Tuesday, December 29, 2015

के तपाई धेरै काम एकै पटक थाल्नु हुन्छ र कहिल्लेइ पनि सम्पूर्ण काम समयमा सक्नु हुन्न ?

के तपाई धेरै काम एकै पटक थाल्नु हुन्छ र कहिल्लेइ पनि सम्पूर्ण काम समयमा सक्नु हुन्न ? कुनै Meeting वा Seminar मा जानुहुन्छ तर स्थिर भएर बस्न सक्नु हुन्न र त्यहाँ भनिएको २०% कुरा पनि दिमागमा बस्दैन? वा तपाई बिद्यार्थी हुनुन्छ भने जति मेहेनत गर्दा पनि, भने जति सहयोग र सिक्ने बातावरण भएपनि ५ मिनेट भन्दा बढी ध्यान दिएर किताब हेर्न वा अन्य पढाई गर्न सक्नु हुन्न ? के तपाई मनले भित्रै देखि पढ्ने र सिक्ने चाहना हुँदा हुँदै र प्रयास गर्दा गर्दै बारम्बार फेल हुने वा संधै निकै निम्नतम अंक ल्याएर मात्र बल्ल तल्ल पास हुने गर्नु हुन्छ ? यदि तपाइलाई यस्तो समस्या सानै (८-१२ बर्षको उमेर) देखि थियो भने तपाइलाई ADHD (Attention Deficit Hyperactivity Disorder) भएको हुन सक्छ l
*********************
---यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला
Like the page "Talk To Kalyan" (not this post) for updates.
Updates को लागि "Talk To Kalyan" पेजमा like गर्नुहोस् (यो पोष्टमा होइन)
********************
ADHD को लक्षण बारेमा पढ्नु अगाडी यो जानकारी लिनुहोस्:
१. यो समस्या सानै उमेर देखि हुन जरुरी छ l ठुलो भए पछि भएको भए त्यो अन्य कारण हुन सक्छ l
२. ADHD भएका सबैले औषधिनै खानु पर्दैन तर पढाई, काम र दैनिक जिवनमा निकै ठुलो असर गरेको छ भने औषधि खानै पर्ने हुन सक्छ l
३. ADHD का लक्षणहरु कम्तिमा दुई फरक ठाउँमा देखिनु पर्छ l जस्तै (घरमा र काममा वा घरमा र स्कुलमा)
४. ADHD का लक्षणहरु संधै दिनको ८०% भन्दा बढी समयमा देखिनु पर्छ l
५. यो Psychological समस्या होइन l यो Neurological (Neuro-developmental disorder) समस्या हो l र यो अल्छीपन होइन l
६. ADHD को समस्या बढ्दै जाँदैन l
७. ADHD को कारणले मात्र कसैको ज्यान जाँदैन l
८. ADHD को लक्षणहरु लाई राम्रो संग उपयोग गर्न जान्यो भने जिन्दगीमा सफल पनि भइन्छ/ यो कसैको लागि बरदान साबित पनि हुन सक्छ l
९. ADHD भएर पनि जीवनमा निकै सफल भएका मानिसहरु छन् l
१०. यो समस्या ८-१०% मानिसमा हुने गर्छ तर ति मध्ये लगभग आधाले मात्र औषधि लिनु पर्ने हुन सक्छ l औषधि दिनको लागि Psychiatric Practitioner का आ-आफ्ना criteria हरु हुने गर्छन् l मेरो criteria यस प्रकारका छन् :
-- ADHD को कारणले पढाईमा संधै पछाडी परेको / बिद्यालयनै छाड्ने मनस्थिति बनाएको वा ADHD को कारणले Office मा काम पुरा गर्न नसकेर कामबाट नै निस्कन पर्ने जस्तो अवस्थामा भएको
-- ADHD को कारणले स-साना छोराछोरीलाई राम्रोसंग स्याहार सुसार गर्न नसक्ने स्थितिमा भएको l

ADHD का लक्षणहरु दुई भागमा बिभाजन गरिने गर्छ :
1: Inattentive Type
2: Hyperactive/ Impulsive Type
3: Both (Combined Type)

