य पनि



१. भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन कहिले भएको हो ?

 सन् २०२० अगस्ट ३१

– भारत रत्न उपाधिबाट विभूषित मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका । मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनले अर्थमन्त्रीको कार्यभार सम्हालेका ।

– कोरोना सङ्क्रमणपछि उपचाररत ८४ वर्षीय मुखर्जी केही दिनदेखि कोमामा थिए ।


२. निजामती कर्मचारीहरूले एकैप्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?

 विक्रम संवत् २०६८ साउन १ गते


३. नेपाल आइडल सिजन–३ को उपाधि विजेता बन्न सफल प्रतिभा को हुन् ?

 सज्जा चौलागाईं

– सज्जाले उपाधिसहित ५० लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेकी ।

– सो प्रतियोगितामा प्रवीण बेडवाल फस्र्ट रनरअप र किरणकुमार भुजेल सेकेन्ड रनरअप भएका ।


४. नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण कहिले गरिएको हो ?

 विसं २०७३ मङ्सिर २२

– मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा ३६ वर्षीय बलराम नागाको (भक्तपुर सूर्यविनायकका) शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको ।

– उनकी ४१ वर्षीया दिदी सानुमाया लागेजूले कलेजो प्रदान गरेकी ।

– डा. डेभिड कानको नेतृत्वमा १४ जनाको टोलीले कलेजो प्रत्यारोपण गरेको ।


५. इन्टरपोलको ‘मोटो’ (नारा) के छ ?

 कनेक्टिङ पेलिस फर ए सेफर वल्र्ड (एक सुरक्षित विश्वका लागि प्रहरी सञ्जाल) ।

– यसको स्थापना सन् १९२३ सेप्टेम्बर ७ मा भएको ।

– इन्टरपोल (अन्तर्राष्ट्रिय प्रहरी) प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन हो । यसको मुख्यालय फ्रान्सको लियोनमा रहेको छ । इन्टरपोलको सम्मेलन दुई–दुई वर्षमा हुने प्रावधान छ ।

– नेपाल सन् १९६७ मा इन्टरपोलको सदस्य (१००औँ) बनेको ।

– हाल इन्टरपोलमा १९४ सदस्य राष्ट्र रहेका छन् । हाल यसको प्रमुखमा दक्षिण कोरियाका किम जोङ याङ (सन् २०१८–२०२०) रहेका ।


६. प्राणी तथा वनस्पतिको वंशगुण संरक्षण गर्ने उद्देश्यले जिन (आनुवांशिक) बैङ्कको स्थापना कहाँ गरिएको छ ?

 ललितपुरको खुमलटार

– नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत ‘नेसनल एग्रिकल्चर जेनेटिक रिसर्च सेन्टर’ नामबाट सो जिन बैङ्क स्थापना भएको ।

– विश्वको सबैभन्दा ठूलो जिन बैङ्क चीनको ग्वाङझोङ प्रान्तको सेन्जेन सहरमा रहेको ।

– नर्वेस्थित स्भाल्बर्ड ग्लोवल सिड बैङ्कलाई विश्वकै नमुना जिन बैङ्क मानिने ।


७. आफ्नो टाउको २७० डिग्रीसम्म घुमाउन सक्ने चरा कुन हो ?

 लाटोकोसेरो

– आँखा चलाउन नसक्ने यस चराले कहीँ, कतै नजर डुलाउनुपर्दा टाउको नै डुलाउनुपर्छ र यसले आफ्नो टाउको २७० डिग्रीसम्म घुमाउन सक्छ ।

– देवी लक्ष्मीको वाहनका रूपमा समेत चिनिने लाटोकोसेरो दिनमा निष्क्रिय रहने तथा रातको समयमा सक्रियता बढाएर आहाराको खोजी गर्छ ।

– संसारमा पाइने दुई सय २५ प्रजातिका लाटोकोसेरोमध्ये नेपालमा हालसम्म २१ प्रजातिका फेलापरेका छन् ।

– मुसा, सर्प, भ्यागुता, बिरालो, मलसाप्रो खाएर प्राकृतिक सन्तुलन कायम राख्न सहयोग पु¥याउने लाटोकोसेरोको अवैध रूपमा हुने चोरीसिकारले यसको संरक्षणमा चुनौती थपिएको छ ।


८. नेपालको कुन ठाउँमा ‘अटोभिलेज’ रहेको छ?

 बुटवल


९. नेपालको कुन ठाउँमा गाई र भैँसी सुन्दरी प्रतियोगिता हुने गरेको छ ?

 सुनसरी


१०. नेपालको बहुजातीय साँस्कृतिक ग्राम कहाँ रहेको छ ?

 पथरी, मोरङ


११. महाहन्ट अप्रेसन केसँग सम्बन्धित छ ?

 दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण


१२. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका अलग हुने घोषणा कहिले गरेका हुन् ?

 सन् २०१८ मे ८


१३. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्नेसम्बन्धमा व्यवस्था भएको महासन्धि ‘मन्ट्रियल महासन्धि–१९९९’ नेपालको संसद्बाट कहिले पारित गरिएको हो ?

 विसं २०७५ भदौ ७

– उक्त महासन्धि पारित भएसँगै नेपाल यस महासन्धिको पक्षराष्ट्र बनेको

– महासन्धि पारित भएको जानकारीसहित अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) मा दर्ता गराएको ६० दिनपछि यो महासन्धि कार्यान्वयनमा आउने ।

– यस महासन्धिको पक्षराष्ट्र भएसँगै अब नेपाली हवाई यात्रुले पनि अन्तर्राष्ट्रिय उडानक्रममा हुन सक्ने विभिन्न घटनामा विदेशी यात्रुसरह बीमा सुविधा पाउने भएका । अब अन्तर्राष्ट्रिय वायुसेवामार्फत यात्रा गर्दा यात्रुको ज्यानमा क्षति भए करिब पौने दुई करोड रुपियाँ क्षतिपूर्ति प्राप्त हुने ।

– यसअघि नेपाल ‘वार्सा महासन्धि–१९२९’ र सोको हेग प्रोटोकल १९५५ को मात्र पक्षराष्ट्र रहेको । सो अनुसार हवाई दुर्घटनामा ज्यान गुुमाउने नेपालीले केवल २० हजार अमेरिकी डलरमात्र पाउने गरेका ।

– सार्क मुलुकमध्ये भारत, पाकिस्तान र माल्दिभ्स पक्षराष्ट्रका रूपमा रहिसकेका ।


१४. ‘बुद्ध थिम पार्क’ कुन देशमा निर्माण गरिने भएको छ ?

 श्रीलङ्का


१५. यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्दछ भने नाम्जा भञ्ज्याङ कहाँ पर्दछ ?

 मुगु


१६. गहना सङ्ग्रहालय भद्रकाली (काठमाडौँ)मा रहेको छ भने बागमती सभ्यता सङ्ग्रहालय कहाँ छ ?

 गुह्येश्वरी (काठमाडौँ)


१७. नेपालमा पहिलोपटक राष्ट्रिय महिला दिवस कहिले मनाइयो ?

 विसं २०७६ जेठ १६


१८. प्रसिद्ध रानीमहल दरबार कहाँ रहेको छ ?

 पाल्पा

– प्रेमको प्रतीकका रूपमा चिनिने रानीमहल दरबार पाल्पा जिल्लामा कालीगण्डकी नदीकिनारमा रहेको

– आफ्नी कान्छी रानी (श्रीमती) तेजकुमारी बिरामी परेर अन्तिम अवस्थामा पुगेपछि भारतको ताजमहलजस्तै महल बनाइदिन आग्रह गरेअनुसार राजा खड्गशमशेरले सो रानीमहल दरबारको निर्माण गरिदिएका


१९. नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?

 ८३

(सबैभन्दा पछि पत्ता लागेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेलापरेको उडुवा लहरे सर्प (सुकेको लहरोजस्तै देखिने) हो ।)


२०. नेपाल चीनमैत्री पार्कको निर्माण कहाँ गरिने भएको छ ?

 दमक, झापा

– पार्कलाई ‘दमक क्लिन इन्डष्ट्रियल पार्क’ नामकरण गरिएको ।

– २०७६ साउन १७ को लगानी बोर्डको बैठकबाट पार्क निर्माणका लागि ६४ अर्ब रुपियाँ लगानी स्वीकृत भएको ।


२१. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारालगायतका खगोलीय पिण्डहरू एवम् धुलकण र ग्यासीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?

 तारापुञ्ज

(सौर्यमण्डलमा रहेको तारापुञ्जलाई आकाशगङ्गा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको छ ।)

२२. नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरेका थिए ?

 कीर्तिपुर


२३. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ छ ?

 काठमाडौँ

(पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदीकिनारमा रहेको ।)


२४. खर्पुनाथ (शिव) मन्दिर हुम्ला जिल्लामा रहेको छ भने चन्दननाथ मन्दिर कहाँ छ ?

 जुम्ला


२५. विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा (दुबई) हो भने सबैभन्दा ठूलो भवन कुन हो ?

 न्यु सेन्चुरी ग्लोबल सेन्टर (चीन)

(चीनको सिचुआन प्रान्तमा निर्मित यो भवन पाँच सय मिटर लामो, चार सय मिटर चौडा र एक सय मिटर अग्लो रहेको । भवनभित्र कृत्रिम समुद्र किनारासमेत निर्माण गरिएको । यो भवन सन् २०१३ जुलाई १ देखि सार्वजनिक रूपमा सञ्चालनमा आएको ।)


२६. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?

 विसं १९३८


२७. हालसम्मकै सबैभन्दा धेरै सम्पत्ति भएको व्यक्तिका रूपमा नयाँ रेकर्ड बनाउने धनाढ्य को हुन् ?

 जेफ बेजोस

– अमेजनका संस्थापक जेफ बेजोस विश्वकै पहिलो दुई सय अर्ब डलर सम्पत्तिको मालिक बनेका । गत वर्ष बेजोसले आफ्नी पत्नीसँग सबैभन्दा महँगो डिभोर्स (पार्पाचुके) सामना गरेका थिए । जसमा उनले आफ्नी पूर्वपत्नीलाई अमेजनमा रहेको २५ प्रतिशत सेयर दिन सहमति जनाएका थिए । अहिलेको समयमा उक्त सेयरको मूल्य ६३ अर्ब डलर छ । यद्यपि, उनी हाल पनि विश्वको सबैभन्दा धनी व्यक्तिको हैसियतमा पुगेका छन् ।)


२८. नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता कहिले प्राप्त गरेको हो ?

 सन् १९५५ डिसेम्बर १४

(सन् १९५५ डिसेम्बर १४ मा नेपाललगायत १६ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घको सदस्यता दिलाउने सम्बन्धमा सुरक्षा परिषद्द्वारा पारित प्रस्तावलाई प्याकेज डिल भनी चिनिन्छ ।)


२९. सत्यमोहन जोशीको तस्बिरअंकित सिक्का कहिले सार्वजनिक गरियो ?

 विसं २०७६ भदौ २४

(रु. १००, रु. १००० र रु. २५०० को सिक्का सार्वजनिक गरिएको ।)


३०. चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागू भएको हो ?

 विसं २०७५ साउन १

– यो पद्वति लागू भएपश्चात् अनलाइन डाटामार्फत चलचित्रको आयको जानकारी सहज हुने ।

– एकप्रकारको केन्द्रीकृत इ–टिकेटिङ सिष्टमका रूपमा रहेको यो पद्धति जडानको जिम्मेवारी ‘ब्रेन डिजिट इन सोलुसन’ कम्पनीलाई दिइएको ।



१. वि.सं. २०७७ भदौ २२ मा मनाइएको १७ औँ निजामती सेवा दिवसको नारा के हो ?

 स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन

नेपालमा वि.सं. २०६१ देखि हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको ।

– वि.सं. २०६१ मा मनाइएको पहिलो निजामती सेवा दिवसको नाराः सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता रहेको ।

२. वन ऐन, २०७६ अनुसार वन्यजन्तुको जीवित वा मृत शरीर वा पहिचान गर्न सकिने अवस्थामा रहेको तिनीहरूको शरीरको कुनै अङ्ग एवं वन्यजन्तुको शरीरको कुनै पदार्थ वा त्यस्तो पदार्थको सम्मिश्रणबाट तयार भएको कुनै वस्तु समेतलाई के भनिन्छ ?

 आखेटोपहार

३. वन ऐन, २०७६ अनुसार ‘वन’ भन्नाले के बुझिन्छ ?

 पूर्ण वा आंशिक रूपमा रुख वा बुट्यानले ढाकिएको क्षेत्र

सो ऐनअनुसार निजी वन भन्नाले प्रचलित कानुन बमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गामा लगाई हुर्काएको वा संरक्षण गरिएको वनलाई बुझिने ।

– राष्ट्रिय वन भन्नाले सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कबुलियती वन, प्रदेशभित्रको राष्ट्रिय वन वा अन्तरप्रादेशिक वन बुझिने ।

४. नेपालको कुन ठाउँमा हाब्रे (रेडपान्डा) प्रजनन केन्द्र छ ?

 इलाम

५. इन्द्रसरोवर कहाँ पर्छ ?

 मकवानपुर ।

– मकवानपुर जिल्लामा पर्ने कुलेखानी जलविद्युत्् परियोजनाका लागि निर्मित ७ किलोमिटर लामो जलाशयलाई नै इन्द्रसरोवर भनिन्छ ।

–युवराज्ञीइन्द्रराज्यलक्ष्मीदेवी शाहको स्मृतिमा इँन्द्र सरोवर नामकरण गरिएको यो नेपालको सबैभन्दा ठूलो मानवनिर्मित ताल हो । यो ताल मत्स्यपालन र पर्यटकीय दृष्टिले आकर्षक स्थल बन्न पुगेको छ ।

६. खैराला दरबार कैलालीमा छ भने हतुवागढी दरबार कहाँ छ ?

भोजपुर

७. अण्डा पार्ने स्तनधारी जीव कुन हो ?

प्लेटिपस

८. ओलाङ्चुङगोला ताप्लेजुङमा पर्दछ भने छेकम्पार कहाँ पर्दछ ?

गोरखा

९. तमु सङ्ग्रहालय लमजुङमा छ भने लेप्चा सङ्ग्रहालय कहाँ छ ?

 इलाम

१०. विश्वमै सबैभन्दा सानो लालीगुराँसको फूल मुगु जिल्लास्थित राराताल क्षेत्रमा पाइन्छ भने सबैभन्दा ठूलो लालीगुराँसको फूल कहाँ पाइन्छ ?

 इलाम

११. प्रतिनिधि सभा निर्वाचन, २०७४ मा प्रत्यक्षतर्फ कति महिला उम्मेदवार विजयी भएका हुन्?

 छ जना ।

– (पवित्रा निरौला खरेल–झापा, पम्फा भुसाल–ललितपुर, पद्माकुमारी अर्याल–स्याङ्जा, दुर्गा पौडेल–प्युठान, कमला रोका–पूर्वी रुकुम र विना मगर–कञ्चनपुर)

१२. नेपाल सरकारले पाँच विकास क्षेत्रको प्रावधान खारेज गर्ने निर्णय कहिले गरेको हो?

 वि.सं. २०७५ चैत २८ गते ।

१३. ‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ नामक कृतिका लेखक को हुन् ?

 ली क्वान यु ।

१४. नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?

 सन् २०२५ सम्म ।

१५. ‘लेजर स्पिड गन’केसँग सम्बन्धित छ ?

 सवारी साधनको गति मापन प्रविधि ।

१६. प्रदेश १ ले तय गरेको प्रादेशिक मूल नारा के हो ?

स्वच्छ, सुखी र समुन्नत प्रदेश ।

१७. काठमाडौँ उपत्यकामा २० वर्ष पुराना सार्वजनिक सवारी साधन चलाउन कहिलेदेखि रोक लगाइयो ?

 वि. सं. २०७३ फागुन १८ गते ।

– यातायात व्यवस्था विभागका अनुसार फागुन १८ देखि उपत्यकामा २० वर्ष पुराना सार्वजनिक सवारी साधन सडकमा चल्न निषेध गरिएको । २० वर्ष नाघेका सार्वजनिक सवारी साधनको कर समेत नबुझ्ने, प्राविधिक परीक्षण नगर्ने, विक्री वितरण तथा नामसारी पनि नगरिने ।

– विभागका अनुसार तत्काल निजी, पर्यटक वाहक र सरकारी सवारीलाई २० वर्ष पुगेकै आधारमा नहटाइने । पहिलो चरणमा काठमाडौँबाट २० वर्ष पुराना सवारी हटाएर अर्को चरणमा उपत्यकाबाहिर त्यसको कार्यान्वयन अघि बढाउने निर्णय भएको ।

१८. काठमाडौँ उपत्यका विकास प्राधिकरण (केभीडीए) को स्थापना कहिले भएको हो ?

 वि.सं. २०६९ वैशाख १ गते ।

– सहरी विकास मन्त्रालय अन्तर्गत रहेको यसको मुख्य कार्यालय अनामनगर (काठमाडौँ) मा रहेको ।

१९. नेपाललाई कहिलेसम्म शून्य भोकमरी (जिरो हङ्गर) मुलुक बनाउने योजना छ ?

 सन् २०२५ सम्म ।

२०. विश्वकै ठूलो नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

 सन् १९०१ ।

– अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको । नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्वीडेनको राजधानी स्टकहोममा प्रदान गरिने । यो पुरस्कार संयुक्तरूपमा तीन जनासम्मले पाउन सक्ने ।

२१. संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा कहिले फहराइयो ?

 वि.सं. २०७६ असोज ३ गते ।

– (नेपालको संविधान दिवसको अवसरमा सो भवनमा एक मिनेट नेपाली झण्डा फहराइएको ।)

२२. लगानीको वातावरण सहज बनाउने उद्देश्यसाथ एकल बिन्दु सेवा केन्द्र कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?

 वि.सं. २०७६ जेठ १ गते ।

– लगानीकर्तालाई सबै प्रकारका सेवा एकै स्थानबाट उपलब्ध होस् भनी यो सेवा सञ्चालन गरिएको । सेवाको सुरुवातपछि उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया एकै स्थानबाट उपलब्ध हुने ।

२३.काठमाडौँमा विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको आरम्भ कहिले गरिएको हो ?

 वि.सं. २०७६ फागुन ५ गते ।

२४.अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?

 सेप्टेम्बर ८ तारिखमा ।

२५. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?

 शुक्लपक्ष (ब्राइट हाफ) ।

– (पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्णपक्ष (डार्क हाफ) भनिन्छ । शुक्लपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्णपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।)

२६. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) को सदस्य कहिले बनेको हो ?

 सन् १९७५ । यो सङ्गठनको स्थापना सन् १९७५ जनवरी २ मा भएको ।

२७.नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?

 वि.सं. २०५५ पुस १६ गते ।

– वि.संं २०१८ मा स्थापित पर्यटन विभागलाई खारेज गरी सरकार र निजीक्षेत्रको सहभागितामा सो बोर्ड स्थापना गरिएको । २०३३ फागुन १२ मा पर्यटन मन्त्रालयको स्थापना । उक्त मन्त्रालययमा वि.सं. २०३९ मा हवाई विभाग गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरिएको । त्यस्तै संस्कृतिको कार्यसमेत थप गरी वि.सं. २०५७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइएको ।

– राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिको गठन वि.सं.२०७२ जेठ ३१ मा गरिएको । यसको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने ।

– पर्यटन परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने ।

२८.‘धवलागिरि आइसफल टे«क’ भनी कुन ‘ट्रेकिङ रुट’लाई चिनिन्छ ?

 म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते (करिब एक सय कि.मि.)

२९. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई सफा हावा दिवस घोषणा गरियो ?

 सेप्टेम्बर ७ तारिख ।

– सन् २०१९ डिसेम्बर १९ मा महासभाद्वारा सो दिवस घोषणा गरिएको ।

– नीलो आकाशका लागि सफा दिवसका रूपमा सो दिवस मनाइने (सन् २०२० देखि) राष्ट्रसङ्घले जनाएको ।

३०. नेपाल सरकारले कुन वर्षलाई वृक्षरोपण वर्षका रूपमा मनाउने घोषणा गरेको हो ?

 आ.व. २०७६÷७७

– वृक्षरोपण वर्षको औपचारिक सुरुवात वि.सं. २०७६ असार १४ मा गरिएको । नेपालमा हरेक वर्ष असार १४ मा वृक्षरोपण दिवस मनाइने भएको ।



१. राष्ट्रिय बालदिवस–२०७७ को नारा के हो?

 विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता

– नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकार सम्बन्धी महासन्धि, १९८९ लाई २०४७ भदौ २९ (सन् १९९० सेप्टेम्बर १४) मा अनुमोदन गरेको दिनको स्मरण गर्दै वि.संं २०६३ देखि हरेक वर्ष भदौ २९ मा राष्ट्रिय बालदिवस मनाउने गरिएको ।

– वि.सं. २०२१ देखि भदौ ४ गते यो दिवस मनाउने गरिएको थियो ।

– नेपालको संविधानको धारा ३९ मा बालअधिकार सम्बन्धी व्यवस्था गरिएको । संविधानको धारा ५१ माबालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिइएको ।

– संयुक्त राष्ट्रसङ्घीय बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ को पक्ष राष्ट्र नेपालमा बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिमको राष्ट्रिय बाल अधिकार परिषद्, केन्द्रीय बाल सङ्गठन र जिल्लास्थित सङ्गठनका संरचना, विभिन्न दातृ निकाय एवं गैरसरकारी संस्थामार्फत बाल अधिकार सम्बन्धी विभिन्न गतिविधि अघि बढाइएको ।


२. प्रतिष्ठित‘क्वालिटी म्यानेजमेन्ट सिस्टम‘ (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्राप्त गर्ने नेपाली एयरलाइन्स (हवाईसेवा) कुन हो ?

 हिमालय एयरलाइन्स

– नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले सन् २०२० सेप्टेम्बरमा सो प्रमाणपत्र प्राप्त गरेको ।

– आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (आईएसओ) द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यताप्राप्त गुणस्तरको स्तर हो ।


३. क्यानडाको फ्रेजर इन्स्टिच्युट र समृद्वि फाउन्डेसनको सहकार्यमा सार्वजनिक (सन् २०२० सेप्टेम्बर १० मा) आर्थिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन–२०२० मा नेपाल कतिऔँ स्थानमा छ ?

 १०९ औँ

– १६२ देश समेटी तयार पारिएको सो प्रतिवेदनअनुसार हङ्कङ, सिङ्गापुर, न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड र अमेरिका उत्कृष्ट पाँच मुलुकअन्तर्गत पर्न सफल भएका ।

– अफ्रिकी गणतन्त्र सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएको मुलुकमा परेको । सो पश्चात क्रमश ः प्रजातान्त्रिक गणतन्त्र कङ्गो, जिम्बावे, गणतन्त्र कङ्गो, अल्जेरिया र इरान रहेका ।


४. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार आप्mनो उत्पादनको कति प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई ‘निर्यातमूलक उद्योग’ भनिन्छ ?

 ४० प्रतिशत (ऊर्जामूलक उद्योगबाहेक)


५. सर्बियाको राजधानी बेलग्रेडमा सम्पन्न १४१ औँ अन्तर–व्यवस्थापिका सङ्घको सम्मेलनका सन्दर्भमा नेपाल कुन अवार्डबाट सम्मानित भएको हो ?

 प्mयुचर पोलिसी सिल्भर अवार्ड

– युवा सहभागिता एवं अधिकारबारे संवैधानिक, व्यवस्थाका लागि सो अवार्ड प्रदान गरिएको ।

– सो अवार्ड राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाद्वारा ग्रहण गरिएको ।


६. सरकारले किसान वर्गीकरण परिचयपत्र वितरणका लागि पहिलो चरणमा छनोट गरेका (सात प्रदेशका एक÷एक) जिल्ला कुन कुन हुन् ?

 झापा(प्रदेश–१), पर्सा (प्रदेश–२), काभ्रे (बागमती), कास्की (गण्डकी), कपिलवस्तु (प्रदेश–५), सुर्खेत (कर्णाली) र कञ्चनपुर (सुदूरपश्चिम)

– केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कलाई आधार मानी एक घरबाट एकजनालाई परिचयपत्र प्रदान गरिने।

– किसान वर्गीकरण परिचयपत्र वितरण २०७६ साउनदेखि गरिएको ।

– नेपालमा किसान परिचयपत्र वितरण कार्यको सुरुवात भने आ.व. २०७१÷७२ देखि भएको ।


७. सोडिस प्रविधि भनेको के हो ?

 सौर्यशक्तिद्वारा खानेपानी शुद्धीकरण गर्ने विधि


८. नेपालमा सर्वप्रथम हवाईजहाज अवतरण कहिले भएको थियो ?(केशवजी, गौचरणमा पहिलो जहाज अवतरण खोज्ने )

 वि.सं. २००६ बैशाख ११


९. पहिलो विश्वकप फुटबल प्रतियोगिता कहिले र कहाँ भएको थियो ?

 सन् १९३०, उरुग्वे

(प्रथम विश्वकप फुटबल प्रतियोगिताको उपाधि उरुग्वेले जितेको थियो भने अर्जेन्टिना उपविजेता बनेको थियो ।)


१०. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मा ‘स्मार्टकार्ड’ को व्यवस्था कहिलेदेखि गरेको हो?

 वि.सं. २०७२ मङ्सिर १४


११. धौवादी फलामखानी लिमिटेडको स्थापना कहिले भएको हो ?

 वि.सं. २०७६ पौष १६

– गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा सो उद्योग स्थापना गरिएको ।

– उद्योग स्थापनासम्बन्धमा मन्त्रिपरिषद्बाट २०७६ भदौ ८ मा निर्णय भएको ।

– खानी तथा भूगर्भ विभागद्वारा आ.व. २०६६÷६७ मा सो फलाम खानी पत्ता लगाइएको ।


१२. नेपालमा भौगर्भिक अध्ययन एवं खानी अन्वेषणका लागि सर्वप्रथम नहर तथा जियोलोजी अड्डाको स्थापना कहिले गरियो ?

 वि.संं. १९८६

– नहर तथा जियोलोजी अड्डालाई वि.संं १९९९ मा खानी अड्डा र वि.संं २०२४ मा भौगर्भिक सर्वेक्षण विभाग बनाइएको ।

– २०३३ मा सो विभागलाई खानी तथा भूगर्भ विभाग नामकरण गरिएको ।


१३. शीतकालीन युद्धका बेला अमेरिका र रुसबीच भएको क्षेप्यास्त्रसम्बन्धी सन्धिबाट अमेरिका कहिले बाहिरिएको हो ?

 सन् २०१९ फेब्रुअरी १

– त्यस्तै, रुसले सन् २०१९ फेब्रुअरी २ मा सो सन्धिबाट बाहिरिएको घोषणा गरेको ।

– यो सन्धि सन् १९८७ मा भएको थियो ।

– मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतकालीन सन्धि ‘इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स ट्रिटी’ अन्तर्गत पाँच सय कि.मि. देखि पाँच हजार पाँच सय कि.मि. दूरीसम्म मार हान्नसक्ने क्षमताको भूमिबाट प्रहार गर्ने क्षेप्यास्त्रमा प्रतिबन्ध लगाइएको थियो ।


१४. काठमाडौँ महानगरपालिकाले कहिलेदेखि विद्युतीय प्रणालीबाट एकीकृत कर निर्धारण र सङ्कलन गर्ने निर्णय गरेको छ ?

 वि.सं. २०७७ असोज १

– असोज १ गतेदेखि ३२ वटै वडाबाट विद्युतीय प्रणालीमार्फत कर भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको ।

– कर चुहावट रोक्न र महानगरपालिकालाई ‘स्मार्ट‘महानगरका रूपमा विकास गर्न यो प्रणालीको सुरुवात गरिएको ।

– विद्युतीय प्रणाली लागू गर्ने निर्णय गरेसँगै काठमाडौँ महानगर यो पद्धति लागू गर्ने पहिलो स्थानीय तहका रूपमा रहेको जनाइएको ।


१५. सबैभन्दा बढी वडासङ्ख्या भएको महानगरपालिका कुन हो ?

 पोखरा महानगरपालिका


१६. वातावरण संरक्षणका लागि ‘हरित सेना‘ गठन गरेको देश कुन हो ?

 अस्टे«लिया


१७. सन् २०२० अप्रिल ७ मा मनाइएको विश्व स्वास्थ्य दिवसको नारा के हो ?

 नर्स र मिडवाइफहरूलाई सहयोग गरौँ ।


१८. राष्ट्र बैंकद्वारा व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने व्यवस्था कहिले गरिएको हो ?

 वि.सं. २०७७ भदौ २३

– राष्ट्र बैंकले भदौ २३ मा सार्वजनिक गरेको एकीकृत निर्देशिका–२०७७ मा यस्तो व्यवस्था गरिएको ।

– व्यक्तिगत नाममा लिइने एक वर्षभन्दा बढी अवधिको कर्जा (घर, गाडीलगायत) मा भुक्तानी अवधिभर ब्याज परिवर्तन गर्न नपाइने भएको ।

– ग्राहक स्वयंले चाहेमा आधार दरका आधारमा परिवर्तनशील ब्याजदार कायम गर्न पाउने ।

– संस्था वा कम्पनीको नाममा प्रवाह भएको कर्जामा भने यो व्यवस्था लागू नहुने ।


१९. प्रत्येक वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार कति जनालाई प्रदान गरिन्छ ?

 १० जना

(सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने ।)


२०. विश्व बैंकद्वारा प्रकाशित ‘नेपाल जब डायग्नोस्टिक प्रतिवेदन–२०१८’ अनुसार सन् २००८ देखि २०१८ बीचको दशकमा नेपालमा कति रोजगारी थपिएको छ ?

 ३९ लाख ५० हजार

– मुलुकमा अझै पनि तलबी तथा राम्रो गुणस्तरको रोजगारीको सिर्जना कमजोर रहेको पनि अध्ययनले देखाएको  । सो अध्ययनमा कोरोनाका कारण मुलुकको रोजगारीमा परेको प्रभावबारे नसमेटिएको विश्व बैंकले जनाएको ।

– सन् २००८ मा कुल रोजगारमध्ये १७ प्रतिशत मात्रै ज्याला पाउने काममा रहेकोमा एक दशकपछि २४ प्रतिशत पुगेको । देशभित्र ३८ लाख र देशबाहिर २८ लाख गरी जम्मा ६६ लाख नेपालीले मात्रै तलब वा ज्याला पाउने काम गरिरहेको अध्ययनले देखाएको ।

– सन् १९९८ मा अर्थतन्त्रमा कृषिक्षेत्रको योगदान ३८ प्रतिशत रहेकोमा सन् २०१८ मा त्यो घटेर ३२ प्रतिशत कायम भएको ।


२१. कसको शासनकाललाई लिच्छविकालको स्वर्णयुग मानिन्छ ?

 अंशुवर्मा


२२. राणाकालीन प्रशासनिक व्यवस्थामा जङ्गी तथा निजामती कर्मचारीलाई रकम सापटी दिने अड्डालाई के भनिन्थ्यो ?

 तेजारथ अड्डा


२३. सन्तुलित भोजनको अभावले हुने स्वास्थ्यसम्बन्धी समस्यालाई के भनिन्छ ?

 कुपोषण


२४. उत्तरपुस्तिका परीक्षण सम्बन्धमा प्रयोग हुने कम्प्युटराइज्ड विधि (ओएमआर) को पूरा रूप के हो ?

 अप्टिकल मार्क रिडर ।


२५. सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?

 बाँस


२६. २०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?

 तामाङ


२७. ‘व्यवसायका दुई भाग छन् ः बजारीकरण र नवप्रवर्तन ।’ भन्ने भनाइ कसको हो ?

 पिटर ड्रकर


२८. प्रशासकीय अदालत ऐन, २०७६ कहिले जारी भएको हो ?

 वि.सं. २०७६ असोज २४


२९. प्रशासकीय अदालत ऐन, २०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुङ्गो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवावाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदन सम्बन्धमा के व्यवस्था छ ?

 पुनरावेदन खारेज नहुने (अन्तिम किनारा गर्नुपर्ने)


१. विश्वमा ‘फाइभ जी’ दूरसञ्चार सेवाको सुरुवात गर्ने राष्ट्र कुन हो ?

 दक्षिण कोरिया


२. एसियाली विकास बैङ्क (एडीबी) ले सन् २०२० सेप्टेम्बर १५ मा प्रकाशित गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२० अपडेट’ अनुसार सन् २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

 १.५ प्रतिशत

– सार्क मुलुकमध्ये नेपाल तेस्रो स्थानमा रहने एडीबीको प्रक्षेपण रहेको । कोरोनाबाट सबैभन्दा कम प्रभावित हुने सार्क मुलुकमा बङ्गलादेश र भुटानपछि नेपाल रहने प्रक्षेपण ।

– आर्थिक वर्ष २०७७÷७८ मा नेपालको मुद्रास्फीति ५.५ प्रतिशतको हाराहारीमा रहने अनुमान रहेको ।


३. फोब्र्सद्वारा सन् २०२० सेप्टेम्बर १४ मा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी को हुन् ?

 लियोनल मेसी (स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका कप्तान)

– यस वर्ष सर्वाधिक कमाइ गर्ने फुटबलर बन्नेक्रममा उनले इटालियन सिरी ए क्लब युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका । गत वर्ष रोनाल्डो सबैभन्दा बढी कमाइ गर्ने फुटबल खेलाडी बनेका थिए ।

– सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडीमा दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो र तेस्रो स्थानमा फ्रेन्च क्लब पीएसजीका ब्राजिलियन फुटबलर नेयमार रहेका । सो सूचीको चौथो स्थानमा पीएसजी तथा फ्रान्सका क्लियन एम्वाप्पे र पाँचौँ स्थानमा इङ्ग्लिस क्लब लिभरपुल तथा इजिप्टका मोहम्मद सलाह रहेका ।


४. पृथ्वीको वातावरण संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्छ अनि मात्र अरू कार्य गर्नुपर्छ भनी अमेरिकी युवाद्वारा सञ्चालन गरिएको आन्दोलनलाई के भनिन्छ ?

 एअर्थ फस्र्ट


५. सन् २०२० सेप्टेम्बर १७ मा मनाइएको दोस्रो ‘विश्व बिरामी सुरक्षा स’को नारा के हो ?

 सुरक्षित स्वास्थ्यकर्मी ः सुरक्षित बिरामी


६. विसं २०७७ असोज १ मा मनाइएको आठौँ राष्ट्रिय विज्ञान दिवसको नारा के हो ?

 स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान


७. विसं २०७७ असोज ३ गते संविधान दिवसका अवसरमा सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट विभूषित हुने व्यक्तित्व को हुनुहुन्छ ?

 डा. सन्दुक रुइत

१. प्रसिद्ध प्रबल जनसेवाश्री (द्वितीय)बाट सम्मानित

२. दीपकुमार कार्की (न्यायाधीश, सर्वोच्च अदालत)

३. नवीनकुमार घिमिरे (पूर्वप्रमुख आयुक्त, अदुअआ)

४. पूर्णचन्द्र थापा (महारथी÷प्रधानसेनापति, नेपाली सेना)

५. शैलेन्द्र खनाल (सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल)

सुकीर्तिमय राष्ट्रदीप (तृतीय)बाट सम्मानित

१. डा. गणेशराज जोशी (आयुक्त, अदुअआ)

२. डा. तीर्थबहादुर श्रेष्ठ (वनस्पतिविज्ञ, सानेपा, ललितपुर)

३. केदारबहादुर अधिकारी (सचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन)

४. गणेशप्रसाद अधिकारी (मुख्य अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग)

५. पुष्पराम केसी (सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी बल)

६. रामशरण पौडेल (सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी बल)

७. बुद्धिनारायण श्रेष्ठ (नापीविज्ञ सिद्धिचरण नपा–१, ओखलढुङ्गा, हाल ः घट्टेकुलो, काठमाडौँ)


८. इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० कहाँ आयोजना गरिएको छ ?

 दुबई (संयुक्त अरब इमिरेट्स)

– यो प्रतियोगिता सन् २०२० सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म सञ्चालन हुने । आईपीएलको उद्घाटन खेल गत विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच भएको ।

– यसअघि आईपीएल सन् २०२० मार्च २९ मा तोकिएको थियो । तर, कोरोना भाइरसको महामारीका कारण पटक–पटक स्थगित हुँदै आएको थियो । भारतमा तय गरिएको यो प्रतियोगिता कोरोना महामारीकै कारण युएईमा आयोजना गरिएको ।


९. २०७६ सालको मदन पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ?

 चन्द्रप्रकाश बानियाँ

– ऐतिहासिक उपन्यास ‘महारानी’का लागि म्याग्दीका बानियाँलाई सो पुरस्कारबाट सम्मानित गरिएको ।

– पूर्वसांसद बानियाँको आख्यान महारानीमा तत्कालीन पर्वत राज्यको दरबारभित्रको आन्तरिक शक्ति सङ्घर्ष र सत्ता प्राप्तिका लागि महिलाको प्रेम र संवेदनालाई प्रयोग गरिएको विषय केन्द्रित रहेको ।

– सक्रिय राजनीतिबाट विश्राम लिएर इतिहास, संस्कृति र साहित्य लेखनमा सक्रिय बानियाँका मृत्यु संस्कार मन्थन, कुलपूजा, ऐतिहासिक पर्वत राज्य पुस्तक प्रकाशित छन् ।

– मदन पुरस्कार गुठीका अनुसार प्राप्त १५१ पुस्तकमध्येबाट जोकरको बन्दुक (विमल निभा), धर्सैधर्साको चक्रव्यूह (तीर्थ श्रेष्ठ), परित्यक्त (भुवन ढुङ्गाना), महारसनिघन्टु (खण्ड १–३, योगी धर्ममहारस), महारानी (चन्द्रप्रकाश बानियाँ), मोहपथ

(ललित विष्ट) र यात्रामा (शारदा शर्मा) ‘मदन पुरस्कार सूची २०७६’ का रूपमा छनोट भएका ।

– पुरस्कारको राशि चार लाख रुपियाँ रहेको । यसअघि (२०७५) योगेशराजको रणहार उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो ।


१०. २०७६ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ?

 गायिका एवम् सङ्गीतकार शान्ति ठटाल

– नेपाली गीत–सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पु¥याएबापत दार्जिलिङकी गायिका एवम् सङ्गीतकार ठटाललाई सो पुरस्कार प्रदान गरिएको ।

– सो पुरस्कारको राशि चार लाख रुपियाँ रहेको ।

– नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिने । यो पुरस्कार पहिलोपटक नारायण गोपाल गुरुवाचार्यलाई प्रदान गरिएको ।


११. लेखनाथ पौड्याललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान

गरिएको हो ?

 विक्रम संवत् २००८


१२. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को स्थापना कहिले भएको हो ?

 विसं २०३९


१३. बैङ्क खातामा पर्याप्त रकम नभएका कारण भुक्तानी हुन नसकेको चेकलाई के भनिन्छ ?

 बाउन्स्ड चेक


१४. सन् २०२० सेप्टेम्बर १६ मा जापानको संसद्ले प्रधानमन्त्रीमा कसलाई चयन गरेको हो ?

 योसिहिदे सुगा

– यसअघिका प्रधानमन्त्री सिन्जो आवेका निकटतम समर्थक तथा सहयोगी सुगाले आवेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको ।

– प्रधानमन्त्री पदका लागि जापानको तल्लो सभा डायटमा भएको मतदानमा सुगालाई कुल ४६२ मतमा ३१४ मत हासिल ।

– सरकारमा प्रधानमन्त्रीपछि सबैभन्दा वरिष्ठ मानिने मन्त्रिमण्डलको मुख्य सचिव पदमा सुगाले लामो समय सेवा गर्नुभएको । सन् १९९६ मा डायटको सदस्य बन्नुभएका सुगा सन् २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको सरकारमा मन्त्री पनि बन्नुभएको थियो ।

– चर्चित राजनीतिज्ञ तथा लामो समयदेखि मन्त्रिमण्डलको सदस्य सुगाले कोरोना भाइरस महामारीले आक्रान्त पारिरहेको बेला विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको मानिने जापानको नेतृत्व लिनुभएको ।

– जापानको कुल जनसङ्ख्याको झन्डै एकतिहाइ ६५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकको हकहित र मानवअधिकारको सुरक्षा चुनौती छ । जापानी समाजमा विकास कार्यका लागि युवा जमातको निकै खाँचो महसुस गरिएको छ ।


१५. नेपालको सबैभन्दा पुरानो मूर्ति विरुपाक्ष हो भने सबैभन्दा सानो मूर्ति कुन हो ?

 पाटनको विश्वरूपको मूर्ति


१६. पुरादित्य गढी महोत्तरी जिल्लामा पर्छ भने दुगुनागढी कहाँ पर्छ ?

 सिन्धुपाल्चोक


१७. विस २०७१ असोज २ (१८ सेप्टेम्बर २०१४) मा मनाइएको प्रथम परिवार दिवसको नारा के थियो ?

 व्यवस्थित परिवार ः स्वास्थ्य र विकासको आधार


१८. दुई मुलुकबीचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ १०–१० गज चौडा खाली छाडिएको जमिनलाई के भनिन्छ ?

 दसगजा क्षेत्र (नो म्यान्स ल्यान्ड)

– (दुई देशबीच कसैको पनि अधिकार क्षेत्रभित्र नपर्ने मानिएको चौडाइमा १० गजबराबर हुँदै लम्बिएको सीमाक्षेत्र ।)


१९. विश्वको सबैभन्दा ठूलो र गहिरो महासागर कुन हो ?

 प्रशान्त महासागर


२०. नेपालले विश्वको ०.०३ प्रतिशत भू–भाग ओगटेको छ भने एसियाको कति प्रतिशत भू–भाग ओगटेको छ ?

 ०.३ प्रतिशत (दक्षिण एसियाको तीन प्रतिशत भू–भाग ओगटेको ।)


२१. विश्वको कुन घटनापश्चात् सरकार र निजी क्षेत्रबीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन थालियो ?

 सन् १९३० को आर्थिक मन्दी


२२. सङ्गीत प्रवीण भनी नरराज ढकाललाई चिनिन्छ भने सङ्गीत शिरोमणि भनी कसलाई चिनिन्छ ?

 यज्ञराज शर्मा


२३. नदीको किनार भएजस्तै समुद्रको के हुन्छ ?

 तट


२४. नेपालमा मात्र सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता कुन हो ?

 हात्तीपोलो


२५. रुपसे झरना म्याग्दी जिल्लामा पर्छ भने सुलिगढ झरना कहाँ पर्छ ?

 डोल्पा


२६. जापानको पुरानो नाम निप्पन हो भने नेदरल्यान्डको पुरानो नाम के हो ?

 हल्यान्ड


२७. ‘अति महŒवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?

 सेक्सपियर


२८. विश्वको इतिहासमा मानवअधिकारको सम्बन्धमा पहिलो लिखित दस्तावेज कुनलाई मानिन्छ ?

 म्याग्नाकार्टा


२९. दोस्रो जनआन्दोलन कहिलेदेखि कहिलेसम्म चलेको थियो ?

 विसं २०६२ चैत २४–२०६३ वैशाख ११ (१९ दिनसम्म चलेको)


३०. मानव शरीरमा कति किसिमका जोर्नीहरू हुन्छन् ?

 तीन (अचल जोर्नी, अर्धचल जोर्नी र चल जोर्नी ।)


१. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)द्वारा विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ युवा वैज्ञानिक फोरम (वाईएसएफएन)को औपचारिक उद्घाटन कहिले भएको हो ?


 विक्रम संवत् २०७७ असोज ९

नास्टद्वारा सन् २०१८ मा नै फोरमको स्थापना गरिएको । दुई वर्षपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलद्वारा भर्चुअल कार्यक्रममार्फत सो फोरमको औपचारिक रूपमा उद्घाटन गरिएको ।

स्वदेश तथा विदेशमा रहेका नेपाली अनुसन्धानकर्ताहरूबीच समन्वय र सहकार्य विस्तार गर्दै विज्ञान क्षेत्रको विकास गर्ने उद्देश्यले फोरमको स्थापना भएको ।

यो संस्था सरकारी संयन्त्रद्वारा गठित एकमात्र युवा वैज्ञानिक फोरम रहेको नास्टले जनाएको ।

फोरमले विश्व युवा वैज्ञानिक प्रतिष्ठानको नेपाल च्याप्टरको पनि मान्यता प्राप्त गरेको ।


२. विश्व बौद्विक सम्पत्ति सङ्गठनद्वारा जारी गरिएको अर्थतन्त्रमा नव प्रवर्तन (इनोभेसन)को मापनसम्बन्धी प्रतिवेदन २०२० अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?


 ९५औँ

प्रतिवेदनमा समेटिएका १३१ अर्थतन्त्रमध्ये नेपाल ९५औँ स्थानमा रहेको ।

पछिल्लो समय प्रविधिको प्रयोग, इ–कमर्स र भुक्तानी प्रणालीको अभौतिकीकरणमा भएको सुधारजस्ता कुराले नेपाललाई उक्त सूचीमा आफ्नो स्थान उस्कान सघाउ पुगेको ।

१६ वटा न्युन आय भएका मुलुकको सूचीमा नेपाल उत्कृष्ट तीनमा पर्न सफल भएको ।


३. जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि हालै दुईवटा रेल कहिले नेपाल ल्याइएको हो ?


 विसं २०७७ असोज २


४. गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन कहिले सम्पन्न भयो ?


 विसं २०७७ असोज २–४ (सन् २०२० सेप्टेम्बर १८–२०)

सम्मेलनले २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गरेको ।

विश्वभरि छरिएका सबै स्वास्थ्यकर्मीलाई एकैठाउँमा समेट्ने, नेपाली नर्सहरू तथा मानसिक रोग विशेषज्ञहरूको विश्वव्यापी सञ्जाल निर्माणमा जोड, जडीबुटीजन्य औषधिको उत्पादन तथा विकासमा जोड, मातृशिशु स्वास्थ्य, बालबालिका, किशोर–किशोरी तथा युवावस्थाको स्वास्थ्य, दीर्घरोग व्यवस्थापन, सामाजिक चेतना अभिवृद्विका लागि सबै स्वास्थ्यकर्मीको ऐक्यबद्धतालगायत विषय घोषणापत्रमा समेटिएको ।


५. नेपालमा हुने साइबर अपराधसम्बन्धी गतिविधिविरुद्ध नेपाल र चीनद्वारा सञ्चालित ‘अपरेसन’लाई के भनी चिनिन्छ ?

 चार्ली फोक्स्टर


६. नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागू गरिएको हो ?

 विसं २०७१ असोज १३


७. फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?

 सिङ्गापुर

सिङ्गापुरले आफ्नो नेसनल आइडेन्टिटी स्किमअन्तर्गत फेसियल भेरिफिकेसन पद्धति अपनाउने भएको । योसँगै सिङ्गापुर फेसियल भेरिफिकेसनमार्फत नागरिकको पहिचान गर्ने विश्वकै पहिलो मुलुक बनेको ।

उक्त बायोमेट्रिक सुविधाको प्रयोगबाट सिङ्गापुरका नागरिकले निजी र सरकारी सेवाहरू प्राप्त गर्न सक्नेछन् ।


८. विश्वका ५० देशका राष्ट्रिय गीत गाएर आफ्नो प्रतिभा प्रस्तुत गर्ने कलाकार को हुन् ?

 रामजी नेपाली (बागलुङ) (फोटो है)

विश्व पर्यटन दिवस–२०२० को अवसरमा उनले विश्वका ५० देशका राष्ट्रिय गीत गाएर विश्व बन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाह गरेका ।

फरक भाषा, शैली र लयमा रचित ५० देशका राष्ट्रिय गीत सुन्दा उपस्थित श्रोता आश्चर्य र अनौठो अनुभव गरेका ।

सन् २०१५ देखि विश्वयात्राका अभियानमा अघि बढ्दै आएका गायक नेपाली कोरोना त्रास कम भएपछि पुनः आफ्नो विश्व यात्रा सुरु गर्ने बताएका ।

हाल ५६ देशका राष्ट्रियगानमा अभ्यस्त नेपालीले एक सय ३० भन्दा बढी देशमा पुग्ने र सबै देशको राष्ट्रियगानलाई न्याय गर्ने लक्ष्य रहेको बताएका ।


९. सात कुण्डको जिल्ला भनी रसुवालाई, सात तालको जिल्ला भनी कास्कीलाई चिनिन्छ भने सात पोखरीको जिल्ला भनी कुनलाई चिनिन्छ ?

 काठमाडौँ


१०. विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?

 सेप्टेम्बर २७

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपश्चात् सोही दिनको स्मरणमा सन् १९८० देखि यो दिवस मनाउन थालिएको ।

सन् २०२० मा यो दिवस ‘टुरिजम ः बिल्डिङ पिस, फोस्टरिङ नलेज’ नाराका साथ मनाइएको ।


११. सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधन कहिले भएको हो ?

 विसं २०७७ भदौ ३०


१२. नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजनाअनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्म रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ?

 १५ वर्ष

सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले यो योजना ल्याइएको ।

यस योजनामा कानुनबमोजिम स्थापना भएका सङ्घ संस्था एवम् प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने ।

कोषमा बचतकर्ताले न्यूनतम मासिक पाँच सय रुपियाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने अङ्कको रकम मासिक÷त्रैमासिक÷अर्धवार्षिक÷वार्षिक रूपमा बुझाउन सक्ने ।

तोकिएको समयमा बुझाउन नसकेमा विलम्ब शुल्क तिरेर किस्ता नियमित गर्न सकिने कोषले जनाएको ।

कुनै अवस्थामा बचतकर्ताको आयस्रोत गुमेमा वा अशक्त भई आयआर्जन हुन नसकेमा, बसाइँ सरी बिदेसिने अवस्था भएर योजनाबाट अलग हुन चाहेमा कोषमा जम्मा भएको रकमको साँवा–व्याज एकमुष्ट प्राप्त गर्न सकिने तर यसका लागि नियमित बचत भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने ।

सहभागीले गरेको बचत, त्यसको व्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडेर हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा आउने रकम प्रत्येक महिना पेन्सनका रूपमा जीवनभर पाउन सकिने ।

त्यस्तै, सहभागीले पेन्सन प्राप्त गर्न सुरु गरेपछि निजको मृत्यु भएमा मृतकका पति वा पत्नीलाई निजले पाइरहेको रकमबराबर नै पारिवारिक पेन्सन प्रदान गरिने ।

यस योजनामा नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेका व्यक्ति पनि सहभागी हुन सक्ने जनाइएको ।


१३. सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गर्यो ?

 प्रा.डा. पुण्य रेग्मी (विसं २०७७ असोज)

(त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. यादवप्रकाश लामिछानेलाई नियुक्त गरिएको ।)


१४. अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल क्रिकेटर को हुन् ?

 कुशल मल्ल (नेपाल) (फोटो है )

आईसीसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्ध

(२०७६ माघ २५ मा) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कुशलले अर्धशतक प्रहार गरी सो कीर्तिमान कायम (१५ वर्ष ३३५ दिनको उमेरमा) गरेका । कुशलको कीर्तिमान एकदिवसीयमा मात्रै नभई, समग्र क्रिकेटमा हो ।

यसअघि नेपालकै रोहितकुमार पौडेलको नाममा यो कीर्तिमान थियो । रोहितले १२ माघ २०७५ मा युएईविरुद्ध दोस्रो एकदिवसीय खेलमा ५५ रन प्रहार गरी कीर्तिमान बनाएका (१६ वर्ष १४६ दिनको उमेरमा) थिए । रोहितको कीर्तिमान तोड्ने कुशलको संयोग रोचक छ । अमेरिकाविरुद्धको खेलमा कुशलले रोहितकै स्थानमा रहेर खेल्ने मौका पाएका थिए । जसको ठाउँमा खेल्न पाए, उसैको कीर्तिमान तोडिदिए ।

रोहितअघि एकदिवसीयतर्फ कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीको नाममा थियो ।


१५. कीर्र्तिमानी आरोही आङ्रिता शेर्पाको निधन कहिले भएको हो ?

 विसं २०७७ असोज ५


१६. कुनै भौतिक परिमाण मापनका लागि बनाइएको स्टान्डर्ड परिमाणलाई के भनिन्छ ?

 एकाइ (युनिट)

(भौतिक परिमाणका एकाइहरूलाई आधारभूत एकाइ र तत्जन्य एकाइ गरी दुई भागमा विभाजन गरिएको ।)


१७. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

 विसं २००२ असोज १

– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी विसं २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।

– पहिलोपटक रु. एक सय, रु. १० र रु. पाँच दरका कागजी नोट जारी गरिएको थियो ।

– सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटहरूमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।


१८. ‘ब्लु टुथ’ भन्नाले के बुझिन्छ ?

 छोटो दूरीको वायरलेस फाइल आदान–प्रदान गर्ने प्रविधि


१९. एसिया को–अपरेसन डाइलग (एसीडी)को स्थापना कहिले गरिएको हो ?

 सन् २००२ जुन १८

(नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको । हाल एसीडीमा नेपालसहित ३४ राष्ट्र रहेका ।)


२०. नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)मा नेपालतर्फबाट संयोजकको जिम्मेवारी कसलाई दिइएको हो ?

 डा. भेषबहादुर थापा (भारततर्फबाट ः भगतसिंह कोसियारी)


२१. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ?

 सन् १९२९

(सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलोपटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो ।


२२. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?

 बुचो


२३. नेपालमा कुन अवधिलाई वन दशक घोषणा गरिएको छ ?

 विसं २०७१–२०८०


२४. एसियाडको इतिहासमा पहिलोपटक दुई सहरमा आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगिता कुन हो ?

 १८औँ एसियाड (सन् २०१८) (इन्डोनेसियाको जकार्ता र पलेम्वाङ)


२५. नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सीधा बस सेवा सञ्चालनसम्बन्धमा गरिएको सम्झौतालाई के भनी चिनिन्छ ?

 बीबीआईएन इनिसिएटिभ

(भुटानको थिम्पुमा सन् २०१५ जुन १५ मा भएको सम्झौता ।)


२६. नेपालले सर्वप्रथम बिप्पा सम्झौता गरेको राष्ट्र कुन हो ?

 फ्रान्स


२७. अमेरिकास्थित गोलकिपर्स गोल प्रोग्रेस अवार्ड–२०२० बाट सम्मानित हुन सफल नेपाली चेली को हुन् ?

 बोनिता शर्मा

(कोभिड–१९ को महामारीबीच पनि नेपाली आमा र शिशुको पोषण स्वास्थ्य सुधारका लागि सक्रिय रहेर पु¥याएको योगदानको कदर गर्दै शर्मालाई सो अवार्ड प्रदान गरिएको ।)


२८. राष्ट्रिय मानवअधिकार आयोगलाई कहिलेदेखि संवैधानिक अङ्गका रूपमा व्यवस्था गरिएको हो ?

 विसं २०६३ माघ १

(नेपालको अन्तरिम संविधान–२०६३ सँगै)


२९. नेपालमा शासकीय सुधार कार्यक्रममा सहयोग पु¥याउने अन्तर्राष्ट्रिय निकाय कुन हो ?

 एसियाली विकास बैङ्क


३०. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान (२०७२) को कुन धारामा व्यवस्था गरिएको छ ?

 धारा ३१ (३)



१. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७७ कहिले जारी

भएको हो ?


 विक्रम संवत् २०७७ असोज १२ गते ।

– काठमाडौँ उपत्यकाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि गठित ‘महानगरीय प्रहरी कार्यालय’को नाम ‘सङ्घीय राजधानी प्रहरी’ बनाइएको ।

– यसअघि महानगरीय प्रहरी कार्यालयलाई बागमती प्रदेश प्रहरीअन्तर्गत रहनेगरी व्यवस्था गरिएको थियो ।

– ‘सङ्घीय राजधानी प्रहरी’को नेतृत्व प्रहरी नायव महानिरीक्षक

(डीआईजी)बाट हुने व्यवस्था गरिएको ।

– अध्यादेश जारी भएसँगै उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी विषय टुङ्गिएको छ । जसअनुसार मूल ऐनको दफा १० (क) थप गर्दै भनिएको छ, ‘दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए पनि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ ।’

– नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि उपत्यकाका तीनवटै जिल्लामा नेपाल प्रहरीअन्तर्गतका प्रहरी कार्यालय रहनेछन् । यस्तै, अध्यादेशले नेपाल प्रहरीले अनुसन्धान गर्ने सूचीबाट अध्यागमनसम्बन्धी कसुर हटाएको छ ।

– महानगरीय प्रहरी सेवाअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय, ट्राफिक महाशाखा, अपराध महाशाखा तथा जिल्लामा तीनवटा परिसरलगायतका कार्यालय रहेका थिए ।


२. दशकौँ पुरानो सीमा विवादलाई लिई आर्मेनिया र अजरवैजानबीच पुनः युद्धको सुरुवात कहिले भयो ?

 सन् २०२० सेप्टेम्बर २७ ।

– यी दुई पूर्व सोभियत गणराज्य विवादित नागोर्नो कारावाखलाई लिएर फेरि एकपटक युद्धको मैदानमा उत्रेका ।

– चार हजार ४ सय वर्गकिलोमिटरमा फैलिएको यो क्षेत्रमा आर्मेनियाली इसाई र मुस्लिम तुर्केली रहेका । अन्तर्राष्ट्रियस्तरमा यो अजरवैजानकै हिस्साका रूपमा लिइन्छ । तर, त्यहाँका बहुसङ्ख्यक आवादी आर्मेनियाली छन् । सन् १९८० को दशकको अन्त्यतिर सुरु भएर १९९० को दशकसम्म चलेको युद्धमा ३० हजारभन्दा बढीको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी विस्थापित भएका छन् । यस युद्धमा पृथकतावादीले नागोर्नो कारावाखका केही भू–भागमाथि कब्जा गरेको थियो । यद्यपि, सन् १९९४ मा युद्धविरामपछि पनि यस क्षेत्रमा गतिरोध भने जारी छ ।


३. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश– २०७७ कहिले जारी गरिएको हो ?

 विसं २०७७ असोज १२ ।

– अध्यादेशमा एसिड आक्रमण गरेमा २० वर्षसम्म कैद सजायँसहितका प्रावधान रहेका ।

– एसिड आक्रमण गर्नेको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति उपलब्ध गराउने एवम् अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुगेमा पीडकलाई २० वर्षसम्म कैद सजायँको व्यवस्था अध्यादेशमा रहेको ।

– शरीरको कुनै पनि भागमा एसिड परेमात्रै पनि १० वर्ष सजायँ भुक्तान गर्नुपर्ने व्यवस्था अध्यादेशमा रहेको ।

– एसिड बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने, हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्नुपर्ने, अन्य पेयपदार्थको बोतलमा एसिड राख्न नपाइने व्यवस्था पनि अध्यादेशमा रहेको । सिल गरिएको बोतलमा मात्र एसिड बेच्न पाइने र खुला रूपमा बिक्री–वितरण पूर्ण बन्देज गर्ने अध्यादेशले व्यवस्था गरेको ।

– बिक्रेताले आफूले ल्याएको एसिडको परिमाण खुल्ने परिचयपत्रको फाटोकपीसमेत राख्नुपर्ने, एसिड आक्रमण गर्नेको सजायँ मिनाहा गर्न नपाइने, एसिड आक्रमणका मुद्दालाई अदालतले प्राथमिकतामा राखेर किराना लगाउनुपर्ने, आक्रमणकारीबाट उपचार खर्च गराउनुपर्ने, जरिवानाबापतको रकम अदालतबाट फैसला भएको मितिले ३५ दिनभित्र दाखिला नगेर अपराधीको सम्पत्तिबाट असुल गर्नुपर्ने व्यवस्था अध्यादेशमा रहेको ।


४. पोखरा विश्वविद्यालयको उपकुलपतिमा को नियुक्त हुनुभयो ?

प्रा.डा. प्रेमनारायण अर्याल (२०७७ असोज) ।


५. अहिले सरकारले मुख्य सचिवमा कसलाई नियुक्त गरेको छ ?

 शङ्करदास वैरागी

– २०७७ असोज १५ को मन्त्रिपरिषद् बैठकले वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको । उहाँ यसअघि परराष्ट्र सचिवमा कार्यरत रहनुभएको ।

– पर्वत जिल्लामा २०२३ सालमा जन्मनुभएका वैरागीले २०४४ सालमा नायव सुब्बाबाट परराष्ट्र सेवा सुरु गर्नुभएको ।


६. प्रदेश १ मा सञ्चालनमा आएको पहिलो पाँचतारे होटल कुन हो ?

 होटल मेची क्राउन ।

– (एसियाली राजमार्गमा जोडिएको नेपालको पूर्वी सीमा मेचीनगरमा पर्यटकलक्षित पाँचतारे होटल सञ्चालनमा आएको ।)


७. नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?

 नबिल बैङ्क ।


८. प्रकृति संरक्षण शिक्षालयको स्थापना कहाँ गरिएको छ ?

 कसरा, चितवन ।


९. मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?

 मोटोरोला (अमेरिका), सन् १९७३ अप्रिल ।


१०. साइकल सिटी घोषणा गरिएको नेपालको पहिलो नगर कुन हो ?

 धरान (विसंं २०६९ मङ्सिर १९) ।


११. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?

 महाभारत पर्वत ।


१२. मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति भनिन्छ भने तल भासिएको भागलाई के भनिन्छ ?

 सन्नति ।


१३. मध्यकालमा सुदूरपश्चिममा बाईसे राज्यहरू थिए भने मध्यक्षेत्रमा कस्ता राज्य थिए ?

 चौबीसे राज्य ।


१४. राम र सीताबीच कस्तो विवाह भएको थियो ?

 पराक्रम विवाह ।


१५. प्राचीनकालको ‘रामचरित्र मानस’ र आधुनिककालको ‘कुष्णायन’ कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?

 अवधि ।


१६. अन्तर्राष्ट्रिय न्यायालयमा कतिजना न्यायाधीशहरू रहने व्यवस्था छ ?

 १५ जना ।


१७. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?

 सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा) ।

– नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको ।

– यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको । सन्धि अनुमोदन गर्ने नेपाल १०१औँ राष्ट्र भएको ।


१८. कुनै सैनिक गुटमा आबद्ध नभई, अन्तर्राष्ट्रिय शान्तिको मान्यतालाई आत्मसात् गरी तटस्थ रहने नीतिलाई के भनिन्छ ?

 असंलग्न नीति ।


१९. नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा बढी जनसङ्ख्या भएका पाँच सहर कुन–कुन हुन् ?

 क्रमशः काठमाडौँ, पोखरा, ललितपुर, विराटनगर र भरतपुर ।


२०. नाइजेरियामा गएको एक दशकमा आतङ्कवादी गतिविधिका कारण कति नागरिक बेपत्ता भए ?

 २२ हजार ।

– एक दशकअघि आतङ्कवादी सङ्गठन बोकोहरामले आक्रमण सुरु गरेदेखि हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका ।

– अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)ले सन् २०१९ सेप्टेम्बर १२ मा सार्वजनिक गरेको प्रतिवेदनमा यो तथ्य उजागर भएको । यति ठूलो सङ्ख्यामा बेपत्ता नागरिकको सूची सार्वजनिक भएको यो पहिलो हो ।

– सन् २००९ देखि नाइजेरियामा बोकोहरामले सशस्त्र हिंसात्मक आन्दोलन चलाएको छ, जसकारण २७ हजारको मृत्यु भइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।


२१. नेपाल भाषाका महाकवि भनी कसलाई चिनिन्छ ?

 सिद्धिदास अमात्य ।

– (कवि व्यक्तित्वका साथै एक उच्चकोटिका विचारकका रूपमा समेत चिनिने महाकवि सिद्धिदासको २०७७ भदौ ३० मा १५३औँ जन्मजयन्ती मनाइएको । सिद्धि रामायण, सज्जन हृदयाभरनलगायतका महाकाव्यका सर्जक सिद्धिदासका ५० वटाभन्दा बढी कृति प्रकाशित भएका ।)


२२. नेपालको नयाँ राष्ट्रिय स्वास्थ्य नीति कहिले सार्वजनिक भयो ?

 विसं २०७६ असार १६ गते ।

– स्वास्थ्य सेवालाई सर्वसुलभ, प्रभावकारी तथा गुणस्तरीय बनाउन जनसङ्ख्या, भूगोल र सङ्घीय संरचनाअनुसार दक्ष जनशक्तिको विकास तथा विस्तार गर्ने उद्देश्यसाथ यो

नीति ल्याइएको ।

– यो नीति स्वास्थ्य प्रणालीको विकासको मार्गचित्रका

रूपमा रहेको ।


२३. लोकसेवा आयोगले कहिलेबाट लागू हुनेगरी अप्राविधिक तर्फका राजपत्रअनङ्कित प्रथम श्रेणी (नायव सुब्बा) र द्वितीय श्रेणी (खरिदार) पदका लागि प्रवेश परीक्षाको व्यवस्था गरेको हो ?

 आर्थिक वर्ष २०७२÷०७३ ।

– (लोकसेवा आयोगले हाल राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत (अप्राविधिक) पदका लागि दुई चरणमा परीक्षा सञ्चालन गर्दै आएको छ ।)


२४. नेपाल सरकारद्वारा ‘हेलो स्वास्थ्य’ कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?

 विसं २०६९ कात्तिक २९ गते ।


२५. सार्क राष्ट्रहरूमध्ये आफ्ना नागरिकलाई ई–पासपोर्ट उपलब्ध गराउने पहिलो राष्ट्र कुन हो ?

 माल्दिभ्स (सन् २००७) ।


२६. भारतको सुनौलीदेखि कालीगण्डकी हुँदै कोरला नाकामार्फत चीन जोड्ने मार्ग कालीगण्डकी करिडोरको लम्बाइ कति छ ?

 ४३५ किलोमिटर ।

– (करिडोर निर्माणले नेपाललाई दुवै छिमेकी देश भारत, चीन तथा तेस्रो देशसँग व्यापार विस्तारमा सहयोग पुग्ने

विश्वास गरिएको ।)


२७. मुलुकबाट सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्यअनुरूप बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) कहिलेदेखि लागू गरिएको छ ?

 विसं २०७५ साउन १ ।

– विसं २०७५ असार २४ को मन्त्रिपरिषद्ले स्वीकृत गरी साउन १ देखि लागू भएको यो गुरुयोजनाले विसं २०७९ सम्ममा अमर्यादित र निकृष्ट बालश्रम र योजना अवधिमा सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य लिएको छ ।’


२८. ‘विजार्ड अफ नर्थ’ भनी क्यानडाका सर वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?

 हो चि मिन्ह (भियतनाम) ।


२९. नेपालमा पहिलोपटक ‘टेस्टट्युब’ प्रविधिबाट शिशुको जन्म कहिले भयो ?

