मिति २०७० पुस २४ गते बुधबारको गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु: :(लाइक तथा शेयर गर्न नभुल्नुहोला ।)
• राजगद्दी र प्रेमिकामध्ये एकलाई चुन्नु पर्दा ११ महिनापछि गद्दी त्यागी अमेरिकी विधवा वालिस सिम्पसनसँग बिहे गर्ने राजा को हुन् ?
– एडबर्ड अष्टम
• नेसनल रेस्लिङ हल अफ फेममा कुन अमेरिकी राष्ट्रपतिलाई अभूतपूर्व अमेरिकी को सम्मान प्राप्त छ ?
– अब्राहम लिकंन
• अब्राहम लिकंन सबैभन्दा अग्ला अमेरिकी राष्ट्रपति हुन् भने भन्नुस उनी कति फिट अग्ला थिए ?
– ६ फिट ४ इन्च
• जर्मन संसद्ले एन्जेला मार्केललाई कतिऔं कार्यकालका लागि सन् २०१३ डिसेम्बर १७ तारिख लगातार चान्सलर पदमा निर्वाचित गरको हो ?
– तेस्रो कार्यकाल
• दक्षिण अफ्रिकामा सन् १९९४ मा नेल्सन मन्डेलाको नेतृत्वमा गठित पहिलो राष्ट्रिय सरकारमा कति जना भारतीय मूलका मन्त्री थिए ?
– ११ जना
• दक्षिण अफ्रिकामा हाल कुल जनसंख्याको कति प्रतिशत भारतीय छन् ?
– ३ प्रतिशत
• कुवेती कानुनअनुसार १८ नम्बर भिसामा जाने कामदारले कति बर्षपछि स्वेच्छाले रोजगार तथा मालिक फेर्न पाउँछन् ?
– ३ बर्षपछि
• संयुक्त राष्ट्रसंघको आहवान अनुसार विश्वभर अन्तराष्ट्रिय आप्रवास दिवस कति तारिख मनाईन्छ ?
– डिसेम्बर १८ ( सन् २०१३ मा मनाईएको अन्तराष्ट्रिय आप्रवासन दिवसको नारा – सीप र सूचना र अभिमुखीकरण सुरक्षित र मर्यादित आप्रवासन )
• संयुक्त राष्ट्रसंघबाट सबैभन्दा आप्रवासी कामदार तथा तिनीहरुको परिवारका सदस्यको अधिकारसंम्बन्धी अन्तराष्ट्रिय महासन्धि कुन बर्ष पारित भएको दिन १८ डिसेम्बरलाई अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन थालिएको हो ?
– सन् १९९०
• हाल विश्वमा करिब २१.४० करोड मानिस आप्रवासीका रुपमा रहेका छन् भने एसिया तथा प्रशान्त क्षेत्रमा यसको हिस्सा कति रहेको छ ?
– २५ प्रतिशत
• नेपालको वैदेशिक रोजगारको इतिहास लगभग २०० बर्ष पुरानो भए पनि कहिलेदेखि मात्रै यसको कानुनी संरचना र संगठनात्मक संयन्त्रको स्थापना भएको हो ?
– वि.सं २०४२
• श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा विश्वका विभिन्न मुलुकमा विभिन्न पेसामा काम गर्न गएका नेपालीको संख्या २०७० साल कार्तिक मसान्त सम्म कति पुगेको छ ?
– ३० लाख २१ हजार ३ सय २
• नेपालको कुन जिल्लामा सुकिलुम्बा विमानस्थल निर्माण हुदैँछ ?
– इलाम
• धादिङ्ग जिल्लाको कुन स्थानलाई सुन्तले टापु उपनामले पनि चिनिन्छ ?
– स्यादुल
• गौरीफान्टा नाका नेपालको कुन जिल्लामा पर्दछ ?
– कैलाली
• निजामती सेवामा सचिवमा बढुवा हुन कम्तीमा कति बर्ष सहसचिव हुनुपर्ने नियम छ ?
– ५ बर्ष
• नेपाल सरकारले निजामती सेवामा बढुवाका लागि बर्षमा दुईपटक विज्ञापन गर्दछ । पहिलो असार महिना हो भने अर्को कुन महिना हो ?
– पुस
• सैनिक एन् २०६३ को परिच्छेद ८, दफा ६७ को ( ख) मा कम्तीमा कति जना सेनानी दर्जाका अधिकृत रहेको समरी जनरल सैनिक अदालत गठन गरिने उल्लेख छ ?
– २ जना
• नेपाली सेनाको सेनानी ( मेजर ) निजामती कर्मचारीको कुन श्रेणीको पद बराबर मानिन्छ ?
– उपसचिव
• नेपाली सेनामा करिब कति बर्ष सेवाअवधि पुरा गरको अधिकृत मेजर बन्न सक्छ ?
– १० बर्ष
No comments:
Post a Comment