Inattentive Type: तलका ९ मध्ये कम्तिमा ६ ओटा समस्याहरु हुनु पर्नेछ l
१. कहिल्ल्यै पनि समय लिएर वा गहिरो ध्यान दिएर पढ्न वा काम गर्न नसक्नु l यही कारणले बेला बेलामा काम अपुरो हुनु र सानो सानो गल्ति (लापरबाही) गरिरहनु l धेरै जसो बिषयमा फेल हुनु वा संधै निम्नतम अंक ल्याएर मात्र बल्ल तल्ल पास हुनु l (Failure to give close attention to details/ makes careless mistakes)
२. कहिल्ल्यै पनि दिमाग स्थिर राखेर गर्नु पर्ने कामहरु जस्तै: उपन्यास पढ्न नसक्नु, किताबको एक chapter एकै पटक पढ्न नसक्नु, खेलकुदका सम्पूर्ण नियम पालना गर्न नसक्नु, चेस गेम जस्ता दिमाग स्थिर राखेर खेल्नु पर्ने खेलहरु खेल्न नसक्नु l एउटा बिषयमा लामो समयसम्म तर्क बितर्क गर्न नसक्नु / कछामा पढाएको कुरामा कहिल्ल्यै पनि लामो समय ध्यान दिन नसक्नु l (difficulty sustaining attention)
३. आफ्नै अगाडी बसेर आँफुलाई अरु कसैले केहि भनिराखेको छ भनेपनि सम्पूर्ण ध्यान उसलाई दिन नसक्नु l कुरा सुन्दै गर्दा अरु अनेक कुराहरु मनमा खेलाई रहनु वा ध्यान अन्तै मोडिनु l आँफुलाई एकै पटकमा धेरै काम गर्न सक्छु जस्तो लाग्नु l (distracted mind)
४. आदेश अनुसारको नियेममा बाँधिएर वा Instructions अनुसारको कुनै पनि काम कहिल्ल्यै पनि गर्न नसक्नु l (unable to follow through rules and instructions)
५. कहिल्ल्यै पनि क्रमबद्ध गर्नु पर्ने काम गर्न नसक्नु l घरमा वा office मा मिलाएर सामान राख्न नसक्नु, फाल्नु पर्ने चिज र जतनका साथ राख्नु पर्ने सामान एकै ठाउँमा राख्नु l संधै अव्यवस्थित जस्तो हुनु l (difficulty organizing tasks)
६. एउटा बिषयमा लामो उत्तर लेख्न, लामो लेख लेख्न वा निरन्तर ध्यान दिनु पर्ने खालको काम गर्न कहिल्ल्यै पनि अघि नसर्नु l (reluctant to engage in tasks requiring sustained mental efforts)
७. (उमेर जति नै ठुलो र बुझ्ने भएपनि) दिनैजसो आंफ्ना महत्वपूर्ण सामानहरु वा दैनिक प्रयोगमा चाहिने सामानहरु जस्तै कापी, कलम, चस्मा, फोन, चाबी सामान्य व्यक्तिले भन्दा धेरै पटक हराई रहनु l (often loses things)
८. पढ्ने वा काम गर्ने भन्दा पनि बढी समय टोलाएर बस्नु वा गर्दै गरेको काममा ध्यान नदिइ बाहिरी अनावस्येक मसिना कुरामा अल्झिनु वा आकर्सित हुनु l (easily distracted)
९. प्रत्यक दिन, दैनिक गर्नु पर्ने कामहरु वा महत्वपूर्ण कामहरु गर्न बिर्सनु l कामको list तयार नपारी काम गर्न नसक्नु र पुरा गर्नु पर्ने महत्वपूर्ण appointment हरु संधै बिर्सनु l (forgetful)
****************************
****************************

Hyperactive/ Impulsive Type : तलका ९ मध्ये कम्तिमा ६ ओटा समस्याहरु हुनु पर्नेछ l
१. कहिल्ल्यै पनि एक ठाउँमा शान्त भएर बस्न नसक्नु l हात खुट्टा चलाएर वा चक चक गरेर बसिरहनु l (fidgets and squirms)
२. काम गर्दा वा सोंच्दा पनि हिंडी रहन पर्ने वा चलिरहन पर्ने हुनु l कोठा भित्र-बाहिर गरिरहन पर्नु वा बसेर गर्नु पर्ने काम गर्न नखोज्नु l (unable to remain seated)
३. अनुपयुक्त समयमा (बुझ्ने भएपनि) बच्चा बच्चीहरु उफ्रिरहनु वा माथि माथि चड्ने प्रयास गर्नु l ठुलाहरुमा भित्रि मन बेचैन भएको जस्तो, केही नगरी बस्न नसक्ने जस्तो लाग्नु l (hyperactivity/feeling restlessness)
४. आवाज ननिकाली वा सानो आवाजमा कुनै पनि खेल खेल्न नसक्नु l शान्त भएर बस्न नसक्नु l (unable to engage in activities quietly)
५. बसेर लामो समयसम्म खाना खान र गफ गर्न नसक्नु l बाहिरबाट हेर्ने हरुलाई संधै हतार गरेको जस्तो लाग्नु l त्यही संधै छटपट गर्ने र शान्त हुन नसक्ने कारण बाबु-आमा/साथीभाईहरुले रमाइलोमा वा घुम्न वा कुनै Project मा सहभागी गराउन नखोज्नु l (always on the go)
६. संधै चाहिने भन्दा धेरै बोल्नु l नबोली बस्न नसक्नु l (talkative)
७. संधै प्रश्न सोध्नु अगाडी नै जानी नजानी उत्तर दिन खोज्नु l कुरा गर्नेलाई कुरा पुरा गर्न नदिनु l (blurts out answers prematurely)
८. (हतार नभएपनि) पालो कुरेर बस्न नसक्नु l (Emergency नभएपनि) bike वा गाडी हुइङ्क्याएर चलाउनु वा सुस्तरी चलाउन कहिल्ल्यै पनि मन नलाग्नु l दुर्घटनाको बारेमा ख्याल नगर्नु l मतलब नराख्नु l (impulsive, difficulty waiting turn)
९. अरुहरुले बोलेको वार्तालापमा अनावस्येक घुसेर बोल्नु वा अरुहरुले गरिरहेको काममा वा गरेको रमाइलोमा अनुमति बिना भाग लिन खोज्नु l अरुका सामान नसोधी चलाउनु l (butts into conversation/ activities/)
----------------------

No comments:

Post a Comment