 विसं २०६१ फागुन २० (ओम हस्पिटल) ।

– (नेपालका प्रथम ‘टेस्टट्युब बेबी’ ओममणि तामाङ हुन् ।

– ‘आईभीएफ’ प्रविधिबाट नेपालमा हालसम्म पाँच सयजना भन्दा बढी टेस्टट्युब बेबीको जन्म भइसकेको छ । यो प्रणालीअनुसार पुरुषको शुक्रकीट र महिलाको डिम्ब झिकेर टेस्टट्युबमा कृत्रिम गर्भाधान गराउने र भ्रुणको विकासपछि महिलाको पाठेघरमा राखेर सन्तान जन्माउने गरिन्छ । विश्वमा पहिलो टेस्टट्युब बेबी ‘लुइस ब्राउन’को जन्म सन् १९७८ जुलाई २५ मा

भएको थियो ।)


३०. शक्ति संरक्षणको सिद्धान्त भन्नाले के बुझिन्छ ?

 शक्तिलाई एक रूपबाट अर्को रूपमा परिवर्तन गर्न सकिने तर उत्पन्न वा विनाश गर्न नसकिने ।

प्रस्तुतकर्ता : टङ्क केसी


 

१. विश्व बसोवास दिवस २०२० को नारा के हो ?

 (हङ्गर फर अल, अ बेटर अर्बन फ्युचर (सबैका लागि आवास ः समृद्ध सहरी विकास)

– संयुक्त राष्ट्रसङ्घीय बसोवास कार्यक्रम (युन–ह्याविटेट)ले सन् १९८६ देखि प्रत्येक वर्ष अक्टोबरको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउने निर्णय गरेअनुसार सन् २००१ देखि नेपालमा पनि यो दिवस मनाउँदै आइएको ।

– नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३७, धारा ४० को उपधारा ६ र धारा ४२ को उपधारा २ बाट आवासको हकलाई मौलिक हकका रूपमा अङ्गीकार गरी सबै नागरिकको सुरक्षित, उपयुक्त र वातावरणमैत्री आवासको अधिकारको सम्मान, संरक्षण तथा परिपूर्ति गर्ने तथा आवासविहीन नागरिकलाई आवास सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको ।

– नेपालको १५औँ योजनाको अन्त्यसम्ममा सुरक्षित आवासमा बसोवास गर्ने जनसङ्ख्या (राष्ट्रिय भवन संहिताको मापदण्डअनुसार निर्मित) ३७.८ प्रतिशतबाट ६० प्रतिशत पु¥याउने, आफ्नै स्वामित्वको आवासमा बसोवास गर्ने परिवार ८९ प्रतिशत पु¥याउने, विभिन्न तहका सरकारी तथा निजी क्षेत्रसमेतको सहभागितामा १० लाख आवास इकाइ तथा एक लाख आवासीय फ्ल्याट (तला) निर्माण गर्ने योजना रहेको ।


२. केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलोपटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?

 रु. २० हजार ५४३ ।

– प्रतिवेदनअनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घ संस्थामा तलब पाउनेगरी संलग्न रहेका ।

– संस्थाको प्रकृतिअनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ, मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय तथा साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक औसत तलब १६ हजार सात सय ६८ रुपियाँ रहेको । ठूला संस्था र लघुप्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै १० हजार रुपियाँभन्दा बढी रहेको ।

– प्रतिवेदनअनुसार वार्षिक चार खर्व २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको देखिएको । यद्यपि, अध्ययनमा समेटिएका त्यस्ता संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबकोे हिस्सा निकै कम रहेको । देशैभर गरी प्रतिवेदनले समेटेका दुई लाख १९ हजार तीन सय संस्थाले वार्षिक २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेको पाइएको । त्यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी सात खर्ब दुई अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन गरेको प्रतिवेदनले औँल्याएको । कुल आर्जनमध्ये नाफाको हिस्सा २८.३ प्रतिशत रहेको । त्यस्तै, तलबबापतको खर्च भने १६.९ प्रतिशतमात्र रहेको । अर्थात् कर्मचारीको तलबभन्दा यस्ता संस्थाले गरेको नाफा दुई खर्ब ८१ अर्ब रुपियाँ बढी रहेको ।

– अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरी त्यसैअनुसार तथ्याङ्क सङ्कलन गरिएको । त्यसमध्ये दर्ता भएर सञ्चालनमा आएका संस्थाले वार्षिक चार खर्ब छ अर्ब र दर्ता नभई सञ्चालनमा रहेका उद्योग÷संस्थाले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।

धेरै तलब वितरण हुने जिल्लाहरू

जिल्ला तलब

काठमाडौँ १ खर्ब ४० करोड

ललितपुर ३१ अर्ब ९३ करोड

मोरङ २० अर्ब ९१ करोड

रूपन्देही १८ अर्ब ४५ करोड

कास्की १८ अर्ब ३१ करोड


कम तलब वितरण हुने जिल्लाहरू

जिल्ला तलब

रुकुम पूर्व १० करोड

मनाङ १० करोड ३० लाख

रसुवा १७ करोड ३० लाख

डोल्पा १९ करोड ५० लाख

हुम्ला २९ करोड ८० लाख



३. नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘अमरकोश’को प्रथम संस्करण कहिले प्रकाशित भएको हो ?

 विक्रम संवत् २०२६ ।

(ऐतिहासिक महŒवको अमरग्रन्थ ‘अमरकोश’को दोस्रो संंस्करण २०७७ (प्रथम संस्करण प्रकाशित भएको ५१ वर्षपछि)मा प्रकाशित भएको ।)


४. नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता कहिले पाएको हो ?

 विसंं २०५९ असोज १० ।

(१२ हप्तासम्मको गर्भपतनलाई मान्यता दिइएको । विशेष अवस्थामा २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन ऐनले स्वीकृति दिएको ।)


५. विश्व बैङ्कद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

 ०.६ प्रतिशत ।

– सन् २०२० अक्टोबर ८ मा सार्वजनिक साउथ एसिया इकोनोमिक फोकस प्रतिवेदनमा सो कुरा उल्लेख भएको ।

– चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नेपालको आर्थिक वृद्धिदर सात प्रतिशत हुने उल्लेख रहेको ।


६. काठमाडौँ उपत्यकामा विद्युतीय बस सेवाको सुरुवात कहिलेदेखि गरिएको हो ?

 विसं २०७६ भदौ २३ ।


७. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?

 विसं २०६४ ।


८. सन् २०२० या प्रदान गरिने चिकित्साशास्त्रतर्फको नोबल पुरस्कारबाट सम्मानित हुने वैज्ञानिक को–को हुन् ?

 माइकल हटन (बेलायत), हार्भी अल्टर (अमेरिका) र चाल्र्स राइस (अमेरिका) ।

(हेपाटाइटिस ‘सी’ भाइरस पत्ता लगाउने तीन चिकित्साशास्त्रका वैज्ञानिकलाई यस वर्षको नोबल पुरस्कार प्रदान गरिएको । तीन वैज्ञानिकको आविष्कारले संसारमा लाखौँ व्यक्तिको ज्यान रक्षा गर्न मद्दत पु¥याएको नोबल पुरस्कार कमिटीले जनाएको ।)


९. सन् २०२० मा भौतिकशास्त्रतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ?

 रोजर पेनरोज (बेलायत), रेनहार्ड गेन्जेल (जर्मनी) र एन्ड्रिया गेज (अमेरिका) ।

(ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्यमध्यको एक ब्ल्याक होलको अनुसन्धानमा पु¥याएको योगदानको कदरस्वरूप सो पुरस्कार प्रदान गरिएको ।)

१०. सन् २०२० को साहित्यतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ?

 अमेरिकी कवयित्री लुइस ग्लक ।

– अत्यन्तै सुन्दर शैलीमा व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाउने अतुलनीय काव्यात्यक सिर्जनाको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको ।

– सन् १९०१ बाट सुरु भएको नोबल पुरस्कारको १ सय १९ वर्षको इतिहासमा दुईपटक साहित्यतर्फको पुरस्कार स्थगित हुन पुगेको । सन् १९४३ मा द्वितीय विश्वयुद्धका क्रममा पहिलोपटक स्थगित भएको थियो भने दास्रोपटक सन् २०१८ मा स्वीडिस एकेडेमीको निर्णायक मण्डलका सदस्य क्याट्रिनका पति र फ्रान्सिसी फोटोग्राफर जेन क्लोड अर्नाल्टमाथि यौनशोषणको आरोप लागेका कारण स्थगित गरिएको ।


११. सन् २०२० को नोबल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?

 विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ।

(खाद्यान्न सङ्कटबाट प्रभावित समक्ष सुरक्षित खाद्य सामग्री पु¥याउन गरेको कार्यका लागि ।)


१२. सन् २०२० को रसायनशास्त्रतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ?

 जेनिफर ए डाउड्ना (अमेरिका) र इम्यानुयल सार्पेन्टियर (फ्रान्स) ।

– जिनोम एडिटिङमा सटिक विधि पत्ता लगाएबापत उनीहरूलाई सो पुरस्कार प्रदान गरिएको । यस विधि र उपकरणको प्रयोगबाट शोधकर्ताहरू जनावर, बोटबिरुवा र सूक्ष्म जीवहरूको डीएनएमा अत्यन्तै सटिक हेरफेर गर्न सक्षम भएका ।

– अमेरिकी बायोकेमिस्ट जेनिफर ए डाउड्ना र फ्रेन्च माइक्रो–बायोलोजिस्ट इम्यानुयल संयुक्त रूपमा नोबल पुरस्कार पाउने पहिलो महिला हुन् भने रसायनशास्त्रतर्फको पुरस्कार जित्ने छैटौँ र सातौँ महिला हुन् ।


१३. सन् २०२० को अर्थशास्त्रतर्फको नोबल पुरस्कार विजेता अर्थशास्त्री को हुन् ?

 पल आर मिलग्रोम (अमेरिका) र रोबर्ट बी विल्सन (अमेरिका)


१४. वाल्मीकि आश्रम कहाँ पर्छ ?

 चितवन ।


१५. प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम के तय गरेको छ ?

 लुम्बिनी (विसं २०७७ असोज २०) ।

– प्रदेशसभा बैठकले स्थायी राजधानी र प्रदेशको नामकरण दुईतिहाइ बहुमतबाट पारित गरेको ।

– यससँगै प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यका क्षेत्र तय भएको ।


१६. नेपालको पहिलो वन्यजन्तु अस्पताल कहाँ स्थापना गरिएको छ ?

 सौराहा (चितवन) ।


१७. नेपाली सेनाद्वारा विसं २०७६ भदौ ११ मा सार्वजनिक गरिएको विस्तृत आयोजना प्रतिवेदनअनुसार काठमाडौँ–तराई द्रुत मार्ग (खोकना–निजगढ)को लम्बाइ कति कायम हुने उल्लेख छ ?

 ७२.५ किमि ।

(यसअघि सो मार्ग ७६.२ किमि लम्बाइको हुने उल्लेख ।)


१८. सन् २०३० सम्म पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा कुन देशले गरेको छ ?

 आयरल्यान्ड ।


१९. पछिल्लोपटक प्रकाशित एक प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो ?

 चीन ।


२०. अमेरिकाले इरानी सैनिकलाई आतङ्कवादी सङ्गठन घोषणा कहिले गरेको हो ?

 सन् २०१९ अप्रिल ९ ।

– विसं २०७६ वैशाख ५ (आव २०७६÷७७ देखि) ।


२१. विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्नेसम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर गरियो ?

 विसंं २०७७ असोज १९ ।

– नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्रमा पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य भएको ।

– प्राधिकरणमातहतमा रहेको विमानस्थल स्तरोन्नतिका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिका पनि लागत साझेदारी गर्ने । आयोजनाका लागि आठ अर्ब रुपियाँ लागत अनुमान गरिएको ।


२२. बुटवल र नेपालगन्जमा ‘हर्न’ निषेधको घोषणा कहिले गरिएको हो ?

 विसं २०७५ मङ्सिर १ ।


२३. सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोद्वारा परीक्षण अघि बढाइएको विस्थापनको सूत्रसम्बन्धी वैज्ञानिक योगदानलाई पूर्णता दिन सफल नेपाली वैज्ञानिक को हुन् ?

 भविन्द्र कुँवर (म्याग्दी) ।


२४. सन् २०१८ मा आफूलाई औपचारिक रूपमा यहुदी राष्ट्र घोषणा गर्ने देश कुन हो ?

 इजरायल ।


२५. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा इन्टरनेटबाट अश्लील सामग्रीको आदान–प्रदान, प्रकाशन एवम् प्रसारणमा बन्देज कहिले लगाइएको हो ?

 विसं २०७५ असोज ५ ।


२६. ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रयोगमा रोक लगाउनेसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश कहिले दिइएको थियो ?

 विसं २०७५ भदौ १७ ।


२७. कृषि आम्दानीको झन्डै दुईतिहाइ हिस्सा अलैँची खेतीले ओगट्ने जिल्ला कुन हो ?

 ताप्लेजुङ ।


२८. प्रशासन पुनःसंरचना आयोग, २०६५ रेखा शर्माको अध्यक्षतामा गठन गरिएको थियो भने प्रशासन सुधार सुझाव समिति–२०६९ कसको अध्यक्षतामा गठन गरियो ?

 काशीराज दाहाल ।


२९. अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कहिलेदेखि मनाउन थालिएको हो ? (गिद्दको फोटो है केशवजी)

 सन् २००९ ।

– विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि यसको संरक्षणमा सहभागिता जुटाउन गिद्ध सचेतना दिवस मनाउन थालिएको ।

– सिनो खाएर वातावरण सफा गर्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार भनी चिनिने ।

– विश्वमा २३ प्रजाति र दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइने ।

– गिद्ध विनाशको प्रमुख कारण पशुको उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक रहेको ।

– नेपालमा गिद्ध संरक्षणका लागि गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन देशभर आधा दर्जनभन्दा बढी स्थानमा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको । सन् २०१५ देखि २०१९ सम्म गिद्ध संरक्षण कार्ययोजना बनाएर संरक्षणको कार्य अघि बढाइएको ।


३०. गिद्ध प्रजनन केन्द्र चितवनमा रहेको छ भने सारस प्रजनन केन्द्र कहाँ रहेको छ ?

 कपिलवस्तु ।


१. विश्व बसोवास दिवस २०२० को नारा के हो ?

 (हङ्गर फर अल, अ बेटर अर्बन फ्युचर (सबैका लागि आवास ः समृद्ध सहरी विकास)

– संयुक्त राष्ट्रसङ्घीय बसोवास कार्यक्रम (युन–ह्याविटेट)ले सन् १९८६ देखि प्रत्येक वर्ष अक्टोबरको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउने निर्णय गरेअनुसार सन् २००१ देखि नेपालमा पनि यो दिवस मनाउँदै आइएको ।

– नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३७, धारा ४० को उपधारा ६ र धारा ४२ को उपधारा २ बाट आवासको हकलाई मौलिक हकका रूपमा अङ्गीकार गरी सबै नागरिकको सुरक्षित, उपयुक्त र वातावरणमैत्री आवासको अधिकारको सम्मान, संरक्षण तथा परिपूर्ति गर्ने तथा आवासविहीन नागरिकलाई आवास सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको ।

– नेपालको १५औँ योजनाको अन्त्यसम्ममा सुरक्षित आवासमा बसोवास गर्ने जनसङ्ख्या (राष्ट्रिय भवन संहिताको मापदण्डअनुसार निर्मित) ३७.८ प्रतिशतबाट ६० प्रतिशत पु¥याउने, आफ्नै स्वामित्वको आवासमा बसोवास गर्ने परिवार ८९ प्रतिशत पु¥याउने, विभिन्न तहका सरकारी तथा निजी क्षेत्रसमेतको सहभागितामा १० लाख आवास इकाइ तथा एक लाख आवासीय फ्ल्याट (तला) निर्माण गर्ने योजना रहेको ।


२. केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलोपटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?

 रु. २० हजार ५४३ ।

– प्रतिवेदनअनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घ संस्थामा तलब पाउनेगरी संलग्न रहेका ।

– संस्थाको प्रकृतिअनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ, मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय तथा साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक औसत तलब १६ हजार सात सय ६८ रुपियाँ रहेको । ठूला संस्था र लघुप्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै १० हजार रुपियाँभन्दा बढी रहेको ।

– प्रतिवेदनअनुसार वार्षिक चार खर्व २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको देखिएको । यद्यपि, अध्ययनमा समेटिएका त्यस्ता संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबकोे हिस्सा निकै कम रहेको । देशैभर गरी प्रतिवेदनले समेटेका दुई लाख १९ हजार तीन सय संस्थाले वार्षिक २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेको पाइएको । त्यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी सात खर्ब दुई अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन गरेको प्रतिवेदनले औँल्याएको । कुल आर्जनमध्ये नाफाको हिस्सा २८.३ प्रतिशत रहेको । त्यस्तै, तलबबापतको खर्च भने १६.९ प्रतिशतमात्र रहेको । अर्थात् कर्मचारीको तलबभन्दा यस्ता संस्थाले गरेको नाफा दुई खर्ब ८१ अर्ब रुपियाँ बढी रहेको ।

– अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरी त्यसैअनुसार तथ्याङ्क सङ्कलन गरिएको । त्यसमध्ये दर्ता भएर सञ्चालनमा आएका संस्थाले वार्षिक चार खर्ब छ अर्ब र दर्ता नभई सञ्चालनमा रहेका उद्योग÷संस्थाले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।

धेरै तलब वितरण हुने जिल्लाहरू

जिल्ला तलब

काठमाडौँ १ खर्ब ४० करोड

ललितपुर ३१ अर्ब ९३ करोड

मोरङ २० अर्ब ९१ करोड

रूपन्देही १८ अर्ब ४५ करोड

कास्की १८ अर्ब ३१ करोड


कम तलब वितरण हुने जिल्लाहरू

जिल्ला तलब

रुकुम पूर्व १० करोड

मनाङ १० करोड ३० लाख

रसुवा १७ करोड ३० लाख

डोल्पा १९ करोड ५० लाख

हुम्ला २९ करोड ८० लाख



३. नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘अमरकोश’को प्रथम संस्करण कहिले प्रकाशित भएको हो ?

 विक्रम संवत् २०२६ ।

(ऐतिहासिक महŒवको अमरग्रन्थ ‘अमरकोश’को दोस्रो संंस्करण २०७७ (प्रथम संस्करण प्रकाशित भएको ५१ वर्षपछि)मा प्रकाशित भएको ।)


४. नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता कहिले पाएको हो ?

 विसंं २०५९ असोज १० ।

(१२ हप्तासम्मको गर्भपतनलाई मान्यता दिइएको । विशेष अवस्थामा २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन ऐनले स्वीकृति दिएको ।)


५. विश्व बैङ्कद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

 ०.६ प्रतिशत ।

– सन् २०२० अक्टोबर ८ मा सार्वजनिक साउथ एसिया इकोनोमिक फोकस प्रतिवेदनमा सो कुरा उल्लेख भएको ।

– चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नेपालको आर्थिक वृद्धिदर सात प्रतिशत हुने उल्लेख रहेको ।


६. काठमाडौँ उपत्यकामा विद्युतीय बस सेवाको सुरुवात कहिलेदेखि गरिएको हो ?

 विसं २०७६ भदौ २३ ।


७. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?

 विसं २०६४ ।


८. सन् २०२० या प्रदान गरिने चिकित्साशास्त्रतर्फको नोबल पुरस्कारबाट सम्मानित हुने वैज्ञानिक को–को हुन् ?

 माइकल हटन (बेलायत), हार्भी अल्टर (अमेरिका) र चाल्र्स राइस (अमेरिका) ।

(हेपाटाइटिस ‘सी’ भाइरस पत्ता लगाउने तीन चिकित्साशास्त्रका वैज्ञानिकलाई यस वर्षको नोबल पुरस्कार प्रदान गरिएको । तीन वैज्ञानिकको आविष्कारले संसारमा लाखौँ व्यक्तिको ज्यान रक्षा गर्न मद्दत पु¥याएको नोबल पुरस्कार कमिटीले जनाएको ।)


९. सन् २०२० मा भौतिकशास्त्रतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ?

 रोजर पेनरोज (बेलायत), रेनहार्ड गेन्जेल (जर्मनी) र एन्ड्रिया गेज (अमेरिका) ।

(ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्यमध्यको एक ब्ल्याक होलको अनुसन्धानमा पु¥याएको योगदानको कदरस्वरूप सो पुरस्कार प्रदान गरिएको ।)

१०. सन् २०२० को साहित्यतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ?

 अमेरिकी कवयित्री लुइस ग्लक ।

– अत्यन्तै सुन्दर शैलीमा व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाउने अतुलनीय काव्यात्यक सिर्जनाको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको ।

– सन् १९०१ बाट सुरु भएको नोबल पुरस्कारको १ सय १९ वर्षको इतिहासमा दुईपटक साहित्यतर्फको पुरस्कार स्थगित हुन पुगेको । सन् १९४३ मा द्वितीय विश्वयुद्धका क्रममा पहिलोपटक स्थगित भएको थियो भने दास्रोपटक सन् २०१८ मा स्वीडिस एकेडेमीको निर्णायक मण्डलका सदस्य क्याट्रिनका पति र फ्रान्सिसी फोटोग्राफर जेन क्लोड अर्नाल्टमाथि यौनशोषणको आरोप लागेका कारण स्थगित गरिएको ।


११. सन् २०२० को नोबल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?

 विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ।

(खाद्यान्न सङ्कटबाट प्रभावित समक्ष सुरक्षित खाद्य सामग्री पु¥याउन गरेको कार्यका लागि ।)


१२. सन् २०२० को रसायनशास्त्रतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ?

 जेनिफर ए डाउड्ना (अमेरिका) र इम्यानुयल सार्पेन्टियर (फ्रान्स) ।

– जिनोम एडिटिङमा सटिक विधि पत्ता लगाएबापत उनीहरूलाई सो पुरस्कार प्रदान गरिएको । यस विधि र उपकरणको प्रयोगबाट शोधकर्ताहरू जनावर, बोटबिरुवा र सूक्ष्म जीवहरूको डीएनएमा अत्यन्तै सटिक हेरफेर गर्न सक्षम भएका ।

– अमेरिकी बायोकेमिस्ट जेनिफर ए डाउड्ना र फ्रेन्च माइक्रो–बायोलोजिस्ट इम्यानुयल संयुक्त रूपमा नोबल पुरस्कार पाउने पहिलो महिला हुन् भने रसायनशास्त्रतर्फको पुरस्कार जित्ने छैटौँ र सातौँ महिला हुन् ।


१३. सन् २०२० को अर्थशास्त्रतर्फको नोबल पुरस्कार विजेता अर्थशास्त्री को हुन् ?

 पल आर मिलग्रोम (अमेरिका) र रोबर्ट बी विल्सन (अमेरिका)


१४. वाल्मीकि आश्रम कहाँ पर्छ ?

 चितवन ।


१५. प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम के तय गरेको छ ?

 लुम्बिनी (विसं २०७७ असोज २०) ।

– प्रदेशसभा बैठकले स्थायी राजधानी र प्रदेशको नामकरण दुईतिहाइ बहुमतबाट पारित गरेको ।

– यससँगै प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यका क्षेत्र तय भएको ।


१६. नेपालको पहिलो वन्यजन्तु अस्पताल कहाँ स्थापना गरिएको छ ?

 सौराहा (चितवन) ।


१७. नेपाली सेनाद्वारा विसं २०७६ भदौ ११ मा सार्वजनिक गरिएको विस्तृत आयोजना प्रतिवेदनअनुसार काठमाडौँ–तराई द्रुत मार्ग (खोकना–निजगढ)को लम्बाइ कति कायम हुने उल्लेख छ ?

 ७२.५ किमि ।

(यसअघि सो मार्ग ७६.२ किमि लम्बाइको हुने उल्लेख ।)


१८. सन् २०३० सम्म पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा कुन देशले गरेको छ ?

 आयरल्यान्ड ।


१९. पछिल्लोपटक प्रकाशित एक प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो ?

 चीन ।


२०. अमेरिकाले इरानी सैनिकलाई आतङ्कवादी सङ्गठन घोषणा कहिले गरेको हो ?

 सन् २०१९ अप्रिल ९ ।

– विसं २०७६ वैशाख ५ (आव २०७६÷७७ देखि) ।


२१. विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्नेसम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर गरियो ?

 विसंं २०७७ असोज १९ ।

– नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्रमा पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य भएको ।

– प्राधिकरणमातहतमा रहेको विमानस्थल स्तरोन्नतिका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिका पनि लागत साझेदारी गर्ने । आयोजनाका लागि आठ अर्ब रुपियाँ लागत अनुमान गरिएको ।


२२. बुटवल र नेपालगन्जमा ‘हर्न’ निषेधको घोषणा कहिले गरिएको हो ?

 विसं २०७५ मङ्सिर १ ।


२३. सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोद्वारा परीक्षण अघि बढाइएको विस्थापनको सूत्रसम्बन्धी वैज्ञानिक योगदानलाई पूर्णता दिन सफल नेपाली वैज्ञानिक को हुन् ?

 भविन्द्र कुँवर (म्याग्दी) ।


२४. सन् २०१८ मा आफूलाई औपचारिक रूपमा यहुदी राष्ट्र घोषणा गर्ने देश कुन हो ?

 इजरायल ।


२५. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा इन्टरनेटबाट अश्लील सामग्रीको आदान–प्रदान, प्रकाशन एवम् प्रसारणमा बन्देज कहिले लगाइएको हो ?

 विसं २०७५ असोज ५ ।


२६. ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रयोगमा रोक लगाउनेसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश कहिले दिइएको थियो ?

 विसं २०७५ भदौ १७ ।


२७. कृषि आम्दानीको झन्डै दुईतिहाइ हिस्सा अलैँची खेतीले ओगट्ने जिल्ला कुन हो ?

 ताप्लेजुङ ।


२८. प्रशासन पुनःसंरचना आयोग, २०६५ रेखा शर्माको अध्यक्षतामा गठन गरिएको थियो भने प्रशासन सुधार सुझाव समिति–२०६९ कसको अध्यक्षतामा गठन गरियो ?

 काशीराज दाहाल ।


२९. अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कहिलेदेखि मनाउन थालिएको हो ? (गिद्दको फोटो है केशवजी)

 सन् २००९ ।

– विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि यसको संरक्षणमा सहभागिता जुटाउन गिद्ध सचेतना दिवस मनाउन थालिएको ।

– सिनो खाएर वातावरण सफा गर्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार भनी चिनिने ।

– विश्वमा २३ प्रजाति र दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइने ।

– गिद्ध विनाशको प्रमुख कारण पशुको उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक रहेको ।

– नेपालमा गिद्ध संरक्षणका लागि गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन देशभर आधा दर्जनभन्दा बढी स्थानमा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको । सन् २०१५ देखि २०१९ सम्म गिद्ध संरक्षण कार्ययोजना बनाएर संरक्षणको कार्य अघि बढाइएको ।


३०. गिद्ध प्रजनन केन्द्र चितवनमा रहेको छ भने सारस प्रजनन केन्द्र कहाँ रहेको छ ?

 कपिलवस्तु ।



१. नौमती बाजाअन्तर्गत कुन–कुन बाजा पर्छन् ?

 दुई सनाही, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलक, कर्नाल र नरसिङ्गा

– (यो नेपालको परम्परागत लोकप्रिय बाजा हो । विवाह, व्रतबन्ध साथै शुभदिनको आगमन तथा विजयको सङ्केतका रूपमा बजाइन्छ ।)


२. अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस कहिले मनाइन्छ ?

 अक्टोबर १७

– सन् २०२० मा यो दिवस ‘याक्टिङ टुगेदर टु अचिभ सोसल एन्ड एन्भाइरोमेन्टल जस्टिस फर अल’ नाराका साथ मनाइएको ।

– संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि यो दिवस मनाउँदै आएको ।


३. औद्योगिक व्यवसाय ऐन–२०७६ अनुसार ऊर्जामूलक उद्योगअन्तर्गत कुन–कुन उद्योग पर्छन् ?

 जलस्रोत, सौर्यशक्ति, कोइला, प्राकृतिक तेल र इन्धन वा ग्यास, बायोग्यास वा अन्य स्रोतहरूबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोेग गरिने मेसिन÷उपकरण निर्माण गर्ने उद्योग, विद्युत् प्रसारण लाइन, विद्युत् वितरण प्रणाली, बायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सहउत्पादनका रूपमा उत्पादन हुने विद्युतीय ऊर्जा, ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने उद्योग ।


४. नेपाल र चीनबीच रहेको केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा कहिले घोषणा गरिएको हो ?

 विक्रम संवत् २०७४ भदौ १४ ।


५. नेपालको संविधान (२०७२) को कुन धारामा ‘स्वच्छ वातावरणको हक’सम्बन्धी व्यवस्था रहेको छ ?

 धारा ३० ।


६. पर्यावरणविद्हरूका अनुुसार स्वस्थ वातावरणका लागि कति प्रतिशत क्षेत्र वन जङ्गलले ढाकिएको हुनुपर्छ ?

 ४३ प्रतिशत ।


७. नेपालमा कुल भू–भागमा वनक्षेत्रले ओगटेको हिस्सा बढी भएको प्रदेश कुन हो ?

 बागमती प्रदेश (५३.७३ प्रतिशत) ।

– (सबैभन्दा कम ः प्रदेश नं. २ (२७.४९ प्रतिशत) ।


८. नेपालमा सरसफाइ सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?

 विसं २०५६

– (विश्व वातावरण दिवसको अवसर पारी नेपालमा हरेक वर्ष सरसफाइ सप्ताह मनाउने गरिन्छ ।)


९. संयुक्त राष्ट्रसङ्घको ‘डिकेड इन रिभ्यु’अनुसार दशककै प्रसिद्ध किशोरीका रूपमा घोषित हुन सफल व्यक्तित्व को हुन् ?

– मलाला युसुफजाई ।


१०. बैङ्कहरूबाट एक वर्षभन्दा बढी अवधिका लागि लिइने व्यक्तिगत आवधिक कर्जाको स्थिर व्याजदर कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?

 विसं २०७७ कात्तिक १ ।


११. संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) द्वारा प्रकाशित प्रतिवेदन अनुसार सबैभन्दा बढी बालविवाह हुने राष्ट्र कुन हो ?

 मध्य अफ्रिकी गणतन्त्र ।


१२. नेपालको पहिलो मदिरा निषेधित स्थानीय तह कुन हो ?

 रारा छायानाथ नपा (मुगु), २०७५ मङ्सिर ।


१३. नेपालमा साक्षरता बढी भएका प्रमुख पाँच जिल्ला कुन–कुन हुन् ?

 काठमाडौँ, ललितपुर, कास्की, भक्तपुर र इलाम ।


१४. हिमालयन इन्साइक्लोपेडिया भनी कसलाई चिनिन्छ ?

 एलिजावेथ हली ।

– सन् १९२३ मा अमेरिकामा जन्मिएकी एलिजावेथले नेपालका बारेमा थुप्रै अध्ययन अनुसन्धान गर्नुभएको ।

– उहाँले ‘हिमालयन डाटाबेस’ स्थापना गरी चार सयभन्दा बढी तथ्याङ्कहरू सङ्कलन गर्नुभएको ।

– ‘हिमालयन डाटाबेस मेमोरी’, पर्वतारोहण बैङ्क उपनामबाट पनि चिनिने उहाँको सम्झनामा धौलागिरि हिमशृङ्खलाको छ हजार १८२ मिटर अग्लो एक हिमाललाई पिक हली नामकरण गरिएको ।

– सन् २०१८ जनवरी २६ मा उहाँको निधन ।


१५. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?

 तीन हजार ५५५ वर्गकिमि ।

– (डोल्पा र मुगु जिल्लामा अवस्थित यस राष्ट्रिय निकुञ्जभित्र फोक्सुन्डो ताल रहेको ।)


१६. पृथ्वीको गर्भमा भएको प्रक्रियाले पृथ्वीको माथिल्लो सतहमा हुने कम्पन अर्थात् पृथ्वीको धरातल तल–माथि वा दायाँबायाँ हल्लेर काँप्ने क्रियालाई के भनिन्छ ?

 भूकम्प ।

– भूकम्प एक प्राकृतिक प्रक्रिया हो । यसलाई न त रोक्न सकिन्छ न त छेक्न नै । यो कुनै पनि बेला जहाँ पनि आउन सक्छ, खासगरी भूकम्पीय क्षेत्रमा । भूकम्पीय क्षेत्र भन्नाले पृथ्वीमा रहेका भूखण्ड

(प्लेट)हरू बीचमा हुने ठक्करको सिमाना भएका

क्षेत्र हुन् ।

– पृथ्वीको गर्भमा रहेका ठुल्ठूला चट्टानी प्लेटहरूबीचको घर्षण तथा ज्वालामुखी विस्फोटनका कारण भूकम्प जाने गर्छ । चट्टानी प्लेटबीच जति लामो घर्षण हुन्छ, उति नै शक्तिशाली भूकम्प आउने गर्छ । तर, पूरै संसारलाई विनाश गर्नेखालको प्रलयकारी महाभूकम्प ल्याउने चट्टान पृथ्वीको गर्भमा रहेको देखिन्न ।

– भूगर्भविद्हरूका अनुसार पृथ्वीको गर्भमा रहेका कुनै पनि चट्टानबीचको घर्षणले १०.५ रेक्टर स्केलभन्दा बढीको भूकम्प ल्याउने सामथ्र्य राख्दैन ।

– नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११औँ स्थानमा रहेको छ ।


१७. नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी को हुन् ?

 जितबहादुर केसी

– (धावक जितबहादुर केसीले सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन फास्ट एन्ड ट्र्याक च्याम्पियनसिपमा नेपाललाई कास्यपदक दिलाउनुभएको थियो । सो पदक नेपालकै पहिलो

अन्तर्राष्ट्रिय पदक थियो ।)


१८. डा. मुकेशकुमार चालिसे कुन जीवसँग सम्बन्धित विशेषज्ञ हुन् ?

 बाँदर ।


१९. नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०६९ माघ ।


२०. ‘प्रोक्सिमा बी’ के हो ?

 पछिल्लो समयमा वैज्ञानिकहरूद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवम् जीवनअनुकूल रहेको ठानिएको एक ग्रह (प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)


२१. जीवित देवी मानिने कुमारीको प्रचलन कहिलेदेखि सुरु भएको हो ?

 लिच्छविकाल ।

– कुमारीको छनोट शाक्य समुदायबाट गरिने ।

– १२ वर्ष उमेर पुगेपछि कुमारी फेर्ने चलन रहेको ।

– गणतन्त्रको स्थापनापश्चात् पहिलो कुमारीका रूपमा मनिता शाक्य

(विसं २०६५) र दोस्रो कुमारीका रूपमा तृष्णा शाक्य (१२ असोज २०७४ मा ) चयन ।


२२. विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

 सन् १९०१ ।

– अर्थशास्त्रतर्फको नोबल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको ।

– नोबल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्वीडेनको राजधानी स्टकहोममा प्रदान गरिने ।

– यो पुरस्कार संयुक्त रूपमा तीनजनासम्मले पाउन सक्ने ।


२३. ‘भर्चुअल’ मुद्राको सुरुवात कुन देशबाट भएको हो ?

 जापान ।


२४. सरकारले पहिलो चरणमा कति जिल्लामा गरिब घरपरिवार सर्वेक्षण कार्यक्रम सञ्चालन ग¥यो ?

 २६ ।

– (गरिब घरपरिवारको पहिचान गरेर परिचयपत्र वितरण गर्ने र उनीहरूलाई सामाजिक सशक्तीकरण गर्ने उद्देश्य राखिएको ।)


२५. नेपाल संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद्को सदस्यमा कुन अवधिका लागि पुनः निर्वाचित भएको हो ?

 सन् २०२१–२०२३ ।

– सन् २०२० अक्टोबर १३ मा भएको निर्वाचनमा नेपाल १५० मत ल्याई नयाँ कार्यकालका लागि छनोट हुन सफल भएको ।

– नेपालले यसअघि सन् २०१८ देखि हालसम्मको अवाधिमा परिषद्को सदस्यको भूमिका निर्वाह गर्दै आएको ।

– नेपालले यो अवसर एसिया प्रशान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै हात पारेको । यस क्षेत्रबाट छिमेकी मुलुक चीन, पाकिस्तान र उज्वेकिस्तान पनि परिषद् सदस्य चुनिएका ।

– परिषद्को सदस्यमा अफ्रिकी मुलुकबाट आइभोरी कोस्ट, गेबोन, मलावी, सेनेगल पूर्वी युरोपबाट रूस, युक्रेन ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको तथा पश्चिम युरोपबाट बेलायत र फ्रान्स चयन भएका ।

– निर्वाचित सबै मुलुकले सन् २०२१ को जनवरीदेखि तीन वर्षका लागि पदभार सम्हाल्ने ।


२६. शिक्षा एउटा निरन्तर गतिशील तथा विस्तृत प्रक्रिया हो । यस भनाइले शिक्षाको कुन अर्थलाई सङ्केत गर्छ ?

 शिक्षाको व्यापक अर्थ ।


२७. अनुवांशिक सिद्धान्तका पिता (फादर अफ जेनेटिक्स) भनी कुन वैज्ञानिकलाई चिनिन्छ ?

 ग्रेगर जोन मेण्डल


२८. औद्योगिक व्यवसाय ऐन–२०७६ अनुसार ‘बौद्धिक सम्पत्ति’ भन्नाले के बुझिन्छ ?

 पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्केत चिह्न, व्यापारिक गोपनीयता लगायतका बौद्धिक सम्पत्तिका साथै प्रचलित कानुनले प्रतिलिपि अधिकारका रूपमा परिभाषित गरेको विषय ।


१. नेपालको राष्ट्रिय झन्डा अङ्कित भू–उपग्रह ‘नेपाल स्याट–१’ पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण कहिले गरिएको होे ?

 वि.सं. २०७६ वैशाख ५ (सन् २०१९ अप्रिल १८)

Bird NPL भनेर पनि चिनिने सो उपग्रह करिब डेढ किलोग्राम तौल र १०÷१० से.मी. लम्बाइ, चौडाइ, उचाइयुक्त रहेको ।

अमेरिकाको भर्जिनियास्थित मिड एट्लान्टिक स्पेसपोर्ट लञ्चप्याड नामक स्थानबाट प्रक्षेपण गरिएको ।

अमेरिकी स्पेस कम्पनी अर्विटल ए टिकेले प्रक्षेपणको जिम्मेवारी लिएको ।

सिग्नोस कार्गो नामक यानद्वारा सो भू–उपग्रह प्रक्षेपण गरिएको ।

पृथ्वीभन्दा करिब चार सय कि.मि. माथि (भूमध्य रेखाबाट ९० डिग्रीको कोण भएर) रहने सो उपग्रह नेपालको आकाशमा दैनिक पाँच देखि १० मिनेट रहने ।

जापानको क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) र बर्ड्स प्रोजेक्टको सहकार्यमा निर्मित उक्त उपग्रहमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको ।

यस उपग्रहमा नेपालको झन्डा, नास्टको लोगो र उपग्रह निर्माता दुई वैज्ञानिकको तस्बिर अङ्कित गरिएको ।

उक्त स्याटेलाइटसँगै जापानको उगिसु र श्रीलङ्काको रावना–१ उपग्रह पनि अन्तरिक्षमा पुगेका ।

आफ्नै स्याटेलाइट नभएका मुलुकलाई लक्षित गरी सञ्चालित ‘बडर््स प्रोजेक्ट’ अन्तर्गत नेपालले योे स्याटेलाइट निर्माण गरेको । जापानको क्युटेक इन्स्टिच्युटमा अध्ययनरत नेपाली विद्यार्थी आभास मास्के र हरिराम श्रेष्ठले सो स्याटेलाइट तयार गरेका ।

बडर््स परियोजनाअन्तर्गतको उक्त कार्यक्रमको संयोजन नेपालमा नास्टले गर्दै आएको । यो परियोजना विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको ।

बडर््स परियोजनाअन्तर्गत अन्तरिक्षमा पठाइने अन्य स्याटेलाइटको सुविधासमेत नेपालले लिन सक्नेछ ।

सो स्याटेलाइटले उपलब्ध गराउने सूचना प्राप्त गर्न नास्टले आफ्नो परिसरमा ‘ग्राउन्ड स्टेसन’ निर्माण गरेको ।

नेपाललाई अन्तर्राष्ट्रिय दूर सञ्चार सङ्गठनले सन् १९८४ मा अन्तरक्षिमा स्याटेलाइट राख्नका लागि छुट्टै ‘स्टल’ पनि उपलब्ध गराएको छ, जसमा सम्पूर्ण अधिकार नेपालको रहने ।

सरकारले पछिल्लोपटक उक्त स्टलमा स्याटेलाइट राख्ने प्रक्रिया पनि अघि बढाएको ।

नेपालले अन्तरिक्षमा राख्ने उक्त स्याटेलाइटमार्फत खासगरी सञ्चार तथा प्रसारणका लागि आवश्यक ब्यान्डविथ प्राप्त गर्ने ।


२. नेपाल–भारत प्रबुद्ध समूह (भ्एन्) को प्रथम बैठक कहिले र कहाँ सम्पन्न भएको थियो ?

 वि.सं. २०७३ असार २०–२१ (सन् २०१६ जुलाई ४–५), काठमाडौँ

भ्एन् को पछिल्लो अर्थात् नवौँ बैठक वि.सं. २०७५ असार १५–१६ तदनुरूप सन् २०१८ जुन २९–३० मा काठमाडौँमा नै सम्पन्न भएको ।

नेपाल र भारतबीचमा देखिएका विभिन्न समस्यालाई समाधान गर्ने उद्देश्यका साथ गठित यस प्रबुद्ध समूहमा नेपालका तर्फबाट भेषबहादुर थापा (संयोजक), सूर्यनाथ उपाध्याय, राजन भट्टराई र नीलाम्बर आचार्य रहेका ।

त्यस्तै भारतको तर्फबाट ईपीजीमा भगतसिंह कोसियारी (संयोजक), जयन्तप्रसाद, महेन्द्र पी. लामा र बि.सी. उपाध्याय रहेका ।

ईपीजी खासगरी शान्ति तथा मैत्री सन्धि, खुला सिमाना, सुरक्षा, व्यापार, पारवहन तथा जलस्रोतलगायतका विषयमा केन्द्रित रहेको ।

ईपीजीको प्रतिवेदन तयार भएको लामो समय बितिसक्दा पनि थप प्रक्रिया अघि बढ्न नसकेको ।


३. नेपालको राष्ट्रिय झन्डाका डिजाइनर को हुन् ?

 शङ्करनाथ रिमाल


४. कछुवा संरक्षण केन्द्र कहाँ स्थापना गरिएको छ ?

 झापास्थित सुनखानी सिमसार क्षेत्र


५. सन् २०१० को तथ्याङ्कअनुसार अदुवा उत्पादन गर्ने देशमा नेपाल कुन स्थानमा रहेको छ ?

 तेस्रो


६. सारस प्रजनन केन्द्र कहाँ रहेको छ ?

– कपिलवस्तु

नेपालमा सबैभन्दा बढी सारस पाइने जिल्ला कपिलवस्तु हो ।

सारसलाई किसानको साथी भनेर पनि चिनिन्छ ।


७. नेपाल विद्युत् प्राधिकरणले मुलुकभर लोडसेडिङ अन्त्यको घोषणा कहिले गरेको हो ?

 वि.सं. २०७५ वैशाख ३१


८. सन् २०२१ सम्ममा नेपालमा गैँडाको सङ्ख्या कति पु¥याउने लक्ष्य छ ?

 ८००


९. भूमिसम्बन्धी ऐन, २०२१ अनुसार ‘विभाग’ भन्नाले के बुझिन्छ ?

 भूमि व्यवस्थापन तथा अभिलेख विभाग


१०. आज रतिम छ कृतिका सर्जक को हुन् ?

 इन्द्रबहादुर राई

‘तेस्रो आयाम’, ‘आयामेली’ जस्ता साहित्यिक आन्दोलनमा संलग्न रहेका ।

ईश्वर बल्लभ, बैरागी काइँलासँग मिली ‘तेस्रो आयाम’ आन्दोलन सञ्चालन गरेका ।

वि.सं. १९८४ मा जन्मिएका राईकोे वि.सं. २०७४ फागुन २२ मा निधन भएको ।

यिनको पहिलो कृति ‘विपना कतिपय’ सन् १९६१ मा प्रकाशित भएको ।

यिनका अन्य कृतिमा कथास्था, कठपुतलीको मन, नेपाली उपन्यासका आधारहरू, समपूरक आदि रहेका ।


११. नेपालमा मेसिन रिडेवल पासपोर्ट सर्वप्रथम कहिले वितरण गरियो ?

 वि.संं २०६७ पुस ११

एमआरपी प्राप्त गर्ने प्रथम व्यक्ति रामवरण यादव र पहिलो सर्वसाधारण अनुराधा कोइराला रहेका ।

३२ पृष्ठयुक्त एमआरपीको वाटर मार्क डाँफे रहेको ।

एमआरपी छपाइसम्बन्धी कार्य फ्रान्सस्थित ओवरथर कम्पनीले गरेको ।


१२. तरुनी छोरीका लेखक शङ्कर कोइराला हुन् भने तरुनी खेतीका लेखक को हुन् ?

 सरुभक्त


१३. विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?

 वि.सं. २०७४ जेठ १७


१४. नेपाल राष्ट्रबैङ्कले नेपालका वाणिज्य बैङ्कहरूमा वासेल–३ पूर्ण रूपमा लागू कहिलेदेखि गरेको हो ?

 वि.सं. २०७३ साउन १


१५. केन्द्रीय तथ्याङ्क विभागको स्थापना कहिले भएको हो ?

 वि.सं. २०१४


१६. सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?

 नेपाल पिक


१७. नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ?

 वि.सं. २०७४ पुस २८

स्थलमार्गबाट रसुवा हुँदै अप्टिकल फाइबरमार्फत इन्टरनेट कनेक्सन जोडिएको ।

अब विश्व परिवेशमा नेपालको सूचना मार्ग भारत र चीन दुवैतिरबाट सम्भव भएको ।


१८. राष्ट्रबैङ्कको अनुमतिविना वित्तीय संस्थाले विदेशी निकायको पुरस्कार वा सम्मान ग्रहण गर्न नपाउने व्यवस्था कहिलेदेखि लागू भएको हो ?

 वि.सं. २०७४ पुस ११


१९. नेपालमा व्यावसायिक रूपमा टर्की चरा पाल्ने कार्यको सुरुवात कुन ठाउँमा गरिएको छ ?

 कास्कीको बाटुलेचौर


२०. नेपालमा पहिलोपल्ट नेपाल र चीनका विज्ञको सम्मेलन ‘थिङ्क ट्याङ्क सम्मेलन’ कहिले सम्पन्न भयो ?

 वि.सं. २०७३ माघ ४ (सन् २०१६ जनवरी १७)


२१. कर्णाली विकास आयोगद्वारा कर्णालीको विकासका लागि कति वर्षे योजना तर्जुमा गरिएको छ ?

 १० वर्षे (आ.व. २०७३÷७४–२०८२÷८३)

(२०७४ माघ २ मा सार्वजनिक सो योजनाले कर्णालीमा हाल ५० प्रतिशत गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई आगामी १० वर्षमा २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको ।)


२२. मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?

 छाउनी, काठमाडौँ

(१८ हजारभन्दा बढी महìवपूर्ण एवं विश्वकै दुर्लभ कला तथा वस्तुको सङ्ग्रह रहेको यो सङ्ग्रहालय वि.सं. १९९५ फागुन १ देखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको ।)


२३. बक्राहा नदी (मोरङ) लाई भारतमा के नामले चिनिन्छ ?

 लुना


२४. नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ?

 भदौ ३

(सूचनाको हकसम्बन्धी ऐन, २०६४ प्रचलनमा आएको दिन भदौ ३ (वि.सं. २०६४)लाई हरेक वर्ष राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिएको ।)


२५. नेपालमा पोलिमर नोट कहिलेदेखि चलनचल्तीमा आएको हो ?

 वि.सं. २०५९ असोज १४ (सन् २००२ सेप्टेम्बर ३०)


२६. हाल नेपालमा पिछडिएको क्षेत्रमा सूचीकृत स्थानीय तह कति रहेका छन् ?

 ५७

२७. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?

 धर्म कचहरी


२८. नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?

 बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१६)


२९. मकवानपुरबाट उत्पत्ति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?

 नारायणी


विश्व–सन्दर्भ

३०. पहिलोपल्ट ब्ल्याकहोलको तस्बिर कहिले सार्वजनिक गरियो ?

 सन् २०१९ अप्रिल १०


३१. एक्सन फर पिस किपिङ कार्यक्रम सञ्चालन गर्ने व्यक्तित्व को हुन् ?


 सं.रा. सङ्घका महासचिव एन्टोनियो गुटेरेस


३२. सन् २०१८ मा आफूलाई यहुदी राष्ट्र घोषणा गर्ने देश कुन हो ?

 इजरायल


३३. Asia Co-operation Dialogue (ACD) को स्थापना कहिले भएको हो ?

 सन् २००२ जुन १८

(नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको ।)


३४. नर्वेजियन सहयोगदाता संस्था ल्इच्ब्म् को स्थापना कहिले भएको हो ?

 सन् १९६८ डिसेम्बर १

Norwegian Agency for Development Co-operation (NORAD) नर्वेको विदेश मन्त्रालयअन्तर्गत स्थापित सहयोगदाता संस्था हो ।

यसले शिक्षा, स्वास्थ्य, नागरिक समाजको क्षमता अभिवृद्वि एवं गुणस्तरीय जीवन अभिवृद्विका लागि सहयोग उपलब्ध गराउँदै आएको ।

यसको मुख्यालय नर्वेको ओस्लोमा रहेको ।


३५. Freedom From Fear नामक कृतिका लेखक आङसाङ सुकी हुन् भने Freedom in Exile का लेखक को हुन् ?

 दलाइ लामा (तेञ्जिङ ग्यात्से)


३६. विश्वको पहिलो महिला प्रधानमन्त्री को हुन् ?

 सिरिमाओ बन्दरानायके (श्रीलङ्का), सन् १९६०


३७. विषालु हानिकारक फोहोरमैलाको उचित व्यवस्थापनसम्वन्धी ‘वासेल महासन्धि’ कहिले भएको हो ?

 सन् १९८९ मार्च २२ (स्विजरल्यान्डको वासेलमा)


३८. उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता कहिले सम्पन्न भयो ?

 सन् २०१८ जनवरी ९

विश्व समुदायले नै निकै चासोका साथ हेरेको सो वार्ता दुई देशको सीमावर्ती गाउँ पानमुनजोममा भएको ।

वार्तामा कोरियाली प्रायद्वीपमा शान्ति स्थापना, दुई कोरियाली परिवारको पुनर्मिलन, हिउँदे ओलम्पिकमा उत्तरकोरियाको सहभागिताबारे गम्भीर छलफल भएको ।

कोरियाली सीमामा देखिएको तनाव अन्त्य गर्न सैन्य तहमा छलफल गर्न दुवै देशले सहमति जनाएका ।


३९. अमेरिका र इजरायलले युनेस्कोबाट अलग हुने घोषणा कहिले गरेको हुन् ?

 सन् २०१७ अक्टोबर १२


४०. दक्षिण एसियाली मुलुक माल्दिभ्स राष्ट्रमण्डलमा पुनः प्रवेश कहिले भएको हो ?

 सन् २०२० फेब्रुअरी

माल्दिभ्सले करिब तीन वर्षअघि मानव अधिकारको मामिलामा राष्ट्रमण्डलबाट आफूलाई अलग गरेको थियो । राष्ट्र मण्डलमा पुनः आबद्ध हुनका लागि उसले सन् २०१८ डिसेम्बरमा अनुरोध गरेको थियो ।

मानव अधिकारको रेकर्ड तथा लोकतान्त्रिक सुधारमा प्रगति नभएको भनी निलम्बित गर्ने चेतावनीपछि माल्दिभ्स राष्ट्रमण्डलबाट अलग भएको थियो ।


४१. विश्वमै सबैभन्दा बढी समय शासन गर्ने राजा को हुन् ?

 भूमिबोल अदुल्यादेज (थाइल्यान्ड)

उनले ७० वर्षसम्म शासन गरेका ।

सन् २०१६ अक्टोबर १३ मा ८८ वर्षको उमेरमा उनको निधन भएको ।


४२. प्रथम विश्व महिला सम्मेलन कहिले र कहाँ भएको थियो ?

 सन् १९७५, मेक्सिको


४३. एसियनलिडरसिप समिट २०१९ कुन राष्ट्रमा सम्पन्न भएको हो ?

 भुटान


४४. विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइवर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

 सन् २०१८ जनवरी २६

साइवर अपराधसम्बन्धी गतिविधिलाई निरुत्साहित गर्दै सुरक्षित साइवर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ सो संस्था स्थापना गरिएको ।

यो संस्थाको मुख्यालय स्विजरल्यान्डको जेनेभामा रहेको ।


४५. अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ?

 अल्जेरिया

(यसअघि सुडान थियो ।)


४६. द्वितीय चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?

 बोल्सेभिक क्रान्ति÷अक्टोबर क्रान्ति


४७. नेदरल्यान्डका बासिन्दालाई डच भनिन्छ भने स्विजरल्यान्डका बासिन्दालाई के भनिन्छ ?

 स्विस


विविध


४८. प्रशान्त क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता (ट्रान्स प्यासिफिक पार्टनरसिप एग्रिमेन्ट–टीपीपीए) मा कहिले हस्ताक्षर गरिएको हो ?

 सन् २०१६ फेबुअरी ४

(न्युजिल्यान्डको राजधानी अकल्यान्डमा भएको हस्ताक्षर समारोहमा ३० बुँदे बडापत्र जारी गरिएको ।)


४९. वि.सं. २०७६ माघ १ मा मनाइएको पाचौँ राष्ट्रिय योगा दिवसको नारा के हो ?

 राष्ट्रिय एकता ः योगको सान्दर्भिकता


५०. अन्तर्राष्ट्रिय क्रिकेटमा दुईपटक ह्याट्रिक विकेट लिने पहिलो नेपाली महिला खेलाडी को हुन् ?

 रुविना क्षेत्री


५१. निपाह भाइरस पहिलोपटक कहिले र कहाँ फेला परेको हो ?

 सन् १९९८, मलेसिया

निपाह भाइरस पहिलोपटक सन् १९९८ मा मलेसियामा फेला परेको । सन् २००१ देखि भारत र बङ्गलादेशका विभिन्न ठाउँमा यो सङ्क्रमण बेलाबेला देखिँदै आएको । सन् २०१८ अप्रिल÷मे मा भारतको केरलामा फैलिएको सङ्क्रमणमा एक नर्ससहित १४ जनाको ज्यान गएको ।

यो भाइरसको सङ्क्रमण भएको ५–१० दिनमा मानिसमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुने, घाँटी दुख्ने हुन्छ र सोपश्चात् रिङ्गटा लाग्ने, स्मरण शक्ति हराउने, श्वासप्रश्वासमा समस्या एवं मस्तिष्क सुनिने जस्ता समस्या देखा पर्दछन् ।

निपाह भाइरस फैलाउने जातको चमेरा नेपालमा पनि पाइने साथै भारतबाट सुँगुरहरू आयात हुने हुँदा नेपालमा पनि यस रोगको सङ्क्रमणको जोखिम उच्च रहेको ।

यो सङ्क्रमणबाट जोगिन निम्न उपाय अवलम्बन गर्नुपर्ने ः

१. चमेरोले खाएका फलफूल नखाने र रोगी वा मरेका सँुगुरको नजिक जाँदा सतर्कता अपनाउने ।

२. भारतबाट आयात हुने सुँगुर बङ्गुरमा स्वास्थ्य जाँचपछि मात्र भित्र्याउने व्यवस्था मिलाउने ।

३. बिरामीको नजिक जाँदा वा छुँदा सतर्कता अपनाउने । बिरामीको हेरचाह गरेपछि साबुनपानीले राम्ररी हात धुने ।


५२. व्यापार व्यवसायसँग सम्बन्धित ‘MFN' को पूरा रूप के हो ?


 Most Favoured Nation


५३. नारायणी रङ्गशाला वीरगञ्जमा रहेको छ भने गौरीटार रङ्गशाला कहाँ रहेको छ ?

 हेटौँडा


५४. ओलम्पिक खेलका पिता भनी कसलाई चिनिन्छ ?

 पियरे द कुवर्टिन 


५५. प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको जन्म कहिले र कहाँ भएको थियो ?

 सन् १९४२ जनवरी ८, बेलायत

ब्ल्याक होलको विस्फोटबाट ब्रह्मान्डको उत्पत्ति भएको अवधारणा प्रस्तुत गरेका, जसलाई ‘हकिङ रेडिएसन’ भनी चिनिने ।

ब्रह्माण्डसम्बन्धी उनको चर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ (सन् १९८८ मा प्रकाशित) एक करोडभन्दा बढी प्रति बिक्री भइसकेको ।

उनी ‘मोटर न्युरोन’ नामक स्नायुसम्बन्धी रोगबाट पीडित (२१ वर्षको उमेरदेखि) बनेका ।

उनको निधन सन् २०१८ मार्च १४ मा भएको ।

उनका कृति

ब् द्यचष्भा ज्ष्कतयचथ या त्ष्mभ (ज्ञढडड)

द्यबिअप ज्यभि बलम द्यबदथ ग्लष्खभचकभ (ज्ञढढघ)

त्जभ ग्लष्खभचकभ ष्ल ब ल्गतकजभिि (द्दण्ण्ज्ञ)

इल तजभ क्जयगमिभचक या न्ष्बलतक (द्दण्ण्द्द)

न्यम ऋचभबतभम तजभ क्ष्लतभनभचक (द्दण्ण्छ)

त्जभ न्चबलम म्भकष्नल (द्दण्ज्ञण्)

त्जभ म्चभबm तजबत कतगाा ष्क mबमभ (द्दण्ज्ञज्ञ)

थ द्यचष्भा जष्कतयचथ (द्दण्ज्ञघ)


५६. अमेरिका÷युरोप महादेश जाने नेपाली महिलाको उमेर हद १८ वर्ष तोकिएको छ भने खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर हद कति निर्धारण गरिएको छ ?

 २४ वर्ष (इजरायलमा केयरगिभरमा जाने महिलाको न्यूनतम उमेर ः २५ वर्ष)


५७. दक्षिण एसियाली फुटबल महासङ्घको स्थापना कहिले भएको हो ?

 सन् १९९५ डिसेम्बर २६

यसमा सबै सार्क राष्ट्रहरू सदस्यका रूपमा रहेका ।

महासङ्घद्वारा हरेक दुई वर्षमा फुटबल प्रतियोगिता आयोजन गर्ने प्रावधान रहेको ।

प्रथम साफ फुटबल प्रतियोगिता सन् १९९७ सेप्टेम्बर ४–१३ सम्म काठमाडौँमा सम्पन्न भएको ।

प्रथम साफ फुटबलमा भारत विजेता र माल्दिभ्स उपविजेता बनेका ।


५८. खाना खाएपछि आँसु झार्ने जीव गोही हो भने कहिल्यै आँसु नपझार्ने जीव कुन हो ?

 चिम्पाञ्जी


५९. पखेटा नभएको पक्षी किबी हो भने बलेको आगो खाने पक्षी कुन हो ?

 लौकाट


६०. ‘लगनशीलता विना कसैमा पनि महान् प्रतिभा उत्पन्न हुन सक्दैन ।’ भन्ने विचारक को हुन् ?

 अरस्तु


६१. स्टेफेन टाटाव कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?

 फुटबल

(सन् १९९० मा भएको फिफा विश्वकपमा क्यामरुनलाई क्वाटरफाइनलसम्म पुœ¥याएका टोलीका पूर्वकप्तान टाटावको ५७ वर्षको उमेरमा सन् २०२० अगस्टमा निधन भएको । सो विश्वकपमा टाटावको कप्तानीमा क्यामरुनले शानदार खेल प्रस्तुत गरेको । अर्जेन्टिना, रोमानिया र कोलम्बियालाई हराएर सो विश्वकपमा क्यामरुनले सनसनी मच्चाएको थियो ।)


६२. कुवेरको बगैँचालाई के भनिन्छ ?

 चैत्ररथ


६३. कुन सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ?

 आर्य सभ्यता


६४. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?

 नेपाल


१. अस्ट्रेलियास्थित लबी इन्स्टिच्युटद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा शक्तिशाली (सुपर पावर) देशको सूचीमा परेका राष्ट्र कुन–कुन हुन् ?

 अमेरिका र चीन ।

– यो सूचीमा अमेरिका ८१.ं६ अङ्कका साथ शीर्षस्थानमा छ । त्यसैगरी चीन ७६.१ अङ्कका साथ दोस्रो स्थानमा छ ।

– अमेरिका र चीनलाई अङ्कका आधारमा महाशक्तिको दर्जा दिइएको छ भने तेस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ ।

– प्रमुख शक्ति राष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अङ्क पाउन योपटक भारत चुकेको छ । ३९.७ अङ्क प्राप्त गरी मध्यशक्तिशाली (मिडल पावर्स) राष्ट्रको सूचीमा परेको छ भारत ।

– लबी इन्स्टिच्युटले हरेक वर्ष विश्वका प्रमुख देशको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, दोस्रो देशसँगको आर्थिक सम्बन्ध, डिफेन्स नेटवर्क (प्रतिरक्षा सञ्जाल), राजनीतिक तथा कूटनीतिक प्रभाव र साँस्कृतिक प्रभावको अध्ययन गरी यो सूची जारी गर्ने गरेको छ ।


२. नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित तथ्याङ्कअनुसार २०७७ भदौ मसान्तसम्म देशभरका कति स्थानीय तहमा वाणिज्य बैङ्कको पहुँच पुगेको छ ?

 ७४७ ।

– अब छवटा स्थानीय तहमा मात्रै बैङ्किङ पहुँच पुग्न बाँकी छ ।

– नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २०७७ भदौ मसान्तसम्ममा १४९ पुगेको छ । यसअनुसार वाणिज्य बैङ्क ः २७, विकास बैङ्क ः १९, वित्त कम्पनी ः २१, लघुवित्त ः ८१ र पूर्वाधार विकास बैङ्क ः एक सञ्चालनमा छन् । बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या भदौ मसान्तसम्म नौ हजार ८५१ पुगेको छ ।


३. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी र त्यसको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुनःनिर्माणपछि कहिले उद्घाटन गरियो ?

 विक्रम संवत् २०७७ कात्तिक ५ गते ।

– मल्लकालीन शैलीमा पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ताम्रपत्र अनावरण गरी उद्घाटन गरिएको छ । सो अवसरमा बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठा र क्षमापूजा पनि गरिएको छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले तिहारमा त्यहाँ गएर भाइटीका लगाउने

चलन छ ।

– बालगोेपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा पुनःनिर्माण गरिएको हो ।

– भूकम्प गएकै साल २०७२ माघ २ गते भूकम्प सुरक्षा दिवसको अवसरमा पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो ।

– सन्तान शोकमा डुबेकी आफ्नी रानीलाई शोकबाट मुक्त गराउन विसं १७२६ मा कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गर्न लगाएका थिए ।

– जङ्गबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गरिएको थियो । १९९० सालको भूकम्पबाट मन्दिरको गजुर भत्केपछि जुद्धशमशेर राणाद्वारा गुम्बज शैलीमै यसको पुनर्निर्माण गरिएको थियो ।


४. विश्वको दुर्लभ जनावर रेडपान्डा अनुसन्धान केन्द्र कहाँ बन्ने भएको छ ?

 ताप्लेजुङ ।

– (हिमाली संरक्षण मञ्चको सहजीकरण र रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा रेडपान्डा अध्ययन अनुसन्धान केन्द्रको भवन निर्माण भइरहेको छ ।)


५. सन् २०२० मा सञ्चालित ‘ग्लोबल ई–कम्पिटिसन अन एस्ट्रोनोमी एन्ड एस्ट्रो फिजिक्स’मा ‘अनरेबल मेन्सन अवार्ड’ जित्ने नेपाली को हुनुहुन्छ ?

 राहुलरञ्जन शाह (सेन्ट जेभियर्स कलेज, माइतीघर) र अंशुराज सेढाईं (सीसीआरसी, कोटेश्वर) ।

– यो प्रतियोगिता २०७७ असोज ९ देखि कात्तिक ७ सम्म सञ्चालित भएको थियो ।

– व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको छ ।

– प्रतियोगितामा नेपाललगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ डेढ सयभन्दा बढीले सहभागिता जनाएका छन् ।


६. नेपालमा क्लिन फिड (विदेशी टेलिभिजन च्यानलहरूद्वारा विज्ञापनरहित कार्यक्रम प्रसारण)को व्यवस्था कहिलेदेखि

लागू भयो ?

 विसं २०७७ कात्तिक ८ मा ।

– नेपालमा हाल प्रसारित विदेशी टेलिभिजन च्यानलहरूले टेलिभिजन हेरेबापत ग्राहकबाट रकम पनि असुल्ने र विज्ञापन पनि समावेश गर्ने गरेको अवस्था थियो भने कात्तिक ७ पश्चात् विदेशी टेलिभिजनले कार्यक्रमबाहेक कुनै पनि प्रकारको विज्ञापन, लोगो, प्रोमो वा प्रमोसनहरू प्रसारण गर्न पाउँदैनन् ।

– विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ को दफा ६ को उपदफा (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।

– नेपालमा प्रसारणको अनुमति लिएका विदेशी टेलिभिजनहरूले अबउप्रान्त डबिङ गरेरसमेत विज्ञापन गर्न पाउने छैनन् ।

– यसले नेपालको विज्ञापन बजारमा विस्तार गर्न मद्दत पुग्ने देखिएको छ । विदेशी विज्ञापन एजेन्सीहरूले नेपालमा नै विज्ञापन खिच्न आउनुपर्ने, नेपाली कलाकार र मोडलले स्थान पाउने, नेपाली उत्पादनहरू ब्रान्डिङ गर्न मद्दत पुग्ने देखिन्छ ।


७. लैङ्गिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त

राष्ट्रसङ्घीय निकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा

नेपाल कहिले निर्वाचित भएको हो ?

 सन् २०१८ अप्रिल ।

– नेपाल पहिलोपटक यो संस्थाको बोर्ड सदस्यमा निर्वाचित (सन् २०१९–२०२१ का लागि) भएको छ ।

– बोर्ड सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट छनोट भएका अन्य राष्ट्रमा भारत, बङ्गलादेश, साउदी अरेबिया र मङ्गोेलिया छन् ।

– त्यसैगरी, आगामी तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगको सदस्यमा पनि नेपाल निर्वाचित भएको छ । आयोगमा एसिया–प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, थाइल्यान्ड र इरान निर्वाचित भएका छन् ।


८. नेपाली सेनाद्वारा विसं २०७६ भदौ ११ मा सार्वजनिक गरिएको विस्तृत आयोजना प्रतिवेदनअनुसार काठमाडौँ–तराई दु्रत मार्ग

(खोकना–निजगढ)को लम्बाइ कति हुने उल्लेख छ ?

