Thursday, December 31, 2015

सार्वजानिक सेवा प्रवाह भनेको के हो ?

सार्वजानिक सेवा प्रवाह भनेको के हो ?
=========================
सरकार वा यसका आधिकारिक संगठनले जनसाधरणको हित र कल्याणका लागि उपलब्ध गराउने सेवालाई सार्वजानिक सेवा भनिन्छ ।
सरकारले नागरिकहरूलाई विभिन्न सेवाहरू उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको हुन्छ । सरकारले त्यही प्रतिबद्धता पूरा गर्न राज्यका तर्फबाट प्रदान गरिने सेवाहरूलाई सार्वजानिक सेवा भनिन्छ ।
औद्यगिक क्रान्तिले ल्याएको परिवर्तनको लहरसँगै १९औँ शताब्दीतिर सार्वजनिक सेवाको अवधारणाको विकास भएको हो ।
सरकारले शिक्षा स्वास्थ्य खानेपानी विद्युत् सञ्चार हुलाक यातायात सुरक्षाजस्ता जनतालाई उपलब्ध गराउने सेवा सार्वजनिक सेवा हो । सरल एवं छिटो जनतासमक्ष पुर्‍याउनु सार्वजनिक सेवा प्रवाह हो ।
के गरेमा सार्वजानिक सेवाको प्रभावकारिता विस्तार हुन्छ ? सार्वजनिक सेवाका सिद्धान्त (९ सिद्धान्त)
सरकार र यसका निकायबाट प्रदान गरिने सेवामा यी गुणहरू रहनु पर्दछ जुन कुरा प्रत्येक सेवाग्राहीले अपेक्षा गरेको हुन्छ¸ जसलाई हामी सार्वजनिक सेवाका नौ सिद्धान्त भन्छौं ।
1. सेवाको गुणस्तर निर्धारण (Set standard of services)
2. खुला र पूर्ण सूचनाको प्रवाह (Be open and provide full information)
3. छलफल र संलग्नता विस्तार (Consult and involve)
4. निष्पक्ष व्यवहार (Treat all fairly)
5. पहुँच र चयन विस्तार (Encourage Access and Promote Choices)
6. गल्ती कमजोरीको शीघ्र सुधार (Put thing right when they go wrong)
7. साधन स्रोतको अत्युत्तम प्रयोग (Use Resource Wisely)
8. सुधार र अग्रसरता विस्तार (Innovate & Improve)
9. अरू प्रदायकसँग सिक्ने र साझेदारी गर्ने (Work with Other Providers)
सरकारले के कस्ता प्रकारका सार्वजानिक सेवा प्रवाह गर्दछ ?
1. आधारभूत आवश्यकता परिपूर्ति सम्बन्धी सेवाहरू
2. क्षमता अभिवृद्धिसम्बन्धी सेवाहरू
3. कल्याणकारी सेवाहरू
4. मनोरञ्जनसम्बन्धी सेवाहरू
5. पूर्वाधार विकास सम्बन्धी सेवाहरू
सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन नसक्नुका कारणहरू पहिल्याउनुहोस् ।
1. सेवा सुविधाको स्पष्ट व्याख्या एवं गुणस्तरको मापदण्ड निर्धारण नगरिनु¸
2. राजनैतिक स्तरमा स्वार्थ भाव बढ्नु¸
3. भ्रष्टाचार एवं दण्ड हीनता¸
4. प्रशासकीय स्तरमा मनोबल खस्कनु¸
5. सशक्त नागरिक समाजको अभाव¸
6. केन्द्रमुखी प्रशासकीय व्यवस्था¸
7. सेवा प्रदायकको कामको मूल्याङ्कन गरी पुरस्कृत एवं दण्डित नगरिनु¸
8. प्रक्रियामूखी कार्य शैलीको विद्यमानता
9. सेवा सुविधाको प्रकार¸ स्वरूप र कार्यविधि जनताको अपेक्षा अनुरूपको नहुनु (सेवा माग उन्मुख नभइ आपूर्ति उन्मुख हुनु)
10. सेवा प्रवाह पारदर्शी¸ प्रतिस्पर्धी¸ सहभागी मूलक एवं जबाफदेही नहुनु
11. सेवा लक्षित समूह सम्म नपुग्नु ।

1 comment: