Saturday, January 18, 2014

41

जानीराखे राम्रो

• नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्रलक्ष्मी हुन्।
• रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन्।
• नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन्।
• सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात हुन्।
• विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन्।
• प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन्

No comments:

Post a Comment