 ७२.५ किमि ।


९. नेपालको पहिलो खुला दिशामुक्त घोषित जिल्ला कास्की हो भने पहिलो खुला दिशामुक्त घोषित अञ्चल कुन हो ?

 धौलागिरि ।

– (त्यस्तै, पहिलो खुला दिशामुक्त घोषित गाउँ बन्दीपुर

(तनहुँ) हो ।)


१०. छैटौँ कृषि गणना २०६८ अनुसार सबैभन्दा बढी खाद्यान्न बाली उत्पादन हुने जिल्ला कुन हो ?

 मोरङ ।

– यो गणनाअनुसार सबैभन्दा बढी कृषिभूमि भएका (प्रमुख पाँच) जिल्ला मोरङ, झापा, सर्लाही, सिरहा र सुनसरी हुन् ।

– त्यस्तै, सबैभन्दा कम कृषिभूमि भएका जिल्ला मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला हुन् ।

– गणनाअनुसार सबैभन्दा बढी नगदेबाली उत्पादन सर्लाही, कोसेबाली÷तेलहनमा दाङ, तरकारी उत्पादनमा इलाम तथा सिँचित क्षेत्र पुगेको जिल्ला बारा हुन् ।

– कुल खेतीयोग्य जमिनमध्ये ५३.१२ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ ।

– आफ्नै कृषि उत्पादनले खान पुग्ने जनसङ्ख्याको हिस्सा ४४ प्रतिशत छ ।

– कृषिका लागि प्रयोग भएको जग्गा २५ लाख २५ हजार

हेक्टर छ ।

– कुल कृषक परिवार सङ्ख्या ३८,३१,००० छ ।

– छैटौँ कृिष गणनाको नतिजा विसं २०७० पुस ९ मा सार्वजनिक गरिएको ।


११. नेपालमा चिट्ठीमा टिकट टाँस्ने चलन कहिलेदेखि सुरु भएको हो ?

 विसं १९४४ असार ११ मा ।


१२. नेपालमा एसएलसी बोर्डको स्थापना कहिले भएको हो ?

 विसं १९९० कात्तिक १६ मा ।


१३. सर्वप्रथम एटीएम कार्ड सेवा सुरुवात गर्ने बैङ्क एभरेष्ट बैङ्क हो भने इन्टरनेट बैङ्किङ सुरुवात गर्ने बैङ्क कुन हो ?

 कुमारी बैङ्क ।

– (क्रेडिट कार्ड सुरुवात गर्ने पहिलो बैङ्क ः हिमालय बैङ्क)


१४. नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?

 नबिल बैङ्क ।


१५. सार्वजनिक निकायले सेवाग्राहीलाई सूचना प्रदान गर्न अनिवार्य रूपमा सामाजिक सञ्जालको प्रयोेग गर्नुपर्ने व्यवस्था कहिलेदेखि लागू गरिएको हो ?

 विसं २०७५ साउन २८ मा ।


१६. बजेट तर्जुमाका लागि सातवटै प्रदेशमा मन्त्रालयगत बजेट सूचना प्रणाली प्रयोगमा ल्याउनेसम्बन्धमा मन्त्रिपरिषद्बाट स्वीकृति कहिले भयो ?

 विसं २०७६ वैशाख ५ मा (आर्थिक वर्ष २०७६÷०७७ देखि) ।


१७. नेपालले दोहोरो करमुक्ति सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?

 भारत (सन् १९८७ जनवरी १८ मा) ।

– हालसम्म नेपालले विभिन्न ११ राष्ट्रसँग करमुक्ति सम्झौता

गरेको छ ।

– दोहोरो करमुक्ति सम्झौता भएका देशहरू ः भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, नर्वे, थाइल्यान्ड, अस्ट्रिया, मौरिसस, कतार, दक्षिण कोरिया र चीन हुन् ।


१८. नेपाल सरकारद्वारा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रम तथा सबै नेपालीको बैङ्क खाता कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?

 विसं २०७६ वैशाख १ मा ।


१९. नेपालमा पहिलोपटक बीउ एटीएमको सञ्चालन कहिले गरिएको हो ?

 विसं २०७६ साउन ७ मा ।

– पहिलो बीउ एटीएम ललितपुर महानगरपालिका परिसरमा सञ्चालनमा ल्याइएको छ ।

– यो बीउ एटीएमबाट तीन दर्जनभन्दा बढी प्रकारका तरकारी तथा फलफूल उपलब्ध गराइनेछ ।


२०. राष्ट्रिय विकास परिषद्–२०७५ को गठन कहिले गरिएको हो ?

 विसंं २०७५ चैत ८ मा ।


२१. सन् २०१८ मा आफूलाई औपचारिक रूपमा यहुदी राष्ट्र घोषणा गर्ने देश कुन हो ?

 इजरायल ।


२२. भिक्टोरिया ताल अफ्रिकामा पर्छ भने ग्रेट भिक्टोरिया मरुभूमि कहाँ पर्छ ?

 अस्ट्रेलिया ।


२३. जस्मिन क्रान्ति एवम् अरब स्प्रिङ ट्युनिसियासँग सम्बन्धित छ भने लोटस क्रान्ति कुन देशसँग सम्बन्धित छ ?

 इजिप्ट ।


२४.शीतकालीन युद्धका बेला अमेरिका र रूसबीच भएको क्षेप्यास्त्रसम्बन्धी सन्धिबाट अमेरिका कहिले बाहिरिएको हो ?

 सन् २०१९ फेब्रुअरी १ मा ।

– त्यस्तै, रूसले सन् २०१९ फेब्रुअरी २ मा सो सन्धिबाट बाहिरिएको घोषणा गरेको थियो । यो सन्धि सन् १९८७ मा भएको थियो ।

– मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतकालीन सन्धि ‘इन्टरमिडियट

– रेन्ज न्युक्लियर फोर्स ट्रिटी’अन्तर्गत पाँच सय किमिदेखि पाँच हजार पाँच सय किमि

दूरीसम्म मार हान्न सक्ने क्षमताको भूमिबाट प्रहार गर्ने क्षेप्यास्त्रमा प्रतिबन्ध लगाइएको थियो ।


२५. भारतद्वारा अमेरिकी सामानमा अतिरिक्त कर लगाउन कहिलेबाट सुरु गरिएको हो ?

 सन् २०१९ जुन १६ मा ।


२६. हिमालयन इन्साइक्लोपेडिया उपमानबाट चिनिने व्यक्तित्व को हुन् ?

 एलिजावेथ हली ।


२७.मदर टेरेसालाई नोबल शान्ति पुरस्कार कहिले प्रदान

गरिएको हो ?

 सन् १९७९ मा ।


२८. ‘शान्तिको आरम्भ एउटा मीठो मुस्कानबाट हुन्छ’ भन्ने व्यक्तित्व को हुन् ?

 मदर टेरेसा ।


२९. जङ्गली जनावरबाट मानिस एवम् खेतिपातीको रक्षा गर्न लगाइएको विद्युतीय तारलाई के भनिन्छ ?

 एन्जाइवर ।


३०. उपग्रह नभएका ग्रह कुन–कुन हुन् ?

 बुध र शुक्र ।

– (सबैभन्दा धेरै उपग्रह भएको ग्रह ः वृहस्पति हो ।)


१. अमेरिकामा सन् २०२० नोभेम्बरमा सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा विजयी हुने व्यक्तित्व को हुन् ?

 जोय बाइडेन

– बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जोय बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित ।

– अमेरिकाको इतिहासमा तीन दशकपछि बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै अर्को पार्टीका उम्मेदवार बाइडेन विजयी । यसअघि सन् १९९२ मा राष्ट्रपति जर्ज बुसलाई पराजित गर्दै बिल क्लिन्टन निर्वाचित हुनुभएको थियो ।

– ७७ वर्षीय बाइडेन अमेरिकी राष्ट्रपति चुनावको इतिहासमा निर्वाचित हुने सबैभन्दा वृद्ध उम्मेदवार हुनुहुन्छ । उहाँ हालसम्मकै बढी लोकप्रिय मत हासिल गर्ने निर्वाचित राष्ट्रपति बन्ने । यसअघि यो कीर्तिमान बाराक ओबामाको नाममा थियो ।

– बाराक ओबामाको कार्यकालमा उहाँ उपराष्ट्रपति हुनुहुन्थ्यो । आगामी जनवरी २० (सन् २०२१) मा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले आधिकारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने ।

त्यस्तै, अमेरिकाको इतिहासमै पहिलो महिला उपराष्ट्रपतिका रूपमा कमला ह्यारिस निर्वाचित । उहाँ क्यालिफोर्निया राज्यको पहिलो एटर्नी जनरल तथा पहिलो अश्वेत सिनेटर हुनुहुन्छ ।


२. नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित एक लाख राशिको भैरव पुरस्कार (वर्ष २०७६–२०७७ का लागि) कसलाई प्रदान गरियो ?

 रामकुमार पाँडे

त्यस्तै, भैरव प्रतिभा पुरस्कार (वर्ष २०७६–२०७७ का लागि) हास्यव्यङ्ग्य अभिनेता राजाराम पौडेललाई प्रदान गरिएको ।

– २०४६ सालदेखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा आगामी वर्षबाट बर्सेनि प्रदान गरिने भएको ।


३. सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?

 विक्रम संवत् २०७५ भदौ १८ ।

– प्रतिनिधिसभा नियमावली–२०७५ को परिच्छेद (८) को व्यवस्थाअनुसार प्रत्यक्ष कार्यक्रम सुरु गरिएको ।

– प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि मन्त्रालयअनुसार बार निर्धारणसमेत गरिएको ।


४. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ मन्त्रिपरिषद्बाट कहिले स्वीकृत भएको हो ?

 विसं २०७६ मङ्सिर २१ ।

(सरकारले मुलुकमा अझै सडक सञ्जाल नपुगेका स्थानीय तहका केन्द्रलाई चार वर्षभित्र राष्ट्रिय राजमार्गमा जोड्ने योजना बनाएको ।)


५. सरकारले आगामी पाँच वर्ष (आव २०७९÷८०) भित्र कति परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने योजना अघि बढाएको छ ?

 एक लाख २५ हजार ।

– आर्थिक वर्ष २०७४÷०७५ को बजेटमार्फत सरकारले नयाँ आवास व्यवस्था कार्यक्रम घोषणा गरेको थियो । सोहीबमोजिम पहिलो वर्षमा २५ हजार परिवारलाई सुरक्षित नागरिक आवास प्रदान गर्ने योजना रहेको ।

– कार्यक्रमअनुसार पराल, खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनि ल्याउन सरकारले सुरक्षित नागरिक आवास निर्माण गर्ने योजना बनाएको ।


६. व्यावसायिक कफी खेती सर्वेक्षण (२०७५) अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो ?

 काभ्रेपलाञ्चोक ।

– सो सर्वेक्षणअनुसार दोस्रो र तेस्रो स्थानमा क्रमशः स्याङ्जा र सिन्धुपाल्चोक रहेका ।

– सर्वेक्षणमा ५० बोटभन्दा धेरै खेती गर्ने कृषकहरूलाई व्यावसायिक खेती गर्ने कृषकका रूपमा सूचीकृत गरिएको ।

– सर्वेक्षणअनुसार कफी खेती गर्ने किसान छ हजार ३४६ रहेका ।

– कफी उत्पादनमा प्रदेश नं. ३ पहिलो स्थानमा रहेको ।

– तथ्याङ्क विभागका अनुसार ७७ जिल्लामध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदै आएको ।


७. सातौँ राष्ट्रिय कृषिगणना कहिले गरिने भएको छ ?

 विसं २०७८ ।

– नेपालको कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यसाथ सातौँ राष्ट्रिय कृषि गणना विसं २०७८ मा गरिने भएको ।

– विगतमा जिल्लास्तरमा मात्र कृषि गणना हुँदै आएकोमा स्थानीय तहको समेत कृषि तथ्याङ्क उपलब्ध गराउनेगरी सात सय ५३ वटा स्थानीय तहको कृषक र कृषिको अवस्थाका बारेमा कृषिगणना गर्न लागिएको ।


८. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?

 विसं २०७२ मङ्सिर १४ ।


९. नेपाल टेलिभिजनका चारवटै च्यानल प्रसारणमा एचडी प्रविधि औपचारिक रूपमा कहिलेदेखि सुरु गरिएको हो ?

 विसं २०७५ माघ १७ ।

– नेपाल टेलिभिजनको ३४औँ वार्षिकोत्सवको अवसरमा चारवटै च्यानल नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्युज र एनटीभी कोहलपुर प्रसारणमा एचडी प्रविधि अङ्गीकार गरिएको ।

– नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रूपमा ख्याति कमाएको नेपाल टेलिभिजन २०४१ सालमा स्थापना भएको ।


११. विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?

 अमेरिका ।


१२. अमेरिकाद्वारा टर्कीविरुद्ध लगाइएको नाकाबन्दी कहिले फिर्ता गरिएको हो ?

 सन् २०१९ अक्टोबर २३ ।


१३. बोस्टन टी पार्टी केसँग सम्बन्धित छ ?

 अमेरिकी स्वतन्त्रता सङ्ग्राम ।


१४. अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?

 बुरुन्डी (सन् २०१७ अक्टोबर २७) ।

(सदस्यता त्याग्ने दोस्रो राष्ट्र फिलिपिन्स रहेको । फिलिपिन्सले सन् २०१८ मार्च १७ मा सदस्यता त्यागको घोषणा गरेको ।)


१५. सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ?

 सर्लाही (११ नगरपालिका र ९ गाउँपालिका गरी २० स्थानीय तह) ।

– सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश ः प्रदेश नं. १ (१३७) ।

– सबैभन्दा कम स्थानीय तह भएको प्रदेश ः प्रदेश नं. ६ (७९) ।

– दुई–दुईवटा उपमहानगरपालिका भएको जिल्लाको सङ्ख्या ः तीन (सुनसरी ः धरान र इटहरी, बाराः जितपुर र कलैया र दाङ ः तुलसीपुर र घोराही) ।


१६. ओजन तह पत्ता लगाउने व्यक्ति जेसी फारम्यान हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ?

 शेरउड रोल्यान्ड ।


१७. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?

 नेपालगन्ज, बाँके ।

– जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका ः जनकपुर ।

– सबैभन्दा बढी वडा सङ्ख्या भएको उपमहानगरपालिका ः कलैया (बारा,२७ वडा) ।


१८. नेपालमा मोहियानी हकसम्बन्धी व्यवस्था कहिलेदेखि हटाइएको हो ?

 विसं २०५३ पुस १४ ।


१९. ललितपुर महानगरपालिकालाई हस्तकला नगर घोषणा कहिले गरिएको हो ?

 विसंं २०७५ कात्तिक २८ ।


२०. नेपालमा सर्वप्रथम प्रचलनमा ल्याइएको कागजी नोटमा हस्ताक्षर गर्ने खजाञ्ची को हुन् ?

 जनकराज ।


२१. नेपालमा मुख्यतः युरेनियमको खानीको सम्भावना कुन जिल्लामा रहेको छ ?

 मुस्ताङ ।


२२. म्याग्नाकार्टामा ६३ धारा रहेको छ भने मानवअधिकार घोषणापत्रमा कति धारा रहेको छ ?

 ३० ।


२३. मङ्गल ग्रहमा पुग्ने पहिलो यान भाइकिङ–१ हो भने चन्द्रमामा पुग्ने पहिलो यान कुन हो ?

 लुना–२ ।


२४. स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार गाउँपालिकामा कम्तीमा कति वडा हुनुपर्ने व्यवस्था छ ?

 पाँच (बढीमा २१ वडा) ।

(नगरपालिकामा कम्तीमा नौ वडा र बढीमा ३५ वडा हुनेगरी निर्धारण गर्नुपर्ने प्रावधान रहेको ।)


२५. “आधुनिक शिक्षकको जिम्मेवारी जङ्गल काट्नु होइन, मरुभूमिमा सिँचाइ गर्नु हो” भन्ने विद्वान् को हुन् ?

 सीएस लेविस, ब्रिटिस उपन्यासकार ।


२६. मनोरम पर्यटकीय स्थल मानहुँकोट कहाँ पर्छ ?

 तनहुँ ।


२७. नेपालमा कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि कति वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको थियो ?

 पाँचवर्षे ।

(पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।)


२८. नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुने व्यवस्था छ ?

 नगरपालिकाको उपप्रमुख ।


२९. नेपालमा पहिलोपटक सामाजिक सुरक्षा दिवस कहिले मनाइयो ?

 विसं २०७५ मङ्सिर ११ ।

– “पहिलो सामाजिक सुरक्षा दिवसको नारा ः सामाजिक सुरक्षा योजनामा सहभागी बनौँ, सुरक्षित भविष्य सुनिश्चित गरौँ” रहेको ।

– मन्त्रिपरिषद्को विसं २०७५ मङ्सिर ३ को बैठकले सो दिवस मनाउने निर्णय गरेको ।


३०. आईसीसीद्वारा नेपाललाई एकदिवसीय क्रिकेटको मान्यता कहिले प्रदान गरिएको हो ?

 सन् २०१८ मार्च १५ ।  



१. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता कहिले तय गरेको छ ?

 सन् २०२३ फेब्रुअरी ९–२६, दक्षिण अफ्रिका ।

– आईसीसीले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता एक वर्ष पछि सारेको । ‘कमन वेल्थ गेम’का कारण देखाउँदै आईसीसीले निर्धारित तालिकाभन्दा एक वर्ष पछाडि टी–२० विश्वकप आयोजना हुने जनाएको । सन् २०२२ को नोभेम्बरमा दक्षिण अफ्रिकामा प्रतियोगिता हुने तय भएको थियो ।

– सन् २०२२ मा कमन वेल्थ गेम बेलायतमा हुने भएको । यसपटकको कमन वेल्थ गेममा क्रिकेट पनि समावेश गरिएको । कमन वेल्थ गेममा सहभागी भएका खेलाडीले विश्वकपको तयारी गर्न समय अभाव हुने र प्रतियोगिताको तयारी गर्न नै मिति परिवर्तन गरिएको आईसीसीले जनाएको ।

– यदि कोरोना भाइरस महामारीका रूपमा नफैलिएको भए २०२२ मा आईसीसीले तीन प्रमुख प्रतियोगिता आयोजना गर्ने थियो ।

– यसअघि आईसीसीले २०२१ को जनवरीदेखि फेब्रुअरीसम्म न्युजिल्यान्डमा हुने महिला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता स्थगित गरेको थियो । कोरोना भाइरसका कारण स्थगित भएको महिला एकदिवसीय विश्वकप २०२२ मै न्युजिल्यान्डमा हुने आईसीसीले जनाएको ।


२. युरोपियन माइक्रो फाइनान्स अवार्ड–२०२० बाट सम्मानित नेपालको वित्तीय संस्था कुन हो ?

 मुक्तिनाथ विकास बैङ्क ।

– लक्जेम्वर्गमा आयोजित कार्यक्रममासाना तथा लघु बैङ्किङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरिरहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरूको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनका कारण बैङ्क सम्मानित भएको जनाइएको ।

– उक्त अवार्डका लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका ।

– पुरस्कारबापत बैङ्कले एक लाख युरो प्राप्त गरेको ।


३. विश्व रग्वी सङ्घले नेपाल रग्वी सङ्घलाई एसोसिएट सदस्यको मान्यता कहिले प्रदान गरेको हो ?

 सन् २०२० नोभेम्बर १८ ।

(सन् २०१८ मा नेपाल रग्वीले एसिया रग्वी महासङ्घको पूरक सदस्यता प्राप्त गरेको थियो ।)


४. चीन र भारतबीचको विवादास्पद सीमाक्षेत्रमा घातक माइक्रो वेब हतियार प्रयोग गर्ने राष्ट्र कुन हो ?

 चीन (सन् २०२० नोभेम्बर) ।


५. २०७७ मङ्सिरमा मनाइएको नवौँ राष्ट्रिय कर दिवसको नारा के हो ?

 स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन / विकास, समृद्धि र सुशासन ।

– आर्थिक वर्ष २०७५/०७६ मा सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनी सूर्य नेपाल बनेको । व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाता जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयबहादुर शाह बन्नुभएको । विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसरमा १ मङ्सिरमा उत्कृष्ट करदाताको नाम सार्वजनिक गरी सम्मान गर्दै आएकोमा यस वर्ष भने १ मङ्सिरमा सार्वजनिक बिदा (भाइटीका) परेका कारण सो दिन उत्कृष्ट करदाताको नाम सार्वजनिक नगरी अन्य दिन गरिएको थियो ।

उत्कृष्ट करदाताहरू

– धेरै आयकर तिर्ने करदाता : सूर्य नेपाल

– धेरै आयकर तिर्ने करदाता (व्यक्तिगततर्फ) : विजयबहादुर शाह

– रेमिट्यान्सतर्फ : आईएमई लिमिटेड

– व्यापार व्यवसायतर्फ : अग्नि इन्कर्पोरेटेड

– निर्याततर्फ : डाबर नेपाल

– कृषि तथा पशुपक्षी उद्योगतर्फ :अन्नपूर्ण एग्रोभेट

– सहकारी तथा लघुवित्ततर्फ : छिमेक लघुवित्त

– बैङ्कतर्फ : नबिल बैङ्क लि.

– बीमातर्फ : नेपाल पुनर्बीमा कम्पनी

– शिक्षण सेवातर्फ : मणिपाल मेडिकल कलेज

– पर्यटन व्यवसायतर्फः तारा गाउँ रिजेन्सी

– मध्यमस्तरीय करदातामध्ये : कामना सेवा विकास बैङ्क

– मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ : घोराही सिमेन्ट

– आन्तरिक राजस्व कार्यालयहरूको कार्यक्षेत्रभित्रबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता / भीएफ सर्भिसेज


६. सन् २०२० मा संयुक्त अरब इमिरेट्समा सम्पन्न १३औँ आईपीएलको उपाधि जित्न सफल टिम कुन हो ?

 मुम्बई इन्डियन्स ।

– दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै मुम्बई इन्डियन्स १३औँ संस्करणको च्याम्पियन बनेको ।

– विशेषतः भारतमा हुने आईपीएल यसपटक कोरोना भाइरसका कारण संयुक्त अरब इमिरेट्समा भएको । कोरोना महामारीकै कारण गत मार्च र अप्रिलमा नै हुनुपर्ने आईपीएल लामो समयपछि अक्टोबर र नोभेम्बरमा सम्पन्न भएकोे ।


७. ७५३ वटै स्थानीय तहमा रोजगार सेवाकेन्द्र स्थापना गर्ने निर्णय कहिले भएको हो ?

 विक्रम संवत् २०७५ मङ्सिर ३ ।


८. प्लास्टिक तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्ने उद्देश्यका साथ ‘हिमालदेखि तराईसम्म प्लास्टिकरहित समाज निर्माण अभियान’ रारा तालबाट कहिले सुरुवात भएको हो ?

 विसं २०७५ मङ्सिर २६ ।

९. नेपालमा वाटर एटीएमको सुरुवात कहिले र कहाँबाट भएको हो ?

 विसं २०७५ फागुन २१, ललितपुर ।


१०. तथ्याङ्कको सूचनामा एकद्वार प्रणाली लागू गर्ने उद्देश्यले केन्द्रीय तथ्याङ्क विभागद्वारा सुरु गरिएको वेबसाइट कुन हो ?

 लबतष्यलबमिबतब।नयख।लउ (२०७५ वैशाख १५ देखि) ।


११. काठमाडौँ महानगरपालिकामा स्मार्ट पार्किङ सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७६ असार १ ।


१२. नेपालको पहिलो भू–उपग्रह नेपाल स्याट‐१ ले कहिलेबाट पृथ्वीको परिक्रमा गर्न थालेको हो ?

 विसं २०७६ असार २ (२०१९ जुन १७) ।


१३. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने प्रावधान छ ?

 अर्थमन्त्री ।


१४. काभ्रेपलाञ्चोकपछि कुन जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने घोषणा गरिएको हो ?

 चितवन ।


१५. प्रदेश नं. २ मा हरित् प्रदेश अभियानको शुभारम्भ कहिले गरिएको हो ?

 विसं २०७६ भदौ ७ ।


१६. भीमसेन स्तम्भ अर्थात् धरहराको पुरानो नाम के हो ?

 मिनार ।


१७. पूर्वको कञ्चनजङ्घादेखि पश्चिम धौलागिरि हिमालसम्मको दृश्यावलोकन गर्न सकिने पीकेडाँडा अर्थात् लुकेको हीरा अवस्थित जिल्ला कुन हो ?

 सोलुखुम्बु ।


१८. सन् २०३० सम्म नेपालमा कुपोषणको दरलाई कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?

 १४ प्रतिशत (सन् २०२५ सम्म : २४ प्रतिशत) ।


१९. अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’मा बहुमत प्राप्त गरेको डेमाक्रेटिक पार्टीले सभामुखमा कसलाई चयन गरेको छ ?

 नान्सी पेलोसी ।

(वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको । आगामी जनवरीमा सदस्यमा सभामुखका लागि मतदान हुने साथै हाउसमा डेमेक्रेट्सको बहुमत रहेकाले पेलोसी विजयी हुने निश्चित रहेको ।)


२०. अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्ड्स २०२० मा पपुलरिटी अवार्ड जित्न सफल नेपाली कम्पनी कुन हो ?

 सिटी एक्सप्रेस मनी ट्रान्सफर ।

(कम्पनीले संसारभरका ३१ प्रतिस्पर्धीलाई पछाडि पार्दै अवार्ड हात पारेको ।)


२१. सगरमाथा हेर्ने बार्दली भनी चिनिने स्थान कुन हो ?

 पत्तालेडाँडा (सोलुखुम्बु र ओखलढुङ्गाको सीमा) ।


२२. स्वतन्त्र भारतका पहिलो गभर्नर को हुन् ?

 लर्ड माउन्टवेटन ।


२३. राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि आवश्यक उमेर कति निर्धारण गरिएको छ ?

 १६ वर्ष ।


२४. मानव मुटु प्रत्यारोपण गर्ने पहिलो चिकित्सक को हुन् ?

 डा. क्रिश्चियन बर्नार्ड (दक्षिण अफ्रिका) ।


२५. पूर्वको ग्रेट ब्रिटेन भनी जापानलाई चिनिन्छ भने दक्षिणको ग्रेट ब्रिटेन भनी कुन देशलाई चिनिन्छ ?

 न्युजिल्यान्ड ।


२६. वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने ‘म्याग्नेटिक फिल्ड’ नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?

 शुक्र ।


२७. पहिलो अन्तरीक्ष केन्द्र कुन हो ?

 स्यालुट (रूसद्वारा स्थापित) ।


२८. मानवनिर्मित पहिलो उपग्रह कुन हो ?

 स्पुतानिक–१ ।


२९. नेपालको संविधान–२०७२ अनुसार राष्ट्रभाषा भन्नाले के बुझिन्छ ?

 नेपालमा बोलिने सबै मातृभाषाहरू ।


३०. नेपाल सरकारद्वारा ‘हेलो स्वास्थ्य’ कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?

 विसं २०६९ कात्तिक २९ ।


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

गोरखापत्र अनलाइनगोरखापत्र अनलाइन    मंसिर १७, २०७७ बुधबार    8 महिना अगाडि

शेयर गर्नुहोस: 

  


१. नेपाल उद्योग वाणिज्य महासङ्घको २०७७ मङ्सिरमा सम्पन्न ५४ औँ साधारणसभाले अध्यक्षमा कसलाई चयन गरेको छ ?

 शेखर गोल्छा ।

– महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार शेखर गोल्छा अध्यक्ष हुनुभएको ।

– अध्यक्षबाहेकको निर्वाचन (२०७७ मङ्सिर १३) मा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचत हुनुभएको । त्यस्तै, उपाध्यक्ष (एसोसिएट्स) मा रामचन्द्र सङ्घई, उपाध्यक्ष (वस्तुगत) तर्फ अञ्जन श्रेष्ठ एवम् उपाध्यक्ष (जिल्ला÷नगर) तर्फ दिनेश श्रेष्ठ निर्वाचित हुनुभएको ।



२. ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले सातै प्रदेशमा एकैपटक तीन सयभन्दा बढी आधारभूत अस्पतालको शिलान्यास कहिले गरेको हो ?

 विक्रम संंवत् २०७७ मङ्सिर १५ ।

– सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको ।

– खासगरी, हालसम्म अस्पताल नभएका सबै स्थानीय तहमा पाँच, १० र १५ शøयाका आधारभूत अस्पताल बनाउने योजनाअनुरूप यो कार्यक्रम अघि बढाइएको ।


३. काठमाडौँ महानगरसँग हालै (२०७७ मङ्सिर) भगिनी सम्बन्ध कायम भएको नगरपालिका कुन हो ?

 रामग्राम नगरपालिका ।


४. विसं २०७५ भदौमा भएको नेपाल नगरपालिका सङ्घको निर्वाचनमा अध्यक्ष पदमा चयन को भए ?

 अशोककुमार व्यान्जू (श्रेष्ठ)


५. विमानमा जडित ‘ब्ल्याक बक्स’को रङ कस्तो हुन्छ ?

 सुन्तला रङ ।


६. सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको पहिलो भेला कहिले र कहाँ सम्पन्न भएको हो ?

 विसं २०७५ भदौ २१, पोखरा (गण्डकी प्रदेश), नौबुँदे साझा धारणा तय गरिएको ।


७. हरित् गृह ग्यासको विश्वव्यापी उत्सर्जनमध्ये नेपालबाट कति प्रतिशत हुने गर्छ ?

 करिब ०.०२७ प्रतिशत ।


८. वातावरण संरक्षणसम्बन्धमा विविध योजना समेट्दै ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ कार्यक्रमको घोषणा कहिले गरिएको हो ?

 विसं २०७५ जेठ २२ ।

– (यस अभियानमा वृक्षरोपण, फोहोरमैला व्यवस्थापन, नदीनाला सरसफाइ, प्रदूषण नियन्त्रणलगायतका कार्यक्रम समेटिएको ।)


९. जीटुजी अवधारणा केसँग सम्बन्धित छ ?

 वैदशिक रोजगार ।


१०. सन् २००९ अक्टोबर १६ मा माल्दिभ्समा पानीमुनि भएको मन्त्रिपरिषद्को बैठकको मुख्य अभिप्राय के थियो ?

 कार्बन ग्यास कटौतीमा योगदान ।


११. नेपालमा तीव्र गतिको वायरलेस इन्टरनेट सेवा ‘वाइम्याक्स’ को सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०६९ कात्तिक २७ ।


१२. सिंहदरबारलाई नेपाल सरकारको कार्यालयका रूपमा कहिलेदेखि प्रयोग गर्न थालिएको हो ?

 विसं २००७ ।

– (सिंहदरबार तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा विसं १९६० मा निर्माण गरेका । नवशास्त्रीय वास्तुकला (नियोक्लासिकल वास्तुकला) को नमुना मानिने सो दरबारमा स्टेट हल र ग्यालरी बैठक मुख्य आकर्षणका रूपमा रहेका । युरोपेली शैली–संरचनामा निर्मित यस भवनलाई त्यतिबेला एसियाकै सबैभन्दा ठूलो दरबार मानिन्थ्यो । राणा शासन अन्त्यपछि सो भवनलाई नेपाल सरकारको कार्यालयका रूपमा २००७ सालबाट प्रयोग गर्न थालिएको हो । २०३० मा आगलागी हुँदा यो भवनको केही भाग नष्ट भयो र केही पुनः निर्माण पनि गरियो ।)


१३. माछा मासुका अतिरिक्त दही, घ्यु, छाली (तर), पनिरजस्ता दुग्धजन्य पदार्थसमेत सेवन नगर्ने मानिसलाई के भनिन्छ ?

 भेगन ।


१४. तेक्वान्दो खेल खेल्दा लगाउने लुगालाई के भनिन्छ ?

 डोबोक ।


१५. सरकारद्वारा वैदेशिक रोजगारमा जाने कामदारको सहजताका लागि प्रत्येक प्रदेशबाटै श्रम स्वीकृति दिने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?

 विसं २०७५ पुस १५ ।


१६. सेनामा कुकुरको सट्टा न्याउरी प्रयोग गर्ने देश कुन हो ?

 श्रीलङ्का ।


१७. राउटे समुदायलाई स्थायी परिचयपत्र प्रदान गर्न कहिलेदेखि सुरु गरिएको हो ?

 विसं २०७५ असार ३०, गुराँस गाउँपालिका, दैलेख ।


१८. नेपालमा क्रिकेट खेलको सुरुवात गर्ने व्यक्ति भनी कसलाई चिनिन्छ ?

 मदनशमशेर जबरा ।


१९. विश्वमा हालसम्मकै लामो नाकाबन्दी कुन हो ?

 अमेरिकाद्वारा क्युबामाथि लगाइएको (सन् १९६१–२०१५) करिब साढे पाँच दशक लामो नाकाबन्दी ।


२०. आफ्नो घडीलाई सूर्योदय र सूर्यास्तसँगै अनुकूल गराउने पद्धतिलाई के भनिन्छ ?

 डीएलएसटी (डे लाइट सेभिङ टाइम) ।


२१. पृथ्वीको नाप नक्सा तयार गर्ने र त्यसलाई तथ्याङ्कगत तथा चित्रमय रूपमा प्रस्तुत गर्ने विधिलाई के भनिन्छ ?

 कार्टोग्राफी ।


२२. फिफा विश्वकपको सुरुवात (सन् १९३०) मा कति टिम सहभागी थिए ?

 १३ टिम ।

– पछि सन् १९८२ मा २४ टिम र सन् १९९८ मा ३२ टिम पु¥याइएको थियो ।

– सन् २०२६ को विश्वकपबाट ४८ टिम सहभागी बनाइने भएको । फिफाले सन् २०१७ जनवरी १० मा यससम्बन्धी निर्णय गरेको ।


२३. राष्ट्रसङ्घीय विकास नीति समितिको सन् २०१८ मार्च १२–१६ सम्म सम्पन्न बैठकले कति राष्ट्रलाई विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको थियो ?

– चार (भुटान, किरिवाटी, साओटोम एन्ड प्रिन्सेप र सोलोमन आइल्यान्ड) ।


२४. सबैभन्दा कम उमेरमा नोबल पुरस्कार पाउने व्यक्ति को हुन् ?

 मलाला युसुफ जाई, (सन् २०१४) ।


२५. ९०–९०–९० रणनीति केसँग सम्बन्धित छ ?

 एड्स रोग ।

– युएन एड्सलगायत विभिन्न संस्थाले एड्सविरुद्ध सो रणनीति सञ्चालन गरेका, जसअनुसार सन् २०२० सम्ममा एचआईभी सङ्क्रमितमध्ये ९० प्रतिशतले आफ्नो अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतलाई औषधि उपचारको पहुँच हुने र औषधि उपचारमा पहुँच हुनेमध्ये ९० प्रतिशतको शरीरमा सङ्क्रमण नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरिएको ।

– सन् २०१७ सम्ममा विश्वभर तीन करोड ७० लाख नागरिकमा एचआईभी÷एड्सको सङ्क्रमण रहेको अनुमान ।

– ८० को दशकमा महामारीकै रूपमा रहेको यो रोग नियन्त्रणमा केही उपलब्धि हासिल भएको । सन् २०१० देखि २०१७ सम्मको अवधिमा विश्वमा नयाँ सङ्क्रमण १६ प्रतिशतले, बच्चामा हुने सङ्क्रमण ३५ प्रतिशत र एड्सका कारणले मृत्यु हुनेको सङ्ख्या ५१ प्रतिशतले घटेको ।

– संयुक्त राष्ट्रसङ्घीय दिगो विकास एजेन्डाले सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य राखेको ।


२६. नेपालको अन्तरसरकारी वित्त परिषद्को पहिलो बैठक कहिले बसेको थियो ?

 विसं २०७५ वैशाख २४ ।


२७. जनताको नाम सरकारले जुराउने परिपाटी भएको राष्ट्र कुन हो ?

 हँगेरी ।

– (हँगेरीमा सरकारले नै निश्चित नामहरू तोकेर राख्ने र यी नामहरूभन्दा बाहिर गएर कसैले पनि आफ्नो बच्चाको नाम राख्न नसकिने चलन रहेको ।)


२८. आइकाओको सुरक्षा सूचीबाट नेपाल कहिले हट्न सफल भएको हो ?

 विसं २०७४ साउन ६ (सन् २०१७ जुलाई २१) ।

– (नेपाल सन् २०१३ देखि सो सूचीमा परेको थियो ।)


२९. नेपाल गुणस्तर तथा नापतौल विभागले ‘ट्याङ्कर क्यालिब्रेसन टावर’ को निर्माण कहाँ गरेको छ ?

 हेटौँडा ।

– गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्करमा रहेका ट्याङ्कीको क्षमता तथा गुणस्तरीयता जाँच गरी प्रमाणीकरण गर्न नेपालमा नै पहिलो ट्याङ्कर क्यालिब्रेसन टावर निर्माण गरी २०७६ असार २० देखि सञ्चालनमा ल्याएको ।

– दैनिक १५ वटा ट्याङ्कर जाँच क्षमता भएको ट्याङ्कर क्यालिब्रेसन टावर एक करोड ५० लाख रुपियाँ लागतमा स्थापना गरिएको ।

– यसले चुहावट नियन्त्रण एवम् उपभोक्ता हितमा सहयोग पुग्ने विश्वास गरिएको ।


३०. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?

 छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।

– सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीहरूले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।

– तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एडबिन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।

– यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।

– एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

– सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहलायमा प्रदर्शनीमा

राखिएको छ ।



१. सरकारले नेपालको परराष्ट्र नीति–२०७७ पहिलोपटक एकीकृत दस्तावेजका रूपमा कहिले सार्वजनिक गरेको हो ?

 वि. सं. २०७७ मङ्सिर २१

– यो नीति गत कात्तिक ४ गतेको मन्त्रिपरिषद् बैठकद्वारा पारित गरिएको थियो ।

– एकीकृत परराष्ट्र नीतिका अनुसार छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने छ । द्विपक्षीय सम्बन्धका विषयमा विस्तृतमा भनिएको छ– स्वतन्त्र र सन्तुलित सम्बन्ध कायम गर्ने, सहयोग र सहकार्यमार्फत नेपालको समग्र राष्ट्रिय हितको प्रवद्र्धन गर्ने, ऐतिहासिक सन्धि, सम्झौता, तथ्य र प्रमाणका आधारमा कूटनीतिक र शान्तिपूर्ण माध्यमबाट सीमा समस्या समाधान गर्ने, सीमाको सुरक्षा र व्यवस्थापन गर्ने, नेपाली भूमि छिमेकीको हित प्रतिकूल हुन दिइने छैन ।

– त्यसैगरी साझा हितका विषयमा द्विपक्षीय, त्रिपक्षीय एवं बहुपक्षीय साझेदारी प्रवद्र्धन, भूपरिवेष्ठित राष्ट्रका रूपमा मुलुकले पाउने पारवहन सुविधाको निर्बाध, सरल एवं सहज उपयोग सुनिश्चित गर्नेजस्ता विषयलाई परराष्ट्र नीतिमा महŒवका साथ समावेश गरिएको छ ।

– ‘सबैसँग मित्रता ः कसैसँग छैन शत्रुता’ भन्दै ठूला साना सबै मुलुक बराबर हौँ भन्ने कुरामा जोड दिइएको ।

– ‘आर्थिक कूटनीतिलाई महŒवपूर्ण आयाम’का रूपमा आत्मसाथ गरिएको ।

– नेपालले सानो र कमजोर मुलुक साथै पछाडि परेको मुलुकको मानसिकता त्याग्दै अघि बढ्नुपर्ने ।

– साना राष्ट्रको हित माथिको चुनौती कायमै रहेकाले असंलग्न नीति सान्दर्भिक रहेको र त्यसमा नेपालको प्रतिबद्धता यथावत् रहेको जनाइएको ।

– साथै सो नीतिमा द्विपक्षीय सम्बन्ध, बहुपक्षीय सहयोग, विधिमा आधारित विश्व व्यवस्था, क्षेत्रीय सहयोग, आर्थिक कूटनीति, प्राकृतिक तथा कानुनी व्यक्तिको हक संरक्षण, सार्वजनिक कूटनीति र ‘ट्र्याक टु’ कूटनीतिको उपयोगजस्ता विषय समावेश गरिएको ।

– शान्ति र अहिंसा, मुलुकको भूराजनीति, बहुजाति, बहुभाषी मुलुक नेपालको सामाजिक सहिष्णुताजस्ता विषयलाई ध्यान दिँदै तर्जुमा गरिएको परराष्ट्र नीति–२०७७ को एकीकृत दस्तावेजमा नीति, कार्यनीति र रणनीतिसमेत तय गरिएको ।


२. मिस नेपाल–२०२० को उपाधि विजयी युवती को हुन् ?

 नम्रता श्रेष्ठ

– २०७७ मङ्सिर २० मा सम्पन्न ग्रान्ड फिनालेमा उहाँले २६औँ संस्करणको मिस नेपालको उपाधि हात पार्नुभएको ।

– उहाँ मिस कन्फिडेन्स र मिस इन्टेलेक्चुअलको उपाधि पनि हात पार्न सफल । उहाँ मिस वल्र्ड २०२० का लागि छनोट हुनुभएको ।

– मिस नेपाल अर्थ –२०२० को उपाधी विजयी सुप्रिया श्रेष्ठ ।

– त्यस्तै मिस नेपाल इन्टरनेसनल २०२० को उपाधि महोत्तरीकी सन्ध्या शर्माले जित्नुभएको ।

– मिस सुप्रानेसनल २०२० को उपाधि काठमाडौँकै सिमल कनौजियाले जित्न सफल ।


३. हालै बेलायती सञ्चारमाध्यम बीबीसीद्वारा सार्वजनिक सय प्रेरणादायी महिलाको सूचीमा पर्न सफल नपाली चेली को हुन् ?


 सपना रोका मगर

(बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध सपना विगत तीन वर्षदेखि बेवारिस शव व्यवस्थापनमा सक्रिय रहँदै आएकी ।)


४. दि बैङ्कर अफ दि इयर २०२० बाट सम्मानित नेपालको बैङ्किङ संस्था कुन हो ?

 एनएमबी बैङ्क

– उक्त सम्मान बैङ्कले विगत चार वर्षमा तेस्रोपटक प्राप्त गरेकोे ।

– लन्डनबाट प्रकाशित ‘दि बैङ्कर’ नामक पत्रिकाले सो अवार्ड प्रदान गरेको ।


५. संयुक्त राष्ट्र सङ्घीय कन्भेन्सन अन नार्कोटिक ड्रग्सको चौथो सम्मेलनले लागूऔषधको सूचीबाट हटाएको ऊर्जामयी बिरुवा कुन हो ?

 गाँजा

– यो निर्णयसँगै गाँजामाथि लागेको ५९ वर्ष लामो लागूऔषध नामको प्रतिबन्ध फुकुवा भएको ।

– विश्व स्वास्थ्य सङ्गठनको पहलमा भएको गाँजामा पाइने विविध रासायनिक पदार्थ सम्बन्धमा पुनरवलोकन हुनुपर्ने माग राखिएपश्चात् सम्मेलनमा सन् २०२० डिसेम्बर २ मा मतदान भएको थियो । मतदानमा आबद्ध ५३ सदस्य राष्ट्रमध्ये २७ सदस्यले लागूऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा मतदान गरेका थिए । यस क्रममा नेपालले पनि गाँजालाई लागूऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा मतदान गरेको थियो ।

– जडीबुटीजन्य बिरुवा गाँजाको औषधीय गुणको उपयोग गरेर यसको उपभोग गर्ने बाटो पनि सङ्घको यस निर्णयले खुला गरेको ।


६. पोखरा–लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका बनाउने निर्णय (नेपाल सरकार, मन्त्रिपरिषद्बाट) कहिले भएको हो ?

 वि. सं. २०७५ साउन २३


७. २०७६ सालको हरितारा चलचित्र पुरस्कार कसलाई प्रदान गरियो ?

 गीतकार सहदेव ढुङ्गाना

(त्यस्तै २०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिएको ।)


८. ‘एक नेपाली एक फलफूल बिरुवा’ अभियानको सुरुवात कहिले गरिएको हो ?

 वि. सं. २०७५ जेठ २१

– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपी अभियानको सुरुवात गरिएको ।

– सन् २०१८ जुन ५ का दिन विश्व वातावरण दिवसको अवसर पारी सो अभियान सुरुवात गरिएको ।


९. सरकारद्वारा मदन भण्डारी राजमार्ग निर्माण गर्ने निर्णय कहिले भएको हो ?

 वि. सं. २०७५ जेठ ६

– यो मार्ग झापाको शान्तिनगरदेखि डडेल्धुराको रूपालसम्म रहेको ।

– यस राजमार्गको लम्बाइ करिब १२ सय किलोमिटर रहेको ।


१०. नेपालकै अग्लो पुल कहाँ रहेको छ ?

 मनाङ (ताम्राङ पुल)

– मनाङस्थित नासोङ गाउँपालिका–२ (नाचे) र सोही गाउँपालिकाको वडा नं. ५ (थाचे) गाउँ जोड्ने सो पुल ड्रोना खोलाको पानीको सतहबाट ४१२ मिटर उचाइमा, १३५ मिटर लामो रहेको ।

– यो विश्वकै पाँचौँ अग्लो पुल हो ।

– विश्वकै सबैभन्दा अग्लो पुल चीनमा निर्मित डुङ्गे पुल (५६५ मि.) हो ।


११. सार्क राष्ट्रमा नेपाल क्षेत्रफलका आधारमा चौथो स्थानमा रहेको छ भने जनसङ्ख्याको आधारमा कति औँ स्थानमा रहेको छ ?

 पाँचौँ


१२. नेपालको संविधान (२०७२) अनुसार सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठित अन्तरप्रदेश परिषद्को अध्यक्ष को हुने व्यवस्था छ ?

 प्रधानमन्त्री

(अध्यक्षसहित चार सदस्यीय अन्तरप्रदेश परिषद्का अन्य सदस्यमा नेपाल सरकारका गृहमन्त्री, अर्थमन्त्री र सम्बन्धित प्रदेशका मुख्यमन्त्री रहने व्यवस्था छ ।)


१३. पहिलो अन्तरप्रदेश परिषद् बैठक कहिले सम्पन्न भएको हो ?

 वि. सं. २०७५ मङ्सिर २३–२४

(अन्तरप्रदेश सम्बन्धी व्यवस्था संविधानको भाग २० को धारा २३४ मा गरिएको ।)


१४. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकार समेतलाई के भनिन्छ ?

 राज्यशक्ति


१५. वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले प्रदूषण शुल्क शीर्षकमा कर लगाउन कहिलेदेखि थालेको हो ?

 आ.व. २०६५÷६६


१६. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ ?

 डिसेम्बर ५


१७. उफ्रिन नसक्ने एक मात्र स्तनधारी जीव कुन हो ?

 हात्ती

– यो दौडँदा पनि कम्तीमा एउटा खुट्टाले भुइँमा टेकिरहेको हुन्छ ।

– हात्ती सबैभन्दा लामो समय (२२ महिना) गर्भधारण गर्ने स्तनधारी जनावर हो ।

– अफ्रिकी हात्तीको बच्चा जन्मँदै ठूलो हुन्छ । भर्खरै जन्मिएको छावा एक सय २० किलोग्रामसम्मको हुन्छ ।

– छावा जन्मेको २० मिनेटभित्र उभिन सक्छ, एक घण्टाभित्र हिँड्न सक्छ र दुई दिनपछि समूहमा हिँड्न सक्छ ।

– हात्तीको मस्तिष्कमा हुने ‘टेम्पोरल लोब’ मानिसको भन्दा ठूलो र बाक्लो हुन्छ । यही कारणले हात्तीले लामो समयपछि बसाइँसराइ गर्दा पनि आफू हिँडेको बाटो, पानीको स्रोत कहिल्यै बिर्सिंदैन ।

– हात्तीको सुँडमा करिब आठ लिटरसम्म पानी अटाउँछ ।

– हात्ती विशाल जीव भए पनि करिब २५ माइल प्रतिघण्टाका दरले कुद्न सक्छ ।

– अफ्रिकी हात्तीको कान एसियाली हात्तीको भन्दा ठूलो हुन्छ ।

– हात्तीले मौरीलाई घृणा गर्छ र मौरीसँग डराउँछ पनि । त्यसैले विभिन्न ठाउँका किसानले आफ्नो बालीनाली हात्तीबाट बचाउनका लागि मौरीपालन गर्छन् ।

– मानिसले जस्तै हात्तीले पनि आफूले माया गरेको हात्तीको मृत्युमा शोक मनाउने गर्छ । कैयौँ वर्ष भइसक्दा पनि शोक परेको ठाउँमा गएर मौनधारणा गर्ने र रुने गर्छ ।


१८. प्रशान्त महासागर त्रिभुज आकारको छ भने आन्ध्र महासागर कुन आकारको छ ?

 यस (क)


१९. तीन आयाम भन्नाले केलाई बुझिन्छ ?

 लम्बाइ, चौडाइ र उचाइ


२०. प्रिन्स अफ एक्सपरिमेन्ट भनी कसलाई भनिन्छ ?

 माइकल फाराडे


२१. हेटौँडा बुद्ध चोकदेखि ललितपुर सातदोबाटोसम्म जोड्ने कान्ति लोकपथको लम्बाइ कति छ ?

 ९० किमी

– यो लोकपथको निर्माण सुरुवात सन् २०१३ बाट भएको ।

– यस मार्गको मकवानपुरतर्फ ५१ किलोमिटर तथा ललितपुरतर्फ ३९ किलोमिटर हिस्सा रहेको ।


२२. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ ?

 परिभ्रमण

(पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्दछ ।)


२३. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?

 नवीकरणीय (रिनोएबल)


२४. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?

 अनवीकरणीय


२५. चीनले निर्माण गरेको विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) महिला समाचारवाचकलाई के नामकरण गरिएको छ ?


 शिन शाओमेग

– शाओमेगले २४ घण्टासम्म समाचार पढ्नसक्ने साथै प्रोफेसनल न्युज एङ्करले जस्तै समाचार वाचन गर्ने ।

– शाओमेगलाई सन् २०१९ फेब्रुअरी २० मा सार्वजनिक गरिएको ।


२६. सङ्घीय संंसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को पहिलो बैठक कहिले बसेको हो ?

 वि. सं. २०७४ फागुन २०

– यस बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूद्वारा शपथ ग्रहण गरिएको ।

– प्रतिनिधि सभातर्फ ज्येष्ठ सदस्यको हैसियतले महन्थ ठाकुरद्वारा शपथ गराइएको र राष्ट्रिय सभातर्फ तारादेवी भट्ट (ज्येष्ठ सदस्यको हैसियतले)द्वारा शपथ गराइएको ।

– ज्येष्ठ सदस्य महन्थ ठाकुरद्वारा २०७४ फागुन २० मा राष्ट्रपतिबाट शपथ लिइएको ।


२७. सङ्घीय संरचनाअनुरूपको निर्वाचनपश्चात् गठित प्रतिनिधि सभाको पहिलो बैठक कहिले सञ्चालन भएको हो ?

 वि. सं. २०७४ फागुन २१

– प्रथम बैठकले आफ्नो अन्तरिम कार्यविधि पारित गरेको ।

– ज्येष्ठ सदस्यको हैसियतले महन्थ ठाकुरद्वारा सभा सञ्चालनसम्बन्धी कार्य अघि बढाइएको ।


२८. मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय कहाँ रहेको छ ?

 जेनेभा (स्विजरल्यान्ड)


२९. मनसुनी वायु कति प्रकारका हुन्छन् ?

 दुई (ग्रिष्मकालीन मनसुन र शीतकालीन मनसुन)


३०. आनुवंशिक स्रोतमाथि पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी अभिसन्धि ‘नायोगा अभिसन्धि’मा कहिले हस्ताक्षर भएको हो ?

 सन् २०१० अक्टोबर २९

– जापानको नायोगाामा भएको यो सन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको ।

– जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको यो महासन्धि नेपालको राष्ट्रिय सभा र प्रतिनिधि सभाले अनुमोदन गरेको साथै यस अभिसन्धिमा प्रवेश गर्नेसम्बन्धी पत्र वि. सं. २०७५ पुस १४ (सन् २०१८ डिसेम्बर २८)मा संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेससमक्ष पेस गरिएको ।

– औपचारिक रूपमा पत्र पेस गरेको ९० दिनपश्चात् नेपाल उक्त महासन्धिको पक्ष राष्ट्र बन्न पुगेको ।


१. राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ ?

 नुवाकोटकी भैरवी भूगोल ।

– उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको ।

– यस्तै, द्वितीय स्थान लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले हात पारेको । सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका ।

– प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार रुपियाँ प्रदान गरिएको ।


२. विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति कायम भएको छ ?

८,८४८.८६ मिटर (२९,०३१.७ फिट) ।

– विक्रम संवत् २०७७ मङ्सिर २३ मा नेपाल र चीनद्वारा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको ।

– सगरमाथाको उचाइ नाप्न दुई देशले सहकार्य गरेका थिए ।

– विगत ६५ वर्षदेखि यसको उचाइ ८,८४८ मिटर वा २९,२८.८७ फिट स्वीकारिएको थियो ।


३. राष्ट्रिय योजना आयोगले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि समृद्धि र सुखका कति–कति सूचक तय गरेको छ ?

 समृद्धि ः ३२ र सुख ः २३ ।


४. इन्डोप्यासिफिक क्षेत्रअन्तर्गत कतिवटा देश पर्छन् ?

२४ ।


५. नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल कुन हो ?

यात्री ।


६. स्थानीय तह निर्वाचन–२०७५ मा निर्वाचित सबैभन्दा कम उमेरका स्थानीय तह प्रमुख को हुन् ?

उदयकुमार यादव (२४ वर्ष), (सहिद नगरपालिका, सिरहा) ।


७. नेपालकै पहिलो सहकारी गाउँका रूपमा घोषित गाउँ कुन हो ?

चुहानडाँडा, तेह्रथुम ।


८. सङ्घअन्तर्गत रहेका जिल्ला कार्यालयहरू स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय कहिले गरियो ?

विसं २०७५ साउन १ ।


९. हालै नासाका वैज्ञानिकहरूले अन्तरीक्षमा कुन बिरुवा उमारेका छन् ?

मुला ।

– नासाका अन्तरीक्ष यात्री तथा फ्लाइट इन्जिनियर केट रुविन्सले पहिलोपटक इन्टरनेसनल स्पेस स्टेसनमा उमारिएको मुलाको फसल काटेका । केटले मुलाका २० बिरुवा प्याक गरी सन् २०२१ मा पृथ्वीमा ल्याउन कोल्ड स्टोरेजमा राखेको जनाएका ।

– नासाको यो प्रयोगको नाम ‘प्लान्ट हेविटेट ०२’ राखिएको ।

– यसअघि अन्तरीक्षमा गहुँ उमारिएको थियो ।

– फरक–फरक प्रकारका खाद्यान्न÷तरकारी उमारेर अन्तरीक्षमा कस्ताखालका बिरुवा उमार्न सकिन्छ । जुन लामो समयसम्म रहने अन्तरीक्ष यात्रीहरूका लागि उपयोगी बन्न सक्छ भन्ने कुराको परीक्षण भइरहेको बताइएको ।


१०. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

माल्दिभ्स ।

– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)


११. इन्च्योन रणनीति (२०१३–२०२२ के सँग सम्बन्धित छ ?

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ।


१२. नेपाल सरकारले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालयअन्तर्गत स्थापना गर्ने निर्णय गरेको हो ?

अर्थ मन्त्रालय ।


१३. सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्छ ?

मकवानपुर ।


१४. तमारा छोरी नामक नाच नेपालको कुन जिल्लामा प्रचलित छ ?

लमजुङ ।


१५. जैविक हतियार निधेषसम्बन्धी महासन्धिको नेपाल कतिऔँ पक्ष राष्ट्र हो ?

१७७औँ ।

– (नेपालले विसं २०७३ कात्तिक १९ मा अनुमोदन गरेको ।)


१६. पाउलो रोसी कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?

फुटबल ।

– उनले सन् १९८२ मा इटालीलाई फुटबल उपाधि दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका ।

– एकै वर्ष गोल्डन बुट, गोल्डन बल तथा फिफा वर्ष खेलाडी हुने रोसी अहिलेसम्मकै एक्ला खेलाडी हुन् ।

– रोसीको ६४ वर्षको उमेरमा सन् २०२० डिसेम्बरमा निधन भएको ।


१७. पर्यटनका लागि सँगसँगै भन्ने मूल नाराका साथ राजधानीमा सम्पन्न मिसेस नेपाल टुरिजम–२०२० को उपाधि जित्ने युवती को हुन् ?

मनिता रिसाल बुढाथोकी (बाफल, काठमाडौँ) ।

– (त्यस्तै, मिस टिन टुरिजम–२०२० को उपाधि अस्मिता कालाखेतीलाई ।)


१८. नेपालकै पहिलो मानवअधिकारमैत्री गाउँका रूपमा घोषित गाउँ कुन हो ?

राँचुली गाउँ, कालीकोट ।

– (विसं २०७५ जेठ १७ मा घोषित) ।


१९. सर्वप्रथम नगरगान घोषणा गर्ने नगरपालिका कुन हो ?

तिलोत्तमा नगरपालिका (रूपन्देही) ।


२०. नेपाल सरकारले एक्लै हिमाल आरोहण गर्न नपाइने व्यवस्था कहिले गरेको हो ?

विसं २०७४ पुस १५ ।


२१. अनुपम कारिगरीको नमुना शाश्वतधाम कहाँ पर्छ ?

नवलपुर (नवलपरासी वर्दघाट–सुस्ता पूर्व) ।


२२. नेपालमा इमेललाई सरकारी निकायमा कानुनी मान्यता प्रदान कहिले गरिएको हो ?

विसं २०७५ कात्तिक २६ ।


२३. विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जिपलाइनको निर्माण सुरु कहाँ गरिएको छ ?

कुस्मा (पर्वत) ।

– कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको ।

– हार्नेस जिपलाइन प्रालिले निर्माण गर्ने सुपरम्यान शैलीको जिपलाइनसहितका साहसिक पर्यटकीय संरचनाको २०७७ मङ्सिर २६ मा शिलान्यास गरिएको ।

– सुपरम्यान शैलीमा निर्मित विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको ।

– क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपरम्यानमा सुपरम्यानजस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । नेपालमा क्लासिक शैलीका जिपलाइन योभन्दा लामो भए पनि सुपरम्यान शैलीमा यो विश्वकै दोस्रो लामो भएको जनाइएको ।

– निर्माण कम्पनीका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १ सय ३० किलोमिटर गतिमा बगेर गन्तव्य नजिकिँदै गर्दा बिस्तारै घट्दै जाने गर्छ ।


२४. सन् २०२० डिसेम्बर १० मा मनाइएको ७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको नारा के हो ?

रिकोभर बेटर ः स्टान्ड अप फर ह्युमन राइट्स् ।

– (राष्ट्रिय नारा ः महामारीमा मानवअधिकार ः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार) ।


२५. नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता कहिले भएको हो ?

सन् २०१९ सेप्टेम्बर ३० ।


२६. दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने चिनियाँ नागरिक को हुन् ?

जिया वोयू (सन् २०१८ मे १४) ।


२७. विभाजित भएको करिब दुई वर्ष पुग्नै लाग्दा विवेकशील नेपाली दल र साझा पार्टीबीच पुन ः एकीकरण कहिले भएको हो ?

विसं २०७७ मङ्सिर २४ ।

– मिलन पाण्डेले नेतृत्व गरेको विवेकशील र रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीबीच मङ्सिर २४ मा एकीकरणको औपचारिक घोषणा गरिएको । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी र पुरानै निर्वाचन चिह्न तराजु रहेको ।

– एकीकृत पार्टीको अध्यक्ष मिश्र र संयोजक पाण्डे रहनुभएको ।


२८. राष्ट्रिय योजना आयोगद्वारा २०७७ मङ्सिर २८ मा सार्वजनिक मानव विकास प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?

०.५८७ ।

– नेपालको मानव विकास सूचकाङ्कको मूल्य ०.५८७ पुगेको छ । गत वर्ष यो ०.५७९ थियो । प्रतिवेदनअनुसार लैङ्गिक विकास सूचकाङ्क, लैङ्गिक असमानता सूचकाङ्क र मानव विकास सूचकाङ्कमा नेपाल दक्षिण एसियाका केही देशभन्दा नेपाल अगाडि रहेको छ । आय मापदण्डमा नेपाल पछाडि रहेको भए पनि मानव सम्पत्ति र आर्थिक जोखिम मापदण्ड भने पूरा भएको छ । यससँगै सन् २०२२ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकको सूचीमा प्रवेश गर्न आधार तयार भएको छ ।

– विगत पाँच वर्षदेखि नेपाल मध्यम मानव विकासको सूचीमा रहेको छ । ०.५५० अङ्कभन्दा माथि ०.६९० सम्म एचडीआई हुनुलाई मध्यमस्तर मानिएको छ । सन् १९९८ देखि नेपालले मानव विकास प्रतिवेदन प्रकाशित गर्न थालेको हो ।


२९. समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् ?

स्टेफन हकिङ ।

३०. अन्तर्राष्ट्रिय उडानक्रममा हुने जोखिमबापत विदेशी र नेपाली यात्रुले पाउने बीमालगायतका सुविधा समान हुनेगरी मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो ?

विसं २०७५ मङ्सिर २९ (सन् २०१८ डिसेम्बर १५) ।

– नागरिक उड्डयनसम्बन्धी महŒवपूर्ण सो सन्धि मङ्सिर २९ देखि नेपाली वायु सेवा कम्पनी र यात्रुमा पनि लागू भएको । गत भदौ ७ गते नेपालको संसद्बाट ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्नेसम्बन्धमा व्यवस्था भएको महासन्धि’ पारित भएको र सो महासन्धि नेपालले आइकाओमा बुझाएको ६० दिन भएपछि लागू भएको ।

– यसअघि नेपालले वार्सा महासन्धि र हेग प्रोटोकलअनुसार हवाई बीमा दाबी गर्नुपर्दा प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने गरेकोमा मन्ट्रियल महासन्धि लागू भएपश्चात् सो बीमाबापत एक लाख ६० हजार अर्थात् करिब पौने दुई करोड रुपियाँ पाउने ।

– सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय हवाईयात्रुको सुरक्षासम्बन्धमा क्यानडाको मन्ट्रियलमा पारित नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई मन्ट्रियल महासन्धिका रूपमा चिनिने । सो महासन्धि सन् २००३ देखि कार्यान्वयनमा आएको ।

– संसारभरिका अन्तर्राष्ट्रिय उडानका वायुसेवा र हवाई यात्रुका लागि एउटै नियम र सर्त लागू गराउनु यस महासन्धिको उद्देश्य रहेको ।


१. प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसद्को प्रतिनिधिसभा कहिले विघटन गरियो ?

विक्रम संवत् २०७७ पुस ५ ।

– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सो सिफारिस स्वीकृत भएपश्चात् वर्तमान प्रतिनिधिसभा विघटन हुन पुगेकोे छ ।

– साथै, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम प्रधानमन्त्रीबाट सिफारिस भएबमोजिम राष्ट्रपतिद्वारा ताजा जनादेशमा जान २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन हुनेगरी मिति तोक्नुभएको छ ।

– विसं २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाकोे कार्यकाल अझै दुई वर्ष बाँकी छँदा नै मध्यावधि निर्वाचन हुन लागेको हो ।

– कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट देश आर्थिक तथा अन्य सङ्कटमा परेका बेला खासगरी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक मतमेद चुलिँदै जाँदा प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने निर्णय लिइएको ।

– प्रतिनिधिसभा विघटनसँगै द्विसदनात्मक सङ्घीय व्यवस्थापिकमा अब संविधानतः स्थायी सभा राष्ट्रियसभा मात्र बाँकी रहनेछ ।


२. नेपाल प्रज्ञाप्रतिष्ठानले ‘नेपाल प्रज्ञालङ्कार’ पुरस्कारबाट कसलाई सम्मानित ग¥यो ?

 चिनियाँ प्रोफेसर वाङ हङवेई (पुरस्कार राशि ः तीन हजार अमेरिकी डलर)

– प्रोफेसर वाङलाई भाषा, साहित्य एवम् कूटनीतिको क्षेत्रबाट नेपालको विकासमा योगदान पु¥याएबापत सो सम्मान प्रदान गरिएको ।

– उक्त प्रज्ञालङ्कार विदेशी नागरिकलाई दिइने विशिष्ट प्रज्ञा सम्मान हो ।

– प्रतिष्ठानको ३५औँ प्रज्ञासभाले नेपाल सामाजिकशास्त्र÷संस्कृति÷दर्शनशास्त्र पुरस्कार (राशि ः २ लाख) प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र एवम् नेपाल प्रज्ञा भाषा पुरस्कार (राशि ः २ लाख) प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरिएको ।

– त्यस्तै, एक लाख रुपियौँ राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भुजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गरिएको ।

– त्यसैगरी, दुई÷दुई लाख रुपियाँ राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत आसामका लीलबहादुर क्षेत्री एवम् नेपाल प्रज्ञा पुरस्कार कृष्ण प्रकाश श्रेष्ठलाई प्रदान गरिएको ।


३. विश्वचर्चित फोब्र्स म्यागेजिनद्वारा हालै प्रकाशित बढी कमाइ गर्ने सेलिब्रेटीहरूको सूचीमा पहिलो स्थानमा पर्न सफल व्यक्तित्व को हुन् ?

