नेपाल वायुसेवा निगमले
अन्तर्राष्ट्रिय उडानका लागि विश्वकै अत्याधुनिक एअरबस जहाज नेपाल भित्र्याएको छ ।
-2071 माघ २५ – यूरोपको एयरबस कम्पनीसँग नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा ए-३२०-२०० सिरीजका जहाजमध्ये पहिलो जहाज त्रिभुवन अन्तराष्ट्रिय
-विमानस्थलमा अवतरण गरेकाे छ । अवतरण गरेकाे जहाजको नाम 'सगरमाथा' दिइएको छ । यस्को कल साइन ९ एन ए के डब्लु हो । फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जर्मनीमा बनेको जहाज दोहाहुँदै काठमाडौँ आइपुगेको हो ।
-२८ वर्षपछि निगमले अन्तराष्ट्रिय उडानकालागी नयाँ जहाज थपेको हो । यसअघि २०४४ असोजमा निगमले अन्तराष्ट्रिय उडानका लागी दुइटा बोइङ ७५७ किनेको थियो । निगमले एउटा बोइङलाई गण्डकी र अर्कोलाई कर्णाली नामाकरण गरेको छ ।
यसअघि गत 2071 बैसाख 14 मा चीन सरकारले अनुदानमा दिएको आन्तरिक उडान भर्ने एमए ६० लाई रारा नामाकरण गरिएको छ ।
-2072 वैशाख 17 - नेपाल वायु सेवा निगमले करिब ५ अर्ब रुपैयाँमा खरिद गरेको दोस्रो एयरबस ए-३२० जर्मनीको ह्यामबर्गबाट दोहा हुँदै काठमाडौं अवतरण गरेकाे छ । याे एयरबसकाे नाम 'लुम्बिनी' राखिएकाे छ ।
No comments:
Post a Comment