अमेरिकी टेलिभिजनकर्मी तथा कस्मेटिक व्यवसायी काइली जेनर

– काइलीले यसपटक ५ सय ४० मिलियन डलर कमाइ गरेर अन्य सेलिब्रेटीलाई पछाडि पारेकी ।

– यसैगरी, सबैभन्दा बढी कमाइ गर्ने दोस्रो सेलिब्रेटीमा काइलीकै सौतेनी बहिनी किम कार्डसियनका पति तथा ¥यापर कान्या वेस्ट परेका ।

– त्यसैगरी, सो सूचीमा तेस्रोदेखि पाँचौँ स्थानसम्म क्रमशः चर्चित टेनिस खेलाडी रोजर फेडरर, पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो तथा अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनल मेसी रहेका ।


४. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले सन् २०२० डिसेम्बर १६ मा सार्वजनिक विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन–२०२० अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

१४२औँ ।

– यसअघि सन् २०१८ मा नेपाल १४७औैँ स्थानमा रहेको थियो ।

– प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सूचक ०.५९६ थियो ।

– तर, राष्ट्रिय योजना आयोग र युएनडीपीकै सहकार्यमा २०७७ मङ्सिर २८ गते सार्वजनिक नेपाल मानव विकास सूचकाङ्क प्रतिवेदनले भने नेपालको सूचक ०.५८७ मात्र देखाएको थियो ।

दक्षिण एसियाली राष्ट्रहरूको स्थिति

७२औँ : श्रीलङ्का ।

९५औँ :माल्दिभ्स ।

१२९औँ :भुटान ।

१३१औँ : भारत ।

१३३औँ : बङ्गलादेश ।

१४२औँ : नेपाल ।

१५४औँ : पाकिस्तान ।

१६९औँ :अफगानिस्तान । प्रतिवेदनमा १८९ देश समेटिएका । प्रतिवेदनअनुसार नेपालको औसत आयु ७० वर्ष ८ महिना पुगेको ।

विद्यालयमा बिताउने समय १२ वर्ष ८ महिना रहेको ।

– प्रतिवेदनअनुसार गरिबी जनसङ्ख्याको हिस्सा ३४ प्रतिशत रहेको । १५ वर्ष माथिको जनसङ्ख्यामध्ये रोजगारी प्राप्त जनसङ्ख्याको हिस्सा ८२.६ प्रतिशत रहेको ।

– कुल जनसङ्ख्याको ६५ प्रतिशत हिस्सा कृषिमा आधारित रहेको । त्यस्तै, सेवा क्षेत्रमा संलग्न जनसङ्ख्या १९.९ प्रतिशत रहेको ।

– प्रतिवेदनअनुसार कुल राष्ट्रिय आम्दानीका आधारमा प्रतिव्यक्ति आम्दानी तीन हजार ४५७ डलर पुगेको ।


५. राष्ट्र बैङ्कका अनुसार व्यक्तिगत आवधिक कर्जामा कति अवधिसम्म बैङ्कहरूले स्थिर व्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरिएको छ ?

७ वर्ष ।

– (त्यसपछि कर्जा अवधि बाँकी रहेमा हरेक पाँच वर्षमा व्याजदार परिवर्तन गर्न सकिने व्यवस्था राष्ट्र बैङ्कले गरेको ।)


६. हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित डान्स रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालको उपाधि जित्न सफल प्रतिभा को हुन् ?

सुमी मोक्तान र बिजु पार्की ।

(उपाधिसँगै मोक्तान र पार्कीको जोडीले २० लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर प्राप्त गरेको ।)


७. सरकारले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७ कहिले सार्वजनिक गरेको हो ?

विसं २०७७ पुस २ ।

(जलस्रोतको बहुआयामिक, समन्यायिक एवम् दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रूपान्तरण गर्ने सोचका साथ राष्ट्रिय जलस्रोत नीति ल्याइएको ।)


८. सन् २०२० डिसेम्बरमा ओमानको मस्कटमा भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को ३९औँ साधारणसभाले सन् २०३० को एसियाली खेलकुद प्रतियोगिता कहाँ आयोजना गर्ने भएको छ ?

कतारको राजधानी दोहा ।

– यसैगरी, सन् २०३४ को एसियाली खेलकुद प्रतियोगिता साउदी अरेबियाको राजधानी रियादमा आयोजना गरिने भएको ।

– ओसिएको ३९औँ साधारणसभामा आयोजक राष्ट्र चयन गर्न भएको मतदानमा कतारले सर्वाधिक २७ मत प्राप्त गरेको थियो भने अर्को दाबेदार साउदी रियादले १० मत प्राप्त गरेको थियो । ८ मत तटस्थमा रहेको थियो ।

– दोहाले पछिल्लोपटक सन् २००६ मा एसियाली खेलकुदको आयोजना गरेको थियो ।

९. अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाउने गरिन्छ ?

डिसेम्बर १८ ।

– (आप्रवासीहरू माथि देश, जाति, धर्म, भाषा आदिका आधारमा हुने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घबाट डिसेम्बर १८, १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्वन्धी महासन्धि १९९० पारित भएको दिनको सम्झनामा डिसेम्बर १८ का दिन यो दिवस मनाइँदै आएको ।)


१०. म्याग्दीस्थित राहुघाट–मङ्गले जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

३५.५ मेगावाट ।

– (सो आयोजनाको २०७७ मङ्सिरमा शिलान्यास गरिएको ।)


११. नेपालको पहिलो वैज्ञानिक भनी कसलाई चिनिन्छ ?

गेहेन्द्रशमशेर ।

– (यिनले आफ्ना सहयोगीका साथ बन्दुक, तोप, स्वचालित मोटरलगायतका वस्तु बनाएका थिए ।)


१२. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?

प्रकाशको आवर्तन ।

– (फरक माध्यममा प्रकाशको गति फरक–फरक हुने भएकाले प्रकाशको आवर्तन हुन्छ ।)


१३. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरणहरू छुट्ट्याउने प्रक्रियालाई के भनिन्छ ?

प्रकाश विच्छेदन ।


१४. प्रतिसेकेन्डमा उत्पन्न हुने जम्मा तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?

आवृत्ति ।


१५. न्युक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी) को स्थापना कहिले भएको हो ?

सन् १९७४ मे ।


१६. कुन–कुन जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर ऋणात्मक थियो ?

दोस्रो र तेस्रो ।

– (सबैभन्दा उच्च वृद्धिदर विसं २०३८ को जनगणनामा रहेको ।)


१७. एसियाली विकास बैङ्कको स्थापना कहिले भएको हो ?

सन् १९६६ डिसेम्बर १९ ।

– एडीबीमा सुरुमा ३१ राष्ट्र संलग्न रहेकोमा हाल एसियाका ४८ र अन्य १९ गरी ६७ राष्ट्र सदस्य रहेका ।

– यसको प्रधान कार्यालय फिलिपिन्सको मनिलामा रहेको ।

– सन् २०१५ को सुरुमा एडीबीमा जापानको १५.७ प्रतिशत, अमेरिकाको १५.६ प्रतिशत, चीनको ६.५ प्रतिशत, भारतको ६.५ प्रतिशत तथा अस्ट्रेलियाको ५.८ प्रतिशत लगानी रहेको ।


१८. विसं २०७७ मङ्सिरमा सम्पन्न काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १८औँ संस्करणमा अन्तर्राष्ट्रिय क्याटागोरीमा उत्कृष्ट फिल्मको उपाधि (पुरस्कार राशि २ लाख) जित्ने फिल्म कुन हो ?

द सिल्होटेज ।

– अन्तर्राष्ट्रिय विधामा ‘द विलभ्ड डटर’ ले फस्र्ट रनर अप (१ लाख ५० हजार राशि) र ‘बाटो’ले सेकेन्ड रनरअपको अवार्ड (एक लाख राशि) जितेका ।

– त्यस्तै, नेपाल पानोरमाअन्तर्गत ‘सङ्स अफ क्लाउडस्’ले बेस्ट नेपाली फिक्सन स्टोरी फिल्मको अवार्ड (एक लाख राशि) जितेको ।


१९. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुुन हो ?

चिल्का ताल (भारत) ।


२०. नेपालमा हात्तीपोलो प्रतियोगिता कहिलेदेखि सुरु भएको हो ?

सन् १९८२ ।


२१. नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ?

बाग्लुङ ।


२२. फिफा सर्वश्रेष्ठ खेलाडी (पुरुष)–२०२० घोषित हुन सफल खेलाडी को हुन् ?

पोल्यान्डका रोवर्ट लेवान्डोस्की ।

– त्यस्तै, इङ्ग्ल्यान्डकी लुसी ब्रोन्ज सर्वश्रेष्ठ महिला फुटबल खेलाडी घोषित भएकी ।

– लिभरपुलका युर्गेन क्लप सर्वश्रेष्ठ प्रशिक्षक घोषित भएका । उनले लगातार दोस्रोपटक सर्वश्रेष्ठ प्रशिक्षकको उपाधि जितेका ।

– नेदरल्यान्डलाई सन् २०१९ मा विश्वकपको फाइनलमा पु¥याउने सरिना विगम्यान सर्वश्रेष्ठ महिला प्रशिक्षक घोषित भएकी ।

– उत्कृष्ट गोलरक्षकको उपाधि जर्मनीका म्यानुअल नुअर र फ्रान्सकी सराह वाउहाडीले प्राप्त गरेका ।

– टोटेनहामबाट खेल्ने दक्षिण कोरियाका सन हियुङ मिनले बर्नलीविरुद्ध गरेको गोल सर्वश्रेष्ठ गोल घोषित भएको ।

– म्यानचेस्टर युनाइटेड तथा इङ्ग्ल्यान्डका फरवार्ड मार्कस ¥यासफर्डलाई बालबालिका एवम् गरिबी उन्मूलन अभियान चलाएको भन्दै

सम्मान गरिएको ।


२३. ‘०’ डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ भने ‘०’ डिग्री अक्षांश रेखालाई के भनिन्छ ?

 भूमध्यरेखा ।


२४. विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुुन हो ?

 अफ्रिका ।


२५. विश्वमा सबैभन्दा बढी भाषा बोलिने देश कुन हो ?

 भारत ।


२६. साप्टा, बिम्सटेक, ट्रिप्स र साफ्टामध्ये विश्व व्यापार सङ्गठन

(डब्लूटीओ) सँग कुन सम्बन्धित छ ?

 ट्रिप्स ।


२७. यस वर्ष (२०७७) को विकल्प वाङ्मय साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?

 वरिष्ठ भाषासेवी शान्तदास मानन्धर ।

– (त्यस्तै, रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्यचिन्तक आहुति एवम् रमेश विकल कला सङ्गीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको ।)


२८. विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा स्वीस फाउन्डेसनद्वारा प्रदान गरिएको ‘वल्र्ड हेल्थ अवार्ड २०२०’ बाट सम्मानित हुन सफल नेपाली चिकित्सक को हुनुहुन्छ ?

 चिकित्सकद्वय डा. पशुपति महत र डा. अरूणराज कुँवर ।

– स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्ने डाक्टरलाई दिइने यो अवार्ड प्राप्त गर्ने उहाँहरू पहिलो नेपाली चिकित्सक हुनुहुन्छ ।

– डा. महत नेप्लिज एसोसिएसन अफ क्लिनिकल साइकोलोजिस्टका अध्यक्ष हुनुहुन्छ भने कुँवर कान्ति बाल अस्पतालमा बाल मानसिक रोग युनिटमा कार्यरत हुनुहुन्छ ।


२९. सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन् ?

 बझाङ ।


३०. चीनको साङ्घाईमा आयोजना गरिएको इसीआई अवार्ड २०२० समारोहमा इसीआई मार्केटिङ इनोभेसन अवार्ड जित्ने नेपाली संस्था कुन हो ?

 आउटरिच नेपाल ।

– (यो अवार्ड आउटरिचले गरेको बेसिक ह्युम्यानिटी प्रचार अभियानका लागि प्रदान गरिएको कम्पनीको जनाएको ।)


१. ‘टाइम्स पर्सन अफ दि इयर–२०२०’ घोषित हुन सफल व्यक्तित्व को हुन् ?

 नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ।

– अमेरिकास्थित टाइम्स पत्रिकाले पहिलोपटक सन् १९२७ मा चाल्र्स

लिन्डवर्गलाई ‘टाइम्स पर्सन अफ दि इयर’ घोषित गरेको ।

– टाइम्स पत्रिकाद्वारा सन् १९४९ मा विन्स्टन चर्चिललाई ‘म्यान अफ दि हाफ सेन्चुरी’, सन् १९८९ मा मिखायल गोर्भाचोभलाई ‘म्यान अफ दि डिकेड’ एवम् सन् १९९९ मा अल्बर्ट आइन्स्टाइनलाई ‘पर्सन अफ दि सेन्चुरी’ घोषणा गरेको ।

– टाइम्स पत्रिकाले सन् २०१९ मा वातावरण अभियन्ता १६ वर्षीया गे्रटा थनवर्गलाई टाइम्स वर्ष व्यक्ति घोषणा गरेको ।


२. सन् २०२० जनवरी १२ मा नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता प्राप्त गर्ने विदेशी व्यक्तित्व को हुन् ?

 उम डङ्गिल


३. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान नाष्टद्वारा निर्माण गरिएको पहिलो ‘ह्युमोनोइड एआई रोबोट’ कुन हो ?

 यान्त्रिका रोबोट ।

– (विक्रम संवत् २०७७ कात्तिक ३ मा सार्वजनिक गरिएको ।)


४. अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस कहिले मनाइन्छ ?

 डिसेम्बर ५ ।


५. निजामती सेवामा रहेको आरक्षणसम्बन्धी व्यवस्था कति वर्षमा पुनरावलोकन गर्नुपर्ने प्रावधान रहेको छ ?

 प्रत्येक १० वर्षमा ।

– (नेपालको निजामती सेवामा आरक्षणको व्यवस्था निजामती सेवा नियमावलीमा दोस्रो संशोधन गरी विसं २०६४ देखि प्रारम्भ गरिएको हो ।)


६. ‘इतिहासविना राजनीतिको कुनै जरा हुँदैन र राजनीतिविना इतिहासको कुनै फल हुँदैन’ भन्ने विद्वान् को हुन् ?

 सीले ।


७. नेपालको संविधान (२०७२) अनुसार शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा कसमा हुनेछ ?

 मन्त्रिपरिषद् ।


८. ‘राना थारू’लाई आदिवासी÷जनजाति सूचीमा समावेश कहिले गरिएको हो ?

 विसं २०७७ जेठ ५ ।

– योसँगै आदिवासी, जनजातिको सूचीमा सूचीकृत सङ्ख्या ६० पुगेको ।

– राना थारूलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न मन्त्रिपरिषद्ले विसं २०७६ माघ २० मा निर्णय गरेको थियो ।


९. अमेरिकाको प्रतिष्ठित सम्मान ‘लिजन अफ मेरिट’ अवार्डबाट सम्मानित राजनीतिज्ञ को हुन् ?

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (सन् २०२० डिसेम्बर) ।

– यो अवार्ड अन्य देशका प्रमुखलगायत अमेरिकी सेनाका अधिकारीहरूलाई प्रदान गर्ने गरिन्छ ।

– मोदीले भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याएको योगदान तथा भारत अमेरिकाको सम्बन्धलाई बलियो बनाउन उल्लेख भूमिका निर्वाह गरेको भनी यो अवार्ड प्रदान गरिएको ।

– यो सम्मानका लागि डोनाल्ड ट्रम्प आफैँले प्रधानमन्त्री मोदीको नाम प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्री मोदीबाहेक ट्रम्पले यो सम्मान अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई दिइसक्नुभएको छ । ती दुवै देशसँग पनि अमेरिकाको राम्रो सम्बन्ध रहेको छ । चीनको चुनौतीलाई परास्त गर्न अमेरिकाले भारत, जापान र अस्ट्रेलियासँग मिलेर क्वार्डको गठन पनि गरेको छ ।


१०. निजामती कर्मचारीहरूले एकैप्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?

 विसं २०६८ साउन १ ।


११. नेपालको कुन ठाउँमा सहकारी सङ्ग्रहालय स्थापना गरिने भएको छ ?

 चितवन ।

– (नेपालकै पहिलो सहकारी संस्था ‘बखान बहुउद्देश्यीय सहकारी संस्था’ मा राष्ट्रिय सहकारी सङ्ग्रहालय निर्माण प्रक्रिया अघि बढाइएको ।)


१२. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) को पहिलो शाखा कहाँ विस्तार गरिएको छ ?

 महेन्द्रनगर ।

– (नास्टको ३४ वर्षको इतिहासमा पहिलोपटक सुदूरपश्चिम प्रदेशमा शाखा कार्यालय खोलिएको ।)


१३. विश्वको सबैभन्दा पुरानो टेनिस प्रतियोगिता कुन हो ?

 विम्बल्डन टेनिस प्रतियोगिता ।

– (सन् १८७७ मा अल इङ्ग्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलोपटक खेलिएको ।)


१४. काठमाडौँको चोभारमा निर्माण गर्न थालिएको सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा कुन अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने भएको छ ?

 विश्व बैङ्क ।


१५. बहुमूल्य धातुु रत्न, पत्थर कटिङ तथा पोलिसिङका लागि कुन–कुन जिल्लामा रत्न पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना गरिएको छ ?

 धादिङ, सुर्खेत र डोटी ।


१६. सर्वोच्च अदालतले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन को समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ?

 राष्ट्रपति ।


१७. नयाँ राष्ट्रिय स्वास्थ्य नीति कहिले सार्वजनिक भएको हो ?

 विसं २०७६ असार १६ ।

– स्वास्थ्य सेवालाई सर्वसुलभ, प्रभावकारी तथा गुणस्तरीय बनाउन जनसङ्ख्या, भूगोल र सङ्घीय संरचनाअनुसार दक्ष जनशक्तिको विकास तथा विस्तार गर्ने उद्देश्यका साथ यो नीति ल्याइएको ।

– यो नीति स्वास्थ्य प्रणालीको विकासको मार्गचित्रका रूपमा रहेको ।


१८. नाइजेरियामा गएको एक दशकमा आतङ्कवादी गतिविधिका कारण कति नागरिक बेपत्ता हुन पुगेका छन् ?

 २२ हजार ।

– एक दशक अघि आतङ्कवादी सड्ढठन बोकोहरामले आक्रमण सुरु गरेदेखि हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका ।

– अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) ले सन् २०१९ सेप्टेम्बर १२ मा सार्वजनिक गरेको प्रतिवेदनमा यो तथ्य उजागर भएको । यति ठूलो सङ्ख्यामा बेपत्ता नागरिकको सूची सार्वजनिक भएको यो पहिलो हो ।

– सन् २००९ देखि नाइजेरियामा बोकोहरामले सशस्त्र हिंसात्मक आन्दोलन चलाएको छ, जसका कारण २७ हजारको मृत्यु भइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।


१९. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ?

 नेपाल (सन् २०२० मार्च) ।

– (एसिया प्यासिफिक क्षेत्रको ४५औँ सम्मेलनमा तीन सय विदेशी पाहुनासहित चार सयजनाको सहभागिता रहेको ।)


२०. जलविद्युत् क्षेत्रको विकासमा विदेशी लगानी भिœयाउन अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा हुने जोखिम न्यूनीकरण गर्न स्थापना गरिएको फण्ड (कोष) लाई के भनी चिनिन्छ?

 हेजिङ फण्ड ।

– (फण्डको स्थापनापश्चात् विदेशी मुद्रा घटबढको जोखिम यही फन्डमार्फत बेहोरिने । फण्डले विदेशी लगानी बढाउन सहयोग पुग्ने विश्वास गरिएको ।)


२१. एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ?

 पु्रक वातावरणीय प्रभाव मूल्याङ्कन ।


२२. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

 विसं २००२ असोज १ ।

– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी विसं २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।

– पहिलोपटक रु. १ सय, रु. १० र रु. ५ दरका कागजी नोट जारी गरिएको थियो ।

– सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटहरूमा दस्तखत गर्ने खजान्ची जनकराज थिए ।


२३. प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिष्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्राप्त गर्ने नेपाली एयरलाइन्स कुन हो ?

 हिमालय एयरलाइन्स ।

– नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले सन् २०२० सेप्टेम्बरमा सो प्रमाणपत्र प्राप्त गरेको ।

– आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण सड्ढठन (आईएसओ) द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो ।


२४. क्यानडाको फ्रेजर इन्स्टिच्युट र समृद्वि फाउन्डेसनको सहकार्यमा सार्वजनिक (सन् २०२० सेप्टेम्बर १० मा) आर्थिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन–२०२० मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 १०९औँ ।

– १६२ देश समेटी तयार पारिएको सो प्रतिवेदनअनुसार हङकङ, सिड्ढापुर, न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड र अमेरिका उत्कृष्ट पाँच मुलुकअन्तर्गत पर्न सफल भएका ।

– अफ्रिकी गणतन्त्र सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएको मुलुकमा परेको । सोपश्चात् त्रमशः प्रजातान्त्रिक गणतन्त्र कड्ढो, जिम्बावे, गणतन्त्र कड्ढो, अल्जेरिया र इरान रहेका ।

– आर्थिक स्वतन्त्रता निर्धारणसँग सम्बन्धित विभिन्न सूचकमध्ये नेपाल ऋण, श्रम र व्यवसायको नियमन सूचकमा ७१औँ, कानुनी प्रणाली र सम्पत्ति अधिकारसम्वन्धी सूचकमा १०४औँ, स्वतन्त्रतापूर्वक

अन्तर्राष्ट्रिय व्यापार गर्न सक्ने सूचकमा १११औँ एवम् नगदको पहुँचसम्बन्धी सूचकमा १३७औँ स्थानमा रहेको । आर्थिक स्वतन्त्रता मापनका लागि निर्धारण गरिएको १० अङ्कमध्ये नेपालले ६.४८ अङ्क प्राप्त गरेको ।

– आर्थिक स्वतन्त्रतासम्बन्धी सूचक–२०१९ मा नेपाल ११०औँ स्थानमा थियो ।


२५. औद्योगिक व्यवसाय ऐन–२०७६ अनुसार आफ्नो उत्पादनको कति प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई ‘निर्यातमूलक उद्योग’ भनिन्छ ?

 ४० प्रतिशत (ऊर्जामूलक उद्योगबाहेक) ।


२६. सरकारले किसान वर्गीकरण परिचयपत्र वितरणका लागि पहिलो चरणमा छनोट गरेका (सात प्रदेशका एक÷एक) जिल्ला कुन–कुन हुन् ?

 झापा (प्रदेश–१), पर्सा (प्रदेश–२), काभ्रे (बाग्मती), कास्की

(गण्डकी), कपिलवस्तु (प्रदेश–५), सुर्खेत (कर्णाली) र कञ्चनपुर

(सुदूरपश्चिम) ।

– केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कलाई आधार मानी एक घरबाट एकजनालाई परिचयपत्र प्रदान गरिने ।

– किसान वर्गीकरण परिचयपत्र वितरण २०७६ साउनदेखि गरिएको ।

नेपालमा किसान परिचयपत्र वितरण कार्यको सुरुवात भने आर्थिक वर्ष

– २०७१÷०७२ देखि भएको ।


२७. प्रशासकीय अदालत ऐन–२०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुड्ढो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवाबाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदनसम्बन्धमा के व्यवस्था रहेको छ ?

 पुनरावेदन खारेज नहुने (अन्तिम किनारा गर्नुपर्ने) ।


२८. सर्वप्रथम एटीएम कार्ड सेवा सुरुवात गर्ने बैङ्क एभरेष्ट बैङ्क हो भने इन्टरनेट बैङ्किङ सुरुवात गर्ने बैङ्क कुन हो ?

 कुमारी बैङ्क ।

– क्रेडिट कार्ड सुरुवात गर्ने पहिलो बैङ्क ः हिमालय बैङ्क) ।


२९. सार्वजनिक निकायले सेवाग्राहीलाई सूचना प्रदान गर्न अनिवार्य रूपमा सामाजिक सञ्जालको प्रयोेग गर्नुपर्ने व्यवस्था कहिलेदेखि लागू गरिएको हो ?

 विसं २०७५ साउन २८ ।


३०. बजेट तर्जुमाका लागि सातवटै प्रदेशमा मन्त्रालयगत बजेट सूचना प्रणाली प्रयोगमा ल्याउनेसम्बन्धमा मन्त्रिपरिषद्बाट स्वीकृति कहिले भएको हो ?

 विसं २०७६ वैशाख ५ (आव २०७६÷७७ देखि) ।


१. बेलायतको संसद्ले युरोपेली युनियनसँग ब्रेक्जिट व्यापार सन्धिलाई कहिले पारित गरेको हो ?

सन् २०२० डिसेम्बर ३० ।


२. ब्रेक्जिटपछिको बेलायतमा बस्न अनिच्छा प्रकट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका पिताले कुन देशको नागरिकता प्राप्तिका लागि आवेदन दिनुभएको छ ?

फ्रान्स ।

बोरिस जोन्सनका पिता स्टेनले जोन्सनले सन् २०२० डिसेम्बर ३१ मा सो धारणा व्यक्त गर्नुभएको । उहाँको आमाको जन्म फ्रान्समा भएको थियो । स्टेनले जोन्सनले सन् २०१६ को जनमत सङ्ग्रहमा बेलायत युरोपेली सङ्घमा आबद्ध हुनुपर्ने पक्षलाई समर्थन गर्नुभएको थियो । उहाँले आफू सधैँ युरोपेली नै रहने बताउँदै भन्नुभएको छ, ‘यो निश्चित हो कि तपार्इं मलाई बेलायती भन्न सक्नुहुन्न ।’


३. २०७७ पुसमा दाङमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

प्रदेश १ ।

(प्रदेश १ ले डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलाई ६ रनले हराएको । उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख एवम् उपविजेता एपीएफले तीन लाख प्राप्त गरेका ।)


४. भारतमा कोरोनाविरुद्धका कुन–कुन दुई खोपलाई प्रयोगका लागि स्वीकृति प्रदान गरिएको छ ?

सेरम इन्स्टिच्युट अफ इन्डिया र भारत बायोटेकका खोप ।

यी दुई खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको ।

खोपले कुनै हानि नगरे पनि केही सहायक असर गर्न सक्ने अधिकारीले जनाएका ।

सेरमको खोपले यही २०२१ जनवरी १ र २ तारिखमा तोकिएको मापदण्ड पूरा गरेको भारतीय औषधि नियन्त्रकको कार्यालयले जनाएको ।

भारत बायोटेकको खोप आईसीएमआर र नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीद्वारा संयुक्त रूपमा विकास गरिएको पनि अधिकारीले जनाएका ।

सेरम र भारत बायोटेकको खोप दुई डोज लगाउनुपर्नेछ भने यो खोप दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डार गर्न सकिनेछ ।

सामान्य वा नियमित अवस्थामा भने यो खोप प्रयोग गर्न प्रतिबन्ध लगाइएको । यसको विकास र परीक्षणको कार्य अझै पनि जारी रहेको अधिकारीले जनाएका ।

त्यसैगरी, चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युट लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोना भाइरसविरुद्धको खोप चीन र भारतमा प्रयोग गर्न अनुमति दिइएकोे । उक्त कम्पनीद्वारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको ।


५. अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस कहिले मनाइन्छ ?

जनवरी १ ।

सन् २०१४ देखि जनवरी १ का दिन नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही अगुवाहरूबाट २०७० सालदेखि हरेक वर्ष जनवरी १ मा टोपी दिवस र पुस १७ गते राष्ट्रिय पोसाक दिवस मनाउन सुरु गरिएको ।


६. एउटै परिवारका १२ जना दाजुभाइ र दिदीबहिनीको उमेरको योग सर्वाधिक भई विश्व कीर्तिमान राख्न सफल परिवार कुन हो ?

डी क्रुज ।

१२ जना दाजुभाइ र दिदीबहिनीको कुल उमेर एक हजार ४२ वर्ष पुगेको एक परिवारले गिनिज वल्र्ड रेकर्ड राख्न सफल भएको ।

गिनिजका अनुसार डी क्रुज परिवारका तिनीहरूको उमेर ७५ देखि ९७ वर्षसम्म रहेको । सन् २०२० डिसेम्बर १५ का दिन जीवित १२ जना दाजुभाइ र दिदीबहिनीको सम्पूर्ण उमेर जोड्दा विश्व कीर्तिमान नै कायम भएका कारण गिनिजले प्रमाणपत्र प्रदान गरेको ।

पाकिस्तानमा जन्मेका ती दाजुभाइ दिदीबहिनी हाल अमेरिका, बेलायत, स्वीट्जरल्यान्डलगायतका देशमा रहेका ।


७. नेपाल टेलिकमले एटीटीभी ब्राण्डमा फाइबर टु द होममार्फत आईपी टीभी सेवा सञ्चालन कहिलेदेखि गरेको हो ?

विक्रम संवत् २०७७ पुस १७ ।

हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा अब आईपी टीभी सेवा पनि थप गर्न लागेको ।

एटीटीभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच चाहिने कम्पनीले जनाएको ।


८. एसिया प्रशान्त क्षेत्रका १५ राष्ट्रहरूद्वारा ‘आरसीईपी’ नामक व्यापारिक सम्झौता कहिले गरिएको हो ?

सन् २०२० नोभेम्बर १५ ।

सम्झौता गर्नेमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसमेत रहेका ।

युरोप, अमेरिका र मेक्सिको बीच पनि यस्तै प्रकृतिको व्यापारिक सम्झौता गरिएको ।

आरसीईपीको धारणा चीनले ल्याएको ।


९. त्रिमूर्ति निकेतनले देवकोटा काव्य पुरस्कार (२०७७) कसलाई प्रदान ग¥यो ?

कवि शैलेन्द्र साकार ।


१०. नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ?

खड्गशमशेर ।


११. आदिप्रयाग भनेर कुन क्षेत्रलाई बुझिन्छ ?

देवघाट ।


१२. नेपालमा पर्यटक प्रहरीको व्यवस्था कहिलेदेखि भएको

हो ?

विसं २०३५ ।


१३. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?

दोलखा ।

– सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुड्ढामा सातवटा अद्भुत र आकर्षक कुण्ड रहेका ।

– सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णिमाजस्ता चाडमा ठूलो मेला लाग्ने गरेको ।


१४. चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण कहिले गरिएको हो ?

विसं २०७६ पुस ६ ।


१५. सन् २०२० डिसेम्बरमा आयोजित सकर अवार्डमा ‘प्लेयर अफ द सेन्चुरी’ को अवार्ड जित्न सफल फुटबलर को हुन् ?

क्रिस्टियानो रोनाल्डो ।

सन् २००१ देखि २०२० भित्र पाएको सफलताका आधारमा उनलाई विजेता चुनिएको ।

त्यसैगरी, म्यानचेस्टर सिटीका मेनेजर पेप गार्डियोलालाई उत्कृष्ट कोचको अवार्ड प्रदान गरिएको ।

त्यस्तै, स्पेनी ला लिगा क्लब रियल मेड्रिडलाई ‘क्लब अफ द सेन्चुरी’को अवार्ड प्रदान गरिएको ।

त्यसैगरी, २०२० वर्षका उत्कृष्ट पुरुष फुटबलरमा बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, वर्ष उत्कृष्ट कोचमा वार्यनकै हान्सी फ्लिक एवम् वर्षको उत्कृष्ट टिम अवार्ड बायर्नले प्राप्त गरेका ।


१६. विश्वव्यापार सड्ढठनमा नेपाल (डब्लुटीओ) को व्यापार नीतिको समीक्षा पहिलोपटक कहिले गरियो ?

सन् २०१२ ।

– नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको । यसैगरी, नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने ।

– (डब्लुटीओ) मा अल्पविकसित सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको ।


१७. नागरिक स्वस्थताका आधारमा सफलता मापन गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

न्युजिल्यान्ड ।


१८. नेपालमा ज्येष्ठ नागरिक दिवस कहिलेदेखि मनाउन सुरु

गरिएको हो ?

विसं २०६२ ।


१९. हालको निजामती किताबखानाले गर्ने काम पहिला कुन अड्डाले गथ्र्यो ?

कमाण्डरी किताबखाना ।


२०. नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको जन्म कहाँ भएको हो ?

काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिकादेवीका कान्छा छोराका रूपमा विसं १८४५ पौष १५ गते उनको जन्म भएको थियो । उनको बुबा पट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा हुन् । उनी नेपाली सेनाको पुरानो गोरख गणको कप्तान थिए । यिनी नेपाल ब्रिटिस युद्धमा नालापानीको रक्षार्थ नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । उक्त युद्धमा नेपालीको हार भए पनि नेपाली वीरताको कदर गर्दै अङ्ग्रेज फौजले हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।

राष्ट्रिय विभूति बलभद्रको विसं १८७९ चैत २८ मा निधन भएको थियो ।


२१. राष्ट्रिय विभूति बलभद्र कुँवरको सालिकसहितको पार्क निर्माण कहाँ गरिएको छ ?

धुलिखेल नपा–९, देवीस्थान (काभ्रे) ।


२२. उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक भेटवार्ता कहिले भएको हो ?

सन्् २०१८ अप्रिल २७ ।


२३. बायो भिलेज नमुना कार्यक्रम सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो ?

तनहुँ ।


२४. नेपाललाई पहिलोपटक कुन सविधानले हिन्दु राज्यका रूपमा घोषणा गरेको थियो ?

नेपालको संविधान–२०१९ ।


२५. सन् २००५ मा इराकमा भएको आन्दोलनलाई के नामले चिनिन्छ ?

पर्पल रिभोलुसन ।


२६. भारतबाट आयात हुने इन्धन बीचबाटोमा चुहावट नहोस् भन्ने उद्देश्यसाथ ‘लकिङ प्रणाली’को व्यवस्था कहिलेदेखि गरिएको हो ?

विसं २०७५ वैशाख ११ ।


२७. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

विसं २०७४ मङ्सिर १ ।


२८. काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि द्रुत कार्यान्वयन टोली (क्विक एक्सन टिम)को गठन कहिले

गरिएको हो ?

विसं २०७४ मङ्सिर १ ।


२९. युरोपेली सङ्घ दिवस कहिले मनाइन्छ ?

मे ९ ।


३०. प्रशासकीय पुनर्गठन योजना आयोग–२०१३ कसको अध्यक्षतामा गठित आयोग हो ?

टङ्कप्रसाद आचार्य ।

प्रस्तुतकर्ता  :टङ्क केसी


१. बागमती सरसफाइ महाअभियान कहिलेदेखि चार सयौँ हप्तामा प्रवेश गरेको छ ?

विक्रम संवत् २०७७ पुस २५ ।

– विसं २०७० जेठ ५ देखि सुरु भएको बागमती सफाइ अभियानक्रममा हालसम्म २० हजार मेट्रिकटनभन्दा बढी फोहोर नदीबाट झिकिएको छ ।

– काठमाडौँको गोकर्णदेखि चोभारसम्म नदीकिनारमा ढल बनाउने काम सम्पन्न गरेको कागमती नदी सभ्यता एकीकृत विकास समितिले जनाएको । यो अभियानमा काठमाडौँ महानगरले पनि हातेमालो गरिरहेको ।

– सुन्दरीजलदेखि गोकर्णसम्मको करिब सात किलोमिटर क्षेत्रमा कागमती नदीलाई पुरानै वहावक्षेत्रमा फर्काइएको । विसं २०२१ को नापी नक्साका आधारमा नदीलाई फर्काउँदा स्थानीय जग्गा धनीले एक हजार एक सय रोपनी जमिन पाए । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र नेपाली सेनाबीच २०६६ पुस १९ मा बागमतीलाई पुरानै धारमा फर्काउनेबारे सम्झौता

भएको थियो ।


२. २०७६ सालको हरितारा चलचित्र पुरस्कार कसलाई प्रदान गरियो ?

गीतकार सहदेव ढुड्ढाना ।

– (२०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरएको थियो ।)


३. विश्व बैङ्कले विसं २०७७ पुस २१ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

०.६ प्रतिशत ।

– आगामी आर्थिक वर्षमा भने नेपालको अर्थतन्त्रमा सुधार आई २.५ प्रतिशतसम्म पुग्न सक्ने प्रक्षेपण पनि सोही बैङ्कले गरेको ।

– प्रतिवेदनले दक्षिण एसियाली मुलुकमध्ये भारत र भुटानको वृद्धिदर क्रमशः ९.६ प्रतिशत र ०.७ प्रतिशतले नकारात्मक रहने उल्लेख गरेको । बड्ढलादेशको वृद्धिदर १.६ प्रतिशत र पाकिस्तानको ०.५ प्रतिशत रहने विश्व

बैङ्कको अनुमान रहेको ।

– सन् २०२१ मा समग्र दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर औसतमा ३.३ प्रतिशत पुग्न सक्ने

अनुमान बैङ्कको रहेको ।


४. सहकारी विभागले २०७७ पुस २० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा हाल सहकारीको सङ्ख्या कति छ ?

२९ हजार ८८६ ।


५. बिम्स्टेकको सचिवालय कहाँ छ ?

ढाका (बड्ढलादेश)


६. नेपालमा सबभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?

अन्नपूर्ण संरक्षण क्षेत्र ।


७. एसियाली विकास बैङ्क (एडीबी) ले नेपालका लागि कति वर्षे रणनीति (कन्ट्री पार्टनरसिप स्ट्राटेजी सीपीएस) सार्वजनिक गरेको छ ?

पाँचवर्षे ।

– एडीबीले नेपालसँगको सहकार्यमा सन् २०२० देखि २०२४ सम्मका लागि तयार गरेको रणनीतिले आगामी दिनमा नेपालको आर्थिक तथा सामाजिक विकासमा महŒवपूर्ण योगदान पुग्ने विश्वास एडीबीको रहेको ।

– खासगरी लगानी पूर्वाधार विकास, सुधारिएको सेवा र वातावरणीय दिगोपन गरी तीन क्षेत्रमा केन्द्रित सो रणनीतिले नेपालको उच्च आर्थिक वृद्धि, गरिबी निवारण, जीवनस्तर सुधारलगायतमा सहयोग पुग्ने

एडीबीले जनाएको ।

– सन् २०१९ अक्टोबर ११ मा बसेको बोर्ड बैठकले

सो रणनीति पारित गरेको ।


८. नेपालमको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?

शैलजा आचार्य ।


९. नेपोलियन बोनापार्टको पतनपछि कुन शान्ति सन्धिमा हस्ताक्षर भएको थियो ?

पेरिस सन्धि ।


१०. सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भएको हो ?

विसं २०७५ पुस १६ र १७ गते ।

– जलवायु अनुकूलन र यसबाट उत्पन्न असर न्यूनीकरणका लागि राष्ट्रिय जलवायु सम्मेलनले १० बुँदे गुफाडाँडा घोषणापत्र जारी गरेको ।

– जलवायु परिवर्तन तथा यसले पारेको असरबारे वैज्ञानिक खोज एवम् अनुसन्धानलाई प्रोत्साहन गर्दै जनचेतना अभिवृद्धिमा जोड दिने गुफाडाँडा घोषणापत्रमा उल्लेख छ । जलवायु परिवर्तन र यसको प्रभावबारे वैज्ञानिक तथ्य एवम् वास्तविकताको पहिचानका लागि हरेक गाउँपालिका र नगरपालिकामा जलवायु मापनकेन्द्र स्थापनाको पहल गर्ने गुफाडाँडा सम्मेलनले घोषणा गरेको थियो ।


११. पृथ्वीको ओजोन तह विनाश गर्ने मुख्य कार्बन कुन हो ?

क्लोरोफ्लोरो कार्बन ।


१२. सिद्धार्थ गौतम बुद्धको धर्मपत्नी को हुन् ?

यशोधरा ।

– यशोधराको जन्म रूपन्देही जिल्लाको पूर्वी क्षेत्रमा पर्ने कोलीय राज्यको देवदहमा अमृता र सुप्पबुद्धको कोखबाट जन्म भएको विश्वास छ ।

– सिद्धार्थ र यशोधराको कोखबाट एक छोरा राहुलको

जन्म भएको ।


१३. नेपालमा प्रिन्टिङ प्रेस (छपाई मेसिन) को सुरुवात कहिले भएको हो ?

विसं १९०८ ।

– यो प्रेस राणा प्रधानमन्त्री जड्ढबहादुरले बेलायतबाट ल्याएका । यसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्धे प्रेस भनेर चिनिने । यसैमा गोरखापत्र छापियो । गिद्धे प्रेसपछि दोस्रो प्रेसका रूपमा ‘मनोरञ्जन प्रेस’ को

स्थापना भएको ।


१४. विश्वको सबैभन्दा होचो उपत्यका कुन हो ?

अरूण उपत्यका (मकालु हिमालको काखमा अवस्थित) ।


१५. विश्वकै लामो दूरीको हवाई उडान गर्ने हवाई सेवा कुन हो ?

अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टास ।

– (करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्युयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा सन् २०१९ अक्टोबर २० मा अवतरण गरेको ।)


१६. मार्टिन लुथर किङ्सको हत्या कहिले भएको थियो ?

सन् १९९८ अप्रिल ४ (जेम्स अर्ल रेद्वारा) ।


१७. विसं २०७३ पुसमा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय रणनीति प्रारूपको अवधि कुन हो ?

विसं २०७२–२०८७ ।


१८. सरकार प्रमुखका रूपमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् ?

बीपी कोइराला ।


१९. कुमारी हिमाल भनी माछापुच्छ«े हिमाललाई चिनिन्छ भने सेतो हिमाल भनी कुन हिमाललाई चिनिन्छ ?

धौलागिरि हिमाल ।


२०. आईयूसीएनद्वारा तयार पारिएको लोप हुन लागेका वन्यजन्तुहरूको सूचीलाई के भनी चिनिन्छ ?

रेड डाटा बुक ।


२१. चाँगुनारायणको मन्दिर कुन शैलीमा निर्मित मन्दिर हो ?

प्यागोडा ।


२२. झापाको काँकडभित्तादेखि कञ्चनपुरको गड्डाचौकीसम्म निर्माण गरिने विद्युतीय रेलमार्गको लम्बाइ कति छ ?

९४५ किलोमिटर ।


२३. मानवअधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ?

राष्ट्रिय मानवअधिकार आयोग ।


२४. बाघको बच्चालाई डमरु भनिन्छ भने ऊँटको बच्चालाई के भनिन्छ ?

उल्लु ।


२५. रसुवाको गोसार्इंकुण्ड गाउँपालिका–२ टिमुरेमा सुख्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?

विसं २०७६ मङ्सिर ४ ।

– साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सो सुख्खा बन्दरगाह निर्माणका लागि नेपाल र चीनबीच विसं २०७६ वैशाख २९ मा समझदारीपत्रमा हस्ताक्षर भएको ।


२६. नागढुड्ढा–नौबिसे सुरुङमार्गको शिलान्यास कहिले गरिएको हो ?

विसं २०७६ कात्तिक ४ ।

– जापानी कम्पनी हाज्मा–आन्दो जीभीले यो सुरुङ मार्ग निर्माण गर्ने भएको ।

– साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको यो सुरुङ मार्गको निर्माण लागत करिब १५ अर्ब २५ करोड अनुमान ।

– सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर हुने ।

– सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग

(जाइका) ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरी सन् २०१८ मा २.७ किलोमिटर लामो सुरुङको डीपीआर तयार गरेको । उक्त सुरुङमार्गसम्म पुग्ने धादिङ र काठमाडौँतर्फ करिब साढे दुई किलोमिटर पहुँच मार्ग, सातवटा पुल, ११ वटा कल्भर्ट एवम् दुईवटा फ्लाइओभर ब्रिज बनाइने भएको ।


२७. प्रमुख पर्यटकीय गन्तव्यहरू एवम् पर्यटनसम्बन्धी विविध क्रियाकलाप समेटी नेपाल पर्यटन बोर्डद्वारा सञ्चालनमा ल्याइएको मोबाइल एप कुन हो ?

वेलकम नेपाल (नयाँ वर्ष २०७४ को अवसर पारी सार्वजनिक गरिएको ।)


२८. पिस्कर काण्ड कहिले भएको थियो ?

विसं २०४० माघ १ ।


२९. महाकवि लक्ष्मीप्रसाद देवकोटा कुन प्रधामन्त्रीको पालामा शिक्षामन्त्री भएका थिए ?

डा. केआई सिंह ।


३०. ‘युनिटी जर्नल’ कुन सुरक्षा निकायद्वारा प्रकाशित जर्नल हो ?

नेपाली सेना ।

– सेनाद्वारा पहिलोपटक प्रकाशित युनिटी जर्नल सेना दिवस तथा महाशिवरात्रि पर्व (२०७६) मा विमोचन गरिएको ।

– बौद्धिक सहभागिता र सुरक्षा, अर्थ, जलवायु, परिवर्तन, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता कुराको गहनतम अध्ययन र खोजका लागि युनिटी जर्नल महŒवपूर्ण हुने जनाइएको ।


१. विक्रम संवत् २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?

 पुरुषतर्फ : मन्डेकाजी श्रेष्ठ र महिलातर्फ : गौरिका सिंह

– पल्सर स्पोर्टस् अवार्ड २०७६ अन्तर्गत गौरिका सिंह र मन्डेकाजी श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका ।

– अवार्डअन्तर्गत तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ ‘वर्षको उत्कृष्ट प्रशिक्षक’, महिला राष्ट्रिय भलिबल टोली

‘टिम अफ द इयर २०७६’ घोषित भएका । त्यस्तै, तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ

‘वर्षको स्पेसल अवार्ड’बाट सम्मानित भएका ।

– पारा क्रिकेट टोलीका कप्तान दिगमसिंह चेम्जोङ ‘पारा एथ्लेटिक अवार्ड’बाट सम्मानित भएका ।

– टेबलटेनिसका पूर्वमहिला खेलाडीद्वय सिजरन शाह र गीता क्षेत्रीलाई ‘पल्सर लाइफ’ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको ।

– पिपुल्स च्वाइस उपाधि भलबलकी कप्तान अरूणा शाहीले जितेकी ।

– गल्फका सुवास श्रेष्ठ उत्कृष्ट युवा खेलाडी घोषित भएका ।


२. दोस्रोपटक महाअभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ?

 डोनाल्ड ट्रम्प ।

– सन् २०२० जनवरी ७ मा ट्रम्प समर्थकहरूले क्यापिटल हाउसस्थित अमेरिकी संसद् भवनमा प्रवेश गर्दै उपद्रो मच्चाएका थिए । अमेरिकी इतिहासकै सबैभन्दा खराब दिनका रूपमा लिइएको सो दिन ट्रम्पले आफ्ना समर्थकलाई भड्काएको र हिंसा प्रेरित अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ । ट्रम्प समर्थकद्वारा गरिएको हिंसात्मक गतिविधि नियन्त्रण गर्नेक्रममा प्रहरीको कारबाहीमा परी सातजनाको ज्यान गएको थियो ।


३. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?

 बागलुङ (१३७ किमि) ।


४. नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ?

 विसं २०२७ पुस २६ ।

– विसं २०२७ पुस २६ गते कम्पनी ऐन–२०२१ अन्तर्गत प्राइभेट कम्पनीका रूपमा यसको स्थापना भएको ।

– निगम विसं २०३३ साउन ६ गते पब्लिक कम्पनीका रूपमा परिवर्तन भएको ।


५. विसं २०७७ माघ १ मा मनाइएको राष्ट्रिय योग दिवसको नारा के हो ?

 गरौँ योग डटेर, कोभिड जान्छ हटेर ।


६. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?

 जनवरी २६ ।


७. एसोसिएसन अफ नेसनल नम्बरिङ एजेन्सिज (एएनएनए) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

 सन् २०१६ जुन २३ ।

– अन्नाले धितो बजारको विश्वसनीयता विकासमा कार्य गर्दै आएको ।

यसको मुख्यालय जर्मनीमा रहेको ।


८. भारतले कोरोनाविरुद्धको खोप अभियान कहिले सुरु ग¥यो ?

 सन् २०२१ जनवरी १६ ।

– (विश्वकै ठूलो खोप अभियानका रूपमा लिइएको सो अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका । यस कार्यक्रमको उद्देश्य एक अर्ब ३० करोडभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्ध खोप दिनु रहेको ।)


९. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ?

 २५–४० किमि ।


१०. आईयुसीएनले लोप र दुर्लभ हुन लागेका जीवहरूलाई कति भाग (अवस्था)मा विभाजन गरेको छ ?

 ५ (विलोप, सङ्कटापन्न, अति संवेदनशील, दुर्लभ

र सम्भस्त) ।


११. साइटिस स्थापनाको मुख्य उद्देश्य के हो ?

 दुर्लभ जीवजन्तु तथा पशुपक्षीहरूको संरक्षण एवम् सम्बद्र्धन ।


१२. हिउँदे याममा पहिलोपटक माउन्ट के टुको सफल आरोहण गरी कीर्तिमान राख्ने टोली कुन हो ?

 नेपाली टोली (सन् २०२१ जनवरी १६) ।

– सेभेन समिट ट्रेकिङका छाङदावा शेर्पा नेतृत्वको टोली माउन्ट केटुको चुचुरोमा पुगेको ।

– केटु हिमालको उचाइ ८,६११ मिटर रहेको ।

– केटु हिमाल आरोहणलाई निकै कठिन तथा खतरनाक आरोहणका रूपमा लिने गरिन्छ ।


१३. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ?

 विसं २०७७ माघ २ ।

– सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले यो एप प्रयोगमा ल्याएको ।

– यस एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिने ।

– त्यस्तै, नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्न सकिने साथै सरकारलाई तिरेको करको विवरण समेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने ।

– हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरका आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत एप प्रयोग

गर्न सकिने ।

– सो सेवा प्रप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण

उल्लेख गर्नुपर्ने ।

– एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रलगायतका सेवाहरू थप गर्दै लगिने ।

– नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा अनि दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिने जनाइएको ।

– नागरिक एपबाट सेवा प्राप्त गर्न एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्ले स्टोर’ र आइफोन प्रयोगकर्ताले एप स्टोरबाट ‘नागरिक एप–बेटा’ डाउनलोड गर्नुपर्ने ।


१४. सरकारले कुन अवधि सम्ममा डिजिटल नेपाल बनाउने कार्यक्रम तय गरेको छ ?

 सन् २०२५ ।


१५. मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिनेगरी नेपाल

‘पासपोर्ट’ एपको शुभारम्भ कहिले गरियो ?

 विसं २०७३ पुस १९ ।


१६. हाल (२०७७ माघ) स्वास्थ्य बीमा लागू गर्ने जिल्ला कति पुगेका छन् ?

 ६४ (६४ औँ जिल्ला ः लमजुङ ।)

– लमजुङमा २०७७ माघ २ गते देखि स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको । अब १३ जिल्लामा विस्तार हुन बाँकी रहेको ।

– आउँदो आर्थिक वर्षमा नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम लागू गरिने योजना रहेको ।


१७. बाल तथा मातृ मृत्युदर कम गर्ने उद्देश्यका साथ ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ?

 मालिका गाउँपालिका, गुल्मी ।

– (अभियानअन्तर्गत सो गाउँपालिकामा गर्भवती महिला भएको घरमा हरियो झण्डा गाड्ने गरिएको ।)


१८. नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा नीति अनुसन्धन प्रतिष्ठान गठन गर्ने निर्णय कहिले भएको हो ?

 विसं २०७५ असोज ५ ।


१९. सरकारले नेपालका कति जातिलाई अल्पसङ्ख्यक जातिका रूपमा वर्गीकरण गरेको छ ?

 ९८ (विसं २०७४ वैशाख ८) ।


२०. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ ?

 परिभ्रमण ।

– (पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ ।)


२१. साधुसन्तले बाल्ने अग्निलाई के भनिन्छ ?

 धुनी ।


२२. प्राचीनकालको ‘रामचरित्र मानस’ र आधुनिक कालको ‘कुष्णायन’ कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?

 अवधी ।


२३. व्यापार घाटा भन्नाले के बुझिन्छ ?

 निर्यात व्यापारभन्दा आयात व्यापार बढी हुने ।


२४. हिमनदीले बगाएर ल्याएको हिमोढ (ढुङ्गा, माटो, बालुवा, झारपात आदि)ले नदीलाई रोकी बन्न जाने ताललाई के भनिन्छ ?

 हिमोढ ताल ।


२५. तराई–मधेसीका जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी मार्ग निर्माण औपचारिक रूपमा कहिले सुरुवात

भएको हो ?

 आर्थिक वर्ष २०६५/०६६ ।

– हाल (२०७७ पुस) सम्म समग्रमा आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत पुगेको ।

– आयोजना निर्माण थालनी गर्दा आव २०७४/०७५ मा सम्पन्न गर्ने भनिए पनि पछि संशोधन गरेर आव

२०७९÷०८० पु¥याइएको ।

– आयोजना थालनीमा एक लेनको मात्र सडक हुने भनिएकोमा यसलाई वृद्धि गरेर दुई लेनको बनाइएको । त्यस्तै, पहिले कुल लम्बाइ १७९२ किमि रहेकोमा अहिले करिब ६२ किलोमिटर लम्बाइ थप हुन गई १८५४ किमि पुग्ने भएको ।

– अहिलेको जस्तो पूर्ण रूपमा बस्ती विकास भइनसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौंपहिले चिठीपत्र बोकेर एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सिधा बाटो नक्साङ्कन गरेर हुलाकी सडक

अस्तित्वमा आएको थियो ।

– तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामलाई छुने यो हुलाकी सडकलाई ‘पदम रोड’ पनि भनिन्छ ।

– भारतको सहयोगमा नेपाल सरकारले यो मार्ग निर्माणकार्य गरिरहेको छ ।


२६. बडघर प्रथा कुन समुदायमा प्रचलनमा रहेको छ ?

 थारू ।


२७. बागलुङको रामरेखादेखि पर्वतको पाङ जोड्ने सिङ्गल स्पान झोलुङ्गेपुलको लम्बाइ कति रहेको छ ?

 ५६७ मिटर ।

– २०७७ वैशाखमै निर्माण सम्पन्न भएको सो पुलको उद्घाटन २०७७ माघ ३ मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाद्वारा गरिएको । यो मुलुककै लामो सिङ्गल स्थान झोलुङ्गेपुलका रूपमा रहेको ।

– नेपालको सबैभन्दा लामो झोलुङ्गेपुल चाँदनी र दोधारा जोड्ने महाकाली नदीमाथि निर्मित (१४५२.९६ मिटर) पुल हो ।


२८. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?

 महाभारत पर्वत ।

– (मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति र तल भासिएको भागलाई सन्नति भनिने ।)


२९. ग्रीष्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँद ऋतुमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ?

 मनसुनी वायु ।


३०. मनसुनी वायु कति प्रकारका हुन्छन् ?

 दुई (ग्रीष्मकालीन मनसुन र शीतकालीन मनसुन) ।


३१. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?

 श्री ५ त्रिभुवन ।




१. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिले भएको हो ?

 विक्रम संवत् २०७७ पुस ६ ।

– खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने ।

– यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने ।


२. महाकवि देवकोटा सङ्ग्रहालय कहाँ निर्माण गरिने भएको छ ?

 मैतिदेवी, काठमाडौँ ।

(नेपाल प्रज्ञाप्रतिष्ठानले सङ्ग्रहालय निर्माणका लागि देवकोटाको घर (जसलाई कविकुञ्ज भनी चिनिन्छ)लाई आफ्नो स्वामित्वमा लिएको ।)


३. दक्षिण एसियाकै पहिलो ‘स्काई वाक टावर’को निर्माण कहाँ गरिने भएको छ ?

 कमलादी, काठमाडौँ ।

– विसं २०७६ मङ्सिर २१ मा टावरको शिलान्यास गरिएको ।

– टावरको उचाइ ७८ मिटर रहेको ।


४. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई ‘इन्टरनेसनल इएर अफ क्रिएटिभ इकानोमी फर सस्टेनेबल डिभेलपमेन्ट’का रूपमा मनाउने निर्णय ग¥यो ?

 सन् २०२१ ।


५. अन्तरीक्षमा सबैभन्दा लामो समय बिताउने महिला

को हुन् ?

 क्रिस्टिना कोच (अमेरिकी इन्जिनियर) ।

– उहाँले अन्तरीक्षमा ३२८ दिन बिताउनुभएको ।

– सन् २०१९ मार्च १४ मा अन्तरीक्षतर्फ लाग्नुभएकी उहाँले सन् २०२० फेब्रुअरी ६ मा पृथ्वीमा अवतरण गर्नुभएको ।

– अन्तरीक्षमा सबैभन्दा लामो समय बिताउने व्यक्ति रूसका भलेरी पोल्याकोभ (४३७ दिन) हुनुहुन्छ ।


६. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?

 १३ ।


७. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?

 विसं २०७६ माघ २६ ।

(राष्ट्रिय आयोजना बैङ्क कार्यान्वयनमा आएपश्चात् यसमा समाहित भएका आयोजनाले मात्र बजेटमा प्रवेश पाउने ।)


८. प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्छ ?

 पाँचथर ।


९. एकदिने प्रधानमन्त्रीका रूपमा नियुक्त हुने मानवधिकारकर्मी को हुन् ?

 आभा मुर्तो (फिनल्यान्ड) ।

– जलवायु परिवर्तन एवम् महिला अधिकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने मुर्तोलाई फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले एकदिने प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी ।

– महिला अधिकारको प्रवद्र्धन गर्ने उद्देश्यसाथ उनलाई सो पदमा नियुक्त गरिएको जनाइएको ।


१०. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानद्वारा प्रदान गरिएको नास्ट प्रविधि पुरस्कार २०७६ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

 कुलमान घिसिङ ।


११. हाल कुन देशले कृत्रिम चन्द्रमा निर्माण परियोजना अघि बढाएको छ ?

 चीन ।

– सो कृत्रिम चन्द्रमा पृथ्वीभन्दा ५०० किमि टाढा रहने ।

– कृत्रिम चन्द्रमाले १० वर्गकिलोमिटर क्षेत्रफल ओगट्ने ।

– यसअघि यसकिसिमको परियोजना सन् १९९० को दशकमा रूसले अघि बढाउन खोजेको थियो तर सो परियोजना सफल हुन सकेन ।


१२. नाइजेरियामा खेतमा काम गरिरहेका सयभन्दा बढी व्यक्तिको घाँटी रेटी वीभत्स हत्या गर्ने आतङ्ककारी समूह कुन हो ?

 आईएसआएस सम्बद्ध बोको हराम ।

– नाइजेरियाको उत्तर–पूर्वी सहर मैदुगुरी नजिकैको गाउँमा सो समूहले निर्दोष नागरिकलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर वीभत्स तवरले हत्या गरेको ।

– सो हत्या सन् २०२० नोभेम्बर २८ मा भएको ।


१३. सिस्टर रोबर्ट केसँग सम्बन्धित छ ?

 कोभिड–१९ लगायत सङ्क्रामक रोगका बिरामीको सहयोग

– बागमती प्रदेशको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा निर्मित यो रोबर्ट कोभिड–१९ लगायत रोग सङ्क्रमण भएका एवम् आइसोलेसनमा रहेका बिरामीबाट स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न प्रयोग गर्न सकिने ।

– रिमोट कन्ट्रोलमार्फत बिरामीलाई औषधि, खाना, खाजा पु¥याउन यो रोबर्ट प्रयोग गर्न सकिने ।


१४. भाषा आयोगले राष्ट्रपतिसमक्ष बुझाएको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदनअनुसार थपिएका दुई भाषा कुन–कुन हुन् ?

 मारेक याक्खा र नावा शेर्पा ।

– यसअघि आव २०७५÷०७६ को प्रतिवेदनअनुसार थप भएका छ भाषा ः १. राना थारू (कैलाली), नार फु (मनाङ), ३. चुम (स्यार) गोरखा, ४. नुब्री (लार्के) गोरखा, ५. पोइके (डोल्पा) र ६. सेराके (सेके) मुस्ताङ हुन् ।

– २०६८ को जनगणनाअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ रहेकोमा पछि थप भएका आठसहित हाल जम्मा भाषाको सङ्ख्या १३१ पुगेको ।

१५. पशुपक्षी एवम् बालीनालीको उत्पादकत्व बढाउने उद्देश्यसाथ व्यावसायिक रूपमा झिँगापालनको सुरुवात कहाँ गरिएको हो ?

 चितवन ।


१६. मन्त्रिपरिषद्को २०७४ असोज २५ को निर्णयअनुसार कति स्थानीय तह पिछडिएको क्षेत्रमा समावेश गरिएको हो ?

 ५७ ।

– पिछडिएको क्षेत्रमा आठ नगरपालिका र ४९ गाउँपालिका परेका ।

– सबैभन्दा बढी स्थानीय तह पिछडिएको क्षेत्रमा परेको जिल्ला बझाङ (६) हो ।


१७. बागमती प्रदेशको पहिलो बालमैत्री नगरपालिका कुन हो ?

 भीमेश्वर नगरपालिका, दोलखा ।


१८. युनेस्कोको सहयोगमा वार्के फाउन्डेसनद्वारा प्रदान गरिने ग्लोबल टिचर प्राइज–२०२० बाट सम्मानित व्यक्तित्व को हुन् ?

 रणजितसिंह डिस्ले (भारत), पुरस्कार राशि १० लाख अमेरिकी डलर ।


१९. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले विज्ञान पुरस्कार–२०७६ कसलाई प्रदान ग¥यो ?

 डा. यादवकुमारदेव भट्टराई (नर्भिक इन्टरनेसनल हस्पिटल) ।


२०. आव २०७५÷७६ को लेखापरीक्षणमा बेरुजु पछ्र्यौटमा सर्वोत्कृष्ट स्थानीय तह कुन बन्यो ?

 थाहा नगरपालिका (मकवानपुर) ।

(२.५४ प्रतिशतमात्र बेरुजु कायम गर्न सफल सो नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट घोषणा गरेको ।)


२१. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक)को स्थापना कहिले भएको हो ?

 सन् १९८९ ।

– स्थापनाकालमा १२ देशमात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन् ।

– यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।

– यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।


२२. कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन गरी के बनाइएको छ ?

 दोधारा–चाँदनी नगरपालिका ।


२३. बहुमुखी प्रतिभाका धनी एवम् महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म कुन देशमा भएको हो ?

 इटाली ।

– उनको जन्म सन् १४५२ अप्रिल १५ मा इटालीमा भएको र निधन सन् १५१९ मे २ मा फ्रान्समा भएको ।

– मोनालिसा, द लास्ट सपर, द भर्चुभियन मेन, लेडी विथ एन इरमाइन उनका विश्वविख्यात चित्र हुन् ।


२४. सरकारले एसएलसी परीक्षा (हाल ः एसईई)मा ग्रेडिङ प्रणाली (प्राविधिकतर्फ) कहिलेदेखि लागू गरेको हो ?

 २०७१ सालको एसएलसी परीक्षादेखि ।

(२०७२ सालदेखि साधारणतर्फ पनि ग्रेडिङ प्रणाली लागू गरिने ।)


२५. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?

 विसं २०७२ मङ्सिर १४ ।


२६. कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आँसु नझार्ने जीव कुन हो ?

 चिम्पाञ्जी ।

२७. हिन्दमहासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?

 साइक्लोन ।

(थार तथा गोबी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।)


२८. खस आर्य भन्नाले कुन–कुन जाति बुझिन्छ ?

 ब्राह्मण, क्षेत्री, ठकुरी, सन्यासी–दसनामी ।


२९. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?

 स्नातक तह ।


३०. हरित् जलवायु कोष (जीसीएफ)को मुख्यालय कहाँ छ ?

 दक्षिण कोरिया ।

– विश्वमा बढ्दो तापमान वृद्धिदरलाई २ डिग्री सेल्सियसभन्दा तल राख्नेगरी विविध कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसाथ यो कोष स्थापना गरिएको ।

– हाल यस कोषमा १० अर्ब अमेरिकी डलर रकम रहेको ।


१. भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

 डिसेम्बर ९ ।

– यस वर्ष (सन् २०२०) सदाचारका साथ पुनरुत्थान नारासाथ यो दिवस मनाइएको ।

– मानवअधिकारको प्रत्याभूति, दिगो विकास, समृद्धि र शान्तिका लागि भ्रष्टाचार बाधक रहेको तथ्य स्वीकार गर्र्दै यसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रयास र ऐक्यबद्धताको आवश्यकता बोधको प्रतिफलस्वरूप संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरिएको ।

– सन् २००५ देखि लागू भएको यस महासन्धिमा नेपालले सन् २००३ मा हस्ताक्षर गरी सन् २०११ मा संसद्बाट अनुमोदनसमेत भएको ।

– संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००५ देखि यो दिवस मनाउन थालिएको ।

– नेपालमा यो दिवस सन् २०११ देखि मनाउन सुरु गरिएको थियो ।

– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध कारबाही गर्न विभिन्न क्षेत्रका विज्ञ, नागरिक समाज, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील अभियन्तालगायतका प्रबुद्ध समूहसँग छलफल गरी नयाँ संस्थागत रणनीतिक योजना (२०७६÷०७७–२०८०÷०८१) तर्जुमा गरी कार्यान्वयनमा ल्याएको । भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने दूरदृष्टि बोकेको नयाँ संस्थागत रणनीतिले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुगेको छ ।


२. नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?

 चिनियाँ प्रोफेसर वाङ हङ वेई ।

– प्रतिष्ठानको ३५औँ प्रज्ञासभाले भाषा, साहित्य एवम् कूटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पु¥याएबापत हङ वेईलाई सो विशिष्ट पुरस्कारबाट सम्मानित गरेको ।

– यसैगरी, सभाले दुई लाख राशिको नेपाल सामाजिक शास्त्र÷संस्कृति÷दर्शनशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र र दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरेको ।

– त्यस्तै, एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतर्भुजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गरेको ।

– सभाले दुई–दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार आसाम (भारत)का लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरेको ।


३. विक्रम संवत् २०७७ माघ १७ मा चौथो संस्करणको पीएम कप क्रिकेटको उपाधि कसले जित्यो ?

 त्रिभुवन आर्मी क्लब ।

– (उपविजेता ः नेपाल एपीएफ क्लब) ।

४. ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२० मा सुशासनको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 ११७औँ ।

– विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इन्साइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) समेत गरी छवटा संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा ट्रान्सपरेन्सी इन्टरनेसनलले यो सूची तयार गरेको ।



– यस वर्ष नेपालले ३३ अङ्क प्राप्त गरेको । अघिल्लो वर्ष नेपाल ३४ अङ्कका साथ ११३औँ स्थानमा थियो ।

– ट्रान्सपरेन्सीका अनुसार यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका । दक्षिणी सुडान र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा सूचीकृत भएका ।

– सुशासनमा दक्षिण एसियाली राष्ट्रहरूको स्थिति छिमेकी मुलुक चीन ४२ अङ्क प्राप्त गरी ७८औँ स्थानमा रहेको । अघिल्लो वर्ष भारत र चीन दुवै ८०औँ स्थानमा रहेका ।


५. आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 सन् २०२० नोभेम्वर ११–१५, हनोई (भियतनाम)

– (यस संस्थाको ३६औँ सम्मेलन पनि हनोइमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।)


६. विश्वका उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको समूह ब्रिक्सको १२औँ सम्मेलन कहिले सम्पन्न भयो ?

 सन् २०२० नोभेम्बर १७, रूस ।

– सम्मेलनको नारा स्थायी संसार, सुरक्ष चासो आदान–प्रदान र अनुसन्धात्मक वृद्धि रहेको । ब्रिक्सको प्रथम सम्मेलन सन् २००९ जुन १६ मा रूसमा सम्पन्न भएको थियो । यो संस्थाको १३औँ सम्मेलन सन् २०२१ मा भारतमा गर्ने तय भएको छ ।

– ब्रिक्सको स्थापना सन् २००६ जुनमा भएको । ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच राष्ट्र रहेका छन् ।


७. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका औपचारिक रूपमा कहिले बाहिरिएको हो ?

 सन् २०२० नोभेम्बर ४ ।


८. विश्वकै सबैभन्दा अग्लो किशोर बनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल को हुन् ?

 रेन केयू (चीन) ।

– उनले आफ्नो १४औँ जन्मदिन गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउँदै मनाए । उनको उचाइ ७ फिट ३.२ इन्च छ ।


९. सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो ?

 चीन ।


१०. भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र भास्को डी गामाले प्रयोग गरेको नक्सा कसले निर्माण गरेका थिए ?

 मुहम्मद अल–इद्रिस

११. नेपालमा कृषक परिचयपत्र प्रदान गर्ने कार्यको सुरुवात कुन जिल्लाबाट गरिएको हो ?

 बागलुङ ।


१२. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को स्थापना कहिले भएको हो ?

 सन् १९४९ अप्रिल ४ ।


१३. नेपालमा सबैभन्दा धेरै वडा भएको स्थानीय तह कुन हो ?

 पोखरा महानगरपालिका (३३ वटा) ।

– (काठमाडौँ ः ३२ वडा) ।


१४. मन्त्रिपरिषद्को २०७७ माघ १९ को बैठकले बीमा समितिको अध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ?

 सूर्यप्रसाद सिलवाल (पूर्वगृहसचिव) ।


१५. मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ निर्माण गरिएको छ ?

 चोभार, काठमाडौँ ।

– एक सय टन तौलको सो मूर्ति नेपालकै सबैभन्दा अग्लो प्रस्तर मूर्ति रहेको ।

– ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा उनीसहित आठ कलाकारद्वारा आठ वर्ष लगाई यो मूर्ति तयार गरिएको ।

– यो मूर्ति १३ वटा ढुङ्गा जोडेर बनाइएको । करिब ३७ रोपनी क्षेत्रफलमा आकर्षक पार्कसमेत निर्माण गरिने ।


१६. अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्नेसम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ?

 १५ बुँदे ।

– विभिन्न चौध अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा जात, धर्म, सम्प्रदाय र राजनीतिक दलका आधारमा नभई, अन्तर्राष्ट्रिय स्वीकृत सिद्धान्तका आधारमा जवाफदेही र निष्पक्ष रूपमा पारदर्शी तथा समावेशी सहयोग गर्ने भन्दै कार्यक्रम सञ्चालनका लागि सन् २०१९ जुनमा १५ बुँदे आधारभूत मार्गदर्शन जारी गरेका ।

– संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, डानिडा प्रोग्राम सपोर्ट युनिट नेपाल, स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी), नर्वेजियन दूतावास, आईएनजीओ (अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आधारभूत मार्गदर्शन जारी गरेका ।

– कार्यसञ्चालनसम्बन्धी आधारभूत मार्गदर्शन पहिलोपटक सशस्त्र द्वन्द्वका बेला सन् २००२ मा र सोपछि सामान्य परिमार्जनसहित सन् २००७ मा जारी गरिएको ।


१७. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवम् अवशिष्ट अधिकारसमेतलाई के भनिन्छ ?

 राज्यशक्ति ।


१८. ‘साझा पृथ्वी’ नामक कृतिका लेखक को हुन् ?

 मदनकृष्ण श्रेष्ठ (उनको दोस्रो कृति ः महको म)


१९. चीन सरकारले उत्तरी ध्रुवको आसपास एउटा समुद्री मार्ग ‘पोलार सिल्क रोड’ निर्माणको घोषणा कहिले गरेको हो ?

 सन् २०१८ जनवरी २६ ।


२०. सार्कद्वारा कुन अवधिलाई अन्तर्राष्ट्रिय सम्पर्क दशकका रूपमा मनाइएको छ ?

 सन् २०१०–२०२० ।


२१. क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको जीवनमा आधारित भएर लेखिएको पुस्तक कुन हो ?

 गुरिल्ला अफ टाइम ।


२२. नेपाली भाषामा निर्मित पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ हो भने नेपालमा बनेको पहिलो चलचित्र कुन हो ?

 आमा ।


२३. साहित्य लोकहितमा सिर्जित कलापूर्ण विषय एवम् स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रभावकारी चिन्तन हो भन्ने साहित्यकार को हुन् ?

 घटराज भट्टराई


२४. नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

 विक्रम संवत् २०७७ साउन ३० ।

– अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसङ्घ, कूटनीतिक नियोग तथा समग्र अन्तर्राष्ट्रिय जगत्मा पठाउन पनि बाटो खुलेको ।

– विगतमा विभिन्न कारणले छुट्न पुगेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा २०७७ जेठमा प्रकाशन गरिएको थियो ।


२५. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?

 एक ।


२६. ‘सेम डे टुरिस्ट’ भन्नाले के बुझिन्छ ?

 एक रात वास नबस्ने अर्थात् जुन दिन आयो त्यसै दिन फर्किने पर्यटक ।


२७. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ अनुसार आधारभूत शिक्षा भन्नाले के बुझिन्छ ?

 कक्षा एकदेखि कक्षा आठसम्मको विद्यालय शिक्षा


२८. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ अनुसार माध्यमिक शिक्षा भन्नाले के बुझिन्छ ?

 कक्षा ९ देखि कक्षा १२ सम्म वा सोसरहको शिक्षा ।

– सो ऐनअनुसार ‘प्रारम्भिक बालविकास तथा शिक्षा’ भन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बाल विकास तथा शिक्षा हो ।

– त्यस्तै, विशेष शिक्षा भन्नाले दृष्टिविहीन, बहिरा, अटिजम (अपाङ्गता) भएका वा यस्तै प्रकृतिका अवस्थाका बालबालिकालाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा हो ।


२९. नेपालको पहिलो पूर्वाधार विकास बैङ्कका रूपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको वित्तीय कारोबारको शुभारम्भ कहिले भएको हो ?

 विसं २०७५ फागुन २२ ।

– (बैङ्कले विसं २०७५ माघ २८ मा वित्तीय कारोबारको इजाजतप्राप्त गरेको ।)


३०. अरब राष्ट्रहरूबीच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?

 सन् १९४५ मार्च २२ ।

– (यसको प्रधान कार्यालय इजिप्टको कायरोमा रहेको ।)


१. विक्रम १. केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलोपटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार मुलुकभर जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?

 रु. २०,५४३ ।

– प्रतिवेदनअनुसार देशभर १७ लाख ९ हजार व्यक्ति विभिन्न सङ्घ संस्थामा तलब पाउनेगरी संलग्न रहेका ।

– ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ छ भने मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय रहेको । त्यस्तै, साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीले मासिक औसत १६ हजार ७६८ रुपियाँ बुझ्ने गरेको पाइएको । लघु संस्थामा कार्यरत कर्मचारीको मासिक तलब १६ हजार एक सय रुपियाँ रहेको ।

– ठूला संस्था र लघु प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै साढे १० हजार रुपियाँभन्दा बढी देखिएको ।

– संस्थागत रूपमा ठूला संस्थाले वार्षिक १ खर्ब ७५ अर्ब, मध्यमले ३९ अर्ब ५९ करोड, सानाले एक खर्ब १० अर्ब र लघुप्रकृतिका संस्थाले ९६ अर्ब ४५ करोड वार्षिक तलबबापत खर्च गर्ने गरेका ।

– अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरेर सङ्कलन गरिएको तथ्याङ्कअनुसार दर्ता भएर सञ्चालनमा आएका उद्योगले वार्षिक ४ खर्ब ६ अर्ब रुपियाँ तलब वितरण गर्ने पाइएको ।

– दर्ता नभई सञ्चालनमा रहेका उद्योगले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।

– अध्ययनमा समेटिएका कुल कर्मचारीको तलबमा मात्रै वार्षिक चार खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको ।

– देशैभर गरी प्रतिवेदनले समेटेका २ लाख १९ हजार ३ सय संस्थाले २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेका । यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी ७ खर्ब २ अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन भएको । यसरी अध्ययनमा समेटिएका ती संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबको हिस्सा निकै कम रहेको ।






कम तलब वितरण हुने जिल्ला




२. जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?

 विक्रम संवत् २०७७ असोज ३ ।


३. नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक भनी कसलाई चिनिन्छ ?

 राजा महेन्द्र ।


४. विदेशी नागरिकका लागि ‘गोल्ड कार्ड भिसा’ योजना सुरुवात गर्ने देश कुन हो ?

 युएई ।


५. महिलाले महिलाले बोलेको सुन्ने तर पुरुषले बोलेको नसुन्ने रोगलाई के भनी चिनिन्छ ?

 रिभर्स स्लोप हियरिङ लस (चीनमा देखिएको) ।


६. ग्रामी अवार्ड कुन क्षेत्रसँग सम्बन्धित छ ?

 सङ्गीत ।

– (यो अवार्ड पहिलोपटक सन् १९५४ मे ४ मा प्रदान गरिएको ।)


७. पोतला दरबार कहाँ रहेको छ ?

 ल्हासा, चीन ।

– चीनको स्वशासित प्रदेश तिब्बतको राजधानी ल्हासामा रहेको यो दरबारको प्रारम्भिक निर्माण सम्राट स्रङचङ गम्पोले सन् ६३७ तिर गरेका । उनी नेपालकी राजकुमारी भृकुटीका पति थिए । यो दरबार कालान्तरमा तिब्बती धर्मगुरु दलाई लामाको नियन्त्रणमा पर्न गयो । पोताला दरबार सन् १९९४ मा विश्व सम्पदा सूचीमा समावेश भएको ।


८. नवकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यसाथ इन्टरनेसनल रिन्युऐबल इनर्जी एजेन्सी

(आइरेना)को स्थापना कहिले भएको हो ?

 सन् २००९ जनवरी २९ ।

– २०७४ असोज २५ को संसद् बैठकले यसबारेको विधानलाई सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नेपाललाई सो निकायको सदस्य बन्ने बाटो सहज भएको । संसद्बाट अनुमोदन भएको दस्तावेज आइरेना मुख्यालय युएई पठाएपछि नेपाल सो निकायको औपचारिक रूपमा सदस्य बन्ने । सन् २००९ मा जर्मनीको वोनमा सम्पन्न फाउन्डिङ कन्फ्रेन्समा सहभागी नेपालले यसबारेको विधानमा हस्ताक्षर गरेर सदस्य बन्ने प्रतिबद्धता जनाए पनि औपचारिक प्रक्रिया भने अघि बढ्न सकेको थिएन ।

– यससँगै नेपाल दक्षिण एसियाबाट आइरेनाको सदस्य बन्ने कान्छो मुलुक बन्ने ।

– यसअघि नेपालबाहेक सार्कका सबै सदस्य राष्ट्रसहित कुल १ सय ५२ मुलुक सो नियोगको सदस्य बनेका ।


९. ‘बेइजिङ फाइभ’ सम्मेलन केसँग सम्बन्धित छ ?

 महिला विकास ।


१०. ‘डाउटर अफ इस्ट’ नामक पुस्तकका सर्जक को हुन् ?

 बेनजिर भुट्टो ।

११. कुनै विदेशी नागरिकले नेपालीलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरमा कति वर्षको अन्तर हुनुपर्ने प्रावधान छ ?

 ३० वर्ष ।


१२. भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि औपचारिक रूपमा कहिलेदेखि खुला भएको हो ?

 विसं २०७३ असार १० ।

– (भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि २०७३ असार १० देखि औपचारिक रूपमा खुला गरिएको छ । असार १० मा औपचारिक रूपमा सञ्चालनमा आए पनि यसलाई नियमित गराउन केही समय लाग्ने बताइएको छ । विशाखापट्टनम बन्दरगाह नेपालका लागि दोस्रो भारतीय बन्दरगाह हो । यसअघि कोलकाता–हल्दिया बन्दरगाह नेपालले प्रयोग गर्दै आइरहेको छ । दूरीका हिसाबले कोलकाताभन्दा विशाखापट्टनम टाढा भए पनि दक्षिण भारतमा पर्ने यो बन्दरगाह सुविधाजनक रहेको

व्यवसायीको भनाइ छ ।)


१३. नेपाल विश्व व्यापार सङ्गठन (डब्लुटीओ)को सदस्य कहिले बनेको हो ?

 सन् २००४ अप्रिल २३ ।


१४. ‘ला मिजरेवल’ नामक वृहत् उपन्यासका लेखक को हुन् ?

 फ्रेन्च साहित्यकार भिक्टर ह्युगो ।


१५. विश्वमा सबैभन्दा बढी सङ्ख्यामा चरा पाइने उपत्यका कुन हो ?

 अरूण उपत्यका ।


१६. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन राष्ट्रसित युद्धको अन्त्यसँगै एकीकरण भएको हो ?

 जर्मनी ।


१७. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना कहिले भएको हो ?

 विसं २०६८ साउन २० ।


१८. दस हजार किशोरी र महिलालाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यसाथ ‘स्मार्ट छोरी’ अभियानको सुरुवात कहिले गरिएको हो ?

 विसं २०७५ फागुन ११ ।

– (स्मार्ट फोन प्रयोग गर्ने र इन्टरनेटको पहुँचमा रहेका १५ देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिला यो अभियानमा सामेल हुन सक्ने ।)


१९. कर्णाली प्रदेशद्वारा पहिलोपटक पेपरलेस मन्त्रिपरिषद् बैठक कहिले सम्पन्न गरियो ?

 विसं २०७५ भदौ ९ ।

– (नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा पहिलोपटक २०७५ साउन १० मा पेपरलेस बैठक सम्पन्न भएको थियो ।)


२०. ‘हिप्पोक्याम्प’ भनेको के हो ?

 एक खगोलीय पिण्ड ।

– क्यालिफोर्नियाको एसईटीआई इन्स्टिच्युटद्वारा हालै खोज गरिएको यो खगोलीय पिण्ड वरुण ग्रहको चन्द्रमा भएको दाबी गरिएको ।

– अत्यन्त चिसो पिण्ड ‘हिप्पोक्याम्प’ वरुणकै दोस्रो ठूलो चन्द्रमा प्रोटियसबाट टुक्रिएर बनेको हुन सक्ने खगोलशास्त्रीको अनुमान रहेको ।

– हिप्पोक्याम्प पृथ्वीको चन्द्रमाको तुलनामा एक सय गुना सानो रहेको वैज्ञानिकले जनाएका ।


२१. “जीवन साइकलको सवारीजस्तै हो, जसमा सन्तुलन कायम राख्न निरन्तर चलिरहनु आवश्यक छ” भन्ने भनाइ कसको हो ?

 अल्बर्ट आइन्स्टाइन, वैज्ञानिक ।


२२. प्रसिद्ध समाजसेवी तुलसीमेहरद्वारा जनचेतना जगाउने उद्देश्यसाथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

 भीमशमशेर ।


२३. नेपालमै पहिलोपटक वंशाणुगत रोग परीक्षण गर्ने प्रयोगशाला कहाँ स्थापना गरिएको छ ?

 वीर आस्पताल ।

– (वीर अस्पतालले स्थापनाको १ सय २७ वर्ष पुगेको उपलक्ष्यमा सो ल्याब सुरु गरेको ।)


२४. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काँइला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?

 गोपालप्रसाद रिमाल ।


२५. सार्सको पूरा रूप के हो ?

 सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ।

– सन् २००२ को नोभेम्बरदेखि २००३ सम्म फैलिएको सार्सबाट १७ देशका ७७४ जनाको निधन भएको ।

– सन् २००४ पछि सार्सको सङ्क्रमण नदेखिएको ।


२६. भारतको उत्तरप्रदेश राज्यको आगरास्थित प्रसिद्ध ताजमहलको निर्माण कसले गरेका हुन् ?

 मुगल शासक शाहजहाँ ।

– मुगल शासक शाहजहाँद्वारा आफ्नो रानी मुमताजको सम्झनामा बनाइएको । यस महलको डिजाइन पर्सियन मुस्लिम वास्तुविद् उस्ताद अहमद लाहौरीले गरेका ।

– यसको निर्माण अवधि सन् १६३२–१६४८ रहेको ।

– विश्वका सात आश्चर्यमध्येमा पर्ने ताजमहल सन् १९८३ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको ।

– दि जेवेल अफ मुस्लिम आर्ट इन इन्डिया पनि भनिने यस ताजमहलमा बर्सेनि एक करोडभन्दा बढी पर्यटकले भ्रमण गर्ने ।


२७. पेट्रोलियम निकासीकर्ता मुलुकको सङ्गठन (ओपेक)बाट अलग हुने घोषणा गरेको राष्ट्र कुन हो ?

 कतार ।



१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलले ‘डी’ ग्रेड अर्थात् जीपीए १.६ हासिल नगरेका सम्बन्धमा के सिफारिस गरेको छ ?

 मूल प्रमाणपत्र उपलब्ध नगराउने ।

– कार्यदलले ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको ग्रेड वा जीपीए मूल्याङ्कन नगरी प्रमाणपत्रमा ‘नन ग्रेडेड’ उल्लेख गर्न सिफारिस गरेको । ‘नन ग्रेडेड’ प्राप्त गर्नेलाई मूल प्रमाणपत्र उपलब्ध नगराई ग्रेडसिटमात्र उपलब्ध गराउन सिफारिस गरिएको ।

– विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत हासिल नगरेकालाई सो व्यवस्था गर्नका लागि सिफारिस गरिएको ।

– हाल कक्षा ८ देखि १२ सम्मका परीक्षामा सहभागी भएका सबैले ‘कम्प्लिटेड’ भनेर मूल प्रमाणपत्र पाउने गरेका छन् । हालको अभ्यासमा परीक्षामा विषयगत रूपमा ३० देखि ४० प्रतिशतसम्म प्राप्त भएमा त्यसलाई ‘डी’ प्लस र २० देखि ३० प्रतिशतसम्म प्राप्त गरेमा त्यसलाई ‘डी’ ग्रेडमा मूल्याङ्कन गर्ने गरिएको ।


२. सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा जङ्क फुड (पत्रुखाना) खुवाउन नपाइने व्यवस्था कहिले गरेको हो ?

 विक्रम संवत् २०७७ फागुन ३ ।

– शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ सार्वजनिक (२०७७ फागुन ३) गर्दै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा जङ्क फुड खुवाउन

निषेध गरिएको ।

– स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरिएको ।

– सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयलाई प्रदान गरेको । सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने । सरकारले कर्णालीमा प्रति विद्यार्थीलाई दैनिक २० रुपियाँ र अन्य क्षेत्रमा १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको ।


३. चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना कहिले सार्वजनिक गरेको हो ?

 सन् २०१९ जुलाई २४ ।

– प्रतिरक्षा योजना सन् २०१२ यता पहिलोपटक सार्वजनिक गरिएको ।

– विश्वमा सबैभन्दा बढी सैनिक रहेको चीन प्रतिरक्षामा सबैभन्दा बढी खर्च गर्ने मुलुकको सूचीमा विश्वमै दोस्रो स्थानमा पर्ने । यस सूचीमा अमेरिका पहिलो स्थानमा रहेको ।


४. वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ ?

 धारा १३९ ।

– (प्रत्येक प्रदेशमा एक उच्च अदालत रहनेछ । उच्च अदालतले आफ्नो र आफ्नामातहतका अदालत वा न्यायिक निकायबाट हुने न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा पैmसलाको अवज्ञा गरेमा सङ्घीय कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ ।

– प्रत्येक उच्च अदालतमा मुख्य न्यायाधीशका अतिरिक्त सङ्घीय कानुनमा व्यवस्था भएबमोजिमको सङ्ख्यामा न्यायाधीशहरू रहनेछन् ।)


५. सबैका लागि न्याय सुनिश्चित गर्ने मूल लक्ष्यसहित न्यायपालिकाको चौथो रणनीतिक योजना कहिलेदेखि लागू भएको हो ?

 विसं २०७६ साउन १ ।

– विसं २०६१ देखि सुरु भएको योजनाबद्ध न्यायालय सुधार अभियानअन्तर्गत चौथो पञ्चवर्षीय रणनीतिक योजना लागू भएको । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराद्वारा २०७६ असार ३१ मा सो योजना सार्वजनिक गरिएको । योजना २०८१ असार मसान्तसम्म कार्यान्वयनमा रहनेछ ।


६. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?

 छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।

– सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।

– तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एड्विन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।

– यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।

– एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

– सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएको छ ।


७. बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने भुटानको मुद्रालाई के भनिन्छ ?

 नेगुल्ट्रम ।


८. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

 भीमशमशेर ।


९. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ?

 सन् १९२९ ।

– (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलोपटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो ।)


१०. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?

 विसं १९३८ ।


११. विसं २०७५ मा मनाइएको प्रथम ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’को नारा के हो ?

 सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिको आधार ।


१२. राष्ट्रिय महिला आयोगद्वारा निःशुल्क हेल्पलाइन सेवा

‘खबर गरौँ ११४५’ कहिलेदेखि सञ्चालन गरिएको हो ?

 विसं २०७४ मङ्सिर २५ ।


१३. राणाकालीन समयमा नेपालमा कतिजना प्रधानमन्त्री भएका थिए ?

 १० जना ।


१४. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?

 विसं २०७४ भदौ ५ ।


१५. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

 विसं २०७४ मङ्सिर १ ।


१६. काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि द्रुत कार्यान्वयन टोली (क्वीक एक्सन टीम)को गठन कहिले गरिएको हो ?

 विसं २०७४ मङ्सिर १ ।


१७. पाटनको सुन्दरीचोक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?

 विसं २०७४ कात्तिक १२ ।


१८. राष्ट्र बैङ्कको अनुमतिविना वित्तीय संस्थाले विदेशी निकायको पुरस्कार वा सम्मान ग्रहण गर्न नपाउने व्यवस्था कहिलेदेखि लागू भएको हो ?

 विसं २०७४ पुस ११ ।


१९. विष्णुका दस अवतार के–के हुन् ?

 मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र बल्की


२०. “सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?

 गौतम बुद्ध ।


२१. प्रशासकीय पुनर्गठन योजना आयोग–२०१३ कसको अध्यक्षतामा गठित आयोग हो ?

 टङ्कप्रसाद आचार्य ।


२२. एक वडा एक कालोपत्रे सडक आयोजना तय गर्ने स्थानीय तह कुन हो ?

 फुङलिङ नगरपालिका, ताप्लेजुङ ।


२३. ‘हाइवे अफ स्पेसियल प्रोग्राम’ केसँग सम्बन्धित छ ?

 एक गाउँ एक उत्पादन ।


२४. महाहन्ट अप्रेसन केसँग सम्बन्धित छ ?

 दुर्लभ वन्यजन्तु र वनस्पति संरक्षण ।


२५. राष्ट्रिय योजना आयोगद्वारा दोस्रो बहुपक्षीय पोषण आयोजना (सन् २०१८–२०२२) कहिले सार्वजनिक

गरियो ?

 विसं २०७४ मङ्सिर २८ ।

– (पहिलो बहुपक्षीय पोषण योजना ः सन् २०१३–२०१७)

– सो पोषण आयोजनाअनुसार सन् २०२२ सम्ममा कुपोषणलाई २४ प्रतिशतमा झार्ने, पाचँ वर्षमुनिको पुड्कोपन तीन प्रतिशतबाट २० प्रतिशतमा झार्ने, कम तौल भएका बालबालिकाको अनुपात २७ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको ।

– सो योजना देशभर नै सञ्चालन हुने ।


२६. मनमोहक विचित्र गुफा कहाँ रहेको छ ?

 गुल्मी ।

– गुफा करिब एक सय ८५ मिटर लामो रहेको ।

– गुफाको मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटर भित्र पुगेपछि पाँच सयजनासम्म अट्ने स्थान रहेको जसलाई सभाहल नामकरण गरिएको । त्यस्तै, गुफामा शिवालय, राम र कृष्णको प्रतीक, विभिन्न नागका आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृति रहेको । गुल्मी सदरमुकाम तम्घासबाट चार कोस टाढा रहेको यो गुफा २०४५ सालमा ढेँडु लखेट्दै जानेक्रममा फेलापरेको स्थानीयले बताएका ।



१. नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ को मङ्सिर महिनासम्म इन्टरनेटको पहुँच पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?

 ८१ प्रतिशत ।

– तथ्याङ्कअनुसार फिक्स ब्रोडब्यान्डको पहुँच २१ प्रतिशत तथा मोबाइल ब्रोडब्यान्डको पहुँच ५९.६७ प्रतिशत रहेको । गत आवको सोही अवधिमा फिक्स ब्रोडब्यान्डको पहुँच १५.५३ प्रतिशत तथा मोबाइल ब्रोडब्यान्डको पहुँच ५६.४२ प्रतिशत रहेको थियो ।

– आव २०७७÷७८ सम्मको मङ्सिरसम्ममा पौने ४ करोड भ्वाइस टेलिफोन लाइन वितरण भएको ।

– नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार ७ लाख ३५ हजार ६ सय ९१ फिक्स टेलिफोन सेवा वितरण भएको । त्यस्तै, ३ करोड ८१ लाख १७ हजार ७ सय ३५ मोबाइल लाइन वितरण भएको ।

– तथ्याङ्कअनुसार ३ करोड ६४ लाख २७ हजार ५ सय ३९ जिएसएम लाइन वितरण भएको । सिडिएमए १६ लाख ९० हजार १ सय ९६ लाइन वितरण भएको ।

– नेपालमा फोरजी प्रयोगकर्ता ६६ लाख २२ हजार ३ सय १६ पुगेका । नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता २२ लाख ५७ हजार ७ सय ७२ र एनसेलका फोरजी प्रयोगकर्ता ४१ लाख ५३ हजार १ सय ९० पुगेका । त्यस्तै, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख ११ हजार ३ सय ५४ रहेका ।


२. धुलिखेल नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कहिले गरिएको हो ?

 विसं २०७७ फागुन ५

– (नगरको ३५औँ स्थापना दिवसको अवसरमा जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको ।)


३. नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ?

 हितेन्द्रदेव शाक्य ।

– शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ माघ २६ को बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको ।

– शाक्यले २०७७ फागुन २ मा प्राधिकरणको १७औँ कार्यकारी निर्देशकका रूपमा पदबहाली गरेका ।

– शाक्यले चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत ५ सय युनिट पु¥याउने घोषणा गरेका । अहिले नेपालको प्रतिव्यक्ति विद्युत्् खपतदर २६७ युनिट रहेको ।


४. नगर विकास कोषले आयोजनाको कार्यान्वयन तथा व्यवस्थापनका हिसाबले उत्कृष्ट नगरपालिका कुनलाई घोषित (२०७७ फागुन) गरेको छ ?

 सर्लाहीको लालबन्दी नगरपालिका ।

– (देशभरिका नगरपालिकाको विभिन्न योजना तथा विकास निर्माणमा लगानी गर्दै आएको नगर विकास कोषले सो

घोषणा गरेको ।)


५. विश्व व्यापार सङ्गठन (डब्लुटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?

 एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया) ।

– डब्लुटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी

पनि हुनुहुन्छ ।

– ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुहुनेछ र उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।

– सन् १९९५ मा डब्लुटीओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौँ व्यक्ति हुनुभएको ।

– एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटीओमा नयाँ प्रमुखको नियुक्ति हुन सकेको थिएन ।

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनमा निकै सङ्कटबाट गुज्रिनुपरेको डब्लुटीओलाई विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न आर्थिक सङ्कटबाट मुलुकलाई राहत प्रदान गर्न डब्लुटीओको काँधमा ठूलो जिम्मेवारी रहेको ।


६. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) कसलाई प्रदान गरियो ?

 टपेन्द्र कार्की (नागरिक दैनिक) र सुशील पन्त

(लोकान्तर डटकम) ।

– (एक लाख रुपैयाँ राशिको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रूपमा प्रदान गरिएको ।)


७. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) ले वर्षको उत्कृष्ट खेलाडी कसलाई घोषणा ग¥यो ?

 पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ ।

– २०७७ फागुन ८ मा आयोजित १५औँ एनएनआईपीए स्पोर्टस् अवार्डमा गौरिका महिलातर्फ र मन्डेकाजी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका ।

– पुसमा सम्पन्न पल्सर स्पोर्टस् अवार्डमा पनि यी दुवै खेलाडी वर्षका उत्कृष्ट खेलाडी बनेका ।

– यसपटकबाट थप भएको राइजिङ प्लेयर अफ द इयर अवार्ड विधामा पुरुषतर्फ गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी सङ्गीता धामी चयन भएका ।

– त्यस्तै, प्रतिभावान खेलाडी अवार्ड पुरुषतर्फ फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरेका । नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकवर शाह सम्मानित भएका ।

– त्यस्तै, पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले जितेका । एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशनसिंह राउत सम्मानित भएका ।


८. विश्वका एक सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल नेपालका चार स्वास्थ्यकर्मी को–को हुन् ?

 नर्स दुर्गा सापकोटा, सुष्मा योञ्जन एवम् मिडवाइफ प्रशंसा बुढा लामा र रुक्मणी त्रिपाठी ।

– (नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व स्वास्थ्य सङ्गठन, युएनएफपीए एवम् अन्तर्राष्ट्रिय मिडवाइफ सङ्घद्वारा संयुक्त रूपमा सो सूची

प्रकाशित गरिएको ।)


९. मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश २ प्रमुखमा कसलाई नियुक्त (विसं २०७७ फागुन ७ गरियो ?

 डा. राजेश झा (अहिराज) ।


१०. बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?

 म्यारिक लुकास रिज्नेभेल्ड ।


११. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?

 पेरिस (फ्रान्स) ।


१२. विश्वको पहिलो बोल्ने रोबोट किरोवो हो भने नागरिकता प्राप्त गर्ने पहिलो रोबोट कुन हो ?

 सोफिया ।


१३. विश्व खुसी सूचकाङ्क २०२० मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 ९२औँ (अङ्क ५.१३७) ।

– सस्टेनेबल सोलुसन नेटवर्कद्वारा सार्वजनिक सो सूचीअनुसार विश्वको सबैभन्दा खुसी देशमा फिनल्यान्ड (७.०८

अङ्क) परेको ।

– त्यस्तै, सबैभन्दा कम खुसी देशमा अफगानिस्तान (२.५६७ अङ्क) रहन पुगेको ।

– सबैभन्दा खुसी पहिलो पाँच राष्ट्रहरूमा क्रमशः फिनल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे रहेका ।

– सबैभन्दा कम खुसी पछिल्ला पाँच राष्ट्रहरूमा सेन्ट्रल अफ्रिकन रिपब्लिक (१४८औँ), रुवान्डा (१४९औँ), जिम्बावे (१५०औँ), दक्षिण सुडान (१५१औँ), अफगानिस्तान

(१५२औँ) रहेका ।

– सार्क राष्ट्रहरूमा पाकिस्तान ६६औँ, माल्दिभ्स ८७औँ, नेपाल ९२औँ, बङ्गलादेश १०७औँ, श्रीलङ्का १३०औँ, भारत १४४औँ र अफगानिस्तान १३५औँ स्थानमा रहेका । सो अध्ययनमा भुटान समावेश नभएको ।


१४. मिसोफोनिया भन्नाले के बुझिन्छ ?

 विभिन्नप्रकारका ध्वनि सुनेर हुने असहजपन (आवाजका कारण हुने विशेष कठिनाइ) ।


१५. नेपालमा कमलरीप्रथा मुक्त घोषणा कहिले गरिएको हो ?

 विसं २०७० साउन ३ ।

– (कमैया मुक्त घोषणा विसं २०५७ साउन २ र हलियाप्रथा मुक्त घोषणा २०६५ भदौ २१ मा गरिएको ।)


१६. चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन् ?

 प्रताप मल्ल ।


१७. नेपालमा जिरो हङ्गर च्यालेन्ज अभियान औपचारिक रूपमा कहिले सुरु भएको हो ?

 विसंं २०७१ पुस ४ ।


१८. राष्ट्रिय बीमा संस्थानले व्यावसायिक कारोबारको थालनी कहिलेदेखि गरेको हो ?

 विसं २०२४ फागुन ११ ।

– (पाँच दशकअघि स्थापित भई बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय बीमा संस्थान विसं २०७७ फागुन ११ देखि ५४औँ वर्षमा प्रवेश गरेको ।)


१९. सार्कद्वारा घोषित अन्तरक्षेत्रीय सम्पर्क दशकको अवधि कुन हो ?

 सन् २०१०–२०२० ।


२०. शिक्षा क्षेत्रका दधिची भनेर कसलाई चिनिन्छ ?

 शङ्करदेव पन्त ।


२१. साइलेन्ट स्पिङ नामक वातावरणसँग सम्बन्धित पुस्तकका लेखक को हुन् ?

 राचेल कारसन ।


२२. नेपालका कुन सहिदलाई ‘सहिद माइला’ उपनामले चिनिन्छ ?

 दशरथ चन्द ।


२३. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’ को स्थापना कहिले गरियो ?

 सन् २०१८ जनवरी २६ ।

– साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको

स्थापना गरिएको ।

– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।


२४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’को उद्घाटन कहिले गरियो ?

 विसं २०७६ फागुन ८ ।


२५. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्ध कहाँ रहेको छ ?

 काभ्रे ।

– जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानीबाट ४३ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ ।

– गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किंवदन्ती रहेको छ ।

– बौद्ध धर्मावलम्बीले कार्तिक पूर्णिमामा विशेष मेला भर्ने यस स्थानमा साउन महिनामा गुँलापर्व एवम् हरेक पूर्णिमा र औँसीमा पनि दर्शनार्थी जुट्ने गर्छन् ।


२६. एसियाडको इतिहासमा पहिलोपटक दुई सहरमा आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगिता कुन हो ?

 १८औँ एसियाड (सन् २०१८) (इन्डोनेसियाको जकार्ता

र पलेम्बाङ


१. हेटौँडा उपमहानगरपालिका–१३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरियो ?

 विक्रम संवत् २०७७ फागुन १३ ।

– १९९ किघा १७ कठ्ठा क्षेत्रफल रहेको औद्योगिक क्षेत्रको निर्माण लागत सात अर्क २ करोड ३४ लाख रुपियाँ रहेको ।

– ६२ वटा प्लट रहने सो औद्योगिक क्षेत्रमा औद्योगिक प्लट, आवासीय क्षेत्र, प्रशासनिक क्षेत्र, सेवा क्षेत्र, मुद्रण क्षेत्र, पेट्रोल पम्प तथा धर्मकाँटा पुल क्षेत्र, भन्सार, ठूला ट्रक पार्किङ क्षेत्र, सशस्त्र बेस क्याम्प, फोहोर पानी प्रशोधन केन्द्र, सडक सञ्जाल, वन तथा मनोरञ्जन क्षेत्रका लागि पूर्वाधार निर्माण गरिने भएको ।

– २०७२ चैत १ को मन्त्रिपरिषद् बैठकले मयुरधापमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको ।


२. सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला कहिले भएको हो ?

 विसं २०७७ फागुन ११ ।

– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसमा विघटन गर्ने २०७७ पुस ५ गतेको सरकारको निर्णय बदर गर्ने फैसला गरेको । विघटनका पूर्वसर्त पालना नभएको तथा नेपालले अवलम्बन गरेको संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संविधानबमोजिम बाहेक असीमित अधिकार नरहेको भन्दै बदर गरेको ।

– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो फैसला गरेको । त्यस्तै, इजलासले १३ दिनभित्र अधिवेशन आह्वानको पनि परमादेश गरेको ।

– प्रधानमन्त्री नियुक्ति नै हुन नसक्ने अवस्था रहेमा वा विश्वासको मत प्राप्त गर्ने आधार नभएमा मात्र विघटन गर्न सक्ने परिकल्पना संविधानको धारा ७६ ले गरेको व्याख्या अदालतले गरेको ।


३. झापामा नेपाल–चीनमैत्री औद्योगिक पार्क शिलान्यास कहिले गरियो ?

 विसं २०७७ फागुन १६ ।


४. महासिद्ध विश्व शान्ति केन्द्र कहाँ निर्माण गर्न

थालिएको छ ?

 लुम्बिनी ।


५. युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार–२०७७ कसलाई प्रदान ग¥यो ?

 खेल पत्रकार कमल खत्री (पुरस्कार राशी ः ५० हजार) ।


६. नेपालमा सरसफाइ सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?

 विसं २०५६ ।


७. फेवातालको चार किल्ला निर्धारणपश्चात् यसको क्षेत्रफल कति कायम भएको छ ?

 ५.७२६ वकिमि (११,२५५ रोपनी ११ आना एक पैसा) ।

– गण्डकी प्रदेशले २०७७ फागुन १६ मा पत्रकार सम्मेलनमार्फत समितिको प्रतिवेदन सार्वजनिक गरेको । त्यस्तै, सीमारेखाको, परिधि १८ किमि निर्धारण गरिएको ।

– तालको चार किल्ला कायम हुन नसक्दा बढ्दो अतिक्रमण हटाउन समस्या भएपछि गण्डकी प्रदेश सरकारले गठन गरेको ‘चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समिति’को प्रतिवेदनका आधारमा चार किल्ला कायम गरिएको । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्द्वारा चार किल्ला निर्धारण गरिएको थियो ।

– समितिले तालवरपर रहेका जनप्रतिनिधि, स्थानीय तथा ज्येष्ठ नागरिकसँगको अन्तरक्रिया, फेवातालमा मिसिन आउने खोलाको अवस्थिति र आकार, फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल, फेवातालका हालसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण र दूरसंवेदन तथा भू–भौतिक अध्ययनमार्फत क्षेत्रफल कायम गरेको गण्डकी प्रदेश सरकारले जनाएको । तालको पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खर्पाैंदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन क्षेत्र रहेको ।

विगतको अध्ययन

– विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल तोकिँदै आएको थियो ।

– यसअघि पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित आयोगले गरेको अध्ययनअनुसार फेवातालको क्षेत्रफल ६.५४ वकिमि (१२,८७४ रोपनी)

तोकिएको थियो ।

– २०३८ मा यूएनडीपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ५.८ वकिमि (११,४०० रोपनी) तोकेको थियो ।

– तालको क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर रहेको जनाइएको ।


८. नेपालमा सबैभन्दा बढी पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?

 चितवन राष्ट्रिय निकुञ्ज ।


९. श्रीलङ्काको परिवर्तित व्यवस्थापकीय राजधानी कुन हो ?

 श्री जयवर्धनेपुरा (कोलम्बो कार्यपालिकीय र न्यायिक राजधानी रहेको ।)


१०. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

 माल्दिभ्स ।

– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)


११. डट्स प्लस उपचार कुन रोगसँग सम्वन्धित छ ?

 क्षयरोग ।


१२. चाणक्य नामले पनि चिनिने कौटिल्यको वास्तविक नाम के हो ?

 विष्णु गुप्त ।


१३. धार्मिक, पर्यटकीय एवम् जैविक विविधताका हिसाबले महŒवपूर्ण बर्जुताल कहाँ रहेको छ ?

 सुनसरी ।

१४. भन्सार विभागद्वारा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिले

भएको हो ?

 विसं २०७४ साउन १ ।

१५. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ?

 फेब्रुअरी २१ ।

– (सन् २००० देखि २१ फेब्रुअरीलाई विश्वभरि नै मातृभाषा दिवसका रूपमा मनाउन थालिएको ।)


१६. कुपोषण समस्या समाधान गर्न नेपालमा सञ्चालित दोस्रो बहुक्षेत्रीय पोषण योजनाको अवधि कुन हो ?

 सन् २०१८–२०२२ ।

– (पहिलो बहुक्षेत्रीय पोषण योजना अवधि ः २०१३–२०१८) ।


१७. २०७७ फागुन १४ मा महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा प्रेमसागरी देवी निधि पुरस्कारबाट क–कसलाई सम्मान गरियो ?

 होमनाथदाहाल (वरिष्ठ पत्रकार), डा. रामदयाल राकेश

(साहित्यकार), काशीदेवी झा र गिरिराजकुमारी प्रसाईं ।

– पुरस्कारको राशि ः जनही एक लाख रुपियाँ रहेको ।

– होमनाथ दाहाल गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल पत्रकार महासङ्घको सभापति, सांसद तथा मन्त्रीसमेत भइसक्नुभएको ।

– यसैगरी, डा. राकेश नेपाली, हिन्दी, अङ्ग्रेजी भाषाका वरिष्ठ साहित्यकार हुनुहुन्छ ।

– काशीदेवी झा पूर्वसांसद एवम् तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको अभियोगमा २०२० सालमा फाँसी दिइएका दुर्गानन्द झाकी धर्मपत्नी हुनुहुन्छ ।

– यस्तै, ९० वर्षीया प्रसाईं काँग्रेस नेता स्वर्गीय भरतबाबु (सीके) प्रसार्इंकी धर्मपत्नी हुनुहुन्छ । उहाँ विभेदको अन्त्य, छुवाछूत प्रथा एवम् कुरीति हटाउन क्रियाशील रहँदै आउनुभएको ।


१८. आधा अङ्ग भाले र आधा पोथीको स्वरूप भएको अनौठो प्रकृतिको चरा कहाँ फेलापरेको छ ?

 अमेरिका ।

– सन् २०२१ फेब्रुअरीमा चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चरा फेलापारेका ।

– एउटै शरीरमा भाले र पोथीको रङसहित अन्डाशय र डिम्वाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ ।

– हिलका अनुसार दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको भाले कार्डिनलको रङ चम्किलो रातो र पोथीको रङ फिक्का खैरो हुने ।


१९. उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले प्रत्येक वर्ष एक हजार नयाँ उद्योग स्थापना गरी डेढ लाख रोजगारी सिर्जना गर्ने उद्देश्यसाथ अघि बढाउन थालेको

अभियान कुन हो ?

 ‘मेक इन नेपाल–स्वदेशी’ अभियान ।

– (विसं २०७७ फागुन १२ गते उक्त अभियानबारे विस्तृत जानकारीसहितको प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आगामी पाँच वर्षमा वार्षिक निर्यात करिब पाँच खर्ब पु¥याउने लक्ष्य लिइएको । हाल नेपालबाट वार्षिक करिब एक खर्बसम्मको निर्यात हुने गरेको ।)


२०. फुटबल खेलाडीलाई बल हेडिङ गर्दा कुन रोग लाग्ने खतरा हुन्छ ?

 मस्तिष्कघात ।


२१. जटिलरोग पहिचान गर्न सक्ने पारमाणविक प्रयोगशाला

(मलिकुलर ल्याब) कुन अस्पतालमा सञ्चालनमा ल्याइएको छ ?

 मीनभवनस्थित सिभिल अस्पताल ।


२२. बुटवलमा लुम्बिनी केबलकारको शिलान्यास कहिले गरिएको हो ?

 विसं २०७७ फागुन १ ।

– (त्यस्तै, बुटवलमै दोस्रो केबलकार ‘सिद्धार्थ केबलकार’को शिलान्यास २०७७ फागुन ९ मा गरिएको)


२३. कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरिएको हो ?

 विसं २०७७ फागुन १० ।

– सरकारले प्रस्ताव गरेका १५ नयाँ औद्योगिक क्षेत्रमध्ये आगामी पाँच वर्षमा सम्पन्न गर्नेगरी ६ वटा क्षेत्र निर्माणकार्य अघि बढाएको ।

– सरकारले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा बजेटमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको ।

– कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता, रूपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर मकवानपुरको मयुरधाप तथा झापाको दमक औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७७ चैतमा निर्णय गरेको थियो ।


२४. अन्तर्राष्ट्रिय एकल महिला दिवस कहिले मनाइन्छ ?

 जुन २३ ।


२५. सातवटै महादेशका सर्वोच्च शिखरको आरोहण गर्ने पहिलो नेपाली महिला आरोही को हुन् ?

 सुस्मिता मास्के ।


२६. ब्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ रहेको छ ?

 साङ्घाई (चीन) ।


२७. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटना दर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्छ ?

 सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ।


२८. वाकर कप÷राइडर कप कुन खेलसँग सम्बन्धित छन् ?

 गल्फ ।


२९. सर्वप्रथम महिला विश्वकप फुटबल आयोजना कहिले गरिएको हो ?

 सन् १९९१ ।


३०. मादक पदार्थ सेवन गरे÷नगरेको जाँच गर्ने यन्त्र ब्रेथलाइजरले कति अङ्कभन्दा बढी देखाएमा ‘मापसे’ गरेको मानिन्छ ?

 ०.१३ ।


१. संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति (सीडीपी)ले नेपाललाई कति अवधिको तयारी समय दिएर विकासशील मुलुकमा स्तोन्नतिका लागि सिफारिस गरेको छ ?

 ५ वर्ष (सन् २०२६) ।

– संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपाल अब अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ । तर, त्यसका लागि समय भने केही पर सरेको छ । नेपालले पाँच वर्षको सहुलियतपूर्ण

समय पाएको छ ।

– सन् २०२१ फेब्रुअरी २२ देखि २६ सम्म चलेको सीडीपीको त्रैमासिक समीक्षाका क्रममा नेपालले कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि मापदण्ड पूरा गर्दै रहेको पाइएकाले तयारीका लागि पाँच वर्ष समय दिएर यो सिफारिस गरिएको स्पष्ट पारेको ।

– अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन संयुक्त राष्ट्रसङ्घले आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीनवटा मापदण्ड तोकी सोअनुसारका सूचक पूरा हुनुपर्ने सर्त राखेको भए पनि दुईवटा मापदण्ड मात्र पूरा भए स्तरोन्नति हुन सकिने प्रावधान छ । आर्थिक जोखिम तथा मानव सम्पत्ति सूचकमा तोकिएको न्यूनतम अङ्क (थ्रेसहोल्ड) कायम भएकाले नेपाल सन् २०१५ मै अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि योग्य थियो तर नेपालकै अनुरोधमा यस्तो स्तरोन्नतिलाई स्थगन गरिएको थियो । स्तरोन्नतिको महŒवपूर्ण सूचक प्रतिव्यक्ति आम्दानीमा भने नेपाल अहिले पनि न्यूनतम सीमा (अङ्क) भेट्न सकेको छैन । स्तरोन्नतिका लागि प्रतिव्यक्ति आय १२३० अमेरिकी डलर

(वार्षिक) हुनुपर्नेमा पछिल्लो मानव विकास सूचकाङ्कअनुसार नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १०२७ अमेरिकी डलर मात्रै रहेकाले यसलाई वृद्धि गरी न्यूनतम बिन्दुमा पु¥याउनुपर्ने दायित्व तथा चुनौती नेपालका अगाडि रहेको छ ।

– राष्ट्रसङ्घको प्रचलन अनुसार नयाँ स्तरोन्नत मुलुकले थप ३ वर्ष तयारीका लागि समय पाउने प्रावधान छ । नेपालले २०२४ सम्ममा स्तरोन्नतिका निर्धारित तीनवटै मापदण्ड पूरा गर्नुपर्ने हो तर कोभिड–१९ का कारण उत्पन्न विश्वव्यापी असामान्य अवस्थामा नेपालले गरेको विशेष अनुरोधअनुसार दुई वर्ष बढाई सन् २०२६ सम्ममा यस्ता सूचक पूरा गर्न पाउने सुविधा पाएको छ ।

– त्यसैगरी, सन् २०३० मा नेपाललाई मध्यम आयको देश बनाउने पनि चुनौती रहेको छ ।


३. अमेरिकी सरकारद्वारा प्रदान गरिएको

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने नेपाली किशोरी को हुन् ?

 मुस्कान खातुन ।

– तेजाव आक्रमणमा परेकी खातुन तेजाव आक्रमण अन्त्यको अभियानमा लागेकी । सोही कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई सो सम्मान प्रदान गरिएको ।

– धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाव आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि पहल गर्दै आएकी ।


३. बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कहिले भएको हो ?

 विसं २०७७ फागुन २१ ।


४. फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई न्यायाधीशलाई घुस दिने प्रयास गरेको आरोपमा तीन वर्ष जेल सजायको फैसला कहिले सुनाइएको हो ?

 सन् २०२१ मार्च १ ।

– (फ्रान्सको इतिहासमा भ्रष्टाचारको मुद्दामा जेल जाने सार्कोजी दोस्रो राष्ट्रपति हुन् । यसअघि मार्सल फिलिपेलाई पनि अदालतले जेल पठाएको थियो ।)


५. सन् २०२१ मार्च ८ मा मनाइएको १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको नारा के हो ?

 वुमेन इन लिडरसिप ः एचिभिङ एन इक्वायल फ्युचर इन अ कोभिड–१९ वल्र्ड ।

– (राष्ट्रिय नारा ः महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार ।)


६. नेपाल सरकारद्वारा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७२ चैत २५ ।

– (स्वास्थोपचारमा हुने खर्चको भारलाई अग्रिम व्यवस्थापन गरी आमनागरिकको उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यसाथ यो कार्यक्रम सञ्चालन गरिएको ।)


७. नेपालमा पहिलोपटक पूर्वाधार सम्मेलनको आयोजना कहिले गरियो ?

 विसं २०७१ कात्तिक २५–२६ काठमाडौँ ।


८. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७७ फागुन २२ ।

– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै अभियान थालनी गरिएको ।

– सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवा–सुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको ।

– युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन भएको ।


९. राष्ट्रिय अरनिको सम्मान–२०७७ कसलाई प्रदान गरियो ?

 कलाकार शङ्करनाथ रिमाल र सन्तकुमार शाक्य (पुरस्कार राशि ः १ लाख) ।

– नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानले विभिन्न सात विधामा राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरेको, पुरस्कृत हुनेमा मिलन शेरचन (हस्तकला), सुरेश लवट (परम्परागत मूर्तिकला), भूषण दुवाल (आधुनिक मूर्तिकला), गणेश जोशी (आधुनिक चित्रकला), कृष्णराम घेमेसू (परम्परागत चित्रकला), लक्ष्मण मन्डल (लोककला) र प्रमिला लामा (वास्तुकला तथा अन्य सृजनात्मक कला) रहेका । पुरस्कारको राशि जनही ६० हजार रुपियाँ रहेको ।

– त्यस्तै, कलाकार केशव खनाललाई ललितकला राष्ट्रिय पत्रिकारिता पुरस्कार–२०७७ एवम् लय मैनालीलाई ललितकला राष्ट्रिय लेखन पुरस्कार–२०७७ प्रदान गरिएको ।


१०. युरो–३ केसँग सम्बन्धित छ ?

 सवारी मापदण्ड ।


११. इनवार केसँग सम्बन्धित छ ?

 बाँस र बेतबाँस ।


१२. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

 सन् १९६१ ।

– वैचारिक आस्था एवम् राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी बनाइएकाको सहयोग गर्ने उद्देश्यसाथ यो संस्थाको स्थापना भएको ।

– विविध पक्ष (राजनीतिक, धार्मिक, साँस्कृतिक)का आस्थाका बन्दीको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोधसाथ सिफारिस गर्ने कार्य यसले गर्छ ।

– ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सक्रियतामा भएको ।

– यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको ।


१३. सीएनएन हिरो घोषित हुने पहिलो नेपाली को हुन् ?

 अनुराधा कोइराला (दोस्रो नेपाली ः पुष्पा बस्नेत) ।


१४. नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शान्तिसम्बन्धी तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर कहिले भएको हो ?

 विसं २०७७ फागुन २१ ।

– (प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवको उपस्थितिमा फागुन २१ मा गृहमन्त्री तथा सरकारी वार्ताटोलीका प्रमुख रामबहादुर थापा ‘बादल’ र नेकपाका प्रवक्ता तथा वार्ताटोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’द्वारा तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको । सरकारी र विप्लव समूहको वार्ताटोलीबीच २० गते तीनबुँदे सहमति भएको थियो । सो सहमतिलाई फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गर्दै विप्लव समूहमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।)


१५. ब्लड मनी भनेको के हो ?

 मृत्युदण्डको सजाय पाएको व्यक्तिको पक्षले पीडित पक्षलाई क्षतिपूर्ति दिई आरोपी पक्षलाई बचाउनेगरी दुवै पक्षको हित गर्न गरिने रकमको आदान–प्रदान ।


१६. संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगद्वारा नेपालसम्बन्धी प्राविधिक सहयोग र परामर्श सेवासम्बन्धमा पारित प्रस्तावलाई के भनी चिनिन्छ ?

 आइटम १९ ।


१७. मर्स नामक श्वासप्रश्वाससम्बन्धी रोग सन् २०१५ मा कुन देशमा देखापरेको थियो ?

 दक्षिण कोरिया ।


१८. पर्वतारोहणका लागि खुला गरिएको नेपालको पहिलो हिमाल कुन हो ?

 अन्नपूर्ण ।


१९. केन्द्रीय तथ्याङ्क विभागले कुल गार्हस्थ उत्पादन (जीडीपी) गणनाको आधार वर्ष परिवर्तन गरी नयाँ आधार वर्ष कुन कायम गरेको छ ?

 सन् २०१०÷११ ।

– हालको राष्ट्रिय लेखा तथ्याङ्कको आधार वर्ष सन् २०००÷०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरिएको ।

– नयाँ आधार वर्षपछि देशको अर्थतन्त्रको आकार बढेको छ । विभागका अनुसार सन् २०००÷०१ लाई आधार वर्षभन्दा अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्बको थियो । नयाँ आधार वर्ष सन् २०१०÷११ लाई आधार मान्दा अर्थतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब ७० करोड रुपियाँ पुगेको ।

– अर्थतन्त्रमा अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै नयाँ आधार वर्ष परिवर्तन भएको विभागले जनाएको । नेपालले पनि अन्य देशले जस्तै १० वर्षमा आधार वर्ष परिवर्तन गरेको ।

– केही विकसित देशले भने तीनदेखि पाँच वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको पाइन्छ । नेपालको इतिहासमा यो पाँचौँ आधार वर्ष हो ।

– विभागले २०७७ फागुन २० गते आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले आधार दर र गत वर्षको परिमार्जित जीडीपी प्रस्तुत गरिएको बताएका ।


१. निर्वाचन आयोगद्वारा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गर्ने निर्णय कहिले भएको हो ?

 वि.सं. २०७७ फागुन २५

– सर्वोच्च अदालतले २०७७ फागुन २३ मा गरेको फैसला कार्यान्वयन गराउने सम्बन्धमा फागुन २५ मा बसेको बैठकले नेकपाको पार्टी एकीकरणलाई खारेज गर्ने निर्णय गरेको ।

– एकीकरणबाट बनेको नेकपा खारेज गरेसँगै आयोगले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ववत् दल कायम रहेको व्यहोरा जानकारी गराएको ।


२. नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरण सम्बन्धी सम्झौता कहिले गरेको हो ?

 वि.सं. २०७७ फागुन

– नेपालले वन संरक्षण गर्दै कार्बन न्यूनीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

– नेपाल प्रशान्त एसिया क्षेत्रमा कार्बन सम्झौता गरेर लाभ लिने पाँचौँ मुलुक हो । विश्वमा भने नेपाल १२ औँ मुलुक हो ।

– विश्वका औद्योगिक मुलुकले बढी कार्बन उत्सर्जन गर्दा कम उत्सर्जन गर्ने तथा उत्सर्जन नै नगर्ने मुलुकले पनि उत्तिकै प्रदूषणको हानि व्यहोर्नु परेको छ । त्यो असन्तुलनलाई कम गर्न औद्योगिक मुलुकले नेपालजस्ता कार्बन कम उत्सर्जन गर्ने र वन तथा वातावरण संरक्षणमा योगदान दिने मुलुकलाई क्षतिपूर्ति वा पुरस्कारवापतको रकम तिर्नुपर्ने अवधारणाको विकास भएको छ । सोहीअनुसार विश्व बैङ्कमार्फत नेपालले पाचँ अर्ब रुपियाँभन्दा बढी रकम पाउने ।


३. संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्अन्तर्गतको लागू औषध नियोगको सदस्यमा नेपाल कहिले चयन भएको हो ?

 सन् २०१९ मे ७ (नेपाल पहिलो पटक निर्वाचित भएको)

– सो समितिमा नेपाल सन् २०२० देखि २०२३ सम्मको अवधिका लागि निर्वाचित भएको ।

– नियोगको सदस्यमा नेपालसँगै एसिया प्रशान्त क्षेत्रबाट चीन, जापान, थाइल्यान्ड, बहराइन, काजकिस्तान, तुर्कमेनिस्तान र पाकिस्तान चयन भएका ।

– लागू औषधसम्बन्धी सन्धिमा नेपालद्वारा सन् २००३ मा हस्ताक्षर गरिएको साथै सन् २०११ मा अनुमोदन गरिएको ।

– यस सन्धिमा हाल १८६ राष्ट्र आबद्ध भएका ।


४. अन्तर्राष्ट्रिय वन दिवस कहिले मनाइन्छ ?

 मार्च २१

– (संयुक्त राष्ट्र सङ्घले सन् २०१२ डिसेम्बर २१ मा हरेक वर्ष मार्च २१ मा यो दिवस मनाउने निर्णय गरेको ।)


५. अमिलो मह कुन देशमा पाइन्छ ?

 ब्राजिल


६. वल्र्ड डिजिटल कम्पिटिटिभनेस इन्डेक्स २०२० अनुसार पहिलो पाँच स्थानमा पर्न सफल राष्ट्र कुन–कुन हुन् ?

 क्रमशः अमेरिका, सिङ्गापुर, डेनमार्क, स्वीडेन र हङकङ


७. बोस्टन टी पार्टी केसँग सम्बन्धित छ ?

 अमेरिकी स्वतन्त्रता सङ्ग्राम


८. तराई प्रदेशमा मात्र फैलिएको प्रदेश कुन हो ?

 प्रदेश नं. २


९. अडियो क्यासेटका आविस्कारक को हुनुहुन्छ ?

 लो ओट्टेन्स (डच इन्जिनियर)

– उनको आविस्कारको कारण विश्वका सङ्गीत श्रोताहरूको जीवनशैलीमै व्यापक पारिवर्तन आएको थियो ।

– तर, कालान्तरमा सीडीको जमानासमेत सकिएर पेनड्राइभहरूमा गीत सङ्गीत सजिलै बोकेर हिँड्न सकिने भएकाले क्यासेट चक्काको प्रचलन सुस्ताउन पुग्यो ।


१०. सबैभन्दा बढी स्थानीय तह पिछडिएको क्षेत्रमा परेको जिल्ला कुन हो ?

 बझाङ

– पिछडिएको क्षेत्रमा पर्ने नगरपालिकाको सङ्ख्या ८ र गाउँपालिकाको सङ्ख्या ४९ रहेको ।

– सरकारले २०७४ आश्विन २५ मा विभिन्न ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्रमा समावेश गरेको ।


११. इतिहासका पिता भनी कसलाई चिनिन्छ ?

 हेरोडोटस (प्राचीन ग्रिक दार्शनिक)


१२. इटालियन अन्वेषक क्रिष्टोफर कोलम्बसले युरोपबाट अमेरिका पुग्ने बाटो कहिले पत्ता लगाउनुभएको थियो ?

 सन् १४९२


१३. विश्वका कुन शासकलाई वार टाइम प्राइम मिनिस्टर भनेर पनि चिनिन्छ ?

 सर विन्स्टन चर्चिल (ब्रिटिस प्राइममिनिस्टर)


१४. विश्व बैङ्कको प्रधान कार्यालय कहाँ रहेको छ ?

 वासिङ्टन डिसी (अमेरिका)


१५. गोरखापत्रको प्रकाशन सुरुवात कहिलेदेखि भएको हो ?

 वि.सं. १९५८ वैशाख २४

– तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरका पालादेखि यसको प्रकाशन सुरु भएको ।

– सुरुमा गोरखापत्र साप्ताहिक रूपमा प्रकाशित हुने गरेको ।

– वि.सं. १९८४ वैशाख १३ मा गोरखापत्रमा पहिलोपल्ट तस्बिर छापिएको ।

– वि.सं. २००३ पौष ८ देखि हप्तामा ३ पटक प्रकाशित हुन थालेको ।

– वि.सं. २०१७ फागुन ७ देखि दैनिक रूपमा प्रकाशित हुन थालेको ।

– वि.सं. २०१९ असारबाट शनिबारीय परिशिष्टाङ्क प्रकाशन सुरु ।

– वि.सं. २०५९ असार १ देखि गोरखापत्र रङ्गीन छापिन थालेको ।

– वि.सं. २०६४ आश्विन १ देखि बहुभाषिक रूपमा प्रकाशित हुन थालेको ।


१६. कुन हिमाललाई अफ्रिकाको छानो भनेर चिनिन्छ ?

 किलिमञ्जरो

– अफ्रिकी महादेशको तान्जनियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटकीय गन्तव्य पनि हो ।

– यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको ।

– यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिक्नेस’ भने लाग्न सक्ने ।


१७. प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ स्थापना गरिने भएको छ ?

 पाँचखाल (काभ्रे)


१८. ‘लोलुफेरा अभियान’ केसँग सम्बन्धित छ ?

 पदयात्रा


१९. नेपालमा पहिलोपटक कुसुन्डा भाषाको पढाइ औपचारिक रूपमा कहाँ सुरु गरिएको छ ?

 लमही (दाङ)


२०. नेपालको कुन ठाउँमा ‘हिमचितुवा अनुसन्धान केन्द्र’ स्थापना गर्ने निर्णय भएको छ ?

 ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र


२१. तेक्वान्दो खेललाई आधिकारिक रूपमा ओलम्पिकमा कहिलेदेखि समावेश गरिएको हो ?

 सन् २००० को सिड्नी ओलम्पिकदेखि


२२. बारुदी सुरुङमुक्त घोषित हुने पहिलो एसियाली राष्ट्र कुन हो ?

 नेपाल


२३. नेपाललाई कहिलेसम्म शून्य भोकमरी मुलुक (श्भचय ज्गलनभच) मुलुक बनाउने योजना छ ?

 सन् २०२५


२४. पछिल्लो वनस्रोत सर्वेक्षणअनुसार तराईमा प्रतिवर्ष कति वन विनास भएको छ ?

 ०.४४ प्रतिशत

– त्यस्तै, चुरे क्षेत्रमा प्रतिवर्ष ०.१८ प्रतिशतले वन विनास भइरहेको ।

– वनस्रोत सर्वेक्षण २०१६ अनुसार नेपालमा वनले ओगटेको क्षेत्र ४४.७४ प्रतिशत रहेको ।

– नेपालमा सबैभन्दा बढी वन मध्य पहाडी क्षेत्र (३७.८० प्रतिशत) मा रहेको ।

– नेपालमा औसत प्रतिहेक्टर रुख सङ्ख्या ४३० रहेको ।

– सन् १९९० को वनस्रोत सर्वेक्षणअनुसार नेपालमा वनक्षेत्रले ओगटेको भूभाग ३९.६ प्रतिशत रहेको ।


२५. गगनपुर (प्रस्तावित) अन्तरिक्ष बस्तीको योजनाकार को हुनुहुन्छ ?

 सुशान्त खड्का


२६. ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को सुरुवात कुन देशबाट भएको हो ?

 अमेरिका

– यो प्रविधि पहिलोपल्ट सन् १९७३ मा अमेरिकी रक्षा विभागमा प्रयोगमा ल्याइएको । पूर्ण क्षमताका साथ यो प्रविधि सन् १९९५ देखि प्रयोगमा आएको ।

– आकाशबाट लिइएको चित्रबाट सम्बन्धित ठाउँको बारेमा जानकारी लिन सकिने यो प्रविधिको विकासमा बाडफोर्ड पार्किन्सन, रोजर एल एस्टोन र इभान ए गेटिङको योगदान रहेको ।

– यो स्पेस–बेस्ड स्याटेलाइट नेभिगेसन सिस्टम हो ।


२७. सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने ब्म्क्ी को पूरा रूप के हो ?

 ब्कथmmभतचष्अ म्ष्नष्तब िक्गदकचष्दभच ीष्लभ


२८. सूचना तथा सञ्चारको सबैभन्दा पुरानो सेवा कुनलाई मानिन्छ ?

 हुलाक सेवा


२९. ‘नेपाल आँखा बैङ्क’ को स्थापना कहिले र कहाँ भएको हो ?

 सन् १९९४, तिलगङ्गा (काठमाडौँ)

– आँखाको नानी प्रत्यारोपण गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले यसको स्थापना भएको ।

– अन्तर्राष्ट्रिय आँखा बैङ्कहरूको सङ्घ बाल्टिमोर (अमेरिका) को प्राविधिक सहयोग एवं सहायतामा यस बैङ्कको स्थापना भएको ।

– आँखा दान गर्ने व्यक्ति मरेको १२ घण्टाभित्र आँखाको सबैभन्दा बाहिरपट्टि रहेको पातलो झिल्ली अर्थात् कोर्निया झिकी यस बैङ्कमा सुरक्षित साथ राखी अर्को व्यक्तिमा

प्रत्यारोपण गरिने ।


३०. रावलपिण्डी रिजोलुसन नामक कार्यक्रम केसँग सम्बन्धित छ ?

 बाल मजदुरी उन्मूलन



१. विक्रम संवत् २०७७ फागुनमा सम्पन्न दसौँ नेफ्टा फिल्म अवार्डस्मा लाइफटाइम अवार्ड कसलाई प्रदान गरियो ?

 प्रदीपकुमार उपाध्याय (ध्वनि इन्जिनियर) र नारायण तिमिल्सिना (प्रकाश व्यवस्थापक) ।


२. सगरमाथा शिखरको सफल आरोहण गर्ने पहिलो पत्रकार महिला को हुन् ?

 कल्पना महर्जन (ललितपुर) ।


(वल्र्ड बुक अफ रेकर्डमा कल्पना विश्वको पहिलो पत्रकार महिला सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी । उनलाई २०७७ चैत ४ गते पूर्वराष्ट्रपति डा. रामवरण यादव र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको ।)


३. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बङ्गलादेशको राजकीय भ्रमण कहिले सम्पन्न भयो ?

 विसं २०७७ चैत ९ र १० ।


४. नेपाल सरकारको महान्यायाधिवक्ता कसलाई नियुक्त (२०७७ चैत ६) गरियो ?

 रमेश बडाल ।


५. तान्जानियामा पहिलोपटक महिला राष्ट्रपतिका रूपमा चयन हुन सफल राजनीतिज्ञ को हुन् ?

 सामिया सुलुह हसन (सन् २०२१ मार्च) ।

(तान्जानियाका राष्ट्रपति जोन मुगुफुलीको निधन (सन् २०२१ मार्च १७) भएपछि उपराष्ट्रपति हसन राष्ट्रपति बनेकी । संविधानअन्तर्गत हसनले मुगुफुलीको दोस्रो चरणको बाँकी अवधिमा काम गर्ने । सो अवधि सन् २०२५ सम्म हुनेछ ।)


६. संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने विभेद उन्मूलन (सिड)को सदस्यमा निर्वाचित नेपाली नारी को हुन् ?

 वन्दना राणा (सन् २०२० नोभेम्बर ९) ।

– हाल समितिको उपाध्यक्ष रहेकी राणा उक्त समितिमा दोस्रोपटक निर्वाचित भएकी ।

– राणा सन् २०२१–२०२४ सम्मको कार्यकालका लागि चयन भएकी ।

– यो समिति संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्च आयोगको मातहतमा रहेको ।


७. क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?

 उत्तर अमेरिका ।


८. भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि औपचारिक रूपमा कहिलेदेखि खुला भएको छ ?

 विसं २०७३ असार १० ।

(भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि २०७३ असार १० देखि औपचारिक रूपमा खुला गरिएको छ । असार १० मा औपचारिक रूपमा सञ्चालनमा आए पनि यसलाई नियमित गराउन केही समय लाग्ने बताइएको छ । विशाखापट्टनम बन्दरगाह नेपालका लागि दोस्रो भारतीय बन्दरगाह हो । यसअघि कोलकाता–हल्दिया बन्दरगाह नेपालले प्रयोग गर्दै आइरहेको छ । दूरीका हिसाबले कोलकाताभन्दा विशाखापट्टनम टाढा भए पनि दक्षिण भारतमा पर्ने यो बन्दरगाह सुविधाजनक रहेको व्यवसायीहरूको भनाइ छ ।)


९. कुवेरको बगैँचालाई के भनिन्छ ?

 चैत्ररथ ।


१०. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?

 राजवंशी ।


११. बूढानीलकण्ठ कुन पहाडको फेदमा अवस्थित छ ?

 शिवपुरी ।


१२. नेपाली नोटमा साबिकमा छापिँदै आएको राजाको फोटो र श्रीपेचको सट्टा हाल के छाप्ने गरिन्छ ?

 सगरमाथा ।

१३. मकवानपुरबाट उत्पत्ति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?

 नारायणी ।

१४. महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा कुन हो ?

 सैलुङ (दोलखा) ।


१५. नेपालको तराई, भावर, दुन, भित्री मधेस टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?

 उष्ण मनसुनी हावापानी ।


१६. द्वितीय चरणको रूसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?

 बोल्सेभिक क्रान्ति÷अक्टोबर क्रान्ति ।


१७. नेदरल्यान्डका बासिन्दालाई डच भनिन्छ भने स्वीट्जरल्यान्डका बासिन्दालाई के भनिन्छ ?

 स्वीस ।


१८. शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?

 गुणकाम देव ।


१९. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?

 राजा त्रिभुवन ।


२०. राजमाता वसन्तावतीले कुन नदीकिनारमा दूधको धारा बगाई सन्धि गराएकी थिइन् ?

 चेपेनदी ।


२१. कुन सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ?

 आर्य सभ्यता ।


२२. “यदि तपार्इं बदमास मान्छेको कुरा सुन्नुहुन्छ भने यहीँबाट बदमासी सुरु भइसक्यो भन्ने सम्झनुहोस्” भन्ने विचारक को हुन् ?

 कन्फ्युसियस ।



२३. चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ ?

 खाम्ची ।


२४. नेपालको पूर्वी भेगको सभ्यताको थालनी भएको जनकपुरलाई प्राचीनकालमा के भनी चिनिन्थ्यो ?

 विदेह ।


२५. नेपालमा एफएम रेडियो सेवा कहिलेदेखि सुरु भएको हो ?

 विसं २०५२ ।


२६. अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ?

 अल्जेरिया ।

(यसअघि सुडान थियो ।)


२७. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?

 बुचो ।


२८. प्रसिद्ध खेलाडी मोहम्मद अली कुन खेलसँग सम्वन्धित छन् ?

 बक्सिङ ।

(विश्वमा महान् बक्सिङ खेलाडीको पहिचान बनाउन सफल अलीको ७४ वर्षको उमेरमा सन् २०१६ जुन ४ मा निधन भएको ।)


२९. गङ्गा–जमुना कुण्ड धादिङ जिल्लामा पर्छ भने गोसाइँकुण्ड कहाँ पर्छ ?

 रसुवा ।


१. विक्रम संवत् २०७७ फागुनमा सम्पन्न दसौँ नेफ्टा फिल्म अवार्डस्मा लाइफटाइम अवार्ड कसलाई प्रदान गरियो ?

 प्रदीपकुमार उपाध्याय (ध्वनि इन्जिनियर) र नारायण तिमिल्सिना (प्रकाश व्यवस्थापक) ।


२. सगरमाथा शिखरको सफल आरोहण गर्ने पहिलो पत्रकार महिला को हुन् ?

 कल्पना महर्जन (ललितपुर) ।


(वल्र्ड बुक अफ रेकर्डमा कल्पना विश्वको पहिलो पत्रकार महिला सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी । उनलाई २०७७ चैत ४ गते पूर्वराष्ट्रपति डा. रामवरण यादव र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको ।)


३. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बङ्गलादेशको राजकीय भ्रमण कहिले सम्पन्न भयो ?

 विसं २०७७ चैत ९ र १० ।


४. नेपाल सरकारको महान्यायाधिवक्ता कसलाई नियुक्त (२०७७ चैत ६) गरियो ?

 रमेश बडाल ।


५. तान्जानियामा पहिलोपटक महिला राष्ट्रपतिका रूपमा चयन हुन सफल राजनीतिज्ञ को हुन् ?

 सामिया सुलुह हसन (सन् २०२१ मार्च) ।

(तान्जानियाका राष्ट्रपति जोन मुगुफुलीको निधन (सन् २०२१ मार्च १७) भएपछि उपराष्ट्रपति हसन राष्ट्रपति बनेकी । संविधानअन्तर्गत हसनले मुगुफुलीको दोस्रो चरणको बाँकी अवधिमा काम गर्ने । सो अवधि सन् २०२५ सम्म हुनेछ ।)


६. संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने विभेद उन्मूलन (सिड)को सदस्यमा निर्वाचित नेपाली नारी को हुन् ?

 वन्दना राणा (सन् २०२० नोभेम्बर ९) ।

– हाल समितिको उपाध्यक्ष रहेकी राणा उक्त समितिमा दोस्रोपटक निर्वाचित भएकी ।

– राणा सन् २०२१–२०२४ सम्मको कार्यकालका लागि चयन भएकी ।

– यो समिति संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्च आयोगको मातहतमा रहेको ।


७. क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?

 उत्तर अमेरिका ।


८. भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि औपचारिक रूपमा कहिलेदेखि खुला भएको छ ?

 विसं २०७३ असार १० ।

(भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि २०७३ असार १० देखि औपचारिक रूपमा खुला गरिएको छ । असार १० मा औपचारिक रूपमा सञ्चालनमा आए पनि यसलाई नियमित गराउन केही समय लाग्ने बताइएको छ । विशाखापट्टनम बन्दरगाह नेपालका लागि दोस्रो भारतीय बन्दरगाह हो । यसअघि कोलकाता–हल्दिया बन्दरगाह नेपालले प्रयोग गर्दै आइरहेको छ । दूरीका हिसाबले कोलकाताभन्दा विशाखापट्टनम टाढा भए पनि दक्षिण भारतमा पर्ने यो बन्दरगाह सुविधाजनक रहेको व्यवसायीहरूको भनाइ छ ।)


९. कुवेरको बगैँचालाई के भनिन्छ ?

 चैत्ररथ ।


१०. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?

 राजवंशी ।


११. बूढानीलकण्ठ कुन पहाडको फेदमा अवस्थित छ ?

 शिवपुरी ।


१२. नेपाली नोटमा साबिकमा छापिँदै आएको राजाको फोटो र श्रीपेचको सट्टा हाल के छाप्ने गरिन्छ ?

 सगरमाथा ।

१३. मकवानपुरबाट उत्पत्ति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?

 नारायणी ।

१४. महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा कुन हो ?

 सैलुङ (दोलखा) ।


१५. नेपालको तराई, भावर, दुन, भित्री मधेस टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?

 उष्ण मनसुनी हावापानी ।


१६. द्वितीय चरणको रूसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?

 बोल्सेभिक क्रान्ति÷अक्टोबर क्रान्ति ।


१७. नेदरल्यान्डका बासिन्दालाई डच भनिन्छ भने स्वीट्जरल्यान्डका बासिन्दालाई के भनिन्छ ?

 स्वीस ।


१८. शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?

 गुणकाम देव ।


१९. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?

 राजा त्रिभुवन ।


२०. राजमाता वसन्तावतीले कुन नदीकिनारमा दूधको धारा बगाई सन्धि गराएकी थिइन् ?

 चेपेनदी ।


२१. कुन सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ?

 आर्य सभ्यता ।


२२. “यदि तपार्इं बदमास मान्छेको कुरा सुन्नुहुन्छ भने यहीँबाट बदमासी सुरु भइसक्यो भन्ने सम्झनुहोस्” भन्ने विचारक को हुन् ?

 कन्फ्युसियस ।



२३. चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ ?

 खाम्ची ।


२४. नेपालको पूर्वी भेगको सभ्यताको थालनी भएको जनकपुरलाई प्राचीनकालमा के भनी चिनिन्थ्यो ?

 विदेह ।


२५. नेपालमा एफएम रेडियो सेवा कहिलेदेखि सुरु भएको हो ?

 विसं २०५२ ।


२६. अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ?

 अल्जेरिया ।

(यसअघि सुडान थियो ।)


२७. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?

 बुचो ।


२८. प्रसिद्ध खेलाडी मोहम्मद अली कुन खेलसँग सम्वन्धित छन् ?

 बक्सिङ ।

(विश्वमा महान् बक्सिङ खेलाडीको पहिचान बनाउन सफल अलीको ७४ वर्षको उमेरमा सन् २०१६ जुन ४ मा निधन भएको ।)


२९. गङ्गा–जमुना कुण्ड धादिङ जिल्लामा पर्छ भने गोसाइँकुण्ड कहाँ पर्छ ?

 रसुवा ।


१. अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली कहिलेदेखि सुरु गरिएको हो ?

 विक्रम संवत् २०७७ माघ १३ ।

– भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका तीन दर्जनभन्दा बढी निकाय आबद्ध हुनेछन् । यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् । यससँगै फरक–फरक निकायलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ ।

– भन्सार प्रक्रियालाई सरलीकरण गर्न आसिकुडा लागू भए पनि यी सबै निकायमा छुट्टाछुट्टै जानुपर्ने अवस्था कायमै छ । कागज बोकेर यी सबै निकायमा पुग्नुपर्ने बाध्यतालाई हटाएर डिजिटल प्रणालीबाट सबै काम सम्पन्न गर्नेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू गर्न लागिएको हो ।


२. प्रसिद्ध चित्रकार÷मूर्तिकार पाब्लो पिकासोको जन्म कुन देशमा भएको हो ?

 स्पेन ।


(ग्वेर्निका यिनको प्रख्यात चित्रकला हो । यिनले कलामा घनवादको सुरुवात गरेका ।)


३. एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स अवार्ड प्राप्त गर्ने नेपालको वाणिज्य बैङ्क कुन हो ?

 नबिल बैङ्क ।

(मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरद्वारा एचआर मिटअन्तर्गत पहिलोपटक समावेश गरिएको अवार्ड नबिल बैङ्कले प्राप्त गरेको । वर्किङ कल्चर, सेवा–सुविधा र उत्प्रेरणाका हिसाबले उत्कृष्ट भएका कारण अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको ।


४. मिथिला नाट्यकला परिषद्द्वारा दिइँदै आएको महामुर्खको उपाधि यस वर्ष (२०७७) कसलाई प्रदान गरियो ?

 चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ।

(परिषद्द्वारा प्रत्येक वर्ष होली पर्वको पूर्वसन्ध्यामा महामुर्ख सम्मेलन गरी समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएकालाई सम्मानस्वरूप महामुर्खसहितका उपाधि प्रदान गरिंदै आएको ।)


५. एउटै प्राणीमा भाले र पोथी दुवै अङ्ग हुने जीव कुन हो ?

 गँड्यौला ।


६. अर्वुद रोगको उपचारमा प्रयोग हुने विधि केमोथेरापी÷रेडियम थेरापी हो भने कुष्ठ रोगको उपचारमा प्रयोग हुने विधि कुन हो ?

 मल्टिड्रग थेरापी ।


७. सङ्गीतशास्त्रको मूल कुन वेदलाई मानिन्छ ?

 सामवेद ।

– सामवेदमा १८२४ मन्त्र रहेका ।

– सबै वेदको प्रमुख अंश यसमा रहेको । यसमा तीन शाखा र ७५ ऋचा रहेका ।

– यस वेदमा अग्नि र इन्द्र देवतालाई प्रधानता दिइएको ।


८. भारतीय अन्तरीक्ष प्रक्षेपणले एकैपटक कतिवटा उपग्रह प्रक्षेपण गरी कीर्तिमान कायम ग¥यो ?

 १०४ वटा ।

– आईएसएले भारतलगायत अमेरिका, इजरायल, नेदरल्यान्ड, स्वीट्जरल्याड, कजाकिस्तान र युएई गरी १०४ उपग्रह प्रक्षेपण गरेको ।

– सन् २०१७ फेबु्रअरी १५ मा ती उपग्रह प्रक्षेपण गरिएको ।

– यसअघि सन् २०१४ मा रूसले एकैपटक ३७ भू–उपग्रह प्रक्षेपण गरेको ।


९. सत्यनिरूपण तथा मेलमिलाप आयोगको गठन कहिले गरिएको हो ?

 विसं २०७१ माघ २७ ।

(बेपत्ता छानबिन आयोगको गठन पनि २०७१ माघ २७ मा नै गरिएको ।)


१०. मकै पर्व (विसं १९७७)को पोल खोल्ने व्यक्ति रामहरि अधिकारी र भोजराज जोशी हुनुहुन्छ भने लाइब्रेरी पर्व (विसं १९८७)को पोल खोल्ने व्यक्ति को हुनुहुन्छ ?

 रामचन्द्र अधिकारी ।

– अन्य घटनामा पोल खोल्ने व्यक्ति ?

– भण्डारखाल पर्व (विसं १९०३ कात्तिक १२) ः विजयराज पण्डित

– ३८ सालको पर्व (विसं १९३८)ः उत्तरध्वज खवास ।

– प्रचण्ड गोरखा पर्व (विसं १९८८)ः लक्ष्मण राज ।

– प्रजा परिषद् काण्ड (विसं १९९३)ः रामजी जोशी र मुरलीधर पण्डित ।


११. यारी भन्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भञ्ज्याङ कहाँ पर्छ ?

 मुगु ।


१२. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?

 शुक्ल पक्ष ।

(पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्ण पक्ष भनिन्छ । शुक्ल पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्ण पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।)


१३. विश्वमै सबैभन्दा सानो लालीगुराँसको फूल कहाँ पाइन्छ ?

 मुगु जिल्लास्थित रारातालआसपास ।

१४. नेपालका प्रथम ग्राजुयट सिभिल इन्जिनियर को हुनुहुन्छ ?

 डिल्लीजङ्ग थापा ।

(हेटौँडा–काठमाडौँ रोप–वे, विसं १९९० को भूकम्पमा भत्केको धरहरा र घण्टाघरको पुनर्निर्माण, डिल्लीबजार चारखाल अड्डा, जनकपुर–जयनगर रेल्वे, भूकम्पमा भत्केको शितल निवासको पुनर्निर्माणलगायतका भवन÷मार्ग आदिको निर्माण डिजाइनमा यिनको भूमिका रहेको । यिनकै नामबाट काठमाडौँस्थित डिल्लीबजारको नामकरण गरिएको ।)


१५. विश्व कविता दिवस कहिले मनाइन्छ ?

 मार्च २१ ।


१६. ‘ला मिजरेबल’ नामक वृहत् उपन्यासका लेखक को हुनुहुन्छ?

 फ्रेन्च साहित्यकार भिक्टर ह्युगो ।


१७. मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा वितरण सुरुवात कहिले गरियो ?

 विसं २०७७ चैत १५ ।

– बाइस वर्ष लगाएर बनाइएको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा पहिलोपटक वितरण सुरु गरिएको ।

– सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउनयोग्य बनाएर महाँकालस्थित पोखरी (वितरण केन्द्र) बाट चाबहिल, बत्तीसपुतली, कालोपुल, सिफल, एयरपोर्टलगायतका क्षेत्रमा वितरण गरिएको ।

– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी चार चरणमा वितरण गर्ने योजना बनाएको ।

– मेलम्चीबाट प्राप्त १७ करोड लिटर पानी र काठमाडौँ उपत्यकाको भूमिगत पानी आठ करोड लिटर गरी जम्मा दैनिक २५ करोड लिटर पानी केयुकेएलले वितरण गर्नेछ ।

– काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ ।

– दोस्रो परियोजनाअन्तर्गत याङ्ग्री र लार्केखोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ कारोड लिटर पानी उपत्यकामा आउनेछ ।

– मेलम्चीको पानी वितरण सुरु भएपछि भूमिगत पानीको प्रयोग नगरिने केयुकेएलले जनाएको ।


१८. इलियड र ओडिसी नामका दुई प्रसिद्ध महाकाव्यका सर्जक को हुनुहुन्छ ?

 होमर (ग्रीक सभ्यताका महान् कवि तथा इतिहासवेत्ता) ।


१९. नेपालमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

 जेठ २१ ।


२०. ‘शान्ति र समृद्धिका लागि गहन एकता’ कतिऔँ सार्क शिखर सम्मेलनको नारा हो ?

 १८औँ ।


२१. सिस्टर रोबर्ट के हो ?

 कोभिड–१९ लगायत रोगबाट सङ्क्रमित (विशेषगरी आइसोलेसनमा रहेका) बिरामीको सहयोग एवम् स्वास्थ्यकर्मीलाई ती बिरामीबाट सुरक्षित राख्न सहयोग पु¥याउने रोबर्ट ।

– बागमती प्रदेशको सक्रियतामा नेपाल इन्जिनियर्स एसोसियसनद्वारा यसको निर्माण गरिएको ।

– यस रोबर्टको सहयोगबाट बिरामीलाई आवश्यक पर्ने औषधि, खाना, पानीलगायतका सामग्री रिमोट कन्ट्रोलको सहायताले बिरामीसम्म पु¥याउन सकिने ।


२२. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले भएको हो ?

 विसं २०७६ माघ २६ ।


२३. विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ?

 मार्च २४ ।

(सन् २०२१ मा यो दिवसको नारा ‘सङ्केत समयको, क्षयरोग अन्त्यको’ रहेको ।)


२४. नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन कहिले भएको हो ?

 विसं २०७७ चैत १३ ।


२५. कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ?

 पिण्ड ।

(वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ । अन्तर्राष्ट्रिय नापतौल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई एक किलोग्राम मानिन्छ ।)


२६. राष्ट्रिय मानवअधिकार आयोगलाई कहिलेदेखि संवैधानिक अङ्गका रूपमा व्यवस्था गरिएको हो ?

 विसं २०६३ माघ १ ।

(नेपालको अन्तरिम संविधान–२०६३ सँगै) ।


२७. प्रसिद्ध ओल्को पर्व नेपालको कु्न ठाउँमा प्रचलित छ ?

 सुदूरपश्चिम ।


२८. नारायणहिटी दरबार सङ्ग्रहालयमा श्रीपेचको अवलोकन सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?

 विसं २०७५ कात्तिक ४ ।

(विसं २०७५ असोज २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेसँगै नयाँ व्यवस्थाअन्तर्गत कात्तिक ४ गतेबाट श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुला गरिएको ।)


२९. नेपालमा मात्र पाइने चरा कुन हो ?

 काँडे भ्याकुर ।

(सबै चराको नक्कल गर्न सक्ने चरा ।)


३०. नेटुवा जातिको बसोबास कहाँ रहेको छ ?

 कपिलवस्तुको शुद्धोधन ।

– विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा ३०० को हाराहारीमा नेटुवा जातिको बसोवास रहेको ।

– यो जातिका मानिसले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचीमा राख्न सरकारसँग माग गर्दै आएका ।


१. नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी वायुसेवा कम्पनीहरूले नेपाली आकाशमा उडान गर्दा दूरसञ्चार सेवा उपयोग गर्न पाउनेसम्बन्धी निर्णय कहिले गरेको हो ?

 विक्रम संवत् २०७७ चैत ९ ।

– नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सो सेवा उपलब्ध गराउने निर्णयसँगै नेपाली आकाशमा विदेशी एयरलायन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने भएका ।

– अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)बाट अनुमतिप्राप्त एयरलायन्सले सो सुविधा प्राप्त गर्ने ।

– नेपालका आन्तरिक वायुसेवाप्रदायकले भने यस्तो सुविधा उपलब्ध गराउन पाउने छैनन् ।

– दूर सञ्चार प्राविधिकरणका अनुसार नेपाली आकाशमा प्रवेश गर्ने र नेपाली आकाश हुँदै बाहिरिने अवस्थामा नेपालको सीमाभित्र एयरलायन्सहरूले इन्टरनेट उपभोग गर्न सक्नेछन् । १० हजार फिटभन्दा कम उचाइमा जहाज उडान र अवतरणको तयारी चरणमा रहने र उक्त उचाइभन्दा कम अवस्थामा इन्टरनेट उपलब्ध गराउँदा स्थानीय दूरसञ्चार सेवाप्रदायकको सेवामा असर पर्न सक्ने भएकाले यो उचाइ कायम गरिएको प्राधिकरणले जनाएकोे ।


२. सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि कति रकम घोषणा गरेको छ ?

 पाँच अर्ब ६ करोड ।

– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ चैत १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको प्रतिवेदनमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा लैजाने घोषणा गरिएको ।

– सरकारले गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको घोषणा गरे पनि कोरोना महामारीका कारण यो कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन ।

– मन्त्रालयका अनुसार ४ हजार २५० सामुदायिक विद्यालयले ६ लाख ५० हजार देखि १ करोड रुपियाँसम्म पाउन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको ।


३. राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के रहेको छ ?

 देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्ने

– नेपालमा पहिलोपटक सबै निकायबाट हुने अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजनाअन्तर्गत नेपाल प्रहरीद्वारा राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गरिने भएको । कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गत यस्तो केन्द्र स्थापना गर्न लागिएको ।

– यसले अपराधमा संलग्न व्यक्तिको सूचना आदान–प्रदानमा सहजता हुुने विश्वास गरिएको ।

– प्रहरीका अनुसार राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अध्यागमन विभागजस्ता निकायबाट मुद्दा दायर भएका व्यक्तिको समेत एकीकृत तथ्याङ्क राखिनेछ । यसबाट एउटा निकायले खोजिरहेका व्यक्ति अन्य निकायको अनुसन्धानका क्रममा रहेकोसमेत हुन सक्ने भएकाले अनुसन्धान गर्ने निकायलाई सहज हुने बताइएको ।


४. २०७७ चैत २० को मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय ग¥यो ?

 लक्ष्मण हुमागार्इं ।


५. बैतडीको सिगासमा पत्ता लागेको फलामखानीबाट फलाम उत्खननको कार्य कहिलेदेखि सुरु गरियो ?

 विसं २०७७ चैत ८ ।


६. विश्व बैङ्कले दक्षिण एसियाको अर्थतन्त्रबारे २०७७ चैत १८ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

 २.७ प्रतिशत ।

– आफ्नो अघिल्लो प्रक्षेपणलाई संशोधन गर्दै विश्व बैङ्कले आव २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रातशत पुग्ने जनाएको ।

– यसअघि जनवरीमा बैङ्कले वृद्धिदर केवल २.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैङ्कले गत आवमा भने नेपालको वृद्धिदर १.९ प्रतिशतले ऋणात्मक हुन पुगेको उल्लेख गरेको ।

– प्रतिवेदनअनुसार दक्षिण एसियाली राष्ट्रहरूमध्ये आव २०२१÷२२ मा भारतको आर्थिक वृद्धिदर उच्च (१० प्रतिशत) रहने अनुमान गरिएको,

– समग्र दक्षिण एसियाको वृद्धिदर सन् २०२० मा माइनस ५.४ रहेको उल्लेख गर्दै यस क्षेत्रको सन् २०२१ मा भने ७.२ प्रतिशतको वृद्धिदर कायम हुने प्रक्षेपण रहेको ।


७. राष्ट्रिय योजना आयोगले कतिवटा औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको छ ?

 ३ (कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता र मकवानपुरको मयुरधाप)

– आयोगको २०७७ चैत ९ को बैठकले ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिँदै स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयको सहमति माग गर्ने निर्णयसमेत गरिएको ।

– यी औद्योगिक क्षेत्र आयोगको आयोजना बैङ्कमा समेत समावेश भएका छन् ।

– आयोगले बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड–२०७७ अनुसार ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको ।

– ५० करोड रुपियाँभन्दा बढी लागत अनुमान भएका तथा निर्माण सम्पन्न गर्न दुई वर्षभन्दा बढी समय लाग्ने आयोजनालाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने मादण्डमा

उल्लेख रहेको ।


८. प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण सिफारिस गर्ने संवैधानिक निकाय कुन हो ?

 राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ।


९. कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्ने उद्देश्यले गाउँपालिकामा गठित न्यायिक समितिको संयोजक को हुने व्यवस्था छ ?

 गाउँपालिकाको उपाध्यक्ष (नगरपालिकामा उपप्रमुख

संयोजक रहने ।)


१०. इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा सार्वजनिक ग्लोबल टेरोरिजम इन्डेक्स–२०२० अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 २७औँ ।


११. स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडलाई पहिले के नामले चिनिन्थ्यो ?

 नेपाल ग्रिन्डलेज बैङ्क लिमिटेड ।


१२. युएनओ बडापत्रमा कति धारा रहेका छन् ?

 १११ ।


१३. पशुपतिमा भट्ट पुजारी राख्ने चलन चलाउने राजा को हुनुहुन्थ्यो ?

 यक्ष मल्ल ।


१४. तामाको पैसा प्रचलनमा ल्याउने राजा को हुनुहुन्थ्यो ?

 रत्न मल्ल ।


१५. भेल्भेट क्रान्ति कुन देशसँग सम्बन्धित छ ?

 चेकोस्लोभाकिया (सन् १९८९) ।

– (त्यस्तै, ओरेन्ज क्रान्ति ः युक्रेन, लोटस क्रान्ति ः इजिप्ट, बुल्डोजर क्रान्ति ः सर्बिया, पिङ्क रिभोलुसन ः किर्गिस्तानसँग सम्बन्धित रहेका ।)


१६. गोल्डमाइन भनी केलाई चिनिन्छ ?

 मुनाफायुक्त उद्योग ।


१७. अरब लिगको मुख्यालय इजिप्टको कायरोमा रहेको छ भने अफ्रिकी एकता सङ्गठन (ओएयु)को मुख्यालय कहाँ रहेको छ ?

 आदिसअवावा (इथियोपिया) ।


१८. बिट्क्वाइनको सुरुवात कहिले र कुन देशबाट भएको हो ?

 सन् २००९ जनवरी, जापान ।

– बिट्क्वाइन एकप्रकारको भर्चुअल मुद्रा हो, यो कुनै क्वाइन अर्थात् नोट होइन ।

– यसलाई अनलाइन करेन्सी तथा क्रिप्टोकरेन्सी पनि भनिन्छ ।

– ओपनसोर्स सफ्टवेयरमा आधारित यो अभौतिक मुद्रालाई वास्तविक मुद्रा भुक्तानी गरी किन्नुपर्ने हुन्छ ।

– इन्टरनेटबाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिट्क्वाइनलाई

राख्ने गरिन्छ ।

– अनलाइन कारोबार गरिने यसको प्रयोग अनलाइन सपिङ, विनाबैङ्क लेनदेन गर्न तथा गैरकानुनी ट्रान्जेक्सन

आदिमा हुन्छ ।


१९. बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा औपचारिक रूपमा सुरुवात कहिले गरियो ?

 विसं २०७७ चैत २० ।

– काठमाडौँमा वितरण भएको ६ दिनपछि मेलम्ची खानेपानीको औपचारिक रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भृकुटीमण्डपको ढुङ्गेधारामा मेलम्चीको पानी धारा खोलेर उद्घाटन गरिएको ।

– मेलम्चीको पानी आएपछि उपत्यकाको जलाधार क्षेत्रको प्रदूषण न्यूनीकरणका साथै जमिनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको ।


२०. वैदेशिक ऋण लिने वा नलिनेसम्बन्धमा ग्रीसमा जनमतसङ्ग्रह कहिले भएको थियो ?

 सन् २०१५ जुन ५ ।

– त्यस्तै, ईयूमा रहने वा अलग हुने भन्ने विषयमा बेलायतमा सन् २०१६ जुन २३ मा जनमतसङ्ग्रह भएको ।

– संवैधानिक सुधारका विषयमा इटालीमा सन् २०१६ डिसेम्बर ४ मा जनमतसङ्ग्रह भएको । टर्कीमा राष्ट्रपतिको अधिकारका सम्बन्धमा सन् २०१७ अप्रिल १६ मा जनमतसङ्ग्रह भएको ।


२१. क्लोरिन ग्यासको खोजकर्ता को हुन् ?

 कार्ल–विलहेल्म सीले (सन् १७७४) ।

– (हरित पहेँलो रङ मिश्रित यो ग्यास औद्योगिक क्षेत्रमा प्रयोग हुन्छ साथै विषालु ग्यास हतियार बनाउनसमेत प्रयोग गरिन्छ ।)


२२. नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको उद्घाटन कहिले गरिएको हो ?

 विसं २०७६ जेठ १५ ।


२३. राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?

 १६ वर्ष ।


२४. अन्तरसरकारी वित्त परिषद्को पहिलो बैठक कहिले बसेको हो ?

 विसं २०७५ वैशाख २४ ।


२५. सबैभन्दा धेरैपटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

 रूस ।

– (भिटो प्रयोग गर्नेमा दोस्रो अमेरिका र तेस्रो बेलायत रहेका ।)


२६. नेपालमा पहिलो निर्वाचन दिवस कहिले मनाइयो ?

 विसं २०७४ फागुन ७ ।


२७. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?

 काठमाडौँ ।

– (पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदीकिनारमा रहेको ।)


२८. सङ्कटमा परेका विभिन्न प्रजातिका जीवजन्तुको सूची कसले प्रकाशित गर्छ ?

 आईयूसीएन ।


२९. स्क्रब टाइफस रोग पहिलोपटक कहिले र कुन देशमा पहिचान भएको हो ?

 सन् १९३०, जापान ।

– (नेपालमा यो रोग पहिलोपटक सन् २००४ मा पहिचान भएको ।)


१. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यसाथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ?

 विक्रम संवत् २०७७ चैत २५ ।

– सबल सङ्घीयता, सक्षम, सुदृढ र उत्तरदायी सार्वजनिक प्रशासनको सोचसहित ल्याइएको रणनीतिक योजनामा स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवम् व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने उद्देश्य राखिएको ।

– सार्वजनिक प्रशासनको सुधारका लागि पहिलोपटक यस्तो रणनीतिक योजना तर्जुमा गरिएको ।

– सरोकारवालामा सङ्घीयताका सम्बन्धमा समान बुझाइ र समझदारी कायम गर्नु, जनप्रतिनिधि र कर्मचारीबीच सहयोगात्मक भावनाबाट कार्यसम्पादन गर्नु, नागरिकमा सार्वजनिक प्रशासनप्रति विश्वास अभिवृद्धि गर्नु, सार्वजनिक सेवा प्रशासनमा प्रतिभावान जनशक्तिलाई आकर्षण गर्नु र टिकाइराख्नुजस्ता विषयलाई योजनाका प्रमुख चुनौतीका रूपमा लिइएको ।


२. नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ‘राष्ट्रिय अरनिको प्रज्ञा–सम्मान २०७७ कसलाई प्रदान ग-यो ?

 वरिष्ठ कलाकार वत्सगोपाल वैद्य र प्रवीणकुमार श्रेष्ठ ।

– (पुरस्कार राशि ः एक लाख) ।


३. मुक्तक विधालाई समृद्ध बनाउन तथा जनस्तरमा विस्तार गर्ने उद्देश्यसाथ घुम्ती मुक्तक नेपाल स्थापना कहिले गरिएको हो ?

 विसं २०७७ चैत २७ ।


४. अमेरिकी चर्चित म्यागजिन फोब्र्सद्वारा सन् २०२१ अप्रिल ७ मा सार्वजनिक विश्वका धनाढ्यको सूचीअनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ?

 जेफ बेजोस

– फोब्र्सको सूचीअनुसार सर्वाधिक धनी दस अर्बपति

– अर्बपतिको सूचीमा सबैभन्दा धेरै अर्बपति (७२४ जना) अमेरिकाका रहेका । यसपछि दोस्रो स्थानमा चीन (६९८ जना) का रहेका ।

– दक्षिण एसियाली राष्ट्र भारतबाट १४० जना अर्बपति सूचीमा पर्न सफल भएका ।





५. रेडियो नेपालले कहिलेदेखि बाल समाचार सुरु गरेको हो ?

 विसं २०६४ वैशाख १ ।


६. गृह मन्त्रालयद्वारा प्रकाशित तथ्याङ्कअनुसार हाल देशभर लागूऔषधका दुव्र्यसनी कति छन् ?

 एक लाख ३० हजार ४२४ ।

– तथ्याङ्कअनुसार अधिकांश दुव्र्यसनी १५ देखि २४ वर्ष उमेर समूहका रहेका ।

– प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले दुव्र्यसनी बढ्ने देखिएको ।


७. नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?

 लिच्छविकाल ।


८. भियतनामको राष्ट्रपति पदमा को चयन भएका छन् ?

 नुएन झुआन फुक ।

– फुकले सन् २०२१ अप्रिल ५ मा औपचारिक रूपमा सपथ लिनुभएको ।


९. कम्प्युटरमा प्रयोग हुने इन्टेलको पूरा रूप के हो ?

 इन्टिग्रेटेड इलेक्ट्रोनिक्स ।


१०. नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा को चयन भएका छन् ?

 राजेन्द्र मल्ल (विसं २०७७ चैत २६) ।


११. संयुक्त अधिराज्य (बेलायत)का महारानी एलिजावेथ द्वितीयाका पति राजकुमार फिलिप (ड्युक अफ एडनवर्ग)को निधन कहिल भएको हो ?

 सन् २०२१ अप्रिल ९ ।


१२. आर्थिक वर्ष २०७७÷०७८ को पहिलो आठ महिनामा नेपालको सार्वजनिक ऋण जीडीपी कति प्रतिशत पुगेको छ ?

 ३८.५१ प्रतिशत ।

– २०७७ फागुन मसान्तसम्म सरकारले भुक्तानी गर्न बाँकी कुल ऋण १५ खर्ब १८ अर्ब ९२ करोड पुगेको ।

– केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ३९ खर्ब ४३ अर्ब ७० करोडबराबर रहेको ।

– अर्थ मन्त्रालयका अनुसार २०७७ फागुन मसान्तसम्म नेपालको कुल आन्तरिक ऋण सात खर्ब १८ अर्ब तीन करोड रुपियाँ पुगेको । त्यस्तै, कुल सार्वजनिक विदेशी ऋण आठ खर्ब ८९ करोड रुपियाँबराबर पुगेको ।

– विभागले राष्ट्रिय लेखा गणनाका आधार वर्ष परिवर्तन गर्दै जीडीपीको रिवेसिङ गरेको । विभागले यसअघि सन् २०००÷०१ लाई आधार वर्ष मानेर त्यसका आधारमा राष्ट्रिय लेखा गणना गर्दै आएकोमा अहिले त्यसलाई प्रतिस्थापन गरी सन् २०१०÷११ लाई नयाँ आधार

वर्ष कायम गरेको ।

– गणना वर्ष परिवर्तनपश्चात् अर्थतन्त्रको आकार १ खर्ब ७६ अर्ब ७० करोड रुपियाँले वृद्धि भएको ।

– पहिलेकै आधार वर्षका आधारमा हेर्दा हाल नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपियाँ हुने, साथै पहिलेको जीडीपीलाई आधार मान्दा नेपालको सार्वजनिक ऋणको आकार ४०.३२ प्रतिशतबराबर हुन आउने ।


१३. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्युआई) कति हुनुपर्छ ?

 ५० एक्युआईभन्दा तल ।

– (विश्व स्वास्थ्य सङ्गठनले ५० एक्युआईभन्दा तल भएको अवस्थालाई स्तरीय मानेको । नेपाल सरकारले भने त्यसलाई एक सयमुनि निर्धारण गरेको अर्थात् एक्युआई एक सयसम्मको अवस्थालाई सामान्य मानेको ।)


१४. आईएसओ–९०० वस्तुको गुणस्तरसँग सम्बन्धित छ भने आईएसओ १४०० केसँग सम्बन्धित छ ?

 वातावरण व्यवस्थापन ।


१५. ‘दादानी प्रथा’ कस–कसको बीचमा प्रचलित व्यापारिक प्रथा हो ?

 अलैँची उत्पादक किसान र खरिद गर्ने व्यापारीबीच


१६. सवारीसाधनको धूँवाको मात्रा नाप्ने इकाइ एचएसयुको पूरा रूप के हो ?

 हेरिटेज स्मोक युनिट ।


१७. कलाकार अरनिकोलाई चिनियाँले के भनी सम्बोधन गर्थे ?

 आनिक ।


१८. रेड रिबन कुन रोगको जनचेतनाको चिह्नका रूपमा प्रयोग गरिन्छ ?

 एचआईभी एड्स ।


१९. नागार्जुन दरबारको निर्माण कसले गरेका हुन् ?

 जुद्धशमशेर ।


२०. नेपालमा सबैभन्दा बढी गजुर भएको मन्दिर कुन हो ?

 पाटनको कृष्णमन्दिर (२१ गजुर) ।


२१. तीन जिल्ला जोड्नेगरी तीनमुखे झोलुङ्गेपुलको निर्माण कहाँ गर्न थालिएको छ ?

 रिडीधाम (स्याङ्जा, गुल्मी र पाल्पा जिल्लालाई जोड्नेगरी) ।

– आवागमनको सहजीकरणका साथै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्त्व राख्नेगरी सरकारले सो पुल निर्माण गर्न थालेको । सरकारले यस पुललाई विशिष्टीकृत पुलको नामकरण गरेको ।

– आव २०७७÷०७८ भित्रै पुल निर्माण गरिसक्ने योजना रहेको जनाइएको ।


२२. नेपाल उद्योग वाणिज्य महासङ्घले कुन अवधिसम्ममा नेपालको अर्थतन्त्र सय अर्ब डलर पु-याउने लक्ष्यसहित भिजन पेपर–२०३० सार्वजनिक गरेको छ ?

 १० वर्ष ।

– भिजन पेपरमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पनासहित एक सयवटा योजना समावेश गरिएको ।

– त्यस्तै, भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अङ्कमा वृद्धि गर्ने, आगामी १० वर्षभित्र मुलुकको अर्थतन्त्र एक सय अर्ब डलर पु-याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको ।

– महासङ्घको ५५औँ वार्षिक साधारणसभा एवम् उद्योग–वाणिज्य दिवस २०७७ को अवसरमा भिजन पेपर सार्वजनिक गरिएको ।


२३. २०७७ चैतमा पोखरामा सम्पन्न आहा–रारा गोल्ड कपको उपाधि कसले जित्यो ?

 काठमाडौँको सङ्कटा क्लब ।


२४. ‘पर्यटनका लागि सँगसँगै’ भन्ने नारासाथ ‘नेपाल पर्यटन वर्ष’ कहिले मनाइयो ?

 सन् २०११ ।

– (यसअघि सन् १९९८ लाई ‘नेपाल भ्रमण वर्ष’ र सन् २००२–२००३ लाई ‘गन्तव्य नेपाल वर्ष’का रूपमा मनाइएको थियो ।)


२५. नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?

 तीन भागमा ।


२६. नेपाली साहित्यमा त्रिमूर्ति भनी चिनिने साहित्यकार को–को हुन् ?

 लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण सम ।


२७. महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?

 प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट ।


२८. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारालगायतका खगोलीय पिण्ड एवम् धुलकण र ग्यासीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?

 तारापुञ्ज ।

– (सौर्यमण्डलमा रहेको तारापुञ्जलाई आकाश गङ्गा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको छ ।)


२९. कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?

 वंशाणुगत परिवृत्ति ।


३०. नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?

 विसं १९४६ साउन १२ ।


१. २०७७ चैतमा भएको गैँडा गणनाअनुसार हाल नेपालमा गैँडाको सङ्ख्या कति रहेको छ ?

 ७५२ ।

– २०७७ चैत २८ मा सार्वजनिक गरिएको गैँडा गणनाको नतिजाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा भेटिएका । गैँडा गणना २०७७ चैत ९ देखि २८ सम्म गरिएको ।

– कुल गैँडामध्ये वयस्क ५२०, अर्धवयस्क ९६ र बच्चा १३६ रहेको ।

– ६ वर्षपहिले अर्थात् सन् २०१५ मा गरिएको गैँडा गणनामा नेपालमा कुल ६४५ गैँडा रहेका ।


२. नेपालको कुन संस्थालाई मानित विश्वविद्यालय (डिम्ड युनिभर्सिटी) बनाउनेगरी प्रारम्भिक कार्य अघि बढाइएको छ ?

 नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ।

– नार्कलाई मानित विश्वविद्यालय बनाउने धेरै पहिलेदेखि प्रयास हुँदै आएको । नार्कको तीन वर्षीय अन्तरिम योजना (२०६४–२०६७) मा पनि यससम्बन्धी कुरा उल्लेख रहेको ।

– नार्कमा मानित विश्वविद्यालय स्थापना भएपछि त्यहाँ अनुसन्धानका साथै अध्यापनको कार्य पनि हुने ।

– यसको स्थापनामा भारतको सहयोग रहने ।


३. विद्युत्ीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माणमा सहयोग गर्ने संस्था कुन हो ?

 एसियाली विकास बैङ्क (एडीबी) ।

– सरकारले सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युत्ीय सवारीसाधनको चार्जिङ स्टेसन बनाउने भएको ।

– चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ ।

– एक वर्ष (२०७८ चैत) भित्र चार्जिङ स्टेसनको निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको ।

– हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत्् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिने ।

– तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्नेगरी नेपाल विद्युत् प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५० वटै स्टेसनको कन्ट्रोल काडमाडौँबाट हुनेछ ।


४. नेपाल आयल निगमले इन्धन चुहावट नियन्त्रण गर्ने उद्देश्यले इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) सफ्टवेयर कहिलेदेखि लागू गर्नेगरी निर्णय गरेको हो ?

 विक्रम संवत् २०७८ वैशाख २ ।

– देशभरका सबै डिपोमा ईआरपी लागू गर्न केन्द्रीय कार्यालयबाट उच्चस्तरका कर्मचारीको नेतृत्वमा टिम परिचालन गरिएको ।

– ईआरपी सफ्टवेयर लागू भएपछि इन्धन ढुवानी, वितरण र लेखा प्रणालीलाई सुधार गरी चुहावट नियन्त्रणमा सघाउ पुग्ने विश्वास गरिएको ।

– देशभरका डिपोमा रहेको तेलको मौज्दात, बाटोमा ढुवानी हुँदै गरेको तेलको परिमाण, इन्डियन आयल कर्पोरेसन (आईओसी) ले दिएको तेलको परिमाणलगायत सबै तथ्याङ्क सफ्टवेयरमार्फत सजिलै जानकारी पाउन सकिने ।

– पम्प व्यवसायीले सफ्टवेयरमार्फत नै तेलको माग गर्ने हुँदा कुन ठाउँमा तेल कम वा बढी गएको छ भन्ने सजिलैसँग हेरेर माग र आपूर्तिको तालमेलसमेत मिलाउन सकिने ।

– व्यवसायीले घर बसेरै तेलको डिमान्ड गर्न र पैसा तिर्न सक्ने । त्यस्तै, ढुवानी व्यवसायीले पनि घरमै बसेर इन्धन ओसारेबापतको भाडा प्राप्त गर्न सक्ने ।


५. सरकारले व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यसाथ कुन अवधिलाई व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाउन थालेको छ ?

 वैशाख १ देखि ७ (विसं २०७८ देखि) ।

– नेपाल सरकारले सन् २०२४ सम्म जन्म र मृत्यु दर्तालाई सतप्रतिशत पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

– अहिले मुलुकमा व्यक्तिगत घटना दर्ता ६५ प्रतिशतमात्र रहेको ।


६. मेरो किता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?

 विसं २०७८ वैशाख २ ।

– नक्सा, प्लट रजिस्ट्रर, फिल्ड रेखाङ्कन निवेदनलगायतका सेवा अनलाइनबाट पाउनेगरी यो प्रणाली सञ्चालनमा ल्याउन लागिएको । यो प्रणाली कृषि, उत्पादन र उत्पादकत्वलगायतका पक्षसँग पनि सम्बन्धित रहेको जनाइएको ।

– यस प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ गरिएको ।


७. जुडशीतल पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?

 तराई ।

– तराई–मधेसका थारू, मैथिली तथा मधेसी समुदायमा यो पर्व पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्ष मनाउनेक्रममा मनाउने गरिन्छ ।

– मैथिली भाषीले यसलाई बाइस पावैन (पर्व) पनि भन्ने गर्छन् ।

– यस पर्वमा परिवारका ज्येष्ठ सदस्यले आपूmभन्दा सानो उमेरका व्यक्तिलाई शिरमा पानी राखेर आशिर्वाद दिने चलन रहेको छ ।

– यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धिका लागि परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनसँग आशिर्वाद लिने चलन रहेको छ ।


८. सिरुवा पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?

 पूर्वी तराई ।

– वैशाख १ गतेदेखि सुरु हुने नयाँ वर्षसँगै पूर्वी तराईका विशेषगरी राजवंशी, ताजपुरिया, गनगाई, माझी, थारूलगायतका आदिवासी समुदायमा यो पर्व प्रचलनमा रहेको छ ।

– यस पर्वमा नयाँ लुगा लगाउने, मीठा परिकार खाने, परिवार, गाउँ, समाज र राष्ट्रको शान्ति एवम् समृद्धिका लागि ग्राम तथा महाराजथानमा पूजा र घरमा कुलपूजा गरी मनाउने गरिन्छ । यस पर्वमा थानहरूमा मेला लाग्ने गर्छ ।


९. लैङ्गिक उत्तरदायी बजेट सुरु गर्ने राष्ट्र कुन हो ?

 अस्ट्रेलिया (सन् १९८४) ।


१०. फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कहाँ रहेको छ ?

 इलाम ।

– नयाँ वर्ष २०७८ सँगै यस विमानस्थलमा उडान अवतरणको तयारी भइरहेको ।

– ३२८ रोपनी क्षेत्रफलमा बनेको सो विमानस्थल २०६७ चैत १३ मा शिलान्यास (तत्कालीन प्रधानमन्त्री झलनाथ खनालद्वारा) भएको ।


११. नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७२ चैत २५ ।

– तपाईंको स्वास्थ्य, हाम्रो अठोट भन्ने मूल नारासाथ कैलाली जिल्लाबाट यो कार्यक्रम सुरुवात गरिएको ।

– २०७७ चैत २५ गते पाँचौँ स्वास्थ्य बीमा दिवस मनाइएको ।)

१२. अमेरिकाको आर्थिक अखबार सीईओ वल्र्डद्वारा सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?

 स्वीट्जरल्यान्ड ।

– महँगा देशको सूचीमा दोस्रो स्थानमा नर्वे तथा तेस्रो स्थानमा आइसल्यान्ड रहेका ।

– महँगा देशको सूचीमा नेपाल १२२औँ स्थानमा रहेको ।

– विश्वको सबैभन्दा सस्ता देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा रहेको ।

– सस्ता देशको सूचीमा नेपाल ११औँ स्थानमा रहेको ।

– घरभाडा, रेस्टुरेन्टमा खानाको मूल्य, लुगा, ट्याक्सीभाडा, इन्टरनेटको मूल्यलगायतका विषयलाई आधार मानी सो सूची तयार पारिएको । सर्वेक्षण १३२ देशका राजधानीमा गरिएको ।


१३. २०७६ माघ २० को मन्त्रिपरिषद् बैठकले देशका कति स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय ग-यो ?

 ५ ।

(डोटीको जोरायल गाउँपालिका–२, बझाङको तलकोट गाउँपालिकाका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६, स्याङ्जाको चापाकोट नगरपालिका–९ र स्याङ्जाकै गल्याङ नगरपालिका–१ लाई औद्योगिक ग्राम घोषणा गर्ने निर्र्णय भएको ।)


१४. एसएलसी (हाल एसईई) मा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द भएको हो ?

 विसं २०६२ ।


१५. नेपालको एकमात्र सिकार आरक्ष कुन हो ?

 ढोरपाटन सिकार आरक्ष ।


१६. ‘सबैखाले पुँजीमध्ये सर्वोत्तम हो– मानव जातिमा लगानी भएको पुँजी’ भन्ने विचारक को हुन् ?

 अल्फ्रेड मार्सल ।


१७. नेपाल र भारतबीचको व्यापारमा भुक्तानी असन्तुलन रहनुका कारण के हो ?

 नेपालले निर्यातभन्दा आयात बढी गर्नु ।


१८. पत्रपत्रिकाका लागि हुलाक टिकटको व्यवस्था कहिलेदेखि हटाइएको हो ?

 विसं २०६३ जेठ १२ ।


१९. रेड एप्पल भनी केलाई बुझिन्छ ?

 गोलभेँडा ।


२०. नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?

 उत्तरी गोलाद्र्ध ।


२१. नेपालको शिक्षा पद्धतिमा नेपाली विषयलाई अनिवार्य गराउने पहिलो व्यक्ति को हुन् ?

 महाकवि लक्ष्मीप्रसाद देवकोटा ।


२२. वैशाख १ गते मनाउने गरिएको ‘विसु पर्व’ कुन ठाउँमा प्रचलित पर्व हो ?

 सुदूरपश्चिम ।

– विसु पर्वलाई विसु सङ्क्रान्ति पनि भन्ने गरिन्छ । मीठा–मीठा खानाका परिकार बनाई खाने, देउडा खेल्ने एवम् सिस्नुपानी छ्यापेर यो पर्व मनाउने गरिन्छ ।

– विसुका दिन सिस्नु लगाउँदा छालामा भएका घाउ खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ ।

– विसु पर्वमा महिलाले पुतला नाच खेल्ने र पुरुषले विसु बाघ बनाएर दौडाउने चलन रहेको छ ।

– विसु पर्वको दिन कुलदेवताको पूजा गरी ‘गतानी’ डुब्का (स्थानीय खानाको परिकार) पकाएर खाने साथै मासको दालबाट बनाइने विशेष स्थानीय परिकार ‘बटुक’ र चुकाउनी खाने चलन रहेको छ ।

– यस दिन भारतको हरिद्वारमा नेपाल तथा भारतका विभिन्न स्थानबाट गङ्गा स्नानका लागि जाने चलनसमेत रहेको छ ।

– हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीस्वरूप यो पर्व मनाउने गरिएको विश्वास रहेको छ ।


२३. एसियाली राष्ट्र जोड्ने ‘आइरन सिल्क रोड’ सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

 सन् २००६ नोभेम्बर १० ।


२४. रसुवा जिल्लाको लामटाङ क्षेत्रमा पर्ने ५,८९० मिटर अग्लो हिमशिखरलाई के नामकरण गरिएको छ ?

 बेडेन पावेल स्काउट पिक ।


२५. नेपाल सरकारद्वारा जनता आवास कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

 आव २०६६/०६७ ।

– सरकारले आव २०६६/०६७ को बजेट तथा कार्यक्रममार्फत सिरहा, सप्तरी तथा कपिलवस्तु जिल्लाबाट जनता आवास कार्यक्रम सुरुवात गरेको ।

– गरिबीको रेखामुनि रहेका नागरिकलाई स्वस्थ तथा सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम सुरु गरेको हो ।


२६. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?

 जापान ।


२७. जडीबुटीको गुण, रोेगमा उपयोगिताबारेमा उल्लिखित ग्रन्थ ‘निघन्टु’को प्रथम संस्करण कहिले प्रकाशित भएको थियो ?

 विसं २०२५ ।

– यो ग्रन्थ प्रथम संस्करण प्रकाशित भएको २५ वर्षपछि दोस्रो संस्करण प्रकाशित (नेपाल प्रज्ञाप्रतिष्ठानबाट) भएको ।

– लोकजीवन र आयुर्वेद चिकित्सा क्षेत्रका विज्ञका लागि उपयोगी उक्त ग्रन्थमा संंस्कृत भाषामा रहेका जडीबुटीका नामसँग सम्बन्धित शब्दका साथै नेपाली, हिन्दी, बंगाली, कर्नाटकी, महाराष्ट्री र ल्याटिन भाषामा समेत यथासम्भव ती शब्दहरूको नाम दिइएको ।


२८. विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ?

 इसावेल पेरोन, अर्जेन्टिना ।


२९. पेलेग्रा रोग भिटामिन ‘बी’को कमीले लाग्छ भने स्कर्भी रोग कुन भिटामिनको कमीले लाग्छ ?

 भिटामिन ‘सी’ ।


३०. जापानको हिरोसिमामा ६ अगस्ट १९४५ मा विस्फोट गरिएको परमाणु बमको नाम के थियो ?

 लिटिल बोय ।


१. नेपालको विविध पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको औपचारिक सुरुवात कहिले गरिएको हो ?

 विक्रम संवत् २०७८ वैशाख ६ ।

– सुरुवाती लगानी १० अर्ब भएको सो कोषमा नेपाल सरकारको ५ प्रतिशत हिस्सा रहेको ।

– नेपाल सरकारको सहकार्यमा सामूहिक लगानी भिœयाउँदै देश विकासमा काम गर्न कम्पनी खडा गरिएको जनाइएको ।


२. २०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनःनिर्माणपश्चात् कहिले उद्घाटन गरिएको हो ?

 विसं २०७८ वैशाख ११ ।

– पहिलेको धरहराभन्दा उस्तै देखिने तर नयाँ प्रविधिबाट धरहरा पुनःनिर्माण/नवनिर्माण गरिएको ।

– पहिलेको धरहराभित्र केवल सिँढीमात्र थियो भने अहिले भित्र सङ्ग्रहालयलगायत संरचना रहनेगरी निर्माण गरिएको । धरहरा चढ्नका लागि सिँढीका साथै लिफ्ट राखिएको ।

– ढलेको धरहराभन्दा नयाँ बनेको धरहराको चौडाइसमेत ठूलो रहेको ।

– धरहराको ऐतिहासिक महत्त्वलाई कायम राख्दै आधुनिक र व्यवस्थित रूपमा निर्माण गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेस रहेको ।

– २०७२ फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘मेरो धरहरा, मै बनाउँछु’ अभियानको घोषणा भएको ।

– २०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट शिलान्यास गरिएको नवनिर्मित धरहराको प्रधानमन्त्री ओलीबाटै उद्घाटन भएको ।

– पुनःनिर्माण सम्पन्न भए पनि धरहरापरिसरमा अन्य काम बाँकी रहेकाले तत्काल सर्वसाधारणका लागि भने धरहरा खुला नगरिएको ।

– धरहराको पुनःनिर्माणका लागि तीन अर्ब ४८ करोडमा ठेक्का सम्झौता भएको ।

– विसं १८८२ मा भीमसेन थापाद्वारा निर्मित धरहरा ६१.८८ मिटर अग्लो रहेको । १९९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा सो धरहराको पुनःनिर्माण भएको थियो । १९९० सालको भूकम्पअघि ११ तला रहेको धरहरा पुनःनिर्माण गर्दा ९ तलामात्र निर्माण गरिएको थियो ।


३. विश्व औलो दिवस कहिले मनाइन्छ ?

 अप्रिल २५ ।

(सन् २०२१ मा यो दिवस ‘शून्य औलोको लक्ष्यमा पुग्दै छौँ’ (च्भबअजष्लन त्जभ श्भचय ःबबिचष्ब त्बचनभत) को नारासाथ मनाइएको ।)


४. सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारबाट यस वर्ष (२०७८ मा) कसलाई सम्मान गरियो ?

 हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ।


५. विसं २०७८ वैशाख ८ मा नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित गरिएको प्रतिवेदनअनुसार प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा बढी हिस्सा कुन राष्ट्रको रहेको छ ?

 भारत (३० प्रतिशत) ।


६. समावेशीकरण राष्ट्रिय आयोगको गठन कहिले गरिएको हो ?

 विसं २०६५ पुस २९ ।


७. कुन चाडलाई बिस्का वा विस्पती चाड पनि भनिन्छ ?

 विसु पर्व ।


८. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

 सुवानन्द दास ।


९. बाबुले लेखेर छोराले पूर्णता दिएको कृति कुन हो ?

 कादम्बरी ।


१०. नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना कहिले भएको हो ?

 विसं २०५५ पुस १६ ।

(नेपालका नागरिक उड्डयनको विकास तथा विस्तार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथप्रदर्शन (एअर नेभिगेसन) र हवाई परिवहन (एअर ट्रान्सपोर्टेसन) सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने उद्देश्यसाथ स्थापित ।)


११. नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०१८ (हरेक १०/१० वर्षमा हुने) ।


१२. नेपाल पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कहिले सहभागी भएको हो ?

 विसं २०७५ साउन १६ (सन् २०१८ अगस्ट १) ।

(साउन १६ मा नेदरल्यान्डसँगको खेलबाट एक दिवसीय क्रिकेटमा डेव्यु गरेको नेपाल पहिलो खेलमा पराजित भएको थियो भने साउन १८ मा नेदरल्यान्डसँगको दोस्रो खेलमा जित हासिल गरेपछि सिरिज एक–एकको बराबरी भएको ।)


१३. नेपालसँग दोहोरो करमुक्ति सम्झौता (-DTAA– Double Taxation Avoidence Agreement) भएको पहिलो राष्ट्र कुन हो ?

 भारत (सन् १९८७ जनवरी १८) ।


१४. २०७८ वैशाखमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उपाधि कसले जित्यो ?

 नेपाल ।

– वैशाख ११ गते त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि चुमेको ।

– नेपालले घरेलु मैदानमा पहिलोपटक सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन पाँचको उपाधि जितेको थियो । सो प्रतियोगिता ५० ओभर फम्र्याटको रहेको थियो ।

– नेपालले समग्रमा दुईभन्दा बढी टोली सहभागी रहेको टी–२० शृङ्खला जितेको यो पहिलोपटक हो ।

– यो जित अन्तर्राष्ट्रिय टी–२० खेलमा नेपालले अहिलेसम्म प्राप्त गरेको फराकिलो (रनका आधारमा) अन्तरको जित हो । यस्तै, २३८ रनको योगफल नेपालले कुनै पनि विपक्षीविरुद्ध बनाएको ठूलो योगफल पनि हो । यसअघि नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुुटानविरुद्धको खेलमा २३६ रनको योगफल बनाएको थियो । उक्त खेलमा भुटान १४१ रनले पराजित भएको थियो । नेदरल्यान्ड्सविरुद्धको यो खेलको योगफल र जितको अन्तरले त्यसलाई पछि पारेको हो ।

– आफ्नो डेव्यु खेलमै लगातार तीनसहित चार अर्धशतक प्रहार गरेका नेपालका प्रारम्भिक व्याट्सम्यान कुशल भुर्तेल त्रिदेशीय टी–२० शृङ्खलाको सर्वोत्कृष्ट खेलाडी चुनिएका ।

– यस प्रयिोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सको सहभागिता रहेको ।


१५. युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

 विसं २००२ जनवरी १ ।


१६. सार्क जापानविशेष कोष (क्व्क्ँ) को स्थापना कहिले भएको हो ?

 सन् १९९३ सेप्टेम्बर २७ ।


१७. संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकलाई के भनी चिनिन्छ ?

 ब्ल्युु हेल्मेट्स ।


१८. बायोभिलेज नमुना कार्यक्रम सर्वप्रथम कुन जिल्लामा सञ्चालन गरिएको हो ?

 तनहुँ ।


१९. ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेक्ने पहिलो नेपाली महिला आरोही बन्न सफल महिला को हुन् ?

 पूर्णिमा श्रेष्ठ (गोरखा) ।

– २०७८ वैशाख ३ मा उनले सो शिखरको सफल आरोहण गरेकी । पूर्णिमासहित दावा याङ्जुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, सर्मिला स्याङ्तान र डाबुटी शेर्पाले आरोहण यात्रालाई सफल बनाएका ।

– आरोहणका हिसाबले जेठो हिमाल अन्नपूर्णमा ३ वैशाखमा दुई कीर्तिमान कायम भएका । पहिलोपटक एकै दिन ६ नेपाली महिलाले आरोहण गरेकै दिन अहिलेसम्मकै धेरै जनाले आरोहण गरेर कीर्तिमान राखेका ।


२०. पहिचान सम्मान कोषले ‘पहिचान सम्मान’बाट कसलाई सम्मानित ग¥यो ?

 खगेन्द्र सङ्ग्रौला (२०७८ मा) ।

(चार लाख दुई हजार दुई रुपियाँ तथा ताम्रपत्रसहित) ।


२१. बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्ने उद्देश्यसाथ कुन दिनलाई सुनुवाइ दिवसका रूपमा मनाउने गरिन्छ ?

 मार्च ३ ।

(विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मार्च ३ मा यो दिवस मनाइँदै आइएको भए पनि नेपालमा भने यसै वर्षदेखि मनाउन लागिएको ।)


२२. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?

 विसं २०७४ साउन १२ ।

(युएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसदको बैठक प्रत्यक्ष रूपमा हेर्न र सुन्न सकिने ।)


२३. प्रसिद्ध धार्मिक स्थल बडीकेदार कहाँ रहेको छ ?

 डोटी ।


२४. पुरादित्य गढी महोत्तरी जिल्लामा पर्छ भने दुगुनागढी कहाँ पर्छ ?

 सिन्धुपाल्चोक ।


२५. नइ चन्द्रधन पुरस्कार–२०७७ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

 प्रा.डा. दीर्घराज घिमिरे ।

– त्यस्तै, नइ कीर्तिनिधि पुरस्कारबाट कमल थापा, नई भूपालदुर्गा पुरस्कारबाट प्रा.डा. राजेन्द्र विमल, नइ देरुनिख सुकीर्ति पुरस्कारबाट नीर शाह, नइ ईश्वर बल्लभ पुरस्कारबाट वसन्तकुमार चौधरी सम्मानित भएका ।

– पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको ।


२६. EPG को पूरा रूप के हो ?

 Emminent Persons Group .


२७. मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?

 छाउनी, काठमाडौँ ।

(१८ हजारभन्दा बढी महत्त्वपूर्ण एवम् विश्वकै दुर्लभ कला तथा वस्तुको सङ्ग्रह रहेको यो सङ्ग्रहालय विसं १९९५ फागुन १ देखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको ।)


२८.CERID को पूरा रूप के हो ?

 Research Centre For Educational Innovation and Development


२९. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो ?

 चिल्का ताल, भारत ।


३०. विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?

 रूस ।



१. २०७७ चैत ३० को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा पर्नेगरी कतिवटा स्मार्ट सहर निर्माण गर्ने निर्णय ग-यो ?

 १२ ।

नयाँ बन्ने स्मार्ट सिटीहरू :

– प्रदेश १ : धनकुटा र गौरीगन्ज

– प्रदेश २ : रौतहटको मौलापुर र चन्द्रपुर

– वाग्मती प्रदेश : काभ्रेको काभ्रेभ्याली र भक्तपुरको गुन्डु

– गण्डकी प्रदेश : वालिङ

– लुम्बिनी प्रदेश :लुम्बिनी र तुल्सीपुर

– कर्णाली प्रदेश : दुल्लु

– सुदूरपश्चिम प्रदेश : भीमदत्त र अमरगढी ।

– सरकारले यसअघि नै १३ वटा सहरलाई स्मार्ट सहरका रूपमा निर्माण गर्ने निर्णय गरेकोमा चैत ३० को मन्त्रिपरिषद्को निर्णयबाट पहिलाको १३ मध्ये ८ र चारवटा नयाँ थप भएर आएको । अहिलेको मन्त्रिपरिषद्को निर्णयबाट १३ वटा बाट आठवटा मात्र छानिए पनि बाँकी पाँचवटा खारेज नभएको र दोस्रो प्राथमिकतामा परेको सहरी विकास मन्त्रालयले जनाएको ।


२. सर्वप्रथम सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सम्झनामा तेन्जिङ–हिलारी मेमोरियल पार्क कहाँ निर्माण गरिएको छ ?


 जिरी (दोलखा) (२०७८) ।


३. अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?

 अप्रिल २९ ।

– यसपटक (सन् २०२१) अन्तर्राष्ट्रिय नृत्य दिवस कोभिड–१९ का कारण भर्चुअल रूपमा मनाइएको ।

– संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्घ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि यो दिवस मनाउन थालिएको ।


४. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (नेसनल आईसीटी डे) कहिले मनाउने गरिन्छ ?

 मे २ ।

(चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८ को नारा– समृद्ध नेपालको आधार : सूचना तथा सञ्चार प्रविधिको विस्तार रहेको ।)


५. नेपालले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न कहिलेदेखि सुरु गरेको हो ?

 विक्रम संवत् २०७८ वैशाख १९ ।

– सम्झौताका आधारमा मूल्य निर्धारण गरी भारतबाट विद्युत् किन्ने गरेकोमा नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट डे अहेड विधिअनुरूप प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न सुरु गरेको ।

– यो एक दिनअघि नै खरिद र बिक्रीदर अनि परिमाण सुनिश्चित हुने (डे अहेड) बजार हो ।

– प्राधिकरणले पहिलो दिन वैशाख १८ गते राति १२ः०० बजे दुई सयदेखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमार्फत खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरेको ।

– प्राधिकरणले दुई साता पहिले भारतीय ऊर्जा एक्सचेन्जको सदस्यता प्राप्त गरेसँगै यसका लागि प्रक्रिया अघि बढाइएको थियो । सदस्यता प्राप्तिसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्रसमेत बनेको ।

– बजारको मागअनुसार कसैको हस्तक्षेपविना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात र निर्यात दुवै गर्न सकिने भएकाले दुई मुलुकबीच विद्युत् व्यापारका लागि यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको । साथै, भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच प्राप्त गरेकाले भारत हुँदै बङ्गलादेशसम्मको विद्युत् व्यापारका लागि समेत यसबाट सहजता हुन सक्ने जनाइएको ।

– नेपालले दिएको मूल्यभन्दा बढी दिएर अरूले नै लैजान पनि सक्ने भएकाले कतिपय अवस्थामा बढी मूल्य तिर्नुपर्ने वा मागबमोजिमको विद्युत् प्राप्त गर्न असमर्थ हुने स्थिति पनि सिर्जना हुन सक्ने । त्यस्तो अवस्थामा सधैँ सस्तोमा किन्न र महँगोमा बेच्न पाइने अवस्था नरहन सक्ने ।


६. प्रशान्त क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता (ट्रान्स प्यासिफिक पार्टनरसिप एग्रिमेन्ट–टीपीपीए) मा कहिले हस्ताक्षर गरिएको हो ?

 सन् २०१६ फेबुअरी ४ ।

(न्युजिल्यान्डको राजधानी अकल्यान्डमा भएको हस्ताक्षर समारोहमा ३० बुँदे बडापत्र जारी गरिएको ।)


७. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन–कुन हुन् ?

 लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर (क्रमशः जन्मस्थल/बुद्धत्व प्राप्ति/प्रथम प्रवचन/निर्वाण प्राप्ति) ।


८. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?

 विसं २०७२ मङ्सिर १४ ।


९. नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा कहिलेदेखि बन्द गरिएको हो ?

 विसं २०६५ पुस १७ ।


१०. सहरलाई कुरूप बनाउनेगरी राखिएका होर्डिङबोर्ड, पोस्टरलगायतका सामग्री हटाउने निर्णय सरकारले कहिले गरेको हो ?

 विसं २०७६ पुस १० ।


११. विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ?

 भारतको इलाहावाद ।


(यस मेलालाई विश्वकै ठूलो मानव जमघटका रूपमा लिने गरिन्छ । गङ्गा र यमुना नदीको सङ्गमस्थलमा स्नान गर्नाले मोक्ष प्राप्त हुने हिन्दु धर्मावलम्बीको विश्वास रहेको छ ।)


१२. सरकारले प्रत्येक वर्ष फागुन १ गते रोजगार दिवस मनाउने घोषणा कहिले गरेको हो ?

 विसं २०७५ फागुन १ ।


१३. एसिया को–अपरेसन डाइलग (एसीडी)को स्थापना कहिले गरिएको हो ?

 सन् २००२ जुन १८ ।

(नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको । हाल एसीडीमा नेपालसहित ३४ राष्ट्र रहेका ।)

 


१४. असंलग्न आन्दोलन (एनएएम) मा आबद्ध सार्क राष्ट्र कुन–कुन हुन् ?

 सबै आठ राष्ट्र ।


१५. राणाकालीन सरकारद्वारा जनतालाई दिइने सूचनालाई के भनिन्थ्यो ?

 इस्तिहार ।


१६. सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई चिनिन्छ भने हजारौँ हात्तीको देश भनी कुनलाई चिनिन्छ ?

 लाओस ।


१७. महिलालाई मताधिकार प्रदान गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

 न्युजिल्यान्ड ।

– न्युजिल्यान्डले सन् १८९३ मा यससम्बन्धी व्यवस्था गरेको ।

– महिलाका लागि मताधिकारको व्यवस्था गर्ने हालसम्मको पछिल्लो राष्ट्र साउदी अरब (सन् २०११ मा) हो ।


१८. तीनजुरे–मिल्के–जलजलेलाई लालीगुराँसको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?

 विसं २०५५ ।


१९. एटीएम मेसिनको सुरुवात कहिलेदेखि भएको हो ?

 सन् १९६७ ।

– एटीएम मेसिनको आविष्कार जोन सेफर्ड बारोनले गरेका ।

– बेलायतको लन्डनस्थित एक बैङ्कमा पहिलोपटक सन् १९६७ मा यो मेसिन प्रयोगमा ल्याइएको ।

– सुरुमा होल इन द वाल नामबाट चिनिने यो मेसिनमा ४ अङ्कको पिन नम्बर प्रचलनमा रहेको ।

– नेपालमा पहिलोपटक हिमालयन बैङ्कले एटीएम प्रयोगमा ल्याएको ।


२०. बालविधाको हाइकू ‘चञ्चल’का सर्जक को हुनुहुन्छ ?

 भक्त कार्की (पुलाचौर, म्याग्दी) ।


२१. केन्द्रीय तथ्याङ्क विभागले २०७८ वैशाखमा प्रकाशित तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ?

 ४.०१ प्रतिशत ।

– चालु आवको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्कअनुसार सो बराबरको वृद्धिदर रहने अनुमान विभागले गरेको । यो प्रक्षेपण तयार गर्न लिइएको अवधिमा कोरोनाको असर न्यून हुँदै गएको थियो तर कोरोनाको प्रभाव बढ्दै गएको अवस्थामा प्रक्षेपणलाई संशोधन गर्नुपर्ने

विभागले जनाएको ।

– विभागका अनुसार उक्त वृद्धिदर पछि नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपियाँ पुग्ने । गत आवमा नेपालको अर्थतन्त्रको संशोधित आकार चालु मूल्यमा ३९ खर्ब १४ अर्ब ७० करोड रुपियाँ रहेको विभागले उल्लेख गरेको । त्यस्तै, विभागले गत आवको वृद्धिदरमा संशोधन गरेर २.१२ प्रतिशत ऋणात्मक रहेको उल्लेख गरेको । यसअघि विभागले १.१९ प्रतिशतले मात्र आर्थिक वृद्धिदर ऋणात्मक रहने

अनुमान गरेको थियो ।

– विश्व बैङ्कले भने चालु आवमा नेपालको वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरेको ।

– एडीबीले सन् २०२१ मा नेपालको वृद्धिदर ३.१ प्रतिशत पुग्ने प्रक्षेपण हालै मात्र (सन् २०२१ अप्रिल) सार्वजनिक गरेको ।

– एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२१ अप्रिलमा सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको ।

– विभागको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय चालु आवमा करिब १० हजार रुपियाँले वृद्धि भई १ लाख ४० हजार ८१९ रुपियाँ पुग्ने । गत आवमा नेपालीको प्रतिव्यक्ति आय १ लाख ३० हजार ९५७ रुपियाँ रहेको ।


२२. हाल नेपाललगायतका क्षेत्रमा रहेको प्राचीन सागरलाई के नामले चिनिन्थ्यो ?

 टेथिस सागर ।


२३. आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ?

 राउटे ।


२४. हाम्रो शरीरका सम्पूर्ण क्रियाकलापको नियन्त्रण तथा समन्वय गर्ने प्रणालीलाई के भनिन्छ ?

 स्नायु प्रणाली ।


२५. कुन पारिस्थितिक पद्धतिमा जीवपिण्डको पिरामिड ठाडो हुन्छ ?

 स्थलीय पारिस्थितिक पद्धति (टेरिस्ट्रियल इकोसिष्टम) ।


२६. राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?

 विसं २०३९ कात्तिक ३ ।


२७. गोरखापत्रको प्रकाशन कहिलेदेखि सुरु भएको हो ?

 विसं १९५८ वैशाख २४ ।

(सुरुमा साप्ताहिक रूपमा प्रकाशित हुने गोरखापत्र विसं २००० असोज २९ देखि हप्तामा दुईपटक, विसं २००३ पुस २८ देखि हप्तामा तीनपटक र विसं २०१७ फागुन ७ देखि दैनिक रूपमा प्रकाशन गर्न थालिएको ।)


२८. नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?

 मनको बाँघ ।

(पाश्र्वसङ्गीत दिइएको पहिलो नेपाली चलचित्र ।)


२९. अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमई)को पहिलो महिला प्रमुख को हुन् ?

 क्रिस्टिन ल्यागार्ड (फ्रान्सकी वित्तमन्त्री) ।


३०. सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?

 ब्रह्माण्ड वर्ष (कस्मिक वर्ष) ।

प्रस्तुतकर्ता : टङ्क केसी



१. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रोपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त गरियो ?

 विक्रम संवत् २०७८ वैशाख ३० ।

– राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३१ गते प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको ।

– वैशाख २७ गते संसद्बाट विश्वासको मत नपाएपछि पदमुक्त ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त ।

– संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त ओलीले एक महिनाभित्र पुनः संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको ।


२. भारतको औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले डाक्टर रेड्डिज प्रयोगशालासँगको सहकार्यमा विकास गरेको कोरोनाविरुद्धको औषधिको नाम के हो ?

 टु–डीजी (टु–डीअक्सी–डी–ग्लुकोज)

– भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले सन् २०२१ मे १७ मा ‘टु–डीजी’ (टु–डीअक्सी–डी–ग्लुकोज) औषधि सार्वजनिक गर्नुभएको ।

– धूलोका रूपमा प्याकेटमा आउने औषधि पानीमा घोलेर खान मिल्ने गरी उत्पादन गरिएको । शरीरका कोससम्म पुगेर औषधिले भाइरसको वृद्धि रोक्ने तथा ताकत बढाउने बताइएको ।

– यस औषधिलाई कोरोनाविरुद्ध सहायक उपचार विधिका रूपमा प्रयोग गरिने जनाइएको ।

– यस औषधिले कोरोना बिरामी छिटो निको हुने तथा अक्सिजनप्रतिको निर्भरता कम गर्ने दाबी गरिएको ।

– सन् २०२० अप्रिलमा गरिएको परीक्षणमा उक्त औषधि कोभिडविरुद्ध प्रभावकारी हुने पुष्टि भएपछि मेदेखि अक्टोबरसम्म दोस्रो चरणको क्लिनिकल परीक्षण गरिएको । त्यस्तै, सन् २०२० डिसेम्बरदेखि २०२१ को मार्चसम्म २ सय २० जना सङ्क्रमितमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको ।


३. नेपाल सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?

 विसं २०७२ चैत २५ ।


४. झापाको भद्रपुरदेखि कञ्चनपुरको दोधारासम्म निमार्णाधीन हुलाकी राजमार्गको लम्बाइ कति छ ?

 एक हजार ६६३ किलोमिटर ।


५. निजी क्षेत्रको लगानीमा सम्पन्न नेपालको पहिलो जलविद्युत् आयोजना कुन हो ?

 खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट) ।


६. नेपालमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र कहिलेदेखि लागू भएको हो ?

 विसं २०७० वैशाख २ ।


७. साउदी अरब सरकारद्वारा राजदूतमा नियुक्त पहिलो महिला को हुनुहुन्छ ?

 राजकुमारी रिमा विन्त वन्दार ।


८. वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन कहिले भयो ?

 विसं २०७८ जेठ ३ ।

– विसं २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित ।

– त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गर्नुभएका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो ।


९. ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ ?

 बर्लिन (जर्मनी) ।


१०. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?

 प्रकाश विच्छेदन ।


११. ‘हिप्पोक्याम्प’ भनेको के हो ?

 एक खगोलीय पिण्ड ।

– क्यालिफोर्नियाको एसईटीआई इन्स्टिच्युटद्वारा हालै खोज गरिएको यो खगोलीय पिण्ड वरुण ग्रहको चन्द्रमा भएको दाबी गरिएको ।

– अन्यन्त चिसो पिण्ड ‘हिप्पोक्याम्प’ वरुणकै दोस्रो ठूलो चन्द्रमा प्रोटियसबाट टुक्रिएर बनेको हुन सक्ने खगोलशास्त्रीहरूको अनुमान रहेको ।

– हिप्पोक्याम्प पृथ्वीको चन्द्रमाको तुलनामा एक सयगुणा सानो रहेको वैज्ञानिकहरूले जनाएका ।


१२. नेपालका महŒवपूर्ण ९९ जडीबुटीको विवरण उल्लेख गरी राणाकालमा लेखिएको प्रसिद्ध पुस्तक कुन हो ?

 चन्द्रनिघण्टु ।


१३. विश्वमा फुटबलको आविष्कार कुन देशबाट भएको मानिन्छ ?

 चीन ।

– विश्वकै नम्बर एक प्रतियोगिताका रूपमा रहेको फुटबलको आविष्कार चीनमा ४७६ बीसी आसपास भएको मानिन्छ ।

– फुटबल खेललाई पहिलोपटक सन् १९३७ मा टीभीमा कभरेज गरिएको ।

– हरेक फुटबल खेलमा फुटबल खेलाडी औसत ९.६५ किलोमिटर दौडने ।


१४. संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार निरक्षरको तुलनामा उच्च शिक्षा हासिल गरेका व्यक्तिको बसाइँ–सराइ सम्भावना कति बढी छ ?

 झन्डै चारगुणा ।


१५. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

 विसं २०४७ चैत ४ ।

– नागरिक लगानी कोष ऐन–२०४७ अनुसार राष्ट्रको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहन गरी पुँजी वृद्धिका साथै लगानीका अवसर बढाउन तथा पुँजीबजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखी कोषको स्थापना भएको ।

प्रमुख उद्देश्य

– स्वदेश तथा विदेशस्थित नेपाली नागरिकलाई कोषको कार्यक्रममा आबद्ध गर्ने ।

– सामाजिक सुरक्षणसम्बन्धी थप कार्यक्रम सञ्चालन गर्ने ।

– प्राथमिकता प्राप्त क्षेत्र (जलविद्युत् क्षेत्र, पूर्वाधार विकास, उत्पादनशील क्षेत्र, पर्यटन तथा निर्यात प्रवद्र्धन, पुँजीबजारका उपकरण) हरूमा लगानी गर्ने ।

– कोषको रकम न्यून जोखिमका क्षेत्रमा लगानी गर्ने ।

– बजार निर्माता तथा सेयरको थोक खरिद बिक्री (स्टक डिलर) गर्ने ।

– पुँजीबजार सेवाका उपकरण÷औजार प्रभावकारी बनाउने ।


१६. काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो

 विसं १९५१ (वीरशमशेरको पालामा) ।


१७. नेपालमा ‘स्वास्थ्य सेवा दिवस’ कहिले मनाइन्छ ?

 फागुन १५ ।

– (नेपालमा विगत ६ वर्षदेखि हरेक वर्ष फागुन १५ गतेका दिन यो दिवस मनाइँदै आएको ।)


१८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?

 शैलजा आचार्य ।


१९. साउदी अरबले पहिलोपटक पर्यटकलाई प्रवेशाज्ञा दिने घोषणा कहिले गरेको हो ?

 सन् २०१९ सेप्टेम्बर २७ ।


२०. विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?

 सतार ।

– (विषखेला पर्व चौर वा खेलमैदानवरिपरि १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्रमार्फत बाजागाजासहित आफूतिर विष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् । यसरी जसले आफूतिर तानेर विष झार्न सक्छ, त्यो समूह वा समूहका धामी विजेता बन्ने चलन छ । सतारको मौलिक परम्परा र संस्कारका रूपमा रहेको यो पर्व विशेष गरी झापा जिल्लामा प्रचलनमा छ ।)


२१. सन् २०२१ को मिस युनिभर्सको उपाधि जित्ने सुन्दरी को हुन् ?

 एन्ड्रिया मेजा ।

– अमेरिकाको फ्लोरिडामा भएको मिस युनिभर्स प्रतियोगिताको ताज मेक्सिकोकी २६ वर्षीया एन्ड्रियाले पाउनुभएको । विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै एन्ड्रिया ६९औँ मिस युनिभर्स बन्नुभएको । उहाँ पेसाले सफ्टवेयर इन्जिनियर रहनुभएको ।

– सन् २०२० को मिस युनिभर्स प्रतियोगिता कोरोना भाइरस महामारीका कारण पहिलोपटक रद्द भएको ।


२२. विश्व स्वास्थ्य सङ्गठनले नेपालको कुन स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो सहकार्य केन्द्र (कोल्याबरेटिङ सेन्टर) का रूपमा मान्यता प्राप्त गरेको छ ?

 तिलगङ्गा आँखा प्रतिष्ठान (विसं २०७६ साउन ६) ।


२३. कुन चरालाई पत्नीव्रता चरा भनी चिनिन्छ ?

 राजधनेश ।


२४. नेपालमा सूचना प्रविधि पार्क कहाँ रहेको छ ?

 बनेपा (काभ्रे) ।


२५. नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

 विसं २०७५ फागुन २१ ।


२६. नेपालमा इन्टरनेट सेवा कहिलेदेखि सुरु भएको हो ?

 सन् १९९४ ।


२७. विश्व हिमोफिलिया दिवस कहिले मनाइन्छ ?

 अप्रिल ११ ।


२८. अर्थ आवर (हाम्रो पृथ्वी) अभियानको सुरुवात कुन देशबाट भएको हो ?

 अस्ट्रेलिया (सन् २००७ देखि) ।


२९. नेपालको कुन ठाउँलाई कान्छी नेपाल भनी चिनिन्छ ?

 डोटीको सिलगढी ।

(काठमाडौँसँग मेल खाने हावापानी भएकाले सिलगढीलाई कान्छी नेपाल पनि भन्ने गरिएको ।)


१. वरिष्ठ गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानको निधन कहिले भएको हो ?

 विक्रम संवत् २०७८ वैशाख २३ ।

विसं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा जन्मनुभएका प्रधानलाई नेपाली साङ्गीतिक क्षेत्रमा ‘गोल्डन भ्वाइस’ उपनामले पनि चिनिने ।

१६ वर्षको उमेरमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गर्नुभएका प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरू, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौँलगायतका दर्जनौँ गीत चर्चित छन् ।


२. नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री पदमा कहिले चयन हुनुभएको हो ?

 विसं २०७८ वैशाख ३० ।

संविधानको धारा ७६ (२) अनुसारको गठबन्धन सरकार निर्माणको प्रयास असफल भएपछि प्रतिनिधिसभाकोे सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा (संविधानको धारा ७६ (३) अनुसार) उहाँ पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको । विश्वासको मत पाउन नसकेपछि संवैधानिक प्रावधानअनुसार २०७८ वैशाख २७ गते स्वतः पदमुक्त हुनुभएका एमाले अध्यक्ष ओली तेस्रो दिनमा पुनः प्रधानमन्त्री चयन हुनुभएको । उहाँले वैशाख ३१ मा पद तथा गोपनीपताको शपथग्रहण गर्नुभएको ।

नेपालको संविधान जारी भएपछि उहाँ पहिलोपटक र सङ्घीय संसद्को निर्वाचनपछि दोस्रोपटक प्रधानमन्त्री चयन हुनुभएको थियो ।


३. ‘इकोनोमिक अर्लिवार्निङ सिष्टम’ भन्नाले के बुझिन्छ ?

 वित्तीय क्षेत्रमा आउन सक्ने जोखिमको पूर्वानुमान गरी मुलुकलाई सम्भावित वित्तीय सङ्कटबाट जोगाउने उद्देश्यले राष्ट्रिय योजना आयोगद्वारा सुरुवात गर्न थालिएको पद्धति

(राष्ट्रिय योजना आयोगमातहत रहने यो प्रणालीले समष्टिगत अर्थतन्त्रका सूचकमा भइरहने उतारचढाव र त्यसले नेपालमा पार्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभाव र जोगिन अपनाउनुपर्ने उपाय सरकारलाई सिफारिस गर्ने ।)


४. नेपालमा पहिलो राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइएको हो ?

 विसं २०७३ वैशाख २४ ।

गोरखापत्र प्रकाशन भएको ऐतिहासिक दिन वैशाख २४ लाई स्मरण गर्दै नेपाल सरकारले विसं २०७३ बाट ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउन थालेको ।

विसं १९५८ वैशाख २४ गते साप्ताहिक रूपमा ‘गोरखापत्र’ को प्रकाशन सुरु भएको । सुरुमा साप्ताहिक रूपमा प्रकाशित यो अखबार हप्तामा दुईपटक, तीनपटक हुँदै विसं २०१७ फागुन ७ गतेबाट दैनिक रूपमा प्रकाशित हुँदै आएको ।

नेपालमा फोेटो पत्रकारिताको सुरुवातकर्ता पनि गोरखापत्र नै हो । विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको थियो ।

गोरखापत्र २०५९ असार १० गतेबाट रङ्गीन कलेबरमा छापिन थालेको ।

विसं २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ शीर्षकअन्तर्गत नेपालमा बोलिने राष्ट्र (मातृभाषा) हरूको प्रकाशन सुरु गरी हाल पालैपालो ३८ वटा भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएको ।

राष्ट्रिय पत्रकारिता दिवसको घोषणापश्चात् गोरखापत्र संस्थानले २०७३ मा पहिलोपटक ५५ हजार ५५५ रुपियाँ राशिसहितको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गरेको ।


५. प्रथम विश्वयुद्ध कहिले अन्त्य भएको थियो ?

 सन् १९१८ नोभेम्बर ११ ।

(मानव सभ्यतामाथि चुनौती दिँदै विश्वभर विध्वंश मच्चाएको पहिलो विश्वयुद्ध सन् १९१४ जुलाई २८ मा सुरु भएको थियो ।)


६. स्वीट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फूलका प्रकार हुन् ?

 सयपत्री ।


७. अमलेखगन्जको पुरानो नाम भिच्छाखोरी हो भने वाल्मीकि नगरको पुरानो नाम के हो ?

 भैसालोटन ।


८. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ ?

 परिभ्रमण ।

(पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ ।)


९. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ?

 २५–४० किमि ।


१०. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?

 मेकियाबेली ।


११. हिमनदीले बगाएर ल्याएको हिमोढ (ढुङ्गा, माटो, बालुवा, झारपात आदि) ले नदीलाई रोकी बन्न जाने ताललाई के भनिन्छ ?

 हिमोढ ताल ।


१२. काठमाडौँमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनले सहयोगका क्षेत्र कति कायम गर्ने निर्णय गरेको छ ?

 १६ वटा

(चाँैथो सम्मेलनले सहयोगका २ क्षेत्र थप गरी १६ कायम गरेको ।)


१३. सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?

 मन्त्रिपरिषद् ।


१४. आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्त (नीड थ्यौरी)का प्रतिपादक को हुुन् ?

 अब्राहम मास्लो ।


१५. कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?

 स्थिति शक्ति (पोटेन्सियल इनर्जी) ।

(तन्किएको रबरमा जम्मा भएको शक्ति, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दबाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात् पोटेन्सियल शक्तिका उदाहरण हुन् ।)


१६. विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

 सन् १९०१ ।

– अर्थशास्त्रतर्फको नोबल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको ।

– नोबल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्वीडेनको राजधानी स्टकहोममा प्रदान गरिने ।

– यो पुरस्कार संयुक्त रूपमा तीनजनासम्मले पाउन सक्ने ।


१७. सबैभन्दा बढी उमेरमा नोबल पुरस्कार पाउने व्यक्ति को हुन् ?

 लियोनिङ हरविक्ज (सन् २००७, अर्थशास्त्र) ।

(सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने :मलाला युसुफ जाई, सन् २०१४) ।


१८. दोर्दीखोला जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति छ ?

 २७ मेगावाट (लमजुङ) ।

(सो जलविद्युत् आयोजनाको प्रारम्भिक परीक्षण २०७८ वैशाखमा सुरु गरिएको । आर्थिक वर्ष २०७७/०७८ भित्रै विद्युत् उत्पादन थालिने आयोजनाले जनाएको ।)


१९. विसं २०७३ पुस महिनामा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय रणनीति प्रारूपको अवधि कुन हो ?

 विसं २०७२–२०८७ ।


२०. युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

 वि.सं २००२ जनवरी १ ।



२१. चाल शक्ति (काइनेटिक इनर्जी) भन्नाले के बुझिन्छ ?

 वस्तुमा हुने चालका कारणले उत्पन्न हुने शक्ति अर्थात् चाल अवस्थामा रहेको वस्तुमा सञ्चित शक्ति

(बन्दुकबाट निस्केको गोली, बगिरहेको पानी, गुडिरहेको मोटर, उडिरहेको चरा आदिमा चाल शक्ति निहित हुन्छ ।)


२२. छोरीलाई दाइजोका रूपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ ?

 चेपाङ ।

(चिउरीको बियाँ माछा मार्न उपयोग हुने साथै बियाँ पेलेर घिउ पनि निकाल्न सकिने हुँदा बिहेपछि छोरीले चिउरीको घिउ र माछा, मासु खान पाओस् भन्ने विश्वासका साथ ।)


२३. नेटुवा जातिको बसोवास कहाँ रहेको छ ?

 कपिलवस्तुको शुद्धोधनमा ।

– विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा तीन सयजनाको हाराहारीमा नेटुवा जातिको बसोवास रहेको ।

– यो जातिका मानिसले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचीमा राख्न सरकारसँग माग गर्दै आएका ।


२४. हालको निजामती किताबखानाले गर्ने काम पहिला कुन अड्डाले गथ्र्यो ?

 कमान्डरी किताबखाना ।


२५. आदिप्रयाग भनेर कुन क्षेत्रलाई बुझाउँछ ?

 देवघाट ।


२६. विभिन्न किसिमका जीवजन्तु, पशुपक्षी, कीटपतङ्गको वासस्थानका लागि सिम, घोल, पोखरी, नदीकिनारमा सधैँ पानीले भिजिरहने ओसिलो भूमिलाई के भनिन्छ ?

 सिमसार ।


२७. नेपाल राष्ट्र बैङ्कले नेपाल सरकार लेखिएको पहिलो नोट कहिलेदेखि चलनचल्तीमा ल्याएको हो ?

 विसं २०६३ असोज ६ (रु. ५ को नोट) ।


२८. नेपाल सरकारले कहिलेदेखि अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ?

 विसं २०६६ मङ्सिर १ गते ।

(यसअघि नेपाली भाषामा मात्र नागरिकता दिइन्थ्यो ।)


२९. नेपालले सर्वप्रथम बिप्पा सम्झौता गरेको राष्ट्र कुन हो ?

 फ्रान्स (सन् १९८३ मे २) ।


३०. मरुभूमि नभएको एकमात्र अरब राष्ट्र कुन हो ?

 लेबनान ।



१. हरित् विकास र विश्वव्यापी लक्ष्य २०३० का लागि साझेदारी (पीफोरजी) सियोल शिखर सम्मेलन कहिले सम्पन्न भयो ?

 सन् २०२१ मे ३०–३१ ।

– गणतन्त्र कोरियामा आयोजित कार्बन तटस्थताका लागि हरित् पुनः प्राप्ति विषयक भर्चुअल शिखर सम्मेलनमा ४० भन्दा बढी मुलुकका राज्य तथा सरकार प्रमुख, २१ अन्तर्राष्ट्रिय सङ्गठनका नेता, शिक्षा क्षेत्र, नागरिक समाज, व्यावसायिक समुदायका प्रतिनिधिको सहभागिता रहेको ।

– शिखर सम्मेलनले जलवायु परिवर्तनसम्बन्धी वैश्विक सामूहिक कार्यलाई गति दिन बेलायतमा हुने कोप–२६ सम्मेलनका लागि आधार तयार गर्ने जनाइएको ।

– सम्मेलनमा मे ३० का दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सन् २०५० सम्ममा कार्बन तटस्थ मुलुक बन्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको ।


२. चीनमा एक दम्पतीलाई तीन सन्तानसम्म जन्माउन पाउने नीति कहिले बन्यो ?

 सन् २०२१ मे ३१ ।

– यसअघिको दुईजनासम्म बच्चा जन्माउन पाउने नीति परिवर्तन गर्दै अब एक दम्पतीले तीनजनासम्म सन्तान जन्माउन पाउने नीति सरकारले ल्याएको ।

– राष्ट्रपति सी चिन फिङद्वारा मे ३१ को पोलिटव्युरो बैठकमा उक्त नीतिलाई स्वीकृति दिइएको ।

– दस वर्षयता जनसंख्या वृद्धिदर ह्वात्तै कम भएपछि राष्ट्रपति सी नेतृत्वको सरकारले जनसङ्ख्या बढाउन नयाँ नीति ल्याएको ।

– चीनमा पछिल्लो वर्ष एक करोड २० लाखमात्रै बच्चा जन्मिएका थिए । सन् २०१६ मा एक करोड ८० लाख बच्चा जन्मिएका थिए । यस वर्षको जन्मदर सन् १९६० यताकै सबैभन्दा कम भएको जनाइएको ।

– चीनमा सन् १९८० देखि २०१५ सम्म एक दम्पतीले एकजना सन्तानमात्रै जन्माउने नीति लागू थियो । सन् २०१६ मा दुई सन्तानसम्म जन्माउन पाउने नीति लागू भयो ।


३. चलचित्र पत्रकारिता दिवस कहिले मनाइन्छ ?

 जेठ ७ ।

– चलचित्र पत्रकार सङ्घ नेपालले २०७८ जेठ ७ गते सङ्घको २२औँ स्थापना दिवस तथा १९औँ चलचित्र पत्रकारिता दिवस मनाएको ।

– सङ्घ दर्ता भएको दिनलाई आधार मानेर हरेक वर्ष जेठ ७ मा यो दिवस मनाउँदै आइएको ।


४. विष्णुमती नदी मुहानसम्बन्धी तीर्थलाई के भनी चिनिन्छ ?

 सपनतीर्थ ।


५. नेपालमा राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?

 जेठ १६ ।


६. यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कुन आधारमा गरिने भएको छ ?

 विद्यालयको आन्तरिक मूल्याङ्कनबाट ।

– (कोभिड १९ महामारीका कारण एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनबाट गरिने भएको । कोभिड–१९ महामारीकै कारण गत वर्षको एसईई परीक्षा पनि विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै गरिएको ।)


७. गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार स्थापना कहिले भएको हो ?

 विक्रम संवत् २०६२ ।

– (प्रत्येक पाँच–पाँच वर्षमा प्रदान गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पहिलोपटक विसं २०६५ बुद्ध पूर्णिमाका दिन प्रदान गरिएको ।)


८. भूउपग्रहबाट पहिलोपटक टेलिफोन सञ्चालन भएको जिल्ला कुन हो ?

 मुस्ताङ ।


९. नेपाल सहायता समूहको गठन कहिले भएको हो ?

 सन् १९७६ ।


१०. सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?

 पिगन ।


११. नेपालमा विद्युत् सङ्केतबाट ट्राफिक नियन्त्रण गर्न कहिलेदेखि थालिएको हो ?

 विसं २०२३ ।


१२. नेपालमा भारतको पहिलो महावाणिज्य दूतावास कहिले र कहाँ खोलियो ?

 विसं २०६१ माघ ४, वीरगन्ज ।


१३. नेपालमा गणतन्त्र दिवस कहिले मनाइन्छ ?

 जेठ १५ ।

– (संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउँदै आइएको ।)


१४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बङ्गलादेशको राजकीय भ्रमण कहिले भएको हो ?

 विसं २०७७ चैत ९–१० (सन् २०२१ मार्च

२२–२३) ।


१५. मन्त्रिपरिषद्को २०७८ जेठ १० को बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कसलाई नियुक्त ग¥यो ?

 बालानन्द शर्मा (नेपाली सेनाका पूर्वरथी) ।


१६. युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार–२०७७ कसलाई प्रदान ग¥यो ?

 खेल पत्रकार कमल खत्री (पुरस्कार राशि रु. ५० हजार) ।


१७. नेपालमा सबैभन्दा बढी पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?

 चितवन राष्ट्रिय निकुञ्ज ।


१८. विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२१ मे २७ मा जारी गरेको नयाँ वरियतामा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 १७१औँ ।

– नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा रहेको ।


१९. नेपाली साहित्यका प्रथम सहिद भनी कसलाई चिनिन्छ ?

 सुब्बा कृष्णलाल अधिकारी ।


२०. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटनादर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्छ ?

 सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय


२१. ब्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ छ ?

 साङ्घाइ (चीन) ।


२२. नेपालमा प्रमुख जिल्ला अधिकारीको नियुक्ति कहिलेदेखि सुरु भएको हो ?

 विसं २०२२ पुस १ ।


२३. सरकारी कार्यालयका साइनबोर्ड नेपालीमा राख्नुपर्ने व्यवस्था कहिलेदेखि भएको हो ?

 विसं २०१८ जेठ ९ ।


२४. सर्वप्रथम मूल्य अभिवृद्धि कर लागू गर्ने देश कुन हो ?

 फ्रान्स (सन् १९५४ देखि) ।


२५. नेपालको सबैभन्दा उच्च स्थानबाट बगेको अरूण नदीलाई अर्को के नामले चिनिन्छ ?

 फुङ्चु ।


२६. मनोवैज्ञानिक चिकित्सा प्रणालीका जन्मदाता को हुन् ?

 सिग्मन्ड फ्रायड ।


२७. भारतमा बापु भन्नाले महात्मा गान्धीलाई चिनिन्छ भने नेताजी भन्नाले कसलाई चिनिन्छ ?

 सुवासचन्द्र बोस ।


२८. नेपालमा हायू जातिको मुख्य बसोवास कहाँ रहेको छ ?

 रामेछाप र सिन्धुली ।


२९. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

 माल्दिभ्स ।

– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)


३०. बीमा समितिबाट हालै सञ्चालन अनुमति प्राप्त गरेको पुनर्बीमा कम्पनी कुन हो ?

 हिमालयन रि–इन्स्योरेन्स कम्पनी । 


१. आर्थिक वर्ष २०७८÷७९ को बजेटअनुसार आ.व. २०७८/७९ मा आर्थिक वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?

 ६.५ प्रतिशत


२. सरकारले कहिलेसम्ममा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गर्ने घोषणा गरेको छ ?

 वि.सं. २०८८ (आगामी १० वर्षभित्र, आ.व. २०७८/७९ को बजेटमार्फत)


३. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?

 जुन ५

– अन्तर्राष्ट्रिय नारा ः पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना ।

– राष्ट्रिय नारा ः नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्र्थापना ।


४. संयुक्त राष्ट्र सङ्घद्वारा कुन अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’ का रूपमा मनाउने निर्णय गरिएको छ ?

 सन् २०२१–२०३०


५. नेपालमा वातावरण संरक्षण परिषद्को गठन कहिले गरिएको हो ?

 वि.सं. २०४९ असोज १५


६. काठमाडौँ उपत्यकामा सवारी प्रदूषण जाँच कहिलेदेखि गर्न थालिएको हो ?

 वि.सं. २०५१ वैशाख १


७. इजरायलको राष्ट्रपतिमा को चयन हुनुभएको छ ?

 आइज्याक हर्जोग


– देशको ११ औँ राष्ट्रपतिका रूपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसद्बाट ८७ मत प्राप्त गरेका ।

– हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गरेका ।

– हर्जोग यसअघि लेवोर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसद्मा विपक्षी दलको नेताका रूपमा रहेका ।

– इजरायलका हालका राष्ट्रपति रुभेन रिभलिनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ ।

– आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल ७ वर्षको हुने ।


८. जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस कहिले मनाइन्छ ?

 जेठ २१

(वि.सं. २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेको दिन यो दिवस मनाउने गरिएको ।)


९. अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले एक दिवसीय विश्वकप क्रिकेटमा सहभागी हुने टिमको सङ्ख्या बढाई कति कायम गरेको छ ?

 १४ (सन् २०२१ जुन १ मा)

– सन् २०२७ को एक दिवसीय विश्वकपमा १४ राष्ट्रको सहभागिता हुने । अहिले एक दिवसीय विश्वकप क्रिकेटमा दश राष्ट्रको सहभागिता रहँदै आएको ।

– त्यसैगरी, टी–ट्वान्टी विश्वकपमा २० टिमले सहभागिता जनाउन पाउने । अहिले १६ राष्ट्रको सहभागिता रहँदै आएको ।

– सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा २० टिमको सहभागिता हुने ।

– सन् २०२४ को विश्वकप पछि हरेक दुई वर्षमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले गरेको ।

– त्यसैगरी, च्याम्पियन्स ट्रफी पुनः हुने भएको । सन् २०१७ देखि च्याम्पियन्स ट्रफी भएको छैन । च्यापियन्स ट्रफी भने ८ देशले नै खेल्ने छन् । एक दिवसीय विश्वकप क्रिकेट र च्याम्यिन्स ट्रफी चार–चार वर्षको अन्तरालमा नै हुने छन् ।


१०. विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ ?

 जुन ७

– ‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ (क्बाभ ाययम लयध ायच ब जभबतिजथ तयmयचचयध) भन्ने नाराका साथ तेस्रो विश्व खाद्य स्वच्छता दिवस तथा तेह्रौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइएको ।

– सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जून ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार सन् २०१९ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिएको ।

– आम उपभोक्तालाई खाद्य स्वच्छता र गुणस्तरका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमा वि.सं. २०६५ देखि खाद्य स्वच्छता दिवस मनाउँदै आइएको ।


११. ‘थेओरी अफ रिलेटिभिटी’(सापेक्षतावाद) का प्रतिपादक अल्वर्ट आइन्स्टाइन हुन् भने सापेक्ष घनत्वको सिद्धान्तका प्रतिपादक को हुन् ?


 आर्किमिडिज


१२. प्रकृतिमा सबैभन्दा बढी मात्रामा पाइने ग्यास कुन हो ?

 नाइट्रोजन


१३. मानव शरीरको रक्त सञ्चालन प्रक्रिया विलियम हार्वेले पत्ता लगाएका हुन् भने वंशानुक्रमको सिद्धान्त कसले पत्ता लगाएका हुन् ?

 ग्रेगर मेण्डल

१४. सन्तुलित भोजनको अभावले हुने स्वास्थ्यसम्बन्धी समस्यालाई के भनिन्छ ?

 कुपोषण (मालन्यूट्रेसन)


१५. विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को भेरियन्टलाई ग्रिक अल्फावेटको आधारमा नामकरण कहिले गरेको हो ?

 सन् २०२१ मे ३१

– प्हिलो पटक जुन देशमा भेरियन्टको पहिचान भयो त्यही देशको नामको आधारमा कोभिड–१९ को भेरियन्ट नामकरण हुन थालेपछि विवाद बढेको थियो । यस्तो विवादलाई साम्य पार्न विश्व स्वास्थ्य सङ्गठनले मे ३१ मा कोभिड भाइरसको नयाँ भेरियन्टको नामकरण गरेको ।

– डब्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘विटा’, भारतमा भेटिएको भेरियन्ट (बी–१.६१७.२) लाई डेल्टा नामकरण गरेको । भारतमै फेला परेको अर्को भेरियन्ट (बी–१.६१७.१) लाई ‘कप्पा’ नाम दिइएको ।

– अत्यधिक सङ्क्रामक रहेका यी भेरियन्टलाई डब्लूएचओले ‘भेरियन्ट अफ कन्सर्न’ अर्थात् घातक भाइरसको सूचीमा राखेको ।

– ठाउँको आधारमा नाम दिँदा सम्बन्धित क्षेत्रलाई असर पर्ने भएकोले ग्रिक वर्णमालाबाट छानिएको डब्लूएचलोले जनाएको ।

– भाइरसहरूको आनुवंशिक संरचनाका आधारमा परीक्षण गरी खोप र औषधिको उत्पादनका लागि नामकरण गर्ने गरिएको ।

– भाइरोलोजिस्ट र वैज्ञानिकहरूको समूहले निकालेको निष्कर्षको आधारमा ‘इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरस (आइसीटिभी)’ ले नामकरण गर्ने ।


१६. कालो ढुसी (म्युकरमाइकोसिस) नामक सङ्क्रमण कुन रोगका बिरामीमा देखिने सङ्क्रमण हो ?

 कोभिड–१९

– कोभिड–१९ भएका बिरामीमा म्युकरमाइकोसिस नामक सङ्क्रमण हुन सक्ने ।

– यो सङ्क्रमण विरलै देखिन्छ, तर सङ्क्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकाले समयमा नै यस सङ्क्रमणप्रति सजग हुनुपर्छ ।

प्रारम्भिक लक्षण

– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने,

– आँखा रातो हुने,

– नाकबाट बाक्लो सिँगान आउने,

– ज्वरो आउने,

– आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।

रोकथामका उपाय

– सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने,

– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने,

– घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने,

– धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने,

– नुनिलो पानीले नाक सफा गर्ने,

– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने,

– जथाभावी स्टेरोइड र एन्टिवायोटिक प्रयोग नगर्ने,

– सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने,

– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि सेवन गर्ने,

– व्यक्तिगत सरसफाइमा ध्यान दिने ।


१७. सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरेको छ ?

 वि.सं. २०७६–२०८५


१८. ग्लोबल सेन्टर फर साइवर सेक्युरिटीको स्थापना कहिले भएको हो ?

 सन् २०१८ जनवरी २६

– साइवर अपराधसम्बन्धी गतिविधिलाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेश उपलब्ध गराउने उद्देश्यका साथ विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) द्वारा यस संस्थाको स्थापना भएको ।

– यसको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा रहेको ।


१९. तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?

 पाँच वर्षे (वि.सं. २०७५ चैत्र)

(रणनीतिले सङ्घीय संरचनाअनुसार केन्द्रदेखि स्थानीय तहसम्मका तथ्याङ्कीय एकाइ र गर्नुपर्ने काम निश्चित गर्ने । रणनीति कार्यान्वयन अवधिमा केन्द्रीय तथ्याङ्क विभागलाई स्तरोन्नति गरी राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिणत गरिने जनाइएको ।)


२०. वर्षमा दुईपटक बजेट पेस गर्ने राष्ट्र कुन हो ?

 फ्रान्स


२१. अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालय कहाँ छ ?

 स्वीट्जरल्यान्डको लुजाने


२२. अरूद्वारा गाइएको गीतमा ओठ चलाएर गाएजस्तो गर्नुलाई के भनिन्छ ?

 लिप सिङ्गिङ


२३. सगरमाथाको चुचुरोमा पाइला टेक्ने सबैभन्दा कम उमेरका निजामती कर्मचारी को हुनुहुन्छ ?

 युवराज धिताल

– धितालले वि.सं. २०७८ जेठ १७ (सन् २०२१ मे ३१) मा २३ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेका ।

– पश्चिम रुकुमका धिताल हाल नापी कार्यालय दाङअन्तर्गत लमही शाखामा नापी प्राविधिकका रूपमा कार्यरत रहेका ।


२४. अक्सिजनको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?

 जे. प्रिस्टले


२५. कुनै ग्रहले सूर्यको वरिपरि एक पटक घुम्न लागेको अवधिले त्यस ग्रहको केलाई जनाउँछ ?

 एक वर्षको आवधि

(कुनै ग्रहले आफ्नो अक्ष (एक्सिस) मा एक फन्को घुम्न लागेको अवधिले त्यस ग्रहको १ दिनको अवधिलाई जनाउँछ ।)


२६. सार्क जापान विशेष कोष (एसजेएसएफ) को स्थापना कहिले भएको हो ?

 सन् १९९३ सेप्टेम्बर २७


२७. दक्षिण एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालय कहाँ रहेको छ ?

 नेपाल


२८. युरोपेली आर्थिक समुदाय (ईईसी) लाई कहिलेदेखि युरोपेली सङ्घ (ईयू) बनाइएको हो ?

 १ नोभेम्बर १९९३


२९. नेपालले कुन आवधिक योजनादेखि वैदेशिक सहयोग लिन सुरु गरेको हो ?

 प्रथम पञ्चवर्षीय योजना


३०. नेपालमा वित्तीय क्षेत्र सुधार कार्यक्रम कहिलेदेखि सञ्चालन गरिएको हो ?

 वि.सं. २०५७ मङ्सिर


१. ‘युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ?

 २४ ।

– युईएफएले चार वर्षअघि नै सहभागी देशको सङ्ख्या १६ बाट २४ पु-याउने निर्णय गरेको ।

– ११ देशका ११ सहरमा युरोकप २०२० सञ्चालन भएको ।


२. मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?

 एन्ड्रिया मेजा (मेक्सिको) ।

– ६९औँ संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि पार्दै २६ वर्षीया सफ्टवेयर इन्जिनियर एन्ड्रियाले सो उपाधि जितेकी ।

– सन् २०२१ मे १६ मा सम्पन्न प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएका ।


३. चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कार एकेडेमी अवार्डको ९३औँ संस्करणमा सर्वोत्कृष्ट चलचित्र कुन घोषित भयो ?

 नोम्याडल्यान्ड ।

– सर्वोत्कृष्ट घोषित अन्य विधा÷कलाकार

– सर्वोत्कृष्ट अभिनेता ः एन्थनी हकिन्स (द फादर)

– सर्वोत्कृष्ट अभिनेत्री ः फ्रान्सेस म्याक डोरम्यान्ड (नोम्याडल्यान्ड)

– सर्वोत्कृष्ट निर्देशक ः लो झाओ ( नोम्याडल्यान्ड)

– सर्वोत्कृष्ट सहअभिनेता ः डेमियल कलुया (जुडस एन्ड द ब्ल्याक मसिह)

– सर्वाेत्कृष्ट सहअभिनेत्री ः युन यु जङ (मिनारी)

– सर्वोत्कृष्ट गीत ः ‘फाइट फर यु’ बोलको गीत (जुडास एन्ड द ब्ल्याक मसिह)

– सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड ः एनोदर राउन्ड

– सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म ः सोल

– सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म ः इफ एनिथिङ ह्यापन आई लभ यू

– सर्वोत्कृष्ट लाइभ एक्सन आर्ट फिल्म ः टु डिस्टेन्ट स्ट्रेन्जर्स

– सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट ः कोलेट

– सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म ः माई अक्टोपस टिचर

– सर्वोत्कृष्ट एडप्टेड स्क्रीन प्ले ः द फादर

– सर्वोत्कृष्ट छाँयाकार ः एरिक मेसेर्स मिडट (चलचित्र ः म्याक)

– सर्वोत्कृष्ट भिजुअल इफेक्ट ः चलचित्र टेनेट

– सर्वोत्कृष्ट सम्पादन एवम् ध्वनि ः चलचित्र साउन्ड अफ मेटल


४. साइप्रसमा पहिलो महिला सभामुख बन्न सफल राजनीतिज्ञ को हुनुहुन्छ ?

 अन्निटा डिमेट्रिओ ।


– सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा डिमेट्रिओ चयन भएकी ।

– बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो ।


५. पत्रकारिता क्षेत्रमा अमेरिकाकै सबैभन्दा सम्मानित मानिने पुलित्जर पुरस्कार २०२१ कसलाई प्रदान गरियो ?

 मेघाराजागोपालन (भारतीयमूलकी पत्रकार), एलिसन किल्लङ र क्रिस्टो बस्चेक

(सन् २०२१ का लागि अन्तर्राष्ट्रिय समाचार लेखन विधातर्फ जुन ११ मा पुलित्जर बोर्डले सो पुरस्कार घोषणा गरेको ।)


६. ललितपुर गोदावरीमा निर्मित अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन कहिले गरिएको हो ?

 विक्रम संवत् २०७८ वैशााख ३१ ।

– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारी निवास बालुवाटारबाट स्वीच थिचेर भर्चुअल रूपमा सम्मेलन केन्द्रको उद्घाटन गरिएको ।

– एउटै हलमा एकैपटक तीन हजार मानिस बसेर सभा–सम्मेलन गर्न सकिने यो सम्मेलन केन्द्र देशकै ठूलो सम्मेलन केन्द्र रहेको जनाइएको ।


७. गण्डकी प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त हुनुभएको छ ?

 कृष्णचन्द्र नेपाली पोखरेल (२०७८ जेठ २९) ।


– गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको ।

– यसअघि पोखरेल गण्डकी प्रदेशसभामा विपक्षी दलको नेता ।

– तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७८ जेठ २७ मा गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलद्वारा बहुमत प्राप्त गर्ने आधारसहित मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको । विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा पोखरेलको दाबी परेको थियो ।


८. नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?

 जेठ ३० ।

(नेपाल विज्ञापन सङ्घ (आन)ले सङ्घको स्थापना दिवसको अवसर पारी जेठ ३० लाई एड–डे का रूपमा मनाउन थालेको ।)


९. ‘शमशेर’ उपाधि लिने पहिलो व्यक्ति को हुनुहुन्थ्यो ?

 वीरशमशेर ।


१०. कुन सन्धिपश्चात् नेपालको सिमाना पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कायम भएको हो ?

 सुगौली सन्धि ।


११. गौतम बुद्धको सारथिको नाम छन्क हो भने घोडाको नाम के हो ?

 कन्थक ।


१२. नेपालमा वैदेशिक सहयोगको संस्थागत सुरुवात कहिलेदेखि भएको हो ?

 सन् १९५१ ।

१३. इन्फ्ल्यासन भन्नाले के बुझिन्छ ?

 लगातार मूल्यवृद्धि हँुदै जानेक्रम वा अवस्था ।


१४. राष्ट्र बैङ्कद्वारा विक्रम संवत् २०७८ वैशाख ८ मा प्रकाशित प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदनअनुसार हाल नेपालमा कुल वैदेशिक लगानी कति छ ?

 एक खर्ब ८२ अर्ब ९१ करोड ९६ लाख ।

– कुल विदेशी लगानीमध्ये चुुक्ता पुँजी ८८ अर्ब (४८.२ प्रतिशत), सञ्चितीका रूपमा ७८ अर्ब (४२.८ प्रतिशत) तथा ऋणका रूपमा १६ अर्ब (९ प्रतिशत) रहेको ।

– प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा धेरै हिस्सा (३० प्रतिशत) भारतको रहेको । भारतपछि चीनको हिस्सा १५ प्रतिशत रहेको । मुलुकमा विदेशी लगानी भित्रिने तेस्रो ठूलो मुलुक ‘ट्याक्स हेवन’ सेन्ट किट्स एन्ड नेभिस रहेको । नेपालमा हालसम्म त्यस मुलुकको लगानी २४ अर्ब ९३ करोड (कुल विदेशी लगानीको १३.६ प्रतिशत) रहेको । सोपश्चात् नेपालमा लगानी हुने प्रमुख मुलुकमा आयरल्यान्ड, सिङ्गापुर, अस्ट्रेलिया, युएई, बङ्गलादेश, दक्षिण कोरिया, अमेरिकालगायतका मुलुक रहेका । तर, कुल वैदेशिक लगानीमा ती कुनैको पनि हिस्सा १० प्रतिशतभन्दा माथि नरहेको ।

– प्रतिवेदनअनुसार मुलुकमा हालसम्म ५३ मुलुकबाट विदेशी लगानी भित्रिएको ।


१५. पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?

 विसं २०५० जेठ २५ ।


१६. सन् १९८७ मा ब्रुटल्यान्ड आयोगद्वारा पेस गरिएको प्रतिवेदनको नाम के हो ?

 हाम्रो साझा भविष्य ।


१७. नेपाल विश्व संरक्षण सङ्घ (आईयूसीएन) को सदस्य कहिले भएको हो ?

 सन् १९७३ ।


१८. फाउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन् ?

 ओरभिल राइट र विलभर राइट ।


१९. टाइटानिक नामक समुद्री जहाज कहिले दुर्घटनाग्रस्त भएको थियो ?

 सन् १९१२ अप्रिल १४ ।

(सन् १९१२ अप्रिल १० मा बेलायतको साउथ ह्याम्पटनबाट न्युयोर्कका लागि प्रस्थान गरेको सो जहाज चार दिनको यात्रापछि १४ अप्रिलमा एक ठूलो हिमशिलामा ठोक्किएर डुब्दा १५ सयभन्दा बढी यात्रुको निधन भएको थियो । टाइटानिक त्यो बेलाका समुद्री जहाजमध्ये सबैभन्दा सुविधासम्पन्न र विलासी रहेको बताइन्छ । चीनमा अहिले सोही विश्वविख्यात जहाज ‘टाइटानिक’को प्रतिकृति बनाउन थालिएको छ ।)


२०. चितवनको माडीस्थित अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति कहिले स्थापना गरिएको हो ?

 विसं २०७८ वैशाख ८ ।

– ती मूर्ति रामनवमीको दिन पारेर वैशाख ८ मा प्राणप्रतिष्ठा गरिएको ।

– भरतपुरदेखि झन्डै ४५ किलोमिटर दक्षिण–पश्चिममा रहेको माडी नगरपालिका–९ स्थित गणेशगुञ्जमा मन्दिर निर्माण गरी मूर्ति राखिएको ।


२१. सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहाँ हुने भएको छ ?

 बेइजिङ, चीन ।


२२. सूर्यदेखि पृथ्वी कति किलोमिटर टाढा रहेको छ ?

 १४ करोड ८८ लाख किमि ।


२३. विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना कहाँ

रहेको छ ?

 दक्षिण अमेरिकाको भेनेजुयला ।


२४. विश्वको सबैभन्दा गहिरो सागर कुन हो ?

 क्यारेबियन सागर ।


२५. विसं २०७८ वैशाखमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय फिचर फिल्मको अवार्ड कुन चलचित्रले जित्यो ?

 आमाखान्डो ।

(पुरस्कार राशि ः रु. १ लाख) ।

– त्यसैगरी, गौतम बुद्ध अवार्ड १५ सय डलरसहित भारतीय फिल्म डिक्सनेरीले जितेको ।


२६. ‘मरुभूमिको हीरा’ भनेर चिनिने राष्ट्र कुन हो ?

 लिबिया ।


२७. टाई लगाउने चलन कुन देशबाट सुरु भएको हो ?

 फ्रान्स ।


२८. सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?

 मन्त्रिपरिषद् ।


२९. सूचनाको हकसम्बन्धमा अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

 स्वीडेन

– स्वीडेनले सन् १७६६ मा सूचना पहुँचका लागि संविधानमै व्यवस्था गरेको ।

– संयुक्त राष्ट्रसङ्घले स्थापनाको दोस्रो वर्षमै सन् १९४६ मा पारित गरेको प्रस्ताव ५९ (१) मा सूचनाको हकसम्बन्धी व्यवस्था रहेको ।

– संयुक्त राज्य अमेरिकाले सन् १९६६ मा सूचनाको हकको कानुन बनाई लागू गरेको ।

– सूचनाको अधिकारमा युरोपेली सङ्घले सन् १९८० को दशकमा सदस्य राष्ट्रलाई तिनीहरूका सार्वजनिक संस्थालाई निर्देश गरेको ।


३०. राजधानीमा आयोजित नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ मा उत्कृष्ट वृत्तचित्रको उपाधि कुन चलचित्रले जित्यो ?

 सहायक श्रीमान् (को हजबेन्ड) ।

– गणेश पाण्डेद्वारा निर्देशित तथा शारदा गैरेनिर्मित बहुपतिप्रथामा आधरित वृत्तचित्र सहायक श्रीमान् उत्कृष्ट ठहरिएको ।

– कथानक फिल्मतर्फ आमा (हिमाल उप्रेतीनिर्देशित तथा भूपेन् कुमार खड्का निर्मित) उत्कृष्ट घोषित भएको । फिल्म वृद्ध आमाबुवालाई वृद्धाश्रममा राख्नेको कथामा आधारित रहेको ।


१. प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुन मितिमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ?

 असार १ ।

– यस प्रावधानअनुसार सातवटै प्रदेश सरकारद्वारा आव २०७८/०७९ का लागि २०७८ असार १ गते सम्बन्धित प्रदेशसभासमक्ष बजेट प्रस्तुत गरिएको ।

– कोभिड–१९ को महामारीबीच अर्थतन्त्रमा आएको सङ्कुचनका कारण प्रदेश सरकारको बजेट प्रभावित भएको ।

– सबै प्रदेश सरकारद्वारा कोभिडको रोकथाम र उपचार तथा खोप व्यवस्थाका लागि बजेटको व्यवस्था गरिएको ।

– खर्चका स्रोतमा भएको सङ्कुचनका कारण बजेटको आकार पनि केही प्रदेशमा घटेको ।

– कुन प्रदेशले कति रकमको बजेट प्रस्तुत गरे (कुल बजेट)

– प्रदेश १ ः रु. ३२ अर्ब ४६ करोड ९२ लाख

– प्रदेश २ ः रु. ३३ अर्ब ७९ करोड १४ लाख

– बागमती प्रदेश ः रु. ५७ अर्ब ७२ करोड ९ लाख

– गण्डकी प्रदेश ः रु. ३० अर्ब ३ करोड ९४ लाख

– लुम्बिनी प्रदेश ः रु. ४० अर्ब ९५ करोड

९७ लाख

– कर्णाली प्रदेश ः रु. ३६ अर्ब ५४ करोड ६६ लाख

– सुदूरपश्चिम प्रदेश ः रु. ३० अर्ब ३३ करोड ९४ लाख


२. नेपाल नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश कहिले जारी भएको हो ?

 विसं २०७८ जेठ ९


३. चिकित्सा शिक्षाको अध्ययन/अनुसन्धान गर्नका लागि प्रस्तावना दर्ता गर्नेसम्बन्धमा के व्यवस्था गरिएको छ ?

 नेपालमै दर्ता गर्न पाउने ।

– सन् २०१९ नोभेम्बर २७ मा मलेसियामा भएको अन्तर्राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई नै अनुसन्धानका लागि प्रस्तावना दर्ता गर्न आधिकारिक निकाय तोक्ने निर्णय गरेको ।

– यो व्यवस्थाले नेपालमा वर्षाैंदेखि हुँदै आएका अनुसन्धानको प्रस्तावना दर्ता विदेशी संस्थामा गर्नुपर्ने खर्चिलो र झन्झटिलो प्रक्रियाको अन्त्य भएको ।


४. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ?

 मे १२ ।

– यस वर्ष (सन् २०२१) को नारा ‘नर्स :अ भ्वाइस टु लिड : अ भिजन फर फ्युचर हेल्थ केयर’ रहेको ।

– मानवताकी पुजारी फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा उनको जन्मदिनका अवसरमा हरेक वर्ष यो दिवस मनाउने गरिएको ।


५. नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?


 डा. राजेन्द्र प्रसाद (भारत) ।


६. राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?

 विसं २०६५ वैशाख २२ ।

(सूचनाको हकसम्बन्धी ऐन–२०६४ मा सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गराउन एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था भएबमोजिम सो आयोग गठन गरिएको ।


७. केन्द्रीय तथ्याङ्क विभागद्वारा विसं २०७८ वैशाख ३१ मा सार्वजनिक प्रादेशिक अर्थतन्त्रसम्बन्धी विवरणअनुसार राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा कति रहेको छ ?

 ३७.७ प्रतिशत (रु. १६ खर्ब सात अर्ब) ।

– आव २०७७÷०७८ मा राष्ट्रिय अर्थतन्त्र (वार्षिक कुल गार्हस्थ उत्पादन) मा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहने अनुमान विभागको रहेको,

– त्यस्तै, राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत (एक खर्ब ७२ अर्ब) रहने अनुमान ।

– आव २०७६/७७ मा जस्तै आव २०७७/७८ मा पनि बागमती प्रदेशपछि कुल गार्हस्थ उत्पादनमा बढी हिस्सा रहनेमा क्रमशः प्रदेश १, लुम्बिनी प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका ।


८. राजपरिषद्को खारेजी कहिले भएको हो ?

 विसं २०६३ जेठ ४ ।


९. हात्तीमा चढी लामो स्टिकको सहायताले बल हानी खेलिने हात्तीपोलो खेल कहिले र कहाँबाट खेल्न थालिएको हो ?

 सन् १९८२ नेपाल ।


१०. नेपाली सिक्काको इतिहासमा पहिलोपटकअङ्गे्रजी र नेपाली दुवै भाषा भएको सिक्का कहिले निकालियो ?

 विसं २०६३ साउन (एक रुपियाँको सिक्का) ।


११. आव २०७७/७८ मा सबैभन्दा बढी आर्थिक वृद्धिदर कुन प्रदेशको रहने अनुमान छ ?

 बागमती प्रदेश (४.७ प्रतिशत) ।

सात प्रदेशको आर्थिक वृद्धिदर (आव २०७७/७८, अनुमानित)

– प्रदेश १ ः ३.६ प्रतिशत

– प्रदेश २ ः ३.५ प्रतिशत

– बागमती प्रदेश ः ४.७ प्रतिशत

– गण्डकी प्रदेश ः ३.६ प्रतिशत

– लुम्बिनी प्रदेश ः ३.९ प्रतिशत

– कर्णाली प्रदेश ः ३.६ प्रतिशत

– सुदूरपश्चिम प्रदेश ः ३.४ प्रतिशत


१२. विसं २०७८ वैशाख/जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?

 काठमाडौँ रेजर्स (उपविजेता ः धनगढी एफसी)

(उपाधिसँगै काठमाडौँ रेजर्सले ३५ लाख रुपियाँ र उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ प्राप्त गरेका ।)


१३. नेपालमा साइकल सिटी घोषणा भएको पहिलो नगरपालिका कुन हो ?

 धरान उपमहानगरपालिका ।


१४. नेपाल सरकारद्वारा नेपाल संवत्लाई राष्ट्रिय मान्यता कहिले प्रदान गरिएको हो ?

 विसं २०६५ कात्तिक ८ ।


१५. नेपालको नयाँ निशाना छाप कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?

 विसं २०६३ पुस १५ ।


१६. एसएलसीमा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द गरिएको हो ?

 विसं २०६२ ।


१७. स्थानीय तहमा न्यायिक समिति गठन गर्नेसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?

 धारा २१७ ।

(संविधानको धारा २१७ मा कानुनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र पर्ने विवाद निरूपण गर्न गाउँपालिकाले गाउँपालिका उपाध्यक्ष र नगरपालिकाले नगरपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था रहेको साथै समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित दुईजना सदस्य रहने प्रावधान रहेको ।)


१८. नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?

 उत्तरी गोलाद्र्ध ।


१९. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?

 चितवन राष्ट्रिय निकुञ्ज


२०. नेपालमा वन्यजन्तु सङ्ग्रहालयको स्थापना कहिले र कहाँ गरियो ?

 विसं २०६३ जेठ १३, वनविज्ञान अध्ययन संस्थान, हेटौँडा ।


२१. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?

 सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा) ।

– नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको ।

– यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको । सन्धि अनुमोदन गर्ने नेपाल १०१औँ राष्ट्र भएको ।


२२. राणाकालीन समयमा कर्मचारीलाई खुसी पार्न दिइने दस्तुरलाई के भनिन्थ्यो ?

 पानफुल ।


२३. नेपालमा -याफ्टिङको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०२७ ।

(विसं २०३२ देखि व्यावसायिक रूपमा सञ्चालन हुन थालेको ।)


२४. एसियाली राष्ट्रहरू जोड्ने ‘आइरन सिल्क रोड’ सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

 सन् २००६ नोभेम्बर १० ।


२५. कानुनी रूपमा जातिपाती छुवाछूतको व्यवस्था अन्त्य गर्ने कानुन कुन हो ?

 मुलुकी ऐन–२०२० ।


२६. नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा कहाँ स्थापना गरिएको छ ?

 जुम्ला (२०७८ वैशाख) ।

– एक लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधासम्पन्न स्याउ बगैँचा निर्माण गरिएको । बगैँचामा एक दिनमा डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगारी पाएका ।

– बगैँचामा करिब ३० हजार स्याउका बिरुवा एकैपटक रोप्ने अभियान सुरु गरिएको ।


२७. ‘प्रोक्सिमा बी’ के हो ?

 पछिल्लो समयमा वैज्ञानिकद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवम् जीवन अनुकूल रहेको ठानिएको एक ग्रह

(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)


२८. हनुमानढोका दरबार कसले बनाउन लगाएका हुन् ?

 प्रताप मल्ल ।


२९. दोक्लाम घटनालाई लिई भारत र चीनबीच उत्पन्न विवाद समाधानका लागि सहमतिपत्रमा कहिले हस्ताक्षर गरिएको हो ?

 सन् २०१७ अगस्ट ।


३०. इरानको राष्ट्रपतिमा को निर्वाचित हुनुभएको छ ?

 इब्राहिम राइसी (सन् २०२१ जुन)

– इस्लामिक कट्टरपन्थी विचारधाराका पूर्वप्रधानन्यायाधीश राइसी इरानको राष्ट्रपति चयन भएका ।

– इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको समर्थन प्राप्त राइसीले अत्यधिक मत प्राप्त गरी विजयी बनेका ।

– सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा धेरै राजनीतिक बन्दीलाई मृत्युदण्ड दिनेगरी फैसला गरेको आरोप उनीमाथि रहेको ।


१. जापानबाट प्रदान गरिने छैटौँ कोबासायी फाउन्डेसन पुरस्कार–२०२० बाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?

 डा. सुदीप श्रेष्ठ

– नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबासायी फाउन्डेसनले डा. श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेको ।

– थाइल्यान्डका डा. अरूनी देचाफुनकुल र हङकङका प्रा.डा. टोनी मोक पनि सो पुरस्कारबाट सम्मानित भएका ।

– पुरस्कारको राशि पाँच लाख जापानीयन रहेको ।


२. विक्रम संवत् २०७८ असार ९ मा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ?

 कविता राई (भोजपुर), (कविता ः देशको नक्सा)

– नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा राईको ‘देशको नक्सा’ शीर्षकको कविता प्रथम भएको ।

– त्यसैगरी, अमृता स्मृति (धादिङ)को कविता ‘डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय र सविता बराल (ताप्लेजुङ)को कविता ‘आमा म आएँ अब’, निरञ्जनाकुमारी चन्द (बर्दिया)को कविता ‘युगीन प्रतिध्वनि’ र प्रकाश सिलवाल (नुवाकोट)को कविता ‘वोधिसत्वको खोप’ तृतीय भएका ।

– प्रथम द्वितीय र तृतीय हुने कविकवयित्रीलाई क्रमशः ५० हजार, ४० हजार र ३०÷३० हजार रुपियाँ नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिएको । महोत्सवमा प्रतियोगिताका लागि नेपालसहित नौ मुलुकका ७६४ जना कविकवयित्रीका कविता प्राप्त भएकामा ४१ जनाको कविता वाचनका लागि छनोट गरिएको ।

– विसं २०२२ देखि नेपाल प्रज्ञाप्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष असार ९ गते राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको ।

– प्रतिष्ठानको प्रथम कविता महोत्सवमा भैरव अर्याल प्रथम भएका ।


३. दोस्रो लहरको कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान कहिलेदेखि खुला गर्ने निर्णय गरियो ?

 अन्तर्राष्ट्रिय उडान ः विसं २०७८ असार १० र आन्तरिक उडान विसं २०७८ असार १७ ।


४. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

 जुन २१ ।

(यो दिवस सन् २०१५ देखि मनाउन थालिएको ।)


५. मानव शरीरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ?

 कान ।

(सबैभन्दा लामो हाड ः तिघ्रा)


६. नेपालमा पाइने गुराँसको प्रकार कति रहेको छ ?

 ३२ ।


७. आइफेल टावरका डिजाइनर को हुन् ?

 अलेक्जेन्डर गुस्ताफ आइफेल ।


८. एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?

 दोहोरो कर मुक्ति सम्झौता ।

(एक आय वर्षमा आफू बासिन्दा रहेको देशमा बसोवासका आधारमा तथा लगानी गरेको देशमा आयस्रोतका आधारमा कर तिर्नुपर्ने हुन सक्छ । यस्तो परिस्थितिमा करदातालाई दोहोरो करको भारबाट मुक्ति दिलाउन र मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न सम्बन्धित देशको आयकर कानुनद्वारा अर्को देशमा तिरेको कर मिलान गर्न पाउने वा त्यस्तो कर खर्च लेख्न पाउनेजस्ता व्यवस्था गरिएको हुन्छ । करदातालाई दोहोरो करबाट मुक्ति दिलाउन घरेलु आयकर ऐनमै कानुनी व्यवस्था गरी दुई देशबीच दोहोरो करमुक्ति सम्झौता गर्ने विश्वव्यापी प्रचलन रहेको छ ।)


९. हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ ?

 मेघौली, चितवन ।


१०. चार वेदअन्तर्गत कुन–कुन वेद पर्छन् ?

 ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद ।

(चार उपवेद ः धनुर्वेद, आयुर्वेद, गन्धर्ववेद र स्थापत्यवेद)


११. सबैभन्दा पहिले दौत्यसम्बन्ध कायम भएको आसियान राष्ट्र कुन हो ?

 मलेसिया (सन् १९६० जनवरी १)


१२. पेन इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

 सन् १९२१ ।

– पेनको पूरा रूप एयभतक, भ्ककबथष्कतक बलम ल्यखभष्कितक रहको ।

– यस संस्थाको स्थापनामा योगदान गर्ने क्याथेरिन एमी डाउसन स्कट र जोन गयाल्सवर्दी रहेका ।

– यसको मुख्यालय लन्डनमा रहेको ।

– यस संस्थाले लेखकहरूबीच सहयोग र सामिप्यता बढाउने कार्य गर्ने ।


१३. लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?

 सन् १९७२ ।

– पर्यटन क्षेत्रसँग सम्बन्धित यस संस्थाको संस्थापक टोनी ह्वीलर र मौरिन ह्वीलर रहेका ।

– हरेक वर्ष पर्यटकीय क्षेत्रको सूची प्रकाशन गर्ने यस संस्थाले पर्यटनसम्बन्धी पुस्तक, गाइड बुक तथा श्रव्यदृश्य सामग्रीको उत्पादन तथा बिक्री–वितरण गर्ने ।

– यसको मुख्यालय अस्ट्रेलियाको मेलवर्न (शाखा कार्यालय : लन्डन, बेइजिङ र नयाँदिल्ली)मा रहेको ।


१४. नेपालमा ओलम्पिक सङ्ग्रहालय कहाँ रहेको छ ?

 त्रिपुरेश्वर (काठमाडौँ) ।


१५. दक्षिण अमेरिकामा भूपरिवेष्ठित राष्ट्र कति रहेका छन् ?

 २ । (बोलिभिया र पाराग्वे) ।


१६. नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो ?

 विसं १९०८ ।

– राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्किंदा यो प्रेस ल्याएका ।

– प्रेसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्धे प्रेस भनिएको ।

– यस प्रेसलाई थापाथली दरबारमा स्थापना गरिएको ।


१७. उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुनुहुहुन्छ ?

 रोल्ड एमन्डसेन, नर्वे ।


१८. गाउँपालिकामा अधिकतम कति वडा रहन्छन् ?

 २१ ।


१९. सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका कुन हो ?

 पोखरा महानगरपालिका (३३ वडा) ।


२०. ‘राना थारू’लाई आदिवासी जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ?

 विसं २०७७ जेठ ५ (राजपत्रमा प्रकाशित) ।

– योसँगै आदिवासी जनजातिको सङ्ख्या ६० पुगेको ।

– मन्त्रिपरिषदको विसं २०७६ माघ २० को बैठकले राना थारूलाई सो सूचीमा सूचीकृत गर्ने निर्णय गरेको ।

– राना थारू विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने ।


२१. स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपालको कुन निकायले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (आईएसओ ः १५८१९ः२०१२) प्राप्त गरेको हो ?

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ।


२२. सार्कमा कतिवटा भूपरिवेष्ठित राष्ट्र छन् ?

 ३ (नेपाल, भुटान र अफगानिस्तान) ।


२३. नेपालमा नयाँ स्रेस्ता प्रणाली कहिलेदेखि लागू भएको हो ?

 विसं २०१८ चैत २


२४. मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन कहिले गरिएको हो ?

 विसं २०७६ भदौ २४ ।

– करिब दुई दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाले साकार रूप लिएको । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको सो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा गरिएको । प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्सन रुम’बाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नयाँदिल्लीस्थित हैदरावाद भवनबाट ‘हाइटेक’ प्रविधिबाट स्वीच थिचेर उक्त पाइपलाइन परियोजनाको उद्घाटन गरिएको ।

– पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने ।

– मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित डिपोसम्मको ३६.२८ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याइएको । भारत विहारको पट्नादेखि अमलेखगन्जसम्मको पाइपलाइन २६८ किलोमिटर रहेको ।

– नेपालमा खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखन्जबाट आपूर्ति हुँदै आएको ।

– यस परियोजनाको सुरुवातसँगै भारतबाट नेपालमा हुने गरेको पेट्रोलियम पदार्थ ढुवानीमा समयको बचत, सवारी यातायातमा कमी तथा वायु प्रदूषण कम हुने विश्वास गरिएको ।

– पाइपलाइनको नेपालतर्फको करिब ३६.२८ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको ।


२५. ‘अर्थ वाच’ भनेको के हो ?

 विश्वका विभिन्न मुलुकको वातावरणसम्बन्धी खोज अनुसन्धान कार्यमा सहयोग पु¥याउँदै आएको एक गैरसरकारी संस्था ।


२६. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?

 छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।

– सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीहरूले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।

– तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एड्विन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।

– यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।

– एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

– सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहलायमा प्रदर्शनीमा राखिएको छ ।


२७. राशि १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ?

 २७ ।


२८. अण्डा पार्ने स्तनधारी जीव कुन हो ?

 प्लेटिपस ।


२९. सबैभन्दा लामो दिन कहिले हुन्छ ?

 २१ जुन ।

(सबैभन्दा छोटो दिन ः डिसेम्बर २२) ।


३०. कुन ग्रहलाई ‘किङ अफ द प्लानेट’ भनी चिनिन्छ ?

 वृहस्पति ।



१. बहुप्रतीक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत्् आयोजनाको उद्घाटन कहिले गरियो ?

 विक्रम संवत् २०७८ असार २१ ।

– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रमनिवास बालुवाटारबाटै भर्चुअल रूपमा टर्बाइनको ‘स्वीच अन’ गरेर आयोजना उद्घाटन गरिएको ।

– कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको असार २१ मा पहिलो टर्बाइनबाट ७६ मेगावाट विद्युत्् उत्पादन थालिएको ।

– सो आयोजनाका ७६ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहेका । बाँकी टर्बाइन क्रमिक रूपले सञ्चालन गरिने कम्पनीले जनाएको ।

– ३५ अर्ब रुपियाँ निर्माण खर्च र १२ अर्ब रुपियाँ निर्माण अवधिको व्याजलागत सँगै ६ वर्षमा आयोजना तयार हुने प्रक्षेपण थियो । तर, विविध कारणले गर्दा आयोजना निर्माण खर्च ५२ अर्ब रुपियाँ र निर्माण अवधिको व्याज ३२ अर्ब रुपियाँ पुगी कुल लगानी ८४ अर्ब रुपियाँ नाघेको ।


२. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?

 ०.६०२ (अघिल्लो वर्ष ः ०.५७९)


३. आर्थिक सर्वेक्षण २०७७/०७८ अनुसार २०७७ फागुनसम्म आधारभूत खानेपानी सुविधा पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?

 ९१.५ प्रतिशत ।

(उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या २३.० प्रतिशत रहेको । आर्थिक वर्ष ०७७/७८ को फागुनसम्म थप एक लाख ५५ हजार आठ सय आठ जनसङ्ख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भई काठमाडौँमा पानी वितरण गर्न थालिएको ।)


४. आर्थिक वर्ष ०७७/७८ मा कुल मूल्य अभिवृद्धिमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?

 २५.८ प्रतिशत ।

(गैरकृषि क्षेत्रको योगदान ७४.२ प्रतिशत रहने अनुमान रहेको । आर्थिक वर्ष ०७६÷७७ मा यस्तो योगदान क्रमशः २६.२ प्रतिशत र ७३.८ प्रतिशत रहेको ।)


५. नेपालको इतिहासमा ‘आदर्श शासक’का रूपमा चिनिने राजा को हुन् ?

 अंशुवर्मा ।


६. युरोपको सबैभन्दा ठूलो र लामो नदी

कुन हो ?

 भोल्गा ।


७. विश्वको सबैभन्दा ठूलो जलविद्युत्् आयोजना कुन हो ?

 थ्री गर्जेज (चीन) ।

(चीनको याङ्जे नदीमा निर्मित यस जलविद्युत्् उत्पादन केन्द्रको विद्युत् उत्पादन क्षमता २२,५०० मेगावाट रहेको छ । विश्वको दोस्रो ठूलो जलविद्युत्् आयोजना ब्राजिल र पाराग्वेको सिमानामा बग्ने पराना नदीमा निर्मित इटाइपी हाइड्रो इलेक्ट्रिक पावर प्लान्ट (१४,००० मे. वा.) हो ।)


८. कुनै भौतिक परिमाण मापनका लागि बनाइएको स्टान्डर्ड परिमाण (स्ट्यान्डर्ड क्वालिटी)लाई के भनिन्छ ?

 एकाइ (युुनिट) ।

(भौतिक परिमाणका एकाइलाई आधारभूत एकाइ र तत्जन्य एकाइ गरी दुई भागमा विभाजन गरिएको ।)


९. सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?

 ब्रह्माण्ड वर्ष (कम्मिक इयर) ।


१०. सरकार प्रमुखका रूपमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् ?


 बीपी कोइराला ।


११. फ्रान्सको राज्य क्रान्तिपछि शासन सत्ता कसले सम्हालेका थिए ?

 नेपोलियन बोनापार्ट ।


१२. मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रथम महिला साहित्यकार को हुन् ?

 पारिजात ।


१३. “पुनर्बल एउटा उद्दिपक हो, जसको प्रस्तुतीकरणले प्रतिक्रियाको सम्भावनालाई बढाँउछ” भन्ने भनाइ कसको हो ?

 थर्नडाइक ।

१४. मन्त्रिपरिषद् बैठकले नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय कहिले गरेको हो ?

 विसं २०७३ वैशाख ७ ।


१५. प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो भने आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?

 प्युर्टोरिको ट्रेन्च ।

१६. कुन हावापानीलाई शीत मरुभूमि तथा तेस्रो ध्रुवको हावापानीका रूपमा लिइन्छ ?

 टुन्ड्रा हावापानी ।

(५००० मिटरभन्दा माथिको उच्चहिमाली क्षेत्रमा पाइने हावापानी)


१७. कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल हुन् भने भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?

 रणजित मल्ल ।


१८. भारतपछि दक्षिण एसियामा सबैभन्दा बढी भाषा भएको देश कुन हो ?

 नेपाल ।


१९. हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन् ?

 रेडक्रस ।


२०. नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ का रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?

 विसं २०५३ ।

(विसं २०७३ वैशाख पहिलो साता ‘वन्यजन्तुको भविष्यहाम्रो हातमा’ भन्ने नारासाथ २१औँ वन्यजन्तु सप्ताह मनाइएको ।)


२१. एसियाको नोबल पुरस्कार भनी चिनिने म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?

 महेशचन्द्र रेग्मी ।


२२. नेवारी भाषा कुन भाषा परिवारअन्तर्त पर्छ ?

 भोटबर्मेली ।


२३. जलवायु परिवर्तनको अनुकूूलनमा नवीनतम समाधानका कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ अप्रिलमा घोषणा गरिएको पुरस्कार कुन हो ?

 अनुकूूलन व्यापकता प्रवद्र्धन पुरस्कार ।

(बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी) को आर्थिक सहयोग एवम् आईएमसी वल्र्डवाइडको व्यवस्थापकीय सहकार्यमा आइडियाज टु इम्प्याक्ट नामक संस्थाद्वारा सो पुरस्कार घोषणा गरिएको हो । यस पुरस्कारअन्तर्गत दुई छुट्टाछुट्टै पुरस्कार रहेका छन् । पहिलो चरणको प्रोत्साहन पुरस्कारको राशि एक लाख ५० हजार पाउन्ड स्टर्लिङ र दोस्रो चरणको कार्यान्वयन पुरस्कारको राशि तीन लाख २५ हजार पाउन्ड स्टर्लिङ रहेको छ । यो पुरस्कारमा छनोट हुन सङ्घ संस्थाले दुई चरणमा आपूmलाई योग्य प्रमाणित गर्नुपर्नेछ ।)


२४. स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसाथ ट्राफिक मोबाइल एपको शुभारम्भ कहिले गरियो ?

 विसंं २०७३ वैशाख २० ।

– एपमा ट्राफिकसम्बन्धी विविध जानकारी उपलब्ध गराइएको । यसको प्रयोग गरी तत्समयमा भइरहेको ट्राफिक गतिविधि, सूचना, दुर्घटनालगायतका बारेमा मोबाइलमै नोटिफिकेसनका रूपमा थाहा पाउन सकिने ।

– एपमा अस्पताल, प्रहरी, एम्बुलेन्सलगायतका अत्यावश्यक फोन नम्बरसमेत उपलब्ध रहेको ।

– नेपाल भरका विभिन्न स्थानमा यात्रा गर्दा लाग्ने भाडाको विवरण पनि उपलब्ध हुने ।

– एपमा ट्राफिक सङ्केत रहेको ।

– एपमा प्रहरीलाई गोप्य सूचना पठाउन सकिने सुविधा पनि रहेको ।

– ट्राफिकसँग सम्बधित जनचेतनामूलक भिडियो, गीत तथा अन्य गतिविधिबारे डकुमेन्ट्री तथा तस्बिर पनि उपलब्ध ।


२५. प्राचीन ओलम्पिक खेलकुदको सुरुवात कहाँबाट भएको हो ?

 ग्रीसको ओलम्पिया ।


२६. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?

 सारनाथ ।


२७. मनोविज्ञानका प्रवर्तक को हुन् ?

 सिग्मन्ड फ्रायड ।


२८. आर्थिक वर्ष २०७७÷७८ अनुसार नाफामा रहेका सार्वजनिक संस्थानको सङ्ख्या कति रहेको छ ?

 २४ ।

(२४ नाफामा र १८ नोक्सानीमा सञ्चालित छन् भने दुुई संस्थानको कारोबार शून्य रहेको छ ।)


२९. सन् २०२० मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुक कुन–कुन हुन् ?

 क्रमशः भारत १७.५ प्रतिशत, म्यानमार ९.१ प्रतिशत, थाइल्यान्ड ९.० प्रतिशत, चीन ८.४ प्रतिशत र अमेरिका ७.७ प्रतिशत रहेका ।


३०. साइप्रसमा पहिलो महिला सभामुख बन्ने राजीतिज्ञ को हुन् ?

 अन्निटाडिमेट्रिओ ।


३१. विश्वकै सबैभन्दा सानो राष्ट्र कुन हो ?

 भ्याटिकन सिटी (०.४ वकिमि) ।

(यो राष्ट्र इटालीको राजधानी रोम सहरभित्र अवस्थित छ । यो क्षेत्रफल र जनसङ्ख्या दुवै हिसाबले विश्वको सानो राष्ट्रका रूपमा रहेको छ ।)


१. हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्या कहिले भयो ?

 सन् २०२१ जुलाई ७ ।

– पोर्ट–एयु प्रिन्सस्थित राष्ट्रपतिनिवासमा हतियारधारी समूहले आक्रमण गरी हत्या गरेको ।

– सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा आउनुभएका ५३ वर्षीय जोभेनेलले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनावमा ढिलाइ भएपछि राष्ट्रपतिको विशेषाधिकार प्रयोग गरी हाइटीमा शासन गर्दै आउनुभएको थियो ।


२. २०७८ असारसम्म मुलुकका कति जिल्ला साक्षर घोषित भएका छन् ?

 ५४ (२०७८ असार २३) ।

(अछाम साक्षर घोषित हुने ५४औँ जिल्ला रहेको ।)


३. देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ?

 विक्रम संवत् २०७८ असार २३ ।

– ६ वर्षअघि (२०७२ साउन २५) मालपोत कार्यालय कलङ्कीबाट सुरु भएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली असार २३ देखि एक सय २६ वटै मालपोत कार्यालयमा लागू भएको । यसअघि एक सय १८ कार्यालयमा सुरु भइसकेकोमा सो दिन बाँकी आठ कार्यालयमा पनि अनलाइन प्रणाली कार्यान्वयन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको ।

– कागजी प्रक्रियामा चल्दै आएको मालपोत कार्यालय अनलाइन प्रणालीमा गएसँगै मालपोत प्रशाासन डिजिटल युगमा प्रदेश गरेको ।

– यो प्रणली सुरु भएपश्चात् नै सर्वसाधारणले आफ्नो घर–जग्गाको विवरण (क्षेत्रफल, सँधियार रोक्का, राजस्वलगायत) मोबाइल एपमै हेर्न सक्ने ।

– देशभरका मालपोत कार्यालयमा लागू गरिएका अनलाइन सेवा प्रणालीबाट अब यस कार्यालयको सेवा छिटो, छरितो, पारदर्शी र विश्वसनीय हुने ।


४. २०७८ सालमा प्रदान गरिने उत्कृष्ट साझेदारी वन पुरस्कारबाट पुरस्कृत हुने साझेदारी वन समूह कुन हो ?

 सवैया साझेदारी वन व्यवस्थापन समूह (पर्सा)े, पुरस्कार राशि ः रु. ५४ हजार ।


५. नेपाल सरकारले कुन दिनलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने निर्णय गरेको छ ?

 जेठ १६ ।


६. नेपालको कुन हिमाललाई ‘म्याटरहर्न अफ हिमालयज’ उपनामले चिनिन्छ ?

 माछापुच्छ«े ।


७. ‘रातो र चन्द्र सूर्य....’ नामक गीतका सर्जक को हुन् ?

 गोपालप्रसाद रिमाल ।


८. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?

 नेपाल ।


९. पोषणसम्बन्धी पाँचौँ विश्व सम्मेलन कहाँँ सम्पन्न भएको हो ?

 काठमाडौैँ (सन् २०१९ नोभेम्बर) ।


१०. व्यापार व्यवसायसँग सम्बन्धित ‘एमएफएन’ को पूरा रूप के हो ?

 मोस्ट फेवर्ड नेसन ।


११. सन् २०२१ जुुन, जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलको उपाधि कसले जित्यो ?

 अर्जेन्टिना (उपविजेता ः ब्राजिल) ।

(सो प्रतियोगितामा कोलम्बिया तृतीय भएको ।)

(दक्षिण अमेरिकी राष्ट्रबीको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा आयोजक तथा साबिक विजेता ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले सो महŒवपूर्ण उपाधि जितेको ।)


१२. गण्डकी प्रदेश सरकारले प्रदेशको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा श्वेतपत्र कहिले जारी ग¥यो ?

 विसं २०७८ असार २७ ।

(अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले श्वेतपत्र जारी गर्नुभएको ।)


१३. पारवहनका लागि नेपाली रेलले वीरगन्ज र विराटनगरदेखि कोलकाता÷हर्दियासम्म रेल सेवा दिन सक्नेसम्बन्धी सम्झौतामा कहिले सहमति भएको हो ?

 विसं २०७८ असार २५ ।

(नेपाल र भारतबीच संशोधित रेलसेवा सम्झौताअनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेलसेवासमेत उपयोग गर्न सकिने भएको । यसअघि निश्चित कम्पनीबाट सञ्चालित रेलसेवामात्र ढुवानीका लागि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब भने धेरै विकल्प खुला भएको ।)


१४. सर्वोच्च अदालतले वर्तमान संविधानअनुसार दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला कहिले ग¥यो ?

 विसं २०७८ असार २८ ।

– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, किशोरप्रसाद खतिवडा एवम् डा. आनन्द मोहन भट्टराईको संवैधानिक इजलासले प्रधानमन्त्री नियुक्तिको प्रक्रिया समाप्त नभएको, धारा ७६ (५) को पूर्वावस्था कायम रहेको, विश्वासको मत प्राप्त गर्ने अवस्था कायम रहेको भन्दै विघटन बदर गरेको । इजलासले उक्त विघटन यसअघि २०७७ फागुन ११ गते भएको मुद्दाको फैसला प्रतिकूूल रहेको पनि उल्लेख गरेको ।

– विघटन बदरसँगै अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दुुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको ।

– मन्त्रिपरिषद्को सिफारिसमा २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन भएको थियो । राष्ट्रपति कार्यालयमा देउवाका पक्षबाट १४९ सदस्यको हस्ताक्षर परेको देखिँदा त्यसलाई विश्वासको मत लिन सक्ने आधारका रूपमा लिनुपर्ने फैसलामा उल्लेख रहेको । बहुमत सदस्यको हस्ताक्षर नै विश्वासको मत प्राप्त गर्न सक्ने आधार भएको उल्लेख फैसलामा रहेको । संशय भएमा त्यस्तो हस्ताक्षरको परीक्षण स्वाभाविक हुने पनि फैसलामा भनिएको ।

– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनलाई अमान्य गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना र सात दिनभित्र बैठक बोलाउने व्यवस्था मिलाउन पनि परमादेश दिएको ।

– पहिलो विघटन (२०७७ पुस ५ गते) पछि पुनःस्थापित प्रतिनिधिसभाले वैकल्पिक बहुमतको सरकार दिन नसकेकाले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलका नेताको हैसियतमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।


१५. सन् २०२१ जुुन, जुलाईमा सम्पन्न युरोकप फुुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

 इटाली ।

– इटालीले फाइनल खेलमा इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको ।

– इटालीका गोलरक्षक गियान लुगी डोनारोमा प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित भएका ।

– पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका ।


१६. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सन् २०२१ जुलाई १२ को बैठकले १४औँ साग खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ?

 सन् २०२३ मार्च ।

(१४औँ साग पाकिस्तानका पाँच सहर लाहोर, फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा हुने निर्णय भएको ।)


१७. सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७८ मा) कसलाई प्रदान ग¥यो ?

 ख्यातिप्राप्त हास्यव्यङ्ग्य अभिनेता मदनकृष्ण श्रेष्ठ ।

(२०५१ सालदेखि राष्ट्रिय प्रतिभा पुरस्कार स्थापना गरी चार विधागत क्षेत्रका प्रतिभालाई सम्मान र कदर गर्दै आएकोमा २०७५ सालदेखि जनही एक लाख रुपियाँको राष्ट्रिय प्रतिभा पुरस्कार र सातै प्रदेशबाट चार विधागत क्षेत्रका प्रतिभालाई जनही ५० हजार रुपियाँसहित प्रादेशिक पुरस्कार र सम्मानपत्र प्रदान गरिँदै आएको ।)


१८. २०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत कति रहेको छ ?

 ६५.९ प्रतिशत ।

(पुरुष साक्षरता दर ः ७५.१ प्रतिशत एवम् महिला साक्षरता दर ः ५७.४ प्रतिशत रहेको ।)


१९. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा रहेको छ ?

 धारा ३१ (२) ।


२०. जनजाति समुदायमा सबैभन्दा धेरै प्रतिशत साक्षरता भएको जाति कुन हो ?

 थकाली ।


२१. विश्व नवप्रवर्तन सूचकाङ्क २०२० अनुसार पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ?

 स्वीट्जरल्यान्ड ।

– विश्व नवप्रवर्तन सूचकाङ्क २०२० मा वल्र्ड इन्टलेक्चुअल प्रोपर्टी अर्गनाइजेसनद्वारा प्रकाशित सो सूचीमा नेपाल ९५औँ स्थानमा रहेको ।

– सूचीमा भारत ४८औँ, श्रीलङ्का १०१औँ, पाकिस्तान १०७औँ तथा बङ्गलादेश १०६औँ स्थानमा रहेका ।

– नवप्रवर्तनका साथै वैज्ञानिक लेख एवम् अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित सामग्रीका आधारमा सो सूची तयार पारिएको ।


२२. वल्र्ड जस्टिस प्रोजेक्टद्वारा प्रकाशित रुल अफ ल इन्डेक्स २०२० अनुसार कानुनी शासन राम्रो भएका राष्ट्रमा पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो ?

 डेनमार्क ।

– सो सूचीमा नेपाल ६१औँ (१२८ देशमध्ये) स्थानमा रहेको ।

– सार्क राष्ट्रमध्ये श्रीलङ्का ६६औँ, भारत ६९औँ, बङ्गलादेश ११५औँ, पाकिस्तान १२०औँ तथा अफगानिस्तान १२२औँ स्थानमा रहेका ।

– सूचीको सबैभन्दा अन्तिम स्थानमा भेनेजुएला रहेको ।


२३. ६२औँ ग्रामी अवार्ड २०२० मा सर्वश्रेष्ठ गायनको उपाधि कसले जित्नुभयो ?

 लिज्जो ।

– लिज्जो अर्थात् वास्तविक नाम मेलिसाभिभियेना जेफर्सनले ‘कुच आइ लभ यूू’÷ ट्रुुथ हर्टस्’ नामक गीत गायनका लागि सो उपाधि जित्नुभएको ।

– यो अवार्ड गीत, सङ्गीत तथा गायनका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने कलाकारलाई प्रदान गर्ने गरिएको ।


२४. २५औँ पटक सगरमाथा आरोहण गरी सर्वाधिक सगरमाथाको आरोहणको कीर्तिमान कायम गर्ने पर्वतारोही को हुनुहुहुन्छ ?

 कामिरिता शेर्पा ।

(विसं २०७८ वैशाख २४ मा उनले सो आरोहण गरेका ।)


२५. राष्ट्र बैङ्कमा पहिलो महिला डेपुटी गभर्नरका रूपमा नियुक्त हुने महिला को हुनुहुन्छ ?

 नीलम तिम्सिना ढुङ्गाना ।

– विसं २०७७ फागुन २५ को मन्त्रिपरिषद् बैठकले राष्ट्र बैङ्कमा नीलम तिम्सिना ढुङ्गाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरका रूपमा नियुक्त गर्ने निर्णय गरेको ।

– राष्ट्र बैङ्कमा दुईजना डेपुटी गभर्नर हुने व्यवस्था रहेको ।


२६. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक, रेललगायत यातायात विकासका लागि कति वर्षे रणनीतिक योजना बनाएको छ ?

 पाँचवर्षे ।


२७. जिका भाइरस कुन प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ ?

 एडिस एजिप्टाई ।


२८. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले कुन अन्तर्राष्ट्रिय संस्थासँग स्मृतिपत्रमा हस्ताक्षर गरी पहिलो सम्झौता गरेको थियो ?

 ‘युुनाइटेड नेसन कन्फ्रेन्स अन टे«ड एन्ड डेभलपमेन्ट’ ।


२९. नेपालमा पहिलोपटक निर्यात दिवस कहिले मनाइयो ?

 विसं २०७३ पुुस २२ ।

(निजी क्षेत्रको पहलमा नेपाल निर्यात परिषदद्वारा नेपाल निर्यात परिषद् स्थापना भएको मितिलाई आधार मान्दै सो दिवस मनाइएको ।)


३०. नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?

 विसं २०७३ फागुन १५ ।



१. जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?

 ३३ ।

– टोकियो ओलम्पिक्स सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने ।

– यसअघि टोकियो ओलम्पिक्स सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने मिति तय गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण प्रत्येक चार वर्षपछि हुने ओलम्पिक्स यसपटक पाँच वर्षपछि हुन लागेको ।

– विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो ।

– टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका (सुटिङ, जुडो, एथ्लेटिक्स र पौडी) पाँच खेलाडी सहभागी हुने ।


२. विक्रम संवत् २०७८ असार १५ गते मनाइएको १८औँ राष्ट्रिय धान दिवसको नारा के हो ?

 धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि ।


३. नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?

 विसं २०७८ असार २९ ।

– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई सोही दिन पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको ।

– नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको ।

– सर्वोच्च अदालतको २०७८ असार २८ गतेको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई सो पदमा नियुक्त गर्नुभएको ।


४. प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत कहिले लिनुभएको हो ?

 विसं २०७८ साउन ३ ।

– प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको । साउन ३ मा प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा १६५ मत, विपक्षमा ८३ र तटस्थ मत एक रहेको ।

– प्रतिनिधिसभामा मताधिकार प्राप्त सांसद सङ्ख्या २६६ रहेकोमा २४९ सांसदको उपस्थिति रहेको ।


५. नेपालमा सर्वप्रथम प्रतिनिधिसभाको बैठक कहिले बसेको थियो ?

 विसं २०१६ असार १ गते ।


६. सरकारद्वारा गठित विद्यापति पुरस्कार कोषले मैथिली भाषा साहित्य क्षेत्रको विद्यापति पुरस्कार कसलाई प्रदान ग-यो ?

 सप्तरीको मैथिली साहित्य परिषद् (पुरस्कार राशि ः रु. दुुई लाख)

– त्यसैगरी, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट साहित्यकार वृशेषचन्द्र लाल, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारबाट पत्रकार एवम् साहित्यकार सुजित झा, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कारबाट अमरेन्द्र यादव र नेपाल विद्यापति मैथिली कला–संस्कृति पुरस्कारबाट अजितकुमार र सुनिताकुमारी साहलाई पुरस्कृत गरिएको ।

– यी चारवटै पुरस्कारको राशि जनही रु. एक लाख रहेको ।


७. नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कहिलेदेखि कार्यान्वयनमा ल्याएको छ ?

 विसं २०७८ साउन १ ।

– सङ्गठनको चेन अफ कमान्डलाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुुनःसंरचना कार्यान्वयनमा ल्याइएको ।

– नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्डको व्यवस्था लागू गरिएको । कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काडमाडौँ उपत्यकाका लागि एक गरी जम्मा चारवटा कमान्ड लागू गरिएको ।

– यस संरचनालाई ‘तीन जोड एक केन्द्रीय कमान्ड’ नामकरण गरिएको ।

– नयाँ संरचना लाग भएसँगै यसअघि सातवटै प्रदेशका सातवटा र काडमाडौँ उपत्यकाको एउटा गरी आठवटा पृतना साउन १ गतेदेखि खारेज भएका ।

– राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना र नेपाली सेनाको दीर्घकालीन सोच २०८७ लाई आधार मानेर सङ्गठनको पुुनःसंरचना गरिएको ।

– नयाँ संरचनाअनुसार पूर्वमा धनकुटा हिले, मध्यमा पोखरा, पश्चिममा सुुर्खेत र उपत्यकामा एउटा सैनिक कमान्ड स्थापना गरिएको ।

– उपत्यका कमान्डको मुख्यालय नारायणहिटीपरिसरमा कायम गरिएको ।

– नयाँ कमान्डको स्थापनासँगै कमान्डको नेतृत्वमा बाहिनीहरू र बाहिनीमातहतमा गण तथा गुुल्म रहने ।

– सैनिक कमान्डको स्थापनापछि जङ्गी अड्डाका केही अधिकार कमान्ड हेडक्वार्टरमा प्रत्यायोजन हुने ।

– आर्मी मुख्यालयले रणनीतिक र राष्ट्रिय महŒवका सुरक्षाका विषयमा ध्यान केन्द्रित गर्ने, सैनिक कमान्ड मुख्यालयले अपरेसनल कार्य गर्ने र बाहिनीअन्तर्गतका गण र गुल्मले ‘ट्याक्टिकल’ काम गर्नेगरी नेपाली सेनाको काम अगाडि बढ्ने ।


८. सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका हुन् ?

 डा. फुहरर ।


९ नेपालका चारधाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?

 वराहक्षेत्र, मुक्तिक्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र ।


१०. नेपालमा भारोपेली परिवारअन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?

 नेपाली ।


११. नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी सम्झौता कहिले गरेको हो ?

 विसं २०७७ फागुन ।

– नेपालले वन संरक्षण गर्दै कार्बन न्यूनीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

– नेपाल प्रशान्त एसिया क्षेत्रमा कार्बन सम्झौता गरेर लाभ लिने पाँचौँ मुलुक हो । विश्वमा भने नेपाल १२औँ मुलुक हो ।

– विश्वका औद्योगिक मुलुकले बढी कार्बन उत्सर्जन गर्दा कम उत्सर्जन गर्ने तथा उत्सर्जन नै नगर्ने मुलुकले पनि उत्तिकै प्रदूूषणको हानि बेहोर्नुपरेको छ । त्यो असन्तुलनलाई कम गर्न औद्योगिक मुलुकले नेपाल जस्ता कार्बन कम उत्सर्जन गर्ने र वन तथा वातावरण संरक्षणमा योगदान दिने मुलुकलाई क्षतिपूर्ति वा पुरस्कारबापतको रकम तिर्नुपर्ने अवधारणाको विकास भएको छ । सोहीअनुसार विश्व बैङ्कमार्फत नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी रकम पाउने भएको ।


१२. ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस)को सुरुवात कुन देशबाट भएको हो ?

 अमेरिका ।

– यो प्रविधि पहिलोपटक सन् १९७३ मा अमेरिकी रक्षा विभागमा प्रयोगमा ल्याइएको । पूर्ण क्षमतासाथ यो प्रविधि सन् १९९५ देखि प्रयोगमा आएको ।

– आकाशबाट लिइएको चित्रबाट सम्बन्धित ठाउँका बारेमा जानकारी लिन सकिने यो प्रविधिको विकासमा बाडफोर्ड पार्किन्सन, रोजर एल एस्टोन र इभान ए गेटिङको योगदान रहेको ।

– यो स्पेस–बेस्ड स्याटेलाइट नेभिगेसन सिष्टम हो ।


१३. “सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?

 गौतम बुद्ध ।


१४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा महान्यायाधिवक्तामा कसलाई नियुक्त गरियो ?

 खम्मबहादुर खाती (विसं २०७८ असार ३१) ।

(नेपाल बार एसोसिएसनका पूर्वमहासचिव खाती स्थापित कानुन व्यवसायी हुनुहुन्छ ।)


१५. विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?

 एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया) ।

– डब्लूूटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुनुहुन्छ ।

– ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुभएको । उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।


१६. विसं २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?

 पुरुषतर्फ ः मन्डेकाजी श्रेष्ठ र महिलातर्फ ः गौरिका सिंह


१७. बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?

 म्यारिक लुकास रिज्नेभेल्ड ।


१८. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरियो ?

 सन् २०१८ जनवरी २६ ।

– साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको ।

– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।


१९. बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कहिले भएको हो ?

 विसं २०७७ फागुन २१ ।


२०. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?

 बाग्लुङ (१३७ किमि) ।


२१. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नारासाथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ?

 विसं २०७७ माघ २ ।


२२. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७७ पुुस ६ ।

– खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने ।

– यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने ।


२३. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?

 १३ ।


२४. हरित् जलवायु कोषको मुुख्यालय कहाँ रहेको छ ?

 दक्षिण कोरिया ।

(विश्वमा बढ्दो तापमान वृद्धिदरलाई २ डिग्री सेल्सियसभन्दा तल राख्नेगरी विविध कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसाथ यो कोष स्थापना गरिएको ।)


२५. नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?

 चिनियाँ प्रोफेसर वाङ हङवेई ।

– प्रतिष्ठानको ३५औँ प्रज्ञासभाले भाषा, साहित्य एवम् कूटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पु¥याएबापत हङवेईलाई सो विशिष्ट पुरस्कारबाट सम्मानित गरेको ।

– यसैगरी, सभाले दुई लाख राशिको नेपाल सामाजिक शास्त्र÷संस्कृति÷ दर्शनशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र र दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरेको ।

– त्यस्तै, एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतर्भुजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गरेको ।

– सभाले दुुई÷दुुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार आसाम (भारत)का लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरेको ।


२६. आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 सन् २०२० नोभेम्बर ११–१५, हनोई (भियतनाम) ।

(यस संस्थाको ३६औँ सम्मेलन पनि हनोईमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।)


२७. नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

 विसं २०७७ साउन ३० ।


२८. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?

 एक ।


२९. जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?

 विसं २०७७ असोज ३ ।


३०. ‘बेइजिङ +५’ सम्मेलन केसँग सम्बन्धित छ ?

 महिला विकास ।





लोकसेवा आयोग अब कमलपोखरीमा

लोकसेवा |

 

राष्ट्रिय |



लोकसेवा आयोग अब कमलपोखरीमा

सविता शर्मासविता शर्मा    श्रावण १, २०७८ शुक्रबार    3 हप्ता अगाडि

शेयर गर्नुहोस: 

894

Shares

facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwechat sharing buttonsharethis sharing button

  


सविता शर्मा


काठमाडौँ,साउन १ गते । लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरबाट कमलपोखरीमा सर्ने भएको छ । भूकम्प प्रतिरोधात्मक संरचनासहितको आधुनिक भवन निर्माण भएपछि शुक्रबारदेखि लोकसेवा आयोग कमलपोखरीमा सर्न लागेको हो ।

आयोगले आइतबारका लागि तोकिएको स्वास्थ्य सेवा नवौँ तहको अन्तर्वार्ता कमलपोखरीको नयाँ भवनमा हुने गरी सूचना समेत प्रकाशित गरिसकेको छ । लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले आंशिक रूपमा साउन १ गतेदेखि सर्ने र ३ गतेदेखि अन्तर्वार्ता कमलपोखरी भवनबाट नै गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयुक्तज्यूहरू १ गतेदेखि नै जानुहुन्छ अरू शाखाहरू विस्तारै सर्छन् ।”

लोकसेवाको पुरानो भवन २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले नयाँ भवन निर्माण गरेको हो । नयाँ भवन भूकम्पप्रतिरोधी र फराकिलो रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर सुरेन्द्र वैद्यले भन्नुभयो, “भूकम्प, आगलागी र अन्य जोखिमबाट बच्ने गरी डिजाइन भएको छ ।”

भवन निर्माणको लागत ७१ करोड १२ लाख २८ हजार रहेको छ । जमिनमुनि दुई र माथि छ तलाको उक्त भवनमा दुईवटा लिफ्टसमेत राखिएको छ ।

तीन वर्षको निर्माण अवधि रहेकोमा निर्धारित समयभन्दा तीन महिना थप समय लागेको वैद्यले बताउनुभयो । भवन निर्माण २०७४ साल चैतबाट सुरु गरिएको थियो ।

नयाँ भवनमा केन्द्रीय कार्यालयमा रहेको सम्पूर्ण दरबन्दीअनुसारका कर्मचारी अट्ने क्षमता रहेको पनि वैद्यले स्पष्ट गर्नुभयो । उहाँले एक सय ५० जनासम्म अट्ने बहुउपयोगी हल र पुस्तकालय रहेको जानकारी दिनुभयो । अनामनगरमा सर्नुअघि पनि लोकसेवाको केन्द्रीय कार्यालय कमलपोखरीमा नै थियो ।

भूकम्पमा लोकसेवाको पुरानो भवन भत्किएको थियो । आयोग भवन भत्कनुअघि नै अनामनगरमा सरेको थियो । अनामनगरमा आयोग सरेको करिब १० वर्ष भएको छ । आयोग सरेपछि केही समय त्यहाँ युवा तथा खेलकुद मन्त्रालय रहेको थियो । भूकम्पले उक्त भवन क्षतिग्रस्त बनेपछि मन्त्रालय सिंहदरबारमा सरेको हो ।

पहिले पनि लामो समयदेखि लोकसेवा आयोग कमलपोखरीमा रहेको थियो । प्रवक्ता सुवेदीले भन्नुभयो, “संस्थागत स्मरणजस्तो भयो, त्यो ठाउँको छुट्टै महìव भयो, पहिलेदेखि त्यहीँ बसेको ठाउँ भयो ।’’ लोकसेवा आयोगका तत्कालीन अध्यक्ष उमेश मैनालीले गत फागुन २६ गते कमलपोखरीमा निर्मित नयाँ भवनको उद्घाटन गर्नुभएको थियो ।



१. जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?

 ३३ ।

– टोकियो ओलम्पिक्स सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने ।

– यसअघि टोकियो ओलम्पिक्स सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने मिति तय गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण प्रत्येक चार वर्षपछि हुने ओलम्पिक्स यसपटक पाँच वर्षपछि हुन लागेको ।

– विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो ।

– टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका (सुटिङ, जुडो, एथ्लेटिक्स र पौडी) पाँच खेलाडी सहभागी हुने ।


२. विक्रम संवत् २०७८ असार १५ गते मनाइएको १८औँ राष्ट्रिय धान दिवसको नारा के हो ?

 धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि ।


३. नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?

 विसं २०७८ असार २९ ।

– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई सोही दिन पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको ।

– नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको ।

– सर्वोच्च अदालतको २०७८ असार २८ गतेको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई सो पदमा नियुक्त गर्नुभएको ।


४. प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत कहिले लिनुभएको हो ?

 विसं २०७८ साउन ३ ।

– प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको । साउन ३ मा प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा १६५ मत, विपक्षमा ८३ र तटस्थ मत एक रहेको ।

– प्रतिनिधिसभामा मताधिकार प्राप्त सांसद सङ्ख्या २६६ रहेकोमा २४९ सांसदको उपस्थिति रहेको ।


५. नेपालमा सर्वप्रथम प्रतिनिधिसभाको बैठक कहिले बसेको थियो ?

 विसं २०१६ असार १ गते ।


६. सरकारद्वारा गठित विद्यापति पुरस्कार कोषले मैथिली भाषा साहित्य क्षेत्रको विद्यापति पुरस्कार कसलाई प्रदान ग-यो ?

 सप्तरीको मैथिली साहित्य परिषद् (पुरस्कार राशि ः रु. दुुई लाख)

– त्यसैगरी, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट साहित्यकार वृशेषचन्द्र लाल, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारबाट पत्रकार एवम् साहित्यकार सुजित झा, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कारबाट अमरेन्द्र यादव र नेपाल विद्यापति मैथिली कला–संस्कृति पुरस्कारबाट अजितकुमार र सुनिताकुमारी साहलाई पुरस्कृत गरिएको ।

– यी चारवटै पुरस्कारको राशि जनही रु. एक लाख रहेको ।


७. नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कहिलेदेखि कार्यान्वयनमा ल्याएको छ ?

 विसं २०७८ साउन १ ।

– सङ्गठनको चेन अफ कमान्डलाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुुनःसंरचना कार्यान्वयनमा ल्याइएको ।

– नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्डको व्यवस्था लागू गरिएको । कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काडमाडौँ उपत्यकाका लागि एक गरी जम्मा चारवटा कमान्ड लागू गरिएको ।

– यस संरचनालाई ‘तीन जोड एक केन्द्रीय कमान्ड’ नामकरण गरिएको ।

– नयाँ संरचना लाग भएसँगै यसअघि सातवटै प्रदेशका सातवटा र काडमाडौँ उपत्यकाको एउटा गरी आठवटा पृतना साउन १ गतेदेखि खारेज भएका ।

– राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना र नेपाली सेनाको दीर्घकालीन सोच २०८७ लाई आधार मानेर सङ्गठनको पुुनःसंरचना गरिएको ।

– नयाँ संरचनाअनुसार पूर्वमा धनकुटा हिले, मध्यमा पोखरा, पश्चिममा सुुर्खेत र उपत्यकामा एउटा सैनिक कमान्ड स्थापना गरिएको ।

– उपत्यका कमान्डको मुख्यालय नारायणहिटीपरिसरमा कायम गरिएको ।

– नयाँ कमान्डको स्थापनासँगै कमान्डको नेतृत्वमा बाहिनीहरू र बाहिनीमातहतमा गण तथा गुुल्म रहने ।

– सैनिक कमान्डको स्थापनापछि जङ्गी अड्डाका केही अधिकार कमान्ड हेडक्वार्टरमा प्रत्यायोजन हुने ।

– आर्मी मुख्यालयले रणनीतिक र राष्ट्रिय महŒवका सुरक्षाका विषयमा ध्यान केन्द्रित गर्ने, सैनिक कमान्ड मुख्यालयले अपरेसनल कार्य गर्ने र बाहिनीअन्तर्गतका गण र गुल्मले ‘ट्याक्टिकल’ काम गर्नेगरी नेपाली सेनाको काम अगाडि बढ्ने ।


८. सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका हुन् ?

 डा. फुहरर ।


९ नेपालका चारधाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?

 वराहक्षेत्र, मुक्तिक्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र ।


१०. नेपालमा भारोपेली परिवारअन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?

 नेपाली ।


११. नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी सम्झौता कहिले गरेको हो ?

 विसं २०७७ फागुन ।

– नेपालले वन संरक्षण गर्दै कार्बन न्यूनीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

– नेपाल प्रशान्त एसिया क्षेत्रमा कार्बन सम्झौता गरेर लाभ लिने पाँचौँ मुलुक हो । विश्वमा भने नेपाल १२औँ मुलुक हो ।

– विश्वका औद्योगिक मुलुकले बढी कार्बन उत्सर्जन गर्दा कम उत्सर्जन गर्ने तथा उत्सर्जन नै नगर्ने मुलुकले पनि उत्तिकै प्रदूूषणको हानि बेहोर्नुपरेको छ । त्यो असन्तुलनलाई कम गर्न औद्योगिक मुलुकले नेपाल जस्ता कार्बन कम उत्सर्जन गर्ने र वन तथा वातावरण संरक्षणमा योगदान दिने मुलुकलाई क्षतिपूर्ति वा पुरस्कारबापतको रकम तिर्नुपर्ने अवधारणाको विकास भएको छ । सोहीअनुसार विश्व बैङ्कमार्फत नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी रकम पाउने भएको ।


१२. ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस)को सुरुवात कुन देशबाट भएको हो ?

 अमेरिका ।

– यो प्रविधि पहिलोपटक सन् १९७३ मा अमेरिकी रक्षा विभागमा प्रयोगमा ल्याइएको । पूर्ण क्षमतासाथ यो प्रविधि सन् १९९५ देखि प्रयोगमा आएको ।

– आकाशबाट लिइएको चित्रबाट सम्बन्धित ठाउँका बारेमा जानकारी लिन सकिने यो प्रविधिको विकासमा बाडफोर्ड पार्किन्सन, रोजर एल एस्टोन र इभान ए गेटिङको योगदान रहेको ।

– यो स्पेस–बेस्ड स्याटेलाइट नेभिगेसन सिष्टम हो ।


१३. “सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?

 गौतम बुद्ध ।


१४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा महान्यायाधिवक्तामा कसलाई नियुक्त गरियो ?

 खम्मबहादुर खाती (विसं २०७८ असार ३१) ।

(नेपाल बार एसोसिएसनका पूर्वमहासचिव खाती स्थापित कानुन व्यवसायी हुनुहुन्छ ।)


१५. विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?

 एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया) ।

– डब्लूूटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुनुहुन्छ ।

– ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुभएको । उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।


१६. विसं २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?

 पुरुषतर्फ ः मन्डेकाजी श्रेष्ठ र महिलातर्फ ः गौरिका सिंह


१७. बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?

 म्यारिक लुकास रिज्नेभेल्ड ।


१८. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरियो ?

 सन् २०१८ जनवरी २६ ।

– साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको ।

– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।


१९. बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कहिले भएको हो ?

 विसं २०७७ फागुन २१ ।


२०. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?

 बाग्लुङ (१३७ किमि) ।


२१. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नारासाथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ?

 विसं २०७७ माघ २ ।


२२. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७७ पुुस ६ ।

– खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने ।

– यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने ।


२३. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?

 १३ ।


२४. हरित् जलवायु कोषको मुुख्यालय कहाँ रहेको छ ?

 दक्षिण कोरिया ।

(विश्वमा बढ्दो तापमान वृद्धिदरलाई २ डिग्री सेल्सियसभन्दा तल राख्नेगरी विविध कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसाथ यो कोष स्थापना गरिएको ।)


२५. नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?

 चिनियाँ प्रोफेसर वाङ हङवेई ।

– प्रतिष्ठानको ३५औँ प्रज्ञासभाले भाषा, साहित्य एवम् कूटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पु¥याएबापत हङवेईलाई सो विशिष्ट पुरस्कारबाट सम्मानित गरेको ।

– यसैगरी, सभाले दुई लाख राशिको नेपाल सामाजिक शास्त्र÷संस्कृति÷ दर्शनशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र र दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरेको ।

– त्यस्तै, एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतर्भुजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गरेको ।

– सभाले दुुई÷दुुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार आसाम (भारत)का लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरेको ।


२६. आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 सन् २०२० नोभेम्बर ११–१५, हनोई (भियतनाम) ।

(यस संस्थाको ३६औँ सम्मेलन पनि हनोईमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।)


२७. नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

 विसं २०७७ साउन ३० ।


२८. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?

 एक ।


२९. जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?

 विसं २०७७ असोज ३ ।


३०. ‘बेइजिङ +५’ सम्मेलन केसँग सम्बन्धित छ ?

 महिला विकास ।


१. ३२औँ संस्करणको टोकियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडी को हुन् ?


 हेन्ड जाजा (सिरियाकी टेबलटेनिस खेलाडी)

(ओलम्पिकमा पहिलो पटक सहभागी जाजाको उमेर १२ वर्ष मात्र रहेको । गत वर्ष जोर्डनमा सम्पन्न ओलम्पिक छनोटमा जाजाले स्थान सुरक्षित गर्दा ११ वर्ष मात्र थिइन् ।)


२. हाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा को रहेका छन् ?

 थोमस बाख


३. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?

 प्लुटो


४. प्रसिद्ध पुस्तक ‘एनिमल फार्म’का लेखक को हुन् ?

 जर्ज अर्वेल


५. नेपालबाटै लोप भएको भनिएको सिरीगाई कहाँ फेला परेको छ ?

 ताप्लेजुङमा

(करिब तीन वर्षअघि नै लोप भइसकेको भनिएको सिरीगाई ताप्लेजुङको साब्लाखु, सिनाम र आंँखोपमा फेला परेका छन् । त्यहाँ फेला परेका गाई, गोरु र बाच्छालाई अनुसन्धान एवं संरक्षणका लागि कृषि अनुसन्धान परिषद् (नार्क)मा लगिएको छ । यसअघि मुस्ताङबाट लिली जातको गाई र अछामबाट अछामी जातको गाई तथा गोरु नार्कले खुमलटार लगेको छ । लोपोन्मुख प्रजातिका गाईको संरक्षण तथा थप उत्पादनका लागि नार्कले सङ्कलन तथा पहिचानको अभियान चलाएको जनाइएको छ ।)


६. मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका तराई–मधेसका स्थानीय तहमा तराई–मधेस समृद्धि कार्यक्रम कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?

 आ.व. २०७५÷७६

– तराई–मधेस समृद्धि कार्यक्रमले भौतिक पूर्वाधार विकास गरी सार्वजनिक क्षेत्रमा पहुँच वृद्धिका साथै रोजगारी र आय आर्जनमा जोड दिएको ।

– सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा सञ्चालित यो कार्यक्रममा सङ्घीय सरकारको अधिकतम ९० प्रतिशत र स्थानीय सरकारको न्यूनतम १० प्रतिशत हुनुपर्ने प्रावधान रहेको ।

– कार्यक्रमअन्तर्गत सामूहिक आवास भवन, सामुदायिक पूर्वाधार, सडक, कृषि विकास, खानेपानी तथा सरसफाइ, सिँचाइ तथा नदी नियन्त्रण, ऊर्जा, विपत् न्यूनीकरण पूर्वाधार आयोजना सञ्चालन गरिएको ।


७. पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ ?

 देशान्तर

– देशान्तर रेखाहरू एक–एक डिग्री फरकमा पूर्वी गोलाद्र्धमा १८० र पश्चिमी गोलाद्र्धमा १८० गरी ३६० वटा हुन्छन् । हरेक १ डिग्री देशान्तरमा चार मिनेट समय फरक पर्छ ।

– कुनै स्थानको स्थानीय समय पत्ता लगाउन देशान्तर रेखाको सहयोग लिइन्छ ।


८. नेपालको पहिलो कलेज ‘त्रिचन्द्र कलेज’को स्थापना कहिले भएको हो ?

 वि.सं. १९७५

– वि.सं. १९७६ मा त्रि–चन्द्रमा आई. ए. तथा आई.एस्सी., वि.सं. १९८१ मा बी.ए. तथा वि.सं. २००४ मा बी.एस्सी.को पठनपाठन सुरु भएको हो ।

– वि.सं. २०३० मा नयाँ शिक्षा लागू गरिएपश्चात् यसलाई त्रि–चन्द्र कलेजबाट त्रि–चन्द्र क्याम्पस नामकरण गरिएको ।


९. आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्तिक शुक्ल एकादशीलाई के भनिन्छ ?

 हरिवोधिनी एकादशी


१०. विभिन्न किसिमका जीवजन्तु, पशुपन्छी, कीटपतङ्गको वासस्थानका लागि सीम, घोल, पोखरी, नदी किनारमा सधैँ पानीले भिजिरहने ओसिलो भूमिलाई के भनिन्छ ?

 सिमसार


११. “हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ, सफलता प्राप्त गर्ने सबैभन्दा सुनिश्चित उपाय भनेको अर्को एक पटक प्रयत्न गर्नु मात्र हो” भन्ने विचारक को हुन् ?

 थोमस अल्वा एडिसन, वैज्ञानिक


१२. ‘सङ्गीत शिरोमणि’ भनी यज्ञराज शर्मालाई चिनिन्छ भने ‘वाद्य शिरोमणि’ भनी कसलाई चिनिन्छ ?

 उस्ताद गणेशलाल


१३. नेपालमा धामी–झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?


 ढ्याङ्ग्रो


१४. कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ?

 पिण्ड

(वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ । अन्तर्राष्ट्रिय नापतौल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई एक किलोग्राम मानिन्छ ।)


१५. पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ?

 उत्परिवर्तन

– एउटै जातिका सजीवहरूको बीचमा देखा पर्ने असमानतालाई परिवृत्ति (मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नता) भनिन्छ ।

– एकै खाले वंशाणु भएर पनि फरक–फरक किसिमको वातावरणमा हुर्कंदै जाँदा विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ ।


१६. मुटुबाट शरीरका विभिन्न भागमा रगत पु-याउने रक्त नलीलाई के भनिन्छ ?

 धमनी (ब्चतभचष्क)

(शरीरका विभिन्न भागबाट रगत मुटुसम्म पु-याउने रक्तनलीलाई शिरा (खभष्लक) भनिन्छ ।)


१७. महान् दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?

 ग्रिसको एथेन्स सहरमा


१८. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा एवं झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?

 काष्ठकला


१९. नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?

 बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१६)


२०. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?

 धर्म कचहरी


२१. ‘ऊ मरी अरे’ नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने ‘ऊ मरेकी छैन’ नामक कृतिका रचनाकार को हुन् ?

 बालकृष्ण सम


२२. झाँगड भाषा कुन भाषिक परिवारभित्र पर्दछ ?

 द्रविड


२३. नेपालमा दिगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ?

 कृषि


२४. दुई हात प्रयोग गरी बजाइने आवाजलाई ताली भनिन्छ भने दुई औँला प्रयोग गरी बजाइने आवाजलाई के भनिन्छ ?

 चुट्की


२५. नोबल पुरस्कार प्राप्त गर्ने विश्वको पहिलो महिला म्याडम म्यारी क्युरीको जन्म कहाँ भएको थियो ?


 पोल्यान्डको वार्सा


२६. मानव शरीरमा कति किसिमका जोर्नीहरू हुन्छन् ?

 तीन (अचल जोर्नी, अर्धचल जोर्नी र चल जोर्नी ।)


२७. दुग्ध विकास संस्थान (डीडीसी)को स्थापना कहिले भएको हो ?

 वि.सं. २०२६ साउन १

– संस्थान ऐन, २०२१ अन्तर्गत यो संस्थानको स्थापना भएको ।

– ग्रामीण क्षेत्रका दुध उत्पादक कृषकलाई दूधको उचित मूल्यका साथै निश्चित बजारको व्यवस्था गर्ने एवं सहरी उपभोक्तालाई गुणस्तरयुक्त प्रशोधित दूध तथा दुग्ध पदार्थहरू सर्वसुलभ तरिकाले नियमित रूपमा आपूर्ति गर्ने उद्देश्यका साथ यस संस्थानको स्थापना भएको ।


२८. टेलिप्रम्टर भनेको के हो ?

 सार्वजनिक सम्बोधनका क्रममा वक्तालाई आफ्नो लिखित मन्तव्यको प्रस्तुतिमा सहजता पु-याउने प्रविधि

– टेलिप्रम्टरमा पोडियमको नजिक आवश्यकताअनुसार एक वा दुईवटा पारदर्शी स्क्रिन राखिएको हुन्छ । आममानिसले यसलाई सहजै देख्न सक्दैनन् तर केही गहिरो गरी हेरेमा देख्न सकिने हुन्छ । यसमा वक्तालाई सहज हुने गरी वक्ताको नजिकै कतै बसेर वक्ताको गतिसँगै अक्षरहरू सार्दै गइन्छ । वक्ताले स्क्रिनमा सहजै ती अक्षरहरू पढ्न सक्छन् । यसबाट वक्ताले श्रोतातर्फ हेर्दै प्रभावकारी रूपमा आफ्नो लिखित मन्तव्य स्वतःस्फुर्त रूपमा व्यक्त गर्न सक्छन् ।

– नेपालमा पहिलो पटक वि.सं. २०७५ जेठ १६ मा यो प्रविधिको प्रयोग गरिएको ।


२९. जयतु संस्कृतम् आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?

 वि. सं. २००४ असार १

(संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीले सरकारसमक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका थिए । तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले संस्कृत भाषालाई मृत भाषा भनेकोमा चर्किएको सो आन्दोलन खासगरी शैक्षिक र राजनीतिक उद्देश्यबाट प्रेरित थियो ।)


३०. नेपाली आधुनिक कलाका वरिष्ठ कलाकार उत्तम नेपाली (कर्माचार्य)को निधन कहिले भएको हो ?

 वि.सं. २०७८ साउन ६ (८४ वर्षको उमेरमा)

– वि.सं. १९९४ मा काठमाडौँ किलागलमा जन्मनुभएका नेपालीको शिक्षादीक्षा भारतको लखनऊमा भएको । केही समय सूचना विभाग, हुलाक सेवा विभाग तथा रेडियो नेपालमा समेत जागिर खाएका नेपाली तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा २०५२ देखि २०५६ सम्म प्राज्ञ परिषद्का सदस्यका रूपमा सक्रिय रहनुभएको ।

– उहाँले आधुनिक अमूर्त चित्रकलाको विकासमा ठूलो योगदान दिनुभएको । कला साहित्यमा समेत दख्खल राख्ने नेपालीको मुख्य पेसा भने आधुनिक चित्रकला नै रहेको ।

– यसबाहेक नेपाली कुशल अभिनेता पनि हुनुहुन्थ्यो । उहाँले नेपाली कलाकारलाई लिएर नेपालमै बनेको पहिलो नेपाली फिल्म आमामा खलनायकका रूपमा अभिनय गरी पहिलो नेपाली खलनायकको परिचय पनि बनाउनुभएको । नेपालीले यसबाहेक मनको बाँध, परिवर्तनजस्ता फिल्ममा पनि विभिन्न भूमिकामा अभिनय गर्नुभएको ।

– २०६१ सालमा उहाँको कृति ‘उत्तम नेपालीका कविताहरू’ प्रकाशित भएको ।

– उहाँका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।


१. सरकारले राष्ट्रिय योेजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त ग-यो ?

 डा. विश्व पौडेल (२०७८ साउन १२)


२. सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन कहिले गरियो ?

 वि.सं. २०७८ साउन १३

– नेपाल–अङ्गे्रज युद्धमा नेपालीले १८२४ सालमा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा सङ्ग्रहालयको निर्माण गरिएको ।

– सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको निर्माण ऐतिहासिक सम्पदाहरूको संरक्षणका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसमेत मद्द्त पुग्ने जनाइएको ।

– नेपाली सेनाको नागरिक सहयोग अभियानअन्तर्गत २०७६ साल भदौ महिनादेखि सङ्ग्रहालय बनाउन सुरु गरिएको ।


३. विश्व रेन्जर दिवस कहिले मनाइन्छ ?

 जुलाई ३१


४. दक्षिण एसियाकै पहिलो सुरुङमार्ग चुरियामाई सुरुङमार्गको पुनर्निर्माणको शिलान्यास कहिले गरियो ?

 वि.सं. २०७८ साउन १४

– सुरुङमार्ग निर्माण भएको १०४ वर्षपछि सम्पदाहरूको संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले जीर्णोद्धार सुरु गरिएको । मर्मत सम्भारको अभावमा जीर्ण ऐतिहासिक एवं पुराताìिवक महìवको सो सुरुङमार्ग वि.सं. १९७४ मा निर्माण

भएको थियो ।

– सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा निर्मित सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष

लागेको थियो ।

– मकवानपुर र बारा जिल्लाको सिमानामा अवस्थित चुरे पहाडलाई खोपेर सुरुङमार्ग निर्माण गरिएको छ ।

– वि.सं. २०२०–२१ सम्म यही सुरुङमार्ग भएर जिपलगायतका साना सवारी आवतजावत गर्थे ।

– साढे दुई मिटर चौडा र तीन मिटर उचाइको सो सुरुङमार्गको लम्बाइ ५०० मिटर छ ।


५. ‘टापु महादेश’ तथा ‘कङ्गारूको महादेश’ भनी चिनिने महादेश कुन हो ?

 अस्ट्रेलिया


६. युरोप महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो ?

 आल्पस पर्वत


७. ओजोन तह संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?

 सन् १९८७, क्यानडाको मन्ट्रियल


८. काठमाडौँ उपत्यकामा सवारी प्रदूषण जाँच गर्न कहिलेदेखि थालिएको हो ?

 वि.सं. २०५१ वैशाख १


९. साइटिस (ऋक्ष्त्भ्क्)को पूरा रूप के हो ?

 ऋयलखभलतष्यल यल क्ष्लतभचलबतष्यलब ितचबमभ ष्ल भ्लमबलनभचभम क्उभअष्भक या धयचमि ँबगलब बलम ँयिचब (कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज अफ वल्र्ड फौना एन्ड फ्लोरा)

– दुलर्भ एवं सङ्कटग्रस्त वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्ने उद्देश्यले यो महासन्धि सन् १९७५ जुलाई १ देखि लागू भएको ।

– नेपालले सन् १९७५ मा नै यस सन्धिमा हस्ताक्षर गरेको ।


१०. नेपालमा केन्द्रीय बैङ्क तथा वाणिज्य बैङ्कहरूको सुधारका लागि सञ्चालन गरिएको कार्यक्रम कुन हो ?

 वित्तीय क्षेत्र सुधार कार्यक्रम


११. नेपालमा सबैभन्दा धेरै कर्मचारी कार्यरत रहेको संस्थान कुन हो ?

 नेपाल विद्युत् प्राधिकरण


१२. नेपालमा सर्वप्रथम स्थापना भएको उद्योग अर्थात् संस्थान कुन हो ?

 विराटनगर जुट मिल (वि.सं. १९९३)


१३. नेपालमा निकासी वृद्धि गर्ने उद्देश्यले द्वयविनिमय दर प्रणाली कहिलेदेखि लागू गरियो ?

 वि.सं. २०३४


१४. नेपाली सेनाको कायममुकायम प्रधानसेनापति कसलाई चयन गरियो ?

 प्रभुराम शर्मा

– (वि.सं. २०७८ साउन २६ गतेबाट लागू हुने गरी बलाधीकृत रथी शर्मालाई कायममुकायम प्रधानसेनापति चयन गरिएको ।)


१५. म्यानमारमा त्यहाँको सेनाले कहिलेसम्म सङ्कटकाल जारी रहने घोषणा गरेको छ ?

 सन् २०२३ अगस्ट

– निर्वाचित सरकारलाई अपदस्थ गरी सैनिक शासन लागू गरेको म्यानमार सेनाले सन् २०२१ अगस्ट १ मा सङ्कटकाल दुई वर्ष थपिएको घोषणा गरेको ।

– सन् २०२१ फेब्रुअरीमा सेनाका प्रमुख जनरल मिन आङ ह्लेयङले आपूmलाई प्रधानमन्त्री घोषणा गरेका थिए । सैनिक शासन लागू गरेकै दिन सेना प्रमुख मिन आङले एक वर्षको सङ्कटकाल घोषणा गरेका थिए ।


१६. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

 मोहन कोइराला


१७. झर्रोवादी आन्दोलनको उद्देश्य के थियो ?

 विदेशी तथा अन्य भाषाका आगन्तुक शब्दहरूलाई रोकी आफ्नैपनका चोखो नेपाली भाषा बनाउने


१८. मन्त्रिपरिषद्ले देशभरका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय कहिले गरेको हो ?

 वि.सं. २०७५ मङ्सिर ३


१९. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?

 सन् २०१७–२०२१


२०. काठमाडौँलाई आधुनिक नेपालको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?

 वि.सं. १८२६ चैत १०


२१. नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?

 जयस्थिति मल्ल


२२. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?

 दोलखा

– सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सातवटा अद्भूत र आकर्षक कुण्ड रहेको ।

– सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागु पूर्णिमाजस्ता पर्वमा ठूलो मेला लाग्ने गरेको ।


२३. ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?

 रणबहादुर शाह

– राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिने ।

– भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महìवका कार्यालयहरूको सुरक्षाका लागि खटाएका ।

– चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका ।


२४. विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?

 सन् २०१२

– नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको । यसैगरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने ।

– डब्लूटीओमा अल्पविकसित सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको ।


२५. दुई फरक गुण भएका जीवबीच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?

 हाइब्रिडाइजेसन


२६. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?

 वि.सं. २०७४ साउन १२

– (यूएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसद्को बैठक प्रत्यक्ष रूपमा हेर्न र सुन्न सकिने ।)


२७. पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?

 कालीगण्डकी र त्रिशूली

– चितवन, नवलपुर र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित यो ठाउँ नारायणगढ बजारदेखि करिब सात कि.मि. उत्तरमा रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायतका नदी पनि मिसिएर यहाँ आइपुग्छन् । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पुराणहरूमा उल्लेख छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको विmंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । रामचन्द्र वनवास बस्दा असली सीताको रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास गरिन्छ ।

– यहाँ स्नान गर्नाले ठूलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेकोभन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको छ ।

– माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूलो एकादशी, बालाचतुर्दशीलगायत पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ ।


२८. राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला कहाँ रहेका छन् ?

 गोदावरी, ललितपुर

– वि.सं. २०१९ कात्तिक १२ मा शाही वनस्पति उद्यानका रूपमा स्थापित यो उद्यान २०६२/६३ को जनआन्दोलनपश्चात् राष्ट्रिय वनस्पति उद्यानका रूपमा नामाङ्कित भएको ।

– दशकौँ पुराना रुख र वनस्पतिको साझा भण्डारका रूपमा रहेको यो उद्यान वैज्ञानिकका लागि उपयुक्त अनुसन्धान केन्द्र रहेको ।

– यहाँ रहेको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा फूल फुल्ने र नफुल्ने गरी एक लाख ६५ हजारभन्दा बढी वनस्पतिका नमुना राखिएको ।


२९. एक वडा, एक कालोपत्रे सडक योजना ल्याउने स्थानीय तह कुन हो ?

 फुङलिङ न.पा., ताप्लेजुङ

– (ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङले आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयनमा ल्याउने गरी उक्त योजना अघि बढाएको ।)


३०. इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

 सन् १९६७ सेप्टेम्बर २७

प्रस्तुतकर्ता :टङ्क केसी